शिक्षक सेवा आयोग नियमावली, २०५७ नेपाल राजपत्रमा प्रकाशित मिति २०५७।०७।२४
संशोधन १. शिक्षक सेवा आयोग (पहिलो संशोधन) नियमावली, २०५९ २०५९।०२।१३ २. शिक्षक सेवा आयोग (दोस्रो संशोधन) नियमावली, २०५९ २०६०।०२।०९ ३. शिक्षक सेवा आयोग (तेस्रो संशोधन) नियमावली, २०६० २०६०।१२।१६ ४. शिक्षक सेवा आयोग (चौथो संशोधन) नियमावली, २०६६ २०६६।०७।२३ ५. शिक्षक सेवा आयोग (पाँचौँ संशोधन) नियमावली, २०६७ २०६७।१०।०९ ६. शिक्षक सेवा आयोग (छैटौँ संशोधन) नियमावली, २०६८ २०६८।०३।०६ ७. शिक्षक सेवा आयोग (सातौँ संशोधन) नियमावली, २०६९ २०६९।०९।०२ ८. शिक्षक सेवा आयोग (आठौँ संशोधन) नियमावली, २०७० २०७०।०३।०३ ९. शिक्षक सेवा आयोग (नवौँ संशोधन) नियमावली, २०७१ २०७१।१०।२६ १०. शिक्षक सेवा आयोग (दशौँ संशोधन) नियमावली, २०७६ २०७६।०६।१३ ११. शिक्षक सेवा आयोग (एघारौँ संशोधन) नियमावली, २०७८ २०७८।०९।१९
शिक्षा ऐन, २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
परिच्छेद- १ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “शिक्षक सेवा आयोग नियमावली, २०५७” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले शिक्षा ऐन, २०२८ सम्झनु पर्छ । (ख) “मन्त्रालय” भन्नाले *शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्झनु पर्छ ।
परिच्छेद- २ आयोगको बैठक तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था
३. आयोगको बैठक सम्बन्धी कार्यविधिः (१) आयोगको बैठक आवश्यकता अनुसार बस्नेछ । (२) आयोगको बैठक अध्यक्षले तोकेको स्थान, मिति र समयमा बस्नेछ । (३) आयोगको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफूहरूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ । (४) आयोगको कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा आयोगको बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ । (५) आयोगको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ । (६) आयोगको बैठकको निर्णय आयोगको बैठकको अध्यक्षता गर्ने व्यक्तिद्वारा प्रमाणित गरी राखिनेछ । (७) आयोगको बैठक सम्बन्धी अन्य कार्यविधि आयोग आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
४. आयोगको काम, कर्तव्य र अधिकारः आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः (क) शिक्षकको स्थायी नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्ने, (क१) विद्यालयमा अध्यापन गर्न चाहने व्यक्तिलाई अध्यापन अनुमति पत्र दिने, (क२) अध्यापन अनुमतिपत्रको लागि लिइने परीक्षाको पाठ्यक्रम निर्धारण गर्ने तथा परीक्षा सम्बन्धी कार्य गर्ने, (ख) शिक्षकको सेवा, शर्त र सुविधा सम्बन्धी विषयमा मन्त्रालयलाई सुझाव दिने, (ग) शिक्षकको नियुक्ति तथा बढुवाको लागि लिइने परीक्षाको पाठ्यक्रम निर्धारण गर्ने तथा परीक्षा सम्बन्धी अन्य कार्य गर्ने, (ग१) उजूरी परेको अवस्थामा बाहेक नतिजा प्रकाशन भएको एक वर्षपछि परीक्षा सम्बन्धी कागजात धुल्याउने,
² पहिलो संशोधनद्वारा थप । ⁴ नवौं संशोधनद्वारा थप ।
(घ) ऐन वा यस नियमावली बमोजिम आयोगले गर्नु पर्ने काम कारबाहीको विषयमा आवश्यकता अनुसार निरीक्षण तथा जाँचबुझ गर्ने ।
५. आयोगलाई उपलब्ध गराउनु पर्नेः आयोग गठन हुनु अघि शिक्षकको नियुक्ति तथा बढुवाको सम्बन्धमा भए गरेका सम्पूर्ण कागजातहरू सम्बन्धित निकायले आयोगलाई उपलब्ध गराउनु पर्नेछ ।
६. बाँकी कारबाही पूरा गर्नु पर्नेः आयोग गठन हुनु भन्दा अघि शिक्षकको नियुक्ति तथा बढुवाको सम्बन्धमा बाँकी रहेका काम कारबाही आयोगले ऐन तथा शिक्षा नियमावली, २०५९ को अधिनमा रही पूरा गर्नु पर्नेछ ।
परिच्छेद- ३ अध्यापन अनुमति पत्र तथा शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी व्यवस्था
६क. अध्यापन अनुमति पत्र सम्बन्धी व्यवस्थाः (१) आयोगले अध्यापन अनुमतिपत्र दिने प्रयोजनको लागि $\text{---}$ लिखित परीक्षा सञ्चालन गर्नु पर्नेछ । त्यस्तो परीक्षा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकको लागि छुट्टा छुट्टै सञ्चालन गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम आयोगले लिखित परीक्षाको लागि दरखास्त बुझाउनु पर्ने समयावधि, दरखास्त दस्तुर, दरखास्त बुझाउने स्थान, परीक्षा सञ्चालन हुने मिति, समय र केन्द्र समेत उल्लेख गरी सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नु पर्नेछ । (३) उपनियम (२) बमोजिमको परीक्षामा सम्मिलित हुन चाहने व्यक्तिले सो सूचनामा तोकिएको स्थानमा दरखास्त बुझाउनु पर्नेछ । (४) उपनियम (३) बमोजिम परेको दरखास्त छानबिन गर्दा ठीक रित पुगेको देखिएमा आयोगले दरखास्तवालालाई परीक्षामा सम्मिलित हुनुको लागि प्रवेशपत्र दिनु पर्नेछ । (५) उपनियम (१) बमोजिम सञ्चालन हुने लिखित परीक्षाको पूर्णाङ्क एक सय र उत्तीर्णङ्क $\text{#}$ पचास हुनेछ । (६) उपनियम (१) बमोजिम सञ्चालित परीक्षामा सफल हुने व्यक्तिलाई आयोगले अनुसूची-२ बमोजिमको ढाँचामा स्थायी अध्यापन अनुमति पत्र दिनेछ ।
$\text{v}$ पहिलो संशोधनद्वारा संशोधित । $\text{z}$ पहिलो संशोधनद्वारा थप । $\text{x}$ दोस्रो संशोधनद्वारा खारेज गरिएको । $\text{#}$ नवौँ संशोधनद्वारा संशोधित ।
(७) उपनियम (१) बमोजिमको परीक्षा सम्बन्धी अन्य व्यवस्था आयोगले तोके बमोजिम हुनेछ । (८) आयोगले शिक्षा विकास तथा समन्वय इकाईबाट शिक्षकहरूको विवरण माग गरी विद्यालयमा कार्यरत शिक्षकलाई अनुसूची-२ बमोजिमको ढाँचामा अस्थायी अध्यापन अनुमति पत्र दिनु पर्नेछ ।
६ख. बहालवाला शिक्षकलाई दिइने अध्यापन अनुमति पत्र सम्बन्धी व्यवस्थाः (१) नियम ६क. मा जुनसुकै कुरा लेखिएको भए तापनि “आयोगले देहायका शिक्षक मध्ये माध्यमिक विद्यालय तथा निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापकका लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख र प्राथमिक विद्यालयको प्रधानाध्यापक तथा अन्य सबै किसिमका शिक्षकका लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख वा निजले तोकेको अधिकृतबाट कक्षा अवलोकन वा यस्तै अन्य प्रयोगात्मक परीक्षा लिइ लगाई त्यस्तो शिक्षकलाई अनुसूची-२ बमोजिमको ढाँचामा स्थायी अध्यापन अनुमति पत्र दिनेछः (क) यो खण्ड प्रारम्भ हुँदाका बखत बहाल रहेका स्थायी शिक्षकमध्ये कुनै कारणले स्थायी अध्यापन अनुमतिपत्र लिन नसकेका शिक्षक, (ख) यो नियम प्रारम्भ हुनु अघि स्थायी शिक्षक पदको लागि भएको परीक्षामा सफल भई यो नियम प्रारम्भ भएपछि नियुक्त हुने शिक्षक । ................... (ग) पुनः बहाली भएको स्थायी शिक्षक, ................... (घ) खण्ड (क) प्रारम्भ हुँदाका बखत स्थायी शिक्षक भई कुनै कारणले अध्यापनपत्र लिन नसकेका शिक्षक । (२) ......... (३) .......
६ग. अध्यापन अनुमति पत्र सम्बन्धी विशेष व्यवस्थाः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले शिक्षक नियुतिका लागि न्यूनतम योग्यता पुगेका तर नियम
$^1$ पहिलो संशोधनद्वारा थप । $^2$ दोस्रो संशोधनद्वारा संशोधित । $^3$ नवौँ संशोधनद्वारा संशोधित । $^4$ दोस्रो संशोधनद्वारा खारेज गरिएको । $^5$ पाँचौँ संशोधनद्वारा थप ।
९ बमोजिमको तालीम नलिएका व्यक्तिलाई शिक्षक पदमा अस्थायी नियुक्ति गर्ने प्रयोजनको लागि *अन्तर्वार्ता लिई सो अन्तर्वार्तामा सफल भएमा अनुसूची-२ बमोजिमको ढाँचामा अस्थायी अध्यापन अनुमति पत्र दिन सकिनेछ।
"तर त्यस्तो अध्यापन अनुमति पत्र आयोगबाट स्थायी अध्यापन अनुमति पत्रका लागि पहिलो पटक लिइएको परीक्षाको परीक्षाफल प्रकाशित भएपछि रद्द हुनेछ ।
६घ. अध्यापन अनुमति पत्र लिनको लागि उम्मेदवार हुन नसक्नेः (१) देहायको व्यक्ति अध्यापन अनुमतिपत्रको लागि लिइने परीक्षामा उम्मेदवार हुन सक्नेछैनः- (क) गैर नेपाली नागरिक, (ख) १८ वर्ष उमेर नपुगेको, (ग) मगज बिग्रिएको, (घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको, (ङ) भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको, (च) नियम ९ बमोजिमको शैक्षिक योग्यता नभएको, (छ) नियम ९ बमोजिमको तालीम नलिएको ।
(२) उपनियम (१) को खण्ड (क) र (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्ति यो उपनियम प्रारम्भ भएपछि अध्यापन अनुमतिपत्रको लागि लिइने पहिलो परीक्षामा उम्मेदवार हुन सक्नेछः- (क) सम्बत् २०५७ साल कात्तिक चौबीस गते भन्दा अघि शिक्षक पदमा नियुक्ति पाई यो खण्ड प्रारम्भ हुनु अघि कम्तीमा चौध वर्ष अध्यापन गरेका गैर नेपाली नागरिक, (ख) सम्बत् २०५२ सालमा प्रकाशित विज्ञापन बमोजिम स्थायी रुपमा शिक्षकको पद पूर्ति हुँदा अस्थायी शिक्षकबाट हट्न गएको व्यक्ति,
(ग) यो नियम प्रारम्भ हुँदाका बखत अस्थायी शिक्षकको हैसियतले कम्तिमा १ वर्षदेखि काम गरिरहेको व्यक्ति ।
$^{१}$(२क) उपनियम (१) को खण्ड (च) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको व्यक्ति माध्यमिक विद्यालयको शिक्षकको अध्यापन अनुमतिपत्रको लागि लिइने परीक्षामा उम्मेदवार हुन सक्नेछ । तर त्यस्तो व्यक्तिले सेवा सुरु गरेको दुई वर्ष भित्र तालीम नलिएमा निजले प्राप्त गरेको अध्यापन अनुमतिपत्र स्वतः रद्द हुनेछ ।
$^{२}$(३) उपनियम (१) को खण्ड (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित २०६३ साल मंसिर ५ गते भन्दा अघि शिक्षक पदमा नियुक्ति भई यो उपनियम प्रारम्भ हुँदाका बखतसम्म निरन्तर रूपमा काम गरिरहेको शिक्षक यो उपनियम प्रारम्भ भएपछि अध्यापन अनुमतिपत्रको लागि लिइने पहिलो परीक्षामा उम्मेदवार हुन सक्नेछ । तर त्यस्तो शिक्षकले $^{३}$सम्बन्धित २०७५ साल कात्तिक २२ गते भित्र तालीम नलिएमा निजले प्राप्त गरेको अध्यापन अनुमतिपत्र स्वतः रद्द हुनेछ ।
६ङ. अध्यापन अनुमति पत्र लिएको मानिनेः माथिल्लो तहको अध्यापन अनुमति पत्र लिएको व्यक्तिले तल्लो तहको शिक्षक पदमा उम्मेदवार हुन यस नियमावली बमोजिम अध्यापन अनुमति पत्र लिएको मानिनेछ। तर त्यस्तो व्यक्तिले प्राथमिक वा निम्न माध्यमिक तहको शिक्षकको लागि शिक्षा विषयमा कम्तिमा दस महिने तालीम लिएको हुन पर्नेछ । $^{४}$
६च. दुर्गम क्षेत्रका विद्यालयमा पठन पाठन गराउन अस्थायी अध्यापन अनुमतिपत्र दिन सक्नेः (१) ऐनको दफा ११ ङ. को उपदफा (६क) बमोजिम विज्ञान, गणित वा अंग्रेजी विषयमा अध्यापन अनुमतिपत्र लिएको व्यक्ति उपलब्ध नभई दुर्गम क्षेत्रका विद्यालयमा त्यस्तो विषय पठन पाठन हुन नसक्ने भएमा आयोगले नियम ९ बमोजिमको तालीम नलिएको भए तापनि न्यूनतम शैक्षिक योग्यता पुगेका व्यक्तिहरूमध्येबाट अस्थायी अध्यापन अनुमतिपत्रको लागि दरखास्त आह्वान गर्न सक्नेछ ।
$^{१}$ पाँचौँ संशोधनद्वारा थप । $^{२}$ चौथो संशोधनद्वारा थप। $^{३}$ दोस्रो संशोधनद्वारा थप । $^{४}$ एघारौँ संशोधनद्वारा थप ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्तिहरूको आयोगले अन्तरवार्ता लिई अन्तरवार्तामा उत्तीर्ण हुने व्यक्तिलाई दुर्गम क्षेत्रका विद्यालयमा मात्र अध्यापन गर्न पाउने गरी अस्थायी अनुमतिपत्र दिन सक्नेछ । स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “दुर्गम क्षेत्र” भन्नाले मन्त्रालयको दुर्गम क्षेत्र भनी तोकेको कुनै जिल्ला, गाउँपालिका वा विद्यालय रहेको क्षेत्रलाई जनाउँछ ।
७. पदपूर्तिको माध्यमः प्राथमिक, निम्न माध्यमिक र माध्यमिक विद्यालयको तृतीय श्रेणीको रिक्त पद खुला प्रतियोगितात्मक परीक्षाको माध्यमबाट र द्वितीय र प्रथम श्रेणीको रिक्त पद बढुवाको माध्यमबाट पूर्ति गरिन्छ ।
८. विवरण उपलब्ध गराउनु पर्नेः (१) स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयको रिक्त शिक्षक दरबन्दीको विवरण प्रत्येक वर्षको जेठ मसान्तसम्ममा सम्बन्धित जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा पठाउनु पर्नेछ। (२) उपनियम (१) बमोजिम विवरण पठाउँदा विद्यालय, दरबन्दी रिक्त रहेको तह र विषयगत रुपमा रिक्त भएका स्वीकृत शिक्षक दरबन्दी र सोही वर्षको चैत मसान्तसम्म उमेरका आधारमा अनिवार्य अवकाश भई रिक्त हुन आउने शिक्षक दरबन्दीको विवरण समेत समावेश गरी पठाउनु पर्नेछ। (३) उपनियम (१) बमोजिम विवरण प्राप्त भएपछि शिक्षा विकास तथा समन्वय इकाईले कुल रिक्त दरबन्दी यकिन गरी दरबन्दी रिक्त रहेको विद्यालय, तह र विषयगत विवरण खुलाई प्रत्येक वर्षको साउन मसान्तभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउनु पर्नेछ । (४) उपनियम (३) बमोजिम विवरण प्राप्त भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कुल रिक्त दरबन्दी यकिन गरी दरबन्दी रिक्त रहेको विद्यालय, तह र विषयगत विवरण खुलाई पदपूर्तिका लागि प्रत्येक वर्षको असोज मसान्तभित्र आयोगमा लेखी पठाउनु पर्नेछ।
९. योग्यता तथा तालीम सम्बन्धी व्यवस्था: (१) अध्यापन अनुमति पत्र वा शिक्षक पदको लागि लिइने परीक्षामा उम्मेदवार हुन देहाय बमोजिमको शैक्षिक योग्यता तथा तालीम प्राप्त गरेको हुनु पर्नेछ:-
(क) प्राथमिक विद्यालयको शिक्षकको लागि माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा वा सो सरिीको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालीम लिएको, (ख) निम्न माध्यमिक विद्यालयको शिक्षकको लागि सम्बन्धित विषयमा प्रवीणता प्रमाण पत्र तह वा सो सरिीको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालीम लिएको, (ग) माध्यमिक विद्यालयको शिक्षकको लागि सम्बन्धित विषयमा स्नातक तह वा सो सरिीको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालीम लिएको,
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम बमोजिम तालीम नलिएका महिला वा अपाङ्गता भएका व्यक्ति यो उपनियम प्रारम्भ भएपछि अध्यापन अनुमतिपत्र वा शिक्षक पदको लागि हुने पहिलो परीक्षामा उम्मेदवार हुन सक्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले शिक्षा शास्त्र तह सोही उपनियममा उल्लेखित योग्यता प्राप्त गरेको भए यस नियमको प्रयोजनको लागि तालीम लिएको मानिनेछ ।
(४) तल्लो तहको विद्यालयको शिक्षकले माथिल्लो तहको तालीम लिएको भए यस नियमको प्रयोजनको लागि तालीम लिएको मानिनेछ ।
(५) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुनु अघि स्वीकृत स्थायी शिक्षक दरबन्दीमा अस्थायी नियुक्ति भई सेवामा रहेका शिक्षकहरूको हकमा बाहेक "संवत २०६८ साल श्रावण १ गतेदेखि प्राथमिक तहको
१ पहिलो संशोधनद्वारा संशोधित । २ एघारौँ संशोधनद्वारा संशोधित । ३ तेस्रो संशोधनद्वारा संशोधित । ४ नवौँ संशोधनद्वारा संशोधित । ५ पाँचौँ संशोधनद्वारा थप । ६ छैठौँ संशोधनद्वारा संशोधित ।
शिक्षकको लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण नगरेको व्यक्ति उम्मेदवार हुन सक्ने छैन । (६) उपनियम (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले दुई सय पूर्णाङ्कको शिक्षा सम्बन्धी विषय लिई प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालीम आवश्यक पर्ने छैन । (७) उपनियम (१) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल इन्जिनियरिङ्ग, पशुपालन वा बाली विज्ञान विषयमा स्नातक गरेका व्यक्तिले सो खण्ड बमोजिमको तालीम नलिए पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र वा शिक्षक पदको लागि लिइने परीक्षामा उम्मेदवार हुन सक्नेछ । (८) उपनियम (७) बमोजिम उम्मेदवार भएको व्यक्ति शिक्षक पदमा नियुक्त भएमा निजले त्यसरी नियुक्त भएको पाँच वर्ष भित्र शिक्षा विषयमा कम्तीमा दस महिना वा सो सरहको तालीम लिइसक्नु पर्नेछ । (९) उपनियम (८) बमोजिमको तालीम नलिएको शिक्षकले त्यस्तो तालीम नलिएसम्म बढुवाको लागि उम्मेदवार हुन सक्ने छैन । १०. उम्मेदवारको लागि अयोग्यताः देहायका व्यक्तिहरू शिक्षक पदमा उम्मेदवार हुनको लागि योग्य हुन सक्ने छैनन्ः (क) गैर नेपाली नागरिक, (ख) १८ वर्ष उमेर नपुगेको, (ग) ४० वर्ष उमेर पूरा भएको, (घ) मगज बिग्रिएको, (ङ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठिरिरिएको, (च) भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको,
१ पाँचौँ संशोधनद्वारा थप । २ नवौँ संशोधनद्वारा थप ।
(च७) अध्यापन अनुमति पत्र नलिएको, (छ) नियम ९ बमोजिमको तालिम नलिएको,
तर देहायका अवस्थामा शिक्षक पदमा उम्मेदवार हुन खण्ड (ग) वा (छ) ले बाधा पुर्याएको मानिने छैनः
•(१) यो उपखण्ड प्रारम्भ हुँदाका बखत कम्तिमा एक वर्षसम्म अस्थायी शिक्षकको रुपमा काम गरिरहेको व्यक्ति वा सम्बन्धित २०५२ सालमा प्रकाशित विज्ञापन बमोजिम स्थायी रुपमा शिक्षक पदपूर्ति हुँदा अस्थायी शिक्षकबाट हट्नु गएको व्यक्ति यो उपखण्ड प्रारम्भ भएपछि हुने पहिलो विज्ञापन अन्तर्गतको परीक्षामा उम्मेदवार हुन, (२) स्थायी नियुक्ति भई बालबालिका शिक्षकको रुपमा काम गरिरहेको शिक्षकलाई उम्मेदवार हुन, (३) ⚑ ...........
११. पाठ्यक्रम, परीक्षण प्रणाली तथा मूल्याङ्कन प्रकृयाः (१) आयोगबाट लिइने परीक्षाको पाठ्यक्रम, परीक्षण प्रणाली तथा मूल्याङ्कन प्रकृया आयोगले तोके बमोजिम हुनेछ । (२) उपनियम (१) को प्रयोजनको लागि आयोगले विशेषज्ञ सहितको समिति गठन गर्न सक्नेछ । (३) आयोगले निर्धारित पाठ्यक्रममा कुनै संशोधन गरेमा परीक्षाको मिति भन्दा तीन महिना अगावै त्यसको सूचना प्रकाशित गर्नु पर्नेछ ।
११क. शिक्षक सेवालाई समावेशी बनाउनु पर्नेः (१) शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताद्वारा पूर्ति हुने शिक्षक पदमध्ये पैंतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी देहायका उम्मेदवारहरू बीचमा मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ:- (क) महिला - तेत्तीस प्रतिशत
(ख) आदिवासी/जनजाति - सत्ताईस प्रतिशत (ग) तराई-मधेसमा बसोबास गर्ने मधेसी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदाय - बाईस प्रतिशत (घ) दलित - नौ प्रतिशत (ङ) अपाङ्गता भएको व्यक्ति - पाँच प्रतिशत (च) पिछडिएको क्षेत्र - चार प्रतिशत
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि, - (१) “आदिवासी/जनजाति, मधेसी, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान” भन्नाले आर्थिक र सामाजिक रुपमा पिछडि परेका आदिवासी/जनजाति, मधेसी, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान सम्झनु पर्छ । (२) “पिछडिएको क्षेत्र” भन्नाले अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ्ग, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनु पर्छ ।
(२) उपनियम (१) को खण्ड (क) बमोजिम महिलाको लागि छुट्याइएको तेत्तीस प्रतिशत स्थान मध्ये तीन प्रतिशत स्थान दलित समुदायका महिला र दुई प्रतिशत स्थान मुस्लिम समुदायका महिलाका लागि छुट्याउनु पर्नेछ । (३) उपनियम (१) को खण्ड (ख), (ग) वा (घ) बमोजिम उम्मेदवार हुने व्यक्तिले कुनै एक पदको लागि गरिएको विज्ञापनमा कुनै एक खण्डको समुदायको उम्मेदवारको रुपमा मात्र प्रतिस्पर्धा गर्न सक्नेछ । तर महिलाको हकमा यो व्यवस्था लागू हुने छैन । (४) उपनियम (१) बमोजिम प्रतिशत निर्धारण गर्दा एक प्रतिशतभन्दा कम घतांक (फ्याक्सन) आएमा त्यस्तो घतांक जुन समूहको हकमा घतांक आएको हो सोभन्दा लगत्तै पछिको समूहमा सदै जानेछ । (५) उपनियम (१) बमोजिम छुट्याइएको पदमा जुन वर्षको लागि विज्ञापन गरिएको हो सो वर्ष हुने विज्ञापनमा उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा त्यस्तो पद अर्को वर्ष हुने विज्ञापनमा समावेश गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम विज्ञापन गर्दा पनि उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा त्यस्तो पद सोही वर्ष खुला प्रतियोगिताद्वारा पूरित हुने पदमा समावेश गर्नु पर्नेछ । (७) उपनियम (१) बमोजिम निर्धारण गरिएको प्रतिशतद्वारा पदपूर्ति गर्ने व्यवस्था प्रत्येक वर्षमा पुनरावलोकन गर्नु पर्नेछ । (८) उपनियम (१) को प्रयोजनको लागि आर्थिक तथा सामाजिक रुपमा पिछड परेका आदिवासी/जनजाति, मधेसी, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदायको विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ । (९) उपनियम (१) बमोजिमको प्रतिशत बमोजिम पद संख्या निर्धारण गर्दा कुनै विवाद आएमा आयोगले गरेको निर्णय अन्तिम हुनेछ ।
११.ख. पदसंख्या निर्धारण गर्नेः (१) नियम ८ बमोजिम "शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट रिक्त दरबन्दीको विवरण प्राप्त भएपछि आयोगले रिक्त पदमध्ये खुला प्रतियोगिता, कार्यक्षमताको मूल्याङ्कन, आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पूरित हुने प्रतिशतको आधारमा पदसंख्या निर्धारण गर्नेछ । (२) उपनियम (१) बमोजिम खुला प्रतियोगिताद्वारा पूरित हुने पदसंख्या निर्धारण गर्दा नियम ११क. बमोजिम पूरित हुने पदसंख्या समेत निर्धारण गर्नु पर्नेछ ।
१२. प्रतियोगिताको लागि विज्ञापन गर्नु पर्नेः (१) आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्नेछ । यसरी विज्ञापन गर्दा प्राथमिक तहमा जिल्लागत र निम्न माध्यमिक तथा माध्यमिक तहमा प्रदेशस्तरमा विज्ञापन गर्नु पर्नेछ । (१क) आयोगले शिक्षक नियुक्तिलाई व्यवस्थित गर्न विभिन्न चरणमा विज्ञापन गर्न सक्नेछ । (१ख) उपनियम (१क) बमोजिम विज्ञापन गर्दा आयोगले पहिलो चरणमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा संवत् २०६३ साल वैशाख ११ गतेदेखि रिक्त रहेको शिक्षक पदको विज्ञापन गर्न सक्नेछ ।
** दशौँ संशोधनद्वारा संशोधित । $\delta$ सातौँ संशोधनद्वारा थप ।
(२) उपनियम (१) बमोजिम विज्ञापन गर्दा ऐनको दफा ११च. को उपदफा (१) को खण्ड (ग) मा उल्लेखित परीक्षाको तरिकाहरू मध्ये कुन कुन तरिकाद्वारा प्रतियोगिता हुने हो सो समेत खुलाउनु पर्नेछ । (३) उपनियम (१) बमोजिम विज्ञापन गर्दा दरखास्त पेश गर्ने पर्ने म्याद सामान्यतया तीस दिनमा घटाई तोक्नु पर्ने छ । (४) उपनियम (१) बमोजिम विज्ञापन गर्दा आयोगले विद्युतीय माध्यमको समेत प्रयोग गर्न सक्नेछ ।
१३. दरखास्त बुझाउनु पर्नेः प्रतियोगितामा भाग लिन चाहने उम्मेदवारले आयोगबाट निर्धारित दरखास्त फाराम भरी आयोगले तोकेको बमोजिमको परीक्षा दस्तुर दाखिला गरेको निस्सा सहित विज्ञापनमा तोकिएको स्थान र अवधिभित्र दरखास्त फाराम बुझाउनु पर्नेछ ।
१३क. समावेस पदमा दरखास्त बुझाउने आधारः नियम ११क. बमोजिम छुट्याइएका पदमा दरखास्त दिँदा देहायका आधारमा दिनु पर्नेछ:- (क) आदिवासी/जनजातिको सम्बन्धमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत भएको जातिमा सोही सूचीको आधारमा र सो ऐनमा सूचीकृत भएको जातिभित्र एक भन्दा बढी थर भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जातिभित्रको थर हो बनी प्रमाणित भएको आधारमा, (ख) तराई-मधेसमा बसोबास गर्ने मधेसी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदायका सम्बन्धमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोके बमोजिमको संस्थाबाट तराई-मधेसमा बसोबास गर्ने मधेसी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदाय बनी प्रमाणित भएको र त्यसरी तोकिएसम्म सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट तराई-मधेसमा बसोबास गर्ने मधेसी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदाय बनी प्रमाणित भएको आधारमा,
$^{४}$ एघारौँ संशोधनद्वारा थप । $^{५}$ पाँचौँ संशोधनद्वारा थप ।
(ग) दलितमा सम्बन्धमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा र सो आयोगबाट सूचीकृत भएको जातिभित्र एक भन्दा बढी थर भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित भएको आधारमा, (घ) अपाङ्गता भएको व्यक्तिको हकमा स्थानीय तहबाट प्राप्त अपाङ्गताको परिचयपत्रको आधारमा, (ङ) पिछडिएको क्षेत्रको सम्बन्धमा विज्ञापन भएको जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट दरखास्त दिँदाका बखतसम्म सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित भएको आधारमा ।
१४. दरखास्तको छाँटबिन प्रवेस पत्र आदि सम्बन्धी व्यवस्थाः (१) नियम १३ बमोजिम परिथ आएका दरखास्त छाँटबिन गर्दाथ रीत पुगेको देखिएमा आयोगले सम्बन्धित उम्मेदवारलाई प्रवेसपत्र दिनु पर्नेछ। (२) आयोगले सामान्यतया कुनै पनि दरखास्त शर्त राखी स्वीकृत गर्ने छैन । (३) यस नियमावली बमोजिम विज्ञापन वा परीक्षा रद्द गरिएमा वा उम्मेदवारको दरखास्त अस्वीकृत भएमा उम्मेदवारले बुझाएको परीक्षा दस्तुर फिर्ता हुनेछ । तर नियम २६ बमोजिम दरखास्त रद्द भएमा परीक्षा दस्तुर फिर्ता हुने छैन ।
१५. स्वीकृत नामावलीको सूची टाँस गर्नु पर्नेः आयोगले दरखास्त दिने अन्तिम म्याद समाप्त भएपछि दरखास्त स्वीकृत भएका सबै उम्मेदवारको नामावलीको सूची तयार गरी सूचना पाटीमा टाँस गर्नु पर्नेछ ।
१६. परीक्षा हुने मिति, समय र केन्द्रः यस नियमावली बमोजिम लिने परीक्षा आयोगले तोकेको मिति, समय र केन्द्रमा सञ्चालन हुनेछ ।
१७. परीक्षाको स्तरः यस नियमावली बमोजिम लिइने परीक्षाको स्तर आयोगले तोके बमोजिम हुनेछ।
१८. परीक्षाको पूर्णाङ्क र उत्तीर्णङ्क: (१) आयोगबाट लिइने खुला प्रतियोगितात्मक परीक्षाको पूर्णाङ्क देहाय बमोजिम हुनेछ:- (क) लिखित परीक्षा: (१) सामान्य परीक्षा - १०० अङ्क, (२) विषयगत परीक्षा - १०० अङ्क, (ख) प्रयोगात्मक परीक्षा - २५ अङ्क, (ग) अन्तर्वार्ता - २५ अङ्क । (२) उपनियम (१) को खण्ड (क) बमोजिमको सामान्य परीक्षाको उत्तीर्णङ्क पचास अङ्क, विषयगत परीक्षाको उत्तीर्णङ्क चालीस अङ्क र खण्ड (ख) बमोजिमको परीक्षाको उत्तीर्णङ्क दश अङ्क हुनेछ। (३) उपनियम (१) को खण्ड (क) को उपखण्ड (१) बमोजिमको सामान्य परीक्षामा उत्तीर्ण हुने उम्मेदवार मात्र सोही खण्डको उपखण्ड (२) बमोजिमको विषयगत परीक्षामा सहभागी हुन पाउनेछ। (४) आयोगले उपनियम (१) को खण्ड (क) बमोजिमको लिखित परीक्षाको नतीजा प्रकाशन गर्दा सामान्य परीक्षामा प्राप्त अङ्कको पचास प्रतिशत र विषयगत परीक्षामा प्राप्त अङ्क जोडी हुने कुल प्राप्ताङ्कको आधारमा गर्नेछ । (५) उपनियम (१) को खण्ड (क) को उपखण्ड (१) बमोजिमको सामान्य परीक्षाको किसिम वस्तुगत हुनेछ ।
१९. प्रयोगात्मक परीक्षाः (१) विषयको प्रकृति हेरी आवश्यक ठानेमा आयोगले प्रयोगात्मक परीक्षा लिनेछ । (२) प्रयोगात्मक परीक्षा लिँदा आयोगले सम्बन्धित उम्मेदवारलाई त्यस्तो परीक्षाको लागि साधन उपलब्ध भएको अन्य कुनै कार्यालय वा संस्थामा पठाउन सक्नेछ । त्यसरी प्रयोगात्मक परीक्षा लिँदा आयोगले सम्बन्धित विषयको विशेषज्ञको समेत सहयोग लिन सक्नेछ।
२०. सफल उम्मेदवारको सूची प्रकाशन गरिनेः (१) लिखित र प्रयोगात्मक परीक्षा लिइएकोमा सो परीक्षा समेतबाट उत्तीर्ण भई सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरू मध्येबाट देहायको
अनुपातमा उत्तीर्ण उम्मेदवारहरू थप गरी अन्तरवार्ताको लागि उम्मेदवारको नाम वर्णानुक्रम अनुसार प्रकाशन गरिनेछः
रिक्त पद संख्या थप हुने संख्या १ देखि ५ २ ६ देखि १० ३ ११ देखि १५ ४ १६ देखि २० ५ २१ देखि २५ ६ २६ देखि ३० ७ ३१ देखि ३५ ८ ३६ देखि ४० ९ ४१ र सो भन्दा माथी २० प्रतिशत
तर अन्तिम क्रमसंख्यामा एक जना भन्दा बढी उम्मेदवारले बराबर अङ्क प्राप्त गरेमा त्यस्तो सबै उम्मेदवारको नाम प्रकाशन गरिनेछ ।
(२) नियम १८ बमोजिम उत्तीर्ण अङ्क प्राप्त गर्ने उम्मेदवार आवश्यक संख्यामा नभएमा جتति जनाले उत्तीर्ण अङ्क प्राप्त गरेका छन् त्यति उम्मेदवारको नाम प्रकाशन गरिनेछ ।
(३) आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा समान स्तरका विभिन्न पदका लागि एउटै समयमा लिएको भन्दा भिन्न भिन्न शिक्षक पदको नतिजा प्रकाशित नामावलीमा परेको मध्ये जितनीजना उम्मेदवारको नाम अर्को पदको नतिजा प्रकाशनमा परेको छ त्यतिकाै संख्यामा थप उम्मेदवारको नाम समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(४) आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा कुनै उम्मेदवार समान श्रेणीको वा सोभन्दा माथिल्लो श्रेणी वा पदमा पहिले नै सिफारिस भइसकेको भए लिखित परीक्षाको नतिजाबाट त्यस्तो उम्मेदवारको नाम हटाउनु पर्नेछ ।
(५) उपनियम (१) बमोजिम नाम प्रकाशन गर्दा अन्तर्वार्ता हुने मिति, समय र स्थान समेत खुलाउनु पर्नेछ ।
२१. अन्तर्वार्ता सम्बन्धी व्यवस्था: (१) नियम २० बमोजिम प्रकाशित सूचनामा उल्लेखित उम्मेदवारको अन्तर्वार्ता लिनको लागि आयोगले सम्बन्धित क्षेत्रका विशेषज्ञ सहित रहेको कम्तीमा तीन सदस्यीय अन्तर्वार्ता समिति गठन गर्नेछ । (२) अन्तर्वार्ता समितिको बैठक सम्बन्धी कार्यविधि आयोगले तोके बमोजिम हुनेछ।
२२. अन्तर्वार्ताको अङ्क: अन्तर्वार्ताको लागि छुट्याइएको पच्चीस अङ्क देहाय बमोजिम दिइनेछ:- (क) अनुभव बापत सोही तहको अस्थायी वा राहत अनुदान कोटा अन्तर्गतको शिक्षकको रुपमा काम गरे बापत $प्रत्येक वर्षको शून्य दशमलव पाँच अङ्कका दरले बढीमा पाँच अङ्क, तर आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवामा अस्थायी वा राहत अनुदान कोटा अन्तर्गतको शिक्षकको रुपमा काम गरे बापतको अङ्क दिइने छैन । स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “राहत अनुदान कोटा अन्तर्गतको शिक्षक” भन्नाले नेपाल सरकारले विद्यालयलाई उपलब्ध गराएको राहत अनुदान कोटा अन्तर्गत नियुक्त भएको शिक्षक सम्झनु पर्छ । (ख) शैक्षिक योग्यता बापत से वा प्रवेशको लागि तोकिएको शैक्षिक योग्यताको प्रथम श्रेणी भए तीन र द्वितीय श्रेणी भए दुई अङ्क र से वा प्रवेशको लागि तोकिएको शैक्षिक योग्यता भन्दा एक तह माथिल्लो शैक्षिक योग्यताको प्रथम श्रेणी भए दुई र द्वितीय श्रेणी भए एक अङ्क, (ग) अन्तर्वार्ता बापत बढीमा $ पन्ध्र अङ्क, तर अन्तर्वार्ताको अङ्क दिँदा कुनै उम्मेदवारलाई ७० प्रतिशत भन्दा बढी र ३५ प्रतिशत भन्दा कम दिनु परेमा त्यस्तो नम्बर दिनु परे स्पष्ट कारण खुलाउनु पर्नेछ ।
२३. छुट अन्तर्वार्ता लिन सक्ने: अन्तर्वार्ताको निमित्त छानिएको उम्मेदवारले देहायका कारण देखाई अन्तर्वार्ता सम्पन्न भएको मितिले दस दिन भित्र अन्तर्वार्ताको लागि उपस्थित हुन
$ दशौँ संशोधनद्वारा संशोधित ।
नसकेको प्रमाण सहित निवेदन दिएमा र जाँचबुझ गर्दाथ मिनासिब देखिएमा आयोगले अन्तर्वार्ता ताखिएको मितिले पन्ध्र दिन भित्र त्यस्तो छुटेका उम्मेदवारको अन्तर्वार्ता लिन सक्नेछः (क) भवितव्य परेमा, (ख) सरकारी कामको कारणबाट उपस्थित हुन नसकेमा, (ग) करिया बस्नु परेमा, (घ) सुत्केरी भएमा, (ङ) अशक्त बिरामी भएको कुरा चिकित्सकबाट प्रमाणित भएमा ।
स्पष्टीकरण: भवितव्य भन्नाले बाढी, पहिरो गई बाटो बन्द हुनु आदि कारणलाई जनाउँछ ।
२४. योग्यताक्रम प्रकाशित गर्नेः (१) आयोगले लिखित र प्रयोगात्मक परीक्षा लिएको भए सो परीक्षामा सफल भएका उम्मेदवारले अन्तर्वार्तामा प्राप्त गरेको अङ्क जोडी सबै परीक्षाबाट सफल भएका उम्मेदवारको नाम नियुक्तिको लागि सिफारिस सहित योग्यताक्रम प्रकाशित गर्नु पर्नेछ । त्यसरी सिफारिस गर्दा उपलब्ध रिक्त पद संख्याको दस प्रतिशतले हुने संख्या उम्मेदवारको नाम वैकल्पिक सूचीमा राख्नु पर्नेछ ।
(२) एक भन्दा बढी तहमा सफल हुने उम्मेदवारलाई माथिल्लो तहको लागि मात्र सिफारिस गरिनेछ ।
(३) आयोगले आफूले सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरू मध्येबाट करारमा शिक्षक नियुक्ति गर्ने प्रयोजनको लागि सिफारिस गरिएको पद संख्याको आधारमा प्राथमिक तहमा दस प्रतिशत र निम्न माध्यमिक तथा माध्यमिक तहमा विज्ञापन भएको पदको दोब्बर सङ्ख्यामा छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्नेछ ।
(४) उपनियम (३) बमोजिमको सूची प्रकाशन गर्दा खुला प्रतियोगिता तर्फका वैकल्पिक उम्मेदवारलाई पहिलो प्राथमिकतामा राखिनेछ ।
(५) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सोही तहमा पुनः विज्ञापन भई उम्मेदवार सिफारिस भएमा $उपनियम (३) बमोजिमको योग्यताक्रम अनुसारको सूची स्वतः रद्द हुनेछ।
(६) उपनियम (३) बमोजिमको छुट्टै योग्यताक्रम अनुसारको सूचीको आधारमा कुनै विद्यालयमा करारमा शिक्षक नियुक्ति भएको व्यक्ति सोही योग्यताक्रम अनुसारको सूचीको आधारमा अर्को विद्यालयमा पुनः करारमा नियुक्ति हुन सक्दैन।
२५. वैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न सक्नेः (१) शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले देहायका अवस्थामा वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई योग्यता क्रमानुसार नियुक्ति गर्न सक्नेछः
(क) सिफारिस गरिएको उम्मेदवारले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईबाट नियुक्तिको लागि सार्वजनिक सूचना प्रकाशित गरेको मितिले तीस दिनभित्र नियुक्ति नलिएमा,
(ख) सिफारिस गरिएको उम्मेदवारको मृत्यु भई निजले राजीनामा दिएई वा माथिल्लो तहको पदमा नियुक्ति लिएको कारण परीक्षणकाल भित्रै पद रिक्त हुन आएमा,
(ग) नियुक्ति पत्र लिएको मितिले तीस दिनभित्र पदस्थापना गरिएको विद्यालयमा हाजिर नभएमा ।
(२) उपनियम (१) बमोजिम वैकल्पिक उम्मेदवारलाई नियुक्त गरेकोमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले त्यसको जानकारी तुरुन्त आयोगलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले सिफारिस गरेको एक वर्ष नघपेपछि कुनै पनि वैकल्पिक उम्मेदवारलाई नियुक्ति गरिने छैन ।
२६. दरखास्त रद्द वा सिफारिस बदर हुन सक्नेः (१) कुनै उम्मेदवारले झुठ्ठा विवरण दिएको प्रमाणित भएमा वा परीक्षाको मर्यादा भंग गरेमा वा त्यस्तो कार्य गर्ने उद्योग गरेमा आयोगले त्यस्तो उम्मेदवारको दरखास्त रद्द गर्न सक्नेछ ।
(२) आयोगबाट नियुक्तिको लागि सिफारिस भएको कुनै उम्मेदवारले नियुक्ति लिन नपाउँदै निज सिफारिस हुन नसक्ने कुनै प्रमाणिक कारण उपलब्ध भएमा आयोगले त्यस्तो उम्मेदवारको सिफारिस बदर गर्न सक्नेछ । (३) कुनै उम्मेदवारले झुठो विवरण दिएको कुरा त्यस्तो उम्मेदवार सिफारिस गरिएको पदमा नियुक्ति भई सकेपछि थाहा हुन आएमा आयोगले निज उपर विभागीय कारबाहीको लागि सम्बन्धित अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ ।
परिच्छेद- ४ बढुवा सम्बन्धी व्यवस्था
२७. बढुवाको निमित्त सम्भाव्य उम्मेदवार बन्न सक्नेः बढुवाको लागि उम्मेदवार हुन सम्बन्धित श्रेणीको तल्मा पाँच शैक्षिक सत्रको नोकरी अवधि पूरा गरेको स्थायी शिक्षक हुन पर्नेछ । तर देहायको अवस्थामा देहायको अवधिभर कुनै पनि शिक्षक बढुवाको लागि उम्मेदवार हुन पाउने छैनः (क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर, (ख) बढुवा रोक्का गरिएकोमा रोक्का भएको अवधिभर, (ग) तल्लो पदमा घटुवा गरेकोमा घटुवा भएको मितिले दुई वर्षसम्म, (घ) तलब वृद्धि (ग्रेड) रोक्का भएकोमा रोक्का भएको मितिले एक वर्षसम्म ।
२८. बढुवाको लागि पद निर्धारण र बढुवाको आधारः (१) प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको प्रथम र द्वितीय श्रेणीको रिक्त पदहरू मध्ये २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षा र ७५ प्रतिशत कार्य सम्पादन मूल्याङ्कन आधारमा बढुवाद्वारा पूरित गरिनेछ । (२) आयोगले शिक्षकलाई बढुवाको लागि सिफारिस गर्दा निजको कार्य क्षमताको आधारमा गर्नेछ र शिक्षकको कार्य क्षमताको मूल्याङ्कन गर्दा देहाय बमोजिम बढीमा १०० अङ्क दिइनेछ:- (क) नोकरीको ज्येष्ठता वापत ३५ (ख) शैक्षिक योग्यता वापत २० (ग) तालीम वापत १०
(घ) कार्य सम्पादनलाई देहाय बमोजिम विभाजन गरिनेछ:- (१) अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि वापत १५ (२) शिक्षण कार्यसँग सम्बन्धित विषयमा अनुसन्धान गरे वापत ५ (३) विशेष जिम्मेवारी वापत ५ (४) कार्य सम्पादनको आधारमा सुपरिवेक्षक र पुनरावलोकन समितिले गरेको मूल्याङ्कन वापत १०
(३) आयोगले उपनियम (२) बमोजिम मूल्याङ्कन गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकलाई सबैभन्दा पहिले बढुवाको लागि सिफारिस गर्नु पर्नेछ । समान अङ्क प्राप्त गर्ने शिक्षकको हकमा नोकरीको जेष्ठताको आधारमा बढुवाको लागि सिफारिस गरिनेछ ।
२९. नोकरीको जेष्ठताः (१) ज्येष्ठता वापत अङ्क प्रदान गर्दा सम्बन्धित तहमा स्थायी नियुक्ति भई अध्यापन गरेको भए प्रत्येक वर्षको २.५ अङ्कका दरले र अस्थायी नियुक्ति भई अध्यापन गरेको भए प्रत्येक वर्षको १.२५ अङ्कका दरले बढीमा ३५ अङ्क प्रदान गरिनेछ । तर (१) महिला, दलित र अपाङ्ग भए एक वर्ष अनुभव थप गरी ३५ अङ्कमा नबढ्ने गरी सोही अनुपातमा अङ्क प्रदान गरिनेछ । (२) एक शैक्षिक सत्र भन्दा कम अवधिको चााजु महिना वा दिनको लागि समानुपातिक हिसाबले अङ्क दिइनेछ । (३) गयल भएको वा असाधारण विदा वा वेतलबी विदामा बसेको अवधिको अङ्क दिइने छैन ।
(२) कार्य सम्पादन मूल्याङ्कनको आधारमा बढुवा गर्ने प्रयोजनको लागि स्थायी सेवा बीचमा टुटेको भए सो अवधि कट्टा गरी बाँकी गरेको अवधि समेत गणना गरिनेछ । तर तलब नपाउने गरी विद्यालयमा अनुपस्थित रहेको अवधिलाई काम गरेको अवधि मानिने छैन ।
३०. शैक्षिक योग्यताः (१) शिक्षकलाई शैक्षिक योग्यता वापत अङ्क प्रदान गर्दा सेवा प्रवेशका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता वापत प्रथम श्रेणीको लागि १५ अङ्क, द्वितीय श्रेणीको लागि १३ अङ्क र तृतीय श्रेणीको लागि ११ अङ्क दिइनेछ ।
(२) न्यूनतम शैक्षिक योग्यता भन्दा माथिको शैक्षिक उपाधि हासिल गरेको भए एक शैक्षिक शैक्षिक उपाधिसम्मको लागि प्रथम श्रेणीको लागि ५ अङ्क, द्वितीय श्रेणीको लागि ४ अङ्क र तृतीय श्रेणीको लागि ३ अङ्क दिइनेछ । (३) कुनै शिक्षकले न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो एक भन्दा बढी उपाधि हासिल गरेको भएमा शिक्षकले रोजेको कुनै एक उपाधिको मात्र अङ्क दिइनेछ । (४) श्रेणी नखुलेको शैक्षिक योग्यता वापत द्वितीय श्रेणीको अङ्क दिइनेछ ।
३१. तालीमः (१) सम्बन्धित तह वा सो भन्दा माथिल्लो स्तरको शिक्षा शिक्षणसँग सम्बन्धित दस महिना वा सो भन्दा बढी अवधिको मान्यता प्राप्त तालीम प्राप्त गरेको वा प्राथमिक शिक्षकको हकमा ४०० पूर्णाङ्कको शिक्षा विषय लिई प्रवेशिका परीक्षा उत्तीर्ण गरेकोमा तालीम वापत प्रथम, द्वितीय र तृतीय श्रेणीको लागि क्रमशः अङ्क ७, ६ र ५ अङ्क दिइनेछ । (२) श्रेणी नखुलेको तालीम प्राप्त द्वितीय श्रेणीको अङ्क दिइनेछ । (३) शिक्षा विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह, स्नातक तह वा स्नातकोत्तर तह उत्तीर्ण गरेको सम्बन्धित तहको शिक्षकलाई तालीम वापत ७ अङ्क नबढ्ने गरी न्यूनतम योग्यता र तालीम वापतको दुवै अङ्क दिइनेछ । (४) सम्बन्धित तह वा श्रेणीका लागि तोकिएको पेसागत विकास सम्बन्धी کمیटीमा एक महिने सेवाकालीन तालीम प्राप्त शिक्षकलाई श्रेणीका आधारमा प्रथम, द्वितीय र तृतीय श्रेणी वापत क्रमशः ३, २ र १ अङ्क दिइनेछ । (५) उपनियम (४) बमोजिमको सेवाकालीन तालीमको लागि शिक्षकलाई मनोनयन गर्दा वरिष्ठताको आधारमा गरिनेछ ।
३२. कार्य सम्पादनः शिक्षकको कार्य सम्पादन मूल्याङ्कन अनुसूची-१ बमोजिमको कार्य सम्पादन मूल्याङ्कन फाराम प्रयोग गरिनेछ ।
३२क. अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धिः (१) अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि वापत १५ अङ्कमा नबढ्ने गरी प्रति
वर्ष बढीमा तीन अङ्कका दरले देहायका आधारमा पछिल्लो पाँच वर्षको अङ्क गणना गरिन्छ:-
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि,- (१) “अध्यापन गरेको विषय” भन्नाले साप्ताहिक रुपमा सबैभन्दा बढी साप्ताहिक घण्टी (क्रेडिट आवर) पढाएको विषयलाई सम्झनु पर्छ र सो शब्दले कुनै शिक्षकको त्यसरी पढाएको विषय एकभन्दा बढी भए सम्बन्धित शिक्षकले रोजेको विषयलाई जनाउँछ । (२) “भौगोलिक इकाई” भन्नाले स्थानीय तह सम्झनु पर्छ ।
(२) उपनियम (१) बमोजिम हिसाब गर्दा कुनै भौगोलिक इकाईको औसत उत्तीर्ण प्रतिशत ४० भन्दा कम भएमा ४० अङ्क मानिनेछ । (३) उपनियम (१) बमोजिम हिसाब गर्दा विद्यार्थीले कक्षा ३ वा ५ को उपलब्धि परीक्षा, कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षा, माध्यमिक शिक्षा परीक्षा वा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको औसत अङ्कलाई आधार मान्नु पर्नेछ । (४) कुनै शिक्षकले कक्षा ३, ५, ८, १० वा १२ मा अध्यापन नगरी अन्य कक्षामा अध्यापन गरेको भए पनि कक्षा ३, ५, ८ वा माध्यमिक शिक्षा परीक्षा वा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षालाई आधार मानी अङ्क गणना गर्नु पर्नेछ । (५) अपाङ्गता भएको व्यक्तिलाई मात्र अध्यापन गर्ने शिक्षकको हकमा विद्यार्थीले प्राप्त गरेको औसत अङ्कलाई ५० ले भाग गरी ३ ले गुणन गरेर वार्षिक अङ्क निकाल्नु पर्नेछ । तर त्यस्तो अङ्क ३ भन्दा बढी हुने छैन । (६) स्रोत व्यक्तिको रुपमा काम गरी खटिएको शिक्षकको हकमा आफ्नो क्षेत्रभित्रका विद्यालयले कक्षा ३, ५, ८ वा माध्यमिक शिक्षा परीक्षा वा माध्यमिक शिक्षा उत्तीर्ण
परीक्षामा प्राप्त गरेको समग्र औसत अङ्कलाई ५० ले भाग गरी ३ ले गुणन गरेर वार्षिक अङ्क निकाल्नु पर्नेछ । (७) कुनै शिक्षकको शैक्षिक सत्रको बीचमा सरुवा भई विद्यालयमा कार्यरत अवधि छ महिनाभन्दा कम भएमा निजले ६ महिना भन्दा बढी अवधि काम गरेको विद्यालयको नतिजालाई आधार मानी अङ्क प्रदान गरिनेछ ।
३२ख. शिक्षण कार्यसँग सम्बन्धित विषयमा अनुसन्धानः (१) शिक्षकलाई निजले अध्यापन गरेको विषयमा शिक्षण सुधारको लागि अनुसन्धान गरी प्रतिवेदन तयार गरे बापत प्रत्येक वर्ष १ अङ्कका दरले बढीमा ५ अङ्क दिइनेछ । (२) उपनियम (१) बमोजिमको प्रतिवेदन शिक्षकको हकमा प्रधानाध्यापक र प्रधानाध्यापकको हकमा सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुखले प्रमाणित गर्नु पर्नेछ ।
३२ग. विशेष जिम्मेवारीः (१) विद्यालयको प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, अतिरिक्त क्रियाकलाप संयोजक जस्तो विशेष जिम्मेवारी लिएका शिक्षकलाई प्रत्येक वर्ष १ का दरले बढीमा ५ अङ्क दिइनेछ । (२) विशेष जिम्मेवारी बापतको अङ्क दिँदा पूरै वर्ष काम नगरेको शिक्षकको हकमा काम गरेको अवधिको समानुपातिक हिसाबले अङ्क दिइनेछ ।
३२घ. कार्य सम्पादनको आधारमा सुपरीवेक्षक र पुनरावलोकन समितिले गरेको मूल्याङ्कनः (१) शिक्षकको कार्य सम्पादन मूल्याङ्कन बापत देहायको अङ्क दिइनेछ:- (क) सुपरीवेक्षकले दिन सक्ने अधिकतम छ अङ्क, (ख) पुनरावलोकन समितिले दिन सक्ने अधिकतम चार अङ्क । (२) शिक्षकको कार्य सम्पादन मूल्याङ्कन देहायका अधिकारीबाट हुनेछ:- (क) सुपरीवेक्षक - सम्बन्धित विद्यालयको प्रधानाध्यापक (ख) पुनरावलोकन समिति:- (अ) सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख - सदस्य (आ) सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख - सदस्य (इ) सम्बन्धित विद्यालयको प्रधानाध्यापक - सदस्य
१ पाँचौँ संशोधनद्वारा थप । २ दशौँ संशोधनद्वारा संशोधित ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि तपानी प्रधानाध्यापक, प्रधानाध्यापकसँग समान श्रेणीको शिक्षक र प्रधानाध्यापक भन्दा माथिल्लो श्रेणीको शिक्षकको कार्यसम्पादन मूल्याङ्कन देहायका अधिकारीबाट हुनेछ:- (क) सुपरीवेक्षक - सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख (ख) पुनरावलोकन समिति:- (अ) सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख - सदस्य (आ) सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख - सदस्य (इ) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष - सदस्य
(३क) उपनियम (२) र (३) बमोजिमको पुनरावलोकन समितिको अध्यक्षता समितिका सदस्यहरूमध्ये वरिष्ठतम अधिकृतले गर्नेछ ।
(४) कुनै कारणले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पद रिक्त भएमा अध्यक्षको काम गर्ने व्यक्तिले सोही व्यहोरा जनाई पुनरावलोकन समितिको सदस्य भई काम गर्नु पर्नेछ।
(५) कार्य सम्पादन मूल्याङ्कनको प्रयोजनको निमित्त अङ्क गणना गर्दा यो उपनियम प्रारम्भ भएपछि हुने पहिलो विज्ञापनमा पछिल्लो एक वर्षको कार्य सम्पादन मूल्याङ्कन फारामको अङ्क हिसाब गर्नेछ र त्यसपछि दोस्रो वर्षमा हुने विज्ञापनमा दुई वर्षको, तेस्रो र चौथो वर्षमा क्रमशः तीन र चार वर्षको औसत अङ्क गणना गर्नेछ ।
(६) कार्य सम्पादन मूल्याङ्कन फारामको खण्ड (घ) गोप्य रुपमा रहनु पर्नेछ ।
(७) सम्बन्धित शिक्षकले शैक्षिक सत्र सुरु भएको मितिले तीस दिनभित्र कार्य सम्पादन मूल्याङ्कन फाराममा आफूले भर्नु पर्ने विवरण भरी सम्बन्धित विद्यालयमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउनु पर्नेछ ।
(८) उपनियम (७) बमोजिम प्राप्त कार्य सम्पादन मूल्याङ्कन फारम प्राप्त भएमा प्रधानाध्यापक आफैं सुपरीवेक्षक भए पन्ध्र दिनभित्र मूल्याङ्कनका लागि शिक्षा विकास तथा समन्वय इकाईमा पठाउनु पर्नेछ । प्रधानाध्यापक आफू सुपरीवेक्षक नभएमा त्यस्तो फाराम सात दिनभित्र सुपरीवेक्षक समक्ष पठाउनु पर्नेछ।
(९) पुनरावलोकन समितिले आफू समक्ष प्राप्त भएको कार्य सम्पादन मूल्याङ्कन फाराम शैक्षिक सत्र सुरु भएको मितिले नव्वे दिनभित्र मूल्याङ्कन गरी सक्नु पर्नेछ ।
(९क) यो नियम प्रारम्भ हुँदाका बखत कुनै शिक्षकको कार्यसम्पादन मूल्याङ्कन हुन बाँकी रहेको भए आयोगको पूर्व स्वीकृति लिई यो उपनियम प्रारम्भ भएको मितिले छ महिना भित्रमा यो नियम प्रारम्भ हुनु अघि कायम रहेको कार्य सम्पादन मूल्याङ्कन बापत पाउने अङ्कको आधारमा मूल्याङ्कन गरी सक्नु पर्नेछ ।
(१०) निर्धारित अवधिभित्र कार्य सम्पादन मूल्याङ्कन फाराम भरेर पेश नगर्ने शिक्षक, समयमा मूल्याङ्कन नगर्ने सुपरीवेक्षक तथा पुनरावलोकन समितिका पदाधिकारीहरू उपर अख्तियारवालाले विभागीय कारबाही गर्नु पर्नेछ ।
तर काबू बाहिरको परिस्थिति परी निर्धारित अवधिभित्र कार्य सम्पादन मूल्याङ्कन फाराम भरेर पेश गर्न वा मूल्याङ्कन गर्न नसकिएको कारण खोली सम्बन्धित प्रदेशमा रहेको शिक्षा विकास निर्देशनालयको निर्देशकलाई जानकारी गराएमा र त्यस्तो कारण मनासिब देखिएमा त्यस्तो निर्देशकले शैक्षिक सत्र सुरु भएको छ महिनाभित्र यस नियमको अधिनमा रही त्यस्तो कार्य सम्पादन मूल्याङ्कन फाराम भरेर पेश गर्न लगाउन वा कार्य सम्पादन मूल्याङ्कन गर्न वा गराउन सक्नेछ ।
(११) एक शैक्षिक सत्रभन्दा लामो अवधि विदा वा काजमा बस्ने शिक्षकको कार्य सम्पादन मूल्याङ्कन निज विद्यालयमा कार्यरत रहँदाको पहिल्लो शैक्षिक सत्रमा पाएको अङ्क बराबर हुने गरी गणना गरिनेछ ।
(१२) पुनरावलोकन समितिबाट कार्य सम्पादन मूल्याङ्कन भइसकेपनि सम्बन्धित शिक्षकले निजले प्राप्त गरेको कार्य सम्पादन मूल्याङ्कनको वापतको अङ्क हेर्नु पर्ने भई निवेदन दिएमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले निजलाई त्यस्तो अङ्कबारे जानकारी दिनु पर्नेछ । तर पुनरावलोकन समितिले दिएको अङ्क जानकारी दिइने छैन ।
(१३) कुनै शिक्षकलाई सुपरीवेक्षकले गरेको मूल्याङ्कनमा चित्त नबुझेमा उपनियम (१२) बमोजिम जानकारी पाएको मितिले सात दिनभित्र चित्त नबुझ्नुको ठोस आधार र
कारण सहित त्यस्तो शिक्षकले सम्बन्धित प्रदेशमा रहेको शिक्षा विकास निर्देशनालयको निर्देशक समक्ष उजुरी दिन सक्नेछ। (१४) उपनियम (१३) बमोजिम उजुरी प्राप्त भएमा त्यस्तो उजुरी प्राप्त भएको मितिले एक महिनाभित्र सम्बन्धित प्रदेशमा रहेको शिक्षा विकास निर्देशनालयको निर्देशकले त्यस्तो उजुरीमा आवश्यक छानबिन गर्नेछ र उजुरी छानबिन गर्दा उजुरी मनासिब देखिएमा सम्बन्धित सुपरीवेक्षक र पुनरावलोकन समितिका सदस्यसँग समेत परामर्श गरी त्यस्तो कार्यसम्पादन मूल्याङ्कन फाराममा प्राप्त अङ्क संशोधन गर्न सक्नेछ । (१५) उपनियम (१४) बमोजिम संशोधन गरेको निर्णयको प्रतिलिपि सोही कार्य सम्पादन मूल्याङ्कन फारामसँग नत्थी गरी राख्नु पर्नेछ ।
३३. बढुवा नामावलीको प्रकाशनः आयोगले बढुवाका लागि सिफारिस भएका शिक्षकहरूको नामावली सार्वजनिक रुपमा प्रकाशित गर्नु पर्नेछ । सो नामावलीमा सबैभन्दा न्यूनतम अङ्क प्राप्त गर्ने शिक्षकले प्राप्त गरेको अङ्क समेत उल्लेख गर्नु पर्नेछ । त्यसरी बढुवा सिफारिसको नामावली प्रकाशित भएपछि सम्बन्धित कुनै उम्मेदवारले आफूले प्राप्त गरेको अङ्क हेर्ने इच्छा गरेमा कार्य सम्पादन मूल्याङ्कन बाहेक अन्य आधारहरू वापत निजले प्राप्त गरेको अङ्क निजलाई हेर्न दिनु पर्नेछ ।
३४. बढुवा सिफारिस उपरको उजुरी र पुनरावलोकनः (१) नियम ३३ बमोजिम सिफारिस भएको बढुवा नामावलीको सूचीमा नाम समावेश नहुने शिक्षकले सो बढुवा निर्णय उपर उजुरी दिन चाहेमा बढुवा नामावली प्रकाशित भएको मितिले ३५ दिन भित्र आयोग समक्ष स्पष्ट आधार र प्रमाणहरू उल्लेख गरी उजुरी दिन सक्नेछ । (२) उपनियम (१) बमोजिम परेको उजुरी उपर आयोगले उजुरी गर्ने म्याद समाप्त भएको मितिले सामान्यतया नव्वे दिनभित्र पुनरावलोकन गरी निर्णय दिनु पर्नेछ । (३) उपनियम (२) बमोजिम पुनरावलोकन गर्दा पहिले प्रकाशित बढुवा सिफारिसको नामावलीमा संशोधन गर्नु पर्ने देखिएमा सोको निर्णय गरी आयोगले संशोधित बढुवा सिफारिसको नामावली प्रकाशित गर्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम परेको उजुरी झुट्टा ठहरिएमा उजुरी पर्नु हुने बढुवामा त्यस्तो उजुरीकर्ताको पहिलो पटकको उजुरी भए २ अङ्क र दोस्रो पटकको उजुरी भए ३ अङ्क घटाइनेछ ।
(५) उपनियम (४) बमोजिम भएको कारबाहीको सूचना सम्बन्धित शिक्षक तथा सम्बन्धित शिक्षक कार्यरत रहेको शिक्षा विकास तथा समन्वय इकाईलाई दिनु पर्नेछ ।
३५. बढुवा मिति र बढुवा नियुक्ति: (१) नियम ३३ बमोजिम बढुवा नामावली प्रकाशित भएपछि बढुवाको उजुरीको प्रयोजनको लागि सो नामावली प्रकाशित भएको मितिबाट पैंतीस दिनसम्म बढुवा सिफारिस पाउने उम्मेदवारलाई बढुवा नियुक्ति दिई प्रतीक्षा सूचीमा राखिनेछ । सो बढुवा सिफारिस उपर उजुरी परेमा सो नामावली प्रकाशित भएको मितिले छत्तीसौं दिनको मितिबाट बढुवा हुने श्रेणीको जेष्ठता कायम हुने गरी नियुक्ति दिनु पर्नेछ ।
(२) बढुवा सिफारिस उपर उजुरी परेमा देहाय बमोजिम जेष्ठता मिति कायम गरी नियुक्ति दिनु पर्नेछ: (क) नियम ३४ को उपनियम (३) बमोजिम बढुवा सिफारिसको नामावलीमा संशोधन गर्ने निर्णय भएमा सो बमोजिम संशोधित नामावली प्रकाशित भएको मितिदेखि, (ख) उजुरी खारेज भएमा वा आयोगको पहिलेको सिफारिस नै कायम भएमा पहिलो पटकको बढुवा सिफारिस प्रकाशित भएको मितिले छत्तीसौं दिनदेखि ।
३६. आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवाको लागि विज्ञापन: नियम २८ बमोजिम छुट्याइएको प्रतिशत अनुरूप आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवाद्वारा पूर्ति गर्नु पर्ने पदको लागि आयोगले सम्बन्धित उम्मेदवारले थाहा पाउने गरी विज्ञापन प्रकाशित गर्नु पर्नेछ । सो विज्ञापनमा बढुवा हुने पदको संख्या, आवश्यक शैक्षिक योग्यता एवं सेवा अवधि, दरखास्त बुझाउने ठाउँ तथा अन्तिम मिति, जाँच हुने ठाउँ र आवश्यक अन्य विवरण समेत उल्लेख गर्नु पर्नेछ ।
३७. आन्तरिक प्रतियोगितात्मक परीक्षामा बढुवाको आधार: आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधार देहाय बमोजिम हुनेछ: (क) लिखित परीक्षा
(ख) अन्तर्वार्ता
३८. परीक्षाको पाठ्यक्रम तथा बढुवा सिफारिस सम्बन्धी अन्य व्यवस्था: (१) आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम आयोगले निर्धारण गरे बमोजिम हुनेछ । (२) आन्तरिक प्रतियोगितात्मक परीक्षाको पूर्णाङ्क देहाय बमोजिम हुनेछ:- (क) लिखित परीक्षा - १०० अङ्क (ख) अन्तर्वार्ता - १५ अङ्क (ग) अनुभव वापत प्रत्येक वर्षको एक अङ्कका दरले बढीमा - १० अङ्क । (३) उपनियम (२) को खण्ड (क) बमोजिम लिइने लिखित परीक्षाको उत्तीर्णाङ्क चालीस अङ्क हुनेछ । (४) उपनियम (२) बमोजिम प्राप्त कुल अङ्कका आधारमा योग्यताक्रम निर्धारण गर्नु पर्नेछ ।
३९. बढुवा सम्बन्धी विशेष व्यवस्थाः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि तहकोश्रेणीमा शिक्षक पदमा स्थायी नियुक्ति भई सोही तहको सोही श्रेणीबाट निवृत्तवरण पाउने गरी अनिवार्य अवकाश पाउने शिक्षकलाई एक महिना अगावै सोही तहको माथिल्लो श्रेणीमा बढुवा गर्नको लागि आयोगले सिफारिस गर्नेछ । (२) उपनियम (१) बमोजिम अवकाश पाउने शिक्षकले आफूले अवकाश पाउने मितिभन्दा छ महिना अगावै आवश्यक कागजात संलग्न गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा निवेदन दिनु पर्नेछ । (२क) उपनियम (२) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात छाइबिन गर्दा निवेदन दिने शिक्षकलाई बढुवा गर्न नमिल्ने देखिएमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले त्यस्तो शिक्षक अवकाश हुनुभन्दा जव्वे दिन अगावै आयोगमा सो निवेदन पठाउनु पर्नेछ । (२ख) उपनियम (२क) बमोजिमको प्राप्त भएको निवेदन सहितको कागजात छाइबिन गर्दा निवेदन दिने शिक्षकलाई बढुवा गर्न उपयुक्त देखिएमा आयोगले त्यस्तो शिक्षकलाई
१ एघारौँ संशोधनद्वारा संशोधित । ४ पहिलो संशोधनद्वारा संशोधित । २ पहिलो संशोधनद्वारा थप ।
उपनियम (१) बमोजिम बढुवा गर्न सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिस गर्नु पर्नेछ ।
(२ग) उपनियम (२ख) बमोजिम आयोगबाट सिफारिस भई आएमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले निवेदन दिने शिक्षकलाई अवकाश दिनु भन्दा एक महिना अघि सोही तर्फको एक तह माथिको श्रेणीमा बढुवा गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम बढुवा गर्दा स्वतः विशेष पद सिर्जना भएको मानिनेछ र त्यस्तो शिक्षकले सेवाबाट अवकाश पाएपछि सो बढुवा भएको पद स्वतः खारेज भई साविक पद कायम रहनेछ ।
(४) यस नियम बमोजिम बढुवा हुने कुनै शिक्षकले निवेदन नदिएको भए तापनि त्यस्तो शिक्षकसँग सम्बन्धित कागजातको आधारमा आयोगले बढुवाका लागि सिफारिस गरेको शिक्षकलाई शिक्षक हकताबखतले एक श्रेणी माथिको तलब रकमबाट हिसाब गरी निवृत्तिवरण निर्धारण गर्नु पर्नेछ ।
३९क. कार्य सम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा गरिने बढुवा सम्बन्धी विशेष व्यवस्थाः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको श्रेणीका पदमा कम्तीमा देहाय बमोजिमको सेवा अवधि पूरा गरेका शिक्षकले सेवा प्रवेश गर्दा निर्धारित आवश्यक न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो शैक्षिक योग्यता सेवा प्रवेश हुनु भन्दा अघि वा पछि प्राप्त गरेको भए त्यस्तो शिक्षकलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछ:- (क) प्राथमिक तृतीय श्रेणी - १० वर्ष (ख) प्राथमिक द्वितीय वा निम्न माध्यमिक तृतीय श्रेणी - १२ वर्ष (ग) निम्न माध्यमिक द्वितीय वा माध्यमिक तृतीय श्रेणी - १५ वर्ष (घ) माध्यमिक द्वितीय श्रेणी - १८ वर्ष
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका द्वितीय र तृतीय श्रेणीका शिक्षकले एउटै श्रेणीको स्थायी पदमा क्रमशः १३, १५ र १८ वर्ष वा सो भन्दा बढी सेवा अवधि पूरा गरी सेवा प्रवेशका बखत निर्धारित
पाँचौँ संशोधनद्वारा थप ।
विषयमा न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको भए त्यस्तो शिक्षकलाई एक श्रेणी माथिको पदमा बढुवा गरिन्छ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको प्रथम श्रेणीको शिक्षक र देहायको अवस्थामा कुनै पनि शिक्षक बढुवा हुन सक्ने छैन:- (क) नियम २७ को प्रतिबन्धात्मक वाक्यांशको अवस्थामा, (ख) *शिक्षकले नियम २८ को उपनियम (२) को खण्ड (घ) को उपखण्ड (४) बमोजिमको मूल्याङ्कन वा शैक्षिक सत्र २०६५ वा २०६६ को कार्य सम्पादन मूल्याङ्कनमध्ये कुनै एकमा कम्तीमा पचत्तर प्रतिशत अङ्क प्राप्त नगरेको अवस्थामा ।
(४) उपनियम (१) वा (२) बमोजिम बढुवा गरिएको शिक्षकको अभिलेख आयोगले अद्यावधिक गरी सोको जानकारी शिक्षक हकहितवालालाई समेत दिनु पर्नेछ ।
(५) यस नियम बमोजिम बढुवा भएको शिक्षक जुनसुकै कारणले सेवाबाट अवकाश भएमा वा निज माथिल्लो पदमा बढुवा नभएमा निजको पद सम्बन्धित तहको तृतीय श्रेणीमा कायम हुनेछ ।
(६) यस नियम बमोजिमको बढुवा एक पटकको लागि मात्र गरिनेछ र आयोगले बढुवा सम्बन्धी कार्य संवत् २०६८ साल चैत्र मसान्त मितिभित्र सम्पन्न गर्नु पर्नेछ ।
(७) कार्य सम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा गरिने बढुवाको दरखास्त आह्वान गर्ने, नतिजा प्रकाशन गर्ने प्रक्रिया र अवधि, बढुवा उपरको उजूरीको कार्यविधि सम्बन्धी अन्य व्यवस्था आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
परिच्छेद - ५ आर्थिक कार्यविधि सम्बन्धी
४०. खाता सञ्चालन सम्बन्धी व्यवस्थाः सचिवालयको खाताको सञ्चालन आयोगको नियन्त्रण र रेखदेखमा रही आयोगको प्रशासकीय प्रमुख र लेखा सम्बन्धी कार्य गर्न तोकिएको मुख्य कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।
४१. नगदी जिन्सी सम्बन्धी श्रेस्ताको जिम्मेवारीः सचिवालयको नगदी, जिन्सी, राजश्व, धरौटी सम्बन्धी श्रेस्ता अद्यावधिक राख्ने वा राख्न लगाउने दायित्व आयोगको प्रशासकीय प्रमुखको हुनेछ ।
४२. आर्थिक ऐन नियमको प्रक्रिया पूरा गर्नु पर्नेः आयोगको नाममा विनियोजित रकम खर्च गर्दा आयोगले नेपाल सरकारको प्रचलित आर्थिक ऐन नियमको प्रक्रिया पालना गर्नु पर्नेछ ।
परिरिच्छेद- ६ विविध
४३. अमर्यादित कार्य गरेमाः आयोगले परीक्षामा कुनै उम्मेदवारले अमर्यादित कार्य गरेमा वा त्यस्तो कार्य गर्न उद्योग गरेमा निजलाई सो परीक्षाबाट निष्कासन गर्न सक्नेछ र त्यस्तो उम्मेदवारलाई बढीमा दुई वर्षसम्म आयोगबाट सञ्चालित हुने परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाउन सक्नेछ ।
४४. गोप्य रहनेः आयोगले लिने परीक्षासँग सम्बन्धित सबै प्रकारका अभिलेखहरू गोप्य रहने छन् ।
४५. परीक्षा र विज्ञापन रद्द गर्न सक्नेः (१) परीक्षा सञ्चालन गर्दाका बखत परीक्षा केन्द्रमा कुनै प्रकारको गडबडी भएमा, कुनै बाधा अवरोध खडा भएमा वा परीक्षा सञ्चालन हुन नसकेमा आयोगले सो दिनको परीक्षा कारण जनाई रद्द गर्न सक्नेछ । (२) कुनै पनि परीक्षामा अनियमितता भएमा आयोगले त्यसको कारण जनाई सोसँग सम्बन्धित विज्ञापन रद्द गर्न सक्नेछ ।
४६. निरीक्षण गर्न सक्नेः (१) आयोगले तोके बमोजिम जिम्मेवारी पूरा गरे नगरेको सम्बन्धमा आयोगले सम्बन्धित निकायको आवश्यकता अनुसार निरीक्षण गर्न गराउन सक्नेछ । (२) उपनियम (१) बमोजिम निरीक्षण गर्दा आयोगले सुम्पेको जिम्मेवारी अनुरूप काम कारबाही भएको नदेखेमा सम्बन्धित कर्मचारीलाई विभागीय कारबाहीको लागि मन्त्रालयमा सिफारिस गर्न सक्नेछ ।
४६क. आयोगलाई सहयोग गर्नु पर्ने : (१) आयोगले परीक्षा सञ्चालन गर्न आवश्यक परे कर्मचारी, भवन वा कक्षा कोठा उपलब्ध गराउन सरकारी निकाय, सामुदायिक वा संस्थागत विद्यालय वा अन्य संगठित संस्थासँग अनुरोध गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुरोध भई आएमा सम्बन्धित सरकारी निकाय, सामुदायिक वा संस्थागत विद्यालय वा अन्य संगठित संस्थाले त्यस्तो सहयोग उपलब्ध गराउनु पर्नेछ ।
४७. विशेषज्ञको सेवा लिन सक्नेः आयोगले आफ्नो कार्यसँग सम्बन्धित विषयमा स्वीकृत बजेटको अधिना रही मन्त्रालयको स्वीकृति लिई विशेषज्ञको सेवा लिन सक्नेछ ।
४८. आयोगबाट पारिश्रमिक पाउन सक्नेः आयोगको काम गर्न आयोगद्वारा नियुक्त व्यक्ति वा गठित समितिका सदस्यले अर्थ मन्त्रालयबाट स्वीकृत भए बमोजिम पारिश्रमिक पाउन सक्नेछन् ।
४९. बिदा सम्बन्धी व्यवस्थाः (१) अध्यक्ष र सदस्यले नेपाल सरकारको राजपत्रङ्कित विशिष्ट श्रेणीका कर्मचारीले पाए सरिक़ो बिदाको सुविधा पाउने छन् । (२) अध्यक्षले आफ्नो बिदा र काज आफैं स्वीकृत गर्न सक्नेछ र सदस्यले बिदा र काज लाँदा अध्यक्षको स्वीकृति लिनु पर्नेछ ।
५०. विवरण उपलब्ध गराउनु पर्नेः ऐन र यस नियमावली बमोजिम आयोगले माग गरेका अभिलेख वा विवरणहरू सम्बन्धित निकायले आयोगलाई उपलब्ध गराउनु पर्नेछ ।
५१. कार्य सम्पादन मूल्याङ्कन फाराम उपलब्ध गराउनु पर्नेः कार्य सम्पादन मूल्याङ्कनको आधारमा हुने बढुवाको लागि सम्भाव्य उम्मेदवारहरूको व्यक्तिगत विवरण र कार्य सम्पादन मूल्याङ्कन फाराम सम्बन्धित निकायले आयोगलाई उपलब्ध गराउनु पर्नेछ ।
५२. यसै नियमावली बमोजिम हुनेः यो नियमावलीमा लेखिए जति कुरामा यसै नियमावली बमोजिम र अन्यमा शिक्षा नियमावली, २०५९ बमोजिम हुनेछ ।
५३. कार्यविधि निर्धारण गर्न सक्नेः यस नियमावलीमा व्यवस्था नभएका वा आयोगबाट गरिनु पर्ने काम कारबाही व्यवस्थित गर्न आयोगले ऐन र यस नियमावली प्रतिकूल नहुने गरी कार्यविधि निर्धारण गर्न सक्नेछ ।
५४. निर्देशिका जारी गर्न सक्नेः आयोगले आफ्नो काम कारबाही सुचारु रुपले सञ्चालन गर्नको लागि ऐन र यस नियमावलीको अधिना रही आवश्यक निर्देशिका जारी गर्न सक्नेछ ।
५४क. अनुसूचीमा संशोधन: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकता अनुसार फेरफेर तथा संशोधन गर्न सक्नेछ ।
५५. खारेजी: शिक्षा नियमावली, २०४९ को नियम २२, २३, २४, २५, २५क, २६, २७, ४४, ४९, ५०, ५१, ५२, ५२ क, ५२ ख, ५२ ग र ९४ तथा अनुसूची ५ खारेज गरिएका छन् ।
द्रष्टव्य: (१) शिक्षक सेवा आयोग (पहिलो संशोधन) नियमावली, २०५९ द्वारा रुपान्तरण भएका शब्दहरू:- “राष्ट्रिय शिक्षक सेवा आयोग” को सट्टा “शिक्षक सेवा आयोग” । (२) शिक्षक सेवा आयोग (दोस्रो संशोधन) नियमावली, २०५९ द्वारा रुपान्तरण भएका शब्दहरू:- “शिक्षा नियमावली, २०४९” को सट्टा “शिक्षा नियमावली, २०५९” । (३) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तरण गरिएका शब्दहरू:- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । (४) शिक्षक सेवा आयोग (तेस्रो संशोधन) नियमावली, २०७६ द्वारा रुपान्तरण गरिएका शब्दहरू:- (क) “शिक्षा विकास तथा समन्वय इकाई” को सट्टा “शिक्षा विकास तथा समन्वय इकाई” । (ख) “जिल्ला शिक्षा अधिकारी” को सट्टा “शिक्षा विकास तथा समन्वय इकाई प्रमुख” । (ग) “शिक्षा विभाग” को सट्टा “शिक्षा तथा मानव स्रोत विकास केन्द्र”। (घ) “अपाङ्ग” को सट्टा “अपाङ्गता भएको व्यक्ति”। (ङ) “स्थानीय निकाय“ को सट्टा “स्थानीय तह” । (च) “गाउँ विकास समिति“ को सट्टा “गाउँपालिका“।
अनुसूची-१ (नियम ३२ सँग सम्बन्धित) शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फाराम
कार्य सम्पादन मूल्याङ्कन फाराम पेश गरेको विद्यालय :...................... दर्ता नम्बर :........दर्ता मिति :.............. शिक्षक/प्रधानाध्यापकको नाम, थर :...................................................... सङ्केत नं. : .............................. तह : ........................... श्रेणी : ................................. हाल कार्यरत विद्यालयको नाम ठेगाना : ................................................................................... मूल्याङ्कन अवधि : ....................................देखि.................................................सम्म
खण्ड-क १. अध्यापन गरेको विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि अङ्क : ३ (क) अध्यापन गरेको तह : (ख) अध्यापन गरेको कक्षा : (ग) अध्यापन गरेको विषय : (घ) आधार लिएको परीक्षा : (१) कक्षा ३ को उपलब्धि परीक्षा (२) कक्षा ५ को उपलब्धि परीक्षा (३) कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा (४) कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (५) कक्षा ११ र १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (६) अपाङ्गता भएका विद्यार्थीको परीक्षा (७) अन्य : (ङ) सम्बन्धित विषयको परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेको औसत अङ्क :
(च) अध्यापन गरेको विषयको कक्षागत औसत उत्तीर्ण प्रतिशत $\times$ ३ $\frac{\text{सम्बन्धित विषयको भौगोलिक एकाइको औसत उत्तीर्ण प्रतिशत}}{\text{शिक्षकले प्राप्त गरेको अङ्क :}}$
आफूले अध्यापन गरेको विद्यार्थीले प्राप्त गरेको परीक्षाफल अनुसार गणना भएको छ भनी दस्तखत गर्ने सम्बन्धित शिक्षकको दस्तखत : ........................... मिति : ...............................
खण्ड-ख २ शिक्षण कार्यसँग सम्बन्धित अनुसन्धानको विवरण अङ्क: १ (क) अनुसन्धान गरिएको विषयको संक्षिप्त व्यहोरा : (ख) अनुसन्धानबाट प्राप्त निष्कर्षको संक्षिप्त व्यहोरा : (ग) संलग्न गरिएको प्रतिवेदनको पृष्ठ सङ्ख्या : शिक्षकले प्राप्त गरेको अङ्क :
खण्ड-ग ३ विशेष जिम्मेवारीको विवरण अङ्क: १ (क) प्रधानाध्यापक : .................................. देखि..................... सम्म (ख) सहायक प्रधानाध्यापक : ..................... देखि..................... सम्म (ग) विशेष शिक्षा शिक्षक : ..................... देखि..................... सम्म (घ) वर्ग शिक्षक: ..................... देखि..................... सम्म (ङ) बहुवर्ग शिक्षक : ..................... देखि..................... सम्म (च) विद्यार्थी परामर्श तथा सल्लाह सेवा संयोजक : ........... देखि..................... सम्म (छ) सङ्गीत, गायन र नृत्य संयोजक : ..................... देखि..................... सम्म (ज) खेलकुद संयोजक : ..................... देखि..................... सम्म (झ) अतिरिक्त क्रियाकलाप संयोजक : ..................... देखि..................... सम्म (ञ) परीक्षा र विद्यार्थी मूल्याङ्कन संयोजक : ..................... देखि..................... सम्म
(ट) विद्यालय समुदाय सम्बन्ध संयोजक : ..................... देखि..................... सम्म (ठ) अन्य: ............................................................ देखि..................... सम्म शिक्षकले प्राप्त गरेको अङ्क : _________
माथि खण्ड (क), (ख) र (ग) मा उल्लिखित विवरणका सम्बन्धमा सिफारिस गर्ने तथा प्रमाणित गर्नेको सहिछाप:-
सिफारिस गर्ने प्रमाणित गर्ने दस्तखत : दस्तखत : नाम थर : नाम थर : पद : पद : सङ्केत नं : सङ्केत नं : मिति : मिति :
खण्ड घ कार्य सम्पादनका आधारमा सुपरीवेक्षक र पुनरावलोकन समितिको मूल्याङ्कन
| मूल्याङ्कनका आधारहरु | सुपरिवेक्षक (६ अङ्क) | पुनरावलोकन समिति (४ अङ्क) | | :--- | :---: | :---: | :---: | :---: | :---: | :---: | :---: | :---: | | | अतिउत्तम (०.७५) | उत्तम (०.६०) | सामान्य (०.४५) | न्यून (०.३०) | अतिउत्तम (०.५०) | उत्तम (०.४०) | सामान्य (०.३०) | न्यून (०.२०) | | १ विषयवस्तुको ज्ञान | | | | | | | | | | २ शिक्षण पेशाप्रतिको निष्ठा, लगनशीलता र आचार संहिताको पालना | | | | | | | | | | ३ विद्यालयको | | | | | | | | |
जम्मा अङ्क : $\quad$ अक्षरमा : $\quad$ जम्मा अङ्क : $\quad$ अक्षरमा :
सुपरिवेक्षक र पुनरावलोकन समितिले दिएको कुल अङ्क : $\quad$ अक्षरमा :
प्रमाणपत्र नं.
*अनुसूची - २
फोटो
नियम ६क. ६ख. र ६ग. सँग सम्बन्धित स्थायी /अस्थायी / अध्यापन अनुमतिपत्र
शिक्षक सेवा आयोगको मिति ....................... को निर्णयअनुसार श्री ...................................को छोरा/ छोरी ................... जिल्ला .......................... म.न.पा. / उप म.न.पा. / न.पा. / गाउँपालिका वडा नं . ............. टोल / गाउँमा बस्ने श्री / सुश्री / श्रीमती ................................ लाई ..................... तहको विद्यालयमा अध्यापन गर्न यो स्थायी / अस्थायी / अध्यापन अनुमतिपत्र दिइएको छ ।
अध्यापन अनुमतिपत्र दिनेको - सही: नाम: पद: कार्यालय: मिति:
कार्यालयको छाप
पहिलो संशोधनद्वारा थप ।