राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३०
नेपाल राजपत्रमा प्रकाशित मिति २०३०।११।२८
संशोधन १. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु (पहिलो संशोधन) नियमावली, २०३२ २०३२।२।१ २. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु (दोस्रो संशोधन) नियमावली, २०३५ २०३५।१०।८ ३. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु (तेस्रो संशोधन) नियमावली, २०४२ २०४२।६।२१ ४. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी केही नियमहरूलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।१।३० ५. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु (चौथो संशोधन) नियमावली, २०७४ २०७४।२।४ ६. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु (पाचौं संशोधन) नियमावली, २०७६ २०७६।०८।२३
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम "राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३०" रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) "ऐन" भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ । (ख) "प्रमुख" भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण $^0$ विभागको $^*$ महानिदेशक सम्झनु पर्छ ।
$^0$ तेस्रो संशोधनद्वारा संशोधित । $^*$ पाचौं संशोधनद्वारा संशोधित ।
(ग) ๏ ......
(घ) "अनुज्ञापत्र (लाइसेन्स)" भन्नाले यस नियमावली बमोजिम प्रदान गरिने कुनै किसिमको अनुज्ञापत्र (लाइसेन्स) सम्झनु पर्छ ।
(ङ) "इजाजतपत्र (पर्मिट)" भन्नाले यस नियमावली बमोजिम प्रदान गरिने कुनै किसिमको इजाजतपत्र (पर्मिट) सम्झनु पर्छ ।
(च) "मन्त्रालय" भन्नाले वन तथा वातावरण मन्त्रालय सम्झनु पर्छ ।
(छ) "विभाग" भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग सम्झनु पर्छ ।
(ज) “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ ।
(झ) “प्राविधिक समिति” भन्नाले नियम ३६ङ. बमोजिमको प्राविधिक समिति सम्झनु पर्छ ।
(ञ) “वन्यजन्तु उद्धार केन्द्र” भन्नाले टुहरा, असहाय, समस्याग्रस्त र उद्धार गरिएका वन्यजन्तुको संरक्षण, उपचार र व्यवस्थापन गर्नेको लागि स्थापना गरिरहेको वन्यजन्तु उद्धार केन्द्र सम्झनु पर्छ ।
(ट) “वन्यजन्तु अस्पताल” भन्नाले रोगी वा घाइते वन्यजन्तुको औषधि उपचार, स्याहार सुसार गर्नेको लागि स्थापना गरिएको वन्यजन्तु अस्पताल सम्झनु पर्छ ।
परिच्छेद-२ राष्ट्रिय निकुञ्ज तथा आरक्षसम्बन्धी व्यवस्था
३. निकुञ्ज वा आरक्षनित्र सञ्चालन गरिने सेवा: (१) ऐनको दफा ६ बमोजिमको कुनै सेवा वा सुविधा नेपाल सरकारले कसैबाट सञ्चालन गराउन चाहेमा त्यस्तो सेवा वा सुविधा सम्बन्धी आवश्यक विवरण खोली त्यस्तो सेवा वा सुविधा के कस्तो शर्तमा सञ्चालन गर्न सक्ने हो सो सबै कुरा खुलाई सिलि्ड टेण्डर दिएको लागि कम्तिमा पैंतीस दिनको म्याद
๏ पाँचौं संशोधनद्वारा झिकिएको । ๏ चौथो संशोधनद्वारा थपिएकोमा पाँचौं संशोधनद्वारा संशोधित । ๏ पाँचौं संशोधनद्वारा थपिएको । ๏ चौथो संशोधनद्वारा थप ।
तोकी प्रमुख पत्रपत्रिकामा सूचना प्रकाशित गर्नु पर्छ र त्यस्तो टेण्डरको सूचनामा टेण्डर पेश गर्नु पर्ने कार्यालय वा अधिकृत र टेण्डर खोलिने समय समेत तोक्नु पर्छ ।
(२) उपनियम (१) बमोजिम म्यादभित्र परेका टेण्डरहरू रीतपूर्वकका नभए वा सन्तोषप्रद नभएको जस्तो नेपाल सरकारलाई लागेमा अर्को टेण्डर माग गर्नको लागि पुनः सूचना प्रकाशित गर्न सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम पेश गरिएको टेण्डर मध्ये नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व (रोयल्टी) कबूल गरेको स्वीकार गर्नु पर्छ ।
तर कुनै खास अवस्थामा कम्ती राजश्व (रोयल्टी) कबूल गरेको टेण्डर पनि स्वीकार गर्न सकिनेछ र त्यस्तोमा टेण्डर स्वीकार गर्ने अधिकारीले सो गर्नु परेको कारण समेत जनाई राख्नुपर्छ ।
(४) राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र कुनै सेवा वा सुविधा संचालन गर्नको लागि बोलकबोल गर्ने व्यक्तिले त्यस्तो सेवा वा सुविधा सञ्चालन गर्ने सम्बन्धमा कुनै किसिमको निर्माण कार्य गर्नु पर्दा त्यसको विस्तृत आयोजना प्रतिवेदन तयार गरी नेपाल सरकारबाट स्वीकृत गराउनु पर्नेछ ।
(५) यस नियम बमोजिम सेवा वा सुविधा सञ्चालन गर्दा वा ऐनको दफा ६ बमोजिम नेपाल सरकार स्वयंले सेवा वा सुविधा सञ्चालन गर्दा प्रचलित कानून बमोजिम वातावरणीय अध्ययन गर्नु पर्नेछ।
३क. व्यवस्थापन योजना: (१) संरक्षकले राष्ट्रिय निकुञ्ज वा आरक्षको संरक्षण, संवर्द्धन र व्यवस्थापनको लागि व्यवस्थापन योजना तयार गरी स्वीकृतिको लागि विभाग समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरिएको व्यवस्थापन योजना विभागले स्वीकृत गर्न वा त्यस्तो योजनामा कुनै फेरफेर गर्न आवश्यक देखिएकोमा सो विषय समेत उल्लेख गरी सम्बन्धित कार्यालयमा फिर्ता पठाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै व्यवस्थापन योजना फिर्ता आएकोमा सम्बन्धित कार्यालयले आवश्यक फेरफेर गरी आफ्नो राय सहित स्वीकृतिको लागि पुनः विभागमा पेश गर्नु पर्नेछ। त्यसरी पेश गरिएको व्यवस्थापन योजना विभागले स्वीकृत गर्न सक्नेछ ।
(४) उपनियम (२) वा (३) बमोजिम स्वीकृत भएको व्यवस्थापन योजना संरक्षकले लागू गर्नेछ । (५) यस नियम बमोजिम स्वीकृत भएको व्यवस्थापन योजनामा कुनै संशोधन गर्नु पर्ने देखिएमा संरक्षकले संशोधन गर्नु पर्ने विषयमा आधार, कारण र आफ्नो राय सहितको प्रतिवेदन तयार गरी विभाग समक्ष पेश गर्नु पर्नेछ । (६) उपनियम (५) बमोजिम प्राप्त प्रतिवेदनबाट चालू व्यवस्थापन योजनामा संशोधन गर्न आवश्यक देखिएकोमा विभागले त्यस्तो योजना संशोधन गर्नु पर्नेछ। (७) संरक्षकले चालू व्यवस्थापन योजना समाप्त हुनु भन्दा एक वर्ष अगाडि यस नियम बमोजिम अर्को अवधिका लागि व्यवस्थापन योजना तयार गर्नु पर्नेछ ।
४. नियमित प्राकृतिक आरक्षमा प्रवेश: (१) काजमा खटिएका सरकारी कर्मचारी बाहेक अन्य कुनै व्यक्तिले प्रमुखको लिखित अनुमति प्राप्त नगरी नियमित प्राकृतिक आरक्षमा प्रवेश गर्न पाउने छैन र साधारणतया त्यस्तो इजाजतपत्र (पर्मिट) वैज्ञानिक अनुसन्धानको लागि मात्र दिइनेछ ।
(२) उपनियम (१) बमोजिम इजाजतपत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नु पर्ने शर्त र त्यस्तो इजाजतपत्र बहाल रहने अवधि सोही इजाजतपत्रमा तोकिए बमोजिमको हुनेछ ।
परिच्छेद-३ शिकार सम्बन्धी व्यवस्था
५. शिकार गर्न नहुने: कुनै व्यक्तिले अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेर पनि देहायका अवस्थामा कुनै वन्यजन्तु वा पन्छीहरुको शिकार गर्न हुँदैन ।
(क) गभिनी वा कलिलो बच्चा साथमा रहेको पोथी भएमा, (ख) शिकार बन्द समयमा, (ग) रातको समयमा ।
स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि "रातको समय" भन्नाले सूर्यास्तको आधा घण्टा पछिदेखि सूर्योदय हुनुभन्दा आधा घण्टा अगाडिसम्मको समयलाई जनाउँछ ।
६. शिकार गर्न निषेध गरिएको तरिकाहरू: (१) प्रमुखको लिखित आदेश नभई कुनै पनि व्यक्तिले देहायको तरीकाबाट वन्यजन्तु वा पन्छीको शिकार गर्न हुँदैन:-
(क) पानी पिउने घाट वा नुन वा माटो चाट्ने वा आहाल बस्ने ठाउँमा डुकेर, (ख) कुनै किसिमको दर्जन, दामल, जाल, धराप, खोर वा पासो थापेर, (ग) विष वा लठ्ठौँने औषधि खुवाएर, (घ) विषयुक्त हातहतियार प्रयोग गरेर, (ङ) पात बजाएर वा कृत्रिम बोलीले बोलाएर वा कुनै किसिमको बाजा वा टेपेरको डट्का बजाएर, (च) गुँड वा मादमा डुकी बसेर, (छ) राँको वा बत्तीहरू देखाएर, (ज) मचान वा जनावर झुक्याउने गरी लुक्ने ठाउँ बनाएर, (झ) मोटरकार, जीप, ट्रक, गाडा, ट्याक्टर, हवाई जहाज, हेलिकप्टरमा चढेर, (ञ) शिकार गर्ने उद्देश्यले कुनै किसिमको घाँसमा वा जङ्गलमा आगो लगाएर, (ट) कुनै वन्यजन्तुको शिकारमा कुकुरको मद्दत लिएर र पन्छीको शिकारको हकमा घर पालुवा चराको मद्दत लिएर ।
(२) बौलाएको हात्ती वा मान्छे खाने (म्यानिटर) बाघ वा चितुवालाई मार्नु पर्दा उपनियम (१) को खण्ड (ञ) बाहेक अन्य कुनै तरीका अपनाउन सकिनेछ ।
७. शिकार गर्दा प्रयोगमा ल्याउन नहुने हातहतियार र खरखजाना: देहायबमोजिम शिकार गर्दा देहायको हातहतियार र खरखजाना प्रयोग गर्न पाइँदैन :-
(क) सबै किसिमको शिकार गर्दा : (१) स्वचालित (अटोमेटिक) राइफल वा एक चोरी ट्रिगर तान्दा एक भन्दा बढी गोली एकै पटक जाने जुनसुकै किसिमको हतियार,
(२) विष्पयुक्त पदार्थ वा बम पड्किने खरखजाना,
(३) साइलेन्सर जडान भएको बन्दुक ।
(ख) चौघडा र सो सरिको जन्तु वा पन्छीहरू बाहेक अन्य वन्यजन्तुको शिकार गर्दा :
(१) २२ बोर रिम फायर राइफल,
(२) हवाई बन्दूक (एअरगन) वा कार्बनडाईअक्साइड बन्दूक,
(३) सबै किसिमको पेस्तोल वा रिभल्वर,
(ग) लगुना, रातो मृग, घोरल, बनेल र पन्छीहरू बाहेक अन्य कुनै किसिमका वन्यजन्तुको शिकार गर्दा :
(१) जुनसुकै किसिमको छरवाल बन्दुक (शटगन),
(२) भरुवा बन्दुक,
(३) २२ बोरभन्दा सानो बोर वा सोभन्दा कम शक्तिको राइफल ।
परिच्छेद- ४ शिकार अनुज्ञापत्र (लाइसेन्स) र अन्य इजाजतपत्र (पर्मिट) सम्बन्धी व्यवस्था
८. शिकार अनुज्ञापत्र (लाइसेन्स) का किसिमहरू: शिकार अनुज्ञापत्र देहाय बमोजिम चार किसिमका हुनेछन्:-
(क) जिल्ला शिकार अनुज्ञापत्र,
(ख) सामान्य शिकार अनुज्ञापत्र,
(ग) पूरक शिकार अनुज्ञापत्र,
(घ) पन्छी शिकार अनुज्ञापत्र,
९. जिल्ला शिकार अनुज्ञापत्र (लाइसेन्स): $^१$ (१) जिल्ला शिकार अनुज्ञापत्र अनुसूची -१ बमोजिमको दस्तुर लिई नेपाली नागरिकलाई मात्र दिन सकिनेछ । सो अनुज्ञापत्र दस दिनसम्म बहाल रहने गरी डिभिजन वन कार्यालयले दिन सक्नेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले अनुज्ञापत्रमा तोकिएको इलाकामा देहायका वन्यजन्तुहरु र पन्छीहरु देहायको अधिकतम संख्यामा नबढाई वन्यजन्तुको हकमा जम्मा तीनवटासम्म र पन्छीको हकमा जम्मा दशवटासम्म शिकार गर्न पाउनेछ ।
तर कुनै पनि दिनमा तीनवटा भन्दा बढी पन्छीहरु मार्न पाइने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि जिल्ला शिकार अनुज्ञापत्र एकै व्यक्तिलाई एक वर्षमा एक पटक भन्दा बढी दिइने छैन र त्यसको म्यादभित्र शिकार गरे पनि नगरे पनि सो अनुज्ञापत्रको म्याद थप हुने छैन ।
$^{१०}$ सामान्य शिकार अनुज्ञापत्र: सामान्य शिकार अनुज्ञापत्र अनुसूची -१ बमोजिमको दस्तुर लिई नेपाली र विदेशी नागरिकलाई महाभारत श्रृंखलादेखि दक्षिण सीमाक्षेत्रसम्म पन्ध्रदिन वा महाभारत श्रृंखलादेखि उत्तर सीमाक्षेत्रसम्म एक्काइस दिनसम्म बहाल रहने गरी दिन
$^१$ तेस्रो संशोधनद्वारा संशोधित । $^{१०}$ पाँचौं संशोधनद्वारा संशोधित ।
सकिनेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले अनुज्ञापत्रमा लेखिएको जिल्ला वा क्षेत्रमा देहायका वन्यजन्तुहरू र पन्छीहरू देहायको अधिकतम संख्यामा नबढाई वन्यजन्तुको हकमा जम्मा चारवटासम्म र पन्छीहरूको हकमा जम्मा दशवटासम्म शिकार गर्न पाउनेछ:-
(१) वन्यजन्तुको नाम $\quad$ शिकार गर्न पाइने प्रत्येक वन्यजन्तुको अधिकतम संख्या:-
(क) रातो मृग $\quad$ - $\quad$ १ (ख) चित्तल $\quad$ - $\quad$ २ (ग) लगुना $\quad$ - $\quad$ १ (घ) घोडा गधा $\quad$ - $\quad$ १ (ङ) बनेल $\quad$ - $\quad$ २ (च) चौघडा $\quad$ - $\quad$ ४
(२) पन्छीहरूको नाम : $\quad$ शिकार गर्न पाइने प्रत्येक पन्छीहरूको अधिकतम संख्या:-
(क) मुजूर $\quad$ - $\quad$ २ (ख) कालिज $\quad$ - $\quad$ ४ (ग) लुइँचे $\quad$ - $\quad$ १० (घ) च्याखुरा र तीत्रा $\quad$ - $\quad$ १० (ङ) पानी हाँस र चखेवा $\quad$ - $\quad$ १० (च) डुकुर, परेवा, हलेसो $\quad$ - $\quad$ १० (छ) बट्टाई $\quad$ - $\quad$ १० (ज) चाहा $\quad$ - $\quad$ १०
तर कुनै पनि दिनमा चाहा र बट्टाई बाहेक अन्य पन्छीहरू पाँचवटा भन्दा बढी मार्न पाइने छैन । चाहा र बट्टाईको हकमा एक दिनमा बढीमा दशवटासम्म शिकार गर्न सकिनेछ ।
११. पूरक शिकार अनुज्ञापत्र: सामान्य शिकार अनुज्ञापत्र प्राप्त व्यक्तिलाई सो अनुज्ञापत्रमा तोकिएको ठाउँ र म्यादभित्र शिकार गरी अनुसूची-१ बमोजिम लाग्ने दस्तुर बुझाएमा देहायका वन्यजन्तु देहाय बमोजिमको संख्यामा शिकार गर्न पूरक शिकार अनुज्ञापत्र दिन सकिनेछ:-
१२. पन्छी शिकार अनुज्ञापत्र (लाइसेन्स): यो अनुज्ञापत्र शिकार खुला समय (सिजन) भरको लागि बहाल रहने गरी नेपाली र विदेशी नागरिकलाई अनुसूची-१ बमोजिमको दस्तुर लिई दिन सकिनेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले देहायमा लेखिएका पन्छीहरूको हकमा एक दिनमा पाँचमा नबढाई शिकार गर्न पाउनेछ । चहा र बट्टाईको हकमा एक दिनमा दशवटासम्म शिकार गर्न सकिनेछ:-
(४) लुईँचे - ,, (५) बट्टाई - ,, (६) पानी हाँस र चखेवा - ,, (७) डुकुर, परेवा, हेलेसो- - ,, (८) चाहा - ,, (९) च्याखुरा - ,,
१३. शिकार अनुज्ञापत्र (लाइसेन्स) दिने अधिकारी: (१) जिल्ला शिकार अनुज्ञापत्र बाहेक नियम १०, ११ र १२ बमोजिमको अनुज्ञापत्र महानिदेशक वा सो कामको लागि नेपाल सरकारले तोकेको कुनै अधिकृतले दिन सक्नेछ ।
(२) कुनै किसिमको शिकार अनुज्ञापत्रको लागि दरखास्त दिने व्यक्तिसँग शिकार गर्न चाहेको वन्यजन्तु वा पन्छीहरू माथि प्रयोग गरिने हातहतियारको प्रचलित नेपाल कानून बमोजिम रीतपूर्वकको इजाजतपत्र भएमा मात्र अनुज्ञापत्र दिइनेछ ।
(३) कुनै वर्ष शिकार आरक्षमा माथि पाउने वन्यजन्तुको वार्षिक भाग (कोटा) प्रमुखले निश्चित गर्नेछ र त्यसरी निश्चित गरेको भाग (कोटा) मा नबढ्ने गरी मात्र शिकार अनुज्ञापत्र दिइनेछ ।
(४) उपनियम (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वन्यजन्तु पन्छीको उचित संरक्षणको निमित्त आवश्यक परेमा नेपाल सरकारले कुनै जिल्ला, शिकार आरक्ष वा अन्य कुनै क्षेत्रमा शिकार गर्न दिने वन्यजन्तु वा पन्छीको संख्या घटाउन वा त्यस्तो अनुज्ञापत्र दिने काम स्थगित गर्न सक्नेछ ।
१४. अनुज्ञापत्र (लाइसेन्स) बेगर शिकारमा मद्दत गर्न नहुने: नियम १५ वा १६ बमोजिमको अनुज्ञापत्र (लाइसेन्स) प्राप्त नगरी कुनै पनि व्यक्तिले ज्याला, इनाम वा भाडा नलिई गरी कुनै व्यक्तिलाई पेशेवर शिकारीको हैसियतले शिकारमा मद्दत गर्न वा शिकारी भई वन्यजन्तु वा पन्छी देखाउन पाउने छैन ।
१५. पेशेवर शिकारी अनुज्ञापत्र: (१) नेपाल ......... को पहाडी र तराई दुबै क्षेत्रमा लामो अवधिदेखि शिकार र यात्रा अभियान दलहरूको निमित्त आवश्यक सरसामानहरू समेत
व्यवस्था गर्नमा अनुभवी तथा ऐन र सो ऐन अन्तर्गत बनेको नियमहरूको जानकारी भएको व्यक्तिलाई प्रमुखले अनुसूची-१ बमोजिमको दस्तुर लिई पेशेवार शिकारीको अनुज्ञापत्र दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको अनुज्ञापत्र जारी भएको मितिले एक वर्षसम्म बहाल रहनेछ । यस किसिमको अनुज्ञापत्र लिन चाहने व्यक्तिले दरखास्त दिँदा सम्बन्धित काम गर्न सक्ने क्षमता र आफ्नो आर्थिकस्तर देखाउने अन्य प्रमाणहरू पेश गर्नु पर्नेछ ।
(३) प्रमुखले आवश्यक सम्झेमा उपनियम (१) बमोजिम अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नु पर्ने थप शर्त र बन्देज तोक्न सक्नेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले आत्मरक्षा वा शिकार अनुज्ञापत्र प्राप्त गर्नेले घाइते बनाएको वन्यजन्तुलाई भागबाट रोक्नको लागि बाहेक अन्य कुनै अवस्थामा पनि कुनै वन्यजन्तुको शिकार गर्न पाउने छैन ।
१६. शिकार गाइड अनुज्ञापत्र (लाइसेन्स): (१) सम्बन्धित जिल्ला वन नियन्त्रकले देहायको आधारमा कुनै व्यक्तिलाई अनुसूची-१ बमोजिमको दस्तुर लिई शिकार गाइड अनुज्ञापत्र दिन सक्नेछ र त्यसरी शिकार गाइड अनुज्ञापत्र दिने अधिकारीले त्यस्तो अनुज्ञापत्रको एकप्रति प्रमुखकहाँ पठाउनु पर्नेछ:-
(क) दरखास्तवाला आफूले काम गर्न चाहेको क्षेत्रभित्रको वन्यजन्तु वा पन्छी शिकार सित परिचित छ भन्ने लागेमा,
(ख) दरखास्तवाला ऐन र ऐन अन्तर्गत बनेका नियमहरूको जानकार हुनाका साथै शिकार गाइडको काम गर्न सक्षम छ भन्ने लागेमा ।
(२) उपनियम (१) बमोजिम शिकार गाइड अनुज्ञापत्र प्राप्त व्यक्तिले अनुज्ञापत्रमा तोकिएको जिल्ला वा जिल्लाहरूमा मात्र शिकारीहरूलाई गाइड गर्ने काम गर्न पाउनेछ ।
(३) प्रमुखले वा नेपाल सरकारले सो कामको लागि तोकिदिएको कुनै अधिकृतले आवश्यक देखेमा उपनियम (१) बमोजिम शिकार गाइड अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नु पर्ने थप शर्त र बन्देजहरू तोक्न सक्नेछ र यस्तो अनुज्ञापत्र प्राप्त व्यक्तिले
आत्मरक्षा र शिकार अनुज्ञापत्र प्राप्त गर्नेले घाईते बनाएको वन्यजन्तुलाई भग्नबाट रोक्नको लागि बाहेक कुनै अवस्थामा पनि कुनै वन्यजन्तुको शिकार गर्न पाउने छैन ।
१७. एकभन्दा बढी शिकार अनुज्ञापत्र (लाइसेन्स) नदिइने: कुनै पनि व्यक्तिलाई एकभन्दा बढी शिकार अनुज्ञापत्र एकैसाथ दिइने छैन ।
तर नियम ११ अनुसार पूरक शिकार अनुज्ञापत्र र नियम १२ अनुसार पन्छी शिकार अनुज्ञापत्र लिनलाई यस नियमले बाधा पुर्याएको मानिने छैन ।
१८. अनुज्ञापत्र, वन्यजन्तु, आखेटोपिहार वा हातहतियार देखाउनु पर्ने : अनुज्ञापत्र प्राप्त व्यक्तिले शिकार गर्न जाँदा आफूले पाएको अनुज्ञापत्र साथमा राख्नु पर्नेछ र राष्ट्रिय निकुञ्ज शिकार आरक्ष वा अन्य वन कार्यालयका कर्मचारीहरू मध्ये नेपाल सरकारले तोकेको दर्जासम्मको कर्मचारीले कुनै व्यक्तिको साथमा रहेको शिकार रजिस्टर, मारिएको वा पल्टाइएको वन्यजन्तु वा पन्छी, आखेटोपिहार वा हातहतियार हेर्न चाहेमा देखाउनु पर्नेछ ।
१९. अनुज्ञापत्र (लाइसेन्स) हस्तान्तरण नहुने: अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले आफूले प्राप्त गरेको अनुज्ञापत्र कुनै पनि तरिकाबाट कसैलाई हस्तान्तरण गर्न हुँदैन ।
२०. अनुज्ञापत्र (लाइसेन्स) फिर्ता गर्नु पर्ने: कुनै अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले आफूले पाएको अनुज्ञापत्रको म्याद नाघेको पैंतीस दिनभित्र शिकार रजिस्टरको साथै त्यस्तो अनुज्ञापत्र फिर्ता गर्नु पर्नेछ । जिल्ला शिकार अनुज्ञापत्र जहाँबाट प्राप्त गरिएको हो सोही ठाउँमा र अन्य किसिमका अनुज्ञापत्र (लाइसेन्स) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालय वा जहाँबाट प्राप्त गरिएको हो सोही ठाउँमा फिर्ता गर्नु पर्नेछ ।
२१. शिकार आरक्षमा क्षेत्र (ब्लक) सुरक्षण इजाजतपत्र: प्रमुखले वा नेपाल सरकारले सो कामको लागि तोकेको कुनै अधिकृतले जिल्ला शिकार अनुज्ञापत्र वा सामान्य शिकार अनुज्ञापत्र प्राप्त गरेका व्यक्तिलाई शिकार आरक्षभित्र शिकार गर्न अनुसूची -१ बमोजिमको दस्तुर लिई क्षेत्र (ब्लक) सुरक्षण इजाजतपत्र दिन सक्नेछ । नेपाली नागरिकको नाममा क्षेत्र (ब्लक) सुरक्षण गरी विदेशीलाई शिकार खेल्न दिन वा खेलाउन सहयोग गर्न समेत हुँदैन ।
२२. नमूना संकलन गर्न वा वन्यजन्तु र पन्छीहरू पक्रन वा शिकार गर्न इजाजतपत्र लिनु पर्ने : (१) वैज्ञानिक अनुसन्धानको लागि कुनै वन्यजन्तु वा पन्छी पक्रन वा शिकार गर्न वा
अरु कुनै कीट-किटाणु माछा वा कुनै प्राकृतिक उपज संकलन गर्न चाहने व्यक्तिले महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्ति कुनै मान्यता प्राप्त अध्ययन संस्था वा चिडियाखाना वा वैज्ञानिक अनुसन्धानशालाको अधिकारी भएमा र त्यस्तो व्यक्तिले देहाय बमोजिम गरी पक्रन वा रेखदेख गर्न सक्छ भन्ने विश्वास भएमा ऐनको अनुसूची-१ मा उल्लिखित वन्यजन्तु वा पन्छी बाहेक अरुको हकमा अनुसूची-२ बमोजिमको दस्तुर लिएर महानिर्देशकले सम्बन्धित वन्यजन्तु पन्छीको शिकार गर्न वा कीट-किटाणु पक्रन इजाजतपत्र दिन सक्नेछ:-
(क) दरखास्तवालाले सम्बन्धित वन्यजन्तु पन्छी वा कीट-किटाणु पक्रने वा संकलन गर्ने कार्यको आफै उपस्थित भई वा सो काममा दक्ष प्रतिनिधि पठाई सुपरीवेक्षण गर्ने भएमा,
(ख) सम्बन्धित वन्यजन्तु वा पन्छी पक्रने तरिका मनासिब तथा जरुरत भन्दा बढी दुःख दिने किसिमको नभएमा,
(ग) पक्रेको वन्यजन्तु वा पन्छीहरुको उचित रेखदेख वा ओसार-पसार गर्न सक्ने क्षमता भएमा ।
(३) उपनियम (२) बमोजिम दिइने इजाजतपत्रको म्याद साधारणतया तीन महिनाको हुनेछ । प्रमुखले मनासिब देखेमा थप म्याद दिन सक्नेछ र यसरी म्याद थप्दा थप शर्त समेत तोक्न सक्नेछ ।
२३. वन्यजन्तु र पन्छी पक्रने दस्तूर: नियम २२ बमोजिम वन्यजन्तु र पन्छी वा कीट-किटाणु पक्रँदा लाग्ने दस्तुर अनुसूची-२ मा उल्लेख भए बमोजिम हुनेछ र त्यस्तो दस्तुर देहाय बमोजिम गरी बुझाउन सकिनेछ:-
(क) लाग्ने दस्तुर पूरै वा त्यसको पचास प्रतिशत सुरुमा र पचास प्रतिशत सम्बन्धित वन्यजन्तु वा पन्छीहरु पक्रेपछि बुझाउने गरी प्रमुखले दरखास्तवालासँग असुल उपर गर्न सक्नेछ ।
(ख) कुनै वन्यजन्तु वा पन्छीहरु पक्रने बखतमा वा पक्रि सकेपछि मृत गएमा इजाजतपत्र प्राप्त व्यक्तिले पक्रन पाएको इजाजतपत्रको
संख्यामै गन्ती हुनेछ र तिनको निमित्त लाग्ने दस्तुर समेत बुझाउनु पर्नेछ ।
(ग) कुनै वन्यजन्तु वा पन्छीहरू पक्रन इजाजतपत्र प्राप्त व्यक्तिले कुनै वन्यजन्तु पक्रन सकेन वा सो पक्रने सिलसिलामा कुनै वन्यजन्तु वा पन्छी मृत वा घाइते हुन पाएको छ भन्ने प्रमुखलाई लागेमा इजाजतपत्र प्राप्त व्यक्तिले बुझाउनु पर्ने दस्तुरको पचित्तर प्रतिशतसम्म रकम जरिवाना गरिदिनेछ ।
२४. अनुज्ञापत्र र इजाजतपत्रको लागि दिइने दरखास्त, त्यसको ढाँचा र दस्तुर: (१) यस नियमावली बमोजिम दिइने अनुज्ञापत्र (लाइसेन्स) र इजाजतपत्र (पर्मिट) को ढाँचा अनुसूची -५, ७, ९ र ११ बमोजिमको र नि उन्हींहरू प्राप्त गर्नेको लागि दिइने दरखास्तको ढाँचा अनुसूची- ३, ४, ६, ८ र १० बमोजिम हुनेछ । शिकार अनुज्ञापत्र र शिकार गाइड अनुज्ञापत्रको निमित्त दरखास्त दिने व्यक्तिले आफ्नो हालसालै खिचेको दुईप्रत फोटो समेत पेश गर्नु पर्छ ।
(२) उपनियम (१) बमोजिम अनुज्ञापत्र (लाइसेन्स) वा इजाजतपत्र (पर्मिट) प्राप्त गर्ने व्यक्तिले अनुसूची -१ बमोजिम लाग्ने दस्तुर बुझाउनु पर्नेछ ।
२५. विदेशी नागरिकलाई शिकार अनुज्ञापत्र दिने बारे : विदेशी नागरिकलाई कुनै किसिमको शिकार अनुज्ञापत्र दिँदा पेशेवर शिकारी अनुज्ञापत्र प्राप्त व्यक्तिको साथमा मात्र शिकार गर्न जान पाउने गरी शर्त तोक्न सकिनेछ ।
तर कुनै विदेशी नागरिक पेशेवर शिकारीको मद्दत विना शिकार गर्न सक्ने क्षमता भएको छ र निज ऐन र ऐन अन्तर्गत बसेको नियमावलीत साधारणतया परिचित छ भन्ने कुरा अनुज्ञापत्र (लाइसेन्स) दिने अधिकारीलाई लागेमा पेशेवर शिकारी साथमा नलिई पनि शिकार गर्न जान पाउने गरी छुट दिन सकिनेछ ।
२६. अनुज्ञापत्र निलम्बन गर्न सकिने: यस नियमावली अन्तर्गत प्रदान गरिएको अनुज्ञापत्र वा इजाजतपत्र बखत कसुर भएकोमा त्यस्तो कसुर सम्बन्धी मुद्दाको कारबाही गर्दा सम्बन्धित मुद्दा हेर्ने अधिकारीले नेपाल सरकार समक्ष जाहेर गरी निकासा भई नआएसम्म त्यस्तो कसुर गर्ने व्यक्तिले प्राप्त गरेको अनुज्ञापत्र वा इजाजतपत्रलाई निलम्बन गर्ने गरी आदेश दिन सकिनेछ ।
२७. अनुज्ञापत्रको नक्कल दिन सकिने: महानिर्देशक वा नेपाल सरकारले सो कामको लागि तोकेको कुनै अधिकारीले मनासिब सम्झेमा कुनै अनुज्ञापत्र वा इजाजतपत्र हराएमा वा अरु कुनै प्रकारले नष्ट भएमा अनुसूची -१ बमोजिम लाग्ने दस्तुर लिई त्यस्तो अनुज्ञापत्र वा इजाजतपत्रको प्रतिलिपि (डुप्लिकेट) दिन सक्ने छ । यस्तो प्रतिलिपि स्वरूप प्रदान गरिएको अनुज्ञापत्र (लाइसेन्स) र इजाजतपत्रको म्याद सक्कल अनुज्ञापत्र वा इजाजतपत्रको बाँकी अवधिसम्मको लागि मात्र हुनेछ ।
परिरिच्छेद- ५ विविध
२८. शिकार रजिस्टर: प्रत्येक शिकार अनुज्ञापत्रको साथ एक शिकार रजिस्टर पनि हुनेछ जसमा अनुज्ञापत्र प्राप्त व्यक्तिले शिकारको सिलसिलामा घाइते गरेको वा मारेको सबै वन्यजन्तु र पन्छीहरुको पूर्ण तथा ठीक ठीक अभिलेख (रेकर्ड) राख्नु पर्नेछ । जन्तु वा पन्छीहरु मारेको बाह्र घण्टाभित्र वा शिकार आरक्ष छाड्नु अगावै सम्बन्धित पक्का मसीमा प्रत्येक वन्यजन्तु वा पन्छी मारेको ठाउँ, मिति, जात, भाले, पोथी (वन्यजन्तुको लागि मात्र) प्रष्ट बुझ्ने गरी अनुसूची -१२ बमोजिम शिकार रजिष्टारमा लेख्नु पर्छ ।
२९. तोकिएको किसिमको वा संख्या भन्दा बढी वन्यजन्तु मरेमा बुझाउनु पर्ने: कुनै व्यक्तिले शिकार गर्दा भवितव्य परी आफूले प्राप्त गरेको अनुज्ञापत्र बमोजिम शिकार गर्न पाउने किसिम भन्दा भिन्न किसिमको वा शिकार गर्न पाउने संख्या भन्दा बढी संख्यामा कुनै वन्यजन्तु वा पन्छी मृत गएमा वा घाइते भएमा त्यस्तो घाइते वा मृत गएको वन्यजन्तु वा पन्छीको संख्या र किसिम आफ्नो शिकार रजिस्टरमा चढाई फेला परेका मृत वन्यजन्तु वा पन्छीलाई सोही आरक्षमा वा नजिकको डि. कार्यालयमा बुझाई दिनुपर्छ ।
२९क. बनेल पक्रने अनुज्ञापत्र: (१) राष्ट्रिय निकुञ्ज वा आरक्ष क्षेत्र बाहेक अन्य क्षेत्रबाट बनेलको बच्चा पक्रन कुनै नेपाली नागरिकले निवेदन दिएमा सम्बन्धित डिभिजनल वन अधिकारीले त्यस्तो व्यक्तिबाट प्रति बनेलको बच्चाको एक हजार रुपैयाँ दस्तुर लिई अनुसूची -१२क. बमोजिमको ढाँचामा अनुज्ञापत्र दिन सक्नेछ ।
(२) अनुज्ञापत्र बमोजिम पक्रने बनेल विदेश निकासी गर्न पाइने छैन ।
(३) अनुज्ञापत्र बमोजिम बनेल पकडा बनेल मृत भएमा त्यसको सट्टा अर्को बनेल पकड्न पाउने छैन । (४) $^१$
३०. आखेटोपिहारको निकासी पैठारी वा व्यापार गर्न सिफारिस प्राप्त गर्न पर्ने: (१) व्यापारिक उद्देश्यले आखेटोपिहारको निकासी पैठारी गर्नको लागि नेपाल सरकार वन मन्त्रालयको लिखित सिफारिस प्राप्त गर्नको निमित्त दरखास्त दिँदा आखेटोपिहार सम्बन्धी कानूनी स्वामित्वको निस्सा वा त्यस्तो आखेटोपिहार पैठारी गरिने मुलुकको सम्बन्धित कम्पनी, संस्था वा व्यक्तिको नाउँ र सो सम्बन्धमा आदान प्रदान भएको कागजातको नक्कल समेत पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सिफारिसको माग गर्ने व्यक्ति व्यापारको लागि आखेटोपिहारको निकासी पैठारी गर्न सक्ने देखिएमा अनुसूची -१ बमोजिम लाग्ने दस्तुर लिई नेपाल सरकार वन मन्त्रालयबाट अनुसूची -१३ बमोजिमको सिफारिस पत्र दिइनेछ ।
३१. निकासी पैठारी गर्ने बाटो तोक्न सक्ने: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको भन्सारको बाटोबाट मात्र आखेटोपिहारका निकासी पैठारी गर्न पाउने गरी तोकिदिन सक्नेछ र त्यसरी तोकिएकोमा आखेटोपिहार निकासी पैठारी गर्न इजाजत प्राप्त व्यक्तिले सोही भन्सारबाट मात्र आखेटोपिहार निकासी पैठारी गर्नुपर्छ ।
३२. आखेटोपिहारको हस्तान्तरण: ऐनको दफा १९ बमोजिम कुनै व्यक्तिले आफूसित रहेको कुनै आखेटोपिहार बिक्री वा सट्टा पट्टा वा अन्य कुनै प्रकारको हक छाडी दिँदा त्यस्तो आखेटोपिहार सम्बन्धी स्वामित्वको निस्सा समेत त्यस्तो आखेटोपिहार लिने व्यक्तिलाई हस्तान्तरण गर्नु पर्नेछ ।
३३. कानूनी स्वामित्वको निस्सा: (१) ऐनको दफा १८ को उपदफा (१) बमोजिम आखेटोपिहारको निस्सा लिनु पर्ने व्यक्तिले ऐन लागू हुनु भन्दा अगावै आखेटोपिहार प्राप्त गरेको हो भन्ने प्रमाणसाथ २०३६ साल पौष मसान्तसम्म अनुसूची -१४ बमोजिमको
$^१$ तेस्रो संशोधनद्वारा खारेज गरिएको । $^२$ पहिलो संशोधनद्वारा संशोधित । $^३$ दोस्रो संशोधनद्वारा संशोधित ।
ढाँचामा उपनियम (२) बमोजिम अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिई त्यस्तो आखेटोपिहारको कानूनी निस्सा लिई राख्नुपर्छ ।
(२) उपनियम (१) बमोजिम आखेटोपिहारको निस्सा दिने अधिकारी देहायको क्षेत्रको लागि देहायको अधिकृत हुनेछ;–
(क) काठमाडौं उपत्यकाभित्रको जिल्लाको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालयको महानिर्देशक, (ख) अन्य जिल्लाहरूको लागि सम्बन्धित क्षेत्रको कन्जरिभेटर वा डी.एफ.ओ., (ग) कुनै पनि कन्जरिभेटर वा डी.एफ.ओ. को अधिकार क्षेत्रभित्र नपर्ने जिल्लाहरूको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी।
(३) ऐनको दफा १७ को उपदफा (२) तथा दफा १८ को उपदफा (१) बमोजिमको निस्सा अनुसूची-१५ बमोजिमको ढाँचामा दिइनेछ ।
(४) उपनियम (३) बमोजिमको कानूनी स्वामित्वको निस्सा दिने अधिकार प्राप्त अधिकारीले सबै आखेटोपिहारमा आफ्नो कार्यालयको निस्सा लगाई दिनुपर्छ र त्यस्तो छाप वा निस्साको विवरण कानूनी स्वामित्वको निस्सामा समेत उल्लेख गरी दिनुपर्छ ।
३३क. आखेटोपिहार प्रयोग गर्न दिने वा नष्ट गर्ने सम्बन्धी व्यवस्थाः (१) प्राकृतिक वा अन्य कारणबाट मृत्यु भएका वन्यजन्तुबाट संकलन गरिएको वा प्रचलित कानून बमोजिम जफत गरिएको आखेटोपिहार मन्त्रालयले उपयुक्तताको आधारमा शैक्षिक वा अनुसन्धान संस्थालाई प्रयोग गर्न दिने, प्राकृतिक विज्ञान सङ्ग्रहालय प्रदर्शनीको लागि राख्ने वा नष्ट गर्ने स्वीकृतिको लागि नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्नेछ ।
(२) उपनियम (१) बमोजिम नेपाल सरकार समक्ष प्रस्ताव पठाउनु अघि मन्त्रालयले आवश्यक देखेमा सो प्रयोजनको लागि नेपाल वन सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारीको संयोजकत्वमा एक सिफारिस समिति गठन गर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्रस्ताव प्राप्त भएपछि नेपाल सरकारले त्यस्ते आखेटोपिहार शैक्षिक वा अनुसन्धान संस्थालाई प्रयोग गर्न दिइ, प्राकृतिक विज्ञान सङ्ग्रहालय प्रदर्शनीमा राख्न वा नष्ट गर्न स्वीकृति दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम नेपाल सरकारबाट शैक्षिक वा अनुसन्धान संस्थालाई आखेतोपहार प्रयोग गर्न दिने स्वीकृति भएमा मन्त्रालयले सोही प्रयोजनका लागि मात्र प्रयोग गरी त्यस्ते आखेतोपहार कुनै शैक्षिक वा अनुसन्धान संस्थालाई प्रदान गर्नु पर्नेछ । (५) उपनियम (३) बमोजिम प्राकृतिक विज्ञान सङ्ग्रहालयमा प्रदर्शन सीमा राख्न स्वीकृत भएका आखेतोपहार दुरुपयोग नहुने गरी सुरक्षित रुपमा राख्ने जिम्मेवारी सम्बन्धित सङ्ग्रहालयको हुनेछ । (६) उपनियम (३) बमोजिम नष्ट गर्न स्वीकृत भएका आखेतोपहारलाई मन्त्रालयले तोकेको स्थानमा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा विभागले जलाएर नष्ट गर्नेछ । (७) उपनियम (६) बमोजिम आखेतोपहार जलाई सकेपछि बाँकी रहेको खरानीलाई प्रयोग गर्न नसक्ने गरी विभागले व्यवस्थापन गर्नु पर्नेछ । (८) यस नियम बमोजिम शैक्षिक वा अनुसन्धान संस्थालाई प्रयोग गर्न दिइएको, प्राकृतिक विज्ञान सङ्ग्रहालयमा प्रदर्शन सीमा राखिएको र नष्ट गरिएको आखेतोपहार बाहेक अन्य आखेतोपहार सुरक्षित राख्ने जिम्मेवारी विभागको हुनेछ ।
३४. घाइते भएका वन्यजन्तु पनि शिकार गर्ने संख्यामा गन्ती गरिने: अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले शिकार गर्दा वन्यजन्तुलाई घाइते तुल्याएमा यथाशीघ्र त्यसलाई पत्ता लगाई मार्नुपर्छ र त्यसरी घाइते भएको वन्यजन्तुको विवरण आफ्नो शिकार रजिष्टरमा चढाउनु पर्छ ।
तर घाइते भएको वन्यजन्तु पत्ता लगाउन नसके पनि अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले शिकार गर्न पाउने वन्यजन्तुमा गन्ती गरिनेछ ।
३५. सूचना गर्नु पर्ने: (१) कसैले शिकार गर्दा कुनै हिंसक वन्यजन्तुलाई घाइतेसम्म तुल्याई मार्न नसकेमा त्यस्तो वन्यजन्तुको किसिम र अरु कुनै विवरण भए सो सहित खुलाई यथाशीघ्र सोही आरक्ष वा नजिकको वन कार्यालयलाई सूचना गरिदिनु पर्छ र त्यस्तोमा सम्बन्धित आरक्ष वा वन कार्यालयले पनि वरपरका सबै गाउँ बजारका बासिन्दालाई सतर्क रहन सूचित गरी दिनुपर्छ ।
(२) ऐनको दफा २१ बमोजिम आफू वा अरु कुनै व्यक्ति वा अरु पालुवा कुनै जनावरको बचावटको लागि कसैले हातहतियार प्रयोग गर्दा कुनै वन्यजन्तु मृत भएमा वा घाइते भएमा त्यसको सूचना बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र राष्ट्रिय निकुञ्ज वा आरक्ष वा वन कार्यालय रहेको जिल्लामा निजको कुनै त्यस्तो कार्यालयको प्रमुखलाई दिनु पर्छ ।
३६. कुनै वन्यजन्तु वा पन्छीलाई हानिकारक घोषित गर्न सकिने: यस नियमावलीमा यस अघि जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयले कुनै खास क्षेत्रमा कुनै खास समयको लागि ऐनको अनुसूची-१ मा उल्लिखित वन्यजन्तु वा पन्छी बाहेक अन्य कुनै वन्यजन्तु वा पन्छीहरुलाई नेपाल राजपत्रमा प्रकाशित गरी कृषिको निम्ति हानिकारक घोषित गर्न सक्नेछ र त्यसरी हानिकारक घोषित गरिएका वन्यजन्तु वा पन्छीलाई सोही सूचनामा तोकिएको शर्त र बन्देजको अधीनमा रही, खेत, खला, बारीमा बिना अनुमतिपत्र पनि धपाउन, लखेट्न, पक्रन वा मार्न सकिनेछ ।
३६क. वन्यजन्तुलाई मार्न, पक्रन वा लखेट्न आदेश दिने अधिकारी : (१) ऐनको दफा १० को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (क) र (ख) को प्रयोजनको लागि वन्यजन्तुलाई मार्न, पक्रन वा लखेट्न निकुञ्ज वा आरक्षको कार्यालय रहेको जिल्लामा संरक्षणले वा त्यस्तो कार्यालय नभएको जिल्लामा डिभिजनल वन अधिकृतले आदेश दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको अधिकारीलाई आवश्यक राय, सुझाव एवं विकल्प सहितको सिफारिस गर्न देहाय बमोजिमको सिफारिस समिति रहनेछ :-
(क) संरक्षण अधिकृत वा सहायक संरक्षण अधिकृत वा सहायक वन अधिकृत -संयोजक (ख) जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि -सदस्य (ग) सम्बन्धित स्थानीय तहको प्रतिनिधि -सदस्य (घ) भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक प्रतिनिधि -सदस्य (ङ) सम्बन्धित उपभोक्ता समितिको प्रतिनिधि -सदस्य (च) संरक्षक वा डिभिजनल वन अधिकृतले तोकेको वन्यजन्तु
प्राविधिक -सदस्य
३६ख. व्यावसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजनन् : (१) अनुसूची-१६ मा उल्लिखित वन्यजन्तुको व्यावसायिक रुपमा पालन तथा प्रजनन् गर्न चाहने व्यक्ति वा संस्थाले व्यावसायिक योजना तथा अनुसूची-१७ बमोजिमको विस्तृत कार्ययोजना तयार गरी विभाग समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त कार्ययोजना सम्बन्धमा प्राविधिक समितिले जाँचबुझ तथा मूल्याङ्कन गर्दा मन्त्रालयले स्वीकृत गरेको मापदण्ड बमोजिम भएको देखिएमा विभाग समक्ष सिफारिस गर्नेछ।
(३) उपनियम (२) बमोजिमको सिफारिस समेतको आधारमा विभागले त्यस्तो व्यक्ति वा संस्थालाई वन्यजन्तु पालन तथा प्रजनन्को लागि अनुमति दिने वा नदिने निर्णय गर्नेछ ।
(४) उपनियम (३) बमोजिम अनुमति दिने निर्णय भएकोमा त्यस्तो व्यक्ति वा संस्थाबाट अनुसूची-१६ बमोजिमको दस्तुर लिई विभागले अनुसूची-१८ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनेछ ।
(५) उपनियम (४) बमोजिम अनुमतिपत्र प्राप्त गरेको व्यक्ति वा संस्थालाई बीउ प्राणी (सिड एनिमल) उपलब्ध गराउँदा अनुसूची-१६ बमोजिमको दस्तुर लिइनेछ।
(६) उपनियम (५) बमोजिम उपलब्ध गराइने बीउ प्राणी (सिड एनिमल) पक्रदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाले व्यहोर्नु पर्नेछ ।
(७) यस नियम बमोजिम अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन तथा प्रजनन्को लागि सङ्कटাপন্ন वन्यजन्तु बाहेकका अन्य वन्यजन्तु विदेशबाट आयात गर्नु परेमा विभागको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(८) उपनियम (७) बमोजिम स्वीकृति माग गरिएको विषयमा प्राविधिक समितिले जाँचबुझ तथा मूल्याङ्कन गर्दा त्यस्तो वन्यजन्तुले नेपालमा रहेका अन्य वन्यजन्तुको अस्तित्व वा प्राकृतिक बासस्थानमा नकारात्मक असर पार्ने नदेखिएमा विभाग समक्ष सिफारिस गर्नेछ र त्यस्तो सिफारिस समेतको आधारमा विभागले त्यस्तो वन्यजन्तु आयात गर्न अनुमति दिन सक्नेछ ।
(९) उपनियम (४) बमोजिम अनुमतिपत्र प्राप्त गरी व्यावसायिक रुपमा वन्यजन्तुको पालन तथा प्रजनन्बाट उत्पादित गरिएका दोस्रो वा सो भन्दा पछिल्ला पुस्ताको वन्यजन्तु वा तिनका अङ्ग वा अङ्गबाट तयार गरिएका वस्तु प्रयोजन खुलाई उपयोग, बिक्री, वितरण वा निकासी गर्न सकिनेछ ।
* पाँचौँ संशोधनद्वारा थप ।
(१०) उपनियम (९) बमोजिम वन्यजन्तुको उपयोग, बिक्री, वितरण वा निकासी गरिएको विवरण मासिक रुपमा विभाग समक्ष पेश गर्नु पर्नेछ ।
(११) यस नियम बमोजिम पालन गरिएको वन्यजन्तुको प्रजननबाट उत्पादित भएका वन्यजन्तुको विवरण अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले यथाशीघ्र विभाग समक्ष पेश गर्नु पर्नेछ ।
(१२) यो नियम प्रारम्भ हुनु अघि अनुमति लिई पालन तथा प्रजनन गरिएका वन्यजन्तुको हकमा यो नियम प्रारम्भ भएको मितिले एक वर्ष भित्र यस नियम बमोजिमको प्रक्रिया पूरा गरी अनुमतिपत्र लिनु पर्नेछ । यसरी अनुमतिपत्र लिँदा पहिले लिएको अनुमतिपत्र बमोजिमको अवधि सम्मको लागि थप दस्तुर लाग्ने छैन ।
(१३) यस नियम बमोजिम वन्यजन्तु पालन गर्ने व्यक्तिले विभागको अनुमति लिई त्यस्तो वन्यजन्तु व्यावसायिक रुपमा प्रदर्शन गराउन सक्नेछ ।
(१४) यस नियम बमोजिम व्यावसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजनन गर्नको लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधार, शर्त तथा बीउ प्राणी (सीड एनिमल) उपलब्ध गराउने विषय तथा तत सम्बन्धी अन्य विषय मन्त्रालयले स्वीकृत गरेको मापदण्ड बमोजिम हुनेछ ।
३६ग. वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रदान गर्ने : (१) नेपालभित्र वन्यजन्तुको वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शन गर्न इच्छुक ख्यातिप्राप्त स्वदेशी वा विदेशी संघ, संस्थाले अनुसूची-१७ बमोजिमको विस्तृत कार्ययोजना सहित विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त कार्ययोजना सम्बन्धमा प्राविधिक समितिले जाँचबुझ तथा मूल्याङ्कन गर्दा मन्त्रालयले स्वीकृत गरेको मापदण्ड बमोजिम भएको देखिएमा विभाग समक्ष प्रतिवेदन पेश गर्नेछ र त्यस्तो प्रतिवेदन विभागले सिफारिस सहित मन्त्रालय समक्ष पेश गर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम प्राप्त कार्ययोजना तथा प्रतिवेदन बमोजिम कुनै संघ संस्थालाई वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि आवश्यक वन्यजन्तु प्रदान गर्न मनासिब देखिएकोमा मन्त्रालयले सो प्रयोजनको लागि नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्नेछ ।
(४) उपनियम (३) बमोजिम पेश गरिएको प्रस्ताव बमोजिम नेपाल सरकारबाट कुनै संघ, संस्थालाई वन्यजन्तु प्रदान गर्ने निर्णय भएकोमा सो निर्णय अनुसार विभागले वन्यजन्तु प्रदान गर्नेछ ।
(५) यस नियम बमोजिम स्वदेशी वा विदेशी संघ, संस्थालाई वन्यजन्तु प्रदान गर्दा अनुसूची-१९ बमोजिमको दस्तुर लिई वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रयोग गर्न अनुसूची-२० बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ। वन्यजन्तु प्रदान गर्दा लाग्ने सम्पूर्ण खर्च वन्यजन्तु प्राप्त गर्ने संघ, संस्थाले व्यहोर्नु पर्नेछ ।
(६) वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीका लागि वन्यजन्तु प्राप्त गर्ने संघ, संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको पैंतीस दिनभित्र विभाग समक्ष वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेछ।
(७) यस नियम बमोजिम वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि संघ, संस्थालाई वन्यजन्तु प्रदान गर्नको लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधार, शर्त लगायतका अन्य विषय मन्त्रालयले स्वीकृत गरेको मापदण्ड बमोजिम हुनेछ।
३६घ. चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना गर्ने : (१) ऐनको दफा १५ग. को उपदफा (१) बमोजिम चिडियाखाना सञ्चालन गर्न इच्छुक संस्था, निकाय वा स्थानीय तहले अनुसूची-२१ बमोजिमको कार्ययोजना तथा संरक्षण शिक्षा, मनोरञ्जन, आमोदप्रमोद, वंशाणु स्रोत संरक्षण, अध्ययन, अनुसन्धान एवं पर्यटन प्रवर्द्धन र सम्बन्धी विषय समेत समावेश गरी तयार गरिएको व्यावसायिक योजना संलग्न राखी अनुमति को लागि अनुसूची-२२ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ।
(२) ऐनको दफा १५ग. को उपदफा (२) बमोजिम वन्यजन्तु उद्धार केन्द्र वा वन्यजन्तु अस्पताल स्थापना गरी सञ्चालन गर्न इच्छुक व्यक्ति, संस्था, निकाय वा स्थानीय तहले अनुसूची-२१ बमोजिमको कार्ययोजना संलग्न राखी अनुमतिपत्रको लागि अनुसूची-२२ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम प्राप्त कार्ययोजनाका सम्बन्धमा प्राविधिक समितिले जाँचबुझ तथा मूल्याङ्कन गरी विभाग समक्ष प्रतिवेदन पेश गर्नेछ र त्यस्तो प्रतिवेदन विभागले सिफारिस सहित सम्बन्धित मन्त्रालय समक्ष पेश गर्नेछ ।
(४) उपनियम (३) बमोजिम पेश गरिएको प्रतिवेदन समेतलाई मध्यनजर गरी मन्त्रालयले चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र वा वन्यजन्तु अस्पताल स्थापना गरी सञ्चालन गर्न अनुमति दिने वा नदिने सम्बन्धमा आवश्यक निर्णय गर्नेछ।
(५) उपनियम (४) बमोजिम चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र वा वन्यजन्तु अस्पताल स्थापना तथा सञ्चालन गर्न अनुमति दिने निर्णय भएकोमा मन्त्रालयबाट
स्वीकृत मापदण्ड बमोजिमको दस्तुर लिई विभागले अनुसूची-२३ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनेछ ।
(६) यस नियम बमोजिम चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र वा वन्यजन्तु अस्पताल सञ्चालन गर्नको लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधार, शर्त, जनशक्ति, पूँजी लगायतका विषय मन्त्रालयबाट स्वीकृत मापदण्ड बमोजिम हुनेछ ।
३६ङ. प्राविधिक समिति : (१) यस नियमावली बमोजिम व्यावसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजनन् गर्ने, आखेटोपहार व्यवस्थापन गर्ने, अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रदान गर्ने, चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र वा वन्यजन्तु अस्पताल स्थापना र सञ्चालन लगायतका विषयमा अध्ययन गरी आवश्यक राय सुझाव एवं सिफारिस पेश गर्ने विभागमा देहाय बमोजिमको प्राविधिक समिति रहनेछ:-
(क) विभागको उपमहानिदेशक -संयोजक (ख) मन्त्रालयको उपसचिवस्तरको प्रतिनिधि -सदस्य (ग) वन तथा भू-संरक्षण विभागको उपसचिवस्तरको प्रतिनिधि -सदस्य (घ) विभागले तोकेका सम्बन्धित विषय विज्ञ तीन जना -सदस्य (ङ) विभाग वा अन्तर्गतको पशु चिकित्सक -सदस्य (च) त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान सङ्ग्रहालयको अधिकृतस्तरको प्रतिनिधि -सदस्य (छ) विभागको इकोलोजिस्ट -सदस्य-सचिव
(२) विभागमा एक भन्दा बढी उपमहानिदेशक रहेमा वरिष्ठ उपमहानिदेशक प्राविधिक समितिको संयोजक हुनेछ ।
(३) प्राविधिक समितिको बैठक तथा निर्णय सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
३६च. विदेशी मुलुकलाई वन्यजन्तु उपलब्ध गराउने : (१) कुनै विदेशी मुलुकको सरकारले कूटनीतिक माध्यमबाट नेपाल सरकारसँग कुनै वन्यजन्तु माग गरेकोमा मन्त्रालयले सो सम्बन्धी अध्ययन गर्ने एक प्राविधिक टोली गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम गठित प्राविधिक टोलीले सम्बन्धित मुलुकमा त्यस्तो वन्यजन्तु बसोबास गराउन उपयुक्त हुने, नहुने तथा त्यसको खानपान, हावापानी, स्वास्थ्य
अवस्था लगायतका विषयमा आफ्नो राय सहितको प्रतिवेदन तयार गरी मन्त्रालय समक्ष पेश गर्नेछ ।
(३) उपनियम (२) बमोजिमको प्रतिवेदन समेतको आधारमा त्यस्तो मुलुकलाई वन्यजन्तु उपलब्ध गराउन मनासब देखिएकोमा मन्त्रालयले सो सम्बन्धी प्रस्ताव नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको प्रस्तावको आधारमा संरक्षण र व्यवस्थापनको दृष्टिकोणले वन्यजन्तु उपलब्ध गराउन उपयुक्त ठाउँमा नेपाल सरकारले विदेशी मुलुकको सरकारलाई उपहार स्वरुप वन्यजन्तु उपलब्ध गराउने निर्णय गर्न सक्नेछ ।
(५) यस नियम बमोजिम उपहार स्वरुप उपलब्ध गराएको वन्यजन्तुको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पैंतीस दिनभित्र विभागले मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(६) यस नियम बमोजिम विदेशी मुलुकको सरकारलाई वन्यजन्तु उपलब्ध गराउँदा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको हकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम र अन्य प्रजातिको हकमा नेपाल सरकारको निर्णय बमोजिम हुनेछ ।
३६छ. वन्यजन्तु स्थानान्तरण गर्ने : (१) वन्यजन्तुको वंश संरक्षण, जैविक विविधता संरक्षण, पर्यावरण प्रवर्द्धन जस्ता उद्देश्यको लागि वन्यजन्तु स्थानान्तरण गर्नु परेमा प्राविधिक समितिले वन्यजन्तु प्रजातिको जीवन सक्षम सङ्ख्या (भाएबल पपुलेसन), बासस्थानको अवस्था, सुरक्षाको प्रबन्ध लगायतका विषयमा प्रतिवेदन तयार गरी सिफारिस साथ विभाग समक्ष पेश गर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रतिवेदन प्राप्त भएमा सो सम्बन्धमा विभागले आफ्नो राय सहित मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पेश हुन आएको प्रतिवेदन समेतको आधारमा मन्त्रालयले वन्यजन्तु स्थानान्तरण सम्बन्धमा निर्णय गर्नेछ ।
३६ज. राहत सम्बन्धी व्यवस्था : (१) ऐनको दफा ३घ. बमोजिम वन्यजन्तुको आक्रमणमा परी जनधनको क्षति भएमा पीडित पक्षले सो क्षति बापत घटना घटेको मितिले पैंतीस दिनभित्र राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवती क्षेत्रको हकमा सम्बन्धित राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रको कार्यालयमा र अन्य क्षेत्रमा भए सम्बन्धित डिभिजन वन कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर छानबिन गरी सिफारिस गर्नको लागि प्रत्येक जिल्लामा देहाय बमोजिमको समिति रहनेछ :-
(क) राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रको कार्यालयमा परेको निवेदनको हकमा सो कार्यालयको महानिदेशक र डिभिजन वन कार्यालयमा परेको निवेदनको हकमा -संयोजक डिभिजनल वन अधिकृत
(ख) सम्बन्धित क्षेत्रको उपभोक्ता समितिको अध्यक्ष -सदस्य
(ग) सम्बन्धित स्थानीय तहको प्रतिनिधि -सदस्य
(घ) सम्बन्धित कृषि ज्ञान केन्द्र वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रतिनिधि (क्षतिको किसिम अनुसार) -सदस्य
(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर उपनियम (२) बमोजिमको समितिले छानबिन गरी पीडित व्यक्तिलाई राहत उपलब्ध गराउन उपयुक्त हुने गरी सिफारिस गरेकोमा सम्बन्धित कार्यालयले त्यस्तो क्षति बापतको राहत उपलब्ध गराउनु पर्नेछ ।
(४) यस नियम बमोजिम राहत माग गर्दा पेश गर्नु पर्ने प्रमाण, कागजात तथा राहत उपलब्ध गराउँदा कुन वन्यजन्तुबाट कस्तो क्षति भए बापत कति राहत उपलब्ध गराउने भन्ने समेतका विषय नेपाल सरकारले बनाएको निर्देशिका बमोजिम हुनेछ ।
३६झ. विपद् प्रभावितलाई काठ सङ्कलन गर्न अनुमति दिने : (१) मध्यवर्ती क्षेत्रमा विपद् परी सो क्षेत्रमा बसोबास गर्ने कुनै व्यक्ति वा परिवारलाई क्षति पुगेमा र त्यस्तो व्यक्ति वा परिवारलाई घर निर्माण वा मर्मतको लागि काठ आवश्यक परेमा संरक्षक समक्ष आवश्यक विवरण खुलाई निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम परेको निवेदन मनासिब लागेमा संरक्षकले सम्बन्धित उपभोक्ता समितिसँग परामर्श गरी प्रचलित कानून बमोजिम लाग्ने राजश्वको दश प्रतिशत बराबरको दस्तुर लिई देहाय बमोजिमको परिमाणमा काठ सङ्कलन तथा ओसारपसार गर्न अनुमति दिनेछ :-
(क) घर निर्माणको लागि चिरान काठ चालीस घन फिटसम्म वा गोलिया काठ छपन्न घन फिटसम्म,
(ख) घर मर्मत सुधारको लागि चिरान काठ बीस घन फिटसम्म वा गोलिया काठ अठ्ठाईस घन फिटसम्म ।
(३) उपनियम (२) बमोजिम काठ सङ्कलन तथा ओसारपसार गर्न अनुमति दिँदा कुनै व्यक्ति वा परिवारलाई एक पटक मात्र दिइनेछ ।
(४) उपनियम (२) बमोजिम काठ सङ्कलन तथा ओसारपसार गर्दा कटान, मुछान, लोड, अनलोड तथा घाटगद्दीसम्मको ढुवानी खर्च, ओभरहेड खर्च र मूल्य अभिवृद्धि कर सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्नेछ ।
(५) यस नियम बमोजिम काठ सङ्कलन गर्दा वा गराउँदा बेवारिसी प्रमाणित भएको काठ सङ्कलन गर्नु पर्नेछ । त्यस्तो काठ पर्याप्त नभएमा मध्यवर्ती क्षेत्रको ढलापडा रुखबाट सङ्कलन गर्न दिन सकिनेछ र ढलापडा रुख प्राप्त हुन नसकेमा वा पर्याप्त नभएमा सुखुखडा रुखबाट काठ सङ्कलन गर्न दिन सकिनेछ ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिबन्धित प्रजातिको काठ सङ्कलन तथा ओसारपसार गर्न अनुमति दिइने छैन ।
३६ञ. अनुगमन तथा मूल्याङ्कन : (१) ऐन तथा यस नियमावलीमा भएको व्यवस्थाको कार्यान्वयन सम्बन्धमा मन्त्रालय र विभागले संयुक्त वा छुट्टाछुट्टै रुपमा अनुगमन तथा मूल्याङ्कन गर्न सक्नेछन् ।
(२) उपनियम (१) बमोजिम अनुगमन तथा मूल्याङ्कन गर्दा कुनै व्यक्ति वा संस्थाले ऐन तथा यस नियमावली बमोजिम गर्नु पर्ने कार्य नगरेको वा पालना गर्नु पर्ने शर्त पालना नगरेको देखिएमा मन्त्रालय वा विभागले सम्बन्धित व्यक्ति वा संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित व्यक्ति वा संस्थाको कर्तव्य हुनेछ ।
(३) उपनियम (१) बमोजिम विभागले गरेको अनुगमन तथा मूल्याङ्कनको जानकारी तथा सो सम्बन्धी प्रतिवेदन मन्त्रालयलाई दिनु पर्नेछ ।
३६ट. मापदण्ड बनाउन सक्ने : (१) व्यावसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजनन् गर्ने, वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रदान गर्ने तथा चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना गर्ने सम्बन्धमा विभागले आवश्यक परे मापदण्ड तयार गरी मन्त्रालय समक्ष पेश गर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश भएको मापदण्ड मन्त्रालयले स्वीकृत गरे पछि लागू हुनेछ ।
३७. अनुसूचीमा संशोधन गर्न सकिने: "मन्त्रालयले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नियमावलीको अनुसूचीमा संशोधन गर्न सक्नेछ ।
३८. मुद्दा हेर्ने अधिकारी: ऐनको दफा ३१ को उपदफा (१) मा उल्लिखित मुद्दा बाहेक ऐन अन्तर्गतको अन्य मुद्दा हेर्ने अधिकार राष्ट्रिय निकुञ्ज, आरक्ष, मध्यवर्ती क्षेत्र र संरक्षण क्षेत्रको हकमा सम्बन्धित संरक्षकलाई हुनेछ ।
३९. खारेजी: शिकार नियमावली, २०२६ खारेज गरिएको छ ।
टिप्पणी:- छिन्न बाँकी मुद्दाहरू गर्ने : यो नियमावली प्रारम्भ हुँदामा बखत मूल नियमावली अन्तर्गत कन्जरभेटर तथा महानिदेशक जिल्ला अधिकारी समक्ष दायर भई छिन्न बाँकी रहेका मुद्दाहरू यो नियमावली प्रारम्भ भएपछि सम्बन्धित डी.एफ.ओ. समक्ष हुनेछ । (दोस्रो संशोधनको नियम ६ अनुसार)
दृष्टव्यः (१) तेस्रो संशोधनद्वारा रूपान्तर गरिएका शब्दहरू :- (क) "वन मन्त्रालय" को सट्टा "वन तथा भू-संरक्षण मन्त्रालय" । (ख) "राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालय" को सट्टा "राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग" । (ग) "डी.एफ.ओ." को सट्टा "जिल्ला वन नियन्त्रक" । (घ) "रेन्जर" को सट्टा "इलाका वन संरक्षक" ।
(२) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरूः- "श्री ५ को सरकार" को सट्टा "नेपाल सरकार"
(३) चौथो संशोधनद्वारा रूपान्तर गरिएका शब्दहरूः- (क) "नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय" को सट्टा "मन्त्रालय", (ख) "राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग" को सट्टा "विभाग"।
४. पाँचौ संशोधनद्वारा मूल नियमावलीमा रूपान्तर भएका शब्दहरूः "प्रमुख" को सट्टा "महानिदेशक" ।
अनुसूची -१ (नियम ९ को उपनियम (१) नियम १०, ११, १२, १५, १६, २१ र २४ सँग सम्बन्धित) दस्तुर
मिति २०७५।६।२९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।
द्रष्टव्य: (क) उल्लिखित दस्तुरमा मूल्य अभिवृद्धि कर समावेश भएको छ । (ख) प्रवेशपत्र वा अनुमतिपत्र नलिई राष्ट्रिय निकुञ्ज, आरक्षभित्र प्रवेश गर्ने वा उपरोक्त बमोजिम कुनै काम गर्ने व्यक्तिलाई तोकिएको दस्तुरमा शत प्रतिशत थप दस्तुर लिई प्रवेशको अनुमति दिइनेछ । (ग) E-Bidding को माध्यमद्वारा प्रतिस्पर्धा गराई बढी बोलकबोल गर्नेलाई पनि तोकिएको कोटाभित्रका मानत तोकिएको वन्यजन्तुको शिकार गराउन अनुमति प्रदान गर्न सकिनेछ । (घ) शिकार टोलीको साथ विभागले एकजना सम्पर्क अधिकारी खटाउनेछ ।
अनुसूची - २ (नियम २२ सँग सम्बन्धित) वैज्ञानिक अनुसन्धानको लागि वन्यजन्तु वा पन्छीहरू (सुरक्षित इन्डेन्जर्स सूचीमा नपरेका मात्र) पक्रन र संकलन गर्न इजाजतपत्र वापतको दस्तुर
अनुसूची -३ (नियम २४ सँग सम्बन्धित) जिल्ला शिकार अनुज्ञापत्रको दरखास्त फाराम
श्री ..............................
................ कार्यालय ............................... जिल्ला ......................... अञ्चल
१. ............. जिल्लाको ......... ब्लक ........ मा शिकार गर्नको लागि जिल्ला शिकार अनुज्ञापत्र पाऊँ ।
विवरण २. शिकार गर्न चाहेको वन्यजन्तु तथा पन्छीहरूको नाम र संख्या: नाम संख्या (क) ................... ............ (ख) ................... ............ (ग) ................... ............ (घ) ................... ............ (ङ) ................... ............
३. शिकार गर्दा प्रयोग गर्ने हातहतियारको विवरण: (क) हातहतियारको किसिम, बोर र कम्पनी ................................ (ख) हातहतियारको इजाजतपत्र (लाइसेन्स) दिने कार्यालयको नाम: .... (ग) इजाजतपत्र (लाइसेन्स) को नं ........................... .........
दरखास्त गर्ने व्यक्तिको सही: ..................... नाम, थर: ..................... ठेगाना (स्थायी): ........... अस्थायी: .......................
मिति: ....................... नागरिकता ............
अनुसूची -४ (नियम २४ सँग सम्बन्धित) शिकार अनुज्ञापत्र (लाइसेन्स दरखास्त फाराम)
श्री .............................. .......... कार्यालय ।
१. ............................... जिल्ला/अञ्चल/वन कार्यालय/शिकार आरक्ष अन्तर्गतको क्षेत्र । ब्लकमा शिकार गर्नको लागि ..... शिकार अनुज्ञापत्र (लाइसेन्स) पाऊँ । २. शिकार गर्न चाहेको वन्यजन्तुको नाम र संख्या (पूरक शिकार अनुज्ञापत्रको निमित्त) विवरण वन्यजन्तुको नाम शिकार गर्न चाहेको संख्या (क) ................... ............ (ख) ................... ............ (ग) ................... ............
३. हातहतियारको विवरण: (क) हातहतियारको किसिम, बोर र कम्पनी ................................ (ख) हातहतियारको इजाजतपत्र (लाइसेन्स) नं ............ दिने कार्यालय .....
४. शिकार क्षेत्रमा लिग्ने हात्ती, घोडा, खच्चर, गधा, बैलगाडा, मोटर तथा अन्य सवारीको संख्या र नम्बर .......................................................... ५. क्याम्प बनाउन चाहेको स्थान ................................................... ६. यो भन्दा अगाडि मिति ......... मा कार्यालयबाट ...........नम्बरको .. अनुज्ञापत्र (लाइसेन्स) प्राप्त गरेकोछु /नथएँ ।
दरखास्त गर्ने व्यक्तिको सही:.. नाम, थर: ..................... नागरिकता: ........ ठेगाना (स्थायी): ........... अस्थायी: .......................
मिति: .......................
अनुसूची -५ (नियम २४ सँग सम्बन्धित) नेपाल सरकार वन मन्त्रालय .................... कार्यालय शिकार अनुज्ञापत्र
१. अनुज्ञापत्र (लाइसेन्स) नं. ............ २. अनुज्ञापत्र (लाइसेन्स) को किसिम ............ ३. (क) अनुज्ञापत्र (लाइसेन्स) प्राप्त गर्ने व्यक्तिको नाम, थर ................... (ख) ठेगाना- स्थायी ....................... अस्थायी ..................... (ग) नागरिकता .....................
४.
५. अनुज्ञापत्र (लाइसेन्स) बहाल रहने अवधि ........ देखि ........ सम्म ६. शिकार गरिने क्षेत्र ....................ब्लक ................................... ७. हातहतियारको किसिम, बोर र कम्पनी .............. इजाजतपत्र (लाइसेन्स) नं. ...... ८. शिकार गर्दा प्रयोग गरिने सवारीको किसिम र संख्या ........... नम्बर (सवारीको) ................... ९. साथमा जाने व्यक्तिको नाम वा संख्या ................... (क)
(ख)
१०. अनुमतिपत्र (लाइसेन्स) बापत प्राप्त भएको दस्तुर ......................... ११. वन्यजन्तु बापत प्राप्त भएको दस्तुर (पुरक शिकार अनुमतिपत्रको लागि) ....
अनुमतिपत्र पाउने व्यक्तिको सही .......... अनुमतिपत्र दिने अधिकारीको सही......
मिति: .......................
द्रष्टव्य:- अनुमतिपत्र प्राप्त व्यक्तिले ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण नियमावली, २०३० को अधिनमा रही शिकार गर्नु पर्नेछ ।
अनुसूची -६ (नियम १५ र १६ सँग सम्बन्धित) पेसेवार शिकारी/शिकारी गाईड अनुज्ञापत्रको दरखास्त फाराम
श्री .............................. .................... कार्यालय ................. .................... जिल्ला......................अञ्चल
विषय:- पेसेवार शिकारी/शिकारी गाईड अनुज्ञापत्र सम्बन्धमा ।
उपरोक्त किसिमको अनुज्ञापत्रको निमित्त देहायको व्यहोरा खुलाई अनुरोध गर्दछु:-
विवरण (पेसेवार शिकारीको निमित्त मात्र)
(१) अनुभव ...................... (२) कार्य सम्बन्धित क्षमताको प्रमाण ............................. (३) आर्थिक स्रोत देखिने प्रमाण .....................
(शिकार गाईडको निमित्त मात्र)
(१) काम गर्ने खोजेको क्षेत्र .................. (२) गाईडको काम गर्ने सक्ने क्षमता सम्बन्धित प्रमाण .....................
दरखास्त गर्ने व्यक्तिको सही ................................ नाम, थर: ..................... ठेगाना /स्थायी: ........... अस्थायी: ....................... नागरिकता ............
मिति: .......................
अनुसूची -७ (नियम १५ र १६ सँग सम्बन्धित) नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय ...................... कार्यालय
पेशाेवार शिकारी/शिकारी गाईड अनुज्ञापत्र
अनुज्ञापत्र नं. .........................
यो पेशेेवार शिकारी/शिकार गाईडको अनुज्ञापत्र ....................बस्ने ....................लाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० अनुसार पेशेेवार शिकारी/शिकार गाईडको काम ........................ जिल्ला/क्षेत्रमा गर्न पाउने गरी प्रदान गरिएको छ ।
अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिको सही अनुज्ञापत्र दिने अधिकृतको सही ................................ नाम........................ दर्जा ......................
मिति: ....................... मिति .......................
अनुसूची -८ (नियम २४ सँग सम्बन्धित) शिकार आरक्षमा शिकार गर्ने इजाजतपत्रको दरखास्त फाराम
श्री .............................. .................... कार्यालय ................. .................... जिल्ला......................अञ्चल
विषय:- शिकार आरक्षमा शिकार गर्ने शिकार आरक्ष इजाजतपत्र सम्बन्धमा ।
--------------- शिकार आरक्षको ब्लक/ क्षेत्र ---------------------- मा शिकार गर्न शिकार आरक्ष इजाजतपत्र (पर्मिट) पाउँ ।
अन्य विवरण: (क) शिकार अनुज्ञापत्रको किसिम ...... (ख) शिकार अनुज्ञापत्र प्रदान गर्ने कार्यालय ......... (ग) शिकार अनुज्ञापत्रको नं ............ (घ) शिकार अनुज्ञापत्र बहाल रहने अवधि ......... देखि ................ सम्म
दरखास्त गर्ने व्यक्तिको सही ................................ नाम, थर: ..................... ठेगाना /स्थायी: ........... अस्थायी: .......................
मिति: ....................... नागरिकता ............
अनुसूची -९ (नियम २१ सँग सम्बन्धित) नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय ...................... कार्यालय शिकार आरक्षमा शिकार गर्ने इजाजतपत्र
इजाजतपत्र पत्र नं. .........................
यो शिकार आरक्षमा गर्ने इजाजतपत्र ..............मिति ...बाट प्राप्त ................ नं. को .... शिकार अनुज्ञापत्र पाउने .................. बस्ने .............. लाई ............. शिकार आरक्षको ....................... ब्लकमा .................... देखि ................मितिसम्म निम्न लेखिएको किसिम र संख्याको वन्यजन्तु वा पन्छीहरू शिकार गर्न प्रदान गरिएको छ ।
वन्यजन्तु वा पन्छीहरूको किसिम संख्या (क) (ख) (ग)
इजाजतपत्र प्राप्त गर्ने व्यक्तिको सही इजाजतपत्र दिने अधिकृतको सही ................................ नाम........................ दर्जा ......................
मिति: ....................... मिति .......................
अनुसूची -१० (नियम २२ सँग सम्बन्धित) वैज्ञानिक नमूनाहरू सङ्कलन गर्न वा वन्यजन्तु वा पन्छी पक्रने इजाजतपत्रको निमित्त दरखास्त फाराम
श्री ......................... .....................................
वन्यजन्तु वा पन्छी पक्रन वा शिकार गर्ने /कीट-किटाणु, माछा वा कुनै प्राकृतिक उपज सङ्कलन गर्ने इजाजतपत्रको निमित्त तल लेखिएको व्यहोरा खुलाई दरखास्त गर्न आएको छु ।
१. दरखास्तवालाको पूरा नाम, थर .......... २. ठेगाना :- (क) स्थायी (ख) अस्थायी
३. नागरिकता ..........................
४. वन्यजन्तु, पन्छी, कीट-किटाणु, वा कुनै प्राकृतिक उपज पक्रन शिकार गर्न वा सङ्कलन गर्नु परेको कारण ................
५. वन्यजन्तु, पन्छी, कीट-किटाणु, माछा वा प्राकृतिक उपज कुनै मान्यता प्राप्त चिडियाखाना वा वैज्ञानिक संस्थाको निमित्त पक्रने वा सङ्कलन गर्ने भए त्यसको नाम, ठेगाना.............
६. पक्रने, सङ्कलन गर्ने आदिको उद्देश्य ......................
७. वन्यजन्तु वा पन्छी पक्रने सम्बन्धमा प्राप्त गरेको अनुभवको छोटकरी विवरण................
८. पक्रन, शिकार गर्न वा सङ्कलन गर्न चाहेको वन्यजन्तु, पन्छी, कीट-किटाणु वा अन्य प्राकृतिक उपजको विवरण:-
दरखास्त गर्ने व्यक्तिको सही ................................
मिति: .......................
अनुसूची -११ (नियम २४ सँग सम्बन्धित) नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय ----------------- कार्यालय वैज्ञानिक नमूनाहरू सङ्कलन गर्ने /वन्यजन्तु पक्रने इजाजतपत्र
इजाजतपत्र नं. --------------------------------
यो इजाजतपत्र------------------------ बस्ने ---------------------- लाई निम्न लेखिए बमोजिम किस्म, संख्या वा परिमाण तल लेखिएको ठाउँ बाट शिकार गर्ने / पक्रने सङ्कलन गर्ने प्रदान गरिएको छ ।
पन्छी/ कीट-किटाणु/ माछा /प्राकृतिक उपजको विस्तृत विवरण
यो इजाजतपत्र ----------- मिति/अवधिसम्मको लागि प्रदान गरिएको छ । शर्तहरू (कुनै भए):- -----
इजाजतपत्र प्राप्त गर्ने व्यक्तिको सही इजाजतपत्र दिने अधिकृतको सही
................................ ................................ नाम: ------------------- दर्जा -------------------- मिति: -------------- मिति: -------------------
अनुसूची -१२ (नियम २८ सँग सम्बन्धित) शिकार रजिस्टर
म ------------------------ बस्ने ---------------------- ले माथि उल्लिखित किसिम र संख्याको वन्यजन्तु वा पन्छीहरू शिकार गरेको ठीक साँचो छ । नियम २८ अनुसार यो शिकार रजिस्टर भरी पेश गरेको छु झुट्ठा ठहरे ऐन बमोजिम सजाय सहुँला ।
शिकार गर्ने व्यक्तिको सही-----
शिकार अनुज्ञापत्रको विवरण-------
अनुज्ञापत्रको किसिम र नं . -----------
अनुज्ञापत्र प्रदान गर्ने कार्यालय ----------
अनुज्ञापत्रको बहाल रहने अवधि --------
मिति: --------------
अनुसूची -१२क. (नियम २९क. सँग सम्बन्धित) नेपाल सरकार ...................... कार्यालय बनेल पक्ने अनुमतिपत्र अनुज्ञापत्र नं. .........................
बनेलको बच्चा पकन -------------------- बस्ने ----- लाई अनुज्ञापत्र प्रदान गरिएको छ ।
१. पक्ने बनेलको बच्चाको संख्या:- २. बनेल पक्ने ठाउँ वा क्षेत्र:- ३. बनेल पकन पाउने अवधि:- ४. अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिको सही:- ठेगाना: स्थायी अस्थायी
अनुज्ञापत्र दिने अधिकृतको:- सही ..................... नाम........................ दर्जा ......................
मिति: ....................... मिति .......................
दोस्रो संशोधनद्वारा थप ।
अनुसूची -१३ (नियम ३० सँग सम्बन्धित) नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय आखेटोपहार निकासी पैठारी व्यापार गर्नको लागि गरिएको सिफारिस पत्र
सिफारिस पत्र पाउनेको नाम, थर .................... सि. नं. ---------------------------------
ठेगाना:- (क) स्थायी (ख) अस्थायी
उपरोक्त व्यक्ति आखेटोपहारको निकासी पैठारी व्यापार गर्न सक्षम देखिएकोले यो सिफारिस पत्र दिइएको छ ।
सिफारिस पत्र बुझिलिनेको सही सिफारिस गर्ने अधिकृतको सही
................................ ................................ नाम: ---------------------- दर्जा: ----------------------
मिति: -------------- मिति: ---------------------
अनुसूची -१४ (नियम ३३ को उपनियम (१) सँग सम्बन्धित) कानूनी स्वामित्वको निस्साको लागि दिनु पर्ने दरखास्तको ढाँचा
श्री --------------------------- ------------------------ कार्यालय जिल्ला ------------------------ अञ्चल -----------------------------
विषय: कानूनी स्वामित्वको निस्सा पाउँ ।
ऐनको दफा १८ बमोजिम मेरो साथमा भएको निम्न विवरण बमोजिमका आखेटोपहार राख्ने निस्सा पाउँ ।
विवरण
दरखास्त दिनेको सही ........... नाम, थर ------------------ ठेगाना:- स्थायी ------------ अस्थायी ---------- नागरिकता:- ---------------
मिति: --------------
⁰ पहिलो संशोधनद्वारा संशोधित ।
अनुसूची -१५ (नियम ३३ को उपनियम (३) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय ---------------- कार्यालय कानूनी स्वामित्वको निस्सा
सि.नं. .
----------------------- बस्ने श्री --------------------- लाई -------------------- कार्यालयबाट प्राप्त गरेको अनुमतिपत्र नं. ------------------- बमोजिम शिकार गरी प्राप्त गरेको आफ्नो साथमा रहेको देहायको विवरण आखेटोपहार राख्न पाउने गरी कानूनी स्वामित्वको निस्सा प्रदान गरिएको छ ।
निस्सा बुझिलिनेको सही ........... निस्सा प्रदान गर्ने अधिकारीको सही.......
मिति: -------------- नाम, थर ------------------
⁰ पहिलो संशोधनद्वारा संशोधित ।
अनुसूची-१६ (नियम ३६ख. को उपनियम (१), (३) र (४) सँग सम्बन्धित) व्यवसायिक रुपमा पालन गर्न सकिने वन्यजन्तु तथा त्यस्ता वन्यजन्तु पालन तथा प्रजनन गर्दा लाग्ने दस्तुर
अनुसूची -१७ (नियम ३६ख. को उपनियम (१) र नियम ३६ग. को उपनियम (१) सँग सम्बन्धित) वन्यजन्तु पालन/ प्रजनन्/ वैज्ञानिक अध्ययन/ अनुसन्धान/ शैक्षिक प्रदर्शनीको लागि विस्तृत कार्ययोजना
(१) व्यक्ति वा संस्थाको नाम:- (२) व्यक्ति वा संस्थाको स्थायी ठेगाना:- (३) संस्था दर्ता वा अधिकारिकताको प्रमाणपत्र वा निस्सा (संस्थाको लागि मात्र):- (४) जग्गा सम्बन्धी विवरण:- (५) उद्देश्य:- (६) भौतिक पूर्वाधार सम्बन्धी विवरण:- (क) इन्क्लोजर (निर्मित वस्तु, लम्बाई, चौडाई र सङ्ख्या):- (ख) भवन (क्षेत्रफल र कोठा सङ्ख्या):- (ग) कम्पाउण्डवाल/बार बन्देज:- (घ) खानेपानीको स्रोत र प्रबन्ध:- (ङ) आहारको व्यवस्था:- (च) वन्यजन्तु क्लिनिक:- (छ) खुल्ला जमिनको क्षेत्रफल:- (ज) क्षेत्रानुसार वनस्पति विवरण:- (७) जनशक्ति विवरण:- (क) प्राविधिक/विज्ञ (पशु चिकित्सक):- (ख) क्युरेटर:- (ग) किपर:- (घ) प्रशासन तथा व्यवस्थापन कर्मचारी:- (ङ) आहार तथा पोषण विज्ञ:- (च) सुरक्षा व्यवस्था:- (८) आर्थिक स्रोत:- (क) लगानी गर्ने निकाय:-
पाँचौ संशोधनद्वारा थप ।
(ख) अनुदान:- (ग) आफ्नै लगानी:- (९) उपकरण र उपचार स्थल:- (क) वन्यजन्तु क्लिनिक:- (ख) एम्बुलेन्स:- (ग) सवारी साधन (जीप, पिकअप):- (घ) डार्ट गन:- (ङ) केज (खोर):- (च) आवश्यकता अनुसारको औषधी व्यवस्थापन र स्रोत:- (१०) सिनो र फोहोर व्यवस्थापन:- (क) पोस्टमार्टम स्थल:- (ख) सिनो व्यवस्थापन:- (ग) फोहोर व्यवस्थापन:- (११) वन्यजन्तुको संरक्षण, संवर्द्धन र विकासका लागि गरिने सहयोगको विवरण (वन्यजन्तुको वैज्ञानिक अध्ययन/ अनुसन्धान/ शैक्षिक प्रदर्शनीको हकमा):- (१२) अन्य:-
®अनुसूची-१८ (नियम ३६ख. को उपनियम (४) सँग सम्बन्धित) नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग व्यवसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजनन्को लागि अनुमतिपत्र
श्री ........................................................................................................................................ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १५क. र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ख. बमोजिम मिति..................को निर्णयानुसार व्यवसायिक रुपमा ........................वन्यजन्तु पालन तथा प्रजनन्को लागि यो अनुमतिपत्र दिइएको छ । शर्त :- (क) (ख) (ग) अनुमतिपत्र दिने अधिकारीको:- दस्तखत: नाम: दर्जा: मिति:
द्रष्टव्य: यो अनुमतिपत्र हराएमा अर्को अनुमतिपत्र लिन रु. ५,०००।- (पाँच हजार) दस्तुर लाग्नेछ ।
अनुसूची -१९ (नियम ३६ग. को उपनियम (५) सँग सम्बन्धित) वैज्ञानिक अध्ययन, अनुसन्धान तथा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रदान गर्दा लाग्ने दस्तुर
अनुसूची -२०
(नियम ३६ग. को उपनियम (५) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
वैज्ञानिक अध्ययन/अनुसन्धान/शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रयोग गर्ने अनुमतिपत्र
श्री .................................................. ........................................................।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०९ को दफा १५ख. र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०० को नियम ६ग. बमोजिम मिति................... को निर्णयानुसार ......................... देहाय बमोजिमको वन्यजन्तु प्रदान गरिएकोले देहायको शर्तको अधीनमा रही वैज्ञानिक अध्ययन/अनुसन्धान/शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रयोग गर्न यो अनुमतिपत्र दिइएको छ।
वन्यजन्तुको विवरण : ........................................ ........................................
शर्त : (क) (ख) (ग)
अनुमतिपत्र दिने अधिकारीको,- दस्तखत: नाम: दर्जा: मिति:
टिप्पणी: यो अनुमतिपत्र हराएमा अर्को अनुमति पत्र लिन रु. ५,०००।- (पाँच हजार) दस्तुर लाग्नेछ।
पाँचौं संशोधनद्वारा थप ।
अनुसूची -२१ (नियम ३६घ. को उपनियम (१) र (२) सँग सम्बन्धित) चिडियाखाना/वन्यजन्तु उद्धार केन्द्र/वन्यजन्तु अस्पताल स्थापना तथा सञ्चालन सम्बन्धी कार्ययोजना
(क) नाम:- (ख) स्थायी ठेगाना:- (ग) संस्था दर्ता तथा नवीकरण प्रमाणपत्र (संस्थाको हकमा):- (घ) कर चुक्ता प्रमाणपत्र:- (ङ) जग्गा सम्बन्धी कागजात:- (च) पूर्वाधार सम्बन्धी विवरण खुल्ने कागजात:- (छ) अनुभव सम्बन्धी कागजात:- (ज) अन्य आवश्यक कागजात:-
(क) चिडियाखाना / प्राणी उद्यान
(ख) वन्यजन्तु, उद्धार केन्द्र र अस्पताल
अनुसूची -२२ (नियम ३६घ. को उपनियम (१) र (२) सँग सम्बन्धित)
चिडियाखाना/वन्यजन्तु उद्धार केन्द्र/वन्यजन्तु अस्पताल स्थापना तथा सञ्चालनको लागि दिने निवेदन
मिति: ....................... श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, ................................................ ।
विषय: चिडियाखाना/वन्यजन्तु उद्धार केन्द्र/वन्यजन्तु अस्पताल स्थापना सम्बन्धमा ।
.....................जिल्ला .............. गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/ महानगरपालिकाको वडा नं. ......... मा चिडियाखाना/वन्यजन्तु उद्धार केन्द्र/वन्यजन्तु अस्पताल स्थापना तथा सञ्चालन गर्ने अनुमतिपत्रको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६घ. बमोजिम सोको कार्ययोजना संलग्न राखी पेश गरेको छु ।
संस्था, निकाय वा स्थानीय तहको छाप निवेदक दस्तखतः- नाम:- स्थायी ठेगाना:-
पाँचौ संशोधनद्वारा थप ।
अनुसूची -२३ (नियम ३६घ. को उपनियम (५) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
चिडियाखाना/वन्यजन्तु उद्धार केन्द्र/वन्यजन्तु अस्पताल स्थापना तथा सञ्चालन सम्बन्धी अनुमतिपत्र
श्री .................................................................................................................................................... ............................................................................................................................................................ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १५ग. र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६घ. बमोजिम मिति.................. को निर्णयानुसार ........................................................................ जिल्ला .............................. गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको ................... क्षेत्रमा चिडियाखाना/वन्यजन्तु उद्धार केन्द्र/वन्यजन्तु अस्पताल स्थापना तथा सञ्चालन गर्न यो अनुमतिपत्र दिइएको छ ।
शर्त:- (क) (ख) (ग)
अनुमतिपत्र दिने अधिकारीको,- दस्तखत: नाम: दर्जा: मिति:
द्रष्टव्य: यो अनुमतिपत्र हराएमा अर्को अनुमतिपत्र लिन रु. ५,०००।- (पाँच हजार) दस्तुर लाग्नेछ ।
नाम: ..................... दर्जा ........... मिति ....................... दर्जा -------------------- मिति: ---------------------