विमानस्थल दस्तुर नियमावली, २०३८ खारेज गर्ने नियमावली, २०६७
नेपाल राजपत्रमा प्रकाशन मिति २०६७।०५।१४
गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरुको नाम “विमानस्थल दस्तुर नियमावली, २०३८ खारेज गर्ने नियमावली, २०६७” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. खारेजी : विमानस्थल दस्तुर नियमावली, २०३८ खारेज गरिएको छ ।