पशु वधशाला र मासु जाँच ऐन, २०५५
लालमोहर र प्रकाशन मिति २०५५।१२।८
२०५५ सालको ऐन नं. २६ .................... पशु वधशाला र मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : सर्वसाधारण जनताको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थमा मिसावट रोक्न र मासुमा हुने स्वच्छता तथा मासुको स्वाभाविक गुण बिग्रन नदिई उपयुक्त स्तर कायम राख्नको लागि पशु वधशाला स्थापना गर्ने र मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “पशु वधशाला र मासु जाँच ऐन, २०५५” रहेको छ । (२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि प्रारम्भ हुनेछ । $\text{\textbullet}$
$\otimes$ यो ऐन संवि. २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $\otimes$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा क्षिप्तिएको । $\text{\textbullet}$ ऐन लागू भएका मिति र स्थान दृष्टव्यमा उल्लेख गरिएको छ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “पशु” भन्नाले गाई, गोरु, साँढे बाहेक भाले जातको खसी तुल्याइएको वा नतुल्याइएको बोका, भेडा, च्याङ्ग्रा, सुंगुर, बंगुर, बाँदेल, राँगो, खरायो वा मासुको लागि योग्य देखिएको भैँसी, बाख्रा, पोथी जातको भेडा, च्याङ्ग्रा, सुंगुर, बंगुर, बाँदेल वा खरायो सम्झनु पर्छ र सो शब्दले भाले वा पोथी जातको कुखुरा, हाँँस, परेवा वा मासुको प्रयोजनको लागि पालिएको अन्य पशुपक्षी समेत सम्झनु पर्छ । (ख) “मासु” भन्नाले मानिसले खान योग्य पशुको मासु सम्झनु पर्छ । (ग) “मासु निरीक्षक” भन्नाले दफा ६ बमोजिम नियुक्ति गरिएको वा तोकिएको मासु निरीक्षक सम्झनु पर्छ । (घ) “मासु सुपरीवेक्षक” भन्नाले दफा ७ बमोजिम तोकिएको मासु सुपरीवेक्षक सम्झनु पर्छ । (ङ) “पशु वधशाला” भन्नाले मासुको निमित्त पशु वध गर्न बनाइएको घर वा ठाउँ सम्झनु पर्छ । (ज) “मासु विक्रेता” भन्नाले व्यावसायिक रुपमा मासु बिक्री गर्ने व्यक्ति सम्झनु पर्छ । (छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
३. इजाजतपत्र नलिई पशु वधशाला स्थापना गर्न वा मासु बिक्री गर्न नपाइने : यस ऐन बमोजिम इजाजतपत्र नलिई कसैले पनि पशु वधशाला स्थापना गर्न वा मासु विक्रेताको काम गर्न पाउने छैन ।
४. पशु वधशालाको स्थापना : (१) $\Rightarrow$ नेपाल सरकार पा प्रदेश सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल $\times$............ को कुनै पनि क्षेत्रमा पशु वधशाला स्थापना गर्न सक्नेछ ।
$\Rightarrow$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि गैर सरकारी क्षेत्रमा समेत पशु वधशाला स्थापना गर्न $\Rightarrow$ नेपाल सरकार वा प्रदेश सरकारले तोकिए बमोजिम इजाजत दिन सक्नेछ । (३) उपदफा (१) वा (२) बमोजिम पशु वधशाला स्थापना र सञ्चालन गर्दा पालन गर्नु पर्ने शर्त तथा अपनाउनु पर्ने मापदण्ड तोकिए बमोजिम हुनेछ ।
५. इजाजतपत्र : (१) पशु वधशाला स्थापना गर्न वा मासु विक्रेताको काम गर्न चाहने व्यक्ति वा संस्थाले तोकिए बमोजिमको ढाँचामा तोकिएको अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम दरखास्त परि आएमा तोकिएको अधिकारीले त्यस्तो दरखास्तको सम्बन्धमा आवश्यक जाँचबुझ गरी तोकिए बमोजिम दस्तुर लिई दरखास्तवालालाई पशु वधशाला स्थापना गर्न वा मासु विक्रेताको काम गर्न तोकिए बमोजिमको ढाँचामा इजाजतपत्र दिनेछ । (३) मासु विक्रेताले पालन गर्नु पर्ने शर्तहरु तोकिए बमोजिम हुनेछ ।
६. मासु निरीक्षकको नियुक्ति : (१) $\Rightarrow$ नेपाल सरकार वा प्रदेश सरकारले पशु र मासु जाँच गर्नको लागि पशु चिकित्सा विषयमा कम्तिमा स्नातकोत्तर हासिल गरेको व्यक्तिलाई मासु निरीक्षकको पदमा नियुक्ति गर्न वा तोक्न सक्नेछ । (२) यस ऐनमा लेखिएका काम, कर्तव्य तथा अधिकारको अतिरिक्त मासु निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
७. मासु सुपरीवेक्षक तोक्न सक्ने : (१) पशु वधशाला व्यवस्थापन र मासु निरीक्षकको काममा सुपरीवेक्षण गर्नको लागि पशु चिकित्सा विषयमा कम्तिमा स्नातकोत्तर हासिल गरेको कुनै कर्मचारीलाई $\Rightarrow$ प्रदेश सरकार वा स्थानीय तहले मासु सुपरीवेक्षक तोक्न सक्नेछ । $\Pi$ (२) .............. (३) मासु सुपरीवेक्षकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
$\Rightarrow$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । $\Pi$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा खारेज गरिएको ।
८. पशु वध गर्नु अघि जाँच्नु पर्ने : (१) कुनै पशु वध गर्नुभन्दा अघि पशु वधशाला स्थापना भएको क्षेत्रमा पशु वधशालामा र पशु वधशाला स्थापना नभएको क्षेत्रमा मासु सुपरीवेक्षकले तोकेको स्थानमा त्यस्तो पशु जाँच्नु पर्नेछ । पशु जाँच गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ । (२) उपदफा (१) बमोजिम जाँच गरिएको पशु वध गर्न उपयुक्त देखिएमा मासु निरीक्षकले चिन्ह समेत अंकित गरी त्यस्तो पशु वध गर्ने अनुमति दिनेछ । (३) उपदफा (१) बमोजिम जाँच गरिएको पशु रोगी देखिएमा त्यस्तो पशु वध गर्न मासु निरीक्षकले रोक लगाउन सक्नेछ ।
९. पशु वधशालामा पशु वध गर्नु पर्ने : (१) दफा ८ बमोजिम वध गर्न उपयुक्त देखिएको पशुलाई पशु वधशालामा वध गर्नु पर्नेछ । तर प्रचलित कानून बमोजिम निषेध गरिएका दिनमा पशु वध गर्न पाइने छैन । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पशु वधशाला स्थापना नभएको क्षेत्रमा मासु सुपरीवेक्षकले तोकेको समय र स्थानमा त्यस्तो पशु वध गर्नु पर्नेछ ।
१०. वध गरिएको पशुको मासु जाँच गर्नु पर्ने : (१) दफा ९ बमोजिम वध गरिएको पशुको मासु मासु निरीक्षकले तोकिए बमोजिम जाँच गर्नु पर्नेछ । (२) मासु निरीक्षकले उपदफा (१) बमोजिम वध गरिएको पशुको मासु जाँच गर्दा त्यस्तो मासुमा केही खराबी वा रोग भएको पाइएमा त्यस्तो मासु आंशिक वा पूर्ण रुपमा बिक्री वितरणको लागि निषेध गर्न सक्नेछ । (३) यस दफाको प्रयोजनको लागि नेपाल सरकारले मासु जाँच गर्ने प्रयोगशाला तोक्न सक्नेछ ।
११. मासु बिक्री गर्ने नपाइने : (१) दफा २ को खण्ड (क) मा उल्लेखित पशु बाहेक अन्य पशुको मासु बिक्री गर्न पाइने छैन । (२) रोग लागि वा नलागी कालगल्तिले मरेको पशुको मासु बिक्री गर्न पाइने छैन । (३) छाला सहितको मासु बिक्री गर्न पाइने छैन ।
तर पन्छी, सुँगुर, बंगुर वा बाँदेलको मासु र पशुको जात चिन्नु आवश्यक पर्ने जति हिस्साको मासु वा पशुको टाउको वा खुट्टा छाला सहित बिक्री गर्न यस दफाले बाधा पुर्याएको मानिने छैन ।
१२. मासुमा छाप वा चिह्न लगाउनु पर्ने : (१) मासु निरीक्षकले पशुको मासु जाँच गरी मासु बिक्री गर्न अनुमति दिँदा त्यस्तो मासुमा तोकिए बमोजिमको छाप वा चिह्न स्पष्ट देखिने गरी लगाउनु पर्नेछ । (२) मासु विक्रेताले उपदफा (१) बमोजिम छाप वा चिह्न नलगाएको मासु बिक्री गर्न पाउने छैन ।
१३. मिसावट गरी मासु बिक्री गर्न नहुने : (१) एक जातको पशुको मासुलाई अर्को जातको पशुको मासु हो भनी वा एक जातको पशुको मासु र अर्को जातको पशुको मासु मिसावट गरी बिक्री गर्न पाइने छैन । (२) मासुको स्वाभाविक गुण वा स्वाद परिवर्तन गर्ने वा तौल बढाउने गरी कुनै पदार्थ मासुमा मिसाई बिक्री गर्न पाइने छैन ।
१४. दस्तुर लाग्ने : यस ऐन बमोजिम पशु वा मासु जाँच गराउँदा लाग्ने दस्तुर तोकिए बमोजिम हुनेछ ।
१५. प्रवेश गर्न सक्ने : मासु निरीक्षक वा मासु सुपरीवेक्षकले जुनसुकै बेला पशु वधशाला वा मासु बिक्री गरिने स्थानमा प्रवेश गरी पशु वा मासु जाँच गर्न वा मासुको नमूना लिन सक्नेछ । सो कार्यमा सहयोग पुर्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
१६. बाधा नहुने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि परम्परादेखि चलिआएको चाडपर्व, धार्मिक पूजाआजा, कुनै भोज भएर वा धार्मिक उत्सव जस्ता कार्यको सिलसिलामा पशु वधशाला बाहेकका स्थानमा पशु वध गर्न र छाला सहितको मासु उपभोग गर्न बाधा पुर्याएको मानिने छैन ।
१७. दण्ड सजाय : (१) दफा ८ को उपदफा (१) वा (३), दफा ९, दफा १० को उपदफा (२), दफा ११ को उपदफा (३) वा दफा १२ को उपदफा (२) उल्लंघन गर्ने व्यक्तिलाई पहिलो पटक भए पाँचहजार रुपैयाँसम्म र दोस्रो पटकदेखि पटकै पिच्छे दशहजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
(२) दफा ३, दफा ११ को उपदफा (१) वा (२) वा दफा १३ उल्लंघन गर्ने व्यक्तिलाई पहिलो पटक भए दशहजार रुपैयाँसम्म र दोस्रो पटकदेखि पटकै पिच्छे बीसहजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
१८. अधिकार प्रत्यायोजन : यस ऐन बमोजिम नेपाल सरकार वा प्रदेश सरकारलाई प्राप्त अधिकार मध्ये केही अधिकार आवश्यकता अनुसार कुनै निकायलाई प्रत्यायोजन गर्न सक्नेछ ।
१९. नेपाल सरकार वादी हुने : यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ ।
२०. मुद्दाको तहकीकात र दायरी : (१) यस ऐन अन्तर्गतको कसूरको तहकीकात नेपाल सरकारले नियुक्त गरेको मासु निरीक्षकले गर्नेछ र तहकीकातको काम पूरा भएपछि मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ । (२) उपदफा (१) बमोजिम मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्दा मुद्दाको तहकीकात गर्ने कर्मचारीले सरकारी वकीलसँग राय सल्लाह लिन सक्नेछ ।
२१. मुद्दा हेर्ने अधिकारी : यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्नेछ र प्रमुख जिल्ला अधिकारीको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
२२. प्रचलित कानून बमोजिम हुने : यस ऐनमा लेखिएजम् कुरामा यसै ऐन बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुनेछ ।
$\Rightarrow$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । $\ast$ केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७२ द्वारा संशोधित ।
२३. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
२४. खारेजी : मुलुकी ऐन, चौपायाको महलको ३ नम्बर र १६ नम्बर खारेज गरिएको छ ।
द्रष्टव्य :– (क) ऐन लागू भएको मिति र स्थान :– मिति २०६०।१।८ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार हेटौडा नगरपालिकाको पूर्व चौघडा बजार, पश्चिममा वडा नं. ११ को सरस्वती खोल्सी, उत्तरमा चौकीटोल वन तगारो र दक्षिणमा स्यासेकालीका पम्पभरको क्षेत्रमा २०६० साल बैशाख १ गतेदेखि प्रारम्भ हुने गरी तोकिएको । (ख) रूपान्तर :– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरू :– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।