पशुपति क्षेत्र विकास कोष ऐन, २०४४
लालमोहर र प्रकाशन मिति
२०४४।४।२९
संशोधन गर्ने ऐन
१. पशुपति क्षेत्र विकास कोष (पहिलो संशोधन) ऐन, २०४९ २०५०।५।७
२. खेलकुद तथा संस्कृति सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५३ २०५३।९।३
प्रमाणीकरण र प्रकाशन मिति
३. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ २०६३।६।२८
४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७
५. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३
६. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
२०४४ सालको ऐन नं. ५
============
पशुपति क्षेत्र विकास कोषको व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: श्री पशुपतिनाथ क्षेत्रको सुरक्षा, सम्भार र विकास गर्न तथा सर्वसाधारण जनताको सदाचार र सुविधा कायम राख्न पशुपति क्षेत्र विकास कोष सम्बन्धी व्यवस्था गर्न वांछनीय भएकोले,
श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ:
१.१ यस ऐनको नाम “पशुपति क्षेत्र विकास कोष ऐन, २०४४” रहेको छ ।
१.२ यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा:
२.१ विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस ऐनमा, –
२.१.१ “पशुपति क्षेत्र” भन्नाले पशुपति क्षेत्रको सुरक्षा, सम्भार र विकासको लागि नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको सीमानाभित्रको क्षेत्र सम्झनु पर्छ ।
२.१.२ “कोष” भन्नाले दफा ३ बमोजिम स्थापना भएको पशुपति क्षेत्र विकास कोष सम्झनु पर्छ ।
२.१.३ “संरक्षक” भन्नाले कोषका संरक्षक सम्झनु पर्छ ।
२.१.४ “अध्यक्ष” भन्नाले कोषका अध्यक्ष सम्झनु पर्छ ।
२.१.५ “परिषद्” भन्नाले कोष सञ्चालनका निमित्त दफा ८ बमोजिम गठन भएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद सम्झनु पर्छ ।
२.१.६ “सदस्य” भन्नाले परिषद्का उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य तथा सदस्य–सचिभलाई समेत जनाउँछ ।
२.१.७ ............
२.१.८ ............
$\checkmark$ पहिलो संशोधनद्वारा संशोधित । $\ast$ पहिलो संशोधनद्वारा झिकिएको। $\ast$ पहिलो संशोधनद्वारा झिकिएको। $\checkmark$ पहिलो संशोधनद्वारा संशोधित ।
२.१.९ ............
२.१.१० “चन्दा” भन्नाले कोषलाई सहयोग स्वरूप दातालले प्रदान गर्ने नगद, जिन्सी र चल अचल सम्पत्ति समेत सम्मन्न पर्छन् ।
२.१.११ “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्मन्न पर्छन् ।
३. कोषको स्थापना:
३.१ पशुपति क्षेत्रको विकासको लागि पशुपति क्षेत्र विकास कोष नामको एक कोष स्थापना हुनेछ ।
३.२ कोषको कार्यालय काठमाडौंमा हुनेछ ।
४. कोष स्वाशसति संस्था हुने:
४.१ कोष अविच्छिन्न उत्तराधिकारवाला स्वाशसति र सङ्गठित संस्था हुनेछ ।
४.२ कोषको सबै काम कारबाहीको निमित्त आफ्नो छुट्टै छाप हुनेछ ।
४.३ कोषको छाप तथा प्रबन्ध परिषद्ले निर्णय गरे बमोजिम हुनेछ ।
४.४ कोषले व्यक्ति सरह चल अचल सम्पत्ति खरीद गर्न, प्राप्त गर्न उपभोग गर्न बेच–विक्रय गर्न वा आवश्यकतानुसार अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
४.५ कोषले व्यक्ति सरह नालिस उजूर गर्न र कोष उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।
५. संरक्षक: प्रधानमन्त्री कोषको संरक्षक हुनेछ ।
६. कोषको उद्देश्य:
६.१ कोषको उद्देश्य देहाय बमोजिम हुनेछ:-
६.१.१ *........आराध्यदेव श्री पशुपतिनाथको पशुपति क्षेत्र हिन्दू मात्रको उपासना केन्द्र र सनातन तीर्थस्थलका रूपमा रहिआएकोले यस पशुपति क्षेत्रलाई सोही बमोजिम कायम गर्ने,
६.१.२ श्री पशुपतिनाथको आदर्श गरिमा एवं महत्त्व अनुरूप पशुपति क्षेत्रको योजनाबद्ध रूपमा सुरक्षा, सम्भार तथा विकास गर्ने,
६.१.३ पशुपति क्षेत्रको प्राचीन, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका वस्तु वा ¤स्थलहरू, श्री पशुपतिनाथको चल अचल श्रीसम्पत्ति तथा प्राकृतिक सम्पदाको सम्भार, संरक्षण तथा संवर्धन गर्ने।
⁑६.१.३क. श्री पशुपतिनाथ मन्दिर लगायत पशुपति क्षेत्रभित्र रहेका राजगुठी अन्तर्गतिका सबै देव देवीको मन्दिरहरूमा परम्परागत धार्मिक रीतिस्थिति बमोजिम ¤पूजाआजा, सांस्कृतिक चाडपर्व तथा सामाजिक र लोककल्याणकारी कार्य सञ्चालनको व्यवस्था मिलाउने,
६.१.४ स्वदेश तथा विदेशका तमाम हिन्दू धर्मावलम्बीहरू तथा पर्यटक समेतको सुविधाको लागि यस पावन तीर्थस्थललाई यथोचित रूपमा योजनाबद्ध रूपले ¤सुधार गरी अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा विकास गर्ने, र
६.१.५ यस ऐन बमोजिमको उद्देश्य अनुरूप अन्य कार्यहरू सुव्यवस्थित रूपले गर्ने ।
७. कोषको अध्यक्ष: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री वा राज्यमन्त्री कोषको अध्यक्ष हुनेछ ।
८. पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को गठन:
८.१ कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्निका लागि $\text{संस्कृति}$, पर्यटन तथा नागरिक उड्डयन मन्त्री वा राज्य मन्त्रीको अध्यक्षतामा एक पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् गठन गरिनेछ ।
८.२ उपदफा ८.१ बमोजिम गठन हुने परिषद्मा देहायका सदस्यहरू रहनेछन्–
८.२.१ ...........
८.२.२ ...........
८.२.३ ...........
८.२.४ ...........
८.२.४क. सदस्य, राष्ट्रिय योजना आयोग (संस्कृति हेर्ने) – सदस्य
८.२.५ मूलभट्ट, श्री पशुपतिनाथ मन्दिर – सदस्य
८.२.६ सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – सदस्य
८.२.६क. सचिव, गृह मन्त्रालय – सदस्य
८.२.७ सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय – सदस्य
$\text{सं}$ केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित । $\text{व}$ पहिलो संशोधनद्वारा संशोधित । $\text{झ}$ केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा झिकिएको । $\text{ग}$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको । $\text{थ}$ केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा थप । $\text{य}$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
८.२.८ +.............
८.२.९ प्रमुख, काठमाडौं नगरपालिका – सदस्य
८.२.१० अध्यक्ष वा प्रशासक, गुठी संस्थान – सदस्य
८.२.११ अध्यक्षबाट $\Sigma$संस्कृतिविज्ञ र धार्मिक पर्यटन विज्ञमध्येबाट मनोनीत $\text{ब}$बढीमा सातजना व्यक्तिहरू – सदस्य
८.२.१२ अध्यक्षबाट मनोनीत व्यक्ति – कोषाध्यक्ष
८.२.१३ अध्यक्षबाट मनोनीत व्यक्ति – सदस्य-सचिव
८.३ $\text{ठ}$......... अध्यक्षबाट परिषद्का सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर हुन सक्नेछ । यसरी थपघट वा हेरफेर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नु पर्नेछ ।
८.४ $\text{ठ}$.............
८.५ उपदफा ८.२.११ बमोजिम सदस्यहरू मनोनीत गर्दा कम्तीमा एकजना सदस्य पशुपति क्षेत्रभित्र स्थायी बसोबास गरेका समाजसेवीहरू मध्येबाट गरिनेछ ।
८.६ मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरू पुनः मनोनीत हुन सक्नेछन् ।
९. ............
१०. पररषद्को काम, कर्तव्य र अधिकार:
$\text{ठ}$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा झिकिएको । $\Sigma$ केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा थप । $\text{ब}$ केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित । $\text{ठ}$ केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा झिकिएको । ............ पहिलो संशोधनद्वारा खारेज ।
१०.१.१ यो ऐन बमोजिम कोषको उद्देश्य पूरा गर्नका लागि प्रयत्नशील रहने,
१०.१.२ अध्यक्षबाट समय समयमा हुने मार्गदर्शनको पालन गर्ने, गराउने,
१०.१.३ पशुपति क्षेत्र ⁂गुरुयोजना र वार्षिक योजना तथा तदनुरुपका कार्यक्रमहरू स्वीकृत गरी ⁂....... कार्यान्वयन गराउने,
√१०.१.४ श्री पशुपतिनाथ मन्दिर लगायत पशुपति क्षेत्रभित्र रहेका राजगुठी अन्तर्गतका सबै देव देवीका मन्दिरहरूमा पूजा आजा, पर्व, उत्सव लगायतका परम्परादेखि चलिआएका सबै किसिमका धार्मिक कार्यहरू र सो क्षेत्रमा परम्परागत रीतिस्थितिका अन्य कार्यहरू सञ्चालनको व्यवस्था गर्ने, गराउने ।
≥१०.१.४क.आवादी जग्गा बाहेक पशुपति अमालकोट कचहरी, पशुपति भण्डार तहबील र जयबागेश्वरी भण्डार तहबीलले गर्ने अन्य कार्य सम्बन्धी व्यवस्थाको रेखदेख गर्ने र ती निकायहरूको कार्य सम्बन्धी नीति निर्धारण गर्ने तथा आवश्यक निर्देशन दिने ।
≥१०.१.४ख.पशुपति क्षेत्रको विकास तथा धार्मिक रीतिस्थिति बमोजिम कार्य सञ्चालन गर्ने सम्बन्धमा समय समयमा अध्ययन, अनुसन्धान, कार्यशाला, गोष्ठी आदिको आयोजना गर्ने गराउने,
≥१०.१.४ग.श्री पशुपतिनाथको मन्दिर र पशुपति क्षेत्रभित्र रहेका देव देवीसँग सम्बन्धित पशुपति क्षेत्रभित्रका सबै प्रकारका घर जग्गा, मठ, मन्दिर, देवालय, सत्तल, पाटी, पौवा समेतको संरक्षणको व्यवस्था मिलाउने,
⁂ केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित । ⁂ पहिलो संशोधनद्वारा झिकिएको। √ पहिलो संशोधनद्वारा संशोधित । ≥ पहिलो संशोधनद्वारा थप ।
१०.१.४घ. पशुपति क्षेत्रभित्रको मठ मन्दिर, सत्तल, पाटी, पौवा, ढुङ्गेधारा, घाट, बगैंचा, वन जङ्गल र श्री पशुपतिनाथ र पशुपति क्षेत्रभित्र रहेका सबै देव देवीसँग सम्बन्धित सबै किसिमका गुठी अन्तर्गत पशुपति क्षेत्रभित्र वा बाहिर रहेका ऐलानी र पर्ति जग्गाको क्षेत्रफल समेत खुलाई लगिस्तयार गर्ने,
१०.४.१ङ. श्री पशुपतिनाथको गुठी जग्गाको उपभोग र उपयोगको आधारमा समय समयमा कुत, रैतान–ठेक्का, भाडा वा झिन्सी वा नगदी महसुल निर्धारण गर्ने ।
१०.१.५ योजना र कार्यक्रमहरू कार्यान्वयन गर्न चाहिने वित्तीय साधनहरूको आवश्यक व्यवस्था गर्ने,
१०.१.६ कोषको उद्देश्य परिपूर्तिका लागि नेपाल राज्यभित्र वा बाहिर आवश्यकतानुसार विभिन्न समिति तथा उपसमितिहरू गठन गर्ने,
१०.१.७ उपदफा १०.१.६ बमोजिम गठित विभिन्न समिति तथा उपसमितिहरूको निमित्त नीति निर्धारण गरी आवश्यक मार्गदर्शन वा निर्देशन दिने तथा तिनीहरूको कामको समीक्षा र मूल्याङ्कन गर्ने,
१०.१.८ पशुपतिक्षेत्रको योजना र पशुपति क्षेत्रभित्रको कुनै स्थान विशेषको महत्त्व, मान्यता र संवेदनशीलतालाई ध्यानमा राखी त्यस्ता स्थानहरूमा गर्न नहुने कार्यहरू तोकी निषेध र नियन्त्रण गर्ने,
१०.१.९ यस ऐन बमोजिम कोषको उद्देश्य परिपूर्तिका लागि गर्नुपर्ने कार्यहरू सम्बन्धित निकाय र व्यक्तिहरूबाट यथाशीघ्र कार्यान्वयन गराउने।
$\Sigma$ केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा थप । $\text{*} $ केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित ।
१०.१.१० योजना र कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय इकाई तथा जनताको सहभागिता जुटाउने र कार्यान्वयन गर्ने योजना र कार्यक्रम बारे जनतामा भ्रम र अन्यौल नहुने गरी जनसाधारणलाई समय समयमा स्पष्ट जानकारी गराउने,
१०.१.११ पशुपति क्षेत्रको योजनाबद्ध रूपमा विकास गर्दा सुव्यवस्थित रूपले निर्माण, मर्मत, सम्भार र सरसफाई गरी स्वच्छ वातावरण कायम गर्ने,
१०.१.१२ खानेपानी, पानीढल, निकास ढल, विजुली, टेलिफोन, सडक आदि जस्ता अन्य आधारभूत सार्वजनिक उपयोगिताका साधनहरू सुव्यवस्थित गर्ने र फोहर मैला हुन नपाउने गरी स्वच्छता कायम गर्न नियमित एवं प्रभावकारी कार्यविधि अपनाउने,
१०.१.१३ पशुपति क्षेत्रमा बृक्षारोपण, वन, बगैंचा, उद्यान, वन्य जीवजन्तु तथा वन सम्पदा आदि समेतको व्यवस्था गर्ने,
१०.१.१४ पशुपति क्षेत्रको घाट, चितास्थल, नदीको जलमार्ग, जलपर्दाथ, जलप्रवाह तथा बालुवा आदिको सुव्यवस्थित रूपमा संरक्षण र संवर्धन गर्ने,
१०.१.१५ पशुपति क्षेत्रमा प्रदूषण हुन नदिई स्वच्छ वातावरण कायम गर्न आवश्यक मापदण्ड बनाई नेपाल सरकारबाट स्वीकृति प्राप्त गरी लागू गर्ने,
१०.१.१६ पशुपति क्षेत्रलाई तीर्थस्थलको रूपमा रक्षा गर्न र सदुपयोगका लागि व्यापक जनचेतना ल्याउन उपयुक्त माध्यमबाट प्रचार प्रसार गर्ने र जनसहभागिता परिचालन गर्ने,
१०.१.१७ पशुपति क्षेत्रमा गरिने निर्माण सम्बन्धमा आवश्यक मापदण्ड तोक्ने र प्रचलित कानुन बमोजिम नेपाल सरकारमाफि घर जग्गा प्राप्त गर्ने तथा विभिन्न कार्यका लागि जग्गा छुट्याउने आदि कार्यहरू गर्ने,
१०.१.१८ श्री पशुपतिनाथ र पशुपति क्षेत्रभित्रका मठ मन्दिरमा चढाइएको दान, भेटी, उपहार तथा नियमित र विशेष पूजाको हिसाब तोकिए बमोजिम पारदर्शी बनाउने र कोषमा दाखिला गराउने,
१०.१.१९ कोषको आम्दानीको तोकिए बमोजिमको हिस्सा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण जस्ता सामाजिक र कल्याणकारी काममा लगाउने।
१०.क. मूल पुजारी तथा अन्य पुजारीको नियुक्ति:
१०.क.१ श्री पशुपतिनाथको मन्दिरको मूल पुजारी तथा अन्य पुजारी र बासुकीनाथको मन्दिरको पुजारीको नियुक्ति परिषद्को सिफारिसमा संरक्षकबाट हुनेछ ।
१०.क.२ उपदफा १०.क.१ मा उल्लेख भएका बाहेक अन्य मठ मन्दिरको पुजारी, भण्डारी र विसेटको नियुक्ति परिषद्बाट हुनेछ ।
११. परिषद्को बैठक:
११.१ अध्यक्ष वा परिषद्को बैठकको अध्यक्षता गर्ने व्यक्तिको निर्देशन अनुसार परिषद्को सदस्य-सचिवले मिति, समय र स्थान तोकी परिषद्को बैठक बोलाउनेछ ।
११.२ परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले गर्नेछ ।
११.२क. उपदफा ११.२ मा जुनसुकै कुरा लेखिएको भए तापनि परिषद्को वार्षिक कार्यक्रम, बजेट र चौमासिक प्रगति समीक्षा बारे छलफल हुने परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नु पर्नेछ ।
११.३ बैठक बस्ने सूचना गर्दा आवश्यकतानुसार मुनासिब समय तोकी सूचना गर्नु पर्नेछ ।
११.४ परिषद्को बैठक साधारणतः वर्षको दुई पटक बस्नेछ । तर अध्यक्षबाट निर्देशन भएमा जतिसुकै पटक पनि बस्न सक्नेछ ।
११.५ सदस्य–सचिवले बैठकको निर्णय पुस्तिका राख्नेछ ।
११.६ बैठक सम्बन्धी आवश्यक अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
१२. कर्मचारीको व्यवस्था:
१२.१ परिषद्को सदस्य–सचिवले परिषद्को प्रशासकीय प्रमुखको रूपमा काम गर्नेछ ।
१२.२ परिषद्ले आवश्यकतानुसार अन्य कर्मचारीहरू नियुक्ति गर्न सक्नेछ ।
१२.३ कोषाध्यक्ष, सदस्य–सचिव र अन्य कर्मचारीहरूको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा तोकिए बमोजिम हुनेछ ।
१३. ......
१४. ......
१५. कार्य सञ्चालन विधि: परिषद्को आन्तरिक कार्य सञ्चालन विधि तथा $\text{^}$........ उपदफा १०.१.६ अन्तर्गत गठित विभिन्न समिति तथा उप–समितिहरूको बैठक सम्बन्धी कार्यविधि र आन्तरिक कार्य सञ्चालन विधि परिषद्ले निर्धारण गरे बमोजिम हुनेछ ।
१६. नेपाल सरकारको नियन्त्रणमा रहने:
१६.१ पशुपतिक्षेत्रभित्रका वन, जङ्गल, र पर्तिन जग्गाहरू नेपाल सरकारको नियन्त्रणमा रहनेछन् । वनकाली, मृगस्थली, शीलगंगा, कैलाश वेद विद्याश्रम, देव उद्यान लगायत पशुपति क्षेत्रभित्रका पाटी, पौवा, सत्तल, मठ, मन्दिर वा देवालय र तिनीहरूले चचेका जग्गा, पोखरी, खोलाको बगर र वन जङ्गल कुनै व्यक्ति वा संस्थाका नाउँमा दर्ता गरेको भए त्यस्तो दर्ता बदर हुनेछ । नेपाल सरकारको नियन्त्रणमा भएको वन, जङ्गल, पर्तिन जग्गा कुनै व्यक्ति वा संघ संस्थालाई हक छाडी वा नछाडी भोग चलन गर्न दिन पाइने छैन ।
१६.२ परिषद्ले पशुपति क्षेत्रको विकास गर्नको लागि पशुपति क्षेत्रभित्रको वन जङ्गल र ऐलानी, पर्तिन जग्गाहरूको योजनाबद्ध रूपमा विकास गर्न र प्रयोगमा ल्याउन उपदफा १६.१ को व्यवस्थाले कुनै बाधा पुर्याएको मानिने छैन ।
१७. $\text{v}$परिषद्को स्वीकृति लिनुपर्ने:
१७.१ कोषको उद्देश्य पूर्ति गर्नका लागि स्वीकृत योजना तथा कार्यक्रमहरू आवश्यकतानुसार कार्यान्वयन गर्न प्रचलित नेपाल कानुन, लालमोहर, सनद, सवल तथा अन्य लिखतहरूमा जुनसुकै कुरा लेखिएको भए वापनि पशुपति क्षेत्रभित्र $\text{v}$परिषद्ले निषेध गरेको ठाउँमा कसैले आफ्नो हकभोगको जग्गा कुनै प्रकारले हक हस्तान्तरण गर्न र निर्माण सम्बन्धी कुनै कार्य गर्नु हुँदैन । त्यसरी $\text{v}$परिषद्ले निषेध गरेको ठाउँमा बाहेक अन्य
$\text{^}$ पहिलो संशोधनद्वारा झिकिएको। $\text{v}$ पहिलो संशोधनद्वारा संशोधित ।
ठाउँमा निर्माण सम्बन्धी कार्य गर्दा समितिले समय समयमा निर्धारण गरिदिएको मापदण्ड बमोजिम मात्र गर्नु पर्नेछ ।
१७.२ उपदफा १७.१ बमोजिम परिषद्ले मापदण्ड निर्धारण गर्दा भवन, सडक, बाटो, पुल, पानी ढल, निकास ढल, शौचालय तथा टेलिफोन लाइन खम्बा र अन्य आधारभूत सार्वजनिक उपयोगिताको विषयहरूमा समेत मापदण्ड निर्धारण गरी लागू गर्न सक्नेछ।
१७.३ उपदफा १७.१ र १७.२ बमोजिम मापदण्ड निर्धारण गरी छुट्याई दिएको ठाउँहरूमा परिषद्को पूर्व स्वीकृति विना कसैले आफ्नो हक भोगको जग्गामा पति नयाँ निर्माण, पुनः निर्माण, साविक आधार र शैलीमा परिवर्तन, थपघट, मर्मत वा अन्य निर्माण सम्बन्धी कार्य गर्न पाउने छैन ।
१७.४ निर्माण सम्बन्धी विषयमा नक्सा सहित वा रहित स्वीकृति दिने वा नक्सा पास गर्ने दायित्व भएका काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन परिषद्, नगरपालिका वा अन्य निकायले परिषद्को पूर्व स्वीकृति नलिई निर्माण सम्बन्धी नक्सा पास गर्न वा स्वीकृति दिन हुँदैन ।
१७.५ परिषद्को पूर्व स्वीकृति लिई गर्नु पर्ने निर्माण कार्य सम्बन्धमा परिषद्को पूर्व स्वीकृति नभई कुनै व्यक्तिले नक्सा पास गराई वा नगराई निर्माण कार्य गरेमा वा नक्सा पास गरी दिएमा त्यस्तो निर्माण कार्य गर्ने व्यक्ति र नक्सा पास गरिदिने सम्बन्धित व्यक्ति वा निकायलाई परिषद्ले नगर विकास ऐन, २०४५ को दफा १८ को उपदफा १८.१ मा उल्लेखित हकसम्म सजाय गर्न सक्नेछ । त्यसरी परिषद्को पूर्व स्वीकृति नलिई गरेको निर्माण सम्बन्धी कार्य र उपदफा १०.१.१७ बमोजिम निर्धारित मापदण्ड वा नीति निर्देशन विपरीत स्वीकृति दिइएको निर्माण
पहिले संशोधनद्वारा संशोधित ।
सम्बन्धी कार्य "परिषद्ले रोक्न र निर्माण भइसकेकोमा सो भत्काउन सक्नेछ र त्यसरी भत्काउँदा लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असूल उपर गरी लिन सक्नेछ ।
१७.६ उपदफा १७.५ बमोजिम निर्माण सम्बन्धी अनधिकृत कार्यहरू रोक्ने, भत्काउने वा सजायको आदेश उपर चित्त नबुझ्ने पक्षले त्यस्तो आदेश सुनेको वा पाएको मितिले पन्ध्र दिनभित्र "पुनरावेदन अदालत समक्ष पुनरावेदन दिन सक्नेछ । "तत्सम्बन्धमा सो अदालिले गरेको निर्णय अन्तिम हुनेछ ।
१७.७ पशुपति क्षेत्रभित्र सवारी साधनको आवागमन गर्न, विसाउन, चलचित्र खिच्न, फोटो खिच्न, पोस्टर वा तस्वीर टाँस्न, कुनै किसिमको मेला गर्न वा अन्य प्रचार प्रसार गर्न "परिषद्को स्वीकृति लिनु पर्ने गरी "परिषद्ले व्यवस्था, नियन्त्रण तथा निषेध गर्न सक्नेछ ।
तर परम्परागत नाच–गान, चाडपर्व, मेला गर्न वा चलाउन "परिषद्को स्वीकृति लिनु पर्नेछैन ।
१७.८ निर्माण सम्बन्धी कार्यको स्वीकृति दिने सम्बन्धमा "परिषद्ले निर्धारण गरिदिएको मापदण्ड, नीति निर्देशन विपरीत स्वीकृति दिएमा त्यसरी स्वीकृति दिने काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन "परिषद्का सम्बन्धित व्यक्तिलाई विभागीय सजाय हुनेछ ।
$\text{}^7$ पहिलो संशोधनद्वारा संशोधित ।
१७.९ माथिका उपदफाहरू बमोजिम परिषद्ले गर्नुपर्ने कार्य काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन परिषद्ले गर्नेछ ।
तर परिषद्ले चाहेमा त्यस्तो कार्य जुनसुकै बखत आफैले वा अन्य कुनै निकाय वा अधिकारीबाट गराउन सक्नेछ ।
१७.१० पशुपति क्षेत्रभित्रका विभिन्न गुठी वा सार्वजनिक वा सरकारी जग्गाहरूका सम्बन्धमा प्रचलित कानुनद्वारा प्राप्त अधिकार बमोजिम हक हस्तान्तरण गर्न वा परिवर्तन गर्न वा अन्य कुनै पनि तिन विकसितबाट कसैलाई भोग चलन गर्ने गरी ठिदिनु भन्दा अझघि परिषद्को स्वीकृति विना लिने ठिदिने गरी गरेको काम नेपाल सरकारले जुनसुकै बखत बदर गर्न सक्नेछ ।
१७. क श्री पशुपतिनाथको पूजाआजा र मन्दिरको रेखदेख सम्बन्धी व्यवस्था:
१७क.१ श्री पशुपतिनाथको मन्दिरको रेखदेख गर्ने कर्तव्य कोषको हुनेछ र श्री पशुपतिनाथको मन्दिरको विभिन्न पूजाआजा चलाउने कर्तव्य मूल भट्टको हुनेछ ।
१७क.२ उपदफा १७क.१ मा लेखिएको बाहेक पशुपतिका मूल भट्टको तालुकमा रहेका सबै काम कुरा परिषद् अन्तर्गत रहनेछ र त्यसको सञ्चालन, असूल, तहसीलको रेखदेख र नियन्त्रण तथा व्यक्ति विशेषबाट मन्दिरमा गरिने पूजाआजा, दक्षिणा, भेटी, दस्तुर तथा पशुपति क्षेत्रभित्र गरिने विभिन्न कामको लागि हुने खर्च सम्बन्धी व्यवस्था परिषद्ले तोके बमोजिम हुनेछ ।
....................
१. पहिलो संशोधनद्वारा थप । २. केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित । ३. केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा झिकिएको ।
१८. कोष तथा खाता:
१८.१ परिषद्ले कोषका निमित्त नेपाल *......... भित्र वा बाहिर कुनै पनि क्षेत्र संस्था वा व्यक्तिबाट चन्दा उपलब्ध गराउन वा गराउन सक्नेछ । त्यस्तो कार्यमा परिषद् आफैले ऽ......... वा उपदफा १०.१.६ अन्तर्गत गठित विभिन्न समिति वा उपसमिति वा अन्य कुनै निकाय वा व्यक्तिद्वारा सम्पर्क राखी चन्दा प्राप्त गर्न सक्नेछ ।
१८.२ चन्दा प्राप्त गर्ने प्रक्रियाका सम्बन्धमा अन्य आवश्यक कुराहरू परिषद्ले निर्धारण गरिदिए बमोजिम हुनेछ ।
१८.३ कोषमा देहायका रकमहरू रहनेछन् :-
१८.३.१ नेपाल सरकारले पशुपति क्षेत्रको विकासका निमित्त प्रदान गरेको रकम,
१८.३.२ नेपाल *......... भित्र वा बाहिरका क्षेत्र, संस्था वा व्यक्तिहरूले कोषको निमित्त प्रदान गरेको चन्दा,
^१८.३.२क श्री पशुपतिनाथ र पशुपति क्षेत्रसँग सम्बन्धित सबै प्रकारका गुठी जग्गाको आयस्थाबाट प्राप्त हुने रकम,
^१८.३.२ख पशुपति क्षेत्रभित्रका विभिन्न मन्दिरहरूबाट प्राप्त हुने दक्षिणा र भेटीको रकम,
१८.३.३ कोषको अधिकतम आयस्था र सुरक्षा हुने गरी लगानी गरी आर्जन गरेको रकम,
१८.३.४ कोषले उपलब्ध गराएको सेवा बापत प्राप्त हुन आएको शुल्क वा रकम, र
१८.३.५ अन्य स्रोतबाट प्राप्त रकम वा चन्दा ।
१८.४ कोष सञ्चालनको सुविधाको निमित्त कोषले नेपाल राज्यभित्र वा बाहिरका बैंकहरूमा कुनैपनि मुद्रामा खाता खोली रकम जम्मा गरी खाता सञ्चालन गर्न सक्नेछ ।
१८.५ कोषको तर्फबाट गर्नुपर्ने सबै खर्च कोषबाट बेहोरिने छ ।
१८.६ कोषको खाताको सञ्चालन परिषद्ले निर्धारण गरे बमोजिम हुनेछ ।
१८क. सम्झौता गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्ने: कोषले आफ्नो कार्य सञ्चालनको सिलसिलामा कुनै स्वदेशी वा विदेशी संस्था वा निकायसँग सम्झौता गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
१९. लेखा र लेखापरीक्षण:
१९.१ कोषको आय–व्ययको लेखा परिषद्ले निर्धारण गरे बमोजिम राखिनेछ ।
१९.२ कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।
१९.३ महालेखा परीक्षकको विभागले चाहेमा कोषको हिसाब किताब सम्बन्धी कागजात र अन्य नगदी झन्सी समेत जुनसुकै बखत जाँच्न सक्नेछ ।
२०. अधिकार प्रत्यायोजन: परिषद्ले आफ्नो अधिकार आवश्यकतानुसार परिषद्का सदस्य वा उपदफा १०.१.६ अन्तर्गत गठित समिति वा उपसमिति वा त्यस्तो समिति वा उपसमितिका सदस्यलाई प्रत्यायोजन गर्न सक्नेछ ।
२०क. कोषको पूर्व सहमति लिनु पर्ने: कुनै सरकारी वा गैर सरकारी निकायले प्रचलित कानुन बमोजिम आफूलाई प्राप्त अधिकार पशुपति क्षेत्रभित्र प्रयोग गर्नुअघि कोषको पूर्व सहमति लिनु पर्नेछ । त्यसरी कोषको पूर्व सहमति नलिई पशुपति क्षेत्रभित्र कुनै काम कारबाही गरेमा त्यस्तो काम कारबाही बदर हुनेछ ।
२१. नियम बनाउने अधिकार:
२१.१ यस ऐनको उद्देश्य पूरिति गर्नका लागि कोषले देहायका विषयमा नियमहरू बनाउन सक्नेछ र यसरी बनाएको नियम नेपाल सरकारबाट स्वीकृत भएको हुनु पर्नेछ:-
२१.१.१ कोषले गर्नुपर्ने प्रशासकीय कामको सम्बन्धमा,
२१.१.२ कोषले गर्नुपर्ने आर्थिक कामको सम्बन्धमा,
२१.१.३ कोषका कर्मचारीको पारिश्रमिक, सुविधा र सेवाको शर्त सम्बन्धमा,
२१.१.४ पशुपतिनाथ अमालकोट कचहरी तथा पशुपतिनाथ तहबीलको काम कारबाहीको सम्बन्धमा,
२१.१.५ पशुपतिनाथ तथा गुह्येश्वरीको परम्परागत धार्मिक रीतिस्थिति बमोजिम पूजाआजा सञ्चालन गर्ने सम्बन्धमा,
२१.१.६ पशुपति क्षेत्रभित्रको विकास निर्माण कार्यको सम्बन्धमा,
२१.१.७ पशुपति क्षेत्रभित्रका गुठीको आयस्थाको सम्बन्धमा,
२१.१.८ राजगुठी अन्तर्गतका छुट गुठी एवं निजी गुठी अन्तर्गतका पशुपति क्षेत्रभित्र रहेका देव देवीका मठ मन्दिरहरूको सञ्चालनका सम्बन्धमा,
२१.१.९ अन्य आवश्यक विषयमा ।
२१क. आचार संहिता बनाई लागू गर्ने: परिषद्ले श्री पशुपतिनाथको मन्दिरको पूजाआजामा संलग्न हुने पुजारी, भण्डारे, सुसारे लगायत सबै कामदारहरूको आचारसंहिता तयार गर्नुपर्नेछ र त्यस्तो आचारसंहिता नेपाल सरकारको स्वीकृति भएपछि लागू हुनेछ ।
२२. नेपाल सरकारसँग सम्पर्क: कोषले नेपाल सरकारसँग सम्पर्क राख्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत राख्नेछ ।
२३. सुविधा:
२३.१ कोषको पूँजी, आम्दानी तथा सम्पत्तिमा कुनै किसिमको आयकर, घर जग्गा कर, सवारी साधनकर, व्याज कर, विक्री कर, रजिष्ट्रेशन दस्तुर, भन्सार महसुल लगायत सरकारी वा स्थानीय तहबाट लगाउने कुनै प्रकारका प्रत्यक्ष वा अप्रत्यक्ष कर दस्तुर वा महसुल लगाइने छैन ।
तर,
२३.१.१ कोषको दैनिक कार्य सञ्चालन गर्न चाहिने वस्तुहरू स्थानीय बजारमा खरीद गर्दा त्यसको मूल्यमा समावेश भएका भन्सार महसुल, विक्रीकर, अन्तिशुल्क आदि कर वा महसुलको छुट दिइने छैन ।
२३.१.२ कुनै सेवा बापत लाग्ने शुल्क महसुल कोषले बुझाउनेछ ।
२३.२ कोषको नाउँमा दर्ता भएको जग्गामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा ७ बमोजिमको हदबन्दी सम्बन्धी व्यवस्था लागू हुनेछ ।
२४. बचाउ तथा बाधा अड्काउ फुकाउने अधिकार:
२४.१ प्रचलित नेपाल कानुन, लालमोहर, सनद, सवल वा अन्य लिखतहरूमा जुनसुकै कुरा लेखिए तापनि यो ऐनमा उल्लिखित विषयहरूमा यसै ऐन बमोजिम हुनेछ ।
२ पहिलो संशोधनद्वारा थप । Upsilon नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । ७ पहिलो संशोधनद्वारा झिकिएको।
२४.२ यो ऐन कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा सो बाधा अड्काउ फुकाउन नेपाल सरकारले आवश्यक सम्झेको आदेश जारी गर्न सक्नेछ ।
२५. पशुपति क्षेत्र विकास कोष अध्यादेश, २०४३ निष्क्रिय भएपछि त्यसको परिणाम:
२५.१ पशुपति क्षेत्र विकास कोष अध्यादेश, २०४३ निष्क्रिय भएपछि अर्को अभिप्राय नदेखाएमा सो निष्क्रियताले,–
२५.१.१ सो अध्यादेश निष्क्रिय हुँदाका बखत चलि रहेको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन,
२५.१.२ सो अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिम रीत पुर्याई अघि नै गरिएको अन्य कुनै काम वा भोगी सकेको कुनै कुरालाई असर पार्ने छैन ।
२५.१.३ सो अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन ।
२५.१.४ सो अध्यादेश बमोजिम गरिएको कुनै दण्ड, सजाय, वा जप्तीलाई असर पार्ने छैन ।
२५.१.५ माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व वा दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम कारबाही वा उपायलाई असर पार्ने छैन र उक्त अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारबाही वा उपायलाई पनि शुरु गर्न, चालू राख्न वा लागू गर्न सकिनेछ ।
द्रष्टव्य:- १. खेलकुद तथा संस्कृति सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५३ द्वारा रूपान्तर भएका शब्दहरु:- “शिक्षा, संस्कृति तथा समाज कल्याण” को सट्टा “युवा, खेलकुद तथा संस्कृति” । २. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । ३. न्याय प्रशासन ऐन, २०७३ द्वारा रूपान्तर भएका शब्दहरूः– ”पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत” ।*
१०.१ परिषद्को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ:-