रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९
रेडियो ऐन, २०१४ को दफा १० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ लागेमा यस नियमावलीमा, - (क) “ऐन” भन्नाले रेडियो ऐन, २०१४ सम्झनु पर्छ । (ख) “लाइसेन्स” भन्नाले नियम ४ बमोजिम दिइने रेडियो यन्त्रको लाइसेन्स सम्झनु पर्छ । (ग) “लाइसेन्स दिने अधिकारी” भन्नाले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकिदिएको अधिकारी सम्झनु पर्छ । (घ) “स्याटलाइट रिसिभिङ सिस्टम” भन्नाले अधिकांश भाग पृथ्वीको वायुमण्डल बाहिर रहने वा रहेको एक वा एक भन्दा बढी भू-उपग्रहहरू वा अन्तरिक्ष स्टेशनबाट सञ्चार प्राप्त गर्ने डिश एण्टेना लगायतका सञ्चार प्रणाली सम्झनु पर्छ । (ङ) “एमेच्योर रेडियो” भन्नाले व्यक्तिगत लाभको उद्देश्य नराखी रेडियो प्रविधि सम्बन्धी आत्म-शिक्षा तथा अन्वेषणको उद्देश्यले इजाजत प्राप्त व्यक्तिहरूको बीच सञ्चार आदान प्रदान गर्न प्रयोग गरिने रेडियो यन्त्र सम्झनु पर्छ ।
(च) “कर्डलेस टेलिफोन” भन्नाले घर वा कम्पाउण्डको सीमित दुरीभित्र सार्वजनिक टेलिफोन सेट विस्तारको लागि प्रयोग गरिने रेडियो यन्त्र सम्झनु पर्छ। (छ) “स्याटेलाइट कम्युनिकेसन सिस्टम” भन्नाले एक वा एक भन्दा बढी भू-उपग्रहहरूको प्रयोग गरी रेडियो सञ्चार आदान प्रदान गर्न सकिने पृथ्वीको धरातल वा वायुमण्डलको अधिकांश भागभित्र अवस्थित सञ्चार प्रणालीलाई सम्झनु पर्छ। (ज) “स्टेशन” भन्नाले रेडियो यन्त्र तथा तत्सम्बन्धी उपकरणहरू जडान भएको ठाउँ सम्झनु पर्छ।
३. लाइसेन्स लिनु पर्ने : (१) नियम १८ बमोजिम लाइसेन्स लिनु नपर्ने रेडियो यन्त्र बाहेक अन्य सबै प्रकारका रेडियो यन्त्र राख्न, प्रयोग गर्न, उत्पादन गर्न वा बिक्री वितरण गर्न वा एमेच्योर रेडियो كنट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालक हुनुका लागि लाइसेन्स लिनु पर्नेछ। (२) उपनियम (१) बमोजिम लाइसेन्स लिन चाहने व्यक्तिले देहाय बमोजिम लाइसेन्स दिने अधिकारी समक्ष दरखास्त दिनु पर्नेछः- (क) स्याटेलाइट रिसिभिङ्ग सिस्टम वा स्याटेलाइट कम्युनिकेसन सिस्टम (अर्थात् स्टेशन) र कर्डलेस टेलिफोनको लागि क्रमशः अनुसूची-१ (क) र अनुसूची-१ (ख) बमोजिमको ढाँचामा, (ख) खण्ड (क) मा उल्लेख भएका बाहेकका अन्य सबै प्रकारका रेडियो यन्त्र राख्न तथा प्रयोग गर्नको लागि अनुसूची-१ (ग) बमोजिमको ढाँचामा, (ग) एमेच्योर रेडियो كنट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालक हुनुको लागि अनुसूची-१ (घ) बमोजिमको ढाँचामा, (घ) रेडियो यन्त्र उत्पादनको लागि अनुसूची-२ बमोजिमको ढाँचामा, र (ङ) रेडियो यन्त्र बिक्री वितरण गर्नको लागि अनुसूची-३ बमोजिमको ढाँचामा।
४. लाइसेन्स दिनु पर्ने : (१) नियम ३ बमोजिम प्राप्त भएको दरखास्तमा आवश्यक जाँचबुझ गरी लाइसेन्स दिने अधिकारीले नियम ९ मा उल्लिखित दस्तुर लिई देहाय बमोजिम दरखास्तवालालाई लाइसेन्स दिनु पर्नेछ :-
(क) स्याटेलाइट रिसिभिङ सिस्टम वा स्याटेलाइट कम्युनिकेसन सिस्टम (अर्थ स्टेशन) र कर्डलेस टेलिफोनको लागि क्रमशः अनुसूची-४(क) र अनुसूची-४(ख) बमोजिमको ढाँचामा, (ख) खण्ड (क) मा उल्लेख बाहेकका अन्य सबै प्रकारका रेडियो यन्त्र राख्न तथा प्रयोग गर्नको लागि अनुसूची-४(ग) बमोजिमको ढाँचामा, (ग) एमेच्योर रेडियो كنट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालक हुनुको लागि अनुसूची-४(घ) बमोजिमको ढाँचामा, (घ) रेडियो यन्त्र उत्पादन गर्नको लागि अनुसूची-५ बमोजिमको ढाँचामा, र (ङ) रेडियो यन्त्र बिक्री वितरण गर्नको लागि अनुसूची-६ बमोजिमको ढाँचामा। (२) उपदियम (१) बमोजिम लाइसेन्स दिँदा सार्वजनिक सञ्चार सेवामा प्रतिकूल असर पर्ने गरी दरखास्तवालालाई लाइसेन्स दिइने छैन । (३) उपदियम (१) बमोजिम लाइसेन्स दिँदा लाइसेन्सवालाले पालना गर्नुपर्ने आवश्यक शर्तहरू समेत तोकी दिन सकिनेछ। ५. स्याटेलाइट रिसिभिङ सिस्टम : लाइसेन्स दिने अधिकारीले स्याटेलाइट रिसिभिङ सिस्टमको लाइसेन्स व्यक्तिगत वा सामूहिक रूपमा प्रयोग गर्न पाउने गरी दिन सक्नेछ। ६. एमेच्योर रेडियो : (१) लाइसेन्स दिने अधिकारीले देहायका योग्यता पुगेका व्यक्तिलाई एमेच्योर रेडियो كنट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालकको लाइसेन्स दिन सक्नेछः- (क) १६ वर्ष उमेर पुगेको नेपाली नागरिक, (ख) नेपाली र अङ्ग्रेजी दुवै भाषामा राम्रो बोल्न, लेख्न सक्ने, (ग) नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृत पाठ्यक्रम बमोजिम लिएको लिखित तथा मौखिक परीक्षामा उत्तीर्ण गरेको। (२) नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उचित ठानेमा विदेशी नागरिकलाई समेत छोटो अवधिको लागि एमेच्योर रेडियो كنट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालकको लाइसेन्स दिन सक्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम लाइसेन्स दिँदा लाइसेन्सको तह, श्रेणी र रेडियो फ्रिक्वेन्सीहरूको प्रयोग र अपरेटिङ स्ट्याण्डर्ड नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट तोके बमोजिमको हुनेछ।
७. कर्डलेस टेलिफोन : लाइसेन्स दिने अधिकारीले उचित ठहऱ्याएमा नियम १८ को खण्ड (ख) मा उल्लेख भएका कर्डलेस टेलिफोन बाहेक अन्य कर्डलेस टेलिफोन राख्न तथा प्रयोग गर्न पाउने गरी कर्डलेस टेलिफोनको लाइसेन्स दिन सक्नेछ।
८. स्याटेलाइट कम्युनिकेसन सिस्टम : लाइसेन्स दिने अधिकारीले पर्वतारोहण अन्वेषण तथा यस्तै प्रकारका जोखिमपूर्ण विशेष काममा संलग्न व्यक्ति वा टोलीलाई निश्चित अवधिको लागि तोकिएको प्रयोजनको लागि मात्र स्याटेलाइट कम्युनिकेसन सिस्टम राख्न तथा प्रयोग गर्न पाउने गरी स्याटेलाइट कम्युनिकेसन सिस्टमको लाइसेन्स दिन सक्नेछ।
८क. कागजात पेश गर्न नपर्ने :- यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम ३ को उपनियम (२) को खण्ड (ख) बमोजिम लाइसेन्स लिन चाहने व्यक्तिले दरखास्त साथ संलग्न गर्नु पर्ने कागजात पेश गर्न नसक्ने कारण जनाई यो नियम प्रारम्भ भएको सात दिनभित्र दरखास्त दिएमा र सो व्यहोरा जाँचबुझ गर्दा मनासिब देखिएमा लाइसेन्स दिने अधिकारीले त्यस्तो कागजात नभए पनि दरखास्तवालालाई रेडियो यन्त्रको लाइसेन्स दिन सक्नेछ।
९. लाइसेन्स दस्तुर : रेडियो यन्त्र राख्न तथा प्रयोग गर्न उत्पादन वा बिक्री वितरण गर्न वा एमेच्योर रेडियो كنट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालकको लागि दिइने लाइसेन्सको दस्तुर अनुसूची-७ मा उल्लेख भए बमोजिम हुनेछ।
१०. लाइसेन्सको अवधि र नवीकरण : (१) लाइसेन्सको अवधि एक आर्थिक वर्षसम्म बहाल रहनेछ। (२) लाइसेन्स नवीकरण गराउन चाहने व्यक्तिले लाइसेन्स बहाल रहने अवधि भुक्तान नहुँदै नवीकरणको लागि अनुसूची-८ बमोजिमको ढाँचामा लाइसेन्स दिने अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ। (३) उपनियम (२) बमोजिम लाइसेन्स नवीकरणको लागि परे आएको दरखास्त उपर लाइसेन्स दिने अधिकारीले नियम ९ बमोजिम लाग्ने दस्तुरको आधा दस्तुर लिई त्यस्तो लाइसेन्स नवीकरण गरी दिन सक्नेछ।
तर आफैंले कार्यक्रम उत्पादन गरी भू-स्थति, भू-उपग्रह वा केबुलको माध्यमबाट प्रसारण गर्ने टेलिभिजन च्यानल वा एफ. एम. रेडियो र सो अन्तर्गत प्रयोग हुने सम्पूर्ण प्रकारका लिङ्क तथा रिसिभर जस्ता लाइसेन्सको संवत् २०७८ साल असार मसान्तसम्म नवीकरण गरेको भए त्यस्तो संस्था वा व्यक्तिलाई आर्थिक वर्ष २०७८/७९ को लागि लाग्ने नवीकरण दस्तुरमा पूर्ण छुट पाउनेछ।
(४) उपदियम (२) बमोजिमको म्याद भुक्तान भएपछि लाइसेन्स नवीकरण गर्न आएमा पहिलो एक महिना सम्मको लागि दस प्रतिशत, दोस्रो एक महिनासम्म बीस प्रतिशत, तेस्रो एक महिनासम्म तीस प्रतिशत, चौथो एक महिनासम्म चालीस प्रतिशत, पाँचौ एक महिनासम्म पचास प्रतिशत र छैठौ एक महिनासम्म शत प्रतिशत जरिवानासमेत लिई लाइसेन्स दिने अधिकारीले त्यस्तो लाइसेन्स नवीकरण गरी दिनेछ। ६ महिनाभित्र पनि लाइसेन्स नवीकरण नगराएमा त्यस्तो लाइसेन्स स्वतः रद्द हुनेछ।
(४क) उपदियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो उपदियम प्रारम्भ हुँदाका बखतसम्म लाइसेन्स नवीकरण नगराएको व्यक्तिले यो उपदियम प्रारम्भ भएको मितिले तीन महिनाभित्र त्यस्तो लाइसेन्स नवीकरण गराउन लाइसेन्स दिने अधिकारी समक्ष दरखास्त दिन सक्नेछ।
(४ख) उपदियम (४क) बमोजिमको दरखास्त प्राप्त भएमा लाइसेन्स दिने अधिकारीले उपदियम (३) बमोजिम लाग्ने नवीकरण दस्तुर, उपदियम (४) बमोजिम लाग्ने शत प्रतिशत जरिवाना र सो जरिवाना रकम बराबरको थप जरिवाना लिई त्यस्तो लाइसेन्स नवीकरण गरी दिनेछ।
(५) उपदियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि छोटो अवधिको निम्ति दिइने लाइसेन्स सो लाइसेन्समा उल्लेखित अवधिसम्म मात्र बहाल रहनेछ।
११. लाइसेन्स दस्तुर नवीकरण दस्तुर नलाग्ने : देहायका संघ, संस्था, निकाय, आयोग वा कार्यालयले प्रयोग गर्ने रेडियो यन्त्रहरूमा नियम ९ र १० बमोजिम लाग्ने लाइसेन्स दस्तुर तथा नवीकरण दस्तुर लाग्ने छैन :- (क) नेपाल सरकारको मन्त्रालय, विभाग, कार्यालय, आयोजना आदि,
(ख) नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नियमावली बमोजिम लाइसेन्स दस्तुर तथा नवीकरण दस्तुर नलाग्ने भनी तोकिदिएको अन्य संघ, संस्था, निकाय नियोग वा व्यक्ति।
१२. विवरण बदल्नु परेमा : (१) यस नियमावली बमोजिम प्राप्त लाइसेन्समा उल्लेखित विवरण बदल्नु परेमा लाइसेन्सवालाले अनुसूची-९ बमोजिमको ढाँचामा लाइसेन्स दिने अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ। (२) उपदियम (१) बमोजिम लाइसेन्सको विवरण बदलीको निम्ति एक सय रूपैयाँ दस्तुर लाग्नेछ।
१३. नामसारी : (१) लाइसेन्स प्राप्त रेडियो यन्त्र बिक्री गरेमा वा अन्य तवरले हक छाडेमा हक छाड्ने र हक पाउने दुवैले सो भए गरेको मितिले पैंतीस दिनभित्र लाइसेन्स दिने अधिकारी समक्ष अनुसूची-१० बमोजिमको ढाँचामा रेडियो यन्त्र नामसारीको निम्ति दरखास्त दिनु पर्नेछ। (२) उपदियम (१) बमोजिम नामसारीको दरखास्त प्राप्त भएपछि नामसारीबाट हक प्राप्त गर्ने व्यक्ति त्यस्तो लाइसेन्स पाउन उपयुक्त देखिएमा लाइसेन्स दिने अधिकारीले सोही बमोजिम नामसारी गरिदई आफ्नो कार्यालयमा रहेको लाइसेन्सको विवरण समेत दुरुस्त राख्नु पर्नेछ।
१४. निरीक्षण गर्न सक्ने : (१) लाइसेन्स दिने अधिकारीले तोकेको अधिकारीले दरखास्तको विवरण वा लाइसेन्सवालाले पालना गर्नु पर्ने शर्तहरू पालना गरे नगरेको सम्बन्धमा निरीक्षण तथा छानबिन गर्न सक्नेछ। (२) उपदियम (१) बमोजिम निरीक्षण गर्दा कुनै कैफियत देखिएमा त्यस्तो कैफियत सुधार गर्न एक पटक मनासिब माहिकको मौका दिइनेछ। (३) उपदियम (२) बमोजिमको मौका दिँदा पनि त्यस्तो कैफियत सुधार गरेको नदेखिएमा निरीक्षण गर्ने अधिकारीको सिफारिसमा लाइसेन्स दिने अधिकारीले त्यस्तो लाइसेन्स रद्द गर्न सक्नेछ।
१५. मनिटररिङ गर्न सक्ने : यस नियम वा लाइसेन्समा तोकिएका शर्तहरू बमोजिम रेडियो फ्रिक्वेन्सीहरूको उचित प्रयोग भए नभएको वा कुनै प्रकारको अनधिकृत प्रयोग समेत भएको भए सो समेत पत्ता लगाई कारबाही गर्न गराउन लाइसेन्स दिने अधिकारीले मनिटररिङको व्यवस्था गर्न, गराउन सक्नेछ।
१६. विवरण राख्नु पर्ने : (१) यस नियमावली बमोजिम रेडियो यन्त्र बिक्री वितरण गर्न लाइसेन्स प्राप्त गर्नेले सो बिक्री वितरण गरेको मिति, रेडियो यन्त्रको किसिम, खरिद करताको नाम तथा स्थायी ठेगाना सहितको विवरण स्पष्ट खुल्ने गरी रजिष्टर राख्नु पर्नेछ। (२) उपनियम (१) बमोजिमको विवरण प्रत्येक ६ महिनामा लाइसेन्स दिने अधिकारी समक्ष पठाउनु पर्नेछ।
१७. लाइसेन्सको प्रतिलिपि दिने : यस नियमावली बमोजिम जारी गरिएको लाइसेन्स हराएमा वा दैवीप्रकोप परी मासिएमा वा पुरानो भई च्यातिएमा वा नवीकरण गर्ने ঠाइँ समाप्त भई फेर्नु परेमा लाइसेन्स दिने अधिकारीले एक सय रुपैयाँ दस्तुर लिई त्यस्तो लाइसेन्सको प्रतिलिपि दिन सक्नेछ।
१८. लाइसेन्स लिनु नपर्ने : देहायका रेडियो यन्त्र राख्न तथा प्रयोग गर्नको लागि लाइसेन्स लिनु पर्ने छैन । (क) रेडियो वा टेलिभिजन प्रसारणहरू सुन्ने वा सुन्ने देशका संयन्त्रहरू, (ख) नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्तर निर्धारण गरी निश्चित गरी दिएको रेडियो كنट्रोल खेलौना, कर्डलेस माइक्रोफोन र ३० मिटर दूरी भन्दा कम क्षमताको कर्डलेस टेलिफोन, र (ग) नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका अन्य रेडियो यन्त्र।
१९. लगत कट्टा गर्ने : रेडियो यन्त्र बिक्री काम नलाग्ने भएमा वा हराएमा वा रेडियो यन्त्रको बिक्रेता वा निर्माताले त्यस्तो रेडियो यन्त्र बिक्री गर्न वा उत्पादन गर्ने कार्य छोडेमा सो भए गरेको मितिले पैंतीस दिनभित्र सो कुराको सूचना लाइसेन्स दिने अधिकारी समक्ष दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि लाइसेन्स दिने अधिकारीले आवश्यक देखेमा जाँचबुझ समेत गरी त्यस्तो रेडियो यन्त्रको लाइसेन्सको लगत कट्टा गर्नु पर्नेछ।
२०. पुनः दर्ता : रेडियो यन्त्र बिक्री वा हराई नियम १९ बमोजिम लगत कट्टा गराई सकेपछि त्यस्तो बिक्रेको रेडियो यन्त्र मर्मत गरी फेरि काम लाग्ने भएमा वा हराएको रेडियो यन्त्र फेला परेमा त्यस्तो रेडियो यन्त्र राख्ने व्यक्तिले यसरी काम लाग्ने भएको वा फेला परेको मितिले पैंतीस दिनभित्र नियम ३ बमोजिम दरखास्त दिई पुनः लाइसेन्स लिनु पर्नेछ।
२१. लाइसेन्सवाला जवाफदेही हुने : यस नियमावली बमोजिम लाइसेन्स प्राप्त गर्नेले रेडियो यन्त्रको प्रयोग गर्दा कसैको हक हितमा प्रतिकूल असर परेमा त्यसको जवाफदेही सम्बन्धित लाइसेन्सवाला हुनेछ।
२२. समिति गठन गर्न सक्ने : यस नियमावली बमोजिम नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने कामका सम्बन्धमा सरसल्लाह र सुझाव दिन नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक ठानेमा एक समिति गठन गर्न सक्नेछ। समितिको काम, कर्तव्य र कार्यविधि सो समिति गठन गर्दाको अवस्थामा नै तोकिनेछ।
२३. यस नियमावली बमोजिम लाइसेन्स लिनु पर्ने : (१) यो नियमावली प्रारम्भ हुनु भन्दा अघि कसैले लाइसेन्स नलिई रेडियो यन्त्र राखेको रहे छ भने, त्यस्तो व्यक्तिले यो नियमावली प्रारम्भ भएको मितिले पैंतीस दिनभित्र नियम ३ बमोजिम लाइसेन्स लिनु पर्नेछ। (२) यो नियमावली प्रारम्भ हुनु भन्दा अघि लिएको रेडियो यन्त्रको लाइसेन्स यो नियमावली प्रारम्भ भएपछि यसै नियमावली बमोजिम लिएको मानिनेछ।
२४. अनुसूचीमा फेरफेर : नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस नियमावलीको अनुसूचीमा फेरफेर वा थपघट गर्न आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी फेरफेर वा थपघट गर्न सक्नेछ।
२५. अधिकार प्रत्यायोजन : यस नियमावली बमोजिम आफूलाई प्राप्त भएको अधिकार नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्य कुनै निकाय वा अधिकारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ।
२६. खारेजी : रेडियो (लाइसेन्स) नियमावली, २०२६ खारेज गरिएको छ।
द्रष्टव्यः १. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरू:- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”। २. रेडियो संचार (लाइसेन्स) (चौथो संशोधन) नियमावली, २०७७ द्वारा रुपान्तर गरिएका शब्दहरू:- “सञ्चार मन्त्रालय” को सट्टा “सञ्चार तथा सूचना प्रविधि मन्त्रालय”।
अनुसूची-१ (क) (नियम ३ सँग सम्बन्धित)
स्याटेलाइट रिसिभिङ सिस्टम/स्याटेलाइट कम्युनिकेसन सिस्टम (अर्थ स्टेशन) को लाइसेन्सको लागि दरखास्त
श्री ................... स्याटेलाइट रिसिभिङ सिस्टम/स्याटेलाइट कम्युनिकेसन सिस्टम (अर्थ स्टेशन) राख्न तथा प्रयोग गर्नको लागि देहायका विवरणहरू खुलाई प्रोफार्मा इन्भ्वाइस र टेक्निकल स्पेसिफिकेशनको प्रतिलिपि समेत संलग्न गरी स्याटेलाइट रिसिभिङ सिस्टम/स्याटेलाइट कम्युनिकेसन सिस्टमको लाइसेन्स पाउनको लागि अनुरोध गर्दछु ।
१. प्रयोग गर्नु पर्ने उद्देश्य र कारण :- २. प्रयोग गर्न चाहेको सिस्टमको विवरणः- (क) निर्माताको नामः- (ख) मोडल नं.:- (ग) सिरियल नं.:- (घ) साइज र अन्य विवरणः- (ङ) एण्टेना सम्बन्धी विवरणः- ३. प्रयोग गरिने ठाउँ:- ४. आर. एफ. फ्रिक्वेन्सी रेन्ज / प्रयोग गर्ने फ्रिक्वेन्सीः- ५. कुन स्याटेलाइटको माध्यमबाट के कस्तो सञ्चार आदान प्रदान गर्ने होः- ६. प्रयोग भइरहेको भए कुन मितिदेखि प्रयोग भइरहेको होः- ७. प्रयोगः- (क) व्यक्तिगतः- (ख) सामूहिकः- ८. सामूहिक रूपमा प्रयोग गरिने भए प्रयोगकर्ताहरूको नाम र अन्य विवरण (नाम यसैसाथ संलग्न गर्नुपर्ने):- ९. घर बहालमा लीइ रेडियो यन्त्र राख्ने वा प्रयोग गर्ने भए घर धनीको स्वीकृति भए नभएकोः-
(घर धनीको स्वीकृति पत्र यसैसाथ संलग्न गर्नु पर्ने) १०. आयात गरिने देशको नाम:- ११. आयात हुने भन्सार कार्यालयको नाम:-
दरखास्तवालाको,- सही:- नाम:- ठेगाना:- मिति:-
अनुसूची-१ (ख) (नियम ३ सँग सम्बन्धित) कर्डलेस टेलिफोन लाइसेन्सको लागि दरखास्त
श्री .................... कर्डलेस टेलिफोन राख्न तथा प्रयोग गर्नको लागि देहायका विवरणहरू खुलाई प्रोफर्मा इन्भ्वाइस र टेक्निकल स्पेसिफिकेशनको प्रतिलिपि समेत संलग्न गरी कर्डलेस टेलिफोनको लाइसेन्स पाउनको निमित्त अनुरोध गर्दछु ।
१. कर्डलेस टेलिफोनको विवरण :- (क) यन्त्रको निर्माता :- (ख) मोडल नं. :- (ग) सिरियल नं. आदि :- २. प्रयोग गर्ने फ्रिक्वेन्सी :- ३. प्रयोग गर्ने प्रणाली :- ४. ट्रान्समिटर पावर :- ५. प्रयोग गर्ने क्षेत्र :- ६. दरखास्तवालाले प्राप्त गरेको सार्वजनिक दूर सञ्चार टेलिफोन :- ७. अन्य विशेष :-
दरखास्तवालाको,- सही :- नाम :- ठेगाना :- मिति :-
अनुसूची-१ (ग) (नियम ३ सँग सम्बन्धित)
स्याटेलाइट रिसिभिङ सिस्टम वा स्याटेलाइट कम्युनिकेसन सिस्टम (अर्थ स्टेशन), कर्डलेस टेलिफोन र एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालक बाहेकका अन्य रेडियो यन्त्रको लागि
दरखास्त
श्री ...........................
देहायका रेडियो यन्त्र राख्न तथा प्रयोग गर्नको लागि देहायका विवरणहरू खुलाई प्रोफर्मा इन्भ्वाइस र टेक्निकल स्पेसिफिकेशनको प्रतिलिपि समेत संलग्न गरी रेडियो यन्त्रको लाइसेन्स पाउनको लागि अनुरोध गर्दछु ।
१. रेडियो यन्त्र प्रयोग गर्नको उद्देश्य एवं कारण :- २. प्रयोग गर्ने स्थान :- ३. प्रयोग गरिने फ्रिक्वेन्सी :- ४. प्रयोग गर्ने अनुमानित मिति :- ५. रेडियो यन्त्रको विवरण :- (क) निर्माता :- (ख) मोडल नं. :- (ग) सिरियल नं. आदि :- ६. स्टेशनको प्रकार :- ७. प्रयोग गरिने प्रणालीको प्रकार :- ८. प्रयोग गरिने समय :- ९. अन्य विवरणः- (क) (ख) (ग)
दरखास्तवालाको,- सही:- नामः- ठेगानाः- मिति:-
अनुसूची-१ (घ) (नियम ३ सँग सम्बन्धित) एमेच्योर रेडियो كنट्रोल अपरेटर / एमेच्योर रेडियो सञ्चालकको लाइसेन्सको लागि दरखास्त
श्री ............
एमेच्योर रेडियो كنट्रोल अपरेटर / एमेच्योर रेडियो सञ्चालक हुनको लागि देहायको विवरणहरू खुलाई प्रोफर्मा इन्भ्वाइस र टेक्निकल स्पेसिफिकेशनको प्रतिलिपि समेत संलग्न गरी एमेच्योर रेडियो كنट्रोल अपरेटर / एमेच्योर रेडियो सञ्चालकको लाइसेन्स पाउनको निमित्त अनुरोध गर्दछु ।
१. एमेच्योर रेडियो كنट्रोल अपरेटर / एमेच्योर रेडियो सञ्चालक हुनको उद्देश्यः- २. एमेच्योर रेडियो राख्ने प्रयोग गर्ने / सञ्चालन गर्ने ठाउँ :- ३. एमेच्योर रेडियोको विवरण :- (क) स्थायी / अस्थायी :- (ख) एमेच्योर रेडियो सम्बन्धी ज्ञानः सैद्धान्तिक / व्यवहारिक :- (ग) इलेक्ट्रोनिक र रेडियो कम्युनिकेसन सम्बन्धी ज्ञान :- (घ) प्रयोग गर्ने फ्रिक्वेन्सी :- (ङ) प्रयोग गर्ने प्रणाली :- (च) ट्रान्समिटर पावर :- ४. अन्य विवरणः- (क) (ख) (ग)
दरखास्तवालाको,- सहीः- नामः- ठेगानाः- मितिः-
अनुसूची-२ (नियम ३ सँग सम्बन्धित) रेडियो यन्त्र उत्पादन गर्नको लागि दरखास्त
रेडियो यन्त्र उत्पादन गर्नको लागि देहायका विवरणहरू खुलाई सम्बन्धित रेडियो यन्त्रको डिजाइन तथा टेक्निकल स्पेसिफिकेशन समेत संलग्न गरी देहायको रेडियो यन्त्रको उत्पादनको लाइसेन्स पाउनको निमित्त अनुरोध गर्दछु ।
१. उत्पादन गरिने रेडियो यन्त्रको विवरण :- (क) नाम:- (ख) किसिम:- (ग) मोडल:- (घ) शक्ति (वाट्स):- (ङ) फ्रिक्वेन्सी रेन्ज:- २. वार्षिक उत्पादन गर्ने अनुमानित संख्या :- ३. उत्पादन गर्न आवश्यक सुविधाहरूको विवरण:- ४. उद्योगको किसिम:- ५. उत्पादन सुरु हुने मिति:- ६. उत्पादन स्थल:- ७. अन्य विवरण:- (क) (ख) (ग)
दरखास्तवालाको,- सही:- नाम:- ठेगाना:- मिति:-
अनुसूची-३ (नियम ३ सँग सम्बन्धित) रेडियो यन्त्र बिक्री वितरण गर्नको लागि दरखास्त
श्री ................
रेडियो यन्त्र बिक्री वितरण गर्नको लागि देहायका विवरणहरू खुलाई देहायका रेडियो यन्त्र बिक्री वितरण गर्नको लागि लाइसेन्स पाउनको निमित्त अनुरोध गर्दछु।
१. बिक्री वितरण गर्ने रेडियो यन्त्रको विवरण :- (क) नाम :- (ख) किसिम :- (ग) शक्ति (वाट्स) :- (घ) फ्रिक्वेन्सी रेन्ज :-
२. वार्षिक बिक्री वितरण गर्ने अनुमानित सङ्ख्या :- ३. बिक्री वितरण सुरु हुने मिति :- ४. बिक्री वितरण गर्ने स्थल :- ५. अन्य विवरणः- (क) (ख) (ग)
दरखास्तवालाको,- सहीः- नामः- ठेगानाः- मितिः-
अनुसूची-४ (क) (नियम ४ सँग सम्बन्धित)
स्याटेलाइट रिसिभिङ सिस्टम / स्याटेलाइट कम्युनिकेसन सिस्टम (अर्थ स्टेशन) को लाइसेन्स
देहायका व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई निम्न लिखित शर्तहरू पालना गरी निम्न विवरणको स्याटेलाइट रिसिभिङ सिस्टम / स्याटेलाइट कम्युनिकेसन सिस्टम (अर्थ स्टेशन) राख्न तथा प्रयोग गर्न पाउने गरी यो लाइसेन्स दिइएको छ।
१. व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाम :- २. ठेगाना :- ३. लाइसेन्स नं. :- ४. जडान हुने स्थान :- ५. अर्थ स्टेशन स्याटेलाइट सिस्टमको विवरण :- (क) निर्माताको नाम :- (ख) मोडल नं. :- (ग) साइज र अन्य विवरण :- (घ) एण्टेनाको विवरण :- ६. इनपुट फ्रिक्वेन्सी रेन्ज / प्रयोग गरिने फ्रिक्वेन्सी :- ७. कुन स्याटेलाइटको माध्यमबाट कस्तो सञ्चार आदान-प्रदान गर्ने :- ८. प्रयोग :- (क) व्यक्तिगत :- (ख) सामूहिक :- ९. सामूहिक रूपमा प्रयोग गरिने भए जोडिने लाइन संख्या र व्यक्तिहरूको नाम :- १०. लाइसेन्सवालाले पालना गर्नुपर्ने शर्तहरू :- (क) सार्वजनिक सडक, बिजुली, सार्वजनिक सञ्चारलाई असर पार्न नपाउने गरी निजी घर कम्पाउण्डभित्र मात्र वितरण गर्नुपर्नेछ । (ख) आम जनताको लागि प्रसारण भएको प्राप्त प्रसारण सामग्री बाहेक अन्य कुनै प्रकारको प्रसारण सामग्रीहरू वितरण वा प्रसारण गर्न पाइने छैन ।
(ग) मुनाफा वा शुल्क आदि लिई फाईदा लिन वा व्यापारिक प्रयोग गर्ने पाइने छैन ।
कार्यालयको छाप लाइसेन्स दिने अधिकारीको,- सहीः- नामः- दर्जाः- मितिः-
नवीकरणको विवरण
अनुसूची-४ (ख) (नियम ४ सँग सम्बन्धित) कर्डलेस टेलिफोनको लाइसेन्स
देहायका व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई निम्न लिखित शर्तहरू पालना गर्ने गरी कर्डलेस टेलिफोन राख्न तथा प्रयोग गर्न पाउने गरी यो लाइसेन्स दिइएको छ ।
१. व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाम :- २. ठेगाना :- ३. लाइसेन्स नं. :- ४. कर्डलेस टेलिफोनको विवरण :- (क) सार्वजनिक टेलिफोन नं. :- (ख) निर्माता :- (ग) मोडल नं. :- (घ) सिरियल नं. :- (ङ) आर. एफ. पावर आउटपुट / एण्टेना साइज :- ५. प्रयोग गर्ने क्षेत्र :- ६. लाइसेन्सवालाले पालना गर्नुपर्ने शर्तहरू :- (क) तोकिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा कर्डलेस टेलिफोन प्रयोग गर्न पाइने छैन । (ख) तोकिएको बाहेक अन्य सार्वजनिक टेलिफोन नम्बरसँग मिलाइ गरी प्रयोग गर्न पाइने छैन ।
कार्यालयको छाप लाइसेन्स दिने अधिकारीको,- सहीः- नामः- दर्जाः- मितिः-
नवीकरणको विवरण
अनुसूची-४ (ग) (नियम ४ सँग सम्बन्धित)
स्याटेलाइट रिसिभिङ वा स्याटेलाइट कम्युनिकेसन सिस्टम (अर्थ स्टेशन) कर्डलेस टेलिफोन र एमेच्योर रेडियो كنट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालक बाहेकका अन्य रेडियो यन्त्र राख्न तथा प्रयोग गर्नको लागि
लाइसेन्स
देहायका व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई निम्न लिखित शर्तहरू पालन गर्ने गरी निम्न विवरणको रेडियो यन्त्र राख्न तथा प्रयोग गर्न पाउने गरी यो लाइसेन्स दिइएको छ।
१. व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाम :- २. ठेगाना :- ३. लाइसेन्स नं. :- ४. प्रयोग गरिने स्थान :- ५. प्रयोगको उद्देश्य :- ६. प्रयोग गर्ने स्थान :- ७. प्रयोग गरिने फ्रिक्वेन्सी :- ८. रेडियो यन्त्रको विवरण :- (क) (ख) (ग) (घ) ९. प्रयोग गर्ने मिति :- १०. स्टेशनको प्रकार :- ११. प्रयोग गरिने प्रणाली :- १२. प्रयोग गरिने समय :- १३. लाइसेन्सवालाले पालन गर्नु पर्ने शर्तहरूः- (क) (ख) (ग)
कार्यालयको छाप :- लाइसेन्स दिने अधिकारीको,- सही:- नाम:- दर्जा:- मिति:-
आर्थिक वर्ष नवीकरण दस्तुर नवीकरण मिति नवीकरण गर्ने तथा अन्य विवरण अधिकारीको दस्तखत
अनुसूची-४ (घ) (नियम ४ सँग सम्बन्धित)
एमेच्योर रेडियो كنट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालकको लाइसेन्स
देहायका व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई निम्न लिखित शर्तहरू पालना गर्ने गरी निम्न विवरणको एमेच्योर रेडियो كنट्रोल अपरेटर / एमेच्योर रेडियो सञ्चालकको लाइसेन्स दिइएको छ।
१. व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाम :- २. ठेगाना :- ३. लाइसेन्स नं. :- ४. एमेच्योर रेडियोको विवरण :- (क) (ख) (ग) (घ) ५. एमेच्योर रेडियो स्टेशन स्थान :- ६. लाइसेन्सवालाले पालना गर्नु पर्ने शर्तहरूः- (क) आर्थिक लाभको उद्देश्यले आफ्नो वा कसै को कुनै खबर समाचार आदान प्रदान गर्न पाइने छैन । (ख) इजाजत प्राप्त व्यक्ति बीच आपसी शिक्षा र रेडियो प्रविधिको अन्वेषण गर्ने उद्देश्यबाट मात्र सञ्चार आदान प्रदान गर्नु पर्नेछ। (ग) दैव विपरोक वा आकस्मिक घटना परेमा वा सार्वजनिक दूरसञ्चार साधन समेत उपलब्ध नभएको अवस्थामा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृत क्लियर तेस्रो पक्षको कुनै सन्देश आदान प्रदान गर्न खण्ड (ख) ले कुनै रोक लगाएको मानिने छैन । (घ) कसै ले गैर कानूनी प्रसारण गरेको लाइसेन्सवालाले थाहा पाएमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई तत्काल जानकारी दिनु पर्नेछ र त्यस्तो कुनै कुराको सम्बन्धमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट मद्दत मागेमा त्यस्तो कुराको सूचना दिनु लाइसेन्सवालाको कर्तव्य हुनेछ। (ङ) नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट तोकिदिएको अपरेटिङस्तर अनुरूप सञ्चालन गर्नु पर्नेछ। (च) सबै प्रसारणमा प्रत्येक १० मिनेटको अवधि ननाघ्ने गरी आफ्नो कल साइन पटक पटक उल्लेख गर्नु पर्नेछ ।
(छ) आफूले रेडियोमा सम्पर्क राखेको एमेच्योरको लगबुक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट तोकी दिएको ढाँचामा राख्नु पर्नेछ। (ज) अन्य कुनै पनि एमेच्योर रेडियो अपरेटरसँग क्यू. एस. एल. कार्ड पठाउन खर्चको रूपमा कुनै नगदी वा जिन्सी माग गर्न वा लिन पाइने छैन । यदि विदेशी नागरिकबाट अन्तर्राष्ट्रिय जवाफी कुपन वा नगद प्राप्त भएमा त्यस्तो कुपन वा नगद सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुझाउनु पर्नेछ। (झ) आफूले राखेको वा प्रयोग गरेको स्टेशन आफूले वा अन्य एमेच्योर रेडियो सञ्चालकहरूलाई सञ्चालन गर्न दिएको भए सोको समेत स्पष्ट विवरण सहितको लगबुक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट तोकी दिएको ढाँचामा राख्नु पर्नेछ र त्यस्तो लगबुक प्रत्येक ६।६ महिनामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा बुझाउनु पर्नेछ।
७. प्रयोग गर्न पाउने फ्रिक्वेन्सीहरू :- ८. कल साइन :-
कार्यालयको छाप लाइसेन्स दिने अधिकारीको,- सहीः- नामः- दर्जाः- मितिः-
नवीकरणको विवरण
अनुसूची-५ (नियम ४ सँग सम्बन्धित) रेडियो यन्त्र उत्पादनको लाइसेन्स
देहायका व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई निम्न लिखित शर्तहरू पालना गर्ने गरी निम्न विवरणको रेडियो यन्त्र उत्पादन गर्न पाउने गरी यो लाइसेन्स दिइएको छ ।
१. व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाम :- २. ठेगाना :- ३. लाइसेन्स नं. :- ४. रेडियो यन्त्रको विवरण :- (क) नाम :- (ख) किसिम :- (ग) फ्रिक्वेन्सी रेन्ज :- ५. उत्पादन गर्ने स्थल :- ६. लाइसेन्सवालाले पालना गर्नु पर्ने शर्तहरू :- (क) (ख)
कार्यालयको छाप लाइसेन्स दिने अधिकारीको,- सहीः- नामः- दर्जाः- मितिः-
अनुसूची-६ (नियम ४ सँग सम्बन्धित) रेडियो यन्त्र बिक्री वितरण गर्नेको लागि लाइसेन्स
देहायका व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई निम्न शर्तहरू पालना गर्ने गरी निम्न विवरणको रेडियो यन्त्र बिक्री वितरण गर्न पाउने गरी यो लाइसेन्स दिइएको छ ।
१. व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाम :- २. ठेगाना :- ३. लाइसेन्स नं. :- ४. रेडियो यन्त्रको विवरण :- (क) नाम :- (ख) किसिम :- (ग) फ्रिक्वेन्सी रेन्ज :- ५. बिक्री वितरण गर्ने स्थल :- ६. लाइसेन्सवालाले पालना गर्नुपर्ने शर्तहरू :- (क) (ख)
कार्यालयको छाप लाइसेन्स दिने अधिकारीको सही:- नाम:- दर्जा:- मिति:-
नबीकरणको विवरण
*अनुसूची-७ (नियम ९ सँग सम्बन्धित) रेडियो यन्त्रको लाइसेन्स दस्तुर
देहायका रेडियो यन्त्र राख्न, प्रयोग गर्न, उत्पादन वा बिक्री वितरण गर्नका लागि नेपाली नागरिकहरूलाई देहाय बमोजिमको लाइसेन्स दस्तुर लाग्नेछ:-
१. स्याटेलाइट रिसिभिङ सिस्टमको लागि,- (क) आम जनताको लागि प्रसारण गरिएको प्रसारण प्राप्त गर्न सक्ने (स्याटेलाइट रिसिभर) को लागि रू. ३००।- (ख) अन्य प्रकारको सञ्चार प्राप्त गर्न सक्ने प्रति स्याटेलाइट रिसिभिङ सिस्टमको लागि रू. १,०००।-
२. स्याटेलाइट कम्युनिकेसन सिस्टम वा अर्थ स्टेशनको लागि,- (क) स्याटेलाइट कम्युनिकेसन सिस्टम वा अर्थ स्टेशन (भ्वाइस च्यानल) को लागि रू. ३०,०००।- (ख) स्याटेलाइट कम्युनिकेसन सिस्टम वा अर्थ स्टेशन (डाटा च्यानल) को लागि ६४ किलो बिट्स प्रतिसेकेन्ड क्षमता भएको डिश्याट वा अन्य स्टेशनको लागि रेडियो फ्रिक्वेन्सी प्रयोगका लागि रू. १५,०००।- र त्यस पछिको प्रत्येक थप ६४ किलो बिट्स प्रति सेकेन्डोको लागि थप अतिरिक्त दस्तुर रू. १,०००।-
३. एरोनटिकल स्टेशनको लागि रू. १,०००।- ४. वायुयान (एयरक्राफ्ट स्टेशन) को लागि रू. ३,०००।- ५. बेस (आधार) स्टेशनको लागि (VHF/UHF) र सो सम्बन्धी प्रति स्टेशन प्रति जोडी फ्रिक्वेन्सी प्रयोग गर्ने :- (क) बेस स्टेशनको लागि,- (१) ५ वाटसम्म RF Power output रू. ५,०००।- (२) ५ वाट भन्दा बढी २५ वाट सम्म RF Power output रू. १०,०००।- (३) २५ भन्दा बढी RF Power output रू. २५,०००।-
मिति २०७३।५।१३ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा फेरफेर।
(ख) रिपिटर स्टेशनको लागि,- (१) ५ वाटसम्म RF Power output रू.१०,०००।- (२) ५ वाट भन्दा बढी २५ वाट सम्म RF Power output रू.२५,०००।- (३) २५ वाट भन्दा बढी RF Power output रू.३५,०००।- (ग) बेस स्टेशन/ रिपिटर स्टेशनसँग सम्बन्धित गर्ने वा अन्य स्थिर वा चल (मोवाइल) स्टेशनहरुको लागि प्रति स्टेशन,- (१) ५ वाटसम्म RF Power output रू.२,०००।- (२) ५ वाट देखि २५ वाट सम्म RF Power output रू.१०,०००।- (३) २५ वाट भन्दा बढी RF Power output रू.२५,०००।- ६. अचल स्टेशनको लागिः- (क) ३० मेगाहर्ज भन्दा मुनि एक वा दुईसम्म ट्रान्समिटिङ फ्रिक्वेन्सीहरु प्रयोग गर्न सकिने २५ वाट सम्म आर.एफ. पावर आउटपुट क्षमताको प्रति अचल स्टेशनको लागि रू.२०,०००।- र २५ आर.एफ.पावर आउटपुट भन्दा माथिको प्रति अचल स्टेशनको लागि रू. ३०,०००।- (ख) ३० मेगाहर्जदेखि १०.५ गिगाहर्जभित्र एक वा दुईसम्म ट्रान्समिटिङ फ्रिक्वेन्सीहरु प्रयोग गर्न सकिने अचल स्टेशनको लागि निम्न बमोजिम खास ओगटेको आर.एफ. रेडियो फ्रिक्वेन्सी ब्याण्ड विथको आधारमा,- (१) ३६ कि. हर्जसम्म रू.५,०००।- (२) ३६ कि. हर्ज भन्दा माथि ४०० कि.हर्जसम्म रू.१०,०००।- (३) ४०० कि. हर्ज भन्दा माथि २,८०० कि. हर्जसम्म रू.१५,०००।- (४) २,८०० कि. हर्ज भन्दा माथि १०,००० कि. हर्जसम्म रू.२०,०००।- (५) १०,००० कि. हर्ज भन्दा माथि २०,००० कि. हर्जसम्म रू.३०,०००।- (६) २०,००० कि. हर्ज भन्दा माथि ४०,००० कि. हर्जसम्म रू.५०,०००।- (७) ४०,००० कि. हर्ज भन्दा माथि ८०,००० कि. हर्जसम्म रू.८०,०००।- (८) ८०,००० कि. हर्ज भन्दा माथि १,६०,००० कि. हर्जसम्म रू.१,५०,०००।- (९) १,६०,००० कि.हर्ज भन्दा माथि रू.३,००,०००।-
(१०) १०.५ गिगाहर्ज भन्दा माथि १५.३५ गिगाहर्जसम्म, एउटै मात्र फ्रिक्वेन्सी प्रयोग गर्न सकिने र २० मेगाहर्ज भन्दा कम आर. एफ. व्याण्ड विथ ओगट्ने प्रति स्टेशनको लागि रु. ६,०००।- (११) १०.५ गिगाहर्ज भन्दा माथि १५.३५ गिगाहर्जसम्म एउटै मात्र फ्रिक्वेन्सी प्रयोग गर्न सकिने र २० मेगाहर्जभन्दा माथि आर. एफ. व्याण्ड विथ ओगट्ने प्रति स्टेशनको लागि रु. ७,०००।- (१२) १५.३५ गिगाहर्ज भन्दा माथि तर एउटै मात्र फ्रिक्वेन्सी प्रयोग गर्न सकिने र २० मेगाहर्ज भन्दा कम आर. एफ. व्याण्ड विथ ओगट्ने प्रति स्टेशनको लागि रु. ५,०००।- (१३) १५.३५ गिगाहर्ज भन्दा माथि तर एउटै मात्र फ्रिक्वेन्सी प्रयोग गर्न सकिने र २० मेगाहर्ज भन्दा बढी आर. एफ. व्याण्ड विथ ओगट्ने प्रति स्टेशनको लागि रु. ७,५००।-
(ग) खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि ३० मेगाहर्ज देखि १०.५ गिगाहर्ज सम्मको फ्रिक्वेन्सी प्रयोग गरी कुनै पनि सार्वजनिक दूरसंचार नेटवर्कसँग मिलान नगरी स्मार्ट (Smart) विद्युत मिटर, टेलिमेहरी वा यस्तै प्रकारका अन्य सेवा सञ्चालन वा सेवा प्रदान गर्न स्थापना भएको नेटवर्कमा प्रयोग हुने रेडियो उपकरणहरुको हकमा त्यस्ता नेटवर्कले ओगटेको आर.एफ. व्याण्डविथको आधारमा प्रति मेगाहर्ज फ्रिक्वेन्सी व्याण्डविथको लागि रू.१,२०,००,०००।-
७. पेजिङ्ग सेवाको लागि (PSTN मा मिलान गरी सञ्चालन भएका),- (क) ५० वाटसम्म आर.एफ. पावर आउटपुट क्षमताको ट्रान्समिटरबाट,- (१) २,००० गोटा सम्म पेजिङ्ग रिसिभर प्रयोग गर्न सक्ने प्रणालीको लागि रु. १०,०००।- (२) २,००० गोटा भन्दा बढी पेजिङ्ग रिसिभर प्रयोग गर्न सक्ने प्रणालीको लागि प्रत्येक थप रिसिभरको लागि रु. १,०००।- (ख) ५० वाटभन्दा बढी आर.एफ. पावर आउटपुट क्षमताको ट्रान्समिटरबाट,-
(१) ५,००० गोटासम्म पेजिङ रिसिभर प्रयोग गर्न सक्ने प्रणालीको लागि रू. २०,०००।- (२) ५,००० भन्दा बढी पेजिङ रिसिभर प्रयोग गर्न सक्ने प्रणालीको लागि प्रत्येक थप रिसिभरको लागि रू. १,०००।- ८. रेडियो डिटरमिनेसन/नेभिगेसन स्टेशनको लागि प्रति फ्रिक्वेन्सी प्रति स्टेशन रू. १,०००।- ९. गतिशील वा अचल उद्धार योजना स्टेशनको लागि प्रति फ्रिक्वेन्सी प्रति स्टेशन रू. १,०००।- १०. एमेच्योर रेडियोको हकमा,- (क) कन्ट्रोल अपरेटरको लागि (उपकरण सहित) रू. १,०००।- (ख) सञ्चालनको लागि (उपकरण बाहेक) रू. ६००।- ११. रेडियो सञ्चार तथा प्रसारण सम्बन्धी रेडियो यन्त्र उत्पादनको लागि,- (क) व्यापारिक प्रयोजन रू. २,००,०००।- (ख) अनुसन्धानको लागि,- (१) व्यक्तिगत रू. ५,०००।- (२) संघ / संस्थाको लागि रू. १०,०००।- १२. रेडियो सञ्चार तथा प्रसारण सम्बन्धी रेडियो यन्त्र बिक्री वितरणको लागि रू. ५,००००।- १३. प्रसारण सम्बन्धी रेडियो यन्त्र राख्न वा प्रयोग गर्नेको लागि,- (क) एफ.एम. रेडियो स्टेशनहरूले प्रयोग गर्ने रेडियो यन्त्रको लागि,- (१) १०० वाट क्षमतासम्म रू. ५,०००।- (२) १०० वाट भन्दा बढी ५०० वाटसम्म रू. ७,०००।- (३) ५०० वाट भन्दा बढी २,००० वाटसम्म रू. २०,०००।- (४) २,००० वाट भन्दा बढी Jadi भएपनि रू. २५,०००।- (ख) भू - उपग्रह ( अर्थ - स्टेशन ) प्रसारण केन्द्र ( रेडियो वा टेलिभिजन प्रसारण गर्ने),- (१) Satellite TV Broadcasting Earth Station उपकरणको लागि प्रति स्टेशन,- (क) आफै प्रयोग गर्ने रू. ३,००,०००।- (ख) अर्काको अर्थ स्टेशन प्रयोग गर्ने रू. १,००,०००।- (२) Satellite Audio Broadcasting Earth Station (VSAT) उपकरण (Mono वा Stereo) को लागि प्रति स्टेशन,-
(क) आफै प्रयोग गर्ने रू. १,५०,०००।- (ख) अर्काको अर्थ स्टेशन प्रयोग गर्ने रू. ५०,०००।- (३) बहु टेलिभिजन च्यानलहरू अपलिङ्क गर्ने प्रयोजनका लागि जडान एवम् प्रयोग गरिने अर्थ-स्टेशनको (Teleport / DTH समेत) लागि रू. १,००,००,०००।- (४) डिजिटल प्रविधिमा आधारित केवुल टेलिभिजन / Internet Protocol Television (IPTV) / Multi Channel Multi Point Distribution System (MMDS) प्रसारण गर्ने Head End रू. ५,००,०००।- (ग) भू-सतही (Terrestrial Television) प्रसारण केन्द्रबाट टेलिभिजन प्रसारण गर्ने,- (१) १०० वाट क्षमतासम्म रू. १०,०००।- (२) १०० वाट भन्दा बढी ५०० वाटसम्म रू. १५,०००।- (३) ५०० वाट भन्दा बढी ५,००० वाटसम्म रू. २०,०००।- (४) ५,००० वाट भन्दा बढी जति भएपनि रू. ३०,०००।- (घ) बाहिरी प्रसारण केन्द्र (Outside Broadcast System) को लागि,- (१) स्याटेलाइट टेलिभिजन प्रसारण सम्बन्धी उपकरण जडान भएको प्रति स्टेशन रू. १,००,०००।- (२) भू-सतही टेलिभिजन सम्बन्धी उपकरण जडान भएको प्रति स्टेशन रू. ५०,०००।- (३) अन्य प्रकारको भू-सतही प्रसारण सम्बन्धी लिङ्क उपकरणको लागि प्रति च्यानल रू. ३०,०००।- (ङ) Multi-Channel Multi Point Distribution System (MMDS) प्रसारण / प्रणाली (जुनसुकै Frequency Range को लागि),- (१) प्रति १ मेगाहर्ज फ्रिक्वेन्सी व्याण्ड विथको लागि रू. ३०,०००।- (२) प्रति प्रसारण केन्द्र (Transmission Station) को रू. १०,०००।- (च) प्रसारण केन्द्रमा रहने स्ट्याण्डबाई उपकरणको हकमा प्रत्येक स्टेशन वा च्यानलको लागि थप एउटा स्ट्याण्डबाई उपकरणको लागि दस्तुरलाग्ने छैन (लाइसेन्स लिनु पर्नेछ)।
१४. विदेशी नागरिक वा संस्थाको लागि,- (क) रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ को अधीनमा रही विदेशी नागरिकलाई कुनै रेडियो यन्त्र राख्न तथा प्रयोग गर्न पाउने गरी लाइसेन्स दिँदा माथि विभिन्न प्रकरणमा उल्लिखित दस्तुरको चार दोब्बर परिवर्त्य विदेशी मुद्रा लाग्नेछ। (ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिक वा संस्थाले अस्थायी रुपमा पर्वतारोहण, पैदलयात्रा, चलचित्र छायाङ्कन आदि कार्यमा रेडियो यन्त्र प्रयोग गर्ने भएमा खण्ड (क) मा उल्लिखित दस्तुरको आधा मात्र लाग्नेछ।
अनुसूची-८ (नियम १०(२) सँग सम्बन्धित) लाइसेन्स नवीकरणको लागि दरखास्त
श्री ...........................
मिति .......... मा प्राप्त गरेको .................. रेडियो यन्त्रको लाइसेन्स नवीकरण गर्नको लागि नियम १० (३) बमोजिम लाग्ने लाइसेन्स नवीकरण दस्तुर नियम १०(४) बमोजिम लाग्ने जरिवाना दस्तुर बुझाएको भौचर र सो लाइसेन्सको सक्कल प्रति समेत यसैसाथ संलग्न राखी नियम १०(२) बमोजिम सो लाइसेन्स नवीकरण गरी पाउनको लागि अनुरोध गर्दछु।
दरखास्तवालाको,- सही:- नाम:- ठेगाना:- मिति:-
अनुसूची-९ (नियम १२ सँग सम्बन्धित) लाइसेन्सको विवरण बदल्नको लागि दरखास्त
श्री ...............
मिति ...............मा प्राप्त गरेको .................को लाइसेन्सको विवरण बदल्नु परेकोले नियम १२ (२) बमोजिम लाग्ने दस्तुर बुझाएको भौचर र सो लाइसेन्सको सक्कल प्रतिसमेत यसै साथ राखी नियम १२ (१) बमोजिम सो लाइसेन्समा देहाय बमोजिमको विवरण बदल्नको लागि अनुरोध गर्दछु ।
लाइसेन्समा बदल्नु पर्ने विवरण (क) (ख) (ग) (घ)
दरखास्तवालाको,- सही:- नाम:- ठेगाना:- मिति:-
अनुसूची-१० (नियम १३ (१) सँग सम्बन्धित) रेडियो यन्त्रको नामसारी गर्नको लागि दरखास्त
श्री ................... ................... रेडियो यन्त्र मिति ............................. मैले श्री ............... लाई हक छाडी दिएकोले मिति ..................मा प्राप्त सो रेडियो यन्त्रको लाइसेन्स निजको नाममा नामसारी गरी दिन मेरो मन्जूरी भएकोले सो रेडियो यन्त्रको लाइसेन्सको सक्कल प्रति यसै साथ संलग्न राखी नियम १३ (१) बमोजिम रेडियो यन्त्रको लाइसेन्स नामसारी गरी दिनको लागि अनुरोध गर्दछु।
हक छाडी दिनेको,- सहीः- नामः- ठेगानाः- मितिः-
उपरोक्त बमोजिम श्री ................. ले मलाई ................... रेडियो यन्त्र हक छाडी दिनु भएकोले सो रेडियो यन्त्रको लाइसेन्स मेरो नाममा नामसारी गरी पाउनको लागि नियम १३ (१) बमोजिम अनुरोध गर्दछु।
हक पाउनेको,- सहीः- नामः- ठेगानाः- मितिः-*
नवीकरणको विवरण