बीउ बिजन ऐन, २०४५
लालमोहर र प्रकाशन मिति २०४५।७।१०
संशोधन गर्ने ऐन प्रमाणीकरण र प्रकाशन मिति १. बीउ बिजन (पहिलो संशोधन) ऐन, २०६४ २०६४।१०।१० २. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७ ३. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९ ४. बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ २०७९।०३।२४
बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: विभिन्न बालीको उत्पादनमा वृद्धि गराउन उच्च गुणस्तरको बीउ बिजन उत्पादन, प्रशोधन तथा परीक्षण गरी गुणस्तरयुक्त बीउ बिजन सुव्यवस्थित रूपले उपलब्ध गराई सर्वसाधारण जनताको सुविधा तथा आर्थिक हित कायम राख्न वांछनीय भएकोले, श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : १.१ यस ऐनको नाम “बीउ बिजन ऐन, २०४५” रहेको छ। १.२ यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको क्षेत्रमा तोकिदिएको बमोजिम स्वतः प्रारम्भ हुनेछ।
२. परिभाषा :
$\circ$ यो ऐन २०६५ साल जेठ १५ गतेबाट लागू भएको। $\circ$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित। $\circ$ बमोजिम २०४६।४।३० को नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाहरूमा २०४६ साल भાદ्र १ गते देखि स्वतः ऐन प्रारम्भ हुने र बमोजिम २०६१।१०।१ को नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम ताप्लेजुङ, पाँचथर, इलाम, झापा समेतका जिल्लाहरुमा २०६१ साल माघ १ गते देखि स्वतः ऐन प्रारम्भ हुने गरी तोकिएको।
२.१ विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा– २.१.१ “बीउ बिजन” भन्नाले भ्रूण बिरुवा (इम्रोयोनिक प्लान्ट) खाद्य पदार्थ र सुरक्षात्मक आवरण भएको परिपक्व ओभ्यूल (म्यागोडन ओभ्यूल) वा यौनिक वा वानस्पतिक तरिकाले पुनरोत्पादन (रिरप्रोडक्सन) गरी बाली उत्पादन गर्नका लागि छान्ने वा रोप्ने काममा प्रयोग गर्न सकिने बीउ बिजन वा बीज सम्झनु पर्छ। ॥२.१.२ “बाली” भन्नाले खाद्यान्न, तरकारी, फलफूल, दलहन, तेलहन, नगदे बाली वा घाँसबाली सम्झनु पर्छ र सो शब्दले फूल फुल्ने वा नफुल्ने आलङ्कारिक बालीलाई समेत जनाउँछ। ॥२.१.३ “कृषिकर्यान” भन्नाले बाली उत्पादन, सङ्कलन, भण्डारण र प्रशोधन गर्ने कार्य सम्झनु पर्छ। २.१.४ “समिति” भन्नाले दफा ३ बमोजिम गठित राष्ट्रिय बीउ बिजन समिति सम्झनु पर्छ। *२.१.५ “प्रयोगशाला” भन्नाले दफा ९ बमोजिम स्थापना भएको बीउ बिजन परीक्षण प्रयोगशाला सम्झनु पर्छ। ॥२.१.६ “सूचित बीउ बिजन” भन्नाले दफा ११ बमोजिम सूचित वा पञ्जीकृत गरिएको बीउ बिजन सम्झनु पर्छ। २.१.७ “भाँडो (कन्टेनर)” भन्नाले बाकस, टिनको बट्टा, शीशी, थैली, बोरा, भकारी, व्यारेल वा अन्य यसै बीउ बिजन राख्न प्रयोग गरिने भाँडो सम्झनु पर्छ। २.१.८ “प्रजनक (ब्रीडर)” भन्नाले बालीको कुनै जातलाई पहिलो पटक प्रजनन वा छनौट गरी प्रयोगमा ल्याउने व्यक्ति, संस्था वा निकाय सम्झनु पर्छ। *२.१.९ “किस्मिम” भन्नाले एकै नामद्वारा चिनिएका वा चिन्न सकिने कुनै वनस्पतिको सबै जातमूल (स्पेसिज) तथा उपजातमूल (सब्स्पेसिज) सम्झनु पर्छ। *२.१.१० “जात (भरायटी)” भन्नाले वनस्पति शास्त्रीय वर्गीकरणमा सबैभन्दा तल्लो श्रेणीभित्र पर्ने समान आनुवंशिक लक्षणहरू देखिने, अन्य समूहसाँग कम्तीमा एउटा लक्षणद्वारा भिन्नता छुट्टिने र पुनरुत्पादन (प्रोपागेसन) हुँदा
॥ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा संशोधित।
लक्षणहरू परिवर्तन नहुने लक्षण भएका कुनै वनस्पतिको समूह सम्झनु पर्छ। २.१.११ “सङ्केतपत्र” भन्नाले भाँडोमा देखिने गरी राखिएको ष्टिकर ले लेखिएका बीउ बिजन सम्बन्धी विवरण (लेबल) सम्झनु पर्छ। २.१.१२ “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ। २.१.१३ “मन्त्रालय” भन्नाले कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ। २.१.१४ “प्रदेश मन्त्रालय” भन्नाले प्रदेश सरकारको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ। २.१.१५ “केन्द्र” भन्नाले बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र सम्झनु पर्छ। २.१.१६ “प्रदेश समिति” भन्नाले दफा ६क. बमोजिमको प्रदेश बीउ बिजन व्यवस्थापन समिति सम्झनु पर्छ। २.१.१७ “स्थानीय तह” भन्नाले नगरपालिका वा गाउँपालिका सम्झनु पर्छ। २.१.१८ “संस्था” भन्नाले बीउ बिजन सम्बन्धी काम गर्न प्रचलित कानून बमोजिम स्थापना भएको संस्था सम्झनु पर्छ र सो शब्दले कृषि सम्बन्धी सहकारी संस्था समेतलाई जनाउँछ।
३. राष्ट्रिय बीउ बिजन समितिको गठन : ३.१ बीउ बिजन सम्बन्धी नीति निर्धारण गरी कार्यान्वयन गर्न र बीउ बिजन सम्बन्धी विषयमा नेपाल सरकारलाई आवश्यक परामर्श दिन एक राष्ट्रिय बीउ बिजन समितिको गठन हुनेछ। ३.२ समितिमा देहायका अध्यक्ष तथा सदस्य रहनेछन् :– ३.२.१ सचिव, मन्त्रालय – अध्यक्ष ३.२.२ महानिर्देशक, कृषि विभाग – सदस्य
$\Sigma$ बीउ बिजन (दोस्रो संशोधन) ऐन २०७९ द्वारा थप। $+$ बीउ बिजन (पहिलो संशोधन) ऐन, २०६४ द्वारा थप। $*$ बीउ बिजन (पहिलो संशोधन) ऐन, २०६४ द्वारा संशोधित। $\vee$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित। $\Pi$ बीउ बिजन (दोस्रो संशोधन) ऐन २०७९ द्वारा संशोधन।
३.२.२क. प्रदेश मन्त्रालयका सचिवहरू मध्येबाट समितिको बैठकमा छलफल हुने विषयसँग सम्बन्धित प्रदेश मन्त्रालयका सचिव – सदस्य ३.२.३ कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् – सदस्य ३.२.४ प्रबन्ध सञ्चालक, कृषि सामग्री कम्पनी लिमिटेड – सदस्य ३.२.५ महाप्रबन्धक, कृषि विकास बैङ्क – सदस्य
३.२.६ ........................................ ॥ ३.२.७ बागवानी, खाद्यान्न, घाँसेबाली विज्ञानसँग सम्बन्धित विषयविज्ञ मध्येबाट कम्तीमा एकजना महिला सहित मन्त्रालयद्वारा मनोनीत तीनजना – सदस्य ॥ ३.२.८ कृषि तथा पशु विज्ञान विषयमा अध्ययन अध्यापन गराउने विश्वविद्यालयमध्येबाट मन्त्रालयले तोकेको विश्वविद्यालयको कम्तीमा सहप्राध्यापकस्तरको बीज विशेषज्ञ एकजना - सदस्य ३.२.९ नेपाल सरकारद्वारा मनोनीत बीउ बिजन उद्यमीहरूमध्येबाट एकजना महिला सहित दुईजना – सदस्य ३.२.१० नेपाल सरकारद्वारा मनोनीत बीउ बिजन उत्पादक र कृषकमध्ये कम्तीमा एकजना महिला सहित दुईजना – सदस्य ३.२.११ प्रमुख, बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र – सदस्य-सचिव
३.३ खण्ड ३.२.७, ३.२.९ र ३.२.१० बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ। ३.४ उपदफा ३.३ मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा * ३.२.७, ३.२.९ र ३.२.१० बमोजिम मनोनीत सदस्यलाई निजको पदावधि पूरा नहुँदै नेपाल सरकारले हटाउन सक्नेछ। ॥ ३.५ खण्ड ३.२.७, ३.२.९ र ३.२.१० बमोजिमका सदस्य मनोनयन गर्दा समावेशी सिद्धान्तको आधारमा गर्नुपर्नेछ।
बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा झिकिएको। ॥ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा संशोधित।
बीउ बिजन (पहिलो संशोधन) ऐन, २०६४ द्वारा संशोधित।
३.६ समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
४. समितिको बैठक र निर्णय : ४.१ समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ। ४.२ समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ। ४.३ समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ। ४.४ समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णयात्मक मत दिनेछ। ४.५ समितिको निर्णय सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ। ४.६ समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
५. समितिको काम, कर्तव्य र अधिकार : ५.१ बीउ बिजन सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न नेपाल सरकारलाई परामर्श दिने। ५.२ बीउ बिजन उत्पादन, प्रशोधन, भण्डारण, प्याकेजिङ्ग तथा वितरण कार्यमा प्रदेश सरकार तथा स्थानीय तह र निजी क्षेत्रबीच समन्वय कायम गरी बीउ बिजनको गुणस्तर नियन्त्रण तथा मापदण्ड निर्धारणमा एकरूपता ल्याउने। ५.३ बीउ बिजन उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने। ५.४ नेपालभित्र उत्पादन वा बाहिरबाट आयात भई बिक्री वितरण हुने बीउ बिजनको गुणस्तर नियमित तथा नियन्त्रण गर्ने गराउने। ५.५ नयाँ जातको बीउ बिजनहरू तोकिएबमोजिम अनुमोदन, उन्मोचन (रिलिज) र दर्ता गर्ने। ५.६ नयाँ जातको बीउ बिजनको विशिष्टता, एकरूपता र स्थायित्व परीक्षण गरी तोकिएबमोजिम प्रजनकलाई स्वामित्वको अधिकार प्रदान गर्ने। ५.७ बीउ बिजनको गुणस्तर निर्धारण गर्ने।
॥ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा संशोधित। ※ बीउ बिजन (पहिलो संशोधन) ऐन, २०६४ द्वारा संशोधित।
५.८ स्वदेशी वा विदेशी निकायहरूद्वारा निर्धारित बीउ बिजनको गुणस्तरलाई आवश्यकता अनुसार अनुमोदन गर्ने।
*५.८क बीउ बिजन सम्बन्धी सेवा वा शुल्कको सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने, *५.८ख बालीको किसिम र इजाजत सूचित वा पञ्जीकरण गर्ने सम्बन्धमा नेपाल सरकार वा प्रदेश सरकारलाई सिफारिस गर्ने, *५.८ग कसैले अनुमतिपत्र नवीकरण नगराई प्रयोगशाला सञ्चालन गरेको पाइएमा सोको अनुमतिपत्र खारेज गर्ने, *५.८घ बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक तथा बीउ बिजन विश्लेषकको रूपमा काम गर्न अनुमति दिनको लागि परीक्षा लिने। Σ५.८ङ समितिको निर्णयहरु प्रदेश मन्त्रालय, प्रदेश बीउ बिजन समिति र बीउ बिजन परीक्षण प्रयोगशाला लगायत अन्य सम्बन्धित निकायमा लेखी पठाउने, Σ५.८च प्रदेश बीउ बिजन समिति वा स्थानीय बीउ बिजन व्यवस्थापन समितिले बीउ बिजन सम्बन्धमा परामर्श माग गरेमा आवश्यक परामर्श दिने, Σ५.८छ राष्ट्रिय र प्रदेशस्तरमा परम्परागत रुपमा प्रयोग भइरहेका र लोपोन्मुख जातका बीउ बिजनको पहिचान गरी तिनको संरक्षणको लागि राष्ट्रियस्तरमा जीन बैङ्क र प्रदेशस्तरमा सामुदायिक बीउ बिजन बैङ्क स्थापना गर्न आवश्यक प्राविधिक र नीतिगत काम गर्ने,
५.९ बीउ बिजनसम्बन्धी अन्य आवश्यक काम कारवाही गर्ने ।
६. उपसमितिहरू गठन गर्न सक्ने : ६.१ बीउ बिजनको उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण गर्ने कार्यलाई सुचारू रूपले सञ्चालन गरी गुणस्तरयुक्त बीउ बिजन उपलब्ध गराउने प्रयोजनको लागि समितिले आवश्यकता अनुसार विभिन्न उपसमितिहरू गठन गर्न सक्नेछ।
६.२ उप–समितिहरूको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
६क. प्रदेश बीउ बिजन समितिको गठन: ६क.१ प्रदेशमा बीउ बिजन सम्बन्धी नीति निर्धारण गरी कार्यान्वयन गर्न र बीउ बिजन सम्बन्धी आवश्यक परामर्श दिन प्रदेश सरकारले प्रदेश बीउ बिजन समितिको गठन गर्न सक्नेछ। ६क.२ उपदफा ६क.१ बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुनेछ।
६ख. स्थानीय बीउ बिजन व्यवस्थापन समिति गठन गर्न सकिने: आफ्नो क्षेत्रभित्र उत्पादन हुने बीउ बिजनको स्थानीय तहमा उत्पादन, संरक्षण र संवर्द्धन गर्न तथा तत्सम्बन्धमा कृषकलाई परामर्श दिन स्थानीय कानूनमा व्यवस्था भए बमोजिम स्थानीय बीउ बिजन व्यवस्थापन समिति गठन गर्न सकिनेछ।
७. बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको स्थापना : बीउ बिजनको गुणस्तर नियन्त्रण सम्बन्धी कार्य गर्न तथा समितिको सचिवालयको रूपमा काम गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको स्थापना गर्न सक्नेछ।
८. बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको काम, कर्तव्य र अधिकार : ८.१ बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :– ८.१.१ बीउ बिजन गुणस्तर नियन्त्रण तथा प्रमाणीकरण सम्बन्धी आवश्यक पूर्वाधारहरू तयार गरी समितिमा पेश गर्ने। ८.१.२ समितिद्वारा स्वीकृत तरिका, स्तर तथा मापदण्ड अनुसार बीउ बिजन प्रमाणित गरी आवश्यकता अनुसार प्रमाणपत्र दिने। ८.१.३ उपदफा ९.४ बमोजिम अनुमतिपत्रप्राप्त व्यक्ति वा संस्थाले शर्त बमोजिम काम गरे नगरेको अनुगमन गर्ने।
$\Sigma$ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा थप। $*$ बीउ बिजन (पहिलो संशोधन) ऐन, २०६४ द्वारा संशोधित। $\dagger$ बीउ बिजन (पहिलो संशोधन) ऐन, २०६४ द्वारा थप।
८.२ *बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको अन्य काम, कर्तव्य र अधिकार तथा त्यस्तो *केन्द्रले बीउ बिजन गुणस्तर नियन्त्रण तथा प्रमाणीकरण गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ।
९. बीउ बिजन परीक्षण प्रयोगशालाको स्थापना : ९.१ बीउ बिजनको परीक्षण र तत्सम्बन्धी अन्य कार्य गर्नको लागि नेपाल सरकारले बीउ बिजन परीक्षण प्रयोगशालाको स्थापना गर्नेछ। ९.२ बीउ बिजनको परीक्षण र तत्सम्बन्धी अन्य कार्य गर्नको लागि मन्त्रालयले तोकेको मापदण्ड बमोजिम हुने गरी सम्बन्धित प्रदेश कानून बमोजिम प्रदेश मन्त्रालय वा स्थानीय तह वा कुनै व्यक्ति वा निजी सङ्घ संस्थाले बीउ बिजन परीक्षण प्रयोगशालाको स्थापना गर्न सक्नेछन्। ९.३ उपदफा ९.१ र ९.२ बमोजिम स्थापना भएका प्रयोगशालाको प्राविधिक रेखदेख र नियन्त्रण समितिबाट हुनेछ।
१०. प्रयोगशालाको काम, कर्तव्य र अधिकार: प्रयोगशालाको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
१०क. नवीकरण: १०क.१ दफा ९ बमोजिम स्थापना भएका प्रयोगशालाले प्रत्येक वर्ष समितिबाट प्राविधिक परीक्षण (प्राविधिक अडिट) गराई अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ। १०क.२ उपदफा १०क.१ बमोजिम प्रत्येक वर्ष अनुमतिपत्र नवीकरण नगराएमा वा प्राविधिक परीक्षणबाट तोकेको मापदण्ड पूरा नपाएमा त्यस्तो प्रयोगशालाको अनुमतिपत्र स्वतः खारेज हुनेछ।
११. बीउ बिजनको किस्म वा जात सूचित वा पञ्जीकृत गर्ने अधिकार: ११.१ मन्त्रालयले कृषि कार्यको निमित्त प्रयोग गरिने बीउ बिजनको कुनै किस्म वा जातको गुणस्तर नियमित तथा नियन्त्रण गर्न आवश्यक देखेमा समितिको परामर्श लिई नेपालमा उन्मोचित किस्म वा जातका बीउ बिजनहरुलाई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सूचित बीउ बिजनको रुपमा तोक्न सक्नेछ।
॥ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा संशोधन। ॥ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा संशोधन।
११.२ मन्त्रालयले कृषि कार्यको निमित्त प्रयोग गरिने आयातित वा स्थानीय जातका बीउ बिजनको कुनै किस्म वा जातको गुणस्तर नियमित तथा नियन्त्रण गर्न आवश्यक देखेमा समितिको निर्णय बमोजिम पञ्जीकरण गरी त्यस्ता किस्म वा जातका बीउ बिजनहरुलाई पञ्जीकृत बीउ बिजनको रुपमा तोक्न सक्नेछ। त्यसरी बीउ बिजनहरुलाई पञ्जीकृत गरेको सूचना मन्त्रालय तथा समितिको वेबसाइट र अन्य उपयुक्त माध्यमबाट प्रकाशन गर्नु पर्नेछ।
११.३ प्रदेश मन्त्रालयले आफ्नो क्षेत्रभित्र उपयुक्त हुने नेपालमा उचित किस्म वा जातका बीउ बिजन सूचित गर्न वा आयातित बाहेकको स्थानीय जातका बीउ बिजनको पञ्जीकृत गर्न चाहेमा तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरी प्रदेश समितिको सिफारिसमा त्यस्तो बीउ बिजन प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी सूचित गर्न वा पञ्जीकृत गर्न सक्नेछ। त्यसरी बीउ बिजन सूचित वा पञ्जीकृत गर्दा प्रदेश मन्त्रालयले समितिसँग परामर्श लिनु पर्नेछ।
११.४ मन्त्रालय वा प्रदेश मन्त्रालयले उपदफा ११.१, ११.२ वा ११.३ बमोजिम सूचित बीउ बिजन वा पञ्जीकृत बीउ बिजन तोक्दा विभिन्न क्षेत्रको लागि उपयुक्त हुने बीउ बिजनको किस्म वा जात समेत तोक्नु पर्नेछ।
११.५ यस दफा बमोजिम पञ्जीकृत बीउ बिजन बिक्रीका लागि उपयुक्त नदेखेमा त्यसरी पञ्जीकरण गर्ने निकायले सार्वजनिक रुपमा सूचना प्रकाशन गरी पञ्जीकृत बीउ बिजनको सूचीबाट हटाउनेछ। प्रदेश मन्त्रालयले उपदफा ११.३ बमोजिम पञ्जीकृत गरेको बीउ बिजन सो सूचीबाट हटाएमा त्यसको जानकारी समितिलाई दिनु पर्नेछ।
११.६ बीउ बिजनको जात सूचित गर्ने वा पञ्जीकरण गर्ने प्रक्रिया तोकिए बमोजिम हुनेछ र त्यसरी प्रक्रिया तोक्दा बालीहरुका प्रकृति अनुसार बीउ बिजनको जात सूचित गर्ने तथा आयातित वा स्थानीय जातका बीउ बिजनको पञ्जीकरण गर्ने प्रक्रिया फरक-फरक हुने गरी तोक्न सकिनेछ।
११क. अनुमतिपत्र लिनु पर्ने: ११क.१ कुनै व्यक्ति वा संस्थाले बीउ बिजनको बिक्री वितरण सम्बन्धी कारोबार गर्न चाहेमा तोकिए बमोजिमको दस्तुर सहित तोकिएको अधिकारी समक्ष निवेदन दिई तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र लिनु पर्नेछ। ११क.२ कसैले उपदफा ११क.१ बमोजिम अनुमति नलिई बीउ बिजन बिक्री वितरण गरेको पाइएमा त्यस्तो बीउ बिजन बाली निरीक्षकले जफत गर्नेछ।
११क.३ उपदफा ११क.१ बमोजिम प्राप्त अनुमतिपत्र प्रत्येक वर्ष तोकिएको अधिकारी समक्ष निवेदन दिई तोकिए बमोजिमको दस्तुर लिई नवीकरण गराउनु पर्नेछ। अनुमतिपत्रको नवीकरण तथा खारेजी सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
११ख. बिक्री वितरण गर्न नपाइने: ११ख.१ कसैले यस ऐन बमोजिम सूचित वा पञ्जीकरण नभएका बीउ बिजन बिक्री गर्न गराउन हुँदैन। ११ख.२ उपदफा ११ख.१ मा जुनसुकै कुरा ले लेखिएको भए तापनि कृषि अनुसन्धान प्रयोजनको लागि यस ऐन बमोजिम सूचित वा पञ्जीकरण नभएका बीउ बिजन बिक्री वितरण गर्न बाधा पर्ने छैन।
११ग. जफत हुने: ११ग.१ कसैले यस ऐनको उल्लंघन हुने गरी कुनै बीउ बिजनको जातीय परीक्षण, गुणस्तर परीक्षण, आयात, निर्यात, उत्पादन, प्रशोधन, ओसारपसार, भण्डारण र बिक्री वितरण गरेमा त्यस्ता बीउ बिजनहरु बीउ बिजन निरीक्षकले जफत गर्न सक्नेछ। ११ग.२ बीउ बिजनको जफत सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।
११घ. क्षतिपूर्ति सम्बन्धी व्यवस्था: ११घ.१ कसैले बिक्री वितरण गरेको बीउ बिजनको गुणस्तर वा गलत सूचनाको कारणले कृषकलाई आर्थिक हानि नोक्सानी पुग्न गएमा मूल्याङ्कन समितिले गरेको मूल्याङ्कन र सिफारिसको आधारमा सम्बन्धित पक्षले कृषकलाई वास्तविक हानि नोक्सानीको क्षतिपूर्ति दिनु पर्नेछ। ११घ.२ उपदफा ११ घ.१ बमोजिमको हानि नोक्सानीको मूल्याङ्कन गर्न प्रत्येक जिल्लामा देहाय बमोजिमको मूल्याङ्कन समिति रहनेछ:- (क) केन्द्रको प्रमुखले तोकेको अधिकृत - संयोजक (ख) कृषि सम्बन्धी विषय हेर्ने जिल्लास्तरको कार्यालयको प्रमुख - सदस्य (ग) मूल्याङ्कन समितिले तोकेको कृषि विज्ञ - सदस्य
$\Sigma$ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा थप। $\Pi$ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा संशोधित। $\Sigma$ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा थप।
(घ) नेपाल कृषि अनुसन्धान परिषद्को वैज्ञानिक - सदस्य
(ङ) सम्बन्धित गाउँपालिका/ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत - सदस्य
११घ.३ उपदफा ११घ.२ बमोजिमको मूल्याङ्कन समितिले आर्थिक हानि नोक्सानीको मूल्याङ्कन गर्दा जग्गाको उत्पादकत्व, बीउ बिजनको सिफारिस गुणस्तर, कृषि कार्यको लागि भएको खर्च, उत्पादनमा आएको कमी तथा सो समितिले आवश्यक ठानेको अन्य आधारमा समेत मूल्याङ्कन गरी उपदफा ११घ.१ बमोजिम क्षतिपूर्तिको रकम सिफारिस गर्नुपर्नेछ।
१२. बीउ बिजनको न्यूनतम गुणस्तरको हद तोक्ने :
१२.१ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सूचित बीउ बिजनमध्ये समितिको परामर्श लिई कुनै बीउ बिजनको हकमा न्यूनतम गुणस्तरको हद तोक्न सक्नेछ।
१२.२ मन्त्रालयले आफ्नो वेबसाइटमा र अन्य उपयुक्त माध्यमबाट सूचना प्रकाशन गरी दफा ११ को उपदफा ११.२ बमोजिम पंजीकृत बीउ बिजनमध्ये समितिको परामर्श लिई कुनै बीउ बिजनको हकमा न्यूनतम गुणस्तरको हद तोक्न सक्नेछ।
१२.३ प्रदेश मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी दफा ११ को उपदफा ११.३ बमोजिम सूचित वा पंजीकृत बीउ बिजनमध्ये प्रदेश बीउ बिजन समितिको परामर्श लिई कुनै बीउ बिजनको हकमा न्यूनतम गुणस्तरको हद तोक्न सक्नेछ।
१३. सूचित बीउ बिजनको बिक्री वितरण :
१३.१ सूचित बीउ बिजनको बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले आफूले बिक्री वितरण गर्ने बीउको झोलामा देहायको विवरण उल्लेख गर्नुपर्नेछ :– १३.१.१ बीउ बिजनको किस्म र जात, १३.१.२ दफा १२ बमोजिम तोकिएको न्यूनतम गुणस्तरको हद, १३.१.३ रासायनिक पदार्थ प्रयोग गरी उपचार गरिएको भए सोको विवरण, १३.१.४ तोकिए बमोजिमका अन्य कुराहरू।
१३.२ उपदफा १३.१ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास क्षेत्रको लागि मात्र उपयुक्त हुने भनी प्रजनकले निर्धारण गरेको किस्म र जातको सूचित बीउ बिजन त्यसरी निर्धारण गरिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा बिक्री वितरण गर्न वा गराउन पाइने छैन।
बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा संशोधित।
१४. $\times$ ...................
१५. सूचित बीउ बिजन निकासी वा पैठारी गर्न स्वीकृति लिनु पर्ने : १५.१ कुनै किस्म वा जातको सूचित बीउ बिजन निकासी वा पैठारी गर्न चाहने व्यक्ति वा संस्थाले तोकिएको अधिकारी समक्ष तोकिए बमोजिमको $\ast$दस्तुर र विवरण सहित निकासी वा पैठारी गर्न स्वीकृतिको निमित्त निवेदन दिनु पर्नेछ। १५.२ उपदफा १५.१ बमोजिमको निवेदन प्राप्त भएपछि तोकिएको अधिकारीले स्वीकृति दिन सक्नेछ। $\Pi$ १५.३ उपदफा १५.२ बमोजिम स्वीकृति प्राप्त भएपछि सम्बन्धित व्यक्ति वा संस्थाले सूचित बीउ बिजनको निकासी वा पैठारी गर्न सक्नेछ।
$\Pi$१५क. निकासी वा पैठारीमा रोक लगाउन सक्ने :
१५क.१ कसैले मानव, पशुपन्छी, बिरुवा, वातावरण, संस्कृति र जनजीवनमा प्रतिकूल प्रभाव पुर्याउन सक्ने कुनै खास जातको बीउ बिजन वा अनुवंश परिवर्तनित जीव (जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म) वा जीवित रूपमा रूपान्तरित जीव (लिभिङ्ग मोडिफाइड अर्गानिज्म) वा वंश नपुंसक बीउ (टर्मिनेटर सीड) को निकासी वा पैठारी गर्नु अघि तोकिए बमोजिम जोखिम विश्लेषण गर्नु पर्नेछ।
१५क.२ उपदफा १५क.१ बमोजिम गरिएको जोखिम विश्लेषणको आधारमा निकासी वा पैठारी गर्न उपयुक्त नदेखेको बीउ बिजन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निकासी वा पैठारी गर्न रोक लगाउन सक्नेछ।
१५.क.३ यस दफामा अन्यत जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयको अनुमति लिई दफा १५क.१ मा उल्लिखित प्रकृतिका बीउ बिजनको अध्ययन अनुसन्धान गर्न यस ऐनले बाधा पुर्याएको मानिने छैन।
१५.क.४ उपदफा १५क.३ बमोजिम अनुमति माग गर्दा त्यस्तो बीउ बिजनको संक्षिप्त परिचयात्मक विवरण समावेश गर्नु पर्नेछ।
$\Sigma$१५ख. मूल वा स्रोत बीउ उत्पादनको अनुमति लिनु पर्ने:
$\times$ बीउ बिजन (पहिलो संशोधन) ऐन, २०६४ द्वारा खारेज। $\ast$ बीउ बिजन (पहिलो संशोधन) ऐन, २०६४ द्वारा थप। $\Pi$ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा संशोधित। $\Sigma$ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा थप।
१५.१ कुनै व्यक्ति वा संस्थाले मूल वा स्रोत बीउ उत्पादन गर्न चाहेमा अनुमतिको लागि तोकिए बमोजिमको दस्तुर सहित समिति वा प्रदेश समिति समक्ष निवेदन दिनु पर्नेछ। १५.२ उपदफा १५.१ बमोजिम निवेदन परेमा समितिले आवश्यक जाँचबुझ गरी अनुमति दिन सक्नेछ। १५.३ मूल वा स्रोत बीउ उत्पादन गर्न अनुमति दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ। १५.४ यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि घरायसी प्रयोजनका लागि मूल वा स्रोत बीउ उत्पादन गर्न अनुमति लिनु पर्ने छैन।
१५ग. वर्णशंकर बीउ उत्पादनको अनुमति लिनु पर्ने: १५ग.१ कुनै व्यक्ति वा संस्थाले वर्णशंकर बीउ उत्पादन गर्न चाहेमा अनुमतिको लागि तोकिए बमोजिमको दस्तुर सहित समिति वा प्रदेश समिति समक्ष निवेदन दिनु पर्नेछ। १५ग.२ उपदफा १५ग.१ बमोजिमको निवेदन प्राप्त भएपछि समितिले आवश्यक जाँचबुझ गरी त्यस्तो बीउ उत्पादन गर्न अनुमति दिन सक्नेछ। १५ग.३ वर्णशंकर बीउ उत्पादन गर्न अनुमति दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ। १५ग.४ यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि घरायसी प्रयोजनको लागि वर्णशंकर बीउ उत्पादन गर्न अनुमति लिनु पर्ने छैन।
१५.घ जातीय विकास तथा सम्बर्धन गर्न अनुमति लिनु पर्ने: १५.घ.१ कुनै व्यक्ति वा संस्थाले कुनै बीउको जातीय विकास तथा सम्बर्धन गर्न चाहेमा अनुमतिको लागि तोकिए बमोजिमको दस्तुर सहित समिति समक्ष निवेदन दिनु पर्नेछ। १५.घ.२ उपदफा १५घ.१ बमोजिमको निवेदन प्राप्त भएपछि समितिले आवश्यक जाँचबुझ गरी कुनै बीउको जातीय विकास तथा सम्बर्धन गर्न अनुमति दिन सक्नेछ। १५.घ.३ बीउको जातीय विकास तथा सम्बर्धन गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ। १५घ.४ यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि घरायसी प्रयोजनको लागि जातीय विकास तथा सम्बर्धन गर्न अनुमति लिनु पर्ने छैन।
$\Sigma$ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा थप।
१५ङ. प्रदेश कानून बमोजिम हुने: दफा १५क, १५ग, र १५घ बमोजिम मूल वा स्रोत बीउ उत्पादन, वर्णशंकर बीउ उत्पादन र जातीय विकास सम्बन्धमा समितिले तोकेको गुणस्तर र मापदण्ड अनुरूप हुने गरी प्रदेशले कानून बनाई व्यक्ति वा संस्थालाई अनुमति दिन सक्नेछ।
१६. बाली निरीक्षक, बीउ बिजन नमुना सङ्कलक तथा बीउ बिजन विश्लेषक सम्बन्धी व्यवस्था :
१६.१ नेपाल सरकार वा प्रदेश सरकारले देहायको योग्यता पुगेका नेपाली नागरिकलाई बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषक नियुक्त गर्न वा तोक्न सक्नेछ:-
(क) मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा कृषिमा स्नातक तह उत्तीर्ण गरेको वा कृषिमा प्रमाणपत्र तह उत्तीर्ण गरी बीउ बिजन उत्पादनमा कम्तीमा दश वर्षको अनुभव भएको
(ख) समितिबाट लिइने परीक्षा उत्तीर्ण भएको
(ग) खण्ड (क) बमोजिम योग्यता पुगेको निजामती कर्मचारी भए निज सेवारत कार्यालयको स्वीकृति प्राप्त गरेको।
१६.२ उपदफा १६.१ बमोजिम बाली निरीक्षक, बीउ बिजन नमुना सङ्कलक तथा बीउ बिजन विश्लेषक नियुक्त नभएसम्मको लागि नेपाल सरकार वा प्रदेश सरकारले सो सम्बन्धमा योग्यता पुगेका आफु मातहतका वा स्थानीय तहका अधिकृत स्तरका कर्मचारीलाई बाली निरीक्षक, बीउ बिजन नमुना सङ्कलक वा बीउ बिजन विश्लेषकको रूपमा काम गर्न तोक्न सक्नेछ।
१६.३ उपदफा १६.१ र १६.२ मा उल्लिखित अवस्थामा बाहेक कसैले पनि बिना यस ऐन बमोजिम अनुमतिपत्र नलिई बाली निरीक्षण गर्न, बीउ बिजनको नमूना सङ्कलन गर्न तथा बीउ बिजन विश्लेषण गर्न हुँदैन।
१६.४ उपदफा १६.३ बमोजिमको अनुमतिपत्र लिन चाहने तोकिए बमोजिमको योग्यता पुगेको व्यक्तिले समितिबाट लिइने परीक्षा उत्तीर्ण गर्नुपर्नेछ।
१६.५ उपदफा १६.४ बमोजिमको परीक्षा उत्तीर्ण भएको व्यक्तिले बाली निरीक्षक, बीउ बिजन नमुना सङ्कलक वा बीउ बिजन विश्लेषकको रूपमा व्यवसाय सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गर्न समिति समक्ष तोकिएको दस्तुर सहित तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ। १६.६ उपदफा १६.५ बमोजिम निवेदन पनि आएमा तोकिए बमोजिमको दस्तुर लिई तोकिएको शर्त र ढाँचामा समितिले अनुमतिपत्र दिनेछ। यसरी दिइएको अनुमतिपत्र दुई वर्षसम्म बहाल रहनेछ। १६.७ उपदफा १६.६ बमोजिम दिइएको अनुमतिपत्र तोकिए बमोजिम नवीकरण गराउनु पर्नेछ। १६.८ उपदफा १६.७ बमोजिम अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ। १६.९ उपदफा १६.४ बमोजिमको परीक्षा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
*१७ बाली निरीक्षक, बीउ बिजन नमुना सङ्कलक तथा बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकार: बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक तथा बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
+१७क. सेवा शुल्क लिन सक्ने : १७क.१ नेपाल सरकार वा प्रदेश सरकारले यस ऐन बमोजिम उपलब्ध गराउने कुनै सेवा बापत नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको सेवा शुल्क लिन सक्नेछ। १७क.२ कुनै व्यक्ति वा संस्थाले यस ऐन बमोजिम कुनै सेवा प्रदान गर्दा समितिबाट स्वीकृत गरे बमोजिमको सेवा शुल्क लिन सक्नेछ।
१८. नेपाल सरकारले मान्यता दिने : नेपाल सरकारले समितिको परामर्श लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बीउ बिजन परीक्षण वा प्रमाणीकरण गर्ने *वा जात परीक्षण गर्ने कुनै स्वदेशी संस्था वा विदेशी संस्था वा अन्तर्राष्ट्रिय संस्थालाई यस ऐनको प्रयोजनका लागि मान्यता प्रदान गर्न सक्नेछ।
१८क. कृषकको अधिकार रहने: (१) नेपालमा परम्परादेखि प्रयोग र अवलंबन गरिदैं आएको स्थानीय बीउ बिजन वा जात वा कृषि प्रजातिको बालीको बीउ बिजनमा कृषकको स्वामित्व, जात छनौट, संरक्षण र वितरणको अधिकार रहनेछ। (२) नेपालमा कुनै कृषक समूहले परम्परादेखि सामूहिक रुपमा प्रयोग र अवलंबन गरिदैं आएको स्थानीय बीउ बिजन वा जात वा कृषि प्रजातिको बालीको बीउ बिजन त्यस्तो कृषक समूहको नाममा सामूहिक स्वामित्व हुने गरी प्रचलित कानून बमोजिम दर्ता गर्न सक्नेछन्।
१९. दण्ड सजाय : १९.१ कसैले दफा ९ बमोजिम अनुमतिपर नलिई प्रयोगशाला सञ्चालन गरेमा ∏पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ। १९.२ कसैले दफा ११क. र ११ख. विपरीत बीउ बिजन बिक्री वितरण गरे वा गराएमा ∏पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि तीन महिना कैद वा दुवै सजाय हुनेछ। १९.३ कसैले दफा १३ बमोजिमको विवरण नबुझाई बीउ बिजन बिक्री वितरण गरे वा गराएमा ∏दश हजारदेखि पचास हजार रूपैयाँसम्म जरिवाना वा एक महिनादेखि तीन महिना कैद वा दुवै सजाय हुनेछ। १९.४ कसैले उपदफा १६.३ विपरीत कुनै कार्य गरेमा ∏पच्चीस हजार रुपैयाँ जरिवाना वा एक महिनादेखि तीन महिना कैद वा दुवै सजाय हुनेछ। १९.५ उपदफा १९.१, १९.२, १९.३ र १९.४ मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गतनि बनेको नियम विपरीत कुनै काम गर्ने गराउने व्यक्ति वा संस्थालाई ∏पन्त्र हजारदेखि पच्चीस हजार रूपैयाँसम्म जरिवाना वा एक महिनादेखि दुई महिना कैद वा दुवै सजाय हुनेछ। १९.६ कसैले बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषकलाई यो ऐन तथा यस ऐन अन्तर्गतनि बनेका नियम कार्यान्वयन गर्दाका बखत कुनै बाधा अवरोध खडा गरेमा वा
धम्की दिएमा दफा १६ को उपदफा १६.१ बमोजिम नियुक्त वा उपदफा १६.२ बमोजिम तोकिएको बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषणले पटकैपिच्छे पच्चीस हजार रुपैयाँसम्म जरिवाना गर्नेछ।
२०. सरकार वादी हुने : यो ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ।
२१. मुद्दाको तहकीकात र दायरी : २१.१ यस ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकीकात $\Pi$दफा १६ को उपदफा १६.१ बमोजिम नियुक्त वा उपदफा १६.२ बमोजिम तोकिएको बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषणले गर्नेछ र त्यस्तो तहकीकातिको काम पूरा भएपछि मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ। २१.२ उपदफा २१.१ बमोजिम मुद्दा तहकीकात र दायर गर्दा बीउ बिजन निरीक्षकले सरकारी वकीलको राय लिन सक्नेछ। $\Pi$सरकारी वकीलको राय लिनु र त्यस्तो राय बमोजिम मुद्दा चलाउनु पर्नेछ।
$\Sigma$२१क. प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने: यस ऐन बमोजिम कसूर ठहरिने कार्य अन्य प्रचलित कानून बमोजिम पनि कसूर ठहरिने रहेछ भने सो ऐन बमोजिम मुद्दा चलाउन यस ऐनले बाधा पुर्याएको मानिने छैन।
२२. मुद्दा हेर्ने अधिकार : २२.१ यो ऐन अन्तर्गतको मुद्दा हेर्ने अधिकार तोकिए बमोजिमको अधिकारीलाई हुनेछ। २२.२ उपदफा २२.१ बमोजिम मुद्दाको कारबाही र किनारा गर्दा तोकिएको अधिकारीले विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्यविधि अपनाउनेछ। $\Sigma$२२.३ उपदफा २२.१ बमोजिम मुद्दा हेर्ने अधिकारीले गरेको निर्णयमा चित्त नबुझ्ने पक्षले निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ।
२३. असल नियतले गरेको कामको बगाउ : $\Pi$बीउ बिजन निरीक्षक वा बीउ बिजन विश्लेषण वा यस ऐन अन्तर्गत काम गर्ने अधिकार प्राप्त कुनै कर्मचारीले यस ऐन बमोजिम आफ्नो कर्तव्यको पालन गर्दा असल नियतले गरेको काम कारबाहीमा निज व्यक्तिगत रूपमा जवाफदेही हुनेछैन।
$\Pi$ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा संशोधित। $\Sigma$ बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९ द्वारा थप।
तर कसैलाई अनावश्यक दुःख, हैरानी वा झन्झट दिने नियतले काम गरेमा सम्बन्धित व्यक्ति त्यसको लागि जवाफदेही हुनेछ ।
२४. नियम बनाउने अधिकार: यस ऐनको उद्देश्य कार्यान्वयन गर्नका लागि नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ ।***