नेपाल मेडिकल काउन्सिल ऐन, २०२०
लालमोहर र प्रकाशन मिति २०२०।११।१६
संशोधन गर्ने ऐन १. नेपाल मेडिकल काउन्सिल (पहिलो संशोधन) ऐन, २०४४ २०४४।०६।०९ २. नेपाल मेडिकल काउन्सिल (दोस्रो संशोधन) ऐन, २०४७ २०४७।०६।२७ ३. नेपाल मेडिकल काउन्सिल (तेस्रो संशोधन) ऐन, २०५६ २०५६।०१।०२ ४. स्वास्थ्य सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०५८ २०५८।०५।०६
प्रमाणीकरण र प्रकाशन मिति ५. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ $\Theta$ २०६६।१०।०७ ६. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ $*$ २०७२।११।१३ ७. केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ $\Phi$ २०७४।०६।३० ८. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ २०८२।०४।१४
२०२० सालको ऐन नं. ३५ $\times$ .................... नेपाल मेडिकल काउन्सिलको गठन र व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : नेपाल $\times$ .................... भरमा चिकित्सकहरूको योग्यतालाई व्यवस्थित गर्न र आधुनिक औषधको वैज्ञानिक ढङ्गले प्रयोग गर्नको निमित्त आधुनिक औषधमा योग्यता पुगेका चिकित्सकहरूको रजिष्ट्रशन गर्न समेत व्यवस्था गर्नु वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्खिएको छ।
$\Theta$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको। $*$ यो ऐनको सम्बन्धित दफा हालसम्म प्रारम्भ नगरिएको। $\Phi$ यो ऐन २०७५ साल भदौ १ गते देखि प्रारम्भ हुने। $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “नेपाल मेडिकल काउन्सिल ऐन, २०२०” रहेकोछ। (२) यो ऐन नेपाल $\times$........... भर लागू हुनेछ। (३) यो ऐनको दफा १ तुरुन्त प्रारम्भ हुनेछ र अरू दफाहरू नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि तोकिएको क्षेत्रमा प्रारम्भ हुनेछ $\square$
२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “काउन्सिल” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल मेडिकल काउन्सिल सम्झनुपर्छ। $\diamond$ (क१) “अध्यक्ष” भन्नाले काउन्सिलको अध्यक्ष सम्झनु पर्छ। $\times$ (क२) “सदस्य” भन्नाले काउन्सिलको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष तथा उपाध्यक्षलाई समेत जनाउँछ। $\times$ (ख) “अस्पताल” भन्नाले नेपाल सरकार वा गैर सरकारी स्तरबाट संगठित रूपमा सञ्चालित रोगको उपचार, प्रतिरोध, निदान तथा पुनस्र्थापनाको लागि स्वास्थ्य सेवा प्रदान गर्ने निकाय सम्झनु पर्छ र सो शब्दले चिकित्साशास्त्रमा न्यूनतम स्नातक तह अध्ययन अध्यापन गर्ने गराउने तथा तालिम दिने दिलाउने उद्देश्यले स्थापना भएको मान्यता प्राप्त संस्थालाई समेत जनाउनेछ। (ग) “आधुनिक औषधि” भन्नाले एलोप्याथिक प्रणालीको औषधि सम्झनु पर्छ। $\times$ (घ) “चिकित्सक” भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति सम्झनु पर्छ।
$\times$ गनतन्तर सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको। $\square$ ऐन प्रारम्भ हुने सूचना :– १. ऐनको दफा २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, ३१, ३२ र ३३ मिति २०२२।५।२८ देखि लागू हुने गरी मिति २०२२।५।२८ को नेपाल राजपत्रमा सूचना प्रकाशित। २. ऐनको दफा २६ बाहेक लागू हुन बाँकी सबै दफाहरू मिति २०२३।१२।७ देखि लागू हुने गरी मिति २०२३।१२।७ को नेपाल राजपत्रमा सूचना प्रकाशित। $\diamond$ पहिलो संशोधनद्वारा थप। $\times$ तेस्रो संशोधनद्वारा संशोधित।
(घ१) “विशेषज्ञ चिकित्सक” भन्नाले सम्बन्धित विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि डिग्री, डिप्लोमा प्राप्त गरेको एवं तोकिए बमोजिमको विशेषज्ञ तालिम प्राप्त गरी सम्बन्धित व्यवसायमा लागेको चिकित्सक सम्झनु पर्छ। (घ२) “मेडिकल कलेज” भन्नाले पूर्ण रूपमा आधुनिक चिकित्सा विज्ञानमा स्नातक वा स्नातकोत्तर अध्ययन वा पोष्ट ग्रायजुयट तालिम दिने दिलाउने उद्देश्यले स्थापना भएका शिक्षण संस्था सम्झनु पर्छ र सो शब्दले त्यस प्रयोजनको लागि स्थापना भएका मेडिकल संस्था तथा डेन्टल कलेजलाई समेत जनाउँछ। (ङ) “दर्ता किताब” भन्नाले यो ऐन अन्तर्गत चिकित्सकहरूको नाम दर्ता गर्न खुला गरिएको दर्ता किताब सम्झनु पर्छ। (च) “दर्तावाला चिकित्सक” भन्नाले दर्ता किताबमा नाम दर्ता भएका चिकित्सक सम्झनु पर्छ। (छ१) “मान्यता प्राप्त” भन्नाले यस ऐन बमोजिम मान्यता प्राप्त सम्झनु पर्छ। (छ) “रजिस्ट्रार” भन्नाले दफा १२ बमोजिम नियुक्त गरिएको काउन्सिलको रजिस्ट्रार सम्झनु पर्छ। (ज) “नियम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम सम्झनु पर्छ। (झ) “विनियम” भन्नाले यस ऐन अन्तर्गत काउन्सिलले बनाएको विनियम सम्झनु पर्छ। (ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ।
३. काउन्सिलको स्थापना : (१) नेपाल मेडिकल काउन्सिल नामको एक काउन्सिल स्थापना हुनेछ। (२) काउन्सिल अविच्छिन्न उत्तराधिकारवाला एक स्वाशासित र संगठित संस्था हुनेछ। सो संस्थाको सबै कामको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ।
(३) काउन्सिलले चल अचल सम्पत्ति प्राप्त गर्न, राख्न, नामसारी गर्न, ठेक्का लिने दिने समेत गर्न र यस ऐनको उद्देश्य पूर्ती गर्न आवश्यक सम्झिएका अरू सब काम गर्न गराउन सक्नेछ। (४) काउन्सिलले व्यक्ति सरह नालिस उजुर गर्न र निज उपर व्यक्ति सरह नालिस उजुर लाग्न सक्नेछ।
४. काउन्सिलको गठन : दफा ३ बमोजिम स्थापना भएको काउन्सिलमा देहायका सदस्यहरू रहनेछन् :- (क) दर्तावाला चिकित्सकको रूपमा कम्तीमा बीस वर्षको अनुभव हासिल गरेको र चिकित्सा सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त चिकित्सकमध्ये नेपाल सरकारबाट मनोनीत – अध्यक्ष (ख) दर्तावाला चिकित्सकहरूले कम्तीमा पन्ध्र वर्षको अनुभव हासिल गरेका दर्तावाला चिकित्सकमध्येबाट तोकिएबमोजिम निर्वाचन गरी पठाएको चिकित्सक एकजना – उपाध्यक्ष (ग) अध्यक्ष, नेपाल चिकित्सक संघ – सदस्य (घ) आधुनिक चिकित्साशास्त्र सम्बन्धी विषयमा अध्ययन हुने विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन वा शिक्षाध्यक्षमध्ये नेपाल सरकारबाट मनोनीत एकजना – सदस्य (ङ) उपभोक्ताहरूमध्ये नेपाल सरकारबाट मनोनीत एकजना – सदस्य (च) दर्तावाला चिकित्सकमध्ये तोकिएबमोजिम निर्वाचित चिकित्सक आठजना – सदस्य (छ) अध्यक्ष, नेपाल दन्त चिकित्सक संघ – सदस्य (ज) दन्त चिकित्सक बाहेक चिकित्सा सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त चिकित्सकमध्ये नेपाल सरकारबाट मनोनीत तीनजना – सदस्य (झ) कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त दन्त चिकित्सकमध्ये नेपाल सरकारबाट मनोनीत दुईजना – सदस्य
※५. सदस्यको पदावधि : (१) काउन्सिलका मनोनीत वा निर्वाचित सदस्यहरूको पदावधि चार वर्षको हुनेछ। पदावधि समाप्त भएपछि निजहरू पुनः मनोनीत वा निर्वाचित हुन सक्नेछन्। • तर नेपाल सरकारबाट मनोनीत सदस्यलाई नेपाल सरकारले उचित कारण देखाई सदस्यबाट हटाउन सक्नेछ। (२) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि अर्को सदस्य मनोनीत वा निर्वाचित हुनेछ।
※ ६. सदस्यको निमित्त अयोग्यता : देहायको कुनै व्यक्ति काउन्सिलको सदस्यमा मनोनीत वा निर्वाचित हुन वा सदस्यमा बहाल रहन अयोग्य मानिनेछः– (क) गैर नेपाली नागरिक, (ख) दर्ता किताबबाट नाम हटाइएको, (ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाएको, (घ) एम.बी.बी.एस. वा सो सरह • वा बी.डी.एस. वा सो सरह उपाधि प्राप्त गरेको मितिले पाँच वर्ष पूरा नभएको। तर यो खण्डमा उल्लेखिएको अयोग्यता दफा ४ को उपदफा (१) को ¤खण्ड (च) बमोजिम निर्वाचित हुने सदस्यको हकमा मात्र लागू हुनेछ।
※७. सदस्यता समाप्त हुने अवस्था : देहायको अवस्थामा काउन्सिलको सदस्यता समाप्त भएको मानिनेछ। (क) मृत्यु भएमा, (ख) दफा ६ बमोजिम सदस्य रहन अयोग्य भएमा, (ग) सदस्यको पदबाट दिएको राजीनामा स्वीकृत भएमा, (घ) काउन्सिललाई कारण सहितको सूचना नदिई लगातार तीन पटकभन्दा बढी काउन्सिलको बैठकमा अनुपस्थित भएमा। तर, काउन्सिलले कुनै सदस्यलाई बढीमा छ महिनासम्म काउन्सिलको बैठकबाट अनुपस्थित रहन सक्ने गरी अनुमति दिन सक्नेछ।
※ पहिलो संशोधनद्वारा संशोधित। • तेस्रो संशोधनद्वारा थप। ¤ तेस्रो संशोधनद्वारा संशोधित।
*७क. काउन्सिलको काम, कर्तव्य र अधिकार : (१) काउन्सिलको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :– (क) चिकित्साशास्त्र अध्ययन अध्यापन गराइने तथा तालिम दिने दिलाउने मेडिकल कलेजलाई तोकिएबमोजिम मान्यता दिने। (ख) चिकित्साशास्त्र अध्ययन अध्यापन गराउने तालिम दिने दिलाउने मेडिकल कलेजको पाठ्यक्रम भनिका शिनहरू तथा परीक्षा प्रणाली सम्बन्धी तोकिए बमोजिमको नीति तथा अन्य आवश्यक पूर्वाधारहरू तथा मापदण्ड सम्बन्धी कुराहरूको मूल्याङ्कन र पुनरावलोकन गर्न सो बमोजिम नभएको ठहर भएमा दर्ता तथा स्वीकृति खारेजीको लागि सिफारिस गर्ने। (ग) चिकित्सा व्यवसाय सुचारु रूपले सञ्चालन गर्न आवश्यक नीति निर्धारण गर्ने। (घ) चिकित्सकहरूको योग्यता निर्धारण गरी योग्यता पुगेका चिकित्सकहरूको तोकिए बमोजिमको दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) लिई दर्ता प्रमाणपत्र दिने। (ङ) चिकित्सकहरूको तोकिएबमोजिम आचार संहिता तयार गर्ने र त्यस्ता आचार संहिता उल्लंघन गर्ने चिकित्सक उपर तोकिएबमोजिम कारबाही गरी दर्ता किताबबाट नाम हटाउने। (२) नेपाल सरकारले नेपाल $\times$............. मा कुनै मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्ने स्वीकृति दिनु पूर्व काउन्सिलसँग परामर्श माग गर्नेछ र काउन्सिलले त्यस्तो मेडिकल कलेजले उपदफा (१) को खण्ड (ख) बमोजिम मापदण्ड तथा पूर्वाधार पूरा गरे नगरेको जाँचबुझ गरी पूरा गरेको देखेमा मात्र काउन्सिलले मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्न स्वीकृति दिने सम्बन्धमा परामर्श दिनेछ र काउन्सिलको त्यस्तो परामर्शको आधारमा नेपाल सरकारले मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्ने स्वीकृति दिनेछ।
*७ख. काउन्सिलको बैठक र निर्णय : काउन्सिलको बैठक र निर्णय सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
$\diamond$ तेस्रो संशोधनद्वारा थप। $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित। $\diamond$ तेस्रो संशोधनद्वारा थप।
८. राजपत्रमा प्रकाशित हुने : काउन्सिलमा मनोनीत भएको वा निर्वाचित भएको वा काउन्सिलबाट हटाइएको प्रत्येक सदस्यको नाम नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।
९. काम कारबाही अवैध नहुने : काउन्सिलमा कुनै सदस्यको स्थान रिक्त रही वा अयोग्य व्यक्ति मनोनीत भई वा रही वा छाडिई काम कारबाही भएको रहेछ भने त्यो कारणले मात्र काउन्सिलको काम कारबाही अवैध मानिने छैन।
१०. बैठक भत्ता तथा अन्य सुविधा : सदस्यहरूको बैठक भत्ता तथा अन्य सुविधा नेपाल सरकारको पूर्व स्वीकृति लिई काउन्सिलले तोके बमोजिम हुनेछ।
११. समिति गठन गर्न सक्ने : (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम काउन्सिलले आफूलाई प्राप्त अधिकार प्रयोग गर्नको लागि विभिन्न विषय समितिहरू गठन गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम गठन हुने समितिको काम, कर्तव्य र अधिकार काउन्सिलले तोके बमोजिम हुनेछ।
१२. रजिष्ट्रार तथा कर्मचारी : (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम तोकिएको रजिष्ट्रारको काम कारबाही गर्न नेपाल सरकारले कुनै व्यक्तिलाई नियुक्त वा मनोनीत गर्न सक्नेछ र निजको अनुपस्थितिमा निजले गर्नुपर्ने सबै काम कारबाही गर्न अरू कुनै व्यक्तिलाई खटाउन सक्नेछ। (२) उपदफा (१) बमोजिम नियुक्त भएको रजिष्ट्रार वा निजको अनुपस्थितिमा खटाइएका व्यक्तिले काउन्सिल र दफा ११ बमोजिम समितिको समेत सचिव भई काम गर्नेछ र त्यो व्यक्तिले समिति वा काउन्सिलको बैठकमा भएको छलफलमा भागलिने अधिकार हुनेछ तर मत दिन पाउने छैन। (३) उपदफा (१) अन्तर्गत नियुक्त गरिएको रजिष्ट्रारलाई बखस्त वा सस्पेन्ड वा अरू सजाय गर्नुपरेमा यो ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्नेछ। (४) काउन्सिलले नेपाल सरकारको स्वीकृति लिई आवश्यक भए जति अधिकृत र कर्मचारीहरू नियुक्त गर्न सक्नेछ। (५) उपदफा (४) अन्तर्गत नियुक्त भएका सबै अधिकृत र कर्मचारीहरू रजिष्ट्रारको नियन्त्रण र रेखदेखमा रहनेछन्।
१३. रजिष्ट्रारको काम, कर्तव्य : (१) यो ऐन, नियम र काउन्सिलको साधारण र विशेष आदेश बमोजिम दर्ता किताब दुरुस्त राखी समय समयमा नाम दर्ता हुने भएका चिकित्सकहरूको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, मरेका वा सदस्यताबाट नाम हटाइने भएका चिकित्सकहरूको नाम हटाउने र यो ऐन र नियम बमोजिम निजले गर्नुपर्ने अरू सबै काम कारबाही गर्नु रजिष्ट्रारको कर्तव्य हुनेछ।
(२) कुनै $\text{*} \text{दर्तावाला}$ चिकित्सकले आफ्नो व्यवसाय छाड्नेमा वा आफ्नो ठेगाना बदल्नेमा रजिष्ट्रारलाई एक महिनाभित्र सूचना गर्नु पर्छ। कुनै चिकित्सकले आफ्नो ठेगाना बदलेको छ वा व्यवसाय छाडेको छ भन्ने शंका लागेमा रजिष्ट्रारले दर्ता किताबमा दर्ता भएको ठेगानामा $\text{†}$ पत्र पठाउनेछ। जो पत्रहरू फिर्ता आएमा वा पत्रहरू पुगेको ३ महिनासम्म पनि जवाफ प्राप्त नभएमा रजिष्ट्रारले $\text{‡}$ जो चिकित्सकको नाम प्रमुख समाचारपत्रद्वारा सूचित गर्नेछ र अर्को ३ महिनाभित्र पनि केही सूचना नआएमा रजिष्ट्रारले निजको नाम $\text{§}$ दर्ता किताबबाट हटाउन सक्नेछ।
तर रजिष्ट्रारले पठाएको पत्र समयमा पाउन नसकेकोले वा आफ्नो विदेशबाहिरको कुनै परिस्थितिले गर्दा वा अरू कुनै मनासिब माफिकको कारणले जवाफ दिन नसकेको वा फेरि जो व्यवसाय गर्न लागेको भन्ने कुरा देखाई दर्ता किताबबाट हटाइएको नाम फेरि दर्ता गराई माग्न कसैले रजिष्ट्रार छेउ दरखास्त दिएमा यस उपदफा बमोजिम हटाइएको कुनै चिकित्सकको नाम रजिष्ट्रारले दर्ता किताबमा फेरि दर्ता गर्न सक्नेछ र त्यसरी दर्ता गरिएकोमा नियममा तोकिए बमोजिमको दस्तुर लाग्नेछ।
(३) यस ऐन बमोजिम खडा भएको दर्ता किताब सरकारी कागजात $\text{◊}$ सरह मानिनेछ।
१४. $\text{*} \text{दर्ता किताबमा नाम दर्ता गराउने}$ : (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही अनुसूचीमा लेखिए बमोजिमको योग्यता प्राप्त व्यक्तिले दर्ता किताबमा नाम दर्ता
$\text{}$ पहिलो संशोधनद्वारा संशोधित। $\text{†}$ तेस्रो संशोधनद्वारा थपिएको। $\text{‡}$ तेस्रो संशोधनद्वारा संशोधित। $\text{§}$ पहिलो संशोधनद्वारा थप। $\text{◊}$ तेस्रो संशोधनद्वारा संशोधित। $\text{} $ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ द्वारा संशोधित।
गराउनको लागि तोकिए बमोजिमको दस्तुर तिरी तोकिए बमोजिमको ढाँचामा काउन्सिल समक्ष दरखास्त दिनुपर्नेछ। (२) उपदफा (१) बमोजिमको दरखास्त उपर काउन्सिलले जाँचबुझ गर्दा रीतिपूर्वकको देखिएमा त्यस्ता व्यक्तिको नाम दुई वर्षका लागि अस्थायी रूपमा दर्ता किताबबाट दर्ता गरी सोको प्रमाणपत्र दिनेछ। (३) उपदफा (२) बमोजिम दर्ता किताबमा अस्थायी रूपमा नाम दर्ता भएका व्यक्तिहरूमध्ये नेपाल सरकारको सेवामा रहेका र नेपाल सरकारलाई प्राप्त छात्रवृत्तिमा अध्ययन गर्न गएका व्यक्तिहरूले स्वास्थ्य मन्त्रालयले तोकेको अवधिसम्म चिकित्सा व्यवसाय गर्नु पर्नेछ। (४) उपदफा (३) मा उल्लेखित व्यक्ति बाहेक अन्य व्यक्तिले दुई वर्षसम्म चिकित्सा व्यवसाय गरे पछि काउन्सिलले दर्ता किताबमा स्थायी रूपमा नाम दर्ता गरी सोको प्रमाणपत्र दिनेछ। (५) उपदफा (३) बमोजिम तोकेको अवधिसम्म काम गरिसकेका व्यक्तिको नाम स्वास्थ्य मन्त्रालयको सिफारिसमा काउन्सिलले दर्ता किताबमा स्थायी रूपमा नाम दर्ता गरी सोको प्रमाणपत्र दिनेछ। (६) अनुसूचीमा लेखिए बमोजिमको योग्यता बाहेक अन्य व्यक्तिलाई पनि काउन्सिलको रायमा आधुनिक चिकित्सा प्रणालीमा न्यूनतम योग्यता प्राप्त भएको छ भन्ने ठहर्याई काउन्सिलले सिफारिस गरेमा स्वास्थ्य मन्त्रालयले यि दफाको अधीनमा रही त्यस्ता व्यक्तिको नाम दर्ता किताबमा दर्ता गर्न निर्देशन दिएमा काउन्सिलले त्यस्ता व्यक्तिको नाम दर्ता किताबमा दर्ता गरी सोको प्रमाणपत्र दिनेछ । (७) काउन्सिलमा विदेशी नागरिकको नाम दर्ता गर्ने सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ।
१५. दरखास्त उपर कारबाही : (१) दफा १४ को उपदफा (१) अन्तर्गत दर्ता किताबमा नाम दर्ता गर्नको लागि आएको सबै दरखास्तहरू सोझै रजिष्ट्रार छेउ पठाउनेछ र रजिष्ट्रारले पनि सबै दरखास्तहरू काउन्सिलबाट यि कामको लागि $\times$ तोकिएको समितिमा पेश गर्नुपर्छन।
$\times$ तेस्रो संशोधनद्वारा संशोधित ।
(२) दरखास्तवाला अनुसूचीमा लेखिए बमोजिमको योग्यता प्राप्त व्यक्ति हो होइन र निजको दरखास्त रीतपूर्वक छ छैन भन्ने कुराको राम्रो जाँचबुझ गरी समितिले सबै कुरा खोली काउन्सिललाई प्रतिवेदन गर्नेछ। (३) उपदफा (२) अन्तर्गत समितिले दिएको प्रतिवेदनमा विचार गरी काउन्सिलले देहाय बमोजिम गर्नेछ: – (क) दरखास्तवाला अनुसूचीमा लेखिए बमोजिमको योग्यता प्राप्त व्यक्ति हो र निजको दरखास्त नियम बमोजिम रीतपूर्वक छ र निजले यस सम्बन्धमा नियममा तोकिएको दस्तुर बुझाएको छ भने निजको नाम दर्ता किताबमा दर्ता गरी दिन रजिष्ट्रारलाई निर्देशन दिने, (ख) दरखास्त नियम बमोजिम रीत नपुगेको वा दरखास्तवालाले दस्तुर दाखिल नगरेकोमा वा दरखास्तवाला अनुसूचीमा उल्लेख भए बमोजिमको योग्यता प्राप्त व्यक्ति नभएमा निजको नाम दर्ता किताबमा दर्ता गर्न अस्वीकृत गरी सो कुराको कारण खोली दरखास्तवालालाई सूचना दिने। (४) कुनै दरखास्त रीत नपुगेको वा दरखास्तवालाले दस्तुर नबुझाएको हुनाले उपदफा (३) को खण्ड (ख) अन्तर्गत कुनै दरखास्तवालाको नाम दर्ता किताबमा दर्ता हुन नसकेकोमा सो दरखास्तवालाले रीत पुर्याई फेरि अर्को दरखास्त दिएमा दस्तुर दाखिल गरेमा अघि दर्ता हुन नसकेको कारणले मात्र निजको नाम दर्ता किताबमा दर्ता गर्न नामञ्जुर गरिने छैन। (५) उपदफा (३) को खण्ड (क) बमोजिम काउन्सिलले कुनै दरखास्तवालाको नाम दर्ता गर्न निर्देशन गरेमा रजिष्ट्रारले सो व्यक्तिको नाम दर्ता किताबमा दर्ता गरी निजलाई सो कुराको प्रमाणपत्र दिनेछ। १६. नाम दर्ता गराउँदा प्रमाण, सूचना र विवरण दिने : दफा १४ को उपदफा (२) बमोजिम दर्ता किताबमा नाम दर्ता हुने भएका वा दर्ता किताबमा नाम दर्ता गर्नका लागि सोही दफाको उपदफा (१) अन्तर्गत दरखास्त दिने व्यक्तिहरूले रजिष्ट्रारलाई देहाय बमोजिमको प्रमाण, विवरण एवं सूचना दिनुपर्नेछ :–
(क) काउन्सिलले आवश्यक ठानी तोकेका उपाधि, शैक्षिक योग्यताको प्रमाणपत्र र अन्य प्रमाण तथा कागजातहरू, (ख) विदेशको कुनै मेडिकल काउन्सिल वा परिषद् वा सो सरहको संस्थाको दर्ता किताबमा निजको नाम दर्ता भएको छ भने सो दर्ता किताबमा दर्ता भएको निजको योग्यता वा उपाधि, दर्ता नम्बर र मिति खोली त्यतिको विवरण, (ग) यो ऐन र नियम बमोजिम कर्तव्य पालन गर्नेछु भन्ने प्रतिज्ञापत्र।
१७. दर्ता किताबबाट नाम हटाउन र फेरि दर्ता गर्न आदेश दिने काउन्सिलको अधिकार : (१) देहायका अवस्थामा काउन्सिलले कुनै दर्तावाला चिकित्सकको नाम दर्ता किताबबाट हटाउन आदेश दिन सक्नेछ :– (क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएकोमा, वा (ख) पेशा सम्बन्धी कुनै खराब आचरणको दोषी हो भनी काउन्सिलको सदस्य संख्याको दुई तिहाइ बहुमतले ठहर्याएकोमा।
(२) उपदफा (१) बमोजिम दर्ता किताबबाट नाम हटाइएको व्यक्तिले काउन्सिललाई मनासिब माफिकको कारण देखाई आफ्नो नाम दर्ता किताबमा फेरि दर्ता गराउन दरखास्त गरेमा निजको नाम दर्ता गर्न मनासिब देखिए काउन्सिलको नियममा यस सम्बन्धमा तोकिए बमोजिमको दस्तुर बुझाई निजको नाम दर्ता किताबमा दर्ता गरिदिनु भनी रजिष्ट्रारलाई निदेश गर्न सक्नेछ र त्यसरी निदेश भएमा रजिष्ट्रारले पनि सो बमोजिम दर्ता गरी सो कुराको प्रमाणपत्र दिनुपर्छ।
१८. काउन्सिलको विघटन : (१) काउन्सिलले यो ऐन र नियम अन्तर्गत आफूलाई प्राप्त अधिकारको प्रयोग गर्न नसकेको वा बराबर अधिकारको दुरुपयोग गरेको वा त्यस्तो अधिकारभन्दा बढी अधिकारको प्रयोग गर्ने गरेको वा ऐन वा नियम बमोजिम आफ्नो कर्तव्य पालन गर्न नसकेको नेपाल सरकारलाई लागेमा सो कुरा सुधार्न वा सच्याउन नेपाल सरकारले काउन्सिललाई सूचना दिनेछ।
(२) उपदफा (१) अन्तर्गत दिएको सूचना बमोजिम काउन्सिलले आफ्नो काम कारबाही सुधार्न वा सच्याउन नसकेमा नेपाल सरकारले काउन्सिल विघटन गरी अर्को काउन्सिल गठन नभएसम्म $\times$ यो ऐन र यस ऐन अन्तर्गत बनेका नियम तथा विनियम बमोजिम काउन्सिलले गर्ने गरेका कार्यहरू गर्नको निमित्त अन्तरिम कार्यकारी परिषद्को गठन गर्न सक्नेछ।
(३) उपदफा (२) अन्तर्गत काउन्सिल विघटन भएपछि सो काउन्सिलको कोष र अरू सम्पत्ति $\times$ उपदफा (२) बमोजिम गठित अन्तरिम कार्यकारी परिषद्ले आफ्नै जिम्मामा राखी नयाँ काउन्सिल गठन भएपछि सो कोष र सम्पत्ति नवगठित काउन्सिललाई बुझाई दिनुपर्छ।
(४) उपदफा (२) अन्तर्गत काउन्सिलको विघटन भएपछि सो विघटन भएको साधारणतः तीन महिनाभित्र नेपाल सरकारले दफा ४ बमोजिम नयाँ काउन्सिल गठन गराउनु पर्छ।
१९. पुनरावेदन : (१) यस ऐन बमोजिम रजिष्ट्रारले गरेको कुनै निर्णय वा अरू कुनै काम कुराका सम्बन्धमा चित्त नबुझ्नेले त्यस्तो निर्णय वा काम कुरा गरे भएको मितिले ३५ दिनभित्र काउन्सिलमा पुनरावेदन गर्न सक्नेछ।
$\times$ (२) यो ऐन बमोजिम काउन्सिलले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले निर्णय भए गरेको मितिले पैंतीस दिनभित्र उच्च अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ।
$\diamond$ पहिलो संशोधनद्वारा थप। $\times$ तेस्रो संशोधनद्वारा संशोधित।
२०. दर्ता किताबबाट नाम हटाउने : देहायको अवस्थामा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न काउन्सिलले पाँच जना दर्तावाला चिकित्सकहरू भएको एक जाँचबुझ समिति गठन गर्नेछ र त्यस्तो समितिले दिएको प्रतिवेदनको आधारमा काउन्सिलले त्यस्ता व्यक्तिको नाम दर्ता किताबबाट हटाउन सक्नेछ :– (क) धोका वा गल्तीले कुनै व्यक्तिको नाम दर्ता किताबमा दर्ता भएको, (ख) कुनै दर्तावाला चिकित्सक मानसिक अवस्थाको कारणले चिकित्सा सम्बन्धी व्यवसाय गर्न असमर्थ भएको।
२१. नेपाल सरकारले मान्यता दिने : (१) काउन्सिलले चिकित्साशास्त्र सम्बन्धी डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधिहरूलाई मान्यता प्रदान गर्न सक्नेछ। (१क) उपदफा (१) बमोजिम काउन्सिलबाट मान्यता प्रदान गरिएका डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधिहरूलाई अनुसूचीमा समावेश गरिनेछ। (२) चिकित्साशास्त्र सम्बन्धी विदेशी संस्थाबाट प्राप्त डिग्री, डिप्लोमा प्रमाणपत्र वा अन्य उपाधि प्राप्त गर्ने व्यक्तिले त्यस्तो उपाधिको मान्यताको लागि तोकिएबमोजिम काउन्सिल समक्ष निवेदन दिनु पर्नेछ। (३) उपदफा (२) बमोजिम परेको निवेदन उपर काउन्सिलले त्यस्तो डिग्री, डिप्लोमा, प्रमाणपत्र वा उपाधिलाई मान्यता प्रदान गर्न सक्नेछ। यसरी मान्यता प्रदान गरेको डिग्री, डिप्लोमा, प्रमाणपत्र वा उपाधिलाई अनुसूचीमा समावेश गरिनेछ।
२१क. विवरण माग गर्न सक्ने : दफा २१ को उपदफा (१) बमोजिम मान्यता प्रदान गरिएका डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधिहरू प्रदान गर्ने मेडिकल संस्थाले त्यस्तो डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधिहरूको निमित्त निर्धारित गरेको पाठ्यक्रम तथा भर्नाको लागि निर्धारित गरेको शर्तहरूको सम्बन्धमा काउन्सिलले समय समयमा त्यस्तो संस्थासँग विवरण माग गर्न सक्नेछ र सो विवरण उपलब्ध गराउनु त्यस्तो संस्थाको कर्तव्य हुनेछ।
२१ख. परीक्षाको निरीक्षण : (१) दफा २१ को उपदफा (१) बमोजिम मान्यता प्रदान गरिएका डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधिहरूका परीक्षाहरू निरीक्षण गर्नको लागि काउन्सिलले निरीक्षक नियुक्त गरी पठाउन सक्नेछ। यसरी नियुक्त गरिएको निरीक्षकले
पहिलो संशोधनद्वारा संशोधित। तेस्रो संशोधनद्वारा संशोधित। दोस्रो संशोधनद्वारा थप।
आफूले निरीक्षण गरेको परीक्षाको सम्बन्धमा काउन्सिलले तोकेको विवरण खुलाई काउन्सिल समक्ष प्रतिवेदन पेश गर्नेछ। तर निरीक्षकले त्यस्तो कुनै परीक्षामा कुनै किसिमको हस्तक्षेप गर्न पाउने छैन।
(२) दफा २१क. अन्तर्गत प्राप्त विवरण उपदफा (१) अन्तर्गत निरीक्षकले पेश गरेको प्रतिवेदन उपर काउन्सिलले विचार गर्दा दफा २१ को उपदफा (१) बमोजिम मान्यता प्रदान गरिएको कुनै डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाढिको निम्ति सम्बन्धित मेडिकल संस्थाले निर्धारण गरेको पाठ्यक्रम, भनाका शर्तहरू तथा परीक्षा सञ्चालन विधि उपयुक्त एवं पर्याप्त छैन भन्ने लागेमा सो सम्बन्धमा काउन्सिलले आफ्नो प्रतिवेदन $\text{※}$ सम्बन्धित मेडिकल संस्थाले सम्बन्ध प्राप्त गरेको विश्वविद्यालय वा शिक्षण संस्था समक्ष पेश गर्नेछ।
२१ग. मान्यता हटाउने : (१) दफा २१ख. को उपदफा (२) बमोजिम प्राप्त हुन आएको प्रतिवेदन उपर सम्बन्धित विश्वविद्यालय वा शिक्षण संस्थाले तोकिए बमोजिमको कार्यविधि अपनाई आवश्यक जाँचबुझ गरी आफ्नो राय ठहर नेपाल सरकारमा पेश गर्नेछ।
(२) उपदफा (१) बमोजिम विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्राप्त हुन आएको राय ठहरको सम्बन्धमा नेपाल सरकारले काउन्सिलसँग परामर्श गरी त्यस्ता मेडिकल संस्थाको सम्बन्धमा काउन्सिललाई आवश्यक निर्देशन दिनेछ।
(३) उपदफा (२) बमोजिम नेपाल सरकारले दिएको निर्देशन बमोजिम काउन्सिलले आवश्यक निर्णय गर्नेछ।
(४) उपदफा (३) बमोजिम काउन्सिलले त्यस्तो मेडिकल संस्थाको मान्यता अनुसूचीबाट हटाउने वा त्यस्ता मेडिकल संस्थाबाट कुनै खास मिति पछि प्रदान गरिएको चिकित्साशास्त्र सम्बन्धी डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाढिको मान्यतालाई अनुसूचीबाट हटाउने गरेको निर्णय नेपाल राजपत्रमा प्रकाशन गर्नेछ।
२१घ. विशेष परीक्षा सञ्चालन गर्न सकिने : चिकित्साशास्त्रमा आवश्यक गुणस्तर कायम राख्नको लागि यो ऐन बमोजिम काउन्सिलमा नाम दर्ता गराउन चाहने चिकित्सकहरूलाई नाम दर्ता गराउनु अघि काउन्सिलले तोकिए बमोजिमको परीक्षा लिन सक्नेछ।
$\times$ तेस्रो संशोधनद्वारा संशोधित। $\blacklozenge$ तेस्रो संशोधनद्वारा थप।
२२. ⊙ .................... २३. ⊙ .................... २४. ⊙ .................... २५. नालिस र अरू कानूनी कारबाही चल्न नसक्ने : यो ऐन वा नियममा व्यवस्था गरिएको बाहेक यस ऐन वा नियमले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले वा काउन्सिलले वा रजिष्ट्रारले गरेको काम कारबाही उपर कुनै अदालतमा नालिस उजूर वा अरू कानूनी कारबाही चल्नेछैन। २६. दर्ता किताबमा नाम दर्ता नभएका व्यक्तिहरूले चिकित्सा सम्बन्धी व्यवसाय गर्न मनाही : (१) दर्तावाला चिकित्सकहरू बाहेक अरू व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आधुनिक चिकित्साको व्यवसाय गर्न पाउने छैन। (१क) प्रचलित कानून बमोजिम गठन भएको स्वास्थ्य सम्बन्धी व्यावसायिक परिषद्मा नाम दर्ता भएका व्यक्तिले औषधि ऐन, २०३५ को अधीनमा रही चिकित्सा व्यवसाय गर्न पाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिमको चिकित्सा व्यवसाय गर्न पाउनेछ। (२) $\propto$ .................... (३) कसैले यो दफा बमोजिम कसूर गरेमा निजलाई $\diamond$ तीन वर्ष सम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ। (४) $\clubsuit$ कसैले यस ऐन बमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा वा अन्य हानि, नोक्सान वा क्षति पुगेकोमा कसूरदारबाट सम्बन्धित पीडितलाई र निजको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ। २७. मेडिकल योग्यता सम्बन्धी उपाधि प्रयोग गरेमा सजाय : (१) कुनै व्यक्तिले आधुनिक औषधि सम्बन्धी चिकित्साको काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधि सम्बन्धी डिग्री,
$\odot$ पहिलो संशोधनद्वारा खारेज। $\propto$ पहिलो संशोधनद्वारा थपिएको। $\diamond$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित। $\clubsuit$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा थप।
डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन हुँदैन। (२) कसैले उपदफा (१) को बन्धावार विपरित कसुर गरेको ठहरेमा निजलाई *तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२८. मुद्दा चलाउने : (क) यो ऐनको कुरा भङ्ग गरे बापत कुनै व्यक्ति वा संस्था उपर मुद्दा चलाउन आवश्यक छ भन्ने काउन्सिलको राय भएमा सो काउन्सिलले मुद्दा चलाउने कुराको प्रस्ताव पारित गरी नेपाल सरकार छु पेश गर्न सक्नेछ। (ख) त्यस्तो मुद्दाको कारबाही चलाउनको लागि नेपाल सरकारले कुनै अधिकारीलाई लिखित रूपमा अख्तियार दिन सक्नेछ।
२९. दर्तावाला चिकित्सकहरूले सर्टिफिकेट दिने बारे : दर्तावाला चिकित्सकलाई देहायको कर्म गर्न अधिकार हुनेछः– (क) नेपाल कानून बमोजिम जन्म र मरणको प्रमाणपत्र निस्सा लगाउने, (ख) नेपाल कानून बमोजिम चिकित्सा सम्बन्धी वा शारीरिक तथा मानसिक योग्यता सम्बन्धी प्रमाणपत्रमा सहीछाप गर्ने र प्रमाणपत्र दिने।
३०. ...............
*३०क. अधिकार प्रत्यायोजन : (१) यो ऐन बमोजिम नेपाल सरकारले आफूलाई प्राप्त अधिकार काउन्सिल वा काउन्सिल प्रमुख बाहेक अन्य कुनै निकाय वा संस्थाको प्रमुखलाई प्रत्यायोजन गर्न सक्नेछ। (२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम काउन्सिलले आफूलाई प्राप्त अधिकार काउन्सिलको अध्यक्ष, उपाध्यक्ष, सदस्य, सदस्यहरूको समिति, रजिष्ट्रार वा अन्य कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
*३१. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने : काउन्सिलको राय लिई नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेछ।
३२. नियम बनाउने अधिकार : (१) यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले काउन्सिलको राय लिई नियमहरू बनाउन सक्नेछ। (२) उपदफा (१) ले दिएको अधिकारको सर्व सामान्यतामा प्रतिकूल प्रभाव नपारी ती नियमले देहायको कुराहरूमा व्यवस्था गर्न सक्नेछ:– (क) काउन्सिलको बैठक र त्यसको कार्यविधि तोक्ने, (ख) दफा ४ बमोजिम काउन्सिलको सदस्यहरूको चुनाव गर्ने तरिका तोक्ने, (ग) काउन्सिलका अध्यक्ष र सदस्यहरूको अधिकार र कर्तव्य तोक्ने, (घ) काउन्सिलको कोष धन सम्पत्तिको व्यवस्था गर्ने, (ङ) काउन्सिलको अध्यक्ष र सदस्यहरूलाई पारिश्रमिक दिने, (च) रजिष्ट्रार र अरू कर्मचारीको सेवाको शर्त, तलब, भत्ता र सजाय, बकसानी सम्बन्धी आवश्यक व्यवस्था गर्ने, (छ) यो ऐन बमोजिम राख्नुपर्ने दर्तावाला चिकित्सकको दर्ता किताबको फाराम तोक्ने, (ज) मेडिकल चिकित्सा सम्बन्धी फेहरिस्त प्रकाशित गर्ने, (झ) यस ऐन बमोजिम लिनुपर्ने दस्तुर र दरखास्त पत्र निर्धारण गर्ने, (ञ) समितिहरूको गठन गर्ने तरिका त्यस्तो समितिको कर्तव्य र अधिकार तोक्ने, (ट) हिसाब किताब राख्ने, (ठ) दर्ता किताब जम्मा गर्ने र प्रकाशन गर्ने, (ड) रजिष्ट्रारको निर्णय उपर काउन्सिलले पुनरावेदन सुन्ने तरिका तोक्ने, (ढ) काउन्सिलको काम सुचारु रूपले चालू गर्न चाहिने अरू कुराको व्यवस्था गर्ने।
३३. विनियम : (१) यो ऐन र नियमको अधीनमा रही अरू आवश्यक काम कुराको लागि काउन्सिलले विनियम बनाउन सक्नेछ र त्यस्तो विनियम नेपाल सरकारबाट स्वीकृत हुनुपर्छ।
(२) काउन्सिलको दुई तिहाइ सदस्यको बहुमत भएमा काउन्सिलले सो विनियम संशोधन गर्न सक्नेछ र यो ऐनलाई संशोधन गर्न मनासिबदेखि दुई तिहाइ सदस्यले प्रस्ताव पारित गरी नेपाल सरकार छेउ सिफारिस गर्न सक्नेछ *।
अनुसूची
१. नेपाल मेडिकल काउन्सिलले मान्यता प्रदान गरेका विभिन्न मुलुकका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूबाट प्रदान गरिएका चिकित्साशास्त्रसम्बन्धी आधारभूत शैक्षिक उपाधि तथा लाइसेन्सहरूः-
मिति २०५७।११।२५ को नेपाल राजपत्रमा प्रकाशित नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको सूचना बमोजिम हेरफेर भएको।
१७. साम्बलपुर विश्वविद्यालय, साम्बलपुर -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) १८. शिवाजी विश्वविद्यालय, कोल्हापुर १९. बहानम्पुर विश्वविद्यालय, बहानम्पुर -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) २०. जम्मु विश्वविद्यालय, जम्मु -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) २१. साउथ गुजरात विश्वविद्यालय, सुरत -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) २२. गुलबर्ग विश्वविद्यालय, गुलबर्ग २३. रानी दुर्गावती विश्वविद्यालय, जबलपुर -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) २४. आसाम विश्वविद्यालय, सिलचर -ब्याचलर अफ मेडिसिन एण्ड -ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) २५. बाबासाहब भीमराव अम्बेकर बिहार विश्वविद्यालय, मुजफ्फरपुर -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) २६. एम.एम. विश्वविद्यालय, बरोदा -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) २७. सौराष्ट्र विश्वविद्यालय, राजकोट -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) २८. सरदार पटेल विश्वविद्यालय, बल्लभ -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.)
४१. गौहाटी विश्वविद्यालय, गौहाटी - सर्जरी (एम.बी.बी.एस.) ४२. पञ्जाब विश्वविद्यालय, चण्डीगढ - ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) ४३. गुजरात विश्वविद्यालय, अहमदाबाद - ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) ४४. मैसूर विश्वविद्यालय, मैसूर - ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.)
६०. दिल्ली विश्वविद्यालय, दिल्ली -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) /ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.)
६१. कर्नाटक विश्वविद्यालय, धारवाद -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) /ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.)
६२. केरला विश्वविद्यालय, तिरुवनन्तपुरम -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) /ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.)
६३. मुम्बई विश्वविद्यालय, मुम्बई -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) /ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.)
६४. लखनउ विश्वविद्यालय, लखनउ -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) /ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.)
६५. कलकत्ता विश्वविद्यालय, कलकत्ता -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) /ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.)
-ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) /ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.)
-ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.)/ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.) -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.)/ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.) -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.)/ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.) -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.)/ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.) -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.)/ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.) -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.)/ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.)
३. पाकिस्तान १. बहाउद्दीन जकारिया विश्वविद्यालय, मुल्तान – ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) २. इस्लामिया विश्वविद्यालय, बहावलपुर – ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) ३. कायदे आजम
-ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.)/ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.)/ ब्याचलर अफ डेन्टल सर्जरी (बी.डी.एस.)
५. श्रीलंका १. कोलम्बो विश्वविद्यालय, कोलम्बो - ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.)
६. संयुक्त अधिराज्य बेलायत १. न्यूकासल अपनटाइन विश्वविद्यालय, न्यूकासल अपनटाइन -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.,एम.बी.बी.सी.एच.,एम.बी.सी.एच.बी.) २. बर्मिङ्घम विश्वविद्यालय, बर्मिङ्घम -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी(एम.बी.बी.एस., एम.बी.बी.सी.एच.,एम.बी.सी.एच.बी.) ३. ब्रिस्टोल विश्वविद्यालय, ब्रिस्टोल -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.सी.एच.,एम.बी.सी.एच.बी.) ४. इहाम विश्वविद्यालय, इहाम -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.सी.एच.,एम.बी.सी.एच.बी.) ५. लिड्स विश्वविद्यालय, लिड्स -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.सी.एच.,एम.बी.सी.एच.बी.) ६. लिभरपुल विश्वविद्यालय, लिभरपुल -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.सी.एच.,एम.बी.सी.एच.बी.) ७. लण्डन विश्वविद्यालय, लण्डन -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.सी.एच.,एम.बी.सी.एच.बी.) ८. म्यानचेस्टर विश्वविद्यालय,
म्यान्चेस्टर
९. अक्सफोर्ड विश्वविद्यालय, अक्सफोर्ड -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.सी.एस., एम.बी.बी.सी.एच.बी.)
१०. सेफिल्ड विश्वविद्यालय, सेफिल्ड
११. वेल्स विश्वविद्यालय, वेल्स -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.सी.एस., एम.बी.बी.सी.एच.बी.)
१२. एबडिन विश्वविद्यालय, एबडिन -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.सी.एस., एम.बी.बी.सी.एच.बी.)
१३. एडिनबरा विश्वविद्यालय, एडिनबरा
१४. ग्लासगो विश्वविद्यालय ग्लासगो -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.सी.एस., एम.बी.बी.सी.एच.बी.)
१५. दि क्विन्स विश्वविद्यालय, वेल्फास्ट
१६. क्याम्ब्रिज विश्वविद्यालय, क्याम्ब्रिज -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.सी.एस., एम.बी.बी.सी.एच.बी.)
-ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.सी.एस., एम.बी.बी.सी.एच.बी.)
-ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.सी.एस., एम.बी.बी.सी.एच.बी.)
-ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.सी.एस., एम.बी.बी.सी.एच.बी.)
-ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.एस.एच., एम.बी.एस.एच.बी.)
-ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.एस.एच., एम.बी.एस.एच.बी.)
-ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस., एम.बी.बी.एस.एच., एम.बी.एस.एच.बी.)
७. इजरायल १.द द हेब्रु विश्वविद्यालय, जेरुसेलम -डाक्टर अफ मेडिसिन (एम.डी.) ८. टर्की १. होजेटेप विश्वविद्यालय, अंकारा -डाक्टर अफ मेडिसिन (एम.डी.) २. अंकारा विश्वविद्यालय, अंकारा -डाक्टर अफ मेडिसिन (एम.डी.) ९. गणतन्त्र (दक्षिण) कोरिया १. इहवा विभेंस विश्वविद्यालय, सिउल -डाक्टर अफ मेडिसिन (एम.डी.) २. क्युङ्ग विश्वविद्यालय, सिउल -डाक्टर अफ मेडिसिन (एम.डी.) ३. क्युङ्ग विश्वविद्यालय, डाइएङ्ग -डाक्टर अफ मेडिसिन (एम.डी.) ४. युन्नामविश्वविद्यालय, तयागु -डाक्टर अफ मेडिसिन (एम.डी.)
१०. म्यानमार याङगोन विश्वविद्यालय, याङगोन -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) ११. इजिप्ट १. कायरो विश्वविद्यालय, -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ
२२. बेलारुस १. भाइतेव्स्क स्टेट मेडिकल विश्वविद्यालय, भाइतेव्स्क -डाक्टर अफ मेडिसिन (एम.डी.) २३. कजाखस्तान १. कजाख स्टेट मेडिकल विश्वविद्यालय, अल्माटी -डाक्टर अफ मेडिसिन (एम.डी.) २४. किर्गिस्तान १. ओस स्टेट विश्वविद्यालय, ओस -डाक्टर अफ मेडिसिन (एम.डी.) २. किर्गिज स्टेट मेडिकल विश्वविद्यालय, फुन्जे -डाक्टर अफ मेडिसिन (एम.डी.) २५. ताजिकिस्तान १. ताजिक अबुअली इब्न साइनो मेडिकल विश्वविद्यालय, दुशान्बे -डाक्टर अफ मेडिसिन (एम.डी.) २६. जनगणतन्त्र चीन १. फुदान विश्वविद्यालय, संघाई -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) २. पेकिङ्ग विश्वविद्यालय, बेइजिङ्ग -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) ३. सनयातसेन चिकित्सा विज्ञान विश्वविद्यालय, गुआङदोङ -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.) ४. गुआङजी मेडिकल विश्वविद्यालय, गुआङजी -ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एम.बी.बी.एस.)
२. माथि खण्ड १ मा उल्लिखित चिकित्साशास्त्र सम्बन्धी आधारभूत शैक्षिक उपाधि वा लाइसेन्स प्राप्त गरे पश्चातका मान्यता प्राप्त स्नातकोत्तर तहका डिग्री, डिप्लोमा, प्रमाणपत्र, लाइसेन्स र उपाधिहरूः–
३. माथि उल्लेखित आधारभूत शैक्षिक योग्यता पश्चातका निम्नलिखि डिग्री, डिप्लोमालाई समेत नाम दर्ता प्रयोजनको लागि मान्यता प्रदान गरिएको छ :- (क) संयुक्त अधिराज्य बेलायतीका माथि उल्लिखित विश्वविद्यालय वा शिक्षण संस्थहरूले प्रदान गरेका डी.पी.एम, डी.एम.आर.सी., डी.एम.आर.टी., डि.पी.एच.एस., डी.टी.एम एण्ड एच., डी.सी.ए. डी.ए., एफ. एफ. ए, डी.ओ., डी.एल.ओ.डी.सी.पी., डी ब्याक्ट, टी.डी.डी., डी.टी.सी.डी., डिप्लोमा इन मेडिकल रेडियोलोजी एण्ड इमेजिङ्ग, डिप्लोमा इन क्लिनिकल प्याथोलोजी (डी.सी.पी.), डिप्लोमा इन गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स (डी.जी.ओ.), डिप्लोमा इन चाइल्ड हेल्थ, (डी.सी.एच.) र डिप्लोमा इन डन्टिलेट्स
पब्लिक हेल्थ (डी.पी. एच.) डिप्लोमा इन यूरोलोजी, डिप्लोमा इन ट्रोपिकल चाइल्ड हेल्थ, माष्टर तथा डाक्टर डिग्रीहरू– डाक्टर अफ मेडिसिन (एम.डी.), माष्टर अफ सर्जरी (एम.एस.), एम.सी.एच., सी.एच.एम., माष्टर अफ पब्लिक हेल्थ (एम.पी.एच.)। (ख) भारतका माथि उल्लेखित विश्वविद्यालय वा शिक्षण संस्थाहरूले प्रदान गरेका डी.पी.एम., डी.एम.आर.डी., डी.एम.आर.टी., डी.पी.एच., डी.टी.एम एण्ड ए., डी.आई.एच., डी.सी.एच., डी.ए., डी.ओ., डी.एल.ओ., डी.डी.पी., डी ब्याक्ट, डी.टी.सी.सी., डिप्लोमा इन क्लिनिक प्याथोलोजी (डी.सी.पी.), डिप्लोमा इन गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स (डी.जी.ओ.), डिप्लोमा इन चाइल्ड हेल्थ (डी.सी.एच.) र डिप्लोमा इन पब्लिक हेल्थ (डी.पी.एच.), माष्टर तथा डाक्टर डिग्रीहरू, डाक्टर अफ मेडिसिन (एम.डी.), मास्टर अफ सर्जरी (एम.एस.), एम.सी.एच., सी.एच.एम., माष्टर अफ पब्लिक हेल्थ (एम.पी.एच.)।
४. नाम दर्ताको प्रयोजनको लागि संयुक्त अधिराज्य बेलायको संयुक्त परीक्षा बोर्ड (United Examining Board) र रोयल कलेज अफ फिजिसियन्स एण्ड सर्जन्सबाट प्रदान गरिएको लाइसेन्सेट इन मेडिसिन एण्ड सर्जरीलाई डेन्टल फ्याकल्टी अफ रोयल कलेज अफ सर्जन्स, लण्डनबाट प्रदान गरिएको लाइसेन्सेट इन डेन्टिस्ट्रीलाई मान्यता दिइएको छ।
५. काउन्सिलले तोकेको स्वास्थ्य संस्थामा काउन्सिलले तोकेको अवधिभर इन्टर्नशिप वा हाउस जब वा प्रेरजिस्ट्रेशन तालिम पूरा गरे पश्चात् माथि उल्लेखित विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्रदत्त उल्लेखित डिग्री, डिप्लोमा, प्रमाणपत्र, लाइसेन्स वा उपाधिको आधारमा ऐन र ऐन अन्तर्गतको नियम, विनियमामा उल्लेखित अन्य व्यवस्थाको अधिनमा रहने गरी काउन्सिलले नाम दर्ता गर्न सक्नेछ।
६. आधुनिक चिकित्साशास्त्रतर्फका एम.बी.बी.एस. वा सो सरह तथा आधुनिक दन्त चिकित्साशास्त्रतर्फका बी.डी.एस. वा सो सरहका उपाधिहरू नाम दर्ताका लागि आधारभूत शैक्षिक योग्यता मानिने छन्।
७. नाम दर्ता प्रमाणपत्रमा मेडिकल चिकित्सकलाई मेडिकल प्राक्टिसनर (Medical Practioner) र दन्त चिकित्सकलाई दन्त प्राक्टिसनर (Dental Practioner) भनी उल्लेख गरिनेछ।
८. आधुनिक चिकित्साशास्त्रतर्फका डिग्री, डिप्लोमा, प्रमाणपत्र, लाइसेन्स वा उपाधि प्रदान गर्ने उल्लेखित विश्वविद्यालय वा शिक्षण संस्था रहेका मुलुकहरूको आधुनिक चिकित्सा सम्बन्धी व्यावसायिक परिषद् वा लाइसेन्सिङ बोर्ड वा सो सरहको संस्थाले त्यस्ता डिग्री, डिप्लोमा,
प्रमाणपत्र, लाइसेन्स वा उपाधिलाई नाम दर्ताको लागि योग्य मानेको रहेनछ भने नेपाल मेडिकल काउन्सिलले पनि नाम दर्ताको लागि योग्य मान्ने छैन ।
९. यो अनुसूची प्रारम्भ हुनुभन्दा अगाडि काउन्सिलले मान्यता दिएको डिग्री, डिप्लोमा, लाइसेन्स, प्रमाणपत्र वा उपाधिको आधारमा भइसकेको नाम दर्ताको मान्यता कायम राखिएको छ ।