बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली नियमावली, २०५९ नेपाल राजपत्रमा प्रकाशित मिति २०५९।८।१२
संशोधन १. बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली (पहिलो संशोधन) नियमावली, २०६० २०६०।१०।२९ २. बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली (दोस्रो संशोधन) नियमावली, २०७० २०७०।१।३०
बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली नियमावली, २०५९” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अको अर्थ लगाएमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ सम्झनु पर्छ। (ख) “उजुरी निवेदन” भन्नाले ऐनको दफा १५ को उपदफा (१) बमोजिम बैङ्क वा वित्तीय संस्थाले न्यायाधिकरण समक्ष पेश गरेको उजुरी निवेदन सम्झनु पर्छ। (ग) “श्रेस्तेदार” भन्नाले नियम ३२ बमोजिम न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणको सामान्य प्रशासन सम्बन्धी काम गर्न नेपाल सरकारले तोकेको अधिकृत सम्झनु पर्छ।
परिच्छेद–२ उजुरी निवेदन सम्बन्धी व्यवस्था
३. उजुरी निवेदन दिनु पर्ने : बैङ्क वा वित्तीय संस्थाले उजुरी निवेदन दिँदा अनुसूची-१ बमोजिमको ढाँचामा पाँच रूपैयाँ उजुरी निवेदन दस्तुर र दाबी रकमको ०.२५ प्रतिशतले हुन आउने ऋण असुली शुल्क बापतको रकम समेत संलग्न गरी न्यायाधिकरण समक्ष उजुरी निवेदन दिनु पर्नेछ।
४. उजुरी निवेदनामा खुलाउनु पर्ने कुराहरू : नियम ३ बमोजिम दिने उजुरी निवेदनामा देहायका कुराहरू खुलाउनु पर्नेछ :– (क) निवेदक र प्रतिवादी प्रत्येकको पूरा नाम, थर र रिति, (ख) ऐनको भ्यादभित्र उजुरी निवेदन दायर गरे नगरेको र उजुरी निवेदन दस्तुर तथा ऋण असुली शुल्क बापत अनिम रूपमा बुझाउनु पर्ने रकम संलग्न गरे, नगरेको, (*ग) ऋण असुल उपर गर्ने सम्बन्धमा बैङ्क वा वित्तीय संस्थाले ऋणीसँग पटक पटक पत्राचार, छलफल वा वार्ता वा त्यस्तो ऋणको पुनतालिकीकरण, पुनर्संरचना वा त्यस्तै किसिमका अन्य क्रियाकलाप गरे, नगरेको, (ग१) ऋण असुल उपर गर्ने सम्बन्धमा बैङ्क वा वित्तीय संस्थाले ऋणीलाई ऋण चुक्ता गरिथुन् आउने निश्चित अवधि तोकी सो भ्याद भित्र ऋण चुक्ता गरिथुन् नआएमा निजका विरुद्ध आवश्यक कानूनी कारबाही चलाइने व्यहोराको वा बैङ्क वा वित्तीय संस्थामा धितो राखिएको चल वा अचल सम्पत्ति लिलाम बिक्री गर्ने सम्बन्धी सार्वजनिक सूचना राष्ट्रियस्तरको कुनै दैनिक पत्रिकामा प्रकाशित गरे, नगरेको वा धितो राखिएको चल अचल सम्पत्ति लिलाम बिक्री गर्ने कारबाही चलाउँदा समेत कुनै कारणले लिलाम बिक्री नभए, भएको, (घ) ऋणीसँग ऋण असुल उपर गर्ने सम्बन्धमा प्रचलित कानून बमोजिम कुनै अड्डा अदालतमा कुनै मुद्दा दायर गरे, नगरेको, (ङ) एकजना भन्दा बढी प्रतिवादी भएमा निजहरू सबैलाई पठाउन पुग्ने गरी उजुरी निवेदनको प्रतिलिपि संलग्न राखे, नराखेको, (च) उजुरी निवेदनामा उल्लेखित दाबीलाई पुष्टि हुने गरी आवश्यक प्रमाण तथा कागजातहरू संलग्न राखे, नराखेको।
५. रीत पुगेको उजुरी निवेदन दर्ताथुन्नु पर्ने : नियम ४ बमोजिमको उजुरी निवेदनामा खुलाउनु पर्ने कुरा खुलाइ वा संलग्न हुनु पर्ने कागजात संलग्न भई प्राप्त हुनु आएको उजुरी निवेदनलाई श्रेस्तेदारले रीत पुगेको व्यहोरा खुलाई त्यस्तो उजुरी निवेदन दरपीठ गरी सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई वफताथ गर्नु पर्नेछ।
६. उजुरी निवेदन दर्ता गरी निस्सा दिनु पर्ने : कुनै बैङ्क वा वित्तीय संस्थाले दिएको उजुरी निवेदन ऐन तथा यस नियमावली बमोजिम रीत पुगेको देखि आएमा श्रेस्तेदारले त्यस्तो उजुरी निवेदन दर्ता गरी सोको निस्सा सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई दिनु पर्नेछ।
७. उजुरी निवेदनको जाँचबुझ र खारेजी: (१) कुनै उजुरी निवेदन दायर भएपछि न्यायाधिकरणले सो सम्बन्धमा देहायका कुराहरूको जाँचबुझ गर्नेछ :- (क) ऋण असुल उपरको लागि लिइएको दाबीको आधार स्पष्ट छ, छैन, (ख) उजुरी निवेदन साथ संलग्न प्रमाण तथा कागजातहरू दाबीलाई पुष्टि गर्न पर्याप्त छन्, छैनन्, (२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा उजुरी निवेदनमा उल्लेखित दाबीका आधारहरू स्पष्ट नभई दाबी लाग्न नसक्ने देखेमा न्यायाधिकरणले उजुरी निवेदन खारेज गर्न सक्नेछ। (३) उजुरी निवेदनसाथ संलग्न प्रमाण तथा कागजातहरूबाट दाबी पुष्टि हुन सक्ने देखेमा न्यायाधिकरणले सम्बन्धित बैंक वा वित्तीय संस्थालाई सात दिनको म्याद दिई थप आवश्यक प्रमाण तथा कागजातहरू पेश गर्न आदेश दिन सक्नेछ। यसरी तोकिएको म्यादभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले थप आवश्यक प्रमाण तथा कागजातहरू पेश गर्न नसकेमा वा पेश गरेको कागजातबाट दाबी पुष्टि हुन नसक्ने देखेमा न्यायाधिकरणले त्यस्तो उजुरी निवेदन खारेज गर्न सक्नेछ। (४) न्यायाधिकरणले उपनियम (२) वा (३) बमोजिम उजुरी निवेदन खारेज गरेमा सोको जानकारी उजुरी निवेदन खारेज गरेको मितिले सात दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थालाई दिनु पर्नेछ।
परिरिच्छेद–३ म्याद तामेली र प्रमाण बुझ्ने सम्बन्धी व्यवस्था
८. प्रतिउत्तरपत्र पेश गर्न म्याद जारी गर्ने : (१) न्यायाधिकरणमा उजुरी निवेदन दर्ता भएपछि सो मितिले पन्ध्र दिन भित्र *सो उजुरी निवेदनको एक प्रति प्रतिलिपि समेत संलग्न राखी सम्बन्धित प्रतिवादीका नाउँमा अनुसूची-२ बमोजिमको ढाँचामा न्यायाधिकरणले म्याद जारी गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम जारी भएको म्याद तामेल गर्दा प्रतिवादी वा निजका एकाघर परिवारका कुनै सदस्यलाई बुझाई तामेल गर्नु पर्दछ। यसरी बुझाउँदा प्रतिवादी वा निजको एकाघर परिवारको कुनै सदस्य फेला नपरेमा वा निजको घर डेरा पत्ता नलागेमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको कुनै सदस्य वा प्रतिनिधि वा कुनै दुईजना स्थानीय व्यक्तिलाई रोहबरमा राखी सो म्याद प्रतिवादीको घर डेरा भएको सार्वजनिक स्थानमा टाँस्नु पर्नेछ र सो बमोजिम म्याद टाँसिएपछि प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि रीतपूर्वक म्याद तामेल भएको मानिनेछ।
तर बैंक वा वित्तीय संस्थाले गलत ठेगाना लेखिदिएको वा न्यायाधिकरणद्वारा गलत ठेगाना उल्लेख गरेको कारणले प्रतिवादी वा निजको घर डेराको पत्ता नलागेको रहेछ भने त्यसरी म्याद ठुँइँदैमा रीतपूर्वक म्याद तामेल भएको मानिने छैन।
(३) उपनियम (२) बमोजिमको म्याद तामेल गर्न जाने कर्मचारीले बाटाका म्याद बाहेक, सामान्यतः दुई दिनभित्र म्याद तामेल गरी सक्नु पर्नेछ।
(४) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै फर्म, कम्पनी वा संस्था प्रतिवादी भई त्यस्तो प्रतिवादीका नाउँमा प्रतिउत्तरपत्र पेश गर्न म्याद जारी गर्दा यस्तो फर्म, कम्पनी वा संस्थाको रजिष्टर्ड कार्यालयमा हुलाक मार्फत रजिष्ट्री गरी पठाएमा वा त्यस्तो कार्यालयको टेलिफ्याक्स, इमेल वा अन्य विद्युतीय सञ्चार माध्यमबाट पठाएमा त्यस्तो म्याद रीतपूर्वक तामेल भएको मानिनेछ। ☒
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै प्रतिवादीका नाउँमा म्याद जारी गर्दा त्यस्तो म्याद जारी हुन नसकेको प्रतिवेदन पर्ख आएमा सम्बन्धित प्रतिवादीको नाउँमा जारी भएको म्याद सम्बन्धी सूचना रेडियो, टेलिभिजन वा राष्ट्रिय स्तरको कुनै पत्रपत्रिकामा प्रसारण वा प्रकाशन गर्न सकिनेछ। त्यसरी प्रसारण वा प्रकाशन भएको अवस्थामा त्यस्ता प्रतिवादीका नाउँमा त्यस्तो म्याद यस नियमावली बमोजिम रीतपूर्वक तामेल भएको मानिनेछ। ⧫
९. म्याद थमाउन सक्ने : (१) नियम ८ बमोजिम प्रतिवादीलाई प्रतिउत्तरपत्र पेश गर्न जारी गरेको म्याद प्रतिवादीको काबू बाहिरको परिस्थिति परी गुज्रिन गई प्रतिवादीले प्रतिउत्तरपत्र पेश गर्न नसकेमा सोको कारण खोली गुज्रिएको म्याद थमाई पाउनका लागि न्यायाधिकरण समक्ष गुज्रिएको मितिले पन्ध्र दिनभित्र निवेदन दिएमा र त्यस्तो निवेदनको व्यहोरा मनासिब देखिएमा न्यायाधिकरणले प्रतिवादीलाई प्रतिउत्तरपत्र पेश गर्न पन्ध्र दिनसम्मको म्याद थप गर्न सक्नेछ।
(२) ऐन तथा यस नियमावली बमोजिम कारबाही चल्न रहेको कुनै मुद्दामा तारेखमा बसेको कुनै निवेदक वा प्रतिवादीले त्यस्तो तारेख गुजारेमा गुज्रिएको तारेख थमाउन पाउने छैन।
तर निवेदक वा प्रतिवादीको काबू बाहिरको परिस्थितिले गर्दा तारेख गुज्रिन गई गुज्रिएको मितिले पन्ध्र दिनभित्र न्यायाधिकरण समक्ष निवेदन दिएमा र त्यस्तो निवेदनको व्यहोरा मनासिब देखिएमा न्यायाधिकरणले निवेदक वा प्रतिवादीलाई पन्ध्र दिनसम्मको तारेख थामी दिन सक्नेछ।
⧫ पहिलो संशोधनद्वारा थप। ☒ पहिलो संशोधनद्वारा संशोधित।
१०. प्रमाण बुझ्ने : (१) लिखितको प्रकृतिबाट निवेदकसिँग रहनु पर्ने वा निजले पेश गर्न सक्ने लिखित प्रमाणको सक्कल र सोको एक प्रति नक्कल उजुरी निवेदन साथ पेश गर्नु पर्नेछ। (२) लिखितको प्रकृतिबाट प्रतिवादीसिँग रहनु पर्ने वा निजले पेश गर्न सक्ने लिखित प्रमाणको सक्कल र सोको एक प्रति नक्कल प्रतिउत्तरपत्रका साथ पेश गर्नु पर्नेछ। (३) निवेदक वा प्रतिवादीले उपनियम (१) र (२) बमोजिम पेश नगरेका लिखित प्रमाण पछि बुझ्ने वा प्रमाणमा लाग्ने छैन। तर देहायका अवस्थामा देहाय बमोजिम लिखित प्रमाण दाखिला गर्न वा बुझ्न सकिनेछ :– (क) न्यायाधिकरणमा दाखिला गर्न नसकिने लिखित प्रमाणका हकमा त्यस्तो लिखितको नक्कल मात्र दाखिला गर्न सकिनेछ। (ख) निवेदक वा प्रतिवादीले कुनै नयाँ वा महत्त्वपूर्ण लिखित प्रमाण उजुरी निवेदन वा प्रतिउत्तरपत्र दिँदाका बखत निजले हरमगदुर कोशिश गर्दा पनि थाहा नपाएको वा प्राप्त गर्न नसकेकोले त्यस्तो लिखित थाहा पाएपछि वा प्राप्त भएपछि पेश गर्न न्यायाधिकरण समक्ष निवेदन दिएमा र सो व्यहोरा मनासब देखिएमा न्यायाधिकरणले सो कुराको पछातखडा गरी त्यस्तो लिखित प्रमाण बुझ्न सक्नेछ। (ग) कुनै मनासब कारण देखाई निवेदक वा प्रतिवादीले कुनै लिखित प्रमाण पेश गर्न अकोतारेख तोकी पाउँ भनी निवेदन गरेमा न्यायाधिकरणले सो लिखित प्रमाण पेश गर्न मनासबमाफकको मौका दिई अकोटारेख तोकिदिन सक्नेछ। (४) सबूत प्रमाण बुझ्ने भनी तोकिएको तारेखमा निवेदकको प्रमाणको कागज प्रतिवादीलाई र प्रतिवादीको प्रमाणको कागज निवेदकलाई सक्कलै देखाई सुनाई सक्ते, किते वा जालसाजी जे हुन्छ सोही व्यहोराको बयान गराउनु पर्नेछ। यसरी बयान गराउँदा सोही बखत सक्ते, किते वा जालसाजी छुट्याउन सकिने नभई न्यायाधिकरणको तजनबजले भर्याद दिनुपर्ने ठहर्याएमा तीन दिनसम्मको भर्याद दिन सक्नेछ। (५) उजुरी निवेदन वा प्रतिउत्तरपत्रमा लिखित प्रमाण भनी उल्लेख भएका कागजातिहरू निवेदक वा प्रतिवादीले न्यायाधिकरण समक्ष पेश गरेपछि सोको प्रतिलिपि तयार गरी श्रेस्तेदारले त्यस्तो नक्कल सक्कलसँग रूजु गरी नक्कल दुरूस्त देखेमा सक्कल बमोजिम नक्कल दुरूस्त छ भन्ने व्यहोरा सो कागजात पेश गर्ने निवेदक वा प्रतिवादीबाट त्यसै कागजमा लेखाई निजको सहीछाप गरी नमनसिल साथ राख्नु पर्नेछ। (६) उपनियम (५) बमोजिमका सक्कल कागजातिहरूमा क्रमसँग नम्बर चढाई सोको विपठमा अड्डाको छाप लगाई सक्कल कागजातिहरू सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ।
११. अनुपस्थित प्रतिवादीका तर्फबाट अरूले प्रमाण पेश गर्न सक्ने : कुनै मुद्दामा यस नियमावली बमोजिम जारी भएको म्यादमा प्रतिवादीले प्रतिउत्तर पेश गर्न नसकेको कुनै मनासिब कारण देखाई निजका एकाघर परिवारको कुनै हकवाला वा अन्य कुनै व्यक्तिले सो म्याद भुक्तान भएको मितिबाट सात दिनभित्र निवेदकको दाबी खण्डन हुने कुनै प्रमाण पेश गरेमा न्यायाधिकरणले सो प्रमाण समेत बुझी मुद्दाको कारबाही र किनारा गर्नु पर्दछ।
१२. प्रमाण बुझी सकेपछि पनि तारेखमा बस्न पनि हुने : (१) न्यायाधिकरणले निवेदक र प्रतिवादी दुवै पक्षको प्रमाण बुझी सकेपछि कुनै पक्षले चाहेमा न्यायाधिकरणको अनुमति लिई तारेखमा बस्न पनि सक्नेछ। (२) निवेदकले आफ्नो प्रमाण पेश गरेपछि निजले मात्र वा प्रतिवादीले समेत तारेख गुजारे पनि मुद्दा डिस्मिस फैसला गर्नु हुँदैन र बुझिसकेका प्रमाणका आधारमा मुद्दाको कारबाही र किनारा गर्नु पर्दछ।
१३. साक्षी बुझ्ने : (१) साक्षीको नाउँमा म्याद जारी गर्न न्यायाधिकरणबाट आदेश भएपछि श्रेस्तेदारले म्याद तयार गरी पठाउनु पर्दछ। (२) उपनियम (१) बमोजिम श्रेस्तेदारले म्याद पठाउँदा सात दिनको म्याद दिनु पर्दछ।
१४. साक्षी बकाउने : (१) तारेखको दिन न्यायाधिकरणको कारबाही सुरु हुनेुसाथ सो दिन हाजिर रहेका निवेदक र प्रतिवादीबाट निजिरूको साक्षीको नामावली लिई मिसिलसाथ राखी बकपत्र गराउनका लागि श्रेस्तेदारले न्यायाधिकरण समक्ष पेश गर्नु पर्दछ। (२) साक्षी बुझ्न तोकिएको दिन अपरान्ह दुई बजेसम्म पनि अर्को पक्ष उपस्थित नभए उपस्थित पक्षको साक्षीको बकपत्र गराउने कार्य रोक्नु हुँदैन।
१५. लिखित प्रमाण पेश गर्न आदेश दिन सक्ने : प्रचलित कानूनले प्रमाण लाग्न सक्ने कागजपत्र, नक्सा, सूचना, विवरण आदि कुनै कारणले न्यायाधिकरण समक्ष पेश हुन नसकेको रहेन भने मुद्दा पेशी सूचीमा चढ्नु भन्दा अगावै न्यायाधिकरणले त्यस्तो प्रमाण पेश गर्न सम्बन्धित पक्षलाई आदेश दिन सक्नेछ।
परिच्छेद–४ निर्णय सम्बन्धी व्यवस्था
१६. निर्णय गर्नु पर्ने अवधि : उजुरवाला वा प्रतिवादीका तर्फबाट न्यायाधिकरणले बुझ्नु पर्ने प्रमाण बुझी मुद्दा छिन्न अङ्ग पुगी सकेपछि ऐकको दफा १७ ले तोकेको म्यादका अधीनमा रही सो मुद्दा छिन्न अङ्ग पुगी सकेको मितिबाट पन्ध्र दिनभित्र मुद्दाको निर्णय गरि सक्नु पर्दछ।
१७. निर्णय र आदेशको ढाँचा : न्यायाधिकरणबाट हुने निर्णय अनुसूची-३ बमोजिमको ढाँचामा र अन्य आदेश अनुसूची-४ बमोजिमको ढाँचामा हुनेछ।
१८. निर्णय वा आदेशमा हेरफेर गर्न नहुने : सदस्यहरूको सही भइसकेको निर्णय वा आदेशमा भाषगत र छपाइसम्बन्धी सामान्य त्रुटि बाहेक अन्य कुनै पनि व्यक्तिले हेरफेर गर्न हुँदैन।
१९. निर्णयको कार्यान्वयन : (१) न्यायाधिकरणबाट निर्णय भई ऐनको दफा २१ बमोजिम सो निर्णय कार्यान्वयनको लागि ऋण असुली अधिकृतको नाममा आदेश जारी भएपछी सो आदेश बमोजिमको अधीनतर निर्णयको कार्यान्वयन गर्नु पर्नेछ। (२) ऋण असुली अधिकृतले उपनियम (१) बमोजिम निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा आवश्यकता परेमा स्थानीय प्रशासन र प्रहरीको सहयोग माग्न सक्नेछ। यसरी ऋण असुली अधिकृतबाट सहयोग माग भई आएमा स्थानीय प्रशासन र प्रहरीले निजलाई सहयोग पुर्याउनु पर्नेछ।
२०. मिलापत्रको कार्यान्वयन : (१) ऐनको दफा २० को उपदफा (१) बमोजिम न्यायाधिकरण वा पुनरावेदन दिने न्यायाधिकरणबाट मिलापत्र गराइदिएर गरी निर्णय भएकोमा सो मिलापत्रको कार्यान्वयन सम्बन्धित पक्षहरू स्वयंले गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम कुनै पक्षले मिलापत्रको कार्यान्वयन नगरेको कारणले ऐनको दफा २० को उपदफा (३) बमोजिम ऋण असुली अधिकृतलाई न्यायाधिकरण वा पुनरावेदन दिने न्यायाधिकरणले आदेश दिएकोमा निजले सो मिलापत्र कार्यान्वयन गराउनु पर्नेछ। (३) उपनियम (२) बमोजिम मिलापत्र कार्यान्वयन गराउँदाको कार्यविधि न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले गरेको निर्णय कार्यान्वयन गर्दाको कार्यविधि सरह हुनेछ।
परिच्छेद–५ पुनरावेदन सम्बन्धी व्यवस्था
२१. पुनरावेदन दिन सक्ने : ऐन तथा यस नियमावली बमोजिम न्यायाधिकरणले गरेको निर्णय उपर पुनरावेदन गर्नु पर्दा पाँच रूपैयाँ दस्तुर संलग्न राखी अनुसूची–५ बमोजिमको ढाँचामा पुनरावेदन न्यायाधिकरण समक्ष पुनरावेदनपत्र पेश गर्नु पर्नेछ।
२२. पुनरावेदनपत्रमा खुलाउनु पर्ने कुराहरू : नियम २१ बमोजिम दिइने पुनरावेदनपत्रमा देहायका कुराहरू खुलाउनु पर्नेछ :– (क) पुनरावेदकको नाम, थर र वित्त, (ख) प्रत्यर्थी गराइने व्यक्ति वा संस्थाको नाम, थर र वित्त, (ग) जुन निर्णयमा चित्त नबुझेको हो सो निर्णय गर्ने न्यायाधिकरणको नाम, (घ) सुरु मुद्दामा निवेदक वा प्रतिवादी भनिएको कुरा, (ङ) निर्णय भएको मिति र सोको विवरण, (च) सुरु मुद्दामा दाबी गरेको बिगो र त्यस्तो मुद्दामा कायम भएको बिगो,
(छ) निर्णयमा चित्त नबुझेका कुराहरू, त्यसको कारण र पुनरावेदनपत्रमा माग गरेको कुरा, (ज) पुनरावेदन गरेको मुद्दामा बिगो खुल्न नसकेको भए त्यस्तो बिगोको अनुमानित मूल्य, (झ) अन्य पक्ष वा प्रत्यर्थीको पुनरावेदन परे, नपरेको कुरा थाहा भए सो कुरा, (ञ) पुनरावेदन कुन कानून अन्तर्गतको हो भन्ने कुरा, (ट) हद म्यादभित्र पुनरावेदन परेको कुरा, (ठ) अन्य आवश्यक कुरा।
२३. पुनरावेदनपत्रको जाँचबुझ र दर्ता : (१) पुनरावेदन न्यायाधिकरण समक्ष प्राप्त हुन आएको पुनरावेदन नियम २१ र २२ बमोजिम रीत पुगे नपुगेको जाँची रीत पुगेको भए त्यस्तो पुनरावेदनपत्र दर्ता गरी सोको निस्सा सम्बन्धित पुनरावेदकलाई दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिम पुनरावेदनपत्र जाँच गर्दा रीत नपुगेको देखिन आएमा रीत नपुगेको व्यहोरा खुलाई दरपीठ गरी त्यस्तो पुनरावेदनपत्र फिर्ता गनुथ पर्नेछ।
२४. पुनरावेदनपत्र दर्ता गरी सकेपछिको कार्यविधि: (१) पुनरावेदन न्यायाधिकरणले पुनरावेदनपत्र दर्ता भएको मुद्दाको मिसिल सम्बन्धित न्यायाधिकरणबाट झिकाउनु पर्नेछ। (२) उपनियम (१) बमोजिम न्यायाधिकरणबाट झिकाएको मुद्दाको मिसिल पुनरावेदन न्यायाधिकरणमा प्राप्त भएपछि सो पुनरावेदन उपर कारबाही र किनारा गर्नका लागि श्रेस्तेदारले पेशी तारेख तोकी सो मुद्दा साप्ताहिक दैनिक पेशी सूचीमा चढाइ पुनरावेदन न्यायाधिकरण समक्ष पेश गनुथ पर्नेछ। (३) मुद्दा सम्बन्धी पुनरावेदनपत्र र पेश भएका वकालतनामा सबै पुनरावेदन मिसिलमा समावेश गनुथ पर्नेछ।
२५. प्रतिउत्तर पेश गनथ म्याद जारी गने : (१) पुनरावेदन न्यायाधिकरणमा पुनरावेदनपत्र दर्ता भएपछि पुनरावेदनपत्र र सोसाथ संलग्न प्रमाण तथा कागजातहरूको एक, एक प्रति प्रतिलिपि समेत संलग्न राखी सम्बन्धित प्रत्यर्थीका नाउँमा प्रतिउत्तर पेश गर्नका लागि अनुसूची–६ बमोजिमको ढाँचामा पुनरावेदन न्यायाधिकरणले म्याद जारी गनुथ पर्नेछ। (२) उपनियम (१) बमोजिम म्याद जारी गर्दा नियम ८ को उपनियम (२), (३) र (४) बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ।
२६. म्याद थमाउन सक्ने : नियम २५ बमोजिम प्रत्यर्थीलाई प्रतिउत्तर पेश गर्न जारी गरेको म्याद प्रत्यर्थीको काबु बाहिरको परिस्थिति परी गुज्रन गएमा कारण खुलाई पन्ध्र दिनभित्र निवेदन पर्न आएमा पुनरावेदन न्यायाधिकरणले नियम ९ बमोजिम म्याद थप गनथ सक्नेछ।
परिच्छेद–६ ऋण असुली सम्बन्धी व्यवस्था
२७. ऋण असुली अधिकृतको काम, कर्तव्य र अधिकार : (१) ऋण असुली अधिकृतले न्यायाधिकरणको आदेश प्राप्त भएपछि ऋणी वा जमानत दिने व्यक्तिले धितोमा राखेको चल अचल सम्पत्तिले ऋणको साँवा ब्याज रकम खाप्न नसक्ने भई ऋणीको वा जमानत दिने व्यक्तिको अन्य चल अचल सम्पत्ति समेतबाट असुल उपर गर्नु पर्ने भएमा त्यस्तो चल अचल सम्पत्ति रोक्का राख्न तत्काल सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ।
(२) न्यायाधिकरणको आदेश प्राप्त भएपछि सो आदेशमा तोकिएको हयादको अधिमाराही ऋण असुली अधिकृतले देहाय बमोजिम ऋण असुल उपर गरिदिनु पर्नेछ:– (क) ऋणीलाई बढीमा सात दिनको हयाद दिई निजले बैङ्क वा वित्तीय संस्थालाई बुझाउनु पर्ने ऋणको सम्पूर्ण साँवा ब्याज रकम बुझाउन ल्याउन आदेश दिने, (ख) ऋणीले खण्ड (क) बमोजिमको हयादभित्र त्यस्तो ऋणको साँवा ब्याज रकम बुझाउन नल्याएमा ऋणीले धितो राखेको वा नराखेको चल अचल सम्पत्ति कब्जा गर्ने, (ग) ऋणीले धितो नराखेको वा त्यस्तो धितो राखेको चल अचल सम्पत्तिले साँवा ब्याज रकम खाप्न नसक्ने भई कसैले जमानत दिएकोमा त्यस्तो जमानत दिने व्यक्तिको चल अचल सम्पत्ति कब्जा गर्ने, (घ) खण्ड (ख) वा (ग) बमोजिम कब्जा गरिएको चल अचल सम्पत्ति लिलाम बिक्री गर्ने।
२८. ऋण असुली सम्बन्धी कार्यविधि : (१) ऋणीले धितो राखेको वा जमानत दिने व्यक्तिले जमानी दिएको चल अचल सम्पत्ति निजले भोग चलन गरिरहेको अवस्थामा त्यस्तो चल अचल सम्पत्तिको भोग चलन निजबाट छुटाउनु पर्ने भएमा कम्तीमा दुई जना स्थानीय व्यक्ति र सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको प्रतिनिधिको रोवरमा त्यस्तो सम्पत्ति रहेको स्थानमा प्रवेश गरी ऋण असुली अधिकृतले आफ्नो कब्जामा लिनु पर्नेछ र यसरी कब्जामा लिँदा कब्जामा लिएका सम्पत्तिरूको लगत खडा गरी सोही व्यहोराको मुचुल्का उठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम कब्जामा लिएको सम्पत्तिले ऋणको साँवा ब्याज रकम खाप्न नसक्ने भई ऋणीको अन्य चल अचल सम्पत्ति निजको भोग चलनबाट छुटाउनु पर्ने भएमा कम्तीमा दुई जना स्थानीय व्यक्ति र सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको प्रतिनिधिको रोवरमा त्यस्तो सम्पत्ति रहेको स्थानमा प्रवेश गरी ऋण असुली अधिकृतले आफ्नो कब्जामा लिनु पर्नेछ र यसरी कब्जामा लिँदा कब्जामा लिएका चल अचल सम्पत्तिरूको लगत खडा गरी सोही व्यहोराको मुचुल्का उठाउनु पर्नेछ।
२९. लिलाम बिक्रीको कार्यविधि : (१) ऋण असुली अधिकृतले नियम २८ बमोजिम आफ्नो कब्जामा लिएको चल अचल सम्पत्ति लिलाम गरी रकम असुल उपर गर्नु पर्नेछ।
*(२) उपनियम (१) बमोजिम लिलाम गर्दा अचल सम्पत्तिको हकमा पैंतीस दिन र चल सम्पत्तिको हकमा पन्ध्र दिनको म्याद दिएर राष्ट्रिय स्तरको दैनिक पत्रिकामा लिलाम बिक्री गर्ने प्रयोजनको लागि सिलबन्दी बोलपत्र आह्वान वा डाँक बढाबढको सूचना प्रकाशन गर्नु पर्नेछ।
(२क) उपनियम (२) बमोजिम प्रकाशित सूचनाको आधारमा परेको सिलबन्दी बोलपत्र स्थानीय प्रशासनको प्रतिनिधि र बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोली मूल्याङ्कन गर्नु पर्नेछ। त्यसरी मूल्याङ्कन गर्दाथ उपनियम (३) बमोजिम कायम भएको मूल्यको अधिममा रही सबैभन्दा बढी मूल्य भरेको बोलपत्रदाताको बोलपत्र स्वीकृत गरी त्यस्तो बोलपत्रदातालाई सो सम्पत्ति लिलाम बिक्री गर्नु पर्नेछ।
(२ख) उपनियम (२) बमोजिम प्रकाशित सूचनाको आधारमा डाँक बढाबढको माध्यमद्वारा लिलाम बिक्री गर्दाथ स्थानीय प्रशासनको प्रतिनिधि र कम्तीमा दुईजना स्थानीय व्यक्तिहरूको रोहबरमा उपनियम (३) बमोजिम कायम भएको मूल्यको अधिममा रही सो सम्पत्ति लिलाम बिक्री गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम चल अचल सम्पत्ति लिलाम बिक्री गर्नु अघि स्थानीय प्रशासनको प्रतिनिधि, जिल्ला मालपोत कार्यालयको प्रतिनिधि र स्थानीय निकायको प्रतिनिधिको रोहबरमा ऋण असुली अधिकृतले त्यस्तो चल अचल सम्पत्तिको प्रचलित बजार मूल्यलाई समेत ध्यानमा राखी मूल्य कायम गर्नु पर्नेछ। त्यसरी चल अचल सम्पत्तिको मूल्य कायम गर्दा सम्बन्धित विशेषज्ञ समेतको राय लिन सकिन्छ।
(४) उपनियम (२क) वा (२ख) बमोजिम लिलाम बिक्री गर्दाथ त्यस्तो चल अचल सम्पत्तिको उपनियम (३) बमोजिम कायम गरिएको मूल्य भन्दा घटी मूल्य पर्न आएमा अर्को पटक अचलको हकमा पन्ध्र दिन र चल सम्पत्तिको हकमा सात दिनको म्याद दिएर राष्ट्रिय स्तरको पत्र–पत्रिकामा सूचना प्रकाशन गरी त्यस्तो सम्पत्तिको लिलाम बिक्री गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम दोस्रो पटक चल अचल सम्पत्तिको लिलाम बिक्री गर्दाथ पनि उपनियम (३) बमोजिम कायम भएको मूल्य भन्दा घटी मूल्य पर्न आएमा तेस्रो पटक अचल सम्पत्तिको हकमा दस दिन र चल सम्पत्तिको हकमा पाँच दिनको समय दिएर राष्ट्रिय स्तरको पत्र–पत्रिकामा सूचना प्रकाशन गरी त्यस्तो सम्पत्ति लिलाम बढाबढ गर्नु पर्नेछ। यसरी तेस्रो पटक लिलाम बिक्री गर्दाथ पनि उपनियम (३) बमोजिमको मूल्यभन्दा कम मूल्य प्राप्त हुन आएमा त्यस्तो चल अचल सम्पत्ति सम्बन्धित बैङ्क वा वित्तीय
* पहिलो संशोधनद्वारा संशोधित। + पहिलो संशोधनद्वारा थप। * पहिलो संशोधनद्वारा संशोधित।
संस्थाले निर्धारित मूल्यमा सकार गर्नु पर्नेछ। त्यसरी बैङ्क वा वित्तीय संस्थाले चल अचल सम्पत्ति सकारे पछि त्यस्तो बैङ्क वा वित्तीय संस्थाको ऋण चुक्ता भएको मानी हिसाब मिलान गरिन्छ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनका लागि चल सम्पत्ति भन्नाले नगद बाहेकको चल सम्पत्ति सम्झनुपर्छ।
२९क. लिलाम बिक्री गर्दा लागेको खर्च : (१) ऋण असुली अधिकृतले नियम २८ बमोजिम आफ्नो कब्जामा लिएको चल अचल सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गर्दा त्यस्तो लिलाम बिक्री गर्ने सिलसिलामा लागेको सम्पूर्ण खर्च कटाई बाँकी रहि आएको रकमबाट सम्बन्धित बैङ्क वा वित्तीय संस्थाले पाउनु पर्ने रकम त्यस्तो बैङ्क वा वित्तीय संस्थालाई दिलाई दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम लिलाम बिक्री गर्ने सिलसिलामा लागेको सम्पूर्ण खर्च र बैङ्क वा वित्तीय संस्थाले पाउनुपर्ने रकम कटाई बाँकी रहि आएको रकम सम्बन्धित ऋणी वा जमानत दिने व्यक्तिलाई फिर्ता दिनु पर्नेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि न्यायाधिकरणले आवश्यक ठानेमा चल अचल सम्पत्ति लिलाम बिक्री गर्नु भन्दा अगावै पनि लिलाम बिक्री गर्दा लाग्ने अनुमानित खर्च सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई अग्रिम रूपमा दाखिला गर्न लगाउन सक्नेछ।
२९ख. पुरस्कार दिने : ऋणीले धितो राखेको वा जमानत दिने व्यक्तिले जमानत दिएको हिसाबको रकम बापत धितो राखेको सम्पत्तिबाट बैङ्क वा वित्तीय संस्थाले पाउनुपर्ने ऋण रकम चुक्ता हुन नसकेको र ऋणी वा जमानत दिने व्यक्तिको अन्य सम्पत्ति फेला नपरेको अवस्थामा कुनै व्यक्तिले त्यस्तो व्यक्तिको कुनै सम्पत्तिको बारेमा न्यायाधिकरणलाई लिखित जानकारी गराएको आधारमा फेला परेको सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकमबाट न्यायाधिकरणले त्यस्तो व्यक्तिलाई पाँच प्रतिशत रकम पुरस्कार स्वरूप दिनेछ।
३०. चलन चलाइ दिनुपर्ने : (१) नियम २९ बमोजिम चल अचल सम्पत्ति लिलाम बिक्रीमा सकार गर्ने व्यक्तिलाई ऋण असुली अधिकृतले त्यस्तो चल अचल सम्पत्तिको चलन पूजी दिई त्यस्तो चल अचल सम्पत्तिको चलन चलाइ दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम चलन चलाइ दिँदा ऋण असुली अधिकृतले आवश्यक परेमा स्थानीय प्रशासन तथा प्रहरीको सहयोग लिन सक्नेछ। यसरी सहयोग मागेमा ऋण असुली अधिकृतलाई सहयोग गर्नु स्थानीय प्रशासन तथा प्रहरीको कर्तव्य हुनेछ।
३०क. थुनामा राख्न पठाउने : ऐकको दफा २५ को उपदफा (२) को खण्ड (ग) बमोजिम कुनै विशिष्ट ऋणी वा जमानत दिने व्यक्तिलाई थुनामा राख्नु पर्ने भएमा त्यस्तो व्यक्तिलाई थुनामा राखी दिनु भनी सम्बन्धित प्रहरी कार्यालयमा लेखी पठाउनु पर्नेछ र त्यसरी लेखी आएमा सम्बन्धित प्रहरी कार्यालयले त्यस्तो व्यक्तिलाई थुनामा राखी दिनु पर्नेछ।
३१. अवहेलनामा कारबाही चलाउन निवेदन दिनु पर्ने : (१) ऐकको दफा २७ को उपदफा (२) बमोजिम अवहेलनामा कारबाही चलाउनु पर्दत्त ऋण असुली अधिकृतले न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरण समक्ष सो व्यहोरा खुलाई निवेदन पेश गर्नु पर्नेछ। (२) ऋण असुली अधिकृतले दिएको आदेशको कसैले उल्लंघन गरेको व्यहोरा उपनियम (१) बमोजिम न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले प्राप्त गरेमा न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले त्यस्तो व्यक्तिलाई ऐकको दफा ३० बमोजिम अवहेलनामा कारबाही चलाउन सक्नेछ।
परिरिच्छेद–७ श्रेस्तेदार सम्बन्धी व्यवस्था
३२. श्रेस्तेदार तोक्ने : न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणको सामान्य निर्देशन तथा नियन्त्रणमा रही त्यस्ता न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणको सामान्य प्रशासन सम्बन्धी काम गर्न नेपाल सरकारले नेपाल न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अधिकृत स्तरको एक, एक जना कर्मचारीलाई न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणको श्रेस्तेदारको रूपमा काम गर्न तोक्नु पर्नेछ।
३३. श्रेस्तेदारको काम, कर्तव्य र अधिकार : यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम, कर्तव्य र अधिकारका अतिरिक्त श्रेस्तेदारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :– (क) न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणमा दर्ता गर्न ल्याएको उजुरी निवेदन, प्रतिउत्तर र पुनरावेदनपत्र लगायतका लिखितहरू हेरी जाँच गरी रीत पुगेको भए दर्ता गर्ने वा दर्ता गर्न नमिल्ने भए कारण जनाई दरपीठ गर्ने, (ख) मुद्दामा पेश भएका नक्कल कागजलाई सक्कलसँग मिलाई ठीक देखिएमा प्रमाणित गर्ने, सक्कलमा केही कैफियत देखिएमा सो कैफियत जनाई सम्बन्धित पिको सहिछाप गराई राख्ने, (ग) उजुरी निवेदन, पुनरावेदनपत्र तथा सोको प्रतिउत्तरपत्र साथमा पेश हुन आएको कागज ठीक छ छैन जाँच्ने, (घ) म्याद जारी गरी तामेल गराउने,
(ङ) मुद्दा मामिलामा कानून बमोजिम मनासिब माफिकको कारण जनाई तारीख तोकी दिने, (च) प्रचलित कानून बमोजिम वारिस लिनेर मुद्दा सकार गराउने, (छ) इजलासबाट भएको आदेश बमोजिमको काम कारबाही चाँडो कार्यान्वयन गर्ने, गर्थ लगाउने, (ज) इजलासबाट भएको आदेश बमोजिम धरौटी वा जमानत लिने, (झ) दताथ वकिता समेतका श्रेस्ता दुरुस्त राख्ने, राख्न लगाउने, (ञ) फाँटवालाले पेश गरेको मुद्दाको टिपोट जाँची दस्तखत गरी मिसिल सामेल राख्ने, (ट) कर्मचारीहरूको वैयक्तिक अभिलेख राख्ने, (ठ) आदेश तथा निर्देशनहरू निसिन्सले सारढङ्गले सुरक्षित राख्ने।
परिच्छेद–८ पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्था
३४. न्यायाधिकरणका सदस्य तथा पुनरावेदन सुन्ने अधिकारीको पारिश्रमिक : (१) न्यायाधिकरणका सदस्यहरूले नेपाल सरकारले तोकिदिए बमोजिमको मासिक पारिश्रमिक पाउनेछन्। (२) पुनरावेदन सुन्ने अधिकारीले नेपाल सरकारले तोकिदिए बमोजिमको मासिक पारिश्रमिक पाउनेछ।
३५. आवास सुविधा : (१) न्यायाधिकरणका सदस्य तथा पुनरावेदन सुन्ने अधिकारीलाई आवास सुविधा बापत मासिक पाँच हजार रुपैयाँ दिइनेछ। तर न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरण रहेको जिल्लामा आफ्नो घर हुने न्यायाधिकरणका सदस्य वा पुनरावेदन सुन्ने अधिकारीलाई आवास सुविधा दिइने छैन। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि आवास सुविधा प्राप्त गर्न नपाउने न्यायाधिकरणका सदस्य वा पुनरावेदन सुन्ने अधिकारीलाई घर मर्मत खर्च तथा सरसफाइ खर्च बापत मासिक एकमुष्ठ पच्चीस सय रुपैयाँ दिइनेछ।
३६. सवारी तथा इन्धन सुविधा : न्यायाधिकरणका सदस्य र पुनरावेदन सुन्ने अधिकारी प्रत्येकलाई सवारीको नियमित चालक सहितको मोटर एक र त्यस्तो मोटरको लागि मासिक एक सय लिटर पेट्रोल वा डिजेल र त्रैमासिक रूपमा पाँच लिटर मोबिल दिइनेछ।
३७. बिजुली, धारा र टेलिफोन सुविधा : (१) न्यायाधिकरणका सदस्य र पुनरावेदन सुन्ने अधिकारीको आवासमा एक लाईन टेलिफोन जडान गर्दा लाग्ने खर्च र धरौटी बापत लाग्ने रकम दिइनेछ।
(२) न्यायाधिकरणका सदस्य र पुनरावेदन सुन्ने अधिकारीको आवासमा जडान भएको बिजुली, धारा र टेलिफोन महसुल बापत मासिक पन्ध्र सय रूपैयाँ एकमुष्ट रूपमा दिइनेछ।
३८. दशैं खर्च : न्यायाधिकरणका सदस्य र पुनरावेदन सुन्ने अधिकारीलाई प्रत्येक वर्ष एक महिनाको पारिश्रमिक बापतको रकम दशैं खर्च बापत दिइनेछ।
३९. अन्य सुविधा : न्यायाधिकरणका सदस्य र पुनरावेदन सुन्ने अधिकारीको सञ्चयकोष, उपदान र निवृत्तिभरण, बीमा, औषधि उपचार, स्वदेश तथा विदेश भ्रमण बापतको दैनिक भत्ता तथा भ्रमण भत्ता, विदा तथा अन्य सुविधाहरू नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ।
परिच्छेद–९ विविध
४०. अन्यत्र इजलास कायम गरी सक्ने : न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले उजुरी वा पुनरावेदनको कार्यबोझलाई ध्यानमा राखी आफ्नो अधिकारक्षेत्रभित्रको अन्य कुनै स्थानमा कुनै निश्चित अवधिका लागि इजलास कायम गरी आफ्नो काम कारबाही सञ्चालन गर्न सक्नेछ।
४१. नक्कल सम्बन्धी व्यवस्था : न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणमा रहेको मुद्दाको मिसिलमा संलग्न जुनसुकै कागजातको नक्कल सरोकारवालाले प्रति पाना दुई रूपैयाँ दस्तुर तिरी लिन सक्नेछ।
४२. मिसिल कागजपत्रको सुरक्षा : (१) न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणमा रहेका मिसिल कागजपत्रको सुरक्षा गर्नु श्रेस्तेदारको कर्तव्य हुनेछ। (२) न्यायाधिकरणका सदस्य वा पुनरावेदन सुन्ने अधिकारीको आदेश बेगर न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणमा रहेका कुनै पनि मिसिल, कागजपत्र र श्रेस्ता, किताबहरू बाहिर लैजान अधिकारप्राप्त व्यक्तिलाई देखाउनु हुँदैन।
४२क. प्रतिनिधित्व गराउन सक्ने : (१) उजुरी निवेदक, पुनरावेदन वा प्रतिउत्तर पेश गर्ने बैंक वा वित्तीय संस्था वा ऋणीले न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरण समक्ष कुनै कानूनी व्यवसायी वा लेखा व्यवसायीलाई प्रतिनिधि मुकररी गरी आफ्नो तर्फबाट प्रतिनिधित्व गराउन सक्नेछ। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि बैंक वा वित्तीय संस्थाले आफ्नो कुनै कर्मचारीलाई आफ्नो प्रतिनिधि मुकररी गरी आफ्नो तर्फबाट न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरण समक्ष प्रतिनिधित्व गराउन सक्नेछ।
४२ख. काठमाडौं उपत्यका बाहिरको म्याद तामेली : न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले काठमाडौं उपत्यका बाहिर कुनै म्याद तामेली गर्नुपर्ने भएमा आफ्नो कुनै कर्मचारी खटाई वा सम्बन्धित जिल्ला अदालत मार्फत म्याद तामेली गर्न वा गराउन अनुरोध गर्न सक्नेछ।
४३. शपथ ग्रहण : न्यायाधिकरणका सदस्यहरू र पुनरावेदन सुन्ने अधिकारीले आ–आफ्नो ओहोदाको जिम्मेवारी सम्हाल्नु भन्दा अगाडि अनुसूची-७ बमोजिमको ढाँचामा सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीश समक्ष आफ्नो ओहोदाको शपथ ग्रहण गर्नुपर्नेछ।
४४. सदस्यको पोसाक : सदस्य र पुनरावेदन सुन्ने अधिकारीले इजलासमा बस्दा कालो नेपाली टोपी, कालो कोट र कालो जुत्ता लगाउनु पर्नेछ।
४५. प्रचलित कानून बमोजिम हुने : यस नियमावलीमा लेखिएजति कुरामा यसै नियमावली बमोजिम र अन्य कुरामा प्रचलित कानून बमोजिम हुनेछ।
अनुसूची-१ (नियम ३ सँग सम्बन्धित) न्यायाधिकरण .................... मा चढाएको उजुरी निवेदनपत्र
विषय : .......................................................। ....................................................................................उजुरवाला विरूद्ध ...................................................................................................विपक्षी
म/हामी उजुरवाला निम्न लिखित निवेदन गर्छु/गछौँ। १. .............................................................................. २. .............................................................................. ३. ..............................................................................
तसर्थ यस विषयमा फलाना ऐन र नियमावली बमोजिम यो यस्तो कुराको यो यसलाई आदेश गरी पाऊँ।
यस उजुरी निवेदनपत्रको व्यहोरा ठीक साँचो छ। झुट्ठा विवरण लेखेको ठहरे प्रचलित कानून बमोजिम सहला बुझाउँला।
उजुरवाला, आधिकारिक व्यक्तिको सही : बैङ्क तथा वित्तीय संस्थाको नाम :................. ठेगाना :...............................................
एकभन्दा बढी निवेदक भएमा १, २, ३ नम्बर दिई सबैको पूरा नाम, थर, बतन लेखी त्यसमा लेखपढ गर्न जान्नेले हस्ताक्षरको सही र अरूले ल्याप्चे सही गर्नुपर्छ।
इति संवत् .............. साल .......... गते रोज ......... शुभम् ..................।
अनुसूची-२ (नियम ८ सँग सम्बन्धित)
न्यायाधिकरण ......................... ले जारी गरेको।
म्याद
जिल्ला .................. नगरपालिका/गा.वि.स. .................. वडा नं. ........ स्थित .................. बैंक/वित्तीय संस्थाले तपाईंको नाउँमा मिति..................मा ......................मुद्दामा यस न्यायाधिकरणमा उजुरी निवेदन दिएको हुनाले बाटाका म्याद बाहेक पन्ध्र दिनभित्र यस न्यायाधिकरण खुल्ने समयमा प्रतिउत्तरपत्र पेश गरी आफैँ आउनु वा कानून बमोजिम वारिस वा कानून व्यवसायी मुकरर गरी पठाउनु होला। सो म्यादभित्र प्रतिउत्तरपत्र पेश गरी आफू पनि आउनु थिएन, वारिस वा कानून व्यवसायी पनि पठाउनु थिएन भने ऐन बमोजिम मुद्दाको निर्णय हुनेछ। पछि तपाईंको उजूर लाग्ने छैन।
इति संवत्................साल......गते रोज..........शुभम्...................।
अनुसूची-३ (नियम १७ सँग सम्बन्धित)
न्यायाधिकरण .......................................................... १. अध्यक्ष श्री ............................................................................ २. सदस्य श्री ............................................................................ ३. सदस्य श्री ............................................................................ बाट भएको निर्णय
संवत २०.... को उजुरी निवेदन दर्ता नं. ........ मुद्दा : ................................................................................................... निवेदकको नाम, थर र बतन : प्रतिवादीको नाम, थर र बतन : .............................................................................................................. .............................................................................................................. .............................................................................................................. निवेदकको साक्षी ..................................... प्रतिवादीको साक्षी ................................ ............................................................................................................... कागज ..................................................... कागज ............................................ .................................................................................................................
न्यायाधिकरणबाट बुझेको प्रमाण साक्षी ............................................. ........................................................ कागज ................................................... ............................................................
मुद्दाको संक्षिप्त तथ्य :– ............................................................................................................................ ...................................................................................................................... ............................................................................................................................ ....................................................................................................................
ठहर : यस मुद्दामा सबै कागज अध्ययन गर्दा यस्तो हो भन्ने निवेदक, यसो हो भन्ने प्रतिवादी वा यस्तो व्यहोराले यस्तो भएकोमा यस्तो यस्तो, फलानो फलानो प्रमाण भएको हुनाले यो यो रीत प्रमाण
र यो कानूनले यसो हुने ठहर्छ वा यसो हुने देखिएकोले यसो गर्ने ठिहराइ यो निर्णय गरी दियौं । इति संवत् ............ साल ............ गते ..... रोज ...... शुभम् ............
तपसिल
१. ठिरेकोले यसो गर्नु २. म्याद भित्र पुनरावेदन गर्नु $\cdot$
द्रष्टव्य : (१) निर्णय गर्ने सदस्यहरूमध्ये कुनै एक सदस्य आफैले लेखन वा लेखाउन पर्छ । यसरी तयार गरिएको निर्णयमा सो लेखन वा लेखाउने वा टाइप गराउने सदस्यले सही गर्नुपर्छ निर्णय सहित सहमत हुने सदस्यले पनि सही गर्नु पर्दछ । (२) निर्णय गर्दा सदस्यहरूको एउटै राय भएमा वा राय अलग अलग भए पनि व्यहोरा अलग अलग भएमा राय र व्यहोरा मिल्नेहरूको एउटै र नमिल्नेहरूको छुट्टै निर्णय लेखन वा लेखाउन पर्दछ । (३) अध्यक्ष वा सदस्यले बोलेर लेखाएको निर्णय लेख्नेले पनि निर्णयको पुछारमा बायाँपट्टी अध्यक्ष वा फलाना सदस्यले बोलेर लेखाए बमोजिम फलानाले लेखेको वा टाइप गरेको भन्ने व्यहोरा लेखी सही गर्नु पर्दछ ।
अनुसूची-४ (नियम १७ सँग सम्बन्धित) न्यायाधिकरण ............................. बाट भएको आदेश पत्र
सं्वत् २०... .... .... सालको उजुरी निवेदन द.नं. ... ... .............................................................................................. निवेदक विरूद्ध .............................................................................................. प्रतिवादी आदेश
मिति :- न्यायाधिकरणको सदस्य सही :
अनुसूची-५ (नियम २१ सँग सम्बन्धित) पुनरावेदन न्यायाधिकरणमा चढाएको पुनरावेदनपत्र
संवत् २०..... सालको ....................................... पुनरावेदन द.नं. फलाना/फलाना (प्रत्येको पूरा नाम, थर र वतन) उजुरवाला/प्रतिवादी पुनरावेदक ........................................................................................................................................ ........................................................................................................................................ ........................................................................................................................................ निरूद्ध फलाना/फलाना (प्रत्येको पूरा नाम, थर र वतन) उजुरवाला/प्रतिवादी प्रत्यर्थी .................................................................................. .................................................................................... ................................................................................... फलाना न्यायाधिकरणले संवत् ....... को .................... को मुद्दामा फलाना मितमा म/हामीहरूलाई यस्तो गने गरी फैसला गर्नु भएकोमा चित्त नबुझेको हुनाले मुद्दाको मोल बिगो यति वा दण्ड कैद यति भएको हुनाले सो दण्ड कैद बुझाएको निस्सा समेत राखी वा थुनामा रही पुनरावेदन गरेको छु/गरेका छौं। पछि पदाधिकारीले गरेको इन्साफ मुनासिब ठहरो भने पुनरावेदन गरे बापत ऐन बमोजिम सजाय सहुँला बुझाउँला। यसमा म/हामी पुनरावेदकको निम्नलिखित पुनरावेदन जिकिरछ :- १. .......................................................... २. ........................................................... पुनरावेदक, फलाना ठाउँ बस्ने फलाना (एकभन्दा बढी पुनरावेदक भएमा १, २, ३ नम्बर दिई सबैको पूरा नाम, थर र वतन लेखी त्यसमा लेखपढ गर्न जानेले हस्ताक्षरको सही र अरूले ल्याप्चे सही गर्नु पर्छ)। इति संवत् .............. साल .............. गते रोज ...... शुभम् ........................
टिप्पणी – पुनरावेदनपत्रको यो सामान्य ढाँचा हो। जुनसुकै मुद्दाको पुनरावेदनपत्र लेख्नु पर्दा यस नियमावली बमोजिमको रीत पुर्याउनु आवश्यक हेरेफेर गरी यही ढाँचामा लेख्नुपर्नेछ।
अनुसूची-६ (नियम २५ सँग सम्बन्धित) पुनरावेदन न्यायधिकरण ................... ले जारी गरेको म्याद
जिल्ला .................. नगरपालिका/गा.वि.स. .................. वडा नं. ............ स्थित ..................... बैंक/वित्तीय संस्थाले तपाईको नाउँमा मिति ...................... मा ............................... मुद्दामा यस न्यायधिकरणमा उजुरी निवेदन दिएको हुनाले बाटाका म्याद बाहेक पन्ध्र दिनभित्र यस पुनरावेदन न्यायधिकरण खुल्ने समयमा प्रतिउत्तरपत्र पेश गरी आफै आउनु वा कानून बमोजिम वारिस वा कानून व्यवसायी मुकरर गरी पठाउनु होला। सो म्यादभित्र प्रतिउत्तरपत्र पेश गरी आफू पनि आउनु नभए, वारिस वा कानून व्यवसायी पनि पठाउनु नभए भने ऐन बमोजिम मुद्दाको निर्णय हुनेछ। पछि तपाईको उजूर लाग्ने छैन।
इति संवत् ................. साल ...... गते रोज .......... शुभम् .................।
अनुसूची– ७ (नियम ४३ सँग सम्बन्धित) शपथ ग्रहण
म ............................ ईश्वरको नाममा शपथ लिन्छु कि ................................. को हैसियतले मलाई सुम्पिएको र नियम कानून बमोजिम मैले गर्नुपर्ने काम कुराहरू मेरो ज्ञान विवेकले जाने बुझेसम्म इमान, धर्म, समग्र देश, $\times$ ........... र कामप्रति वफादार रहीय, पक्षपात वा द्वेष नराखी लोभ लालच र मोलालीजा नगरी इमानदारीसाथ गर्नेछु । मैले आफ्नो कर्तव्यपालनाको सिलसिलामा थाहा पाएको ऋण असुलीसम्बन्धी कुनै पनि कुरा कानूनले बाध्य गरेको अवस्थामा बाहेक आफू पदमा बहाल रही रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले अनाधिकृत व्यक्तिलाई थाहा दिने छैन ।
दस्तखत : .................................... नाम : .................................... ठेगाना : .................................... मिति : ....................................
शपथ ग्रहण गरेको ठीक हो भनी प्रमाणित गर्नेको दस्तखत : .................................... नाम : .................................... ओहदा : .................................... मिति : ....................................
$\times$ दोस्रो संशोधनद्वारा झिकिएको ।*