राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था नियमहरु, २०२४
राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था नियमहरू, २०२४
नेपाल राजपत्रमा प्रकाशित मिति २०२४।९।९
संशोधन
१. राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था (पहिलो संशोधन) नियमहरू, २०२४ २०२४।१०।२९ २. राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था (दोस्रो संशोधन) नियमहरू, २०२५ २०२५।११।२७ ३. राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था (तेस्रो संशोधन) नियमहरू, २०७० २०७०।१।३०
राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था ऐन, २०२४ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था ऐन, २०२४” रहेको छ । (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुने छन् ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,- (क) “ऐन” भन्नाले “राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था ऐन, २०२४” सम्झनु पर्छ । (ख) “अनुसूची” भन्नाले यी नियमहरूको अनुसूची सम्झनु पर्छ ।
३. जाँचबुझ गर्न सूचना प्रकाशित गर्ने: (१) कमिसनले राप्तीदून विकास क्षेत्रको जमीनको सम्बन्धमा देहायका कुराहरूको जाँचबुझ गर्नको लागि अनुसूची-१ बमोजिमको ढाँचामा सूचना प्रकाशित गर्नेछः-
(क) सो क्षेत्रको कुनै जग्गा हकभोग भएको व्यक्ति वा परिवारले सो जग्गा प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियमहरू, २०१३ बमोजिम प्राप्त गरेको हो वा होइन र ?
(ख) कुनै व्यक्ति वा परिवारले सो क्षेत्रको कुनै जग्गा सो नियम वा ऐन लागू हुन भन्दा अघि गठन भएका कमिसनको आदेश बमोजिम प्राप्त गरी बसोबास गरी भोग गरिरहेको छ वा त्यस्तो नियम वा आदेश बमोजिम प्राप्त नगरी त्यसै बसोबास गरिरहेको छ ?
(ग) कुनै व्यक्ति वा परिवारले सो नियम बमोजिम जग्गाको पुर्जासम्म प्राप्त गरेको, तर जग्गा नपाएको छ वा छैन ?
(२) राप्तीदून विकास क्षेत्रको जमीनमा कुनै प्रकारको हकभोग वा बसोबास हुने व्यक्ति वा परिवारले उपनियम (१) बमोजिम सूचना प्रकाशित भएको मितिले ६० दिनभित्र अनुसूची-२ बमोजिमको ढाँचामा कमिसन छेउ आफ्नो फाँटवारी पेश गर्नु पर्छ ।
४. जग्गाको बिक्री वितरणः (१) नियम ३ बमोजिम प्रकाशित सूचनाको म्यादभित्र पेश भएको फाँटवारीका सम्बन्धमा आवश्यक कुराहरू जाँचबुझ गर्नको निमित्त सरोकारवाला व्यक्तिहरू उपस्थित हुनु भनी कम्तीमा १५ दिनको म्याद तोकी कमिसनले जग्गा भएको सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकामा सबैले देख्ने ठाउँमा सूचना टाँस्नु पर्दछ । सो बमोजिम सूचना टाँस भएपछि सम्बन्धित व्यक्तिहरूलाई तामेल भएको मानिनेछ । यसरी टाँस गरिएको सूचनाको म्यादभित्र सरोकारवाला व्यक्तिहरू उपस्थित नभएमा पनि कमिसनले आवश्यक जाँचबुझ गरी ऐन बमोजिम जफत हुने जग्गा जफत गरी बिक्री वितरण गर्न कमिसनलाई बाधा पुर्याएको मानिने छैन ।
० पहिलो संशोधनद्वारा संशोधित । ❖ दोस्रो संशोधनद्वारा संशोधित । ➔ तेस्रो संशोधनद्वारा संशोधित ।
(२) उपनियम (१) बमोजिम जफत भएको जग्गा बिक्री वितरणमा पाउने व्यक्तिलाई कमिसनले जग्गाको पुर्जा दिनेछ ।
५. जग्गाको मोल र शर्त तोक्नेः (१) नियम ४ बमोजिम पुर्जा प्राप्त गर्ने व्यक्ति वा परिवारलाई बिगाहा एकको रु. ३५।- पैंतीसको दरले कमिसनले जग्गा बिक्री वितरण गर्नेछ र त्यसरी बिक्री वितरण गर्दा उपनियम (२) बमोजिमको म्यादमा किस्ता नबुझाएमा त्यस्तो जग्गा नेपाल सरकार लाग्नेछ भनी शर्त समेत गराउनेछ ।
(२) जग्गा प्राप्त गर्ने व्यक्ति वा परिवारले उपनियम (१) बमोजिमको मोल तीन वर्षमा तीन बराबर किस्तामा प्रत्येक वर्षको आषाढ मसान्तमा स्थानीय माल अड्डामा बुझाउनु पर्छ ।
६. किस्ता नबुझाएमा जग्गा नेपाल सरकारको हुनेः (१) कुनै व्यक्ति वा परिवारले प्राप्त गरेको जग्गाको नियम ५ को उपनियम (२) बमोजिम तोकिएको समयमा किस्ता नबुझाएमा त्यस्तो जग्गा नेपाल सरकार लाग्नेछ र सो जग्गा ऐन बमोजिम बिक्री वितरण गरिनेछ ।
७. जग्गा दर्ता गर्नेः (१) कमिसनले बिक्री वितरणमा जग्गा पाउने व्यक्तिको नाउँमा जग्गा दर्ता गर्नु स्थानीय माल अड्डालाई आदेश दिनु पर्छ ।
(२) उपनियम (१) बमोजिमको आदेश प्राप्त भएपछि माल अड्डाले जग्गावालाको हैसियतले निजको नाममा अनुसूची-३ बमोजिमको ढाँचामा सो जग्गा दर्ता गर्नु पर्नेछ र त्यसको एक प्रति नक्कल सम्बन्धित जग्गावालालाई दिनु पर्छ ।
८. अड्डा तोक्नेः ऐनको दफा १७ को प्रयोजनको लागि अड्डामा माल अड्डालाई तोकिएको छ ।
९. खारेजीः प्रादेशिक विकास योजना (राप्तीदुनको जमीन वितरण) नियम, २०१३ खारेज गरिएको छ ।
द्रष्टव्यः- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची-१ (नियम ३(१) सँग सम्बन्धित)
राप्तीदून जग्गा बिक्री वितरण कमिसनबाट जारी गरिएको सूचना
प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियम, २०१३ र २०२० साल पौष १९ गते रोज ६ का मितिदेखि साविकको कमिसनको आदेश बमोजिम बिक्री वितरणमा जग्गा प्राप्त नगरी पूजाथ सम्म पाएका सो नियम वा आदेश बमोजिम जग्गा बिक्री वितरणमा नपाई त्यसै जग्गामा बसोबास गरी भोग गरिरहेका सबै व्यक्तिहरूले यसैसाथ संलग्न अनुसूची-२ बमोजिमको ढाँचामा यो सूचना जारी भएको ६० (साठी) दिनभित्र सबै कुरा खोली यस कमिसनको कार्यालयमा फाँटवारी दाखिल गर्न सूचित गरिएको छ । फाँटवारी दाखिल नगर्नेको सम्बन्धमा ऐन बमोजिम कारबाही हुनेछ ।
अड्डाको छापः ( )
मिति:- राप्तीदून जग्गा बिक्री वितरण कमिसन
० पहिलो संशोधनद्वारा संशोधित ।
अनुसूची-२ (नियम ३(२) सँग सम्बन्धित) (क)
प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियम, २०१३ अन्तर्गत कुनै एउटै जग्गा एक वा एक भन्दा बढी व्यक्ति वा परिवारले पाएको त्यस्तो जग्गा पाउनेले भर्नु पर्ने:-
श्री राप्तीदून विकास क्षेत्रको जग्गा बिक्री वितरण कमिसन
विषय:- जग्गाको वितरण ।
महोदय,
मैले/हामीले प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियम, २०१३ अन्तर्गत ....................मितिमा पाएको जग्गाको वितरण निम्नलिखितानुसार खुलाई पेश गरेको छु/का छौं । झुट्ठा ठहरे कानून बमोजिम बुझाउँला ।
(क) जग्गावालाको नाम, थर, बतन:- ..................... (ख) जग्गा पाएको साल मिति:- ..... (ग) जग्गा रहेको जिल्ला तथा गाउँ विकास समिति वा नगरपालिका र वडा:-......... (घ) जग्गाको क्षेत्रफल, बिगाहा र चार किल्ला (कित्ता नम्बर भए त्यसको नम्बर):- ........... (ङ) जग्गा भोग गरी आएको वा भोग्न नपाएको:-........... (च) जग्गा भोग गर्ने व्यक्तिको परिवार संख्या:-............... (छ) जग्गा माला दर्ता भएको छ वा छैन:- .............. (ज) हाल जग्गा भोग गर्ने व्यक्तिको नाम:- ....... (झ) जग्गा दर्ता भएको भए मालपोतको दर:- ................. (ञ) जग्गाको मोल बुझाएको वा नबुझाएको:- ....................
(ट) मोल बुझाएका जग्गा प्राप्त गरे वा नगरेको:- ...................
(ठ) मोल बुझाएको भए कबत बुझाएको:- ............
(ड) मोही लागेको वा नलागेको:- .......................
(ढ) अरू कुनै खुलाउनु पर्ने कुराहरू:- .......................
मिति:- फाँटबारी पेश गर्ने व्यक्तिको,
(ख)
२०२० साल पौष १९ गते देखि ६ गते का मितिदेखि कमिशनको आदेश बमोजिम जग्गा पाउनेले भर्नु पर्ने:-
श्री राप्तीदून विकास क्षेत्रको जग्गा बिक्री वितरण कमिशन
विषयः जग्गाको विवरण ।
महोदय,
मैले/हामीले २०२० साल पौष १९ गते रोज ६ गते मितिदेखि कमिशनको आदेश बमोजिम पाएको जग्गाको विवरण निम्न लिखित अनुसार खुलाई पेश गरेको/का छु/छौं झुट्ठा ठहरे कानून बमोजिम बुझाउँला ।
(क) जग्गावालाको नाम, थर, बतनः- .........
(ख) जग्गा पाएको साल मितिः-................
(ग) जग्गा रहेको जिल्ला, गाउँ विकास समिति वा नगरपालिका र वडाः-................
(घ) जग्गाको कित्ता नम्बर, क्षेत्रफल, बिगाहा र चार किल्लाः- ................
(ङ) जग्गा भोग गरिरहेको वा भोग्न नपाएकोः- ................
(च) जग्गा भोग गर्ने व्यक्तिको परिवार संख्याः- ...............
(छ) जग्गा मालमा दर्ता भएको छ वा छैनः- ..................
(ज) हाल जग्गा भोग गर्ने व्यक्तिको नामः- .......................
(झ) जग्गा दर्ता भएको भए मालपोतको दरः- ........................
(ञ) जग्गाको माल बुझाएको वा नबुझाएकोः- ........................
(ट) मोल बुझाएको भए किस्ता बुझाएकोः- ............
(ठ) मोल बुझाई जग्गा प्राप्त गरे वा नगरेकोः- ............................
(ड) मोही लागेको वा नलागेकोः- ..............
(ढ) अरू कुनै खुलाउनु पर्नेः- ..................
मितिः- फाँटवारी पेश गर्ने व्यक्तिको,-
(ग)
प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियम, २०१३ वा यस भन्दा अघि गठन भएका (२०२० साल पौष १९ गते रोज ६ देखिका) कमिशनको आदेश बमोजिम जग्गा पाएको नभए त्यसै जग्गामा बसोबास गरी भोग गरिरहेको व्यक्तिले भर्नु पर्ने:-
श्री राप्तीदून विकास क्षेत्रको जग्गा बिक्री वितरण कमिशन
विषय:- जग्गाको वितरण ।
महोदय,
मैले/हामीले प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियम, २०१३ वा यस भन्दा अघि गठन भएका कमिशनको आदेश बिना जग्गामा त्यसै बसोबास गरी भोग गरिरहेका जग्गाको विवरण निम्न लिखितानुसार खुलाई पेश गरेको/का छु/छौं । झुट्ठा ठहरे कानून बमोजिम बुझाउँला ।
(क) जग्गा भोग गर्ने व्यक्तिको नाम, थर, बतन:- ............. (ख) जग्गा भोग गरिरहेको साल मिति:- ............. (ग) जग्गा रहेको जिल्ला, गाउँ विकास समिति वा नगरपालिका र वडा:-.... (घ) जग्गाको क्षेत्रफल बिगाहा र चार किल्ला:- ............. (ङ) जग्गा भोग गर्ने व्यक्तिको परिवार संख्या:- ............... (च) अकाथको नामको जग्गा भोग गरिरहेको भए साविक जग्गावालासँग के कुन शर्तमा वा कसरी लिएको सो, र कित्ता नम्बर तथा माल दर्ताथ नम्बर किती हो:- ............ (छ) साविक जग्गावाला भए, निजको नाम, थर, बतन:- ....... (ज) दरखास्तवालाका वा निजको परिवारको अन्त जग्गा छ वा छैन ? भए कहाँ किती छ:- ...................
(झ) जग्गामा मोही लागेको वा नलागेको:- .............
(ञ) अरू कुनै खुलाउनु पर्ने कुराहरू:- ............
मिति:- फोटबारी पेश गर्ने व्यक्तिको,