बी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९
लालमोहर र प्रकाशन मिति २०४९।१०।५
संशोधन गर्ने ऐन १. बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) ऐन, २०५५ २०५५।७।११ २. आयकर ऐन, २०५८ २०५८।१२।१९
प्रमाणीकरण र प्रकाशन मिति ३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६* २०६६।१०।७ ४. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९ ५. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८३ २०८३।०३।२५
२०४९ सालको ऐन नं. ४८ x............ बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः जननेता स्वर्गीय विश्वेश्वर प्रसाद कोईरालाको चीर पुण्यस्मृतिका लागि एवं नेपाललाई स्वास्थ्य क्षेत्रमा क्रमशः आत्मनिर्भर बनाउँदै लैजान, सर्वसाधारण जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्य सम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानको प्रवोधन गर्न आवश्यक जनशक्ति तयार गर्न राष्ट्रिय महत्वको बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र सञ्चालन गर्नको लागि कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काईसौं वर्षमा संसदले यो ऐन बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९” रहेकोछ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,– (क) “प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्झनु पर्छ। (ख) “परिषद्” भन्नाले दफा ७ बमोजिम गठित सञ्चालक परिषद् (गभर्निङ्ग काउन्सिल) सम्झनु पर्छ। *(ख१) “कुलपति” भन्नाले दफा ११ बमोजिमको कुलपति सम्झनु पर्छ। *(ख२) “सहकुलपति” भन्नाले दफा ११क. बमोजिमको सहकुलपति सम्झनु पर्छ। *(ग) “उपकुलपति” भन्नाले दफा ११ख. बमोजिम नियुक्त उपकुलपति सम्झनु पर्छ। *(ग१) “शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक” भन्नाले दफा ११ग. बमोजिम नियुक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक सम्झनु पर्छ। (घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ।
परिच्छेद–२ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना, उद्देश्य तथा काम, कर्तव्य र अधिकार
३. बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना: (१) नेपाललाई स्वास्थ्य क्षेत्रमा क्रमशः आत्मनिर्भर बनाउँदै लैजान, सर्वसाधारण जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्य सम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानको प्रवर्द्धन गर्न आवश्यक जनशक्ति तयार गर्न बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएकोछ, जसलाई अंग्रेजी भाषामा “बी.पी. कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेस” भनिनेछ।
(२) प्रतिष्ठानको कार्यालय सुनसरी जिल्लाको धरानमा रहनेछ।
४. प्रतिष्ठान स्वशासित संस्था हुने: (१) प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित संस्था हुनेछ। (२) प्रतिष्ठानको सबै काम कारबाहीको लागि एउटा छुट्टै छाप हुनेछ। (३) प्रतिष्ठानले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिकन गर्न वा अन्य कसैले व्यवस्था गर्न सक्नेछ। (४) प्रतिष्ठानले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र प्रतिष्ठान उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ।
५. प्रतिष्ठानको उद्देश्य: प्रतिष्ठानको उद्देश्य देहाय बमोजिम हुनेछ:– ▲(क) देशलाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउँदै लगी स्तरीय स्वास्थ्य सेवाको विकासका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न तोकिए बमोजिमको योग्यता प्राप्त व्यक्तिहरूलाई चिकित्सा, नर्सिङ्ग तथा स्वास्थ्य क्षेत्रका अन्य विषयहरूमा प्रमाणपत्र, स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहको शिक्षा प्रदान गर्ने। (ख) स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, स्वास्थ्य सम्बन्धी विभिन्न तालिम प्रदान गर्ने र अन्य स्वास्थ्य संस्थाहरूलाई परामर्श दिने र लिने। (ग) स्वास्थ्यको क्षेत्रमा आवश्यक अनुसन्धान गर्ने। (घ) संक्रामक र उष्णकटिलीय रोगहरूको अनुसन्धान र उपचारको व्यवस्था गरी यी विषयहरूमा राष्ट्रियस्तरको एउटा उत्कृष्ट केन्द्र स्थापना गर्ने। (ङ) स्वास्थ्य क्षेत्रमा मानवीय स्रोतको विकास तथा स्वास्थ्य विज्ञानका शिक्षकहरूको तालिमका लागि राष्ट्रिय स्रोत केन्द्रहरूमध्ये एकको रूपमा काम गर्ने।
६. प्रतिष्ठानको काम, कर्तव्य र अधिकार: प्रतिष्ठानको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) स्वास्थ्य क्षेत्रको विभिन्न विषयहरूमा अध्ययन, अध्यापन, अनुसन्धान कार्य सञ्चालन र प्रवर्द्धन गर्ने।
▲ पहिलो संशोधनद्वारा संशोधित।
(ख) प्रतिष्ठानद्वारा सञ्चालित कार्यको स्तर अभिवृद्धि गर्न स्वदेशी वा विदेशी विश्वविद्यालय, अस्पताल वा शैक्षिक संस्थाहरूसँग समन्वय कायम गर्ने। (ग) स्वास्थ्य सम्बन्धी *स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा प्रतिष्ठान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग सम्बन्ध स्थापना, विस्तार र सुदृढ गरी पारस्परिक सहयोग आदान प्रदान गर्ने। (घ) स्वास्थ्य क्षेत्रमा योग्य जनशक्ति तयार गर्नको लागि स्वास्थ्य सम्बन्धी शिक्षण प्रशिक्षण तथा अनुसन्धानको व्यवस्था गर्ने। (ङ) प्रतिष्ठानको उद्देश्य पूरा गर्नको लागि स्वास्थ्य सम्बन्धी विषयहरूमा गोष्ठी, सम्मेलन आदि आयोजना गर्ने, गराउने तथा स्वास्थ्य सम्बन्धी विभिन्न प्रकाशन गर्ने, गराउने। ▲(च) प्रतिष्ठानको सञ्चालन तथा यसको उद्देश्य अनुरूप स्वास्थ्य सम्बन्धी कार्यको लागि स्वदेशी तथा विदेशी व्यक्ति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायबाट वित्तीय, प्राविधिक तथा अन्य सहयोग प्राप्त गरी परिचालन गर्ने। (छ) स्वास्थ्य सेवाको उपयोगिता र उपादेयता बारे जनमानसमा जागरूकता अभिवृद्धि गर्ने, गराउने। (ज) स्वास्थ्य सम्बन्धी नीति एवं स्वास्थ्य क्षेत्रको विकासमा नेपाल सरकारको परामर्शदाताहरू मध्ये एकको रूपमा कार्य गर्ने। (झ) स्वास्थ्य सेवामा संलग्न निकायलाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गर्ने। (ञ) प्रतिष्ठानले दिने शिक्षा र तालिमको व्यवस्था गर्ने, परीक्षा लिने, स्नातक, स्नातकोत्तर र विद्यावारिधि तथा अन्य प्रमाणपत्र र उपाधि प्रदान गर्ने। (ट) छात्रवृत्ति, पदक र पुरस्कारहरू प्रदान गर्ने। ▲(ठ) प्रमाणपत्र, स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहको शिक्षा प्रदान गर्ने कार्यक्रमको लागि पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्ने। (ड) स्वास्थ्य सेवामा सूचना प्रवाह र अनुसन्धान प्रवर्धनका लागि तोकिएका जिल्लाहरूमा नमूना सूचना एवं अनुसन्धान क्षेत्रको विकास गर्ने।
(ढ) प्रतिष्ठानमा कार्यरत पदाधिकारी *शिक्षक एवं कर्मचारीहरूको सेवा, शर्त र सुविधा सम्बन्धमा आवश्यक व्यवस्था गर्ने । (ण) प्रतिष्ठानको विभिन्न पदमा तोकिए बमोजिम नियुक्ति गर्ने । (त) शैक्षिक र अन्य सेवा शुल्कहरू तोक्ने र प्राप्त गर्ने। (थ) प्रतिष्ठानको सम्पत्तिको सुरक्षणमा ऋण लिने। (द) प्रतिष्ठानको सम्पत्तिको लगानी गर्ने । (ध) प्रतिष्ठानको अक्षयकोष खडा गरी तोकिए बमोजिम सञ्चालन गर्ने। (न) प्रतिष्ठानको उद्देश्य पूर्ति गर्न अन्य आवश्यक कामहरू गर्ने, गराउने।
परिच्छेद –३ सञ्चालक परिषद् र कार्यकारी समिति गठन तथा काम, कर्तव्य र अधिकार
७. सञ्चालक परिषद्को गठनः (१) प्रतिष्ठानको तर्फबाट गर्नुपर्ने कार्यहरू गर्न देहाय बमोजिमका सदस्यहरू रहेको सञ्चालक परिषद् गठन हुनेछः– (क) सहकुलपति - अध्यक्ष (ख) $\text{x} \dots \dots \dots$ (ग) $\text{x} \dots \dots \dots$ (घ) सदस्य, राष्ट्रिय योजना आयोग (स्वास्थ्य क्षेत्र हेर्ने - सदस्य (ङ) प्रतिष्ठानको भूतपूर्व उपकुलपतिहरू मध्येबाट नेपाल सरकारले मनोनित गरेको एकजना - सदस्य (च) विश्वविद्यालयका उपकुलपतिहरू मध्येबाट कार्यकारी समितिको सिफारिसमा नेपाल सरकारले मनोनित गरेका बढीमा दुईजना - सदस्य (छ) उपकुलपति, नेपाल $\text{x} \dots \dots \dots$ विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान - सदस्य (ज) सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय - सदस्य
$\spadesuit$ पहिलो संशोधनद्वारा थप। $\spadesuit$ पहिलो संशोधनद्वारा संशोधित। $\clubsuit$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको। $\diamondsuit$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित।
$\Rightarrow$(झ) सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - सदस्य (ञ) सचिव, अर्थ मन्त्रालय - सदस्य (ट) डीन, चिकित्सा शास्त्र अध्ययन संस्थान (त्रिभुवन विश्वविद्यालय) - सदस्य (ठ) अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् - सदस्य (ड) अध्यक्ष, नेपाल मेडिकल काउन्सिल - सदस्य (ढ) स्वास्थ्य वैज्ञानिकहरूमध्येबाट कार्याकारिणी समितिको सिफारिसमा नेपाल सरकारले मनोनित गरेका दुईजना - सदस्य (ण) प्रमुख, धरान नगरपालिका - सदस्य (त) शिक्षाध्यक्ष - सदस्य (थ) रजिस्ट्रार - सदस्य (द) अस्पताल निर्देशक - सदस्य (ध) प्रतिष्ठानका शिक्षकहरूमध्येबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले मनोनित गरेका दुईजना - सदस्य (न) प्रतिष्ठित विद्वान, समाजसेवी, उद्योगपति तथा व्यापारी मध्येबाट कार्याकारिणी समितिको सिफारिसमा सहकुलपतिले मनोनित गरेका बढीमा दुईजना - सदस्य (प) उपकुलपति - सदस्य-सचिव
(२) उपदफा (१) बमोजिमका सदस्यहरू मध्ये पदेन सदस्यहरू बाहेक मनोनित सदस्यहरूको पदावधि चार वर्षको हुनेछ।
८. परिषद्को बैठक र निर्णयः (१) परिषद्को बैठक कम्तिमा वर्षको दुई पटक बस्नेछ। (२) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफू मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ। (३) परिषद्को कूल सदस्य सङ्ख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।
$\rightarrow$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित।
(४) बहुमतको निर्णय बैठकको निर्णय हुनेछ। बैठकमा बहुमत कायम हुन नसकेमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ। (५) बैठकको निर्णय परिषदको सदस्य–सचिवबाट प्रमाणित गरिनेछ। (६) बैठकको अन्त्य कार्यविधि परिषद् आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
९. परिषद्को काम, कर्तव्य र अधिकारः (१) यस ऐनमा अन्यत्र लेखिएको कामको अतिरिक्त परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) प्रतिष्ठानबाट सञ्चालन गरिने प्रशिक्षण तथा अनुसन्धान कार्यक्रम सम्बन्धी नीति निर्धारण गर्ने । (ख) प्रतिष्ठानको नियम बनाउने। (ग) प्रतिष्ठानको योजना तथा कार्यक्रमहरू स्वीकृत गर्ने । (घ) प्रतिष्ठानको वार्षिक तथा कार्यक्रमको प्रगति सम्बन्धी समीक्षा एवं मूल्यांकन गर्ने र वार्षिक बजेट स्वीकृत गर्ने। (ङ) तोकिए बमोजिमका अन्य कामहरू गर्ने । (२) परिषद्ले यस ऐन बमोजिम आफूले गर्नु पर्ने कुनै काम गर्नको लागि आवश्यकता अनुसार समिति र उपसमिति गठन गर्न सक्नेछ। (३) उपदफा (२) बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि परिषद्ले तोके बमोजिम हुनेछ।
१०. कार्यकारिणी समितिको गठन तथा काम, कर्तव्य र अधिकारः ▴(१) प्रतिष्ठानको कार्यकारिणी निकायको रूपमा काम गर्न देहाय बमोजिमका सदस्यहरू रहेको कार्यकारिणी समिति रहनेछः– (क) उपकुलपति - अध्यक्ष (ख) शिक्षाध्यक्ष - सदस्य $\Rightarrow$ (ग) प्रतिनिधि, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय - सदस्य (घ) अस्पताल निर्देशक - सदस्य (ङ) प्रतिष्ठानका विभागीय प्रमुखहरू मध्येबाट
▴ पहिलो संशोधनद्वारा संशोधित। $\Rightarrow$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित।
उपकुलपतिको सिफारिसमा सहकुलपतिले मनोनित गरेका दुईजना - सदस्य (च) रजिष्ट्रार - सदस्य-सचिव (२) उपदफा (१) को खण्ड (ङ) बमोजिमका सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ। (३) कार्यकारी समितिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
परिच्छेद–४ प्रतिष्ठानका पदाधिकारी, शिक्षक तथा कर्मचारीको सेवा, शर्त सम्बन्धी व्यवस्था
११. कुलपतिः (१) प्रधानमन्त्री प्रतिष्ठानको कुलपति हुनेछ। (२) प्रतिष्ठानको दीक्षान्त समारोहमा कुलपतिले अध्यक्षको आसन ग्रहण गर्नेछ।
११क. सहकुलपतिः स्वास्थ्य मन्त्री वा राज्यमन्त्री प्रतिष्ठानको सहकुलपति हुनेछ।
११ख. उपकुलपतिको नियुक्ति : (१) प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिको लागि सिफारिस पेश गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा अन्य दुईजना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिबाट उपकुलपतिको नियुक्ति हुनेछ। (२) उपकुलपति प्रतिष्ठानको पूरा समय काम गर्ने कार्यकारी प्रमुख हुनेछ। (३) उपकुलपतिको पदावधि चार वर्षको हुनेछ र निजको पदावधि पुनः थप हुन सक्नेछ। (४) उपकुलपतिको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ । (५) उपकुलपतिको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ।
११ग. शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकको नियुक्तिः (१) कार्यकारी समितिले बनाएको कार्यविधि बमोजिम सहकुलपतिले प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकको नियुक्ति गर्नेछ। (२) शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकको पदावधि चार वर्षको हुनेछ।
▲ पहिलो संशोधनद्वारा संशोधित। ▲ पहिलो संशोधनद्वारा थप। । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८३ द्वारा संशोधित।
(३) शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ। (४) शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकको पारिश्रमिक, सेवाको सर्त तथा सुविधा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
११घ. पदबाट हटाउन सकिनेः (१) प्रतिष्ठानको उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकले आफ्नो पद अनुसारको दायित्व पूरा गरेको छैन भनी परिषद्का तत्काल कायम रहेका एक चौथाई सदस्यहरूले कुलपति समक्ष लिखित निवेदन दिएमा कुलपतिले सहकुलपतिको अध्यक्षतामा परिषद्का दुईजना सदस्यहरू समेत रहेको एक छानबिन समिति गठन गर्नेछ। (२) उपदफा (१) बमोजिम गठित छानबिन समितिले सो सम्बन्धमा आवश्यक छानबिन गरी आफ्नो प्रतिवेदन परिषद् समक्ष पेश गर्नेछ। (३) उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदनमा उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार वा अस्पताल निर्देशकले आफ्नो पद अनुसारको दायित्व पूरा गरेको छैन भनी उल्लेख गरेको भए सो सम्बन्धमा परिषद्मा छलफल हुँदा निजले पद अनुसारको दायित्व पूरा नगरेकोले पदबाट हटाउने भनी परिषद्को सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित प्रस्ताव कुलपति समक्ष पेश भएपछि कुलपतिले निजलाई पदबाट हटाउनेछ। (४) उपदफा (१) बमोजिम गठित छानबिन समितिले उपदफा (२) बमोजिम छानबिन गर्दा निजलाई आफ्नो सफाइ पेश गर्न मनासिब मौकाको मौका दिनु पर्नेछ।
१२. प्रतिष्ठानको शिक्षक तथा कर्मचारीहरूको नियुक्ति, सेवाको शर्त तथा पारिश्रमिक सम्बन्धी व्यवस्थाः (१) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरूको नियुक्ति, सेवाको शर्त तथा पारिश्रमिक सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ। (२) उपदफा (१) बमोजिम नियुक्त भएका सबै शिक्षक तथा कर्मचारीहरू नन्प्राक्टिसिङ्ग हुनेछन्।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “नन्प्राक्टिसिङ्ग” भन्नाले प्रतिष्ठानको पदीय काम बाहेक पारिश्रमिक लिई वा नलिई अन्यत्र कुनै चिकित्सा (मेडिकल प्राक्टिस),
अध्यापन (प्राइभेट ट्यूशन) लगायतका अन्य कुनै प्रकारको निजी व्यवसाय गर्न नपाइने सम्झनु पर्छ। १३. $\times$ .............
परिच्छेद–५ प्रतिष्ठानको कोष, लेखा तथा लेखापरीक्षण
१४. प्रतिष्ठानको कोषः (१) प्रतिष्ठानको एक छुट्टै कोष हुनेछ। (२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्ः– (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) कुनै व्यक्ति, संस्था वा सरकारबाट प्राप्त ऋण, चन्दा, सहायता, अनुदान वा दान दातव्यको रकम, (ग) शैक्षिक शुल्क तथा सेवा शुल्कबाट प्राप्त रकम, (घ) अन्य कुनै स्रोतबाट प्राप्त रकम। (३) विदेशी व्यक्ति, संस्था, सरकार वा अन्तर्राष्ट्रिय संस्थाबाट प्रतिष्ठानले रकम प्राप्त गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ। (४) प्रतिष्ठानको कोषको रकम कुनै बैंकमा खाता खोली जम्मा गरिनेछ। (५) प्रतिष्ठानको सबै खर्चहरू उपदफा (२) बमोजिमको कोषबाट व्यहोरीनेछ। (६) प्रतिष्ठानको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ।
१५. लेखा र लेखापरीक्षणः (१) प्रतिष्ठानको आय–व्ययको लेखा $\blacktriangle$ तोकिए बमोजिम राख्नु पर्नेछ। (२) प्रतिष्ठानको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट $\ast$ वा सो विभागबाट नियुक्त लेखा परीक्षकबाट हुनेछ।
परिच्छेद –६ विविध
१६. प्रतिष्ठानबाट प्रदान गरिने प्रमाणपत्रहरूः प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि प्रतिष्ठानले यस ऐन अन्तर्गत स्वास्थ्य सम्बन्धी स्नातक, स्नातकोत्तर, विद्यावारिधि तथा अन्य प्रमाणपत्र र उपाधि प्रदान गर्न सक्नेछ।
$\times$ पहिलो संशोधनद्वारा खारेज। $\blacktriangle$ पहिलो संशोधनद्वारा संशोधित। $\ast$ पहिलो संशोधनद्वारा थप।
१७. प्रतिष्ठानबाट प्रदान गरिने प्रमाणपत्रहरूको मान्यता: यस ऐन बमोजिम प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सम्बन्धी स्नातक, स्नातकोत्तर, विद्यावारिधि तथा अन्य प्रमाणपत्र र उपाधिको मान्यता नेपाल मेडिकल काउन्सिल ऐन, २०२० बमोजिम हुनेछ।
१८. वार्षिक प्रतिवेदन: प्रतिष्ठानको वार्षिक प्रतिवेदन उपकुलपतिले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र परिषद् समक्ष पेश गर्नेछ।
१९. अधिकार प्रत्यायोजना: प्रतिष्ठानले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरू मध्ये केही अधिकार परिषद्को कुनै सदस्यलाई प्रत्यायोजन गर्न सक्नेछ।
२०. नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य र शिक्षा नीति अनुरूप कार्य गर्ने: नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य र शिक्षा नीति अनुरूप कार्य सञ्चालन गर्नु प्रतिष्ठानको कर्तव्य हुनेछ।
२०क. नेपाल सरकारले आवश्यक निर्देशन दिन सक्ने: नेपाल सरकारले प्रतिष्ठानलाई आवश्यक निर्देशन दिन सक्नेछ।
२१. प्रतिष्ठानलाई छुट र सुविधा: प्रतिष्ठानलाई देहाय बमोजिमका कुराहरूमा भन्सार, बिक्री कर ........... जस्ता कर लाग्ने छैनन्। (क) प्रतिष्ठानको निर्माण तथा सञ्चालनको लागि विदेशबाट भित्र्याइने निर्माण सामग्री तथा मेसिनरी औजारहरूमा। (ख) प्रतिष्ठानले प्रदान गर्ने छात्रवृत्ति, विद्वत्वृत्ति र पुरस्कारहरूमा। (ग) प्रतिष्ठानले प्राप्त गरेको दान, दातव्य, अनुदान तथा अन्य आयस्रोत र प्रतिष्ठानको सम्पत्तिमा। (घ) रजिष्ट्रेशन गर्नु पर्ने जुनसुकै लिखतको रजिष्ट्रेशनमा।
२२. सम्पर्क मन्त्रालय: प्रतिष्ठानले नेपाल सरकारसँग सम्पर्क राख्दा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत राख्नु पर्नेछ।
पहिलो संशोधनद्वारा संशोधित। पहिलो संशोधनद्वारा थप। आयकर ऐन, २०५८ द्वारा खारेज। नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित।
२३. नियम बनाउने अधिकार: यो ऐनको उद्देश्य कार्यान्वयन गर्न परिषद्ले आवश्यक नियम बनाउन सक्नेछ ।
द्रष्टव्य :– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तरण भएका शब्दहरू:– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।*