भ्रमण खर्च नियमावली, २०६४
नेपाल राजपत्रमा प्रकाशित मिति २०६४।०८।०१
संशोधन १. भ्रमण खर्च (पहिलो संशोधन) नियमावली, २०६४ २०६४।०८।२० २. भ्रमण खर्च (दोस्रो संशोधन) नियमावली, २०६४ २०६४।०९।२२ ३. भ्रमण खर्च (तेस्रो संशोधन) नियमावली, २०६५ २०६५।०५।१५ ४. भ्रमण खर्च (चौथो संशोधन) नियमावली, २०७२ २०७२।०५।२३
आर्थिक कार्यविधि ऐन, २०५५ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “भ्रमण खर्च नियमावली, २०६४” रहेको छ। (२) यो नियमावली संवत् २०६४ मंसीर १ गतेदेखि प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा “परिवार” भन्नाले पदानुकारी वा कर्मचारीको एकासगोलको पति वा पत्नी र निजमा आश्रित दुई जनासम्म छोरा वा छोरी सम्झनु पर्छ र सो शब्दले पदानुकारी वा कर्मचारीको एकासगोलको बाबु, आमा र महिला पदानुकारी वा कर्मचारी भए सासु, ससुरा समेतलाई जनाउनेछ।
३. भ्रमण आदेश वा निर्णय बिना भ्रमण खर्च गर्न नहुनेः (१) भ्रमण आदेश वा निर्णय बिना भ्रमण खर्च गरी भ्रमण गर्न वा काजमा जान हुँदैन। (२) उपनियम (१) बमोजिम भ्रमण आदेश वा निर्णय गर्दा देहायका पदानुकारी वा कर्मचारीको भ्रमण वा काजको देहायका पदानुकारीले आदेश वा निर्णय गर्नेछन्ः– (क) सर्वोच्च अदालतका न्यायाधीश भए प्रधानन्यायाधीश,
(ख) व्यवस्थापिका-संसदका सदस्य भए सभामुख,
(ग) संवैधानिक निकायका पदाधिकारी भए सम्बन्धित संवैधानिक निकायको प्रमुख,
(घ) नेपाल सरकारको सचिव वा विशिष्ट श्रेणीको कर्मचारी भए नेपाल सरकारको मुख्य सचिव,
“तर सर्वोच्च अदालतको रजिष्ट्रार वा न्यायपरिषद्को सचिव भए सर्वोच्च अदालतको प्रधानन्यायाधीश र नायब महान्यायाधिवक्ता भए महान्यायाधिवक्ताले आदेश वा निर्णय गर्नेछन्।
(ङ) पुनरावेदन अदालतका न्यायाधीश भए पुनरावेदन अदालतको मुख्य न्यायाधीश,
(च) मन्त्रालय वा विभागस्तरका कर्मचारी भए सम्बन्धित मन्त्रालयको सचिव वा सम्बन्धित विभागीय प्रमुख,
(छ) खण्ड (क), (ख), (ग), (घ), (ङ) र (च) मा लेखिएदेखि बाहेक अन्य केन्द्रीय, क्षेत्रीय, जिल्लास्तर वा आयोजनास्तरका कर्मचारी भए आफ्नो क्षेत्रभित्र भ्रमण गर्दा सम्बन्धित केन्द्रीय, क्षेत्रीय, जिल्ला वा आयोजनास्तरको कार्यालय प्रमुख,
तर स्थानीयस्तरका कर्मचारी भए कम्तीमा जिल्लास्तरको कार्यालय प्रमुखले भ्रमण आदेश वा निर्णय गर्नु पर्नेछ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि *राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, व्यवस्थापिका-संसदको सभामुख, उप-प्रधानमन्त्री, मन्त्री, स्वतन्त्र रूपमा कार्यभार सम्हाल्ने राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, महान्यायाधिवक्ता, संवैधानिक निकायका प्रमुख वा सो सरिका अन्य पदाधिकारी, पुनरावेदन अदालतका मुख्य
न्यायाधीश बा नेपाल सरकारका राजपत्राहित विशिष्ट श्रेणी भन्दा माथिल्लोस्तरका पदाधिकारीले आफ्नो भ्रमण आदेश आफैं स्वीकृत गर्न सक्नेछ।
(४) भ्रमण आदेश दिने पदाधिकारीले भ्रमण आदेश दिँदा अनुसूची-१ बमोजिमको ढाँचामा दिनु पर्छ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि* राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद्का सदस्य, $ संवैधानिक निकायका पदाधिकारी वा सो सरिका अन्य पदाधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य, $\alpha$ नेपाल न्याय सेवा, न्याय समूहको बाहेक नेपाल सरकारका सचिव वा सो सरिका विशिष्ट श्रेणीका अधिकृत वा सो भन्दा माथिल्लो तहका पदाधिकारी वा कर्मचारीले विदेश भ्रमण गर्नु पर्दा नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गर्नु पर्नेछ।
४. भ्रमण किफायती हुनु पर्नेः (१) सरकारी खर्चमा भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीले सम्भव भएसम्म किफायती र कम खर्चिलो बाटो वा सवारी साधन प्रयोग गरी भ्रमण गर्नु पर्नेछ।
(२) भ्रमण गर्दा राजपत्राहित कर्मचारी वा सो भन्दा माथिल्लो दर्जाको पदाधिकारी वा कर्मचारी भए हवाई यातायात सञ्चालन भएको ठाउँमा भ्रमण गर्दा हवाई यातायातबाट र हवाई यातायात सञ्चालन नभएको ठाउँमा भ्रमण गर्दा वा अन्य कर्मचारीले भ्रमण गर्दा यातायातका अन्य साधन प्रयोग गर्नु पर्नेछ।
तर अन्य यातायात साधन नभई हवाई यातायात साधन मात्र उपलब्ध भएको अवस्थामा भ्रमण आदेश वा निर्णय गर्ने अधिकारीले कारण खुलाई अन्य कर्मचारीले पनि हवाई यातायात प्रयोग गर्ने अनुमति दिन सक्नेछ।
५. भ्रमण खर्च पाउने पदाधिकारी वा कर्मचारीको वर्गीकरणः (१) यस नियमावली बमोजिम सुविधा उपलब्ध गराउने प्रयोजनको लागि देहायका पदाधिकारी वा कर्मचारीलाई देहाय बमोजिम वर्गीकरण गरिएको छः–
(क) राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, व्यवस्थापिका–संसदका सभामुख, उपप्रधानमन्त्री वा मन्त्री — अतिविशिष्ट तह
(ख) खण्ड (क) मा लेखिएदेखि बाहेक राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरह वा सो भन्दा माथिल्लो पदमा बहाल रहेका अन्य पदाधिकारी — विशिष्ट तह
(ग) जिल्ला अदालतका न्यायाधीश वा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका कर्मचारी — प्रथम तह
(घ) राजपत्राङ्कित द्वितीय श्रेणी र तृतीय श्रेणी वा सो सरहका कर्मचारी — द्वितीय तह
(ङ) राजपत्र अनङ्कित वा सो सरहका कर्मचारी — तृतीय तह
(च) सवारी चालक तथा श्रेणी विहीन कर्मचारी — चतुर्थ तह
(२) उपनियम (१) मा लेखिएदेखि बाहेकका अन्य कुनै पदाधिकारी वा व्यक्तिलाई भ्रमण गर्ने आदेश दिनुपर्दा त्यस्तो आदेश दिने अधिकारीले त्यस्तो पदाधिकारी वा व्यक्तिको तह खुलाई आदेश दिनु पर्नेछ।
६. भ्रमण खर्च पाउने: (१) सरकारी कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्नु पर्दा भ्रमणको लागि यातायातको टिकट खरिद गर्नु पर्ने भएमा टिकट खरिद गर्दा लागेको रकम भुक्तानी दिइनेछ। श्रेणी तोकिने भ्रमण साधनबाट भ्रमण गर्नु पर्दा हवाई यातायात बाहेकको अन्य साधनबाट भ्रमण गरेको भए प्रथम तह वा सो भन्दा माथिका पदाधिकारी वा कर्मचारीलाई प्रथम श्रेणीको र अन्य कर्मचारी वा व्यक्तिलाई द्वितीय श्रेणीको भ्रमण खर्च दिइनेछ।
(२) कुनै पदाधिकारीले कुनै भ्रमण साधनको टिकट खरिद गरिसकेपछि भ्रमण रद्द भएमा वा भ्रमण मिति सार्नु पनेर् भएमा वा भ्रमण आदेश गनेर् अधिकारीको आदेशबाट यस्तो
टिकट फिर्ता गर्नु पर्ने भएमा निजले त्यसरी टिकट फिर्ता गरे बापत लाग्ने रकम सम्बन्धित कार्यालयबाट शोधभर्ना पाउनेछ।
(३) टिकट फिर्ता गर्नु पर्ने वा हवाई उडानको मिति तय भएकोमा सो परिवर्तन भई सो दिन उडान नभएमा सम्बन्धित निकायबाट प्रमाणित गराई त्यस्तो पदाधिकारी वा कर्मचारीले ट्याक्सी, रिक्सा, बस भाडाको रकम भुक्तानी कार्यालयबाट लिन पाउनेछ।
(४) $\text{*} \text{**}$
७. दैनिक भत्ता र होटल बास खर्च पाउनेः (१) सरकारी कामको सिलसिलामा मुलुकभित्र आफ्नो कार्यालय भन्दा बाहिर भ्रमणमा वा काजमा खटिएका पदाधिकारी वा कर्मचारीले अनुसूची-२ बमोजिमको दरमा दैनिक भत्ता $\text{**}$ पाउनेछ।
(२) भ्रमण वा काजमा खटिएको पदाधिकारी वा कर्मचारीले अनुसूची-४ मा उल्लेख भएबमोजिमको कुनै जिल्लामा भ्रमण गर्दा उपनियम (१) बमोजिम पाउने दैनिक भत्ताको रकममा $\text{**}$ दश प्रतिशत रकम पाउनेछ।
(३) बस वा अन्य सार्वजनिक यातायातको सुविधा प्राप्त हुने ठाउँमा एकै दिन गई फर्किने गरी सरकारी काममा काज खटी जाने पदाधिकारी वा कर्मचारीले यस नियमावली बमोजिम भ्रमण खर्च र दैनिक भत्ताको $\text{**}$ पच्चीस प्रतिशत खाजा खर्च बापत पाउनेछ।
(४) सरुवा वा बढुवा भई हाजिर हुन खटिएको कार्यालयमा पुगेको दिनको र काजबाट कार्यालय फर्केको दिनको उपनियम (१) बमोजिम पाउने दैनिक भत्ताको $\text{**}$ पच्चीस प्रतिशत रकम भुक्तानी पाउनेछ।
(५) भारी बोक्ने काममा नियुक्त भएका कर्मचारी, हुलाकी, हल्कारा, चेनमेन, सभेयर जस्ता कर्मचारी तथा फिल्ड भत्ता पाउने कर्मचारीले आफू कार्यरत क्षेत्रभित्र भ्रमणमा रहँदा यस नियमावली बमोजिम दैनिक भत्ता पाउने छैन।
(६) काजमा खटिएको पदाधिकारी वा कर्मचारीले अनुसूची - २ बमोजिमको दैनिक भत्ता बाटाको म्याद बाहेक बढीमा चौध दिनसम्मको पाउनेछ।
$\text{*}$ चौथो संशोधनद्वारा झिकिएको। $\text{}$ चौथो संशोधनद्वारा संशोधित। $\text{}$ चौथो संशोधनद्वारा संशोधित।
(६क) पदाधिकारी वा कर्मचारीलाई सात दिनभन्दा बढी अवधिको लागि काज खटाउनु परेमा भ्रमण आदेश दिने पदाधिकारीले कारण खोली पदाधिकारी वा कर्मचारीलाई काजमा खटाउन सक्नेछ।
तर विभाग वा कार्यालयको कर्मचारीलाई सात दिनभन्दा बढी अवधिको लागि काज खटाउँदा एक तिमाथको पदाधिकारीको स्वीकृति लिनु पर्नेछ।
(६ख) उपनियम (६क) बमोजिम काजमा खटिएको पदाधिकारी वा कर्मचारीले उपनियम (६) मा उल्लेखित अवधि भन्दा बढी अवधिको लागि अनुसूची-२ बमोजिमको दैनिक भत्ताको प्रतिशत रकम मात्र पाउनेछ।
(७) लेखापरीक्षण डोर, अनुसन्धानमूलक कार्य, स्थानीयस्तरमा कार्यालय नभएका केन्द्रीय निकायबाट स्थानीयस्तरमा सञ्चालन गरिने कार्यक्रम, स्थलगत तालिम सञ्चालन, तथ्याङ्क सङ्कलन कार्य वा आवास सुविधा उपलब्ध नगराइएको तालिम कार्यक्रममा सहभागी हुने सहभागीलाई लाग्ने दिनको गणना गरी काज खटाउन सकिनेछ। त्यस्तो अवस्थामा काज खटिएको पूरा अवधिको अनुसूची-२ बमोजिमको दैनिक भत्ता दिन बाधा पर्ने छैन।
(७क) उपनियम (६) वा (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि माततका अदालतको निरीक्षण गर्नु पर्दा प्रधान न्यायाधीश वा निजले काज खटाएको सर्वोच्च अदालतको न्यायाधीश र निजसँग खटिएको कर्मचारी वा पुनरावेदन अदालतको न्यायाधीश र निजसँग खटिएको कर्मचारीले उपनियम (१) बमोजिमको सुविधा बढीमा पन्ध्र दिनसम्म पाउन सक्नेछ।
(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौं उपत्यका वा कुनै प्रशासकीय जिल्लाको सदरमुकाम क्षेत्र वा रात बिताउनु परे गरी खटिएको स्थानदेखि पन्ध्र किलोमिटर भित्र आफ्नो र आफ्नो परिवारको नाममा स्थायी घरबास भएका पदाधिकारी एवं कर्मचारीले त्यस्तो क्षेत्रमा भ्रमण वा काजमा रहुँदा दैनिक भत्ता र होटल बास खर्च पाउने छैन।
तर सो क्षेत्रबाट बाहिर पैदल वा सार्वजनिक यातायात चल्ने ठाउँमा भ्रमण वा काजमा खटाउँदा यस नियमावली बमोजिम भ्रमण खर्च, दैनिक भत्ता $\text{}^6$ दिन बाधा पर्ने छैन ।
(९) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आफू खुसी निवेदन दिई काजमा खटिएको कर्मचारीले यस नियम बमोजिमको सुविधा पाउने छैन । यसरी काजमा खटिएको व्यहोरा भ्रमण आदेशमा खुलाउनु पर्नेछ ।
(१०) $\text{}^7$
(११) सरकारी कामको सिलसिलामा भ्रमणमा रही दैनिक भ्रमण भत्ता उपभोग गर्ने पदाधिकारी वा कर्मचारीले दैनिक भत्ता उपभोग गरेको अवधिभर फिल्ड भत्ता, बैठक भत्ता, तालीम भत्ता, स्थानीय भत्ता वा अन्य कुनै किसिमको भत्ता पाउने छैन ।
तर प्रचलित कानून बमोजिम अन्य छुट्टै भत्ता पाउने व्यवस्था भएकोमा यस नियम बमोजिमको भत्ता पाउने छैन ।
(१२) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि लेखापरीक्षणमा $\text{}^8$ खटिएका कर्मचारीको हकमा भ्रमण भत्ताको अतिरिक्त पाइरहेको अन्य भत्ता भुक्तानी दिन बाधा पर्ने छैन ।
८. भ्रमणमा खटिएको पदाधिकारी वा कर्मचारीले बिदा लिएमा दैनिक भत्ता तथा भ्रमण खर्च नपाउनेः कुनै पदाधिकारी वा कर्मचारी भ्रमण वा काजमा रहेको अवधिमा बिदा बसेमा त्यसरी बिदामा बस्दाको अवधिमा निजले यस नियमावली बमोजिम पाउने दैनिक भत्ता, भ्रमण खर्च $\text{}^9$ पाउने छैन ।
९. सरुवा बढुवा वा नयाँ नियुक्ति भै जाँदा दैनिक भत्ता तथा भ्रमण खर्च पाउनेः कुनै पदाधिकारी वा कर्मचारी सरुवा, बढुवा वा कायम मुकायम मुकरर भई एक जिल्लाबाट अर्को जिल्लामा जाँदा र नयाँ नियुक्ति भएकोमा नियुक्ति बुझेको ठाउँबाट नियुक्ति भएको पदमा बहाल गर्न जाँदा यस नियमावली बमोजिम $\text{}^{10}$ दैनिक भत्ता र भ्रमण खर्च पाउनेछ ।
$\text{}^6$ चौथो संशोधनद्वारा झिकिएको । $\text{}^7$ दोस्रो संशोधनद्वारा थप । $\text{}^8$ चौथो संशोधनद्वारा संशोधित । $\text{}^9$ दोस्रो संशोधनद्वारा संशोधित । $\text{}^{10}$ दोस्रो संशोधनद्वारा संशोधित ।
१०. दैनिक भत्ता तथा भ्रमण खर्च भुक्तानी विधिः (१) एक जिल्लाबाट अर्को जिल्ला वा सोही जिल्लाको एक कार्यालयबाट बीस किलोमिटर भन्दा बढी दूरी भएको अर्को कार्यालयमा सरुवा, बढुवा वा कायम मुकायम मुकरर भई जाने पदानुकारी वा कर्मचारीले पाउने दैनिक भत्ता तथा भ्रमण खर्च बापतको रकमको फाँटवारी महालेखा परीक्षकको कार्यालयबाट निर्धारित ढाँचामा निज बसाल रहेको कार्यालयमा पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त फाँटवारी उपर कार्यालयले जाँचबुझ गरी यस नियमावली बमोजिम पाउनु पर्ने रकम भुक्तानी दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम भुक्तानी दिँदा देहायका कुरामा देहाय बमोजिम गर्नु पर्नेछः–
(क) द्वितीय तह वा सो भन्दा माथिका पदानुकारी वा कर्मचारीलाई सम्भव भएसम्म छोटो र मितव्ययी हवाई मार्गबाट भ्रमण गर्दा लाग्ने हवाई भाडा, बस भाडा वा रेल भाडा र यस नियमावली बमोजिम पाउने दैनिक भत्ता र फुटकर खर्च बापत एकमुष्ट दुई हजार रुपैयाँ दिनु पर्नेछ।
(ख) तृतीय वा चतुर्थ तहका कर्मचारीलाई हवाई मार्गबाट भ्रमण गर्दा कम खर्चिलो हुने भएमा लाग्ने हवाई भाडा वा बस भाडा र यस नियमावली बमोजिम पाउने दैनिक भत्ता र फुटकर खर्च बापत एकमुष्ट दुई हजार रुपैयाँ दिनु पर्नेछ।
(ग) सरुवा, बढुवा वा कायम मुकायम मुकरर भई जाँदा यातायात सुविधा नभएको स्थानमा पैदल भ्रमण गर्नु पर्दा कम्तीमा बीस किलोमिटर प्रति दिनका दरले दैनिक भत्ताको गणना गर्नु पर्नेछ।
(घ) सरुवा, बढुवा वा कायम मुकायम मुकरर भई खटिएको कार्यालयमा हाजिर हुन जाने पदानुकारी वा कर्मचारीलाई परिवार लैजाने प्रयोजनका लागि निजले खण्ड (क) वा (ख) बमोजिम पाउने
* चौथो संशोधनद्वारा संशोधित।
बराबरको रकम परिवारका प्रत्येक सदस्यलाई जनही रूपमा दिनु पर्नेछ।
तर फुटकर खर्च रकम दिइने छैन।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौं उपत्यकाको कुनै एक नगरपालिकामा रहेको कार्यालयबाट काठमाडौं उपत्यकाको सोही वा अर्को जिल्लाको नगरपालिकामा रहेको कार्यालयमा सरुवा, बढुवा वा कायम मुकायम मुकरर भई जाँदा वा काज खटाई जाँदा काजमा खटिएका पदानुकारी वा कर्मचारीले वा समूहगत रूपमा व्यारेकमा बस्नु पर्ने कर्मचारीले यस नियम बमोजिमको सुविधा पाउने छैन।
तर एक नगरपालिकाबाट बीस किलोमिटर भन्दा टाढा रहेको कार्यालयमा सरुवा, बढुवा वा कायम मुकायम मुकरर भई जाँदा त्यस्तो सुविधा पाउन सक्नेछ।
(५) कुनै पदानुकारी वा कर्मचारी जुनसुकै कारणबाट सरकारी सेवाबाट अलग भई घर फर्कु परेमा निज जुन श्रेणी वा तहबाट सेवा अलग भएको हो सोही श्रेणी वा तह अनुसार यस नियम बमोजिम दैनिक भत्ता तथा भ्रमण खर्च निज र निजको परिवारलाई बहाल टुटेको कार्यालयबाट दिइने छ।
तर पछिल्लो पाँच वर्षदेखि अटुट रूपमा सेवामा बहाल रहेको बाहेक अस्थायी कर्मचारीलाई यो सुविधा दिइने छैन।
(६) कुनै पदानुकारी वा कर्मचारीको आफू खटिएको जिल्लामा मृत्यु भएमा निजको परिवारलाई घर फर्कादा यस नियमावली बमोजिम पाउने दैनिक भत्ता तथा भ्रमण खर्च पदानुकारी वा कर्मचारी खटिएको कार्यालयबाट दिइनेछ।
(७) नियम ४ को उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि हवाई यातायातबाट यात्रा गर्दा कम खर्चिलो हुने भएमा अधिकार प्राप्त अधिकारीले जुनसुकै तहको पदानुकारी वा कर्मचारीलाई पनि हवाई यातायातको साधन प्रयोग गर्ने आदेश दिन सक्नेछ। यसरी आदेश दिँदा कुन स्थानबाट कुन स्थानसम्म हवाई यातायातको साधन प्रयोग गर्ने हो स्पष्ट रूपमा तोकिदिनु पर्नेछ।
$\text{※}$ चौथो संशोधनद्वारा संशोधित।
११. बीमा खर्चः (१) कुनै पदानुकारी वा कर्मचारीले सरकारी कामको सिलसिलामा मुलुकभित्र वा बाहिर भ्रमण गर्दाच भ्रमण वा काज अवधिभर ❷० लाख रुपैयाँको बीमा गराउनका लागि लाग्ने बील बमोजिमको प्रिमियम खर्च पाउनेछ।
(२) सरकारी कामको सिलसिलामा कुनै विदेशी मुलुकको भ्रमण गर्दाच स्वास्थ्य बीमा गर्दाच परे रहे छ भने भ्रमण अवधिभरका लागि स्वास्थ्य बीमा गर्दाच लागेको बील बमोजिमको प्रिमियम खर्च पाउनेछ।
१२. कायम मुकायम मुकरर भई जाँदा कायम मुकायम मुकरर भएको पदको पाउने दैनिक भत्ता तथा भ्रमण खर्चः कुनै एक जिल्लामा रहेको कार्यालयबाट अर्को जिल्लामा रहेको कुनै कार्यालयमा कायम मुकायम मुकरर भई जाने पदानुकारी वा कर्मचारीले जुन पदको कायम मुकायम मुकरर भई गएको छ सोही पदको दैनिक भत्ता तथा भ्रमण खर्च पाउनेछ र कायम मुकायम मुकरर भएको जिल्लामा कायम मुकायम मुकरर समाप्त भई फर्किने परेमा कायम मुकायम मुकरर भई जाँदा जुन पदको दैनिक भत्ता तथा भ्रमण खर्च पाएको थियो सोही बमोजिम फर्किदा पनि निज र निजको परिवारले पाउनेछ।
१३. भ्रमणमा जाने पदानुकारी वा कर्मचारी बिरामी परेमाः (१) कुनै पदानुकारी वा कर्मचारी सरकारी कामको सिलसिलामा पैदल भ्रमण गर्दाच बाटोमा अकस्मात बिरामी भएमा नजिको प्रहरी कार्यालयमा खबर गर्नु पर्नेछ। सरुवा, बढुवा वा कायम मुकायम मुकरर भई एक कार्यालयबाट अर्को कार्यालयमा जाने सिलसिलामा पैदल भ्रमण गर्दाच परिवार साथ लैजाँदा परिवारको कुनै सदस्य बाटोमा अकस्मात बिरामी भएमा पनि सोही बमोजिम गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम जानकारी प्राप्त भएपछि नजिको प्रहरी कार्यालयले त्यसरी बिरामी भएको पदानुकारी वा कर्मचारी वा निजको परिवारको सदस्यलाई नजिको अस्पताल वा स्वास्थ्य चौकीसम्म पुर्याई दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम पुर्याउँदा लाग्ने खर्च प्रहरी चौकी भए जिल्ला प्रहरी कार्यालय मार्फत र जिल्ला प्रहरी कार्यालय भए आफ्नै कार्यालयबाट खर्च लेखी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा शोधभर्ना माग गर्नु पर्नेछ।
❷ चौथो संशोधनद्वारा संशोधित।
(४) उपनियम (३) बमोजिम निकासा माग भएको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले विनियोजित बजेट रकमबाट तत्काल निकासा दिनु पर्नेछ ।
(५) यस नियमावली बमोजिम सरकारी कामको सिलसिलामा भ्रमण गर्दा कुनै पदाधिकारी वा कर्मचारीको मृत्यु हुन गएमा मृतक पदाधिकारी वा कर्मचारीको शव दाह संस्कारको लागि निजको परिवारले माग गरेको स्थानसम्म पुर्याई दिने व्यवस्था गर्नु पर्नेछ। यसरी मृत पदाधिकारी वा कर्मचारीको शव पुर्याउने व्यवस्था गर्दा सो शवका साथमा रहेका मृत पदाधिकारी वा कर्मचारीको परिवारलाई समेत सो ठाउँसम्म पुर्याई दिने व्यवस्था गर्नु पर्नेछ।
(६) उपनियम (५) बमोजिम शव ल्याउँदा लाग्ने खर्च विदेशमा भए सम्बन्धित नेपाली राजदूतावास वा नियोग र नेपालभित्र भए सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयले उपनियम (३) र (४) बमोजिम खर्च गर्ने र निकासा प्राप्त गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
१४. विदेश भ्रमण खर्च र दैनिक भत्ता सम्बन्धी व्यवस्थाः (१) कुनै पदाधिकारी वा कर्मचारीलाई सरकारी कामको सिलसिलामा विदेशमा भ्रमणमा पठाउँदा सो भ्रमणको खर्च व्यहोर्ने स्रोत र नेपाल सरकारको स्रोतबाट विदेशमा भ्रमणमा पठाइने भएमा निजले यस नियमावली बमोजिम पाउने दैनिक भत्ता, भ्रमण खर्च, पकेट खर्च, $\text{※}$ तथा भैपरी आउने खर्च जस्ता कुन कुन सुविधा पाउने हो सो खुलाई भ्रमणमा खटाउनु अघि निर्णय गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निर्णय नभई आफूखुसी भ्रमणमा गएकोमा वा पठाएकोमा भ्रमणबाट फर्केपछि गरेको दाबी बमोजिम त्यस्ता खर्चहरू दिइने छैन।
(३) कुनै पदाधिकारी वा कर्मचारीले सरकारी कामको सिलसिलामा विदेशमा यात्रा गर्नु पर्दछ $\theta$ अति विशिष्ट तवर र नेपाल सरकारले तोकेको पदाधिकारी वा कर्मचारीले बिजनेस क्लास र सो बाहेकका अन्य पदाधिकारी वा कर्मचारी भए इкономі क्लासको हवाई टिकटको भ्रमण खर्च पाउनेछ।
$\text{※}$ चौथो संशोधनद्वारा खारेज गरिएको। $\theta$ दोस्रो संशोधनद्वारा संशोधित।
तर ❖राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले भ्रमण गर्दा प्रथम श्रेणी (फर्स्ट क्लास) को हवाई टिकटको भ्रमण खर्च पाउनेछ।
(४) कुनै पदाधिकारी एवं कर्मचारीलाई अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह, निमन्त्रणा, बैठक, तालिम, अध्ययन भ्रमण र अन्य कुनै सरकारी कामको सिलसिलामा विदेश जाँदा अनुसूची-५ मा व्यवस्था भएबमोजिमको दरले दैनिक भत्ता दिइनेछ।
$\text{※}$
$\otimes$ (५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह, निमन्त्रणा वा बैठकमा भाग लिन गएको पदाधिकारी वा कर्मचारीले होटलको अलग्गै बिल पेस गरेमा होटलको बिल बमोजिम विशिष्ट तह वा सोभन्दा माथिका पदाधिकारी भए तीन सय पचास अमेरिकी डलरसम्म, प्रथम तहको भए दुई सय पचास डलरसम्म र द्वितीय तहको भए एक सय पचास डलरसम्म तथा अनुसूची-५ मा उल्लेखित दैनिक भत्ताको तीस प्रतिशत रकम खाना खर्च र पकेट खर्च वापत पाउनेछ।
$\otimes$(६) उपनियम (४) बमोजिम विदेश जाने पदाधिकारी वा कर्मचारीले यस नियमावली बमोजिम दैनिक भत्ता पाउनेमा हवाईयात्रा अवधि को दैनिक भत्ता पाउने छैन।
तर आठ घण्टाभन्दा बढी ट्रान्जिटमा बस्नु परेमा त्यस्तो अवधिको लागि ट्रान्जिटमा बसेको मुलुकमा जाँदा पाउने अनुसूची-५ बमोजिमको एक दिनको दैनिक भत्ता पाउनेछ।
$\otimes$ (७) उपनियम (४) बमोजिमको अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह, निमन्त्रणा, तालिम, वार्ता वा बैठकमा जाने पदाधिकारी वा कर्मचारीलाई आयोजकको तर्फबाट बस्नको मात्र प्रबन्ध भएकोमा त्यस्तो पदाधिकारी वा कर्मचारीले खाना र पकेट खर्च बापत दैनिक भ्रमण भत्ताको तीस प्रतिशत र खान बस्न मात्र प्रबन्ध भई पकेट खर्च उपलब्ध नगराएकोमा दैनिक पच्चीस अमेरिकी डलर पाउनेछ। त्यसरी खाना खर्च वा पकेट खर्च उपलब्ध गराउँदा आयोजक संस्थाको तर्फबाट त्यस्तो खर्च उपलब्ध नगराएको प्रमाणित कागजात पेस गरेको अवस्थामा मात्र भुक्तानी दिइनेछ।
❖ चौथो संशोधनद्वारा थप। $\otimes$ चौथो संशोधनद्वारा संशोधित।
(८) कुनै मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाबाट खान बस्नको लागि रकम नै दिइएको भएकोमा उपनियम (७) बमोजिमको पकेट खर्च दिइने छैन ।
(९) कुनै पदानुकारी वा कर्मचारी काबुबाहिरको परिस्थितिले गर्दा निर्धारित समयमा तोकिएको गन्तव्य वा ट्राञ्जिटबाट फिर्ता हुन नसकेमा फेरिपछि उचित कारण र प्रमाण सहित निवेदन दिएमा भ्रमणको आदेश गर्ने पदानुकारीको निर्णय बमोजिम दैनिक तथा भ्रमण खर्च दिन सकिनेछ ।
(१०) उपनियम (४) बमोजिम विदेशमा जाँदा वा आउँदा बाटोमा परे कुनै मुलुकमा रात बिताउनु पर्दा वा आठ घण्टा भन्दा बढी ट्राञ्जिटमा बस्नु परे अवस्थामा हवाई टिकट उपलब्ध गराउने संस्थाले खाने बस्ने प्रबन्ध नगरेकोमा त्यसरी रात बिताएको वा ट्राञ्जिटमा बसेको अवधिीको लागि अनुसूची-५ बमोजिमको दैनिक भत्ता पाउनेछ ।
(११) अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार आदिमा जाँदा सम्मेलन सुरु हुने अघिल्लो दिनदेखि समाप्त भएको भोलि पल्टसम्मलाई जनत दिन लाग्छ त्यसभन्दा बढी आफूखुसी त्यस्तो मुलुक वा अन्य विदेशी मुलुकमा मुकाम गरेकोमा दैनिक भत्ता दिइने छैन ।
(११क) सरकारी खर्चमा विदेश भ्रमण गर्दा बाटोको हवाई यात्रामा रात बिताएको अवधिभर अनुसूची-५ बमोजिमको पाउने दैनिक भत्ता दरको पचास प्रतिशत रकम मात्र दिइनेछ ।
(१२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीले कुनै समारोह, सम्मेलन वा औपचारिक भ्रमणमा विदेश भ्रमण गर्नु पर्दा उपनियम (४) बमोजिमको दैनिक भत्ता वा उपनियम (५) बमोजिमको होटल खर्चका सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्ले छुट्टै दर निर्धारण गर्न सक्नेछ र यसरी निर्धारण भएकोमा सोही बमोजिमको दरमा दैनिक भत्ता वा होटल खर्च दिइनेछ ।
* चौथो संशोधनद्वारा झिकिएको । $\text{※}$ चौथो संशोधनद्वारा संशोधित । $\text{‡}$ दोस्रो संशोधनद्वारा थप । $\text{❖}$ संशोधनद्वारा थप ।
(१३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तपनि जनवादी गणतन्त्र चीनको स्वायत्त क्षेत्र तिब्बत वा भारतको बाटो भई नेपालको एक भू-भागबाट अर्को भू-भागमा जानुपर्दा नेपालमा पाए सरहकै दैनिक तथा भ्रमण खर्च र बास खर्च मात्र पाउनेछ।
$\times$ १५. ............ $\times$ १६. ............ $\xi$ १७. ...............
१८. भ्रमण सम्बन्धी बील भपाईहरूः (१) भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण समाप्त भएपछि नियमानुसार पाउने दैनिक भत्ता तथा भ्रमण खर्चको बील भरी भ्रमण प्रतिवेदन साथ आवश्यक बील भपाई सम्बन्धित कार्यालयमा पेश गर्नु पर्नेछ।
तर उडान बीमाको हकमा सो बीमाको नम्बर मात्र पेश गरे पुग्छ।
(२) हवाई यातायातको सुविधा लिने पदाधिकारी वा कर्मचारीले हवाई टिकट पेश गरेमा मात्र सो बापतको रकम भुक्तानी दिइनेछ। तत्काल भ्रमण पेश्की लिँदाको बखत हवाई टिकट पेश गर्न नसक्ने पदाधिकारी वा कर्मचारीले हवाई यातायातको सुविधा लिएमा आफू हाजिर हुने कार्यालयमा हवाई टिकट पेश गरी सो बापतको रकम भुक्तानी माग गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम भुक्तानी माग गर्दा सहजै कार्यालयबाट लिएको दैनिक भत्ता तथा भ्रमण खर्चको बीलको प्रमाणित कागज संलग्न गर्नु पर्नेछ।
(४) हवाई यातायातको टिकट प्राप्त भएमा सहजैको भ्रमण साधनबाट भ्रमण गर्दा भुक्तानी भएको रकम र हवाई यातायात प्रयोगबाट हुन आउने रकम यकिन गरी नपुग हुने रकम मात्र सात दिनभित्र कार्यालयले सम्बन्धित कर्मचारीलाई भुक्तानी दिनु पर्नेछ।
(५) यस नियम बमोजिम माग भएको रकम भुक्तानी दिन बजेट रकम नभएमा आगामी आर्थिक वर्षको लागि दायित्व सारी पहिलो प्राथमिकताका साथ भुक्तानी दिनु पर्नेछ।
$\times$ तेस्रो संशोधनद्वारा खारेज। $\xi$ चौथो संशोधनद्वारा थपिएको।
१९. दूरीको विवरण राख्नु पर्नेः (१) जिल्ला भित्रको ठाउँ ठाउँको दूरीको विवरण सम्बन्धित जिल्लाको स्थानीय विकास अधिकारीले तयार गरी राख्नु पर्नेछ र जिल्लानभित्रका सबै कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ।
(२) एक जिल्लाको सदरमुकामदेखि अर्को जिल्लाको सदरमुकाम बीचको दूरी स्थानीय विकास मन्त्रालयले तयार गरी सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा र अन्य मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ।
(३) उपनियम (१) र (२) बमोजिम उपलब्ध गराएको विवरणको आधारमा सम्बन्धित कार्यालयले कोषको हिसाब गर्नु पर्नेछ।
२०. अन्य व्यक्तिलाई दिइने भ्रमण खर्चः (१) गैरसरकारी व्यक्तिलाई नेपालभित्र वा विदेशमा भ्रमण गराउने नेपाल सरकारबाट निर्णय भएमा निजले पाउने दैनिक भत्ता तथा भ्रमण खर्च र अन्य खर्च नेपाल सरकारको निर्णयमा उल्लेख भएबमोजिम हुनेछ।
(२) उपनियम (१) को प्रयोजनको लागि नेपाल सरकारको निर्णयको लागि पेस गर्दा यस्ता व्यक्तिलाई दैनिक भत्ता तथा भ्रमण खर्च $\text{}$ दिनु पर्ने भएमा कुन तहका कर्मचारीले पाए सरह दैनिक भत्ता तथा भ्रमण खर्च $\text{}$ दिने भन्ने कुरा समेत स्पष्ट खोली पेस गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम निर्णय भएमा द्वितीय तहको पदाधिकारी वा कर्मचारीले पाए सरिको सुविधा दिइनेछ।
२१. भ्रमण अभिलेख राख्नु पर्नेः भ्रमण खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण प्रारम्भ गरे पछि सम्बन्धित कार्यालयले अनुसूची-६ बमोजिमको ढाँचामा भ्रमण अभिलेख राख्नु पर्नेछ $\text{❖}$ र भ्रमणमा खटाउने पदाधिकारीले विश्वसनीय आधार र प्रमाण स्थापित हुने गरी आवश्यकता अनुसार आन्तरिक नियन्त्रण प्रणालीको थप व्यवस्था समेत गर्नु पर्नेछ।
२२. विशेष व्यवस्थाः भौगोलिक, प्राकृतिक वा हावापानी सम्बन्धी कठिनाइको दृष्टिले नेपालको कुनै इलाकामा बसी काम गर्ने पदाधिकारी वा कर्मचारीलाई नेपाल सरकारबाट समय समयमा
$\text{*}$ चौथो संशोधनद्वारा झिकिएको। $\text{❖}$ चौथो संशोधनद्वारा थप।
भएको निर्णयबाट दिई आएको वा दिइने स्थानीय भत्ता, लुगा भत्ता, औषधी भत्ता वा यस्तै अरु भत्ताको व्यवस्थामा यस नियमावलीको कुनै पनि कुराले प्रतिकूल असर पारेको मानिने छैन ।
२३. कारबाही गरिनेः (१) यस नियमावली बमोजिम पाउने सुविधा लिने प्रयोजनको लागि भ्रमण गर्ने कुनै पदाधिकारी वा कर्मचारीले झुट्टा विवरण पेश गरी भुक्तानी लिएको ठिरेमा झुट्टा विवरण पेश गरी भुक्तानी लिएको रकमको दोब्बर रकम निज सरकारी सेवामा रहेको भए निजले पाउने तलबबाट कट्टा गरी लिइनेछ र निजलाई कारबाही समेत गरिनेछ।
(२) उपनियम (१) बमोजिम कट्टा नगरेमा त्यस्तो कट्टा गर्ने पदाधिकारी वा कर्मचारीको तलबबाट असुल उपर गर्नु पर्नेछ र निजलाई विभागीय कारबाही समेत गर्न सकिनेछ।
(३) उपनियम (१) वा (२) बमोजिम त्यस्तो रकम असुल उपर हुन नसकेमा सो रकम सरकारी बाँकी सरि असुल उपर गरिनेछ।
२४. प्रचलित कानून बमोजिम हुनेः यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली बमोजिम भ्रमण खर्च पाउने कुनै खास पदाधिकारीको भ्रमण खर्चको सम्बन्धमा प्रचलित कानूनमा छुट्टै व्यवस्था भएकोमा त्यस्तो पदाधिकारीले सोही बमोजिमको भ्रमण खर्च पाउनेछ।
तर त्यसरी पाउने भ्रमण खर्च यस नियमावली बमोजिम पाउने भ्रमण खर्च भन्दा कम हुने रहेछ भने त्यस्तो पदाधिकारीले यस नियमावली बमोजिमको भ्रमण खर्च दाबी गर्न सक्नेछ।
२५. खारेजीः (१) आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०५६ को परिच्छेद-१६ खारेज गरिएको छ।
(२) उपनियम (१) बमोजिम खारेज गरिएका व्यवस्था बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
अनुसूची -१ (नियम ३ को उपनियम (४) सँग सम्बन्धित)
नेपाल सरकार ................................ कार्यालय
भ्रमण आदेश
सङ्ख्याः– ............ मितिः– .............
१. भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीको नामः– २. पदः– ३. कार्यालयः– ४. भ्रमण गर्ने स्थान (विदेश भए मुलुक र शहर खुलाउने):– ५. भ्रमणको उद्देश्यः– ६. भ्रमण गर्ने अवधिः– ................... देखि .................... सम्म ७. भ्रमण गर्ने साधनः– ८. भ्रमणको निमित्त माग गरेको पेश्की खर्चः– ९. भ्रमण सम्बन्धी अन्य आवश्यक कुराः–
....................................... भ्रमण स्वीकृत गर्ने पदाधिकारी मितिः–
(आर्थिक प्रशासन शाखाको प्रयोजनका लागि) भ्रमण खर्च
बजेट नं. ................... बाट नगद÷चेक नं. ................ रु. ..................... अक्षेरेपी ................................................................. दिइएको छ ।
बुझिलिनेको सही ......................... .................................. नाम, थरः– (आर्थिक प्रशासन शाखा) मितिः– मितिः–
अनुसूची –२ (नियम ७ को उपनियम (१) सँग सम्बन्धित)
दैनिक भत्ता दर
* चौँथो संशोधनद्वारा संशोधित ।
³अनुसूची — ३
..........................................
³ चौँथो संशोधनद्वारा झिकिएको ।
अनुसूची –४ (नियम ७ को उपनियम (२) सँग सम्बन्धित)
दैनिक भत्ताको बीस प्रतिशत थप पाउने जिल्लाहरू
१. दार्चुला २. बझाङ ३. बाजुरा ४. अछाम ५. जाजरकोट ६. रुकुम ७. रोल्पा ८. हुम्ला ९. मुगु १०. जुम्ला ११. कालिकोट १२. डोल्पा १३. मुस्ताङ १४. मनाङ १५. गोरखा (जगत उत्तर) १६. धादिङ (नुम उत्तर) १७. भोजपुर १८. खोटाङ १९. ओखलढुङ्गा २०. सोलुखुम्बु
अनुसूची –५ (नियम १४ को उपनियम (४) सँग सम्बन्धित)
विदेशमा भ्रमण गर्दा पाउने दैनिक भत्ता दर
द्रष्टव्य:–
१. युरोपियन मुलुकहरु, अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानाडा, कुवेत, कोरिया, जापान, हङकङ्ग, रुस, कतार, जाम्बिया, यू.ए.ई., सिंगापूर, लेबनान, बहराइनको भ्रमणमा माथि उल्लिखित दरमा ३३ प्रतिशत थप रकम दिइनेछ ।
२. भारतको चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, दिल्ली, कोलकाता र बङ्गलादेशको ढाका र चटगाउँ बाहेक अन्य स्थानमा रात बिताउँदा माथि उल्लिखित दरको पचास प्रतिशत रकम मात्र दिइनेछ ।
* चौँथो संशोधनद्वारा संशोधित ।
अनुसूची -६ (नियम २१ सँग सम्बन्धित)
नेपाल सरकार .......................................... मन्त्रालय .......................................... कार्यालय
भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीको भ्रमण अभिलेख खाता
द्रष्टव्य:–
भ्रमण आदेशमा प्रत्येक आर्थिक वर्ष सुरु भएपछि ००१/आ.व. देखि सुरु गरी आर्थिक वर्ष समाप्त भएपछि कार्यालय प्रमुखबाट प्रमाणित गरी राख्नु पर्नेछ।
आर्थिक प्रशासन शाखा प्रमुखको सही:– नाम, थर:– मिति:–
कार्यालय प्रमुखको सही:– नाम, थर:– मिति:–*