विफर नियन्त्रण नियमावली, २०२३
नेपाल राजपत्रमा प्रकाशित मिति २०२४।१।१८
संशोधन १. विफर नियन्त्रण (पहिलो संशोधन) नियमावली, २०२८ २०२८।१।१ २. विफर नियन्त्रण (दोस्रो संशोधन) नियमावली, २०४७ २०४७।१०।२८ ३. विफर नियन्त्रण (तेस्रो संशोधन) नियमावली, २०७० २०७०।१।३०
विफर नियन्त्रण ऐन, २०२० को दफा १९ ले दिएको अधिकार र त्यस सम्बन्धमा प्राप्त अरू सबै अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमहरू बनाएको छ ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “विफर नियन्त्रण नियमावली, २०२३” रहेको छ । (२) यो नियमावली ऐन लागू भएको ठाउँहरूमा ऐन लागू भएको मितिदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले विफर नियन्त्रण ऐन, २०२० सम्झनु पर्छ । (ख) “सुपरिटेण्डेण्ट” भन्नाले स्थानीय क्षेत्रको निमित्त नियुक्त गरिएको खोपको सुपरिटेण्डेण्ट सम्झनु पर्छ ।
(ग) “सुपरभाइजर” भन्नाले स्थानीय क्षेत्रको निमित्त नियुक्त गरिएको खोपको सुपरभाइजर सम्झनु पर्छ ।
(घ) “खोप्ने व्यक्ति” भन्नाले यस नियमावली अन्तर्गत खोप्ने अधिकार प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(ङ) “संरक्षक” भन्नाले बालकको संरक्षक सम्झनु पर्छ ।
(च) “स्वयंसेवक” भन्नाले नगरपालिका वा गाउँ विकास समितिले खटाएको स्वयंसेवक सम्झनु पर्छ ।
(छ) “प्रमाणपत्र” भन्नाले यस नियमावलीको नियम ५ को उपनियम (३) बमोजिम प्रदान गरिने प्रमाणपत्र सम्झनु पर्छ ।
(ज) “स्ट्याण्डर्ड भ्याक्सिन” भन्नाले भ्याक्सिन बनाउन र वितरण गर्न लाइसेन्स प्राप्त कम्पनीले तयार गरेको भ्याक्सिन सम्झनु पर्छ ।
परिच्छेद-२ क्षेत्र विभाजन र खोपाउने व्यवस्था
३. क्षेत्र विभाजन : (१) नेपाल सरकारले विफर नियन्त्रण कार्यक्रमका प्रमुखसँग सल्लाह गरी खोप्ने कार्यको निमित्त क्षेत्रको विभाजन गर्नेछ र प्रत्येक क्षेत्रको निमित्त आवश्यकतानुसार एक वा सोभन्दा बढी सुपरिटेण्डेण्ट नियुक्त गर्नेछ ।
(२) उपनियम (१) बमोजिम क्षेत्र विभाजन गरिएपछि सुपरिटेण्डेण्टले त्यस्ता क्षेत्रमा खोपाउने ठाउँहरू कायम गर्नेछ ।
(३) उपनियम (२) अन्तर्गत कायम गरिएको खोप्ने ठाउँ वा त्यसको नजिकमा सर्वसाधारण जनताले देख्ने गरी अनुसूची-१ मा लेखिए बमोजिमको ठूलो सङ्केत पाटी (साइनबोर्ड) टाँग्नेछ ।
४. सुपरिटेण्डेण्ट र अन्य कर्मचारीहरू सम्बन्धी व्यवस्था : (१) देहाय बमोजिमको योग्यता नभई कुनै व्यक्ति सुपरिटेण्डेण्टको पदमा नियुक्ति हुन वा बहाल रहन सक्ने छैन :-
५. तालिम र प्रमाणपत्र : (१) सुपरिटेण्डेण्ट र खोप्ने व्यक्तिहरूलाई देहायको तालिम दिइनेछ :-
(३) उपनियम (१) बमोजिमको तालिममा सफल हुने व्यक्तिहरूलाई प्रमाणपत्र दिइनेछ ।
(४) उपनियम (१) अन्तर्गतको तालिम अवधि साधारणतया ६ दिनको हुनेछ ।
(५) उपनियम (१) अन्तर्गत प्रमाणपत्र प्राप्त गर्ने व्यक्तिले नेपाल $\bullet$ .......... भर खोप्ने कार्य गर्न सक्नेछन् ।
६. खोपको काम गरिरहेकाले प्रमाणपत्र लिनु पर्ने : यो नियम लागू भएको अञ्चल वा जिल्लामा हाल खोपको काम गरिरहेका व्यक्तिहरूले यो नियम जारी भएको ३ महिनाभित्र खोपको काम गर्ने यी नियमहरू बमोजिम खोप्ने प्रमाणपत्र प्राप्त गर्नु पर्दछ । सो प्रमाणपत्र प्राप्त नगरी खोपको काम गर्न पाइने छैन ।
परिच्छेद-३ खोपको औषधि, अभिलेख र प्रमाणपत्र
७. खोपको औषधि : (१) खोप्ने व्यक्तिले खोपाउँदा प्रतिष्ठित कम्पनीले बनाएको म्याद ननाघेको खोपको औषधि (स्ट्याण्डर्ड भ्याक्सिन) को मात्र प्रयोग गर्नु पर्छ ।
(२) कसैले म्याद नाघेको वा काम नलाग्ने खोपको औषधि प्रयोग गर्न वा बिक्री वितरण गर्न हुँदैन । यस्तो औषधि तुरुन्त स्थानीय क्षेत्रको खोपको सुपरिटेण्डेण्टलाई बुझाई दिनु पर्छ ।
८. अस्वस्थताको प्रमाणपत्र : (१) खोपाउने बालक अस्वस्थ देखिएमा नियम १० मा उल्लिखित व्यक्तिहरूले देहायका कुराहरू खोली अस्वस्थताको प्रमाणपत्र दिनु पर्छ :-
(क) अस्वस्थताको कारण, (ख) अवधि, (ग) बालकको नाम, (घ) वर्ष,
$\bullet$ तेस्रो संशोधनद्वारा झिकिएको ।
(ङ) धर्म,
(च) लिङ्ग,
(छ) सो बालक बसेको "नगरपालिका वा गाउँ विकास समितिको नाम,
(ज) संरक्षकको नाम,
(झ) संरक्षकको पूरा ठेगाना ।
(२) उपनियम (१) बमोजिमको प्रमाणपत्र दिने व्यक्तिले खोपाउने बालक यति दिनमा स्वस्थ हुन सक्छ र त्यसरी स्वस्थ भएमा यति दिन पछि खोपाउन हुन्छ भनी खोप्नको निमित्त मिति तोक्न सक्ने छ ।
९. खोपको अभिलेख : (१) विफर नियन्त्रण कार्यक्रम अन्तर्गत दिइएको सबै खोपको अभिलेख राख्नु पर्छ ।
(२) सफल खोप र असुरक्षित बालकको अभिलेख सम्बन्धित क्षेत्रको कार्यालयमा रहनेछ ।
(३) खोप सम्बन्धी देहाय बमोजिमको प्रतिवेदनलाई देहाय बमोजिम गरी पेश गर्नु पर्छ :-
(क) खोपाउने ठाउँ बाहेक अन्यत्र खोपेकोमा खोप्ने व्यक्तिले विवरण खोली सम्बन्धित सुपरिटेण्डेण्ट छेउ प्रतिवेदन गर्ने ,
(ख) हरेक खोपाउने ठाउँबाट खोपेको प्रतिवेदन विफर नियन्त्रण कार्यक्रमको प्रमुख कार्यालयमा आफ्नो क्षेत्र मार्फत महिना महिनामा पेश गर्ने,
(ग) हरेक क्षेत्रको खोपाउने ठाउँबाट प्राप्त सबै फाँटवारी एकत्रीत गरी समुचित प्रतिवेदन सम्बन्धित सुपरभाइजरले जोनल कार्यालयमा पेश गर्ने ,
(घ) जोनल कार्यालयले प्रतिवेदन संकलन गरी विफर उन्मूलन प्रोजेक्टमा पठाउने,
(ङ) विफर उन्मूलन प्रोजेक्टमा संकलन भएको सबै प्रतिवेदन स्वास्थ्य सेवा विभाग, सरुवा रोग नियन्त्रण शाखामा पठाउने ।
१०. खोपेको प्रमाणपत्र दिनु पर्ने : (१) हरेक खोप्ने व्यक्तिले सफल खोपेको प्रमाणपत्र दिनु पर्छ ।
(२) उपनियम (१) बमोजिमको प्रमाणपत्र खोप्ने व्यक्ति बाहेक अरु डाक्टर, कम्पाण्डर, ड्रेसर, नर्स, हेल्थ असिस्टेन्ट, अक्सिलरी हेल्थ वर्कर, असिस्टेन्ट नर्स मिडवाइफ र स्वास्थ्य सेवाकर्मीहरूले खोपेमा निजहरूले पनि दिनु पर्छ ।
११. मेहनताना : (१) नियम ३ को उपनियम (३) बमोजिमको खोपाउने ठाउँमा बाहेक अन्य सरकारी खोप्ने व्यक्तिलाई खोपको निमित्त कुनै व्यक्तिले कार्यालय समय बाहेकको समयमा बोलाएमा जान हुन्छ र त्यसरी गएकोमा निजले उपनियम (२) बमोजिमको मेहनताना स्वीकार गर्न हुन्छ ।
(२) उपनियम (१) को प्रयोजनको लागि खोप्ने व्यक्तिले प्रत्येक कलको रु. १।- एक रुपैयाँ र त्यसरी बोलाउने व्यक्तिको परिवारमा प्रत्येक खोपको थप दस पैसाको दरले मेहनताना लिन पाउनेछ ।
१२. खोप्ने व्यक्तिले लगाउने चिन्ह : (१) खोपको सुपरिटेण्डेण्टले लगाउने चिन्ह अनुसूची-२ बमोजिमको हुनेछ ।
(२) अन्य सरकारी खोप्ने व्यक्तिले लगाउने चिन्ह अनुसूची-३ बमोजिमको हुनेछ ।
परिच्छेद-४ विविध
१३. नगरपालिका वा गाउँ विकास समितिको सहयोग लिन सक्ने : यस नियमावलीको उद्देश्य कार्यान्वयन गर्न आवश्यक परेमा सुपरिटेण्डेण्टले नगरपालिका वा गाउँ विकास समितिको
सहयोग माग्न सक्नेछ र त्यसरी सहयोग मागेमा नगरपालिका वा गाउँ विकास समितिले पनि देहायको कुरामा सहयोग दिनु पर्नेछ :-
(क) सम्बन्धित क्षेत्रका जनतालाई खोपाउने स्थानको जानकारी गराउने,
(ख) तोकिएको स्थान र समयमा सम्बन्धित क्षेत्रभित्र रहेका बालबालिकालाई उपस्थित गराउने,
(ग) खोपाउने स्थानमा नगरपालिका वा गाउँ विकास समितिको सदस्य उपस्थित भई खोप्ने काममा आवश्यक सहायता गर्ने, र
(घ) खोपाउने कार्यमा बालबालकहरूको संरक्षणलाई बढी से बढी सहयोग प्रदान गर्न आवश्यक प्रोत्साहन दिने ।
१४. पुनरावेदन : यो नियमावलीको प्रयोग गर्दा कुनै व्यक्तिलाई मर्का पर्न गएमा त्यस्तो मर्का पर्ने व्यक्तिले प्रचलित कानून बमोजिम नेपाल सरकारमा पुनरावेदन गर्न सक्नेछ ।
द्रष्टव्य :- केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्त्तर गरिएका शब्दहरूः-
“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची - १ (नियम ३ को उपनियम (३) सँग सम्बन्धित) खोपाउने ठाउँको चिन्ह प्रदर्शन यस प्रकारको हुनेछ ।
अनुसूची - २ (नियम १२ को उपनियम (१) सँग सम्बन्धित)
खोपको सुपरिटेण्डेण्टले लगाउने चिन्ह : यो ब्याज ४ डाइमिटरको सेतो चकाभित्र पाखुरामा खोपिरहेको चिह्न र रातो अक्षरले नेपाल सरकार वि. नि. पा. प्रो. लेखिएको हुनेछ ।
अनुसूची-३ (नियम १२ को उपनियम (२) सँग सम्बन्धित)
खोपको व्यक्तिले लगाउने चिह्न : यो ब्याज ३ चौडाइको पट्टीमा नीलो भुइँमा (कपडा) चौडाइसम्म भेटिने गरी सेतो चक्रभित्र पाखुरामा खोपिराखेको चिह्न र नीलो अक्षरले नेपाल सरकार बि. नि. पा. प्रो. लेखिएको हुनेछ ।
(क) एस.एल.सी. वा सो सरहको शैक्षिक योग्यता भएको, र (ख) यी नियमहरू बमोजिम खोप्ने प्रमाणपत्र प्राप्त गरेको । (२) खोप्ने कार्यको लागि आवश्यक संख्यामा खोप्ने व्यक्ति नियुक्ति गरिने छन् । खोप्ने व्यक्तिहरूको योग्यता कम्से कम् देहाय बमोजिमको हुनु पर्छ :- (क) देवनागरी लिपिमा नेपाली भाषा राम्रोसँग लेख्न र पढ्न सक्ने योग्यता भएको, र (ख) यी नियमहरू बमोजिम खोप्ने प्रमाणपत्र प्राप्त गरेको । (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वयं स्वयंसेवकहरूले पनि नियम ५ को उपनियम (१) मा लेखिए बमोजिमको तालिम प्राप्त गरी खोप्ने काम गर्न सक्ने छन् । (क) छालासम्बन्धी साधारण ज्ञान, (ख) विफर सम्बन्धी साधारण ज्ञान, (ग) विफर नियन्त्रण कार्यक्रममा अपनाइने मल्टिपल प्रेसर तथा अन्य तरीकाहरूको ज्ञान, (घ) स्वास्थ्य सम्बन्धी साधारण ज्ञान, (ङ) सुकेको खानेपानी औषधि (ड्राइड भ्याक्सिन) बारे साधारण ज्ञान, र (च) अभिलेख (रेकर्ड) राख्ने तरीका । (२) सुपरिटेण्डेण्टलाई उपनियम (१) मा लेखिएका कुराहरूका अतिरिक्त प्रशासकीय विषयमा पनि तालिम दिइनेछ ।