राहदानी नियमावली, २०७७
नेपाल राजपत्रमा प्रकाशित मिति २०७७।०४।२६
संशोधन १. राहदानी (पहिलो संशोधन) नियमावली, २०७८ २०७८।०७।२९ २. राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ २०८१।०७।२९
राहदानी ऐन, २०७६ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “राहदानी नियमावली, २०७७” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) "ऐन" भन्नाले राहदानी ऐन, २०७६ सम्झनु पर्छ। (ख) "जिल्ला प्रशासन कार्यालय" भन्नाले प्रचलित कानून बमोजिमको जिल्ला प्रशासन कार्यालय सम्झनु पर्छ र सो शब्दले जिल्ला प्रशासन कार्यालय मातहतमा रहेको इलाका प्रशासन कार्यालयलाई समेत जनाउँछ। (ग) "परिवार” भन्नाले राहदानी प्राप्त गर्ने व्यक्तिसँग बस्ने तथा निज आफैंले पालन पोषण गर्नु पर्ने पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सासु, ससुरा सम्झनु पर्छ। (घ) "महानिदेशक" भन्नाले विभागको महानिदेशक सम्झनु पर्छ। (ङ) "विशेष काम" भन्नाले नेपाल सरकार, मन्त्रिपरिषद्ले तोकेको विशेष काम सम्झनु पर्छ। (च) "सरकारी काम" भन्नाले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कुनै सरकारी निकायका पदाधिकारी वा कर्मचारीले भाग लिनु पर्ने विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ, संस्थाको आयोजनामा हुने बैठक, सम्मेलन, गोष्ठी, सेमिनार, कार्यशाला वा यस्तै प्रकारको कार्यक्रम
सम्झनु पर्छ र सो शब्दले सरकारी निकायका पदाधिकारी वा कर्मचारीले भाग लिने अध्ययन, अध्ययन भ्रमण वा तालिमलाई समेत जनाउँछ।
३. विभागको कामः ऐनमा उल्लिखित कामका अतिरिक्त विभागको काम देहाय बमोजिम हुनेछः-
(क) राहदानी, यात्रा अनुमतिपत्र, सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) को खाली पुस्तिका (डकुमेन्ट्स ब्ल्याङ्क) छपाई तथा आपूर्ति, वैयक्तीकरण (पर्सनलाइजेसन), गुणस्तर परीक्षण, तथ्याङ्क व्यवस्थापन, सुरक्षित भण्डारण लगायतका व्यवस्थापकीय कार्य गर्ने,
(ख) अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को लिखित ९३०३ र सोको सम्बद्ध अनुसूची समेतको आधारमा नेपाली राहदानी तथा यात्रा अनुमतिपत्रमा राखिएको सुरक्षा विशेषता वा संकेतलाई (सेक्युरिटी फिचर) समय समयमा पुनरावलोकन गरी नेपाल सरकारबाट स्वीकृत गराई अद्यावधिक गर्ने,
(ग) राहदानी जारी गर्ने प्रयोजनका लागि आवश्यक पर्ने बायोमेट्रिक लगायतका व्यक्तिगत विवरण सङ्कलन, प्रशोधन, गुणस्तर परीक्षण र सुरक्षित भण्डारण लगायतका व्यवस्थापकीय कार्य गर्ने,
*(ग१) विद्युतीय (इलेक्ट्रोनिक) राहदानीको हस्ताक्षर प्रमाणीकरण निकाय (साईनिङ सर्टिफिकेसन अथोरिटी) को रुपमा कार्य गर्ने, गराउने,
(घ) विभागबाट जारी गरेको राहदानी तथा यात्रा अनुमतिपत्र सम्बन्धी अभिलेख सुरक्षित राख्ने,
(ङ) हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखा मार्फत अद्यावधिक गरी इन्टरपोलको डाटावेसमा प्रविष्ट गर्न लगाउने,
(च) नेपाल सरकारले तोकेका अन्य कार्य गर्ने।
४. साधारण राहदानीको लागि निवेदन दिनेः (१) साधारण राहदानी लिन चाहने नेपाली नागरिकले अनुसूची-१ बमोजिमको निकायमा अनुसूची-२ बमोजिमको ढाँचामा दुई प्रति निवेदन फाराम पेश गर्नु पर्नेछ।
* पहिलो संशोधनद्वारा थप।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा देहायका कागजात संलग्न गर्नु पर्नेछ:-
(क) नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि वा *राष्ट्रिय परिचयपत्रको सक्कल वा राष्ट्रिय परिचयपत्र प्राप्त नगरेको तर राष्ट्रिय परिचय नम्बर प्रदान गरिएको भए परिचय नम्बर,
(ख) नाबालकको हकमा नाबालक परिचयपत्रको सक्कल र सोको प्रतिलिपि,
(ग) नागरिकताको प्रमाणपत्र र नाबालक परिचयपत्र जारी गर्ने निकायबाट आधिकारिकता प्रमाणित गरिएको पत्र,
तर राष्ट्रिय परिचयपत्र लागू भई सोको प्रणालीमा राहदानी प्रणाली आवद्ध भएपछि त्यस्तो आधिकारिकता प्रमाणित गरिएको पत्र आवश्यक पर्ने छैन।
(घ) पहिले राहदानी लिएको भए त्यस्तो राहदानी र सोको फोटो पृष्ठको प्रतिलिपि,
(ङ) नागरिकताको प्रमाणपत्र लिएको जिल्ला बाहेक अन्य जिल्ला प्रशासन कार्यालयबाट राहदानीको लागि सिफारिस लिई आउने निवेदकको हकमा विवाह दर्ता प्रमाणपत्र वा बसाइँ-सराइको प्रमाणपत्रको सक्कल,
(च) विवाहित महिलाले पति को थर समेत समावेश गरी राहदानी लिनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र तथा पतिको नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि,
(छ) अनुसूची-३ बमोजिमको फोटो चार प्रति, र
(ज) अनुसूची-४ बमोजिमको दस्तुर बुझाएको बैङ्क भौचर वा नगद बुझाएको प्रमाण।
(३) कसै को नागरिकताको प्रमाणपत्रमा उल्लिखित नाम, थर वा जन्म मिति र शैक्षिक योग्यतामा उल्लिखित नाम, थर वा जन्म मितिमा सामान्य हिज्जे वा अङ्क फरक पर्यो गई शैक्षिक योग्यताको प्रमाणपत्र बमोजिम राहदानी लिनु पर्ने भएमा प्रवेशिका वा सो
सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र र सोको प्रतिलिपि समेत निवेदनसाथ पेश गर्नु पर्नेछ।
(४) कसैको नागरिकताको प्रमाणपत्रमा उल्लिखित जन्म मिति र ब्रिटिश वा भारतीय सैनिक वा सिंगापुर पुलिसको पेन्सनपट्टा (डिस्चार्ज सर्टिफिकेट) मा कायम रहेको नाम, थर र जन्म मिति फरक परेको र पेन्सनपट्टा (डिस्चार्ज सर्टिफिकेट) बमोजिम राहदानी लिनु पर्ने भएमा ब्रिटिश वा भारतीय सैनिक वा सिंगापुर पुलिसको पेन्सनपट्टा (डिस्चार्ज सर्टिफिकेट) र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी भएको दुबै नाम, थर र जन्म मिति भएको व्यक्ति एउटै हो भनी प्रमाणित गरेको पत्र समेत निवेदनसाथ पेश गर्नु पर्नेछ।
५. नाबालकको लागि साधारण राहदानी लिन निवेदन दिनेः सोह्र वर्ष उमेर नपुगेका नाबालकको हकमा साधारण राहदानी लिन चाहेमा निजको बाबु, आमा, संरक्षक वा मातृत्व व्यक्तिले देहाय बमोजिमको कागजात संलग्न गरी अनुसूची-१ बमोजिमको निकायमा अनुसूची–२ बमोजिमको दुई प्रति निवेदन फाराम पेश गर्नु पर्नेछः-
(क) निवेदकको नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि,
•(क१) निवेदक बाबु, आमा, संरक्षक वा मातृत्व व्यक्तिको नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि वा राष्ट्रिय परिचयपत्रको सक्कल वा राष्ट्रिय परिचयपत्र प्राप्त नगरेको तर राष्ट्रिय परिचय नम्बर प्रदान गरिएको भए परिचय नम्बर,
•(ख) नाबालक परिचयपत्रको सक्कल र सोको प्रतिलिपि वा राष्ट्रिय परिचयपत्रको सक्कल वा राष्ट्रिय परिचयपत्र प्राप्त नगरेको तर राष्ट्रिय परिचय नम्बर प्रदान गरिएको भए परिचय नम्बर,
तर विदेशमा रहेको कारण नाबालक परिचयपत्र बनाउन नसकेको र निजको बाबु नेपाली नागरिक रहेको भए नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि पेश गर्नु पर्नेछ।
(ग) संरक्षक वा मातृत्व खुल्ने प्रमाण,
(घ) नाबालकको अनुसूची-३ बमोजिमको फोटो चार प्रति,
• पहिलो संशोधनद्वारा थप। ▴ पहिलो संशोधनद्वारा संशोधित।
(ङ) अनुसूची–४ बमोजिमको दस्तुर बुझाएको बैङ्क भौचर वा नगद बुझाएको प्रमाण।
६. साधारण राहदानी जारी गर्ने: (१) नियम ४ वा ५ बमोजिम साधारण राहदानीको लागि प्राप्त निवेदन जाँचबुझ गरी विभागले नेपाली नागरिकलाई साधारण राहदानी जारी गर्नेछ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा रीत नपुगेको वा आवश्यक कागजात पेश नगरेको कारण साधारण राहदानी जारी गर्न नमिल्ने भएमा विभागले निवेदनमा सोही व्यहोरा जनाई सोको जानकारी निवेदकलाई दिनु पर्नेछ। त्यसरी साधारण राहदानी जारी हुन नसकेमा निवेदनसाथ दाखिल गरेको दस्तुर फिर्ता हुने छैन।
(३) साधारण राहदानी विभागबाट जारी भएको मितिले एक वर्षभित्र सम्बन्धित व्यक्तिले बुझेर लैजानु पर्नेछ। एक वर्षसम्म बुझी नलिएमा त्यस्तो साधारण राहदानी विभागले *रद्द गर्न सक्नेछ।
(४) साधारण राहदानीको लागि अनुसूची-४ बमोजिमको दस्तुर लाग्नेछ।
(५) विभागले सामान्यतः निवेदन परेको सातदिनभित्र साधारण राहदानी जारी गर्नेछ।
*(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले विभागबाटै द्रुत रुपमा राहदानी जारी गरी पाउन निवेदन दिएमा विभागले अनुसूची-४ बमोजिमको दस्तुर लिई दुई कार्यदिनभित्र साधारण राहदानी जारी गर्न सक्नेछ।
तर निवेदकले पेश गरेका कागजातको सम्बन्धमा थप विवरण वा कागजात पेश गर्नु पर्ने भएमा वा प्राविधिक वा अन्य विशेष कारण परेमा सोको लागि दुई दिनभन्दा बढी समय लाग्न सक्नेछ।
*(७) उपनियम (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागले प्रतिदिन साधारण राहदानी जारी गर्न सक्ने प्राविधिक क्षमताको आधारमा उपनियम (६) बमोजिम द्रुत रुपमा जारी हुन सक्ने साधारण राहदानी सङ्ख्या निर्धारण गरी सोको लागि निवेदन दिन सक्ने व्यवस्था गर्न वा द्रुत रुपमा राहदानी आवश्यक पर्ने कारण खुलाई त्यस्तो कारण मनानसब भएका व्यक्तिलाई मात्र द्रुत रुपमा साधारण राहदानी जारी हुने व्यवस्था गर्न सक्नेछ।
* पहिलो संशोधनद्वारा संशोधित। + पहिलो संशोधनद्वारा थप।
७. साधारण राहदानी वितरणः (१) नियम ६ बमोजिम जारी भएको साधारण राहदानी जुन निकायमा निवेदन दिएको हो सोही निकायबाट वितरण गरिनेछ।
(२) विदेशस्थित नेपाली नियोग मार्फत साधारण राहदानीको लागि निवेदन पेश गरेका निवेदकले विभागबाट साधारण राहदानी बुझिलिन चाहेमा सोको कारण खुलाई देहाय बमोजिमका कागजात सहित विभागमा निवेदन दिएमा विभागले निवेदकलाई साधारण राहदानी वितरण गर्न सक्नेछः-
(क) सम्बन्धित नियोगको सिफारिस,
^ (ख) नागरिकताको प्रमाणपत्रको सक्कल वा राष्ट्रिय परिचयपत्रको सक्कल,
(ग) नियोगमा दस्तुर बुझाएको रसिद, र
✂ (घ) .................
८. नाबालकको नाममा साधारण राहदानी जारी गर्न सक्नेः नाबालकको नाममा साधारण राहदानी लिनको लागि कसैले निवेदन दिएको भए तापनि ऐनको दफा १० को उपदफा (३) को खण्ड (क) को अतिरिक्त देहायको अवस्थामा विभागले नाबालकको नाममा साधारण राहदानी जारी गर्न सक्नेछ :-
(क) दीर्घ रोगी भई स्वदेशमा उपचार हुन नसक्ने अनाथ नाबालकको हकमा विदेशी संस्था वा व्यक्तिले विदेशमा निःशुल्क उपचार गरी नेपाल फकाँइदिने प्रतिबद्धता पत्र र विदेशस्थित सम्बन्धित मुलुक हेर्ने नेपाली नियोगको सिफारिस सहित अनुरोध गरेमा,
(ख) अनाथ नाबालकको हित तथा संरक्षणका लागि प्रचलित कानून बमोजिम स्थापना भएका संस्थाले त्यस्ता नाबालकको शारीरिक, मानसिक, बौद्धिक, शैक्षिक, चारित्रिक वा नैतिक विकासको लागि विदेशमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाई स्वदेश फकाउने प्रतिबद्धता सहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सिफारिस सहित अनुरोध गरेमा,
(ग) प्रचलित कानून बमोजिम दर्ता भएको शैक्षिक तथा खेलकुद सम्बन्धी संस्थाले कुनै नाबालकलाई विदेशमा आयोजना हुने बौद्धिक, शैक्षिक,
^ पहिलो संशोधनद्वारा संशोधित। ✂ पहिलो संशोधनद्वारा झिकिएको।
प्रशिक्षण, खेलकुद वा अन्य कुनै प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागिता जनाउन वा शैक्षिक भ्रमणमा लैजान चाहेमा त्यस्ता नाबालकलाई स्वदेश फर्काउने प्रतिबद्धता र नेपाल सरकारको सम्बन्धित मन्त्रालयको सिफारिस सहित अनुरोध गरेमा,
(घ) नाबालकको बाबु, आमा, संरक्षक वा मान्यवर विदेशमा रहेको भनी सम्बन्धित स्थानीय तहबाट सिफारिस सहित अनुरोध गरेमा।
९. कुटनीतिक वा विशेष राहदानीको लागि निवेदन दिनेः (१) ऐन तथा यस नियमावली बमोजिम कुटनीतिक वा विशेष राहदानी जारी गरिने व्यक्तिले अनुसूची-१ बमोजिमको निकायमा अनुसूची–२ बमोजिमको ढाँचामा दुई प्रति निवेदन फाराम पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा देहायका कागजात संलग्न गर्नु पर्नेछ:-
१०. कुटनीतिक राहदानी जारी हुनेः सरकारी काम वा विशेष कामको लागि विदेश भ्रमणमा जाने देहायका पदाधिकारीलाई विभागले कुटनीतिक राहदानी जारी गर्नेछः– (क) राष्ट्रपति, (ख) उपराष्ट्रपति, (ग) प्रधानमन्त्री, (घ) प्रधानन्यायाधीश,
(ङ) प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष
(च) उपप्रधानमन्त्री,
(छ) नेपाल सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रतिनिधिसभाका विपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष,
(ज) नेपाल सरकारका राज्य मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, न्याय परिषदका सदस्य, महान्यायाधिवक्ता, राष्ट्रिय सभामा विपक्षी दलको नेता, प्रदेश सभाका सभामुख,
(झ) नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति
(ञ) प्रदेश सरकारका सहायक मन्त्री, प्रदेश सभाका सदस्य, काठमाडौं महानगरपालिका बाहेकका महानगरपालिकाका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख,
(ट) संवैधानिक निकायका सदस्य तथा आयुक्त, राष्ट्रिय योजना आयोगका सदस्य, सङ्घीय संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्टार, नेपाल राष्ट्र बैङ्कको गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति, विश्वविद्यालयका उपकुलपति,
(ठ) नेपाल सरकारका सचिव एवम् विशिष्ट श्रेणीका अधिकृत, नेपाली राजदूत, स्थायी प्रतिनिधि, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशक, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, उपमहानगरपालिकाका प्रमुख, काठमाडौं महानगरपालिकाको उपप्रमुख,
(ड) उच्च अदालतका न्यायाधीश, मुख्य न्यायाधिवक्ता,
(ढ) प्रदेश लोकसेवा आयोगका अध्यक्ष, प्रदेश न्यायसेवा आयोगका अध्यक्ष, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक,
(ण) प्रचलित कानून बमोजिम स्थापना भएका स्थायी प्रकृतिका आयोग, प्रतिष्ठानमा पूरा समय काम गर्ने गरी नियुक्त भएका नेपाल सरकारका विशिष्ट श्रेणी वा सोभन्दा माथिका पदाधिकारी सरहको पदमा नियुक्त प्रमुख, अध्यक्ष वा पदाधिकारी, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष,
(त) नेपालको तर्फबाट नियुक्त दक्षिण एशियाई क्षेत्रीय सहयोग सङ्गठन (साार्क) का महासचिव, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका राष्ट्रहरुको प्रयास (बिमस्टेक) का महासचिव,
(थ) महावाणिज्यदूत, परराष्ट्र मन्त्रालय र यस अन्तर्गतका विभाग वा कार्यालयमा कार्यरत राजपत्राङ्कित अधिकृत कर्मचारी,
(द) राष्ट्रपतिको राजकीय, औपचारिक वा अनौपचारिक विदेश भ्रमण एवम् उपराष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक वा अनौपचारिक विदेश भ्रमणमा संलग्न हुने भ्रमण दलका सदस्य,
(ध) नेपाल पक्ष वा सदस्य रहेको संयुक्त राष्ट्र संघ लगायत अन्य अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय संघ सङ्गठनको शिखर सम्मेलन वा अन्य सम्मेलन, बैठक वा समारोहमा नेपाल सरकारको निर्णय बमोजिम राष्ट्राध्यक्ष तथा सरकार प्रमुख तहमा नेपाल राज्य वा नेपाल सरकारको तर्फबाट सहभागी हुने प्रतिनिधि मण्डलका सदस्य,
(न) नियोगमा खटाई जाने नेपाल सरकारका कर्मचारी,
(प) राजदूत, स्थायी प्रतिनिधि, खण्ड (त) बमोजिमका पदाधिकारी तथा खण्ड (न) बमोजिमका कर्मचारीको साथमा जाने परिवारका सदस्य,
(फ) नेपाल सरकारको प्रतिनिधित्व गरी विशेष नियोगमा खटाई जाने व्यक्ति।
११. अनलाइनबाट निवेदन दिन वा प्रत्यक्ष दर्ता प्रणाली मार्फत विवरण लिन सकिने: (१) विभागले अनलाइन मार्फत राहदानीको लागि निवेदन दिने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ।
(२) विभागले राहदानीको लागि निवेदन दिने व्यक्तिको बायोमेट्रिक लगायतका व्यक्तिगत विवरण प्रत्यक्ष दर्ता प्रणाली (लाइभ इनरोलमेण्ट सिस्टम) मार्फत लिन सक्नेछ।
(३) उपनियम (१) बमोजिम अनलाइन मार्फत निवेदन दिने, सोसाट कागजात पेश गर्ने तथा उपनियम (२) बमोजिम विवरण लिने सम्बन्धी अन्य व्यवस्था मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ।
१२. कुटनीतिक राहदानी जारी गर्न सक्ने: (१) नियम १० मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका व्यक्तिले सरकारी काम वा विशेष कामको लागि विदेश भ्रमणमा जान सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय वा सचिवालयको सिफारिस सहित कुटनीतिक राहदानी माग गरेमा विभागले कुटनीतिक राहदानी जारी गर्नेछ:–
(क) पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष,
(ख) पूर्व प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, व्यवस्थापिका-संसदका पूर्व सभामुख, *प्रतिनिधि सभाका पूर्व सभामुख, राष्ट्रिय सभाका पूर्व अध्यक्ष,
(ग) पूर्व परराष्ट्रमन्त्री।
(२) उपनियम (१) बमोजिम कुटनीतिक राहदानी लिएका व्यक्तिसँग सोही कार्यक्रममा निजको पति वा पत्नी समेत सहभागी हुने भई निजको नाममा कुटनीतिक राहदानी जारी गर्न सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय वा सचिवालयबाट सिफारिस भएमा विभागले त्यस्तो पति वा पत्नीको नाममा कुटनीतिक राहदानी जारी गर्न सक्नेछ।
(३) नियम १० बमोजिम कुटनीतिक राहदानी पाउने पदानुकारीको पति वा पत्नीलाई कुटनीतिक राहदानी प्राप्त व्यक्ति सहभागी हुने कार्यक्रममा निमन्त्रणा भई सहभागी हुने व्यहोरा खुलाई कुटनीतिक राहदानी प्राप्त पदानुकारी कार्यरत मन्त्रालय,
संवैधानिक निकाय वा सचिवालयबाट सिफारिस भएमा विभागले त्यस्तो पति वा पत्नीको नाममा कुटनैतिक राहदानी जारी गर्न सक्नेछ।
(४) संयुक्त राष्ट्र संघ वा सोको विशिष्टीकृत निकाय, एसियाली विकास बैङ्क लगायत नेपाल सदस्य रहेको अन्य अन्तरसरकारी संघ संस्थामा सहायक महासचिव वा सो सरह वा सोभन्दा माथिल्लो पदमा कार्यरत नेपाली नागरिक र निजको पति वा पत्नीलाई विभागले कुटनैतिक राहदानी जारी गर्न सक्नेछ।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कार्यक्रमको महत्व, कार्यक्रममा सम्बन्धित व्यक्तिको सहभागिताको सान्दर्भिकता, मुलुकको हितका लागि सम्बन्धित व्यक्तिले खेल्न सक्ने भूमिका तथा राष्ट्रिय जीवनमा निजको योगदान समेतको आधारमा कुनै व्यक्ति वा पदानुकारीलाई कुटनैतिक राहदानी दिने गरी नेपाल सरकार, मन्त्रिपरिषद्बाट निर्णय भएमा विभागले त्यस्तो व्यक्ति वा पदानुकारीको नाममा कुटनैतिक राहदानी जारी गर्न सक्नेछ।
(६) यस नियमावली बमोजिम कुटनैतिक राहदानी लिई विदेशमा कार्यरत रहेको व्यक्ति कार्यरत रहेकै समयमा निजको पदावधि समाप्त हुने रहे छ भने विभागले निज अवकाश हुने मितिमा बढीमा छ महिना थप गरी निज र निजको परिवारको नाममा कुटनैतिक राहदानी जारी गर्न सक्नेछ।
१३. विशेष राहदानी जारी गर्नेः (१) नेपाल सरकार, प्रदेश सरकार वा कुनै सरकारी निकायबाट मनोनयन भई सरकारी काममा विदेश भ्रमणमा जाने देहायका पदानुकारी तथा कर्मचारीलाई विभागले विशेष राहदानी जारी गर्नेछ :-
(क) नगरपालिकाको प्रमुख, प्रदेश लोकसेवा आयोगका सदस्य, प्रदेश न्यायसेवा आयोगका सदस्य, प्रदेश योजना आयोगका सदस्य,
(ख) काठमाडौं महानगरपालिका बाहेकका महानगरपालिकाको उपप्रमुख, जिल्ला समन्वय समितिका उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपमहानगरपालिकाको उपप्रमुख, नगरपालिकाको उपप्रमुख, नेपाल सरकारका सहसचिव एवम् राजपत्राहङ्कृत प्रथम श्रेणी वा सो सरहका अधिकृत, जिल्ला न्यायाधीश,
(ग) कुटनैतिक राहदानी पाउने पदानुकारी बाहेकका निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,
नेपाल, नेपाल विशेष सेवा, प्रदेश सरकार र स्थानीय तहका अधिकृतस्तरका कर्मचारी, गाउँपालिकाको उपाध्यक्ष,
(घ) नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर,
(ङ) प्रचलित कानून बमोजिम गठित आयोग, समिति तथा बोर्डका पदाधिकारीहरु,
(च) नेपाल सरकारबाट मनोनयन भई छात्रवृत्तिमा अध्ययन गर्न वा अध्ययन भ्रमण वा तालिममा भाग लिन विदेश जाने सरकारी निकायका अन्य कर्मचारी,
(छ) संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा खटाई जाने नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका कर्मचारी।
(२) उपनियम (१) बमोजिम जारी हुने राहदानी बाहक नेपाल सरकारबाट विदेशमा खटाई कार्यरत रहेका अवस्थामा निजको पदावधि वा सेवा अवधि समाप्त हुने रहे छ भने निजको हकमा पदावधि वा सेवा अवधि समाप्त हुने मितिमा बढीमा छ महिना थप गरी विशेष राहदानी जारी गरिनेछ।
१३क. विशेष अवस्थामा साधारण वा अस्थायी राहदानी जारी गर्न सकिने: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि यस नियम बमोजिम विशेष राहदानी जारी हुने पदाधिकारीलाई कुनै कारणवश विशेष राहदानी जारी गर्न सकिने अवस्था नभएमा विभागले निर्णय गरी अनुसूची-४ बमोजिमको दस्तुर लिई साधारण राहदानी वा अस्थायी राहदानी जारी गर्न सक्नेछ।
(२) विभागले आवश्यकताको आधारमा उपनियम (१) बमोजिम जारी गरिने राहदानीको बहाल अवधि निर्धारण गर्नेछ।
(३) यस नियम बमोजिम जारी गरिने राहदानीको प्रयोग तथा राहदानी जारी गर्ने प्रक्रिया विशेष राहदानी सरह हुनेछ।
१४. विशेष राहदानी जारी गर्न सकिने: यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कार्यक्रमको महत्व, कार्यक्रममा सम्बन्धित व्यक्तिको सहभागिताको सान्दर्भिकता, मुलुकको हितका लागि सम्बन्धित व्यक्तिले खेल्न सक्ने भूमिका तथा राष्ट्रिय जीवनमा निजको योगदान समेतको आधारमा कुनै व्यक्ति वा पदाधिकारीलाई विशेष राहदानी दिने
गरी परराष्ट्र मन्त्रीबाट निर्णय भएमा विभागले त्यस्तो व्यक्ति वा पदाधिकारीको नाममा विशेष राहदानी जारी गर्न सक्नेछ।
१५. सभिस राहदानीः (१) विदेशस्थित नेपाली नियोगमा खटी जाने राजदूत, स्थायी प्रतिनिधि, विशेष प्रतिनिधि, महावाणिज्यदूत वा राजपत्राहङ्कृत तहका कर्मचारीका साथ जाने निजी सहयोगी र श्रेणी विहीन कर्मचारीले मन्त्रालयको सिफारिस र साथमा लैजाने पदाधिकारी वा कर्मचारीले आफ्नो कार्यकाल समाप्तिपछि त्यस्ता निजी सहयोगी र श्रेणी विहीन कर्मचारीलाई आफूसँगै फिर्ता ल्याउने भनी गरेको प्रतिबद्धता पत्र सहित सभिस राहदानीका लागि अनुसूची-२ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गरी विभागले सभिस राहदानी जारी गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम जारी हुने सभिस राहदानी निजलाई साथमा लैई जाने पदाधिकारी वा कर्मचारीले आफ्नो कार्यकाल पूरा गरी नेपाल फिर्ता आएको पन्ध्र दिनभित्र विभागमा बुझाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम विभागमा प्राप्त भएको राहदानी विभागले अभिलेख राखी रद्द गर्नेछ।
(५) स्थानीय कर्मचारीको रुपमा नियोगमा कार्यरत नेपाली नागरिकलाई नियोगको सिफारिस सहित मन्त्रालयबाट लेखी आएमा विभागले सभिस राहदानी जारी गर्न सक्नेछ।
(६) कुनै कारणले उपनियम (५) बमोजिमको सभिस राहदानी प्राप्त गर्ने व्यक्ति नियोगको सेवाबाट अलग भएमा निजको नाममा जारी भएको सभिस राहदानी सम्बन्धित नियोगले फिर्ता लैई रद्द गर्नु पर्नेछ र सोको जानकारी विभाग, नियोगको प्रमाणिकृत तथा सहप्रमाणिकृत मुलुकको परराष्ट्र मन्त्रालय र विदेशी नियोगलाई दिनु पर्नेछ।
(७) उपनियम (६) बमोजिम सभिस राहदानी रद्द भएको जानकारी प्राप्त भएपछि विभागले उक्त राहदानी रद्द गरी सोको अभिलेख राख्नु पर्नेछ।
१६. नयाँ राहदानी जारी गर्न सकिने: (१) ऐनको दफा १४ मा उल्लेखित अवस्थाका अतिरिक्त राहदानी बाहकको नाममा जारी भएको राहदानीको बहाल अवधि एक वर्षभन्दा बढी बाँकी रहेको भए तापनि देहायका अवस्थामा नयाँ राहदानी जारी गर्न सकिनेछ:-
(क) राहदानी हराएको कारण देखाई निवेदन दिएमा,
(ख) कुनै घटना, उपचार वा अन्य कारणबाट राहदानीमा रहेको फोटोभन्दा राहदानी बाहकको मुखाकृति फरक हुन गई सोको कारण सहित निवेदन दिएमा,
(ग) बाहकको राहदानीमा उल्लेख भएको *निकटतम व्यक्ति वा जरुरी परेमा सम्पर्क गर्ने व्यक्तिको नाम, थर तथा ठेगाना परिवर्तन गर्नु पर्ने भई सोको कारण र प्रमाण सहित निवेदन दिएमा।
•(घ) राहदानीको पाना केरमेट भएको, च्यातिएको वा विशेष परिस्थितिको कारणले राहदानी प्रयोग हुन नसक्ने भई सोको प्रमाण सहित निवेदन दिएमा,
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “विशेष परिस्थिति” भन्नाले बाढी, पहिरो, भूकम्प, विस्फोट, आगलागीजस्ता विपद्जन्य अवस्था सम्झनु पर्छ।
•(ङ) सम्बन्ध विच्छेद भएको महिलाले पूर्व पतिकको थर नराखी राहदानी लिनको लागि सम्बन्ध विच्छेदको प्रमाण सहित निवेदन दिएमा।
^ (च) वैदेशिक रोजगारमा जाने कामदारको राहदानीको बहाल अवधि निजको वैदेशिक रोजगारको लागि स्वीकृत अवधिभन्दा कम भएको प्रमाणसहित नयाँ राहदानीको लागि निवेदन दिएमा,
^ (छ) विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको राहदानीको बहाल अवधि निजको अध्ययन अवधि भन्दा कम भएको प्रमाणसहित नयाँ राहदानीको लागि निवेदन दिएमा।
(२) कसैको राहदानी जारी भई विदेशमा निजको नाम, थर, जन्म मिति वा स्थायी ठेगाना सम्बन्धी अभिलेख खडा भइसकेको अवस्थामा राहदानीको लागि निवेदन दिँदा निजको नाम, थर, जन्म मिति वा स्थायी ठेगानामा सामान्य हिज्जे वा अङ्क फरक पर्न गएकोमा निजलाई سابقकै अभिलेख बमोजिम नयाँ राहदानी जारी गर्न सकिनेछ।
(३) ऐनको दफा १४ को खण्ड (घ) को अवस्थामा बाहेक उपनियम (१) बमोजिम नयाँ राहदानी जारी गर्दा अनुसूची–४ बमोजिमको दस्तुर लाग्नेछ।
तर विभाग, नियोग वा जिल्ला प्रशासन कार्यालयको $\ast$ ............ त्रुटिका कारण जारी भएको राहदानी प्रयोग हुन नसक्ने भई कसैले नयाँ राहदानी माग गरेमा विभागले कुनै दस्तुर नलिई नयाँ राहदानी जारी गर्नु पर्नेछ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) को खण्ड (घ) बमोजिम विशेष परिस्थितिको कारणले बाहेक राहदानी हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कुनै कारणले राहदानी प्रयोग हुन नसक्ने भएको कारणले नयाँ राहदानी लिनु पर्दा अनुसूची-४ बमोजिमको $\bullet$ दस्तुर लाग्नेछ।
१७. राहदानी बहाल रहने अवधि: यस नियमावलीमा राहदानी बहाल रहने अवधिका बारेमा छुट्टै व्यवस्था भएकोमा बाहेक देहायको राहदानी देहायको अवधिसम्म बहाल रहने गरी जारी हुनेछ:-
(क) साधारण राहदानी दश वर्ष,
तर दश वर्षभन्दा कम उमेरका नाबालकको राहदानी जारी भएकोमा जारी भएको मितिदेखि पाँच वर्षसम्म मात्र बहाल रहनेछ।
(ख) विशेष राहदानी जारी हुने व्यक्तिको उमेर, सेवा वा अवधि र पदावधि समेतलाई विचार गरी बढीमा दश वर्ष,
(ग) कुटनीतिक राहदानी जारी हुने व्यक्तिको उमेर तथा पदावधि समेतलाई विचार गरी बढीमा दश वर्ष,
तर नियम १० को खण्ड (द) र (ध) बमोजिम भ्रमण दलमा समावेश हुने व्यक्तिको नाममा जारी हुने राहदानीको अवधि बढीमा एक वर्षको हुनेछ।
(घ) नियम १२ बमोजिम कुटनीतिक राहदानी जारी हुने व्यक्तिको उमेर तथा पदावधि समेतलाई विचार गरी बढीमा पाँच वर्ष,
(ङ) सर्विस राहदानी बढीमा पाँच वर्ष।
$\ast$ पहिलो संशोधनद्वारा झिकिएको। $\bullet$ पहिलो संशोधनद्वारा रुप।
१८. राहदानी फिर्ता गर्नु पर्ने: (१) नियम १०, १२, १३ र १४ बमोजिम कुटनैतिक वा विशेष राहदानी प्राप्त सरकारी पदमा रहेको व्यक्ति कुनै कारणले आफ्नो पदबाट अलग भएमा आफू पदबाट अलग भएको र विदेशमा रहेको भए नेपाल फिर्ताफिरेको मितिले एक महिनाभित्र आफ्नो र आफ्नो परिवारका सदस्यको नाममा जारी भएको कुटनैतिक वा विशेष राहदानी विभागमा फिर्ता गर्नु पर्नेछ।
(२) नियम १० को खण्ड (द) बमोजिम राष्ट्रपति, उपराष्ट्रपति वा प्रधानमन्त्रीको विदेश भ्रमण दलमा संलग्न हुने भ्रमण दलका अन्य सदस्य र खण्ड (ध) बमोजिमका भ्रमण दलका प्रतिनिधि मण्डलका सदस्यले त्यस्तो भ्रमण समाप्त भएको मितिले एक महिनाभित्र आफ्नो नाममा जारी भएको कुटनैतिक राहदानी विभागमा फिर्ता गर्नु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम फिर्ता भएको राहदानी फिर्ता भएपछि र सो अवधिभित्र फिर्ता नभएका कुटनैतिक वा विशेष राहदानी उपनियम (१) वा (२) बमोजिमको अवधिपछि विभागले रद्द गरी सोको अभिलेख राख्नेछ।
१९. अस्थायी राहदानी: (१) ऐनको दफा १९ बमोजिम अस्थायी राहदानी लिन चाहने व्यक्तिले अनुसूची-४ बमोजिमको दस्तुर र नियम ४ बमोजिमका कागजात संलग्न गरी सम्बन्धित नियोगमा निवेदन दिनु पर्नेछ।
*(२) उपनियम (१) बमोजिम प्राप्त निवेदनको जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा सम्बन्धित नियोगले निजलाई विभागले निर्धारण गरे बमोजिमको अस्थायी राहदानी जारी गर्नेछ।
(३) उपनियम (२) बमोजिम जारी भएको अस्थायी राहदानी नियोगले नयाँ राहदानी जारी गर्दाका बखत रद्द गर्नेछ।
२०. राहदानीको प्रयोग: (१) राहदानी बाहकले कुटनैतिक, विशेष वा सर्विस राहदानी जुन प्रयोजनको लागि जारी भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नु पर्नेछ।
(२) सरकारी काम वा विशेष कामको सिलसिलामा विदेश भ्रमण गर्ने पदाधिकारीले आफ्नो ओहदा अनुसार जारी हुने राहदानी प्रयोग गर्नु पर्नेछ।
२१. यात्रा अनुमतिपत्र: (१) देहायको अवस्थामा विभागले यात्रा अनुमतिपत्र जारी गर्न सक्नेछ:–
(क) विदेशमा रहेको कुनै नेपाली नागरिकको राहदानी हराएको वा नासिएको कारणले नेपाल फर्कन असमर्थ भएको र राहदानी लिनको लागि समय अभाव भएको कारण देखाई सोको प्रमाण सहित सम्बन्धित मुलुकमा रहेको नियोगमा निवेदन दिएमा,
(ख) राहदानी बाहक रहेको मुलुकमा नेपाली नियोग नभएमा निजको परिवारको सदस्यले सम्बन्धित गाउँपालिका वा नगरपालिका र जिल्ला प्रशासन कार्यालयको सिफारिस सहित विभागमा निवेदन दिएमा,
(ग) नेपालमा रहेका शरणार्थीले गृह मन्त्रालयको सिफारिस बमोजिम नेपाल सरकारबाट स्वीकृति प्राप्त गरी विदेश भ्रमणमा जानको लागि विभागमा निवेदन दिएमा,
(घ) विभागबाट यात्रा अनुमतिपत्र प्राप्त गरी विदेश भ्रमणमा गएका शरणार्थी वा अन्य नेपाली यात्रा अनुमतिपत्र बाहकले यात्रा अनुमतिपत्रको अवधि समाप्त भएको भनी पुनः यात्रा अनुमतिपत्र लिनको लागि गृह मन्त्रालयको सिफारिस सहित सम्बन्धित मुलुकमा रहेको नियोग र सो मुलुकमा नियोग नभएमा नजिकको नियोगमा निवेदन दिएमा,
(ङ) नेपालमा नियोग नभएको मुलुक वा नियोग भए पनि राहदानी वा यात्रा अनुमतिपत्र जारी नगर्ने मुलुकको विदेशी नागरिकले राहदानी हराएको वा नासिएको कारणले आफ्नो देशमा फिर्ता हुन नसकेको कारण देखाई राहदानी हराएको वा नासिएको प्रहरी प्रतिवेदन तथा अन्य आवश्यक प्रमाण सहित विभागमा निवेदन दिएमा,
(च) नेपालमा नियोग नभएको मुलुक वा नियोग भए पनि राहदानी वा यात्रा अनुमतिपत्र जारी नगर्ने मुलुकको नागरिकले धर्मपुत्र वा धर्मपुत्री ग्रहण गरेका नेपाली बालबालिका आफूसँगै लैजानको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सिफारिस सहित विभागमा निवेदन दिएमा,
(छ) नेपाली आमा र विदेशी बाबुबाट जन्मेको छोरा वा छोरीलाई बाबु बसोबास गरेको मुलुकसम्म जानका लागि नाबालक छोरा वा छोरीको हकमा नेपाली आमा र उमेर पुगेका छोरा वा छोरी भए त्यस्तो छोरा वा छोरीले गृह मन्त्रालयको सिफारिस सहित विभागमा निवेदन दिएमा।
(२) यात्रा अनुमतिपत्रको लागि अनुसूची-२ बमोजिमको ढाँचामा अनुसूची-४ बमोजिमको दस्तुर समेत संलग्न गरी निवेदन दिनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम नियोग समक्ष निवेदन दिएकोमा नियोगले निवेदन र संलग्न कागजात जाँचबुझ गरी रीत पुगेको भए विभाग समक्ष पठाउनु पर्नेछ।
(४) उपनियम (१) वा (३) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दाथ निवेदकलाई यात्रा अनुमतिपत्र जारी गर्न उपयुक्त देखिएमा विभागले बढीमा तीन वर्ष बहाल रहने यात्रा अनुमतिपत्र जारी गर्नेछ।
(५) उपनियम (४) बमोजिम निवेदन जाँचबुझ गर्दाथ रीत नपुगेको वा आवश्यक कागजात पेश नभएको कारण यात्रा अनुमतिपत्र जारी हुन नसक्ने भएमा विभागले निवेदनमा सोही व्यहोरा जनाई सोको जानकारी निवेदकलाई दिनु पर्नेछ। त्यसरी यात्रा अनुमतिपत्र जारी हुन नसकेमा निवेदनसार् दाखिल गरेको दस्तुर फिर्ता हुने छैन।
२२. एकतफी यात्रा अनुमतिपत्र जारी गर्न सक्ने: (१) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सम्बन्धित नियोगले अनुसूची-५ बमोजिमको ढाँचामा एकतफी यात्रा अनुमतिपत्र जारी गर्न सक्नेछ:-
(क) कुनै नेपाली नागरिकको राहदानी हराएको, नासिएको वा च्यातिएको कारण विदेशमा अलपत्र परी निजको तत्काल उद्धार गरी नेपाल पठाउनु पर्ने भएमा,
(ख) नेपाली बाबु आमाबाट विदेशमा जन्मेको राहदानी प्राप्त नगरेको नाबालकलाई बाबु वा आमासँगै नेपाल फर्काउन परेमा,
(ग) नेपाली बाबु र विदेशी आमाबाट विदेशमा जन्म भएको वा नेपाली आमाबाट विदेशमा जन्म भई बाबुको पहिचान हुन नसकेको नाबालकलाई बाबु वा आमासँगै नेपाल फर्काउन परेमा।
(२) उपनियम (१) को खण्ड (क) बमोजिमको यात्रा अनुमतिपत्र लिन चाहने व्यक्तिले आफू नेपाली नागरिक भएको र आफ्नो राहदानी हराएको, नासिएको वा च्यातिएको प्रमाण संलग्न गरी सम्बन्धित नियोगमा निवेदन दिनु पर्नेछ।
(३) उपनियम (१) को खण्ड (ख) वा (ग) बमोजिम यात्रा अनुमतिपत्र लिन चाहने नाबालकका बाबु वा आमाले देहायका कागजात संलग्न गरी सम्बन्धित नियोगमा निवेदन दिनु पर्नेछः-
(क) बाबु वा आमाको नागरिकताको प्रमाणपत्र वा *राष्ट्रिय परिचयपत्रको सक्कल वा राष्ट्रिय परिचयपत्र प्राप्त नगरेको तर राष्ट्रिय परिचय नम्बर प्रदान गरिएको भए परिचय नम्बर,
(ख) बाबु वा आमाको राहदानी,
(ग) सम्बन्धित मुलुकको सम्बन्धित निकायबाट जारी भएको नाबालकको जन्मदर्ताको प्रमाणपत्र,
(घ) विदेशी आमा भए निजको नाममा सम्बन्धित देशबाट जारी भएको राहदानी।
(४) उपनियम (२) वा (३) बमोजिम प्राप्त निवेदन जाँचबुझ गरी नियोगले अनुसूची-५ बमोजिमको ढाँचामा एकतफी यात्रा अनुमतिपत्र जारी गर्न सक्नेछ।
(५) उपनियम (१) को खण्ड (क) बमोजिमको यात्रा अनुमतिपत्रका लागि कुनै दस्तुर लाग्ने छैन र उपनियम (१) को खण्ड (ख) वा (ग) बमोजिमको यात्रा अनुमतिपत्रको लागि अनुसूची-४ बमोजिमको दस्तुर लाग्नेछ।
(६) उपनियम (२) वा (३) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा रीत नपुगेको वा आवश्यक कागजात पेश नभएको कारण एकतफी यात्रा अनुमतिपत्र जारी हुन नसक्ने भएमा विभागले निवेदनमा सोही व्यहोरा जनाई सोको जानकारी निवेदकलाई दिनु पर्नेछ। त्यसरी एकतफी यात्रा अनुमतिपत्र जारी हुन नसकेमा निवेदनसाथ दाखिल गरेको दस्तुर फिर्ता हुने छैन।
(७) यस नियम बमोजिम जारी भएको यात्रा अनुमतिपत्रको अवधि बढीमा $\sum$ ६ महिनाको हुनेछ।
२३. सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ): (१) ऐनको दफा १८ को उपदफा (१) र (२) बमोजिम सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) लिन चाहने व्यक्तिले देहाय बमोजिमका कागजात र *अनुसूची-२क. बमोजिमको ढाँचामा अनुसूची-४ बमोजिमको दस्तुर संलग्न गरी विभाग वा नियोगमा निवेदन दिनु पर्नेछ:-
(क) नागरिकताको प्रमाणपत्रको सक्कल वा *राष्ट्रिय परिचयपत्रको सक्कल वा राष्ट्रिय परिचयपत्र प्राप्त नगरेको तर राष्ट्रिय परिचय नम्बर प्रदान गरिएको भए परिचय नम्बर,
(ख) बहाल अवधि बाँकी रहेको साधारण राहदानीको सक्कल र सोको प्रतिलिपि,
(ग) निवेदक कार्यरत कम्पनीको पत्र र सोको परिचयपत्रको प्रतिलिपि,
(घ) पहिले कुनै सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) लिएको भए सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) को सक्कल र सोको प्रतिलिपि,
(ङ) निवेदक जुन पदमा कार्यरत हो सो पदका लागि लिएको तालिमको प्रमाणपत्रको प्रतिलिपि *र कार्यरत संस्था वा निकायको सिफारिसपत्र।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गरी विभाग वा नियोगले सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) जारी गर्नेछ।
(३) उपनियम (२) बमोजिम जारी गरिने सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) को बहाल अवधि निजको सेवा अवधि र उमेर समेतलाई विचार गरी बढीमा दस वर्षको हुनेछ।
(४) उपनियम (२) बमोजिम नियोगबाट जारी गरिएको सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) को विवरण नियोगले मासिक रुपमा विभागमा पठाउनु पर्नेछ।
(५) उपनियम (२) बमोजिम निवेदन जाँचबुझ गर्दा रीत नपुगेको वा आवश्यक कागजात पेश नभएको कारण सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) जारी हुन नसक्ने भएमा विभाग वा नियोगले निवेदनमा सोही व्यहोरा जनाई सोको जानकारी निवेदकलाई दिनु पर्नेछ। त्यसरी सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) जारी हुन नसकेमा निवेदनसाथ दाखिल गरेको दस्तुर फिर्ता हुने छैन।
२४. विशेष अवस्थामा राहदानी जारी गर्नेः (१) ऐनको दफा २० बमोजिम विशेष अवस्थाको राहदानी लिन चाहने व्यक्तिले अनुसूची-४ बमोजिमको दस्तुर र देहायका कागजात संलग्न गरी सम्बन्धित नियोग समक्ष निवेदन दिनु पर्नेछ:-
* पहिलो संशोधनद्वारा संशोधित। * पहिलो संशोधनद्वारा थप।
(क) नाबालक परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
(ख) पहिले राहदानी लिएको भए सोको प्रतिलिपि,
(ग) निवेदकको बाबु, आमा, संरक्षक वा माधव व्यक्तिको राहदानीको प्रतिलिपि,
^*(घ) निवेदकको बाबु, आमा, संरक्षक वा माधव व्यक्तिको नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि वा राष्ट्रिय परिचयपत्रको सक्कल वा राष्ट्रिय परिचयपत्र प्राप्त नगरेको तर राष्ट्रिय परिचय नम्बर प्रदान गरिएको भए परिचय नम्बर,
(ङ) विदेशी मुलुकको नागरिकता नलिएको र नागरिकताको लागि निवेदन दिएको व्यहोराको कागजात।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गरी नियोगले निवेदकलाई ऐनको दफा २० बमोजिमको अवधिको लागि राहदानी जारी गर्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन जाँचबुझ गर्दा रीत नपुगेको वा आवश्यक कागजात पेश नभएको कारण राहदानी जारी हुन नसक्ने भएमा नियोगले निवेदनमा सोही व्यहोरा जनाई सोको जानकारी निवेदकलाई दिनु पर्नेछ। त्यसरी राहदानी जारी हुन नसकेमा निवेदनसाथ दाखिल गरेको दस्तुर फिर्ता हुने छैन।
२५. सम्बन्धित निकायमा बुझ्न सकिने: ऐन तथा यस नियमावली बमोजिम राहदानी जारी गर्ने निकायले राहदानी जारी गर्नु अघि राहदानीको लागि निवेदन दिने व्यक्तिको हकमा ऐनको दफा १२ बमोजिमको अवस्था भए नभएको यकिन गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ र त्यसरी लेखी आएमा सम्बन्धित निकायले भएको व्यहोरा खुलाई राहदानी जारी गर्ने निकायमा पठाइदिनु पर्नेछ।
२६. राहदानी हराएमा: (१) देहायका राहदानी हराएमा त्यस्तो राहदानी बाहकले राहदानी जारी गर्ने देहायका निकायमा तुरुन्त जानकारी गराउनु पर्नेछ:-
(क) कूटनीतिक राहदानी, विशेष राहदानी वा साधारण राहदानी हराएमा विभाग वा नियोगमा,
(ख) सर्विस राहदानी र सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोोर्ट) हराएमा विभाग र सम्बन्धित नियोगमा,
(ग) अस्थायी राहदानी हराएमा नियोगमा।
(२) उपनियम (१) बमोजिम राहदानी हराएको जानकारी नियोगमा प्राप्त हुन आएमा नियोगले सोको जानकारी विभागलाई दिनु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम जानकारी प्राप्त हुन आएमा विभागले सोको विवरण तुरुन्त नेपाल प्रहरीको इन्टरपोल शाखा मार्फत अद्यावधिक गरी इन्टरपोलको डाटाबेसमा प्रविष्ट गराउनु पर्नेछ।
(४) उपनियम (१) बमोजिमको जानकारी विभागलाई दिएपछि कुनै व्यक्तिले नयाँ राहदानी वा सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोोर्ट) लिनु परेमा यस नियमावली बमोजिम अपनाउनु पर्ने प्रक्रिया पूरा गर्नु पर्नेछ।
२७. राहदानीको रङ्ग, ढाँचा, आकार र पृष्ठसङ्ख्या: (१) ऐनको दफा ५, १७, १८ र १९ बमोजिम जारी गरिने राहदानीको बाहिरी पृष्ठको रङ्ग देहाय बमोजिम हुनेछ:-
(क) कूटनीतिक राहदानी सिम्रिक रातो रङ्ग,
(ख) विशेष राहदानी आकाशे नीलो रङ्ग,
(ग) सर्विस राहदानी सुन्तला रङ्ग,
(घ) साधारण राहदानी चकलेटी खैरो रङ्ग,
(ङ) यात्रा अनुमतिपत्र कालो रङ्ग,
(च) सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) स्लेट खैरो रङ्ग,
(छ) अस्थायी राहदानी चकलेटी खैरो रङ्ग।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागले मेशिन रिडेबल वा अन्य प्रविधिको राहदानी प्रयोगमा नल्याएसम्म वा यो नियमावली प्रारम्भ भएपछि नयाँ राहदानी छपाई प्रयोगमा नल्याएसम्म यो नियमावली प्रारम्भ हुनु पूर्वको रङ्गको राहदानी जारी गर्न र प्रयोग गर्न बाधा पर्ने छैन।
(३) राहदानी, यात्रा अनुमनतपत्र, सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) र अस्थायी राहदानीको आकार र ढाँचा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको प्रचलित मापदण्डको आधारमा अनुसूची‒६ बमोजिम हुनेछ।
(४) राहदानीको बाहिरी पृष्ठमा जुन प्रकारको राहदानी हो सोको पहिचान जनाउने विवरण र नेपाल सरकारको निशाना छाप रहनेछ।
(५) साधारण राहदानी चौतीस र छै सठ्ठी पृष्ठको गरी दुई प्रकारको हुनेछ र अन्य राहदानीको पृष्ठ सङ्ख्या विभागले निर्धारण गरे बमोजिम हुनेछ।
(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागले आवश्यकता अनुसार साधारण राहदानीको पृष्ठ सङ्ख्या बढाउन सक्नेछ।
२८. विद्युतीय अभिलेख राख्नु पर्ने: विभागले राहदानी, यात्रा अनुमनतपत्र तथा सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) को अनुसूची–७ बमोजिमको ढाँचामा अभिलेख राखी सोको विद्युतीय अभिलेख समेत राख्नु पर्नेछ।
२९. कागजात धुल्याउनु पर्ने: (१) विभागले रद्द भएका राहदानी, यात्रा अनुमनतपत्र, सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) तथा सोको लागि दिएका निवेदन लगायत संलग्न अन्य कागजात महानिदेशकको स्वीकृतिमा देहायको अवधिमा धुल्याउनु पर्नेछ:-
(क) पर्सनलाइजेसन (वैयक्तिकरण) गर्ने वा वितरण गर्ने क्रममा रद्द भएका वा अदालत वा अन्य सरकारी निकायबाट रद्द गर्न सिफारिस भई आएका वा विभागबाट तयार भईसकेको राहदानी जारी भएको मितिले सम्बन्धित व्यक्तिले एक वर्षसम्म बुझी नलिएको कारण रद्द भएका राहदानीको वार्षिक विवरण तयार गरी प्रत्येक वर्ष,
(ख) ऐनको दफा २६ बमोजिम वाहकले विभागमा फिर्ता गरेको राहदानीको वार्षिक विवरण तयार गरी विभागको निर्णयअनुसार फिर्ता गरेको मितिले एक वर्ष भित्र,
(ग) विभागमा रहेका राहदानी वा यात्रा अनुमनतपत्रको लागि दिएका निवेदन लगायत संलग्न कागजातहरु जारी भएको मितिले बाह्र वर्षपछि।
(२) उपनियम (१) मा उल्लिखित बाहेक अन्य कागजात धुल्याउने सम्बन्धी अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ।
३०. अनुसूचीमा संशोधन: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकता अनुसार संशोधन गर्न सक्नेछ।
३१. खारेजी र बचाउ: (१) राहदानी नियमावली, २०६७ खारेज गरिएको छ।
(२) राहदानी नियमावली, २०६७ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
अनुसूची–१ (नियम ४ को उपनियम (१), नियम ५ र नियम ९ को उपनियम (१) सँग सम्बन्धित) राहदानीको लागि निवेदन दिन सकिने निकायहरु
राहदानीको लागि देहायका निकायमा निवेदन दिनु पर्नेछः–
१. कुटनीतिक राहदानी, विशेष राहदानी र सर्विस राहदानीको लागि विभाग वा नियोगमा,
२. साधारण राहदानीको लागि विभाग, नियोग वा जुनसुकै जिल्ला प्रशासन कार्यालयमा,
३. ............
४. अस्थायी राहदानीको लागि नियोगमा।
५ मिति २०८३।०४।१४ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित। ६ मिति २०८३।०४।१४ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा झिकिएको।
*अनुसूची-२
(नियम ४ को उपनियम (१), नियम ५, नियम ९ को उपनियम (१), नियम १५ को उपनियम (१), नियम २१ को उपनियम (२) सँग सम्बन्धित)
राहदानी र यात्रा अनुमितपत्रको लागि दिने निवेदनको ढाँचा “क”
“ख”
GOVERNMENT OF NEPAL Ministry of Foreign Affairs Department of Passports
PASSPORT APPLICATION FORM
व्यक्तिगत विवरण /Personal Information स्थायी ठेगाना / Permanent Address
नागरिकता सम्बन्धी विवरण/ Citizenship Information राहदानी सम्बन्धी विवरण /Previous Passport Details
बुबा आमाको विवरण / Parent’s Information
माथि उल्लेखित विवरण साँचो हो । मैले प्रचलित कानूनबमोजिम अपराध ठहरिने कुनै काम गरेको छैन । कानूनबमोजिम राहदानी प्रयोग गर्नेछु । यस फाराममा उल्लेखित मेरो विवरण नेपाल सरकारको अड्डा, अदालत लगायतका कुनै सरकारी निकाय र राहदानीसँग सम्बन्धित अन्तर्राष्ट्रिय नियमनकारी निकायमा प्रयोग भएमा मेरो मञ्जुरी छ ।
Applicant's Signature / निवेदकको सही Signature of Guardian in case of minor/ नाबालकको हकमा अभिभावकको सही Date / मिति ……………………………………………………………….. ……………………………………………………………………………………………………………………………………………………………………………….......................................................................................................
FOR OFFICE USE ONLY Priority: Application Type: Document Type:
Appointment Details: Enrollment Center Date & Time
Verifying Officer’s Signature & Date .……………………………………..
नेपाल राजपत्रको मिति २०८३।०३।२५ प्रकाशित सूचनाद्वारा संशोधित।
*अनुसूची-२क (नियम २३ को उपनियम (१) सँग सम्बन्धित) सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) को लागि दिने निवेदनको ढाँचा
GOVERNMENT OF NEPAL Ministry of Foreign Affairs, Department of Passports APPLICATION FORM FOR SEAMAN'S RECORD BOOK
Personal Information/व्यक्तिगत विवरण
(म यस निवेदनमा उल्लेखित विवरणहरू सत्य हुन् भनी प्रमाणित गर्दछु । यदि कुनै विवरण गलत पाइएमा कानून बमोजिम कारबाहीको भागी हुनेछु । साथै सिम्यान्स अभिलेख किताबको लागि निवेदन गर्दा निवेदनमा उल्लेखित विवरण अनुसारको विवरण उपलब्ध गराउनु पर्नेछ र कुनै पनि विवरण गलत पाइएमा वा विवरणमा भिन्नता पाइएमा प्रचलित कानून बमोजिम सजाय हुनेछ भन्ने कुरा मलाई थाहा छ ।)
Applicant's Signature / निवेदकको दस्तखत * Date / मिति *
Appointment Details Enrollment Center Date & Time
Application Type [ ] Regular [ ] New [ ] Emergency [ ] Renewal [ ] Damaged [ ] Lost
Verifying Officer Name: Signature: Designation: Date:
अनुसूची–३
(नियम ४ को उपनियम (२) को खण्ड (छ), नियम ५ को खण्ड (घ) र नियम ९ को उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित)
राहदानी, यात्रा अनुमतिपत्र र सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) को लागि संलग्न गर्नु पर्ने फोटोको विवरण
अनुसूची-४ (नियम ४ को उपनियम (२) को खण्ड (ज), नियम ५ को खण्ड (ङ), नियम ६ को उपनियम (४) र (६), नियम १६ को उपनियम (३) र (४), नियम १३क. को उपनियम (१), नियम १९ को उपनियम (१), नियम २१ को उपनियम (२), नियम २२ को उपनियम (५), नियम २३ को उपनियम (१) र नियम २४ को उपनियम (१) सँग सम्बन्धित)
दस्तुर
१. साधारण राहदानीको लागि: (क) विभाग वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा देहायको राहदानीको लागि देहाय बमोजिम:- (१) नियम ६ को उपनियम (४) बमोजिम राहदानीको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकोमा चौतीस पृष्ठको हकमा पाँच हजार रुपैयाँ र छैसट्ठी पृष्ठको हकमा दस हजार रुपैयाँ, (२) नियम ६ को उपनियम (६) बमोजिम राहदानीको लागि विभागमा निवेदन दिएकोमा चौतीस पृष्ठको हकमा बाह्र हजार रुपैयाँ र छैसट्ठी पृष्ठको हकमा बीस हजार रुपैयाँ, (३) राहदानी हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएकोमा यस खण्ड बमोजिम लाग्ने दस्तुरमाt थप पाँच हजार रुपैयाँ। (ख) उत्तर र दक्षिण अमेरिकी महादेश अन्तर्गतका देशहरू, अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान, दक्षिण कोरिया र हङकङस्थित नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी चौतीस पृष्ठको हकमा एक सय पचास अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा र छैसट्ठी पृष्ठको हकमा दुई सय अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा। (ग) रूसी महासङ्घ र नेपाली राजदूतावास मस्कोको सहप्रमाणीकृत मुलुक र साइप्रसको लागि नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी चौतीस पृष्ठको हकमा असी युरो वा सो बराबरको स्थानीय मुद्रा र छैसट्ठी पृष्ठको हकमा एक सय तीस युरो वा सो बराबरको स्थानीय मुद्रा। (घ) खण्ड (ग) बाहेकका युरोपेली देश स्थित नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी चौतीस पृष्ठको हकमा एक सय बीस युरो वा सो बराबरको स्थानीय मुद्रा र छैसट्ठी पृष्ठको हकमा एक सय सतरी युरो वा सो बराबरको स्थानीय मुद्रा। (ङ) मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, लेबनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन, ओमान र यमनस्थित नियोग र सो नियोगको
सहप्रमाणीकृत मुलुकको लागि नियोगमा निवेदन दिँदा प्रति राहदानी चौतिस पृष्ठको हकमा पचास अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा र छैसट्ठी पृष्ठको हकमा एक सय अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा। (च) खण्ड (ख), (ग) र (ङ) बाहेकका अन्य एसियाली, अफ्रिकी र बाँकी सबै देशस्थित नियोगमा निवेदन दिँदा प्रति राहदानी चौतिस पृष्ठको हकमा असी अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा र छैसट्ठी पृष्ठको हकमा एक सय तीस अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा। (छ) राहदानी हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएकोमा नियोगबाट नयाँ राहदानी लिनु पर्दा खण्ड (ख), (ग), (घ), (ङ) र (च) बमोजिमको दस्तुरमा सोही खण्डमा उल्लेख भएको दस्तुरको पचास प्रतिशतका दरले हुने रकम रुप दस्तुर। (ज) दि वर्षभन्दा कम उमेरका नाबालकको राहदानीको लागि निवेदन दिँदा खण्ड (क) को उपखण्ड (१), खण्ड (ख), (ग), (घ), (ङ) र (च) बमोजिम लाग्ने दस्तुरको आधा रकम। तर दि वर्षभन्दा कम उमेरका नाबालकले खण्ड (क) को उपखण्ड (२) बमोजिम राहदानीको लागि विभागमा निवेदन दिँदा चौतिस पृष्ठको राहदानीको हकमा नौ हजार पाँच सय रुपैयाँ र छैसट्ठी पृष्ठको राहदानीको हकमा चौध हजार पाँच सय रुपैयाँ दस्तुर लाग्नेछ। (झ) नियम १३क. को उपनियम (१) बमोजिम जारी गरिने साधारण वा अस्थायी राहदानीको हकमा एक सय रुपैयाँ। २. यात्रा अनुमतिपत्रको लागि: (क) विभागबाट जारी गरिने प्रति यात्रा अनुमतिपत्रको चार हजार रुपैयाँ। (ख) नियोगबाट जारी गरिने प्रति यात्रा अनुमतिपत्रको पचास अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा। ३. विभागबाट जारी गरिने सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) को लागि बाह्र हजार रुपैयाँ र नियोगबाट जारी गरिने सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्थ) को लागि एक सय बीस अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा। ४. नियम १९ बमोजिम जारी गरिने अस्थायी राहदानीको लागि पचास अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा।
अनुसूची-५ (नियम २२ को उपनियम (१) र (४) सँग सम्बन्धित) एकतर्फी यात्रा अनुमतिपत्रको ढाँचा
Government of Nepal Embassy/Permanent Mission/Consulate General/Consulate of Nepal ……………………………………….. TD No.: Date:
ONE WAY TRAVEL DOCUMENT
The Embassy/Permanent Mission/Consulate General /Consulate of Nepal at……..requests and requires all those whom it may concern to allow Mr./Ms……………with the following description, to pass freely, without let or hindrance, and to afford him/her all necessary help and cooperation he/she may stand in need of.
This travel document is valid till……………for one way travel to Nepal and countries en route.
Description Name : Address : Sex : Date of Birth : Old Passport no. : Photograph
Issuing Authority: Name: Signature:
Signature of the Issuing Authority STAMP
अनुसूची–६ (नियम २७ को उपनियम (३) सँग सम्बन्धित) राहदानीको ढाँचा र आकार
![Passport Dimensions Diagram] (तस्बिरमा रहेका मापनहरू:)
Dimensions in millimetres (inch dimensions in parentheses)
Not to scale R= Radius
*अनुसूची – ७ (नियम २८ सँग सम्बन्धित) अभिलेखको ढाँचा
^ पहिलो संशोधनद्वारा संशोधित ।