मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३
नेपाल राजपत्रमा प्रकाशन मिति २०७३/०८/१६
मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा ३४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ सम्झनु पर्छ । (ख) “जाँचबुझ समिति” भन्नाले नियम ९ बमोजिमको जाँचबुझ समिति सम्झनु पर्छ । (ग) “प्रत्यारोपण स्वीकृति समिति” भन्नाले नियम १२ बमोजिमको प्रत्यारोपण स्वीकृति समिति सम्झनु पर्छ । (घ) “समन्वय इकाई” भन्नाले ऐनको दफा १७ख. बमोजिमको समन्वय इकाई सम्झनु पर्छ ।
परिच्छेद-२ अनुमति तथा इजाजतपत्र सम्बन्धी
३. अनुमतिपत्र सम्बन्धीः (१) ऐनको दफा ४ बमोजिम मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गराउन चाहने स्वास्थ्य संस्थाले अनुमतिपत्रको लागि
अनुसूची-१ बमोजिमको दस्तुर सहित अनुसूची-२ बमोजिमको ढाँचामा समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिने स्वास्थ्य संस्थामा देहायको बमोजिमको सुविधा तथा जनशक्ति हुनु पर्नेछः-
(क) अनुसूची-३ बमोजिमको भौतिक साधन, जनशक्ति तथा अन्य आवश्यक सेवा तथा सुविधा,
(ख) अनुसूची-४ बमोजिमका योग्यता पुगेको जनशक्ति ।
(३) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएमा समितिले मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप गराउन चाहने स्वास्थ्य संस्थामा उपनियम (२) मा उल्लिखित सुविधा तथा जनशक्ति भए नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दाथ सो बमोजिम भएको देखिएमा त्यस्तो स्वास्थ्य संस्थालाई अनुसूची-५ बमोजिमको ढाँचामा मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमतिपत्र प्रदान गर्नेछ ।
(४) उपनियम (३) बमोजिम अनुमतिपत्र दिँदा एक वा एक भन्दा बढी अङ्ग वा कुनै एक अङ्ग मात्र प्रत्यारोपण गर्ने गरी अनुमतिपत्र दिन सकिनेछ ।
४. व्यक्तिगत इजाजतपत्र सम्बन्धीः (१) ऐनको दफा ७ बमोजिम व्यक्तिगत रूपमा कुनै चिकित्सकले मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप गराउन चाहेमा इजाजतपत्रको लागि अनुसूची-१ बमोजिमको दस्तुर तथा अनुसूची-६ बमोजिमको योग्यताको प्रमाणपत्र संलग्न गरी अनुसूची-७ बमोजिमको ढाँचामा समिति समक्ष दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम परेको दरखास्त जाँचबुझ गर्दाथ त्यस्तो चिकित्सकले अनुसूची-६ बमोजिमको योग्यता प्राप्त गरेको देखिएमा समितिले निजलाई मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गराउन अनुसूची-८ बमोजिमको ढाँचामा व्यक्तिगत इजाजतपत्र प्रदान गर्नेछ ।
(३) उपनियम (२) बमोजिम व्यक्तिगत इजाजतपत्र दिँदा एक वा एक भन्दा बढी अङ्ग प्रत्यारोपण गर्ने गरी इजाजतपत्र दिन सकिनेछ ।
५. अनुमतिपत्रको नवीकरण र दस्तुरः (१) अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्थाले ऐनको दफा ९ को उपदफा (१) बमोजिम प्रत्येक दुई वर्षमा अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ ।
(२) अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्थाले अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा कम्तीमा पैँतीस दिन अगावै अनुमतिपत्र नवीकरणको लागि नियम ३ को उपनियम (१) बमोजिम तोकिएको दस्तुरको पचास प्रतिशतले हुने रकम संलग्न गरी अनुसूची-९ बमोजिमको ढाँचामा समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त दरखास्त जाँचबुझ गर्दाथ दरखास्त दिने स्वास्थ्य संस्थाले अनुसूची-३ र अनुसूची-४ मा उल्लेख भए बमोजिमको भौतिक साधन, जनशक्ति तथा अन्य आवश्यक सेवा तथा सुविधाहरू नियमित रूपमा व्यवस्था गर्दै आएको र ऐनको दफा २९ बमोजिम दिइएको आदेश तथा निर्देशनहरू पालना गरेको पाइएमा समितिले त्यस्तो स्वास्थ्य संस्थाले पाएको अनुमतिपत्र अनुसूची-१० बमोजिमको ढाँचामा नवीकरण गरी दिनु पर्नेछ ।
परिरिच्छेद-३ मस्तिष्क मृत्यु घोषणा सम्बन्धी
६. प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नु पर्नेः (१) ऐनको दफा १२ख. बमोजिम कुनै बिरामीको मस्तिष्कको पूर्ण क्षति भए वा नभएको यकिन गर्ने प्रयोजनका लागि चिकित्सकले अनुसूची-११ बमोजिम त्यस्तो बिरामीको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दाथ चिकित्सकले ऐनको दफा १२ख. मा उल्लिखित प्रावधानका अतिरिक्त अनुसूची-१२ बमोजिमका विधि र तरिका अवलंबन गर्नु पर्नेछ ।
७. मस्तिष्क मृत्युको घोषणा गर्नेः (१) नियम ६ बमोजिम कुनै बिरामीको स्वास्थ्य परीक्षण गर्दाथ बिरामीको मस्तिष्क मृत्यु भएको यकिन भएमा चिकित्सकले ऐनको दफा १२घ. बमोजिम अनुसूची-१३ बमोजिमको ढाँचामा बिरामीको मस्तिष्क मृत्युको घोषणा गर्नु पर्नेछ।
८. स्वास्थ्य संस्थामा हुनु पर्ने पूर्वाधारः मस्तिष्क मृत्युको घोषणा गर्ने स्वास्थ्य संस्थामा देहाय बमोजिमको पूर्वाधार हुनु पर्नेछः-
(क) कम्तीमा एकजना एनेस्थेसियोलोजिस्ट वा इन्टेन्सिभिष्ट र कन्सल्टेन्ट विशेषज्ञ चिकित्सक,
(ख) कम्तीमा दुईवटा भेन्टिलेटर,
(ग) कम्तीमा दुईवटा मनिटर सहितको आई.सी.यू.,
(घ) कम्तीमा एउटा एनेस्थेसिया मेसिन, मनिटर, भेन्टिलेटर, इलेक्ट्रोसर्जिकल युनिट (डायथर्मी) सहितको अप्रेशन थिएटर,
(ङ) स्वास्थ्य संस्था वा स्थानीय स्तरको अन्य अस्पतालमा आर्टेरियल ब्लड ग्यास, सिटी स्क्यानको सुविधा ।
९. जाँचबुझ समिति: (१) कुनै अस्पताल वा स्वास्थ्य केन्द्रबाट ऐनको दफा १७ख.को उपदफा (३) बमोजिम कुनै व्यक्तिको मस्तिष्क मृत्युको घोषणा भएको जानकारी प्राप्त भएमा समन्वय इकाईले ऐनको दफा १६क. बमोजिम मृतकको दुर्घटनाबाट मस्तिष्क मृत्यु भएको कुरामा विश्वस्त हुन पोष्टमाटर्म गर्नु पहिले अङ्ग झिक्ने स्वीकृति दिने प्रयोजनका लागि एक जाँचबुझ समिति गठन गर्नेछ:-
(क) सम्बन्धित अस्पतालको प्रमुखले तोकेको अधिकृतस्तरको कर्मचारी - संयोजक
(ख) समन्वय इकाईले तोकेको पोष्ट माटर्म सम्बन्धी विशेषज्ञ चिकित्सक - सदस्य
(ग) जिल्ला प्रहरी कार्यालयले तोकेको अधिकृतस्तरको प्रहरी - सदस्य
(२) जाँचबुझ समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्नेछ ।
१०. विवरण राख्नु पर्ने: (१) स्वास्थ्य संस्थाले मस्तिष्क मृत्युको घोषणा सम्बन्धी कामको विवरण छुट्टै रजिस्टर खडा गरी राख्नु पर्नेछ र त्यस्तो विवरण विद्युतीय प्रणालीमा समेत राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको विवरण सम्बन्धित निकायबाट माग भएका बखत तत्काल उपलब्ध गराउनु स्वास्थ्य संस्थाको कर्तव्य हुनेछ ।
११. प्रतिवेदन पठाउनु पर्नेः स्वास्थ्य संस्थाले मस्तिष्क मृत्यु घोषणाको विवरण सहितको प्रतिवेदन प्रत्येक तीन महिना व्यतीत भएको सात दिनभित्र समिति र समन्वय इकाई समक्ष पठाउनु पर्नेछ ।
परिच्छेद-४ मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी
१२. प्रत्यारोपण स्वीकृति समिति: (१) ऐनको दफा १४क. बमोजिम अङ्ग दान दिन वा अङ्ग ग्रहण गर्न चाहने व्यक्तिलाई अङ्ग प्रत्यारोपण गर्ने स्वीकृति दिने प्रयोजनको लागि सम्बन्धित स्वास्थ्य संस्थामा देहाय बमोजिमको एक प्रत्यारोपण स्वीकृति समिति रहनेछः-
(क) स्वास्थ्य संस्थाले तोकेको चिकित्सक - संयोजक (ख) अधिकृत प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय - सदस्य (ग) स्वास्थ्य संस्थाका प्रशासन शाखा प्रमुख - सदस्य (घ) स्वास्थ्य संस्थाको कानूनी सल्लाहकार - सदस्य
(२) प्रत्यारोपण स्वीकृति समितिले आफ्नो कार्यविधि आफै व्यवस्थापन गर्नेछ ।
१३. निवेदन दिनु पर्नेः (१) अङ्ग दान दिन वा अङ्ग ग्रहण गर्न चाहने व्यक्तिले सो को स्वीकृतिको लागि क्रमशः अनुसूची-१४ र अनुसूची-१५ बमोजिमको मञ्जुरीनामा संलग्न गरी प्रत्यारोपण स्वीकृति समिति समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा प्रत्यारोपण स्वीकृति समितिले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी अङ्ग दान वा अङ्ग ग्रहण गर्ने सम्बन्धमा स्वीकृति प्रदान गर्न सक्नेछ ।
१४. प्राथमिकताको सूचीः स्वास्थ्य संस्थाले अनुसूची-१६ बमोजिम प्राथमिकताक्रमको आधारमा ऐनको दफा १७क. बमोजिम अङ्ग ग्रहण गर्ने व्यक्तिको सूची बनाई अद्यावधिक गरी राख्नु पर्नेछ ।
१५. समन्वय इकाईको अन्य काम, कर्तव्य र अधिकारः ऐनमा उल्लेख भएको काम, कर्तव्य र अधिकारको अतिरिक्त समन्वय इकाईको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) अङ्ग दिने र अङ्ग ग्रहण गर्ने कार्यलाई सहज बनाउन मन्त्रालयलाई सल्लाह दिने,
(ख) अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप विस्तार गर्न सम्बन्धित निकायलाई सहयोग गर्ने,
(ग) स्वास्थ्य संस्थाबाट प्राप्त विवरणको केन्द्रीय अभिलेख तयार गरी राख्ने र त्यस्तो विवरण विद्युतीय प्रणालीमा समेत राख्ने व्यवस्था मिलाउने ।
१६. अभिलेख राख्नु पर्नेः (१) स्वास्थ्य संस्थाले देहायका विवरणको अभिलेख राख्नु पर्नेछ र त्यस्तो विवरण विद्युतीय प्रणालीमा समेत राख्ने व्यवस्था मिलाउनु पर्नेछः-
(क) स्वास्थ्य संस्थामा रहेका अङ्ग फेल भएका बिरामीको अवस्था र उपचारको विवरण,
(ख) स्वास्थ्य संस्थाले प्राप्त गरेको अङ्गको विवरण,
(ग) स्वास्थ्य संस्थाले प्रत्यारोपण गरेको अङ्गको विवरण,
(घ) अङ्ग प्रत्यारोपणको सफलता तथा असफलताको विवरण,
(ङ) अङ्ग दिने र अङ्ग ग्रहण गर्ने व्यक्तिको विवरण,
(च) अन्य आवश्यक विवरण ।
(२) स्वास्थ्य संस्थाले मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने क्रममा सम्पन्न गरेको कार्यसँग सम्बन्धित कागजात र उपनियम (१) बमोजिमको विवरण प्रत्येक तीन महिनामा समिति र समन्वय इकाईलाई उपलब्ध गराउनु पर्नेछ ।
परिच्छेद-५ विविध
१७. चिकित्सकले प्रमाणित गर्ने कागजातको ढाँचाः देहायको प्रयोजनको लागि सम्बन्धित चिकित्सकले प्रमाणित गरिदिने कागजातको ढाँचा देहाय बमोजिमको हुनेछः-
(क) ऐनको दफा १५ को उपदफा (१) को खण्ड (क) को प्रयोजनको लागि अनुसूची-१७ बमोजिमको,
(ख) ऐनको दफा १५ को उपदफा (१) को खण्ड (घ) को प्रयोजनको लागि अनुसूची-१८ बमोजिमको ।
१८. मञ्जुरीनामाको ढाँचाः देहायको प्रयोजनको लागि मञ्जुरीनामाको ढाँचा देहाय बमोजिमको हुनेछः-
(क) ऐनको दफा १५ को उपदफा (१) को खण्ड (ख) को प्रयोजनको लागि अनुसूची-१४ बमोजिमको,
(ख) ऐनको दफा १६ को उपदफा (१) को खण्ड (ख) को प्रयोजनको लागि अनुसूची-१९ बमोजिमको,
(ग) ऐनको दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम मञ्जुरी नभएको अवस्थामा सोही उपदफाको खण्ड (ग) बमोजिम मृतकको शरीरबाट अङ्ग झिक्न निजको नजिकको नातेदारले दिने मञ्जुरीनामा अनुसूची-२० बमोजिमको,
(घ) ऐनको दफा १९ को प्रयोजनको लागि अनुसूची-१५ बमोजिमको ।
१९. स्वास्थ्य संस्था बाहेक अन्यत्र अङ्ग प्रत्यारोपण सम्बन्धी कार्य गर्न नहुनेः कुनै चिकित्सकले ऐन तथा यस नियमावली बमोजिम नेपाल सरकारले अङ्ग प्रत्यारोपण गर्न स्थापना गरेको वा तोकेको अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्था बाहेक अन्यत्र अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप गर्न हुँदैन ।
२०. अधिकारी तोकिएकोः ऐनको दफा २७ को उपदफा (२) को प्रयोजनको लागि समितिलाई अधिकारी तोकिएको छ ।
२१. बैठक भत्ताः समितिको बैठकमा भाग लिए बापत समितिका अध्यक्ष तथा सदस्यले अर्थ मन्त्रालयले तोके बमोजिमको बैठक भत्ता पाउने छन् ।
२२. निर्देशिका बनाउन सक्नेः ऐनको दफा २९ को प्रयोजनको लागि समितिले आवश्यक निर्देशिका बनाउन सक्नेछ ।
२३. अनुसूची संशोधन गर्ने अधिकारः मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीमा आवश्यकता अनुसार थपघट वा हेरफेर गर्न सक्नेछ ।
२४. खारेजी र बचाउः (१) मृगौला प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०५८ खारेज गरिएको छ ।
(२) मृगौला प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०५८ बमोजिम भए गरेका कामहरू यसै नियमावली बमोजिम भए गरेको मानिने छ ।
अनुसूची-१
(नियम ३ को उपनियम (१) र नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
अनुमतिपत्र र व्यक्तिगत इजाजतपत्र बापत लाग्ने दस्तुर
(क) मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमतिपत्रको लागि दश हजार रुपैयाँ,
(ख) व्यक्तिगत इजाजतपत्रको लागि एक हजार रुपैयाँ ।
अनुसूची-२ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमतिपत्रको लागि दिइने दरखास्त
श्री अङ्ग प्रत्यारोपण समन्वय समिति, काठमाडौं ।
विषय:- अनुमतिपत्र उपलब्ध गराउने बारे ।
मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्नको लागि अनुमतिपत्र आवश्यक परेकोले आवश्यक दस्तुर सहित देहायको विवरण खोली मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा ४ र मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ को नियम ३ को उपनियम (१) बमोजिम यो दरखास्त दिइएको छ ।
दरखास्त दिने स्वास्थ्य संस्थाको,- नामः ....................................... ठेगानाः ................................... स्वास्थ्य संस्था दर्ता प्रमाणपत्र जारी गर्ने कार्यालयः .................................. दर्ता नं ः ....................................... दर्ता मितिः ...................................... स्वास्थ्य संस्थाको नवीकरण गराउनु पर्ने भए म्याद समाप्त हुने मितिः ........................
मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलापको लागि यस स्वास्थ्य संस्थासँग विद्यमान रहेका भौतिक साधन, जनशक्ति तथा अन्य आवश्यक सेवा तथा सुविधाको विवरण यसैसाथ संलग्न गरिएको छ ।
माथि उल्लिखित व्यहोरा र यसैसाथ संलग्न विवरण ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
स्वास्थ्य संस्थाको छाप
स्वास्थ्य संस्थाको तर्फबाट दरखास्त दिने व्यक्तिको, -
नामः .................................
दस्तखतः ............................
पदः .................................
मितिः ...............................
अनुसूची-३ (नियम ३ को उपनियम (२) को खण्ड (क) सँग सम्बन्धित)
स्वास्थ्य संस्थामा हुनु पर्ने भौतिक साधन, जनशक्ति तथा अन्य आवश्यक सेवा तथा सुविधा
मृगौला प्रत्यारोपणको लागि
(क) भौतिक साधन (१) रिभर्स अस्मोसिस लगायत चालू अवस्थाको हेमोडायलिसिस मेसिन कम्तीमा दुईवटा, (२) एनेस्थेसियासँग सम्बन्धित आवश्यक औजार तथा उपकरण, (३) मृगौला प्रत्यारोपणको लागि दाता र ग्रहण गर्ने दुवै व्यक्तिको एकै समयमा अप्रेसन गर्न आवश्यक औजार तथा उपकरण, (४) भेन्टिलेटर कम्तीमा दुईवटा, (५) मनिटर कम्तीमा दुईवटा, (६) अत्यधिक सङ्क्रमणशील बिरामीको लागि चालू अवस्थाको हेमोडायलिसिस मेसिन, र (७) कलरडप्लर ।
(ख) जनशक्ति सङ्ख्या (१) नेफ्रोलोजिस्ट कम्तीमा एकजना (२) मृगौला प्रत्यारोपण शल्य चिकित्सक कम्तीमा एकजना (३) एनेस्थेसियोलोजिस्ट कम्तीमा दुईजना (४) रेडियोलोजिस्ट कम्तीमा एकजना (५) प्याथोलोजिस्ट कम्तीमा एकजना (६) कार्डियोलोजिस्ट, यूरोलोजिस्ट, कार्डियोभास्कुलर सर्जन, साइकियाट्रिस्ट र डेण्टल शल्य सेवा ।
(ग) अन्य आवश्यक सेवा तथा सुविधा
(१) सुविधा सम्पन्न हेमोडायलिसिस युनिट, (२) सुविधा सम्पन्न सर्जिकल इन्टेन्सिभ केयर युनिट, (३) सुविधा सम्पन्न प्याथोलोजी ल्याब, (यूरिया, क्रियाटिनिन, इलेक्ट्रोलाईटको व्यवस्था सहितको चौबीसै घण्टा सेवा, (४) सुविधा सम्पन्न अप्रेशन थिएटर, (५) सुविधा सम्पन्न पोष्ट अपरेथिव वार्ड, (६) सुविधा सम्पन्न एच.एल.ए. (ह्यूमन ल्यूकोसाइट एन्टिजेन) ल्याब, र (७) ब्लड ग्यास एनालाइसिस सेवा
(घ) ऐनको दफा १४क. को खण्ड (ख) बमोजिमको अङ्ग प्रत्यारोपण गर्दा माथि उल्लिखित भौतिक पूर्वाधार दोब्बर र मृगौला प्रत्यारोपण शल्यचिकित्सक कम्तीमा दुईजना हुनु पर्नेछ।
द्रष्टव्यः
खण्ड (क) को उपखण्ड (६) र (७) बमोजिमको भौतिक साधन, खण्ड (ख) को उपखण्ड (६) बमोजिमको जनशक्ति र खण्ड (ग) को उपखण्ड (६) र (७) बमोजिमका सेवा तथा सुविधा सम्बन्धित स्वास्थ्य संस्थामा नरहे तापनि आवश्यक परेमा जुनसुकै समयमा पनि त्यस्ता भौतिक साधन, जनशक्ति र सेवा तथा सुविधा अन्य कुनै स्वास्थ्य संस्था वा विशेषज्ञ मार्फत उपलब्ध हुन सक्ने गरी त्यस्तो स्वास्थ्य संस्था वा विशेषज्ञसँग सम्झौता गरेको सम्झौतापत्र पेश गरे पनि हुनेछ ।
कलेजो प्रत्यारोपणका लागि
(क) भौतिक साधन
(१) एनेस्थेसियासँग सम्बन्धित आवश्यक औजार तथा उपकरण, (२) कलेजो प्रत्यारोपणको लागि दाता र ग्रहण गर्ने दुवै व्यक्तिको एकै समयमा अप्रेशन गर्न आवश्यक औजार तथा उपकरण, (३) भेन्टिलेटर कम्तीमा दुईवटा, (४) मनिटर कम्तीमा दुईवटा,
(५) कलरडप्लर,
(६) कुशा (CUSA) मेसिन वा सो सरह कार्य गर्ने उपकरण,
(७) अटोलगस ब्लड सेलभेज सिस्टम (Autologous Blood Salvage System) जस्तै सेल सेभर (Cell-Saver) मेसिन वा सो सरहको मेसिन,
(८) थ्रोम्बो इलास्टोग्राफी (TEG) मेसिन,
(९) आरगन बीम कोगुलेटर (APC) मेसिन ।
(ख) जनशक्ति सङ्ख्या
(१) ग्यास्ट्रोइन्टरोलोजिस्ट अथवा हेपाटोलोजीस्ट कम्तीमा एकजना,
(२) कलेजो प्रत्यारोपण शल्य चिकित्सक कम्तीमा एकजना,
(३) एनेस्थेसियोलोजिस्ट कम्तीमा दुईजना,
(४) रेडियोलोजिस्ट कम्तीमा एकजना,
(५) प्याथोलोजीस्ट कम्तीमा एकजना,
(६) कार्डियोलोजिस्ट, कार्डियोथोरानसक तथाभास्कुलर सर्जन, साइकियाट्रिस्ट र डेण्टल शल्य सेवा ।
(ग) अन्य आवश्यक सेवा तथा सुविधा
(१) सुविधा सम्पन्न सर्जिकल इन्टेन्सिभ केयर युनिट,
(२) सुविधा सम्पन्न प्याथोलोजी ल्याब,
(३) सुविधा सम्पन्न अप्रेशन थिएटर,
(४) सुविधा सम्पन्न पोष्ट अपरेटिभ वार्ड,
(५) ब्लड ग्यास एनालाइसिस सेवा ।
द्रष्टव्यः
खण्ड (ख) को उपखण्ड (६) बमोजिमको जनशक्ति सम्बन्धित स्वास्थ्य संस्थामा नरहे तापनि आवश्यक परेमा जुनसुकै समयमा पनि त्यस्ता जनशक्ति अन्य कुनै स्वास्थ्य संस्था
वा विशेषज्ञ मार्फत उपलब्ध हुन सक्ने गरी त्यस्तो स्वास्थ्य संस्था वा विशेषज्ञसँग सम्झौता गरेको सम्झौतापत्र पेश गरे पनि हुनेछ ।
अनुसूची-४ (नियम ३ को उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित)
मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गराउने स्वास्थ्य संस्थाको चिकित्सकको योग्यता
मृगौला प्रत्यारोपणको लागि
(क) एनेस्थेसियोलोजिस्टः मान्यता प्राप्त शिक्षण संस्थाबाट एनेस्थेसिया विषयमा स्नातकोत्तर उपाधि हासिल गरी एनेस्थेसिया सम्बन्धी कार्यमा केन्द्रीयस्तरको अस्पताल वा प्रचलित कानून बमोजिम संस्थापित स्वास्थ्य संस्था, प्रतिष्ठान वा त्यस्तै प्रकृतिको अन्य स्वास्थ्य संस्थामा कम्तीमा निरन्तर ६ महिनाको अनुभव हासिल गरेको ।
(ख) रेडियोलोजिस्टः मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोलोजी विषयमा स्नातकोत्तर उपाधि हासिल गरी रेडियोलोजी सम्बन्धी कार्यमा केन्द्रीयस्तरको अस्पताल वा प्रचलित कानून बमोजिम संस्थापित स्वास्थ्य संस्था, प्रतिष्ठान वा त्यस्तै प्रकृतिको अन्य स्वास्थ्य संस्थामा कम्तीमा निरन्तर ६ महिनाको अनुभव हासिल गरेको ।
(ग) प्याथोलोलोजिस्टः मान्यता प्राप्त शिक्षण संस्थाबाट प्याथोलोजी विषयमा स्नातकोत्तर उपाधि हासिल गरी प्याथोलोजी सम्बन्धी कार्यमा केन्द्रीयस्तरको अस्पताल वा प्रचलित कानून बमोजिम संस्थापित स्वास्थ्य संस्था, प्रतिष्ठान वा त्यस्तै प्रकृतिको अन्य स्वास्थ्य संस्थामा कम्तीमा निरन्तर ६ महिनाको अनुभव हासिल गरेको ।
कलेजो प्रत्यारोपणको लागि
(क) एनेस्थेसियोलोजिस्टः मान्यता प्राप्त शिक्षण संस्थाबाट एनेस्थेसिया विषयमा स्नातकोत्तर उपाधि हासिल गरी एनेस्थेसिया सम्बन्धी कार्यमा केन्द्रीयस्तरको अस्पताल वा प्रचलित कानून बमोजिम संस्थापित स्वास्थ्य संस्था प्रतिष्ठान वा त्यस्तै प्रकृतिको अन्य स्वास्थ्य संस्थामा २ वर्ष कार्य गरी कलेजो प्रत्यारोपण तथा क्रिटिकल केयर विषयमा कम्तीमा निरन्तर ६ महिनाको अनुभव प्राप्त गरेको ।
(ख) रेडियोलोजिस्टः रेडियोलोजी विषयमा स्नातकोत्तर उपाधि हासिल गरी रेडियोलोजी सम्बन्धी कार्यमा केन्द्रीयस्तरको अस्पताल वा प्रचलित कानून बमोजिम संस्थापित स्वास्थ्य संस्था,
प्रतिष्ठान वा त्यस्तै प्रकृतिको अन्य स्वास्थ्य संस्थामा कम्तीमा निरन्तर २ वर्ष अनुभव प्राप्त गरी कलेजो प्रत्यारोपण सम्बन्धी विषयमा ३ महिनाको अनुभव प्राप्त गरेको ।
(ग) प्याथोलोजीष्ट मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट प्याथोलोजी विषयमा स्नातकोत्तर उपाधि हासिल गरी प्याथोलोजी सम्बन्धी कार्यमा केन्द्रीयस्तरको अस्पताल वा प्रचलित कानून बमोजिम संस्थापित स्वास्थ्य संस्था, प्रतिष्ठान वा त्यस्तै प्रकृतिको अन्य स्वास्थ्य संस्थामा कम्तीमा निरन्तर २ वर्ष अनुभव प्राप्त गरी कलेजो प्रत्यारोपण विषयमा ३ महिनाको अनुभव प्राप्त गरेको ।
अनुसूची-५ (नियम ३ को उपनियम (३) सँग सम्बन्धित) मानव अङ्ग प्रत्यारोपण समन्वय समिति
विषय: मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमति-पत्र
श्री ............................ .................................
मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमतिपत्रको लागि मिति ................... मा त्यस संस्थाबाट दिइएको दरखास्त उपर आवश्यक जाँचबुझ गर्दा त्यस संस्थालाई मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमतिपत्र दिने गरी मिति ........................ मा निर्णय भएकोले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा ५ को उपदफा (१) बमोजिम यो अनुमतिपत्र दिइएको छ ।
यो अनुमतिपत्र दुई वर्षसम्म बहाल रहनेछ ।
अनुमतिपत्र दिने अधिकारीको,- नामः ............................... दस्तखतः ........................... पदः सदस्य-सचिव मितिः ...............................
अनुसूची-६ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गराउन व्यक्तिगत इजाजत प्राप्त गर्न चिकित्सकको योग्यता
१. मृगौला प्रत्यारोपणको लागि
(क) मृगौला प्रत्यारोपण शल्य चिकित्सकः
(१) मान्यता प्राप्त शिक्षण संस्थाबाट जनरल सर्जरीमा स्नातकोत्तर गरी यूरोलोजी वा मृगौला प्रत्यारोपण विषयमा एम.सी.एच. वा सो सरहको उपाधि प्राप्त गरी निरन्तर वार्षिक न्यूनतम पच्चीस वटा मृगौला प्रत्यारोपण हुने संस्थामा कम्तीमा एक वर्ष मृगौला प्रत्यारोपण शल्यचिकित्सा टोलीको सक्रिय सदस्यको रुपमा कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको, वा
(२) मान्यता प्राप्त शिक्षण संस्थाबाट मृगौला प्रत्यारोपण वा यूरोलोजी वा जनरल सर्जरी वाभास्कुलर सर्जरी विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी निरन्तर वार्षिक न्यूनतम पच्चीस वटा मृगौला प्रत्यारोपण हुने संस्थामा कम्तीमा तीन वर्ष मृगौला प्रत्यारोपण शल्यचिकित्सा टोलीको सक्रिय सदस्यको रुपमा कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको ।
(ख) मृगौला प्रत्यारोपण फिजिसियनः
(१) मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्टरनल मेडिसिन विषयमा स्नातकोत्तर गरी नेफ्रोलोजी विषयमा डी.एम. वा सो सरहको उपाधि प्राप्त गरी निरन्तर वार्षिक न्यूनतम पच्चीस वटा मृगौला प्रत्यारोपण हुने संस्थामा कम्तीमा एक वर्ष मृगौला प्रत्यारोपण चिकित्सा टोलीको सक्रिय सदस्यको रुपमा कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको, वा
(२) मान्यता प्राप्त शिक्षण संस्थाबाट नेफ्रोलोजी वा इन्टरनल मेडिसिन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी निरन्तर वार्षिक न्यूनतम पच्चीस वटा मृगौला प्रत्यारोपण हुने संस्थामा कम्तीमा तीन वर्ष मृगौला प्रत्यारोपण टोलीको सक्रिय सदस्य रही कार्य गरेको र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको ।
२. कलेजो प्रत्यारोपणको लागि
(क) कलेजो प्रत्यारोपण शल्य चिकित्सकः
(१) मान्यता प्राप्त शिक्षण संस्थाबाट जनरल सर्जरीमा स्नातकोत्तर गरी कलेजो प्रत्यारोपण वा ग्यास्ट्रोइन्टेस्टाइनल वा हेपाटोलिबिलीरी सर्जरी विषयमा एम.सी.एच. वा सो सरहको उपाधि प्राप्त गरी निरन्तर वार्षिक न्यूनतम बाह्र वटा कलेजो प्रत्यारोपण हुने संस्थामा कम्तीमा एक वर्ष कलेजो प्रत्यारोपण शल्य चिकित्सा टोलीको सक्रिय सदस्यको रुपमा कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको, वा
(२) मान्यता प्राप्त शिक्षण संस्थाबाट जनरल सर्जरी वा कलेजो प्रत्यारोपण वा ग्यास्ट्रोइन्टेस्टाइनल वा हेपाटोलिबिलीरी सर्जरी विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी निरन्तर वार्षिक न्यूनतम बाह्र वटा कलेजो प्रत्यारोपण हुने संस्थामा कम्तीमा तीन वर्ष कलेजो प्रत्यारोपण शल्य चिकित्सा टोलीको सक्रिय सदस्यको रुपमा कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको ।
(ख) कलेजो प्रत्यारोपण फिजिसियनः
(१) मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्टरनल मेडिसिन विषयमा स्नातकोत्तर गरी कलेजो प्रत्यारोपण वा ग्यास्ट्रोइन्टेरोलोजी वा हेपाटोलोजी विषयमा डी एम वा सो सरहको उपाधि प्राप्त गरी निरन्तर वार्षिक न्यूनतम बाह्र वटा कलेजो प्रत्यारोपण हुने संस्थामा कम्तीमा एक वर्ष कलेजो प्रत्यारोपण चिकित्सा टोलीको सक्रिय सदस्यको रुपमा कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको, वा
(२) मान्यता प्राप्त शिक्षण संस्थाबाट कलेजो प्रत्यारोपण वा ग्यास्ट्रोइन्टेरोलोजी वा हेपाटोलोजी वा इन्टरनल मेडिसिन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी
निरन्तर वार्षिक न्यूनतम बाह्र वटा कलेजो प्रत्यारोपण हुने केन्द्रमा प्रत्यारोपण टोलीको सक्रिय सदस्य रुपमा कम्तीमा तीन वर्षको कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएका चिकित्सक ।
३. मुटु वा फोक्सो प्रत्यारोपणको लागि
(क) मुटु वा फोक्सो प्रत्यारोपण शल्य चिकित्सकः
(१) मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट जनरल सर्जरीमा स्नातकोत्तर गरी मुटु प्रत्यारोपण वा कार्डियोथोरानसिक वा भास्कुलर सर्जरी विषयमा एम.सी.एच. वा सो सरहको उपाधि प्राप्त गरी वार्षिक न्यूनतम एक सय वटा मुटुको शल्यक्रिया हुने अस्पतालमा कम्तीमा दुई वर्ष टोलीको सक्रिय सदस्य रही कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको, वा
(२) मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट मुटु प्रत्यारोपण वा कार्डियोथोरानसिक वा भास्कुलर वा जनरल सर्जरी विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी वार्षिक न्यूनतम एक सय वटा मुटुको शल्यक्रिया हुने अस्पतालमा कम्तीमा तीन वर्ष टोलीको सक्रिय सदस्य रही कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको ।
(ख) मुटु वा फोक्सो प्रत्यारोपण फिजिसियनः
(१) मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट इन्टरनल मेडिसिन विषयमा स्नातकोत्तर गरी कार्डियोलोजी विषयमा डी.एम. वा सो सरहको उपाधि प्राप्त गरी निरन्तर वार्षिक न्यूनतम पच्चीस वटा अङ्ग प्रत्यारोपण हुने केन्द्रमा प्रत्यारोपण टोलीको सक्रिय सदस्यको रुपमा कम्तीमा एक वर्षको कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको, वा
(२) मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट कार्डियोलोजी वा इन्टरनल मेडिसिन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी निरन्तर वार्षिक न्यूनतम पच्चीस वटा अङ्ग प्रत्यारोपण हुने केन्द्रमा प्रत्यारोपण टोलीको सक्रिय सदस्यको रुपमा कम्तीमा तीन वर्षको कार्य अनुभव प्राप्त र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता भएको ।
अनुसूची-७ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने व्यक्तिगत इजाजतपत्रको लागि दिइने दरखास्त
विषय:- व्यक्तिगत इजाजतपत्र पाउँ ।
मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप गर्नको लागि व्यक्तिगत इजाजतपत्र आवश्यक परेकोले आवश्यक दस्तुर सहित मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा ७ र मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ को नियम ४ को उपनियम (१) बमोजिम यो दरखास्त पेश गरेको छु ।
मैले प्राप्त गरेको देहाय बमोजिमको शैक्षिक उपाधिको प्रमाणित प्रतिलिपि र अनुभवको प्रमाण यसैसाथ संलग्न गरेको छु ।
माथि उल्लिखित व्यहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला, बुझाउँला ।
औँठा छाप
दरखास्त दिने चिकित्सकको, नाम: ............................ दस्तखत: ......................... मिति: ............................ नेपाल मेडिकल काउन्सिलको दर्ता नं. . दर्ता मिति: .................... ठेगाना: ..........................
अनुभव प्रमाणित गर्ने ढाँचा
(क) केन्द्रीयस्तरको अस्पतालमा काम गरेको हकमा
.......................... को छोरा/छोरी/पत्नी ......................... (ठेगाना) मा बस्ने ....... वर्ष ..... को श्री/श्रीमती/सुश्री ...................................... ले यस अस्पतालको निम्न पदमा निम्न अवधिसम्म काम गरेको व्यहोरा प्रमाणित गर्दछु ।
सम्बन्धित चिकित्सकको,- दस्तखतः मितिः
(ख) विदेशी अस्पतालमा काम गरेको अनुभव सम्बन्धित निवेदकले पेश गरेको कागजातको आधारमा समितिले प्रमाणित गरी दिनेछ ।
अनुसूची-८ (नियम ४ को उपनियम (२) सँग सम्बन्धित) अङ्ग प्रत्यारोपण समन्वय समिति
मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन उपलब्ध गराउने व्यक्तिगत इजाजतपत्र
श्री ............................ ............................
मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गराउने व्यक्तिगत इजाजतपत्रको लागि मिति ................... मा तपाईंले दिनु भएको दरखास्त उपर आवश्यक जाँचबुझ गर्दा तपाईंलाई मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने व्यक्तिगत इजाजतपत्र दिने गरी मिति ................................ मा निर्णय भएकोले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा ८ बमोजिम यो व्यक्तिगत इजाजतपत्र दिइएको छ ।
व्यक्तिगत इजाजतपत्र दिने अधिकारीको,- नामः ............................ दस्तखतः ............................ दर्जाः सदस्य-सचिव मितिः ............................
अनुसूची-९
(नियम ५ को उपनियम (२) सँग सम्बन्धित)
अनुमतिपत्र नवीकरणको लागि दिइने दरखास्त
श्री अङ्ग प्रत्यारोपण समन्वय समिति, काठमाडौँ ।
विषय:- अनुमतिपत्र नवीकरण गरी पाऊँ ।
त्यस समितिबाट प्रदान गरिएको मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण गर्नको लागि आवश्यक दस्तुर सहित मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा ९ को उपदफा (२) र मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ को नियम ५ को उपनियम (२) बमोजिम यो दरखास्त दिएको छु ।
स्वास्थ्य संस्थाको छाप
स्वास्थ्य संस्थाको तर्फबाट दरखास्त दिनेको,- नामः .......................... दस्तखतः ...................... पदः.......................... मितिः .........................
अनुसूची-१० (नियम ५ को उपनियम (३) सँग सम्बन्धित)
अङ्ग प्रत्यारोपण समन्वय समिति
अनुमतिपत्र नवीकरण सम्बन्धी
श्री .............................. ...............................
मानव शरीरको अङ्ग .......... प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमतिपत्र नवीकरणको लागि मिति .............................. मा त्यस संस्थाले दिएको दरखास्त जाँचबुझ गर्दा त्यस संस्थाको नाउँमा जारी भएको मानव शरीरको अङ्ग .......... प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमतिपत्र मिति .............. देखि मिति .............. सम्मको लागि नवीकरण गर्ने निर्णय भएकोले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ को नियम ५ को उपनियम (३) बमोजिम यो प्रमाणपत्र दिइएको छ ।
अनुमतिपत्र नवीकरण गर्ने अधिकारीको,- नामः ............................ दस्तखतः ........................ पदः सदस्य-सचिव मितिः ............................
अनुसूची- ११ (नियम ६ को उपनियम (१) सँग सम्बन्धित)
मस्तिष्क मृत्युको यकिन गर्ने प्रारम्भिक स्वास्थ्य परीक्षण
उपचारमा संलग्न बिरामीको रोगसँग सम्बन्धित वरिष्ठ चिकित्सक र एनेस्थेसियोलोजिस्ट वा इन्टेन्सिभिस्टले बिरामीको परीक्षण दुई पटक गर्नु पर्नेछ ।
१. मस्तिष्क मृत्यु निर्क्यौल गर्ने प्रयोजनको लागि प्रारम्भिक स्वास्थ्य परीक्षण (सबै प्रकारका परीक्षण अनिवार्य रूपमा गर्नु पर्ने)
देहायका सबै परीक्षणमा सबैको जवाफ “छ” हुनु पर्नेछ । यदि कुनैको जवाफ “छैन” भन्ने भएमा परीक्षण रोक्नु पर्नेछ । कुनै एक परीक्षणको जवाफ “लागू हुन नसक्ने” भन्ने भएमा पनि परीक्षण गरिनेछ ।
(सिस्टोलिक ९० मिलिमिटर मर्करी भन्दा माथि) भएको
प्राकृतिक रूपमा श्वासप्रश्वास छ/छैन/ लागू हुन नसक्ने छ/ छैन/ लागू हुन नसक्ने नभएको
२. मस्तिष्क मृत्यु निर्क्यौल गर्ने प्रयोजनको लागि मस्तिष्क स्टेमको प्रतिक्रियाको परीक्षण (सबै प्रकारका परीक्षण अनिवार्य रूपमा गर्नु पर्ने)
देहायका सबै परीक्षणमध्ये कम्तीमा सातवटा परीक्षणको जवाफ “छैन” हुनु पर्नेछ । त्यसो भएमा मात्र श्वासप्रश्वास बन्द भएको परीक्षण (Apnoea Test) गरिने छ । कुनै एक परीक्षणको मात्र जवाफ “लागू हुन नसक्ने” भन्ने भएमा पनि Apnoea Test गरिनेछ । तर यदि कुनै पनि परीक्षणको जवाफ “छ” भन्ने भएमा परीक्षण रोक्नु पर्नेछ ।
चिकित्सकले माथिका सबै परीक्षण गर्नु पर्नेछ । प्रारम्भिक स्वास्थ्य र मस्तिष्क स्टेमको प्रतिक्रियाको परीक्षण भइसके पछि मात्र श्वासप्रश्वास बन्द भएको परीक्षण (Apnoea Test) गर्नु पर्नेछ ।
३. मस्तिष्क मृत्यु निर्क्यौल गर्ने प्रयोजनको लागि श्वासप्रश्वास बन्द भएको परीक्षण (Apnoea Test) (सबै प्रकारका परीक्षण अनिवार्य रूपमा गर्नु पर्ने):
देहायका परीक्षणमा सबैको जवाफ “छ” हुनु पर्नेछ । अन्यथा श्वासप्रश्वास बन्द भएको परीक्षण (Apnoea Test) गर्न बन्द गर्नु पर्नेछ ।
भेन्टिलेटर (Ventilator) पुनः जोड्नेः
एम.एम.एच.जी. (20 mm Hg) भन्दा कम बढेमा श्वासप्रश्वास बन्द भएको परीक्षण त्याग गर्ने ।
मस्तिष्क मृत्यु घोषणाका आधार थप्नेः
प्रारम्भिक Brain Stem तथा Apnoea Test
सहयोगी परीक्षण
बिरामीको कारणले चिकित्सकीय परीक्षण पूर्ण रुपले गर्न नसकिएमा वा परीक्षणबाट श्वासप्रश्वास बन्द भएको नतिजा निस्कन नसकेमा वा पूरा नभएमा तलकामध्ये कुनै एकमात्र परीक्षण गर्नुपर्नेछ । स्थानीय तहमा उपलब्ध परीक्षणका आधारमा यो परीक्षण गर्नुपर्नेछ र तल उल्लिखित नतिजा देखिएमा “मस्तिष्क मृत्यु” घोषणा गरिनेछ ।
इ.इ.जी. (EEG): विद्युतीय सञ्चार नभई कंपनको प्रकृया नभएको प्रमाणित र विद्युतीय सञ्चार नभई मस्तिष्क क्रिया नभएको प्रमाणित (No electrical signal suggestive of seizure activity, and No electrical signal suggestive of brain functioning)
मस्तिष्क रक्त सञ्चार परीक्षण (Cerebral Angiogram): मिडल सेरेब्रल आर्टरी (Middle Cerebral Artery) मा अथवा त्यस भन्दा तल रक्त सञ्चार नभएको (No Blood Flow detected on Cerebral Angiogram at or distal to Middle Cerebral Artery) अथवा रेडियोलोजिष्टले निदान गरेको (Or as diagnosed by Radiologist)
टी.सी.डी. - Transcranial Doppler (TCD): मिडल सेरेब्रल आर्टरी र एन्टेरियर सेरेब्रल आर्टरीमा रक्त सञ्चार नभएको (No blood flow detected on Middle Cerebral Artery and Anterior Cerebral Artery) - २ वर्ष भन्दा बढी टी.सी.डी. मा अनुभव प्राप्त रेडियोलोजिष्ट वा न्यूरो सर्जन वा इन्टेन्सिभिस्टले परीक्षण गरेको हुनुपर्नेछ ।
न्यूक्लियर स्क्यान (Nuclear Scan)
अनुसूची-१२ (नियम ६ को उपनियम (२) सँग सम्बन्धित) परीक्षण सम्बन्धी विधि र तरिका
विधि (Procedure)
शरीरको रक्तचापलाई सिस्टोलिक मापनमा (९०) एम.एम.एच.जी. भन्दा बढी राख्ने । पि.ए.ओ.टु (PaO2) बढाउन यथेष्ट प्रयास गर्नका लागि दश मिनेटसम्म शत प्रतिशत अक्सिजन दिने। भेन्टिलेसनलाई घटाई स्वास प्रश्वासको गतिको १० सम्म पुर्याई इयुकेप्निया (Eucapnia) मा राख्ने। पि.इ.इ.पी. (PEEP) घटाई ५ सेन्टी मीटर पानी (H2O) को चापमा झाने । यदि पल्स अक्सिमिटर (Pulse Oximeter) मा अक्सिजन स्याचुरेशन (O2 Saturation) ९५ प्रतिशत छ भने आरटेरियल ब्लड ग्यास एनालाईसिस (Arterial Blood Gas Analysis) गरी पि.ए.ओ.टु, पि.ए.नस.ओ.टु, पि.एच., बाइकार्बोनेट बेस एक्सेस (PAO2 PCO2 PH Bicarbonate base excess) को परीक्षण गर्ने र बिरामीलाई भेन्टिलेटरबाट छुटाउने । बिरामीलाई १०० प्रतिशत अक्सिजन इन्डोरट्रैकियल ट्यूब (Endotracheal tube) मार्फत सक्सन क्याथेटर (Sauction Catheter) द्वारा ट्रकिया (Trachea) को कारिना (Carina) तहसम्म राखी ६ लिटर प्रति मिनेटका दरले दिने । ८ देखि १० मिनेटसम्म श्वासप्रश्वास प्रक्रिया हेर्ने । श्वासप्रश्वासमा छातीको चाल र पेटको चाल समावेश गर्ने । सिस्टोलिक रक्तचापलाई ९० एम.एम.एच.जी. (mmHg) भन्दा कम भएमा यो परीक्षणलाई त्याग्ने । त्यस्तै ३० सेकेण्डसम्म पनि अक्सिजन स्याचुरेशन (O2 Saturation) ८५ प्रतिशतभन्दा कम भएमा यो परीक्षण प्रक्रिया बन्द गर्ने । १० मिनेट सम्म १०० प्रतिशत अक्सिजन दिने । यदि श्वासप्रश्वासमा कुनै चाल देखिएन भने करिब ८ मिनेट पछि रक्त ग्यास परीक्षण ए.एन.बी.जी. (ABG) दोहोर्याउने । यदि श्वासप्रश्वास प्रक्रिया बन्द छ तथा आर्टेरियल पि.ए.नस.ओ.टु (Arterial PaCo2) ६० एम.एम.एच.जी. वा सो भन्दा बढी अथवा आर्टेरियल पि.ए.नस.ओ.टु (Arterial PaCo2) आधार स्तरभन्दा २० एम.एम.एच.जी. वा सो भन्दा बढी भएर पनि प्राकृतिक श्वासप्रश्वास शुरु नभएमा श्वासप्रश्वास प्रक्रिया बन्द भएको (Apnoea Test Positive) प्रमाणित हुन्छ ।
यदि परीक्षणहरू अनिर्णित भएमा र रक्त सञ्चार स्थिर रहेको अवस्थामा बिरामीलाई पुनः भेन्टिलेटरमा राखी पूरा अक्सिजन दिई यी परीक्षणहरू १० देखि १५ मिनेटसम्म दोहोर्याउनु पर्नेछ ।
सहयोगी परीक्षणः
चिकित्सकहरूले प्रारम्भिक स्वास्थ्य परीक्षण मस्तिष्क स्टेम (Brain Stem) प्रतिक्रियाको परीक्षण तथा श्वासप्रश्वास प्रक्रिया बन्द भएको परीक्षण (Apnea Test) का आधारमा मस्तिष्क मृत्यु घोषणा गर्न सक्नेछन् । स्नायुको चिकित्सकीय परीक्षण अथवा श्वासप्रश्वास बन्द भएको परीक्षण यकिनका साथ गर्न नसकिने अवस्थामा चिकित्सा अभ्यासमा इ.इ.जी. (EEG), सेरेब्रल एन्जीयोग्राफी (Cerebral Angiography) न्यूक्लियर स्क्यान (Nuclear Scan), टी.सी.डी. (TCD), सी.टी. एन्जीयोग्राफी, (CT Angiography) सहयोगी परीक्षणहरू हुन् । चिकित्सकहरूले चिकित्सकीय परीक्षण अनिर्णित रहेको अवस्थामा सहयोगी परीक्षणहरू गराउनको सट्टा मस्तिष्क मृत्युको घोषणा गर्ने कार्य रोक्न सक्ने छन् ।
अनुसूची-१३ (नियम ७ को उपनियम (१) सँग सम्बन्धित) मस्तिष्क मृत्यु घोषणा सम्बन्धी फारम
............ अस्पतालको सङ्केत नं . .... .... को श्री .................. नामको बिरामीको मिति ................... मा मस्तिष्क मृत्यु भए नभएको परीक्षण गरियो र मस्तिष्क मृत्यु भएको घोषणाका लागि आवश्यक प्रक्रिया पूरा गरियो / गरिएन । बिरामीको मस्तिष्क मृत्यु भएको घोषणा गरियो / गरिएन ।
मृत्यु भएको भए मृत्यु भएको मिति: .......................... समयः.........
परीक्षण गर्ने पहिलो चिकित्सकको नामः ........................... सहीः............. पदः........................... योग्यताः.............. नेपाल मेडिकल काउन्सिल दर्ता नं ः........................ विभागः.........
परीक्षण गर्ने दोस्रो चिकित्सकको नामः ............................ सहीः................ पदः........................... योग्यताः............... नेपाल मेडिकल काउन्सिल दर्ता नं ः........................ विभागः................
नोटः मस्तिष्क मृत्यु भएको प्रमाणित भएमा पहिलो परीक्षणको मिति र समयलाई मान्यता दिइने छ ।
अनुसूची-१४ (नियम १३ को उपनियम (१) र नियम १८ को खण्ड (क) सँग सम्बन्धित)
जीवित व्यक्तिले मानव अङ्ग दान गर्दा दिइने मञ्जुरीनामा
मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १५ को प्रयोजनको लागि मेरो शरीरबाट मानव शरीरको अङ्ग ...................................... झिकि तपसिलमा लेखिएका मेरो नजिकको ........ नाताको नातेदारको शरीरमा प्रत्यारोपण गर्न म मेरो नजिकको ................ नाताको नातेदारको समेत मञ्जुरी तथा सहमति भएकोले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १५ को उपदफा (१) को खण्ड (ख) बमोजिम यो मञ्जुरीनामा गरी दिएको छु ।
तपसिल
औँठा छाप:
अङ्क............ दान दिने व्यक्तिको नजिकको नातेदारको,-
(क) नाम: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ (ख) नाम: $\quad\quad$ उमेर: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ उमेर: $\quad\quad$ ठेगाना: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ ठेगाना: $\quad\quad$ नाता: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ नाता: $\quad\quad$ दस्तखत: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ दस्तखत: $\quad\quad$ मिति: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ मिति: $\quad\quad$ औँठा छाप: $\quad\quad\quad\quad\quad\quad\quad\quad$ औँठा छाप:
अनुसूची-१५ (नियम १३ को उपनियम (१) र नियम १८ को खण्ड (घ) सँग सम्बन्धित)
मानव शरीरको अङ्ग ग्रहण गर्न चाहने व्यक्ति वा त्यस्तो व्यक्तिको तर्फबाट लेखी दिने मञ्जुरीनामा
..................... जिल्ला ................ न.पा./गा.व.स. वडा नं . ...... बस्ने वर्ष ..... को ............................... म/निज ..............अङ्ग सम्बन्धी .................................रोगको कारण अस्वस्थ भई सम्बन्धित चिकित्सकबाट मेरो/निजको स्वास्थ्य जाँच गराउँदा मेरो/निजको शरीरमा रहेका अङ्ग ......................... काम नलाग्ने गरी नासिएकाले र मेरो/निजको जीवन रक्षाको लागि त्यस्तो नासिएको अङ्ग .............................. को सट्टा अङ्ग ............................ प्रत्यारोपण गर्न आवश्यक छ भनी सम्बन्धित चिकित्सकहरूले प्रमाणित गरिदिएको तथा मेरो/निजको स्वास्थ्य उपचारको प्रयोजनको लागि दाता ............................... ले जीवित छँदै/मृत्यु पश्चात आफ्नो अङ्ग ..................................................... झिकी मेरो/निजको/जो सुकैको शरीरमा प्रत्यारोपण गर्न मिति ................. मा मञ्जुरी दिए बमोजिम मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १९ को उपदफा (१) बमोजिम निज दाताको अङ्ग ......................... प्रत्यारोपणद्वारा ग्रहण गर्न मञ्जुर भएकोले यो मञ्जुरीनामा लेखी दिएको छु ।
अङ्ग ग्रहण गर्न मञ्जुरीनामा दिने व्यक्तिको,-
नामः
दस्तखतः
मितिः
बाबुको नामः
बाजेको नामः
बिरामीसँगको नाताः
ठेगाना: मिति: औँठा छाप:
अनुसूची- १६ (नियम १४ सँग सम्बन्धित)
अङ्ग ग्रहण गर्ने व्यक्तिको प्राथमिकताक्रमको सूची
१. मृगौला प्रत्यारोपणको लागि
(क) सम्बन्धित विशेषज्ञबाट बिरामी मृगौला रोगको अन्तिम स्थितिमा पुगेको (ग्लोमेरुलर फिल्ट्रेसन रेट पन्ध्र मिलिमिटर प्रतिमिनेट भन्दा कम) र प्रत्यारोपण गर्न योग्य प्रमाणित भएको व्यक्ति मात्र मृगौला प्रत्यारोपण गर्न चाहने व्यक्तिको प्रतीक्षा सूचीमा रहनेछन् ।
(ख) मृगौला वितरण (Sharing) का आधार मापदण्ड तथा प्राथमिकताः
(१) ABO रक्त समूहसँगको अनुकूलता (२) डायलाइसिसमा रहेको अवधि (३) अठार वर्ष भन्दा कम उमेरका बिरामी (४) बहुअङ्ग आवश्यक पर्ने (मृगौला प्यान्क्रियाज इत्यादि प्रत्यारोपण गर्न आवश्यक बिरामी) (५) रक्त समूहको आधारमा प्राथमिकताः (अ) रक्त समूह ए (A) भएको दाताबाट रक्त समूह ए (A) भएको ग्रहणकर्तामा, (आ) रक्त समूह बी (B) भएको दाताबाट रक्त समूह बी (B) भएको ग्रहणकर्तामा, (इ) रक्त समूह एबी (AB) भएको दाताबाट रक्त समूह एबी (AB) भएको ग्रहणकर्तामा, (ई) रक्त समूह ओ (O) भएको दाताबाट रक्त समूह ओ (O) भएको ग्रहणकर्तामा ।
(ग) मृगौला वितरण (Sharing) को निर्धारण प्रणाली (Allocation Algorithm):
संशोधित । मिति २०७८/०४/१८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।
(१) प्रतीक्षा सूचीमा सक्रिय रहेको अवधि पहिलो पटक सक्रिय सूचीमा रहेको मितिबाट गणना गरिने,
(२) निरन्तर डायलाइसिसमा रहेको समय अवधिका लागि प्रत्येक महिनाको एक/एक अङ्क दिइने,
(३) अठार वर्ष भन्दा मुनिका बालबालिकाका लागि पचास अङ्क थप गरिने
(४) उपखण्ड (२) र (३) बमोजिम गणना हुन आउने जम्मा अङ्कको आधारमा प्राथमिकताक्रम निर्धारण गरिने ।
२. कलेजो प्रत्यारोपणका लागि
(क) मृतदाताको कलेजो प्रत्यारोपणको लागि योग्य बिरामी सम्बन्धित स्वास्थ्य संस्थामा दर्ता भएको र केन्द्रीय प्रतीक्षा सूचीमा सूचीकृत भएको हुनु पर्नेछ ।
(ख) डिकम्पेन्सेटेड सिरोसिस भएका बिरामीले कलेजो प्रत्यारोपणका लागि चाहिने मापदण्ड श्रेणी मोडल फर इन्ड स्टेज लिभर डिजिज (Model for End Stage Liver Disease - MELD) को प्राप्ताङ्क पन्ध्र भन्दा माथि हुनु पर्नेछ । कलेजोको क्यान्सर भएका बिरामी यु.सी.एस.एफ. (University of California at San Francisco-UCSF) को मापदण्ड भित्र पर्नु पर्नेछ ।
(ग) सूचीकृत रोगीको अवस्था सम्बन्धित अस्पतालले मासिक रुपमा अद्यावधिक गर्नु पर्नेछ ।
(घ) कलेजो वितरण (Sharing) का आधार, मापदण्ड तथा प्राथमिकताः
(१) सोह्र वर्ष भन्दा कम उमेरको नाबालक दाताबाट प्राप्त भएको कलेजो पहिलो चरणमा नाबालक बिरामीले पाउनेछ । कुनै नाबालक बिरामी योग्य नपाइएका सो कलेजो वयस्क बिरामीलाई दिइनेछ ।
(२) रक्त समूहको आधारमा प्राथमिकताः
(अ) रक्त समूह ए (A) भएको दाताबाट रक्त समूह ए (A) भएको ग्रहणकर्तामा,
(आ) रक्त समूह बी (B) भएको दाताबाट रक्त समूह बी (B) भएको ग्रहणकर्तामा,
(इ) रक्त समूह एबी (AB) भएको दाताबाट रक्त समूह एबी (AB) भएको ग्रहणकर्तामा,
(ई) रक्त समूह ओ (O) भएको दाताबाट रक्त समूह ओ (O) भएको ग्रहणकर्तामा ।
तर एकै रक्त समूहको योग्य ग्रहणकर्ता नभएमा सो अङ्ग अर्को समूहमा वितरण गर्न सकिनेछ ।
(ङ) कलेजो वितरण (Sharing) को निर्धारण प्रणाली (Allocation Algorithm):
(१) मृत दाताको रक्त समूह र रगत जाँच भएपछि माथि उल्लिखित मापदण्डका आधारमा निर्धारण गर्ने,
(२) एकै पटक बहुअङ्ग प्रत्यारोपण गर्नु पर्ने ग्रहणकर्तालाई प्राथमिकता दिने,
(३) बहुअङ्ग प्रत्यारोपण ग्रहणकर्ता नभएमा प्राप्त कलेजो डिकम्पेन्सेटेड सिरोसिस भएका ग्रहणकर्तालाई दिने।
३. मुटु प्रत्यारोपणको लागिः
(क) सम्बन्धित विशेषज्ञबाट बिरामी मुटु रोगको अन्तिम स्थितिमा पुगेको र अन्य कुनै वैकल्पिक उपचार छैन भनी प्रमाणित भएका व्यक्ति मात्र मुटु प्रत्यारोपण गर्न चाहने व्यक्तिको प्रतीक्षा सूचीमा रहनेछन् ।
(ख) मुटु प्रत्यारोपणको लागि वितरण (Sharing) का आधार, मापदण्ड तथा प्राथमिकताः
(१) ABO सँगको अनुकूलता- एकवर्ष भन्दा माथिका बाल रोगी,
(२) आकार र वजनसँग अनुकूलता- दाताको वजन भन्दा ग्रहण गर्ने व्यक्तिको वजन बीस प्रतिशत बढी वा घटी सम्म रहेको हुनु पर्ने,
तर बाल रोगको अवस्थामा भने दाता र ग्रहण गर्ने व्यक्तिको उमेरको कारण दाता र ग्रहण गर्ने व्यक्तिको वजन अनुपातमा फरक देखिएपनि प्रत्यारोपण गर्न सकिनेछ ।
(३) ग्रहण गर्ने व्यक्तिले प्रतीक्षा गरेको समय,
(४) स्रोत साधनको व्यवस्था,
(५) टिस्यु क्रसम्याच विधि अनुकूलता ।
४. फोक्सो प्रत्यारोपणको लागि:
(क) सम्बन्धित विशेषज्ञबाट बिरामी फोक्सो रोगको अन्तिम स्थितिमा पुगेको र अन्य कुनै वैकल्पिक उपचार छैन भनी प्रमाणित भएका व्यक्ति मात्र फोक्सो प्रत्यारोपण गर्न चाहने व्यक्तिको प्रतीक्षा सूचीमा रहनेछन् ।
(ख) फोक्सो प्रत्यारोपणको लागि वितरण (Sharing) का आधार, मापदण्ड तथा प्राथमिकता:
(१) प्रारम्भिक छनौट प्रक्रिया: (अ) रोगको जटिलता तथा स्वास्थ्य संस्थामा उपलब्ध सेवा सुविधा, (आ) प्रत्यारोपणको दीर्घकालीन असर तथा दाता र ग्रहणकर्ताको सि.एम.वि. (CMV) स्थिति, (इ) ग्रहणकर्ताको प्रतीक्षा गरेको समय ।
(२) फोक्सो विनियोजन र विभाजनको मापदण्ड: (अ) ABO रक्त समूहको जोडी र अनुकूलता, (आ) छातीको एक्सरेको नापको अनुकूलता र फोक्सोको कुल क्षमता, (इ) टिस्यु क्रसम्याच विधि अनुकूलता ।
५. प्राथमिकताका आधारमा अङ्ग प्राप्त गर्ने सम्भावित व्यक्तिलाई सूचित गर्ने प्रक्रिया:
(क) प्रत्येक अङ्गका लागि प्राथमिकताको सूचीमा सक्रिय र सबैभन्दा बढी अङ्क प्राप्त गर्ने तीनजना व्यक्तिलाई सूचित गरिनेछ । तीमध्ये प्राप्त अङ्कका आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने योग्य व्यक्तिमा स्वास्थ्य संस्थामा अङ्ग प्रत्यारोपण गरिनेछ ।
(ख) पहिलो प्राथमिकताको सूचीमा पर्ने सबैभन्दा बढी अङ्क प्राप्त गर्ने योग्य व्यक्ति कुनै कारणवश प्रत्यारोपणको लागि योग्य नभएमा दोस्रो, तेस्रो र क्रमशः बढी अङ्क प्राप्त गर्ने प्राथमिकताको सूचीमा रहेका अन्य योग्य व्यक्तिलाई सूचित गरी सूचीकृत रहेको प्रत्यारोपण केन्द्रमा अङ्ग प्रत्यारोपण गरिनेछ ।
(ग) प्रत्यारोपणको लागि प्रतीक्षा सूचीमा रहेका प्रत्येक व्यक्तिले कम्तीमा छ/छ महिनामा प्रत्यारोपण केन्द्रमा स्वास्थ्य परीक्षणको रिपोर्ट पेश गर्नु पर्नेछ ।
(घ) मृगौला प्रत्यारोपण हुने अस्पतालमा मृगौला दान गरिने भएमा प्राप्त मृगौला मध्ये एक मृगौला सोही अस्पतालको प्रतीक्षा सूचीमा रहेका व्यक्तिलाई प्रतीक्षा सूचीको प्राथमिकताका आधारमा वितरण गरिनेछ र बाँकी मृगौला केन्द्रीय प्रतीक्षा सूचीको प्राथमिकताका आधारमा वितरण गरिनेछ ।
अनुसूची-१७ (नियम १७ को खण्ड (क) सँग सम्बन्धित)
मानव शरीरको अङ्ग प्रत्यारोपण गर्न आवश्यक भएको भनी सम्बन्धित चिकित्सकले प्रमाणित गरिदिने व्यहोरा
......................... बस्ने वर्ष ..... को श्री ....................................................... (बिरामीको नाम) को स्वास्थ्य परीक्षण गर्दा निजको शरीरमा रहेका अङ्ग .................... काम नलाग्ने गरी नासिएका छन् र निजको जीवन रक्षाको लागि निजको शरीरमा रहेका नासिएका अङ्ग .................... सट्टा ................. प्रत्यारोपण गर्न आवश्यक छ भनी मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १५ को उपदफा (१) को खण्ड (क) बमोजिम प्रमाणित गर्दछु ।
प्रमाणित गर्ने सम्बन्धित विशेषज्ञ चिकित्सक,-
१. पूरा नाम र थरः दस्तखतः मितिः नेपाल मेडिकल काउन्सिलको दर्ता नं ः कार्यरत रहेको स्वास्थ्य संस्थाको नामः कार्यरत रहेको स्वास्थ्य संस्थाको छापः
२. पूरा नाम र थरः दस्तखतः मितिः नेपाल मेडिकल काउन्सिलको दर्ता नं ः कार्यरत रहेको स्वास्थ्य संस्थाको नामः कार्यरत रहेको स्वास्थ्य संस्थाको छापः
अनुसूची-१८ (नियम १७ को खण्ड (ख) सँग सम्बन्धित)
अङ्गदातालाई शारीरिक असर नपर्ने भनी सम्बन्धित चिकित्सकले प्रमाणित गरिदिने व्यहोरा
........................ बस्ने वर्ष ..... को श्री ....................................................... (बिरामीको नाम) को स्वास्थ्य परीक्षण गर्दा निजको शरीरमा रहेका अङ्ग ........................... काम नलाग्ने गरी नासिएका छन् र निजको जीवन रक्षाको लागि निजको शरीरमा रहेका नासिएका अङ्ग .............. सट्टा .....................प्रत्यारोपण गर्न आवश्यक छ भनी सम्बन्धित विशेषज्ञ चिकित्सक श्री ................................ र श्री ............................... ले मिति .................... मा प्रमाणित गरिदिनु भएको अनुसार निज बिरामीको शरीरमा ..................... प्रत्यारोपण गर्नको लागि ........................... बस्ने वर्ष ..... को श्री .................................. (दाताको नाम) ले आफ्नो शरीरमा रहेको .................................... झिकी निज बिरामीको शरीरमा प्रत्यारोपण गर्न मिति ........................... मा मञ्जुरीनामा दिनु भएको र त्यसरी दिनु भएको मञ्जुरीनामा अनुसार निज दाताको शरीरको ........................................... झिकेको कारणले मात्र निज दाताको तत्कालै मृत्यु नहुने र निज स्थायी रूपबाट अशक्त वा अपाङ्ग नहुने भनी मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १५ को उपदफा (१) को खण्ड (घ) बमोजिम प्रमाणित गर्दछौं ।
१. प्रमाणित गर्ने सम्बन्धित विशेषज्ञ चिकित्सक,-
पूरा नाम र थरः
दस्तखतः
मितिः
नेपाल मेडिकल काउन्सिलको दर्ता नं ः
कार्यरत रहेको स्वास्थ्य संस्थाको नामः
कार्यरत रहेको स्वास्थ्य संस्थाको छापः
२. प्रमाणित गर्ने शल्य चिकित्सकको,-
पूरा नाम र थर:
दस्तखत:
मिति:
नेपाल मेडिकल काउन्सिलको दर्ता नं:
कार्यरत रहेको स्वास्थ्य संस्थाको नाम:
कार्यरत रहेको स्वास्थ्य संस्थाको छाप:
अनुसूची-१९ (नियम १८ को खण्ड (ख) सँग सम्बन्धित)
मृत्यु पश्चात अङ्ग दान दिन चाहने व्यक्तिले लेखिदिने मञ्जुरीनामा
मेरो मृत्यु पश्चात् मेरो शरीरबाट ......................... अङ्ग झिकी ............................. आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मञ्जुरी भएकोले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम जानी बुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखी दिएको छु ।
मृत्यु पश्चात .......... अङ्ग दान दिने व्यक्तिको,-
नामः दस्तखतः बाबुको नामः बाजेको नामः विवाहित भए पति वा पत्नीको नामः उमेरः ठेगानाः मितिः
अनुसूची-२० (नियम १८ को खण्ड (ग) सँग सम्बन्धित)
मृतकको नजिकको नातेदारले अङ्ग झिक्ने सम्बन्धमा दिएको मञ्जुरीनामा
श्री ........................... ................................
मेरो/हाम्रो नजिकको नातेदार .................................को मस्तिष्क मृत्यु भएको र निजले आफ्नो शरीरको अङ्ग दान नगर्ने लिखित रुपमा इच्छा समेत व्यक्त नगरेकोले निज मृतकको शरीरबाट .................................... अङ्ग झिकी प्रत्यारोपण गर्न म/हामी तपसिलका नजिकको नातेदारको सहमति भएकोले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ग) बमोजिम यो मञ्जुरीनामा लेखिदिएको छु/छौं ।
तपसिल
मृतकको ..................... दान गर्न मञ्जुरी दिने नजिकको नातेदारको,-
(क) (ख) नामः नामः दस्तखतः दस्तखतः बाबुको नामः बाबुको नामः बाजेको नामः बाजेको नामः विवाहित भए पति वा विवाहित भए पति वा पत्नीको नामः पत्नीको नामः उमेरः उमेरः मृतकसाँगको नाताः मृतकसाँगको नाताः ठेगानाः ठेगानाः
मितिः मितिः
औँठा छापः
औँठा छापः