रकम र सरकारी ठेक्का बन्दोबस्त नियमहरु, २०२२
नेपाल राजपत्रमा प्रकाशित मिति २०२२।३।१४
संशोधन रकम र सरकारी ठेक्का बन्दोबस्त (पहिलो संशोधन) नियमहरु, २०७० २०७०।१।३०
रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा ३१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छः-
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “रकम र सरकारी ठेक्का बन्दोबस्त नियमहरु, २०२२” रहेको छ। (२) यी नियमहरु तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमहरुमा,– (क) “ऐन” भन्नाले “रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२०” सम्झनु पर्छ। (ख) “अनुसूची” भन्नाले यी नियमहरुको अनुसूची सम्झनु पर्छ।
३. रकम बन्दोबस्त गर्नेः (१) ऐनको दफा ३ बमोजिम ठेक्काको बन्दोबस्त गर्दा सो ठेक्काको मिति सुरु हुनुभन्दा साधारणतः ७ महिना अगावै ठेक्का बन्दोबस्त गर्ने अड्डा, कार्यालय वा अधिकारीले सो ठेक्का सम्बन्धी सबै विवरण सङ्कलन गरी सम्बन्धित विभागमा पठाउनु पर्छ। (२) टेण्डर कल गरिँदा डाक बढाबढ वा घटाघट गरी निकासाको लागि सम्बन्धित विभागमा पठाउँदा निकासा भै आउँदा लाग्ने समयको विचार गरी निकासा चाहिने अन्तिम मिति समेत लेखि पठाउनु पर्छ।
४. सूचना प्रकाशित गर्नेः (१) ऐनको दफा ५ को उपदफा (१) बमोजिमको सूचना स्थानीय पत्र–पत्रिका, गोरखापत्रमा प्रकाशित गर्नु पर्छ र सम्बन्धित ठेक्का बन्दोबस्त गर्ने अड्डा,
कार्यालय, विभाग, जिल्ला प्रशासन कार्यालय, माल अड्डा, भन्सार अड्डा तथा अरु आवश्यक मुख्य मुख्य ठाउँमा टाँस्नु पर्छ यस्तो सूचना रेडियो नेपालबाट पनि सकेसम्म प्रचार तथा प्रसार गराउनु वाञ्छनीय हुनेछ।
(२) उपनियम (१) बमोजिम सूचनाको टेण्डर दिँदा वा डाँक बढाबढ वा घटाघट गर्दा ठेक्का लिन चाहेले पनि किस्ताबन्दी, पनि किस्ता वा पनि महसूल जुन सर्तमा लिने हो सो कुरा उल्लेख गर्नु पर्छ, सो कुरा उल्लेख नगरेमा किस्ताबन्दीमा ठेक्का लिन कबुल गरेको मानिनेछ।
(३) उपनियम (१) बमोजिम सूचना प्रकाशित गर्दा र टाँस टाँस्दा ठेक्काको अवधि र सो ठेक्का प्रारम्भ हुने र अन्तिम हुने मिति उल्लेख गर्नु पर्छ।
५. कुनै नयाँ रकमको ठेक्काको योजना सम्बन्धी कारबाहीः (१) साविकमा ठेक्का लागि नआएको कुनै नयाँ रकम ठेक्का बन्दोबस्त हुने सम्बन्धमा सूचना प्रकाशित नभए तापनि कसैले कुनै त्यस्तो रकमको ठेक्का लिन इच्छा भए कति अवधिको लागि कति अङ्कमा र कुन सर्तमा लिने हो सो सबै कुरा खुलाई योजना बनाई ठेक्का बन्दोबस्त गर्न अड्डा, कार्यालय वा अधिकारी कहाँ रीतपूर्वकको निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) अन्तर्गतको निवेदन परेपछि सम्बन्धित अड्डा, कार्यालय वा अधिकारीले सबै तथ्य बुझी सो रकम ठेक्का बन्दोबस्त भएमा नेपाल सरकारलाई विशेष लाभप्रद हुने र जनतालाई पनि विशेष पीर मर्का पर्न नदेखेमा सो रकम ठेक्का बन्दोबस्त गर्नको लागि आवश्यक कारबाही गर्न सक्नेछ।
(३) उपनियम (१) अन्तर्गतको रकम ठेक्का बन्दोबस्त गर्दा सो रकम बन्दोबस्त सम्बन्धी कारबाहीमा उपनियम (१) अन्तर्गतको निवेदनवाला पनि ऐनको दफा ६ बमोजिम चाहिने डिपोजिट समेत राखी पुनः रीतपूर्वक सामेल हुन सक्नेछ।
६. डिपोजिट सम्बन्धी व्यवस्थाः (१) डाँक बढाबढी वा घटाघटी गराउँदा अनुसूची–३ बमोजिमको फाराम खडा गरी डाँक बोल्नेहरु मध्ये पहिला र दोस्रा हुनेसँग ऐन बमोजिम लाग्ने डिपोजिट बढाबढी वा घटाघटी गराउने अड्डाले लिनु पर्दछ।
(२) कुनै ठेक्काको चलन पूँजी नलिएसम्म वा पट्टा नउठाएसम्म सो ठेक्का कबुल गर्न डिपोजिट दिनेवाला मध्ये नेपाल सरकारले सो ठेक्का क्रमानुसार दिन ठहराएका डिपोजिटवालाहरू सम्मको डिपोजिट फिर्ता नगरी स्थगित राखिनेछ। तर चलन पूँजी लिई वा पट्टा उठाइ सकेपछि निजहरूले सो ठेक्का बापत राखेको डिपोजिट ऐन बमोजिम निजलाई फिर्ता गरिनेछ। नेपाल सरकारले चाहेमा पहिला हुनेवालाको बाहेक अरुहरूको डिपोजिट तत्कालै पनि फिर्ता गरी दिन सक्नेछ।
(३) चलन पूँजी लिने वा पट्टा उठाउनेवालाले सो रकम बापत ऐनको दफा ६ बमोजिम आफूले राखेको डिपोजिटको रूपैयाँ चलन पूँजी लिन वा पट्टा उठाउन बुझाउनु पर्ने पहिला किस्तामा मिलाउन पाउने छ।
७. पट्टा उठाउनेलाई सूचना दिनु पर्ने: (१) ठेक्का दिन स्वीकृत भएको सूचना प्राप्त भएपछि ऐनको अधीनमा रही ठेक्का बन्दोबस्त गर्ने अड्डा, कार्यालय वा अधिकारीले ठेक्का पाउने व्यक्तिको नेपाल »......... भित्रको ठेगानामा बाटोको म्याद बाहेक ७ (सात) दिनको म्याद दिई ठेक्का स्वीकृति भएको जनाउ साथ पट्टा उठाउनेलाई हाजिर हुन सूचना तामेल गर्नु, गराउनु पर्छ। ठेक्का पाउने भएमा पहिला व्यक्ति तोकी पठाएमा म्यादभित्र हाजिर नभएमा सो व्यक्तिको पछिको ठेक्का पाउने व्यक्तिलाई पनि पट्टा पठाउन हाजिर हुन अघिल्लो व्यक्तिले पाए सरहको म्याद तोकी सूचना दिनु पर्छ।
(२) उपनियम (१) मा उल्लेख भए बमोजिमको सूचना पाउनु पर्ने व्यक्ति नभेटिएमा वा सूचना बुझी नलिएमा *स्थानीय निकायका सदस्य कम्तीमा एकजना समेत स्थानीय व्यक्तिहरू ४ जनालाई साक्षी राखी यो सूचना पाउनु पर्ने व्यक्तिको घरदेलामा बाटका म्याद बाहेक ७ (सात) दिनको म्याद तोकी टाँसी दिनुपर्छ र सो बमोजिम गरेमा सूचना पाउनु पर्ने व्यक्तिले नै पाएको मानिनेछ।
(३) सूचना पाउनु पर्ने व्यक्तिले ठेगानाको जानकारी नभएमा वा सो मानिस विदेशी भएमा र निजको नेपाल भित्रको ठेगाना नखुलेको भए ठेक्का बन्दोबस्त गर्ने अड्डा, कार्यालय वा अधिकारीले सो सूचना पाउनु पर्ने व्यक्तिको भएसम्मको नाम नामेसी खोली सबै कुरा
» पहिलो संशोधनद्वारा झिकिएको ।
खुलाई स्पष्ट गोरखापत्रमा वा अरु स्थानीय पत्र-पत्रिकामा सो कुराको सूचना प्रकाशित गर्नुपर्छ र सो बमोजिम गरेमा सो सूचना पाउनु पर्ने व्यक्तिले नै पाएको मानिनेछ।
(४) उपनियम (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि तानीन ऐनको दफा ५ बमोजिम प्रकाशित भएको सूचना पट्टा उठाउनु पर्ने मिति तोकिएकोमा सोही मितिभित्र पट्टा उठाउनु पर्छ।
८. जमानत वा डिपोजिट लिनेः (१) नियम ७ अन्तर्गत ठेक्का लिन हाजिर भएमा किस्ताबन्दीमा कुनै रकमको ठेक्का लिने भए सो व्यक्तिले बुझाउनु पर्ने जम्मा ठेक्का रुपैयाँको तीन खण्डको एक खण्ड बराबरको जमानत वा डिपोजिट (ऐनको दफा १४ बमोजिमको) दिनु पर्छ।
(२) उपनियम (१) अन्तर्गत राखिएको जमानत वा डिपोजिट ठेकेदारको सो ठेक्का सम्बन्धी सबै दायित्व पूरा नभएसम्म फिर्ता हुने छैन।
(३) दुई वा सो भन्दा बढी व्यक्तिहरु मिली साझामा ठेक्का लिएकोमा सो ठेकेदारहरु मध्ये एकजनाले सबैको निमित्त वा सबैले आफ्नो हिस्सा बमोजिम सो ठेक्काको लागि चाहिने जमानत वा डिपोजिट दिन सक्नेछ। तर हिस्साको अङ्क नखुलेकोमा सबैले बराबर अङ्कको जमानत वा डिपोजिट दिनु पर्छ।
(४) कुनै ठेक्काको लागि कसैले अचल जायजेथा जमानत राखेमा सो ठेक्का सम्बन्धी सबै दायित्व ठेकेदारको पूरा नभएसम्म सो जायजेथालाई कुनै किसिमले पनि हस्तान्तरण गरिथ वा अन्यत्र जमानत राख्न पाइने छैन। ठेकेदारले आफूले गरेको कबुलियत बमोजिम काम नगरेमा वा ठेक्काको अवधि भुक्तानी हुनु भन्दा अगावै ठेक्का छाडे वा तोडेमा त्यसबाट नेपाल सरकारलाई हुने नोक्सानी र नेपाल सरकारले ठेकेदारबाट लिनु पर्ने बाँकी र त्यसको दश प्रतिशत सूद समेत सो जायजेथाबाट समेत असूल उपर गरिनेछ भनी ठेक्का दिने कार्यालय, अड्डा वा अधिकारीले कागज गराउन सक्नेछ।
(५) उपनियम (४) मा उल्लेख भए बमोजिमको सबै दायित्व व्यहोर्न गरी ठेकेदारको निमित्त ऐनको दफा १९ अन्तर्गतको जमानी हुने व्यक्तिले आफ्नो अचल जायजेथा जमानत लेखी दिएमा सो बमोजिमको जमानतलाई अस्वीकार गरिने छैन।
(६) जमानत राखिएको अचल जायजेथा सो जमानत राख्नु भन्दा अघि अन्यत्र जमानत राखेको वा अरु कुनै किसिमले हस्तान्तरण गरेको कुरा पछि पत्ता लागि ठहर्न
आएमा निजका साथ भएको ठेक्का तोडी ऐन बमोजिम अरुका साथ ठेक्का बन्दोबस्त हुनेछ। त्यसबाट नेपाल सरकारलाई हुन आउने नोक्सानी बिगो र त्यसको सूद समेत ठेकेदार र जमानी हुनेबाट ऐन बमोजिम असूल उपर गरी लिइने छ।
(७) कुनै ठेकेदारको जमानत बापत आफ्नो अचल जायजेथा लेखिदिने जमानीले निजको ठेक्काको अवधिभर सो जमानतबाट छुटकारा पाउन सक्दैन।
९. पट्टा दिने र कबुलियत गराउनेः ऐनको दफा १४ बमोजिमको जमानत वा निक्षेप (डिपोजिट) दिएपछि ठेक्का पाउने सबै सर्त खुलाई सम्बन्धित ठेकेदारको अनुसूची-१ बमोजिम कबुलियत गराई निजलाई अनुसूची-२ बमोजिमको पट्टा दिनु पर्छ।
१०. किस्ता दाखिल गर्नेः ठेकेदारले रकमको किस्ता बुझाउनु पर्दा सम्बन्धित ठेक्का बन्दोबस्त गर्ने वा तोकिएको अड्डामा अथवा पायक पर्ने माल वा नेपाल राष्ट्र बैंकमा दाखिल गरी किस्ताको म्यादमा भाउचर वा ड्राफ्ट सम्बन्धित वा तोकिएको अड्डामा दाखिल गर्नु पर्छ।
द्रष्टव्य-केही नेपाल कानून संशोधन गर्ने ऐन –, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः– “श्री ५ को सरकार ”को सट्टा“ नेपाल सरकार ”।
अनुसूची -१
(नियम ९ सँग सम्बन्धित)
(कबुलियतको फाराम)
लिखितब .............................. को नाति .............. को छोरा .................. बस्ने वर्ष .......... को .................. आगे साविकमा तपसील बमोजिमको ................ एक हट्टी रकम तपसीलबमोजिमको सर्त र रुपैयाँमा ठेक्का बन्दोबस्त गरी आएकोमा हाल अब तपसील बमोजिमको सर्तमा तपसील बमोजिम ............................ को रकम ठेक्का बन्दोबस्त गर्न गरी यस विभाग ........................... अड्डाबाट आमन्त्रित गरिएको सूचना अनुसार तपाई समेतले दिएको टेण्डरको व्यहोरा पेस हुँदा साल १ को रु. .................. का दरले ठेक्का दिने गरी तपाईकासाग ठेक्का बन्दोबस्त गर्न मिति ............... मा नेपाल सरकारबाट निर्णय भएको हुँदा उपर्युक्त निर्णयानुसार तपसीलको सर्त बमोजिम तपसीलमा लेखिएको ................ एक हट्टी रकमको र ठेक्काको कबुलियत गर्न मञ्जुरी भै आउनु भएको हो होइन भनी आज मलाई यस विभाग ................. अड्डाबाट सोधिँदा मेरो चित्त बुझ्यो। यसमा तपसीलमा लेखिएको सर्त बमोजिम कामकाज गर्न गरी कबुलियत गर्न मञ्जुरी भै उपस्थित भएको छु । तपसीलमा लेखिए बमोजिमको सर्तमा कति घटी बढी तपारी रकम चलि कामकाज गरी तपसीलमा तोकिएका मिति मिति भित्र तोकिएका ठाउँमा चाहिने ......................... किस्ताको रुपैयाँ बुझाई .................. साल ............ गतेदेखि ............... साल تکको निमित्त ठेक्का चलाउने छु । पछि मैले कुनै कुरामा उजूर गर्न छैन, गरे यसै कागजबाट बदर गरिदिनु भनी मेरो मनोमानि खुसीराजीसँग रकम चलिको कबुलियत लेखी अर्थ मन्त्रालय, भन्सार तथा अन्तःशुल्क विभाग .................... अड्डा मार्फत नेपाल सरकारमा चढाउँछु।
तपसील
(१) यही तपसीलका ................ दफामा लेखिए बमोजिमका क्षेत्र (एरिया) भित्र र सर्तको एक हट्टी ठेका रकम साल १ को रु. ................ का दरले ................ किस्तामा देहायको म्यादभित्र किस्ता ठेका बुझाउने गरी ................... साल ............ गतेदेखि ............. साल तकलाई प्रचलित कानूनको अधीनमा रही रकम चलिन गर्दछु।
(२) उक्त रकम चलाउन निमित्त निकासी पैठारी भएको माल सामानहरुको नेपाल सरकारबाट तोकिएकोमा सो बमोजिम र नतोकिएकोमा प्रचलित दरबन्दी बमोजिम लाग्ने भन्सार महसूल बुझाउने छु ।
(३) सो रकम चलाउन नेपाल सरकारबाट दररेट निर्धारित भइरहेकोमा सो बमोजिम र नभएकोमा मुनासब माफिकको मोल बाहेक अन्य कुनै किसिमको दै-दस्तूर इत्यादी लगाई नलिने छु ।
मैले यस रकम बापत बुझाउनु पर्ने देहायका पहिला किस्ता पट्टा कबुलियत भएका दिन आजै बुझाउनु पर्ने रु. ............ को हकमा मैले टेण्डरसार् दाखिल गरेको नडिपोजिट रु. ............. मध्येबाट उक्त पहिला किस्तामा नमलाई बाँकी पुग यस विभाग ................. अड्डामा जम्मा गरेको रु. ......................... को सट्टा दाखिल गरेको छु र अरु देहायको किस्ता बाँकीको रुपैयाँ तोकिएको मिति मिति भित्र ......................... अड्डामा बुझाउँदै जानेछु।
किस्ताबन्दी
.............. साल .......... गतेदेखि .............. साल .......... तक वर्ष महिनाको जम्मा रु. .......... साल ....... तक वर्ष १ को रु. .......... पहिला किस्ता पट्टा कबुलियत भएको मिति आजै .............................. बुझाउनु पर्ने रु. .......... त्यसमध्ये नडिपोजिट रहेकोबाट कटाउने रु. ..........
पुग बुझाएको रु.
दोस्रा किस्ता ................. साल ........... गते ..................
अड्डाबाट बुझाउने रु. ...............................
तेस्रा चुत्थी किस्ता ................. साल ............. गते ऐ
ऐ अड्डामा बुझाउने रु. ...
............. साल ........... गते देखि ............ साल तक वर्ष १ को रु............
पहिला किस्ता .......... साल ........... गते ऐ ऐ
अड्डामा बुझाउने रु ..................
दोस्रा किस्ता ................. साल...................गते ऐ ऐ
अड्डामा बुझाउने रु.................
तेस्रा चुत्कि किस्ता...............साल..............................गते ऐ ऐ
ऐ ऐ अड्डामा बुझाउने रु.
........... साल ........... गतेदेखि ........... साल तक्को रु. ................
पहिला किस्ता .......... साल ........... गते ऐ ऐ
अड्डामा बुझाउने रु ..................
दोस्रा किस्ता ................ साल...................गते ऐ ऐ
अड्डामा बुझाउने रु.................
तेस्रा चुत्कि किस्ता...............साल..............................गते ऐ ऐ
इति सम्वत् ............ साल ............ गते रोज .......... शुभम्
द्रष्टव्यः–अरु जति साल महिना दिनको निम्मित ठेक्का बन्दोबस्त हुनेछ, त्यति साल महिना दिनको किस्ता दाखिल गर्ने मिति र अङ्क खुलाउिको अतिरिक्त अरु जुन जुन सर्त र बन्देजबाट ठेक्का बन्दोबस्त गरिएको छ, सोही बमोजिम चाहिने व्यहोरा समेत उल्लेख गरी गराई कबुलियत गराउनु पर्छ।
अनुसूची -२ (नियम ९ सँग सम्बन्धित)
पट्टाको फाराम
नेपाल सरकार अर्थ मन्त्रालय
भन्सार तथा अन्तःशुल्क विभाग ............................ अड्डाबाट ...................... को नाति ............................ को छोरा ............................... बस्ने बर्ष ........... को जि. साविकमा तपसील बमोझिम एक हट्टी रकम तपसील बमोझिमको सर्तमा तपसील बमोझिमको रकम ठेक्का बन्दोबस्त गर्ने गरी यस विभाग ................................... अड्डाबाट आमन्त्रित गरिएको सूचना अनुसार तपाई समेतले दिनु भएको टेण्डरको व्यहोरा पेस हुँदा साल १ को रु......................... का दरले ठेक्का दिने गरी तपाईका साथ ठेक्का बन्दोबस्त गर्ने निमित्त ............................... मा नेपाल सरकारबाट निर्णय भएको हुँदा उपर्युत निर्णयअनुसार तपसीलको सर्त बमोझिम तपसीलमा लेखिएको एक हट्टी रकमको मञ्जुरी भै कबुलियत गरी दिनु भएको हुँदा तपाईको कबुलियत बमोझिम तपसीलमा लेखिएको सर्तमा कमत घटी बढी तपारी तपसीलमा लेखिए बमोझिम तपसीलमा तोकिएका निमित्त-निमित्तभित्र तोकिएको ठाउँमा चाहिने .............. हकस्ताको रुपैयाँ बुझाई...................... साल .................... गतेदेखि .............. साल تکको निमित्त ठेक्का रकम चलि गइथु होला। तपाईले गरी दिनु भएको कबुलियत र यो पट्टाको बखिथलाप कामकाज गरेको ठहर्यो भने तपाईसँग रकम तोडी प्रचलित ऐन नियम बमोझिम हुनेछ पछि तपाईको कुनै कुरामा उजूर दाबी लाग्ने छै न भनी आज विभाग ....................................अड्डाबाटै रकम चलिको पट्टा पुजी गरी दिइएको छ।
तपसील
(१) यही तपसीलका ...... दफामा लेखिए बमोझिम क्षेत्र (एररया) भित्र र सर्तको एक हट्टी ठेक्का रकम साल १ एकको रु........ का दरले....... हकस्तामा देहायका म्यादभित्र हकस्ता ठेका बुझाउने गरी...... साल........ गतेदेखि......... साल....... तकलाई प्रचलित कानूनको अधीनमा रही रकम चलि गइथु होला।
(२) सो रकम चलाउन निमित्त निकासी पैठारी भएको मालसामानहरुको नेपाल सरकारबाट तोकिदिएकोमा सो बमोजिम र तोकिएकोमा प्रचलित दरबन्दी बमोजिम लाग्ने भन्सार महसूल बुझाउनुपर्छ।
(३) उक्त रकम चलाउन नेपाल सरकारबाट दर रेट निर्धारित भइरहेकोमा सो बमोजिम र नभएकोमा मुनासब माफिकको मोल बाहेक अन्य कुनै हकनसमको दै. दस्तुर इत्यादि लगाई लिन पाउने छैन।
तपाईले यस रकम बापत बुझाउनु पर्ने देहायको पहिला किस्ता पट्टा कबुलियत भएका दिन आज बुझाउनु पर्ने रु......................... को हकमा तपाईले टेण्डरसार दाखिल गरेको डिपोजिट रु........................ मध्येबाट उक्त पहिला किस्तामा मिलाई बाँकी नपुग यस विभाग ...................... अड्डामा जम्मा गरेको रु....................... को साथै दाखिल गरेको र अरु देहायको किस्ता बाँकी रुपैयाँ तोकिएको मिति-मितिभित्र विभाग ...................... अड्डामा बुझाउँदै जानु होला।
किस्ताबन्दी
.......... साल ....... गतेदेखि ....... साल ......... तक वर्ष, महिनाको जम्मा रु. ........
साल ......... गतेदेखि ....... साल ......... तक वर्ष, एकको रु....................... पहिला किस्ता पट्टा कबुलियत भएको मिति आजै बुझाउनु पर्ने रु....................... त्यसमध्ये डिपोजिट रहेकोबाट कटाउने रु.........
नपुग बुझाएको रु..........
दोस्रा किस्ता ..... साल ....... गते ......................... अड्डामा बुझाउने रु. ......
तेस्रा चुट्ठी किस्ता ..... साल .... गते ....... ऐ अड्डामा बुझाउने रु........
...... साल ....... गतेदेखि ...... साल तक वर्ष १ को रु............
पहिला किस्ता ..... साल ....... गते ऐ ऐ अड्डामा बुझाउने रु.........
दोस्रा किस्ता ...... साल ...... गते ऐ ऐ अड्डामा बुझाउने रु. ........
तेस्रा चुत्कि किस्ता ...... साल ....... गते ऐ ऐ अड्डामा बुझाउने रु.......................
....... साल ....... गतेदेखि ......... साल तक .................. को रु......................
पहिला किस्ता ....... साल ...... गते ऐ ऐ अड्डामा बुझाउने रु.........
दोस्रा किस्ता ..... साल ........ गते ऐ ऐ अड्डामा बुझाउने रु. ........
तेस्रा चुत्कि किस्ता ...... साल ......... गते ऐ ऐ अड्डामा बुझाउने रु..........
इति सम्वत......... साल ...... गते रोज ....... शुभम्
द्रष्टव्यः–अरु जति साल महिना दिनको निमित्त ठेक्का बन्दोबस्त हुनेछ, त्यति साल महिना दिनको किस्ता दाखिल गर्ने मिति र अङ्क खुलाउनुको अतिरिक्त अरु जुन जुन सर्त र बन्देजबाट ठेक्का बन्दोबस्त गरिएको छ सोही बमोजिम चाहिने व्यहोरा समेत उल्लेख गरी गराई पट्टा दिनु पर्छ।
अनुसूची–३ (नियम ६ (१) सँग सम्बन्धित) ठेक्का बढाबढको फाराम
नेपाल सरकार ..................................... मन्त्रालय ............................................ विभाग/अड्डा
विषय:- जिल्लाको रकम ........................ मिति ........................ देखि
मिति तक्लाई ठेक्का बन्दोबस्त गर्न खडा भएको बढाबढी फाराम।
मिति:-
द्रष्टव्य:–ठेक्का बन्दोबस्तलाई सूचनामा प्रकाशित भएका सर्तहरु डाँक फारामको शिर व्यहोरामा उल्लेख गरी डाँक फाराम खडा गर्नुपर्छ।*