प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४
नेपाल राजपत्रमा प्रकाशित मिति २०३४।४।२४
संशोधन १. प्राइभेट फर्म रजिष्ट्रेशन (पहिलो संशोधन) नियमावली, २०३९ २०३९।१।६ २. प्राइभेट फर्म रजिष्ट्रेशन (दोस्रो संशोधन) नियमावली, २०६० २०६०।११।२५ ३. प्राइभेट फर्म रजिष्ट्रेशन (तेस्रो संशोधन) नियमावली, २०६१ २०६१।४।२५ ४. प्राइभेट फर्म रजिष्ट्रेशन (चौथो संशोधन) नियमावली, २०६३ २०६३।६।२३ ५. प्राइभेट फर्म रजिष्ट्रेशन (पाँचौँ संशोधन) नियमावली, २०६४ २०६४।१०।२७ ६. प्राइभेट फर्म रजिष्ट्रेशन (छैठौँ संशोधन) नियमावली, २०६५ २०६५।६।४ ७. प्राइभेट फर्म रजिष्ट्रेशन (सातौँ संशोधन) नियमावली, २०६६ २०६६।५।१५ ८. प्राइभेट फर्म रजिष्ट्रेशन (आठौँ संशोधन) नियमावली, २०६८ २०६८।८।५ ९. प्राइभेट फर्म रजिष्ट्रेशन (नवौँ संशोधन) नियमावली, २०७० २०७०।५।१७ १०. प्राइभेट फर्म रजिष्ट्रेशन (दशौँ संशोधन) नियमावली, २०७३ २०७३।६।१० ११. प्राइभेट फर्म रजिष्ट्रेशन (एघारौँ संशोधन) नियमावली, २०७४ २०७५।११।०६ १२. प्राइभेट फर्म रजिष्ट्रेशन (बाह्रौँ संशोधन) नियमावली, २०७६ २०७६।११।१९ १३. प्राइभेट फर्म रजिष्ट्रेशन (तेह्रौँ संशोधन) नियमावली, २०७७ २०७७।०९।२० १४. प्राइभेट फर्म रजिष्ट्रेशन (चौधौँ संशोधन) नियमावली, २०७९ २०७९।०६।१३ १५. प्राइभेट फर्म रजिष्ट्रेशन (पन्ध्रौँ संशोधन) नियमावली, २०७९ २०८०।१०।२५
प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ को दफा ९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यो नियमहरुको “प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो नियमावलीमा “ऐन” भन्नाले प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ सम्झनु पर्छ।
३. फर्म रजिष्ट्रेशन गराउन दरखास्त दिनु पर्ने: (१) निकासी पैठारी व्यापार सम्बन्धी प्राइभेट फर्म रजिष्ट्रेशन गराउन चाहिने व्यक्तिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) मा लेखिएको बाहेकका अन्य विषयको प्राइभेट फर्म रजिष्ट्रेशन गराउन चाहिने व्यक्तिले सम्बन्धित विभागमा दरखास्त दिनु पर्नेछ।
(२क) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेशको अधिकारक्षेत्रभित्र पनि प्राइभेट फर्मको रजिष्ट्रेशन गराउन चाहिने व्यक्तिले सम्बन्धित प्रदेश कानून बमोजिम रजिष्ट्रेशनको लागि सोही कानूनले तोकेको निकायमा दरखास्त दिनु पर्नेछ।
(३) ऐनको दफा ५क. बमोजिमको कानूनी व्यवस्था नभएसम्मको लागि वाणिज्य सम्बन्धी विषयका प्राइभेट फर्म रजिष्ट्रेशन गराउनका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा दरखास्त दिन सकिनेछ।
(४) यस नियम बमोजिम दरखास्त दिँदा नियम ४ बमोजिमको दस्तुर संलग्न गरी अनुसूची -१ बमोजिमको ढाँचामा दिनु पर्नेछ।
४. रजिष्ट्रेशन दस्तुर: (१) देहायको पूँजी भएको प्राइभेट फर्म रजिष्ट्रेशन गर्दा देहाय बमोजिमको रजिष्ट्रेशन दस्तुर लाग्नेछः-
(क) दश लाख रूपैयाँसम्म एक हजार रूपैयाँ, (ख) दश लाख रूपैयाँभन्दा बढी पचास लाख रूपैयाँसम्म पाँच हजार रूपैयाँ, (ग) पचास लाख रूपैयाँभन्दा बढी एक करोड रूपैयाँ सम्म दश हजार रूपैयाँ, (घ) एक करोड रूपैयाँभन्दा बढी
दश करोड रुपैयाँ सम्म पचास हजार रुपैयाँ,
(ङ) दश करोड रुपैयाँभन्दा बढी
जति सुकै पूँजी भएमा पचहत्तर हजार रुपैयाँ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिला, दलित समुदाय र विपन्न वर्गका व्यक्तिले प्राइभेट फर्म रजिष्ट्रेशन गर्न चाहेमा या त्यस्तो फर्म रजिष्ट्रेशन गर्दा उपनियम (१) बमोजिम लाग्ने दस्तुरमा पचास प्रतिशत छुट हुनेछ।
५. दरखास्तसाथ नागरिकता प्रमाणपत्र र अन्य कागजात पेश गर्नु पर्ने : प्राइभेट फर्म रजिष्ट्रेशन गराउन चाहिने व्यक्तिले आफ्नो फर्म रजिष्टर गराउन दरखास्त दिँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र सम्बन्धित विभागले तोकेको अन्य कागजातहरू पेश गर्नु पर्नेछ।
*तर दलित समुदाय र विपन्न वर्गको हकमा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी गरिएको दलित समुदाय वा विपन्न वर्ग पहिचान हुने प्रमाणपत्रको प्रतिलिपि समेत पेश गरेको हुनु पर्नेछ।
६. रजिष्ट्रेशन गर्ने : ⚑(१) नियम ३ बमोजिम परेको दरखास्त जाँचबुझ गर्दा प्राइभेट फर्म रजिष्ट्रेशन गर्न मनासिब देखिएमा सम्बन्धित विभागले त्यस्तो प्राइभेट फर्मको नाम विभागको रजिष्टरमा जनाई दरखास्तवालालाई अनुसूची-२ बमोजिमको ढाँचामा फर्म रजिष्ट्रेशन प्रमाणपत्र दिनु पर्नेछ। त्यसरी फर्म रजिष्ट्रेशन गरिसकेपछि नियम ३ को उपनियम (१) मा उल्लेख भए बाहेकका अन्य प्राइभेट फर्मको रजिष्ट्रेशन सम्बन्धी विवरण त्यस्तो फर्म रजिष्ट्रेशन भएको मितिले सात दिनभित्र सम्बन्धित प्रदेशको सम्बन्धित मन्त्रालयमा पठाउनु पर्नेछ।
(२) फर्म रजिष्ट्रेशन गर्न सम्बन्धित विभागले तोकिदिएको हदसम्म पूँजी भएको फर्मलाई रजिष्टर गर्न सक्ने अधिकार कुनै कार्यालय वा अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
≈ एघारौँ संशोधनद्वारा थप। ⚑ बाह्रौँ संशोधनद्वारा संशोधित।
(३) सम्बन्धित विभागले फर्मको उद्देश्य र कारोबारका आधारमा प्राइभेट फर्म सम्बन्धी आवश्यक मापदण्ड तोक्न सक्नेछ।
७. प्राइभेट फर्मको अवधि, नवीकरण र नामसारीः (१) रजिष्ट्रेशन भएको प्राइभेट फर्मको अवधि पाँच वर्षको हुनेछ।
◆(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो उपनियम प्रारम्भ हुँदाका बखत बहाल रहेको प्राइभेट फर्मको अवधि त्यस्तो प्राइभेट फर्म रजिष्ट्रेशन वा नवीकरण सम्बन्धी प्रमाणपत्रमा उल्लेख भएको अवधिसम्म कायम रहनेछ। .........................
(२क) रजिष्ट्रेशन भएको प्राइभेट फर्मको उपनियम (१) वा (२) बमोजिमको अवधि समाप्त भएपछि नवीकरण गर्दा पाँच वर्षको लागि गरिनेछ।
◆(३) प्राइभेट फर्म नवीकरण गराउन चाहने प्राइभेट फर्मको धनीले उपनियम (१) वा (२) बमोजिमको ɸ अवधि समाप्त हुनु भन्दा ३५ दिन अगावै प्राइभेट फर्म नवीकरण गराउनको लागि देहायका कागजात संलग्न गरी सम्बन्धित कार्यालयमा दरखास्त दिनु पर्नेछ :-
(क) आयकर (स्थायी लेखा नम्बर) दर्ता प्रमाणपत्रको प्रतिलिपी, (ख) अघिल्लो आर्थिक वर्षको कर तिरेको निस्सा, र (ग) पचासलाख रूपैयाँ वा सो भन्दा बढी पूँजी भएको प्राईभेट फर्मको हकमा लेखापरीक्षण सम्बन्धी प्रतिवेदन र सम्बन्धित प्राइभेट फर्मको प्रोप्राइटरले प्रमाणित गरेको अनुसूची-२ख बमोजिमको वार्षिक कारोबारको फाँटवारी।
नवौँ संशोधनद्वारा थप। पाँचौँ संशोधनद्वारा संशोधित। चौधौँ संशोधनद्वारा संशोधित। आठौँ संशोधनद्वारा संशोधित। ◆ नवौँ संशोधनद्वारा संशोधित। पन्ध्रौँ संशोधनद्वारा झिकेको। पन्ध्रौँ संशोधनद्वारा थप। ɸ पन्ध्रौँ संशोधनद्वारा संशोधित।
स्पष्टीकरण : यस नियमावलीको प्रयोजनको लागि “सम्बन्धित कार्यालय” भन्नाले वाणिज्य व्यवसायको लागि काठमाडौँ उपत्यकाको हकमा सम्बन्धित विभाग र अन्यत्रको हकमा वाणिज्य कार्यालय भएको जिल्लामा सोही कार्यालय तथा त्यस्तो कार्यालय नभएको जिल्लामा सम्बन्धित विभागले तोकिदिएको कार्यालय र उद्योग व्यवसायको लागि सम्बन्धित विभाग र घरेलु तथा साना उद्योग कार्यालय भएको जिल्लामा सोही कार्यालय तथा त्यस्तो कार्यालय नभएको जिल्लामा सम्बन्धित विभागले तोकिदिएको कार्यालय सम्झनु पर्छ र सो शब्दले प्रदेश सरकारको वाणिज्य तथा उद्योग हेर्ने विभाग वा कार्यालयलाई समेत जनाउँछ।
........................
८. ४) ɸ उपनियम (३) बमोजिम दरखास्त प्राप्त भएमा सम्बन्धित कार्यालयले देहाय बमोजिमको दस्तुर लिई त्यस्तो प्राइभेट फर्म नवीकरण वा नाम परिवर्तन गरिदिनु पर्नेछ:-
(क) नवीकरण दस्तुर नियम ४ बमोजिमको रजिष्ट्रेशन दस्तुरको दश प्रतिशतले हुन आउने रकम
(ख) रजिष्ट्रेशन प्रमाणपत्रको प्रतिलिपि तीन सय रुपैयाँ। दस्तुर
(ग) ===================
(घ) नाम परिवर्तन दस्तुर फर्म रजिष्ट्रेशन गर्न लाग्ने दस्तुरको
$\text{ब}$ बाह्रौँ संशोधनद्वारा संशोधित। $\delta$ पन्ध्रौँ संशोधनद्वारा झिकिएको। $\beta$ तेह्रौँ संशोधनद्वारा संशोधित । $\text{३}$ चौधौँ संशोधनद्वारा झिकिएको। $\text{ɸ}$ पन्ध्रौँ संशोधनद्वारा संशोधित।
पचास प्रतिशतले हुन आउने रकम ।
(५) उपनियम (३) बमोजिमको अवधिभित्र प्राइभेट फर्म नवीकरण गराउन नसकेको प्राइभेट फर्मको धनीले सोको मनासिब कारण खुलाई प्राइभेट फर्मको अवधि समाप्त भएको मितिभित्र दश वर्षभित्र नवीकरणको लागि सम्बन्धित कार्यालयमा दरखास्त दिन सक्नेछ।
$\Delta$ (५क) उपनियम (५) बमोजिम दिएको दरखास्त जाँचबुझ गर्दा मनासिब देखिएमा सम्बन्धित कार्यालयले पैंनतिस दिनभित्र देहाय बमोजिमको अवधिसममको लागि देहाय बमोजिमको नवीकरण दस्तुर लिई त्यस्तो प्राइभेट फर्म नवीकरण गरि दिनु पर्नेछः-
(क) प्राइभेट फर्मको अवधि समाप्त भएको मितिले तीन महिनासम्मको लागि उपनियम (४) को खण्ड (क) बमोजिमको दस्तुरको दोब्बर दस्तुर, (ख) खण्ड (क) मा उल्लेखित अवधि समाप्त भएको दिनदेखि एक वर्षसम्मको लागि उपनियम (४) को खण्ड (क) बमोजिमको दस्तुरको तेब्बर दस्तुर, (ग) खण्ड (ख) मा उल्लेखित अवधि समाप्त भएको दिनदेखि पाँच वर्षसम्मको लागि उपनियम (४) को खण्ड (क) बमोजिमको दस्तुरको चार गुणा दस्तुर, (घ) खण्ड (ग) मा उल्लेखित अवधि समाप्त भएको दिनदेखि दश वर्षसम्मको लागि उपनियम (४) को खण्ड (क) बमोजिमको दस्तुरको पाँच गुणा दस्तुर।
(६) उपनियम (५) बमोजिम म्यादभित्र पनि कुनै प्राइभेट फर्मको धनीले प्राइभेट फर्म नवीकरण गराउन दरखास्त नदिएमा त्यस्तो प्राइभेट फर्म खारेज गर्ने सम्बन्धमा सम्बन्धित विभागले ऐनको दफा ७ख. बमोजिम आवश्यक कारबाही गर्नेछ।
$\phi$ पन्ध्रौं संशोधनद्वारा संशोधित। $\Delta$ पन्ध्रौं संशोधनद्वारा थप।
(६क) कुनै व्यक्तिको नाममा दर्ता रहेको प्राइभेट फर्म निजको हकवालाको नाममा नामसारी गर्नु परेमा देहाय बमोजिमका विवरण तथा कागजात संलग्न राखी अनुसूची-२क बमोजिमको ढाँचामा सम्बन्धित विभागमा दरखास्त दिनु पर्नेछ:- (क) प्राइभेट फर्मको सक्कल दर्ता प्रमाणपत्र, (ख) स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि, (ग) लिने दिने दुवैको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, (घ) अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र वा कर विवरण दाखिला गरेको निस्सा, (ङ) प्राइभेट फर्म धनीको मृत्यु भई नामसारी गर्नु पर्ने अवस्था भएमा मृत्यु दर्ताको प्रमाणपत्र, हकवालासँगको नाता प्रमाणित कागजात र अन्य हकवाला पनि भए निजको मञ्जुरीनामा।
(६ख) उपनियम (६क) बमोजिम पेश हुन आएको दरखास्तमा विभागको नामसारी गरिदिने अधिकृतले आफ्नो रोवरमा दुवै पक्षलाई सनाखत गराई नियम ४ को उपनियम (१) बमोजिम लाग्ने दस्तुर बराबरको रजिष्ट्रेशन दस्तुर लिई नामसारी गर्न चाहेको व्यक्तिको नाममा प्राइभेट फर्म नामसारी गरी अनुसूची-२ बमोजिमको ढाँचामा प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ।
(६ग) उपनियम ६ख बमोजिम नामसारी गराई लिने प्राइभेट फर्म धनीमा साविक फर्मको सम्पूर्ण दायित्व सर्नेछ।
(६घ) फर्मको नामसारी सम्बन्धमा हकवाला बीचमा विवाद भएमा त्यस्तो विवाद प्रचलित कानून बमोजिम निरुपण भई आएपछि मात्र विभागले नामसारी सम्बन्धी कारबाही गर्नेछ।
(६ङ) कुनै कारणले प्राइभेट फर्मको नाम वा रजिष्ट्रेशन नम्बर दोहोरो परी सञ्चालनमा रहेको पाइएमा पहिले रजिष्ट्रेशन भएको प्राइभेट फर्मको नाम र नम्बर
$\text{※}$ चौधौँ संशोधनद्वारा थप। $\text{❖}$ पन्ध्रौं संशोधनद्वारा संशोधित। $\text{△}$ पन्ध्रौं संशोधनद्वारा थप।
यथावत राखी पछि रजिष्ट्रेशन भएको प्राइभेट फर्मलाई नयाँ नाम र नम्बर दिन सकिनेछ।
(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो उपनियम प्रारम्भ हुँदाका बखत कायम रहेका प्राइभेट फर्मको नवीकरण, नामसारी वा नाम परिवर्तन ऐनको दफा ५क. बमोजिम सम्बन्धित प्रदेश सम्बन्धित प्रदेश कानूनमा व्यवस्था नहुन्जेल सम्म यस नियमावली बमोजिम गर्न सकिनेछ। त्यसरी प्राइभेट फर्मको नवीकरण, नामसारी वा नाम परिवर्तन गरेको व्यक्तिले सात दिन भित्र त्यसको जानकारी सम्बन्धित प्रदेशको सम्बन्धित मन्त्रालयलाई दिनु पर्नेछ।
८. विवरण फेरफेर सम्बन्धी सूचना : (१) कुनै प्राइभेट फर्मको धनीले आफ्नो प्राइभेट फर्म रजिष्टर गराउँदा दिएको विवरणमा फेरफेर गर्न चाहेर या फेरफेर गर्नु पर्ने विवरणहरु खुलाई सोको लिखित सूचना सम्बन्धित कार्यालयमा दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम लिखित सूचना प्राप्त भएमा सो सम्बन्धमा जाँचबुझ गरी मनासिब देखेमा सम्बन्धित कार्यालयले त्यस्तो विवरण फेरफेर गर्न स्वीकृति दिनेछ र आफूसँग रहेको त्यस्तो प्राइभेट फर्म सम्बन्धी विवरण संशोधन गर्नेछ।
(३) उपनियम (२) बमोजिम विवरण संशोधन गरेमा सम्बन्धित कार्यालयले सोको जानकारी सम्बन्धित आन्तरिक राजस्व कार्यालयलाई समेत दिनु पर्नेछ।
९. प्रमाणपत्र लिन सकिने : (१) नियम ६ बमोजिम प्रदान गरिएको रजिष्ट्रेशनको प्रमाण-पत्र हराएमा, नष्ट भएमा वा अन्य कुनै कारणबाट काम नलाग्ने भएमा वाणिज्य सम्बन्धी भए नेपाल सरकार, वाणिज्य विभाग र उद्योग सम्बन्धी भए नेपाल सरकार, उद्योग विभाग वा घरेलु तथा साना उद्योग विभागमा प्राइभेट फर्मका धनीले निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम परेको निवेदनको व्यहोरा मनासिब देखेमा सम्बन्धित विभागले तीन सय रुपैयाँ दस्तुर लिई निवेदकलाई रजिष्ट्रेशनको प्रमाणपत्रको प्रतिलिपी दिनेछ।
¹ बाह्रौं संशोधनद्वारा थप। ² नवौं संशोधनद्वारा संशोधित।
९क. खरिज गर्दा लिनु पर्ने दस्तुर र जरिवाना असुल गर्ने: (१) रजिष्ट्रेशन भई सञ्चालनमा रहेको वा नरहेको प्राइभेट फर्मको धनीले देहायका कागजात तथा विवरण संलग्न गरी त्यस्तो प्राइभेट फर्म खरिज गरी पाऊँ भनी सम्बन्धित कार्यालयमा निवेदन दिन सक्नेछ:-
(क) प्राइभेट फर्मले तिर्नु बुझाउन पर्ने अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता गरेको प्रमाण, (ख) प्राइभेट फर्मले तिर्नु बुझाउन बाँकी रहेको नवीकरण दस्तुर तथा जरिवाना, (ग) कुनै पनि दायित्व फराफारक गर्न बाँकी नरहेको स्वघोषणा, (घ) प्राइभेट फर्म सञ्चालनमा नरहेको भए सम्बन्धित वडा कार्यालयको सिफारिस।
(२) उपनियम (१) बमोजिम पेश भएको कागजात तथा विवरण जाँचबुझ गर्दामा प्राइभेट फर्म खरिज हुने मितिसम्म तिर्नु बुझाउन बाँकी नवीकरण दस्तुर तथा जरिवाना लाई सम्बन्धित विभाग वा कार्यालयले त्यस्तो प्राइभेट फर्म खरिज गरिदिन सक्नेछ।
(३) प्राइभेट फर्मको धनीले उपनियम (१) बमोजिम प्राइभेट फर्म खरिजीको लागि निवेदन नदिएको भए तापनि देहायको अवस्था भएमा सम्बन्धित कार्यालयले प्राइभेट फर्मको रजिष्ट्रेशन खरिज गर्न सक्नेछ:-
(क) नियम ७ को उपनियम (५) बमोजिमको अवधिभित्र नवीकरण नगराएमा, (ख) वार्षिक रूपमा बुझाउनु पर्ने फाँटवारी निर्धारित समयमा नबुझाएमा, (ग) विभाग वा कार्यालयबाट अनुगमन गर्दा माग गरेको कागजात तथा जानकारी पेश नगरेमा वा आवश्यक सहयोग नगरेमा, (घ) स्वीकृत इजाजत विपरीतको कुनै कार्य गरेको पाइएमा, (ङ) प्रचलित कानून बमोजिम प्रत्येक वर्ष कर चुक्ता गरेको निस्सा पेश नगरेमा, (च) आयात निर्यात गर्ने प्राइभेट फर्मको हकमा प्रचलित कानून बमोजिम लेबलिङ र अधिकतम खुद्रा बिक्री मूल्य निर्धारण गरेको नपाइएमा।
(४) उपनियम (३) बमोजिम प्राइभेट फर्म खारेज गर्नुअघि प्राइभेट फर्मको धनीलाई पन्ध्र दिनको समय दिई सफाइ पेस गर्ने मौका दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिमको समयावधिभित्र सफाइ पेस हुन आएकोखाले त्यस्तो सफाइ समेतलाई विचार गरी र सफाइ पेस नभएमा सफाइ पेस गर्ने अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयले त्यस्तो प्राइभेट फर्मको रजिष्ट्रेशन खारेज गर्ने वा नगर्ने कुराको निर्णय गर्नु पर्नेछ।
(६) उपनियम (५) बमोजिम प्राइभेट फर्मको रजिष्ट्रेशन खारेज भएमा सो मितिदेखि त्यस्तो प्राइभेट फर्मको नाममा कारोबार गर्न पाइने छैन।
(७) उपनियम (३) बमोजिमको अवस्थामा प्राइभेट फर्मको रजिष्ट्रेशन खारेज गर्दा त्यस्तो प्राइभेट फर्मले ऐन तथा यस नियमावली बमोजिम तिर्नु पर्ने दस्तुर तथा जरिवाना बाँकी रहे छ भने त्यस्तो प्राइभेट फर्मको धनीबाट सरकारी बाँकी सरह असुल गरिनेछ।
(८) सम्बन्धित कार्यालयले उपनियम (२) वा (५) बमोजिम रजिष्ट्रेशन खारेज भएको प्राइभेट फर्मको रजिष्ट्रेशन अभिलेखमा खारेज भएको व्यहोरा जनाई सोको जानकारी सम्बन्धित कार्यालय मार्फत प्राइभेट फर्मको धनीलाई दिई विभागको वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ।
९ख. विद्युतीय सूचना प्रणालीको प्रयोग गर्न सक्ने: (१) यस नियमावली बमोजिम सम्बन्धित कार्यालयमा पेस गर्नु पर्ने कुनै दरखास्त बुझिलिन तथा प्राइभेट फर्म रजिष्ट्रेशन प्रमाणपत्र वा सो सम्बन्धी कायमको निस्सा उपलब्ध गराउन सम्बन्धित कार्यालयले विद्युतीय सूचना प्रणालीको प्रयोग गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम सम्बन्धित कार्यालयले निस्सा जारी गर्दा विद्युतीय हस्ताक्षर वा अन्य सुरक्षा कोड राखेर जारी गर्न सक्नेछ।
(३) विद्युतीय सूचना प्रणाली तथा सोको प्रयोग सम्बन्धी कार्यविधि सम्बन्धित विभागले निर्धारण गरे बमोजिम हुनेछ।
(४) आर्थिक वर्षभरि प्राइभेट फर्मबाट गरिएको वार्षिक कारोबारको फाँटवारी अनुसूची-२ख. बमोजिमको ढाँचामा तयार गरी त्यस्तो प्राइभेट फर्मको धनीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पैंनतिस दिनभित्र सम्बन्धित कार्यालयमा पेश गर्नु पर्नेछ।
१०. नवीकरण सम्बन्धी विशेष व्यवस्था : (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो उपनियम प्रारम्भ हुँदाका बखत प्राइभेट फर्म नवीकरण गराउन नसकेको प्राइभेट फर्मको धनीले त्यसको मनासब कारण खुलाई नवीकरण गराउनको लागि संवत् २०७९ साल पुस मसान्तभित्र दरखास्त दिएमा र त्यस्तो दरखास्त जाँचबुझ गर्दा मान्य कारण मनासब देखिएमा सम्बन्धित विभागले नियम ७ को उपनियम (२) बमोजिमको प्रत्येक नवीकरण अवधिको लागि सोही नियमको उपनियम (४) बमोजिम लाग्ने नवीकरण दस्तुरको तेब्बर दस्तुर तथा देहाय बमोजिम जरिवाना समेत लिई दरखास्त परेको मितिले सात दिनभित्र त्यस्तो प्राइभेट फर्म नवीकरण गरिदिनु पर्नेछ:-
(क) बीस लाख रूपैयाँसम्म पुँजी भएको प्राइभेट फर्मबाट प्रत्येक वर्षका लागि दुई हजार पाँच सय रूपैयाँका दरले, (ख) बीस लाख रूपैयाँभन्दा बढी पुँजी भएको प्राइभेट फर्मबाट प्रत्येक वर्षका लागि पाँच हजार पाँच सय रूपैयाँका दरले।
(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ७ को उपनियम (३क) र (५) को अवस्थामा सोही बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिम म्यादभित्र पनि कुनै प्राइभेट फर्मको धनीले प्राइभेट फर्म नवीकरण गराउन दरखास्त नदिएमा त्यस्तो प्राइभेट फर्म खारेज गर्ने सम्बन्धमा सम्बन्धित विभागले ऐनको दफा ७ख. बमोजिम आवश्यक कारबाही गर्नेछ ।
१०क. साइनबोर्ड र मूल्य सूची राख्नुपर्ने : प्राइभेट फर्म दर्ता भएपछि त्यस्तो प्राइभेट फर्मको धनीले आफ्नो फर्मको नाम, ठेगाना, दर्ता नं. र मिति प्रष्ट रुपमा उल्लेख भएको साइनबोर्ड
र आफूले कारोबार गर्ने बस्तु वा सेवाको प्रचलित कानून बमोजिमको मूल्य सूची कारोबार स्थलमा राख्नु पर्नेछ।
$\Delta$१०ख. प्रदेश कानून बमोजिम हुने: प्रदेशको कार्यक्षेत्रभित्र पर्नु भई ऐन तथा यस नियमावली बमोजिम सम्बन्धित प्रदेशमा जिम्मेवारी हस्तान्तरण गरिएका प्राइभेट फर्मको विवरण हेरफेर, प्रमाणपत्रको प्रतिलिपि जारी गर्न, नवीकरण, खारेजी लगायत यस नियमावली बमोजिम विभागबाट सम्पादन भई आएका कार्य सम्बन्धित प्रदेश कानून बमोजिम सोही कानूनले तोकेको निकायबाट हुनेछ।
११ खारेजी : प्राइभेट फर्म रजिष्ट्रेसन दस्तूर (संशोधन र एकीकरण) नियमहरु, २०१८ खारेज गरिएको छ।
$\Delta$ पन्ध्रौं संशोधनद्वारा थप।
द्रष्टव्यः (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”। (२) दोस्रो संशोधनद्वारा रुपान्तर भएका शब्दहरुः (क) “घरेलु तथा ग्रामीण विभाग” को सट्टा “घरेलु तथा साना उद्योग विभाग”। (ख) “निदेशक” र “निदेशक तथा नियन्त्रक” को सट्टा “महानिर्देशक”।
अनुसूची-१ (नियम ३ सँग सम्बन्धित)
श्री महानिर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग वाणिज्य विभाग, महोदय,
तल लेखिए बमोजिम उद्योग व्यापार व्यवसाय गर्न निम्न लिखित नामको प्राइभेट फर्म मेरो/हाम्रो नाममा रजिष्ट्रेशन गराउन इच्छुक भएकोले यो निवेदनपत्र पेश गरेका छु/छौं। लेखिएको व्यहोरामा कुनै कुरा झुठ्ठा ठिरे प्रचलित नेपाल कानून बमोजिम सहुँला बुझाउँला।
१. फर्मको पूरा नाम:– २. फर्मको पूरा ठेगाना:– ३. उद्देश्य:– ४. पूँजी:– ५. कारोबार गर्न चाहेका चीज तथा कामको विवरण:– ६. प्राइभेट फर्मका धनी वा साझेदारहरुको तीन पुस्ते नाम, थर, वतन र हिस्साको अंक यो फर्मको काम नोक्सानी भएमा घर घरानाबाट व्यहोर्न राजी हुने (हुनेहरु) M–
दरखास्तवाला (दरखास्तवालाहरु) को लेखात्रक र रेखात्रक दुवै औंठाको सहिछाप
दा. वा.
साक्षी
यस दरखास्तमा लेखिएको व्यहोरा ठीक साँचो हो, झुठ्ठा ठिरे वा प्रचलित कानून बमोजिम सहुँला, बुझाउँला।
पन्ध्रौं संशोधनद्वारा संशोधित।
द्रष्टव्यः पूँजी कायम वा पूँजी वृद्धि गर्दा निवेदनका साथ देहायका विवरण तथा कागजात संलग्न गर्नु पर्नेछ:- (१) दश लाख वा सोभन्दा कम पूँजी भएको प्राइभेट फर्मको हकमा व्यवसायीको स्वघोषणा। (२) कुनै बैङ्क वा वित्तीय संस्थाको खातामा प्रोप्राइटर वा प्राइभेट फर्मको नाममा रहेको बचत रकमको यथार्थ विवरण। (३) लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित संचित नाफा (रिजर्भ एण्ड एक्युमुलेटेड प्रॉफिट) को असी प्रतिशतले हुन आउने रकम। (४) सम्पत्ति बेचबिखन गरी आएको रकम भए सो व्यहोरा खुल्ने कागजात।
इति सम्वत २० साल गते रोज शुभम्
अनुसूची-२ (नियम ६ सँग सम्बन्धित)
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य विभाग
प्रा.फा.नं.
प्रमाण–पत्र
निम्न लेखिएको विवरण भएको .............................................. सम्बत् २० साल गते रोज मा प्राइभेट फर्म रजिष्ट्रेशन फर्म रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम रजिष्ट्रर गरी यो प्रमाण–पत्र दिइएको छ।
विवरण
धनी (प्रोप्राइटर) को नाम, थर र वतन:–
फर्मको ठेगाना:–
पूँजी रु.
महानिर्देशक
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य विभागबाट नवीकरण (रिन्यूवल) गरिएको
अनुसूची-२क (नियम ७ को उपनियम (६क) सँग सम्बन्धित)
श्री महानिर्देशक, ............................. विभाग,
महोदय, मेरो/हाम्रो नाममा दर्ता कायम रहेको तल उल्लिखित प्राइभेट फर्म एकाघरको .................... को नाममा नामसारी गरी निजको नाममा दर्ता कायम गराउन इच्छुक भएकोले यो दरखास्त पेश गरेको छु/छौँ। लेखिएको व्यहोरा झुट्ठा ठिरे प्रचलित नेपाल कानून बमोजिम सहुलाँ बुझाउँला।
१. फर्मको पूरा नाम:– २. फर्मको पूरा ठेगाना:– ३. उद्देश्य:– ४. पुँजी– ५. कारोबार गर्ने चिज तथा कामको विवरण:– ६. प्राइभेट फर्म धनीको,– (क) नाम थर:........................... (ख) ठेगाना:.............................. (ग) बाबुको नाम:............. (घ) आमाको नाम:............... (ङ) बाजेको नाम:.......................... (च) नागरिकता प्रमाणपत्र नं.:........................ ७. नामसारी हुने व्यक्तिको,– (क) नाम थर:........................... (ख) ठेगाना:.............................. (ग) बाबुको नाम:............. (घ) आमाको नाम:............. (ङ) बाजेको नाम:.......................... (च) नागरिकता प्रमाणपत्र नं.:....................... ८. अन्य हकवालाको मञ्जुरी,-
चौथो संशोधनद्वारा थप।
प्रस्तुत दरखास्त बमोजिम प्राइभेट फर्म श्री ....................................को नाममा नामसारी भएमा हाम्रो मञ्जुरी छ। हाम्रो हक बे हक हुने गरी नामसारी गरिदिएको भनि कतै उजुर गर्ने छैनौँ भनी दस्तखत गर्ने:-
१. श्री............................................... दस्तखत:-.......................... २. श्री............................................... दस्तखत:-.......................... ३. श्री............................................... दस्तखत:-.......................... ४. श्री............................................... दस्तखत:-.......................... ५. श्री ............................................... दस्तखत:-..........................
नामसारी गरी दिनेको नाम थर:- नामसारी गरी लिनेको नाम थर:- दस्तखत:- दस्तखत:-
इति संवत् ........... साल ............ महिना ........ गते ....... रोज शुभम्।
$\Delta$ अनुसूची–२ख.
(नियम ७ को उपनियम (३) को खण्ड (ग) र नियम ९ख. को उपनियम (४) सँग सम्बन्धित) वार्षिक कारोबारको फाँटवारी
श्री....................................... .........................विभाग/कार्यालय, ................................।
यस ............................................... फर्मको आ. व. ....../....... को साल ....... साउन १ गतेदेखि ....... साल असार मसान्तसम्मको वार्षिक कारोबारको विवरण देहाय बमोजिम पेस गरेको छु :-
(१) प्राइभेट फर्मको विवरणः (क) प्राइभेट फर्मको रजिष्ट्रेशन नम्बरः (ख) प्राइभेट फर्मको पूरा नाम: (ग) प्राइभेट फर्मको ठेगाना: (घ) प्राइभेट फर्म धनीको नाम, थरः (ङ) प्राइभेट फर्म धनीको ठेगाना:
(२) कारोबारको विवरणः
माथि लेखिए बमोजिमको विवरण ठीक छ, फरक पारी लेखिएको ठहरे प्रचलित कानून बमोजिम सहुलाँ बुझाउँला ।
प्रोप्राइटरको,- दस्तखत : नाम, थर : मोवाइल नम्बर र इमेलः
प्राइभेट फर्मको छापः
$\Delta$ पन्ध्रौं संशोधनद्वारा थप।
अनुसूची-३ (नियम ६ सँग सम्बन्धित)
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभाग
प्रा.फा नं.
प्रमाण–पत्र
...........................................सम्वत् २० साल गते रोज मा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम रजिष्टर गरी यो प्रमाण–पत्र दिइएको छ।
धनी (प्रोप्राइटरको) नाम :– ठेगाना :– पूँजी :– उद्देश्य :– फर्मको ठेगाना :–
महानिर्देशक
नवीकरण (रिन्यू) गरेको प्रमाण–पत्र
अनुसूची-४ (नियम ६ सँग सम्बन्धित)
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय घरेलु तथा साना उद्योग विभाग
प्रा.फा. नं .
प्रमाण–पत्र
.................................. सम्बत् २० साल गते रोज मा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम रजिष्टर गरी यो प्रमाण–पत्र दिइएको छ।
धनी (प्रोप्राइटर) को नाम:– ठेगाना:– फर्मको ठेगाना :– पूँजी:– उद्देश्य:– अक्षशक्ति:– मिति:–
महानिर्देशक
नवीकरण गरेको प्रमाण