नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५
२०५५ सालको ऐन नं. २४ $\times$............ नेपाल पशु चिकित्सा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : नेपाल $\times$............ मा पशु चिकित्सा व्यवसायलाई प्रभावकारी बनाई व्यवस्थित गराउन तथा पशु चिकित्सकहरुको योग्यता अनुसार नाम दर्ता समेतको व्यवस्था गर्ने गरेको लागि नेपाल पशु चिकित्सा परिषद्को स्थापना गर्नु वांछनीय भएकोले, श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।
परिच्छेद – १ प्राारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५” रहेकोछ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा यस ऐनमा,–
$\otimes$ यो ऐन संवत २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा चिकितिएको ।
(क) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल पशु चिकित्सा परिषद् सम्झनु पर्छ । (ख) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ । (ग) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले परिषद्को अध्यक्ष र उपाध्यक्ष समेतलाई जनाउँछ । (घ) “दर्ता किताब” भन्नाले यस ऐन बमोजिम पशु चिकित्सकहरुको नाम दर्ता गर्ने किताब सम्झनु पर्छ । (ङ) “दर्तावाल पशु चिकित्सक” भन्नाले दर्ता किताबमा नाम दर्ता भएको पशु चिकित्सक सम्झनु पर्छ । (च) “पशु चिकित्सक” भन्नाले परिषद्बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ । (छ) “रजिष्ट्रार” भन्नाले दफा १९ बमोजिम नियुक्त रजिष्ट्रार सम्झनु पर्छ । (ज) “पशु औषधि” भन्नाले पशुको रोगको निदान, उपचार वा नियन्त्रण गर्ने काममा प्रयोग हुने जुनसुकै पदार्थ, हार्मोन वा जैविक पदार्थ सम्झनु पर्छ र सो शब्दले पशु दानामा प्रयोग गरिने प्रोटिन, लवण वा भिटामिन समेतलाई जनाउँछ । (झ) “पशु” भन्नाले जनावर, पंक्षी र माछा समेत सम्झनु पर्छ । (ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
परिच्छेद – २ परिषद्को स्थापना, गठन तथा काम, कर्तव्य र अधिकार
३. परिषद्को स्थापना : पशु चिकित्सा व्यवसायलाई प्रभावकारी बनाई व्यवस्थित गराउन, वैज्ञानिक ढङ्गले परिचालन गर्न तथा पशु चिकित्सकहरुको योग्यता अनुसार नाम दर्ता गर्ने समेतको व्यवस्था गर्न नेपाल पशु चिकित्सा परिषद्को स्थापना गरिएकोछ ।
४. परिषद् स्वाशासित संस्था हुने : (१) परिषद् अविच्छिन्न उत्तराधिकारवाला एक स्वाशासित र संगठित संस्था हुनेछ । (२) परिषद्को सम्पूर्ण काम कारबाहीको लागि आफ्नो छुट्टै छाप हुनेछ ।
(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच बिक्री गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ । (४) परिषद्ले व्यक्ति सरह आफ्नो नामबाट नालेस उजूर गर्न र परिषद् उपर पनि सोही नामबाट नालेस उजूर लाग्न सक्नेछ ।
५. परिषद्को गठन : (१) दफा ३ बमोजिम स्थापना भएको परिषद्मा देहाय बमोजिमका सदस्यहरु रहने छन् :– (क) नेपाल सरकारबाट मनोनीत “क” श्रेणीको दर्तावाल पशु चिकित्सक – अध्यक्ष (ख) दर्तावाल पशु चिकित्सकहरु मध्येबाट निर्वाचित दुईजना पशु चिकित्सक – उपाध्यक्ष (ग) नेपाल सरकारबाट मनोनीत कम्तीमा “ख” श्रेणीको दर्तावाल पशु चिकित्सक दुईजना – सदस्य (घ) दर्तावाल पशु चिकित्सकहरु मध्येबाट निर्वाचित पाँचजना पशु चिकित्सक – सदस्य (ङ) अध्यक्ष, नेपाल भेटेरि एसोसिएसन – सदस्य (२) उपदफा (१) बमोजिम परिषद्को गठन नभएसम्मको लागि परिषद्ले गर्नुपर्ने काम गर्ने गरी नेपाल सरकारले समिति गठन गर्न सक्नेछ । त्यसरी गठन भएको समिति एक वर्षभन्दा बढी अवधिको लागि कायम हुने छैन ।
६. सदस्यको पदावधि : (१) दफा ५ को उपदफा (१) को खण्ड (क), (ख), (ग) र (घ) बमोजिमको सदस्यहरुको पदावधि चार वर्षको हुनेछ । पदावधि समाप्त भएका सदस्यहरु यस ऐनमा लेखिएका अन्य कुराहरुको अधीनमा रही पुनः मनोनीत वा निर्वाचित हुन सक्ने छन् । (२) उपदफा (१) बमोजिमको पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा त्यस्तो रिक्त हुन आएको सदस्यको पद बाँकी अवधिको लागि मनोनयन वा निर्वाचनद्वारा पूर्ति गर्न सकिनेछ । तर छ महिनाभन्दा कम अवधिको लागि निर्वाचन वा मनोनयन गरिने छैन ।
७. सदस्यको निमित्त अयोग्यता : देहायको कुनै व्यक्ति परिषद्को सदस्य पदमा मनोनीत वा निर्वाचित हुन सक्ने छैन :- (क) गैर नेपाली नागरिक, (ख) दर्ता किताबबाट नाम हटाइएको, (ग) साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको, (घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाएको, र (ङ) मगज विग्रेको ।
८. परिषद्को सदस्यता कायम नरहने : देहायको अवस्थामा परिषद्को सदस्यता कायम रहने छैन :- (क) दफा ७ बमोजिम अयोग्य भएमा, (ख) सदस्यको पदबाट दिएको राजीनामा स्वीकृत भएमा, (ग) परिषद्लाई कारण सहितको पूर्व सूचना नदिई लगातार तीन पटकसम्म परिषद्को बैठकमा अनुपस्थित भएमा, (घ) मृत्यु भएमा ।
९. परिषद्को काम, कर्तव्य र अधिकार : परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) पशु चिकित्सा व्यवसाय सुचारु रुपबाट सञ्चालन गर्नको लागि आवश्यक नीति, योजना तथा कार्यक्रमहरु तयार गरी त्यसको कार्यान्वयन गर्ने । (ख) पशु स्वास्थ्य सेवा र तत्सम्बन्धी प्रणालीलाई सुव्यवस्थित, स्तरीय, मर्यादपूर्ण र प्रभावकारी बनाउन आवश्यक नीति, कार्ययोजना तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयनको लागि नेपाल सरकार समक्ष पेश गर्ने । (ग) पशु औषध, जैविक पदार्थ, पशुको दाना, चल्ला तथा पशु उत्पादन सामग्रीलाई गुणस्तरयुक्त बनाउन आवश्यक पर्ने मापदण्ड तयार गरि नेपाल सरकारलाई बुझाव दिने ।
(घ) पशु चिकित्सकहरूको योग्यता निर्धारण गर्ने र त्यसरी निर्धारित योग्यता पूरा गरेका पशु चिकित्सकहरूको नाम दर्ता गरी अद्यावधिक अभिलेख राख्ने । (ङ) दर्तावाल पशु चिकित्सकहरूले पालन गर्नु पर्ने आचार संहिता तयार गरी लागू गर्ने । (च) पशु चिकित्सा शिक्षा दिने शिक्षण संस्था र त्यस्ता संस्थाहरूले प्रदान गरेका प्रमाणपत्र तथा उपाधिहरूलाई तोकिए बमोजिम मान्यता दिने । (छ) पशु चिकित्सा र पशु स्वास्थ्यसँग सम्बन्धित विषयमा नेपाल सरकारलाई आवश्यक परामर्श दिने । (ज) पशु औषधिको खोज वा आविष्कार गर्ने कार्यमा प्रयत्नशील रहने । (झ) अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरिएका पशु चिकित्सासँग सम्बन्धित अनुसन्धान वा अनुभवहरूको आदान प्रदान गरी नेपालको लागि उपयुक्त हुने कुराहरू लागू गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने । (ञ) दर्तावाल पशु चिकित्सकले आचार संहिताको पालन नगरेमा तोकिए बमोजिमको कार्यविधि पूरा गरी त्यस्तो पशु चिकित्सकको नाम परिषद्बाट हटाउने । (ट) परिषद्को उद्देश्य प्राप्तिको लागि आवश्यक पर्ने अन्य कार्यहरू गर्ने ।
१०. परिषद्को बैठक र निर्णय : (१) परिषद्को बैठक साधारणतया वर्षमा चार पटक बस्नेछ । (२) परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । (३) परिषद्को कूल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूर्ति संख्या पुगेको मानिनेछ । (४) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ । अध्यक्ष र उपाध्यक्ष दुवैको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ । (५) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ । मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ । (६) परिषद्को निर्णय रजिष्ट्रारद्वारा प्रमाणित गरिनेछ ।
(७) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
परिच्छेद – ३ नाम दर्ता सम्बन्धी व्यवस्था
११. नाम दर्ता नगराई व्यवसाय गर्न नहुने : यो ऐन प्रारम्भ भएको मितिले एक वर्षपछि परिषद्मा नाम दर्ता नगराएको कुनै पनि व्यक्तिले पशु चिकित्सा व्यवसाय गर्न हुँदैन ।
१२. नाम दर्ताको लागि दरखास्त दिने : (१) परिषद्मा नाम दर्ता गराउन चाहने व्यक्तिले तोकिए बमोजिमको ढाँचामा परिषद् समक्ष दरखास्त दिनु पर्नेछ । (२) यो ऐन प्रारम्भ हुँदाका बखत पशु चिकित्सा व्यवसाय गरिरहेका व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र परिषद् समक्ष नाम दर्ता गराउनका लागि उपदफा (१) बमोजिम दरखास्त दिनु पर्नेछ । (३) उपदफा (१) वा (२) बमोजिम नाम दर्ता गराउन दरखास्त दिने व्यक्तिले दरखास्त साथ आफूले प्राप्त गरेका प्रमाणपत्र, उपाधि तथा तसम्बन्धी अन्य कागजात र तोकिए बमोजिमको दस्तुर संलग्न गर्नु पर्नेछ ।
१३. दरखास्त उपर कारबाही र दर्ताको प्रमाणपत्र : (१) दफा १२ बमोजिम पर्न आएको दरखास्त उपर रजिष्ट्रारले आवश्यक जाँचबुझ गरी दर्ता किताबमा नाम दर्ता गर्न सम्बन्धित समितिमा पेश गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम पेश हुन आएको दरखास्त उपर सम्बन्धित समितिले योग्यता सम्बन्धी उपाधि मान्यता प्राप्त हो होइन र दरखास्त रीतपूर्वक नभएको छ छैन भन्ने कुराको समेत जाँचबुझ गरी पन्ध्र दिनभित्र परिषद् समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ । (३) उपदफा (२) बमोजिम समितिले पेश गरेको प्रतिवेदनको आधारमा परिषद्ले दरखास्तवालाको नाम दर्ता किताबमा दर्ता गर्ने नगर्ने कुराको निर्णय गर्नेछ । (४) उपदफा (३) बमोजिम परिषद्ले दरखास्तवालाको नाम दर्ता हुने निर्णय गरेकोमा रजिष्ट्रारले त्यस्तो दरखास्तवालाको नाम दर्ता किताबमा दर्ता गरी निजलाई तोकिएको ढाँचामा
दर्ताको प्रमाणपत्र दिनु पर्नेछ । परिषद्ले درخواستवालाको नाम दर्ता नगर्ने निर्णय गरेकोमा रजिष्ट्रारले त्यसको जानकारी درخواستवालालाई दिनु पर्नेछ ।
१४. दर्ता किताबबाट नाम हटाउने र पुनः दर्ता गर्ने : (१) देहायको अवस्थामा बाहेक दर्तावाल पशु चिकित्सकको नाम दर्ता किताबबाट हटाइने छैन :– (क) मगज बिग्रेको, (ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको, (ग) साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको, (घ) आचार संहिता पालन नगरेको भनी परिषद्को दुई तिहाई बहुमतले प्रस्ताव पारित गरेको । (२) उपदफा (१) को खण्ड (ख), (ग) र (घ) बमोजिमको अवस्था पछि दर्ता किताबबाट नाम हटाइएको पशु चिकित्सकले मनासिब माग्फिइको कारण देखाई पुनः नाम दर्ता गराउन درخواست दिएमा र परिषद्ले निजको नाम पुनः दर्ता गर्न मनासिब देखेमा परिषद्को दुई तिहाई बहुमतको निर्णयबाट नाम दर्ता गर्ने आदेश दिन सक्नेछ । (३) उपदफा (२) बमोजिम आदेश भएमा रजिष्ट्रारले तोकिए बमोजिमको दस्तुर लिई त्यसको पशु चिकित्सकको नाम दर्ता किताबमा पुनः दर्ता गरी प्रमाणपत्र दिनु पर्नेछ ।
१५. प्रमाणपत्र रद्द गर्ने : धोका वा गल्तीले कुनै व्यक्तिको नाम दर्ता किताबमा दर्ता हुन गएको रहेछ भन्ने कुराको जानकारी हुन आई सो कुरा जाँचबुझ गदान साँच्चो ठहरिन आएमा परिषद्ले त्यसको व्यक्तिको दर्ताको प्रमाणपत्र रद्द गर्न सक्नेछ ।
१६. पशु चिकित्सकहरुको श्रेणी : यस ऐन बमोजिम पशु चिकित्सकहरुको नाम दर्ता गर्ने प्रयोजनको लागि देहाय बमोजिमको योग्यता भएका पशु चिकित्सकहरुलाई देहाय बमोजिमको श्रेणीमा राखिएको छ :– (क) “क श्रेणी” : मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा विद्यावारिधि उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको
अनुभव भएको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव भएको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा स्नातक उपाधि हासिल गरी नेपाल सरकारको सेवामा कम्तीमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको पदमा वा विश्वविद्यालयमा कम्तीमा सहप्राध्यापकको पदमा कार्यरत पशु चिकित्सक ।
(ख) “ख श्रेणी” : मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा विद्यावारिधि उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा स्नातक उपाधि हासिल गरी नेपाल सरकारको सेवामा कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीको पदमा वा विश्वविद्यालयमा कम्तीमा उपप्राध्यापकको पदमा कार्यरत पशु चिकित्सक ।
(ग) “ग श्रेणी”: मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा कम्तीमा स्नातक उपाधि हासिल गरेको पशु चिकित्सक ।
१७. मान्यताको लागि दरखास्त दिने : (१) कुनै शिक्षण संस्थाबाट पशु चिकित्सा सम्बन्धी विषयमा डिग्री, डिप्लोमा, प्रमाणपत्र वा यस्तै अन्य उपाधि प्राप्त गर्ने व्यक्तिले सोको मान्यताको लागि परिषद् समक्ष तोकिए बमोजिम दरखास्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको दरखास्त उपर छानबिन गरी परिषद्ले मान्यता दिएको डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधि प्रदान गर्ने शिक्षण संस्थाको नाम नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
१८. व्यवसाय छाडेमा वा ठेगाना बदल्दा सूचना गर्नु पर्ने : कुनै दर्तावाल पशु चिकित्सकले आफ्नो व्यवसाय छाडेमा वा ठेगाना परिवर्तन गरेमा एक महिनाभित्र रजिष्ट्रारलाई सूचना गर्नु पर्नेछ ।
परिच्छेद – ४ कर्मचारी सम्बन्धी व्यवस्था
१९. रजिष्ट्रारको नियुक्ति तथा काम, कर्तव्य र अधिकार : (१) परिषद्मा नाम दर्ता भै तोकिएको योग्यता पुगेका व्यक्तिहरु मध्येबाट नेपाल सरकारले परिषद्को रजिष्ट्रार नियुक्त गर्न सक्नेछ । (२) रजिष्ट्रार परिषद्को प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनेछ । (३) रजिष्ट्रारको पारिश्रमिक, सेवाको शर्त तथा सुविधाहरु तोकिए बमोजिम हुनेछ । (४) यस ऐनमा अन्यत्र लेखिएका कुराको अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:– (क) पशु चिकित्सकद्वारा नाम दर्ताको लागि पेश गरिएका दरखास्तहरु सम्बन्धित समितिमा पेश गर्ने । (ख) परिषद्द्वारा गरिएका निर्णयहरु कार्यान्वयन गर्ने गराउने । (ग) परिषद्द्वारा पशु चिकित्सकको रुपमा नाम दर्ता गर्ने निर्णय गरे बमोजिम पशु चिकित्सकहरुको नाम दर्ता किताबमा चढाउने । (घ) कुनै दर्तावाल पशु चिकित्सकको मृत्यु भएमा निजको नाम दर्ता किताबबाट हटाउने । (ङ) दर्तावाल पशु चिकित्सिले व्यवसाय छाडेको वा ठेगाना बदलेको सूचना प्राप्त भएमा दर्ता किताबमा जनाउने । (च) परिषद्को निर्णय प्रमाणित गर्ने । (५) रजिष्ट्रारको अन्य काम, कर्तव्य र अधिकार परिषद्ले तोके बमोजिम हुनेछ ।
२०. परिषद्का कर्मचारी : (१) परिषद्ले आफ्नो आर्थिक स्रोतबाट तलब, भत्ता तथा अन्य सुविधाहरु उपलब्ध गराउने गरी परिषद्को कार्य सञ्चालनको लागि आवश्यक संख्यामा कर्मचारीहरु नियुक्त गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीहरु रजिष्ट्रारको रेखदेख र नियन्त्रणमा रहने छन् ।
(३) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीहरुको सेवाको शर्त र सुविधाहरु विनियमामा तोकिए बमोजिम हुनेछ ।
परिच्छेद – ५ कोष र लेखापरीक्षण
२१. परिषद्को कोष : (१) परिषद्को एउटा छुट्टै कोष हुनेछ । (२) परिषद्को सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ । (३) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहने छन्:– (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) स्वदेशी वा विदेशी व्यक्ति, संस्था, सरकार वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त ऋण, चन्दा, अनुदान वा दान दातव्यको रुपमा प्राप्त रकम, (ग) परिषद्ले लगाएको विभिन्न दस्तुरबाट उठेको रकम, (घ) अन्य कुनै स्रोतबाट प्राप्त रकम । (४) उपदफा (३) को खण्ड (ख) बमोजिमको रकम प्राप्त गर्दा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ । (५) परिषद्को कोषमा प्राप्त हुन आएको रकम नेपाल $\times$............ को कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ । (६) परिषद्को कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
२२. परिषद्को लेखा र लेखा परीक्षण : (१) परिषद्को आय व्ययको लेखा तोकिए बमोजिम राखिनेछ । (२) परिषद्को लेखा परीक्षण महालेखा परीक्षकले तोकेको लेखा परीक्षकबाट हुनेछ । (३) नेपाल सरकारले चाहेमा परिषद्को कोषको हिसाब किताब जुनसुकै बखत जाँच्न वा जँघाउन सक्नेछ ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको ।
परिच्छेद – ६ विविध
२३. परिषद्को विघटन : (१) परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारको प्रयोग गर्न नसकेको वा बराबर अधिकारको दुरुपयोग गरेको वा त्यस्तो अधिकारभन्दा बढी अधिकारको प्रयोग गर्ने गरेको वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम आफ्नो कर्तव्य पालन गर्न नसकेको भन्न्ने नेपाल सरकारलाई लागेमा सो कुरा सुधार गर्न वा सच्याउन नेपाल सरकारले परिषद्लाई निर्देशन दिनेछ । (२) उपदफा (१) बमोजिम दिइएको निर्देशन बमोजिम परिषद्ले आफ्नो काम कारबाही सुधार गर्न वा सच्याउन नसकेमा नेपाल सरकारले परिषद्लाई विघटन गर्न सक्नेछ। (३) उपदफा (२) बमोजिम परिषद् विघटन भएपछि अर्को परिषद् गठन नभएसम्म परिषद्को कोष तथा सम्पत्ति नेपाल सरकारले आफ्नो जिम्मामा राखी यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम परिषद्ले प्रयोग गर्ने सबै अधिकार नेपाल सरकार आफैंले प्रयोग गर्न वा समिति गठन गरी सो समितिबाट गराउन सक्नेछ । (४) उपदफा (२) बमोजिम परिषद् विघटन भएको तीन महिनाभित्र नेपाल सरकारले दफा ५ बमोजिम नयाँ परिषद् गठन गर्नेछ ।
२४. समिति गठन गर्न सक्ने : (१) परिषद्ले आवश्यकतानुसार विभिन्न विषय समिति तथा अन्य समिति गठन गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम गठित विषय समिति तथा अन्य समितिहरुको काम, कर्तव्य र अधिकार तथा कार्यविधि परिषद्ले तोकिदिए बमोजिम हुनेछ ।
२५. सदस्यको बैठक भत्ता तथा अन्य सुविधा : सदस्य तथा दफा २४ बमोजिम गठन भएको विषय समिति तथा अन्य समितिका सदस्यहरुको बैठक भत्ता तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ ।
२६. अनुसन्धान तहिकतत तथा मुद्दा चलाउने अधिकारी : दफा २७ बमोजिमको कसुरको अनुसन्धान तहिकतत गर्ने तथा मुद्दा चलाउने अधिकारी वा निकाय र तत्सम्बन्धी कार्यविधि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।
२७. कसुर तथा दण्ड सजाय : (१) दफा ११ बमोजिम परिषद्मा नाम दर्ता नगराई पशु चिकित्सा व्यवसाय गरेमा यस ऐन बमोजिम कसुर गरेको मानिनेछ । (२) उपदफा (१) बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ । (३) उपदफा (२) मा लेखिएदेखा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावलीको विपरीत हुने गरी कुनै काम गर्ने व्यक्तिलाई दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
२८. नेपाल सरकारसँग सम्पर्क : परिषद्ले नेपाल सरकारसँग सम्पर्क राख्दा $\Rightarrow$ कृषि तथा पशुपंथी विकास मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
२९. नियम तथा विनियमा बनाउने अधिकार : (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न परिषद्ले आवश्यक नियमहरु बनाउन सक्नेछ र त्यसरी बनाएको नियम नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र लागू हुनेछ । (२) यस ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही परिषद्ले आवश्यक विनियमाहरु बनाउन सक्नेछ ।
$\Rightarrow$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
द्रष्टव्य : केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तरित गरिएका शब्द : ”श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।