संक्रामक रोग ऐन, २०२०
लालमोहर र प्रकाशन मिति २०२०।११।१६
संशोधन गर्ने ऐन १. संक्रामक रोग (पहिलो संशोधन) ऐन, २०२९ | २०२९।६।५ २. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४८ | २०४९।१।८ ३. पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ | २०५५।४।६
प्रमाणीकरण र प्रकाशित मिति ४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ | २०६६।१०।७ ५. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ | २०७५।११।१९
२०२० सालको ऐन नं. २८
संक्रामक रोगहरूको रोकथाम गर्ने व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः नेपाल $\times$........... भर वा त्यसको कुनै भागमा कुनै संक्रामक रोग फैलिएमा वा फैलिने सम्भावना देखिएमा त्यस्तो रोगले उग्र रुप लिन नपाउने गरी रोगको निर्मूल गर्न वा रोकथाम गर्नको लागि व्यवस्था गर्नु वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यो ऐनको नाम “संक्रामक रोग ऐन, २०२०” रहेको छ । (२) यो ऐन नेपाल $\times$........... भर लागू हुनेछ । (३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
$\Rightarrow$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा शिथिल गरिएको ।
२. विशेष व्यवस्था गर्ने अधिकार : (१) नेपालभर वा त्यसको कुनै भागमा .................... मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ । (२) नेपाल सरकारले .................... मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै संक्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन् सक्नेछ । (३) उपदफा (१) वा (२) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लिइने वा ल्याइने .................... सफर गर्ने यात्रुको जाँचबुझ गर्न र त्यस्ता .................... यात्रुलाई कुनै संक्रामक रोग लागेको छ भन्ने शङ्का लागेमा जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो .................... यात्रुलाई अस्पताल तथा अन्य स्थानहरूमा अलग गरी राख्न वा कुनै हकमसमबाट ल्याउन लैजान वा सफर गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नको लागि आवश्यक आदेशहरू जारी गर्न सक्नेछ ।
२क. विशेष व्यवस्था गर्ने प्रदेशको अधिकार : (१) प्रदेशभर वा त्यसको कुनै भागमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा प्रदेश सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्नेछ र सर्वसाधारण जनता वा व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ । (२) प्रदेश सरकारले प्रदेशमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै संक्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन् सक्नेछ । (३) उपदफा (१) वा (२) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी प्रदेश सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट यात्रा गर्ने यात्रुको जाँचबुझ गर्न र त्यस्ता
$\text{๑}$ पहिलो संशोधनद्वारा संशोधित । $\text{२}$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित । $\times$ पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ द्वारा शिथिल गरिएको । $\text{३}$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप ।
यात्रुलाई कुनै संक्रामक रोग लागेको छ भन्ने शंका लागेमा जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो यात्रुलाई अस्पताल तथा अन्य स्थानमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान वा यात्रा गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नको लागि आवश्यक आदेशहरु जारी गर्न सक्नेछ ।
(४) यस दफामा अन्यत जुनसुकै कुरा लेखिएको भए तापनि दफा २ बमोजिम नेपाल सरकारले आदेश जारी गरिसकेको अवस्थामा प्रदेश सरकारले यस दफा बमोजिम आदेश जारी गर्नु पर्ने छैन र त्यस्तो आदेश प्रदेश सरकारले समेत कार्यान्वयन गर्नेछ ।
(५) यस दफा बमोजिम प्रदेश सरकारले आदेश जारी गरेको जानकारी नेपाल सरकारको सम्बन्धित मन्त्रालयलाई तुरुन्त दिनु पर्नेछ ।
३. सजाय : (१) यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु. १००।– सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(२) यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरुलाई काममा बाधा पुर्याउनेलाई ६ महीनासम्म कैद वा रु. ६००।– सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
४. कारबाही र किनारा गर्ने अधिकार : यस ऐन अन्तर्गत भए गरेको कसूरमा कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।
५. असल नियतले गरेकोमा बचाउ : यो ऐन अन्तर्गत अधिकृत व्यक्तिले कुनै आफ्नो कर्तव्य पालन गर्दा असल नियतले कुनै काम कारबाही गरेकोमा निजको विरुद्ध नालिस वा अरू कुनै कानूनी कारबाही गर्न सकिने छैन ।
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४८ द्वारा संशोधित ।
दृष्टव्य :– १. स्थानीय प्रशासन ऐन, २०२२ द्वारा रूपान्तर गरिएको शब्दाः– “बडाहाकिम वा मजिस्ट्रेट” को सट्टा “अञ्चलाधीश” । २. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ बमोजिम रूपान्तर भएका शब्दहरूाः– “श्री ५ को सरकार” भन्ने शब्दको सट्टा “नेपाल सरकार” ।