बिफर नियन्त्रण ऐन, २०२०
लालमोहर र प्रकाशन मिति २०२०।११।१६
संशोधन गर्ने ऐन प्रमाणीकरण र प्रकाशन मिति १. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४८ २०४९।१।८ २. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ $\text{※}$ २०६६।१०।७ ३. लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ २०७२।६।१४ ४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३
२०२० सालको ऐन नं. २७ $\times$............ बालकलाई बिफर आउन नदिनका लागि खोपाउने व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : नेपाल $\times$............ मा बालकहरुलाई बिफर आउन नदिनका लागि अनिवार्य रुपले खोपाउने व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइराखेको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यो ऐनको नाम “बिफर नियन्त्रण ऐन, २०२०” रहेको छ । (२) यो ऐन नेपाल सरकारबाट समय समयमा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा तोकिएको ठाउँहरुमा तोकिएको मितिदेखि लागू हुनेछ । $\surd$
$\text{※}$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको । $\surd$ विभिन्न जिल्लाहरुमा ऐन लागू हुने सम्बन्धमा देहायका मितिको नेपाल राजपत्रमा सूचना प्रकाशित भएको – (क) २०२८।१।१ (ख) २०२९।१।१९ (ग) २०२९।९।४
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “बालक” भन्नाले १२ वर्ष पूरा नभएको बालबालिका सम्मन्न पर्छ । (ख) “स्थानीय क्षेत्र” भन्नाले नगरपालिका वा गाउँपालिकाको नियन्त्रणमा रहेको क्षेत्रलाई सम्मन्न पर्छ । (ग) “प्राथमिक खोप” भन्नाले बालकको पहिलो सफल खोप सम्मन्न पर्छ । (घ) “असुरक्षित बालक” भन्नाले बिफर आइसकेको र नखोपाएको बालक वा ३ वर्ष भित्र सफल खोप नभएको बालकलाई सम्मन्न पर्छ । (ङ) “खोप” भन्नाले बालकलाई बिफर आउन नदिनका लागि गरिएको खोप सम्मन्न पर्छ । (च) “खोपाउने ठाउँ” भन्नाले नेपाल सरकारको स्वास्थ्य विभाग मातहत खोपाउने ठाउँलाई सम्मन्न पर्छ । (छ) “खोपाउने क्षेत्र” भन्नाले स्थानीय क्षेत्र वा खोपाउने कामको निमित्त यो ऐन अन्तर्गत विभाजित स्थानीय क्षेत्रको एक भाग सम्मन्न पर्छ । (ज) “खोप्ने व्यक्ति” भन्नाले खोपाउनका लागि यस ऐन बमोजिम नियुक्त भएको व्यक्ति वा नेपाल सरकारबाट लाइसेन्स प्राप्त गैर सरकारी व्यक्ति सम्मन्न पर्छ, यस शब्दले खोपको सुपरिटेन्डेण्ट समेत जनाउँछ । (झ) “स्थानीय अधिकारी” भन्नाले नेपाल सरकारले तोकेको अधिकारी सम्मन्न पर्छ र त्यसरी अधिकारी नतोकिएसम्म प्रमुख जिल्ला अधिकारी सम्मन्न पर्छ । (ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्मन्न पर्छ ।
३. स्थानीय क्षेत्र विभाजन : स्थानीय क्षेत्रलाई आवश्यक खोपाउने क्षेत्रहरुमा विभाजित गर्न सकिन्छ ।
४. लाइसेन्स लिनुपर्ने : यो ऐन प्रारम्भ भएपछि लाइसेन्स बिना कसैले पनि खोप्न हुँदैन ।
लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित । केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४८ द्वारा संशोधित । केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।
५. खोपको सुपरिटेण्डेण्ट र खोप्ने व्यक्ति : हरेक खोपाउने ठाउँको निमित्त तोकिएको योग्यता पुगेका एक वा बढी खोप्ने व्यक्ति नियुक्त हुनेछन् र हरेक स्थानीय क्षेत्रको निमित्त तोकिएको योग्यता पुगेका एक वा धेरैजना खोपको सुपरिटेण्डेण्ट नियुक्त हुन सक्नेछन् ।
६. गैर सरकारी खोप्ने व्यक्तिहरु : तोकिएको योग्यता पुगेका गैर सरकारी खोप्ने व्यक्तिहरुलाई नेपाल सरकारले तोकिए बमोजिम लाइसेन्स प्रदान गर्न सक्नेछ र यस्ता गैर सरकारी खोप्ने व्यक्तिहरुलाई खोप पाउनु अधिकार दिन र दिइएको अधिकार निलम्बन गर्न र प्रदान गरिएको लाइसेन्स रद्द गर्न सक्नेछ ।
७. असुरक्षित बालकलाई खोपाउने : (१) हरेक असुरक्षित बालकको संरक्षकले बालकलाई ६ महिना नपुग्दै प्राथमिक खोप गराउनुपर्छ । (२) संरक्षकले बालकलाई १२ वर्ष पूरा नभएसम्म ३ वर्षभन्दा बढी फरक नपर्ने गरी लगातार खोपाउनु पर्छ । तर बिफरको रोग फैलिएको छ भन्ते कुरा खोपाउने ठाउँको सम्बन्धित मेडिकल अधिकारीलाई लागी बिजले सूचना दिएमा संरक्षकले बालकलाई सो अवधिभन्दा अगावै पुनः खोपाउनु पर्छ । (३) असुरक्षित बालकको निवासस्थान बदली भएमा यस्ता बालकको संरक्षकले स्थान बदली भएको १ महिनाभित्र सम्बन्धित खोपाउने ठाउँमा नयाँ निवासस्थानको पूरा विवरण खोली सूचना दिनु पर्छ । (४) खोप्ने व्यक्तिले असुरक्षित बालकको स्वास्थ्य खोप्लाई ठीक नभएको देखेमा खोप्लाई बालकको स्वास्थ्य ठीक नभएको भनी सो बालकको संरक्षकलाई अस्वस्थताको कारण खोली प्रमाणपत्र दिनेछ र यस्तो प्रमाणपत्र यसमा उल्लेखित समयसम्म मात्र लागू हुनेछ । (५) अस्वस्थताको अवधि समाप्त भएपछि यस्तो बालकको संरक्षकले खोपाउनका लागि खोपाउने ठाउँमा यस्तो बालकलाई लग्नु पर्छ वा आफूले चाहेमा खोप्ने व्यक्तिद्वारा आफ्नै निवासस्थानमा खोपाउनु पर्छ । तर खोप्लाई बालक अझै अस्वस्थ देखिएमा खोप्ने व्यक्तिले प्रमाणपत्र नवीकरण गरिदिनेछ ।
(६) सम्बन्धित मेडिकल अधिकारीलाई बालक अस्वस्थ लागेमा यो दफा अनुसार दिएको प्रमाणपत्र मेडिकल अधिकारीले जुनसुकै बेला पनि रद्द गर्न सक्नेछ र त्यसपछि त्यस्तो प्रमाणपत्र लागू हुनेछैन र त्यसको सूचना बालकको संरक्षकलाई तुरुन्त दिनेछ । (७) खोप्नलाई असुरक्षित बालकको स्वास्थ्य ठीक देखिएमा खोप्ने व्यक्तिले बालकलाई खोप्न सक्नेछ र खोपेको बमिते र सो बालकलाई निरीक्षणको निमित्त उपस्थित गराउनु पर्ने स्थान, बमिते र समय खोली बालकको संरक्षकलाई लिखित सूचना दिनेछ ।
८. संरक्षक र चिकित्सकको काम : कुनै बालकलाई बिफर आएको छ भन्ने लागेमा सम्बन्धित सहजिकको स्थानीय खोपाउने ठाउँमा यथासम्भव चाँडो सूचना गराउनु निजको संरक्षक र निजलाई जाँच्ने चिकित्सकको कर्तव्य हुनेछ ।
९. निरीक्षण : खोपेको हरेक बालकको संरक्षकले सूचनापत्रमा उल्लेखित बमिते, समय र स्थानमा बालकलाई निरीक्षणको लागि खोप्ने व्यक्तिकहाँ लैजानु पर्नेछ वा आफूले चाहेमा आफ्नो निवासस्थानमा पछि खोप्ने व्यक्तिद्वारा निरीक्षण गराउन सक्नेछ र यस्ता खोप्ने व्यक्तिले निरीक्षणको नतीजा खोली प्रमाणित गरिदिनेछ ।
१०. खोप सफल हुँदाको कार्यविधि : बालकलाई निरीक्षण गर्दा प्राथमिक खोप भएको देखिएमा खोप्ने व्यक्तिले संरक्षकलाई यसको प्रमाणपत्र दिनेछ र यस्तो बालक प्राथमिक खोप भएको मितिदेखि ३ वर्षसम्म सुरक्षित भएको मानिनेछ ।
११. खोप असफल हुँदाको कार्यविधि : खोप असफल भएको देखिएर खोप्ने व्यक्तिले खोप्न उचित ठाउँमा बालकको संरक्षकले फेरि तुरुन्त खोपाउन लगाउनेछ । तर लगातार तीन पटकसम्म गरेको खोप असफल भएमा त्यसपछि फेरि सो बालकलाई खोपाउनु पर्नेछैन ।
१२. बिफर उत्पन्न गर्ने औषधि प्रयोग गर्न मनाई : खोप लगाउने व्यक्तिले बिफर उत्पन्न गर्ने औषधि प्रयोग गर्न हुँदैन र कुनै व्यक्तिलाई बिफर उत्पन्न गर्ने औषधि दिइएमा निजले त्यस्तो औषधि लिएको चालीस दिन ननाघि तोकिएको अधिकारीले निजबाट अरुलाई बिफर आउने सम्भावना छैन भनी प्रमाणपत्र नदिएसम्म अरु व्यक्तिसँग रहनु वा व्यक्ति भएको ठाउँमा बस्नु हुँदैन ।
१३. खोपाउने औषधिको प्रयोग : खोप लगाउने व्यक्तिले नेपाल सरकारबाट तोकिएको औषधि प्रयोग गर्नु पर्छ ।
१४. मेहनताना र पारिश्रमिक : यो ऐन अन्तर्गत खोपाउने ठाउँमा खोपेको वा प्रमाणपत्रको निमित्त खोप्ने व्यक्तिले दस्तुर वा पारिश्रमिक लिनेछ । संरक्षकको अनुरोधमा खोपाउने ठाउँमा बाहेक अन्यत्र खोपेकोमा खोप्ने व्यक्तिले तोकिएको मेहनताना स्वीकार गर्न सक्नेछ ।
१५. खोपाइको सुपरिटेण्डेण्टको कर्तव्य : यस ऐवले तोकिदिएको कर्तव्यको अतिरिक्त खोपको सुपरिटेण्डेण्टले स्थानीय क्षेत्रका सबै असुरक्षित बालकलाई सफल पूरब नक खोपाउन लगाउनेछ र कुनै असुरक्षित बालकको संरक्षकले यो ऐन बमोजिम गर्नुपर्ने कर्तव्य पालन नगरेको शङ्का लागेमा बालकलाई खोपाउन वा निश्चित समय र स्थानमा निरीक्षणको लागि उपस्थित गराउन संरक्षकलाई उपस्थित हुने समय र स्थान खोली पूजी काट्न वा काट्न लगाउनेछ ।
१६. स्थानीय अधिकारीको आदेश : दफा १५ बमोजिम दिइएको पूजीलाई मान्यता नदिएमा खोपको सुपरिटेण्डेण्टले स्थानीय अधिकारी वा जिल्लाले अधिकार सुम्पेको कुनै अधिकारीलाई प्रतिवेदन गर्नेछ र त्यस्तो प्रतिवेदन पाएपछि स्थानीय अधिकारीले बालकको संरक्षकलाई बोलाई स्पष्टीकरण माग गर्नेछ र स्पष्टीकरण सन्तोषजनक नभएमा पूजी अनुसार निश्चित समयभित्र खोपको प्रमाणपत्र पेश गर्न लिखित आदेश दिनेछ ।
१७. सजाय : (१) दफा ४ वा दफा १२ वा १३ उल्लङ्घि गर्ने व्यक्तिलाई पहिलो पटक ३ महिनासम्म कैद वा रु. ३००।– सम्म जरिवाना वा दुवै सजाय र दोस्रो पटक देखि प्रत्येक पटक सो सजायको दोब्बर सम्म हुन सक्नेछ । (२) देहायको कसूर गर्ने व्यक्तिलाई पहिलो पटक रु. ५०।– सम्म जरिवाना र दोस्रो पटक देखि प्रत्येक पटक रु. १००।– सम्म जरिवाना हुन सक्नेछः– (क) दफा ७ को उपदफा (३) को कुरा नमानेमा, वा (ख) दफा ८ बमोजिम सूचना नगरेमा, वा (ग) दफा १६ अन्तर्गत दिइएको आदेशलाई मनासिव कारण विना अपहेला गरेमा, वा (घ) दफा १९ अन्तर्गत बनेको नियम उल्लङ्घि गरेमा ।
१८. कारबाही र किनारा गर्ने अधिकार : कसैले यो ऐन वा यस ऐन अन्तर्गतको आदेश विपरित काम कारबाही गरेमा त्यसको किनारा गर्ने अधिकार स्थानीय अधिकारीलाई हुनेछ ।
१९. नियम बनाउने अधिकार : (१) यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ । (२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी यी नियमहरुमा खास गरी देहायको व्यवस्था गर्न सकिनेछः– (क) खोप्ने कार्यको निमित्त स्थानीय क्षेत्रलाई खोपाउने ठाउँहरुमा विभाजन गर्ने, (ख) हरेक खोपाउने क्षेत्रभित्र कुनै निश्चित स्थानमा खोपाउने ठाउँ कायम गर्ने र खोपाउने ठाउँ चिनिने गरी सर्वसाधारणले देख्ने ठाउँको नजिकमा खास चिन्ह प्रदर्शन गर्ने, (ग) खोप्ने व्यक्ति र खोपको सुपरिटेण्डेण्ट हुन चाहिने योग्यता, (घ) खोप्ने व्यक्ति र खोपको सुपरिटेण्डेण्टले लगाउने चिन्ह वा ब्याज, (ङ) लाइसेन्स दिने तरिका, (च) निजी घरमा बालकहरुलाई खोपाउन संरक्षकलाई सुविधा प्रदान गर्ने, (छ) खोप्नुलाई अस्वस्थताको र सफल खोपको प्रमाणपत्रको फाराम र प्रमाणपत्र दिने, (ज) खोपाउन प्रयोग गरिने औषधको प्रकृति र त्यस्तो औषध प्रशस्त मात्रामा पुर्याउन गर्ने, (झ) संरक्षकको अनुरोधमा खोपाउने ठाउँमा बाहेक अन्य खोपेकोमा खोप्ने व्यक्तिलाई दिइने मेहनताना, (ञ) देहायका कुरा खोली अभिलेख तयार गरी राख्ने:– (अ) असुरक्षित बालकको नाम, (आ) हरेक खोपको नतिजा ।
(ट) यस्तो अभिलेख बनाउने र अरु विषयहरुमा नगरपालिका वा गाउँपालिकाको सदस्य र यसका कर्मचारीहरुले गर्नु पर्ने सहयोग, र (ठ) खोपेको प्रतिवेदन र फाँटवारी तयार गर्ने ।
- केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।
द्रष्टव्य : १. स्थानीय प्रशासन ऐन, २०२२ द्वारा रुपान्तर गरिएका शब्दः– “वडाहाकिम वा मेजिस्ट्रेट” को सट्टा “अन्चलाधीश”। २. नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रुपान्तर गरिएका शब्दहरुः– (क) “गजेट” को सट्टा “राजपत्र” । (ख) “अफिसर” को सट्टा “अधिकृत” । (ग) “रिपोर्टन” को सट्टा “प्रतिवेदन” । ३. गाउँ विकास समिति ऐन, २०४८ द्वारा रुपान्तर गरिएका शब्दहरुः– “गाउँ सभा” वा “गाउँ पंचायत” को सट्टा “गाउँ विकास समिति” । ४. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ बमोजिम रूपान्तर भएका शब्दहरूः– “श्री ५ को सरकार” भन्ने शब्दको सट्टा “नेपाल सरकार” । ५. गानतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा रुपान्तर गरिएका शब्दहरु :- “नगर पंचायत” को सट्टा “नगरपालिका” ।