राजपत्रमा प्रकाशित मिति
प्रहरी ऐन, २०१२ को दफा ३९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “राष्ट्रिय सतर्कता प्रहरी नियमावली, २०७१” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले प्रहरी ऐन, २०१२ सम्झनु पर्छ। (ख) “केन्द्र” भन्नाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम स्थापित राष्ट्रिय सतर्कता केन्द्र सम्झनु पर्छ। (ग) “प्रमुख” भन्नाले केन्द्रको प्रमुख पदमा कार्यरत नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी सम्झनु पर्छ। (घ) “प्रहरी कर्मचारी” भन्नाले नियम ३ बमोजिमको सेवामा रहेको प्रहरी कर्मचारी सम्झनु पर्छ।
(ङ) “प्रहरी परिवार” भन्नाले प्रहरी कर्मचारीसँग बस्ने तथा निज आफैले पालनपोषण गर्नुपर्ने पति, पत्नी, छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले पुरुष र अविवाहित महिला प्रहरी कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहित महिला प्रहरी कर्मचारीको हकमा निजको सासू, ससुरालाई समेत जनाउँछ।
(च) “बढुवा समिति” भन्नाले नियम ९ बमोजिमको बढुवा समिति सम्झनु पर्छ।
(छ) “विभागीय मन्त्री” भन्नाले केन्द्रको कार्यभार हेर्ने जिम्मेवारी पाएको मन्त्री सम्झनु पर्छ।
(ज) “सेवा” भन्नाले ऐनको दफा ३ बमोजिमको प्रहरी फोर्स अन्तर्गत गठित राष्ट्रिय सतर्कता प्रहरी सेवा सम्झनु पर्छ।
परिच्छेद–२ सेवाको गठन तथा सञ्चालन
३. सेवाको गठन: (१) केन्द्रको काम कारबाही सुचारु रुपमा सञ्चालन गर्नका लागि एक राष्ट्रिय सतर्कता प्रहरी सेवा गठन गरिएको छ।
(२) यो नियमावली प्रारम्भ हुँदाका बखत केन्द्रमा कार्यरत प्रहरी कर्मचारी यो नियमावली प्रारम्भ भएपछि स्वतः सेवामा समूहिकृत हुनेछन्।
४. श्रेणी र पद: (१) सेवामा देहाय बमोजिम श्रेणी र पदहरू रहने छन्:–
(२) प्रहरी नायब उपरीक्षक
तृतीयः प्रहरी निरीक्षक
(ख) राजपत्र अनंकितः प्रहरी नायब निरीक्षक
(२) यो नियमावली प्रारम्भ भएपछि केन्द्रमा नयाँ पद सृजना वा दर्ता गरिने छैन ।
५. प्रमुखको मातहतमा रहनेः (१) प्रहरी कर्मचारी प्रमुखको मातहतमा रहनेछन् ।
(२) प्रमुखले विभागीय मन्त्रीको प्रत्यक्ष निर्देशन तथा नियन्त्रणमा रही यस नियमावली र अन्य कानून बमोजिम केन्द्रको प्रहरी प्रशासनको प्रमुखको रुपमा समेत काम सम्पादन गर्नेछ ।
६. सेवाको सञ्चालनः प्रहरी कर्मचारीको सेवाको सञ्चालन राष्ट्रिय सतर्कता केन्द्रबाट हुनेछ ।
७. प्रहरी कर्मचारीको काम र कर्तव्यः (१) प्रमुखको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा रही ऐन र यस नियमावली बमोजिम काम गर्नु प्रत्येक प्रहरी कर्मचारीको कर्तव्य हुनेछ ।
(२) यस नियमावलीमा अन्यत्र लेखिएका अतिरिक्त प्रहरी कर्मचारीको अन्य काम र कर्तव्य देहाय बमोजिम हुनेछः–
(क) प्रहरी आचरण तथा अनुशासनमा रहने,
(ख) तोकिएको जिम्मेवारी उच्च मनोबल र कुशलतापूर्वक निर्वाह गर्ने,
(ग) प्रमुखले दिएको आदेश तदारुताका साथ कार्यान्वयन गर्ने,
(घ) प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य काम गर्ने, गराउने ।
परिच्छेद–३ पदपूर्ति तथा बढुवा सम्बन्धी व्यवस्था
८. पदपूर्तिः (१) सेवाको रिक्त पदमा यस नियमावली बमोजिम बढुवाद्वारा पदपूर्ति गरिनेछ ।
(२) केन्द्रले बढुवाद्वारा पदपूर्ति गर्नका लागि सम्भाव्य उम्मेदवारहरुको सूची तयार गरी बढुवा समिति समक्ष पठाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम बढुवा भएपछि रिक्त हुन आउने पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार नभएमा त्यस्तो पद स्वतः खारिज भएको मानिनेछ।
९. बढुवा समिति: राष्ट्रिय सतर्कता प्रहरी सेवाको देहायका पदमा बढुवाको सिफारिस गर्न केन्द्रमा देहाय बमोजिमका बढुवा समिति रहनेछन्ः–
(क) प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक पदका लागिः–
(१) केन्द्र प्रमुख — अध्यक्ष (२) प्रतिनिधि, राजपत्राङ्कित प्रथम श्रेणी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय — सदस्य (३) केन्द्रका प्रहरी नायब महानिरीक्षक र निज नभए केन्द्रमा कार्यरत सहसचिवमध्ये प्रमुखले तोकेको एकजना — सदस्य सचिव
(ख) प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार पदका लागिः–
(१) प्रमुखले तोकेको केन्द्रमा कार्यरत सहसचिव वा प्रहरी नायब महानिरीक्षक — अध्यक्ष (२) प्रमुखले तोकेको केन्द्रका प्रहरी उपरीक्षक वा प्रहरी नायब उपरीक्षक — सदस्य (३) प्रमुखले तोकेको केन्द्रको उपसचिव — सदस्य सचिव
१०. बढुवाको लागि दरखास्त आह्वान: (१) बढुवा समितिले नियम ८ को उपनियम (२) बमोजिम केन्द्रबाट पदपूर्ति को लागि माग भई आएपछि बढुवाको लागि दरखास्त आह्वान गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बढुवाको लागि दरखास्त आह्वानको सूचना प्रकाशन गर्दा त्यस्तो सूचनामा रिक्त पद संख्या, दरखास्त दिने म्याद, दरखास्त दस्तुर,
दरखास्त पेश गर्नु पर्ने स्थान, दरखास्तको ढाँचा, दरखास्तसाथ संलग्न गर्नु पर्ने कागजात लगायत अन्य आवश्यक विवरण समेत खुलाउनु पर्नेछ।
११. बढुवाका लागि उम्मेदवार हुन चाहिने सेवा अवधिः (१) सेवाको रिक्त पदमा बढुवाका लागि उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तल्लो श्रेणी वा तल्लो श्रेणीको पदमा चार वर्ष काम गरेको हुनु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी नायब महानिरीक्षक पदमा बढुवा हुनका लागि नियमबमोजिमको सेवा अवधि आवश्यक छैन।
(३) उपनियम (२) बमोजिम बढुवाका लागि न्यूनतम सेवा अवधि आवश्यक नपर्ने प्रहरी नायब महानिरीक्षकको पदको लागि सोभन्दा तल्लो पदमा तीन वर्ष अवधि पुगेको भए पछिल्लो तीन वर्ष र तीन वर्ष अवधि नपुगेको भए बहाल रहेको पदभन्दा एक तह मुनिको पदमा कार्यरत रहेको नोकरी अवधिमध्ये पछिल्ला वर्षहरूको समेत जम्मा तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनबाट प्राप्त अंकको औसत अंक गणना गरिनेछ।
१२. बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन नपाउनेः नियम ११ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवधिभर कुनै पनि प्रहरी कर्मचारी बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैनः–
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर, (ख) बढुवा रोक्का भएकोमा बढुवा रोक्का भएको अवधिभर, (ग) तलब वृद्धि रोक्का भएकोमा तलब वृद्धि रोक्का भएको अवधिभर, (घ) तल्लो पदमा घटुवा भएकोमा घटुवा भएको मितिले दुई वर्षसम्म, (ङ) खाइपाई आएको तलब वृद्धि घटुवा भएको वा ज्येष्ठता सहितका सुरु स्केलमा घटुवा भएकोमा त्यस्तो घटुवा भएको मितिले एक वर्षसम्म, (च) बहाल रहेको पदमा तीन पटकभन्दा बढी नसिहत पाएको भए अन्तिम पटक नसिहत पाएको मितिले एक वर्षसम्म।
१३. बढुवाको आधारः (१) बढुवा समितिले बढुवाको सिफारिसको लागि कार्यक्षमता बापत देहाय बमोजिम बढीमा एक सय अंक दिनेछः–
(क) कार्यसम्पादन मूल्याङ्कन बापत ४०
(ख) ज्येष्ठता बापत २५
(ग) भौगोलिक क्षेत्रमा काम गरेको अनुभव बापत ८
(घ) शैक्षिक योग्यता बापत १०
(ङ) विभूषण (मानपदवी, अलंकार तथा पदक) बापत २
(च) तालिम बापत ७.५
(छ) बढुवा समितिले दिने अङ्क ७.५
(२) उपनियम (१) को खण्ड (क) बमोजिम कार्यसम्पादन मूल्याङ्कन बापत अङ्क गणना गर्दा विज्ञापन दिएको अघिल्लो असार मसान्त सम्मको हिसाबले र अन्य अङ्क गणना गर्दा बढुवाको दरखास्त दिने अन्तिम म्यादसम्म हासिल गरेको अङ्क गणना गरिन्छ।
(३) प्रहरी कर्मचारीको कार्यक्षमताको मूल्याङ्कन गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीलाई सबैभन्दा पहिले बढुवा गरिन्छ।
(४) उपनियम (३) बमोजिम बढुवा गर्दा कार्यक्षमताको मूल्याङ्कन समान अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीको हकमा ज्येष्ठताको आधारमा बढुवा गरिन्छ र त्यस्ता प्रहरी कर्मचारीको ज्येष्ठता निर्धारण गर्दा देहायको आधारमा गरिन्छः–
(क) हाल बहाल रहेको श्रेणीको पदमा नियुक्ति वा बढुवाको निर्णय भएको मितिको आधारमा,
(ख) खण्ड (क) बमोजिम ज्येष्ठता छुट दिएमा सोभन्दा एक तह मुनिको श्रेणीमा नियुक्ति वा बढुवाको निर्णय भएको मितिको आधारमा।
(५) बढुवा समितिले बढुवाको लागि सिफारिस गरेको प्रहरी कर्मचारीको नामावली र निजले प्राप्त गरेको कुल प्राप्ताङ्क सहितको सिफारिसको सूचना सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ।
१४. कार्यसम्पादन बापतको अङ्क: (१) प्रहरी कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कन गर्न अनुसूची–१ बमोजिमको ढाँचाको फारम प्रयोग गरिन्छ।
(२) कार्यसम्पादन मूल्याङ्कनको कुल अङ्कको विभाजन देहाय बमोजिम हुनेछः–
(क) सुपरीवेक्षकले दिनसक्ने अधिकतम अङ्क २०
(ख) पुनरावलोकनकर्ताले दिनसक्ने अधिकतम अङ्क १०
(ग) पुनरावलोकन समितिले दिनसक्ने अधिकतम अङ्क १०
(३) देहायका पदका प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका लागि देहाय बमोजिम सुपरीवेक्षक, पुनरावलोकनकर्ता तथा पुनरावलोकन समिति रहनेछः–
(४) कार्यसम्पादन मूल्याङ्कन फाराम भर्दा वा मूल्याङ्कन गर्दा अनुसूची–१ को खण्ड(च) मा उल्लेखित निर्देशिका अनुरूप गर्नु पर्नेछ।
(५) प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्न उपनियम (३) बमोजिम तोकिएको कुनै अधिकृत केन्द्रमा कार्यरत नरहेको अवस्थामा प्रमुखले तोकेको समान तहको कुनै अधिकृतले सुपरीवेक्षक वा पुनरावलोकनकर्ता वा पुनरावलोकन समितिको सदस्यको रूपमा कार्य गर्नेछ।
(६) कार्यसम्पादनको मूल्याङ्कनको अङ्क गणना गर्दा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा अवधि आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्राप्त गरेको अङ्कको औसतबाट हिसाब गरिनेछ।
(७) वैदेशिक अध्ययन वा वैदेशिकतालीममा गएको वा निलम्बन भई निलम्बन फुकुवा भएकोमा त्यस्तो अवधिको कार्यसम्पादन मूल्याङ्कन बापत त्यस्तो अध्ययन वा तालीममा जानु भन्दा वा निलम्बन हुनु भन्दा तत्काल अघिल्लो वर्षको कार्यसम्पादन मूल्याङ्कन भएको रहेछ भने सोही वर्षको र त्यस्तो कार्यसम्पादन मूल्याङ्कन भएको रहेनछ भने हाजिर भएपछि भएको कार्यसम्पादन मूल्याङ्कनमा जति अङ्क पाएको छ सोही अनुपातमा नै अङ्क गणना गरिनेछ।
१५. जेष्ठता बापतको अङ्क: प्रहरी कर्मचारीलाई जेष्ठता बापतको अङ्क दिँदा हाल बहाल रहेको पदमा काम गरेको प्रत्येक वर्षका लागि २.५ अङ्क दरले बढीमा २५ अङ्क दिइनेछ।
तर, (१) एक वर्षभन्दा बढी चार महिना वा दिनका लागि समानुपातिक रूपमा अङ्क दिइनेछ। (२) गयलकट्टी भएको अवधिको जेष्ठता बापतको अङ्क दिइने छैन।
१६. भौगोलिक क्षेत्रमा काम गरेको अनुभव बापतको अङ्क: (१) प्रहरी कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको अनुभव बापतको अङ्क प्रदान गर्दा अनुसूची–२ मा उल्लेख भए बमोजिम भौगोलिक क्षेत्रलाई क्रमशः “क”, “ख”, “ग”, “घ” र “ङ” गरी पाँच वर्गमा
बिभाजन गरी वार्षिक रुपमा काम गरेको अनुभव बापत आठ अङ्क नबढ्ने गरी देहाय बमोजिम अङ्क दिइनेछः–
(क) “क” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १.५ अङ्क दरले। (ख) “ख” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १.४ अङ्क दरले। (ग) “ग” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १.३ अङ्क दरले। (घ) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १.२ अङ्क दरले। (ङ) “ङ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १ अङ्क दरले।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी कर्मचारीले कुनै एक भौगोलिक क्षेत्रमा कम्तीमा नवै दिन वा सोभन्दा बढी अवधि रुजु हाजिरई काम गरेको भए सो अवधिको लागि सोही भौगोलिक क्षेत्रमा काम गरे बापत पाउने अङ्कको समानुपातिक रुपमा हिसाब गर्दा हुने अङ्क दिइनेछ।
(३) पुनर्बहाली भएको भए वा निलम्बित भई त्यस्तो निलम्बित फुक्वा भएको प्रहरी कर्मचारीको हकमा निज रुजु हाजिर नभएको अवधिको भौगोलिक क्षेत्रमा काम गरे बापतको कुनै अङ्क दिइने छैन।
(४) अध्ययन बिदा वा तीन महिना वा सो भन्दा बढी अवधिको लागि वैदेशिक तालीममा जाने प्रहरी कर्मचारीलाई “ङ” वर्गको लागि तोकिएको अङ्कको आधा अङ्क दिइनेछ।
(५) भौगोलिक क्षेत्रमा काम गरे बापत पाउने अङ्क जुन श्रेणीमा बढुवा हुने हो सो श्रेणीभन्दा एक श्रेणी मुनिको पदमा प्राप्त गरेको भए मात्र गणना गरिनेछ।
(६) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका बखत कुनै प्रहरी कर्मचारीले प्राप्त गरिसकेको भौगोलिक क्षेत्र बापतको अङ्क घट्ने छैन।
१७. शैक्षिक योग्यता बापतको अङ्क: (१) बढुवाको लागि प्रहरी कर्मचारीलाई निजले हासिल गरेको शैक्षिक योग्यताको आधारमा देहाय बमोजिम बढीमा १० अङ्क दिइनेछः–
शैक्षिक योग्यता | प्रथम श्रेणी | द्वितीय श्रेणी | तृतीय श्रेणी
(क) हाल बहाल रहेको पदमा नयाँ नियुक्ति गर्दा आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता वापत ८ ७.७५ ७.५
(ख) न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो तहको शैक्षिक योग्यता वापत २ १.७५ १.५०
(ग) बढुवाद्वारा हालको पदमा बहाल रहेको प्रहरी कर्मचारीको हकमा खण्ड (ख) बमोजिमको शैक्षिक योग्यता नभएमा सो भन्दा एक तह सुनिको शैक्षिक योग्यता वापत ७ ६ ५
(२) श्रेणी उल्लेखको प्रमाणपत्रको हकमा नेपाल सरकारले तोकेको विश्वविद्यालयद्वारा स्तर निर्धारण गरेको भए सोही श्रेणी अनुसार र स्तर निर्धारण नगरगरको भए द्वितीय श्रेणी सरहको अङ्क दिइनेछ ।
(३) प्रहरी नायब उपरीक्षक वा सोभन्दा माथिको पदमा बढुवाका लागि शैक्षिक योग्यतको अङ्क गणना गर्दा प्रहरी निरीक्षक पदको निमित्त आवश्यक पर्ने शैक्षिक योग्यतालाई नै न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
१८. बिभूषण (मानपदवी, अलंकार र पदक) वापत दिइने अङ्क: (१) प्रहरी कर्मचारीलाई बिभूषण वापत अङ्क दिँदा जुन पदमा छँदा बिभूषण प्राप्त गरेको हो सोभन्दा माथिल्लो पदमा हुने बढुवाको प्रयोजनको लागि बढीमा २ अङ्क दिइनेछ ।
(२) बिभूषण वापत देहायको अङ्क दिइनेछः–
(क) मानपदवी वापत – २
(ख) अलंकार वापत – १.५
(ग) वीरता पदक वा सौर्य पदक वापत – १
(३) यस नियम बमोजिम बिभूषण वापत सम्बत् २०६५ साल भन्दा पछि प्राप्त गरेको बिभूषण वापत मात्र अङ्क दिइनेछ ।
१९. तालीम वापतको अङ्क: (१) प्रहरी कर्मचारीलाई सेवासँग सम्बन्धित कुनै दुई तालीम वापत देहायबमोजिम बढीमा ७.५ अङ्क दिइनेछ:–
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पन्ध्र दिनभन्दा कम अवधिको तालीमको लागि कुनै अङ्क दिइने छैन ।
(३) प्रहरी कर्मचारीले लिएको तालीमको श्रेणी नखुलेको भए निजलाई द्वितीय श्रेणी बराबरको अङ्क दिइनेछ ।
(४) हाल कार्यरत पदमा लिएको तालीम वापतको अङ्क एक श्रेणी माथिको बढुवाको लागि मात्र गणना गरिनेछ ।
२०. बढुवा समितिले दिने अङ्क: बढुवा समितिले नियम १३ को उपनियम (१) को खण्ड (छ) बमोजिम अङ्क दिँदा अनुसूची–३ मा उल्लेख भएबमोजिम मूल्याङ्कन गरी सोही आधारमा दिनेछ ।
२१. नियुक्ति गर्ने अधिकारी: (१) देहायका प्रहरी कर्मचारीको बढुवा नियुक्ति गर्ने अधिकार देहायबमोजिमका अधिकारीलाई हुनेछ:–
(क) प्रहरी वरिष्ठ उपरी र प्रहरी नायब महानिरीक्षकको पदमा – नेपाल सरकार (ख) प्रहरी नायब निरीक्षकदेखि प्रहरी उपरीक्षकको पदमा – प्रमुख
(२) उपनियम (१) बमोजिम नियुक्ति गर्दा बढुवा समितिले गरेको सिफारिसको आधारमा सिफारिस प्राप्त भएको मितिले एक्काइस दिनभित्र बढुवा नियुक्ति दिनु पर्नेछ ।
२२. बढुवा समितिको सचिवालय: बढुवा समितिको सचिवालयको काम केन्द्रले गर्नेछ ।
२३. प्राप्ताङ्क उपलब्ध गराउने: बढुवाको लागि सम्भावित उम्मेदवारले आफूले प्राप्त गरेको अङ्क हेर्न माग गरेमा कार्यसम्पादन मूल्याङ्कन वापत प्राप्त गरेको र बढुवा समितिले प्रदान गरेको अङ्क बाहेकको अङ्क निजलाई उपलब्ध गराइनेछ ।
२४. बढुवाको उजूरी: (१) बढुवा समितिले गरेको बढुवाको सिफारिसमा चित्त नबुझ्ने प्रहरी कर्मचारीले बढुवाको सिफारिस भएको मितिले पन्ध्र दिनभित्र देहाय बमोजिमको समिति समक्ष उजूरी दिन सक्नेछ:–
(क) नेपाल सरकारको मुख्य सचिव – अध्यक्ष (ख) सचिव (कानून), प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य (ग) प्रतिनिधि, राजपत्राङ्कित प्रथम श्रेणी, लोक सेवा आयोग – सदस्य
(२) उपनियम (१) बमोजिमको समितिले उजूरी प्राप्त भएपनि उजूरी गर्ने म्याद सकिएको सात दिन भित्र बढुवा समितिको राय प्रतिक्रिया र उजूरीसँग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवालयमा लेखी पठाउनु पर्नेछ । त्यसरी लेखी आएमा बढुवा समितिको सचिवालयले तीन दिनभित्र आफ्नो राय प्रतिक्रिया सहित उजूरीसँग सम्बन्धित कागजात उजूरी सुन्ने समिति समक्ष पठाउनु पर्नेछ ।
(३) बढुवाको उजूरी सुन्ने समितिले बढुवा समितिले गरेको सिफारिसमा लिइएका बढुवा आधारको मूल्याङ्कन गर्दा कुनै कारण वा आधार खुलाउनु पर्नेमा सो नखुलाएको भए सो खुलाई पेश गर्न वा कुनै उम्मेदवारले यस नियमावली बमोजिम प्राप्त गर्नुपर्ने अङ्क प्राप्त नगरेको वा प्राप्त गर्ने अङ्क प्राप्त गरेको आधारमा बढुवा समितिको सिफारिस संशोधन गराउनु पर्ने देखिएमा सो समेत गरी बढुवा समिति समक्ष लेखी पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको बढुवाको उजूरी सुन्ने समितिबाट बढुवा समितिले गरेको सिफारिसमा संशोधन भएमा त्यसरी संशोधन भई कायम भएको योग्यताक्रम अनुसारको बढुवाको सूची बढुवा समितिले प्रकाशन गर्नु पर्नेछ ।
(५) उपनियम (१) बमोजिमको उजूरी परेमा उजूरी गर्ने म्याद समाप्त भएको मितिले एक्काइस दिनभित्र टुङ्गो लगाई सक्नु पर्नेछ ।
(६) यस नियम बमोजिम परेको उजुरीको टुङ्गो लागेपछि मात्र बढुवा समितिको सिफारिस कार्यान्वयन गरिन्छ ।
(७) उपनियम (१) बमोजिम पठाएका उजुरी झुट्टा ठहरिएमा उजुरी पठाउने बढुवामा त्यस्तो उजुरीकर्ताको पहिलो पटकको उजुरी भए दुई अङ्ग र दोस्रो पटकको उजुरी भए तीन अङ्ग काटिन्छ ।
(८) उपनियम (१) बमोजिमको उजुरी सुन्ने समितिको सचिवालयको काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ ।
२५. पदस्थापनाः यस नियमावली बमोजिम बढुवाबाट सिफारिस भएका प्रहरी कर्मचारीको पदस्थापना गर्दा प्रहरी कर्मचारीको शैक्षिक योग्यता, तालीमस्तर, ज्ञान, सीप, कार्यदक्षता, शारीरिक क्षमता, वैयक्तिक रुचि र चाहनालाई ध्यान दिइनेछ ।
२६. बढुवा सम्बन्धी कागजात धुल्याउनेः बढुवा सम्बन्धी सम्पूर्ण कार्य प्रक्रिया पूरा भएको तीन वर्षपछि बढुवा सिफारिसको निर्णय बाहेक अन्य बढुवा सम्बन्धी अन्य कागजातहरू धुल्याउन सकिनेछ ।
तर कुनै बढुवाको सम्बन्धमा अदालतमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा त्यस्तो बढुवा सम्बन्धी कागजातहरू मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म धुल्याउन हुँदैन ।
परिच्छेद ४ हाजिरी र बिदा सम्बन्धी व्यवस्था
२७. बिदा नलिई अनुपस्थित हुना पाइएनः (१) प्रहरी कर्मचारीले मुनासिब माफीको कारण परेमा बाहेक बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुनु हुँदैन ।
(२) निर्धारित समयमा कार्यालयमा नआउने वा कार्यालय समयमा स्वीकृति नलिई कार्यालय छाड्ने प्रहरी कर्मचारीलाई प्रमुखले गयल कट्टी गरी तलब कट्टी गर्न सक्छन् ।
(३) उपनियम (२) बमोजिम गयल कट्टी गरिएको अवधि सेवा अवधिमा गणना हुने छैन ।
२८. बिदाः प्रहरी कर्मचारीले देहाय बमोजिम बिदा पाउनेछः–
(क) भैपरि आउने बिदा, (ख) घर बिदा, (ग) बिरामी बिदा, (घ) किरिया बिदा, (ङ) प्रसुति बिदा, (च) प्रसुति स्याहार बिदा, (छ) अध्ययन बिदा।
२९. भैपरि आउने बिदा: (१) प्रहरी कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन भैपरि आउने बिदा लिन सक्नेछ। यस्तो बिदा साधारणतयाः एक पटकमा चार दिनसम्म लिन पाइनेछ।
(२) भैपरि आउने बिदामा बस्ने प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ।
(३) भैपरि आउने बिदा आधा दिन (दैनिक कार्यालय समयको आधा समय) पनि लिन सकिनेछ।
(४) एक वर्षको भैपरि आउने बिदा सञ्चित गरी अर्को वर्ष लिन पाइने छैन।
(५) बिदा स्वीकृत गर्ने अधिकारीले प्रहरी कर्मचारीको मौखिक अनुरोधमा पनि भैपरि आउने बिदा स्वीकृत गरिसक्नेछ।
३०. घर बिदा: (१) प्रहरी कर्मचारीले बाह्र दिन काम गरेको अवधिको एक दिनका दरले प्रत्येक वर्ष तीस दिन घर बिदा पाउनेछ।
स्पष्टीकरण: यो नियमको प्रयोजनको निमित्त “काम गरेको अवधि” भन्नाले सो अवधिभित्र लिएको भैपरि आउने बिदा, बिरामी बिदा, प्रसुति बिदा, प्रसुति स्याहार बिदा, किरिया बिदा र सार्वजनिक बिदालाई समेत जनाउनेछ।
(२) प्रहरी कर्मचारीले आफूले पाएको घर बिदा एक सय असी दिनसम्म सञ्चित गरी राख्न पाउनेछ।
(३) प्रहरी कर्मचारीले वर्षको एक पटक घर बिदा लिई घर जाँदा र घर बिदा भुक्तान गरी घरबाट आफ्नो कार्यालयमा आउँदा पैदल हिँड्नु पर्ने भएमा आट कोसको निमित्त एक दिनको दरले र सार्वजनिक यातायात प्रयोग गर्दा बाटोको लागि जति दिन लाग्ने हो त्यति दिन बाटोको भत्ता पाउनेछ।
(४) घर बिदामा बसेको प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ।
(५) निलम्बनमा रहेको प्रहरी कर्मचारीले निलम्बन अवधिभरको घर बिदा पाउने छैन।
३१. बिरामी बिदाः (१) प्रहरी कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन बिरामी बिदा पाउनेछ।
(२) पाँच दिनभन्दा बढी अवधिको बिरामी बिदा माग्न ग्राहक प्रहरी कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ।
त्यस्तो प्रमाणपत्र पेश गर्न सम्भव छैन भन्ने भए बिदा दिने अधिकारीलाई विश्वास भएमा निजले सो व्यहोरा जनाई प्रमाणपत्र बिना नै बिदा स्वीकृत गर्न सक्नेछ।
(३) कुनै ठूलो वारु वा रोग लागी उपचार गर्न सञ्जित घर बिदा र बिरामी बिदाबाट नपुग्ने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरी त्यस्तो प्रहरी कर्मचारीले पनि पाउने घर बिदा वा बिरामी बिदाबाट बढी हुने गरी पैँतालीस दिनसम्म पनि बिरामी बिदा पेश्कीको रूपमा लिन सक्नेछ। त्यसरी पेश्की बिदा लिई बसेको प्रहरी कर्मचारीले पूरा तलब पाउनेछ।
(४) निलम्बनमा रहेको प्रहरी कर्मचारीले सो अवधिभरको बिरामी बिदा पाउने छैन।
३२. किरिया बिदाः (१) कुनै प्रहरी कर्मचारीले कुल धर्म अनुसार आफैं किरिया बस्नु परेमा वा त्यस्तो प्रहरी कर्मचारीको बाबु, आमा, बाजे, बज्यै, छोरा, छोरी वा सासू ससुरको मृत्यु भएमा वा पुरुष प्रहरी कर्मचारीको हकमा निजको पत्नीको मृत्यु भएमा पन्ध्र दिन किरिया बिदा पाउनेछ। महिला प्रहरी कर्मचारीको हकमा निजको पतिले किरिया बस्नु परेमा निजलाई त्यति नै दिन किरिया बिदा दिइनेछ।
(२) किरिया बिदामा बस्दा प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ।
(३) उपनियम (१) बमोजिम बिदा लिने प्रहरी कर्मचारीले कार्यालयमा हाजिर भएको पन्ध्र दिनभित्र मृत व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र र मृत व्यक्तिसँगको नाता प्रमाणित पेश गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्रमाणपत्र पेश नगर्ने प्रहरी कर्मचारीको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिन्छ।
३३. प्रसुति बिदा: (१) महिला प्रहरी कर्मचारी गर्भवती भएमा निजले सुत्केरी हुनुभन्दा अघि वा सुत्केरी भएपछि गरी साठी दिन प्रसुति बिदा लिन पाउनेछ।
(२) प्रसुति बिदा बस्ने महिला प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ।
(३) उपनियम (१) बमोजिम प्रसुति बिदा लिएको महिला प्रहरी कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टी नगरी थप तीन महिनासम्म बेतलबी प्रसुति बिदा लिन सक्नेछ। त्यस्तो बिदा लिँदा उपनियम (१) बमोजिमको बिदासँग लगातार रूपमा लिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम बेतलबी बिदामा बसेको अवधि सेवा अवधिमा जोडिन्छ।
३४. प्रसुति स्याहार बिदा: (१) कुनै पुरुष प्रहरी कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले पत्नी सुत्केरी हुनुभन्दा अघि वा सुत्केरी भएपछि गरी पन्ध्र दिन प्रसुति स्याहार बिदा लिन पाउनेछ।
(२) प्रसुति स्याहार बिदा सेवा अवधिभरमा दुई पटक मात्र लिन पाइनेछ।
(३) प्रसुति स्याहार बिदामा बस्ने प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ।
(४) प्रसुति स्याहार बिदा लिएको प्रहरी कर्मचारीले बिदा लिएको मितिले तीन महिनाभित्र बच्चाको जन्मदर्ता प्रमाणपत्र केन्द्रमा पेश गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिमको अवधिभित्र प्रमाणपत्र पेश नगर्ने प्रहरी कर्मचारीको त्यस्तो अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिन्छ।
(६) प्रसुति विदा तथा प्रसुति स्याहार विदामा बसेका प्रहरी कर्मचारीलाई बढीमा दुईवटा बच्चाको लागि जनही एकमुष्ट पाँचहजार रुपैयाँ र्शिु स्याहार भत्ता दिइनेछ।
३५. अध्ययन विदा: (१) केन्द्रलाई उपयोगी र आवश्यक पर्ने विषयमा नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमा नेपाल सरकारबाट मनोनयन भई अध्ययन गर्न जाने प्रहरी कर्मचारीले अध्ययन अवधिभर अध्ययन विदा पाउन सक्नेछ।
(२) प्रहरी कर्मचारीले सेवा अवधि भरमा एक पटक वा पटक पटक गरी तीन वर्षसम्म अध्ययन विदा पाउनेछ।
तर नेपाल सरकारले आवश्यक ठानेमा अध्ययन विदाको अवधिमा दुई वर्ष थप गर्न सक्नेछ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अध्ययनको निमित्त मनोनयन भई अध्ययन विदा लिई गएको प्रहरी कर्मचारीलाई थप विषयमा अध्ययन गर्न वा थप उपाधि हासिल गर्नका निमित्त अध्ययन विदा थपिने छैन।
(४) अध्ययन विदामा बसेको प्रहरी कर्मचारीले पूरा तलब पाउनेछ।
(५) केन्द्रलाई उपयोगी र आवश्यक पर्ने विषयमा प्रमुखको सिफारिसमा नेपाल सरकारको पूर्व स्वीकृति लिई निजी खर्चमा अध्ययन गर्न जाने प्रहरी कर्मचारीलाई उपनियम (२) बमोजिम अध्ययन विदा दिन सकिनेछ।
(६) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (५) बमोजिम अध्ययन विदामा बस्ने प्रहरी कर्मचारीले अध्ययन विदामा रहेको अवधिको तलब पाउने छैन।
(७) पाँच वर्षको सेवा अवधि नपुगेको प्रहरी कर्मचारीले अध्ययन विदा पाउने छैन।
(८) अध्ययन विदा लिनु वा तालीममा जाने प्रहरी कर्मचारीले अध्ययन वा तालीम गर्न जानु अघि त्यस्तो अध्ययन वा तालीम पूरा गरी फर्केर आएपछि आफ्नो सेवामा देहाय बमोजिमको अवधिसम्म अनिवार्य रूपमा सेवा गर्ने कबुलियतनामा गर्नुपर्नेछ:–
(ग) नौ महिनासम्म दुई वर्ष
(घ) एक वर्षसम्म तीन वर्ष
(ङ) दुई वर्षसम्म पाँच वर्ष
(च) तीन वर्षसम्म छ वर्ष
(छ) चार वर्षसम्म सात वर्ष
(ज) पाँच वर्षसम्म आठ वर्ष
(९) अध्ययन वा तालीममा गई फर्केको प्रहरी कर्मचारीले उपनियम (८) बमोजिमको अवधिसम्म सेवा नगरेमा अध्ययन बिदा वा तालीम काज अवधिमा पाएको तलब, अध्ययनको लागि नेपाल सरकारको तर्फबाट खर्च व्यहोराएको भए सो खर्च तथा कबुलियतनामामा उल्लेख भएका अन्य रकम समेत निजबाट बाँकी सरकारी बाँकी सरह असुल उपर गरिनेछ।
तर नियम ७१ बमोजिम अनिवार्य अवकाश पाएको कारण उक्त अवधिसम्म सेवा गर्न नपाउने प्रहरी कर्मचारीबाट त्यस्तो रकम असुल गरिने छैन।
(१०) कुनै योजना वा कार्यक्रमको कार्यान्वयन गर्नको निमित्त अत्यावश्यक तालीमको लागि नेपाल सरकारले कुनै प्रहरी कर्मचारीलाई मनोनयन गरेमा त्यस्तो तालीम अवधिभर निजलाई काजको रूपमा पठाइनेछ र सो अवधिभर निजले पूरा तलब पाउनेछ।
तर त्यस्तो काज तालीमको लागि मात्र दिइनेछ र कुनै पनि प्रहरी कर्मचारीलाई शैक्षिक उपाधि हासिल गर्नका लागि तालीम काज दिइने छैन।
(११) प्रहरी कर्मचारीलाई अध्ययनको लागि एकपटक बेतलबी अध्ययन बिदा स्वीकृत गरी सकेपछि सो बिदाको अवधिलाई तलबी अध्ययन बिदामा परिणत गरिने छैन।
३६. बिदा दिने अधिकारीः प्रहरी कर्मचारीको बिदा स्वीकृत गर्ने अधिकार प्रमुख वा निजले तोकेको अधिकृतलाई हुनेछ।
३७. बिदा लिने कार्यविधिः (१) बिदा लिन चाहने प्रहरी कर्मचारीले आफूलाई चाहिएको बिदाको अवधि, कारण र बिदेश जानुपर्ने भए सो समेत खोली रीतपूर्वकको दरखास्त बिदा स्वीकृत गर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम विदाको लागि درخواست प्राप्त भएपछि बिदा दिने अधिकारीले सम्बन्धित प्रहरी कर्मचारीको बिदाको अभिलेख एवं अन्य परिस्थितिको समेत विचार गरी बिदा स्वीकृत वा अस्वीकृतको निर्णय गरी सो को सूचना सम्बन्धित प्रहरी कर्मचारीलाई दिनु पर्नेछ।
(३) देहाय बमोजिमका कुरामा बिदा दिने अधिकारीलाई चित्त बुझेमा निजले बिदाका लागि درخواست परेको मितिभन्दा अगाडि देखि लागू हुने गरी बिदा स्वीकृत गर्न सक्नेछः–
(क) बिदा दिने अधिकारीको पूर्व स्वीकृति लिनु सम्भव थिएन भने, वा (ख) पूर्व स्वीकृतिको लागि निवेदकले सक्भर प्रयास गरेको थियो भने।
३८. बिदाको अभिलेखः बिदा स्वीकृत गर्ने अधिकारीले यस नियमावली बमोजिम बिदा स्वीकृत गरेपछि सोको अभिलेख अद्यावधिक गरी राख्न वा लागू गर्नुपर्नेछ।
३९. सञ्चित बिदाको रकम पाउनेः (१) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकोमा बाहेक अन्य कुनै कारणले प्रहरी कर्मचारी सेवाबाट अलग भएमा निजको सञ्चित घर बिदा र बिरामी बिदा बापत निज पदाधिकार रहेको पदबाट खाईपाई आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ।
(२) सञ्चित रहेको बिदाको रकम लिन नपाउँदै कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित बिदाको रकम नियम ७७ को उपनियम (१) बमोजिम उपदान वा निवृत्तभरण पाउने ইহারएका व्यक्तिले लिन पाउनेछ।
४०. सार्वजनिक बिदा गनिनेः भैपरी आउने बिदा, घर बिदा र बिरामी बिदा बाहेक अन्य कुनै प्रकारको बिदा लिई बसेको प्रहरी कर्मचारीले लिएको बिदा अवधिभित्र सार्वजनिक बिदा परेमा सो अवधि पनि निज कर्मचारीले लिएको बिदामा गनिनेछ।
४१. बिदा परित्त नहुनेः प्रहरी कर्मचारीले जुन बिदा माग गरेको हो सोही बिदा उपभोग गर्नु पर्नेछ । पहिले एक किसिमको बिदा स्वीकृत भएकोमा पछि प्रस्तुति वा करिया बिदा बाहेक अन्य बिदामा परिवर्तन गराउन पाइने छैन ।
४२. झुट्टा विवरण पेश गरेमाः प्रहरी कर्मचारीले झुट्टा कारण देखाई बिदा लिई बसेको ठहरेमा बिदा बसेको अवधिलाई अनुपस्थित जनाई गईल गरिनेछ।
४३. बिदा अधिकारको कुरा होइनः (१) प्रहरी कर्मचारीले अधिकारको रूपमा बिदाको दाबी गर्न पाउने छैन।
(२) बिदा स्वीकृत गर्ने अधिकारीले कार्यालयको कामको अनुकूल हेरी आफ्नो तजबीजबाट बिदा स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ।
(३) कार्यालयलाई आवश्यक परेमा बिदामा बसेको प्रहरी कर्मचारीलाई निजको स्वीकृत बिदा रद्द गरी जुनसुकै समयमा पनि बोलाई काममा लगाउन सक्नेछ।
परिक्च्छेद–५ आचरण
४४. समय पालन र नियमितताः प्रहरी कर्मचारीले ठीक समयमा तथा नियमित रूपले कार्यालयमा हाजिर हुन पर्नेछ र साधारणतया पहिले बिदा स्वीकृत नगराई कामबाट अनुपस्थित हुनु हुँदैन।
४५. अनुशासन र आज्ञापालनः (१) प्रहरी कर्मचारीले आफ्नो कर्तव्य इमान्दारी र तत्परताको साथ पालना गर्नु पर्नेछ।
(२) प्रहरी कर्मचारीले सरकारी काम सम्बन्धी कुरामा आफूभन्दा माथिका अधिकारीले दिएको आज्ञालाई शीघ्रताका साथ पूरा गर्नु पर्नेछ।
(३) प्रहरी कर्मचारीले आफूभन्दा माथिका अधिकारीप्रति उचित आदर देखाउनु पर्नेछ र आफू मातहतका प्रहरी कर्मचारीहरू प्रति उचित व्यवहार गर्नु पर्नेछ।
(४) प्रहरी कर्मचारीले कुनै विषयको लेखापढी गर्दा सामान्यतयाः तह नाघ्न हुँदैन।
४६. दान, उपहार, चन्दा आदि लिन नहुनेः (१) सरकारी काममा कुनै प्रकारको असर पर्न सक्ने गरी कुनै पनि प्रहरी कर्मचारी र निजको परिवारका सदस्यले नेपाल सरकारको पूर्व
४३. स्वीकृति बिना स्वदेशी वा विदेशीबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार स्वीकार गर्न, चन्दा माग्न वा स्वीकार गर्न, सरकारी कामकाजसँग सम्बन्धित व्यक्तिसँग सापटी लिन वा अन्य कुनै किस्मको आर्थिक सहायता प्राप्त गर्ने कार्यमा संलग्न हुन हुँदैन।
(२) प्रहरी कर्मचारीलाई कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले नेपाल सरकारलाई सो कुराको सूचना दिई निकायबाट बमोझिम गर्नु पर्नेछ।
४७. सम्पत्तिको विवरण दिनुपर्नेः प्रत्येक प्रहरी कर्मचारीले नेपाल सरकारले तोकेको ढाँचामा आफ्नो सम्पत्ति विवरण भरी आर्थिक वर्ष समाप्त भएको सातौँ दिनभित्र राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउनु पर्नेछ।
४८. कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुनेः प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई देहायका काम गर्नु हुँदैनः–
(क) कुनै बैंक वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा सञ्चालनको काममा भाग लिन, (ख) प्रचलित कानून बमोझिम दर्ता गराउनु पर्ने कुनै व्यापार वा व्यवसाय गर्न, (ग) अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न।
४९. सरकारी कामकाज सम्बन्धी समाचार प्रकाशन गर्नमा प्रतिबन्धः प्रहरी कर्मचारीले नेपाल सरकारद्वारा अख्तियारी नपाई आफूले सरकारी कर्तव्यको पालना गर्दा सरकारी वा गैरसरकारी माध्यमबाट प्राप्त गरेको वा आफूले लेखेको वा सङ्कलन गरेको कुनै कागजपत्र वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई दिन हुँदैन। यो प्रतिबन्ध जुनसुकै कारणले सेवाबाट अलग रहेका व्यक्तिको हकमा समेत लागू हुनेछ।
५०. सञ्चार माध्यमसँग सम्पर्क राख्न नहुनेः (१) प्रहरी कर्मचारीले प्रमुखको अनुमति प्राप्त नगरी कुनै सञ्चार माध्यम मार्फत आफ्नो वास्तविक वा काल्पनिक नामबाट कुनै लेख रचना प्रकाशन एवं प्रसारण गर्न गराउन हुँदैन।
तर प्रमुखको अनुमतिमा कार्यालयको गतिविधि सम्बन्धी जानकारी वा सूचना प्रवाह गर्न बाधा पर्ने छैन।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि साहित्यिक, कलात्मक, ऐतिहासिक, वैज्ञानिक र व्यावसायिक विषयको लेख प्रकाशन वा प्रसारण गर्न सकिनेछ । त्यसरी लेख प्रकाशन वा प्रसारण गरेपछि सोको जानकारी केन्द्रलाई गराउनु पर्नेछ ।
५१. नेपाल सरकारको आलोचना गर्न नहुनेः (१) प्रहरी कर्मचारीले नेपाल सरकारको नीति प्रतिकूल हुने गरी वा नेपाल सरकार र कुनै विदेशी राष्ट्रबीचको सम्बन्धमा खलल पुर्याउन सक्ने गरी नेपाल सरकारको आलोचना गर्न, आफ्नो वास्तविक वा काल्पनिक नामबाट त्यस्तो कुनै लेख, रचना प्रकाशन गर्न, सञ्चारमाध्यमलाई खबर दिन, भाषण वा वक्तव्य प्रकाशन वा प्रसारण गर्न, गराउन हुँदैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून र नेपाल सरकारको नीतिको विपरीत नहुने गरी लेख प्रकाशन वा प्रसारण गर्न बाधा पर्ने छैन ।
५२. निर्वाचनमा भाग लिन नहुनेः प्रहरी कर्मचारीले कुनै राजनीतिक पदका लागि कुनै निर्वाचनमा भाग लिन, कसैको निमित्तमाग्ने वा अन्य कुनै प्रकारले आफ्नो प्रभाव पार्न हुँदैन ।
तर कसैलाई मत दिएको वा दिने विचार गरेको कुरा प्रकट नगरी प्रचलित कानून बमोजिम आफ्नो मताधिकार प्रयोग गर्न बाधा पर्ने छैन ।
५३. राजनीतिमा भाग लिन नहुनेः प्रहरी कर्मचारीले कुनै राजनीतिक संस्थाको सदस्य बन्न, राजनीतिमा भाग लिन, राजनीतिक संस्थालाई आर्थिक सहायता वा चन्दा दिन वा कुनै राजनीतिक संस्थाको गतिविधिमा कुनै प्रकारले संलग्न हुन हुँदैन ।
५३क. स्थायी आवासीय अनुमति लिन नहुनेः (१) प्रहरी कर्मचारीले विदेशमा स्थायी रूपमा बसोबास गर्न पाउने गरी कुनै विदेशी मुलुकले उपलब्ध गराएको डाइप्लोम्याटिक इमिग्रेन्ट भिसा (डि.बी.), परमानेन्ट रेजिडेन्ट भिसा (पि.आर.), ग्रीन कार्ड वा त्यस्तै प्रकृतिको जुनसुकै नामको स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमतिको लागि आवेदन दिनु हुँदैन ।
पहिले संशोधनद्वारा थप ।
(२) यो नियम प्रारम्भ हुनु पूर्व कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमतिका लागि आवेदन दिएको प्रहरी कर्मचारीले यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र देहाय बमोजिमको विवरण सहितको जानकारी केन्द्रमा गराउनु पर्नेछः–
(क) प्रहरी कर्मचारीको नाम, थर, सेवा, समूह र हालको पद, (ख) स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमतिका लागि आवेदन दिएको मिति र मुलुकको नाम, (ग) आफूले प्राप्त गरेको स्थायी आवासीय अनुमति परित्याग गर्न वा त्यस्तो अनुमतिका लागि दिएको आवेदन रद्द गराउन इच्छुक भए नभएको।
(३) उपनियम (२) बमोजिमको जानकारी गराउने प्रहरी कर्मचारीले यो नियम प्रारम्भ भएको मितिले साठी दिनभित्र स्थायी आवासीय अनुमति लिएको भए त्यस्तो अनुमति परित्याग गरी वा अनुमतिका लागि आवेदन दिएको भए त्यस्तो आवेदन रद्द गराई सोको जानकारी केन्द्रमा दिनु पर्नेछ।
(४) यो नियम प्रारम्भ हुनु पूर्व कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नीले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमतिका लागि आवेदन दिएको भएमा यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र सम्बन्धित प्रहरी कर्मचारीले सोको जानकारी केन्द्रमा दिनु पर्नेछ।
(५) यो नियम प्रारम्भ भएपछि कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नीले स्थायी आवासीय अनुमतिका लागि आवेदन दिएमा वा स्थायी आवासीय अनुमति लिएमा त्यस्तो आवेदन दिएको वा अनुमति लिएको मितिले तीस दिनभित्र सम्बन्धित प्रहरी कर्मचारीले सोको जानकारी केन्द्रमा दिनु पर्नेछ।
५४. प्रहरी कर्मचारीले गरेको काम कारबाहीको सफाईः कुनै प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै व्यक्तिद्वारा निजको कर्तव्य पालना सम्बन्धमा लेखाइएका झुट्टा आरोपको निमित्त प्रेस अथवा अदालतको सहारा लिन हुँदैन।
तर आफ्नो व्यक्तिगत काम वा चरित्रको सम्बन्धमा सफाई दिन पाउने अधिकारमा कुनै बाधा पर्ने छैन।
५५. प्रहरी कर्मचारीले बाहिरी प्रभाव पार्न नहुनेः प्रहरी कर्मचारीले आफ्नो सेवा सम्बन्धी कुरामा मतलब साध्य गरीकन आफूभन्दा माथिका अधिकृत माथि अनुचित प्रभाव पार्न वा प्रभाव पार्न प्रयत्न हुँदैन।
५६. लैङ्गिक संवेदनशील हुनु पर्नेः प्रत्येक प्रहरी कर्मचारी लैङ्गिक संवेदनशील रहनु पर्नेछ।
५७. कानून विपरीत विबाह गर्न नहुनेः प्रहरी कर्मचारीले विहावारी सम्बन्धी प्रचलित कानून विपरीत हुने गरी विबाह गर्नु, गराउनु हुँदैन।
५८. हातपात वा जोरजुलुम गर्न नहुनेः प्रहरी कर्मचारीले आफूभन्दा माथिल्लो वा मातहत प्रहरी कर्मचारी उपर हातपात वा कुनै प्रकारको आक्रमण वा जोरजुलुम गर्न, गराउन हुँदैन।
परिच्छेद–६ सजाय र पुनरावेदन
५९. सजायः उचित र पर्याप्त कारण भएमा प्रहरी कर्मचारीलाई देहाय बमोजिमको विभागीय सजाय गर्न सकिनेछः–
(क) सामान्य सजाय (१) नसिहत दिन (२) चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्न, (३) बढीमा पाँच वर्ष बढुवा रोक्का गर्न, (४) बढीमा पाँच तलब वृद्धि रोक्का गर्न, (५) खाइपाई आएको बढीमा पाँच तलब वृद्धि घट्वा गर्न, (६) हालको पदको ज्येष्ठता सहित खाइपाई आएको सुरु स्केलमा घट्वा गर्न।
(ख) विशेष सजाय (१) भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन, (२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्न।
६०. निस्हित दिने बा प्रतिकूल राय लेख्नेः देहायका कुनै अवस्थामा सजायको आदेश दिने अधिकारीले प्रहरी कर्मचारीलाई निस्हित दिने वा चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्न सक्नेछः–
(क) कार्यसम्पादन सन्तोषजनक नभएमा, (ख) आफूभन्दा माथिल्लो अधिकारीले दिएको निर्देशन पालना नगरेमा, (ग) सेवाग्राहीलाई दुर्व्यवहार गरेमा, (घ) नियम ५२, ५३ को उपनियम (४) र (५), ५४, ५५ र ५६ मा उल्लेखित खराब आचरण सम्बन्धी नियम उल्लंघन गरेमा।
६१. बढीमा पाँच वर्षको बढुवा रोक्न वा बढीमा पाँच तलब वृद्धि रोक्न सक्नेः देहायका कुनै अवस्थामा सजायको आदेश दिने अधिकारीले प्रहरी कर्मचारीलाई बढीमा पाँच वर्षको बढुवा रोक्न वा बढीमा पाँच तलब वृद्धि रोक्न सक्नेछः–
(क) आफूले सम्पादन गर्नुपर्ने कामको बारेमा लापरवाही गरेमा, (ख) दुई पटकसम्म निस्हित पाएमा, (ग) यस नियमावली वा अन्य प्रचलित कानूनले तोकेको पदिय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेमा, (घ) माथिल्लो दर्जाको अधिकारीले दिएको निर्देशन पालना नगरेमा वा कार्यान्वयन नगरेमा, (ङ) नियम ४४, ४५, ४६, ४९, ५० र ५१ मा उल्लेखित आचरण सम्बन्धी नियम उल्लंघन गरेमा, (च) कार्यालय समयमा मादक पदार्थ सेवन गरेमा।
६२. बढीमा पाँच तलब वृद्धि घटाउन वा सुरु स्केलमा घटाउन सक्नेः देहायका कुनै अवस्थामा सजायको आदेश दिने अधिकारीले प्रहरी कर्मचारीले खाइपाई आएको बढीमा पाँच तलब वृद्धि घटाउन वा हालको पदको ज्येष्ठता सहित खाइपाई आएको सुरु स्केलमा घटाउन सक्नेछः–
(क) अनुशासनहीन काम गरेमा,
(ख) नियम ४८ र ५८ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लंघन गरेमा,
(ग) कानून बमोजिम दिएको आदेश वा निर्देशन नमानेमा वा कार्यान्वयन नगरेमा,
(घ) मनासिब कारण बिना बिदा नलिई अनुपस्थित रहेमा,
(ङ) सरकारी काममा लापरवाही गरेमा,
(च) लापरवाहीपूर्वक काम गरी सरकारी सम्पत्ति हानी नोक्सानी गरेमा,
(छ) नैतिक पतन देखिने फौजदारी कसूर बाहेकको अन्य कुनै फौजदारी अभियोगमा कैद बाहेक जरिवाना वा क्षतिपूर्ति भराउने वा दुवै सजाय हुने गरी दोषी ठहरिएमा।
६३. सेवाबाट हटाउने वा बर्खास्त गर्नेः (१) देहायका कुनै अवस्थामा सजायको आदेश दिने अधिकारीले प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहर गरी सेवाबाट हटाउन सक्नेछः–
(क) आफ्नो पदीय जिम्मेवारी प्रति लापरवाही गरी पूरा नगरेमा,
(ख) आचरण सम्बन्धी कुराहरू बारम्बार उल्लंघन गरेमा,
(ग) कार्यालय समयमा बारम्बार मादक पदार्थ सेवन गरेमा,
(घ) बारम्बार अनुशासनहीन काम गरेमा,
(ङ) राजनीतिमा भाग लिएमा,
(च) बिदा स्वीकृत नगराई लगातार पैँतालीस दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा,
(छ) नैतिक पतन देखिने बाहेकका अन्य कुनै फौजदारी कसूरमा दोषी ठहरि कैद सजाय तोकिएमा,
(ज) अध्ययन बिदा पूरा गरी फर्की आएपछि नियम ३५ को उपनियम (८) बमोजिमको अवधिसम्म सेवा नगरेमा,
(२) देहायको कुनै अवस्थामा प्रहरी कर्मचारीलाई सजायको आदेश दिने अधिकारीले भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्न सक्नेछः–
(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरिएमा, (ख) भ्रष्टाचार गरेको प्रमाणित भएमा। (ग) नियम ५३क. को उपनियम (१), (२) र (३) मा उल्लेखित आचरण उल्लंघन गरेमा।
६४. सजाय सम्बन्धी कार्यविधिः (१) सजायको आदेश दिने अधिकारीले कुनै प्रहरी कर्मचारीलाई सजायको आदेश दिनु अघि निजलाई गर्न लागिएको सजायको व्यहोरा खुलाई लिखित सूचना दिई सफाई पेश गर्ने मुनासिब मौका दिनु पर्नेछ। त्यस्तो सूचनामा निज उपर लगाइएको आरोप स्पष्ट रूपले हटाइएको हुनु पर्नेछ र प्रत्येक आरोप कुन तथ्य र कारणमा आधारित छ सो समेत खुलाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम आरोप लागेको प्रहरी कर्मचारीले आफूलाई लागेको आरोप विरुद्ध कुनै स्पष्टीकरण पेश गर्न चाहेमा तोकिएको म्यादभित्र आफूसँग रहेका प्रमाण सहित स्पष्ट भाषामा लिखित स्पष्टीकरण पेश गर्नु पर्नेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भागी पत्ता नलागेको वा अरु कुनै कारणले सम्पर्क स्थापित गर्न सम्भव नभएको प्रहरी कर्मचारीलाई सेवाबाट हटाउँदा वा बर्खास्त गर्दा अनुसूची-४ मा उल्लेख भए बमोजिम गर्नु पर्नेछ।
तर नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी ठहर भइसकेको कुनै प्रहरी कर्मचारीलाई गर्न लागेको सजायको बारेमा सूचनासम्म दिए पुग्नेछ।
(४) सजायको आदेश दिने अधिकारीले नियम ६१, ६२ वा ६३ मा उल्लेखित आरोप लागेको प्रहरी कर्मचारी उपर जाँचबुझ गराउन आवश्यक ठानेमा त्यस्तो अधिकारी स्वयं वा अन्य कुनै अधिकृतबाट जाँचबुझ गर्न, गराउन सक्नेछ। जाँचबुझ गर्ने अधिकारीले आवश्यकता अनुसार सम्बन्धित प्रहरी कर्मचारीसँग सोधपुछ गरी कारण सहित आफ्नो प्रतिवेदन तथा संकलित सबूत प्रमाण समेत सहित कर पेश गर्नु पर्नेछ।
(५) कुनै प्रहरी कर्मचारी माथि लागेको आरोपको जाँचबुझ गर्नु पर्ने सजायको आदेश दिने अधिकारीले जाँचबुझ समाप्त नहुन्जेलसम्म देहायका अवस्था विद्यमान भएमा त्यस्तो प्रहरी कर्मचारीलाई निलम्बन गर्न सक्नेछ। यसरी निलम्बन गर्दा निलम्बन गर्नुको आधार र कारण स्पष्ट रूपमा खुलाउनु पर्नेछः–
(क) निलम्बन नगरी ओहोदाको काम गर्दा दिँदा झुट्टा प्रमाण सङ्कलन गर्न सक्ने वा आफू विरुद्धको सबूत प्रमाण गायब वा नष्ट गर्न सक्ने देखिएमा,
(ख) निलम्बन नगरी ओहोदाको काम गर्दा दिँदा थप सरकारी हानी नोक्सानी हुने सम्भावना देखिएमा,
(ग) कुनै प्रहरी कर्मचारीलाई निजले गरेको कार्यका आधारमा निलम्बन नगरे केन्द्र भित्रका कर्मचारीमा नैराश्यता वा उत्तेजना आउने, जनमानसमा नकारात्मक असर पर्न सक्ने वा कार्यालयको प्रतिष्ठामा आँच आउने भएमा।
(६) उपनियम (५) बमोजिम गरिने निलम्बनको अवधि छ महिनाभन्दा बढी हुने छैन। सजायको आदेश दिने अधिकारीले निलम्बन अवधिमा निज उपरको कारबाहीको किनारा लगाउनु पर्नेछ।
(७) उपनियम (५) बमोजिम निलम्बित अवस्थामा प्रहरी कर्मचारीले मासिक पाउने तलब, भत्ताको आधारमा मात्र पाउनेछ।
तर,
(१) निलम्बित प्रहरी कर्मचारी उपर लागेको आरोप प्रमाणित नभई सफाइ पाएमा निजले सो अवधिको निलम्बन रहेको अवस्थामा आधार तलब पाएको भए सोी करा गरी र नपाएको भए पूरै तलब, भत्ता (तलब वृद्धि हुने भएमा सो समेत) पाउनेछ। कुसरदार ठहरिएमा निलम्बन भएको मिति देखिको बाँकी तलब, भत्ता पाउने छैन।
(२) कुनै प्रहरी कर्मचारी यस नियमावली बमोजिम भएको विभागीय कारबाहीको कारण बाहेक अन्य कुनै कारणबाट निलम्बन हुन गएको रहेछ भने त्यसरी निलम्बन रहेको अवधिको तलब, भत्ता पाउने छैन।
(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै फौजदारी आरोपमा बा एन् अन्तर्गतको कुरामा गिरफ्तार भई थुनिने वा त्यस्तो आरोप लागेको प्रहरी कर्मचारी साधारणतया छुटेको अवस्थामा बाहेक निजको मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बन रहनेछ।
(९) कुनै प्रहरी कर्मचारी उपर नेपाल सरकार वादी हुने फौजदारी अभियोगमा प्रचलित कानूनबमोजिम कुनै अधिकार प्राप्त निकायले निलम्बनका लागि लेखी पठाएमा सजायको आदेश दिने अधिकारीले त्यस्तो प्रहरी कर्मचारीलाई निलम्बन गरी सोको जानकारी सम्बन्धित निकायलाई दिनु पर्नेछ।
६५. सजायको आदेश दिनेः (१) नियम ६४ बमोजिम जाँचबुझ गरिएकोमा सो काम समेत समाप्त भएपछि सम्बन्धित प्रहरी कर्मचारीसँग स्पष्टीकरण मागिएको भए निजले तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा निजले दिएको स्पष्टीकरण सन्तोषजनक नलागेमा त्यस्तो प्रहरी कर्मचारीलाई सजायको आदेश दिने अधिकारीले अनुसूची–५ बमोजिमको ढाँचामा सजायको आदेश दिन सक्नेछ र यसरी दिइएको सजायको आदेशको एक प्रति निजलाई दिनु पर्नेछ।
(२) सजाय पाएको प्रहरी कर्मचारी सम्पर्कमा नभएको भए उपनियम (१) बमोजिमको सजायको आदेश प्रचलित कानून बमोजिम निजको परिवारको सदस्यलाई बुझाउनु पर्नेछ। यसरी सजायको आदेश बुझाएकोमा सम्बन्धित व्यक्तिले सोको जानकारी आफूले नपाएको भनी दाबी गर्न सक्दैन। परिवारको सदस्यले सजायको आदेश बुझ्न नमानेमा वा परिवारको कुनै सदस्य नभएमा त्यस्तो सजायको आदेश निजको घर ठेगानामा सार्वजनिक रूपमा टाँस्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम सजायको आदेश बुझाएर वा तामेल गरेको निस्सार वा रसिद वा तामेली प्रति सम्बन्धित फाइलमा संलग्न गरी राख्न लगाउनु पर्नेछ।
६६. पुनरावेदनः (१) नियम ६५ बमोजिम दिइएको सजायको आदेशमा चित्त नबुझ्ने प्रहरी कर्मचारीले त्यस्तो आदेशको सूचना पाएको मितिले पैंतीस दिनभित्र पुनरावेदन सुन्ने अधिकारी समक्ष पुनरावेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम पेश गरिने पुनरावेदनपत्र शिष्ट भाषामा लेखिएको हुनु पर्नेछ र पुनरावेदनसाथ आफुलाई दिइएको विभागीय सजायको आदेशको प्रतिलिपि र सोको सफाइको निमित्त आवश्यक अन्य सबूत प्रमाण समेत संलग्न गर्नु पर्नेछ।
६७. सजाय दिने र पुनरावेदन सुन्ने अधिकारी: यस परिच्छेद बमोजिम प्रहरी कर्मचारीलाई सजाय दिने र त्यस उपर पुनरावेदन सुन्ने अधिकारी देहाय बमोजिम हुनेछन्:–
गर्ने वा ज्येष्ठता सहित खाइपाई आएको सुरु स्केलमा घटाउने | रोक्का गर्ने, खाइपाई आएको तलब वृद्धि घटाउने गर्ने वा ज्येष्ठता सहित खाइपाई आएको सुरु स्केलमा घटाउने ---|---|---|--- (ग) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने। | विभागीय मन्त्री | नेपाल सरकार, मन्त्रिपरिषद् (६) प्रहरी नायब (क) सहित दिनै वा चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेखने महानिरीक्षक | प्रमुख | नेपाल सरकार, मुख्य सचिव (ख) बढुवा रोक्का गर्ने, तलब वृद्धि रोक्का गर्ने, खाइपाई आएको तलब वृद्धि घटाउने गर्ने वा ज्येष्ठता सहित खाइपाई आएको सुरु स्केलमा घटाउने | प्रमुख | नेपाल सरकार, मुख्य सचिव (ग) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने | विभागीय मन्त्री | नेपाल सरकार, मन्त्रिपरिषद्
६८. पुनरावेदन माथि विचारः (१) यस नियमावली बमोजिम पुनरावेदन लाग्ने भएमा पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदन लिन अस्वीकार गर्न सक्ने छैन ।
(२) पुनरावेदन सुन्ने अधिकारीले नियम ६६ बमोजिम प्राप्त भएको पुनरावेदन उपर देहायका कुराहरूको विचार गरी सजाय कायम राख्न, बदर गर्न वा घटाउन सक्नेछः–
(क) सजायको आदेशमा आधारित रहेका कुराहरूको यथार्थता प्रमाणित भइसकेको छ वा छैन ?
(ख) प्रमाणित भइसकेको कुरा कारबाही गर्नका निम्ति पर्याप्त प्रहर छ वा छैन ?
(ग) सजाय गरेको ठीक वा बढता रहेछ ?
(३) पुनरावेदन सुन्ने अधिकारीले उपनियम (२) बमोजिम पुनरावेदनमाथि विचार गर्दाक सजाय दिने अधिकारीबाट विभागीय कारबाही गर्दा अवलंबन गर्नु पर्ने कार्यविधि सम्बन्धी कुनै त्रुटि गरेको वा अरु उचित कारणले गर्दाक पुनरावेदनकर्तालाई मर्का परेको छ भनी लागेमा पुनः जाँचबुझ गर्नका निम्ति आदेश दिन सक्नेछ।
(४) सजायको आदेश दिने अधिकारीबाट वस्तुनिष्ठ प्रमाणको अभावमा गलत नियत वा कुनै आग्रह वा पूर्वाग्रह राखी त्यस्तो निर्णय गरेको देखिएमा पुनरावेदन सुन्ने अधिकारीले त्यस्तो अधिकारीलाई सचेत गराउन, निजको व्यक्तिगत अभिलेखमा सो व्यवहार जनाउन लगाउन वा विभागीय कारबाही समेत गर्न, गराउनका लागि लेखी पठाउन सक्नेछ।
(५) पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदन प्राप्त गरेको मितिले तीन महिनाभित्र निर्णय गरिसक्नु पर्नेछ।
तर विशेष कारणले सो अवधिभित्र निर्णय गर्न नसकिएमा पुनरावेदन सुन्ने अधिकारीले निर्णय हुन नसकेको व्यहोरा खुलाई सम्बन्धित मिसिलमा संलग्न गर्नु पर्नेछ।
(६) विभागीय सजायको आदेश सम्बन्धमा पुनरावेदन सुन्ने अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ।
६९. प्रहरी सेवामा पुनः कायम भएपछि पूरा तलब, भत्ता पाउनेः कुनै प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने वा बर्खास्त गर्ने गरी दिइएको आदेश कुनै अदालत वा अधिकारीबाट रद्द भई निज सेवामा पुनः कायम भएमा त्यस्तो प्रहरी कर्मचारीले सेवाबाट हटाइएको वा
बखस्त गरिएको मितिदेखि पुनः कायम भएको मितिसम्मको पूरा तलब, भत्ता र तलब वृद्धि पाउने भए सो समेत पाउनेछ।
तर गयल कट्टी भई सेवाबाट हटाइएको वा बर्खास्त गरिएको प्रहरी कर्मचारी सेवामा बहाली भएमा निजले गयल अवधि भएको अवधिको कुनै पनि सुविधा पाउने छैन।
७०. हानि नोक्सानी असूल उपर गरिनेः कुनै प्रहरी कर्मचारीको लापरवाहीको कारणबाट नेपाल सरकारलाई कुनै हानि, नोक्सानी हुने गरेमा सो हानि, नोक्सानी त्यस्तो प्रहरी कर्मचारीको निजको जुनसुकै स्रोतबाट असूल उपर गरिनेछ।
परिच्छेद–७ अवकाश, उपदान र निवृत्तिभरण
७१. अनिवार्य अवकाशः (१) प्रहरी कर्मचारीले देहाय बमोजिम जुन पुहले हुन्छ सोही आधारमा प्रहरी सेवाबाट स्वतः अवकाश पाउनेछः–
(क) देहायको पदमा बहाल रहेको प्रहरी कर्मचारीको देहाय बमोजिमको उमेर पूरा भएमाः– (१) प्रहरी नायब महानिरीक्षक – ५६ वर्ष (२) प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षक – ५५ वर्ष (३) प्रहरी नायब उपरीक्षक – ५४ वर्ष (४) प्रहरी निरीक्षक – ५३ वर्ष (५) प्रहरी नायब निरीक्षक – ५२ वर्ष
(ख) देहायका पदमा देहायको अवधिसम्म बहाल रहेको प्रहरी कर्मचारीले सो अवधि पूरा भएमाः– (१) प्रहरी नायब महानिरीक्षक – ५ वर्ष (२) प्रहरी वरिष्ठ उपरीक्षक – ६ वर्ष (३) प्रहरी उपरीक्षक – १० वर्ष
(ग) प्रहरी कर्मचारीको नोकरी अवधि तीस वर्ष पूरा भएमा।
(२) उपनियम (१) को खण्ड (क) को प्रयोजनको लागि प्रहरी कर्मचारीको उमेरको हिसाब गर्दा निजले पेश गरेको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर, निजले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखिदिएको जन्ममिति वा वर्षबाट हुन आएको उमेरमध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा उमेर गणना गरिन्छ।
(३) उपनियम (१) को खण्ड (ख) वा (ग) बमोजिम अवकाश प्राप्त गर्ने प्रहरी कर्मचारीको हकमा निजको खण्ड (क) बमोजिमको उमेर बाँकी अवधि रहेमा त्यसरी बाँकी हुन आउने अवधिभर गरी निजले पाउने निवृत्तिवरणको हिसाब गरिन्छ।
(४) संवत् २०४९ साल फागुन १५ गते भन्दा अघि प्रहरी सेवा वा नेपाल विशेष सेवामा नियुक्ति पाई तात्कालीन विशेष प्रहरी विभागबाट केन्द्रमा स्थानान्तरण भई उपनियम (१) बमोजिम अवकाश प्राप्त गर्ने प्रहरी कर्मचारीले निज नियुक्ति हुँदाका बखत बहाल रहेको निजको सेवा, समूह सम्बन्धी नियमावली बमोजिम अवकाश प्राप्त गर्न जितनी उमेर बाँकी रहेको छ सो अवधि निजले गरेको जम्मा नोकरी अवधिमा थप गरी निजले पाउने निवृत्तिवरणको हिसाब गरिन्छ।
७२. स्वेच्छिक अवकाश: नियुक्ति गर्ने अधिकारीले चाहेमा नियम ७५ बमोजिम निवृत्तिवरण पाउने अवधि पूरा गरेको प्रहरी कर्मचारीलाई सेवाबाट अवकाश लिने अनुमति दिन सक्नेछ।
७३. राजीनामा स्वीकृत गर्ने अधिकारी: (१) देहायका प्रहरी कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार देहायका अधिकारीलाई हुनेछः–
(क) राजपत्रांकित प्रथम श्रेणीका प्रहरी कर्मचारी — नेपाल सरकार
(ख) राजपत्रांकित द्वितीय श्रेणीसम्मका प्रहरी कर्मचारी — प्रमुख
(२) निवृत्तिवरण पाउने सेवा अवधि पुगेको र एउटै पदमा कम्तीमा बाह्र वर्ष बहाल रहेको प्रहरी नायब उपरीक्षक वा सोभन्दा मुनिका कुनै प्रहरी कर्मचारीको नियम ७१ बमोजिम अनिवार्य अवकाश हुन एक महिना बाँकी भएमा निजलाई एक तह पदोन्नति गरी अवकाश दिइनेछ।
(३) प्रहरी कर्मचारीलाई अवकाशको पत्र दिने अधिकार प्रमुखलाई हुनेछ।
७४. उपदान: (१) पाँच वर्ष वा सो भन्दा बढी सेवा गरेको तर नियम ७५ बमोजिम निवृत्तिभरण पाउने अवधि नपुगेको प्रहरी कर्मचारीले अवकाश पाएमा, राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य ठहरिहेर गरी पदबाट हटाइएमा देहायको दरले उपदान पाउनेछः–
(क) पाँच वर्ष भन्दा बढी दश वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब,
(ख) दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब,
(ग) पन्ध्र वर्षभन्दा बढी बीस वर्ष भन्दा कम नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब।
(२) उपनियम (१) मा जुनसुकै कुरा उल्लेख भए तापनि कुनै प्रहरी कर्मचारीले सेवामा बहाल रहने उद्देश्यले नागरिकता, उमेर वा योग्यता ढाँटेको प्रमाणित हुन आएमा त्यस्तो प्रहरी कर्मचारीलाई उपदान दिइने छैन।
७५. निवृत्तिभरण: (१) प्रहरी कर्मचारीले बीस वर्ष वा सोभन्दा बढी अवधिसम्म प्रहरी सेवामा काम गरी नोकरीबाट अवकाश भएमा देहाय बमोजिमको हिसाबले हुन आउने रकम मासिक निवृत्तिभरण पाउनेछः–
(क) राजपत्रित प्रहरी कर्मचारीको निमित्त:
(ख) राजपत्र अनंकित प्रहरी कर्मचारीको निमित्त:
(२) निवृत्तभरणको न्यूनतम रकम समान पदको बहालवाला प्रहरी कर्मचारीको तलब स्केलको सुरु अङ्कको आधारभन्दा कम र अधिकतम रकम समान पदको बहालवाला प्रहरी कर्मचारीको तलबको सुरु स्केलभन्दा बढी हुने छैन ।
(३) पञ्च वर्ष सेवा अवधि पूरा गरेको कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा निवृत्तभरणको लागि आवश्यक भए सेवा अवधि थप गरी निजको परिवारलाई निवृत्तभरण वा उपदान जुन दिन चाहन्छ सो रोजेर दिन दिइनेछ ।
(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएका प्रहरी कर्मचारीले यस नियमावलीबमोजिम निवृत्तभरण पाउने छैनन् ।
७६. निवृत्तभरणमा वृद्धि: बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा तलबको सुरु अङ्कमा जति वृद्धि भएको छ, त्यसको दुई तہائی रकम समान पदका सेवानिवृत्त प्रहरी कर्मचारीको निवृत्तभरण रकममा पनि निर्धारण गरिनेछ ।
तर समान पदको प्रहरी कर्मचारी सेवामा नरहेमा नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीको तलबको सुरु अङ्कमा जति वृद्धि भएको छ त्यसको दुई तہائی रकम सेवानिवृत्त प्रहरी कर्मचारीको निवृत्तभरणमा निर्धारण गरिनेछ ।
७७. पारिवारिक उपदान वा निवृत्तभरण: (१) कुनै प्रहरी कर्मचारी सेवामा छँदै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवार वा निजको नाबालक भाइ वा अविवाहित दिदी बहिनीलाई नियम ७४ वा ७५ मा लेखिएबमोजिम उपदान वा निवृत्तभरण प्राप्त हुनेछ ।
तर निवृत्तभरणको हकमा यस्तो निवृत्तभरण सात वर्षभन्दा बढी समय प्राप्त हुने छैन । निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएको प्रहरी कर्मचारीको परिवार, नाबालक भाइ वा अविवाहित दिदी बहिनीलाई सात वर्ष पुगेपछि निवृत्तभरण प्राप्त हुने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरण पाउने व्यक्ति नाबालक रहेछ भने निजले अटाार वर्षको उमेर भएसम्म त्यस्तो निवृत्तभरण पाउनेछ ।
(३) प्रहरी कर्मचारीको विधुर पति वा विधवा पत्नीले निजको पति वा पत्नी सेवामा छँदै वा निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा उपनियम (१) बमोजिम पारिवारिक निवृत्तिभरण पाउने भएमा सो निवृत्तिभरण पाउने अवधि भुक्तान भएको मितिदेखि र त्यस्तो निवृत्तिभरण नपाउने भएमा निजको पति वा पत्नीले निवृत्तिभरण पाउन थालेको सात वर्ष व्यतित भई संकेप्ति भई मृत्यु भएको मितिदेखि जीवनभर निजले निवृत्तिभरणको आधारमा पाउनेछ।
(४) बहालवाला समान पदका प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा तलबको सुरुअङ्कमा जति वृद्धि भएको छ त्यसको दुई तिहाइ रकम पारिवारिक निवृत्तिभरणमा पनि निर्धारण गरिन्छ।
— तर समान पदको प्रहरी कर्मचारी सेवामा नरहेमा नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीको तलबको सुरु अङ्कमा जति वृद्धि भएको छ त्यसको दुई तिहाइ रकम पारिवारिक निवृत्तिभरणमा निर्धारण गरिन्छ।
(५) कुनै प्रहरी कर्मचारीको यस नियम बमोजिम पाउने रूपे रकम लिन नपाउँदै मृत्यु भएमा सो रकम निजको परिवारको सदस्यहरुमध्ये यस नियमावली बमोजिम निजको उपदान वा निवृत्तिभरण पाउने ठहरिएको व्यक्तिले रकम लिन पाउनेछ।
(६) उपदान वा निवृत्तिभरण दिँदा मृत प्रहरी कर्मचारीले आफ्नो परिवारका सदस्य मध्ये नाबालक भाई वा अविवाहित दिदी बहिनी जसलाई इच्छाएको रहेछ भने सो व्यक्तिलाई र कुनै कारणले सो व्यक्तिले उपदान वा निवृत्तिभरण पाउन नसक्ने भएमा वा जसलाई पनि इच्छाएको रहेछ भने सो प्रहरी कर्मचारीको परिवारको सदस्यमध्ये नेपाल सरकारले उचित ठहर गरेको व्यक्तिलाई दिइनेछ।
७८. अशक्त वृत्ति: (१) कुनै प्रहरी कर्मचारी सरकारी कामको सिलसिलामा दुर्घटनामा परी अङ्गभङ्ग भई वा चोटपटक लागेको कारणले शारीरिक वा मानसिक रूपमा सेवाको लागि असमर्थ भएमा त्यस्तो प्रहरी कर्मचारीले निजको जीविकाको निमित्त बाँचुञ्जेलसम्म अशक्त वृत्तिको रूपमा उपनियम (२) मा लेखिए बमोजिम निवृत्तिभरण सहित उपनियम (३) मा लेखिए बमोजिमको अशक्त भत्ता पाउनेछ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि मानसिक रुपमा अशक्त भन्नाले नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट शारीरिक वा मानसिक रुपमा अशक्त भई सेवाको लागि असमर्थ भनी सिफारिस गरेको प्रहरी कर्मचारीसभै समझुन्छ।
(२) उपनियम (१) बमोजिम अशक्त प्रहरी कर्मचारीको सेवा अवधि निवृत्तभरण पाउने अवधि पुगेको भए निजले तत्काल खाइपाई आएको तलबले नियम ७५ को उपनियम (१) बमोजिम हिसाब गरी हुने आउने रकम बराबर अशक्त निवृत्तभरण पाउनेछ। त्यस्तो अशक्त प्रहरी कर्मचारीको सेवा अवधि निवृत्तभरण पाउने अवधिभन्दा घटी भएमा यस नियमावली बमोजिम निवृत्तभरण पाउने वर्ष पूर्णहुन उक्त अवधि पुग्न प्रत्येक पूरावार चालू वर्षको निमत्त दामासाहीबाट कटी बाँकी हुने रकम निवृत्तभरण वापत पाउनेछ। यसरी कटी गर्दाकन एक तिहाइभन्दा बढी रकम कटी गरिदैन।
(३) प्रहरी कर्मचारीले अशक्तता वापत उपनियम (२) बमोजिम पाउने अशक्त निवृत्तभरणको अतिरिक्त रुप पाउने मासिक अशक्त भत्ताको रकम निजले खाइपाई आएको तलबको बीस प्रतिशत बराबर हुनेछ।
(४) उपनियम (१) बमोजिम चोटपटक लागी गई उपचार गराउँदा लाग्ने खर्चको पूरा रकम सम्बन्धित प्रहरी कर्मचारीले पाउनेछ र यस्तो उपचार खर्च दिँदा यस नियमावली बमोजिम पाउने उपचार खर्चमा कट्टा गरिदैन।
(५) यस नियम बमोजिम अशक्त वृत्ति पाइरहेको कुनै प्रहरी कर्मचारीको मृत्यु त्यस्तो सुविधा पाउन सुरु गरेको मितिले सात वर्ष नपुग्दै भएमा सो सात वर्ष पूरा हुन बाँकी अवधि वापत पाउने अशक्त वृत्ति अनुदानको रुपमा एकमुष्ठ रकम नियम ७५ को उपनियम (१) बमोजिम उपदान वा निवृत्तभरण पाउने ठहरेको व्यक्तिले लिन पाउनेछ।
(६) बहालवाला नेपाल प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा समान स्तरको प्रहरी कर्मचारीको तलबको सुरु अङ्कको रकममा جت प्रतिशत वृद्धि भएको छ सोही प्रतिशतले उपनियम (१) बमोजिमको अशक्त वृत्तिको रकममा समेत वृद्धि हुनेछ।
७९. असाधारण पारिवारिक निवृत्तभरण र उपदानः (१) कुनै प्रहरी कर्मचारी सरकारी कामको सिलसिलामा कुनै दुर्घटनामा परी तत्काल मृत्यु भएमा वा त्यसैको कारणबाट निको हुँदै नहुँदै पछि मृत्यु भएमा निजको पति वा पत्नी या यस नियमावली बमोजिम निवृत्तभरण वा उपदान पाउने ठहरेको व्यक्तिलाई त्यस्तो प्रहरी कर्मचारीले खाइपाई आएको तलब र
आधार पारिवारिक निवृत्तभरण र देहाय बमोजिम असाधारण पारिवारिक उपदान समेत दिइनेछः–
(क) दश वर्षसम्मको सेवा अवधि नपुग्दै मृत्यु भएको कर्मचारीले खाइपाई आएको छ महिनाको तलब बराबरको रकम,
(ख) दश वर्षभन्दा बढी बीस वर्षभन्दा कम सेवा अवधि पूरा गरी मृत्यु भएको कर्मचारीले खाइपाई आएको नौ महिनाको तलब बराबरको रकम,
(२) उपनियम (१) बमोजिम असाधारण पारिवारिक निवृत्तभरण मृतक प्रहरी कर्मचारीको पति वा पत्नी तथा बाबु, आमा भए आजीवन र छोरा वा अविवाहित छोरी भए एकाइस वर्षको उमेर पूरा नगरेसम्म वा निज सरकारी सेवामा प्रवेश गरेको जुन मिति अगाडि हुन्छ सो मितिसम्म पाउनेछ।
(३) बहालवाला नेपाल प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा समान स्तरको प्रहरी कर्मचारीको तलबको सुरु अङ्कको रकममा जुन प्रतिशत वृद्धि भएको छ सोही प्रतिशतले उपनियम (१) बमोजिमको असाधारण पारिवारिक निवृत्तभरण र उपदान रकममा समेत वृद्धि हुनेछ।
(४) यस नियमको प्रयोजनको लागि प्रहरी कर्मचारीको विधुर पति वा विधवा पत्नीलाई देहायको अवस्थामा मात्र मान्यता दिइनेछः-
(क) उपयुक्त कारणबाट मृत्यु हुने घटना घट्नु अघि त्यस्तो प्रहरी कर्मचारीसँग वैवाहिक सम्बन्धभित्र रहेको हुनु पर्नेछ।
(ख) प्रहरी कर्मचारीको मृत्यु भएको समयमा निजसँग सगोलमा बसेको हुनु पर्नेछ।
८०. सन्तनतवृत्ति र शैक्षिक वृत्ति: (१) कुनै प्रहरी कर्मचारी सरकारी कामको सिलसिलामा कुनै दुर्घटनामा परी सोही कारणले आजीविका कमाउन नसक्ने गरी अशक्त भएमा त्यस्तो अशक्त प्रहरी कर्मचारीको बढीमा दुई सन्तानलाई देहायको दरले मासिक सन्तनतवृत्ति दिइनेछः–
(क) राजपत्राङ्कित प्रहरी अधिकृत – दुई सय साठी रुपैयाँ
(ख) राजपत्र अनङ्कित प्रहरी – एक सय चौबीस रुपैयाँ
(२) कुनै प्रहरी कर्मचारीको उपनियम (१) बमोजिमको अवस्था परी मृत्यु भएमा त्यस्तो मृतक प्रहरी कर्मचारीको बढीमा दुई सन्तान्लाई मृतक प्रहरी कर्मचारीको बहाल रहेको पदको सुरु तलब स्केलको देहाय बमोजिमको प्रतिशतदरले मासिक सन्तान्वृत्ति दिइनेछः–
(३) उपनियम (१) बमोजिमको सन्तान्वृत्ति छोरा वा अविवाहित छोरी भए एककाइस वर्षको उमेर पूरा गरेको वा निज सरकारी सेवामा प्रवेश गरेको जुन मिति अगाडि हुन्छ सो मितिसम्म पाउनेछ र उपनियम (२) बमोजिमको सन्तान्वृत्ति अठार वर्षको उमेरसम्म पाउनेछ।
(४) कुनै प्रहरी कर्मचारीको सरकारी कामको सिलसिलामा दुर्घटना परी अशक्त भएमा वा मृत्यु भएमा त्यस्तो अशक्त वा मृतक प्रहरी कर्मचारीको बढीमा दुई सन्तान्लाई अठार वर्षको उमेर पूरा नभएसम्म उपनियम (१) वा (२) बमोजिमको सन्तान्वृत्तिको अतिरिक्त देहाय बमोजिमको दरले वार्षिक शैक्षिकवृत्ति समेत दिइनेछः–
८१. समितिको व्यवस्थाः (१) सरकारी कामको सिलसिलामा खटिएको कुनै प्रहरी कर्मचारी दुर्घटना परी अशक्त भएमा, सोही कारणबाट निजको मृत्यु भएमा, चोटपटक लाग्दा उपचार गर्नु पर्नेमा वा त्यस्तो प्रहरी कर्मचारीको परिवार वा सन्तानले पाउने सन्तान्वृत्ति, उपदान वा उपचार खर्चको सम्बन्धमा सिफारिस गर्न देहायबमोजिमको एक समिति रहनेछः–
(क) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रतिनिधि,
(ख) अर्थ मन्त्रालयको प्रतिनिधि, (ग) केन्द्रको कर्मचारी प्रशासन शाखा प्रमुख।
(२) उपनियम (१) बमोजिमको समितिलाई केन्द्रमा कार्यरत प्रहरी कर्मचारीको मृत्यु वा चोटपटक सरकारी कामको सिलसिलामा भएको हो, होइन भन्ने र अशक्तताको सम्बन्धमा समेत आवश्यक जाँचबुझ गरी सिफारिस गर्ने अधिकार हुनेछ।
८२. निवृत्तभरण सम्बन्धी कार्यविधिः (१) उमेरको हद वा सेवा अवधि पुगेको कारणबाट निवृत्तभरण पाउने प्रहरी कर्मचारीले अवकाशनलिने मितिभन्दा छ महिना अगाडि तोकिएको फाराम भरी सम्बन्धित अधिकारी समक्ष पठाउनु पर्नेछ। त्यस्तो प्रहरी कर्मचारीको मृत्यु भएमा निजको मृत्यु भएको छ महिनाभित्र निजको परिवारले निवृत्तभरणका लागि सम्बन्धित अधिकारी समक्ष दरखास्त पठाउनु पर्नेछ।
(२) नियम ६३ को उपनियम (२) बमोजिमको अवस्था बाहेक अन्य जुनसुकै कारणबाट सेवा निवृत्त हुने कर्मचारीको निवृत्तभरण रकम निर्धारण, निवृत्तभरण अधिकारपत्र तयार निवृत्त कर्मचारीको परिचयपत्रका लागि केन्द्रले सिफारिस सहित प्रहरी किताबखानालाई लेखी पठाउनु पर्नेछ।
८३. नोकरी अवधि गणनाः (१) यस परिच्छेदको प्रयोजनका निम्ति नोकरी अवधिको गणना गर्दा सेवाको सुरुदेखि पदमा स्थायी नियुक्ति भई नोकरी गरेको जम्मा अवधि (बीचमा टुटेको भए सो टुटेको अवधि) लाई गणना गरिनेछ।
(२) उपनियम (१) मा जुनसुकै रूपमा लेखिएका भएता पनि कुनै कारणले सेवाबाट अवकाश भई उपदान पाइसकेको व्यक्ति प्रहरी सेवामा पुनः बहाली भएमा निजले पहिले पाएको उपदानको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको नोकरी जोडिनेछ।
परिच्छेद-८ तलब, भत्ता, उपचार खर्च तथा अन्य सुविधा
८४. तलब, भत्ताः (१) प्रहरी कर्मचारीले आफ्नो पदमा बहाल गरेको मिति देखि प्रत्येक महिना भुक्तान रिएपछि नेपाल सरकारले तोकिदिए बमोजिमको तलब, भत्ता पाउनेछ।
(२) माथिल्लो तलबमानको कुनै पदमा बढुवा पाउने प्रहरी कर्मचारीले उक्त तलबमानमा तोकिएको सुरु तलब पाउनेछ।
$\leftarrow$ तर निजले साबिक पदमा पाइरहेको तलब बढुवा भएको पदको न्यूनतम तलब बराबर वा सो भन्दा बढी भएमा निजको बढुवा भएको पदको तलब निर्धारण गर्दा देहाय बमोजिम निर्धारण गरिनेछ:-
(क) निजले साबिक पदमा पाइरहेको तलब बढुवा भएको पदको तलबको सुरु तलब बराबर मात्र भएमा सो तलबमा माथिल्लो पदको एक तलब वृद्धि थप गरेर,
(ख) निजले साबिक पदमा पाइरहेको तलब बढुवा भएको पदको सुरु तलबभन्दा बढी भएमा साबिकमा पाइआएको तलबमा नपुगसम्मको तलब वृद्धि थप गरी माथिल्लो पदको एक तलब वृद्धि समेत थप गरेर।
८५. तलब वृद्धि: तलब वृद्धि रोक्का भएको अवस्थामा बाहेक प्रत्येक प्रहरी कर्मचारीले एक वर्ष सेवा पूरा गरेपछि एक तलब वृद्धि पाउनेछ।
८६. उपचार खर्च: (१) प्रहरी कर्मचारीले सेवा अवधिभरमा राजपत्राहित प्रहरी कर्मचारी भए बाह्र महिना बराबरको रकम र राजपत्र अन्तर्गत प्रहरी कर्मचारी भए अठार महिना बराबरको खाइपाईआएको तलब रकमसम्म उपचार खर्च वापत पाउनेछ।
(२) कुनै प्रहरी कर्मचारी वा निजको परिवारको सदस्य बिरामी भएमा उपनियम (१) बमोजिम पाउने रकममा नबढ्ने गरी देहाय बमोजिम भएको खर्चको रकम दिइनेछ:–
(क) उपचारको निमित्त स्वीकृत चिकित्सकले दिएको प्रेस्किप्सन बमोजिम खरिद गरेको औषधि खर्च,
(ख) स्वास्थ्य संस्थामा भर्ना हुँदा र उपचार गराउँदा लागेको बिल बमोजिमको खर्च,
(ग) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमका चिरफार (सर्जिकल अप्रेसन) गर्दा लागेको बिल बमोजिमको खर्च,
(घ) आफ्नो घर वा डेरा छाडी अन्य जिल्लामा वा विदेशमा गई औषधि उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दा र फर्कदा बिरामीको रुरुवार चाहिने अवस्था भए एक जना रुरुवारको यातायात खर्चको पूरै रकम र खाना खर्च वापत निज बिरामी प्रहरी
$\leftarrow$ तेस्रो संशोधनद्वारा थपिएको।
कर्मचारीले नियम अनुसार पाउने दैनिक भत्ताको पचहतर प्रतिशत रकम ।
स्पष्टीकरण: यस उपनियमको प्रयोजनको लागि “स्वीकृत चिकित्सक” भन्नाले सरकारी सेवामा रहेको वा प्रचलित कानून बमोर्जिम चिकित्सकको रूपमा दर्ता भएका डाक्टर, कविराज, हेल्थ असिस्टेण्ट, वैद्य समेतलाई जनाउँछ।
(३) सरकारी कामको सिलसिलामा खटिँदा चोटपटक लाग्न गई त्यस्तो चोटपटकको नेपालभित्र औषधि उपचार हुन नसक्ने भनी नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डद्वारा सिफारिस गरेको प्रहरी कर्मचारीले विदेशमा गई उपचार गराउन चाहेमा निजलाई नेपाल सरकारले उचित ठहऱ्याएको थप आर्थिक सहायता दिन सक्नेछ।
(४) यस नियम बमोर्जिम पाउने उपचार खर्च कुनै प्रहरी कर्मचारीले पेस्कीको रूपमा लिन चाहेमा र सोको कारण मनासिब देखिएमा यस नियमको अधीनमा रही पछि हिसाब बुझाउने गरी पेस्की रकम दिन सकनेछ। त्यसरी पेस्की दिएकाे रकमको हिसाब गर्दा उपचार बापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भएजति रकम सम्बन्धित प्रहरी कर्मचारीको तलबबाट किस्ताबन्दीमा कट्टी गरिनेछ। त्यसरी कट्टी गर्नु पर्ने रकम भुक्तान नहुँदै सम्बन्धित प्रहरी कर्मचारी वा निजको परिवारको सदस्यको मृत्यु भएमा सो कट्टी गर्न बाँकी रहेको रकम मिन्हा हुनेछ।
(५) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बखर्स्त गरिएकोमा बाहेक अन्य अवस्थामा सेवाबाट अलग हुने प्रहरी कर्मचारीले यस नियम बमोर्जिम सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी भएको भए त्यस्तो बाँकी रकम एकमुष्ट लिन पाउनेछ।
तर निवृत्तिभरण पाउने गरी सेवाबाट अवकाश पाएको प्रहरी कर्मचारीले उपचार खर्च बापत लिन बाँकी रकममा बीस वर्ष, पच्चीस वर्ष वा सो भन्दा बढी सेवा अवधि भएकोमा क्रमश: दश, पन्ध्र र बीस प्रतिशत थप गरी हुन आउने रकम एकमुष्ट लिन पाउनेछ।
(६) दश वर्षको सेवा अवधि नपुगेको कुनै प्रहरी कर्मचारीलाई औषधि उपचारको लागि खर्च दिँदा यस नियममा तोकेको रकमलाई दशवर्ष सेवा गरेवापत पाउने रकम मानी दामसाहीले हुन आउने रकम मात्र दिइनेछ।
(७) यस नियम बमोजिम स्वास्थ्य संस्थामा भर्ना भई वा विदेशमा गई उपचार गराउनु पर्दा बाहेक प्रहरी कर्मचारीलाई एक वर्षमा निजले खाइपाई आएको डेढ महिनाको तलब बराबरको रकमभन्दा बढी उपचार खर्च दिइने छैन ।
(८) यस नियम बमोजिम प्रहरी कर्मचारीले पाएको उपचार खर्चको विवरण खर्च लेख्ने कार्यालयले प्रहरी कर्मचारीको व्यक्तिगत अभिलेख राखी प्रहरी किताबखानासमेत पठाउनु पर्नेछ ।
८७. उपचार व्यवस्था: नेपाल सरकारले प्रहरी कर्मचारी तथा निजको परिवारका लागि कुनै सरकारी अस्पतालबाट सुरुनलयतदरमा स्वास्थ्य उपचार गराउने व्यवस्था गर्न सक्नेछ ।
८८. पोसाक: प्रहरी कर्मचारीले निजामती कर्मचारीले पाए सरह पोसाक सुविधा पाउनेछ ।
८९. रासन $^\text{※}$: प्रहरी कर्मचारीले आफ्नो पदमा बहाल गरेको मिति देखि प्रत्येक महिना भुक्तानी भएपछि नेपाल सरकारले तोकिदिए बमोजिमको रासन सुविधा पाउनेछ ।
$^\text{※}$ ................
९०. चाडपर्व खर्च: (१) प्रहरी कर्मचारीले आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने चाडपर्वको लागि खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउनेछ । यस्तो रकम कर्मचारीले एक आर्थिक वर्षमा एकपटक आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन सक्नेछ ।
(२) निलम्बनमा रहेको प्रहरी कर्मचारीले समेत उपनियम (१) बमोजिमको चाडपर्व खर्च पाउनेछ ।
(३) निवृत्तिवरण पाउने गरी अवकाश प्राप्त कर्मचारीलाई निजले पाउने एक महिनाको निवृत्तिवरण बराबरको रकम चाडपर्व खर्चको रूपमा दिइनेछ ।
९१. कर्मचारी सञ्चय कोष: प्रहरी कर्मचारीको प्रत्येक महिनाको तलबबाट दश प्रतिशतदरले रकम थपी गरी सो रकममा नेपाल सरकारलेर दश प्रतिशत रकम थप गरी कर्मचारी सञ्चय कोषमा जम्मा गरिदिनेछ ।
$\text{※}$ पहिलो संशोधनद्वारा खारेज भएको ।
९२. बीमा सम्बन्धी व्यवस्था: प्रहरी कर्मचारीको बीमा सुविधा सम्बन्धी व्यवस्था नेपाल सरकारले तोके बमोजिम हुनेछ।
९२क. सचयय कोष र बिमा बाहेक अन्य कुनै सुविधा नपाउने: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम ६३ को उपनियम (२) बमोजिम सेवाबाट बखातस्तरिएका प्रहरी कर्मचारीले नियम ९१ बमोजिमको कर्मचारी सचयय कोषको रकम र नियम ९२ बमोजिमको बिमा बाहेक यस नियमावली बमोजिमको अन्य कुनै सुविधा पाउने छैन।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम ५३क. को उपनियम (४) वा (५) बमोजिम दिएको जानकारीबाट कुनै प्रहरी कर्मचारीको सगोलको पत्नी वा पत्रीले स्थायी आवासीय अनुमति प्राप्त गरेको देखेमा स्थायी आवासीय अनुमति लिएको त्यस्तो प्रहरी कर्मचारीको पत्नी वा पत्रीले नियम ९१ बमोजिमको कर्मचारी सचयय कोषको रकम र नियम ९२ बमोजिमको बिमा बाहेक यस नियमावली बमोजिमको अन्य कुनै सुविधा पाउने छैन।
परिच्छेद–९ विविध
९३. प्रहरी कर्मचारीको बचाउ: (१) कुनै प्रहरी कर्मचारीले ऐन वा यस नियमावली वा अरु प्रचलित कानून बमोजिम गर्नु पर्ने आफ्नो ओहोदाको कर्तव्यपालन सम्झी गरेको कुनै सरकारी कामको सम्बन्धमा निज उपर उपनियम (२) बमोजिमको कार्यविधि नपुर्याई मुद्दा चल्न सक्ने छैन।
(२) उपनियम (१) बमोजिम कुनै पनि प्रहरी कर्मचारी उपर मुद्दा चलाउनका लागि फौजदारी मुद्दाको हकमा अख्तियारवालाको अनुमति प्राप्त हुनु पर्नेछ र देवानी मुद्दाको हकमा देहाय बमोजिम प्रक्रिया अवलम्बन गरेको हुनु पर्नेछ:–
(क) मुद्दा चलाउने कारण तथा वादीको वारेस भएमा त्यस्तो वारेसको नाम र ठेगाना खोली लिखित सूचना अख्तियारवाला वा सम्बन्धित प्रहरीलाई बुझाएको वा हुलाकद्वारा रजिस्ट्री गरी पठाएको र
त्यसको एक प्रति नक्कल केन्द्रमा पेश भएको दुई महिना ननाघेको, र (ख) मुद्दा चलाउने कारण भएको तीन महिनाभित्र मुद्दा दायर गरिसकेको।
(३) कुनै प्रहरी बहाल छँदा आफ्नो ओहदाको कर्तव्यपालनोको सिलसिलामा गरेको कामको सम्बन्धमा बहालटुटिसेक पछि पनि केन्द्रको स्वीकृति नभई निज उपर मुद्दा चल्न सक्ने छैन।
(४) उपनियम (३) बमोजिम मुद्दा चलाउन केन्द्रबाट स्वीकृति प्राप्त भएमा निजको प्रतिरक्षक paler सरकार गर्नेछ।
९४. वैयक्तिक नोकरी विवरणः (१) प्रहरी कर्मचारीका वैयक्तिक नोकरी विवरणको अभिलेख *केन्द्र र प्रहरी कितावखानामा राखिनेछ।
(२) उपनियम (१) बमोजिमको विवरण सो प्रयोजनको लागि तोकिए बमोजिमको फाराममा अभिलेख गरिनेछ।
९५. अभिलेख सम्बन्धी व्यवस्थाः (१) प्रहरी कर्मचारीको नोकरी सम्बन्धी व्यक्तिगत अभिलेख *प्रहरी कितावखानामा रहनेछ।
(२) प्रहरी कर्मचारीको अभिलेख सम्बन्धमा *प्रहरी कितावखानाले देहाय बमोजिमको कार्य गर्नेछः–
(क) पद दरता गर्ने,
(ख) प्रहरी कर्मचारीहरूको नियुक्ति, बढुवा, पुरस्कार, विभागीय सजाय, शैक्षिक योग्यता, तालीम, औषधि उपचार लगायत प्रहरी कर्मचारीको व्यक्तिगत विवरण सहितको अभिलेख राख्ने,
(ग) सेवा निवृत्त प्रहरी कर्मचारीको निवृत्तभरण अधिकारपत्र जारी गर्ने,
(घ) सेवा निवृत्त प्रहरी कर्मचारीको निवृत्तभरण अधिकारपत्रमा संशोधन गर्ने, प्रतिलिपि दिने,
(ङ) सेवा निवृत्त प्रहरी कर्मचारीको उपदानको अङ्क किटान गरी सम्बन्धित निकायमा पठाउने,
(च) औषधि उपचार रकम किटान गर्ने,
(छ) पारिवारिक निवृत्तिभरण, अंशत निवृत्तिभरण, सन्तनिवृत्ति, शैक्षिकवृत्ति आदिको अधिकारपत्र जारी गर्ने,
(ज) पारिवारिक निवृत्तिभरण पाउने व्यक्तिको यकिन गर्ने र अधिकारपत्र नामसारी गर्ने,
(झ) वैयक्तिक नोकरी विवरण दर्ता गर्ने र प्रमाणित गर्ने,
(ञ) नोकरी जोड्ने,
(ट) तलबी प्रतिवेदन पारित गर्ने,
(ठ) अभिलेखमा विवरण फरक परेमा जाँचबुझ गरी यकिन गर्ने,
(ड) प्रहरी कर्मचारी बहाल छँदै औषधि उपचार वापत लिएको रकमको अभिलेख राख्ने,
(ढ) सम्पत्ति विवरणको अभिलेख राख्ने।
(ण) नियम ६३ को उपनियम (२) बमोजिम बर्खास्त गरिएका प्रहरी कर्मचारीको अभिलेख राख्ने।
९६. पुरस्कारः प्रमुखले कर्तव्यपालनोको सिलसिलामा प्रशंसनीय काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार स्वरूप पाँच तलब वृद्घि सम्म वा दुई हजार पाँच सय रुपैयाँसम्म प्रदान गर्न सक्छन्।
९७. व्यक्तिगत अभिलेख विवरणः (१) प्रहरी कर्मचारीको व्यक्तिगत अभिलेख तयार गर्दा निजको आचरण तथा कार्यसम्पादनको मूल्याङ्कन गरिएका विभिन्न पक्षहरू समेत स्पष्ट रूपमा खुलाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको अभिलेख केन्द्रको कर्मचारी प्रशासन शाखामा राखी सोको जानकारी प्रहरी किताबखानामा पनि पठाउनु पर्नेछ।
९८. सेवाका शर्त तथा सुविधामा परिवर्तन: कुनै पनि प्रहरी कर्मचारीलाई निजको नियुक्ति हुँदाका बखत कायम रहेको तलब, उपदान, निवृत्तिभरण र त्यस्तै अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरूमा निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिने छैन ।
९९. तालीमको व्यवस्था: नेपाल सरकारले केन्द्रमा कार्यरत प्रहरी कर्मचारीलाई अनुसूची–६ बमोजिमको तालीम दिने व्यवस्था मिलाउनेछ।
१००. अधिकार प्रत्यायोजन गर्न सक्ने: (१) नेपाल सरकारले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएका प्रहरी कर्मचारी वा अधिकारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ।
(२) यस नियमावलीद्वारा कुनै प्रहरी कर्मचारी वा अधिकारीलाई प्रदान गरिएको अधिकार आफ्नो सामान्य रेखदेखमामा रहेका बखत गरी निजले आफ़ू मुनिका प्रहरी कर्मचारी वा अधिकारीलाई सुम्पिन सक्नेछ।
१०१. परिचय पत्र: सेवा निवृत्त प्रहरी कर्मचारीका नाउँमा * प्रहरी किताबखानाले परिचयपत्र जारी गर्न सक्नेछ।
१०२. अनुसूचीमा हेरफेर तथाघट गर्न सक्ने: केन्द्रले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा हेरफेर तथाघट गर्न सक्नेछ।
१०३. खारेजी र बचाउ: (१) राष्ट्रिय सतर्कता केन्द्र प्रहरी समूह (गठन) नियमावली, २०६४ खारेज गरिएको छ।
(२) राष्ट्रिय सतर्कता केन्द्र प्रहरी समूह (गठन) नियमावली, २०६४ बमोजिम भएका काम कारबाही यसै नियमावली बमोजिम भएका मानिनेछ।
अनुसूची-१ (नियम १४ को उपनियम (१) सँग सम्बन्धित)
कार्य सम्पादन मूल्याङ्कन फारम खण्ड (क)
१. मूल्याङ्कन अवधि: आर्थिक वर्ष ................ को श्रावण महिनाको एक गते देखि ................ साल आषाढमासान्तसम्म
२. विवरण पेश गरेको कार्यालय:............................. दर्ता नं: ............ मिति:............
३. नाम, थर:...................................................... पद:..............
४. कार्यरत कार्यालय:...............................................................
५. व्यक्तिगत नम्बर:.........................................
६. हालको पदमा नियुक्ति मिति:......................................................
७. सुरु नियुक्ति मिति:.................................
८. कार्य सम्पादन विवरण:...............................
(क) कार्य विवरण र वार्षिक कार्यक्रम बमोजिमका कार्यहरूको विवरण:–
(१)
(२)
(३)
(४)
(५)
(ख) भ्रष्टाचार नियन्त्रण सम्बन्धमा गरेका कार्यहरूको विवरण:–
(१)
(२)
(३)
(४)
(५)
(ग) आफ्नो नेतृत्व र पहलमा गरिएका कार्यहरू:—
(१)
(२)
(३)
(४)
(५)
(घ) व्यवस्थापन तथा अन्य क्षेत्रमा गरेका उल्लेखनीय कार्यहरू:—
(१)
(२)
(३)
(४)
(५)
सुपरीवेक्षक समक्ष पेश गरेको मिति: ........................
प्रहरी कर्मचारीको दस्तखत:
मिति:
९. आधारभूत मूल्याङ्कन:
खण्ड (ख)
(राजपत्रित प्रहरी कर्मचारीको लागि)
(क) व्यक्तिगत गुणको मूल्याङ्कन
| क्र.सं | मूल्याङ्कन विवरण | सुपरिवेक्षकको मूल्याङ्कन (पूर्णाङ्क ८) | पुनरावलोकनकर्ताको मूल्याङ्कन (पूर्णाङ्क ४) |
| :--- | :--- | :---: | :---: | :---: | :---: | :---: | :---: | :---: | :---: |
| | | अतिउत्तम (०.८) | उत्तम (०.७) | सामान्य (०.६) | न्यून (०.५) | अतिउत्तम (०.४) | उत्तम (०.३७५) | सामान्य (०.३५) | न्यून (०.३) |
| १ | इमान्दारीता / नैतिकता | | | | | | | | |
| २ | अनुशासन | | | | | | | | |
| ३ | शिष्टता | | | | | | | | |
| ४ | आत्मविश्वास | | | | | | | | |
| ५ | मिलनसार | | | | | | | | |
| ६ | सहकार्य | | | | | | | | |
| ७ | निष्पक्षता | | | | | | | | |
| ८ | सेवा प्रवाह / जनसम्पर्क | | | | | | | | |
| ९ | सेवा प्रति निष्ठा | | | | | | | | |
| १० | शारीरिक क्षमता | | | | | | | | |
| | जम्मा प्राप्ताङ्क | अङ्कमा:-
अक्षरमा:- | | | | अङ्कमा:-
अक्षरमा:- | | | |
(ख) कार्यकुशलताको मूल्याङ्कन
| क्र.सं | मूल्याङ्कन विवरण | सुपरिवेक्षकको मूल्याङ्कन (पूर्णाङ्क ८) | पुनरावलोकनकर्ताको मूल्याङ्कन (पूर्णाङ्क ४) | | :--- | :--- | :---: | :---: | :---: | :---: | :---: | :---: | :---: | :---: | | | | अतिउत्तम (०.८) | उत्तम (०.७) | सामान्य (०.६) | न्यून (०.५) | अतिउत्तम (०.४) | उत्तम (०.३७५) | सामान्य (०.३५) | न्यून (०.३) | | १ | इमान्दारिता /नैतिकता | | | | | | | | | | २ | पेशागत ज्ञान | | | | | | | | | | ३ | योजना तर्जुमा र कार्यान्वयन गर्न सक्ने क्षमता | | | | | | | | | | ४ | नेतृत्व गर्न सक्ने खुबी | | | | | | | | | | ५ | निर्णयात्मक क्षमता | | | | | | | | | | ६ | उत्तरदायित्व | | | | | | | | | | ७ | कामको परिणाम | | | | | | | | | | ८ | दूरदर्शिता | | | | | | | | | | ९ | सिर्जनशीलता | | | | | | | | | | १० | प्रविधिक सचेतना / क्षमता | | | | | | | | | | | जम्मा प्राप्ताङ्क | अङ्कमा:- | | | | अङ्कमा:- | | | | | | | अक्षरमा:- | | | | अक्षरमा:- | | | |
(ग) कार्यान्वयन स्थितिको मूल्याङ्कन
(घ) खण्ड (क), (ख) र (ग) बमोजिम प्राप्त गरेको कुल अङ्क
सुपरिवेक्षकको नाम, थर: $\quad$ पुनरावलोकनकर्ताको नाम, थर: दस्तखत: $\quad$ दस्तखत: पद: $\quad$ पद: कार्यालय: $\quad$ कार्यालय: मिति: $\quad$ मिति:
खण्ड(ग)
(राजपत्र अनडि्टि प्रहरी कर्मचारीको लागि)
सुपरिवेक्षकको नाम, थर: $\quad$ पुनरावलोकनकर्ताको नाम, थर:
दस्तखत: $\quad$ दस्तखत:
पद: $\quad$ पद:
कार्यालय: $\quad$ कार्यालय:
मिति: $\quad$ मिति:
खण्ड(घ)
पुनरावलोकन समितिको मूल्याङ्कन (राजपत्राङ्कित प्रहरी कर्मचारीको लागि)
पुनरावलोकन समिति समक्ष पेश गरेको मिति: कर्मचारीको नाम:........................... पद:............श्रेणी:.................
(३) कार्यचाप बहन गर्ने क्षमता (४) सृजनशीलता र अग्रसरता (५) स्रोत र साधनको प्रभावकारी उपयोग पूर्णाङ्क: १० प्राप्ताङ्क: अङ्कमा: अक्षरमा:
(ग) राजपत्रितृतिय श्रेणीका प्रहरी कर्मचारीको लागि
(१) विषयवस्तुको ज्ञान र सीप (२) विवेक प्रयोग, निर्णय गर्ने क्षमता (३) कार्यचाप बहन गर्ने क्षमता (४) सृजनशीलता र अग्रसरता (५) पेशागत संवेदनशीलता (गोपनीयता र मर्यादित रहने) पूर्णाङ्क: १० प्राप्ताङ्क: अङ्कमा: अक्षरमा:
पुनरावलोकन समितिका पदाधिकारीहरुकोः
खण्ड (ङ)
पुनरावलोकन समितिको मूल्याङ्कन (राजपत्र अनडि्टित प्रहरी कर्मचारीको लागि)
पुनरावलोकन समिति समक्ष पेश गरेको मिति: ....................
कर्मचारीको नाम: ............................................................ पद: .................... श्रेणी ............
पुनरावलोकन समितिका पदाधिकारीहरुको:
अक्षरमा:
खण्ड(च)
(नियम १४ को उपनियम (४) सँग सम्बन्धित)
कार्यसम्पादन मूल्याङ्कन निर्देशिका
(क) मूल्याङ्कन हुने प्रहरी कर्मचारीका लागि:
(१) आफूले सम्पादन गरेको कार्यहरूलाई सम्बन्धित महलमा उल्लेखित शीर्षकमा बुँदागत र वस्तुपरक परिणाम समेत देखिने गरी उल्लेख गर्नु पर्नेछ।
(२) सम्पादित कार्य बमोजिम कुनै महत्वपूर्ण उपलब्धि वा प्रगति भएको भए सोको विवरण समेत उल्लेख गर्नु पर्नेछ।
(३) बुँदा नं. (१) र (२) लाई समर्थन गर्ने कुनै आधिकारिक पत्र, लिखत भए सो बारेमा संक्षिप्त रूपमा उल्लेख गर्नु पर्नेछ।
(४) आफूलाई तोकिएको जिम्मेवारी निवाह गर्दाका आफूले पाएको पुरस्कार, कदरपत्र, प्रशंसापत्र, न्यूनतम तथा अतिरिक्त शैक्षिक योग्यता तथा विभागीय वा अन्य कारबाही समेतका बारे उल्लेख गर्नु पर्नेछ।
(५) संवेदनशील कार्य अन्तर्गत निमित्त नामको अतिरिक्त नेपाल सरकार वा केन्द्रबाट गठन गरिएको विशेष समितिमा रही कार्यसम्पादन गरेको वा आफूले सम्पादन गरेको त्यस्तो कार्यले केन्द्र तथा आम जनतामा प्रत्यक्ष रूपले देखिने गरी पारेको सकारात्मक प्रभाव झल्किने र कानून र व्यवस्था कायम गर्ने कार्यलाई मात्र उल्लेख गर्नु पर्नेछ।
(६) तोकिएको अवधिमा आफूले सम्पादन गरेका मूल्याङ्कन हुनु पर्ने कार्यलाई मात्र उल्लेख गरी फाराम भर्नु पर्नेछ। त्यसरी फाराम भर्दा आफ्नो व्यक्तित्व, कार्य क्षमता र स्तरलाई झल्काउने गरी वस्तुनिष्ठ तथ्यगत आधारमा भर्नु पर्नेछ।
(ख) सुपरिवेक्षक र पुनरावलोकनकर्ताका लागि:
(१) मूल्याङ्कन हुने प्रहरी कर्मचारीले पेश गरेको कार्य विवरणलाई निजले सम्पादन गरेको कार्यस्तर, क्षमता, न्यूनतम तथा अतिरिक्त शैक्षिक योग्यता र प्रस्तुतीकरण
तथा निजको व्यक्तिगत फाइलमा रहेका कागजातहरू र अन्य परिस्थितिहरुलाई समेत विचार गरी मूल्याङ्कन गर्नु पर्नेछ।
(२) साटी प्रतिशतभन्दा कम र नव्वे प्रतिशतभन्दा बढी अंक प्रदान गर्दा आधार र कारण खुलाउनु पर्नेछ।
(३) मूल्याङ्कन हुने प्रहरी कर्मचारीले आफ्नो कार्य सम्पादन गर्दा प्रहरी कर्मचारी, केन्द्रको छवि उच्च बनाएको र आमजनतासँग सौहार्दपूर्ण कर एवं नागरिकमैत्री कार्य र व्यवहार गरेको भएमा सो समेतलाई आधार मानी मूल्याङ्कन गर्नु पर्नेछ।
(४) मूल्याङ्कन हुने प्रहरी कर्मचारीले पाएको पुरस्कार र सजायको कारण र पृष्ठभूमि समेतलाई विचार गरी मूल्याङ्कन गर्नु पर्नेछ। पटक पटक विभागीय कारबाहीमा परेको प्रहरी कर्मचारीको सो बमोजिम मूल्याङ्कन नगर्ने सुपरिवेक्षक र पुनरावलोकनकर्ताको समेत सोही आधारमा मूल्याङ्कन हुनेछ।
(ग) कार्यसम्पादन मूल्याङ्कन फाराम पेश गर्ने तरिकाः
(१) प्रहरी कर्मचारीले दुई प्रति कार्यसम्पादन मूल्याङ्कन फारम भरी प्रत्येक वर्षको श्रावण सात गतेभित्र सम्बन्धित सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ।
(२) सुपरिवेक्षकले बुँदा नं. (१) बमोजिम आफु समक्ष पेश हुुने आएको कार्य सम्पादन मूल्याङ्कन फारममा मूल्याङ्कन गरी श्रावण एकुईस गतेभित्र सम्बन्धित पुनरावलोकनकर्ता समक्ष पेश गर्नु पर्नेछ।
(३) पुनरावलोकनकर्ताले आफु समक्ष पेश हुुने आएका कार्यसम्पादन मूल्याङ्कन फारममा मूल्याङ्कन गरी भाद्र सात गतेभित्र पुनरावलोकन समिति समक्ष पेश गरी सक्नु पर्नेछ।
(४) पुनरावलोकन समितिले पुनरावलोकनकर्ताबाट मूल्याङ्कन भई आएका कार्यसम्पादन मूल्याङ्कन फारममा भाद्र मसान्तभित्र मूल्याङ्कन गरी सक्नु पर्नेछ। पुनरावलोकन समितिले मूल्याङ्कन कार्य समाप्त गरेपछि प्रमुखले कार्यसम्पादन मूल्याङ्कन फारम सिलबन्दी गरी सुरक्षित साथ राख्नु पर्नेछ।
अनुसूची–२ (नियम १६ को उपनियम (१) सँग सम्बन्धित) भौगोलिक क्षेत्रको विवरण
“क” वर्गमा पर्ने जिल्लाः
(१) मेची अञ्चलको ताप्लेजुङ (२) कोशी अञ्चलको नुम सहित दक्षिण क्षेत्र बाहेक संखुवासिधार जिल्लाको सम्पूर्ण क्षेत्र (३) सगरमाथा अञ्चलको सोलुखुम्बु (४) जनकपुर अञ्चलको डोल्खा जिल्लाको लामाबागर र रोल्वालिङ्ग क्षेत्र (५) बागमती अञ्चल अन्तर्गत धादिङ्ग जिल्लाको सेतीवासा उत्तरको सिन्हार क्षेत्र (६) गण्डकी अञ्चलको मनाङ्ग र गोरखा जिल्लाको सेतीवासा उत्तरको लातोर क्षेत्र (७) धवलानगरी अञ्चलको टुकुचे भन्दा दक्षिणी क्षेत्र बाहेक मुस्ताङ्ग जिल्लाको उत्तरी वाग्लुङ्गको ढोरपाटन क्षेत्र (८) राप्ती अञ्चलको रोल्पा र रुकुम (९) कर्णाली अञ्चलको हुम्ला, जुम्ला, मुगु, कालीकोट र डोल्पा (१०) भेरी अञ्चलको जाजरकोट (११) सेती अञ्चलको बझाङ्ग (१२) महाकाली अञ्चलको दार्चुला
“ख” वर्गमा पर्ने जिल्लाः
(१) मेची अञ्चलको पाँचथर (२) कोशी अञ्चलको भोजपुर, तेह्रुम्चुम र संखुवासिधार जिल्लाको नुम सहित दक्षिणी क्षेत्र (३) सगरमाथा अञ्चलको ओखलढुङ्गा र खोटाङ्ग (४) जनकपुर अञ्चलको रामेछाप र डोल्खा जिल्लाको लामाबागर र रोल्वालिङ्ग क्षेत्र बाहेकको बाँकी भाग (५) बागमती अञ्चल रसुवा जिल्लाको राभचे भन्दा उत्तरको क्षेत्र (६) गण्डकी अञ्चलको लमजुङ्ग जिल्लाको खुदी उत्तरी क्षेत्र (७) लुम्बिनी अञ्चलको अघाखाँची र गुल्मी (८) धवलानगरी अञ्चलको म्याग्दी, पर्वत, मुस्ताङ्ग जिल्लाको टुकुचे भन्दा दक्षिणी क्षेत्र, वाग्लुङ्ग जिल्लाको ढोरपाटन क्षेत्र र म्याग्दी जिल्लाको निसकोट पहाडबाट दक्षिणतर्फ वाग्लुङ्ग जिल्लाको तारागाउँ विकास समितिमा पर्ने रातामाटा हुँदै गुल्मी जिल्लाको उत्तर-दक्षिण अंशान रेखाको पूर्वी क्षेत्र बाहेकको वाग्लुङ्ग (९) राप्ती अञ्चलको सल्यान र प्यूठान (१०) सेती अञ्चलको डोटी र अछाम (११) महाकाली अञ्चलको डडेल्धुरा र बैतडी (१२) भेरी अञ्चलको दैलेख।
“ग” वर्गमा पर्ने जिल्लाः
(१) मेची अञ्चलको ईलाम (२) कोशी अञ्चलको धनकुटा (३) सगरमाथा अञ्चलको उदयपुर (४) जनकपुर अञ्चलको सिन्धुली (५) वाग्मती अञ्चलको सिन्धुपाल्चोक र सेदीबास उत्तरको बिहार बाहेक धादिङ जिल्ला र रसुवाको राम्चे सहितको दक्षिणी क्षेत्र (६) गण्डकी अञ्चलको तनहुँ, स्याङ्जा, गोरखा जिल्लाको सिर्दिबास उत्तरको लाग्ने क्षेत्र बाहेकको बाँकी क्षेत्र र लमजुङ जिल्लाको खुदी उत्तर बाहेकको बाँकी क्षेत्र (७) लुम्बिनी अञ्चलको पाल्पा (८) धवलनगरी अञ्चलको म्याग्दी जिल्लाको निरकोट पहाडबाट दक्षिणतर्फ बाग्लुङ जिल्लाको तारागाउँ विकास समितिमा पर्ने रातामाटा गाउँ हुँदै गुल्मी जिल्लालाई छुने उत्तर-दक्षिण अक्षांश रेखादेखि पूर्व कर पर्ने बाग्लुङ जिल्लाको बाँकी क्षेत्र (९) राप्ती अञ्चलको दाङ (१०) भेरी अञ्चलको बर्दिया र सुखेत (११) सेती अञ्चलको कैलाली (१२) महाकाली अञ्चलको कञ्चनपुर।
“घ” वर्गमा पर्ने जिल्लाः
(१) मेची अञ्चलको झापा (२) कोशी अञ्चलको मोरङ्ग, सुनसरी (३) सगरमाथा अञ्चलको सप्तरी र सिरहा (४) जनकपुर अञ्चलको धनुषा, महोत्तरी र सलाखी (५) वाग्मती अञ्चलको नुवाकोट र काभ्रेपलाञ्चोक (६) नारायणी अञ्चलको बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर (७) गण्डकी अञ्चलको कास्की (८) लुम्बिनी अञ्चलको नवलपरासी, रूपन्देही र कपिलवस्तु (९) भेरी अञ्चलको बाँके।
“ङ” वर्गमा पर्ने जिल्लाः
(१) वाग्मती अञ्चलको काठमाडौँ, ललितपुर र भक्तपुर।
अनुसूची–३ (नियम २० सँग सम्बन्धित) बढुवा समितिले गर्ने मूल्याङ्कन फाराम
१. प्रहरी कर्मचारीको नाम थर: २. पद: ३. व्यक्तिगत नं. ४. हालको पदमा नियुक्ति मिति: ५. हाल कार्यरत कार्यालय: ६. प्रतिवेदन अवधिमा कार्यरत रहेका अन्य कार्यालयहरू: ७. मूल्याङ्कन अवधि: ............................देखि ...................................सम्म
बढुवा समितिको मूल्याङ्कन
| क्र सं | विषय क्षेत्र | प्रदान गरिएको अङ्क (पूर्णाङ्क ७.५) | कैफियत | | :--- | :--- | :---: | :---: | :---: | :---: | :--- | | | | स्तर | अतिउत्तम | उत्तम | सामान्य | | | | | अङ्क | १.५ | १.३ | १ | | | १ | कार्य विवरण र वार्षिक कार्यक्रम बमोजिमका कार्यहरूको विवरण | | | | | | | २ | भ्रष्टाचार नियन्त्रण सम्बन्धमा गरेका कार्यहरूको विवरण | | | | | | | ३ | आफ्नो नेतृत्व र पहलमा गरेका कार्यहरू | | | | | | | ४ | आर्थिक तथा नैतिक अनुशासन र आज्ञापालन | | | | | | | ५ | नेतृत्व क्षमता | | | | | | | | जम्मा अङ्क: | | | | | | | | अक्षरमा: | | | | | |
बदुवा समितिका अध्यक्ष/सदस्यको दस्तखत:—
नाम:—
पद:—
कार्यालय:—
मिति:—
द्रष्टव्य: (१) बदुवा समितिले अङ्क दिने प्रयोजनको लागि अधिकतम अङ्कको बाँडफाँड देहाय बमोजिम हुनेछ:—
(क) अति उत्तम: ७.५ अङ्क
(ख) उत्तम: ६.५ अङ्क
(ग) सामान्य: ५.० अङ्क
(२) बदुवा समितिले अङ्क दिँदा उम्मेदवारको प्रत्येक वर्षको कार्य सम्पादन मूल्याङ्कन फारममा उल्लिखित अङ्कलाई आधार मानी समग्र रुपमा मूल्याङ्कन गर्नु पर्नेछ।
(३) बदुवा समितिका अध्यक्ष तथा सदस्यले उम्मेदवारलाई अङ्क दिँदा छुट्टाछुट्टै फारम भरी अङ्क दिनु पर्नेछ।
(४) खण्ड (३) बमोजिम सबै सदस्यले प्रदान गरेको अङ्कलाई औसत हिसाब गर्दा कार्य हुन आएको अङ्क नै बदुवा समितिले प्रदान गर्ने कुल अङ्क मानिनेछ।
अनुसूची–४ (नियम ६४ को उपनियम (३) सँग सम्बन्धित)
विभागीय सजायको सूचनाको ढाँचा
भाग-१
(पद उल्लेख गर्ने) .................... (नाम उल्लेख गर्ने) .................... को नाममा (कार्यालयको नाम उल्लेख गर्ने) .................... बाट जारी गरिएको हाजिर हुन आउने सम्बन्धी सूचना
तपाईं .................... दरबन्दीको प्र. .................... मिति २० .................... गतेबाट कार्यालयमा अनुपस्थित स्तर रहेको पाइएकाले र राष्ट्रिय सतर्कता प्रहरी नियमावली, २०७१ को नियम ६३ बमोजिम तपाईँको घरदैलो/ .................... सार्वजनिक स्थल/ .................... गा.वि.स./न.पा. को सूचना पाटीमा यो सूचना टाँस गरिएको छ। सूचना टाँसिएको मितिले र बाटोको भ्याइर बाहेक २४ घण्टाभित्र अनुपस्थित रहनु परेको कारण समेत खुलाई सन्तोषजनक स्पष्टीकरण सहित कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईँ उपर राष्ट्रिय सतर्कता प्रहरी नियमावली, २०७१ को नियम .................... को देहाय .................... को .................... रहेको कुरामा ऐ. नियमावलीको नियम .................... को देहाय .................... बमोजिम नोकरीबाट हटाउने/बखास्त गर्ने कारबाही भई जाने व्यहोरा सूचित गरिन्छ।
भाग-२
लिखितमा हामी तपसिलमा लेखिएका मानिसहरू आगे, जिल्ला .................... गा.वि.स./न.पा. .................... वडा नं. .................... स्थायी बतन भएका .................... को नाति/नातिनी .................... छोरा/छोरी .................... दरबन्दीको प्र. .................... मिति २० .................... देखि आफूखुसी कार्यालयमा अनुपस्थित रहेकोले बाटोको म्याद बाहेक २४ घण्टाभित्र सन्तोषजनक स्पष्टीकरण जवाफसहित कार्यालयमा हाजिर हुनुजाऊहोला, अन्यथा तपाईँ उपर राष्ट्रिय सतर्कता प्रहरी नियमावली, २०७१ को नियम .................... को देहाय .................... को .................... को कुरामा ऐ. नियमावलीको नियम .................... को देहाय .................... बमोजिम नोकरीबाट हटाउने/बखास्त गर्ने कारबाही भई जानेछ भन्ने व्यहोराको सूचना हामीहरूको सामुन्नेमा .................... को घरदैलो/ .................... सार्वजनिक स्थल/ .................... गा.वि.स/न.पा. को सूचना पाटीमा टाँस गरी
दिन्छौँ भनी .....................बाट खटिएर आएका प्रहरी कर्मचारीहरूले भन्दा हामीहरूको चित्त बुझ्यो । निजलाई कार्यालयमा हाजिर हुन जाने व्यहोराको सूचना हाम्रो सामुन्ने गा.वि.स. /न.पा. को प्रमुख/सदस्य/सचिवको रोहवरमा................मा टाँस गरेको व्यहोरा ठीक साँचो हो भनीयोर मुचुल्कामा हाम्रो राजीखुसीले सहीछाप गरी खटिएर आएका प्रहरी कर्मचारीमार्फत नेपाल सरकारमा चढायौँ ।
तपसिल
१. जिल्ला.........गा.वि.स/न.पा.......वडा नं...बस्ने वर्षको...को.................१
२. जिल्ला........गा.वि.स/न.पा........वडा नं...बस्ने वर्षको...को.................१
३. जिल्ला........गा.वि.स/न.पा........वडा नं...बस्ने वर्षको.....को.................१
रोहबर
१. जिल्ला.....गा.वि.स/न.पा........को प्रमुख/सदस्य/सचिव............१
काम तामेल गर्ने
१..........दरबन्दीको प्र..........................................................१
२..........दरबन्दीको प्र..........................................................१
३..........दरबन्दीको प्र..........................................................१
इति सम्बत् २०......साल....महिना......गते.....रोज.......शुभम्....।
भाग-३
श्रीमान् प्रमुखज्यू,
.................................।
विषयः– प्रतिवेदन पेश गरिएको ।
उपयुक्त विषयमा जिल्ला .........गा.वि.स/न.पा..र ........वडा नं...स्थायी बतन भएको ...........नाति/नातिनी ..........को छोरा/छोरी .............दरबन्दीको प्र...............मिति २०........देखि केन्द्रमा अनुपस्थित रहेकाले निजलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र
सन्तोषजनक स्पष्टीकरण सहित केन्द्रमा हाजिर हुन आएर बस्ने म्याद जारी भएको सूचना सम्बन्धित........गा.न.स/न.पा.को प्रमुख/सदस्य/सचिवको रोहबरमा निजको घरदैलो/.... .....सार्वजनिक स्थल/..............गा.न.स./न.पा.को सूचना पाटीमा टाँस गरी स्थानीय भदरामीबाट सहीछाप गराई रीतपूर्वक मुचुल्का खडा गरी सो मुचुल्का र टाँस गरिएको सूचनाको एकप्रति यसैसाथ संलग्न राखी पेश गरेका छौँ । मुचुल्कामा सहीछाप गर्ने मानिसहरू सही सत्य हुन्, झुठातहा फिरिहले र कानूनबमोजिम सजायको भागीदार हुन मञ्जुर छौँ भनी यो प्रतिवेदन लेखी पेश गरेर श्रीमान् समक्ष अनुरोध गरेका छौँ ।
प्रतिवेदकः काम तामेल गर्ने प्र................१
प्र.................१
इति सम्बत् २०......साल....महिना......गते .....रोज.......शुभम्..................।
भाग-४
नेपाल सरकार राष्ट्रिय सतर्कता केन्द्रबाट जारी भएको हाजिर हुन आएर बस्ने बारेको म्याद सूचना तपाईं जिल्ला.........गा.न.स/न.पा.......वडा नं......स्थायीरति भएको..........को नाति/ नातिनी.............छोरा/छोरी र ...................कार्यालय दरबन्दीको प्र.............मिति २०.........देखि आफूखुसी कार्यालयमा अनुपस्थित रहेर खोजतलास गदाकर गराउँदा तथा राष्ट्रिय सतर्कता प्रहरी नियमावली, २०७१ को नियम ... बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समय समेत पनि कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आएर बस्ने यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक पन्ध्र दिनभित्र आफू अनुपस्थित हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित यस कार्यालयमा हाजिर हुन आउनु होला, अन्यथा तपाईं उपर राष्ट्रिय सतर्कता प्रहरी नियमावली, २०७१ को नियम ... को ....... को कसूरमा ऐ. नियमावलीको नियम ... को ...... बमोजिम सेवाबाट हटाउने/बखास्तको कारवाही भई जाने हुँदा यसै सूचनाबाट तपाईंलाई सफाईको मौका प्रदान गरिएको व्यहोरा जानकारी गराइएको छ ।
अनुसूची–५ (नियम ६५ को उपनियम (१) सँग सम्बन्धित) नेपाल सरकार राष्ट्रिय सतर्कता केन्द्र नोकरीबाट हटाइएको सजाय आदेशको सूचना
जिल्ला.........गा.वि.स./न.पा......वडा नं......स्थायी बतन भएको ....................को नाति/नातिनी.............छोरा/छोरी र ....................कार्यालय दरबन्दीको प्र.............मिति २०.........देखि बिना सूचना यस केन्द्रमा अनुपस्थित रहेको र राष्ट्रिय सतर्कता प्रहरी नियमावली, २०७१ को नियम ...........बमोजिम निजको नाउँमा हाजिर हुन आएर बारेको सूचना दिँदा समेत कार्यालयको सम्पर्कमा नआएकाले राष्ट्रिय सतर्कता प्रहरी नियमावली, २०७१ को नियम........बमोजिम तपाईलाई सेवाबाट हटाउने/बखास्त गरेर निर्णय भएको व्यवहार यसै सूचनाबाट जानकारी गराइएको छ। यो निर्णयमा चित्त नबुझेमा तोकिएको म्यादभित्र पुनरावेदन गर्नुहोला।
उल्लिखित नोकरीबाट हटाउने/बखास्त गरेर गरी सजायको आदेश दिने अधिकारीबाट भएको निर्णय सम्बन्धी सूचना हामीहरूको सामुन्नेमा ..............को घरदैलो/.........सार्वजनिक स्थल/ ............गा.वि.स./न.पा.को सूचनापाटीमा टाँस गरी दिइन्छ भनी........र................बाट खटिएर आएका प्रहरी कर्मचारीहरूले भन्दा हामीहरूले चित्तबुझ्यौँ। निजलाई सेवाबाट हटाउने/बखास्त गर्ने निर्णयको सूचना हाम्रोर सामुन्नेमा गा.वि.स./न.पा प्रमुख/सदस्य/सचिवको रोहबरमा................मा टाँस गरेको व्यवहार ठीक साँचो हो भनी यो मुचुक्नामा हाम्रो राजीखुसीले सहीछाप गरी खटिएर आएका प्रहरी कर्मचारीमार्फत नेपाल सरकारमा चढायौँ।
तपसिल
१. जिल्ला........रगा.वि.स./न.पा.वडा नं.र.....रबस्ने वर्षको.....र..................१ २. जिल्ला........रगा.वि.स./न.पा.वडा नं.र.....रबस्ने वर्षको.....र..................१ ३. जिल्ला........रगा.वि.स./न.पा.वडा नं.र.....रबस्ने वर्षको.....र................१
रोहबर १. जिल्ला................रगा.वि.स./न.पा.को प्रमुख र/सदस्य/सचिव...................१
काम गर्ने १. ..........दरबन्दीको प्र.....................................................................१ २. .........दरबन्दीको प्र.....................................................................१ ३. .........दरबन्दीको प्र......................................................................१
इति सम्बत् २०......साल......महिना.........गते.......रोज.....शुभम्..................।
अनुसूची–६ (नियम ९९ सँग सम्बन्धित) प्रहरी कर्मचारीलाई दिइने तालीम
(क) सेवाकालीन तालीम
(ख) अन्य तालीमः (१) प्रशासन तथा कार्यालय व्यवस्थापन/सञ्चालन तालीम (२) भ्रष्टाचार अनुसन्धान तथा नियन्त्रण सम्बन्धी तालीम (३) प्रहरी व्यवस्थापनसँग सम्बन्धित तोकिएका अन्य तालीम (४) अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट समय समयमा सञ्चालन हुने तालीम (५) केन्द्रले तोकिदिएका अन्य तालीम*