वन्यजन्तु आरक्ष नियमावली, २०३४
नेपाल राजपत्रमा प्रकाशित मिति २०३४।४।२४
संशोधन वन्यजन्तु आरक्ष (पहिलो संशोधन) नियमावली, २०४२ २०४२।६।२१
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम "वन्यजन्तु आरक्ष नियमावली, २०३४" रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) "ऐन" भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ । (ख) "आरक्ष" भन्नाले ऐन अन्तर्गत घोषित वन्यजन्तु आरक्ष सम्झनु पर्छ । (ग) "संरक्षक" भन्नाले आरक्षको मुख्य अधिकृत सम्झनु पर्छ । (घ) "सहायक संरक्षक" भन्नाले आरक्षको सहायक संरक्षक (असिस्टेन्ट वार्डन) सम्झनु पर्छ ।
३. आरक्षको सिमाना: आरक्षको सिमाना ऐनको दफा ३ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी घोषित गरिए बमोजिम हुनेछ ।
⁰ पहिलो संशोधनद्वारा संशोधित ।
४. आरक्षभित्र प्रवेश:(१) आरक्षभित्र प्रवेि गर्न चाहने वा आरक्षभित्र क्याम्पिङ्ग गर्न (बास बस्न) चाहने व्यक्तिले अनुसूची-१ बमोजिमको दस्तुर बुझाई अनुसूची-२ बमोजिमको प्रवेशपत्र लिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम १९ बमोजिम बाटोको सुविधा प्रयोग गर्ने व्यक्तिले आरक्षको सम्बन्धित प्रवेश चौकीबाट अनुमति लिई आरक्षभित्रबाट हिँडेकोमा कुनै दस्तुर लाग्ने छैन ।
(३) आरक्षको अध्ययन भ्रमण गर्न चाहने कुनै शिक्षण संस्था वा अन्य कुनै संस्थाको टोलीलाई संरक्षकले नि:शुल्क प्रवेश गर्न दिन सक्नेछ ।
५. आरक्षमा प्रवेश आफ्नै दायित्वमा हुने: अनुमति लिई वा नलिई आरक्षभित्र प्रवेश गर्ने व्यक्तिलाई आरक्षभित्र कुनै किसिमको हानि नोक्सानी भएमा वा चोट पटक लागेमा वा निजको मृत्यु भएमा समेत त्यस्तो हानि नोक्सानी, चोट पटक वा मृत्यु भए वापत क्षतिपूर्तिका लागि नेपाल सरकार जिम्मेवार हुने छैन ।
६. आरक्षभित्र निषिद्ध कार्यहरु: कुनै पनि व्यक्तिले संरक्षक भए संरक्षकको, संरक्षक नभए सहायक संरक्षकको र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीको लिखित अनुमति नलिई आरक्षभित्र देहायका काम गर्न पाउने छैन:-
(क) जुनसुकै प्रकारको घर, छाप्रो, आश्रय वा अरू बनौट बनाउन वा भोग गर्न,
(ख) कुनै भू-भाग कब्जा गर्न, वनस्पति सफा गर्न, नोक्सानी पुर्याउन, आवादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न,
(ग) घर पालुवा जीवजन्तु वा पंक्षी चराउन वा तिनीहरूलाई पानी खुवाउन, (घ) रुख, बिरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न, छाँट्न वा वन पैदावार सुक्ने कुनै काम गर्न वा वन पैदावारमा आगो लगाउन वा अरु कुनै प्रकारले हानी नोक्सानी पुर्याउन, (ङ) कुनै स्थानमा रात बिताउन वा क्याम्प गर्न वा आगो बाल्न, (च) ढुङ्गा, बालुवा वा खानी खन्न वा कुनै खनिज पदार्थ, माटो वा अन्य यस्तै पदार्थ हटाउन, (छ) आखेटोपात्र वा कुनै वन्यजन्तुको सुकेको वा आलो मासु लैजान, (ज) आरक्षनभित्र बग्ने नदी, खोला वा पानीको कुनै श्रोत थुन्न, फकाउन वा त्यसमा कुनै हानिकारक वा विष्फोटक पदार्थहरू प्रयोग गर्न ।
७. साथमा राख्न वा लैजान नपाइने बस्तुहरू: संरक्षक भए संरक्षकको, संरक्षक नभए सहायक संरक्षकको र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीको लिखित अनुमति बिना कुनै व्यक्तिले आरक्षनभित्र प्रवेश गर्दा वा रहँदा वा नियम १९ अन्तर्गत तोकिएको बाटोबाट हिँड्दा देहायका वस्तुहरू साथमा लैजान, राख्न वा प्रयोग गर्न पाउने छैन :- (क) धनुषवाण, भाला, दज्जी, पासो, जाल, धराप, गुलेली वा चोट पुर्याउन सकिने वा गोली चलाउने जुनसुकै हातहतियार,
खरहजाना, विष, विष्फोटक पदार्थ वा सो प्रयोग गर्ने साधनहरू, (ख) आखे टोपिहार वा कुनै वन्यजन्तुको सुकेको वा आलो मासु।
८. क्षति पुर्याउन नहुने: (१) आरक्षको सिमानाभित्र वा बाहिरबाट आगो बाली वा अन्य कुनै प्रकारबाट आरक्षभित्रको वनस्पति, झारपात वा अन्य कुनै चीज वस्तुलाई क्षति पुर्याउन हुँदैन । (२) आरक्षभित्रको बाटो, पुल, मचाण, घर, कार्यालय भवन, तारबार, चिन्हपट्ट वा अन्य कुनै चीज वस्तुलाई क्षति पुर्याउन हुँदैन ।
९. वन्यजन्तु वा पंक्षी शिकार गर्ने र पंक्षी वा कीट कीटाणुको फुल, गुँड वा गोला नबिगार्ने नहुने: ऐन अन्तर्गत इजाजतपत्र प्राप्त गरेकोमा बाहेक अन्य अवस्थामा संरक्षक भए संरक्षकको, संरक्षक नभए सहायक संरक्षकको र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीको लिखित अनुमति प्राप्त नगरी कुनै पनि व्यक्तिले आरक्षभित्र कुनै पनि वन्यजन्तु वा पंक्षीलाई शिकार गर्ने, लखे ट्नु वा तसाउनु वा कुनै पनि वन्यजन्तु, पंक्षी वा कीट कीटाणुलाई मार्नु, पक्रनु वा चोट पटक पुर्याउनु वा कुनै पनि पंक्षी वा कीट कीटाणुको फुल, गुँड वा गोला हटाउन, नबिगार्न वा खल्वल्याउन हुँदैन ।
१०. अनुमतिपत्र नलिई माछा मार्न नपाइने: संरक्षकले तोकिदिएको शर्त पालना गर्ने गरी अनुसूची-१ बमोजिम दस्तुर बुझाई अनुसूची-३ बमोजिम अनुमतिपत्र नलिई आरक्षभित्र रहेको खोला वा पोखरीमा माछा वा अन्य कुनै जलचर मार्न पाइने छैन ।
११. नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्ने: कसैले आरक्षनभित्र अनुसन्धान सम्बन्धी कुनै काम गर्न चाहेमा नेपाल सरकारको पूर्व स्वीकृति प्राप्त गरी गर्न सक्नेछ र त्यस्तोमा निजले गरेको अनुसन्धानको एकप्रति नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
१२. विज्ञापन टाँस्न वा राख्न नपाइने: सरकारी काममा प्रयोग हुने बाहेक आरक्षनभित्र कुनै व्यक्तिले कुनै किसिमको चिन्हपट, सूचना, विज्ञापन वा अन्य यस्तै किसिमका पोष्टरहरू टाँस्न वा राख्न पाउने छैन ।
१३. बाजा बजाउन नपाइने: आरक्षनभित्रका सरकारी कार्यालय भवन र अन्य यसै स्थानामा बाहेक अन्यत्र रेडियो, टेप, रेकर्ड वा बाजारू बजाउन पाइने छैन ।
१४. फोहर मैला गर्न नपाइने: कुनै पनि व्यक्तिले आरक्षनभित्र फोहर मैला गर्न वा फाल्न हुँदैन ।
१५. विषालु पदार्थ फ्याँक्न नपाइने: आरक्षनभित्र वा आरक्षनभित्र पुग्ने गरी बाहिरबाट कुनै पनि व्यक्तिले कुनै किसिमको कीटनाशक विष वा रासायनिक पदार्थ वा लागू वा विषालु पदार्थ फ्याँक्न वा आरक्षनभित्र भएर बग्ने नदी, खोला वा पानीको अन्य कुनै श्रोतमा हाल्न वा छर्न वा आरक्षनभित्र पुग्ने गरी अरु तरिकाबाट हाल्न समेत हुँदैन ।
१६. आरक्षनभित्र सवारी चलाउँदा पालन गर्नु पर्ने शर्त: आरक्षनभित्र सवारीको साधन चलाउने व्यक्तिले देहायको कुराहरूको अधीनमा रहेर मात्र सवारी चलाउनु पर्नेछ;–
(क) पाँच टनभन्दा बढी वजनको सवारी चलाउन पाइने छैन ।
*तर आरक्षभित्र कुनै सरकारी परियोजना सम्बन्धी निर्माण कार्य गर्नु परेमा नेपाल सरकारले पाँच टनभन्दा बढी वजनको सवारी चलाउन स्वीकृति दिन सक्नेछ ।
(ख) सवारीको साधन, पैदल यात्री वा अन्य वस्तुहरूको आवागमनमा बाधा पर्ने गरी सवारी चलाउन वा अङ्याई राख्नु हुँदैन ।
(ग) हर्न बजाउन वा तोकिएको भन्दा बढी गतिमा सवारी चलाउन हुँदैन ।
(घ) नियम १९ को उपनियम (३) बमोजिम कुनै बाटो बन्द गरिएको अवस्थामा त्यस्तो बाटोबाट सवारी चलाउन हुँदैन ।
१६क. आरक्षभित्रको राजमार्ग खुला रहने: आरक्षभित्रबाट जाने राजमार्ग कुनै पनि वजनको सवारीका लागि सधै खुला रहनेछ । त्यसरी राजमार्गबाट जाने सवारीमा रहेका सबै सामानहरू प्रवेश चौकीमा जाँचाई लैजान र ईजाजतपत्र प्राप्त हातहतियार साथमा लैजान समेत नियम ७ मा लेखिएको कुनै कुराले बाधा पुर्याएको मानिने छैन ।
१७. संकेत वा चिन्ह मान्नु पर्ने: आरक्षको क्षेत्रभित्र सबै सवारी चालकले आरक्षको कर्मचारीले गरेको संकेत वा चिन्हलाई वा त्यस्तो संकेत वा चिन्ह जनाउनको लागि राखिएको कुनै चिन्हपट बमोजिम सवारी चलाउनु पर्नेछ ।
१८. आवागमनमा प्रतिबन्ध: संरक्षक भए संरक्षकको, संरक्षक नभए सहायक संरक्षकको र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीको लिखित अनुमति बिना सूर्यास्तदेखि सूर्योदयसम्म आरक्षभित्र पस्न वा हिँडडुल गर्न वा सवारी चलाउन हुँदैन ।
१९. बाटोको सुविधा: (१) संरक्षक भए संरक्षकले, संरक्षक नभए सहायक संरक्षकले र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीले आरक्षभित्र सर्वसाधारण जनताका सुविधाको लागि पैदल यात्रा गर्न, घरपालुवा जीवजन्तु हिँडाउन वा सवारी साधन चलाउन चिन्हपिट लगाई बाटो तोकिदिन सक्नेछ र सर्वसाधारणले यसरी चिन्हपिट लगाई तोकिदिएको बाटो मात्र उपयोग गर्नु पर्नेछ ।
(२) उपनियम (१) मा तोकिएको अधिकारीको लिखित अनुमति बिना कुनै पनि अवस्थामा कुनै व्यक्तिले उपनियम (१) बमोजिम चिन्हपिट लगाई तोकिदिएको बाटो छोडी अन्य बाटोको प्रयोग गर्न पाउने छैन ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिकूल मौसममा त्यस्तो कुनै बाटो बन्द गर्न उपयुक्त ठाउँमा मौसम अनुकूल नहुन्जेलसम्म बन्द गर्न सकिनेछ ।
१९क. दस्तुर बुझाउनु पर्ने: आरक्षभित्र देहायका काम गर्न चाहने व्यक्तिले अनुसूची-१ बमोजिम दस्तुर बुझाई अनुसूची-४ बमोजिमको अनुमतिपत्र लिनु पर्नेछ:- (क) सवारी चलाउन, (ख) आरक्षको गाइडको सेवा उपलब्ध गर्न, (ग) खर खड्पाई काट्न, (घ) नियम १९ अनुसार सुविधा प्राप्त बाटोबाट घरपालुवा जन्तु आफ्नो साथ लैजान ।
२०. सवारीको साधन वा घर पालुवा जन्तु पक्राई कारबाहीको लागि बुझाउने : यस नियमावली बमोजिम आरक्षभित्र सुविधा दिएको बाटो बाहेक अन्य बाटोबाट कुनै सवारीको साधन चलाएको वा घर पालुवा जीवजन्तु हिँडाएको भेटिएमा संरक्षक
पहिलो संशोधनद्वारा थप ।
भए संरक्षकले, संरक्षक नभए सहायकले र सो दुवै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीले पकिरी सम्बन्धित अधिकारीको समक्ष कारबाहीको लागि बुझाउनेछ ।
२१. गिरफ्तार गर्ने: (१) संरक्षकबाट वारेन्ट प्राप्त गरी सहायक संरक्षक, वन्यजन्तु गार्ड वा आरक्षका अन्य कर्मचारीले ऐन विरुद्ध काम गरेको अभियोगमा कुनै व्यक्तिलाई गिरफ्तार गर्न वा त्यस्तो व्यक्तिको मालसामान वा सवारीको साधनको खानतलासी लिन सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अभियुक्त भागी जाने अवस्था भएमा भने विना वारेन्ट पनि सहायक संरक्षक, रेन्जर वा सुबेदार दर्जासम्मका वन्यजन्तु गार्डले अभियुक्तलाई पक्राउ गर्न वा निजको सरसामान वा सवारीको खानतलासी लिन सक्नेछ ।
२२. सरकारी कामको लागि आरक्षभित्र प्रवेशमा छुट: यस नियमावलीमा लेखिएको कुनै कुराले पनि आरक्ष वा अन्य कुनै सरकारी कार्यालयको कुनै कर्मचारीलाई आफ्नो कार्यालय वा अन्य कुनै सरकारी कार्यालयको आदेशानुसार कुनै सरकारी काम कारबाही कार्यान्वयन गर्नको लागि आरक्षभित्र कुनै समयमा पनि प्रवेश गर्न बाधा पुर्याएको मानिने छैन ।
२३. मुद्दा गर्ने अधिकारी: (१) यस नियमावली अन्तर्गत कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार संरक्षकलाई हुनेछ ।
(२) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सहायक संरक्षक वा रेन्जरलाई हुनेछ ।
(क) नियम ४ बमोजिम प्रवेशपत्र नलिई आरक्षनभित्र प्रवेश गरेमा, (ख) नियम ६ को खण्ड (ग), (घ) वा (ङ) को विरखिलाप कुनै काम कारबाही गरेमा, (ग) नियम १० बमोजिम अनुमति नलिई माछा वा अन्य कुनै जलचर मारेमा, (घ) नियम १२ को विरखिलाप चिन्हपट, सूचना, विज्ञापन वा पोष्टरहरू टाँसेमा वा राखेमा, (ङ) नियम १३ को विरखिलाप बाजा बजाएमा, (च) नियम १४ को विरखिलाप फोहर मैला गरेमा वा फ्याँकेमा, (छ) नियम १६ वा १७ को विरखिलाप सवारी चलाएमा, (ज) नियम १८ को विरखिलाप आरक्षनभित्र पसेमा, हिँड्डुल गरेमा वा सवारी चलाएमा, (झ) नियम १९ को विरखिलाप काम कारबाही गरेमा ।
२३क. अनुसूचीमा संशोधन: नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीहरूमा संशोधन गर्न सक्नेछ ।
पहिलो संशोधनद्वारा थप । द्रष्टव्यः केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू:- "श्री ५ को सरकार" को सट्टा "नेपाल सरकार"
“अनुसूची -१ (नियम ४, १० र १९क. सँग सम्बन्धित)
दस्तुर
$^{a}$ मिति २०७५।६।२९ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।
लागि (३) व्यावसायिक जङ्गल ड्राइभ कार १,५००।- जीप ३,०००।- भ्यान ४,०००।- (४) हेलिकप्टर अवतरण Hovering (समेत प्रत्येक पटकको लागि) ७,५००।- (ङ) डुङ्गा वा राफ्टिङ चलाए बापतको दस्तुर (१) डुङ्गा (प्रति व्यक्ति प्रति ट्रिप) ३००।- ३,०००।- ४,०००।- (२) राफ्टिङ (प्रति व्यक्ति प्रति ट्रिप) १,१००।- १,६००।- ४,०००।- (च) तालीम प्राप्त पञ्जीकृत गाइडले आरक्षनभित्र गाइड सेवा उपलब्ध गराए बापत प्रति गाइड प्रति वर्ष गाइड शुल्क १,५००।- (छ) खर खडाई, वनकस दस्तुर (प्रति पूँजी) ५०।- सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कन दस्तूरः कायम गरिएको दस्तुर (रू.) नेपाली नागरिकलाई रू. १०,०००।- सार्क मुलुकभित्रका नागरिकलाई रू. ५०,०००।- अन्य राष्ट्रका नागरिकलाई यू.एस. डलर १,५००।- बराबरको नेपाली रूपैयाँ द्रष्टव्यः डोनबाट सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कन गर्दा यसको अतिरिक्त थप २५ (पच्चीस) प्रतिशत शुल्क लाग्नेछ। छायाङ्कन टोलीका साथ विभागले एकजना सम्पर्क अधिकारी खटाउनेछ । (झ) डकुमेन्ट्रीबाहेक अन्य प्रयोजनको लागि यौनको प्रयोग गर्दा प्रचलित प्रक्रिया पुरा गर्नुपर्छ सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कनको लागि तोकिएको दस्तुर लाग्नेछ।
द्रष्टव्य: (क) उल्लिखित दस्तुरमा मूल्य अभिवृद्धि कर समावेश भएको छ ।
(ख) रीतपूर्वकको प्रवेशपत्र बाहकलाई मात्र आरक्षभित्र प्रवेश गर्न दिइनेछ ।
(ग) घरपालुवा जीवजन्तुलाई आरक्षको सुविधा प्राप्त बाटोबाट लैजाँदा दस्तुर लाग्ने छैन ।
(घ) खर खड़ाई पूजीको म्याद तीन दिनको हुनेछ ।
(ङ) गाइड शुल्क बुझाउने गाइडलाई आरक्ष प्रवेश दस्तुर लाग्ने छैन ।
(च) व्यावसायिक जङ्गल सफारीमा प्रयोग गरिने सवारी साधनमा देहायको सङ्ख्या भन्दा बढी पर्यटक राख्न पाइने छैनः- (क) कार - ४ जना (ड्राइभर र गाइड बाहेक)। (ख) जिप - १० जना (ड्राइभर र गाइड बाहेक)। (ग) भ्यान - १५ जना (ड्राइभर र गाइड बाहेक)।
(छ) प्रवेशपत्र वा अनुमतिपत्र नलिई आरक्षभित्र प्रवेश गर्ने वा उपरोक्त बमोजिम कुनै काम गर्ने व्यक्तिलाई तोकिएको दस्तुरमा शत प्रतिशत अतिरिक्त दस्तुर लिई प्रवेशको अनुमति दिइनेछ ।
(ज) उद्धारको लागि खटिएको हेलिकप्टरलाई शुल्क लाग्ने छैन ।
अनुसूची -२ (नियम ४ (१) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ---------------------- आरक्ष कार्यालय
सि.नं. ------------------- मिति------------------
प्रवेशपत्र
प्रवेशपत्र लिने व्यक्तिको नाम, थर, वतन:- उमेर:- नागरिकता:- प्रवेश गर्ने व्यक्तिको सङ्ख्या:- प्रवेश दस्तुर:-
पहिलो संशोधनद्वारा थप ।
अनुसूची -३ (नियम १० सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ---------------------- आरक्ष कार्यालय
सि.नं. ------------------- मिति-------------------
अनुमतिपत्र
अनुमतिपत्र लिने व्यक्तिको नाम, थर, वतन:- उमेर:- नागरिकता:- माछा मार्न पाउने खोला वा पोखरीको नाम, खण्ड:- अनुमतिपत्र बहाल रहने अवधि:- माछा मार्दा पालन गर्नु पर्ने शर्त:- अनुमतिपत्र दस्तुर:-
पहिलो संशोधनद्वारा थप ।
-अनुसूची -४ (नियम १९क. सँग सम्बन्धित) नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ---------------------- आरक्ष कार्यालय
सि.नं. ------------------- मिति-------------------
अनुमतिपत्र
दस्तुर बुझाउनेको नाम, थर, वतन:-
(क) सवारी वा घरपालुवा जीवजन्तुको किसिम:- सवारी नम्बर:- दस्तुर:-
(ख) खरखरिदाई संकलन गर्ने क्षेत्र:- दस्तुर:- अवधी:-
पहिलो संशोधनद्वारा थप ।*