लालमोहर र प्रकाशन मिति २०४५।७।२८
संशोधन गर्ने ऐन १. आयुर्वेद चिकित्सा परिषद् (पहिलो संशोधन) ऐन, २०५५ (२०५५।१०।२७) प्रमाणीकरण र प्रकाशन मिति २. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६* (२०६६।१०।७) ३. केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४† (२०७४।६।३०)
२०४५ सालको ऐन नं. २१ X........... आयुर्वेद चिकित्सा परिषद्सम्बन्धी व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : सर्वसाधारण जनताको स्वास्थ्य र सुविधा कायम राख्न आयुर्वेद चिकित्सा प्रणालीलाई बढी प्रभावकारी बनाउने, आयुर्वेदिक औषधिको उत्पादन र प्रयोग गर्ने पद्धतिलाई विकास गर्ने र आयुर्वेदिक चिकित्सकहरूको निदान गर्ने समेत व्यवस्था गर्न आयुर्वेद चिकित्सा परिषद् स्थापना गर्न वांछनीय भएकाले, श्री ५ महाराजाधिराज बीरेंद्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।
परिच्छेद–१ प्राारम्भ
१.१ संक्षिप्त नाम र प्रारम्भ : १.१.१. यस ऐनको नाम “आयुर्वेद चिकित्सा परिषद् ऐन २०४५” रहेको छ ।
* यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । † यो ऐन संवत् २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ हुने । X गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा चिकितिएको ।
१.२.३ यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
१.२ परिभाषा : १.२.१ विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– १.२.१.१ “परिषद्” भन्नाले दफा २.१ बमोजिम स्थापना भएको आयुर्वेद चिकित्सा परिषद् सम्झनु पर्छ । १.२.१.२ “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ । १.२.१.३ “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउनेछ । १.२.१.४ “रजिष्ट्रार” भन्नाले दफा ३.१ बमोजिम नियुक्त गरिएको परिषद्को रजिष्ट्रार सम्झनु पर्छ । १.२.१.५ “दर्ता किताब” भन्नाले यो ऐन अन्तर्गत चिकित्सकहरूको नाम दर्ता गर्न खडा गरिएको दर्ता किताब सम्झनु पर्छ । १.२.१.६ “चिकित्सक” भन्नाले आयुर्वेद विज्ञानमा दफा ४.२ मा उल्लेखित न्यूनतम योग्यता ...... प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति सम्झनु पर्छ । १.२.१.७ “दर्तावाला चिकित्सक” भन्नाले दफा ४.५ बमोजिम दर्ता किताबमा नाम दर्ता भएको चिकित्सक सम्झनु पर्छ । १.२.१.८ “आयुर्वेदिक औषधि” भन्नाले आयुर्वेदिक प्रणालीबाट बनाइएको औषधि सम्झनु पर्छ । १.२.१.९ “नियम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम सम्झनु पर्छ । १.२.१.१० “तोकिएको” र “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम र विनियमामा तोकिएको र तोकिए बमोजिम सम्झनु पर्छ ।
१. यो ऐनको दफा ४.१, ४.२, ४.३, ४.४, ४.५, ४.६, ४.७, ४.८, ५.१, ५.२, ६.१, ६.२, ७.१, ७.२, ९.३ र ९.३क बाहेक अन्य दफाहरू मिति २०५६।८।१६ देखि प्रारम्भ हुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित भएको । २. यो ऐनको दफा ४.१, ४.२, ४.३, ४.४, ४.५, ४.६, ४.७, ४.८, ५.१, ५.२, ६.१, ६.२, ७.१, ७.२, ९.३ र ९.३क सम्बन्धी २०५८ साल फागुन १६ गतेदेखि प्रारम्भ हुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित भएको ।
परिच्छेद–२ परिषद्को स्थापना र व्यवस्था
२.१ परिषद्को स्थापना : आयुर्वेद चिकित्सा प्रणालीलाई सुचारू रूपले सञ्चालन गर्न आयुर्वेदिक औषधिको उत्पादन र प्रयोग गर्ने पद्धतिलाई विकास गर्न तथा चिकित्सकहरूको नाम दर्ता गर्नको लागि आयुर्वेद चिकित्सा परिषद् स्थापना गरिएको छ ।
२.२ परिषद् स्वायत्त संस्था हुने : २.२.१ परिषद् अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त र संगठित संस्था हुनेछ । २.२.२ परिषद्को सबै काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ । २.२.३ परिषद्ले व्यक्ति सहित चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न र अन्य किसिमले बन्दोबस्त गर्न सक्नेछ । २.२.४ परिषद्ले व्यक्ति सहित नामिलस उजुरी गर्न र परिषद् उपर पनि सोही नामबाट नामिलस उजुरी लाग्ने सक्नेछ ।
२.३ परिषद्को गठन : २.३.१ दफा २.१ बमोजिम स्थापना भएको परिषद्मा देहायका सदस्यहरु रहनेछन् :– २.३.१.१ नेपाल सरकारबाट मनोनीत चिकित्सक – अध्यक्ष २.३.१.२ चिकित्सकहरु मध्येबाट नेपाल सरकारिले मनोनीत गरेका चिकित्सकहरु तीनजना – सदस्य २.३.१.३ निर्देशक, आयुर्वेद विभाग – सदस्य २.३.१.४ दर्तावाला चिकित्सकहरुले आफू मध्येबाट तोकिए बमोजिम निर्वाचन गरेका चिकित्सकहरु तीनजना – सदस्य २.३.१.५ आयुर्वेद क्याम्पसका प्राचार्यहरु मध्येबाट नेपाल सरकारिले मनोनीत गरेको प्राचार्य एकजना – सदस्य २.३.२ नेपाल सरकारिले आवश्यक ठानेमा परिषद्को परामर्श लिई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी परिषद्का सदस्यहरु थपघट र हेरफेर गर्न सक्नेछ ।
२.३.२क उपदफा २.३.१.२ बमोजिम सदस्यहरुको मनोनयन गर्दा उपदफा ४.२.१.१, ४.२.१.२ र ४.२.१.३ बमोजिमको योग्यता प्राप्त चिकित्सकहरु मध्येबाट गर्नु पर्नेछ ।
२.३.२ख उपदफा २.३.१.४ बमोजिमका सदस्यहरु निर्वाचित भई नआएसम्मको लागि नेपाल सरकारले चिकित्सकहरु मध्येबाट तीनजना सदस्यको मनोनयन गर्नेछ।
२.३.२ग उपदफा २.३.१.५ बमोजिम प्राध्यापकहरु मध्येबाट सदस्य मनोनयन गर्दा діवानवाला चिकित्सकहरु मध्येबाट गर्नु पर्नेछ ।
२.३.३ परिषद्ले आवश्यक देखेमा नेपाल सरकारको कुनै अधिकृत वा ...... अन्य कुनै विशेषज्ञलाई पर्यवेक्षकको रुपमा परिषद्को बैठकमा उपस्थित हुन आमन्त्रण गर्न सक्नेछ ।
२.३.४ परिषद्का सदस्यहरुको पदावधि चार वर्षको हुनेछ । पदावधि समाप्त भएपछि निजहरु पुनः मनोनीत वा निर्वाचित हुन सक्नेछन् ।
२.३.५ पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिका लागि अर्को सदस्य मनोनीत वा निर्वाचित हुनेछ।
२.३.६ ......
२.४ परिषद्को काम, कर्तव्य र अधिकार : २.४.१ परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :– २.४.१.१ आयुर्वेद चिकित्सा प्रणालीबाट रोगको उपचार गर्ने व्यवस्थालाई सुदृढ गरी आयुर्वेद चिकित्सालाई सुचारु रुपले सञ्चालन गर्न आवश्यक व्यवस्था गर्ने । २.४.१.२ आयुर्वेदिक औषधिहरुको प्रयोग गर्ने पद्धतिलाई विकसित गर्न आवश्यक व्यवस्था गर्ने ।
: पहिलो संशोधनद्वारा थप ।
२.४.१.३ चिकित्सकहरूको योग्यता निर्धारण गरी योग्यता पुगेका चिकित्सकहरूको नाम दर्ता गर्ने व्यवस्था गर्ने । २.४.१.४ आयुर्वेदिक औषधिहरूको उत्पादन तथा बिक्री, वितरण गर्ने सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने । २.४.१.५ आयुर्वेद अनुसन्धान सम्बन्धमा आवश्यक व्यवस्था गर्न नेपाल सरकारलाई सुझाव दिने । २.४.१.६ आयुर्वेद शिक्षाको स्तर सम्बन्धमा सम्बन्धित निकायलाई सुझाव दिने । २.४.१.७ आयुर्वेद सम्बन्धी विषयहरू अध्ययन अध्यापन गराउने तथा तालिम दिने दिलाउने, नेपाल $\times$........... मा स्थापना भएका शिक्षण संस्था तथा त्यस्तै उद्देश्यले स्थापना भएका अन्य संस्थाहरूलाई तोकिए बमोजिम मान्यता दिने । २.४.१.८ आयुर्वेद सम्बन्धी विषयहरू अध्ययन अध्यापन गराउने तथा तालिम दिन दिलाउन नेपाल $\times$ ...... मा स्थापना भएका शिक्षण संस्था तथा त्यस्तो उद्देश्यले स्थापना भएका अन्य संस्थाहरूको पाठ्यक्रम, भर्नाका शर्तहरू तथा परीक्षा प्रणाली सम्बन्धी नीति र अन्य आवश्यक न्यूनतम पूर्वाधारहरू निर्धारण गरी तत्सम्बन्धी कुराहरूको मूल्याङ्कन र पुनरावलोकन गर्ने । २.४.१.९ आयुर्वेद तथा आधुनिक चिकित्सा एवं सर्जरी र चिकित्सा सहायक विषयमा प्रदान गरिएका शैक्षिक योग्यता तथा उपाधिहरूलाई तोकिए बमोजिम मान्यता दिने । २.४.१.१० आयुर्वेद चिकित्सा व्यवसाय सुचारु रुपले सञ्चालन गर्न आवश्यक नीति निर्धारण गर्ने ।
। पहिलो संशोधनद्वारा थप । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेजिएको ।
२.४.१.११ चिकित्सकहरूको तोकिए बमोजिमको आचार संहिता तयार गर्ने र त्यस्ता आचार संहिता उल्लंघन गर्ने चिकित्सक उपर तोकिए बमोजिम कारबाही गरी दर्ता किताबबाट नाम हटाउने ।
२.५ सदस्यको निमित्त अयोग्यता : २.५.१ देहायको कुनै व्यक्ति परिषद्को सदस्यमा निर्वाचित हुन, मनोनीत हुन रवा बहाल रहन अयोग्य मानिनेछ :– २.५.१.१ दर्ता किताबबाट नाम हटाइएको, २.५.१.२ गैर नेपाली नागरिक, २.५.१.३ साहुको ऋण मिनाहा नसिकी दामासाहीमा परेको, २.५.१.४ नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाएको, रवा २.५.१.५ मगज विग्रिएको ।
२.६ सदस्यता समाप्त हुने अवस्था : २.६.१ देहायको अवस्थामा परिषद्को सदस्यता समाप्त भएको मानिनेछ :– २.६.१.१ दफा २.५ बमोजिम सदस्य रहन अयोग्य भएमा, २.६.१.२ सदस्यको पदबाट दिएको राजीनामा स्वीकृत भएमा, २.६.१.३ मृत्यु भएमा, रवा २.६.१.४ परिषद्लाई कारण सहितको सूचना नदिई लगातार तीन पटकभन्दा बढी परिषद्को बैठकमा अनुपस्थित भएमा ।
२.७ परिषद्को बैठक र निर्णय : २.७.१ परिषद्को बैठक अध्यक्षले तोकेबमोजिम बस्नेछ । २.७.२ परिषद्को बैठक साधारणतया वर्षिनो तीन पटक बस्नेछ र अध्यक्षले आवश्यक देखेमा बढी पटक पनि बैठक बोलाउन सक्नेछ । २.७.३ परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरुले आफूमध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।
२.७.४ परिषद्को कुल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ । २.७.५ परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिन पाउनेछ । २.७.६ परिषद्को निर्णय रजिष्ट्रारद्वारा प्रमाणित गरिनेछ । २.७.७ सदस्यहरुले बैठकमा भाग लिंदा पाउने भत्ता तथा अन्य सुविधाहरु तोकिएबमोजिम हुनेछ । २.७.८ परिषद्को बैठकमा अपनाईने अन्य कार्यविधि परिषद् आफैले निर्धारण गर्न सक्नेछ । २.८ अधिकार प्रत्यायोजन : परिषद्ले आफ्नो अधिकार आवश्यकतानुसार अध्यक्ष, सदस्य वा तोकिएबमोजिम सदस्यहरुको समिति वा उप–समितिलाई प्रत्यायोजन गर्न सक्नेछ । २.९ काम कारबाही बदर नहुने : कुनै सदस्यको नियुक्तिो सम्बन्धमा यस ऐन अन्तर्गतको कुनै व्यवस्थाको पालन भएको छ कि छैन भन्ने कुरा पछि पत्ता लागेमा सो पत्ता लाग्नु भन्दा अगाडि त्यसले गरेको काम कारबाही सो कुराले मात्र बदर हुने छैन ।
परिच्छेद–३ कर्मचारी सम्बन्धी व्यवस्था
३.१ रजिष्टार : ३.१.१ परिषद्को प्रशासकीय काम कारबाही गर्न नेपाल सरकारले एकजना रजिष्टार नियुक्ति गर्नेछ । ३.१.२ रजिष्टारले परिषद्को सचिव भई काम गर्नेछ । ३.१.३ रजिष्टारको सेवा, शर्त र सुविधा तोकिए बमोजिम हुनेछ । ३.१.४ रजिष्टारको अनुपस्थितिमा निजले गर्नुपर्ने सबै काम कारबाही गर्न नेपाल सरकारले परिषद्को अन्य कुनै अधिकृत तहको कर्मचारीलाई तोक्न सक्नेछ । ३.२ रजिष्टारको काम, कर्तव्य र अधिकार : ३.२.१ रजिष्टारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :– ३.२.१.१ नाम दर्ताको लागि परेका दरखास्त आवश्यक कारबाहीको निमित्त उपदफा ४.४.१ बमोजिम गठित जाँचबुझ समितिमा पेश गर्ने ।
३.२.१.२ यो ऐन र नियमको अधीनमा रही परिषद्को निर्णय बमोजिम समय समयमा नाम दर्ता गर्नुपर्ने चिकित्सकहरूको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा नाम दर्ता गरी दर्ताको प्रमाण पत्र दिने । ३.२.१.३ कुनै दर्तावाला चिकित्सकको मृत्यु भएमा र्वा यो ऐन र नियम बमोजिम दर्ता किताबबाट नाम हटाइनु पर्ने भनी परिषद्बाट निर्णय भएका चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाउने । ३.२.१.४ दफा ४.६ बमोजिम कुनै दर्तावाला चिकित्सकले व्यवसाय छाडेको र्वा ठेगाना बदलेको कुराको सूचना प्राप्त भएमा सो अनुसार दर्ता किताबमा व्यहोरा जनाउने । ३.२.२ रजिष्टरहरूको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।
३.३ परिषद्का कर्मचारीहरू : ३.३.१ परिषद्ले आवश्यक भएजति कर्मचारीहरू नियुक्त गर्न सक्नेछ । ३.३.२ उपदफा ३.३.१ बमोजिम नियुक्त भएका कर्मचारीहरू रजिष्टरको रेखदेख र नियन्त्रणमा रहनेछन् । ३.३.३ परिषद्का कर्मचारीको सेवा, शर्त र सुविधा तोकिएबमोजिम हुनेछ ।
पच्छेद्–४ चिकित्सकहरूको नाम दर्ता सम्बन्धी व्यवस्था
४.१ दर्ता किताबमा नाम दर्ता गराउन दरखास्त दिने : ४.१.१ आयुर्वेद चिकित्सा व्यवसाय गर्न चाहने चिकित्सकले यो ऐन र नियमावली अधीनमा रही दर्ता किताबमा नाम दर्ता गराउन तोकिए बमोजिम परिषद्मा दरखास्त दिनु पर्नेछ । ४.१.२ उपदफा ४.१.१ बमोजिम दरखास्त दिने चिकित्सकले दर्ता किताबमा नाम दर्ता गराउन तोकिएबमोजिम दस्तुर बुझाउनु पर्नेछ । ४.१.३ यो ऐन प्रारम्भ भएका बखत आयुर्वेद चिकित्सा व्यवसाय गरिरहेका चिकित्सकहरूले दर्ता किताबमा नाम दर्ता गराउन यो ऐन प्रारम्भ भएका मितिले छ महीनाभित्र उपदफा ४.१.१ बमोजिम दरखास्त दिनु पर्नेछ ।
४.२ चिकित्सकको योग्यता : ४.२.१ यस ऐन बमोजिम चिकित्सकहरुको नाम दर्ता गर्ने प्रयोजनको लागि देहाय बमोजिमको योग्यता तोकिएको छ :– ४.२.१.१ मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद विज्ञानमा आयुर्वेदाचार्य र वैद्यविद्वान र आयुर्वेद स्नातक र सो सरह उत्तीर्ण । ४.२.१.२ अन्य चिकित्सा प्रणालीमा स्नातक उपाधि पश्चात् आयुर्वेद विज्ञानमा स्नातकोत्तर उपाधि प्राप्त । ४.२.१.३ मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद तथा आधुनिक चिकित्सा एवं सर्जरीमा स्नातकोपाधि प्राप्त ।
४.३ दरखास्तसाथ प्रमाण, विवरण र सूचना संलग्न गर्नुपर्ने : ४.३.१ दफा ४.१ बमोजिम नाम दर्ता गराउन दरखास्त दिने चिकित्सकले दरखास्तसाथ देहायबमोजिम प्रमाण, विवरण एवं सूचनासमेत संलग्न गर्नुपर्नेछ :– ४.३.१.१ आफ्नो योग्यता सम्बन्धी प्रमाणपत्र र सिफारिसपत्र, ४.३.१.२ विदेशको हुने आयुर्वेद चिकित्सा परिषद् र सो सरहको संस्थाको दर्ता किताबमा नाम दर्ता भएको रहे छ भने सो दर्ता किताबमा दर्ता भएको योग्यता र उपाधि र दर्ता नम्बरसमेत खुलाएको विवरण, ४.३.१.३ यो ऐन र नियमको अधीनमा रही काम गर्नेछु भन्ने तोकिएको बमोजिमको प्रतिज्ञापत्र ।
४.४ दरखास्त उपर कारबाही : ४.४.१. दफा ४.१ बमोजिम पर्न आएका दरखास्त उपर जाँचबुझ गरी प्रतिवेदन पेश गर्न परिषद्ले एक जाँचबुझ समिति गठन गर्न सक्नेछ । ४.४.२ जाँचबुझ समितिले दरखास्तवाला चिकित्सक योग्यता प्राप्त चिकित्सक हो होइन र निजको दरखास्त ठीकपूर्व नि छ छ कि न भन्न्ने कुराको समेत जाँचबुझ गरी पन्ध्र दिनभित्र परिषदसम्म प्रतिवेदन पेश गर्नुपर्नेछ । ४.४.३. परिषद्ले उपदफा ४.४.२ बमोजिमको जाँचबुझ समितिको प्रतिवेदन उपर विचार गरी देहायबमोजिम निर्णय गर्न सक्नेछ :–
४.४.३.१ रीतपूर्वक दरखास्त दिने योग्यता पुगेको चिकित्सकको नाम दर्ता किताबमा दर्ता गर्ने निर्णय गरी रजिष्ट्रारलाई दर्ता गर्न आदेश दिने, ४.४.३.२ रीत नपुगेको दरखास्त दिने व्यक्तिको नाम दर्ता नगर्ने गरी जुन कारणबाट नाम दर्ता नगरिएको हो सो कारण खुलाई दरखास्तवालालाई सूचना दिन रजिष्ट्रारलाई आदेश दिने ।
४.४.४ उपदफा ४.४.३.२ बमोजिम दर्ता किताबमा नाम दर्ता हुन नसकेको चिकित्सकले रीत पुर्याई फेरि अर्को दरखास्त दिएमा पहिले दर्ता हुन नसकेको कारणले मात्र निजको नाम दर्ता किताबमा दर्ता गर्न अस्वीकार गरिनेछन ।
४.५ दर्ताको प्रमाणपत्र : परिषद्ले उपदफा ४.४.३.१ बमोजिम कुनै दरखास्तवाला चिकित्सकको नाम दर्ता गर्ने निर्णय गरी रजिष्ट्रारलाई आदेश दिएमा रजिष्ट्रारले त्यस्तो चिकित्सकको नाम दर्ता किताबमा दर्ता गरी *... ... तोकिए बमोजिम दर्ताको प्रमाण पत्र दिनु पर्नेछ ।
४.६ व्यवसाय छाडेमा र्वा ठेगाना बदलेमा सूचना गनुपर्ने : कुनै दर्तावाला चिकित्सकले आफ्नो व्यवसाय छाडे मा र्वा ठेगाना बदले मा त्यस्तो चिकित्सकले व्यवसाय छाडेको र्वा ठेगाना बदलेको एक महीनाभित्र रजिष्ट्रारलाई तोकिए बमोजिम सूचना गनु पर्नेछ ।
४.७ नाम हटाउने र पुनः नाम दर्ता गर्ने व्यवस्था : ४.७.१ देहायको कुनै अवस्थामा परिषद्ले कुनै दर्तावाला चिकित्सकको नाम दर्ता किताबबाट हटाउन आदेश दिन सक्नेछ :– ४.७.१.१ नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको, र्वा ४.७.१.२ पेशा सम्बन्धी तोकिएको आचरण पालन नगरेको भनी परिषद्को दुई– तिहाई बहुमतले ठिहाराएको, र्वा ४.७.१.३ मगज बिग्रेको ।
४.७.२ उपदफा ४.७.१ बमोजिम दर्ता किताबबाट नाम हटाइएको चिकित्सकले मनामसब माकफिको कारण देखाई पुनः नाम दर्ता गराउन दरखास्त दिएमा परिषद्ले निजको नाम पुनः दर्ता गर्न मनामसब देखेमा रजिष्ट्रारलाई नाम दर्ता गर्ने आदेश दिन सक्नेछ।
४.७.३ उपदफा ४.७.२ बमोजिम आदेश प्राप्त भएमा रजिष्ट्रारले तोकिए बमोजिमको दस्तुर लिई त्यस्तो चिकित्सकको नाम दर्ता किताबमा पुनः दर्ता गरी प्रमाणपत्र दिनु पर्नेछ।
४.८ प्रमाण–पत्र रद्द गर्ने : धोखा वा गल्तीले कुनै व्यक्तिको नाम दर्ता किताबमा दर्ता हुन गएको रहेछ भन्ने कुरा जानकारी हुन आई सो कुरा जाँचबुझ गर्दा साँच्चै ठहरिन आएमा परिषद्ले त्यस्तो व्यक्तिको दर्ताको प्रमाण–पत्र खिची दर्ता रद्द गर्न सक्नेछ ।
परिच्छेद–५ आयुर्वेद चिकित्सा व्यवसाय
५.१ दर्ता नभएका चिकित्सकले व्यवसाय गर्न नपाउने : ५.१.१ यो ऐन प्रारम्भ भएपछि दर्तावाला "चिकित्सक" बाहेक अरु कसैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले आयुर्वेद चिकित्साको व्यवसाय गर्न पाउने छैन । ५.१.१क. माथि ५.१.१ मा जुनसुकै कुरा लेखिएको भए तापनि परिषद्मा दर्ता गर्न न्यूनतम योग्यता नपुगेका तर आयुर्वेद विज्ञानमा आयुर्वेदशास्त्री वा वैद्यभूषण, आयुर्वेदमा प्रमाणपत्र वा सो सरह, सहायक आयुर्वेद कार्यकर्ता वा सो सरहको शैक्षिक योग्यता हासिल गरी स्वतन्त्र रुपमा चिकित्सा व्यवसाय गर्न चाहने र नेपाल सरकारको सेवामा रहेको आयुर्वेद समूहका प्राविधिकहरुले परिषद्द्वारा गठित उपसमितिको रजिष्टरमा दर्ता गराई आयुर्वेद चिकित्सा व्यवसाय गर्न सक्नेछन् । ५.१.१ख. आयुर्वेद चिकित्सामा तीन पुस्तादेखि संलग्न रही अनुभव प्राप्त गरेको भन्ने व्यहोराको सम्बन्धित जिल्ला कार्यालयको सिफारिस प्राप्त ५० वर्षन उमेर पुगेको व्यक्तिको हकमा यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्रमा परिषद्ले तोके बमोजिम छुट्टै व्यवस्था अनुसार अनुमति लिई चिकित्सा व्यवसाय गर्न सक्ने छन् । ५.१.२ उपदफा ५.१.१ मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिए बमोजिमको आयुर्वेदिक औषधी उत्पादन गर्ने र वा विक्री वितरण गर्ने व्यवसाय तोकिए बमोजिम हुनेछ ।
५.२ प्रमाण–पत्र र प्रेसक्रिप्स्न दिने अधिकार : ५.२.१ दर्तावाला चिकित्सकलाई देहायको कुरा प्रमाणित गर्ने र प्रमाण पत्र दिने अधिकार हुनेछ :– ५.२.१.१ जन्म र मृत्युको प्रमाण–पत्रमा निस्सा लगाउने । ५.२.१.२ आयुर्वेद चिकित्सासम्बन्धी वा शारीरिक वा मानसिक योग्यतासम्बन्धी प्रमाणपत्रमा सहीछाप गर्ने र प्रमाणपत्र दिने । ५.२.२ तोकिएको आयुर्वेदिक औषधिहरुको प्रेसक्रिप्स्न दिने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
६.१ आयुर्वेदिक औषधि उत्पादन गर्न स्वीकृति लिनु पर्ने : ६.१.१ नेपाल सरकारले परिषद्को परामर्श लिई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका खास किसिमका आयुर्वेदिक औषधिहरु उत्पादन गर्न आयुर्वेद विभागको पूर्व स्वीकृति लिनु पर्नेछ । ६.१.२ उपदफा ६.१.१ बमोजिम तोकिएका आयुर्वेदिक औषधिहरु उत्पादन गर्न चाहने व्यक्तिले स्वीकृतिको लागि तोकिए बमोजिम आयुर्वेद विभागमा निवेदन दिनु पर्नेछ । ६.१.३ उपदफा ६.१.२ बमोजिम प्राप्त निवेदनमा आयुर्वेद विभागले आवश्यक जाँचबुझ गरी आवश्यक देखेमा परिषद्को परामर्श लिई निवेदन दिने व्यक्ति दर्तावाला चिकित्सक नभएमा निजले दर्तावाला चिकित्सकको रेखदेख र नियन्त्रणमा रही आयुर्वेदिक औषधि उत्पादन गर्नुपर्ने गरी तोकिए बमोजिम स्वीकृति दिन सक्नेछ । ६.१.४ आयुर्वेदिक औषधि उत्पादन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । ६.२ प्रेसक्रिप्स्न बिना आयुर्वेदिक औषधि बिक्री गर्न नपाउने : नेपाल सरकारले परिषद्को परामर्श लिई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका खास किसिमका आयुर्वेदिक औषधिहरु दर्तावाला चिकित्सकको प्रेसक्रिप्स्न बिना बिक्री वितरण गर्न पाइने छैन ।
परिच्छेद–७ कोष र लेखापरीक्षण
७.१ परिषद्को कोष: ७.१.१ परिषद्को कोषमा देहायका रकमहरु रहनेछन् :– ७.१.१.१ नेपाल सरकारबाट प्राप्त रकम, ७.१.१.२ चिकित्सकहरुको नाम दर्ता दस्तुर बापत प्राप्त रकम, र ७.१.१.३ अन्य स्रोतबाट प्राप्त रकम । ७.१.२ परिषद्को कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
७.२ लेखा र लेखापरीक्षण : ७.२.१ कोषको आय–व्ययको लेखा तोकिए बमोजिम राखिनेछ । ७.२.२ कोषको लेखापरीक्षण तोकिए बमोजिम हुनेछ । ७.२.३ नेपाल सरकारले चाहे मा कोषको हिसाब किताब सम्बन्धी कागजात जुनसुकै बखत जाँच्न र जाचाउन सक्नेछ ।
परिच्छेद–८ शैक्षिक योग्यताको मान्यता
८.१ परिषद्ले मान्यता दिने : ८.१.१ परिषद्ले आयुर्वेद व्यवसाय सम्बन्धी शैक्षिक योग्यताको प्रमाणपत्र र अन्य उपाधिहरुलाई परिषद्मा नाम दर्ता गर्ने प्रयोजनको लागि तोकिए बमोजिम मान्यता प्रदान गर्नेछ । ८.१.२ उपदफा ८.१.१ बमोजिम मान्यता प्रदान गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र र उपाधिहरु नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
८.१क. विवरण माग गर्न सक्ने : दफा ८.१ को उपदफा ८.१.१ बमोजिम मान्यता प्रदान गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र र अन्य उपाधिहरु प्रदान गर्ने शिक्षण संस्थाले त्यस्तो प्रमाणपत्र र अन्य उपाधिहरुको निमित्त निर्धारित गरी गरेको पाठ्यक्रम तथा
भर्नाको लागि निर्धारित गरेको शर्तहरूको मूल्याङ्कनको लागि परिषद्ले समय समयमा त्यस्तो संस्थासँग विवरण माग गर्न सक्नेछ र सो विवरण उपलब्ध गराउनु त्यस्तो संस्थाको कर्तव्य हुनेछ ।
: ८.१ख. परीक्षाको निरीक्षण : दफा ८.१ को उपदफा ८.१.१ बमोजिम मान्यता प्रदान गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र र्वा अन्य उपाधिहरुको लागि सम्बन्धित शिक्षण संस्थाबाट लिइने परीक्षाहरु निरीक्षण गर्नको लागि परिषद्ले निरीक्षक नियुक्त गरी पठाउन सक्नेछ । यसरी नियुक्त गरिएको निरीक्षकले आफूले निरीक्षण गरेको परीक्षाको सम्बन्धमा परिषद्ले तोकेको विवरण खुलाई परिषद् समक्ष प्रतिवेदन पेश गर्नेछ । तथा निरीक्षकले त्यस्तो परीक्षामा कुनै किसिमको हस्तक्षेप गर्न पाउने छैन ।
:८.१ग. मान्यता हटाउने : ८.१ग.१ दफा ८.१क. बमोजिम प्राप्त विवरण र दफा ८.१ख. बमोजिम पेश गरिएको प्रतिवेदन उपर विचार गर्दा दफा ८.१ को उपदफा ८.१.१ बमोजिम मान्यता प्रदान गरिएको कुनै शैक्षिक योग्यताको प्रमाणपत्र र्वा उपाधिहरुको निमित्त सम्बन्धित शिक्षण संस्थाले निर्धारण गरेको पाठ्यक्रम, भर्नाका शर्तहरु तथा परीक्षा सञ्चालन विधि उपयुक्त एवं पर्याप्त छैन भन्ने लागेमा सो सम्बन्धमा परिषद्ले आफ्नो प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नेछ । ८.१ग.२ उपदफा ८.१ग.१ बमोजिम परिषद्को प्रतिवेदन प्राप्त भएपछि नेपाल सरकारले आवश्यक देखेमा सम्बन्धित शिक्षण संस्थासँग स्पष्टीकरण माग गर्न सक्नेछ र स्पष्टीकरण प्राप्त भएमा सो उपर विचार गरी अरु कुनै जाँचबुझ गर्नु पर्ने भए आवश्यक जाँचबुझ गरी सो समेतको आधारमा नेपाल सरकारले त्यस्तो शिक्षण संस्थाबाट कुनै खास मिति पछि प्रदान गरिएको आयुर्वेद सम्बन्धी शैक्षिक योग्यताको प्रमाणपत्र र्वा अन्य उपाधिको मान्यतालाई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी हटाउन सक्नेछ ।
परिच्छेद–९ विविध
९.१ असल नियतले गरेको काममा बचाउ : यो ऐन र नियमको अधीनमा रही असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमा परिषद् वा रजिष्टार जवाफदेही हुनेछैन ।
९.२ परिषद्को विघटन : ९.२.१ परिषद्ले यो ऐन र नियम बमोजिम आफूलाई प्राप्त अधिकार प्रयोग गर्न नसकेको वा अधिकारको दुरुपयोग गरेको वा प्राप्त अधिकार भन्दा बढी अधिकार प्रयोग गरेको वा यो ऐन र नियम बमोजिम परिषद्ले पालन गर्नुपर्ने कर्तव्य पालन गर्न नसकेको भन्ने नेपाल सरकारलाई लागेमा नेपाल सरकारले परिषद्लाई विघटन गर्न सक्नेछ । ९.२.२ उपदफा ९.२.१ बमोजिम परिषद् विघटन भएपछि नेपाल सरकारले अर्को परिषद् गठन नभएसम्म यो ऐन र नियम बमोजिम परिषद्ले गर्नुपर्ने सबै काम कारबाही आफुले गर्न वा कुनै समिति गठन गरी सो समितिबाट गराउन सक्नेछ । ९.२.३ उपदफा ९.२.१ बमोजिम परिषद् विघटन भएपछि सो परिषद्को कोष र अरु सम्पत्ति नेपाल सरकारले आफ्नो जिम्मा राखी अर्को परिषद् गठन भएपछि सो कोष र सम्पत्ति उक्त परिषद्लाई बुझाउनेछ । ९.२.४ उपदफा ९.२.१ बमोजिम परिषद् विघटन भएको साधारणतया तीन महीनाभित्र नेपाल सरकारले दफा २.३ बमोजिम अर्को परिषद्को गठन गर्नेछ ।
९.३ सजाय : ९.३.१ दफा ५.१ को बखिलाप आयुर्वेद चिकित्सा व्यवसाय गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ । ९.३.२ दफा ५.२ बमोजिमको अधिकार दुरुपयोग गर्ने दन्तवाला चिकित्सकलाई दुईहजार रुपैयाँसम्म जरिवाना र दुई महीनासम्म कैद वा दुवै सजाय हुनेछ । ९.३.३ दफा ६.१ बमोजिम आयुर्वेद विभागको स्वीकृति नलिई आयुर्वेदिक औषधि उत्पादन गर्ने व्यक्तिलाई तिनहजार रुपैयाँसम्म जरिवाना र छ महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।
९.३.४ दफा ६.२ को बखिलाफ हुने गरी आयुर्वेदिक औषधि बिक्री वितरण गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
९.३.५ यस दफामा लेखिएका बाहेक यो ऐन वा नियमको बखिलाफ हुने कुनै काम गर्ने व्यक्तिलाई दुईहजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
९.३क. अनुसन्धान तहकिता गर्ने तथा मुद्दा चलाउने अधिकारी : दफा ५.१ र ५.२ बमोजिमको कसुरको अनुसन्धान तहकिता गर्ने तथा मुद्दा चलाउने अधिकारी वा निकाय र तत्सम्बन्धी कार्यविधि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिए बमोजिम हुनेछ।
९.४ यो ऐनको उद्देश्य कार्यान्वयन गर्न परिषद्ले आवश्यक नियमहरु बनाउन सक्नेछ र त्यस्तो नियमहरु नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र लागू हुनेछ ।
९.५ विनियम बनाउने अधिकार : परिषद्ले आफ्नो दैनिक कार्य सञ्चालनको लागि यो ऐन र नियमको अधीनमा रही नेपाल सरकारको स्वीकृतमा रही विनियमहरु बनाउन सक्नेछ ।
: पहिलो संशोधनद्वारा थप । $\rho$ पहिलो संशोधनद्वारा संशोधित । द्रष्टव्य :– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तरित भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
परिच्छेद–६ आयुर्वेदि औषधि उत्पादन र बिक्री–वितरणपहिलो संशोधनद्वारा संशोधित ।