मतदाता नामावली सम्बन्धी नियमावली, २०६८
राजपत्रमा प्रकाशन मिति २०६८।१२।०७
संशोधन मतदाता नामावली सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७० २०७०।०१।१०
मतदाता नामावली सम्बन्धी ऐन, २०६३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले देहायका नियमहरू बनाएको छ ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “मतदाता नामावली सम्बन्धी नियमावली, २०६८” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले मतदाता नामावली सम्बन्धी ऐन, २०६३ सम्झनु पर्छ । (ख) “कार्यक्रम” भन्नाले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने सिलसिलामा तत्काल कायम रहेको वा आयोगले सङ्कलन गरेको मतदाता नामावली प्रकाशन गर्ने, त्यसमा नाम समावेश गर्ने, सच्याउने, हटाउने र दावी विरोध गर्ने लगायतका कामहरू गर्नको लागि आयोगले समयावधि निर्धारणगरी यस नियमावली बमोजिम प्रकाशन गरेको कार्यक्रम सम्झनु पर्छ । (ग) “दर्ता कर्मचारी वा सहायक दर्ता कर्मचारी” भन्नाले नियम ८ बमोजिम नियुक्त कर्मचारी सम्झनु पर्छ ।
(घ) “परिवार” भन्नाले मतदाताको एकासगोलमा रहेका मतदाता हुन योग्यता पुगेको व्यक्ति सम्झनु पर्छ ।
(ङ) “मतदाता दर्ता किताब” भन्नाले नियम १० बमोजिमको मतदाता दर्ता किताब सम्झनु पर्छ ।
(च) “सङ्कलक” भन्नाले नियम ७ बमोजिम खटाइएको वा काममा लगाइएको व्यक्ति सम्झनु पर्छ ।
परिच्छेद —२ कार्यक्रम तथा नाम दर्ता अधिकारी सम्बन्धी व्यवस्था
३. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यक्रम प्रकाशन गर्नुपर्नेः (१) आयोगले ऐनको दफा ३ को उपदफा (१) बमोजिम प्रत्येक निर्वाचन क्षेत्रभित्रका गाउँपालिका र नगरपालिकाको वडाको मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यक्रम नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रकाशित कार्यक्रम आयोगले आवश्यकता अनुसार राष्ट्रियस्तरको सञ्चार माध्यमबाट समेत प्रकाशन तथा प्रसारण गर्न सक्नेछ ।
४. प्रमुख नाम दर्ता अधिकारी तोक्न सक्नेः (१) आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने र सो सम्बन्धमा आवश्यक अन्य सबै काम गर्नेका लागि प्रत्येक जिल्लामा जिल्ला निर्वाचन अधिकारीलाई प्रमुख नाम दर्ता अधिकारी तोक्न सक्नेछ ।
(२) प्रमुख नाम दर्ता अधिकारीको कार्यालय जिल्ला निर्वाचन कार्यालयमा रहनेछ ।
५. प्रमुख नाम दर्ता अधिकारीको काम, कर्तव्य र अधिकारः ऐन र यस नियमावलीमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त प्रमुख नाम दर्ता अधिकारीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) ऐन र यस नियमावली बमोजिम सहायक नामदर्ता अधिकारीले गर्नुपर्ने कामको समन्वय, निरीक्षण र अनुगमन गर्ने,
(ख) मतदाता नामावली तथा अन्य विवरण तयार गर्ने काममा कुनै समस्या उत्पन्न भएमा सोको निराकरण गर्ने,
(ग) मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने काममा संलग्न कर्मचारी मध्ये उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कारको लागि आयोगमा सिफारिस गर्ने,
(घ) मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने काममा संलग्न कर्मचारीको काम कारबाही सम्बन्धमा प्राप्त उजूरीको छानबिन गरी आवश्यक कारबाहीको लागि आयोग समक्ष पठाउने,
(ङ) मतदाता नामावली र मतदाताको अन्य विवरण तयार गर्ने काममा संलग्न कर्मचारीले ऐन र यस नियमावली विपरीत काम गरेको देखिएमा वा लापरवाही साथ काम गरेमा निज उपर विभागीय कारबाही गना आयोग समक्ष लेखी पठाउने,
(च) ऐन, यस नियमावली र सो अन्तर्गत बनेको निर्देशिका बमोजिम सहायक नाम दर्ता अधिकारीले गर्नु पर्ने काम तथा पालना गर्नु पर्ने कर्तव्यको सम्बन्धमा प्रशिक्षण वा निर्देशन दिने,
(छ) ऐन र यस नियमावली बमोजिम मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नको लागि वार्षिक रुपमा योजना तथा कार्यक्रम तयार गरी आयोगमा पठाउने र
(ज) आयोगले तोकेको अन्य काम गर्ने ।
६. सहायक नाम दर्ता अधिकारी नियुक्त गर्न वा तोक्न सक्नेः (१) आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न र सो सम्बन्धमा आवश्यक अन्य सबै काम गर्नका लागि प्रत्येक गाउँपालिका र नगरपालिकाको वडामा आवश्यकता अनुसार सहायक नाम दर्ता अधिकारी नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(२) सहायक नाम दर्ता अधिकारीको कार्यालय सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडा कार्यालयमा रहनेछ ।
तर कुनै नगरपालिकाको वडा कार्यालय नभएको अवस्थामा नगरपालिकाको कार्यालयमा नै सहायक नाम दर्ता अधिकारीको कार्यालय रहनेछ ।
७. सङ्कलक खटाउन सक्नेः मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नका लागि नाम दर्ता अधिकारीलाई सहयोग पुर्याउन आयोगले नेपाल सरकारको वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्था वा निकाय वा स्थानीय निकायका कर्मचारी वा सामुदायिक विद्यालयका शिक्षकलाई सङ्कलकको रुपमा काम गर्न खटाउन सक्नेछ ।
८. कर्मचारी नियुक्त गर्न सक्नेः मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने सिलसिलामा मतदाताको फोटो खिच्ने, औँला छाप सङ्कलन गर्ने र मतदाताको नाम तथा विवरण मतदाता दर्ता किताबमा दर्ता गरी कम्प्युटरमा प्रविष्ट गर्ने समेतका काम गर्नका लागि आयोगले कार्यक्रममा उल्लेख भएबमोजिम दर्ता कर्मचारी र सहायक दर्ता कर्मचारी निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम नियुक्त गर्न सक्नेछ ।
९. कार्यक्रम तथा मतदाता नामावली प्रकाशन गर्नुपर्नेः (१) नियम ३ बमोजिम कार्यक्रम प्रकाशन भएपछि प्रमुख नाम दर्ता अधिकारीले आयोगको निर्देशनको अधीनमा रही आफ्नो जिल्लामा सञ्चालन हुने मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम अनुसूची–१ बमोजिमको ढाँचामा तयार गरी आफ्नो कार्यालयमा टाँस गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिमको कार्यक्रम प्रमुख नाम दर्ता अधिकारीले सहायक नाम दर्ता अधिकारीलाई सम्बन्धित गाउँपालिका र नगरपालिकाको वडा कार्यालयमा टाँस गर्न लगाउनु पर्नेछ ।
(३) सहायक नाम दर्ता अधिकारीले उपनियम (२) बमोजिमको कार्यक्रमको साथमा आयोगले यो नियमावली प्रारम्भ हुँदाका बखत अनुसूची—२ बमोजिमको ढाँचामा तयार गरेको सम्बन्धित गाउँपालिका र नगरपालिकाको वडाको ऐनको दफा ५ बमोजिम मतदाता नामावलीमा नाम समावेश हुन योग्यता पुगेको व्यक्तिको फोटोसहितको मतदाता नामावली यो नियमावली प्रारम्भ भएपछि पहिलो पटकको लागि र त्यसपछि सोही आधारमा तयार भएको तत्काल कायम रहेको फोटोसहितको मतदाता नामावली कार्यक्रममा उल्लेख भए बमोजिम आफ्नो कार्यालयमा प्रकाशन गर्नुपर्नेछ । (४) सहायक नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिम मतदाता नामावली प्रकाशन गर्दा अनुसूची–३ बमोजिमको ढाँचामा सूचना टाँस गरी गर्नुपर्नेछ ।
(५) प्रमुख नाम दर्ता अधिकारीले उपनियम (१) बमोजिम र सहायक नाम दर्ता अधिकारीले उपनियम (२) बमोजिम कार्यक्रम टाँस गर्दा र सहायक नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिम मतदाता नामावली प्रकाशन गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा मुचुल्का गर्नु पर्नेछ ।
(६) प्रमुख नाम दर्ता अधिकारी वा सहायक नाम दर्ता अधिकारीले यस नियम बमोजिमको कार्यक्रम सम्भव भएसम्म स्थानीय स्तरको कुनै सञ्चार माध्यमद्वारा प्रकाशन तथा प्रसारण गर्नु पर्नेछ ।
(७) प्रमुख नाम दर्ता अधिकारीले उपनियम (१) बमोजिम कार्यक्रम टाँस गरेको व्यहोराको जानकारी उपलब्ध भएसम्मका जिल्लास्थित राजनीतिक दलका कार्यालयमा पठाउनु पर्नेछ ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “राजनीतिक दल” भन्नाले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व भएका राजनीतिक दल सम्झनु पर्छ र सो शब्दले आयोगमा दर्ता भएका अन्य राजनीतिक दललाई समेत जनाउँछ ।
(८) सहायक नाम दर्ता अधिकारीले उपनियम (२) बमोजिम कार्यक्रम टाँस गरेको व्यहोराको जानकारी ऐनको दफा ४१ बमोजिम गाउँपालिका वा नगरपालिकाको वडामा गठन भएको सहयोग समितिका सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ ।
परिच्छेद —३ मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्नेसम्बन्धी व्यवस्था
१०. नाम सङ्कलन तथा दर्ता गर्नु पर्नेः (१) नियम ९ बमोजिम मतदाता नामावली प्रकाशन भएपछि सङ्कलकले कार्यक्रममा उल्लेख भए अनुसार ऐनको दफा ५ बमोजिम मतदाता नामावलीमा नाम समावेश हुन योग्यता पुगेको व्यक्तिको नाम तथा अन्य विवरण सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा समावेश गर्न अनुसूची –५ बमोजिमको ढाँचामा त्यस्तो व्यक्तिको नाम तथा अन्य विवरण सङ्कलन गर्नु पर्नेछ ।
(२) सङ्कलकले उपनियम (१) बमोजिम सङ्कलन भएको नाम तथा अन्य विवरण कार्यक्रममा उल्लेख भएबमोजिम सहायक दर्ता कर्मचारीलाई बुझाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको नाम तथा विवरण प्राप्त भएपछि सहायक दर्ता कर्मचारीले मतदाता दर्तास्थलमा उपस्थित ऐनको दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेको व्यक्तिको नाम तथा विवरण अनुसूची–६ बमोजिमको ढाँचाको मतदाता दर्ता किताबमा दर्ता गरी त्यस्तो नाम तथा विवरण दर्ता कर्मचारीलाई बुझाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको नाम तथा विवरण प्राप्त भएपछि दर्ता कर्मचारीले त्यस्तो व्यक्तिको औँला छाप र आयोगले निर्धारण गरे बमोजिमको फोटो खिँची निजको नाम तथा अन्य विवरण, औँला छाप र फोटो कम्प्युटरमा प्रविष्ट गर्नु पर्नेछ ।
११. नाम हटाउन वा सार्न विवरण सङ्कलन गर्नु पर्नेः (१) यस नियमावलीबमोजिम मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दा कुनै मतदाताको परिवारको कुनै सदस्यको मृत्यु भएको वा त्यस्तो सदस्य स्थायी तबरले बसाइ सरी अन्यत्र गएको वा विवाह भई गएको वा त्यस्तो सदस्यले मतदाता नामावलीमा नाम कायम रहने योग्यता गुमाएको कारणले नियम ९ को उपनियम (३) बमोजिम प्रकाशित मतदाता नामावलीबाट त्यस्तो सदस्यको नाम हटाउनु पर्ने भएमा सङ्कलकले कार्यक्रममा उल्लिखित समयावधिभित्र अनुसूची–७ बमोजिमको ढाँचामा सोको विवरण आयोगले निर्धारण गरेको स्थानमा सङ्कलन गर्नु पर्नेछ ।
(२) कुनै मतदाता आफ्नो मतदाता नामावली रहेको गाउँपालिका वा नगरपालिकाको वडाबाट स्थायी तबरले बसाइ सरी वा विवाह भई आएको कारणले निजको नाम त्यस्तो मतदाता नामावलीबाट त्यसरी बसाइ सरी वा विवाह भई आएको स्थानको मतदाता नामावलीमा सार्नुपर्ने भएमा सङ्कलकले सोको विवरण आयोगले निर्धारण गरेको स्थानमा अनुसूची–८ बमोजिमको ढाँचामा सङ्कलन गर्नु पर्नेछ ।
१२. त्रुटि सच्याउन विवरण सङ्कलन गर्नुपर्नेः यस नियमावली बमोजिम मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दा नियम ९ को उपनियम (३) बमोजिम प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम, थर, जन्म मिति वा यस्तै अन्य कुनै विवरणमा कुनै त्रुटि देखिएमा त्यस्तो त्रुटि सच्याउनको लागि सङ्कलकले सोको विवरण आयोगले निर्धारण गरेको स्थानमा अनुसूची–७ बमोजिमको ढाँचामा कार्यक्रममा उल्लिखित समयावधिभित्र सङ्कलन गर्नु पर्नेछ ।
१३. विवरण सङ्कलन गर्ने आधारः (१) सङ्कलकले नियम १० बमोजिम नाम तथा विवरण सङ्कलन गर्दा सम्बन्धित मतदाता स्वयंले उपलब्ध गराएको विवरणको आधारमा गर्नु पर्नेछ ।
(२) सङ्कलकले नियम ११ र १२ बमोजिमको विवरण सङ्कलन गर्दा मतदाता स्वयं वा निजको परिवारको सदस्यले उपलब्ध गराएको विवरणको आधारमा सङ्कलन गर्न सक्नेछ ।
१४. विवरण उपलब्ध गराई नाम दर्ता गराउनु पर्नेः कार्यक्रममा उल्लिखित समय र स्थानमा उपस्थित भई मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्नको लागि आवश्यक पर्ने विवरण उपलब्ध गराई मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हुनेछ।
१५. विवरण बुझाउनु पर्नेः दर्ता कर्मचारीले नियम १० बमोजिम सङ्कलन भएको विवरण र दर्ता किताब तथा सङ्कलकले नियम ११ र १२ बमोजिम सङ्कलित विवरण कार्यक्रममा उल्लेख भए बमोजिम सहायक नाम दर्ता अधिकारीलाई बुझाउनु पर्नेछ।
१६. नामावली अद्यावधिक गरी प्रकाशन गर्नुपर्नेः (१) सहायक नाम दर्ता अधिकारीले नियम १५ बमोजिम विवरण र दर्ता किताब प्राप्त गरेपछि सो विवरण जाँचबुझ गरी मतदाता नामावली अद्यावधिक गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम मतदाता नामावली अद्यावधिक गर्दा देहाय बमोजिम गर्नु पर्नेछः
(क) नियम १० बमोजिम सङ्कलित विवरणको आधारमा नियम ९ को उपनियम (३) बमोजिम प्रकाशन भएको मतदाता नामावलीमा थप भएको मतदाताको विवरण अनुसूची–९ बमोजिमको ढाँचामा तयार गरी,
(ख) नियम ११ बमोजिम नाम हटाउन वा सार्न सङ्कलित विवरणको आधारमा नियम ९ को उपनियम (३) बमोजिम प्रकाशन भएको मतदाता नामावलीबाट नाम हटेको वा सरेको झल्किने गरी अनुसूची–१० बमोजिमको ढाँचामा नाम हटाएको वा सारेको विवरण तयार गरी, र
(ग) नियम १२ बमोजिम त्रुटि सच्याउन सञ्चालित विवरणको आधारमा नियम ९ को उपनियम (३) बमोजिम प्रकाशन भएको मतदाता नामावलीमा त्रुटि सच्याई।
(३) उपनियम (१) बमोजिम मतदाता नामावली अद्यावधिक गरेपछि सहायक नाम दर्ता अधिकारीले उपनियम (२) को खण्ड (क) बमोजिमको मतदाता नामावली र खण्ड (ग) बमोजिमको विवरण सँगै राखी कार्यक्रममा उल्लेख भए बमोजिम अनुसूची-३ बमोजिमको ढाँचाको सूचना सहित सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाको कार्यालयमा प्रकाशन गर्नु पर्नेछ।
(४) सहायक नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिम अद्यावधिक मतदाता नामावली प्रकाशन गर्दा उपनियम (२) को खण्ड (ख) बमोजिमको विवरण समेत प्रकाशन गर्नु पर्नेछ।
(५) सहायक नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिमको सूचना र उपनियम (४) बमोजिमको विवरण प्रकाशन गर्दा अनुसूची-४ बमोजिमको ढाँचामा मुचुल्का तयार गर्नु पर्नेछ।
१७. मतदाता नामावलीमा नाम समावेश हुन छुटेको व्यक्तिले दरखास्त दिन सक्नेः (१) नियम ९ को उपनियम (३) वा नियम १६ बमोजिम प्रकाशित मतदाता नामावलीमा ऐनको दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेको कुनै व्यक्तिको नाम समावेश हुन छुटेको रिहेछ भने त्यस्तो व्यक्तिले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउन कार्यक्रममा उल्लेख भएबमोजिम सहायक नाम दर्ता अधिकारी समक्ष स्वयं उपस्थित भई अनुसूची-५ बमोजिमको ढाँचामा दरखास्त दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएमा सहायक नाम दर्ता अधिकारीले सो सम्बन्धमा जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा त्यस्तो व्यक्ति ऐनको दफा ५ बमोजिम मतदाता हुन योग्य भएको देखिएमा निजको नाम सहायक दर्ता कर्मचारी मार्फत मतदाता दर्ता निकायमा दर्ता गराई र दर्ता कर्मचारी मार्फत निजको औँला छाप र आयोगले निर्धारण गरे बमोजिमको फोटो खिची त्यस्तो व्यक्तिको नाम तथा विवरण, औँला छाप र फोटो कम्प्युटरमा प्रविष्ट गराउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम नाम, विवरण, औँला छाप र फोटो प्रविष्ट भएपछि सहायक नाम दर्ता अधिकारीले त्यस्तो नाम तथा विवरणको आधारमा अनुसूची–९ बमोजिमको ढाँचामा संशोधित मतदाता नामावली तयार गर्नु पर्नेछ।
१८. नाम, थर, जन्म मिति, उमेर आदि विवरण सच्याउन दरखास्त दिनु पर्नेः (१) नियम १६ बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएको कुनै मतदाताको नाम, थर, जन्म मिति, उमेर वा त्यस्तै अन्य विवरणमा कुनै त्रुटि भएमा वा फेरफेर गर्नु पर्ने भएमा सो सच्याउन मतदाता आफै वा निजको परिवारको कुनै सदस्यले कार्यक्रममा उल्लिखित समयावधिभित्र जन्म दर्ता, विवाह दर्ता, बसाई सराई लगायत अन्य सम्बद्ध प्रमाण संलग्न गरी अनुसूची–७ बमोजिमको ढाँचामा सहायक नाम दर्ता अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको दरखास्त प्राप्त भएमा सहायक नाम दर्ता अधिकारीले सो सम्बन्धमा जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा त्यस्तो त्रुटि सच्याउनुपर्ने देखिएमा नियम १६ बमोजिम प्रकाशन भएको नामावलीमा त्यस्तो त्रुटि सच्याई संशोधित मतदाता नामावली तयार गर्नेछ।
१९. नाम हटाउन वा सार्न सूचना दिन सक्नेः (१) नियम ९ को उपनियम (३) वा नियम १६ बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएको कुनै मतदाताको मृत्यु भएको वा निज स्थायी तौरले सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाबाट बसाई सरेको वा विवाह भई अन्यत्र गएको वा निजले नेपाली नागरिकता त्याग गरेको वा मतदाता नामावलीमा नाम कायम रहन सक्ने योग्यता गुमाएको रहेछ भने सोही व्यहोरा उल्लेख गरी मतदाता नामावलीबाट त्यस्तो नाम हटाउन वा सार्न मतदाता वा निजको परिवारको कुनै सदस्यले कार्यक्रममा उल्लिखित समयावधि भित्र अनुसूची–७ बमोजिमको ढाँचामा सहायक नाम दर्ता अधिकारी समक्ष दरखास्त दिन सक्नेछ।
(२) कुनै मतदाता आफ्नो मतदाता नामावली रहेको गाउँपालिका वा नगरपालिकाको वडाबाट स्थायी तौरले बसाई सरी आएको वा विवाह भई आएको कारणले निजको नाम त्यस्तो मतदाता नामावलीबाट त्यसरी बसाई सरी वा विवाह भई आएको स्थानको मतदाता नामावलीमा सार्नुपर्ने भएमा सोको लागि त्यस्तो मतदाताले
अनुसूची-८ बमोजिमको ढाँचामा सहायक नाम दर्ता अधिकारीसमक्ष दरखास्त दिन सक्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम कुनै दरखास्त प्राप्त भएमा सहायक नाम दर्ता अधिकारीले सो सम्बन्धमा जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा त्यस्तो मतदाताको मृत्यु भएको वा त्यस्तो मतदाता वसैं सरी वा विवाह भई आएको वा मतदाता नामावलीमा नाम रहन अयोग्य भएको देखिएमा ऐन बमोजिम आफूले हटाउन वा सार्न सक्ने नामको हकमा आफैले हटाउनु वा सार्नु पर्नेछ र आफूले हटाउन वा सार्न नसक्ने नामको हकमा आफ्नो राय सहित प्रमुख नाम दर्ता अधिकारी समक्ष पेश गर्नु पर्नेछ । सहायक नाम दर्ता अधिकारीबाट त्यसरी पेश भएकोमा प्रमुख नाम दर्ता अधिकारीले त्यस्तो नाम हटाउनु वा सार्नु पर्ने भएमा हटाई वा सारी सोको विवरण सहायक नाम दर्ता अधिकारीलाई दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम मतदाता नामावलीबाट नाम हटाएको वा सारेको सूचना सहायक नाम दर्ता अधिकारीले अनुसूची-१० बमोजिमको ढाँचामा आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ।
(५) उपनियम (३) बमोजिम नाम हटाउँदा वा सार्दा सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले सोको कारण उल्लेख गर्नु पर्नेछ।
(६) सहायक नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिम मतदाता नामावलीबाट नाम हटाए वा सारे पछि संशोधित मतदाता नामावली तयार गर्नु पर्नेछ।
२०. संशोधित मतदाता नामावली प्रकाशन गर्नु पर्नेः सहायक नाम दर्ता अधिकारीले नियम १७ को उपनियम (३), नियम १८ को उपनियम (२) र नियम १९ को उपनियम (६) बमोजिम तयार गरेको संशोधित मतदाता नामावली कार्यक्रममा उल्लेख गरिएको अवधिमा अनुसूची-३ बमोजिमको ढाँचाको सूचनासहित आफ्नो कार्यालयमा प्रकाशन गर्नुपर्नेछ र सोको मुचुल्का अनुसूची-४ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ।
२१. मतदाता नामावलीमा दाबी विरोधको लागि दरखास्त दिन सक्नेः नियम ९ को उपनियम (३) वा नियम १६ वा २० बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएको कुनै व्यक्तिको नाम ऐन र यस नियमावली बमोजिम समावेश हुन नसक्ने कारण
भएमा सोही निर्वाचन क्षेत्रको सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको कुनै मतदाताले सोको कारण खुलाई कार्यक्रममा उल्लिखित अवधिभित्र अनुसूची–७ बमोजिमको ढाँचामा नियम ९ को उपनियम (३) र नियम १६ बमोजिम प्रकाशित मतदाता नामावलीमा रहेको नामको हकमा सहायक नाम दर्ता अधिकारी समक्ष र नियम २० बमोजिम प्रकाशित मतदाता नामावलीमा रहेको नामको हकमा प्रमुख नाम दर्ता अधिकारी समक्ष दरखास्त दिन सक्नेछ।
२२. दाबी विरोधको सम्बन्धमा निर्णय गर्ने: (१) नियम २१ बमोजिमको दरखास्त प्राप्त भएमा सहायक नामदर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले कार्यक्रममा उल्लेख भएबमोजिम त्यस्तो दरखास्तको संक्षिप्त विवरण तयार गरी सम्बन्धित मतदाता वा निजको परिवारको सदस्यलाई आफ्नो धनाई पेश गराउनका लागि कार्यक्रममा उल्लिखित समयावधि भित्र सम्बद्ध प्रमाण सहित उपस्थित हुने सूचना आफ्नो कार्यालयमा अनुसूची–११ बमोजिमको ढाँचामा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको समयावधिभित्र त्यस्तो मतदाता वा सदस्य उपस्थित हुन आएमा सहायक नामदर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले आवश्यक ठानेमा निजसँग सोधपुछ गर्न वा थप प्रमाण माग गर्न सक्नेछ ।
(३) सहायक नामदर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले मतदाता वा निजको परिवारको सदस्यले उपनियम (१) बमोजिम प्रमाण पेश गरेकोमा त्यस्तो प्रमाण र त्यस्तो मतदाता वा निजको परिवारको सदस्य उपस्थित नभएमा वा मागिएको प्रमाण पेश नगरेमा दरखास्त साथ पेश गरिएको प्रमाणको मूल्याङ्कन गर्नेछ र त्यसरी मूल्याङ्कन गर्दा त्यस्तो मतदाताको नाम मतदाता नामावलीबाट हटाउनु पर्ने देखिएमा हटाई सोको सूचना सम्बन्धित सबैको जानकारीको लागि आफ्नो कार्यालयमा अनुसूची–१० बमोजिमको ढाँचामा प्रकाशन गरी अनुसूची– ४ बमोजिमको ढाँचामा मुचुल्का समेत गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम नाम हटेको विवरण प्रमुख नाम दर्ता अधिकारीले सहायक नाम दर्ता अधिकारीलाई कार्यक्रममा उल्लेख भएबमोजिम उपलब्ध गराउनु पर्नेछ ।
२३. दोहोरो नाम हटाउन जानकारी दिनु पर्ने: (१) एक भन्दा बढी निर्वाचन क्षेत्रको वा एकै निर्वाचन क्षेत्रको एक भन्दा बढी स्थानको मतदाता नामावलीमा नाम दर्ता भएको
मतदाताले आफ्नो नाम आफूले रोजेको कुनै एक निर्वाचन क्षेत्र वा स्थानको मतदाता नामावलीमा मात्र कायम राखी अन्य स्थानको मतदाता नामावलीबाट हटाउन आयोगले तोकिदिएको समयावधि भित्र अनुसूची–७ बमोजिमको ढाँचामा एकै गाउँपालिका वा नगरपालिकाको वडाभित्र दोहोरो परेको भए सहायक नामदर्ता अधिकारी समक्ष, एक भन्दा बढी गाउँपालिका वा नगरपालिकाको वडामा दोहोरो परेको भए सहायक नाम दर्ता अधिकारी मार्फत वा सिधै प्रमुख नाम दर्ता अधिकारी समक्ष र अन्तर जिल्लामा दोहोरो परेको भए प्रमुख नाम दर्ता अधिकारी मार्फत आयोगलाई जानकारी दिनु पर्नेछ ।
(२) कुनै मतदाताको नाम एक वा एक भन्दा बढी निर्वाचन क्षेत्रभित्रको कुनै गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा समावेश भएकोमा दोहोरो नाम हटाई एक मात्र नाम मतदाता नामावलीमा कायम गराउनका लागि सोही गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको कुनै मतदाताले कारण खुलाई कार्यक्रममा उल्लिखित समयावधिभित्र अनुसूची– ७ बमोजिमको ढाँचामा एकै गाउँपालिका वा नगरपालिकाका वडाभित्र दोहोरो परेको भए सहायक नामदर्ता अधिकारी समक्ष र एक भन्दा बढी गाउँपालिका वा नगरपालिकाको वडामा दोहोरो परेको भए प्रमुख नाम दर्ता अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम जानकारी वा निवेदन प्राप्त नभए तापनि कुनै मतदाताको नाम एक भन्दा बढी निर्वाचन क्षेत्र वा स्थानको मतदाता नामावलीमा समावेश भएको कुराको जानकारी आयोगलाई प्राप्त भएमा त्यस्तो मतदाताको नाम निज स्थायी बसोबास गरेको निर्वाचन क्षेत्र वा स्थानको मतदाता नामावलीमा कायम गर्न र अन्य निर्वाचनक्षेत्र वा स्थानको मतदाता नामावलीबाट हटाउन आयोगले सम्बन्धित नाम दर्ता अधिकारीलाई आदेश दिन सक्नेछ ।
२४. दोहोरो नाम हटाउनु पर्नेः (१) नियम २३ को उपनियम (१) बमोजिम जानकारी प्राप्त भएमा सहायक नामदर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले सो सम्बन्धमा जाँचबुझ गर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा मतदाता नामावलीबाट दोहोरो नाम हटाउनु पर्ने देखिएमा सम्बन्धित मतदातालाई कार्यक्रममा उल्लिखित समयावधिभित्र आफ्नो भनाई राख्न आउनु भनी सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता
अधिकारीले आफ्नो कार्यालयमा अनुसूची–११ बमोजिमको ढाँचामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(८) आयोगले उपनियम (५) बमोजिम हटाइएको नामको जिल्लागत विवरण तयार गरी आफ्नो वेबसाइटमा राखी सोको सूचना राष्ट्रस्तरको समाचार पत्रमा प्रकाशन गर्नुपर्नेछ र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई त्यस्तो विवरण आफ्नो कार्यालयमा प्रकाशन गर्न लगाउनु पर्नेछ।
(९) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १९ को उपदफा (२) बमोजिम सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारी स्वयंले कुनै मतदाताको नाम दोहोरो परेको जानकारी प्राप्त गरेमा वा थाहा पाएमा गाउँपालिका वा नगरपालिकामा दोहोरो परेकोमा सम्बन्धित सहायक नाम दर्ता अधिकारीले र जिल्ला भित्रका कुनै गाउँपालिका वा नगरपालिकामा दोहोरो परेकोमा सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीले त्यस्तो मतदाताको स्थायी बसोबास भएको गाउँपालिका वा नगरपालिकाको वडाको बाहेक अन्य गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीबाट त्यस्तो मतदाताको नाम हटाउनु पर्नेछ। त्यसरी नाम हटाइएकोमा सम्बन्धित मतदाताको जानकारीको लागि आफ्नो कार्यालयमा अनुसूची–१० को ढाँचामा सूचना टाँस गर्नु पर्नेछ ।
(१०) उपनियम (२), (७), (८) वा (९) बमोजिम प्रकाशन वा टाँसिएको सूचनाको मुचुल्का अनुसूची–४ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ ।
२५. मृत्यु भएको वा बसाई सरेको आदि आधारमा मतदाता नामावलीबाट नाम हटाउनेः (१) नियम ९ को उपनियम (३), नियम १६ वा २० बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएको कुनै मतदाताको मृत्यु भएको वा निजले स्थायी तबरले सम्बन्धित निर्वाचन क्षेत्रबाट बसाई सरेको वा नेपाली नागरिकता त्याग गरेको वा मतदाता नामावलीमा नाम कायम रहन सक्ने योग्यता गुमाएको भनी कुनै मतदाताले सहायक नाम दर्ता अधिकारी समक्ष कार्यक्रममा उल्लिखित समयावधिभित्र सूचना दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम सूचना प्राप्त भएपछि सहायक नाम दर्ता अधिकारीले मतदाता नामावलीमा नाम समावेश भएको मतदाताको मृत्यु भएको वा निज बसाई सरी अन्यत्र गएको वा नेपाली नागरिकता त्याग गरेको वा मतदाता हुन योग्यता गुमाएको हो वा होइन भन्ने सम्बन्धमा आवश्यकता अनुसार स्थानीय पञ्जिकरण अधिकारीको कार्यालय, स्थानीय निकायको कुनै कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझ्न सक्नेछ।
(३) उपनियम (१) बमोजिम प्राप्त सूचनाको जाँचबुझको सिलसिलामा सहायक नाम दर्ता अधिकारीले सम्बन्धित मतदाताको नाम मतदाता नामावलीबाट हटाउनु नपर्ने भए सम्बद्ध प्रमाण सहित आफ्नो धनाई पेश गर्नु भनी आफ्नो कार्यालयमा अनुसूची– ११ बमोजिमको ढाँचामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम बुझ्दा वा उपनियम (३) बमोजिम प्राप्त प्रमाण मूल्याङ्कन गर्दा कुनै मतदाताको नाम मतदाता नामावलीबाट हटाउनु पर्ने देखिएमा सहायक नाम दर्ता अधिकारीले त्यस्तो मतदाताको नाम मतदाता नामावलीबाट हटाउनु पर्नेछ ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै मतदाताको विवाह भई वा बसाईं सराई गरी अन्यत्र गएको वा मृत्यु भएको व्यहोरा स्थानीय पञ्जिकरण अधिकारीको कार्यालयको अभिलेखबाट देखिएमा सहायक नाम दर्ता अधिकारीले कार्यक्रममा उल्लेख भएबमोजिम त्यस्तो मृत्यु भएको मतदाताको नाम आफैले हटाउन वा सार्न सक्ने भए हटाई वा सारी र आफैले हटाउन वा सार्न नसक्ने भए मतदाता नामावलीबाट हटाउन वा सार्न प्रमुख नाम दर्ता अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम पेश गरिएको विवरण जाँच गर्दा त्यस्तो नाम हटाउनुपर्ने देखिएमा प्रमुख नाम दर्ता अधिकारीले त्यस्तो नाम हटाउनुपर्नेछ ।
(७) यस नियम बमोजिम कुनै मतदाताको नाम मतदाता नामावलीबाट हटाइएकोमा सोको सूचना सहायक नाम दर्ता अधिकारीले आफ्नो कार्यालयमा अनुसूची– १० बमोजिमको ढाँचामा प्रकाशन गर्नु पर्नेछ ।
(८) उपनियम (३) वा (७) बमोजिम सूचना प्रकाशन गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा मुचुल्का तयार गर्नु पर्नेछ ।
२६. अन्तिम मतदाता नामावली तयार गर्नु पर्नेः (१) यस नियमावली बमोजिम दावी विरोध, जाँचबुझ, संशोधनको प्रक्रिया लगायत पूरा गर्नु पर्ने अन्य कार्यविधि पूरा भई सकेपछि प्रमुख नाम दर्ता अधिकारीले आफ्नो जिल्लातित्र रहेका प्रत्येक गाउँपालिका र नगरपालिकाको वडाको अन्तिम मतदाता नामावली अनुसूची–२ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको मतदाता नामावलीको प्रत्येक पृष्ठमा प्रमुख नाम दर्ता अधिकारीले दस्तखत गर्नु पर्नेछ ।
२७. अन्तिम मतदाता नामावली प्रकाशन गर्नुपर्नेः (१) नियम २६ बमोजिम तयार भएको अन्तिम मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीले आयोगले निर्धारण गरेको समयमा आफ्नो कार्यालयमा अनुसूची–३ बमोजिमको ढाँचाको सूचना सहित प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा मुचुल्का तयार गर्नु पर्नेछ ।
२८. अन्तिम मतदाता नामावली प्रकाशन गरेको सूचना पठाउनु पर्नेः (१) प्रमुख नाम दर्ता अधिकारीले नियम २७ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गरेको सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा टाँस् गर्न पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचनाको जानकारी नियम ९ को उपनियम (७) बमोजिमका राजनीतिक दलका जिल्ला स्थित कार्यालयमा समेत पठाउनु पर्नेछ ।
(३) प्रमुख नाम दर्ता अधिकारीले यस नियमावली बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गरेको व्यहोरा स्थानीयस्तरको सञ्चार माध्यमद्वारा प्रकाशन तथा प्रसारण गर्न सक्नेछ ।
२९. अन्तिम मतदाता नामावली आयोगमा पठाउनु पर्नेः प्रमुख नाम दर्ता अधिकारीले नियम २८ बमोजिम प्रकाशित अन्तिम मतदाता नामावलीको एकप्रति प्रमाणित गरी आयोगमा पठाउनु पर्नेछ ।
३०. मतदाता नामावलीको आवश्यक प्रति तयार गर्नु पर्नेः (१) प्रमुख नाम दर्ता अधिकारीले आयोगमा उपलब्ध गराएको अन्तिम मतदाता नामावलीलाई मूल मतदाता नामावली मानी आयोगले मतदाता नामावलीको आवश्यक प्रतिहरू तयार गर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतदाता नामावलीको प्रति तयार गर्नु अघि आयोगले त्यस्तो नामावलीमा कुनै मतदाताको नाम दोहोरो परे वा नपरेको जाँच गर्नु पर्नेछ र त्यसरी दोहोरो परे नपरेको जाँच गर्दा सम्बन्धित मतदाताको नाम थर, औँलाको छाप, नागरिकता प्रमाणपत्र, मतदाता नामावलीमा रहेको अनुसार र बाबु वा आमाको नामलाई आधार लिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम जाँच गर्दा कुनै मतदाताको नाम दोहोरो परेको देखिएमा आयोगले त्यस्तो दोहोरो नाम नियम २४ को उपनियम (६) बमोजिम हटाई मतदाता नामावलीको प्रति तयार गर्नु पर्नेछ ।
३१. नाम समावेश गर्न सकिने विशेष व्यवस्थाः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १५ बमोजिम नाम वा विवरण सच्याउन निवेदन दिने अवधि समेतको कार्यविधि समाप्त भई अन्तिम मतदाता नामावली प्रकाशन भई सकेपछि नागरिकता प्राप्त गर्ने व्यक्तिको नाम मतदाता नामावलीमा समावेश गर्ने प्रयोजनको लागि आयोगले ऐनको दफा २३ बमोजिम निर्धारण गरेको अवधिभित्र त्यस्तो व्यक्तिले आफूले प्राप्त गरेको नागरिकताको प्रमाणपत्र संलग्न गरी मतदाता नामावलीमा नाम समावेश गर्न अनुसूची–५ बमोजिमको ढाँचामा प्रमुख नाम दर्ता अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको मतदाता नामावलीमा नाम समावेश गर्न दरखास्त दिने व्यक्तिले प्राप्त गरेको नागरिकताको प्रमाणपत्रमा ऐनको दफा १५ बमोजिम नाम वा विवरण सच्याउन दरखास्त दिने अवधि समेतको कार्यविधि समाप्त भई आयोगले निर्धारण गरेको अवधि भित्र प्राप्त गरेको हो वा होइन र त्यस्तो व्यक्ति ऐन बमोजिम मतदाता हुन योग्यता पुगेको हो वा होइन भन्ने सम्बन्धमा जाँचबुझ गर्दा उपयुक्त देखिएमा त्यस्तो व्यक्तिको नाम मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।
(३) यस नियम बमोजिम नाम समावेश गरी तयार गरिएको मतदाता नामावली सूचनासहित प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रकाशित मतदाता नामावली उपर यस नियमावली बमोजिम दावी विरोधको प्रक्रिया पूरा गर्नु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम मतदाता नामावली प्रकाशन गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा मुचुल्का तयार गर्नु पर्नेछ ।
३१क. सम्वत २०६४ सालको मतदाता नामावलीलाई आधार मान्ने सम्बन्धी व्यवस्थाः (१) सम्वत् २०६४ सालको संविधान सभा सदस्यको निर्वाचनको मतदाता नामावलीमा नाम
रही प्रचलित कानून बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको तर नियम ९ बमोजिमको फोटोसहितको मतदाता नामावलीमा नाम समावेश नभएको नेपाली नागरिकले ऐन तथा यस नियमावलीको कार्यविधि पूरा गरी मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्नेछ ।
(२) सम्बत २०६४ सालको संविधान सभा सदस्यको निर्वाचनको मतदाता नामावलीमा नाम रहेको तर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नगरेको नेपाली नागरिकले प्रचलित कानूनबमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरी ऐन तथा यस नियमावलीको कार्यविधि पूरा गरी मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्नेछ ।
(३) सम्बत २०६४ सालको संविधान सभा सदस्यको निर्वाचनको मतदाता नामावलीमा नाम रही प्रचलित कानूनबमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नगरेको तर ऐनबमोजिम मतदाता हुन योग्य नेपाली नागरिकले मतदाता नामावलीमा मतदाताको रुपमा समावेश हुनको लागि नाम दर्ता अधिकारीसमक्ष अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन पेश गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिमको निवेदनको साथमा निवेदकले अनुसूची–१३ बमोजिमको परिचयपत्र वा अनुसूची–१४ बमोजिमको सिफारिस संलग्न गर्नु पर्नेछ ।
(५) उपनियम (३) बमोजिमको निवेदन प्राप्त भएमा नाम दर्ता अधिकारीले त्यस्तो निवेदन दर्ता गरी निवेदकलाई अनुसूची—५ बमोजिमको व्यक्तिगत विवरण सङ्कलन फाराम भर्न लगाउनेछ ।
(६) उपनियम (५) बमोजिमको फाराम भरिसकेपछि नाम दर्ता अधिकारीले निवेदकको औँला छाप लिई र आयोगले निर्धारण गरेबमोजिमको फोटो खिची निजको नाम तथा अन्य विवरण, औँला छाप र फोटो कम्प्युटर प्रविष्ट गराउनेछ ।
(७) नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिमको निवेदन, सो निवेदनसाथ संलग्न कागजात, उपनियम (५) बमोजिमको फाराम र उपनियम (६) बमोजिमको कम्प्युटर प्रविष्ट विवरण सुरक्षित रुपमा प्रमुख नाम दर्ता अधिकारीसमक्ष बुझाउनेछ ।
(८) उपनियम (७) बमोजिमको निवेदन, कागजात, फाराम र कम्प्युटर प्रविष्ट विवरण प्राप्त भएपछि प्रमुख नाम दर्ता अधिकारीले सो सम्बन्धमा जाँचबुझ गर्नेछ र सो प्रयोजनको लागि कुनै रुप लिखित आवश्यक देखिएमा त्यस्तो लिखित पेश गर्न अवधि
तोकी सोको सूचना सम्बन्धित निवेदकलाई दिनेछ। त्यसरी सूचना दिन नसकिएमा प्रमुख नाम दर्ता अधिकारीले त्यस्तो सूचना आफ्नो कार्यालयको सूचना पाटीमा टाँस गर्नेछ।
(९) उपनियम (८) बमोजिम जाँचबुझ गर्नको लागि प्रमुख नाम दर्ता अधिकारीले जिल्ला स्तर नेपाल सरकारको कुनै कार्यालय वा अधिकारीको सहयोग माग गर्न सक्नेछ र त्यसरी माग गरेको सहयोग प्रदान गर्नु त्यस्तो कार्यालय वा अधिकारीको कर्तव्य हुनेछ।
(१०) उपनियम (९) बमोजिम जाँचबुझ भएपछि प्रमुख नाम दर्ता अधिकारीले अनुसूची—२ बमोजिमको ढाँचामा मतदाता नामावली तयार गर्नेछ।
(११) उपनियम (१०) बमोजिमको मतदाता नामावली ऐन र यस नियमावलीबमोजिमको दावी विरोध तथा त्रुटि सच्याउने प्रयोजनको लागि आयोगले तोकिदिएको अवधिभित्र प्रमुख नाम दर्ता अधिकारीले सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडामा र आफ्नो कार्यालयमा प्रकाशन गरी नियम ३२ को उपनियम (३) मा उल्लिखित कार्यालयमा समेत टाँस गर्न लगाउनु पर्नेछ।
(१२) उपनियम (११) बमोजिम मतदाता नामावली प्रकाशन भएपछि सो नामावलीमा रहेका व्यक्ति मतदाताको रुपमा दर्ता हुनको लागि ऐनबमोजिम योग्य भए नभएको कुरा यकिन गर्नको लागि नाम दर्ता अधिकारीले आयोगले तोकिदिएको अवधिभित्र “निर्वाचन आयोग (मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम) निर्देशिका, २०६८” बमोजिम गठन भएको स्थानीय सहयोग, समन्वय तथा अनुगमन समितिसमक्ष पेश गर्नेछ। सो समितिले आवश्यक देखेमा सम्बन्धित व्यक्तिलाई कुनै कुरा प्रष्ट पार्न वा कुनै लिखित वा प्रमाण पेश गर्न लगाउन सक्नेछ।
(१३) नाम दर्ता अधिकारीले उपनियम (१२) बमोजिमको समितिबाट मतदाताको रुपमा दर्ता हुन ऐनबमोजिम योग्य भएको भनी यकिन भएका व्यक्तिको नाम सो उपनियमबमोजिमको नामावलीमा कायम राखी अन्य व्यक्तिको नाम सो नामावलीबाट हटाउनेछ।
(१४) उपनियम (१३) बमोजिमको मतदाता नामावली नाम दर्ता अधिकारीले प्रमुख नाम दर्ता अधिकारीसमक्ष पठाउनेछ।
(१५) उपनियम (१४) बमोजिमको नामावली प्राप्त भएपछि प्रमुख नाम दर्ता अधिकारीले सो नामावलीमा रहेका व्यक्ति ऐनबमोजिम मतदाता हुन योग्य भए नभएको
यकिन गर्नको लागि सो नामावली र उपनियम (३) बमोजिमको निवेदन तथा कागजात, उपनियम (५) बमोजिमको विवरण फाराम, उपनियम (६) बमोजिमको कम्प्युटर प्रविष्ट विवरण समेत आयोगले तोकिदिएको अवधिभित्र “निर्वाचन आयोग (मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम) निर्देशिका, २०६८” बमोजिम गठन भएको जिल्लास्तरीय सहयोग, समन्वय तथा अनुगमन समिति समक्ष पेश गर्नेछ । सो समितिले आवश्यक देखेमा सम्बन्धित व्यक्तिलाई कुनै कुरा प्रष्ट पार्न वा कुनै लिखित वा प्रमाण पेश गर्न लगाउन सक्नेछ।
(१६) उपनियम (११) बमोजिम दावी विरोध र त्रुटि सच्याउने कार्यविधि पूरा भएपछि र उपनियम (१५) बमोजिमको समितिबाट मतदाता नामावलीमा रहन योग्य व्यक्ति यकिन भएपछि प्रमुख नाम दर्ता अधिकारीले ऐन तथा यस नियमावलीबमोजिमको प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली तयार गर्नेछ र सो नामावली नियम ३० को प्रयोजनको लागि आयोगमा पठाउनेछ।
(१७) नियम ३० बमोजिम मतदाता नामावलीको प्रति तयार गर्दा यस नियमबमोजिम तयार भएको मतदाता नामावलीमा कुनै व्यक्तिको नाम ऐनबमोजिम मतदाताको रुपमा दर्ता हुन योग्य नभएको कारणले वा अन्य कुनै कारणले रहन नहुने भएमा आयोगले सोको कारण खुलाई त्यस्तो नाम हटाउनेछ।
(१८) यस नियम बमोजिम तयार भएको मतदाता नामावली सम्बन्धित गाउँपालिका/नगरपालिकाको वडाको स्थायी मतदाता नामावलीको रुपमा छुट्टै रहनेछ।
परिच्छेद-४
विविध
३२. नामावली सङ्कलन तथा अद्यावधिक गर्नेसम्बन्धी विशेष व्यवस्थाः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने प्रयोजनको लागि आयोगले ऐनको दफा ३ को अधीनमा रही तोकिदिएको समयमा प्रमुख नाम दर्ता अधिकारीको कार्यालय वा आयोगले तोकिदिएको अन्य स्थानबाट ऐनको दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेको व्यक्तिको नाम तथा विवरण सङ्कलन हुन सक्ने व्यवस्था गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम विवरण सङ्कलन गर्ने व्यवस्था भएकोमा ऐन बमोजिम मतदाता हुन योग्य व्यक्तिले सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न वा मतदाता नामावलीमा रहेको नाम हटाउन वा सार्न वा त्रुटि सच्याउनको लागि त्यस्तो कार्यालय वा स्थानमा प्रमुख नाम दर्ता अधिकारी वा निजले खटाएको कर्मचारी समक्ष सम्बन्धित अनुसूची बमोजिमको ढाँचामा दरखास्त दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम दरखास्त प्राप्त भएमा प्रमुख नाम दर्ता अधिकारीले ऐन र यस नियमावलीको प्रक्रिया पूरा गरी मतदाता नामावलीमा नाम समावेश हुने, हट्ने वा सार्ने वा त्रुटि सच्याउने व्यक्तिको विवरण तयार गरी आफ्नो कार्यालयमा प्रकाशन गरी त्यस्तो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय र सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडामा टाँस गर्न लगाउनु पर्नेछ।
३३. विवरण सङ्कलन गर्न सक्नेः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदाता नामावली सङ्कलन गर्ने प्रयोजनको लागि अठार वर्ष बमानीमुन तर आयोगले निर्धारण गरेबमोजिमको उमेरको व्यक्तिको नाम तथा विवरण सङ्कलन गर्न यस नियमावलीको कुनै कुराले बाधा पुर्याएको मानिने छैन।
तर त्यस्तो व्यक्ति ऐनको दफा ५ बमोजिम मतदाता हुन योग्य नहुन्जेलसम्म निजको नाम तथा विवरण मतदाता नामावलीमा समावेश हुने छैन।
३४. मतदाता नामावली हेर्न र नक्कल दिन सकिनेः (१) मतदाता वा उम्मेदवारले मतदाता नामावली हेर्न वा सोको नक्कल लिन चाहेमा मतदाता नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी आयोग, जिल्ला निर्वाचन कार्यालय वा आयोगले तोकेको कार्यालयले मतदाता नामावली हेर्न वा सोको नक्कल दिन सक्नेछ।
(२) यस नियम बमोजिम उम्मेदवार वा सरोकारवालाले आफैले मतदाता नामावलीको नक्कल सारी लै जाँदा कुनै दस्तुर लाग्ने छैन।
३५. विवाद निरुपण गरिनेः मतदाता नामावली सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा नियम २९ बमोजिम प्रमाणित मतदाता नामावलीलाई आधार मानी विवादको निरुपण गरिनेछ।
३६. मतदाता नामावलीको प्रति बिक्री गर्न सक्नेः कुनै व्यक्ति वा सङ्घ संस्थाले मतदाता नामावली खरिद गर्न चाहेमा आयोग, जिल्ला निर्वाचन कार्यालय वा आयोगले तोकेको कार्यालयले आयोगले तोकेको मूल्य लिई उपलब्ध भएसम्म मतदाता नामावली वा सोको विद्युतीय प्रति बिक्री गर्न सक्नेछ।
३७. मतदाता नामावली वेबसाइटमा राख्न सक्नेः आयोगले ऐन तथा यस नियमावली बमोजिम सङ्कलन तथा अद्यावधिक गरी तयार पारेको अन्तिम मतदाता नामावली सर्वसाधारणको जानकारी तथा सम्बन्धित मतदाताको पहुँचको लागि आफ्नो वेबसाइटमा राख्न सक्नेछ।
३८. मतदाता प्रमाणित गर्नु पर्नेः (१) कुनै निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम दर्ता भएको कुनै मतदाताले आफू सो निर्वाचन क्षेत्रको मतदाता भएको व्यहोरा प्रमाणित गराउन चाहेमा आयोग, जिल्ला निर्वाचन कार्यालय वा आयोगबाट अधिकार प्राप्त अधिकारी समक्ष दश रुपैयाँ दस्तुर वा सो बराबरको हुलाक टिकट टाँसी दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको दरखास्त प्राप्त भएमा आयोग, जिल्ला निर्वाचन कार्यालय वा आयोगबाट अधिकार प्राप्त अधिकारीले त्यस्तो दरखास्त दिने व्यक्तिको नाम मतदाता नामावलीमा भए मतदाता भएको व्यहोरा प्रमाणित गरिदिनु पर्नेछ।
३९. कागजात सुरक्षित राख्नुपर्नेः मतदाता नामावली र सो मतदाता नामावलीसँग सम्बन्धित सम्पूर्ण कागजपत्रहरू आयोगले निर्धारण गरेको समयावधिसम्म आफ्नो कार्यालयमा सुरक्षित राख्नु पर्नेछ।
४०. सहयोग लिन सक्नेः (१) मतदाता नामावली तयार गर्ने सिलसिलामा आयोग, प्रमुख नामदर्ता अधिकारी, नामदर्ता अधिकारी र सहायक नामदर्ता अधिकारीले आवश्यकता अनुसार नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्था, स्थानीय निकाय, राजनीतिक दल र सामाजिक सङ्घ संस्था तथा अन्य निकायसँग सहयोग लिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सहयोग माग भएमा त्यस्तो सहयोग गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
४१. अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्नेः आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
४२. खारेजी र बचाउः (१) मतदाता नामावली सम्बन्धी नियमावली, २०६३ खारेज गरिएको छ ।
(२) उपनियम (१) बमोजिम खारेज भएको नियमावलीबमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
द्रष्टव्य: मिति २०७४।०४।२८ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा "गाउँ विकास समिति" लाई "गाउँपालिका" र "गा.वि.स" लाई "गा.पा" मा हेरफेर गरिएको।
अनुसूची —१ (नियम ९ को उपनियम (१) सँग सम्बन्धित) मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम टाँस गरिएको सूचना निर्वाचन आयोग प्रमुख नाम दर्ता अधिकारीको कार्यालय ....................जिल्ला
यस जिल्लाका गाउँपालिका/नगरपालिकाका वडाहरुमा तपसिलमा उल्लेख भए बमोजिम मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन हुने भएकोले सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
मतदाता नामावली सम्बन्धी ऐन, २०७३ को दफा ६ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिहरुले आयोगबाट तयार भएको फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएको भए समावेश गर्न र सो नामावलीमा कुनै त्रुटि भएको भए सो त्रुटि सच्चाउन सम्बद्ध प्रमाण सहित उपस्थित भई मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक र पूर्ण बनाउने कार्यमा सहयोगका लागि सम्बन्धित सबैमा अनुरोध छ।
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम
बोधार्थः- प्रमुख नामदर्ता अधिकारीको श्री .................. नाम थरः दस्तखत: मिति:
अनुसूची -२ (नियम ९ को उपनियम (३) र नियम २६ को उपनियम (१) सँग सम्बन्धित)
मतदाता नामावलीको नमुना निर्वाचन आयोग
जिल्ला: .................... निर्वाचन क्षेत्र नं. .................... गाउँपालिका/नगरपालिका: .................... वडा नं. .................... दर्ता केन्द्र: .................... पेज नं. ....................
* मिति २०७४।०४।२८ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा हेरफेर ।
द्रष्टव्यः १. फाराम नं. २. मतदाताको नाम ३. ना.प्र.नं. र जारी जिल्ला ४. उमेर र लिङ्ग ५. बाबु र आमाको नाम
अनुसूची –३ (नियम ९ को उपनियम (४), नियम १६ को उपनियम (३), नियम २०, नियम २७ को उपनियम (१) सँग सम्बन्धित)
मतदाता नामावली प्रकाशन गरिएको सूचना
निर्वाचन आयोग प्रमुख/सहायक नाम दर्ता अधिकारीको कार्यालय, जिल्ला: ..................... $\ast$ गाउँपालिका/नगरपालिकाको वडा नं.
विषय: मतदाता नामावली प्रकाशन गरिएको सूचना ।
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम अनुसार तयार भएको यस जिल्ला/$\ast$ गाउँपालिका/नगरपालिकाको वडाको देहाय बमोजिम संख्यात्मक विवरण रहेको मतदाता नामावली यस कार्यालयमा प्रकाशन गरिएको छ ।
$\ast$ मिति २०७४।०४।२८ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा फेरफेर ।
द्रष्टव्य:- माथि उल्लिखित १. र २. संख्याले क्रमशः सम्बन्धित मतदाता नामावलीमा रहेको पृष्ठ संख्या र मतदाताको संख्यालाई जनाउँछ ।
बोधार्थ: $\quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad$ प्रमुख/सहायक नाम दर्ता अधिकारी:-
श्री ................................... $\quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad$ नाम थर:
श्री ................................... $\quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad$ दस्तखत:
श्री ................................... $\quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad$ मिति:
श्री ...................................
अनुसूची —४ (नियम ९ को उपनियम (५), नियम १६ को उपनियम (५), नियम २०, नियम २२ को उपनियम (३), नियम २४ को उपनियम (१०), नियम २५ को उपनियम (८), नियम २७ को उपनियम (२) र नियम ३१ को उपनियम (५) सँग सम्बन्धित)
.............. मुचुल्का निर्वाचन आयोग प्रमुख/सहायक नाम दर्ता अधिकारीको कार्यालय .............. जिल्ला ................. गाउँपालिका/नगरपालिका वडा नं. ......
मिति .........................मा प्रकाशित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम बमोजिम.................................................... विषयको सूचना आज मिति ........................... को दिन ........ बजे हामी तपसिलका मानिसहरूको रोहबरमा यस कार्यालयमा प्रकाशित/टाँस गरिएको व्यहोरा ठीक साँचो हो भनी हामी देहायका व्यक्तिहरूले यो मुचुल्का गरिदियौँ ।
तपसिलः
१. ................ गा.पा./न.पा. वडा नं.... बस्ने वर्ष .......को श्री .............................................. २. ................ गा.पा./न.पा. वडा नं.... बस्ने वर्ष .......को श्री ..............................................
मुचुल्का गराउने कर्मचारीको नाम, थरः दस्तखतः पदः मितिः
अनुसूची–५ (नियम १० को उपनियम (१), नियम १७ को उपनियम (१) र नियम ३१ को उपनियम (१) सँग सम्बन्धित)
फोटो सहितको मतदाता नामावली तथा व्यक्तिगत विवरण सङ्कलन फाराम निर्वाचन आयोग, नेपाल (विवरण सङ्कलन समयमा १६ वर्ष वा सो भन्दा माथी उमेर भएका नेपाली नागरिकहरुका लागि)
(क) विवरण सङ्कलन ठेगाना
(ख) व्यक्तिगत विवरण
(ग) जन्म मिति $\quad$ (घ) नागरिकता प्रमाणपत्रको विवरण
(ङ) स्थायी बसोवासको ठेगाना:
(च) अपाङ्गता रहेको भए
(छ) मातृभाषा $\quad$ (ज) शैक्षिक योग्यता
विवरण दिने व्यक्तिको सहीछाप $\quad$ सङ्कलकको नाम...................... सही....................
मिति: २०६ / /
मतदाताको सही:............................................(सङ्कलन गर्दा मतदाताको अनुपस्थितिमा विवरण लिएको भए दस्तखतमा गर्नुपर्ने)
निर्वाचन आयोग, नेपाल $\quad$ फाराम नं.
फोटो सहितको मतदाता नामावली तथा व्यक्तिगत विवरण सङ्कलन फाराम
(विवरण सङ्कलन समयमा १६ वर्ष वा सो भन्दा माथी उमेर भएका नेपाली नागरिकहरुका लागि)
द्रष्टव्यः- (१) यो फाराम १६ वर्ष वा सो भन्दा माथिका नेपाली नागरिकहरुको विवरण सङ्कलनका लागि प्रयोग गरिनेछ ।
(२) दर्तास्थल बिहान ९ बजे देखि साँझ ६ बजे सम्म खुला रहने छ । तर स्थानीय अवस्था हेरी दर्तास्थल व्यवस्थापकले समय हेरफेर गरी सोहि अनुसार जानकारी गराउन सक्नेछन् ।
☛ कृपया दर्तास्थलमा आउँदा यो अर्धकट्टी तथा सम्बद्ध प्रमाणपत्र साथमा लिई आउनु होला ।
विवरण दिने व्यक्तिको सहीछापः $\quad$ सङ्कलकको नामः $\quad$ सहीः $\quad$ मितिः २०६ / /
अनुसूची–६ (नियम १० को उपनियम (३) सँग सम्बन्धित) मतदाता दर्ता किताब निर्वाचन आयोग जिल्ला निर्वाचन कार्यालय.................. जिल्ला ................................... गा.पा./न.पा. ....................................... वडा नं. ................
दर्तास्थलको नाम..............................................................
प्रमुख सहायक नाम दर्ता अधिकारी/दर्ता कर्मचारीको
नाम थरः $\quad$ दस्तखतः $\quad$ मिति:
अनुसूची —७
(नियम ११ को उपनियम (१), नियम १२, नियम १८ को उपनियम (१), नियम १९ को उपनियम (१), नियम २१, नियम २३ को उपनियम (१) र (२) र नियम २४ को उपनियम (३) सँग सम्बन्धित)
मतदाता नामावलीमा नाम हटाउन/त्रुटी सच्याउन/दाबी विरोध गर्न/दोहोरो हटाउन सूचना दिने विवरण/दरखास्त फाराम
फाराम नं. ...
श्री प्रमुख/सहायक नाम दर्ता अधिकारी जिल्ला: .................................................... गाउँपालिका/नगरपालिका: .................................... वडा नं. ............
विषय: मतदाता नामावलीमा नाम हटाउन/त्रुटी सच्याउन/दाबी विरोध गर्न/दोहोरो नाम हटाउन विवरण/दरखास्त पेश गरेको ।
मिति .................... मा प्रकाशित मतदाता नामावलीमा रहेको मेरो/श्री .................... को नाम/विवरणको सम्बन्धमा मतदाता नामावलीबाट नाम हटाउन/त्रुटी सच्याउन * मतदाता नामावली सम्बन्धी ऐन, २०७३ को दफा ....... बमोजिम निर्वाचन आयोगले निर्धारण गरेको अवधि भित्र यो विवरण/दरखास्त पेश गरेको छु । मैले प्रस्तुत गरेको प्रमाण र आधार मैले जाने बुझे सम्म साँचो छ र जानीजानी झूठो विवरण पेश गरेको ठहरे कानून बमोजिम हुन मेरो मञ्जूरी छ ।
तपसिल
खण्ड (क) मतदाता नामावलीमा त्रुटि सच्याउनु पर्ने विवरण
खण्ड (ख) मतदाता नामावलीमा रहेको नामका सम्बन्धमा विरोधको विवरण
खण्ड (ग) मतदाता नामावलीमा दोहोरो परेको नाम हटाउन पेश गरेको विवरण
विवरण/दरखास्त दिनेको नाम थर: .................................... दस्तखत................... ठेगाना:..................... मिति.......................
खण्ड (घ): नाम दर्ता अधिकारीले गरेको निर्णय
नाम दर्ता अधिकारीको नाम, थर .....................................दर्जा........................ दस्तखत.................... मिति..................
अनुसूची-८ (नियम ११ को उपनियम (२) र नियम १९ को उपनियम (२) सँग सम्बन्धित)
मतदाता नामावली सार्नको लागि दिने दरखास्तको ढाँचा
निर्वाचन आयोग
श्री प्रमुख नाम दर्ता अधिकारी जिल्ला ...............
विषय: मतदाता नामावली सार्नको लागि दरखास्त पेश गरेको ।
मिति ........................... मा प्रकाशित मतदाता नामावलीमा रहेको मेरो नाम देहाय बमोजिम सार्नुपर्ने भएकोले सो बमोजिम सारीदिनु हुन् यो निवेदन पेश गरेको छु ।
खण्ड (क) मतदाता नामावली सार्ने सम्बन्धी विवरण
दरखास्त दिनेको:
नामथर:.................................... दस्तखत..................... ठेगाना:................................... मिति.................................
* मिति २०७४।०४।२८ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा हेरफेर ।
खण्ड (ख) नाम दर्ता अधिकारीको निर्णय
देहायको आधारमा निवेदकको नाम माथि उल्लिखित ठेगानामा साने नमिल्ने निर्णय गरिएको छ ।
नाम दर्ता अधिकारीको नाम थर .....................................दर्जा........................ दस्तखत.................... मिति..................
खण्ड (ग): नाम साने निर्णय कार्यान्वयन गरेको विवरण
खण्ड (ख) बमोजिमको नाम साने निर्णय मिति ........................... मा कार्यान्वयन गरी निवेदकको माग बमोजिम निजको नाम ...............................................मा सारिएको छ ।
नाम साने कर्मचारीको नाम थरः................................ दर्जा........................ दस्तखत.................... मिति..................
प्रमाणित गर्ने कर्मचारीको नाम थरः ....................................दर्जा........................ दस्तखत.................... मिति..................
अनुसूची – ९ (नियम १६ को उपनियम (२) को खण्ड (क) र नियम १७ को उपनियम (३) सँग सम्बन्धित) अद्यावधिक/संशोधित मतदाता नामावली निर्वाचन आयोग
प्रमुख/सहायक नाम दर्ता अधिकारीको कार्यालय ..............
यस जिल्लाको ............. गा.पा./न.पा. वडामा मिति ................................ मा प्रकाशन भएको मतदाता नामावलीमा देहाय बमोजिमको नाम समेत समावेश गरिएको छ ।
प्रमुख/सहायक नाम दर्ता अधिकारी/दर्ता कर्मचारीको
नाम थरः .................................... दस्तखतः .................................... मितिः ....................................
अद्यावधिक/संशोधित मतदाता नामावलीमा नियम ................. को प्रयोजनका लागि संलग्न हुने विवरण फाराम
* मिति २०७४।०४।२८ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा फेरफेर ।
अनुसूची -१०
निर्वाचन आयोग
(नियम १६ को उपनियम (२) को खण्ड (ख), नियम १९ को उपनियम (४), नियम २२ को उपनियम (३), नियम २४ को उपनियम (७) र (९) र नियम २५ को उपनियम (७) सँग सम्बन्धित)
मतदाता नामावलीबाट नाम हटाइएको/सारिएको सूचना
प्रमुख/सहायक नाम दर्ता अधिकारीको कार्यालय .................. गा.पा./न.पा. वडा नं......
यस कार्यालयको मिति ................. मा प्रकाशित सूचना बमोजिम दाबी विरोध/सूचना प्राप्त हुन आएको मतदाताको सम्बन्धमा जाँचबुझ गर्दा देहायका मतदाताको नाम मतदाता नामावलीबाट सार्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
* मिति २०७४।०४।२८ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा हेरफेर ।
प्रमुख/सहायक नाम दर्ता अधिकारी/दर्ता कर्मचारीको
नाम थर: ____________________ दस्तखत: ____________________ मिति: ____________________
अनुसूची ११ (नियम २२ को उपनियम (१), नियम २४ को उपनियम (२) र नियम २५ को उपनियम (३) सँग सम्बन्धित)
मतदातालाई भनाई पेश गर्न आउन प्रकाशन गरिएको सूचना
निर्वाचन आयोग प्रमुख/सहायक नाम दर्ता अधिकारीको कार्यालय .............. गाउँपालिका/नगरपालिका वडा नं......
देहायका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन दाबी विरोधको सूचना पना आएकोले आफ्नो नाम हट्नु नपर्ने कुनै कारण र प्रमाण भए सो सहित मिति ......... देखि ........ सम्ममा यस कार्यालयमा सम्पर्क राख्न आउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
प्रमुख/सहायक नाम दर्ता अधिकारी/दर्ता कर्मचारीको
नाम थर: ____________________ दस्तखत: ____________________ मिति: ____________________
अनुसूची–१२ (नियम ३१क.को उपनियम (३) सँग सम्बन्धित) मतदाता नामावलीमा नाम समावेश गर्न दिने निवेदनको ढाँचा
श्री प्रमुख/नाम दर्ता अधिकारी जिल्ला............................... ...............................।
विषय:—मतदाता नामावलीमा नाम समावेश गर्न निवेदन पेश गरेको ।
मेरो नाम सम्वत् २०६४ सालको संविधानसभा सदस्यको निर्वाचनको मतदाता नामावलीमा देहाय बमोजिम समावेश भएको छ । म नेपाली नागरिक हुँ । मैले हाल सम्म नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरिसकेको छैन । मतदाताको रुपमा दर्ता हुन प्रचलित कानून बमोजिम म योग्य भएकोले आयोगले तयार गर्ने फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन देहायका विवरण खुलाई यो निवेदन पेश गरेको छु ।
(क) सम्वत् २०६४ सालको संविधान सभा सदस्यको निर्वाचनको मतदाता नामावली सम्बन्धी विवरण:–
जिल्ला................निर्वाचन क्षेत्र................ गा.पा./न.पा. .............. वडा नं.. ........ पेज नं.......
० पहिलो संशोधनद्वारा थप ।
(ख) हालको विवरणः
१. पूरा नाम, थर........................................
२. स्थायी बसोबासको ठेगानाः
जिल्ला................ *गाउँपालिका/नगरपालिका................... वडा नं............. टोल........
घर नम्बर भए घर नम्बरः-
टेलिफोन/मोबाईल टेलिफोन भए सो नम्बरः-
३. जन्म मिति..............................
४. पति वा पत्नीको नाम, थर र स्थायी ठेगानाः
जिल्ला................ * गाउँपालिका/नगरपालिका................... वडा नं............. टोल........
घर नम्बर भए घर नम्बरः
५. बाबुको नाम, थर र स्थायी ठेगानाः-
जिल्ला................ *गाउँपालिका/नगरपालिका................... वडा नं............. टोल........
घर नम्बर भए घर नम्बरः-
६. आमाको नाम, थर र स्थायी ठेगानाः-
जिल्ला...................$^२$ गाउँपालिका/नगरपालिका................... वडा नं............. टोल........
घर नम्बर भए घर नम्बरः-
(ग) पेश गरेको लिखत र प्रमाणः-
१. सम्बन्धित $^२$गाउँपालिका वा नगरपालिकाको वडाबाट जारी भएको अनुसूची — १४ बमोजिमको सिफारिसपत्र,
२. उमेर पुष्टि गर्ने लिखत, र
३. अन्य कुनै प्रमाण भए सो प्रमाण ।
माथि उल्लिखित व्यहोरा ठीक साँचो हो । उक्त व्यहोरा झुठा ठहरिए मतदाता नामावली सम्बन्धी ऐन, २०६३ र अन्य प्रचलित कानूनबमोजिम हुने सजाय भोग्न मञ्जूर छु ।
$^२$ मिति २०७४।०४।२८ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा फेरफेर ।
अनुसूची–१३ (नियम ३१क.को उपनियम (४) सँग सम्बन्धित)
परिचय पत्रको ढाँचा
कर्मचारी/शिक्षक/विद्यार्थी परिचयपत्र
कर्मचारी/शिक्षक/विद्यार्थीकोः-
नाम, थरः-
स्थायी बसोबास गरिरहेको ठेगानाः-
जिल्ला............... गाउँपालिका/नगरपालिका................... वडा नं............. टोल........
घर नम्बर भए घर नम्बरः–..................................... टेलिफोन नं. ....................
जन्ममितिः-
बाबुको नाम थर तथा स्थायी ठेगानाः-
$^०$ पहिलो संशोधनद्वारा थप । $^>$ मिति २०७४।०४।२८ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा हेरफेर ।
आमाको नाम थर तथा स्थायी ठेगाना:-
तयार गर्नेको रुजु गर्नेको प्रमाणित गर्नेको
नाम, थर:- नाम, थर:- नाम, थर:-
पद:- पद:- पद:-
दस्तखत दस्तखत नागरिकता नं.
अनुसूची–१४ (नियम ३१क.को उपनियम (४) सँग सम्बन्धित) (¹गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको सिफारिसको ढाँचा)
जिल्ला......... ²गाउँपालिका......................./नगर पालिका ............ वडा नम्बर...... कार्यालय
यस ¹गाउँपालिका............../नगर पालिका .......................... वडा नं. ...... ........टोल बस्ने श्री........................... को नाति/नातिनी श्री ..............................को छोरा/छोरी/पति/पत्नी वर्ष...............को श्री.......................................को जन्म मिति..................... मा भएको हो । निज यस ¹गाउँपालिका/नगरपालिकाको वडा नं. ......... टोल ................ मा .............देखि स्थायी बसोबास गरी आएको र .....................को आधारमा निज नेपाली नागरिक भएकोले निजको नाम निर्वाचन आयोगले तयार गर्ने फोटोसहितको नामावलीमा समावेश गरिदिनको लागि सिफारिस गर्दछु ।
सम्बन्धित व्यक्तिको फोटो सिफारिस गर्नेको,- फोटोमा पने गरी नाम, थरः सचिवले पदः सचिव दस्तखत गर्नुपर्ने सहीछापः । दस्तखतः मितिः औलाको छाप कार्यालयको छापः दायाँ बायाँ
⁰ पहिलो संशोधनद्वारा थप । ¹ मिति २०७४।०४।२८ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा हेरफेर ।
(३) उपनियम (२) बमोजिम प्रकाशित सूचना बमोजिम सम्बन्धित मतदाताले भनाइ पेश नगरेमा वा निजले पेश गरेको भनाइ चित्त बुझ्दो नभएमा सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले उपलब्ध भए सम्मको प्रमाणको आधारमा सम्बन्धित मतदाताको नाम हटाउनु पर्ने deemed कारण र आधार खुलाई ऐनको दफा १९ को उपदफा (१) बमोजिम त्यस्तो दोहोरो नाम हटाउने निर्णय अनुसूची–७ को ढाँचामा गर्नु पर्नेछ। (४) सहायक नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिम दोहोरो नाम हटाउने निर्णय गर्दा सम्बन्धित मतदाताको एक भन्दा बढी स्थानको मतदाता नामावलीमा वा एकै स्थानको मतदाता नामावलीमा उल्लिखित नाम थर दोहोरिएको वा नदोहोरिएको कुरा निजको नाम थर, आमा वा बाबुको नाम थर, नागरिकताको प्रमाणपत्र र मतदाता नामावलीमा रहेको फोटोको अनुसार यकिन गरी गर्नु पर्नेछ। (५) प्रमुख नाम दर्ता अधिकारीले नियम २३ को उपनियम (३) बमोजिम आयोगको आदेश बमोजिम ऐन र यस नियमावलीबमोजिम दोहोरो नाम हटाउने निर्णय गर्दा सम्बन्धित मतदाताको मतदाता नामावलीमा रहेको फोटोको अनुसार र आयोगको तथ्याङ्क भण्डारमा रहेको औँला छाप समेत यकिन गरी गर्नु पर्नेछ । (६) सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले यस नियमावलीबमोजिम दोहोरो नाम हटाउँदा सम्बन्धित मतदाता वा निजको परिवारले दोहोरो नाम हटाउन दिएको दरखास्तमा हाल कायम राख्नुपर्ने कुनै ठेगाना उल्लेख गरेकोमा सोही ठेगानामा र त्यस्तो ठेगाना उल्लेख नगरेकोमा पछिल्लो पटक निजको नाम जुन ठेगानाको मतदाता नामावलीमा दर्ता भएको छ सोही ठेगानालाई निजको स्थायी बसोबास भएको ठेगाना मानी निजको नाम तथा विवरण सो ठेगानामा मात्र कायम राखी अन्य स्थानको मतदाता नामावलीबाट हटाउनु पर्नेछ। (७) उपनियम (३) बमोजिम दोहोरो नाम हटाएपछि सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले सोको सूचना अनुसूची–१० बमोजिमको ढाँचामा आफ्नो कार्यालयमा टाँस गर्नु पर्नेछ । जारी गर्ने जिल्ला:- जारी मिति:- दस्तखत:- मिति: - कार्यालयको छाप: