रङ्गशाला (बहाल) नियमहरू, २०१८
नेपाल राजपत्रमा प्रकाशित मिति २०१८।०७।२८
संशोधन रङ्गशाला (बहाल) (पहिलो संशोधन) नियमहरू, २०७० २०७०।०१।३०
रङ्गशालाको बहालको समयोचित व्यवस्था गर्नु वाञ्छनीय भएकोले प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “रङ्गशाला (बहाल) नियमहरू, २०१८” रहेको छ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–
(क) “रङ्गशाला” भन्नाले काठमाडौं टुँडिखेलीस्थित रङ्गशाला सम्झिनु पर्छ र यो शब्दले सो रङ्गशाला भित्र रहेको घर मालसामानलाई समेत जनाउँछ।
(ख) “तोकिएको अधिकारी” भन्नाले नेपाल सरकारले यसै कामलाई तोकेको अधिकारी सम्झिनु पर्छ।
(ग) “इजाजतपत्र” भन्नाले यी नियमहरू बमोजिम दिइएको इजाजतपत्र सम्झिनु पर्छ।
(घ) “प्रदर्शनी” भन्नाले राष्ट्रिय, अन्तर्राष्ट्रिय वा विदेशी जुनसुकै प्रकारको साधारण वा प्रतियोगितात्मक खेलकूद, सैनिक रमिता, सर्कस, कसरत, संगीत, वैज्ञानिक वा सांस्कृतिक प्रदर्शन सम्झिनु पर्छ।
३. प्रदर्शनको निमित्त इजाजतपत्र: (१) रङ्गशालामा कुनै प्रकारको प्रदर्शन गर्न गराउन चाहने व्यक्तिले आफ्नो स्पष्ट विवरणसाथ निम्नलिखित कुराहरू र प्रदर्शन गरिने अवधि र समय
समेत खुलाई तोकिएको अधिकारी समक्ष सो प्रदर्शन गर्नु गराउनु कमसेकम ७ दिन अगाडि रीत पूर्वको दरखास्त पेश गर्नु पर्छः–
(क) राष्ट्रिय स्वास्थ्य समृद्धिको लागि वा सांस्कृतिक उत्थानको लागि टिकट लगाई वा नलगाई प्रदर्शन गरिने, वा
(ख) अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगी सदस्य स्वरूप नेपाली रङ्गशालालाई उपयोगी तूल्याउन प्रदर्शन गरिने, वा
(ग) सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त कोषमा आम्दानी जम्मा गरालाई प्रदर्शन गरिने, वा
(घ) व्यवसाय वा मनोरञ्जनको निमित्त टिकट लगाई प्रदर्शन गरिने।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा नियम ४ को अधीनमा तोकिएको अधिकारीले रङ्गशालामा प्रदर्शन गर्नु पाउने काम कुरा र त्यसको अवधि र समयसमेत तोकी दरखास्तवालालाई अनुसूचीमा तोकिएको ढाँचाको इजाजतपत्र दिन सक्नेछ।
४. बहाल असुल गर्ने र कबुलियत गराउनेः (१) नियम ३ बमोजिम इजाजतपत्र प्राप्त व्यक्तिले रङ्गशालामा इजाजतपत्र बमोजिम प्रदर्शन गरे गराए वापत प्रतिदिन ने.रु. ५०।– का दरले निजबाट बहाल लिइने छ। सो बहालको रकमको पचास प्रतिशत इजाजतपत्र प्राप्त गर्नु अगावै र बाँकी सबै प्रदर्शनको अवधि समाप्त भएको ७ दिन भित्र इजाजतपत्र प्राप्त व्यक्तिले तोकिएको अधिकारी छेउ बुझाउन पर्छ। बुझाउनु पर्ने बाँकी बहालको रकम सो म्यादभित्र नबुझाए अर्को एक हप्ता पछिसम्म सयकडा दुईका दरले शुल्क लिई बुझिलिनेछ। सो पछि पनि नबुझाएमा तोकिएको अधिकारीको सूचना बमोजिम *सम्बन्धित प्रमुख जिल्ला अधिकारीले प्रचलित नेपाल कानून अनुसार सरकारी बाँकी सरहको कारबाई गरी बा"की बहालको रकम र शुल्कसमेत असुल उपर गरी लिनेछ।
तर–
(क) राष्ट्रिय स्वास्थ्य समृद्धि वा सांस्कृतिक उत्थानको उद्देश्यले टिकट नलगाई सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त कोषमा आम्दानी जम्मा गर्नलाई गरिने प्रदर्शनको हकमा रङ्गशाला बहाल लाग्ने छैन ।
(ख) राष्ट्रिय स्वास्थ्य समृद्धि वा सांस्कृतिक उत्थानको उद्देश्यले टिकट लगाई गरिने प्रदर्शनको हकमा दैनिक रु. २५।- का दरले रङ्गशाला बहाल लाग्नेछ ।
(२) यी नियमहरूमा लेखिएका शर्तहरूमा इजाजतपत्र बमोजिम प्रदर्शनको काम गर्नु वा गराउनुमा मेरो वा हाम्रो मञ्जुरी छ सो बमोजिम गरेमा यी नियमहरू र प्रचलित नेपाल कानून बमोजिम जो بنझाउिनु परे بنझाउँला सहनँला भन्ने व्यहोराको अगावै कबुलियत गराई कुनै व्यक्तिलाई इजाजतपत्र दिइने छैन ।
५. बहाल घट्न सक्ने अवस्थाः (१) आम्दानी भन्दा खर्च बढ्तै परी तथा प्राकृतिक वा अप्राकृतिक परिस्थितिबाट बहाल بنझाउिनु इजाजतपत्र प्राप्त व्यक्तिलाई मकाु परे जम्मा लाग्ने बहालको बढीमा २५ प्रतिशतसम्म रकम मिनाहा दिन प्रशस्त कारणहरू भै नेपाल सरकारको रक्षा मन्त्रालयले मनासिब ठहराएमा मिनाहा हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम मिनाहा भएको बहालको अभिलेख आम्दानी खर्चको विवरणसहित मिनाहाको कारणहरू महालेखा परीक्षकको विभाग, नेपाल सरकारको अर्थ आयकर विभाग र महालेखा नियन्त्रक कार्यालयमा ३५ दिन भित्र पठाउनु पर्छ ।
६. भाडाः नियम ४ बमोजिम लाग्ने बहालमा थप रङ्गशालाको विकास कार्यक्रमबाट आवश्यक सुविधा र साधन त्यहाँ जुटाइएकाजति निम्न लिखित दरले भाडा लाग्नेछः–
(क) नियमित रूपले भाडाको दर तोकिएको सुविधा तथा साधनको सोही दरले र
(ख) दर तोकिएको हकमा नेपाल सरकारले समयानुसार तोकिदिएको दरले ।
(ग) उक्त भाडा नियम ४ बमोजिम असुल उपर गरिनेछ ।
७. इजाजतपत्रको निष्कृयताः (१) साधारणतः स्वीकृति अवधिभको भुक्तानीसाथै इजाजतपत्र निष्कृय हुनेछ ।
(२) यी नियमहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै इजाजतपत्रको अवधि र समय हेरफेर गर्न वा इजाजतपत्रलाई स्थगित गर्न वा निष्क्रिय गर्न नेपाल सरकारले समयोचित वा आवश्यक सम्झेु बिना स्पष्टीकरण समेत सो गर्न सक्नेछ।
(३) यस्तो हेरफेर, स्थगित वा निष्क्रिय गरिएको सूचना नियमित रुपले प्रदर्शन हुने कम्तीमा २४ घण्टा अगाडि सम्बन्धित व्यक्तिलाई दिइनेछ।
(४) प्राकृतिक वा असाधारण परिस्थितिबस वा नेपाल सरकारले समयोचित वा आवश्यक सम्झी निष्क्रिय वा स्थगित गरिएको इजाजतपत्रको स्थगित अवधिको निमित्त कुनै कसैले बहाल लाग्ने छैन।
८. रङ्गशालाको सुरक्षा: (१) कुनै इजाजतपत्रवालालाई सो इजाजतपत्र बमोजिम रङ्गशालामा प्रदर्शन गर्न वा गराउन दिइएको ठाउँ वा त्यहाँ रहेका सरकारी मालसामान नोक्सान वा हनिमिना हुन दिने कुराको जवाफदेही इजाजतपत्रवालाको हुनेछ।
(२) निजले जानाजान आफैले त्यस्तो कुनै नोक्सान वा हनिमिना गरेमा वा अरुलाई गर्न दिएमा वा निजको लापरवाहीले सो हुन गएमा शाही नेपाली सेनाको इन्जिनियर विभागको सिफारिस अनुसार निज इजाजतपत्रवालाबाट सो नोक्सानी वा हनिमिनाको क्षतिपूर्ति गराइनेछ।
९. तोकिएको अधिकारीलाई विश्वास हुनु पर्ने: राष्ट्रिय स्वास्थ्य समृद्धि वा सांस्कृतिक उत्थानको उद्देश्यले गरिने भनेको प्रदर्शन वास्तवमा राष्ट्रिय स्वास्थ्य समृद्धि र सांस्कृतिक उत्थानको निमित्त नै हो भन्ने विश्वास तोकिएको अधिकारीलाई भएमा यी नियमहरू बमोजिम बहाल नमिनाई हुन सक्ने छैन।
१०. यी नियमहरू लागू हुने: यी नियमहरूमा लेखिएजति कुरामा सोही बमोजिम र अरूमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ।
द्रष्टव्य: १. स्थानीय प्रशासन ऐन, २०२२ द्वारा रूपान्तर भएका शब्दहरू: “मजिस्ट्रेट” को सट्टा “अञ्जीलाधीश”। २. सरकारी रकम असूल फछ्र्यौट (पहिलो संशोधन) ऐन, २०३३ द्वारा रूपान्तर भएका शब्दहरू: “एकाउण्टेण्ट जनरलको कार्यालय” को सट्टा “महालेखा नियन्त्रकको कार्यालय”। ३. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू:–
“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”। ४. सैनिक ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः– “शाही नेपाली सेना” को सट्टा “नेपाली सेना”।
अनुसूची (नियम ३ सम्बन्धित) रङ्गशाला प्रयोग इजाजतपत्र (आर्मी क्रेष्ट)
श्री .................................... ले रङ्गशालामा मिति .................... देखि .................... तक दिन .................... टिकट लगाई वा नलगाई रङ्गशाला बहाल नियम, २०१८ को दफा .................... बमोजिम .................... प्रदर्शन गर्न आवेदन गर्नु भएकोले मिति .................... देखि .................... तक दिन .................... को बहाल वा भाडा उक्त नियम बमोजिम बुझी लिई, सो नियमको अधीनमा रही नियमित प्रदर्शन गर्न श्री .................................... लाई यो इजाजतपत्र प्रदान गरिएको छ ।
मिति:– दस्तखत:– दर्जा:–*