राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ नेपाल राजपत्रमा प्रकाशित मिति २०७४।५।१०
संशोधन १. राजनीतिक दल सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७७ २०७८।०४।२५ २. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७८ २०७८।०५।०३ ३. राजनीतिक दल सम्बन्धी (तेस्रो संशोधन) नियमावली, २०८२ २०८२।१०।१५
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६० ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले देहायका नियमहरू बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “राजनीतिक दल सम्बन्धी नियमावली, २०७४” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,– (क) “अधिकार प्राप्त व्यक्ति” भन्नाले नियम ७ को उपनियम (२) बमोजिम दलको विवरण तथा कागजात पेश गर्न, नियम ८ को उपनियम (१) बमोजिम दल एकीकरण हुन वा गाभिन, नियम १६ को उपनियम (२) बमोजिम निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न, नियम १८ को उपनियम (२) बमोजिम एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन तथा नियम २६ को उपनियम (१) बमोजिम दलका विवरण हेरफेर भएको जानकारी दिनका लागि दलको तर्फबाट आयोगमा निवेदन दिन दलको प्रमुख पदाधिकारीले अनुसूची–१ बमोजिम अधिकारपत्र दिएको व्यक्ति सम्झनु पर्छ। (ख) “ऐन” भन्नाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ सम्झनु पर्छ। (ग) “निर्वाचन अवधि” भन्नाले निर्वाचन हुने मितिभन्दा एक सय बीस दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक निए सम्मको अवधि सम्झनु पर्छ।
तर एक सय बीस दिनभन्दा कम अवधि रहने गरी निर्वाचन मिति घोषणा भएमा त्यसरी घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिभलाइ निर्वाचन अवधि मानिनेछ।
परिच्छेद–२ दल दर्ता तथा दलको व्यवस्थापन
३. दल दर्ताको लागि निवेदन दिनु पर्नेः (१) ऐनको दफा ३ बमोजिम गठन भएको दल आयोगमा दर्ता गराउन त्यस्तो दलको केन्द्रीय समितिको निर्णय बमोजिम दलको प्रमुख पदाधिकारीले ऐनको दफा ५ को उपदफा (१) बमोजिमका विवरण तथा कागजात संलग्न गरी अनुसूची–२ बमोजिम आयोग समक्ष निवेदन दिनु पर्नेछ।
(२) दल दर्ताको लागि उपनियम (१) बमोजिम निवेदन दिँदा ऐनको दफा ५ को उपदफा (१) को खण्ड (घ) र (ङ) को प्रयोजनको लागि कम्तीमा पाँच सय जना नेपाली मतदाताले हस्ताक्षर गरेको अनुसूची–३ बमोजिमको प्रतिबद्धता तथा उद्घोषणपत्र समेत संलग्न गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम दलले पेश गरेको निवेदनका सम्बन्धमा आयोगले देहाय बमोजिम जाँच गर्नेछः- (क) निवेदनमा खुलाउनु पर्ने कुरा खुलाए वा नखुलाएको, (ख) निवेदन र सो साथ संलग्न विवरण तथा कागजात पूरा भए वा नभएको, (ग) दल दर्ता हुन नेपालको संविधान तथा प्रचलित सङ्घीय कानूनले तोकेको शर्त पूरा गरे वा नगरेको।
(४) आयोगले उपनियम (३) बमोजिम जाँच गर्दा दल दर्ताको लागि पेश गरिएको निवेदन साथ संलग्न विवरण तथा कागजात स्पष्ट नभएमा वा कुनै विषयमा थप प्रमाण आवश्यक पर्ने देखिएमा सम्बन्धित दललाई थप विवरण, कागजात वा आवश्यक प्रमाण सहित आफ्नो लिखित जबाई पेश गर्न बढीमा सात दिनसम्मको समय दिनेछ।
(५) आयोगले उपनियम (४) बमोजिम दिएको समयतित्र सम्बन्धित दलले थप विवरण, कागजात वा प्रमाण सहित आफ्नो जबाई लिखित रुपमा पेश गर्नु पर्नेछ।
(६) यस नियम बमोजिम दल दर्ताको लागि पेश गरिएको निवेदन, विवरण, कागजात तथा प्रमाणको जाँच गर्दा दल दर्ता गर्न मनासिब देखिएमा आयोगले निवेदन दर्ता भएको मितिले पैँतालीस दिन तित्र दर्ता गर्नेछ र दल दर्ता गर्न मिल्ने नदेखेमा सोको जानकारी निवेदकलाई गराउनेछ।
४. विवरण जाँच गर्न तथा सनाखत गर्न सक्नेः (१) आयोगले नियम ३ को उपनियम (३) बमोजिम पेश गरेको प्रतिबद्धता तथा उद्घोषणपत्रमा उल्लिखित विवरण सम्बन्धित मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई जाँच गर्न सक्नेछ। (२) उपनियम (१) बमोजिम जाँच गर्दा त्यस्तो प्रतिबद्धता तथा उद्घोषणपत्रमा उल्लिखित विवरणमा कुनै कमी वा त्रुटि रहेको पाइएमा त्यस्तो विवरण पूरा गरी वा सच्याई ल्याउन आयोगले सम्बन्धित दललाई बढीमा सात दिन सम्मको समय दिन सक्नेछ। (३) आयोगले दल दर्ताको लागि पेश गरिएको निवेदन जाँचबुझ गर्न क्रममा आवश्यकता अनुसार प्रस्ताविक दलको प्रमुख पदाधिकारी र केन्द्रीय समितिका सदस्यसँग छलफल गर्न वा आयोगमा उपस्थित हुन लगाई निजहरूको हस्ताक्षर अनुसूची–४ बमोजिम सनाखत गराउन सक्नेछ। यसरी सनाखतको लागि आयोगमा उपस्थित गराउन तोकिएको मितिमा उपस्थित नहुने पदाधिकारी वा सदस्यलाई पछि सनाखत गराइने छैन।
५. छुट्टै नयाँ दल बनाउन सक्नेः (१) संघीय संसदमा प्रतिनिधित्व गर्ने कुनै दलको ᶜकेन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले ऐनको दफा ३३ को उपदफा (२) बमोजिम छुट्टै नयाँ दल बनाएमा त्यस्तो दल दर्ताको लागि देहाय बमोजिमका विवरण तथा कागजात सहित अनुसूची–५ बमोजिम आयोग समक्ष निवेदन दिनु पर्नेछः- (क) दलको विधान, नियमावली तथा घोषणापत्र, (ख) दलको झण्डा तथा चिह्न (लोगो) को नमूना, (ग) साविकको दलका ᶜकेन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन समर्थन गरी हस्ताक्षर गरेको अनुसूची–६ बमोजिमको समर्थनपत्र, (घ) कम्तीमा एक्काइस सदस्य भएको केन्द्रीय समितिको व्यवस्था, र (ङ) आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात। (२) उपनियम (१) बमोजिम पेश गरिएको निवेदनका सम्बन्धमा आयोगले देहाय बमोजिम जाँच गर्नेछः- (क) निवेदनमा खुलाउनु पर्ने कुरा खुलाए वा नखुलाएको,
ᶜ तेस्रो संशोधनद्वारा संशोधित ।
(ख) निवेदन र सो साथ संलग्न विवरण तथा कागजात पूरा भए वा नभएको, (ग) छुट्टै दल दर्ताको लागि प्रचलित सङ्घीय कानूनले तोकेको शर्त पूरा गरे वा नगरेको।
(३) आयोगले उपनियम (२) बमोजिम जाँच गर्दा दल दर्ताको लागि पेश भएको निवेदनसाथ संलग्न विवरण तथा कागजात स्पष्ट नभएमा वा कुनै विषयमा थप प्रमाण आवश्यक पनि भएमा सम्बन्धित दललाई थप विवरण, कागजात वा आवश्यक प्रमाण सहित आफ्नो लिखित जबाई पेश गर्न बढीमा सात दिनसम्मको समय दिनेछ।
(४) आयोगले उपनियम (३) बमोजिम दिएको समयतित्र सम्बन्धित दलले थप विवरण, कागजात वा प्रमाण सहित आफ्नो जबाई लिखित रुपमा पेश गर्नु पर्नेछ।
(५) आयोगले उपनियम (३) बमोजिमको छानबिनका सम्बन्धमा साविकको दलको केन्द्रीय समिति र सङ्घीय संसद्का संसदीय दलका कम्तीमा चालिस प्रतिशत सदस्यको समर्थन रहे नरहेको विषयमा समेत जाँचबुझ गर्न र आवश्यकता अनुसार त्यस्ता सदस्यहरूलाई आयोगमा उपस्थित गराउन लगाई अनुसूची–७ बमोजिम सनाखत गराउन सक्नेछ। यसरी सनाखतको लागि आयोगमा उपस्थित गराउन तोकिएको मितिमा उपस्थित नहुने सदस्यलाई पछि सनाखत गराइने छैन।
(६) उपनियम (१) बमोजिम सङ्घीय संसद्को संसदीय दलको चालिस प्रतिशत वा सो भन्दा बढी सदस्यले छुट्टै दल बनाउन निवेदन दिएकोमा त्यसरी निवेदन दिने सदस्यहरू संसदीय दलको चालिस प्रतिशत वा सो भन्दा बढी रहे नरहेको सम्बन्धमा आयोगले सङ्घीय संसद् सचिवालयमा पत्राचार गरी बुझ्न सक्नेछ।
(७) यस नियम बमोजिम जाँचबुझ गर्दा छुट्टै नयाँ दल दर्ता गर्न मनासिब देखिएमा त्यस्तो दललाई आयोगले दल दर्ताको लागि निवेदन परेको मितिले पैंतालीस दिन तित्र नयाँ दलको रुपमा दर्ता गर्नेछ र दल दर्ता गर्न नमिल्ने देखिएमा सोको जानकारी निवेदकलाई गराउनेछ।
(७क) ऐनको दफा ३३ को उपदफा (२) बमोजिम छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनु भन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यले त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनतित्र
प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष स्वयं उपस्थित भई अनुसूची-७क. बमोजिम सनाखत गर्नु पर्नेछ।
(७ख) उपनियम (७क) बमोजिम सनाखत गरेको विवरण सम्बन्धित निर्वाचन कार्यालयले सात दिनभित्र आयोगमा पठाउनु पर्नेछ।
(८) ...............
६. दल दर्ताको अभिलेखः (१) आयोगले ऐन तथा यस नियमावली बमोजिम दल दर्ता गर्दा देहाय बमोजिमको विवरण सहित दल दर्ता किताबमा अभिलेख राख्नु पर्नेछः- (क) दलको नाम, (ख) दल दर्ता नम्बर, (ग) दल दर्ता हुँदाको अवस्थाका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको विवरण (समावेशी विवरण समेत), (घ) केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको,– (१) नामः (२) पदः (३) ठेगानाः (४) नागरिकता नम्बरः (५) नागरिकता जारी भएको जिल्लाः (६) नागरिकता जारी भएको मितिः (७) समावेशी विवरणः
(२) उपनियम (१) को खण्ड (घ) को प्रयोजनको लागि केन्द्रीय पदाधिकारी तथा सदस्यको अभिलेख राख्दा दलले पेश गरेको सूचीको माथिल्लो क्रममा रहेका कम्तीमा एक्काइस सदस्यको विवरण दल दर्ता अभिलेख किताबमा राखी अन्य विवरण आयोगले तोके बमोजिम राख्न सकिनेछ।
७. विवरण तथा कागजात पेश गर्नु पर्नेः (१) ऐनको दफा ४ को उपदफा (३) को प्रयोजनको लागि संवत् २०७३ साल चैत २७ गते सम्ममा आयोगमा दर्ता कायम रहेको दलले संवत् २०७४ साल चैत २६ गते भित्र ऐनको दफा ५ को उपदफा (१) को
खण्ड (क), (ख), (ग), (च) र (छ) बमोजिमको विवरण तथा कागजात अनुसूची–८ बमोजिम आयोग समक्ष पेश गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम विवरण तथा कागजात पेश गर्दा सो दलको प्रमुख पदाधिकारी वा अधिकार प्राप्त व्यक्तिले دستखत गरी निवेदन दिनु पर्नेछ। (३) उपनियम (१) बमोजिम पेश गरेको विवरण तथा कागजात जाँचबुझ गर्दा कुनै विषय स्पष्ट नभएमा आयोगले सम्बन्धित दलसँग थप कुरा बुझ्न वा थप विवरण माग गर्न सक्नेछ र यसरी माग गरेको विवरण आयोगमा बुझाउनु त्यस्तो दलको कर्तव्य हुनेछ। (४) यस नियम बमोजिम दलले पेश गरेका विवरण तथा कागजात जाँच गरी आयोगले त्यसको अभिलेख राख्नेछ।
८. दल एकीकरण हुने वा गाभिने सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा १० बमोजिम दुई वा दुई भन्दा बढी दलहरू एक आपसमा सम्झौता गरी एकीकरण हुन वा गाभिनको लागि त्यस्तो सम्झौता भएको समितिले पैँतालीस दिनभित्र देहायका कागजातहरू संलग्न गरी एकीकरण भई वा गाभिई कायम भएको दलको प्रमुख पदाधिकारी वा अधिकार प्राप्त व्यक्तिले अनुसूची–९ बमोजिम आयोगमा निवेदन दिनु पर्नेछः (क) साविकका दलको केन्द्रीय समितिले त्यसरी एकीकरण हुने वा गाभिने सम्बन्धमा गरेको निर्णयको प्रतिलिपि, (ख) एकीकरण हुने वा गाभिने गरी भएको सम्झौताको प्रतिलिपि, (ग) एकीकरण भई वा गाभिई कायम भएको दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपि, (घ) एकीकरण भई वा गाभिई कायम भएको नयाँ दलको विधान, नियमावली तथा घोषणापत्र, (ङ) एकीकरण भई वा गाभिई कायम भएको दलको केन्द्रीय समितिका पदाधिकारीहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (च) प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले निवेदन दिएकोमा त्यसरी दिइएको अधिकारपत्र, (छ) एकीकरण हुनु वा गाभिनु अघि दर्ता भएका दलको दल दर्ता प्रमाणपत्र। (२) उपनियम (१) बमोजिम पेश भएको निवेदन सम्बन्धमा आयोगले देहाय बमोजिम जाँच गर्नेछः
(क) निवेदनमा खुलाउनु पर्ने कुरा खुलाए वा नखुलाएको, (ख) निवेदन र सो साथ संलग्न विवरण तथा कागजात पूरा भए वा नभएको, (ग) दल एकीकरण हुन वा गाभिनको लागि प्रचलित सङ्घीय कानूनले तोकेको शर्त पूरा गरे वा नगरेको। (३) आयोगले उपनियम (२) बमोजिम जाँच गर्दा दल एकीकरण गर्न वा गाभिनका लागि पेश गरिएको निवेदन साथ संलग्न कागजात तथा विवरण स्पष्ट नभएमा वा कुनै विषयमा थप प्रमाण आवश्यक पर्ने भएमा सम्बन्धित दललाई थप विवरण, कागजात वा आवश्यक प्रमाण सहित आफ्नो लिखित भनाई पेश गर्न बढीमा सात दिनसम्मको समय दिनेछ। (४) आयोगले उपनियम (३) बमोजिम दिएको समयतित्र सम्बन्धित दलले थप विवरण, कागजात वा प्रमाण सहित आफ्नो भनाई लिखित रुपमा पेश गर्नु पर्नेछ। (५) आयोगले उपनियम (१) बमोजिम पेश गरिएको निवेदन, विवरण, कागजात तथा प्रमाणको जाँच गर्दा दल एकीकरण गर्न वा गाभ्न मनासिब देखाइएमा त्यस्ता दलहरू एकीकरण हुने वा गाभिने निर्णय गर्नेछ र दल एकीकरण गर्न वा गाभ्न मिल्ने नदेखिएमा सोको जानकारी सम्बन्धित दललाई गराउनेछ। (६) उपनियम (५) बमोजिम आयोगले दलहरू एकीकरण हुने वा गाभिने निर्णय गर्दा कुनै दलको नाममा गाभिएकोमा त्यस्तो दलको विवरण अद्यावधिक गरी अर्को दलको दर्ता रद्द गर्नु पर्नेछ र नयाँ नाममा एकीकरण भएकोमा छुट्टै दलको रुपमा दर्ता गरी साविकका दलको दर्ता रद्द गर्नु पर्नेछ। (७) यस नियमको प्रयोजनको लागि दलको केन्द्रीय समितिको सदस्य यकिन गर्दा एकीकरण हुनु वा गाभिनु तत्काल अगाडि रहेको केन्द्रीय समितिलाई आधार मानिनेछ। ९. एउटै नामबाट एक भन्दा बढी दल दर्ता नहुनेः (१) ऐन तथा यस नियमावली बमोजिम दल दर्ता गर्दा एउटै नामबाट एकभन्दा बढी दल दर्ता हुने छैन। (२) दल दर्ताको लागि निवेदन दिने दुई वा सोभन्दा बढी दलको नाम एउटै देखिन आएमा आयोगले सम्बन्धित दलसँग परामर्श गरी सम्भव भएसम्म त्यस्ता दलहरूको सहमति बमोजिम छुट्टा छुट्टै पहिचान हुने गरी दर्ता गर्नेछ। (३) उपदफा (२) बमोजिम परामर्श गर्दा सम्बन्धित दलहरूबीच सहमति नभएमा आयोगले त्यस्ता दलहरूको छुट्टाछुट्टै रुपमा पहिचान हुने गरी दल दर्ता गर्नेछ।
१०. छानबिन गर्न सकनेः (१) दलले संविधानको धारा १७ को उपधारा (२) को प्रतिबन्धात्मक वाक्यांश (३) बमोजिम काम, कारबाही गरेकोले त्यस्तो काम कारबाही उपर रोक लगाउन ऐनको दफा ११ को उपदफा (१) बमोजिम नेपाल सरकारले लेखी पठाएमा त्यस्तो काम कारबाहीको सम्बन्धमा आयोगले अवधि तोकी आयोगको कुनै पदाधिकारी वा कर्मचारीलाई छानबिनको लागि खटाउन सकनेछ। (२) उपनियम (१) बमोजिम छानबिनको लागि खटिएको पदाधिकारी वा कर्मचारीले त्यसो विषयमा छानबिन गरी आयोगले तोकेको समयतित्र प्रतिवेदन बुझाउनु पर्नेछ। (३) यस नियम बमोजिमको छानबिनबाट कुनै दलले उपनियम (१) बमोजिमको काम, कारबाही गरेको प्रमाणित भएमा आयोगले सम्बन्धित दललाई त्यस्तो काम, कारबाही तुरुन्त रोक्न आदेश दिई त्यसको जानकारी नेपाल सरकारलाई दिनेछ।
११. दलको दर्ता खारेजः (१) ऐनको दफा १२ को उपदफा (१) बमोजिम कुनै दलले आफ्नो दलको दर्ता खारेज गर्नका लागि त्यस्तो दलको केन्द्रीय समितिले गरेको निर्णय बमोजिम दलको प्रमुख पदाधिकारीले देहाय बमोजिमका कागजात संलग्न गरी आयोग समक्ष अनुसूची–१० बमोजिम निवेदन दिन सकनेछः- (क) दलको विधान, (ख) दल दर्ता खारेज गर्न गरी केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि, (ग) आयोगमा बुझाउन बाँकी लेखा परीक्षण प्रतिवेदन, (घ) निवेदन दिनु अघि कायम रहेको दलको चल, अचल सम्पत्ति तथा दायित्व सम्बन्धी विवरण, (ङ) आयोगले तोकेको अन्य विवरण। (२) उपनियम (१) बमोजिम दलको दर्ता खारेज गर्नका लागि निवेदन परेमा आयोगले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ। (३) उपनियम (२) बमोजिम जाँचबुझ गर्नका लागि आयोगले आवश्यकता अनुसार आयोगको कुनै पदाधिकारी वा कर्मचारीलाई तोक्न सकनेछ। यसरी तोकिएको पदाधिकारी वा कर्मचारीले आफूले गरेको जाँचबुझको प्रतिवेदन आयोग समक्ष पेश गर्नु पर्नेछ।
(४) उपनियम (२) वा (३) बमोजिम जाँचबुझ गर्दा आवश्यकता अनुसार केन्द्रीय समितिको निर्णयमा हस्ताक्षर गर्ने त्यस्तो समितिका पदाधिकारी वा सदस्यलाई आयोगमा उपस्थित हुन लगाई अनुसूची–११ बमोजिम सनाखत गराउन सकिनेछ। (५) यस नियम बमोजिम जाँचबुझ गर्दा दल खारेज गर्ने सम्बन्धमा दलको केन्द्रीय समितिबाट निर्णय भएको कुरामा आयोग विश्वस्त भएमा त्यस्तो दलको दर्ता खारेज गर्नेछ। (६) दलले ऐनको दफा १२ को उपदफा (३) मा उल्लिखित काम, कारबाही गरेको कुरा आयोगले जुनसुकै माध्यमबाट प्राप्त गरेमा सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्न सकिनेछ। (७) उपनियम (६) बमोजिम जाँचबुझ गर्दा आयोगले त्यस्तो दललाई पन्ध्र दिनको म्याद दिई सफाई पेश गर्ने मौका दिनु पर्नेछ। (८) दलले उपनियम (७) बमोजिमको अवधिभित्र सफाई पेश नगरेमा वा पेश गरेको सफाई सन्तोषजनक नभएमा आयोगले सोको पन्ध्र दिनभित्र दलको दर्ता खारेज गर्ने निर्णय गर्नेछ। (९) उपनियम (५) र (८) बमोजिम दलको दर्ता खारेज भएको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।
१२. आर्थिक सहयोगको स्रोत खुलाउनु पर्ने: दलले ऐनको दफा ३८ बमोजिम कुनै नेपाली नागरिक वा संगठित संस्थाबाट एकलाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग लिँदा त्यस्तो सहयोग दिने व्यक्ति वा संस्थाको नाम, थर, ठेगाना, पेशा, स्थायी लेखा नम्बर तथा त्यस्तो आर्थिक सहयोग दिइएको रकमको स्रोत र त्यस्तो रकममा कर लाग्ने, नलाग्ने कुराहरू खुलाउन लगाएर मात्र लिनु पर्नेछ र त्यस्तो विवरणको अभिलेख समेत राख्नु पर्नेछ।
१३. जाँचबुझ गर्ने: (१) कुनै दलले ऐनको दफा ३९ को उपदफा (१) बमोजिम लिन नहुने स्वेच्छिक आर्थिक सहयोग लिएको वा प्राप्त गरेको भनी कसैले प्रमाण सहित उजुरी दिएमा वा आयोगले अन्य कुनै स्रोतबाट जानकारी प्राप्त गरेमा वा कुनै दलले त्यस्तो रकम प्राप्त गरेको छ भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएमा आयोगले सो सम्बन्धमा जाँचबुझको लागि कुनै पदाधिकारी वा कर्मचारीलाई खटाउन सकनेछ। (२) उपनियम (१) बमोजिम खटाइएको पदाधिकारी वा कर्मचारीले आवश्यक जाँचबुझ गरी त्यसरी आर्थिक सहयोग लिए नलिएको सम्बन्धमा आयोग समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ।
१४. विवरण खुलाउनु पर्नेः (१) ऐनको दफा ४१ बमोजिम दलले आयोगमा पेश गर्ने लेखा परीक्षण प्रतिवेदनमा देहाय बमोजिमको विवरणहरू खुलाउनु पर्नेछः- (क) स्थिर पूँजी (चल तथा अचल सम्पत्ति), (ख) चालु पूँजीः (१) नगद र बैंक व्यालेन्स, (२) ऋण, पेश्की र बैंक जम्मा, (ग) आयः (१) सदस्यता शुल्क, (२) कुनै व्यक्ति वा संस्थाबाट प्राप्त सहयोग, (३) अन्य आय, (घ) व्ययः (१) निर्वाचन खर्च, (२) प्रशासकीय र साधारण खर्च, (३) कर्मचारी खर्च, (४) अन्य खर्च, (ङ) बैंक मौज्दातः (१) अघिल्लो वर्षको बैंक मौज्दात, (२) यस वर्षको बैंक मौज्दात, (छ) आयोगले समय समयमा विवरण राख्न निर्देशन दिएका विषयहरू। (२) आयोगले उपनियम (१) बमोजिम पेश भएको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न कुनै पदाधिकारी वा कर्मचारीलाई तोक्न सक्नेछ। (३) लेखा परीक्षण प्रतिवेदनको जाँचको सिलसिलामा आयोगले वा आयोगले उपनियम (२) बमोजिम तोकेको पदाधिकारी वा कर्मचारीले दलबाट कुनै विवरण वा कागजात माग गरेमा त्यस्तो विवरण वा कागजात सम्बन्धि दलले सात दिनभित्र उपलब्ध गराउनु पर्नेछ। (४) उपनियम (१) बमोजिम दलले पेश गरेको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न आयोगले तोकेको पदाधिकारी वा कर्मचारीले लेखा परीक्षण प्रतिवेदन तथा उपनियम (३) बमोजिम उपलब्ध गराएको विवरण तथा कागजातको आधारमा दलको आम्दानी तथा खर्च ऐन, प्रचलित कानून तथा यस नियमावली बमोजिम भए नभएको जाँच गरी आयोग समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ।
परिच्छेद–३ निर्वाचन प्रयोजनको लागि दल दर्ता सम्बन्धी व्यवस्था
१५. सूचना प्रकाशन गर्नेः (१) आयोगले ऐनको दफा ४८ बमोजिम निर्वाचनको प्रयोजनको लागि दल दर्ता गराउन प्रत्येक निर्वाचन अघि अवधि तोकी सूचना प्रकाशन गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिमको सूचना आयोगले आफ्नो वेबसाइटमा राखी राष्ट्रिय स्तरको सञ्चार माध्यममा समेत प्रकाशन तथा प्रसारण गराउनु पर्नेछ।
१६. निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न निवेदन दिनेः (१) निर्वाचनमा भाग लिन चाहने ऐनको दफा ४ बमोजिम आयोगमा दर्ता भएका दलले नियम १५ को उपनियम (१) बमोजिम तोकिएको अवधिभित्र आयोग समक्ष अनुसूची–१२ बमोजिम निवेदन दिनु पर्नेछ। (१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ५ बमोजिम छुट्टै बनेको नयाँ दल वा ऐनको परिच्छेद-९ बमोजिम विवाद निरूपण गर्दा भएको निर्णय बमोजिम दर्ता भएको दल वा त्यस्तो विवादमा परिरहेको दलले निर्वाचन प्रयोजनको लागि दर्ता हुन आयोगले तोकेको अवधिभित्र उपनियम (१) बमोजिम निवेदन दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिमको निवेदन सम्बन्धित दलको प्रमुख पदाधिकारी वा अधिकार प्राप्त व्यक्तिले दिनु पर्नेछ। (३) दलले निर्वाचन प्रयोजनको लागि दर्ता हुन निवेदन दिँदा दलको विधान, घोषणापत्र तथा अघिल्लो आर्थिक वर्षको वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ। तर सोभन्दा अगाडिका वर्षको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेश नगर्ने दलले त्यस्ता वर्षको लेखा परीक्षण प्रतिवेदन समेत पेश गर्नु पर्नेछ। (४) एकीकरण भई वा गाभिएर नयाँ कायम भएको दलले उपनियम (३) बमोजिम वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गर्दा देहाय बमोजिमको प्रतिवेदन पेश गर्नु पर्नेछः- (क) सोही आर्थिक वर्षमा एकीकरण भई वा गाभिएर नयाँ कायम भएको दलले अघिल्लो आर्थिक वर्षमा कायम रहेका प्रत्येक दलको अलग अलग वार्षिक लेखा परीक्षण प्रतिवेदन, (ख) अघिल्लो आर्थिक वर्षमा एकीकरण भई वा गाभिएर नयाँ कायम भएको दलले एकीकरण भएका वा गाभिएका साविकका दलको
विवरण समेत देखिने गरी तयार गरिएको हाल कायम रहेको दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन। (५) निर्वाचन प्रयोजनको लागि दर्ता हुने आर्थिक वर्षमा नियम ५ बमोजिम दर्ता भएको दलले लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकको दलको लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ।
१७. जाँचबुझ र निर्णयः (१) नियम १६ बमोजिम दलले पेश गरेको निवेदन सम्बन्धमा आयोगले देहाय बमोजिम जाँच गरी निर्वाचन प्रयोजनको लागि दल दर्ता सम्बन्धी निर्णय गर्नु पर्नेछः (क) निवेदनमा खुलाउनु पर्ने कुरा खुलाए वा नखुलाएको, (ख) निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न दलले पेश गरेको निवेदन र सो साथ संलग्न विवरण, कागजात पूरा भए वा नभएको, (ग) निर्वाचन प्रयोजनको लागि दल दर्ता हुनुका लागि प्रचलित सङ्घीय कानूनले तोकेका शर्तहरू पूरा गरे वा नगरेको। (२) आयोगले उपनियम (१) बमोजिम जाँच गर्दा निवेदन साथ संलग्न विवरण तथा कागजात स्पष्ट नभएमा वा कुनै विषयमा थप प्रमाण आवश्यक पनि भएमा सम्बन्धित दललाई थप विवरण, कागजात वा आवश्यक प्रमाण सहित आफ्नो लिखित भनाई पेश गर्न बढीमा सात दिनसम्मको समय दिनेछ। (३) आयोगले उपनियम (२) बमोजिम दिएको समयतित्र सम्बन्धित दलले थप कागजात, विवरण वा प्रमाण सहित आफ्नो भनाई लिखित रुपमा पेश गर्नु पर्नेछ। (४) आयोगले यस नियम बमोजिम पेश भएको निवेदन, कागजात, विवरण तथा प्रमाणको जाँच गर्दा निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न मनासिब देखेमा त्यस्तो दललाई दर्ता गरिन्छ र दर्ता गर्न मिल्ने नदेखेमा सोको जानकारी सम्बन्धित दललाई गराउनेछ।
१८. एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन सकिनेः (१) ऐनको दफा ४९ बमोजिम दुई वा सो भन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने गरी नियम १५ को उपनियम (१) बमोजिमको अवधितित्र आयोग समक्ष निवेदन दिन सकनेछन्। (२) उपनियम (१) बमोजिम एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिनको लागि निवेदन दिँदा त्यस्ता दलहरूको केन्द्रीय समितिको निर्णय सहित सम्बन्धित दलका
प्रमुख पदाधिकारी वा अधिकार प्राप्त व्यक्तिले संयुक्त रुपमा अनुसूची–१३ बमोजिम आयोगमा निवेदन दिनु पर्नेछ। (३) उपनियम (२) बमोजिम परेको निवेदन सम्बन्धमा आयोगले नियम १७ बमोजिम जाँचबुझ गरी ऐन तथा यस नियमावली बमोजिमको प्रकृया पूरा भएको पाएमा त्यस्ता दलहरूलाई त्यस्तो निर्वाचन प्रयोजनको लागि संयुक्त रुपमा दर्ता गरिनेछ। (४) उपनियम (३) बमोजिम संयुक्त रुपमा दर्ता भएको कुनै पनि दललाई सोही निर्वाचन प्रयोजनको लागि छुट्टै दलको रुपमा दर्ता गरिने छैन। (५) नियम १६ बमोजिम निर्वाचन प्रयोजनको लागि निवेदन दिएको दल एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने गरी उपनियम (३) बमोजिम अर्को दलसँग संयुक्त रुपमा दर्ता भएमा त्यस्तो दललाई सो निर्वाचन प्रयोजनको लागि छुट्टै दर्ता गरिने छैन।
परिच्छेद–४ विविध
१९. प्रमाणपत्रः (१) आयोगले नियम ३ को उपनियम (६) र नियम ५ को उपनियम (६) बमोजिम दर्ता भएको दललाई अनुसूची–१४ बमोजिमको प्रमाणपत्र दिनेछ। (२) आयोगले नियम ८ को उपनियम (५) बमोजिम दुई वा दुई भन्दा बढी दल एकीकरण भई वा गाभिएर कायम भएको दललाई अनुसूची–१५ बमोजिमको प्रमाणपत्र दिनेछ।
२०. दल दर्ता किताबः (१) आयोगले नियम ३ र ५ बमोजिम दर्ता भएका दलको विवरण अनुसूची–१६ बमोजिमको तथा नियम १७ र १८ बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता भएका दलको विवरण अनुसूची–१७ बमोजिमको दल दर्ता किताबमा अभिलेख गरी राख्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम आयोगमा रहने दल दर्ता किताबमा रहेको अभिलेख आयोगको सचिवले प्रमाणित गर्नु पर्नेछ। (३) आयोगले उपनियम (१) बमोजिमको दल दर्ता किताबको अद्यावधिक अभिलेख क्षेत्रीय निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई समेत उपलब्ध गराउनु पर्नेछ। (४) उपनियम (३) बमोजिम प्राप्त अभिलेख सम्बन्धित क्षेत्रीय निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले सुरक्षित रुपमा राख्नु पर्नेछ।
२१. विद्युतीय अभिलेख राख्न सकनेः (१) आयोगले दलको विधान, नियमावली, घोषणापत्र तथा पदाधिकारीको विवरण विद्युतीय माध्यममा अभिलेख गरी राख्न सकनेछ। (२) दलले नियम ३, ५, ७ तथा ८ बमोजिमको विवरण आयोगमा पेश गर्दा दलको विधान, नियमावली, दलको घोषणापत्र तथा केन्द्रीय पदाधिकारी र सदस्यको विवरण समावेश भएको विद्युतीय प्रति समेत पेश गर्नु पर्नेछ।
२२. दल त्याग गरेको जानकारी गराउनु पर्नेः (१) कुनै दलको तर्फबाट स्थानीय तहको कुनै पदमा उम्मेदवार भई निर्वाचित भएको सदस्यले ऐनको दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गर्ने कार्य गरेमा सो दलको केन्द्रीय समितिले निर्णय गरी निजले दल त्याग गरेको व्यहोराको जानकारी आयोगलाई गराउनु पर्नेछ। यसरी जानकारी गराउँदा केन्द्रीय समितिको निर्णयको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिमको जानकारी प्राप्त गरे पश्चात पुनः पन्ध्र दिन भित्र आयोगले राष्ट्रियस्तरको दैनिक पत्रिकामा सोको सूचना प्रकाशन गर्नेछ। (३) उपनियम (२) बमोजिमको सूचना प्रकाशन भए पश्चात स्थानीय तहको त्यस्तो सदस्यको पद स्वतः रिक्त भएको मानिनेछ।
२३. विवाद निरुपण सम्बन्धी सुनुवाईको प्रकृयाः (१) दुई वा दुई भन्दा बढी दलहरूबीच वा एउटै दलका दुई वा दुई भन्दा बढी पक्षबीच उत्पन्न भएको विवाद निरुपणको सम्बन्धमा आयोगले ऐनको दफा ४५ बमोजिम सुनुवाई गर्दा आवश्यकता अनुसार प्रमाण बुझ्न सकनेछ। (२) उपनियम (१) बमोजिम प्रमाण बुझ्ने क्रममा आयोगले सम्बन्धित पक्षलाई आवश्यक प्रमाण पेश गर्न आदेश दिन सकनेछ। यसरी दिएको आदेश बमोजिमको प्रमाण दाखिला गर्नु सम्बन्धित दल वा पक्षको कर्तव्य हुनेछ। (३) विवादको सुनुवाईको लागि तोकिएको मितिमा सुनुवाई सम्बन्धी कारबाही सम्पन्न हुन नसकेमा सुनुवाईको लागि अर्को मिति तोकी सम्बन्धित पक्षको प्रतिनिधि उपस्थित भएकोमा निजलाई जानकारी गराई सोको भरपाई गराई राख्नु पर्नेछ र त्यस्तो प्रतिनिधि उपस्थित नभएकोमा त्यस्तो पक्षलाई अर्को सुनुवाई हुने मितिको बारेमा जानकारी गराउनेछ। (४) उपनियम (३) बमोजिम पक्षको प्रतिनिधिलाई जानकारी गराइएकोमा त्यस्तो पक्षले सोको जानकारी पाएको मानिनेछ। (५) विवाद निरुपण सम्बन्धमा अपनाइने सुनवाईको अन्य प्रकृया आयोगले निर्धारण गरे बमोजिम हुनेछ।
(६) २४. दलसँग परामर्श सम्बन्धी व्यवस्था: (१) ऐनको दफा ४७ को उपदफा (१) मा उल्लिखित विषयका अतिरिक्त आयोगले दलहरूसँग देहायका विषयमा समय–समयमा परामर्श, अन्तरक्रिया तथा छलफलको लागि राजनीतिक परामर्श बैठक आयोजना गर्न सक्नेछः- (क) मतदाता नामावली सङ्कलन, (ख) निर्वाचन आचार संहिता, (ग) मतदानको माध्यम र प्रक्रिया, (घ) निर्वाचन वा जनमत सङ्ग्रह, (ङ) निर्वाचन खर्च, (च) मतदाता शिक्षा, (छ) निर्वाचन सुरक्षा, (ज) दलको दायित्व तथा दल व्यवस्थापन, (झ) आयोगले आवश्यक ठानेका अन्य विषय। (२) आयोगले ऐन तथा यस नियमावली बमोजिम दलसँग परामर्श गर्दा प्रदेश वा स्थानीयस्तरमा समेत गर्न सक्नेछ।
२५. जानकारी दिनु पर्नेः (१) दलले ऐनको दफा ५१ बमोजिम आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिन्ह (लोगो) मा परिवर्तन वा संशोधन भएमा वा पदाधिकारीको फेरफेर भएमा दलको प्रमुख पदाधिकारी वा अधिकार प्राप्त व्यक्तिले अनुसूची–१८ बमोजिम आयोगमा जानकारी गराउनु पर्नेछ। (२) उपनियम (१) बमोजिमको जानकारी प्राप्त भएमा आयोगले त्यस्तो परिवर्तन, संशोधन वा फेरफेर संविधान, ऐन, यस नियमावली तथा दलको विधान बमोजिम भए नभएको र सो सम्बन्धमा आधिकारिक निर्णय भए नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ। (३) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा त्यस्तो परिवर्तन, संशोधन वा फेरफेर संविधान, ऐन, यस नियमावली तथा दलको विधान बमोजिम भएको र त्यसरी परिवर्तन वा संशोधन गरिएको नाम, झण्डा, छाप तथा चिन्ह (लोगो) अन्य कुनै राजनीतिक दलको नाम,
* पहिलो संशोधनद्वारा झिकिएको ।
झण्डा, छाप तथा चिन्ह (लोगो) सँग दोहोरो नपर्ने भएमा सोको अभिलेख अद्यावधिक गर्नेछ। (४) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा त्यसरी नाम, विधान, नियम, छाप, झण्डा, चिन्ह (लोगो) मा परिवर्तन वा संशोधन गर्न वा पदाधिकारीको फेरफेर गर्न नमिल्ने अवस्था भएमा आयोगले सोको कारण खुलाई सुधार सहितको विवरण पेश गर्न सात दिनको समय दिई सम्बन्धित दललाई सूचित गर्नेछ। (५) उपनियम (४) बमोजिमको अवधिभित्र त्यस्तो विवरण प्राप्त भएमा र आयोग त्यसमा सन्तुष्ट भएमा सो बमोजिमको अभिलेख अद्यावधिक गरी राख्नेछ र कुनै विवरण परिवर्तन, संशोधन वा फेरफेर गर्न नसकिने भएमा सोही व्यहोराको जानकारी सम्बन्धित दललाई गराउनेछ। (६) उपनियम (५) बमोजिम कुनै विवरण परिवर्तन, संशोधन वा फेरफेर गर्न नसकिने भएमा दलको سابقको विवरण नै कायम रहेको मानिनेछ।
२६. स्वेच्छिक आर्थिक सहयोगको विवरण वा अभिलेख पेश गर्नुने: आयोगले ऐनको दफा ५४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम दलले प्राप्त गरेको स्वेच्छिक आर्थिक सहयोग रकम र आर्थिक सहायताको रकमको लेखा विवरण माग गरेकोमा सम्बन्धित दलले पैँतीस दिनभित्र त्यस्तो विवरण वा अभिलेख आयोग समक्ष पेश गर्नु पर्नेछ।
२७. क्षतिपूर्तिको लागि उजुरी गर्न सकिने: कुनै दलले कुनै सरकारी, सामुदायिक, सार्वजनिक वा निजी सम्पत्तिमा हानी, नोक्सानी पुर्याएमा वा पुर्याउन लगाएमा निजी सम्पत्तिको हकमा सम्पत्ति धनीले र सार्वजनिक वा सरकारी सम्पत्तिको हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत कर्मचारीले ऐनको दफा ५८ बमोजिम सम्बन्धित जिल्ला अदालतमा उजुरी गर्न सकिनेछ।
२८. कागजात धुल्याउन सकिने: नियम ३ को उपनियम (२) बमोजिम दलले पेश गरेको प्रतिबद्धता तथा उद्घोषणपत्र आयोगले दल दर्ता सम्बन्धी निर्णय गरेको छ महिना पछि धुल्याउन सकिनेछ। तर दल दर्ताको विषयमा कुनै उजुरी परेको वा कुनै अदालतमा मुद्दा परेको भएमा त्यस्तो उजुरी वा मुद्दाको अन्तिम निर्णय निएसम्म त्यस्तो प्रतिबद्धता तथा उद्घोषणपत्र धुल्याइने छैन।
२९. दलको विधान तथा नियमावलीको ढाँचा तोक्न सकिने: दलले ऐन तथा यस नियमावली बमोजिम तयार गरी आयोगमा पेश गर्नु पर्ने विधान तथा नियमावलीको ढाँचा आयोगले तोक्न सकिनेछ।
अनुसूची–१ (नियम २ को खण्ड (क) सँग सम्बन्धित) दलको तर्फबाट निर्वाचन आयोगमा निवेदन दिन अधिकार दिइएको अधिकारपत्रको ढाँचा
श्री निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँ।
विषयः दलको तर्फबाट निर्वाचन आयोगमा निवेदन दिन अधिकारपत्र दिइएको सम्बन्धमा।
निर्वाचन आयोगमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम दलको विवरण तथा कागजात पेश गर्न/दफा १० बमोजिम दल एकीकरण हुन वा गाभिन निवेदन दिन/दफा ४८ बमोजिम निर्वाचन प्रयोजनको लागि दल दर्ता गराउन/दफा ४९ बमोजिम एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने निवेदन दिन/दफा ५१ बमोजिम दलको विवरण हेरफेर भएको जानकारी दिन .......................................... नामक राजनीतिक दलको तर्फबाट निम्न लिखित व्यक्तिलाई अधिकार दिइएको छ।
अधिकार प्राप्त व्यक्तिको पूरा नाम, थरः-.................................... पदः .................................... ठेगानाः .................................... फोन नंः- .................................... मोबाइल नं. .................................... फ्याक्स नं. .................................... इमेलः- ....................................
अधिकार प्राप्त व्यक्तिको दस्तखत नमूनाः- [ ]
दलको छाप प्रमुख पदाधिकारीको,– दस्तखतः– ......................................... नाम, थरः– ......................................... पदः– ......................................... मितिः– .........................................
अनुसूची–२ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित) राजनीतिक दल दर्ता गर्नको लागि दिने निवेदन
श्री निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँ।
विषयः दल दर्ता गरी पाऊँ।
नेपालको संविधान र प्रचलित सङ्घीय कानूनले व्यवस्था गरेका शर्तहरू पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम दल दर्ताको लागि देहाय बमोजिमका विवरण तथा कागजात सहित यो निवेदन पेश गरेको छु :-
१. राजनीतिक दल सम्बन्धी विवरण,– (क) दलको पुरा नामः- (ख) दलको संक्षिप्त नामः- (ग) दल गठन भएको मितिः- (घ) दल दर्ता गर्ने गरी केन्द्रीय समितिबाट निर्णय भएको मितिः- (ङ) केन्द्रीय कार्यालयको ठेगानाः- (च) प्रादेशिक कार्यालयको ठेगानाः- (१) (२) (३) (४) (५) (६) (७) (छ) पत्राचारको ठेगानाः (ज) टेलिफोन नं. (झ) इमेल ठेगानाः-
(ञ) वेबसाइट:- (ट) दलको कुल साधारण सदस्य सङ्ख्या:-
२. केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको विवरणः
३. केन्द्रीय समितिको निर्वाचन भएको भए पछिल्लो पटक निर्वाचन भएको मितिः ४. निम्नलिखित विवरण यथा कागजातहरू संलग्न छन्:- (क) केन्द्रीय समितिले दल दर्ताको लागि गरेको निर्णयको प्रतिलिपि, (ख) दलको विधान, (ग) दलको नियमावली, (घ) दलको घोषणापत्र, (ङ) दलको झण्डा, चिन्ह (लोगो) को नमूना, (च) कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता सहित निजहरूले अर्को दलको सदस्य नभएको भनी गरेको उद्घोषण पत्र, (छ) दलको सदस्यता प्राप्त गर्न प्रतिबद्ध व्यक्त गर्ने नेपाली मतदाताहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि।
माथि लेखिएको व्यहोरा ठीक छ, फरक ठरे कानून बमोजिम सुल्झाउँला बुझाउँला।
दलको छाप $\quad$ प्रमुख पदाधिकारीको,– $\quad \quad \quad \quad \quad$ सहीः $\quad \quad \quad \quad \quad$ नाम, थरः $\quad \quad \quad \quad \quad$ पदः $\quad \quad \quad \quad \quad$ मितिः
अनुसूची–३ (नियम ३ को उपनियम (२) सँग सम्बन्धित) मतदाताहरूको प्रतिबद्धता तथा उद्घोषणपत्र
श्री ............................................... सभापति/अध्यक्ष/महासचिव रहनु भएको ................................................... नामको दल आयोगमा दर्ता गराउन हामी देहायका नेपाली मतदाताले प्रतिबद्धता जाहिर गरी हस्ताक्षर गरेका छौं। प्रचलित कानून बमोजिम हामी दलको सदस्य हुन योग्य भएको तथा अर्को दलको सदस्य नभएको व्यहोरा समेत उद्घोष गर्दछौं।
उपरोक्त विवरणहरू ठीक छन्। फरक ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
दलको नामः-
दलको छापः-
प्रमुख पदाधिकारीको,– सहीः- नाम, थरः- पदः- मितिः-
अनुसूची–४ (नियम ४ को उपनियम (३) सँग सम्बन्धित) दलको प्रमुख पदाधिकारी/केन्द्रीय समितिको सदस्यको हस्ताक्षरको सनाखतको ढाँचा
दल दर्ताको लागि निर्वाचन आयोगमा पेश भएको ............................................दलमा म ............................................. पदमा रहन मञ्जुर गरी राजीखुसीले सहीछाप गरेको हुँ। फरक ठहरे कानून बमोजिम सुल्झाउँला बुझाउँला।
प्रमाणित गर्ने अधिकारीको, दस्तखत: नाम: दर्जा: मिति:
अनुसूची–५ (नियम ५ को उपनियम (१) सँग सम्बन्धित) छुट्टै दल दर्ता गर्नेको लागि दिने निवेदन
श्री निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँ।
विषयः छुट्टै दल दर्ता गरी पाऊँ।
नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम यस आयोगमा दल दर्ता कायम रहेको .................................................................... नामक राजनीतिक दलको $\circ$ केन्द्रीय समिति र सङ्घीय संसद्का संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्य भई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा (२) बमोजिम छुट्टै नयाँ दल बनाउन देहाय बमोजिमका विवरण तथा कागजात सहित यो निवेदन पेश गरेको छु :-
१. साविकको दल सम्बन्धी विवरण,– (क) दलको नामः- (ख) आयोगमा दर्ता भएको मितिः- (ग) केन्द्रीय समितिका सदस्यको सङ्ख्याः- (घ) सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सदस्य सङ्ख्याः-
२. नयाँ राजनीतिक दल सम्बन्धी विवरण,– (क) दलको पूरा नामः- (ख) दलको संक्षिप्त नामः- (ग) दल गठन भएको मितिः- (घ) दल दर्ता गर्न गरी केन्द्रीय समितिबाट निर्णय भएको मितिः- (ङ) केन्द्रीय कार्यालयको ठेगानाः- (च) प्रादेशिक कार्यालयको ठेगाना,– (१) (२) (३)
$\circ$ तेस्रो संशोधनद्वारा संशोधित।
(४) (५) (६) (७) (छ) पत्राचारको ठेगाना:- (ज) टेलिफोन नं. (झ) इमेल ठेगाना:- (ञ) वेबसाइट:- (ट) छुट्टै नयाँ दल बनाउन समर्थन गर्ने سابقको दलका केन्द्रीय समितिका सदस्यको सङ्ख्या:- (ठ) छुट्टै नयाँ दल बनाउन समर्थन गर्ने سابقको दलको तर्फबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सदस्यको सङ्ख्या:-
३. केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको विवरण:-
४. निम्नलिखित विवरण तथा कागजातहरू संलग्न छन्: (क) केन्द्रीय समितिले दल दर्ताको लागि गरेको निर्णयको प्रतिलिपि, (ख) दलको विधान, (ग) दलको नियमावली, (घ) दलको घोषणापत्र, (ङ) दलको झण्डा, चिन्ह (लोगो) को नमूना, (च) سابقको दलका $\ast$ केन्द्रीय समिति र सङ्घीय संसद्का संसदीय दलका कम्तीमा चालिस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन समर्थन गरी हस्ताक्षर गरेको समर्थनपत्र,
$\ast$ तेस्रो संशोधनद्वारा संशोधित।
(छ) दलको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि ।
माथि लेखिएको व्यहोरा ठीक छ, फरक ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
दलको छाप प्रमुख पदाधिकारीको- सही:- नाम, थर:- पद - मिति:-
अनुसूची–६ (नियम ५ को उपनियम (१) को खण्ड (ग) सँग सम्बन्धित) छुट्टै दल गठन गर्न समर्थनपत्र
नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम निर्वाचन आयोगमा दल दर्ता कायम रहेको ................................. नामक राजनीतिक दलबाट अलग भई ................................................... नामको दल गठन गरी आयोगमा दर्ता गराउन समर्थन गर्दछौं।
उपरोक्त विवरणहरू ठीक छन्। फरक ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
दलको नामः- $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ प्रमुख पदाधिकारीको,– $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ सहीः- $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ नाम, थरः- दलको छापः- $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ पदः- $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ मितिः-
अनुसूची–७ (नियम ५ को उपनियम (५) सँग सम्बन्धित) केन्द्रीय पदाधिकारी/सदस्य तथा संसद सदस्यको सनाखतको ढाँचा
यस आयोगमा दर्ता कायम रहेको ................................................ नामक राजनीतिक दलबाट छुट्टई .................................. नामक राजनीतिक दल दर्ता गर्न परेको निवेदनमा मैले राजीखुसीले सहिछाप गरेको हुँ। फरक ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
प्रमाणित गर्ने अधिकारीको, दस्तखत: नाम: दर्जा: मिति:
अनुसूची-७क. (नियम ५ को उपनियम (७क) सँग सम्बन्धित)
प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको सनाखतको ढाँचा
यस आयोगमा दर्ता कायम रहेको ..................................................................... नामक राजनीतिक दलबाट छुट्टई बनेको .................................................... नामक राजनीतिक दलमा प्रवेश गर्न मञ्जुर भएकोले मैले राजीखुसीले सहिछाप गरेको हुँ। फरक ठिरे कानून बमोजिम सहुँला बुझाउँला।
द्रष्टव्य: १. प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको सनाखत गराउँदा छुट्टाछुट्टै फारामको प्रयोग गर्नु पर्नेछ। २. सनाखत गर्न आउने पदाधिकारी वा सदस्यले आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्र साथमा ल्याउनु पर्नेछ र सोको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ।
प्रमाणित गर्ने अधिकारीको,- दस्तखत : नाम : दर्जा : मिति :
दोस्रो संशोधनद्वारा थप ।
अनुसूची–८ (नियम ७ को उपनियम (१) सँग सम्बन्धित) दलले विवरण तथा कागजात पेश गर्ने ढाँचा
श्री निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँ।
विषयः दलको विवरण तथा कागजात पेश गरेको।
नेपालको संविधानको धारा २६९ बमोजिम यस आयोगमा मिति ................ मा दर्ता भएको ............................ दलको तर्फबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ को उपदफा (३) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ७ को उपनियम (१) बमोजिम देहायका कागजात तथा विवरण पेश गरेको छु :-
१. राजनीतिक दल सम्बन्धी विवरणः (क) दलको पुरा नामः (ख) दलको संक्षिप्त नामः (ग) दल दर्ता नम्बरः (घ) दल दर्ता भएको मितिः (ङ) केन्द्रीय कार्यालयको ठेगानाः (च) प्रादेशिक कार्यालयको ठेगाना,– (१) (२) (३) (४) (५) (६) (७) (छ) पत्राचारको ठेगानाः (ज) टेलिफोन नं.
(झ) इमेल ठेगाना: (ञ) वेबसाइट: (ट) दलको कुल साधारण सदस्य सङ्ख्या:
२. केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको विवरण:
३. केन्द्रीय समितिको निर्वाचन भएको भए पछिल्लो निर्वाचन भएको मिति:
४. निम्नलिखित विवरणहरू तथा कागजातहरू संलग्न छन्: (क) दलको विधान, (ख) दलको नियमावली, (ग) दलको घोषणापत्र, (घ) झण्डा, चिन्ह (लोगो) को नमूना,
माथि लेखिएको व्यहोरा ठीक छ, फरक ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
दलको छाप $\quad$ प्रमुख पदाधिकारी/ अधिकार प्राप्त व्यक्तिको,– $\quad \quad \quad \quad \quad$ सही: $\quad \quad \quad \quad \quad$ नाम, थर:- $\quad \quad \quad \quad \quad$ पद:- $\quad \quad \quad \quad \quad$ मिति:-
अनुसूची–९ (नियम ८ को उपनियम (१) सँग सम्बन्धित) दल एकीकरण वा गाभिने निवेदनको ढाँचा
श्री निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँ। विषयः दल एकीकरण गर्ने/दल गाभिने सम्बन्धमा।
निर्वाचन आयोगमा दर्ता भएका देहाय बमोजिमका राजनीतिक दलहरूले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम एक आपसमा एकीकरण हुने/गाभिने सम्झौता गरेकाले ................. नामको नयाँ दलको रुपमा दर्ता गरी/साविकमा दर्ता भएको ............... दलमा गाभिने गरी अभिलेख अद्यावधिक गरी पाउन यो निवेदन पेश गरेका छौँ।
१. एकीकरण हुने वा गाभिने दलहरूको विवरणः
२. साविकका दलको केन्द्रीय समिति तथा प्रदेश समितिको पछिल्लो पटक निर्वाचन भएको मिति
३. हाल कायम भएको दलको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूः
४. केन्द्रीय समितिको निर्वाचन भएको भए पछिल्लो पटक निर्वाचन भएको मिति:- ५. एकीकरण हुने वा गाभिने कुनै दलले एकीकरण हुनु वा गाभिनु अघि भएको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्ह प्रयोग गर्न चाहेको भए सोको विवरण:- ६. निम्नलिखित विवरण तथा कागजातहरू संलग्न छन्: (क) साविकका दलका केन्द्रीय समितिको निर्णयको प्रतिलिपि, (ख) दलहरूबीच भएको सम्झौताको प्रतिलिपि, (ग) हाल कायम भएको दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपि, (घ) हाल कायम भएको दलको विधान, (ङ) हाल कायम भएको दलको नियमावली, (च) हाल कायम भएको दलको घोषणापत्र, (छ) हाल कायम भएको दलको झण्डा, चिन्ह (लोगो) को नमूना, (ज) हाल कायम भएको दलको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको नागरिकताको प्रतिलिपि, (झ) साविकका दलहरूको दल दर्ता प्रमाणपत्रको सक्कल, (ञ) अधिकार प्राप्त व्यक्तिले निवेदन दिएको भए प्रमुख पदाधिकारीले दिएको त्यस्तो अधिकार पत्र।
माथि लेखिएको व्यहोरा ठीक साँचो हो फरक ठहरे कानून बमोजिम सुल्झाउँला, बुझाउँला। राजनीतिक दलको तर्फबाट अधिकार प्राप्त व्यक्तिको,–
(क) ...................................... दलको तर्फबाट प्रमुख पदाधिकारी/अधिकार प्राप्त व्यक्ति,– नाम, थर: ........................ पद: राजनीतिक दलको छाप दस्तखत: मिति:
(ख) ...................................... दलको तर्फबाट प्रमुख पदाधिकारी/अधिकार प्राप्त व्यक्ति,– नाम, थर: .................................................................................................................................................... पद: ............................................................................................................................................................ दस्तखत: .................................................................................................................................................... ................................................................................................................................................................... राजनीतिक दलको छाप मिति:
(ग) ...................................... दलको तर्फबाट प्रमुख पदाधिकारी/अधिकार प्राप्त व्यक्ति,– नाम, थर: .................................................................................................................................................... पद: ............................................................................................................................................................ दस्तखत: .................................................................................................................................................... ................................................................................................................................................................... राजनीतिक दलको छाप मिति:
अनुसूची–१० (नियम ११ को उपनियम (१) सँग सम्बन्धित) दल दर्ता खारेजीको निवेदनको ढाँचा
श्री निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँ। विषयः दल दर्ता खारेज गरी पाऊँ।
निर्वाचन आयोगमा मिति ................... मा दर्ता भएको ............................ राजनीतिक दल खारेज गर्न गरी दलको केन्द्रीय समितिले मिति ................. मा निर्णय गरेकोले निर्वाचन आयोगमा दर्ता भएको सो दलको दर्ता खारेज गरिदिनु हुन अनुरोध गर्दछु।
१. राजनीतिक दल सम्बन्धी विवरण,– (क) दलको पूरा नामः (ख) दलको संक्षिप्त नामः (ग) दल गठन भएको मितिः (घ) दल दर्ता भएको मिति र दल दर्ता नम्बरः (ङ) दल दर्ता खारेज गर्न गरी केन्द्रीय समितिबाट निर्णय भएको मितिः (च) केन्द्रीय कार्यालयको ठेगानाः
२. निम्नलिखित विवरण तथा कागजातहरू संलग्न छन्: (क) दलको विधान, (ख) दलको दर्ता खारेज गर्न गरी केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि, (ग) आ.व. ....... को लेखा परीक्षण प्रतिवेदन, (घ) दलको सम्पत्ति तथा दायित्व सम्बन्धी विवरण।
माथि लेखिएको व्यहोरा ठीक छ, फरक ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
दलको छाप प्रमुख पदाधिकारीको,– सहीः - नाम, थरः- पदः- मितिः-
अनुसूची–११ (नियम ११ को उपनियम (४) सँग सम्बन्धित) पदाधिकारीको सनाखतको ढाँचा
..................................दलको दर्ता खारेजीको लागि परेको निवेदनमा मैले राजीखुसीले सहीछाप गरेको हुँ। फरक ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
प्रमाणित गर्ने अधिकारीको, दस्तखत: नाम: दर्जा: मिति:
अनुसूची–१२ (नियम १६ को उपनियम (१) सँग सम्बन्धित) निर्वाचन प्रयोजनको लागि दल दर्ताको निवेदनको ढाँचा
श्री निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँ।
विषयः ....................... निर्वाचनको प्रयोजनार्थ दल दर्ता गरिदिने सम्बन्धमा।
आगामी ................... निर्वाचनको प्रयोजनको लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम आयोगमा दल दर्ता गर्नका निमित्त निर्वाचन आयोगबाट मिति ................. प्रकाशित सूचना अनुसार देहाय बमोजिमको विवरण खुलाई यो निवेदन पेश गरेको छु ।
१. राजनीतिक दल सम्बन्धी विवरणः
२. दलको पछिल्लो महाधिवेशन भएको मिति र स्थानः ३. दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी तथा सदस्यको संख्याः ४. आयोग समक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मितिः ५. दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको निर्वाचन भएको छ भने पछिल्लो निर्वाचन भएको मितिः- केन्द्रीयस्तर ........................ प्रदेशस्तर...................... ६. भाग लिन चाहेको निर्वाचनको नामः- ७. प्रदेश सभाको निर्वाचनको हकमा कुन कुन प्रदेशमा भाग लिने हो खुलाउनेः- ८. यसभन्दा अघिको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्ह लिन चाहनेमा सो निर्वाचन चिन्ह उल्लेख गर्नेः-
९. यसभन्दा अघिको निर्वाचनमा निर्वाचन चिन्ह प्राप्त नगरेको दलले वा निर्वाचन चिन्ह प्राप्त गरेको भए तापनि अन्य निर्वाचन चिन्ह लिन चाहने दलले आफूले प्राप्त गर्न चाहेको तीन वटा निर्वाचन चिन्ह उल्लेख गर्ने (प्राथमिकताक्रम अनुसार) (क) ............................................. (ख) ............................................. (ग) .............................................
१०. निम्नलिखित विवरण तथा कागजातहरु संलग्न छन्: (क) दलको विधान, नियमावली तथा घोषणापत्र, (ख) निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्ने केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, (ग) नयाँ निर्वाचन चिन्ह लिन चाहेकोमा आफूले लिन चाहेको कम्तीमा तीनवटा बेग्ला–बेग्लै निर्वाचन चिन्हको नमूना र सोको विद्युतीय प्रति, (घ) आ.व. ......................... को वार्षिक लेखा परीक्षण प्रतिवेदन, (ङ) अधिकार प्राप्त व्यक्तिले निवेदन दिएको भए प्रमुख पदाधिकारीले दिएको त्यस्तो अधिकारपत्र।
माथि लेखिएको व्यहोरा ठीक साँचो हो फरक ठरे कानून बमोजिम सहुँला, बुझाउँला।
प्रमुख पदाधिकारी/अधिकार प्राप्त व्यक्तिको,– ..................... नाम, थरः राजनीतिक दलको छाप पदः दस्तखतः मितिः
अनुसूची–१३ (नियम १८ को उपनियम (२) सँग सम्बन्धित) एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदनको ढाँचा
श्री निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँ।
विषयः एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने गरी निर्वाचन प्रयोजनको लागि दल दर्ता गरी दिने सम्बन्धमा।
आगामी ....................निर्वाचनको प्रयोजनको लागि राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम एकल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी हुनको निमित्त नेपालको संविधानको धारा २७१ बमोजिम आयोगबाट मान्यता प्राप्त गर्न दल दर्ता गराउने प्रयोजनको लागि मिति ................... प्रकाशित सूचना अनुसार हामी देहायका राजनीतिक दलहरूले देहाय बमोजिमको विवरण खुलाई यो निवेदन पेश गरेको छौँ।
१. राजनीतिक दल सम्बन्धी विवरणः
२. दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी तथा सदस्यको संख्याः
३. आयोग समक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति:
४. दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको निर्वाचन भएको छ भने सो सम्बन्धी विवरण:
५. एकल चुनाव चिन्ह लिई भाग लिन चाहेको निर्वाचनको नाम: ६. प्रदेश सभाको निर्वाचनको हकमा कुन कुन प्रदेशमा भाग लिने हो खुलाउने: ७. निवेदन दिने दल मध्ये कुनै दलले यस भन्दा अघिको निर्वाचनमा पाएको चुनाव चिन्ह लिन चाहेमा सो चुनाव चिन्ह उल्लेख गर्ने:-......................................................... ८. यस भन्दा अघिका निर्वाचनमा चुनाव चिन्ह प्राप्त नगरेका दलले वा चुनाव चिन्ह प्राप्त गरेको भएतापनि अन्य चुनाव चिन्ह लिन चाहिने दलले आफूले लिन चाहेका चुनाव चिन्ह प्राथमिकता क्रम अनुसार उल्लेख गर्ने:- (क) ............................................. (ख) ............................................. (ग) ............................................. ९. निम्नलिखित विवरण तथा कागजात संलग्न छन्: (क) सम्बन्धित दलको विधान, नियमावली तथा घोषणापत्र, (ख) एकल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी हुने गरी निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न सम्बन्धि दलको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि,
(ग) नयाँ निर्वाचन चिन्ह लिन चाहेको भए आफूले लिन चाहेको निर्वाचन चिन्हको कम्तीमा तीनवटा बेग्ला-बेग्लै नमूना र सोको विद्युतीय प्रति, (घ) आ.व ...............को वार्षिक लेखा परीक्षण प्रतिवेदन, (ङ) अधिकार प्राप्त व्यक्तिले निवेदन दिएको भए प्रमुख पदाधिकारीले दिएको त्यस्तो अधिकारपत्र।
माथि लेखिएको व्यहोरा ठीक साँचो हो फरक ठहरे कानून बमोजिम सहुँला, बुझाउँला।
राजनीतिक दलको तर्फबाट अधिकार प्राप्त व्यक्तिको,– (क) ................................. दलको तर्फबाट प्रमुख पदाधिकारी/अधिकार प्राप्त व्यक्ति,– नाम, थरः .................................................................................................................................................................... पदः ............................................................................................................................................................................ दस्तखतः .................................................................................................................................................................... मितिः ........................................................................................................................................................................ राजनीतिक दलको छाप
(ख) ................................. दलको तर्फबाट प्रमुख पदाधिकारी/अधिकार प्राप्त व्यक्ति,– नाम, थरः .................................................................................................................................................................... पदः ............................................................................................................................................................................ दस्तखतः .................................................................................................................................................................... मितिः ........................................................................................................................................................................ राजनीतिक दलको छाप
(ग) ................................. दलको तर्फबाट प्रमुख पदाधिकारी/अधिकार प्राप्त व्यक्ति,– नाम, थरः .................................................................................................................................................................... पदः ............................................................................................................................................................................ दस्तखतः .................................................................................................................................................................... मितिः ........................................................................................................................................................................ राजनीतिक दलको छाप
अनुसूची–१४ (नियम १९ को उपनियम (१) सँग सम्बन्धित) दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोग, नेपाल कान्तिपथ, काठमाडौँ
राजनीतिक दल दर्ता प्रमाणपत्र
राजनीतिक दल दर्ता नम्बर: .................... नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा .... बमोजिम निर्वाचन आयोगमा दर्ता गनि गरी आयोगबाट मिति ...................... मा निर्णय भएकोले यो प्रमाणपत्र दिइएको छ।
राजनीतिक दलको पुरा नाम:
राजनीतिक दलको केन्द्रीय कार्यालयको ठेगाना:
मिति: ......................... सचिव
अनुसूची–१५ (नियम १९ को उपनियम (२) सँग सम्बन्धित) दल एकीकरण भएको वा गाभिएको प्रमाणपत्र
निर्वाचन आयोग, नेपाल कान्तिपथ, काठमाडौँ राजनीतिक दल एकीकरण भएको वा गाभिएको प्रमाणपत्र
कायम हुने राजनीतिक दल दर्ता नम्बरः
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम देहायका राजनीतिक दलहरू आपसमा एकीकरण एकीकरण भई/गाभिई ............................................ नामक राजनीतिक दल कायम रहने गरी आयोगबाट निर्णय भएकोले यो प्रमाणपत्र दिइएको छ। एकीकरण हुने/गाभिने राजनीतिक दलहरू र दल दर्ता नम्बर १ .............................. २ .............................. ३ .............................. ४ .............................
एकीकरण भई/गाभिई कायम हुने राजनीतिक दल राजनीतिक दलको पुरा नामः राजनीतिक दलको केन्द्रीय कार्यालयको ठेगानाः
मितिः ......................... सचिव
अनुसूची–१६ (नियम २० को उपनियम (१) सँग सम्बन्धित) दल दर्ता किताबको ढाँचा
दलको नाम:- निवेदन दर्ता मिति:- दलको केन्द्रीय कार्यालयको ठेगाना:- सम्पर्क टेलिफोन नं. मोबाइल नं. दल दर्ता नं. दलको झण्डा र चिन्ह:- दल दर्ता मिति:-
अनुसूची–१७ (नियम २० को उपनियम (१) सँग सम्बन्धित) ...................निर्वाचन प्रयोजनको लागि दल दर्ता किताबको ढाँचा
दलको नाम:- निवेदन दर्ता मिति:- दलको केन्द्रीय कार्यालयको ठेगाना:- सम्पर्क टेलिफोन नं./मोबाइल नं. - संगठन प्रयोजनको लागि दल दर्ता मिति र दर्ता नं. - दलको झण्डा र चिन्ह:- निर्वाचन प्रयोजनको लागि दल दर्ता नम्बर:- निर्वाचन प्रयोजनको दल दर्ता मिति:- आयोगले निर्धारण गरेको निर्वाचन चिन्ह:-
अनुसूची–१८ (नियम २५ को उपनियम (१) सँग सम्बन्धित) दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा
श्री निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँ।
विषयः दलको विवरण परिवर्तन गरिएको बारे ।
निर्वाचन आयोगमा मिति ................... मा दर्ता भएको ............................ राजनीतिक दलको देहायको विवरण हेरफेर भएकोले सो बमोजिम दलको अभिलेख अद्यावधिक गरी दिनु हुन अनुरोध गर्दछु।
१. राजनीतिक दल सम्बन्धी विवरण,– (क) दलको पुरा नामः (ख) दलको संक्षिप्त नामः (ग) दल गठन भएको मितिः (घ) दल दर्ता भएको मिति र दल दर्ता नम्बरः (ङ) दलको विवरण हेरफेर गर्न गरी केन्द्रीय समितिबाट निर्णय भएको मितिः (च) केन्द्रीय कार्यालयको ठेगानाः
२. हेरफेर भएको विवरण
३. निम्न लिखित विवरण तथा कागजातहरू संलग्न छन् (क) दलको विधान तथा नियमावली, (ख) केन्द्रीय समितिले विवरण हेरफेर गर्न गरी गरेको निर्णयको प्रतिलिपि।
माथि लेखिएको व्यहोरा ठीक छ, फरक ठरे कानून बमोजिम सहुँला बुझाउँला।
दलको छाप $\quad$ प्रमुख पदाधिकारी$\div$अधिकार प्राप्त अधिकारीको,– $\quad \quad \quad \quad \quad$ सहीः- $\quad \quad \quad \quad \quad$ नाम, थरः-
पद:- मिति:-