पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ लालमोहर र प्रकाशन मिति २०५५।०४।०६
संशोधन गर्ने ऐन प्रमाणीकरण र प्रकाशन मिति १. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ $\otimes$ २०६६।१०।०७ २. केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७२ २०७२।११।१३ ३. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९ ४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ २०८२।०४।१४
२०५५ सालको ऐन नं. ७ $\times$=........... पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : मुलुकको अर्थतन्त्रको महत्वपूर्ण बन स्थान ओगटेको पशुपालन व्यवसायलाई व्यवस्थित र विकसित तुल्याउन र मानव समुदायको पौष्टिक भोजन तथा स्वास्थ्यका दृष्टिकोणबाट समेत पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको स्वस्थ रुपमा उत्पादन, बिक्री वितरण, निकासी तथा पैठारी गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५” रहेको छ।
$\otimes$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको। $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा स्वीकृत भएको।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “पशु” भन्नाले जुनसुकै प्रकारका पाल्तु वा जङ्गली जनावर सम्झनु पर्छ र सो शब्दले पक्षी र माछालाई समेत जनाउँछ। (ख) “पशुजन्य पदार्थ” भन्नाले पशुको मासु, रगत, बोसो, पित्त, दूध, फुल, हाड, छाला, सिङ, खुर, प्वाँख, ऊन, भुत्ला, रौं, भ्रूण, वीर्य, ग्रन्थी, मल, मूत्र वा सोबाट बनाइएको अप्रशोधित वस्तु सम्झनु पर्छ। (ग) “पशु उत्पादन सामग्री” भन्नाले पशु स्वास्थ्यमा, कृत्रिम गर्भाधानमा वा जैविक पदार्थ उत्पादनमा उपयोग हुने प्रशोधित वा अप्रशोधित सामग्री सम्झनु पर्छ। (घ) “जैविक पदार्थ (बायोलोजिकल्स)” भन्नाले पशु विकास वा पशु स्वास्थ्यको लागि प्रयोग गरिने जीवाणु वा विषाणुयुक्त औषधी, खोप वा जैविक रसायन सम्झनु पर्छ। (ङ) “क्वारेन्टाइन चेकपोइन्ट” भन्नाले नेपाल सरकारले दफा ३ बमोजिम स्थापना गरेको पशु क्वारेन्टाइन चेकपोइन्ट सम्झनु पर्छ। (च) “क्वारेन्टाइन” भन्नाले कुनै पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा कुनै रोग लागेको छ छैन भन्ने कुरा यकिन गर्न पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई कुनै खास ठाउँमा तोकिएको अवधिभर परीक्षणको लागि एकैसाथ वा छुट्टा छुट्टै राख्ने काम सम्झनु पर्छ। (छ) “क्वारेन्टाइन अधिकृत” भन्नाले दफा ५ बमोजिम नियुक्ति गरिएको क्वारेन्टाइन अधिकृत सम्झनु पर्छ। (ज) “क्वारेन्टाइन स्थल” भन्नाले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई परीक्षणको लागि क्वारेन्टाइनमा राख्ने ठाउँ सम्झनु पर्छ।
(झ) “संक्रामक रोग” भन्नाले अनुसूचीमा उल्लिखित रोगहरु र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका अन्य रोगहरुलाई समेत जनाउँछ। (ञ) “विभाग” भन्नाले नेपाल सरकार, पशु सेवा विभाग सम्झिनु पर्छ। (ट) “कार्यालय प्रमुख” भन्नाले $\Pi$........... पशु सेवा कार्यालय वा तोकिएको अन्य कार्यालयको प्रमुख भई काम गर्ने व्यक्ति सम्झिनु पर्छ। (ठ) “भेटेनरी निरीक्षक” भन्नाले दफा २५ बमोजिम नियुक्ति गरिएको वा तोकिएको अधिकृत सम्झिनु पर्छ। (ड) “पैठारीकर्ता” भन्नाले नेपाल $\times$........... बाहिरबाट पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्ने व्यक्ति सम्झिनु पर्छ। (ढ) “निकासीकर्ता” भन्नाले नेपाल $\times$...........अधिराज्यबाट पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्ने व्यक्ति सम्झिनु पर्छ। (ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झिनु पर्छ।
परिच्छेद–२ पशु क्वारेन्टाइन सम्बन्धी व्यवस्था
३. क्वारेन्टाइन चेकपोइन्टको स्थापना : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल $\times$........... को कुनै पनि क्षेत्रमा स्थायी वा अस्थायी प्रकृतिको क्वारेन्टाइन चेकपोइन्ट स्थापना गर्नेछ।
४. क्वारेन्टाइन स्थल निर्माण गर्न सक्ने : (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी दफा ३ बमोजिम क्वारेन्टाइन चेकपोइन्ट स्थापना भएको क्षेत्रमा क्वारेन्टाइन स्थल निर्माण गर्न सक्नेछ।
$\Pi$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा स्वीकृत। $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा स्वीकृत।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निजी क्षेत्रलाई समेत क्वारेन्टाइन स्थल निर्माण गर्न नेपाल सरकारले अनुमति दिन सक्नेछ। (३) उपदफा (२) बमोजिम गैर सरकारी क्षेत्रमा क्वारेन्टाइन स्थल निर्माण गर्न चाहनेले विभागबाट सिफारिस पर लिनु पर्नेछ। (४) उपदफा (१) वा (२) बमोजिम क्वारेन्टाइन स्थल निर्माण गर्दा पालन गर्नु पर्ने शर्त तथा अपनाउनु पर्ने मापदण्ड तोकिए बमोजिम हुनेछ। ५. क्वारेन्टाइन अधिकृतको नियुक्ति : नेपाल सरकारले दफा ३ बमोजिम स्थापना भएको क्वारेन्टाइन चेकपोष्टको प्रमुखको रुपमा काम गर्ने गरी पशु चिकित्सा विषयमा कम्तीमा स्नातकोत्तर हासिल गरेको व्यक्तिलाई क्वारेन्टाइन अधिकृतको पदमा नियुक्ति गर्नेछ। ६. क्वारेन्टाइनमा राख्नु पर्ने : (१) पैठारीकर्ताले पैठारी गरेका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई परीक्षणको लागि तोकिएको अवधिसम्म क्वारेन्टाइनमा राख्नु पर्नेछ। (२) उपदफा (१) बमोजिम क्वारेन्टाइनमा राखिएका पशुको लागि आवश्यक पर्ने दाना, पानी र सुरक्षाको व्यवस्था सम्बन्धित पैठारीकर्ताले गर्नु पर्नेछ। (३) क्वारेन्टाइनमा राखिएको पशु परीक्षण अवधिभरै मरेमा क्वारेन्टाइन अधिकृतले त्यस्तो मरेको पशु परीक्षण गरी नष्ट गर्न पैठारीकर्तालाई आदेश दिनेछ। (४) उपदफा (१) बमोजिम क्वारेन्टाइनमा राखिएको पशु मरेमा पैठारीकर्ताले कुनै प्रकारको क्षतिपूर्ति दाबी गर्न पाउने छैन। (५) क्वारेन्टाइनमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री परीक्षण गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ। ७. प्रमाणपत्र दिनु पर्ने : क्वारेन्टाइन अधिकृतले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई क्वारेन्टाइनमा राखी जाँच गरेपछि तोकिए बमोजिमको ढाँचामा क्वारेन्टाइन प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ। ८. निकासी वा पैठारी गर्दा पालन गर्नु पर्ने शर्त : निकासीकर्ता वा पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी वा पैठारी गर्दा पालन गर्नु पर्ने शर्त तोकिए बमोजिम हुनेछ। ९. क्वारेन्टाइन चेकपोष्टको बाटो भएर मात्र पैठारी गर्नु पर्ने : पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्दा क्वारेन्टाइन चेकपोष्टको बाटो भएर गर्नु पर्नेछ।
१०. पैठारी गर्न प्रतिबन्ध लगाउन सक्ने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको रोगहरु भएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्न प्रतिबन्ध लगाउन सक्नेछ।
११. प्रवेश गर्न रोक लगाउन सक्ने : देहायका अवस्थामा क्वारेन्टाइन अधिकृतले पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको प्रवेशमा रोक लगाउन सक्नेछ :– (क) पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री जुन ठाउँबाट ल्याएको हो सो ठाउँमा संक्रामक रोगको प्रकोप भएको सूचना प्राप्त भएमा, (ख) पैठारीकर्ताले पैठारी गर्ने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा तोकिए बमोजिम संक्रामक रोग नभएको प्रमाणपत्र र स्वस्थता सम्बन्धी प्रमाणपत्र उपलब्ध नगराएमा, (ग) खण्ड (ख) बमोजिमको प्रमाणपत्र उपलब्ध गराएको भए तापनि केही पशुहरु संक्रामक रोग लागि मरेको पाइएमा, (घ) पैठारी गरिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री ल्याउनको निमित्त प्रयोग गरिएको सवारी साधनमा संक्रामक रोगको लसपस भएको पाइएमा।
१२. आदेश दिन सक्ने : (१) क्वारेन्टाइन अधिकृतले दफा ११ बमोजिम प्रवेश गर्न रोक लगाइएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री जुन मुलुकबाट ल्याइएको हो सो मुलुकमा फिर्ता लैजान आदेश दिन सक्नेछ। (२) पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री त्यसै राखी छोड्दा वा फिर्ता पठाउँदा संक्रामक रोग फैलिन सक्ने संभावना देखिएमा क्वारेन्टाइन अधिकृतले पैठारीकर्तालाई त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई हटाउने वा नष्ट गर्ने आदेश दिन सक्नेछ।
१३. लिलाम गर्न सक्ने : (१) क्वारेन्टाइन स्थलमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री तोकिएको अवधि भित्र सम्बन्धित पैठारीकर्ताले फिर्ता नलगेमा क्वारेन्टाइन अधिकृतले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामाग्री जफत गरी लिलाम गर्न सक्नेछ। लिलाम गर्ने अवस्था र कार्यविधि तोकिए बमोजिम हुनेछ। (२) उपदफा (१) बमोजिम जफत गरिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री लिलाम गर्न उपयुक्त नदेखिएमा वा लिलाम गर्दा कसैले नसकारेमा क्वारेन्टाइन
अधिकृतले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउन वा नष्ट गर्न आदेश दिन सक्नेछ।
१४. हटाउने वा नष्ट गर्ने : (१) दफा ६, १२ वा १३ बमोजिम हटाउने वा नष्ट गर्ने आदेश पाएपछि सम्बन्धित पैठारीकर्ताले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउन वा नष्ट गर्नुपर्नेछ। (२) उपदफा (१) बमोजिम सम्बन्धित पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री नहटाएमा वा नष्ट नगरेमा क्वारेन्टाइन अधिकृत आफैँले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउन वा नष्ट गर्न सक्नेछ। (३) उपदफा (२) बमोजिम पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउँदा वा नष्ट गर्दा लाग्ने सम्पूर्ण खर्च पैठारीकर्ताबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ।
१५. पशुहरुको बसार पसार सम्बन्धी व्यवस्था : नेपाल $\times$............ को कुनै एक ठाउँको पशुहरुमा संक्रामक रोग लागेको कुरा पत्ता लागेमा कार्यालय प्रमुख वा क्वारेन्टाइन अधिकृतले त्यस्ता पशुहरु नेपाल $\times$.............. को कुनै एकको ठाउँमा बसार पसार गर्न प्रतिबन्ध लगाउन सक्नेछ।
परिच्छेद – ३ पशु नसल सुधार सम्बन्धी व्यवस्था
१६. सूचना जारी गर्न सक्ने : (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालमा रहेका कुनै जातका पशुको वंश लोप हुनबाट बचाउन वा तिनीहरुको नसल सुधार गर्ने दृष्टिले नेपाल $\times$............ को कुनै क्षेत्रमा सोही सूचनामा तोकेको जातको भाले जातको पशु बाहेक अन्य भाले जातको पशु खसी पारी राख्नु पर्ने गरी सूचना जारी गर्न सक्नेछ। तर परम्परादेखि चलिआएको पूजा आजा वा धार्मिक अनुष्ठानका लागि नभई नहुने खसी नपारेको भाले पशु पाल्नु पर्ने भएमा त्यस्तो पशुलाई गभधान गराउन नसक्ने गरी अलग्गै राख्न उपदफा (१) मा लेखिएको कुनै कुराले बाधा पुर्याएको मानिने छैन ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा स्वीकृत भएको।
(२) उपदफा (१) बमोजिम तोकिएको जात बाहेक अन्य भाले जातको पशु पालेको पाइएमा कार्यालय प्रमुखले सम्बन्धित व्यक्तिलाई त्यस्तो भाले पशुलाई तत्कालै खसी पार्ने आदेश दिन सक्नेछ।
परिच्छेद–४ उद्योग स्थापना तथा निकासी पैठारी सम्बन्धी व्यवस्था
१७. उद्योग स्थापना गर्न सिफारिस पत्र लिनु पर्ने : जैविक पदार्थ, चल्ला, माछाका भुरा उत्पादन गर्ने (ह्याचरी) वा पशु दाना वा मासु प्रशोधन सम्बन्धी उद्योग स्थापना गर्न चाहने व्यक्तिले तोकिएको निकायबाट सिफारिस पत्र लिनु पर्नेछ।
१८. निकासी वा पैठारी गर्न सिफारिस लिनु पर्ने : जैविक पदार्थ, चल्ला वा माछाका भुरा वा पशु दाना निकासी वा पैठारी गर्न चाहने व्यक्तिले तोकिएको दस्तुर तिरी तोकिएको निकायबाट सिफारिस पत्र लिनु पर्नेछ।
१९. अनुमतिपत्र लिनु पर्ने : (१) जैविक पदार्थ, चल्ला, माछाका भुरा बिक्री वितरण वा मासु प्रशोधन गर्न चाहने व्यक्तिले तोकिएको निकायबाट तोकिएको दस्तुर तिरी अनुमतिपत्र लिनु पर्नेछ। (२) उपदफा (१) बमोजिम बिक्री वितरण गरिने जैविक पदार्थ, चल्ला, माछाका भुरा वा मासु प्रशोधनको गुणस्तर तथा मापदण्ड तोकिए बमोजिम हुनेछ।
परिच्छेद–५ दण्ड सजाय र पुनरावेदन
२०. दण्ड सजाय : (१) दफा ९ को उल्लङ्घन गरी पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्ने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यसरी पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा संक्रामक रोग भएको पाइएमा दोब्बर जरिबाना हुनेछ। (२) दफा १० को उल्लङ्घन गर्ने व्यक्तिलाई दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ। (३) दफा १२ को उपदफा (१) बमोजिम दिइएको आदेश पालन नगर्ने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
(४) उपदफा (१), (२) र (३) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावलीको उल्लङ्घन गर्ने व्यक्तिलाई कसूरको मात्रा हेरी पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२१. मुद्दाको तहकीकात र दायरी : (१) यस ऐन अन्तर्गतको कसूरको तहकीकात क्वारेन्टाइन चेकपोइन्टको कम्तीमा राजपत्र अधिकृत प्रथम श्रेणीको प्राविधिक सहायकले गर्नेछ र त्यस्तो तहकीकातको काम पूरा भएपछि मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ। (२) उपदफा (१) बमोजिम मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्दा मुद्दाको तहकीकात गर्ने कर्मचारीले सरकारी वकीलमसित राय सल्लाह लिन सक्नेछ।
२२. मुद्दा हेर्ने अधिकारी : (१) दफा ९ अन्तर्गतको मुद्दा हेर्ने अधिकार सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई हुनेछ। (२) उपदफा (१) मा लेखिएदेखि बाहेक यस ऐन अन्तर्गतको मुद्दा हेर्ने अधिकार कार्यालय प्रमुखलाई हुनेछ।
२३. नेपाल सरकार वादी हुने : यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ।
२४. पुनरावेदन : दफा २२ बमोजिमको अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र जिल्ला अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ।
परिच्छेद – ६ विविध
२५. भेटेनरी निरीक्षकको नियुक्ति : (१) नेपाल सरकारले पशु औषधी वा जैविक पदार्थको गुणस्तर निर्धारित मापदण्ड अनुसार भए नभएको जाँच गर्न आवश्यक स्थान र संस्थामा भेटेनरी निरीक्षकहरु नियुक्ति गर्न वा तोक्न सक्नेछ। (२) उपदफा (१) बमोजिम नियुक्ति हुने भेटेनरी निरीक्षकहरुको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
२५क. प्रदेश तथा स्थानीय तहले पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धी कार्य गर्न सक्ने : (१) प्रदेश तथा स्थानीय तहले पशुपालन व्यवसायलाई व्यवस्थित र विकसित गर्न किसानलाई पशु स्वास्थ्य तथा पशु सेवा उपलब्ध गराउन सक्नेछ।
$\text{v}$ केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७२ द्वारा संशोधित। $\text{>}$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप।
(२) उपदफा (१) बमोजिम प्रदेश र स्थानीय तहले पशु स्वास्थ्य तथा पशु सेवा उपलब्ध गराउँदा यस ऐन बमोजिमको मापदण्डको अधीनमा रही उपलब्ध गराउनु पर्नेछ।
२६. अधिकार प्रत्यायोजन : यस ऐन बमोजिम, कार्यालय प्रमुख, पशु चिकित्सक, क्वारेन्टाइन अधिकृत वा भेटेनरी निरीक्षकलाई प्राप्त अधिकार मध्ये मुद्दा हेर्ने अधिकार बाहेक अन्य अधिकार आवश्यकता अनुसार निजले आफू मातहतका कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
२७. पशु प्रति निर्दयी व्यवहार गर्न रोक लगाउन सक्ने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पशु प्रति हुने निर्दयी व्यवहार रोक्नको लागि एउटा समिति गठन गर्न सक्नेछ र त्यस्तो समितिको काम, कर्तव्य र अधिकार सोही सूचनामा तोकिएबमोजिम हुनेछ।
२८. सङ्क्रामक रोगको निगरानी, जाँचबुझ र नियन्त्रण : (१) कार्यालय प्रमुखले सङ्क्रामक रोग लाग्न नदिन वा कुनै स्थानमा देखिएको सङ्क्रामक रोग अन्यत्र फैलिन नदिनको लागि पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको विभागले निर्धारण गरे बमोजिम नियमित रूपमा वा आवश्यकता अनुसार जुनसुकै वित्त जुनसुकै स्थानमा निगरानी, जाँच परीक्षण तथा अनुगमन गर्नु, गराउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको निगरानी, जाँच परीक्षण तथा अनुगमनको क्रममा कार्यालय प्रमुख वा कार्यालयबाट खटिएको कर्मचारीले सङ्क्रामक रोग लागेको वा रोगको जोखिम रहेको क्षेत्रको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री रहेको स्थानमा प्रवेश गर्न, नमूना सङ्कलन गर्न तथा सङ्कलित नमूनाको प्रयोगशाला परीक्षण गर्न वा गराउन सक्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिम निगरानी, जाँच परीक्षण वा अनुगमन गर्दा सङ्क्रामक रोग लागेको शङ्का भएमा त्यसको प्रयोगशाला परीक्षण प्रतिवेदन प्राप्त नभएसम्मको लागि सङ्क्रामक रोग महामारीको रूपमा फैलिन सक्ने अवस्थालाई समेत विचार गरी कार्यालय प्रमुखले त्यस्तो शङ्का लागेको क्षेत्रबाट वा त्यस्तो क्षेत्र भएर कुनै पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री वा सोसँग सम्बन्धित अन्य कुराको उपभोग, बिक्री वितरण, प्रयोग वा ओसारपसारमा रोक लगाउन सक्नेछ।
(४) उपदफा (२) बमोजिम परीक्षण गर्दा सङ्क्रामक रोग लागेको पुष्टि भएमा कार्यालय प्रमुखले नमूना सङ्कलन गरिएको स्थानलाई केन्द्रबिन्दु मानी तोकिए बमोजिमको
क्षेत्रलाई तोकिए बमोजिम सङ्क्रामक रोग प्रभावित क्षेत्र घोषणा गर्न, त्यस्तो क्षेत्रभन्दा बाहिरको तोकिए बमोजिमको क्षेत्रलाई सघन निगरानी क्षेत्रको रूपमा घोषणा गरी सङ्क्रामक रोग नियन्त्रण सम्बन्धी कार्यबन गर्नु पर्नेछ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्क्रामक रोग एकभन्दा बढी प्रदेशमा फैलिएको काबू बाहिरको परिस्थिति सिर्जना भएको भनी प्राविधिक प्रतिवेदन प्राप्त भएमा नेपाल सरकारको पशुपन्क्षी विकास गर्ने मन्त्रालयले सङ्क्रामक रोग प्रभावित क्षेत्र घोषणा गरी सम्बन्धित प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा रोग नियन्त्रण सम्बन्धी कार्य गर्नेछ।
(६) उपदफा (३), (४) वा (५) बमोजिम सङ्क्रामक रोग प्रभावित क्षेत्र घोषणा गरिएकोमा त्यस्तो घोषणा कायम रहेसम्म सङ्क्रामक रोग लाग्ने वा फैलाउने गरी पशुपालन गर्न, पशुजन्य पदार्थ, पशु उत्पादन सामग्री तथा सङ्क्रामक रोग सार्न सक्ने अन्य वस्तुको उत्पादन, प्रशोधन, उपभोग, बिक्री वितरण, प्रयोग तथा ओसारपसारमा प्रतिबन्ध लगाउन, नियन्त्रण गर्न वा निःसङ्क्रमण गरेर मात्र कारोबार वा ओसारपसार गर्न दिने गरी प्रतिबन्ध लगाउने निकायले आदेश जारी गर्न सक्नेछ।
(७) उपदफा (१) र (२) बमोजिम पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको जाँचबुझ वा प्रयोगशाला परीक्षण गर्दा सङ्क्रामक रोग लागेको पाइएमा कार्यालय प्रमुख वा तोकिएको अधिकारीले त्यस्तो पशु, पशुजन्य पदार्थ, पशु उत्पादन सामग्री वा सङ्क्रामक रोग सार्न सक्ने अन्य वस्तु निःसङ्क्रमण गर्न र निःसङ्क्रमण पश्चात पुनः प्रयोग गर्न नसकिने अवस्था भएमा सम्बन्धित पशुधनीलाई सो कुराको जानकारी गराई तोकिए बमोजिम नष्ट गर्न वा आवश्यक व्यवस्थापन गर्न, गराउन सक्नेछ।
(८) उपदफा (७) बमोजिम पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री नष्ट गर्दा वा व्यवस्थापन गर्दा क्षति भएकोमा त्यस्तो क्षतिको सम्बन्धित धनीलाई नेपाल सरकार वा प्रदेश सरकारले मापदण्ड निर्धारण गरी राहत दिन सक्नेछ।
तर उपदफा (४) वा (५) बमोजिम लगाइएको रोक वा प्रतिबन्ध उल्लंघन गरी उत्पादन, प्रशोधन, बिक्री वितरण वा ओसारपसार गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री वा सोसँग सम्बन्धित अन्य कुरा उपदफा (७) बमोजिम नष्ट गर्दा, तह लगाउँदा वा व्यवस्थापन गर्दा भएको क्षतिको राहत दिइने छैन।
(९) उपदफा (१) बमोजिम पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको जाँचबुझ गर्दा दफा १० बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका रोगहरू लागेको पाइएमा कार्यालय प्रमुखले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई हटाउन वा नष्ट गर्न आदेश दिनेछ।
(१०) उपदफा (९) बमोजिम सम्बन्धित धनीले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री नहटाएमा वा नष्ट नगरेमा कार्यालय प्रमुख आफैँले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउन वा नष्ट गर्न सक्नेछ। (११) उपदफा (१०) बमोजिम पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउँदा वा नष्ट गर्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित धनीबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ। (१२) सङ्क्रामक रोग नियन्त्रण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
२९. नष्ट गर्ने कार्यविधि : यस ऐन बमोजिम मृत पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री नष्ट गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ।
३०. बाधा नहुने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रशोधित पशुजन्य पदार्थमा संक्रामक रोग लागेको आशंका भएमा त्यस्तो प्रशोधित पशुजन्य पदार्थलाई क्वारेन्टाइनमा राखी परीक्षण गर्न बाधा पुर्याएको मानिने छैन।
३१. अनुसूचीमा हेरफेर तथा थपघट गर्ने अधिकार : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकतानुसार हेरफेर तथा थपघट गर्न सक्नेछ।
३२. प्रचलित कानून बमोजिम हुने : यस ऐनमा लेखिएजति कुरामा यसै ऐन बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुनेछ।
३३. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ।
३४. संशोधन : संक्रामक रोग ऐन, २०२० मा ठाउँ ठाउँमा प्रयोग भएका “पशु, पक्षी वा” भन्ने शब्दहरु खसालिएका छन्।
द्रष्टव्य : केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्त्तर भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।
अनुसूची (दफा २ को खण्ड (झ) सँग सम्बन्धित)
१. ए ०१० फूट एण्ड माउथ डिजिज (एफ.एम.डी.) २. ए ०११ एफ.एम.डी. भाइरस ओ. ३. ए ०१२ एफ.एम.डी. भाइरस ए. ४. ए ०१३ एफ.एम.डी. भाइरस सी. ५. ए ०१४ एफ.एम.डी. भाइरस एस. ए. टी. १ ६. ए ०१५ एफ.एम.डी. भाइरस एस. ए. टी. २ ७. ए ०१६ एफ.एम.डी. भाइरस एस. ए. टी. ३ ८. ए ०१७ एफ.एम.डी. भाइरस एसिया १ ९. ए. ०१८ एफ.एम.डी. भाइरस प्रकार नदिएको १०. ए. ०२० भेसिकुलर स्टोमेटाइटिस (भी.एस.) ११. ए. ०२१ भी. एस. भाइरस इन्डियाना १२. ए ०२२ भी. एस. भाइरस न्युजसी १३. ए ०२३ भी. एस. भाइरस प्रकार नदिएको १४. ए ०३० स्वाईन भेसिकुलर डिजिज १५. ए ०४० रिण्डरपेस्ट १६. ए ०५० पेस्टिस डेस पेटिटिस रुमिनान्ट्स १७. ए ०६० कन्ट्टाजियस वोभाईन प्ल्यूरोन्युमोनिया १८. ए ०७० लम्पी स्किन डिजिज १९. ए ०८० रिफ्ट भ्याली फिभर २०. ए ०९० ब्ल्यू टङ २१. ए १०० सीप पक्स एण्ड गोट पक्स २२. ए ११० अफ्रिकन हर्स सिकनेस २३. ए १२० अफ्रिकन स्वाईन फिभर २४. ए १३० हग क्लेरा
२५. ए १४० फाउल प्लेग २६. ए १६० न्यु क्यासल डिजिज्
मल्टिपल स्पेसिज डिजिज् २७. बी ०५१ एन्त्राक्स २८. बी ०५२ एजोकाईज डिजिज् २९. बी ०५२ इकाइनोकोकोसिस/हाइड्रिटिडोसिस ३०. बी ०५५ हर्टवाटर ३१. बी ०५६ लेप्टोस्पाइरोसिस ३२. बी ०५७ क्यू फिभर ३३. बी ०५८ रेविज ३४. बी ०५९ प्याराट्यूवरक्लोसिस ३५. बी ०६० स्क्रीउ वर्मबन (कोकिल्लोमिया होमिनोभोरस)
क्याटल डिजिज् ३६. बी १०१ एनाप्लाज्मोसिस ३७. बी १०२ बबिसियोसिस ३८. बी १०३ वोभाईन ब्रुसेल्लोसिस (बी. एबोर्टस) ३९. बी १०४ वोभाईन जेनाइटल क्याम्पाइलो ब्याक्टेरियोसिस ४०. बी १०५ वोभाईन ट्यूवरक्लोसिस (माइको ब्याक्टेरियम वोभिस) ४१. बी १०६ सिस्टिकोकोसिस (सि. वोभिस) ४२. बी १०७ डर्माटोफिलोसिस ४३. बी १०८ इन्फ्युक्ट वोभाइन ल्यूकोसिस ४४. बी १०९ ह्यामोरहेजिक सेप्टीसेमिया ४५. बी ११० इन्फेक्सियस वोभाइन राइनोट्रेकाइटिस ४६. बी १११ थेलेरियोसिस ४७. बी ११२ ट्राइकोमोनायसिस ४८. बी ११३ टाइपानोसोमियासिस
४९. बी ११४ ओभाइन म्यालिग्नन्ट क्याटरहल ५०. बी ११५ ओभाइन स्पोन्जिफर्म इन्सेफालोप्याथी
सीप एण्ड गोट डिजिज ५१. बी १५१ ब्रुसेल्लोसिस ओभिस इन्फेक्सन ५२. बी १५२ क्याप्राइन एण्ड ओभाइन ब्रुसेल्लोसिस (बी. मेलीटेन्सिस) ५३. बी १५३ क्याप्राइन अराबनराइट/इन्सेफलाइवटस ५४. बी १५४ कन्ट्यागियस एगालेक्सिया ५५. बी १५५ कन्ट्यागियस क्याप्राइन प्लुरोनिमोनिआ ५६. बी १५६ इन्फेक्टियस एकिनोस् अफ इयुज ५७. बी १५७ पल्मोनरी एमडनोमेटोमसस ५८. बी १५८ नैरोबी सीप डिजिज ५९. बी १५९ साल्मोनेल्लोसिस (एस. एन्टरोइडस ओभिस) ६०. बी १६० स्क्रेपी ६१. बी १६१ माएदी मभस्ना
हर्स डिजिज ६२. बी २०१ कन्ट्यागियस इक्वाइन मेट्राइटिस ६३. बी २०२ डुराइन ६४. बी २०३ इकुपजुवटक लिम्फेन्जाइटिस ६५. बी २०४ इक्वाइन इन्सेफालोमाइलाइटिस ६६. बी २०५ इक्वाइन इन्फेक्शस एनिमिया ६७. बी २०६ इक्वाइन इन्फ्लुएन्जा (भाइरस टाइप ए) ६८. बी २०७ इक्वाइन पाइरोप्लाज्मोसिस (बबेसियोसिस) ६९. बी २०८ इक्वाइन राइनोनिमोनाइटिस ७०. बी २०९ ग्ल्यान्डरस् ७१. बी २१० हर्स पक्स ७२. बी २११ इन्फेक्शस आर्थराइटिस अफ हर्स
७३. बी २१२ जापानीज इन्सेफलाइटिस ७४. बी २१३ हर्स मेन्ज ७५. बी २१५ सर्रा ७६. बी २१६ भेनेजुएलाान इक्वाइन इन्सेफालोमाइलाइटिस
पीग डिजिज ७७. बी २५१ एट्रोफिक राइनाइटिस ७८. बी २५२ सिस्टिसिर्कोसिस (सी. सेलूलोसा) ७९. बी २५३ पोर्साइन बु्रसेल्लोसिस (बी. सूइस) ८०. बी २५४ ट्रान्समिसिबल ग्यास्ट्रोइन्टेराइटिस अफ पीग ८१. बी २५५ ट्राइकिनेलोसिस ८२. बी २५६ इन्टरोभाइरस इन्सेफालोमाइलाइटिस ८३. बी २५७ पोर्साइन रिप्रोडक्टिभ एण्ड रेस्पिरेटोरी सिन्ड्रोम
पोल्ट्री डिजिज ८४. बी ३०१ एमभएन इन्फेक्सियस ब्रोनकाइटिस ८५. बी ३०२ एमभएन इन्फेक्सियस ल्यारिन्जोट्रकाइटिस ८६. बी ३०३ एमभएन ट्यूवरकुलोसिस ८७. बी ३०४ डक भाइरस हेपाटाइटिस ८८. बी ३०५ डक भाइरस इज्टेराइटिस (डक प्लेग) ८९. बी ३०६ फाउल क्लेरा ९०. बी ३०७ फाउल पक्स ९१. बी ३०८ फाउल टाइफाइड (एस. ग्यालीनेरम) ९२. बी ३०९ इन्फेक्सियस ब्रसबनल डिजिज (गमबोरो डिजिज) ९३. बी ३१० मेरेक्स डिजिज ९४. बी ३११ माइकोप्लाज्मोसिस (एम. ग्यालिसेप्टिकम) ९५. बी ३१२ सिटाकोसिस एण्ड ओनिथोसिस डिजिज ९६. बी ३१३ पूल्लोराम डिजिज (एस. पूल्लोरम)
डिजिज अफ अदर एनिमल
९७. बी ५०१ लेस्मानीएन्सिस
मल्टिपल स्पेसीज डिजिज
९८. सी ६११ लिस्टेरिओसिस ९९. सी ६१२ टक्सोप्लाज्मोसिस १००. सी ६१३ मेलिओडोसिस १०१. सी ६१४ ब्लाक्लेग १०२. सी ६१५ बाटू लिज्म १०३. सी ६१६ अदर क्लोस्ट्रिडियल इन्फेक्सन्स १०४. सी ६१७ अदर पास्चुरेल्लोसिस १०५. सी ६१८ एक्टिनोमाइकोसिस १०६. सी ६१९ इन्टेस्टिनल साल्मोनेल्ला इन्फेक्सन्स १०७. सी ६२० कक्सिडियोसिस १०८. सी ६२१ डिस्टोमाटोसिस (लिभर फलुक) १०९. सी ६२२ क्लारायासिस
क्याटल डिजिज
११०. सी ६५२ म्युकोसल डिजिज/बोभाइन भाइरस डाइरिया १११. सी ६५३ भभ्रियोनिक डिस्एन्ट्री ११२. सी ६५४ बबनल इन्फेस्टेशन
सीप एण्ड गोट डिजिज
११३. सी ७०१ कन्टाइजयेस पोस्चुलर डर्माटाइटिस ११४. सी ७०२ फूट रट ११५. सी ७०३ कन्टाइजयस ओप्थालमिया ११६. सी ७०४ इन्टरोटक्सिमिया
११७. सी ७०५ क्रेजियस लिम्फेन्डिनाइटिस ११८. सी ७०६ सीप मेन्ज
डिजिज अफ अदर एनिमल्स ११९. सी ७५१ इक्वाइन क्याइटल एक्जेन्थेमा १२०. सी ७५२ अल्सरेटिभ लेम्फेन्जाइवटिस १२१. सी ७५३ स्ट्रेन्गल्स १२२. सी ७५४ साल्मोनेल्लोसिस (एस. एवोटबनस् इक्वाई)
पिग डिजिज १२३. सी ८०१ स्वाइन इररसेपल्स
पोल्ट्री डिजिज १२४. सी ८५१ इन्फेक्सियस कोराइजा १२५. सी ८५३ एमभएन इन्सेफालोमाइलाइटिस १२६. सी ८५४ एमभएन स्पाइरोकेटोसिस १२७. सी ८५५ एमभएन साल्मोनेल्लोसिस १२८. सी ८५६ एमभएन ल्यूकोसिस
डग एण्ड क्याट डिजिज १२९. सी ९२१ क्यानाइन डिस्टेम्पर