विदेशी लगानी कर नियमहरू, २०२०
नेपाल राजपत्रमा प्रकाशित मिति २०२०।०५।१७
संशोधन विदेशी लगानी कर (पहिलो संशोधन) नियमहरू, २०७० २०७०।०१।३०
विदेशी लगानी कर ऐन, २०१९ को दफा १४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छः-
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “विदेशी लगानी कर नियमहरू, २०२०” रहेको छ। (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषाः (१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,– (क) “ऐन” भन्नाले विदेशी लगानी कर ऐन, २०१९ सम्झनु पर्छ। (ख) “कर” भन्नाले विदेशी लगानी कर सम्झनु पर्छ। (ग) “करदाता” भन्नाले कर बुझाउनु पर्ने कर्तव्य भएका व्यक्तिलाई सम्झनु पर्छ। (घ) “अनुसूची” भन्नाले यी नियमहरूको अनुसूची सम्झनु पर्छ।
३. विवरण দাखिल गर्नेः ऐनको दफा ४ को उपदफा (१) र (३) बमोजिम विदेशी लगानी विवरण দাखिल गर्दा करदाताले अनुसूची-१ मा तोकिएको ढाँचामा দাखिल गर्नु गराउनु पर्छ। कुनै सालको अनुसूची-१ बमोजिमको ढाँचामा कुनै विदेशी लगानी विवरण कर अड्डामा দাखिल गरी वा गराई सकेको करदाताले सो विवरण बमोजिमको विदेशी लगानीमा कुनै रुपघट भएमा बाहेक हरेक साल विवरण দাखिल गर्दा अनुसूची-१ बमोजिमकै विवरण দাखिल नगरी साविकमा दिइएको विवरण कायम गरी रीतपूर्वकको लिखित सूचनासम्म दिनु पर्याप्त हुनेछ।
४. विदेशी लगानी मूल्याङ्कन र कर निर्धारणः (१) विदेशी लगानीको मूल्याङ्कन गर्दा करदाताले पेस गरेको बजार भाउ र किराया दर (रेन्टल भ्यालु) बारे आवश्यक परेमा
सम्बन्धित मुलुकसँग लेखापढी गरी सकेसम्म उक्त दरभाउ प्रमाणित गराई त्यसको आधारमा कर अधिकृतले त्यस्ता विदेशी लगानीको मूल्याङ्कन अनुसूची-२ बमोजिम गर्नेछ।
(२) कर अधिकृतले उपनियम (१) बमोजिम कुनै विदेशी लगानीको मूल्याङ्कन गरी सकेपछि सोही मूल्याङ्कन बमोजिम विदेशी लगानी करको अङ्क निर्धारण गर्नेछ र विदेशी लगानी कर निर्धारण आदेशमा विदेशी लगानी कर कसरी निर्धारित गरिएको छ, छोटकरीमा त्यसको विवरण दिनेछ।
५. ऐनको दफा ११ बमोजिम दिएको सूचनाको जाँचबुझः (१) ऐनको दफा ११ बमोजिम कुनै व्यक्तिले कर अधिकृत छेउ सूचना दिएकोमा कर अधिकृतको सूचना बमोजिम सो व्यक्ति आफैँ वा निजको वारिस उपस्थित हुन आएमा कर अधिकृतले सनाखत गरी निजसँग रहेको सबुद प्रमाण सबै बुझ्नेछ। निज वा निजको वारिस उपस्थित हुन नआएमा कर अधिकृतले आफ्नो मातहतको कर इन्स्पेक्टरद्वारा बुझ्न लगाउनेछ। यसरी बुझी आएको व्यहोराबाट कारबाही चलाउनु पर्ने भन्ने कर अधिकृतको विचारमा लागेमा निजले आवश्यक कारबाही चलाउनेछ। कारबाही चलाउनलाई पर्याप्त सबुद प्रमाण छैन भन्ने लागेमा छोटकरीमा आफ्नो ठहर व्यहोरी गरी त्यस्ता सूचना दिने व्यक्तिको रकिर्ड आफ्नो कार्यालयमा राख्नु पर्छ।
(२) उपनियम (१) बमोजिम प्राप्त हुन आएको सूचना बमोजिमको कुरा साँचो ठहरी सो बमोजिम कर असुल उपर भएमा ऐन बमोजिम पाउने इनाम दिनलाई कर अधिकृतले कर विभागको डाइरेक्टर मार्फत प्रतिवेदन पेस गर्नेछ।
(३) कुनै व्यक्तिले एकपटक सूचनासम्म दिई पनि बोलाएको बखत कर अधिकृत कहाँ उपस्थित हुन आएन वा वारिस पनि पठाएन वा निज वा निजको वारिस उपस्थित भए तापनि कुनै सबुद प्रमाण पेस गरेन भने सो सूचना पूरा भएको मानिने छैन र त्यस्तो व्यक्ति इनामको हकदार हुनेछैन।
६. विदेशी लगानीको मूल्याङ्कन र विदेशी कर निर्धारण गर्दा विचार राख्नुपर्ने कुराः कर अधिकृतले ऐनको दफा ७ अन्तर्गत कुनै व्यक्तिको विदेशी लगानीको मूल्याङ्कन र त्यसमा विदेशी लगानी करको निर्धारण गर्दा निम्नलिखित कुराहरूको विचार राख्नु पर्छः–
(क) कर इन्स्पेक्टर वा अरू कसैद्वारा गोप्य प्रतिवेदन परेको भए सो प्रतिवेदन,
(ख) कर इन्स्पेक्टर वा अरू कसैद्वारा प्राप्त त्यस्ता विदेशी लगानीको लगत विवरण वा सरजमीन मुचुल्का, र
(ग) कर अधिकृतले ठानेको अन्य कुनै उचित आधार।
७. कर डाइरेक्टरले गर्ने काम: नेपालबाहिर बसोबास गरेका करदाताले विदेशी लगानीको मूल्याङ्कन गराई कर निर्धारण गराउन चाहेमा कर डाइरेक्टरले कुनै अञ्चलका कर अधिकृतद्वारा मूल्याङ्कन गराउन र विदेशी लगानी करको निर्धारण गराउन सक्नेछ।
८. अन्य काम: (१) कर अधिकृतले आफ्नो अञ्चलको सदर मुकाममा काम सविकैपनि आफ्नो सालभरको कार्यक्रम अनुसार अञ्चलका विभिन्न स्थानमा मुकाम गरी विदेशी लगानी करको निर्धारण र कर दाखिल गर्ने आदेश दिनेछ।
(२) कर अधिकृत नभएको इलाकामा बस्ने करदाताले जिल्ला प्रशासन कार्यालय वा माल अड्डामा ऐन वा यी नियमहरू बमोजिमको विवरण दाखिल गर्न सक्नेछ। यस्तो अड्डामा कर सम्बन्धी काम गर्ने एक वा एकभन्दा बढी कर्मचारी रहन सक्नेछन् र निजले कर निर्धारण र असुल गर्ने बाहेक कर सम्बन्धी अरू काम गर्नेछ। निज अञ्चल कर अधिकृतको मातहतमा रहनेछ।
(३) विदेशी लगानी कर तिर्नु पर्ने जस्ता करदाताहरूले तथ्याङ्क सङ्कलन गर्न, सरजमीन वा अन्य आवश्यक कुराहरू जाँचबुझ गरी त्यस्ता करदाताहरूको लगत र अन्य तत् सम्बन्धी समाचार सङ्कलन गर्ने र आफूलाई तोकिएको फाँटको काममा कर अधिकृतको मातहत रही भई निजले लाए अह्राएको कर असुली सम्बन्धी हरेक प्रकारको काम गर्नु कर इन्स्पेक्टरको कर्तव्य हुनेछ। निजसँग आफ्नो तस्बिर (फोटो) भएको कर डाइरेक्टर अथवा अञ्चलका कर अधिकृतले दस्तखत गरेको परिचयपत्र रहनेछ।
(४) कर कार्यालयमा रहनु पर्ने विदेशी लगानी करको रजिष्टरको ढाँचा कर डाइरेक्टरले सूचित आदेशद्वारा समय समयमा तोकी दिन सक्नेछ। सो आदेशमा उल्लेख भएको सबै किसिमको विभागीय निर्देशनहरूको पालन गरी कर असुली सम्बन्धी जाहेरी सोही आदेशमा तोकिदिए बमोजिम ठीक ठीक समयमा पठाउनु पर्छ। यस्तो जाहेरी पठाउँदा सो जाहेरीमा फाँटको इन्स्पेक्टर समेतको दस्तखत भएको हुनु पर्छ।
९. दण्ड जरिवानाको रकम असुल गर्नेः कर अधिकृतले ऐन अन्तर्गत कुनै व्यक्तिलाई दण्ड जरिवाना तोकी पठाएकोमा सो दण्ड जरिवानाको रकम सो व्यक्तिबाट असुल उपर गर्न निजले ३५ दिनको म्याद दिनु पछि र सो म्याद भित्र पनि रुपैयाँ दाखिल गरेको निस्सा केही प्राप्त हुन नआएमा कर अधिकृतको सूचना अनुसार माल अड्डाले अथवा नेपाल सरकारले तोकिदिएको अधिकारीले प्रचलित नेपाल कानुनको कार्य प्रणाली बमोजिम त्यस्तो करदाताको जायजात गर्नु पर्ने भए जायजात समेत गरी असुल उपर गरी लिनेछ।
१०. आदेश जारी गर्न सक्नेः ऐन वा यी नियमहरू अनुसार अवस्था विचार गरी नेपाल सरकारले विदेशी लगानी कर असुल सम्बन्धी कुनै नयाँ कार्यविधि अपनाई अथवा त्यसलाई स्पष्ट गर्दै नेपाल राजपत्रमा सूचना प्रकाशित गर्न सक्नेछ।
द्रष्टव्यः– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।
नेपाल कानुन (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरूः– “अफिसर” “अफिस” “रिपोर्ट” “गजेट” को सट्टा “अधिकृत”, “कार्यालय” “प्रतिवेदन” र “राजपत्र”।
स्थानीय प्रशासन ऐन, २०२२ द्वारा रूपान्तर भएका शब्दहरूः– “गोश्वारा” को सट्टा “अञ्चलाधीश कार्यालय”।
अनुसूची-१ (नियम ३ सँग सम्बन्धित विदेशी लगानीको विवरण)
श्री कर अधिकृत, ..................कर अड्डा
महाशय,
विदेशी लगानी कर ऐन, २०१९ को दफा ४ र विदेशी लगानी कर नियम ३ बमोजिम मैले /हामीले तपसीलमा लेखिए बमोजिमको विवरण দাखिल गरेको छु / छौं। सो ऐन र नियम बमोजिम विदेशी लगानी कर निर्धारण होस्। मैले / हामीले कर निर्धारण आदेश पाएका मितिले ऐनको म्यादभित्र तोकिएको ठाउँमा बुझाउनु पर्ने करको रकम बुझाउँला।
तपसील विदेशी लगानीको विवरण
(क) नगदीः–
नोटः विगत श्रावण १ गते का बजार भाउको कुनै प्रमाण पेस हुनु पर्छ।
(ख) घर जग्गा
अनुसूची-२ (नियम ४ (१) सँग सम्बन्धित)
कर अधिकृतको नाम ....................... करदाताको सूचक संख्या ...................
विदेशी लगानी कर निर्धारण आदेश
विदेशी लगानी कर लाग्ने आर्थिक वर्ष ...................... विदेशी लगानी कर निर्धारण गर्ने ऐनको दफा ................ करदाताको नाम र बतन .....................................
(क):–
(ख):–
(क) र (ख) को जम्मा अक्षरेपी
कुनै अंशियार भए निजहरूको नाम र बतन प्रत्येक अंशियारको अंश कर इन्स्पेक्टरको दस्तखत मिति:........................... विदेशी लगानी कर निर्धारण आदेश मिति दस्तखत कर अधिकृत अञ्चल कर अधिकृतको नाम
द्रष्टव्यः– १. घर जग्गाको नक्सा र किराया दर (रेन्टल भ्यालु) को प्रमाण नत्थी हुनुपर्छ।
२. धेरैजना अंशियार भए हरेकको नाम र बतन दिनुपर्छ।
३. अंशबण्डा भएको भए त्यसको रजिष्ट्रेशन पासको कागज नत्थी हुनुपर्छ।
झुठ्ठा ठहरे विदेशी लगानी कर ऐन, २०१९ तथा विदेशी लगानी कर नियमहरू, २०२० बमोजिम सहुँला बुझाउँला।
मिति ... ... ... ... ठेगाना ... ... ... ..
माथि लेखिए बमोजिम मेरो (आफ्नो) (यस संस्थाको) विदेशी लगानीको विवरण साँचो छ। दस्तखत दस्तखत गर्नेको नाम दर्जा करदाताको पूरा नाम