मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५
लालमोहर र प्रकाशन मिति २०५५।१०।२१
२०५५ सालको ऐन नं. २० $\text{⚔}$ मानव शरीरको अङ्ग प्रत्यारोपण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनको लागि मानव शरीरबाट अङ्ग छिक्ने तथा एक मानवको शरीरबाट अङ्ग छिकी अर्को मानवको शरीरमा प्रत्यारोपण गर्ने सम्बन्धी क्रियाकलापलाई नियमित गर्ने तथा मानव शरीरको अङ्ग खरिद बिक्री तथा अन्य कार्यमा प्रयोग गर्ने सम्बन्धी क्रियाकलापलाई निषेध गर्ने व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।
$\text{*}$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $\text{†}$ यो ऐन संवत् २०७५ साल भदौ १५ गतेदेखि प्रारम्भ हुने । $\text{⚔}$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा छिकिएको ।
परिच्छेद–१
संक्षिप्त नाम र प्रारम्भ
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५” रहेको छ । (२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।*
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “मानव शरीर” भन्नाले जीवित वा मृत मानवको शरीर सम्झनु पर्छ । (क१) “मस्तिष्क मृत्यु (ब्रेन डेथ)” भन्नाले मस्तिष्क स्टेम (ब्रेन स्टेम) को मृत्यु सम्झनु पर्छ र सो शब्दले मस्तिष्कको ग्रहण गर्ने (रिसेप्टिभ) र प्रतिक्रिया दिन (रेस्पोन्सिभ) क्रियाकलापमा अप्रत्यावर्तीय क्षति भएको अवस्थालाई समेत जनाउँछ । स्पष्टीकरण : “मस्तिष्क स्टेम (ब्रेन स्टेम)” भन्नाले सेरेब्रम र स्पाइनल कर्डलाई जोड्ने बीचको मिड ब्रेन, पोन्स र मेडुला अब्लङ्गेटा सम्झनु पर्छ । (क२) “अप्रत्यावर्तीय क्षति (इर्रिभर्सिबल ड्यामेज)” भन्नाले मस्तिष्कको क्रियाकलाप पुनः काममा आउन नसक्ने गरी पूर्ण रुपमा क्षति भएको अवस्था सम्झनु पर्छ । (क३) “मन्त्रालय” भन्नाले स्वास्थ्य मन्त्रालय सम्झनु पर्छ । (ख) “अङ्ग” भन्नाले मानव शरीरको कुनै अङ्ग सम्झनु पर्छ र सो शब्दले मानव शरीरका तन्तु (टिस्यु) समेतलाई जनाउँछ । (ग) “अङ्ग प्रत्यारोपण” भन्नाले आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनको लागि एक मानव शरीरको अङ्ग अर्को मानव शरीरमा प्रत्यारोपण गरिने कार्य सम्झनु पर्छ ।
(घ) “अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप” भन्नाले आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनको लागि मानव शरीरबाट अङ्ग झिक्ने, त्यसरी झिकिएको अङ्ग वैज्ञानिक प्रविधि तथा पद्धति अपनाई सुरक्षित किसिमले सञ्चय गर्ने वा अर्को मानवको शरीरमा प्रत्यारोपण गर्ने सम्बन्धी कृयाकलाप सम्झनु पर्छ ।
(ङ) “स्वास्थ्य संस्था” भन्नाले यस ऐन बमोजिम अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप सञ्चालन गर्न पाउने गरी अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्था सम्झनु पर्छ ।
(च) “अनुमतिपत्र” भन्नाले अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप सञ्चालन गर्न दफा ५ बमोजिम दिइने अनुमतिपत्र सम्झनु पर्छ ।
(छ) “व्यक्तिगत इजाजतपत्र” भन्नाले अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्न दफा ८ को उपदफा (१) बमोजिम दिइने व्यक्तिगत इजाजतपत्र सम्झनु पर्छ।
(ज) “चिकित्सक” भन्नाले दफा ८ को उपदफा (२) बमोजिमको योग्यता प्राप्त चिकित्सक सम्झनु पर्छ र सो शब्दले दफा १२ छ. बमोजिमको चिकित्सकको टोलीलाई समेत जनाउँछ ।
(झ) “समिति” भन्नाले दफा १२ बमोजिम गठित अङ्ग प्रत्यारोपण समन्वय समिति सम्झनु पर्छ ।
(ञ) “दाता” भन्नाले अङ्ग दान गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले मृतकको हकमा त्यस्तो मृतकको अङ्ग दान गर्ने निजको परिवारको सदस्यलाई समेत जनाउँछ।
स्पष्टीकरण : “परिवारको सदस्य” भन्नाले प्राथमिकताक्रम अनुसार क्रमशः पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाई, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासु, ससुरा सम्झनु पर्छ ।
$\square$ पहिलो संशोधनद्वारा थप । $\ast$ पहिलो संशोधनद्वारा संशोधित ।
(ट) “अङ्ग ग्रहण गर्ने व्यक्ति” भन्नाले यस ऐन बमोजिम दाताले दान गरेको अङ्ग ग्रहण गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ठ) “नजिकको नातेदार” भन्नाले अङ्ग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाई, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासु, ससूरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजु, बुहारी, मामा, माइजु, भान्जा, भान्जी, साला, साली, फूपु, फूपाजु, आमाजु, भदा, भदै, मिनाजु, ज्वाँई, जेठान सम्झनु पर्छ । तर धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र धर्मपुत्री राख्ने बाबुआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाता सम्बन्धको हकमा कम्तीमा दुई वर्षदेखि अटुट रुपमा नाता सम्बन्ध कायम रही आएको हुनु पर्नेछ ।
(ड) “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियमावलीमा तोकिए बमोजिम सम्झनु पर्छ ।
परिच्छेद–२ अङ्ग प्रत्यारोपण सम्बन्धी अनुमतिपत्र तथा व्यक्तिगत इजाजतपत्र
३. अनुमतिपत्र नलिई अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न नहुने : यस ऐन बमोजिम अनुमतिपत्र नलिई कसैले पनि अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न गराउन हुँदैन।
४. अनुमतिपत्रको लागि दरखास्त दिने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सरकारी अस्पतालले बाहेक अरुले अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न तोकिएको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्रको लागि समिति समक्ष दरखास्त दिनु पर्नेछ।$^१$
५. अनुमतिपत्र दिने : (१) दफा ४ बमोजिम दरखास्त परेमा समितिले तोकिएको प्रक्रिया पूरा गरी दरखास्तवालालाई तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र दिनेछ।
$^१$ नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले मिति २०५८।१०।२२ गतेको नेपाल राजपत्रको सूचनाले मृगौला प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्नका लागि वीर अस्पताललाई तोकेको ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त गर्नको लागि सम्बन्धित दरखास्तवालाले व्यवस्था गर्नु पर्ने भौतिक साधन, जनशक्ति तथा अन्य आवश्यक सुविधाहरु तोकिए बमोजिम हुनेछ।
६. व्यक्तिगत इजाजतपत्र नलिई अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप गर्न नहुने : यस ऐन बमोजिम व्यक्तिगत इजाजतपत्र नलिई कसैले पनि अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप गर्नु हुँदैन।
७. व्यक्तिगत इजाजतपत्रको लागि दरखास्त दिने : अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप गर्न चाहने चिकित्सकले तोकिएको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा व्यक्तिगत इजाजतपत्रको लागि समिति समक्ष दरखास्त दिनु पर्नेछ।
८. व्यक्तिगत इजाजतपत्र दिने : (१) दफा ७ बमोजिम दरखास्त परेमा समितिले तोकिएको प्रक्रिया पूरा गरी दरखास्तवालालाई तोकिए बमोजिमको ढाँचामा व्यक्तिगत इजाजतपत्र दिनेछ। (२) उपदफा (१) बमोजिम व्यक्तिगत इजाजतपत्र लिनको लागि चिकित्सकले प्राप्त गर्नु पर्ने योग्यता तोकिए बमोजिम हुनेछ ।
९. अनुमतिपत्रको अवधि र नवीकरण : (१) अनुमतिपत्रको अवधि दफा १० बमोजिम अगावै खारेज भएमा बाहेक अनुमतिपत्र दिएको मितिले दुई वर्षसम्म कायम रहनेछ । (२) अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा अगावै सम्बन्धित स्वास्थ्य संस्थाले तोकिए बमोजिमको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र नवीकरणको लागि समिति समक्ष दरखास्त दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिम दरखास्त परेपनि समितिले तोकिएको प्रक्रिया पूरा गरी प्रत्येक पटक दुई वर्षसम्मका लागि अनुमतिपत्रको अवधि नवीकरण गरिदिनेछ । (४) उपदफा (३) बमोजिम नवीकरण नगराएको अनुमतिपत्र स्वतः खारेज हुनेछ।
१०. अनुमतिपत्र तथा व्यक्तिगत इजाजतपत्रको खारेजी तथा निलम्बन : (१) स्वास्थ्य संस्था तथा व्यक्तिगत इजाजतपत्र प्राप्त चिकित्सकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत काम गरेमा वा दफा २९ बमोजिम समितिले दिएका आदेश तथा निर्देशनको पालना नगरेमा समितिले त्यस्तो स्वास्थ्य संस्थाको अनुमतिपत्र तथा चिकित्सकको व्यक्तिगत इजाजतपत्र छ महिनासम्मको लागि निलम्बन वा खारेज गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र वा व्यक्तिगत इजाजतपत्र निलम्बन वा खारेज गर्नु अगावै समितिले सम्बन्धित स्वास्थ्य संस्था वा चिकित्सकलाई आफ्नो सफाई पेश गर्ने मुनासिब मौका दिनु पर्नेछ ।
११. पुनरावेदन : (१) दफा १० को उपदफा (१) बमोजिम समितिले दिएको आदेश उपर चित्त नबुझ्ने स्वास्थ्य संस्था वा चिकित्सकले त्यस्तो आदेश भएको मितिले पैंतीस दिनभित्र नेपाल सरकार, स्वास्थ्य मन्त्रालयमा पुनरावेदन दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम परेको पुनरावेदनको सम्बन्धमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले दिएको निर्णय अन्तिम हुनेछ।
परिच्छेद–३ अङ्ग प्रत्यारोपण समन्वय समिति
१२. अङ्ग प्रत्यारोपण समन्वय समिति : (१) यस ऐनमा लेखिएका अन्य काम, कर्तव्य तथा अधिकारका अतिरिक्त अङ्ग प्रत्यारोपण सम्बन्धमा नीति, योजना तथा कार्यक्रम तयार गरी नेपाल सरकारमा पेश गर्नको लागि देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरु भएको एक अङ्ग प्रत्यारोपण समन्वय समिति गठन हुनेछ :– (क) नेपाल सरकारले मनोनीत गरेको वरिष्ठ चिकित्सक — अध्यक्ष (ख) नेपाल सरकारबाट मनोनीत चिकित्सक तीनजना — सदस्य *(ग) प्रतिनिधि, राजपत्रांकित प्रथम श्रेणी वा सो सरह मन्त्रालय — सदस्य *(घ) प्रतिनिधि, कानून, न्याय तथा संसदीय मामला मन्त्रालय — सदस्य (ङ) प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल — सदस्य (च) प्रतिनिधि, नेपाल मेडिकल एशोसिएशन — सदस्य (छ) महानिदेशक, स्वास्थ्य सेवा विभाग — सदस्य-सचिव (२) उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मनोनीत अध्यक्ष तथा सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरु पुनः मनोनयन हुन सक्नेछन् । (३) *
(४) समितिले आवश्यक देखेमा कुनै विशेषज्ञ वा सल्लाहकारलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ । (५) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ। (६) समितिका लागि आवश्यक बजेट नेपाल सरकारले उपलब्ध गराउनेछ । (७) समितिका अध्यक्ष तथा सदस्यहरुको बैठक भत्ता तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ । (८) समितिको सचिवालय नेपाल सरकारको स्वास्थ्य सेवा विभागमा रहनेछ ।
परिच्छेद–३क. मस्तिष्क मृत्यु सम्बन्धी
१२क. स्वास्थ्य परीक्षण गर्नु पर्ने : चिकित्सकले दफा १२ख. को प्रयोजनको लागि कुनै बिरामीको परीक्षण गर्नु अघि त्यस्तो बिरामीको तोकिए बमोजिम प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नु पर्नेछ।
१२ख. मस्तिष्कको पूर्ण क्षति भए नभएको अवस्था यकिन गर्नको लागि परीक्षण गर्न सक्ने : (१) चिकित्सकले कुनै बिरामीमा देहायको अवस्था विद्यमान भएमा मात्र त्यस्ता बिरामीको मस्तिष्कको पूर्ण क्षति भए वा नभएको अवस्था यकिन गर्नको लागि स्वास्थ्य परीक्षण गर्न सक्नेछ :– (क) अप्रत्यावर्तनिय क्षति भएको, (ख) मस्तिष्क स्टेममा कुनै प्रतिक्रिया नभएको, (ग) बिरामीको शरीरमा प्राकृतिक रुपमा स्वास प्रश्वास नभएको । (२) उपदफा (१) बमोजिम स्वास्थ्य परीक्षण गर्नको लागि चिकित्सकले बिरामीको परिवारको कुनै सदस्यको लिखित सहमति लिनु पर्नेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएका भए तापनि उपदफा (१) बमोजिम स्वास्थ्य परीक्षण गर्नु पर्ने बिरामीको परिवारको कुनै सदस्य उपलब्ध नभएमा वा बेवारिसे
बिरामीको हकमा चिकित्सकले सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुख र जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरको प्रतिनिधिको रोहबरमा बिरामीको स्वास्थ्य परीक्षण गर्नु पर्नेछ । (४) उपदफा (१) बमोजिमको स्वास्थ्य परीक्षण सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखबाटै गरिने भएमा सो स्वास्थ्य संस्थाका अन्य वरिष्ठ चिकित्सकलाई उपदफा (३) बमोजिम रोहबरमा राख्नु पर्नेछ । (५) चिकित्सकले उपदफा (१) बमोजिम गरेको स्वास्थ्य परीक्षणबाट बिरामीको मस्तिष्कको अप्रत्यावतनिय क्षति भएको, मस्तिष्क स्टेममा प्रतिक्रिया नभएको तथा बिरामीको शरीरमा प्राकृतिक रुपमा श्वास प्रश्वास भएको नदेखिएमा मस्तिष्क मृत्यु भएको सुनिश्चित गर्न त्यसरी स्वास्थ्य परीक्षण गरेको छ घण्टापछि बिरामीको पुनः स्वास्थ्य परीक्षण गर्नु पर्नेछ । १२ग. स्वास्थ्य परीक्षण गर्न नहुने : दफा १२ख. मा जुनसुकै कुरा लेखिएको भए तापनि चिकित्सकले देहायको कुनै अवस्थामा बिरामीको मस्तिष्कको पूर्ण क्षति भए वा नभएको अवस्था यकिन गर्नको लागि बिरामीको स्वास्थ्य परीक्षण गर्नु हुँदैन :– (क) रोगको निदान नभएको, (ख) बिरामीको शरीरमा न्यूनतम तापक्रम पैंतीस डिग्री सेल्सियस भन्दा कम भएको, (ग) बिरामीको शरीरमा न्यूनतम रक्तचाप (सिस्टोलिक नब्बे मिलिमिटर मर्करीभन्दा कम) भएको, (घ) बिरामीको आन्तरिक ग्रन्थीमा असन्तुलन भएको, (ङ) बिरामी लट्ठ पार्ने औषधीको प्रयोगबाट मुच्छा न परेको । स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “लट्ठ पार्ने औषधी” भन्नाले लागू औषध, निद्रा लगाउने औषधी, अचेत पार्ने औषधी वा मांसपेशी लट्ठ्याउने औषधी सम्झनु पर्छ । १२घ. मस्तिष्क मृत्युको घोषणा गर्ने : (१) दफा १२ख. को उपदफा (५) बमोजिम गरिएको स्वास्थ्य परीक्षणबाट समेत बिरामीको मस्तिष्कको मृत्यु भएको देखिएमा चिकित्सकले त्यस्तो बिरामीको मस्तिष्क मृत्यु भएको घोषणा गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मस्तिष्क मृत्यु भएको घोषणा गरिसकेपछि त्यस्तो बिरामीको मृत्यु भएको मानिनेछ । (३) मस्तिष्क मृत्युको घोषणा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१२ढ. मस्तिष्क मृत्युको जानकारी गराउनु पर्ने : (१) दफा १२घ. बमोजिम मस्तिष्क मृत्युको घोषणा गर्नु अघि चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण सम्बन्धी यथार्थ विवरण सहित बिरामीको मस्तिष्क मृत्यु भएको जानकारी निजको परिवारका सदस्यलाई गराउनु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बिरामीको परिवारको सदस्य उपलब्ध नभएको वा बेवारिसे बिरामीको हकमा चिकित्सकले दफा १२घ. बमोजिम बिरामीको मस्तिष्क मृत्युको घोषणा गरी सो को जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालय र मन्त्रालयलाई गराउनु पर्नेछ ।
१२च. चिकित्सकको योग्यता : देहाय बमोजिमको योग्यता भएको चिकित्सक मात्र मस्तिष्क मृत्युको घोषणा गर्ने काममा संलग्न हुन सक्नेछ :– (क) चिकित्सा विज्ञानमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सो विषयसँग सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको, (ख) नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ चिकित्सकको रुपमा स्थायी दर्ता भएको, (ग) नेपाली नागरिक ।
१२छ. चिकित्सकको टोलीद्वारा स्वास्थ्य परीक्षण गर्नुपर्ने : यस परिच्छेद बमोजिम बिरामीको स्वास्थ्य परीक्षण तथा बिरामीको मस्तिष्क मृत्युको घोषणा गर्दा दफा १२च. बमोजिम योग्यता पुगेका चिकित्सकहरुमध्ये बिरामीको उपचारमा संलग्न बिरामीको रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सक सहित कम्तीमा एकजना एनेस्थेसियोलोजीष्ट वा इन्टेन्सिभिष्ट रहेको चिकित्सकको टोलीबाट गर्नु पर्नेछ ।
१२ज. स्वास्थ्य संस्थामा हुनुपर्ने पूर्वाधार : तोकिए बमोजिमका पूर्वाधार भएका स्वास्थ्य संस्थामा मात्र दफा १२क. र १२ख. बमोजिम बिरामीको स्वास्थ्य परीक्षण गर्न सकिनेछ ।
१२झ. मस्तिष्क मृत्युको घोषणा गर्न वा अङ्ग प्रत्यारोपणको कार्यमा संलग्न हुन नपाउने : यस ऐन बमोजिम अङ्ग प्रत्यारोपण गर्ने शल्य चिकित्सक मस्तिष्क मृत्युको घोषणा गर्ने कार्यमा र मस्तिष्क मृत्युको घोषणा गर्ने चिकित्सक अङ्ग प्रत्यारोपणको कार्यमा संलग्न हुन पाउने छैन ।
(खाली पृष्ठ)
परिच्छेद–४ अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप
१३. अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्न नहुने : अङ्ग खरिद बिक्री गर्ने वा त्यस्तै प्रकारका अन्य कामको प्रयोजनको लागि अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्नु हुँदैन ।
१४. अङ्ग छिन्न तथा अङ्ग प्रत्यारोपण गर्न सकिने : यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनको लागि मात्र मानव शरीरबाट अङ्ग छिन्न र एक मानव शरीरबाट अङ्ग छिनी अर्को मानव शरीरमा प्रत्यारोपण गर्न सकिनेछ ।
१४क. अङ्ग दान दिन सक्ने :(१) देहायको व्यक्तिले बिरामीलाई आफ्नो अङ्ग दान दिन सक्नेछ :– (क) बिरामीको नजिकको नातेदार, (ख) दुई वा दुईभन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नु पर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रुपमा एक अर्काको परिवारको सदस्यले ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिमको अवस्थामा अङ्ग दान दिने वा अङ्ग ग्रहण गर्न चाहने व्यक्तिले सो व्यहोरा खोली स्वीकृतिको लागि तोकिए बमोजिमको समिति समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राप्त भएको निवेदनको व्यहोरा जाँचबुझ गर्दा मनासिब देखिएमा सो समितिले सम्बन्धित व्यक्तिहरुलाई अङ्ग दान वा अङ्ग ग्रहण गर्न स्वीकृति दिन सक्नेछ ।
(४) उपदफा (१) को खण्ड (ख) बमोजिम अङ्ग प्रत्यारोपण गर्ने कार्य समानान्तर रुपमा शल्यचिकित्सा गरी एकै पटक गर्नु पर्नेछ ।
१५. जीवित व्यक्तिको शरीरबाट अङ्ग छिक्न सक्ने : (१) यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही देहायको अवस्थामा मात्र जीवित व्यक्ति (दाता) को शरीरबाट अङ्ग छिकी त्यस्तो अङ्ग सम्बन्धित बिरामीको शरीरमा प्रत्यारोपण गर्न सकिनेछ । (क) कुनै बिरामीको शरीरको कुनै अङ्ग काम नलाग्ने गरी नासिएको छ र त्यस्तो बिरामीको जीवन रक्षाको लागि निजको शरीरको नासिएको अङ्गको सट्टा अर्को अङ्ग प्रत्यारोपण गर्न आवश्यक छ भनी कम्तीमा दुई जना सम्बन्धित चिकित्सकहरुले प्रमाणित गरिदिएको, (ख) खण्ड (क) बमोजिमको बिरामीलाई दाताले आफ्नो निजको नातेदारको सहमति सहित स्वेच्छाले अङ्ग दान गर्न लिखित मञ्जुरी दिएको, (ग) खण्ड (ख) बमोजिम स्वेच्छाले अङ्ग दान गर्न मञ्जुरी दिने दाता अठार वर्ष उमेर पूरा भएको, (घ) खण्ड (ख) बमोजिम मञ्जुरी दिने दाताको शरीरको जोडी अङ्ग मध्ये कुनै एक अङ्ग छिक्दा दाता त्यसै को कारणले तत्कालै नमर्ने र स्थायी रुपबाट अशक्त वा अपाङ्ग नहुने भनी कम्तीमा दुईजना सम्बन्धित चिकित्सकहरुले प्रमाणित गरिदिएको, (ङ) दाताको शरीरबाट छिक्न खोजिएको तन्तु पुनरिविकास हुन सक्ने भनी कम्तीमा दुईजना सम्बन्धित चिकित्सकहरुले प्रमाणित गरिदिएको । (२) यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही अठार वर्ष उमेर पूरा नभएको व्यक्तिको शरीरमा कुनै तन्तु पुनरिविकास हुन सक्ने भनी कम्तीमा दुईजना सम्बन्धित चिकित्सकहरुले प्रमाणित गरिदिएमा त्यस्तो व्यक्तिको शरीरबाट उक्त तन्तु छिक्न यस दफाले कुनै बाधा पुर्याएको मानिने छैन । (३) कुनै व्यक्तिको उपचारको सिलसिलामा निजको शरीरमा रहेको काम नलाग्ने अङ्ग छिकेर फ्याँक्न यस दफाले कुनै बाधा पुर्याएको मानिने छैन । (४) उपदफा (१) को खण्ड (ख) बमोजिम सहमति तथा मञ्जुरी दिने सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(५) उपदफा (१) को खण्ड (ख) बमोजिम दिएको मञ्जुरी दाताले चाहेमा फिर्ता लिन सक्नेछ । (६) उपदफा (५) बमोजिम दाताले मञ्जुरी फिर्ता लिएमा अङ्ग ग्रहण गर्ने व्यक्तिले दाता उपर कुनै प्रकारको क्षतिपूर्ति दावी गर्न पाउने छैन ।
१६. मृत व्यक्तिको शरीरबाट अङ्ग छिक्न सकिने : (१) यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही देहायको अवस्थामा मात्र कुनै मृत व्यक्तिको शरीरबाट अङ्ग छिक्न वा त्यसरी छिकिएको अङ्ग अन्य कुनै व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिनेछ :– (क) जुन व्यक्तिको शरीरबाट अङ्ग छिक्ने हो सो व्यक्तिको मस्तिष्क मृत्यु भइसकेको सम्बन्धित चिकित्सकले घोषणा गरेको, (ख) मृत्यु पश्चात् दफा १४ को प्रयोजनको लागि आफ्नो अङ्ग दान गर्न चाहने व्यक्तिले जानीबुझि स्वेच्छाले लिखित मञ्जुरी दिएको, (ग) खण्ड (ख) बमोजिम मञ्जुरी नभएको अवस्थामा मृतकको परिवारको कुनै सदस्यले मृतकको शरीरको अङ्ग दान गर्न लिखित मञ्जुरी दिएको । तर मृतकले जीवित छँदै आफ्नो शरीरको अङ्ग दान नगर्ने लिखित रुपमा इच्छा व्यक्त गरेको भए परिवारको सदस्यले त्यस्तो मृतकको शरीरको अङ्ग दान गर्न सक्ने छैन । (२) उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम मञ्जुरी दिने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।
१६क. सब परीक्षण गर्नु अघि अङ्ग छिक्न सक्ने : प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि मृतकको दुर्घटनाबाटै मृत्यु भएको कुरामा तोकिए बमोजिमको समिति विश्वस्त भएमा सो समितिको स्वीकृतिमा मृतकको सब परीक्षण गर्नु अघि निजको शरीरबाट अङ्ग छिक्न सकिनेछ ।
१७. मृत व्यक्तिको शरीरको अङ्ग प्रत्यारोपण गर्न नहुने : दफा १६ वा १६क. मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्तव्य वा आत्महत्याद्वारा वा शङ्कास्पद अवस्थामा मृत्यु भएको
व्यक्तिको सब परीक्षणमा असर पर्न सक्ने गरी कुनै पनि मृत व्यक्तिको शरीरबाट अङ्ग चिकी अर्को मानव शरीरमा प्रत्यारोपण गर्न हुँदैन । तर त्यस्तो मृत व्यक्तिको सब परीक्षण वा अन्य कुनै अनुसन्धानको प्रयोजनको लागि अङ्ग चिक्न यस दफाले कुनै बाधा पुर्याएको मानिने छैन ।
१७क. प्राथमिकताको सूची बनाउनु पर्ने : स्वास्थ्य संस्थाले मृतकको शरीरबाट चिकाएको अङ्ग प्रत्यारोपण गर्ने प्रयोजनको लागि अङ्ग ग्रहण गर्ने व्यक्तिको तोकिए बमोजिम प्राथमिकताक्रमको सूची बनाई अद्यावधिक गरी राख्नु पर्नेछ ।
१७ख. समन्वय इकाई तोक्ने : (१) दफा १२घ. बमोजिम मस्तिष्क मृत्युको घोषणा भएका व्यक्तिको अङ्ग चिक्ने, चिकाएका अङ्गलाई सुरक्षित रुपमा राख्ने, अङ्ग प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको अभिलेख दुरुस्त राख्ने तथा प्राप्त अङ्गलाई तोकिए बमोजिमको प्राथमिकताक्रम अनुसार वितरण गर्ने व्यवस्था मिलाउने प्रयोजनका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समन्वय इकाई तोक्नेछ । (२) उपदफा (१) बमोजिम समन्वय इकाई नतोकिएसम्म मानव अङ्ग प्रत्यारोपण केन्द्र, भृकुटीले समन्वय इकाईको काम गर्नेछ । (३) कुनै अस्पताल वा स्वास्थ्य केन्द्रको दफा १२घ. बमोजिम कुनै व्यक्तिको मस्तिष्क मृत्युको घोषणा गरेमा समन्वय इकाईलाई तुरुन्त जानकारी गराउनु पर्नेछ । (४) उपदफा (३) बमोजिमको जानकारी प्राप्त हुन आएमा समन्वय इकाईले सम्बन्धित स्वास्थ्य संस्थासँग अङ्ग प्रत्यारोपण गर्नको लागि समन्वय गर्नु पर्नेछ । (५) मस्तिष्क मृत्युको घोषणा गर्ने सम्बन्धित अस्पताल वा स्वास्थ्य केन्द्रले समन्वय इकाईलाई अङ्ग चिक्ने व्यवस्थाको लागि आवश्यक पर्ने भौतिक सुविधा तथा जनशक्ति उपलब्ध गराउनु पर्नेछ । (६) समन्वय इकाईको अन्य कार्य तोकिए बमोजिम हुनेछ ।
१७ग. रकम उपलब्ध गराउन सक्ने : दफा १२घ. बमोजिम मस्तिष्क मृत्युको घोषणा भएको व्यक्तिको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप भए पश्चात् मस्तिष्क मृत्युको घोषणा गर्ने अस्पताल वा स्वास्थ्य केन्द्र, अङ्ग प्रत्यारोपण गर्ने स्वास्थ्य संस्था र मस्तिष्क मृत्युको घोषणा
भएको व्यक्तिको परिवारको सदस्यलाई नेपाल सरकारले तोकिए बमोजिमको रकम उपलब्ध गराउन सक्नेछ ।
१८. सम्भावित खतराप्रति सजग गराउनु पर्ने : यस ऐन बमोजिम चिकित्सकले अङ्ग चिक्दा तथा अङ्ग प्रत्यारोपण गर्दा दाता र अङ्ग ग्रहण गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गरी त्यसबाट निजहरुको स्वास्थ्यमा पर्न सक्ने सम्भावित असर तथा खतराप्रति दुवै पक्षलाई जानकारी गराउनु पर्नेछ ।
१९. अङ्ग ग्रहण गर्ने व्यक्तिको मञ्जुरी हुनु पर्ने : (१) यस ऐन बमोजिम अङ्ग प्रत्यारोपण गर्दा अङ्ग ग्रहण गर्ने व्यक्तिको पनि मञ्जुरी हुनु पर्नेछ । (२) अङ्ग ग्रहण गर्ने व्यक्ति नाबालक तथा निर्णय गर्न नसक्ने अवस्थाको भएमा त्यस्तो व्यक्तिको तर्फबाट निजको नजिकको नातेदारले त्यस्तो मञ्जुरी दिन सक्नेछ ।
२०. मञ्जुरी बिना अङ्ग प्रत्यारोपण गर्न सकिने : दफा १९ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा *अङ्ग ग्रहण गर्ने व्यक्तिको परिवारका सदस्यको मञ्जुरी नभए तापनि अङ्ग प्रत्यारोपण गर्न सकिनेछ :– (क) अङ्ग ग्रहण गर्ने व्यक्ति बेवारिस भएमा, (ख) अङ्ग ग्रहण गर्ने व्यक्तिको नजिकको नातेदारलाई उचित समयमा सूचना दिई मञ्जुरी लिन नसकिने भएमा, (ग) खण्ड (क) र (ख) बमोजिमको अवस्थामा तत्काल अङ्ग प्रत्यारोपण नगरेमा त्यस्तो व्यक्तिको मृत्यु हुन सक्ने सम्भावना भएमा ।
२१. लागत खर्च तथा सेवा शुल्क : स्वास्थ्य संस्थाले यस ऐन बमोजिम अङ्ग प्रत्यारोपण गर्दा अङ्ग ग्रहण गर्ने व्यक्तिबाट लागत खर्च तथा सेवा शुल्क लिन सक्नेछ । तर, (क) त्यस्तो सेवा शुल्कको दर समितिबाट स्वीकृत भएको हुनु पर्नेछ । (ख) त्यस्तो सेवा शुल्कको दर समितिले निर्देश गरे बमोजिम प्रकाशन गरेको हुनु पर्नेछ । (ग) त्यस्तो सेवा शुल्कको दर उचित र मनासिब हुनु पर्नेछ ।
२२. अङ्ग झिक्दा वा अङ्ग प्रत्यारोपण गर्दा अपनाउनु पर्ने प्राविधिक कुराहरु : यस ऐन बमोजिम अङ्ग झिक्दा वा झिकेको अङ्गको सुरक्षित रुपमा संचय गर्दा वा अङ्ग प्रत्यारोपण गर्दा अपनाउनु पर्ने आधुनिक चिकित्साशास्त्र सम्बन्धी प्राविधिक कुराहरु तोकिए बमोजिम हुनेछ ।
परिच्छेद–५ अपराध र दण्ड सजाय
२३. अङ्ग प्रत्यारोपण सम्बन्धी अपराध : *दफा १२क., १२ख., १२ग., १२घ., १२ङ., १२च., १२छ., १२ज., १२झ., १३, १४, १५, १६ र १७ मा उल्लिखित व्यवस्था विपरीत हुने गरी कसैले कसैको अङ्ग झिकेमा वा त्यसरी झिकेको अङ्ग कसैलाई प्रत्यारोपण गरेमा वा अन्य काममा प्रयोग गरेमा वा त्यस्तो कार्यमा प्रत्यक्ष रुपमा संलग्न भएमा यस ऐन बमोजिम अपराध गरेको मानिनेछ ।
२४. दण्ड सजाय : (१) दफा २३ बमोजिमको अपराध गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ । (२) स्वास्थ्य संस्था बाहेक अन्य स्थानमा दफा २३ बमोजिमको अपराध गर्ने व्यक्तिलाई उपदफा (१) बमोजिम हुने सजायमा थप एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ । (३) व्यक्तिगत इजाजतपत्र नलिएको व्यक्तिले स्वास्थ्य संस्था बाहेक अन्य स्थानमा दफा २३ बमोजिमको अपराध गरेको भए त्यस्तो व्यक्तिलाई उपदफा (१) बमोजिम हुने सजायमा थप दुई वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना हुनेछ । (४) दफा २३ बमोजिमको अपराध भएको अवस्थामा *अङ्ग झिक्ने जीवित व्यक्ति सोही चोट पीरको कारणले तीन महिनाभित्र मरेमा त्यस्तो अपराध गर्ने व्यक्तिलाई $\times$ ............ $\mu$जन्म कैद हुनेछ ।
* पहिलो संशोधनद्वारा संशोधित । $\times$ पहिलो संशोधनद्वारा झिकेको । $\mu$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४
(५) उपदफा (१), (२), (३) र (४) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित व्यवस्था विपरीत अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
२५. उद्योग गरेमा हुने सजाय : दफा २३ बमोजिमको अपराध गर्नलाई सम्पूर्ण तयारी पूरा भएको तर अपराध भने हुन नपाएको अवस्थामा त्यस्तो अपराधको उद्योग गरेको मानिनेछ र त्यस्तो उद्योग गर्ने व्यक्तिलाई दफा २४ बमोजिम हुने सजायको आधा सजाय हुनेछ ।
२६. मतियारलाई हुने सजाय : दफा २३ बमोजिमको अपराध हुने कार्यमा प्रत्यक्ष रुपमा संलग्न हुने व्यक्ति बाहेक त्यस्तो अपराध गर्न सहयोग पुर्याउने व्यक्तिलाई मतियार मानिनेछ र मतियारलाई अभियुक्तलाई हुने सजायको आधा सजाय हुनेछ ।
२७. विज्ञापन तथा प्रचार प्रसार गर्न नहुने : (१) अङ्ग उपलब्ध गराउन सकिने वा अङ्ग आवश्यक भएको भन्ने बारेमा कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सञ्चार माध्यमबाट विज्ञापन तथा प्रचार प्रसार गर्न गराउन हुँदैन । तर अङ्ग प्रत्यारोपण सम्बन्धी प्राविधिक ज्ञान दिने दिलाउने उद्देश्यले तत्सम्बन्धी सूचनाहरु प्रवाह गर्न यस दफाले कुनै बाधा पुर्याएको मानिने छैन । (२) उपदफा (१) विपरीत विज्ञापन प्रकाशन गर्ने सञ्चार संस्था, प्रकाशक र सम्पादक तथा प्रसारण गर्ने संस्था र प्रसारकलाई तोकिएको अधिकारीले पच्चीस हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । (३) उपदफा (२) बमोजिम तोकिएको अधिकारीले गरेको जरिवाना उपर चित्त नबुझ्नेले त्यस्तो जरिवाना भएको थाहा पाएको मितिले ३५ दिनभित्र पुनरावेदन अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।
परिच्छेद–६ विविध
२८. निरीक्षण : (१) स्वास्थ्य संस्था तथा व्यक्तिगत इजाजतपत्र प्राप्त चिकित्सकले अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा दफा २९ बमोजिम दिइएको आदेश तथा निर्देशनहरु पालना गरे नगरेको सम्बन्धमा समितिबाट अधिकार प्राप्त अधिकारीले निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण गर्ने अधिकारीले आफूले गरेको निरीक्षणको प्रतिवेदन समिति समक्ष पेश गर्नु पर्नेछ ।
२९. आदेश तथा निर्देशन दिन सक्ने : (१) दफा २८ बमोजिम अधिकार प्राप्त अधिकारीले निरीक्षण गरेको अवस्थामा वा अन्य जुनसुकै अवस्थामा समितिले स्वास्थ्य संस्था तथा व्यक्तिगत इजाजतपत्र प्राप्त चिकित्सकलाई अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने सम्बन्धमा आवश्यक आदेश तथा निर्देशन दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम समितिले आदेश तथा निर्देशन दिँदा खासगरी देहायको विषयमा दिनेछ :– (क) चिकित्सा शास्त्रको सिद्धान्त अनुसार अङ्ग प्रत्यारोपण गर्दा अपनाउनु पर्ने प्राविधिक विषयको सम्बन्धमा । (ख) अङ्ग प्रत्यारोपण गर्दा आवश्यक पर्ने भौतिक स्रोत साधन तथा जनशक्ति सम्बन्धमा । (ग) अङ्ग प्रत्यारोपणको लागि मानव शरीरबाट झिकिएको अङ्गलाई वैज्ञानिक प्रविधि तथा पद्धति अपनाई सुरक्षित रुपमा सम्बन्धमा । (घ) अङ्ग प्रत्यारोपण गर्दा अपनाउनु पर्ने न्यूनतम सुरक्षा व्यवस्थाको सम्बन्धमा । (ङ) अङ्ग प्रत्यारोपण सम्बन्धी प्राविधिक विषयका सूचनाहरु प्रवाह गर्ने सम्बन्धमा । (३) उपदफा (२) बमोजिम समितिले दिएको आदेश तथा निर्देशनहरुको पालना गराउनु सम्बन्धित स्वास्थ्य संस्था तथा व्यक्तिगत इजाजतपत्र प्राप्त चिकित्सकको कर्तव्य तथा दायित्व हुनेछ ।
३०. बयान दिन कर नलाग्ने : स्वास्थ्य संस्था वा व्यक्तिगत इजाजतपत्र प्राप्त चिकित्सक तथा उक्त संस्था वा चिकित्सकसँग सम्बन्धित व्यक्तिहरुले यस ऐन बमोजिम सञ्चालन गरेको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलापको बारेमा प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारी समक्ष बाहेक अन्यत्र कसैलाई बयान दिन कर लाग्ने छैन ।
३१. वार्षिक प्रतिवेदन : (१) प्रत्येक स्वास्थ्य संस्थाले अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलापको सम्बन्धमा यस ऐन बमोजिम सम्पादन गरेको कामको विवरण तोकिएको ढाँचामा तयार गरी प्रत्येक वर्ष समिति समक्ष पेश गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम स्वास्थ्य संस्थाले पेश गरेको प्रतिवेदनको सम्बन्धमा समितिले आफ्नो मूल्याङ्कन र सो सम्बन्धमा नेपाल सरकारले अपनाउनु पर्ने नीति तथा कार्यक्रम बारे सुझाव सहितको प्रतिवेदन प्रत्येक वर्ष नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
३२. नेपाल सरकार वादी हुने : यो ऐन अन्तर्गतका मुद्दाहरु नेपाल सरकार वादी भई दायर गरिने छन् र ती मुद्दाहरु $\text{^}$मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची–१ मा समावेश भएको मानिनेछ ।
३३. सम्पर्क मन्त्रालय : समितिले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
३४. नियम बनाउन सक्ने : यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
$\text{^}$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित ।
द्रष्टव्य :- (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । (२) पहिलो संशोधनद्वारा रुपान्तर गरिएका शब्दहरु – ”स्वास्थ्य मन्त्रालय” र “नेपाल सरकार, स्वास्थ्य मन्त्रालय” को सट्टा ”मन्त्रालय” । (३) न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तर गरिएका शब्दहरु :– ”पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत” ।