वैदेशिक रोजगार नियमावली, २०६४
नेपाल राजपत्रमा प्रकाशित मिति २०६४।९।३०
संशोधन १. वैदेशिक रोजगार (पहिलो संशोधन) नियमावली, २०६८ २०६८।२।३० २. वैदेशिक रोजगार न्यायाधिकरण नियमावली, २०६८ २०६९।१।११ ३. वैदेशिक रोजगार (दोस्रो संशोधन) नियमावली, २०७१ २०७१।६।३० ४. वैदेशिक रोजगार (तेस्रो संशोधन) नियमावली, २०७४ २०७४।४।१६ ५. वैदेशिक रोजगार (चौथो संशोधन) नियमावली, २०७५ २०७५।१२।११ ६. वैदेशिक रोजगार (पाँचौँ संशोधन) नियमावली, २०७६ २०७६।५।१ ७. वैदेशिक रोजगार (छैठौँ संशोधन) नियमावली, २०८१ २०८१।७।८
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “वैदेशिक रोजगार नियमावली, २०६४” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले वैदेशिक रोजगार ऐन, २०६४ सम्झनु पर्छ ।
(ख) “करार” भन्नाले रोजगारदाता संस्था वा निजको प्रतिनिधि र कामदार तथा इजाजतपत्रवाला र कामदार बीच कामदारको सेवा, शर्त तथा पारिश्रमिक र दुवै पक्षले पालन गर्नु पर्ने शर्तको बारेमा भएको करार सम्झनु पर्छ ।
(ग) “कोष” भन्नाले ऐनको दफा ३२ बमोजिम स्थापना भएको वैदेशिक रोजगार कल्याणकारी कोष सम्झनु पर्छ ।
*(घ) ......................
/(घ१) “गन्तव्य मुलुक” भन्नाले वैदेशिक रोजगारमा जाने मुलुक सम्झनु पर्छ ।
*(घ२) “नेपाली कूटनीतिक नियोग” भन्नाले कुनै विदेशी मुलुकस्थित नेपाली राजदूतावास, वाणिज्य दूतावास, स्थायी नियोग, विशेष नियोग वा कूटनीतिक कार्य सम्पादन गर्ने नेपाल सरकारले स्थापना गरेको विदेशस्थित कुनै निकाय वा एकाइ सम्झनु पर्छ र सो शब्दले गन्तव्य मुलुकको लागि तोकिएको सहप्रमाणिकृत नेपाली कूटनीतिक नियोगलाई समेत जनाउँछ ।
*(घ३) “पुनः श्रम स्वीकृति” भन्नाले कामदार र गन्तव्य मुलुकको रोजगारदाता बीच भएको करार नियमित रुपमा नवीकरण भई सोही रोजगारदाताकोमा पुनः काम गर्न जान प्रदान गरिएको श्रम स्वीकृति सम्झनु पर्छ र सो शब्दले सोही गन्तव्य मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाता परिवर्तन गरी परिवर्तित रोजगारदाताकोमा काम गर्न दिइने श्रम स्वीकृतिलाई समेत जनाउँछ ।
(ङ) “मागपत्र” भन्नाले कामदारको संख्या, किसिम, योग्यता, कामदारले पाउने पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरू उल्लेख गरी रोजगारदाता संस्थाले इजाजतपत्रवालालाई पठाएको मागपत्र सम्झनु पर्छ ।
(ङ१) “विशेषज्ञ समिति” भन्नाले नियम ४६ बमोजिमको विशेषज्ञ समिति सम्झनु पर्छ ।
(च) “सञ्चालक” भन्नाले संस्था वा इजाजतपत्रवालाको सञ्चालक सम्झनु पर्छ र सो शब्दले वैकल्पिक सञ्चालक समेतलाई जनाउँछ ।
परिच्छेद-२ संस्था वा कामदार छनौट गर्ने सम्बन्धी व्यवस्था
३. संस्थाको छनौट गर्ने आधारः ऐनको दफा ५ बमोजिम नेपाल सरकारलाई कामदार छनौट गरी पठाउन अनुरोध भई आएमा नेपाल सरकारले अनुसूची-१ मा तोकिएको आधारमा संस्थाको छनौट गरी त्यस्तो संस्था मार्फत कामदार पठाउन सक्नेछ ।
४. संस्थाको छनौट गर्ने कार्यविधिः (१) नेपाल सरकारले नियम ३ मा उल्लिखित आधारमा खुल्ला प्रतिस्पर्धाद्वारा संस्था छनौट गर्ने प्रयोजनका लागि देहायको विवरण खुलाई राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कम्तीमा पन्ध्र दिनको म्याद दिई सूचना प्रकाशन गर्नु पर्नेछः-
(क) कामदार पठाउने विदेशी मुलुक र रोजगारदाता संस्थाको नाम, (ख) कामदारको माग संख्या, (ग) संस्था छनौट गर्ने आधार, (घ) दरखास्तसाथ पेश गर्नु पर्ने विवरण, (ङ) दरखास्त दिने स्थान ।
(२) उपनियम (१) बमोजिम प्रकाशित सूचना अनुसार प्राप्त हुन आएका दरखास्तहरूमध्येबाट नियम ३ मा उल्लिखित प्रत्येक आधार बमोजिम अङ्कभार कायम गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने संस्था छनौट गर्नु पर्नेछ ।
५. सन्धि वा सम्झौता गरी कामदार पठाउँदा छनौट गर्ने मापदण्ड र प्रक्रियाः ऐनको दफा ६ बमोजिम नेपाल सरकारले नेपालसँग कुटनैतिक सम्बन्ध कायम गरेका मुलुकको सरकारसँग सन्धि वा सम्झौता गरी कामदार पठाउने प्रयोजनका लागि आवश्यक व्यक्तिहरूको छनौट गर्दा त्यस्तो सन्धि वा सम्झौतामा उल्लेख गरिएका कुराहरूको हकमा सोही बमोजिम र
उल्लेख नभएका कुराहरूको हकमा देहायका मापदण्ड र प्रकृया पूरा गरेका व्यक्तिहरूमध्येबाट छनौट गर्नु पर्नेछः-
(क) सामान्य लेखपढ गर्न जानेको,
(ख) काम गर्न जाने मुलुकको कानून, भाषा, संस्कृति, रहन सहन सम्बन्धी सामान्य जानकारी भएको,
(ग) व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सामान्य जानकारी भएको,
(घ) अभिमुखीकरण तालिमको प्रमाणपत्र प्राप्त गरेको,
(घ१) सम्बन्धित कामको तालीम लिएको,
(ङ) मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट निरोगताको प्रमाणपत्र प्राप्त गरेको,
(च) ऐनको दफा ६ को उपदफा (२) बमोजिमको निर्देशक समितिले तोकेको अन्य प्रकृया र मापदण्ड पूरा गरेको ।
परिच्छेद-३ इजाजतपत्र सम्बन्धी व्यवस्था
६. इजाजतपत्र सम्बन्धी व्यवस्थाः (१) वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न चाहने संस्थाले इजाजतपत्रको लागि देहायको कागजात र विवरण खुलाई अनुसूची-२ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछः-
(क) संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) संस्थाको प्रबन्ध पत्र र नियमावलीको प्रमाणित प्रतिलिपि,
(ग) स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
(घ) संस्थाको विस्तृत व्यावसायिक कार्ययोजना,
(ङ) सञ्चालकको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
(च) ......................
(छ) प्रचलित कानून बमोजिम सरकारलाई तिर्नु बुझाउनु पर्ने कर फस्यौट गरेको निस्सा,
(ज) संस्थापक वा सञ्चालक नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको,
(झ) इजाजतपत्र रद्द भएको संस्थाको सञ्चालक नभएको ।
(२) उपनियम (१) बमोजिम पेश भएको निवेदन उपर आवश्यक जाँचबुझ गर्दा त्यस्तो संस्थालाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिन उपयुक्त देखेमा विभागले इजाजतपत्र दस्तुर बापत बीस हजार रुपैयाँ र ऐनको दफा ११ को उपदफा (२) बमोजिमको धरौटी वा बैङ्क ग्यारेन्टी दाखिला गरेको निस्सा लिई अनुसूची-३ बमोजिमको ढाँचामा इजाजतपत्र दिनु पर्नेछ ।
(३) इजाजतपत्रवालाले आफ्नो स्वामित्व हस्तान्तरण वा परिवर्तन गर्दा विभागको स्वीकृति लिनु पर्नेछ ।
(४) उपनियम (३) को प्रयोजनको लागि विभागले स्वीकृति दिँदा कुनै इजाजतपत्रवालालाई दुई आर्थिक वर्षमा बढीमा एक पटक स्वामित्व हस्तान्तरण वा परिवर्तन गर्न स्वीकृति दिन सक्नेछ ।
(५) विभागले मन्त्रालयको स्वीकृति लिई इजाजतपत्रको नम्बर अद्यावधिक गर्न आवश्यक व्यवस्था मिलाउनेछ ।
७. बैङ्क ग्यारेन्टीको अवधिः (१) ऐनको दफा ११ को उपदफा (२) बमोजिमको बैङ्क ग्यारेन्टीको अवधि कम्तीमा पाँच वर्षको हुनु पर्नेछ ।
(२) बैङ्क ग्यारेन्टीको अवधि समाप्त हुनु भन्दा एक वर्ष अगावै पुनः अर्को अवधिको लागि त्यस्तो बैङ्क ग्यारेन्टीको अवधि नवीकरण गराई विभाग समक्ष पेश गर्नु पर्नेछ ।
*(३) इजाजतपत्रवालाहरू एक आपसमा गाभिएमा गाभिनु अघि कायम रहेका इजाजतपत्रवालाको नाममा रहेका बैङ्क ग्यारेण्टीलाई गाभिएपछि कायम हुने इजाजतपत्रवालाको नाममा कायम गर्ने गरी सम्बन्धित बैङ्कबाट अद्यावधिक गराइएमा त्यस्तो बैङ्क ग्यारेण्टीको अवधि र रकमलाई गाभिएपछि कायम हुने इजाजतपत्रवालाको बैङ्क ग्यारेण्टीमा गणना गरिन्छ ।
*(४) उपनियम (३) को प्रयोजनको लागि बैङ्क ग्यारेण्टीको अवधिमा एकरूपता कायम हुने गरी गर्नु पर्नेछ ।
८. इजाजतपत्रको नवीकरणः (१) इजाजतपत्रवालाले देहायको विवरण पेश गरी प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र इजाजतपत्र नवीकरण गराउनु पर्नेछः-
(क) अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको रसिद वा आयकर दाखिला गरेको प्रमाण,
*(क१) पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एक सय जना कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात,
(ख) अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारमा कामदार पठाएको संख्या र अवस्था ।
(२) ऐनको दफा १२ को उपदफा (३) बमोजिम तीन वर्षको एकै पटक इजाजतपत्र नवीकरण गराउने इजाजतपत्रवालाले नवीकरण अवधि समाप्त भएको वर्षको असार मसान्तभित्र इजाजतपत्र नवीकरण गराउनु पर्नेछ ।
(३) इजाजतपत्र नवीकरण गराउँदा एक आर्थिक वर्षको दश हजार रुपैयाँका दरले नवीकरण दस्तुर बुझाउनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिमको म्यादभित्र नवीकरण नभएको इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्रवालाले उपनियम (३) बमोजिमको नवीकरण दस्तुरको अतिरिक्त प्रत्येक महिनाको लागि दश हजार रुपैयाँको दरले थप नवीकरण दस्तुर बुझाई सोही आर्थिक
वर्षको असोज मसान्तसम्म इजाजतपत्र नवीकरण गराउन सकिनेछ । त्यस्तो इजाजतपत्र नवीकरण नगराएमा वैदेशिक रोजगार व्यवसाय गर्न पाउने छैन ।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि सम्बत्त २०६१ साल भाद्र १६ गतेदेखि यो नियमावली प्रारम्भ हुँदाका बखतसम्म काबुबाहिरको परिस्थिति परि इजाजतपत्र नवीकरण गराउन नसकेका इजाजतपत्रवालाले सो व्यहोरा खुलाई यो नियमावली प्रारम्भ भएको मितिलेब्बे दिनभित्र आफूले राखेको धरौटीबाट कुनै रकम सापटी लिएको भए सो फिर्ता बुझाई इजाजतपत्र नवीकरणको लागि विभागमा निवेदन दिएमा र निवेदनको व्यहोरा मनासिब देखिएमा एक पटकको लागि प्रत्येक वर्षको पचास हजार रुपैयाँका दरले नवीकरण दस्तुर लिई इजाजतपत्र नवीकरण गर्न सकिनेछ ।
८क. इजाजतपत्रवाला एक आपसमा गाभिन सक्नेः (१) इजाजतपत्रवालाहरू एक आपसमा गाभिन चाहेमा त्यसरी गाभिनको लागि गरिएको सम्झौता सहित गाभिने इजाजतपत्रवालाहरूले विभागमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि इजाजतपत्रवालाहरू गाभिन उपयुक्त देखिएमा विभागले सोको लागि सैद्धान्तिक सहमति दिनेछ ।
(३) उपनियम (२) बमोजिम सहमति प्राप्त भई प्रचलित कानून बमोजिम कम्पनी रजिष्टारको कार्यालयबाट प्रक्रिया पूरा भई गाभिएर कायम भएको संस्थाले विभाग समक्ष इजाजतपत्रको लागि निवेदन दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम निवेदन परे पछि विभागले कागजात जाँच गरी त्यस्तो संस्थालाई इजाजतपत्र दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम इजाजतपत्र दिँदा नियम ६ को उपनियम (२) बमोजिमको इजाजतपत्र दस्तुर लाग्ने छैन ।
(६) उपनियम (३) बमोजिम गाभिएका इजाजतपत्रवालाहरूको सम्पूर्ण जायजेथा तथा दायित्व उपनियम (४) बमोजिमको इजाजतपत्रवालामा सर्नेछ । यसरी गाभिनु अघि इजाजतपत्रवालाहरूले प्राप्त गरेको मागपत्र, करारपत्र, अख्तियारीनामा, पूर्व स्वीकृति, निषा
▲ पाँचौ संशोधनद्वारा थप ।
स्टाम्पिङ, अन्तिम स्वीकृति र गभिनु अघिको उजुरी वा दायित्व फरफारक गर्ने लगायतका विषयहरू स्वतः उपनियम (४) बमोजिमको इजाजतपत्रवालाको दायित्वमा रहने छन् ।
(७) यस नियम बमोजिम इजाजतपत्रवालाहरू गभिनई कायम भएको संस्थालाई उपनियम (४) बमोजिम इजाजतपत्र दिइएको निर्णयको व्यहोराको सूचना सर्वसाधारणको जानकारीको लागि विभागले आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।
(८) यस नियम बमोजिम इजाजतपत्रवालाहरू गभनिएको सूचना उपनियम (४) बमोजिम इजाजतपत्र प्राप्त गर्ने संस्थाले राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।
९. इजाजतपत्र रद्द भएको जानकारी दिनु पर्नेः ऐनको दफा १३ बमोजिम इजाजतपत्र रद्द भएमा विभागले सोको जानकारी इजाजतपत्रवालालाई दिनु पर्नेछ ।
१०. रकम फिर्ता गर्नु पर्नेः इजाजतपत्रवालाले पाएको इजाजतपत्र ऐनको दफा १३ बमोजिम रद्द भएमा त्यसरी रद्द हुनु अघि वैदेशिक रोजगारका लागि कामदार पठाउन कसैबाट सेवा शुल्क वा कुनै रकम लिएको प्रमाणित भएमा त्यसरी लिएको रकम इजाजतपत्र रद्द भएको मितिले एक महिनाभित्र सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।
११. धरौटी रकम फिर्ता तथा बैङ्क ग्यारेण्टी फुकुवा हुनेः (१) ऐनको दफा १३ बमोजिम कुनै इजाजतपत्र रद्द भएमा इजाजतपत्रवालाले त्यस्तो इजाजतपत्र लिँदा राखेको धरौटी रकम फिर्ता पाउन वा बैङ्क ग्यारेण्टी फुकुवा गर्न विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा कसैलाई कुनै रकम तिर्न बुझाउन बाँकी रहेर रहेको व्यहोरा समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम निवेदन प्राप्त हुन आएमा विभागले त्यस्तो इजाजतपत्रवालाले पाएको इजाजतपत्र रद्द भई निजले राखेको धरौटी रकम फिर्ता गर्न वा बैङ्क ग्यारेण्टी फुकुवा गर्न माग हुन आएको व्यहोरा जनाई त्यस्तो इजाजतपत्रवालाले रोजगार बापत कसैबाट सेवा शुल्क वा कुनै रकम लिई वैदेशिक रोजगारमा पठाएको भए त्यस्तो सेवा शुल्क वा रकम फिर्ता नलि सबूत प्रमाण सहित दावी गर्न आउनु भनी पैंतीस दिनको म्याद दिई कम्तीमा दुईवटा राष्ट्रियस्तरको दैनिक पत्रिकामा तथा आवश्यकता अनुसार अन्य सञ्चार माध्यमद्वारा सूचना प्रकाशन वा प्रसारण गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रकाशित वा प्रसारित सूचनाको म्यादभित्र कसैको दावी पर्यो अनि सो दावी उपर जाँचबुझ गर्दाथ इजाजतपत्रवालाले वैदेशिक रोजगारका लागि रकम लिई वैदेशिक रोजगारमा नपठाएको प्रमाणित भएमा विभागले इजाजतपत्रवालालाई त्यस्तो रकम सम्बन्धित व्यक्तिलाई पुनः दिनभित्र फिर्ता गर्न आदेश दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको आदेशानुसार इजाजतपत्रवालाले रकम फिर्ता नगरेमा विभागले निजले राखेको धरौटी रकम वा बैङ्क ग्यारेण्टीको रकमबाट कट्टा गरी उपनियम (४) बमोजिम दावी गर्न आउने व्यक्तिलाई रकम भराई दिनु पर्नेछ ।
(६) उपनियम (३) बमोजिम प्रकाशित वा प्रसारित सूचनाको म्यादभित्र कसैको दावी नपरेमा वा दावी परी उपनियम (४) मा उल्लिखित म्यादभित्र त्यस्तो रकम इजाजतपत्रवालाले फिर्ता गरेमा विभागले बाँकी धरौटी रकम फिर्ता वा बैङ्क ग्यारेण्टी फुकुवा गरी दिनु पर्नेछ ।
(७) इजाजतपत्रवालाको धरौटी वा बैङ्क ग्यारेण्टीको रकमबाट रकम फिर्ता दिलाउन नपुग भएमा त्यस्तो नपुग हुने जनत रकम सञ्चालकबाट प्रचलित कानून बमोजिम भराई दिनु पर्नेछ ।
(८) उपनियम (२) बमोजिम सूचना प्रकाशन वा प्रसारण गर्दा लागेको खर्च सम्बन्धित इजाजतपत्रवालाको धरौटी वा बैङ्क ग्यारेण्टीको रकमबाट कट्टा गरिनेछ ।
परिरिच्छेद-४ पूर्व स्वीकृति र कामदार छनौट सम्बन्धी व्यवस्था
१२. पूर्व स्वीकृतिको लागि निवेदन दिनु पर्नेः इजाजतपत्रवालाले ऐनको दफा १५ को उपदफा (१) मा उल्लिखित विवरणका अतिरिक्त देहायका विवरणहरू खुलाई वैदेशिक रोजगारमा कामदार पठाउनको लागि पूर्व स्वीकृति प्राप्त गर्न अनुसूची-४ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछः-
(क) सञ्चालकले आफ्ना प्रतिनिधिलाई विभागमा गई यस सम्बन्धी काम गर्न दिएको अख्तियारीनामा,
(ख) विभागले जारी गरेको संस्थाको प्रतिनिधिको परिचयपत्रको प्रतिलिपि,
(ग) पूर्व स्वीकृति प्रदान गरेपछि प्रकाशन गर्नु पर्ने विज्ञापनको नमूना,
(घ) इजाजतपत्रको प्रतिलिपि, (ङ) इजाजतपत्रवालाले लिन पाउने सेवा शुल्क तथा प्रवर्द्धन खर्च ।
१२क. पूर्व स्वीकृतिको अवधिः ऐनको दफा १५ को उपदफा (२) बमोजिम इजाजतपत्रवालालाई दिइएको पूर्व स्वीकृति बढीमा दुई वर्ष कायम रहनेछ ।
तर इजाजतपत्रवालालाई प्राप्त भएको मागपत्र वा अन्य कागजातमा कामदारलाई वैदेशिक रोजगारमा पठाउने अवधि दुई वर्ष भन्दा कम उल्लेख भएको रहे छ भने सोही बमोजिम पूर्व स्वीकृतिको म्याद कायम रहेको मानिनेछ ।
१३. पूर्व स्वीकृति दिइने अवस्थाः ऐनको दफा १५ को उपदफा (३) मा उल्लिखित अवस्थाका अतिरिक्त देहायको अवस्थामा विभागले कामदार छनौट गर्दा पूर्व स्वीकृति दिने छः-
(क) पूर्व स्वीकृतिको लागि इजाजतपत्रवालाले पेश गरेका कागजातहरूमा उल्लिखित विवरण सच्चाएको, परस्पर बाझिएको, थपघट गरेको वा फेरफेर गरेको पाइएमा, (ख) विदेशस्थित नेपाली कुटिनयिक नियोग वा श्रम सहचारीले वैदेशिक रोजगार उपलब्ध गराउने मुलुक वा रोजगारदाता संस्थामा कामदार पठाउन उपयुक्त नहुने भनी विभागलाई लिखित जानकारी गराएमा ।
१४. विज्ञापन प्रकाशन गर्दा खुलाउनु पर्ने विवरणः ऐनको दफा १६ बमोजिम विज्ञापन प्रकाशन गर्दा देहायको विवरण खुलाउनु पर्नेछः-
(क) विभागबाट पूर्व स्वीकृति लिएको मिति र पत्र संख्या, (ख) इजाजतपत्रवालाको नाम, ठेगाना र इजाजतपत्र नम्बर, (ग) रोजगारदाता मुलुक तथा रोजगारदाता संस्थाको नाम र ठेगाना, (घ) कामदारको पद, (ङ) कामदारको माग संख्या,
(च) कामदारले गर्नु पर्ने कामको विवरण,
(छ) कामदारको आवश्यक न्यूनतम योग्यता,
(ज) कामदारले पाउने आवास तथा खाना सुविधा सम्बन्धी व्यवस्था,
(झ) कामदारले पाउने मासिक पारिश्रमिक,
(ञ) कामदारले गर्नु पर्ने दैनिक तथा साप्ताहिक कामको अवधि,
(ट) दरखास्त बुझाउनु पर्ने स्थान र अन्तिम मिति,
(ठ) कामदारको बीमा तथा स्वास्थ्य सुविधा सम्बन्धी व्यवस्था,
(ड) कामदार रोजगारमा जाँदा आउँदा लाग्ने हवाई टिकट खर्च सम्बन्धी व्यवस्था,
(ढ) कामदारले तिर्नु पर्ने सेवा शुल्क, प्रवर्द्धन खर्च समेतको कूल खर्च,
(ण) कामदार छनौट गर्ने तरिका, मिति र स्थान,
(त) ऐनको दफा ९ बमोजिम महिला, दलित, आदिवासी जनजाति, उत्पीडित वर्ग, पिछडिएको क्षेत्र तथा वर्ग एवं दुर्गम क्षेत्र तथा दैवीप्रकोप पीडित व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिमको संख्यामा आरक्षण प्रदान गरिएको संख्या,
(थ) विभागले तोकेका अन्य कुराहरू ।
१५. निवेदन दिनु पर्नेः नियम १४ बमोजिम विज्ञापन प्रकाशित भए पछि वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले आफ्नो योग्यता, तालिम र अनुभवको विवरण संलग्न गरी अनुसूची-५ बमोजिमको ढाँचामा इजाजतपत्रवाला समक्ष निवेदन दिनु पर्नेछ ।
१६. कामदार छनौट गर्ने आधारः (१) इजाजतपत्रवालाले नियम १५ बमोजिम परे आएका निवेदकहरूमध्येबाट देहायको आधारमा कामदारको छनौट गर्नु पर्नेछः-
(क) मागपत्रमा उल्लिखित योग्यता तथा तालिम र अनुभव,
(ख) निवेदकको उमेर तथा शारीरिक तन्दुरुस्ती,
(ग) दक्ष र अर्धदक्ष कामदारको हकमा सीपमूलक तालिम,
(घ) ऐनको दफा ९ बमोजिम महिला, दलित, आदिवासी जनजाति, उत्पीडित वर्ग, पिछडिएको क्षेत्र तथा वर्ग एवं दुर्गम क्षेत्र तथा दैवीप्रकोप पीडित व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिमको संख्यामा प्रदान गरिएको आरक्षण ।
(२) उपनियम (१) मा उल्लेखित आधारका अतिरिक्त कामदार छनौट गर्ने मापदण्ड तथा कार्यविधि सम्बन्धमा विभागले इजाजतपत्रवालालाई आवश्यक लिखित निर्देशन दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम दिएको निर्देशनको पालना गर्नु सम्बन्धित इजाजतपत्रवालाको कर्तव्य हुनेछ ।
परिच्छेद-५ कामदार पठाउने स्वीकृति सम्बन्धी व्यवस्था
१७. श्रम स्वीकृतिको निस्सा (स्टिकर) सम्बन्धी व्यवस्थाः ऐनको दफा १९ को उपदफा (१) बमोजिम इजाजतपत्रवालाले श्रम स्वीकृतिको निस्सा (स्टिकर) लगाउन विभाग समक्ष लेखी पठाउँदा देहायका विवरण समेत खुलाउनु पर्नेछः-
(क) कामदार छनौटको सूची,
(ख) कोषमा कामदारका तर्फबाट रकम बुझाएको भरपाई,
(ग) कामदारको राहदानी र प्रवेशाज्ञाको प्रतिलिपि,
(ग१) कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण,
(घ) विदेशी विमानस्थल प्रयोग गर्नु परेमा प्रस्थान बिन्दु र उडान तालिकाको विवरण,
(ङ) कामदार छनौट सम्बन्धमा परेको उजुरीमा विभागले दिएको निर्देशनको कार्यान्वयनको स्थिति,
▲ पाँचौ संशोधनद्वारा थप ।
(च) विभागले तोकेका अन्य कुराहरू ।
१७क. श्रम स्वीकृतिको निस्सा (स्टिकर) रद्द गर्न सकिनेः (१) ऐनको दफा १९ बमोजिम कुनै कामदारको राहदानीमा श्रम स्वीकृतिको निस्सा (स्टिकर) लगाइसकेपछि त्यस्तो कामदार वैदेशिक रोजगारीमा नजाने भई इजाजतपत्रवालालाई लिखित जानकारी गराएमा इजाजतपत्रवालाले त्यस्तो कामदारको श्रम स्वीकृतिको निस्सा (स्टिकर) रद्द गर्न सक्कल राहदानी सहित विभाग समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम परेको निवेदन उपर आवश्यक छानबिन गर्दाथ व्यवहार सही भएमा विभागले कामदारको राहदानीमा लगाई दिएको श्रम स्वीकृतिको निस्सा (स्टिकर) रद्द गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम श्रम स्वीकृतिको निस्सा (स्टिकर) रद्द गरेकोमा विभागले त्यस्तो स्थानमा छनोट भएको अर्को कामदारलाई वैदेशिक रोजगारमा पठाउन त्यस्तो कामदारको राहदानीमा श्रम स्वीकृतिको निस्सा (स्टिकर) लगाई दिन सक्नेछ ।
१७ख. स्वीकृति रद्द गर्न सकिनेः (१) ऐनको दफा २१ बमोजिम कुनै व्यक्तिलाई रोजगारको लागि विदेश जान स्वीकृति दिइसकेपछि वैदेशिक रोजगारीमा नजाने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो स्वीकृति रद्द गर्न सक्कल राहदानी सहित विभागसमक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम परेको निवेदन उपर आवश्यक छानबिन गर्दाथ व्यवहार मनासिब भएमा विभागले रोजगारको लागि विदेश जान दिएको स्वीकृति रद्द गर्न सक्नेछ ।
१७ग. पुनःश्रम स्वीकृति सम्बन्धी व्यवस्थाः (१) पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिले देहायका कागजात सहित विद्युतीय माध्यमबाट सम्बन्धित निकायमा निवेदन दिनु पर्नेछः-
(क) श्रम स्वीकृतिको प्रतिलिपि, (ख) राहदानीको प्रतिलिपि, (ग) अघिल्लो पटक र हाल प्राप्त गरेको प्रवेशाज्ञाको प्रतिलिपि,
$\square$ पहिलो संशोधनद्वारा थप । $\blacktriangle$ पाँचौँ संशोधनद्वारा थप ।
(घ) प्रवेशाज्ञाको अवधि बाँकी छँदै सम्बन्धित मुलुकको प्रचलित कानून बमोजिम रोजगारदाता परिवर्तन भएमा नयाँ रोजगारदातासँग गरेको करारनामाको प्रतिलिपि,
(ङ) करार अवधि समेट्ने गरी म्यादी जीवन बीमा गरेको प्रमाण,
(च) कोषमा रकम जम्मा गरेको प्रमाण ।
(२) उपनियम (१) बमोजिम परेको निवेदन सम्बन्धमा सम्बन्धित निकायले जाँचबुझ गरी एक पटकमा बढीमा दुई वर्षको लागि पुनः श्रम स्वीकृति दिन सक्नेछ ।
(३) गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति प्राप्त गर्दा सोको लागि सम्बन्धित कामदारले कोषमा जम्मा गर्नुपर्ने रकम र बीमा बापतको रकम सम्बन्धित गन्तव्य मुलुकको परिवर्तित विदेशी मुद्राको दरमा नेपाली कूटनीतिक नियोगमा वा विद्युतीय भुक्तानी प्रणालीको माध्यमबाट सम्बन्धित निकायमा बुझाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम नेपाली कूटनीतिक नियोगमा प्राप्त हुन आएको रकम सम्बन्धित नियोगले नाम नामेसी सहित नेपालस्थित सम्बन्धित निकायमा नियमित रूपमा पठाउनु पर्नेछ ।
१७घ. उजुरीको कारबाही सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा २१क. बमोजिम प्रमुख जिल्ला अधिकारी समक्ष परेको इजाजतपत्र प्राप्त संस्था उपरको उजुरी र उजुरी साथ पेश भएका कागज तथा प्रमाण समेत प्रमुख जिल्ला अधिकारीले विभागमा पठाई सोको जानकारी सम्बन्धित उजुुरकर्तालाई दिनु पर्नेछ ।
(२) नेपाली कूटनीतिक नियोगमा वैदेशिक रोजगार सम्बन्धी कुनै गुनासो वा उजुरी परेमा सम्बन्धित नियोगले त्यस्तो गुनासो वा उजुरी विभागमा पठाउनु पर्नेछ ।
१८. विदेशी विमानस्थल प्रयोग गर्ने सम्बन्धी व्यवस्था: (१) ऐनको दफा २२ को उपदफा (२) बमोजिम विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाउने स्वीकृतिको लागि विभाग समक्ष निवेदन दिँदा इजाजतपत्रवालाले देहायका विवरण संलग्न गर्नु पर्नेछ:-
(क) प्रस्तावित हवाई प्रस्थान बिन्दु र कामदारको उडान तालिका सहितको हवाई टिकट,
(ख) इजाजतपत्रवालाको तर्फबाट कामदारलाई हवाई प्रस्थान बिन्दुसम्म जाने व्यवस्था गरिएको परिचयपत्रवाला कर्मचारीको विवरण ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा आवश्यक छानबिन गरी विभागले इजाजतपत्रवालालाई विदेशी विमानस्थलबाट वैदेशिक रोजगारीमा कामदार पठाउने स्वीकृति दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम स्वीकृति लिई विदेशी विमानस्थल प्रयोग गर्न नेपाल बाहिर जाँदा इजाजतपत्रवालाको कर्मचारीले प्रस्थान बिन्दुको अध्यागमन कार्यालयमा कामदारको देहायको विवरण उल्लेख गरी दर्ता गराउनु पर्नेछ:-
(क) कामदारको नाम, थर र वतन,
(ख) वैदेशिक रोजगारीमा जान लागेको मुलुक ।
(४) उपनियम (३) बमोजिम दर्ता गराउँदा प्रस्थान बिन्दुको अध्यागमन कार्यालयमा देहायका कागजातहरू समेत पेश गर्नु पर्नेछ:-
(क) राहदानी र प्रवेशाज्ञाको प्रतिलिपि,
(ख) श्रम स्वीकृतिको निस्साको प्रतिलिपि र
(ग) कामदारको उडान तालिका सहितको हवाई टिकटको प्रतिलिपि ।
१९. बीमा सम्बन्धी अन्य व्यवस्था: (१) इजाजतपत्रवालाले वैदेशिक रोजगारमा कामदार पठाउँदा प्रचलित कानून बमोजिम मान्यता प्राप्त बीमकबाट बीमा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गराउँदा तिर्नु पर्ने प्रिमियम रकम र सोको भुक्तानी सम्बन्धी व्यवस्था बीमित र बीमकबीचि सम्झौता भए बमोजिम हुनेछ ।
(३) कुनै इजाजतपत्रवालाले कुनै कामदारसँग एउटा कम्पनीमा काम गर्ने गरी करार गरी सो भन्दा भिन्न कम्पनी वा काममा लगाएको कारण बीमा सम्बन्धी प्रिमियम र दायित्वमा फरक पर्ने भएमा त्यस्तो फरक परे जनत दायित्व इजाजतपत्रवालाले व्यहोर्नु पर्नेछ ।
(४) रोजगारदाता संस्था र कामदार बीचको करार अवधि समाप्त भइसकेपछि पुनः करार अवधि थप गर्दा उक्त करारमा बीमाको दायित्वको सम्बन्धमा उल्लेख गर्नु पर्नेछ ।
(५) करार अवधि समाप्त भइसकेपछि इजाजतपत्रवालाको सिफारिसमा पुनः करार अवधि र प्रवेशाज्ञाको म्याद थप गरिएकोमा सो अवधिको कामदारले बीमा सम्बन्धी दायित्व इजाजतपत्रवालाले व्यहोर्नु पर्नेछ ।
तर इजाजतपत्रवालाको सिफारिस बिना कामदारले करार अवधि र प्रवेशाज्ञाको म्याद थप गराई बसेमा सो अवधिको बीमा सम्बन्धी दायित्व इजाजतपत्रवालामा रहने छैन ।
परिच्छेद-६ तालिम सम्बन्धी व्यवस्था
२०. अभिमुखीकरण तालिम लिनु पर्नेः (१) वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व बोर्डले स्वीकृत गरेको पाठ्यक्रम अनुसार देहायको विषयमा अभिमुखीकरण तालिम लिनु पर्नेछः-
(क) नेपालको वैदेशिक रोजगार कानून सम्बन्धी, (ख) वैदेशिक रोजगारमा जाने मुलुकको भौगोलिक स्थिति, संस्कृति, रहन सिहन, आर्थिक, सामाजिक र राजनीतिक अवस्था सम्बन्धी, (ग) वैदेशिक रोजगारमा जाने मुलुकको भाषा सम्बन्धी, (घ) वैदेशिक रोजगारमा जाने मुलुकको श्रम, अध्यागमन कानून तथा ट्राफिक नियम सम्बन्धी,
(ङ) एच.आई.भी./एड्स, सरुवा रोग, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी,
(च) व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी,
(छ) सहज र सुरक्षित यात्रा सम्बन्धी,
(ज) कामदारको आचरण, व्यवहार र सुरक्षा सम्बन्धी,
(झ) विदेशमा कमाएको आय सरल, सहज र सुरक्षितरुपमा नेपाल पठाउने सम्बन्धी ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एकपटक अभिमुखीकरण तालिम लिई वैदेशिक रोजगारमा गएका कामदारले सोही मुलुकमा वैदेशिक रोजगारमा जाँदा पुनः अभिमुखीकरण तालिम लिनु पर्दैन ।
२१. अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले विभागमा विवरण पेश गर्नु पर्ने: (१) वैदेशिक रोजगारमा जाने कामदारलाई अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले तालिम प्रदान गर्नु अघि देहायको विवरण विभाग समक्ष पेश गर्नु पर्नेछः-
(क) तालिम लिने व्यक्तिको नामावली,
(ख) प्रशिक्षकको नाम ।
(२) अभिमुखीकरण तालिम प्रदान गरेपछि सो अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले तालिम लिएका व्यक्तिहरुको हाजिरी विवरण विभाग समक्ष पेश गर्नु पर्नेछ ।
२२. धरौटी र अनुमतिपत्र दस्तुर: वैदेशिक रोजगारमा जाने व्यक्तिलाई अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले अनुमतिपत्र लिँदा पाँच लाख रुपैयाँ नगद धरौटी र अनुमतिपत्र दस्तुर बापत दिजारुपैयाँ बुझाउनु पर्नेछ ।
२३. अनुमतिपत्रको अवधि र नवीकरण दस्तुर: (१) अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले प्राप्त गरेको अनुमतिपत्र एक आर्थिक वर्षसम्म मान्य हुनेछ । अनुमतिपत्र जुनसुकै मितिमा प्रदान गरिएको भए तापनि सो आर्थिक वर्षको अन्त्यमा त्यस्तो अनुमतिपत्रको अवधि समाप्त हुनेछ।
(२) अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र देहायका विवरण पेश गरी अनुमतिपत्र नवीकरण गराउन सक्नेछ:-
(क) अघिल्लो आर्थिक वर्षको प्रगति, (ख) संस्थाको भौतिक, वित्तीय र जनशक्ति, (ग) प्रचलित कानून बमोजिम अघिल्लो आर्थिक वर्षको कर दाखिला गरेको प्रमाण, (ग१) कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी अद्यावधिक गरेको विवरण र अघिल्लो आर्थिक वर्षसम्मको इजाजतपत्र नवीकरण गरेको प्रमाण, (घ) विभागले तोकेको अन्य आवश्यक विवरण ।
(३) उपनियम (२) बमोजिम अनुमतिपत्र नवीकरण गराउँदा दस्तुर तिर्नु पर्नेछ ।
(४) ऐन प्रारम्भ हुँदाका बखत अनुमति पाई तालिम सञ्चालन गरिरहेका संस्थाहरूले आफूले पाएको अनुमति नवीकरणको लागि यो नियमावली प्रारम्भ भएको मितिले एक वर्षभित्र विभागमा निवेदन दिन सक्ने र त्यस्तो निवेदन जाँचबुझ गर्दाथाहून विभागले त्यस्तो संस्थाको पूर्वाधार, जनशक्ति लगायत अन्य स्रोत साधन पर्याप्त देखेमा नियम २२ बमोजिमको धरौटी र अनुमतिपत्र दस्तुर नलिई त्यस्तो संस्थाको अनुमति नवीकरण गरि दिनु पर्नेछ । त्यसरी म्यादभित्र नवीकरण नगराउने इजाजतपत्रवालाले तालिम सञ्चालन व्यवसाय गर्न पाउने छैन ।
(५) उपनियम (२) र (४) बमोजिम अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र रद्द हुनेछ ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले ऐन तथा यस नियमावली विपरीत कुनै काम गरेको पाइएमा विभागले
त्यस्तो संस्थाको अनुमतिपत्र निश्चित अवधिसम्मको लागि निलम्बन गर्न वा रद्द गर्न सक्नेछ ।
(७) उपनियम (६) बमोजिम इजाजतपत्र रद्द गर्नु अघि विभागले सम्बन्धित संस्थालाई आफ्नो सफाइ पेश गर्ने मनासिव मौका दिनु पर्नेछ ।
*(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक र निजको एकाघर सगोलका परिवारका सदस्यले नियम २१ बमोजिमको संस्था सञ्चालन गर्न पाउने छैन ।
*(९) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ भएपछि एकाघर सगोलका परिवारका सदस्यको शेयर रहेको नियम २१ बमोजिमको एकभन्दा बढी संस्थालाई अनुमतिपत्र दिइने वा नवीकरण गरिने छैन ।
*(१०) यो नियम प्रारम्भ हुँदाका बखत उपनियम (९) बमोजिम एकाघर सगोलका परिवारका सदस्यको शेयर रहेको एकभन्दा बढी संस्था भएमा त्यस्ता संस्थाहरू एक आपसमा गाभेर सञ्चालन गर्न सकिनेछ ।
परिच्छेद-७ कोष सम्बन्धी व्यवस्था
२४. कामदारले कोषमा रकम जम्मा गर्नु पर्ने: वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारमा जानु अगाडि $\rightarrow$ करार अवधि तीन वर्षसम्मको भएमा एक हजार पाँच सय रुपैयाँ र तीन वर्षभन्दा बढीको भएमा दुई हजार पाँच सय रुपैयाँ कोषमा जम्मा गर्नु पर्नेछ ।
$\blacktriangleright$ २४क. सूचीकरण र नवीकरण दस्तुर वापतको रकम कोषमा जम्मा गर्नु पर्ने: नियम ४५क. बमोजिम स्वास्थ्य संस्थाले बुझाउनु पर्ने सूचीकरण शुल्क र नवीकरण शुल्क वापतको रकम कोषमा जम्मा गर्नु पर्नेछ ।
$\black upward$ पाँचौ संशोधनद्वारा थप । $\rightarrow$ तेस्रो संशोधनद्वारा संशोधित । $\blacktriangleright$ तेस्रो संशोधनद्वारा थप ।
२५. धरौटी रकमको परिचालन: (१) ऐनको दफा ११ को उपदफा (२) बमोजिम प्राप्त नगद धरौटी रकममध्ये नव्वे प्रतिशत रकम विभागले कुनै वाणिज्य बैंकमा मुद्दती खाता खोली जम्मा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मुद्दती खातामा जम्मा गरेको रकमबाट प्राप्त व्याजको पचहत्तर प्रतिशत रकम कोषमा जम्मा गरिनेछ ।
(३) उपनियम (१) बमोजिम मुद्दती खातामा जम्मा गरेको रकमबाट प्राप्त व्याजको पच्चीस प्रतिशत रकम विभागले वैदेशिक रोजगार व्यवसाय कोषको नाममा खाता खोली जम्मा गर्नेछ ।
(४) उपनियम (३) बमोजिमको कोषको नाममा रहेको रकम इजाजतपत्रवालाको व्यावसायिक क्षमता अभिवृद्धि तथा कल्याणकारी कार्य वा वैदेशिक रोजगार सम्बन्धी अध्ययन अनुसन्धानको कार्यमा उपयोग गरिनेछ ।
(५) उपनियम (४) बमोजिमको रकमको उपयोग गर्ने सम्बन्धमा मन्त्रालयले मापदण्ड बनाई लागू गर्नेछ ।
२६. कोषको प्रयोग: (१) ऐनको दफा ३३ मा उल्लिखित कार्यहरुका अतिरिक्त कोषको प्रयोग देहायका कार्यमा गरिनेछः-
(क) वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारबाट फकी आएका कामदारका परिवारको शैक्षिक विकासमा सहयोग गर्ने,
(ख) वैदेशिक रोजगारमा गएका कामदारको परिवारको स्वास्थ्य उपचारमा सहयोग गर्ने,
(ग) वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चाको उचित संरक्षणका लागि शिशु स्याहार केन्द्र स्थापना र सञ्चालन गर्ने,
(घ) रोजगारी गुमाई अलपत्र परेका वैदेशिक रोजगारमा गएका कामदारलाई उद्धार गरी सुरक्षित राख्नको लागि सुरक्षित गृह सञ्चालन गर्ने,
(ङ) दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि पूरा गर्न नसकी स्वदेश फर्केका वैदेशिक रोजगारमा गएका कामदारको लागि पुनःएकीकरण तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्ने,
(च) वैदेशिक रोजगारमा छनौट भएका महिलाले अभिमुखीकरण तालीम लिँदा नतिरेको शुल्क सोधभर्ना गर्ने,
(छ) कुनै कानूनी कारबाहीमा परेका वा कुनै अभियोग लागेका वैदेशिक रोजगारमा गएका कामदारका निमित्त सम्बन्धित देशमा कानूनी सहायता गर्ने,
(ज) करार अवधि समाप्त भएको कुनै वैदेशिक रोजगारमा गएको कामदारको मृत्यु भई शव अलपत्र परेमा त्यस्तो शव नेपाल ल्याउन,
(झ) कानूनी सजाय पाएको, दुर्घटनामा परेको वा बिरामी भएको कारणले आर्थिक अभाव भई स्वदेश फिर्ता हुन नसकी अलपत्र परेको वा कुनै कारणले स्वदेश फिर्ता गर्नु पर्ने ठहरिएको र करार अवधि समाप्त भएको दुई वर्ष ननाघेको वैदेशिक रोजगारमा गएको कामदारलाई स्वदेश ल्याउन,
(ञ) वैदेशिक रोजगारमा गएको कुनै कामदारको करार अवधिभित्र उपचारको क्रममा स्वदेश वा विदेशमा मृत्यु भएमा त्यस्तो मृतकको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन,
(ट) नियम ४३क. बमोजिम करारमा नियुक्त भएको कर्मचारीको लागि आवश्यक पर्ने पारिश्रमिक तथा सुविधा वापतको रकम भुक्तानी गर्ने,
(ठ) बोर्डको दैनिक कार्य सञ्चालन गर्ने,
(ड) श्रम सम्झौता तयारी सम्बन्धी कार्य गर्ने,
(ढ) वैदेशिक रोजगारमा गएका कामदारको स्थिति अध्ययन गर्ने,
(ण) वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तालीम कार्यक्रम सञ्चालन गर्ने,
(त) वैदेशिक रोजगार सम्बन्धी नीतिगत तथा कानूनी सुधारका कार्य गर्ने,
(थ) वैदेशिक रोजगार प्रवर्द्धन सम्बन्धी देहायका कार्य गर्ने, गराउने:-
(१) वैदेशिक रोजगार सम्बन्धी अध्ययन, अनुसन्धान, (२) अन्तर्राष्ट्रिय श्रम बजारको खोजी र अनुसन्धान, (३) वैदेशिक रोजगार सम्बन्धी सामग्रीको प्रकाशन, (४) वैदेशिक रोजगार सम्बन्धी जनचेतनामूलक कार्यक्रमको सञ्चालन, (५) वैदेशिक रोजगार सम्बन्धी सूचना केन्द्रको स्थापना तथा सञ्चालन ।
(२) उपनियम (१) को खण्ड (ठ) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डको कार्य सञ्चालन खर्च बोर्डले वार्षिक रुपमा आर्जन गरेको ब्याज रकमको पच्चीस प्रतिशतभन्दा बढी हुने छैन ।
(३) उपनियम (१) को खण्ड (थ) बमोजिम वैदेशिक रोजगार प्रवर्द्धन सम्बन्धी कार्यको लागि कोषको रकम प्रयोग गर्दा बोर्डबाट स्वीकृत वार्षिक कार्ययोजनाको सीमाभित्र रही गर्नु पर्नेछ।
२७. कोषको सञ्चालनः (१) कोषमा जम्मा गरिने रकम बोर्डले तोकेको कुनै वाणिज्य बैंकमा जम्मा गरिनेछ ।
(२) कोषको खाताको सञ्चालन कार्यकारी निर्देशक र बोर्डको लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
(३) कोषको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राख्नु पर्नेछ ।
(४) कोषको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुनेछ ।
२८. आर्थिक सहायता उपलब्ध गराइनेः (१) ऐन वा यस नियमावली बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएको कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु भएमा मृत्यु भएको एक वर्षभित्र मृत्यु भएको प्रमाणित हुने कागजात सहित मृतकको निजको हकवालाले आर्थिक सहायताको लागि बोर्डमा निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक छानबिन गर्दाथ व्यवहार मनासिब देखिएमा बोर्डले मृतक कामदारको हकवालालाई कोषबाट दश लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउनेछ ।
(३) ऐन वा यस नियमावली बमोजिम वैदेशिक रोजगारमा गएको कुनै कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले अङ्गभङ्ग भएमा वा निज गम्भीर बिरामी भएमा त्यस्तो कामदार विदेशमा अङ्गभङ्ग वा गम्भीर बिरामी भएकोमा स्वदेश फिर्ता भएको एक वर्षभित्र र स्वदेशमा अङ्गभङ्ग वा गम्भीर बिरामी भएकोमा सोको एक वर्षभित्र देहायको विवरण संलग्न गरी आर्थिक सहायताको लागि बोर्ड समक्ष निवेदन दिन सक्नेछ ।
(क) करारको प्रतिलिपि, (ख) अङ्गभङ्ग वा गम्भीर बिरामी भएको प्रमाणित गर्ने अस्पतालको सिफारिस वा प्रेस्क्रिप्सन ।
(३क) उपनियम (३) बमोजिम आर्थिक सहायताको लागि निवेदन प्राप्त भएमा बोर्डले त्यस्तो निवेदन उपर आवश्यक जाँचबुझ गरी सिफारिस गर्न विशेषज्ञ समितिमा पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विशेषज्ञ समितिले निवेदकबाट पेश गरिएको अस्पतालको प्रिस्किप्सन, अङ्गभङ्ग वा गम्भीर बिरामीको प्रकृति र मात्राको आधारमा निवेदकलाई सात लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउनुं बोर्ड समक्ष सिफारिस गर्नेछ ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “गम्भीर बिरामी” भन्नाले शल्यक्रिया गर्नु पर्ने भई वा लामो समयसम्म औषधि सेवन गर्नु पर्ने गरी बिरामी भएका कारण करार बमोजिमको कार्य गर्न नसक्ने भनी स्वीकृत चिकित्सकले प्रमाणित गरेको बिरामी सम्झनु पर्छ।
(५) उपनियम (४) बमोजिम विशेषज्ञ समितिबाट आर्थिक सहायताको लागि सिफारिस भई आएमा बोर्डले सात दिनभित्र कोषबाट त्यस्तो आर्थिक सहायताको रकम सम्बन्धित निवेदकलाई उपलब्ध गराउनु पर्नेछ ।
(५क) कसैले उपनियम (३) बमोजिमको सुविधा लिएको कारणबाट मात्र उपनियम (२) बमोजिमको सुविधा प्राप्त गर्न बाधा पर्दैन ।
(६) वैदेशिक रोजगारमा गएको कुनै कामदारको कुनै कारणले मृत्यु भएमा वा अङ्गभङ्ग वा बिरामी भएमा त्यस्तो मृतकको हकवाला वा अङ्गभङ्ग वा बिरामी परेको कामदारले आर्थिक सहायताको लागि बोर्डमा निवेदन दिएमा त्यस्तो हकवाला वा कामदारले यस नियम बमोजिमको आर्थिक सहायता नपाउने भएमा बोर्डले त्यस्तो हकवाला वा कामदारलाई कोषबाट एकमुष्ठ पच्चीस हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउन सक्नेछ ।
(७) यस नियम बमोजिम दिइने निवेदन सम्बन्धित स्थानीय तह मार्फत समेत दिन सकिनेछ । यसरी निवेदन परेमा स्थानीय तहले सात दिन भित्र प्राप्त कागजात र
प्रमाणसहित त्यस्तो निवेदन बोर्डमा पठाई सोको जानकारी सम्बन्धित निवेदकलाई दिनु पर्नेछ ।
*(८) यस नियम बमोजिम बोर्डले आर्थिक सहायता रकम उपलब्ध गराउँदा सम्बन्धित व्यक्ति वा निजको हकवालाको बैङ्क खातामा जम्मा गर्नु पर्नेछ ।
२८क. शव लैजान सहयोग गर्नेः श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएको कामदारको शव नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट निजको घर ठेगानासम्म लैजान बोर्डले सहयोग गर्नेछ ।
परिच्छेद-८ बोर्ड र कार्यकारी निर्देशक सम्बन्धी व्यवस्था
२९. बोर्डको अन्य काम, कर्तव्य र अधिकारः ऐनको दफा ३९ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) वैदेशिक रोजगारको अवसर तथा जोखिम बारे अध्ययन अनुसन्धान गर्ने, गराउने,
(ख) वैदेशिक रोजगार सम्बन्धी चेतनामूलक कार्यक्रमहरू रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाद्वारा नियमित रूपमा प्रसारण तथा प्रकाशन गर्ने, गराउने,
(ग) कामदारको सामाजिक सुरक्षा रणनीति तथा कार्य योजना तयार गर्ने, गराउने,
(घ) वैदेशिक रोजगारमा गएका $\text{※}$ कामदारका निमित्त सुरक्षित गृहको स्थापना गरी सञ्चालन गर्ने, गराउने,
$\text{*} \quad$ पाँचौ संशोधनद्वारा थप । $\blacktriangleright \quad$ तेस्रो संशोधनद्वारा थप । $\text{※} \quad$ तेस्रो संशोधनद्वारा झिकिएको ।
(ङ) वैदेशिक रोजगारीको क्रममा शारीरिक वा मानसिक यातनाको कारणले पीडित भएका वा मानसिक सन्तुलन बिग्रि स्वदेश फिर्ता भएका कामदारलाई निजले चाहेमा बढीमा तीन महिनासम्म सुरक्षित गृहमा राखी उपचार तथा मनोवैज्ञानिक परामर्श सेवा प्रदान गर्ने वा गराउने, (च) सरकारी वा गैरसरकारी संस्थाको साझेदारी वा सहकार्यमा सुरक्षित गृह, मनोवैज्ञानिक परामर्श सेवा तथा उपचार कार्यक्रम सञ्चालन गर्ने वा गराउने ।
२९.क. योजना, कार्यक्रम तथा बजेट तर्जुमा समिति: (१) बोर्डको अल्पकालिन वा दीर्घकालिन योजना, कार्यक्रम वा बजेट तर्जुमा गर्न देहाय बमोजिमको योजना, कार्यक्रम तथा बजेट तर्जुमा समिति रहनेछः-
(क) सचिव, मन्त्रालय -संयोजक (ख) अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने बोर्डको सदस्य -सदस्य (ग) महानिदेशक, विभाग -सदस्य (घ) वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष -सदस्य (ङ) कार्यकारी निर्देशक, बोर्ड -सदस्य
(२) उपनियम (१) बमोजिमको समितिले आगामी आर्थिक वर्षको निमित्त योजना, वार्षिक कार्यक्रम वा बजेट तर्जुमा गरी प्रत्येक आर्थिक वर्षको चैत्र मसान्तभित्र स्वीकृतिको निमित्त बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
३०. कार्यकारी निर्देशकको योग्यताः कार्यकारी निर्देशकको पदमा नियुक्ति हुन देहाय बमोजिमको योग्यता पुगेको व्यक्ति हुनु पर्नेछः-
(क) नेपाली नागरिक,
(ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, कानुन, व्यवस्थापन, जनप्रशासनमध्ये कुनै एक विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको,
(ग) पैंतीस वर्ष पूरा भएको,
(घ) सरकारी वा गैरसरकारी संस्थामा कम्तीमा अधिकृतस्तरको पदमा दश वर्षको कार्य गरेको,
(ङ) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको,
(च) तत्काल राजनीतिक दल वा संगठनको सदस्य नरहेको,
(छ) मगज नभएको ।
३१. कार्यकारी निर्देशकको पदपूर्तितः (१) कार्यकारी निर्देशकको पदपूर्तिका लागि मन्त्रालयको सचिवको अध्यक्षतामा लोक सेवा आयोग र सामान्य प्रशासन मन्त्रालयको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको प्रतिनिधी रहेको एक पदपूर्ति समिति रहनेछ ।
(२) उपनियम (१) बमोजिमको पदपूर्ति समितिले पदपूर्तिका लागि सिफारिस गर्दा लोक सेवा आयोगद्वारा निर्धारित कार्यविधि अपनाउनु पर्नेछ ।
३२. पद रिक्त हुने अवस्थाः कार्यकारी निर्देशकको पद देहायका अवस्थामा रिक्त भएको मानिनेछः-
(क) निजले नेपाल सरकार समक्ष राजीनामा दिएमा,
(ख) निजको पदावधि पूरा भएमा,
(ग) निजको मृत्यु भएमा,
(घ) नियम ३० बमोजिमको योग्यता नरहेमा ।
३३. कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्नेः कार्यकारी निर्देशकले बोर्डको हित विपरीत कुनै कार्य गरेको वा खराब आचरण, इमानदारीपूर्वक कर्तव्य पालन नगरेको वा कार्यक्षमताको अभाव भएको आधारमा निजलाई नेपाल सरकारले जुनसुकै बखत कार्यकारी निर्देशकको पदबाट हटाउन सक्नेछ ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट बञ्चित गरिने छैन ।
३४. कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त र सुविधाः कार्यकारी निर्देशकको मासिक पारिश्रमिक नेपाल सरकारको राजपत्रङ्कित प्रथम श्रेणीका अधिकृतले पाए सरिहरूको हुनेछ र निजले पाउने अन्य सुविधा नेपाल सरकारले तोकिए बमोजिम हुनेछ ।
३५. कार्यकारी निर्देशकको अन्य काम, कर्तव्य र अधिकारः ऐनको दफा ४१ को उपदफा (५) मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त कार्यकारी निर्देशकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) बोर्डको दैनिक कार्य सञ्चालन गर्ने, (ख) ................... (ग) बोर्डको अध्यक्षले तोकेको समय, मिति र स्थानमा बोर्डको बैठक बोलाउने, (घ) बोर्डले तोकेका अन्य कार्यहरू ।
परिच्छेद-९ ............
परिच्छेद-१० विविध
४३. श्रम सहचारी नियुक्ति सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा ६८ को उपदफा (१) बमोजिम श्रम सहचारी नियुक्ति गर्दा एक हजार वा सो भन्दा बढी महिला कामदार पठाइएका मुलुकमा योग्यता पुगेका महिला अधिकृतहरू मध्येबाट श्रम सहचारी नियुक्ति गर्न सकिनेछ ।
(२) श्रम सहचारीको नियुक्ति स्वीकृत मापदण्डको आधारमा गरिनेछ ।
(३) श्रम सहचारीको नियुक्ति गर्दा निजको दरबन्दी मन्त्रालयमा राखी परराष्ट्र मन्त्रालयमा काजमा पठाइनेछ ।
(४) नेपालको राजदुतावास भएको मुलुकको लागि नियुक्त श्रम सहचारीलाई त्यस्तो मुलुकस्थित नेपाली राजदुतावास प्रमुखले राजदुतावासको क्षेत्राधिकारभित्र पर्ने अन्य मुलुकमा समेत नेपाली कामदारको श्रमसँग सम्बन्धित काम गर्ने गरी खटाउन सक्नेछ ।
(५) श्रम सहचारी आफ्नो दैनिक कार्य सम्पादनोको लागि सम्बन्धित राजदुतावास प्रमुखप्रति उत्तरदायी रहनेछ ।
(६) श्रम सहचारीको पदमान तथा सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
(७) श्रम सहचारीले त्रैमासिक रुपमा आफूले सम्पादन गरेको काम कारबाहीको प्रतिवेदन मन्त्रालय र परराष्ट्र मन्त्रालयमा पठाउनु पर्नेछ ।
४३क. स्थानीय कर्मचारी करारमा नियुक्त गर्न सक्नेः विदेशी मुलुकमा रहेका नेपाली कुटिनितिक नियोगबाट जनशक्तिको अभावका कारण श्रमसँग सम्बन्धित सेवा प्रवाह गर्न कठिनाइ भई थप जनशक्ति माग भएमा परराष्ट्र मन्त्रालयको सिफारिसमा बोर्डको निर्णय अनुसार नियोगले स्थानीय व्यक्तिलाई प्रचलित कानून बमोजिम बढीमा एक वर्षका लागि सेवा करारमा नियुक्त गर्न सक्नेछ ।
४४. आय आर्जन स्वदेश फिर्ता गरे बापत सुविधा प्रदान गर्नेः ऐनको दफा ६९ को उपदफा (३) बमोजिम कुनै नेपाली कामदारले आफूले कमाएको रकम बैङ्क वा बैंकिङ्ग सेवा प्रदान गर्ने संस्था वा कम्पनी मार्फत स्वदेश फिर्ता पठाएमा त्यस्तो कामदारलाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको सुविधा प्रदान गर्नेछ ।
४५. इजाजतपत्रवालालाई पुरस्कृत गर्ने मापदण्डः (१) ऐनको दफा ७१ बमोजिम नेपाल सरकारले उत्कृष्ट इजाजतपत्रवालालाई नियम ३ मा उल्लिखित आधार बमोजिम बोर्डको सिफारिसमा पुरस्कृत गर्नेछ ।
(२) उपनियम (१) बमोजिम पुरस्कृत भएको इजाजतपत्रवालालाई एक पटक पुरस्कृत भएपछि सामान्यतया अर्को तीन वर्षभित्र पुरस्कृत गरिने छैन ।
४५क. स्वास्थ्य संस्था सूचीकरण सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा ७२ को उपदफा (१) को प्रयोजनका लागि स्वास्थ्य संस्था सूचीकरण गर्न मन्त्रालयले "दश दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्रकाशन भएपछि इच्छुक स्वास्थ्य संस्थाले सो सूचनामा तोकिएको अवधिभित्र सूचीकरणको लागि देहायका कागजात सहितको विवरण संलग्न गरी मन्त्रालयमा निवेदन दिनु पर्नेछः-
(क) संस्थाको दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
(ख) स्वास्थ्य मन्त्रालयबाट प्राप्त स्वास्थ्य संस्था सञ्चालन स्वीकृतिपत्रको प्रमाणित प्रतिलिपि,
(ग) करचुक्ता प्रमाणपत्र तथा स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,
(घ) मन्त्रालयले तोकेको विवरण ।
(३) उपनियम (२) बमोजिम निवेदन सहितको कागजात प्राप्त भएमा मन्त्रालयले सो निवेदन जाँचबुझ गरी सिफारिस गर्न विशेषज्ञ समितिमा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त निवेदन सहितको कागजात जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विशेषज्ञ समितिले त्यस्तो स्वास्थ्य संस्थाको नाम सूचीकरणको लागि मन्त्रालय समक्ष सिफारिस गर्नेछ ।
(५) उपनियम (४) बमोजिम विशेषज्ञ समितिबाट प्राप्त सिफारिस मनासिब देखिएमा मन्त्रालयले त्यस्तो स्वास्थ्य संस्थाको नाम सूचीकरण गरी सार्वजनिक गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम सूचीकरण हुने स्वास्थ्य संस्थाले वैदेशिक रोजगार विभागमा पाँच लाख रुपैयाँ नगद धरौटी जम्मा गर्नु पर्ने र बोर्डको खातामा सूचीकरण शुल्क बापत पच्चीस हजार रुपैयाँ बुझाउनु पर्नेछ ।
➢ तेस्रो संशोधनद्वारा थप । $\rho$ चौथो संशोधनद्वारा संशोधित ।
(७) यो उपनियम प्रारम्भ हुँदाका बखत मन्त्रालयमा सूचिकृत भई सकेका स्वास्थ्य संस्थाले यो उपनियम प्रारम्भ भएको मितिले तीन महिनाभित्र उपनियम (६) बमोजिमको नपुग धरौटी बापतको रकम जम्मा गर्नु पर्नेछ ।
(८) सूचिकृत भएका स्वास्थ्य संस्थाले प्रत्येक आर्थिक वर्षमा पौष मसान्तभित्र पाँच हजार रुपैयाँ नवीकरण दस्तुर बुझाई सूचीकरण नवीकरण गर्नु पर्नेछ ।
(९) नेपाल सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट गराउदा यस नियममा भएको व्यवस्थाले बाधा पुग्ने छैन ।
४५ख. गन्तव्य मुलुक विशेषको लागि मात्र संस्था छनौट गर्न सकिनेः नेपाल सरकार र कुनै गन्तव्य मुलुकबीच भएको सम्झौतामा स्वास्थ्य परीक्षण सम्बन्धमा छुट्टै व्यवस्था भएको भए सो बमोजिम अतः गन्तव्य मुलुकमा मात्र रोजगारीको लागि जाने कामदारको स्वास्थ्य परीक्षण गर्न प्रयोजिको लागि मन्त्रालयमा सूचिकृत स्वास्थ्य संस्थाहरुमध्येबाट छनौट गर्न यस नियमावलीमा भएको व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।
४६. विशेषज्ञ समिति: (१) ऐनको दफा ७२ को उपदफा (३) बमोजिम गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको हो होइन भन्ने सम्बन्धमा निर्णय गर्न देहाय बमोजिम विशेषज्ञ समिति रहनेछः-
(क) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको एघारौं वा बाह्रौं तहको चिकित्सक - अध्यक्ष
(ख) नेपाल मेडिकल काउन्सिलले तोकेको चिकित्सक - सदस्य
(ग) मन्त्रालयको कानून अधिकृत - सदस्य
(ग१) वैदेशिक रोजगार बोर्डको निर्देशक - सदस्य
(घ) नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष वा प्रतिनिधि - सदस्य
/ पाँचौँ संशोधनद्वारा संशोधित । x चौथो संशोधनद्वारा थप । ► तेस्रो संशोधनद्वारा थप ।
(ङ) वैदेशिक रोजगारबाट फर्किआएका व्यक्तिहरूमध्येबाट श्रम तथा यातायात व्यवस्था मन्त्रालयले तोकेको व्यक्ति - सदस्य
(च) आधिकारिक ट्रेड युनियनको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि एकजना - सदस्य
(२) उपनियम (१) बमोजिम गठित विशेषज्ञ समितिले आवश्यक देखेमा सम्बन्धित विषयको विशेषज्ञलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गरी राय परामर्श लिन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम गठित विशेषज्ञ समितिको अध्यक्ष र सदस्यले बोर्डद्वारा तोकिए बमोजिमको बैठक भत्ता पाउनेछन् ।
(४) उपनियम (१) बमोजिम गठित विशेषज्ञ समितिले ऐन वा यस नियमावली बमोजिम आफूले गर्नु पर्ने कुनै काम गर्न सम्बन्धित विषयको विशेषज्ञहरू भएको उपसमिति गठन गर्न सक्नेछ ।
(५) उपनियम (१) बमोजिम गठित विशेषज्ञ समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।
(६) उपनियम (१) बमोजिमको विशेषज्ञ समितिको सचिवालयको काम मन्त्रालयको कानून शाखाले गर्नेछ ।
४६क. विशेषज्ञ समितिको काम, कर्तव्य र अधिकारः विशेष समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट कामदारको गलत स्वास्थ्य परीक्षण गरी प्रतिवेदन दिएको हो वा होइन भन्ने सम्बन्धमा निर्णय गर्ने,
(ख) स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थाहरुको सूचीकरण गर्न वा सूचीकृत स्वास्थ्य संस्थाको सूचीकरण खारेज गर्न मन्त्रालयलाई सिफारिस गर्ने,
(ख१) नियम २८ बमोजिम आर्थिक सहायताको लागि परेका निवेदन उपर आवश्यक छानबिन गरी सिफारिस गर्ने,
(ग) वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सूचीकृत स्वास्थ्य संस्थाको कामकाजको चौमासिक प्रतिवेदन तयार गरी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गर्ने ।
४६ख. खर्च फिर्ता पाउन निवेदन दिनु पर्नेः (१) ऐनको दफा ७२ को उपदफा (१) बमोजिम स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराई वैदेशिक रोजगारमा गएको कामदार स्वास्थ्यको कारणबाट अयोग्य भई स्वदेश फर्कनु परेमा उपनियम (२) बमोजिमका कागजात सहित वैदेशिक रोजगारमा जाँदा र फिर्ता हुँदा लागेको खर्च फिर्ता पाउन स्वदेश फिर्ता भएको व्यक्तिले देहाय निम्निथ मन्त्रालय, विभाग, बोर्ड वा वैदेशिक रोजगार सम्बन्धी कामकाज गर्न अधिकार प्राप्त श्रम तथा रोजगार कार्यालयमा निवेदन दिन सक्नेछ ।
तर गन्तव्य मुलुकसित भएको दुई पक्षीय सम्झौता वा सहमतिमा उल्लेख भएको विषयमा सोही बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा देहाय बमोजिमको कागजात संलग्न गर्नु पर्नेछः-
(क) विदेशमा स्वास्थ्य परीक्षण गराएको सक्कल रिपोर्ट वा सोको प्रमाणित प्रतिलिपि,
(ख) स्वास्थ्यका कारणले वैदेशिक रोजगारबाट फर्कनु परेको प्रमाणित गर्ने कागजात,
(ग) आतेजाते हवाई टिकटको प्रतिलिपि र बोर्डिङ पासको निस्सा,
(घ) राहदानी प्रतिलिपि,
(ङ) विशेषज्ञ समितिले माग गरेका अन्य कागजातहरु ।
➢ (२क) उपनियम (२) को खण्ड (क) बमोजिमको स्वास्थ्य परीक्षण सम्बन्धी रिपोर्ट नियम ४५क. बमोजिमको सूचीकृत स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरेको नवौँ दिनभित्र गराएको हुनुपर्नेछ ।
➢ (२ख) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गरी सिफारिस गर्न मन्त्रालयले त्यस्तो निवेदन सहितको कागजात विशेषज्ञ समितिमा पठाउनु पर्नेछ ।
(३) विशेषज्ञ समितिले सम्बन्धित स्वास्थ्य संस्था तथा निवेदकसाँग आवश्यकता अनुसार थप कागज प्रमाण माग गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम माग गरेको कागज, प्रमाण निवेदक तथा सम्बन्धित संस्थाले विशेषज्ञ समितिलाई उपलब्ध गराउनु पर्नेछ ।
(५) यस नियम बमोजिम आते जाते खर्च दावी गर्ने व्यक्तिको त्यस्तो खर्च नलिँदै मृत्यु भएमा निजको मृत्यु भएको पैँतीस दिनभित्र निजको कानून बमोजिमको हकवालाले फिर्ता पाउन यस नियम बमोजिम निवेदन दिन सक्नेछ ।
➢ (६) उपनियम (१) वा (५) बमोजिम परेको निवेदन जाँचबुझ गर्दा कुनै स्वास्थ्य संस्थाले गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको ठहरेमा विशेषज्ञ समितिले सो व्यहोराको सिफारिस मन्त्रालयमा पठाउनु पर्नेछ ।
➢ (७) उपनियम (६) बमोजिम सिफारिस प्राप्त भएमा मन्त्रालयले सम्बन्धित कामदारको वैदेशिक रोजगारमा जाँदा र फिर्ता हुँदा लागेको खर्च पन्ध्र दिनभित्र उपलब्ध गराउन सम्बन्धित स्वास्थ्य संस्थालाई लेखी पठाउनु पर्नेछ ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “जाँदा र फिर्ता हुँदा लागेको खर्च” भन्नाले स्वास्थ्य परीक्षण शुल्क, भिसा शुल्क, विदेश जाँदा र विदेशबाट फर्काँदाको हवाई टिकट बापतको रकम, निःशुल्क भिसा र टिकट लागू भएको मुलुकको हकमा नेपाल सरकारले
तोकेको सेवा शुल्क र निःशुल्क भिसा र टिकट लागू भएको मुलुकको हकमा नेपाल सरकारले तोके बमोजिमको हदमसम्म कामदारले तिरेको रकम सम्झनु पर्छ ।
(८) उपनियम (७) बमोजिम मन्त्रालयबाट लेखी आएमा स्वास्थ्य संस्थाले त्यस्तो खर्च पनि दिनुहुन सम्बन्धित कामदारलाई उपलब्ध गराउनु पर्नेछ ।
(९) उपनियम (७) बमोजिमको अवधिभित्र कुनै स्वास्थ्य संस्थाले त्यस्तो खर्च उपलब्ध नगराएमा सम्बन्धित कामदारले सो विषयमा मन्त्रालय समक्ष निवेदन दिन सक्नेछ ।
(१०) उपनियम (९) बमोजिम परेको निवेदन जाँचबुझ गर्दा मनासिब देखिएमा मन्त्रालयले सो स्वास्थ्य संस्थाले जम्मा गरेको धरौटीबाट वैदेशिक रोजगारमा गएको कामदारलाई त्यस्तो खर्च भराई दिन विभागमा लेखी पठाउनु पर्नेछ । यसरी लेखी आएमा विभागले सम्बन्धित स्वास्थ्य संस्थाको धरौटीबाट रकम भराई त्यस्तो स्वास्थ्य संस्थाबाट सो रकम सोधिर्खा गराउनु पर्नेछ ।
(११) उपनियम (१०) बमोजिम विभागमा लेखी आएकोमा विभागले स्वास्थ्य संस्थाको धरौटी कट्टा, सोधिर्खा तथा धरौटी फिर्ता गर्दा ऐन तथा यस नियमावली बमोजिम इजाजतपत्रवालाको धरौटी कट्टा, सोधिर्खा तथा धरौटी फिर्ता गर्दा अवलम्बन गरिने प्रक्रिया अवलम्बन गर्नु पर्नेछ ।
(१२) उपनियम (१०) बमोजिम धरौटी रकम सोधिर्खा नगर्ने स्वास्थ्य संस्थालाई मन्त्रालयले नियम ४५क. बमोजिमको सूचीबाट हटाई खर्च भराउन धरौटीबाट नपुगेको रकम त्यस्तो स्वास्थ्य संस्थाबाट भराई दिन प्रचलित कानून बमोजिम आवश्यक कारबाही गर्नेछ ।
४७. शाखा कार्यालय खोल्ने सम्बन्धी व्यवस्थाः (१) इजाजतपत्रवालाले जुन मुलुकमा कामदार पठाएको छ सो मुलुकमा शाखा कार्यालय खोल्न चाहेमा सोको स्वीकृतिको लागि देहायको विवरण खुलाई विभाग समक्ष निवेदन दिनु पर्नेछः-
(क) शाखा कार्यालय खोल्ने मुलुक र स्थान,
(ख) शाखा कार्यालय सञ्चालनको विस्तृत कार्य योजना तथा भौतिक पूर्वाधार तथा जनशक्ति विवरण,
(ग) शाखा कार्यालय खोल्न चाहेको मुलुकमा कम्तीमा पचास सय जना नेपाली कामदारलाई रोजगारीमा पठाई कार्यरत रहेको विवरण,
(घ) शाखा कार्यालय सञ्चालन गर्ने प्रमुख व्यक्तिले कम्तीमा स्नातकोत्तर प्राप्त गरेको प्रमाणपत्र र निजको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि,
(ङ) शाखाको काम कानुनसम्मत ढाँगबाट सम्पादन गर्ने कुरा सुनिश्चित गर्न पाँच लाख रुपैयाँ धरौटी राखेको रसिद ।
(२) इजाजतपत्रवालाले मुलुकनित्र शाखा कार्यालय खोल्न चाहेमा सोको स्वीकृतिको लागि देहायको विवरण खुलाई विभाग समक्ष निवेदन दिनु पर्नेछः-
(क) शाखा कार्यालय खोल्ने स्थान,
(ख) शाखा कार्यालय सञ्चालनको विस्तृत कार्ययोजना तथा भौतिक पूर्वाधार तथा जनशक्ति विवरण,
(ग) इजाजतपत्रवालाका कर्मचारीहरुमध्ये शाखा कार्यालय सञ्चालन गर्ने प्रमुख व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
(घ) शाखाको काम कानुनसम्मत ढाँगबाट सम्पादन गर्ने कुरा सुनिश्चित गर्न पाँच लाख रुपैयाँ धरौटी राखेको रसिद ।
(२क) इजाजतपत्रवालाले शाखा खोल्न दिएको शर्त पालना नगरेमा वा कुनै गैरकानूनी काम गरेमा उपनियम (१) को खण्ड (ङ) वा उपनियम (२) को (घ) बमोजिम राखेको धरौटी जफत भई थप कारबाही हुनेछ ।
$\square$ पहिलो संशोधनद्वारा थप । $\blacktriangle$ पाँचौँ संशोधनद्वारा थप । $/$ पाँचौँ संशोधनद्वारा संशोधित ।
(२ख) यो उपनियम प्रारम्भ भएपछि उपनियम (१) वा (२) बमोजिम शाखा कार्यालय खोल्ने निवेदन दिँदा उक्त शाखा प्रमुखको रुपमा कार्य गर्ने इजाजतपत्रवालाको पूर्णकालीन कर्मचारी वा प्रतिनिधिको विवरण तथा त्यस्तो कर्मचारी वा प्रतिनिधिले नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर नभएको सिफारिस समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम प्राप्त निवेदन उपर विभागले आवश्यक जाँचबुझ गर्दा निवेदकको माग बमोजिम शाखा कार्यालय खोल्न दिन मनासिब देखेमा शाखा कार्यालय खोल्न स्वीकृति दिन सक्नेछ ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका बखत शाखा कार्यालय खोलेका इजाजतपत्रवालाले यो नियम प्रारम्भ भएको तीन महिनाभित्र उपनियम (१) को खण्ड (ङ) वा उपनियम (२) को खण्ड (घ) मा उल्लिखित रकम धरौटी राख्नु पर्नेछ ।
४८. प्रतिनिधि (एजेन्ट) नियुक्ति सम्बन्धी व्यवस्थाः (१) .......
(२) .......
(३) ........
(४) कुनै इजाजतपत्रवालाले जुन मुलुकमा कामदार पठाएको छ सो मुलुकमा कुनै प्रतिनिधि नियुक्ति गर्न चाहेमा प्रतिनिधि नियुक्ति गर्न प्रस्ताव गरिएको व्यक्तिको व्यक्तिगत विवरण खुलाई विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम विदेशमा प्रतिनिधि नियुक्ति गर्नको लागि प्रस्ताव गरिएको व्यक्तिको योग्यता देहाय बमोजिम हुनु पर्नेछः-
(क) नेपाली नागरिक, (ख) कम्तीमा स्नातककोपाधि हासिल गरेको, (ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको ।
$\square$ पहिलो संशोधनद्वारा थप । $\otimes$ पाचौँ संशोधनद्वारा खारेज गरिएको ।
(६) उपनियम (४) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा इजाजतपत्रवालाको माग मनासिब देखेमा विभागले निजसँग दुईलाख रुपैयाँ नगद धरौटी लिई कामदार पठाएको मुलुकमा प्रतिनिधि नियुक्ति गर्न अनुमति दिनेछ ।
(७) उपनियम (४) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा निवेदकको माग बमोजिम प्रतिनिधि नियुक्ति गर्ने अनुमति दिन मनासिब नदेखेमा सोको कारण खुलाई विभागले इजाजतपत्रवालालाई जानकारी दिनु पर्नेछ ।
(८) यस नियम बमोजिम नियुक्त भएको प्रतिनिधिलाई इजाजतपत्रवालाले विभागले तोकिदिए बमोजिमको परिचयपत्र दिनु पर्नेछ ।
(९) उपनियम (८) बमोजिम दिएको परिचयपत्र प्रत्येक वर्ष नवीकरण गराउनु पर्नेछ ।
(१०) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि व्यक्ति एकभन्दा बढी इजाजतपत्रवालाको प्रतिनिधि हुन पाउने छैन ।
(११) कुनै इजाजतपत्रवालाले आफ्नो कुनै प्रतिनिधिलाई हटाउन चाहेमा त्यस्तो प्रतिनिधिले आफ्नो हिसाब किताब फरफारक गरेको जानकारी विभागलाई दिई निजलाई प्रतिनिधिबाट हटाउन सक्नेछ ।
(१२) इजाजतपत्रवालाले उपनियम (११) बमोजिम प्रतिनिधि हटाएको जानकारी सहित प्रतिनिधि नियुक्त गर्दा निजले राखेको धरौटी फिर्ता पाउन निवेदन दिएमा विभागले त्यस्तो धरौटी फिर्ता दिनु पर्नेछ ।
(१३) इजाजतपत्रवालाले यस नियम बमोजिम नियुक्त भएका प्रतिनिधिको नाम, थर र बतन खुल्ने गरी प्रत्येक वर्ष राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
४९. इजाजतपत्रवालालाई दिइने सुविधाः ऐनको दफा ७७ बमोजिम इजाजतपत्रवालालाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सिलसिलामा विदेशी मुद्राको कारोबार गर्दा त्यस्तो कारोबारको स्थिति हेरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको सुविधा दिइनेछ ।
पाचौँ संशोधनद्वारा संशोधित ।
४९क. कामदारको कर्तव्यः रोजगारदाता संस्थासँग भएको करार तथा सम्बन्धित मुलुकको कानूनको पालना गर्नु वा गराउनु वैदेशिक रोजगारमा जाने प्रत्येक कामदारको कर्तव्य हुनेछ ।
४९ख. विवरण उपलब्ध गराउनुपर्नेः इजाजतपत्रवालाले ऐनको दफा ९ को उपदफा (२) बमोजिम नेपाल सरकारले तोकेको संख्यामा वैदेशिक रोजगारमा पठाएका महिला, दलित, आदिवासी, जनजाति, उत्पीडित वर्ग, पिछडिएको क्षेत्र तथा वर्ग एवं दुर्गम क्षेत्रका व्यक्तिको विवरण प्रत्येक छ महिनामा विभागलाई उपलब्ध गराउनु पर्नेछ ।
४९ग. सूचना प्रविधिको उपयोग गर्न सक्नेः (१) मन्त्रालय र अन्तर्गतका निकायहरूबाट हुने सेवा वा प्रवाहमा सूचना प्रविधिको उपयोग गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिम हुने सेवा वा प्रवाहको लागि सम्बन्धित निकाय, इजाजतपत्रवाला, अनुमति प्राप्त संस्था, सूचीकृत संस्था र सम्बन्धित सेवाग्राहीले मन्त्रालयले निर्धारण गरे बमोजिमको मापदण्ड र शर्त पूरा गर्नु पर्नेछ ।
५०. अभिलेख राख्नु पर्नेः इजाजतपत्रवालाले वैदेशिक रोजगारमा पठाइएका प्रत्येक कामदारको अभिलेख अनुसूची-६ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।
५१. वार्षिक प्रतिवेदनमा खुलाउनु पर्ने विवरणः इजाजतपत्रवालाले ऐनको दफा ८० को उपदफा (२) बमोजिम पेश गर्ने वार्षिक प्रतिवेदनमा अन्य कुराको अतिरिक्त इजाजतपत्रवालाले वर्षभरिमा वैदेशिक रोजगारीमा पठाएको कामदारको संख्या र अवस्था, पूर्वस्वीकृति र श्रम स्वीकृति सम्बन्धी विवरण, शाखा कार्यालय र प्रतिनिधि (एजेन्ट) को विवरण, कामदारबाट सेवा शुल्क वा प्रबन्धन खर्च बापत लिएको रकम र वैदेशिक रोजगारका सम्बन्धमा भविष्यमा गरिनु पर्ने सुधारको विवरण उल्लेख गर्नु पर्नेछ ।
५२. अनुसूचीमा थपघट वा फेरफेरः मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक थपघट वा फेरफेर गर्न सक्नेछ ।
५२क. निर्देशिका तथा कार्यविधि जारी गर्न सक्नेः (१) ऐन तथा यस नियमावली प्रतिकूल नहुने गरी नेपाल सरकारले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
(२) ऐन, यस नियमावली तथा निर्देशिकाको प्रतिकूल नहुने गरी मन्त्रालयले आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
५३. खारेजी र बचाउः (१) वैदेशिक रोजगार नियमावली, २०५६ खारेज गरिएको छ ।
(२) वैदेशिक रोजगार नियमावली, २०५६ बमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
अनुसूची-१ (नियम ३ सँग सम्बन्धित)
(क) कम्तीमा तीन वर्षदेखि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेको - १०
(ख) वैदेशिक रोजगार सम्बन्धी विषयमा कुनै त्यगत उजूरी नपरेको वा उजूरी परेको भए उजूरी फरफारक गरेको - ५
(ग) वैदेशिक रोजगार सम्बन्धी कसुरमा सजाय नपाएको वा कुनै सजाय पाएको भए त्यस्तो सजाय भुक्तान भएको मिति भित्री पाँच वर्ष पूरा भएको संस्था वा संस्थाका संस्थापक वा सञ्चालक - ५
(घ) ऐनको दफा ९ बमोजिम महिला, दलित, आदिवासी जनजाति, उत्पीडित वर्ग, पिछडिएको क्षेत्र तथा वर्ग एवं दुर्गम क्षेत्र तथा दैवीप्रकोप पीडित व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिमको संख्यामा आरक्षण प्रदान गरी वैदेशिक रोजगारमा कामदार पठाएको - ५
(ङ) संख्यात्मक एवं गुणात्मक आधारमा वैदेशिक रोजगारमा बढी कामदार पठाएको - २५ (संख्यात्मक-२० र गुणात्मक-५)
(च) नेपालको पाँच वटा विकास क्षेत्रमा शाखा कार्यालय खोलेको - १०
(छ) सेवा शुल्क र प्रवर्द्धन खर्च कम लिई कामदार पठाएको - ५
(ज) नेपाल सरकारलाई बढी राजस्व बुझाएको - २०
(झ) वित्तीय, भौतिक र जनशक्तिको अवस्था राम्रो रहेको - ५
(ञ) नियम ४५ बमोजिम पुरस्कार पाएको - १०
अनुसूची-२ (नियम ६ को उपनियम (१) सँग सम्बन्धित) वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्रको लागि दिने निवेदनको ढाँचा
श्रीमान महानिर्देशक ज्यू, वैदेशिक रोजगार विभाग ।
महोदय, वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ को अधीनमा रही वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इच्छा भएकोले देहायको विवरण सहित इजाजतपत्र पाउनको लागि यो निवेदन पेश गरेको छु :-
विवरणः (१) संस्थाका सञ्चालक वा व्यवस्थापक (संस्थामा शेयरधनी हुने सबैको नाम खुलाउने) (क) नामः (ख) ठेगानाः (ग) नागरिकताः (२) संस्थाको नामः (३) संस्थाको कार्यालयको ठेगानाः (४) व्यावसायिक कार्य योजनाको विवरणः (५) पूँजीको विवरणः (क) अधिकृत पूँजीः
(ख) जारी पूँजी:
(ग) चुक्ता पूँजी:
(६) वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दा श्रम आयात गर्ने संस्था मार्फत कामकाज गर्ने हो वा रोजगार दिने संस्थासँग सोझै सम्पर्क राखी काम गर्ने हो सो सम्बन्धी विवरण खुलाउने:
(७) संस्थाको संगठन तालिका:
(८) कर्मचारीको व्यवस्था:
(क) पूरा समय काम गर्ने संख्या:
(ख) आंशिक समय काम गर्ने संख्या:
(ग) स्तर अनुसारको संख्या:
(९) उपलब्ध वा प्रस्तावित भौतिक साधनको विवरण:
(१०) सञ्चालकको अन्य व्यावसायिक कारोबारसँग सम्बन्ध भए त्यस्तो कारोबारको विवरण:
(११) आगामी दुई वर्षभित्र वैदेशिक रोजगारमा पठाइने कामदारको अनुमानित संख्या:
(१२) कामदार पठाइने देशको नाम:
(१३) अन्य प्रासंगिक कुरा:
माथि उल्लिखित विवरण ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
संस्थाको छाप: निवेदकको,-
अनुसूची-३ (नियम ६ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय वैदेशिक रोजगार विभाग
इजाजतपत्रको ढाँचा
इजाजतपत्र नं: मिति:
इजाजतपत्र
वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ को अधीनमा रही वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउने गरी ........................................ लाई यो इजाजतपत्र दिइएको छ ।
इजाजतपत्र दिने अधिकारीको,- दस्तखत: नाम: दर्जा: मिति:
अनुसूची-४ (नियम १२ सँग सम्बन्धित) पूर्व स्वीकृतिको लागि दिने निवेदनको ढाँचा
श्रीमान महानिर्देशकज्यू, वैदेशिक रोजगार विभाग ।
विषयः पूर्व स्वीकृति पाऊँ भन्ने बारे ।
महोदय, यस संस्थाले वैदेशिक रोजगार सञ्चालन गर्न इजाजतपत्र प्राप्त गरे बमोजिम रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउन देहायको विवरण खुलाई पूर्व स्वीकृति पाउन अनुरोध गर्दछुः-
(१) इजाजतपत्रवालाको,- इजाजतपत्र नंः इजाजतपत्र प्राप्त मिति: नवीकरण बहाल रहने मिति: (२) कामदार पठाउने मुलुकः स्थानः (३) रोजगारदाता संस्थाको नाम र ठेगानाः (४) रोजगारदाता संस्थाको कामको प्रकृतिः
(५) निवेदनसँग संलग्न गरिएका कागजातहरू:
(६) प्रकरण ५ मा उल्लिखित कागजात प्रमाणित गर्ने निकायको,-
(७) प्रकरण ५ मा उल्लिखित कागजातहरू आधिकारिक हुन फरक परेमा संस्था पूर्ण रूपमा जिम्मेवार रहनेछ ।
इजाजतपत्रवालाको छाप इजाजतपत्रवालाको,- दस्तखतः नामः मितिः
अनुसूची-५ (नियम १५ सँग सम्बन्धित) वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले पेश गर्ने निवेदनको ढाँचा
श्री सञ्चालकज्यू, ....................... ।
महोदय, म वैदेशिक रोजगारमा जान इच्छुक भएकोले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ बमोजिम देहायको विवरण सहित यो निवेदन पेश गरेको छु :-
(१) रोजगारदाता संस्थाको नाम: (२) जान चाहेको मुलुक: (३) काम गर्ने चाहेको पदको वर्गीकरण: उच्च दक्ष/दक्ष/ अर्धदक्ष/ अदक्ष (४) काम गर्ने चाहेको पदको नाम: (५) सार्वजनिक सूचना प्रकाशन भएको पत्रिकाको नाम र मिति: (६) सीपमूलक तालिम लिएको संस्थाको नाम: (७) सार्वजनिक सूचनामा उल्लेख भए बमोजिम कामदारले प्राप्त गर्ने न्यूनतम मासिक पारिश्रमिक: (८) कामदारको वैयक्तिक विवरण: (क) कामदारको नाम, थर: (ख) बाबु/आमाको नाम, थर: (ग) ठेगाना: (अ) स्थायी: (आ) अस्थायी:
जिल्ला: जिल्ला:
गा.वि.स./न.पा: गा.वि.स./न.पा:
वडा नं : वडा नं :
टेलिफोन नं : टेलिफोन नं :
इमेल:
(घ) जन्म मिति:
(ङ) धर्म:
(च) नागरिकता/ राहदानी नं :
(छ) उचाई: फिट इन्च तौल: केजी
(ज) विवाहित भए पति वा पत्नीको नाम र उमेर:
(झ) छोराछोरीको संख्या:
(ञ) बोल्न लेख्न सक्ने भाषा:
(ट) अन्य कुनै विशेष ज्ञान वा सीप:
(९) शैक्षिक योग्यताको विवरण:
(१०) तालिम सम्बन्धी विवरण:
(११) अनुभव:
(१२) भविष्यतव्य पदार्थ सूचना दिनु पर्ने निकटतम व्यक्तिको नाम, ठेगाना र सम्पर्क नं. :
(१३) इच्छाएको व्यक्तिको,- (क) नाम र थर: (ख) ठेगाना: (ग) नाता सम्बन्ध:
माथि लेखिएको व्यहोरा ठीक दुरुस्त छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
निवेदकको,- दस्तखत: नाम: मिति:
अनुसूची-६ (नियम ५० सँग सम्बन्धित)
वैदेशिक रोजगारमा पठाइएका कामदारहरूको अभिलेख
इजाजतपत्रवालाको छाप $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ प्रमाणित गर्ने सञ्चालकको हस्ताक्षर
दस्तखत: सञ्चालकको नाम: संस्थाको नाम: ठेगाना: मिति: (क) मागपत्र (ख) अख्तियारीनामा (ग) करार नामः ठेगानाः (१) (२) (३) प्राप्त उपाधि शैक्षिक संस्थाको नाम र ठेगाना (क) (ख) (ग) (घ)