विदेशी विनिमय (नियमित गर्ने) नियमहरू, २०२०
नेपाल राजपत्रमा प्रकाशित मिति २०२०।६।२१
संशोधन
१. विदेशी विनिमय नियमित गर्ने (पहिलो संशोधन) नियमावली, २०४२ २०४२।४।१ २. विदेशी विनिमय नियमित गर्ने (दोस्रो संशोधन) नियमावली, २०४८ २०४८।९।२९ ३. विदेशी विनिमय नियमित गर्ने (तेस्रो संशोधन) नियमावली, २०५० २०५०।१।७ ४. विदेशी विनिमय नियमित गर्ने (चौथो संशोधन) नियमावली, २०५१ २०५१।७।२८ ५. विदेशी विनिमय नियमित गर्ने (पाँचौँ संशोधन) नियमावली, २०७० २०७०।१।३०
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले नेपाल राष्ट्र बैंकसँग परामर्श गरी देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “विदेशी विनिमय (नियमित गर्ने) नियमहरू, २०२०” रहेको छ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. सटही सुविधा : (१) बैङ्कले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको प्रयोजनका लागि विदेशी विनिमय सुविधा दिने व्यवस्था गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम तोकिएको प्रयोजनका लागि विदेशी विनिमय सटही सुविधा प्रदान गर्ने सम्बन्धमा बैङ्कले वाणिज्य बैङ्कहरूलाई आवश्यक निर्देशन दिन सक्नेछ। यसरी दिएको निर्देशनको पालना गर्नु वाणिज्य बैङ्कहरूको कर्तव्य हुनेछ।
चौथो संशोधनद्वारा संशोधित ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी विनिमय सटही सुविधा प्रदान गर्ने सम्बन्धमा नेपाल सरकारले बैङ्कलाई आवश्यक निर्देशन दिन सक्छ। त्यसरी दिएको निर्देशन पालना गर्नु बैङ्कको कर्तव्य हुनेछ।
३. प्रमाण पेश गर्नुपर्ने : (१) नियम २ अन्तर्गत विदेशी विनिमय सटही चाहने व्यक्तिले सो सटही पाउनको लागि बैङ्कमा पाइने दरखास्त फाराममा खुलाउनु पर्ने सबै कुराहरु स्पष्ट खुलाई सोझै बैङ्कमा वा त्यसको एजेन्सी मार्फत दरखास्त दिनुपर्छ र सो दरखास्तको साथ बैङ्कले समय समयमा तोकिदिएका प्रमाणहरु पेश गर्नुपर्छ।
(२) उपनियम (१) बमोजिम दाखिल भएका दरखास्त फाराम र प्रमाणहरुको अध्ययनबाट दरखास्तवालाको माग बैङ्कको रायमा मुनासिब देखिएन आएमा मुनासिब देखिएको रकम जतिको विदेशी विनिमय सटही बैङ्कले सोझै वा आफ्नो एजेन्सी मार्फत दिन सक्छ।
(३) बैङ्कले सटही दिनु मुनासिब ठहर्याएको विदेशी विनिमय दरखास्तवालाको आवश्यकता र बैङ्कको अनुकूल समेत विचार गरी एकैमुष्ट वा पटक पटक गरी पनि दिन सक्छ।
४. निकासीको लाइसेन्स पाउने व्यक्तिले गर्नुपर्ने : (१) निकासीको लाइसेन्स पाउने व्यक्तिले देहाय बमोजिम गर्नुपर्छ :–
(क) विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ बमोजिम भर्नुपर्ने प्रज्ञापिपत्र नेपाल राष्ट्र बैङ्कले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको फारामहरु मध्ये सम्बन्धित विषयको कुनै फाराममा भरे,
(ख) प्रज्ञापिपत्रमा उल्लेख भएको सङ्ख्या निकासी प्रज्ञापिपत्रहरु भरे,
(ग) प्रज्ञापिपत्रको पहिलो प्रति सम्बन्धित भन्सार अड्डाम बुझाउने,
(घ) हुलाकद्वारा सामान निर्यात गरेकोमा प्रज्ञापिपत्रको सक्कल प्रति सम्बन्धित हुलाक अड्डाम बुझाउने, र
(ङ) प्रज्ञापिपत्रको अन्य प्रतिनिधिहरु प्रज्ञापिपत्रमा उल्लेख भएको तरिका बमोजिम सोही प्रज्ञापिपत्रमा तोकिएका अधिकारी छेउ पेश गर्ने।
(२) नेपाल राष्ट्र बैङ्कको निर्देशानुसार भन्सार अड्डा वा हुलाक अड्डाका अधिकारीले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ को पालन भएको छ छैन भनी निश्चय गर्नको लागि आवश्यक प्रमाणहरुको माग गर्न सक्नेछन्।
(३) निर्यात गरिएको सामानको पूरा मूल्य नेपाल रु. ............. बाट सामान चलान भएको मितिले ६ (छ) महिनाभित्र निर्यातकर्ताले भुक्तानी प्राप्त गर्नेछ। तर निर्यातकर्ताले सो अवधिभित्र भुक्तानी प्राप्त गर्न नसकेको आवश्यक र सन्तोषजनक प्रमाणहरु पेश गरेमा बैङ्कले मूल्य भुक्तानी पाउने उक्त अवधि बढाइदिन पनि सक्नेछ।
(४) निर्यात गरिएको सामानको पूरा मूल्य सामान निर्यात गरिएको देशको मुद्रामा वा नेपाल राष्ट्र बैङ्कले सटही दर तोकेको कुनै परिवर्तित मुद्रा वा नेपाल राष्ट्र बैङ्कले तोकिदिएको कुनै मुद्रामा इजाजतपत्र प्राप्त व्यक्ति मार्फत प्राप्त हुनुपर्छ।
५. कबुलियतमा सही गर्ने तथा समर्थन गर्ने : उपरोक्त नियमहरुमा लेखिएका शर्तहरु समावेश भएको कबुलियतपत्रमा सटही पाउने व्यक्तिले वा विदेश जाने यात्रीले वा एकै परिवारका धेरै व्यक्ति एकैसाथ यात्रा गर्ने भए नितीहरु मध्येको प्रमुखले सहीछाप गरेपछि वा सटही चाहिने व्यक्तिलाई नेपाल सरकारले पठाएको व्यक्तिले समर्थन गरेपछि विदेशी मुद्राको सटही पाइनेछ।
६. पैठारीको सम्बन्धमा पाइने विदेशी विनिमय : (१) भारत बाहेक अन्य विदेशी मुलुकबाट पैठारी गरिएको स्वीकृति सूचीको माल सामानको भुक्तानीको हकलाई नेपाल सरकार उद्योग वा वाणिज्य मन्त्रालयले जारी गरेको इम्पोट लाइसेन्स प्राप्त भएपछि नेपाल सरकार अर्थ मन्त्रालयले स्वीकृति दिएको आधारमा नेपाल राष्ट्र बैङ्कले सम्बन्धित आयातकतालाई आवश्यक विदेशी विनिमय उपलब्ध गराउनेछ।
(२) आयातको निम्मित भुक्तानीमा दिइने विदेशी विनिमयको प्रकृति र प्रकार नेपाल राष्ट्र बैंकबाट निर्धारण गरिए बमोजिम हुनेछ।
७. विदेशी सरकारहरूले बैङ्कमा जम्मा गरेको विदेशी विनिमय : विदेशी सरकार वा विदेशी दूतावासहरू वा विदेशी सरकारी संस्थाहरू तथा संयुक्त राष्ट्र सङ्घीय संस्थाहरूले आफ्नो विदेशी विनिमय दिई नेपाली मुद्रा बैङ्कमा खोलेको वा नेपाल राष्ट्र बैंकले स्वीकृति लिई नेपाल स्थित अन्य बैङ्कसाँग खोलेको खाताबाट कट्टा हुने गरी विदेशी विनिमय लिन चाहेमा बैङ्कले दिन सक्नेछ।
८. वाणिज्य बैङ्कमा පරිबर्त्य विदेशी मुद्राको खाता खोल्न सकिने : देहायका व्यक्तिहरूले वाणिज्य बैङ्कमा परिबर्त्य विदेशी मुद्राको खाता खोल्न सक्नेछन् :–
(क) अन्तर्राष्ट्रिय सङ्घ, संस्था वा राजदूतावासमा काम गरी परिबर्त्य विदेशी मुद्रा आर्जन गर्ने नेपाली नागरिकहरू,
(ख) कुनै देशमा नोकरी वा व्यवसाय गरी परिबर्त्य विदेशी मुद्रा आर्जन गर्ने नेपाली नागरिकहरू,
(ग) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको वर्गभित्र पर्ने स्वदेशी तथा विदेशी नागरिकहरू र सङ्घ, संस्था।
९. खाता खोल्न पाइने विदेशी मुद्राहरू : नियम ८ को प्रयोजनको लागि देहायका विदेशी मुद्राहरूमा खाता खोल्न सकिनेछ :–
(क) स्टर्लिङ पाउण्ड,
(ख) अमेरिकी डलर, र
(ग) नेपाल राष्ट्र बैंकले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अन्य विदेशी मुद्राहरू।
२१०. खाताका किसिमहरु : नियम ८ बमोजिम खोलिने परिवर्त्य विदेशी मुद्राका खाताका किसिमहरु नेपाल राष्ट्र बैङ्कले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ।
२११. खाता खोल्न चाहिने न्यूनतम रकम : परिवर्त्य विदेशी मुद्राका खाता खोल्न चाहिने न्यूनतम रकम नेपाल राष्ट्र बैङ्कले समय समयमा तोकिदिए बमोजिम हुनेछ।
२१२. व्याज दर : परिवर्त्य विदेशी मुद्राको निक्षेपमा दिइने व्याजको दर र व्याज दिने तरिका नेपाल राष्ट्र बैङ्कले समय समयमा तोकिदिए बमोजिम हुनेछ।
२१३. लगानी सम्बन्धी व्यवस्था : वाणिज्य बैङ्कहरुले परिवर्त्य विदेशी मुद्रा निक्षेपबाट प्राप्त रकमहरुको छुट्टै हिसाब राखी परिवर्त्य विदेशी मुद्रा आर्जन हुने क्षेत्रमा लगानी गर्नु पर्नेछ।
२१४. भुक्तानी सम्बन्धी व्यवस्था : (१) परिवर्त्य विदेशी मुद्रा निक्षेपको साँवा र व्याज भुक्तानी गर्न नेपाल राष्ट्र बैङ्क वा नेपाल सरकारबाट विदेशी मुद्रा वाणिज्य बैङ्कहरुलाई उपलब्ध हुनेछैन।
(२) परिवर्त्य विदेशी मुद्रा निक्षेपको साँवा र व्याज वाणिज्य बैङ्कहरुले आफ्नै खाताबाट नै भुक्तानी गर्नु पर्नेछ।
२१५. गोपनीयता : परिवर्त्य विदेशी मुद्रा निक्षेपको बही र हर–हिसाबको विवरण खातावाला व्यक्ति र नेपाल राष्ट्र बैङ्कले आदेश दिएको व्यक्तिलाई बाहेक अरु कसैलाई देखाइने छैन।
२१६. खातामा रकम जम्मा गर्ने तरिका : परिवर्त्य विदेशी मुद्राको खाता खोल्न इच्छुक व्यक्तिले खाता खोल्नको लागि चाहिने न्यूनतम रकम र त्यस्तो खातामा जम्मा गर्नु पर्ने रकम बैङ्किङ क्षेत्रबाट प्राप्त भुक्तानी (रेमिट्यान्स) वा ड्राफ्ट वा यात्री चेक वा नगदद्वारा जम्मा गर्न सक्नेछ।
तर त्यस्तो खाता खोल्दा वा त्यसरी खोलिएको खातामा पछि नगद जम्मा गर्ने तरिका, सो सम्बन्धमा पालना गर्नुपर्ने शर्तहरू राष्ट्र बैंकले तोके बमोजिम हुनेछ।
१७. * .........
१८. खाता सञ्चालन सम्बन्धी अन्य व्यवस्था : परिवर्त्य विदेशी मुद्राको खाता सञ्चालनको सम्बन्धमा यी नियमहरूमा लेखिए देखि बाहेक अन्य व्यवस्थाहरू नेपाल राष्ट्र बैंकले तोकिदिए बमोजिम हुनेछ।
१९. सुविधाहरू प्रदान गर्न सकिने : परिवर्त्य विदेशी मुद्रामा खाता खोल्दा र उक्त खातामा जम्मा भएको रकम उपयोग गर्ने सम्बन्धमा प्रदान गरिने सुविधाहरू बैङ्कले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिन सक्नेछ।
१ पहिलो संशोधनद्वारा थप ।
द्रष्टव्य : केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरू : “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।