भवन नियमावली, २०६६
नेपाल राजपत्रमा प्रकाशन मिति २०६६।८।२५
भवन ऐन, २०५५ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “भवन नियमावली, २०६६” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले भवन ऐन, २०५५ सम्झनु पर्छ । (ख) “गाउँ विकास समिति” भन्नाले भवन ऐन, २०५५ लागू भएको गाउँ विकास समिति सम्झनु पर्छ ।
३. भवन निर्माण गर्नु अघि स्वीकृति लिनु पर्नेः (१) ऐनको दफा ११ को उपदफा (१) मा उल्लेखित ‘क’ ‘ख’ वा ‘ग’ वर्गको भवन निर्माण गर्न चाहने व्यक्ति, संस्था वा सरकारी निकायले नक्सा स्वीकृतिको लागि नगरपालिका समक्ष अनुसूची—१ बमोजिमको ढाँचामा दरखास्त दिँदा डिजाइन समेत पेश गर्नु पर्नेछ । (२) ऐनको दफा ११ को उपदफा (२) मा उल्लेखित ‘क’ वा ‘ख’ वर्गको भवन निर्माण गर्न चाहने व्यक्ति, संस्था वा सरकारी निकायले भवनको नक्सा र डिजाइन र ‘ग’ वर्गको भवन निर्माण गर्न चाहने व्यक्ति, संस्था वा सरकारी निकायले भवनको नक्सा तयार गरी स्वीकृतिको लागि अनुसूची—१ बमोजिमको ढाँचामा सम्बन्धित जिल्लाको शहरी विकास कार्यालयमा दरखास्त दिनु पर्नेछ । (३) उपनियम (२) बमोजिम प्राप्त भएको दरखास्त उपर शहरी विकास कार्यालयले आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा कुनै थप कागजात आवश्यक देखिएमा दरखास्तवालासँग त्यस्तो कागजात माग गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम जाँचबुझ गर्दा दरखास्तवालाको व्यहोरा मनासिब देखिएमा शहरी विकास कार्यालयले भवन निर्माण गर्दा पालना गर्नुपर्ने शर्त तोकी दरखास्त परेको मितिले तीस दिनभित्र भवनको नक्सा वा डिजाइन स्वीकृत गर्नु पर्नेछ ।
४. विशेषज्ञको योग्यता: नेपाल सरकारले ऐनको दफा ३ को उपदफा (२) को खण्ड (ज) बमोजिम समितिको सदस्य मनोनयन गर्दा देहायको योग्यता भएका व्यक्तिहरुमध्येबाट गर्नेछः–
(क) आर्किटेक्चर वा सिभिल इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी ऐनको दफा ८ को खण्ड (क) वा (ख) बमोजिमका भवन निर्माण सम्बन्धी कार्यमा कम्तिमा दश वर्षको अनुभव हासिल गरेको, वा
(ख) आर्किटेक्चर वा सिभिल इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उपाधि हासिल गरी ऐनको दफा ८ को खण्ड (क) वा (ख) बमोजिमको भवन निर्माण सम्बन्धी कार्यमा कम्तिमा पन्ध्र वर्षको अनुभव हासिल गरेको ।
५. भवन संहिताको प्रतिलिपि दस्तुर: भवन संहिताको प्रतिलिपि प्राप्त गर्न चाहने व्यक्तिले अनुसूची–२ बमोजिमको दस्तुर बुझाई शहरी विकास कार्यालयबाट प्राप्त गर्न सक्नेछ ।
६. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर तथा थपघट गर्न सक्नेछ ।
अनुसूची १
(नियम ३ को उपनियम (१) र (२) सँग सम्बन्धित)
दरखास्त फाराम
श्री.........................................कार्यालय ............................................. ।
निम्न जग्गामा ........ वर्गको भवन निर्माण गर्न तपसिल बमोजिमको नक्सा तथा कागजात संलग्न गरी स्वीकृत /अग्रिम डिजाइन सहमतिको लागि अनुरोध छ ।
भवन निर्माण स्थलः– .............................जिल्ला .......................न.पा./गा.वि.स./वडा नं ...........नक्सा नं ...........कित्ता नं ...................
निवेदकको नामः– ठेगानाः– फोन नं .– निवेदकको दस्तखतः– मितिः–
भवन ऐन, २०५५ को दफा ८ बमोजिम डिजाइन प्रयोजनको निम्ति प्रयोग गरिएको भवनको किसिम कुन हो सोमा रेजा $\checkmark$ चिन्ह लगाउनुहोस् ।
(क) “क” वर्ग (ख) “ख” वर्ग (ग) “ग” वर्ग
संलग्न कागजातहरुः–
१) आर्किटेक्चरल नक्सा थानः–
२) स्ट्रक्चरल नक्सा धान.–
(३) स्याननटरी नक्सा धान.– “क” वर्ग र “ख” वर्गको लागि मात्र
४) ईलेक्ट्रिकल नक्सा धान:– “क” वर्ग र “ख” वर्गको लागि मात्र
५) कित्ता नापी नक्सा:–
६) ऐनको दफा १० र ११ को उपदफा (३) को प्रयोजनका लागि भवन निर्माणमा संलग्न प्राविधिक/ परामर्शदाताको करारनामा:–
७) प्राविधिक विवरण फारामहरु:–
(क) आर्किटेक्चरल डिजाइन सम्बन्धी:– (ख) स्ट्रक्चरल डिजाइन सम्बन्धी:– (ग) स्यानिटरी डिजाइन सम्बन्धी “क” वर्ग र “ख” वर्गको लागि मात्र:– (घ) ईलेक्ट्रिकल डिजाइन सम्बन्धी “क” वर्ग र “ख” वर्गको लागि मात्र:–
नोट:
(१) स्केलको हकमा सबै नक्साहरु १:१०० वा १"=८' हुनु पर्ने र डिटेलहरु १:५० वा १"=४' भन्दा कमको हुन नहुने । साईट प्लानको हकमा एक रोपनीसम्म १:१०० वा १"=८' र एक रोपनी देखि माथि १:२०० वा १"=१६' हुनु पर्नेछ ।
(२) डिजाइन सहमति प्रदान गर्ने क्रममा निर्माण स्थल निरीक्षण गर्नु पर्ने भएमा निर्माण स्थल निरीक्षण गराउनु पर्ने छ । आवश्यक गराउनु पर्नेछ । (३) “क” वर्ग र “ख” वर्गको हकमा Technical Detail Form No. 1 को A, B, C, तथा D भर्नु पर्नेछ । (४) “ग” वर्गको हकमा Technical Detail Form No. 1 को Form A, र Technical Detail Form No. 2 को Structural Design Requirements भर्नु पर्नेछ । (५) अनुसूची १ कार्यान्वयनको सम्बन्धमा कुनै दुविधा उत्पन्न भएमा समितिको निर्णयानुसार हुनेछ ।
Technical Detail Form No. 1
“क” वर्ग र “ख” वर्गको भवनको लागि
(A) NBC Code 206: 2003 - Architectural Design Requirements.
(To be filled by concerned Architect or Consultant)
Type of Building………………………
Technical Detail Form No. 1
(B) NBC 208: 2003- Sanitary and Plumbing Design Requirements
(To be filled by concerned Engineer or Consultant)
Office building Gents Toilet: Nos of users--………. a) Water closet - ……Nos. b) Urinal - …..Nos. c) Basin - ……Nos. Ladies Toilet:- Nos of users--…… a) Water closet - …….Nos. Auditorium Public toilet (Gents Toilet): Nos of users--……. a) Water closet - …..Nos. b) Urinal - …..Nos. c) Basin - ……Nos. Ladies Toilet:-- Nos of users--…. a) Water closet - ……Nos. Staff toilet (Ladies/Gents Toilet): Nos. of users--…… a) Water closet - …..Nos. Hospital indoor patient ward (For Ladies and Gents Toilet):-- Nos. of users--…….. a) Water closet - ……Nos. b) Wash basin - …..Nos. c) Bath (Shower) - ….Nos. d) Cleaner sink (Kitchen sink) - ……Nos.
Technical Detail Form No. 1
(C) NBC 207: 2003-- Electrical Design Requirements
(To be filled by concerned Engineer or Consultant)
3. Earthing
4. Testing
Note:
Technical Detail Form No. 1
(D) NBC 000: 1994 to NBC 114: 1994 Structural Design Requirements
(To be filled by concerned Engineer or Consultant)
Note:* If any materials other than specified in NBC 102-1994, the designer should take responsibility that such materials are according to international standard.
2.4 NBC 103-1994 Occupancy load (Imposed Load)
2.12 NBC: 111-1994 Steel
2.13 NBC: 112 Timber
2.14 NBC: 113: 1994 Aluminium
2.15 NBC: 114 1994 Construction safety
☐ safety goggles ☐ Safety boots ☐ Safety belt ☐ First aid facility
Affidavit
I / We hereby certify that the proposed design of building and its various components comply all the requirements of prevailing National Building Code of Nepal. I/We also affirm that the submitted design is done by the concerned Engineers and Architects duly registered in Nepal Engineering Council. The data made available in this form are equally valid for all buildings apart from the main building.
Name:
NEC No:
Post:
Name of Consulting Firm:
Address:
Date:
Seal:
Technical Detail Form No. 2
“ग” तल्लाको भवनको लागि
Structural Design Requirements
(To be filled by concerned Engineer or Consultant)
Note: Soil test is advisable for all professional engineered structures. In case, soil test is not carried out, the designer should take responsibility for assumed data concerning site consideration.
2.10 NBC 109: 1994 Masonry: Unreinforced
Affidavit
I / We hereby certify that the proposed design of building and its various components comply all the requirements of prevailing National Building Code of Nepal.
अनुसूची २ (नियम ५ सँग सम्बन्धित)
भवन संहिताको प्रतिलिपि दस्तुर
१. भवन संहिता हार्डकपी प्रतिसेट सातसय रुपियाँ । २. भवन संहिता डिजिटल कपी प्रति सि.डी.एक्ससेय पचास रुपियाँ ।*