श्रमजीवी पत्रकार सम्बन्धी नियमावली, २०५३
श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “श्रमजीवी पत्रकार सम्बन्धी नियमावली, २०५३” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ सम्झनु पर्छ। (ख) “पद” भन्नाले सञ्चार प्रतिष्ठानमा दरबन्दी रहेको पद सम्झनु पर्छ। (ग) “कार्यालय” भन्नाले सञ्चार प्रतिष्ठानको कार्यालय सम्झनु पर्छ। (घ) “कल्याणकारी कोष” भन्नाले नियम २७ बमोजिम खडा गरिएको कल्याणकारी कोष सम्झनु पर्छ।
परिच्छेद-२ पदको वर्गीकरण, नियुक्ति तथा बढुवा
३. पदको वर्गीकरण गर्दा खुलाउनु पर्ने: ऐनको दफा ३ बमोजिम श्रमजीवी पत्रकारको पद र त्यस्तो पदको तहगत वर्गीकरण गर्दा कुन पद खुला प्रतियोगिताद्वारा र कुन पद आन्तरिक बढुवाद्वारा पूर्ति गरिने हो सो कुरा समेत खुलाउनु पर्नेछ।
४. श्रमजीवी पत्रकारको पदपूर्ति: नियम ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापकले सञ्चार प्रतिष्ठानमा रिक्त रहेका सबै पदहरू पहिलो पटक खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नु पर्नेछ।
५. विज्ञापन गर्नेပင်: (१) व्यवस्थापकले रिक्त पद पूर्तिको लागि विज्ञापन गर्दा सर्वसाधारणले थाहा पाउने गरी राष्ट्रिय स्तरको कुनै एक पत्रपत्रिका, रेडियो वा टेलिभिजनबाट कम्तीमा एक महिनाको अवधि तोकी विज्ञापन प्रकाशन गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम विज्ञापन गर्दा पदपूर्ति गर्नु पर्ने पद र सो पदको संख्या, स्थायी वा अस्थायी, आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव, कामको किसिम, परीक्षाको किसिम, दरखास्त दस्तुर, उमेरको हद, नागरिकता, दरखास्त दिने अन्तिम मिति, परीक्षा हुने मिति, समय र स्थान आदि कुराहरू त्यस्तो विज्ञापनमा स्पष्ट रूपमा खुलाएको हुनु पर्नेछ।
६. प्रतियोगिताको किसिम र छनौट: (१) सञ्चार प्रतिष्ठानमा रिक्त रहेको कुनै पदको लागि लिखित तथा प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता लिई श्रमजीवी पत्रकार छनौट गर्न सकिनेछ। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि श्रमजीवी पत्रकारको कुनै पदको कामको प्रकृति हेरी कुनै पदको लागि कति किसिमका प्रतियोगिता गराउने भन्ने कुरा सञ्चार प्रतिष्ठानले निर्धारण गर्न सक्नेछ।
७. नतिजा प्रकाशन गर्नु पर्ने: (१) सञ्चार प्रतिष्ठानले लिखित परीक्षा लिएको मितिले साधारणतयाः एक महिनाभित्र परीक्षाको नतिजा प्रकाशन गर्नु पर्नेछ।
८. अन्तर्वार्ता: सञ्चार प्रतिष्ठानले सामान्यतया लिखित परीक्षाको नतिजा प्रकाशन भएको मितिले एक महिनाभित्र परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको अन्तर्वार्ता लिनु पर्नेछ।
९. योग्यताक्रम, सिफारिस र नियुक्ति: (१) सञ्चार प्रतिष्ठानले उम्मेदवारको अन्तर्वार्ता लिएको मितिले १५ दिनभित्र योग्यताक्रम प्रकाशन गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम योग्यताक्रममा सिफारिस भएका उम्मेदवारहरूलाई व्यवस्थापकले बढीमा पन्ध्र दिनभित्र श्रमजीवी पत्रकारमा नियुक्ति गर्नेछ। $^२$(३) व्यवस्थापकले यस नियम बमोजिम श्रमजीवी पत्रकारलाई नियुक्ति गर्दा सम्भव भएसम्म समावेशी सिद्धान्तलाई अनुशरण गर्नु पर्नेछ।
१०. प्रतीक्षा सूची प्रकाशन गर्नु पर्नेः (१) सञ्चार प्रतिष्ठानले भर्नाको लागि योग्यताक्रममा सिफारिस गर्दा पदको अनुपातमा पच्चीस प्रतिशतसम्म र कम्तीमा एक जनासम्म प्रतीक्षा सूचीमा योग्यताक्रम अनुसार उम्मेदवारको नाम प्रकाशन गर्नु पर्नेछ। (२) योग्यताक्रममा परेका उम्मेदवारको क्रममा सिफारिस भएका उम्मेदवारले एक महिनाभित्र नियुक्तिपत्र नलि आएमा वा नियुक्तिपत्र लिई नबिदा सूचीका कार्यालयमा अनुपस्थित भएमा वा नियुक्तिपत्र लिई परीक्षणकाल भित्र सेवा छाडी गएमा व्यवस्थापकले प्रतीक्षा सूचीमा रहेका योग्यताक्रम अनुसारका व्यक्तिलाई नियुक्ति दिनु पर्नेछ।
११. बढुवाद्वारा पूर्ति गरिनेः (१) व्यवस्थापकले नियम ३ बमोजिम बढुवाद्वारा पूर्ति गर्न छुट्याएका पदहरू सञ्चार प्रतिष्ठानमा सो पदभन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा गरेको श्रमजीवी पत्रकारहरू मध्येबाट निजहरूको कार्यक्षमता र ज्येष्ठताको आधारमा बढुवा गरी पूर्ति गर्नु पर्नेछ।
परिच्छेद-३ बिदा सम्बन्धी व्यवस्था
१२. सार्वजनिक बिदाः (१) श्रमजीवी पत्रकारले व्यवस्थापकले तोके बमोजिमको सार्वजनिक बिदा पाउनेछ। (२) सार्वजनिक बिदाको दिनमा श्रमजीवी पत्रकारलाई सञ्चार प्रतिष्ठानको काममा लगाउनु परेमा सो दिनको सट्टा बिदा दिइनेछ। त्यसरी सट्टा बिदा दिन नसकिने भएमा निजलाई काम गरेको दिनको तलब दिइनेछ। (३) सार्वजनिक बिदामा बस्ने श्रमजीवी पत्रकारले पूरा तलब पाउनेछ। (४) सार्वजनिक बिदा सञ्चित गर्न पाइने छैन।
१३. भैपरी आउने र पर्व बिदाः (१) श्रमजीवी पत्रकारले प्रत्येक वर्ष भैपरी आउने बिदा ६ दिन र पर्व बिदा ६ दिन गरी जम्मा १२ दिन बिदा लिन पाउनेछ। (२) भैपरी आउने बिदा र पर्व बिदा आधा दिन पनि लिन पाइनेछ। (३) भैपरी आउने र पर्व बिदामा बस्ने श्रमजीवी पत्रकारले पूरा तलब पाउनेछ। (४) भैपरी आउने र पर्व बिदा सञ्चित गरी अर्को वर्ष लिन पाइने छैन।
१४. घर बिदाः (१) श्रमजीवी पत्रकारले काम गरेको अवधिको बाह्र दिनको एक दिनको दरले घर बिदा पाउनेछ। (२) श्रमजीवी पत्रकारले घर बिदामा बस्दा पूरा तलब पाउनेछ।
(३) घर बिदा र बेतलबी बिदामा बसेको श्रमजीवी पत्रकारले सो अवधिधको घर बिदा पाउने छैन । (४) वर्षको एक पटक कम्तीमा सात दिन घर बिदा लिई घर जाँदा र बिदा भुक्तान गरी घरबाट आफ्नो कार्यालयमा आउँदा पैदलको बाटोलाई आठ कोषको निमित्त एक दिनको दरले हुने तीन दिन तथा मोटर, रेल, हवाईजहाजको बाटोलाई जति दिन लाग्ने हो त्यति दिन बाटोको म्याद पाउनेछ।
१५. बिरामी बिदाः (१) श्रमजीवी पत्रकारले प्रत्येक वर्ष बाह्र दिन बिरामी बिदा पाउनेछ। (२) बिरामी बिदामा बस्दा श्रमजीवी पत्रकारले पूरा तलब पाउनेछ। (३) बेतलबी बिदामा बसेको अवधिमा श्रमजीवी पत्रकारले बिरामी बिदा पाउने छैन। (४) सञ्चार प्रतिष्ठानको कामको सिलसिलामा चोटपटक लाग्न गई त्यस्तो चोटपटकको उपचार गराउन निजको सञ्चित बिरामी बिदाले नपुगेमा श्रमजीवी पत्रकारले निजको सञ्चित अन्य कुनै पनि बिदाबाट कट्टा नहुने गरी उपचार गराउन आवश्यक पर्ने अवधिको लागि पूरा तलब सहितको बिरामी बिदा पाउनेछ।
१६. सुत्केरी बिदाः (१) महिला श्रमजीवी पत्रकार गर्भवती भएमा निजले सुत्केरीको अघि वा पछि गरी साठी दिन सुत्केरी बिदा लिन पाउनेछ। (२) उपनियम (१) बमोजिम सुत्केरी बिदा लिएको महिला श्रमजीवी पत्रकारले चाहेमा लगातार थप छ महिनासम्म सुत्केरी बिदा लिन सक्नेछ। (३) उपनियम (२) बमोजिम कुनै महिला श्रमजीवी पत्रकार बिदामा बसेमा त्यस्तो अवधि निजको नोकरी अवधिमा जोडिँदेछ। (४) कुनै पुरुष श्रमजीवी पत्रकारको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अघि वा पछि गरी पन्ध्र दिन सुत्केरी स्याहार गर्न बिदा लिन पाउनेछ। (५) ....................... (६) यस नियम बमोजिम बिदामा बस्ने श्रमजीवी पत्रकारले पूरा तलब पाउनेछ। तर उपनियम (२) बमोजिम बिदामा बस्ने श्रमजीवी पत्रकारले सो अवधिको तलब पाउने छैन।
२ पहिलो संशोधनद्वारा थप। √ पहिलो संशोधनद्वारा संशोधित। ≡ दोस्रो संशोधनद्वारा खारेज गरिएको।
(७) श्रमजीवी पत्रकारले बच्चाको स्याहारको निमित्त सम्बन्धित सञ्चार प्रतिष्ठानबाट बढीमा दुईवटा बच्चाको लागि जनही एकमुष्ट पाँच हजार रुपैयाँ शिशु स्याहार भत्ता पाउनेछ। तर कुनै श्रमजीवी पत्रकारको पति र पत्नी दुवैजना एउटै सञ्चार प्रतिष्ठानमा कार्यरत भएमा पुरुष श्रमजीवी पत्रकारले त्यस्तो भत्ता पाउने छैन। (८) उपनियम (४) बमोजिमको बिदा लिने श्रमजीवी पत्रकारले तीन महिना भित्रमा आफू कार्यरत सञ्चार प्रतिष्ठानमा बच्चाको जन्मदर्ता प्रमाणपत्र पेश गर्नु पर्दछ र जन्म दर्ता प्रमाणपत्र पेश नगरेमा निजले सुत्केरी स्याहार गर्न लिएको बिदाको अवधि अन्य बिदाबाट कट्टा गरिनेछ। (९) यस नियम बमोजिमको बिदाको अभिलेख सम्बन्धित सञ्चार प्रतिष्ठानले अद्यावधिक गरी राख्नु पर्दछ।
१७. किरिया बिदाः (१) कुनै श्रमजीवी पत्रकारले कुल धर्म अनुसार आफैं किरिया बस्नु परेमा पन्ध्रदिन किरिया बिदा पाउनेछ। महिला श्रमजीवी पत्रकारको पतिले किरिया बस्नु परेमा निजले पनि त्यततिै दिन किरिया बिदा पाउनेछ। (२) श्रमजीवी पत्रकारले किरिया बिदामा बस्दा पूरा तलब पाउनेछ।
१८. बेतलबी बिदाः (१) श्रमजीवी पत्रकारलाई उपयोगी र आवश्यक पण विषयमा स्वदेश वा विदेशमा अध्ययन गर्न वा अन्य कुनै विशेष प्रयोजनको लागि सञ्चित बिदा नहुने श्रमजीवी पत्रकारले बेतलबी बिदा पाउन सक्नेछ। (२) श्रमजीवी पत्रकारले सेवा अवधि भरमा एकैपटक वा पटक पटक गरी तीन वर्षसम्म बेतलबी बिदा पाउन सक्नेछ। तर सञ्चार प्रतिष्ठानले आवश्यक ठानेमा बेतलबी बिदाको अवधि दुई वर्षसम्म थप गर्न सक्नेछ। (३) तीन वर्ष स्थायी सेवा अवधि नपुगी कुनै पनि श्रमजीवी पत्रकारले बेतलबी बिदा पाउन सक्ने छैन। (४) श्रमजीवी पत्रकारले बेतलबी बिदामा बसेको अवधि निजको नोकरी अवधिमा गणना हुने छैन।
१९. घर बिदा र बिरामी बिदा सञ्चित गर्न पाउनेः (१) श्रमजीवी पत्रकारले घर बिदा एक सय असी दिनसम्म र बिरामी बिदा जतिसुकै पनि सञ्चित गर्न सक्नेछ। (२) कुनै कारणले श्रमजीवी पत्रकार सेवाबाट अलग भएमा उपनियम (१) बमोजिम सञ्चित भएको घरबिदा र बिरामी बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ। (३) उपनियम (२) बमोजिमको रकम लिन पाउँदै त्यस्तो श्रमजीवी पत्रकारको मृत्यु भएमा त्यसरी सञ्चित भएको घर बिदा र बिरामी बिदा बापतको रकम निजले इच्छाएको व्यक्तिले र त्यस्तो व्यक्ति नभएमा निजको नजिकको हकदारले पाउनेछ।
२०. बिदा माग गर्ने विधिः श्रमजीवी पत्रकारले व्यवस्थापकसँग लिखितरूपमा बिदा माग गर्नु पर्नेछ। तर भैपरी आउने र पर्व बिदा मौखिक रूपमा पनि लिन सकिनेछ।
२१. बिदा स्वीकृत गर्ने अधिकारीः श्रमजीवी पत्रकारको बिदा सम्बन्धित व्यवस्थापकले स्वीकृत गर्नेछ।
२२. बिदा नलिई अनुपस्थित हुने उपर कारबाहीः बिदा नलिई कार्यालयमा अनुपस्थित हुने श्रमजीवी पत्रकारलाई गयल र तलब कट्टी गरी विभागीय कारबाहीसमेत गर्न सकिनेछ। त्यसरी गयल भएको अवधि सेवा अवधिमा गणना गरिने छैन।
२३. बिदा अधिकारको कुरा होइनः श्रमजीवी पत्रकारको लागि बिदा अधिकारको कुरा होइन, सहुलियत मात्र हो।
परिच्छेद-४ पारिश्रमिक तथा सुविधा
२४. समितिको काम, कर्तव्य र अधिकारः ऐनमा लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) श्रमजीवी पत्रकारले ऐन तथा यस नियमावली बमोजिम पाउने न्यूनतम पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सिफारिस गर्ने,
(ख) खण्ड (क) बमोजिमको सिफारिस गर्नु अघि सो विषयमा आवश्यकता अनुसार सम्बन्धित पक्षसँग परामर्श गर्ने वा सम्बन्धित विशेषज्ञको राय लिने, (ग) सञ्चार प्रतिष्ठानको कामको प्रकृति अनुसार श्रमजीवी पत्रकारको पदको तहगत वर्गीकरण गर्ने, (घ) ऐनको दफा ३४ङ बमोजिम ऐनको कुनै व्यवस्था कुनै सञ्चार प्रतिष्ठानको हकमा लागू नहुने गरी तोक्ने सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने।
२५. वार्षिक तलब वृद्धि : श्रमजीवी पत्रकारले सञ्चार प्रतिष्ठानमा एक वर्षको सेवा अवधि पूरा गरेपछि एक दिनको तलबमा नघटाई मासिक तलबमा थप गरी तलब वृद्धि पाउने छ।
२६. पारिश्रमिक कट्टी हुने रकमको हद, तरिका र म्याद : (१) ऐनको दफा १५ को उपदफा (२) बमोजिम कुनै श्रमजीवी पत्रकारको पारिश्रमिक कट्टी गर्नुपदत्त देहायका कुराहरूको अधिमानी रही कट्टी गर्नुपर्नेछ :- (क) लागेको जरिवाना वा गैर हाजिर बापत कट्टी गर्दा प्रत्येक पटक पाउने पारिश्रमिकको तेत्तीस प्रतिशतको दरले नबढाई त्यस्तो जरिवाना वा गैर हाजिर बापत कट्टी गर्नुपर्ने रकम असुल नभएसम्म, (ख) जानीजानी वा लापरबाही साथ काम गर्दा सञ्चार प्रतिष्ठानलाई पुगेको नोक्सानी बापत कट्टी गर्दा प्रत्येक पटक पच्चीस प्रतिशतको दरमा नबढाई त्यस्तो कट्टी गर्नुपर्ने रकम असूल नभएसम्म, (ग) पारिश्रमिकबाट कट्टी हुने गरी अघि दिएको पेश्की रकम कट्टी गर्दा सञ्चार प्रतिष्ठान र श्रमजीवी पत्रकारबीच कुनै शर्त भएकोमा सोही आधारमा र त्यसरी कुनै शर्त नगरेको भए प्रत्येक पटक पाउने पारिश्रमिकको पच्चीस प्रतिशतका दरमा नबढाई त्यस्तो पेश्की रकम असुल उपर नभएसम्म, (घ) सरकारी अड्डा वा अदालतको आदेश बमोजिम तिर्नु पर्ने वा प्रचलित कानून बमोजिम लाग्ने आयकर वा अन्य कुनै प्रकारको रकम कट्टी गर्दा त्यस्तो आदेशमा म्याद कटान भएको भए सोही म्यादभित्र चुक्ता गर्न आवश्यक पर्ने जति प्रतिशतको दरले र म्याद कटान नभएकोमा प्रत्येक
पटक पाउने पारिश्रमिकको पचास प्रतिशतको दरमा नबढाई त्यस्तो आदेश बमोजिम असुल उपर नभएसम्म। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै श्रमजीवी पत्रकारबाट असुल उपर गर्नु पर्ने कुनै रकम कट्टी नहुँदै निजको मृत्यु भएमा वा कुनै कारणबाट सञ्चार प्रतिष्ठानको सेवाबाट अवकाश पाएमा निजबाट असूल गर्न बाँकी रहेजित रकम सञ्चार प्रतिष्ठानबाट निजले पाउने रकम भएमा सोही रकमबाट कट्टा गरी असुल उपर गरिनेछ।
२७. कल्याणकारी कोष खडा गर्नु पर्ने : (१) सञ्चार प्रतिष्ठानमा काम गर्ने श्रमजीवी पत्रकारहरूको हक, हित र सुरक्षाको लागि व्यवस्थापकले एउटा कल्याणकारी कोष खडा गर्नु पर्नेछ। $^१$ (२) उपनियम (१) बमोजिम खडा भएको कोषमा व्यवस्थापकले देहायको रकम जम्मा गर्नु पर्नेछ:- (क) श्रमजीवी पत्रकारले खाईपाई आएको मासिक तलबबाट पाँच प्रतिशतले कट्टा गरी हुन आउने रकम, (ख) नेपाल सरकारले सञ्चार प्रतिष्ठानलाई लोककल्याणकारी विज्ञापन बापत उपलब्ध गराएको रकमको दश प्रतिशतले हुन आउने रकम, (ग) सञ्चार प्रतिष्ठानले प्रत्येक वर्ष विज्ञापन बापत प्राप्त गर्ने आम्दानीको दश प्रतिशतले हुन आउने रकम, (घ) सञ्चार प्रतिष्ठानमा प्रत्येक वर्ष नाफा भएको रकममा खण्ड (ख) र (ग) बमोजिमको रकम घटाई बाँकी हुन आउने कुल नाफाको पाँच प्रतिशतले हुन आउने रकम। (३) व्यवस्थापकले कल्याणकारी कोषमा रहने रकम कुनै वाणिज्य बैङ्कमा खाता खोली जम्मा गर्नु पर्नेछ। (४) कल्याणकारी कोषको सञ्चालन व्यवस्थापक र व्यवस्थापकले तोकेको कुनै श्रमजीवी पत्रकारको संयुक्त दस्तखतबाट हुनेछ। $^२$ (५) प्रत्येक सञ्चार प्रतिष्ठानले यस नियम बमोजिम खडा भएको कोषको प्रत्येक वर्ष मान्यता प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराउनु पर्नेछ।
$^१$ पहिलो संशोधनद्वारा संशोधित। $^२$ पहिलो संशोधनद्वारा र्।
ৼ (६) प्रत्येक सञ्चार प्रतिष्ठानले उपनियम (५) बमोजिमको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्नु पर्नेछ।
२८. कल्याणकारी कोषको प्रयोग : सञ्चार प्रतिष्ठानले कल्याणकारी कोषको रकम देहायका काममा खर्च गर्न सक्नेछ : (क) श्रमजीवी पत्रकार वा तिनका परिवारका सदस्यहरू बिरामी भई वा तत्काल दुर्घटना घटी आर्थिक सहयोग उपलब्ध गराउनु पर्ने भएमा, (ख) श्रमजीवी पत्रकारलाई असाधारण परिस्थिति परी आएमा सहुलियत दरमा सापटी दिन, (ग) श्रमजीवी पत्रकारहरूको बालबालिकालाई शिक्षाको लागि आवश्यक व्यवस्था गर्न, ৼ (ग१) नियम २८क बमोजिम अशक्त वृत्ति बापतको रकम दिन, ৼ (ग२) नियम ३०ख बमोजिम क्षतिपुर्तिको रकम दिन, (घ) श्रमजीवी पत्रकारको हकहित र सुरक्षाको सम्बन्धमा सञ्चार प्रतिष्ठानले उपयुक्त ठहर्याएको अन्य कुनै विषयमा।
ৼ२८क. अशक्त वृत्ति: सञ्चार प्रतिष्ठानको कामको सिलसिलामा कुनै श्रमजीवी पत्रकारको दुर्घटनामा परी अङ्गभङ्ग भएको वा चोटपटक लागेको कारण निज शारीरिक वा मानसिक रूपमा सेवाको लागि अशक्त भएको भनी नेपाल सरकारले तोकेको मेडिकल बोर्डले सिफारिस गरेमा सम्बन्धित सञ्चार प्रतिष्ठानले त्यस्तो श्रमजीवी पत्रकारलाई निजको जीविकाको निमित्त बाँच्नुञ्जेलसम्मका लागि अशक्त वृत्ति बापत निजले खाईपाई आएको मासिक तलबको आधा रकम नियम २७ बमोजिमको कोषबाट प्रत्येक महिना उपलब्ध गराउनु पर्नेछ।
२९. सञ्चय कोष: स्थायी श्रमजीवी पत्रकारलाई निजले खाईपाई आएको तलबबाट प्रत्येक महिनामा दश प्रतिशत रकम कट्टा गरी सञ्चार प्रतिष्ठानले सो रकममा दस प्रतिशत थपी निजको नाममा सञ्चय कोष जम्मा गर्नु पर्नेछ।
३०. उपचार खर्च : श्रमजीवी पत्रकारले सञ्चार प्रतिष्ठानमा काम गरे बापत प्रत्येक वर्षको अन्त्यमा आफूले खाईपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम उपचार खर्च बापत पाउनेछ।
² पहिलो संशोधनद्वारा थप।
३०क. औषधि उपचार तथा दुर्घटना बीमाः (१) व्यवस्थापकले सञ्चार प्रतिष्ठानमा कार्यरत प्रत्येक श्रमजीवी पत्रकारको लागि न्यूनतम पाँच लाख रुपैयाँको औषधि उपचार तथा दुर्घटना बीमा गराउनु पर्नेछ। (२) कुनै श्रमजीवी पत्रकार सञ्चार प्रतिष्ठानको कामको सिलसिलामा दुर्घटनामा परी चोटपटक लागेमा वा निजको अङ्ग भंग भएमा वा अन्य कुनै कडा रोग लागेमा उपनियम (१) बमोजिम बीमा गराएको रकमबाट उपचार गराउनु पर्नेछ। (३) उपनियम (१) बमोजिम बीमा गराउँदा लाग्ने कूल बीमा शुल्क रकम मध्ये पचास प्रतिशत रकम सम्बन्धित सञ्चार प्रतिष्ठानले र पचास प्रतिशत रकम सम्बन्धित श्रमजीवी पत्रकारले व्यहोर्नु पर्नेछ। (४) सञ्चार प्रतिष्ठानको कामको सिलसिलामा दुर्घटनामा परी कुनै श्रमजीवी पत्रकारको मृत्यु भएमा उपनियम (१) बमोजिम गरिएको बीमा बापतको रकम ऐनको दफा १६ मा उल्लेख भए बमोजिमको व्यक्तिले पाउनेछ। (५) यस नियम बमोजिम श्रमजीवी पत्रकारले उपचार बापत रकम पाएको कारणले मात्र नियम ३० बमोजिम उपचार खर्च पाउनमा कुनै बाधा पुर्याएको मानिने छैन। (६) सञ्चार प्रतिष्ठानले यो नियम प्रारम्भ हुँदाका बखत आफ्नो प्रतिष्ठानमा कार्यरत प्रत्येक श्रमजीवी पत्रकारको यो नियम प्रारम्भ भएको मितिले छ महिना भित्र उपनियम (१) बमोजिम बीमा गरी सोको जानकारी प्रेस रजिष्ट्रारलाई दिनु पर्नेछ।
३०ख. क्षतिपूर्ति सम्बन्धी व्यवस्थाः (१) कुनै श्रमजीवी पत्रकारलाई सञ्चार प्रतिष्ठानको कामको सिलसिलामा चोटपटक लाग्न गई सो चोटपटकको कारणबाट निजको कार्यसम्पादन क्षमतामा असर पर्न गएमा सञ्चार प्रतिष्ठानले त्यस्तो श्रमजीवी पत्रकारलाई निजले खाईपाई आएको एक महिनाको तलब बराबरको रकम वा दश हजार रुपैयाँमध्ये जुनसुख बढी हुन्छ सो रकम क्षतिपूर्तिको रूपमा एकमुष्ट उपलब्ध गराउनु पर्नेछ। (२) सञ्चार प्रतिष्ठानको कामको सिलसिलामा कुनै श्रमजीवी पत्रकारको व्यक्तिगत सम्पत्ति नष्ट भएमा सम्बन्धित सञ्चार प्रतिष्ठानले त्यस्तो श्रमजीवी पत्रकारलाई त्यसरी नष्ट भएको सम्पत्ति बराबरको रकम क्षतिपूर्ति बापत उपलब्ध गराउनु पर्नेछ।
(३) यस नियम बमोजिम सम्बन्धित सञ्चार प्रतिष्ठान समक्ष श्रमजीवी पत्रकारले पाउने क्षतिपूर्तिको रकम सिफारिस गर्न प्रत्येक जिल्लामा देहायका सदस्यहरूको भएको समिति रहनेछ:- (क) प्रमुख जिल्ला अधिकारी - अध्यक्ष (ख) सभापति, नेपाल पत्रकार महासंघ, जिल्ला शाखा - सदस्य (ग) प्रमुख, जिल्ला प्रहरी कार्यालय - सदस्य (घ) प्रमुख, सम्बन्धित सञ्चार प्रतिष्ठान - सदस्य (ङ) प्रमुख, जिल्ला हुलाक कार्यालय - सदस्य सचिव (४) उपनियम (३) बमोजिम गठन हुने समितिको सचिवालय सम्बन्धित जिल्ला हुलाक कार्यालयमा रहनेछ।
३१. उपदान : पाँच वर्ष वा सो भन्दा बढी समय सञ्चार प्रतिष्ठानमा स्थायी सेवा गर्ने श्रमजीवी पत्रकारले आफूले काम गरेको अवधि अनुसार देहाय बमोजिम उपदान पाउनेछ :- (क) पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको श्रमजीवी पत्रकारले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आधा महिनाको तलब, (ख) दश वर्षदेखि पन्ध्र वर्षसम्म सेवा गरेको श्रमजीवी पत्रकारले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त एक महिनाको तलब, (ग) पन्ध्र वर्षदेखि बढी सेवा गरेको श्रमजीवी पत्रकारले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त डेढ महिनाको तलब।
३२. चाडपर्व खर्चः श्रमजीवी पत्रकारले आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने चाडपर्वको लागि खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउनेछ। यस्तो रकम एक आर्थिक वर्षमा एक पटक आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन सक्नेछ।
३३. दैनिक भत्ता तथा भ्रमण भत्ता बापतको सुविधा : श्रमजीवी पत्रकारले कार्यालयको कामको सिलसिलामा कुनै ठाउँमा भ्रमण गर्नु परेमा सो ठाउँमा जाँदा र आउँदाको सवारी खर्च र सो ठाउँमा बस्दा लाग्ने खाना खर्च बापत व्यवस्थापकले तोके बमोजिमको रकम सञ्चार प्रतिष्ठानबाट दैनिक भत्ता तथा भ्रमण भत्ताको रूपमा पाउनेछ।
३४. बीमाको सुविधा : व्यवस्थापकले प्रत्येक श्रमजीवी पत्रकारको बीमाको व्यवस्था गर्नु पर्नेछ।
३५. अवकाश पाउने श्रमजीवी पत्रकारले पाउने सुविधा : ऐनको दफा २२ र २३ बमोजिम अवकाश पाउने श्रमजीवी पत्रकारलाई निजले सेवा गरेको प्रत्येक वर्षको निमित्त नियम ३१ मा तोकिए बमोजिमको उपदान सरिपाको सुविधा दिनु पर्नेछ। कुनै श्रमजीवी पत्रकारले पाँचवर्ष भन्दा कम अवधि सञ्चार प्रतिष्ठानमा सेवा गरेको भए निजले पाँचवर्ष सेवा गरेको मानी सोही अनुपातमा निजलाई सुविधा दिनु पर्नेछ।
३६. बढी समय काम गरे बापत पाउने सुविधा : व्यवस्थापकले श्रमजीवी पत्रकारलाई कार्यालय समय बाहेक बढी समय सञ्चार प्रतिष्ठानको काममा लगाएमा त्यसरी बढी समय काममा लगाए बापत निजले पाउने एक दिनको पारिश्रमिकको रकमलाई दामासाहीले हिसाब गरी जति समय बढी काम लगाइएको छ सोही आधारमा रुपैयाँ सुविधा दिनुपर्नेछ।
परिरिच्छेद-५ आचरण
३७. समय पालन र नियमितताः श्रमजीवी पत्रकारले निर्धारित समयमा कार्यालय वा आफ्नो कार्यक्षेत्रमा हाजिर हुनुपर्दछ र सकेसम्म पहिले बिदाको स्वीकृति नलिई कामबाट अनुपस्थित हुनु हुँदैन।
३८. अनुशासन र आज्ञापालनः (१) श्रमजीवी पत्रकारले अनुशासनमा रही आफ्नो कर्तव्य इमान्दारी र तत्परताकोसाथ पालन गर्नुपर्दछ। (२) ....................... (३) श्रमजीवी पत्रकारले आफूभन्दा माथिल्लो श्रमजीवी पत्रकारसाँग आदर र आफू मुनिका व्यक्तिलाई उचित व्यवहार गर्नुपर्दछ।
३९. सञ्चार प्रतिष्ठानको नीति विपरीत कार्य गर्न नहुने : (१) सञ्चार प्रतिष्ठानको नीतिको विपरीत हुने गरी वा सञ्चार प्रतिष्ठान वा पत्रिका र जनताको पारस्परिक सम्बन्धमा वा कुनै विदेशी राष्ट्र वा क्षेत्रको सम्बन्धमा खलल पर्न सक्ने गरी कुनै पनि श्रमजीवी पत्रकारले आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा बेवारिसे कुनै लेख प्रकाशित गर्न, प्रेसलाई कुनै खबर दिन, रेडियो वा टेलिभिजन आदिद्वारा भाषण प्रसारित गर्न, कुनै सार्वजनिक भाषण दिन वा कुनै वक्तव्य प्रकाशित गर्न हुँदैन।
$\text{१}$ पहिलो संशोधनद्वारा झिकिएको। $\text{२}$ पहिलो संशोधनद्वारा संशोधित।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानुन र सञ्चार प्रतिष्ठानको नीति विपरीत नहुने गरी लेख प्रकाशन वा प्रसारण गरी स्वस्थ आलोचना गर्न बाधा छैन ।
४०. सञ्चार प्रतिष्ठान सम्बन्धी समाचार प्रकाशन गर्नमा प्रतिबन्ध : श्रमजीवी पत्रकारले सञ्चार प्रतिष्ठानद्वारा अख्तियार पाएर आफूले पत्रिकाको व्यवस्थापाकीय वा समाचार संकलन सम्बन्धी कायम गर्दा जानकारीमा आएको कुनै गोप्य वा कानुनद्वारा निषेधित विषय, आफूले लेखेको वा संकलन गरेको कुनै कागज पत्र वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अरु अनधिकृत व्यक्ति वा प्रेसलाई दिनु वा बताउनु हुँदैन ।
४१. दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्ध : (१) सञ्चार प्रतिष्ठान वा पत्रिकामा कुनै पनि प्रकारले असर पर्न सक्ने गरी कुनै पनि श्रमजीवी पत्रकारले सञ्चार प्रतिष्ठानको पूर्व स्वीकृति बिना आफूले वा आफ्नो परिवारको कुनै सदस्यद्वारा कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा समाचार संकलनको कार्यसँग सम्बन्धित व्यक्तिसँग सापटी लिन हुँदैन । (२) श्रमजीवी पत्रकारले कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले पत्रिका व्यवस्थापकलाई खबर दिई निकासा भए बमोजिम गर्नुपर्छ ।
४२. प्रदर्शन र हडताल गर्नमा प्रतिबन्ध : श्रमजीवी पत्रकारले नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी, देशको शान्ति सुरक्षा, वैदेशिक सम्बन्ध र सार्वजनिक मर्यादा तथा अदालतको निर्णयको अवहेलना हुने गरी विभिन्न जात जाति, धर्म, वर्ग, क्षेत्र र सम्प्रदायका मानिसहरूबीच वैमनस्य उत्पन्न गराउने वा साम्प्रदायिक दुरावसा फैलाउने गरी वा कुनै अपराधलाई प्रश्रय दिने गरी प्रदर्शन गर्न, हडतालमा भाग लिन वा सो कार्य गर्न उद्देश्यले अरुलाई उकास्न समेत हुँदैन ।
४३. हडताल हुन्छेका तर्का घेराउ गर्नमा प्रतिबन्ध : श्रमजीवी पत्रकारले कुनै पनि व्यवस्थापक वा कर्मचारी वा श्रमजीवी पत्रकारको कानुन नियमद्वारा निर्धारित कर्तव्य पूरा गर्नमा बाधा अवरोध हुने गरी हडताल वा कलम बन्द गर्न तथा शारीरिक वा मानसिक चोट पुग्ने गरी दबाब दिन वा सो गर्न उद्देश्यले अरुलाई उकास्न समेत हुँदैन ।
तर ट्रेड युनियन सम्बन्धी प्रचलित कानूनको अधीनमा रही श्रमजीवी पत्रकारले आफ्नो अधिकार प्रयोग गर्न कुनै बाधा पुगेको मानिने छैन ।
४४. आफ्नो सेवा र पद अनुसारको आचरण पालन गर्नुपर्ने : प्रत्येक श्रमजीवी पत्रकारले आफ्नो सेवा र पद अनुकूलको आचरण समेत पालन गर्नु पर्दछ।
४५. मादक पदार्थ सेवन गर्न नहुने : श्रमजीवी पत्रकारले मादक पदार्थ सेवन गरी कार्यालयमा उपस्थित हुन र पेशा सम्बन्धी कामको सिलसिलामा मादक पदार्थ सेवन गरी हुल्लुज्जत गरी पत्रिका र व्यवस्थापकको बदनाम गर्न हुँदैन।
परिच्छेद-६ विविध
४६. ◘.................................
४७. कर्मचारी तथा कामदारको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था : सञ्चार प्रतिष्ठानमा काम गर्ने कर्मचारी तथा कामदारको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था श्रमजीवी पत्रकारसरह हुनेछ।
४८. श्रम कानून बमोजिम हुनेः श्रमजीवी पत्रकारको नियुक्ति, सेवाको शर्त तथा सुविधाको सम्बन्धमा यस नियमावलीमा लेखिएका कुराहरूको हकमा यसै नियमावली बमोजिम र अन्य कुराको हकमा प्रचलित श्रम कानून बमोजिम हुनेछ।
पहिलो संशोधनद्वारा रुप। ◘ पहिलो संशोधनद्वारा खारेज। पहिलो संशोधनद्वारा संशोधित।
द्रष्टव्य :- (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरूः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । (२) पहिलो संशोधनद्वारा रुपान्तर गरिएका शब्दहरूः- “पत्रिका व्यवस्थापक” को सट्टा “समाचार प्रतिष्ठान”।