सम्पत्ति कर नियमहरू, २०१७
नेपाल राजपत्रमा प्रकाशित मिति २०१७।७।१५
संशोधन सम्पत्ति कर (पहिलो संशोधन) नियमहरू, २०७० २०७०।१।३०
सम्पत्ति कर ऐन, २०१७ को दफा १६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ:-
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम "सम्पत्ति कर नियमहरू, २०१७" रहेको छ। (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषा: (१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा:- (क) "ऐन" भन्नाले सम्पत्ति कर ऐन, २०१७* सम्झनु पर्छ। (ख) "करदाता" भन्नाले ऐन बमोजिम सम्पत्ति कर लाग्ने शहरी क्षेत्रको घर जग्गा वा विदेशी लगानीको धनी सम्झनु पर्छ। (ग) "अनुसूची" भन्नाले यी नियमहरूको अनुसूची सम्झनु पर्छ। (२) यी नियमहरूमा प्रयोग गरिएका तर परिभाषा नगरिएका शब्द तथा वाक्यांशको अर्थ ऐनमा दिए बमोजिम हुनेछ।
३. विवरण दाखिल गर्नु पर्ने: (१) करदाताले शहरी क्षेत्रको घर जग्गाको विवरण अनुसूची (क) बमोजिमको ढाँचामा र विदेशी लगानीको विवरण अनुसूची (ख) बमोजिमको ढाँचामा दाखिल गर्नु वा गराउनु पर्छ। कुनै सालको अनुसूची (क) वा अनुसूची (ख) बमोजिमको ढाँचामा कुनै घर जग्गा वा विदेशी लगानीको विवरण दाखिल गरी वा गराइसेकका करदाताले सो विवरण बमोजिमको सम्पत्तिमा कुनै रुपघट भएमा बाहेक सालसालै विवरण दाखिल गर्दा अनुसूची (क) वा अनुसूची (ख) बमोजिमकै विवरण दाखिल नगरी साविकमा दिएको विवरण कायम बनी रीतपूर्वकको लिखित सूचनासम्म दिनु पर्याप्त हुनेछ।
(२) कुनै सालको विदेशी लगानीको विवरण दाखिल गर्दा सरकारी सेक्युरिटी शेयर, बैङ्क एकाउण्ट र अरु किसिमको नगदी लगानीको सो सालको श्रावण १ गतेको बजार भाउ र घर जग्गाको तत् स्थानको *गाउँ विकास समिति वा नगरपालिकाले निर्धारित गरेको किराया दर (रेन्टल भ्यालु) समेत प्रमाण सहित पेस गर्न वा गराउनु पर्छ। (३) साधारणत: नेपाल $\text{......}$ बसोबास गर्ने करदाताले त्यस्तो विवरण उपत्यका पूर्वाञ्चलका सम्पत्ति कर अधिकृत छेउ दाखिल गर्नु वा गराउनु पर्छ।
४. घर जग्गा मूल्याङ्कन समितिको गठन: (१) नेपाल सरकारले ऐनको प्रयोजनको निमित्त ऐन अन्तर्गत तोकिदिएका हरेक शहरी क्षेत्रको निमित्त समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी र गैर सरकारी सदस्यहरू भएको एउटा घर जग्गा मूल्याङ्कन समिति (यस पछि समिति भनिएको) गठन गर्न सक्नेछ। (२) उपनियम (१) अन्तर्गत गठन भएको समितिमा कमसेकम एकजना सरकारी वा गैर सरकारी इन्जिनियर वा ओभरसियर सदस्य रहनेछ। (३) उपनियम (१) अन्तर्गत गठन भएको कुनै समितिको यो ऐन अन्तर्गतको काम सकिएपछि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो समितिलाई खारेज गर्नेछ।
५. घर जग्गाको मूल्याङ्कन सूची तयार गर्ने : (१) शहरी क्षेत्रको घर जग्गाको मूल्याङ्कन गर्नको लागि समितिले देहायमा लेखिएको सिद्धान्तको आधारमा मूल्याङ्कन आँकडा नेपाल सरकारमा पेस गर्नको लागि देहायको काम कर्तव्य गर्नेछ:- (क) सम्बन्धित शहरी क्षेत्रभित्र नयाँ घर बनाउँदा तत्काल लाग्ने मालसामानको मोल तथा कमी, ज्यामी ज्याला र घर बनाउनलाई चाहिने अरु कुरा समेतको विचार गरी प्रतिवर्ग फुट कति खर्च लाग्छ। सम्पूर्ण शहरी क्षेत्रको निमित्त त्यसको औसत लागत खर्चको आँकडा अनुसूची (ग) मा लेखिए बमोजिम तयार गर्ने। (ख) सम्बन्धित शहरी क्षेत्रको व्यापारिक स्थिति, शिक्षण संस्था, पानी, बिजुली मनोरञ्जनको साधन, ढल जस्ता गाह्रस्थ्य जीवनको आधुनिक
* पहिलो संशोधनद्वारा संशोधित। $\text{¤}$ पहिलो संशोधनद्वारा झिकिएको।
सुविधाहरूको आधारमा सम्पूर्ण शहरी क्षेत्रलाई आवश्यक अञ्चलमा विभाजित गरी ती अञ्चलहरूमध्ये सबैभन्दा कम महत्त्वको अञ्चलमा खण्ड (क) बमोजिम तयार भएको औसत लागत खर्च कायम गरी बाँकी अरू अञ्चलमा रहेको घरहरूलाई कति प्रतिशतको हिसाबले थप्नु पर्ने हो यकीन गरी अनुसूची (घ) मा लेखिएबमोजिम तालिका सूची तयार गर्ने।
(ग) कुनै सडकको दायाँ बायाँको घर गल्लीभित्रको घरहरूभन्दा बढी मोल हुने शहरको मुख्य सडकमा रहेका घरका सबैभन्दा बढी मोल हुने हुँदा यस्ता महत्त्वपूर्ण र मुख्य मुख्य सडकको नाम समेत दिई त्यसको अगल बगल रहेको घरहरूलाई खण्ड (ख) मा उल्लेख भएको औसत लागत खर्चमा कति प्रतिशत बढी थप्नु पर्ने हो यकीन गरी अनुसूची (ङ) मा लेखिए बमोजिम तालिका सूची तयार गर्ने।
(घ) खण्ड (क), (ख), (ग) मा उल्लेख भए बमोजिमको तालिकाको आधारमा नयाँ घरको मोल कायम हुने आएपछि स्थानीय अवस्था र अरु परिस्थिति समेतको विचार गरी पुरानो घरको नमिमि (क) बमोजिमको आँकडाको साल एकको कति प्रतिशतसम्म टु टफुट अङ्क मिनाहा (डेप्रिसिएसन) दिनु पर्ने र यो किसिमको मिनाहा कति सालसम्म दिनु पर्ने हो सो कुराको यकीन गरी अनुसूची (च) मा लेखिए बमोजिम तालिका सूची तयार गर्ने।
(ङ) घरसाँग जग्गा भएमा सो घरको महत्त्वको हिसाबबाट खण्ड (क), (ख) र (ग) को सिद्धान्त अनुसार त्यस्ता जग्गाको पनि औसत मोल अञ्चल महत्त्व तथा सडक महत्त्व आँकडा तयार गर्ने।
(२) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा उल्लेख गरेको तरीकाबाट घर जग्गाको मोल कायम गरी हुन आएको रकम त्यस्तो घर जग्गाको मोल कायम मानिने छ र समितिले सो सबै विवरण खोली नेपाल सरकारको छेउ प्रतिवेदन गर्नेछ।
(३) उपनियम (२) बमोजिम पेस भएको आँकडा र मूल्याङ्कि गरिएको घर जग्गाको मोलमा नेपाल सरकारले केही हेरफेर गर्न चाहेमा सो समेत गरी उक्त शहरी क्षेत्रको घर जग्गाको मूल्याङ्कि नेपाल राजपत्रमा प्रकाशित गरिदिनेछ।
(४) उपनियम (३) अन्तर्गत नेपाल राजपत्रमा प्रकाशित गरिएको मूल्याङ्कनको सूचीलाई नेपाल सरकारले अर्को आदेश नदिएमा सो प्रकाशित भएको मितिले ५ वर्षसम्मलाई मान्यता दिइनेछ।
६. सम्पत्तिको मूल्याङ्कन र सम्पत्ति कर निर्धारण: (१) नियम ३ बमोजिम कुनै करदाताको घर जग्गाको विवरण प्राप्त भएपछि कर अधिकृतले नियम ५ को उपनियम (३) बमोजिम नेपाल सरकारले प्रकाशित गरेको मूल्याङ्कन सूची बमोजिम त्यस्तो घर जग्गाको मूल्याङ्कन अनुसूची (छ) बमोजिम गर्नेछ। तर रजिष्ट्रेसन पास भई खरीद बिक्री भएको कुनै घर जग्गाको मूल्याङ्कन गर्दा रजिष्ट्रेसन पास भएको मोलको अङ्क उपनियम (१) बमोजिमको मूल्याङ्कन अङ्कभन्दा बढी भएमा सो रजिष्ट्रेसन पास भएको मोलको अङ्क नै कायम मान्नु पर्छ। (२) विदेशी लगानीको मूल्याङ्कन गर्दा करदाताले पेस गरेको बजार भाउ र किराया दर (रेन्टल भ्यालु) बारे आवश्यक परेमा सम्बन्धित मुलुकसँग लेखापढी गरी उक्त दरभाउ प्रमाणित गराई त्यसको आधारमा सम्पत्ति कर अधिकृतले त्यस्तो विदेशी लगानीको मूल्याङ्कन अनुसूची (ज) बमोजिम गर्नेछ। (३) सम्पत्ति कर अधिकृतले उपनियम (१) बमोजिम कुनै घर जग्गाको वा उपनियम (२) बमोजिम कुनै विदेशी लगानीको मूल्याङ्कन गरिसकेपछि सोही मूल्याङ्कन बमोजिम सम्पत्ति करको अङ्क निर्धारण गर्नेछ। सम्पत्ति कर निर्धारण आदेशमा सम्पत्ति कर कसरी निर्धारित गरिएको छ छोटकरीमा स्पष्ट विवरण दिनु पर्छ।
७. करको भुक्तानी: नियम ६ बमोजिम कुनै व्यक्तिको घर जग्गा वा विदेशी लगानीमा लाग्ने सम्पत्ति करको अङ्क निर्धारण गरिसकेपछि सम्पत्ति कर अधिकृतले नजिकमा नेपाल राष्ट्र बैङ्क भए सो बैङ्कमा र नभए मालअड्डामा सो निर्धारित अङ्क दाखिल गर्नु भनी चलानीका साथमा सो व्यक्तिलाई कर निर्धारण आदेश दिनुपर्छ र त्यसको लिखित सूचना सो बैङ्क वा मालअड्डालाई पनि दिनुपर्छ। आदेश बमोजिम करको रकम दाखिल भएपछि बैङ्क वा मालअड्डाले त्यसको एकप्रति रसीद सम्पत्ति कर अधिकृत कहाँ पठाइदिनु पर्छ। म्यादभित्र सम्पत्ति करको रकम दाखिल नभएमा सम्पत्ति कर अधिकृतले ऐनबमोजिम सम्बन्धित सम्पत्ति धनीबाट जायदाद गरी असूल उपर गर्न सम्बन्धित मालअड्डालाई सूचना पठाउनु पर्छ।
८. ऐनको दफा १२ बमोजिम दिएको सूचनाको जाँचबुझ गर्ने: (१) ऐनको दफा १२ बमोजिम कुनै व्यक्तिले सम्पत्ति कर अधिकृत छेउ सूचना दिएकोमा सम्पत्ति कर अधिकृतको सूचना
अनुसार वा आफै उपस्थित हुन आएमा सम्पत्ति कर अधिकृतले شناخت गरी निजसँग रहेको सबै सबूत प्रमाण सबै बुझ्नेछ। निज उपस्थित हुन नआएमा सम्पत्ति कर अधिकृतले आफ्नो मातहतको सम्पत्ति कर इन्स्पेकटरद्वारा बुझ्न लगाउन सक्नेछ। यसरी बुझि आएको व्यहोराबाट कारबाही चलाउनु पर्ने भन्ने सम्पत्ति कर अधिकृतको विचारमा लागेमा निजले आवश्यक कारबाही चलाउने छ। कारबाही चलाउनलाई पर्याप्त सबूत प्रमाण छैन भन्ने लागेमा छोटकरीमा आफ्नो ठहर व्यक्त गरी आफ्नो कार्यालयमा रेकर्ड राख्नुपर्छ।
(२) उपनियम (१) बमोजिम प्राप्त हुन आएको सूचना बमोजिमको कुरा साँचो ठहरी सो बमोजिम कर असुल उपर भएमा ऐनबमोजिम पाउने इनाम दिनेलाई सम्पत्ति कर अधिकृतले कर विभागको डाइरेक्टर मार्फत प्रतिवेदन पेश गर्नेछ।
(३) कुनै व्यक्तिले एक पटक सूचनासम्म दिई पछि बोलाएको बखत सम्पत्ति कर अधिकृत कहाँ उपस्थित हुन आएन वा कुनै सबूत प्रमाण पनि पेश गरेन भने सो सूचना पूरा भएको मानिने छैन र त्यस्तो व्यक्ति इनामको भागी हुने छैन।
९. ऐनको दफा ८ अन्तर्गत मूल्याङ्कि र सम्पत्ति करको निर्धारण गर्दा विचार राख्नु पर्ने कुरा: सम्पत्ति कर अधिकृतले ऐनको दफा ८ अन्तर्गत कुनै व्यक्तिको घर जग्गा र विदेशी लगानीको मूल्याङ्कि र त्यसमा सम्पत्ति करको निर्धारण गर्दा सकभर निम्नलिखित कुराहरूको विचार राख्नु पर्छ:- (क) कर इन्स्पेकटर वा अरु कसैको गोप्य प्रतिवेदन परेको भए सो प्रतिवेदन, र (ख) कर इन्स्पेकटर वा अरु कसै द्वारा त्यस्ता घर जग्गाको कुनै नाप नक्सा वा सरजमिन मुचुल्का प्रस्तुत भएको भए सो नाप नक्सा वा सरजमिन मुचुल्का।
१०. सम्पत्ति कर माफी गराउने: (१) औषधालय, देवालय, पाटी, पौवा, धर्मशाला, पब्लिक स्कूल, अनाथालय, परोपकारी तथा धर्म कार्यमा लगाइएका घर, जग्गा बहालमा नलिएको र सबै सो कार्य गर्ने व्यक्ति वा संस्थाको निजी सम्पत्ति रहेछ र सो कार्य वा घर जग्गाबाट कुनै आम्दानी आउने भए पनि सो आम्दानी त्यस्ता कार्यमा लगाइएको छ भने त्यस्तो घर जग्गामा सम्पत्ति कर माफी गराउन चाहेको व्यक्तिले *प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारमा सप्रमाण आवेदनपत्र पेश गर्नुपर्छ। त्यस्तो कुनै आवेदनपत्र दाखिल भएकोमा
त्यसमा लेखिए बमोजिमको कुरा साँचो हो होइन बुझी *प्रमुख जिल्ला अधिकारीले आफ्नो ठहर राय सहित सो आवेदनपत्रलाई नेपाल सरकारको अर्थ मन्त्रालयमा पेश गर्नुपर्छ।
(२) उपरोक्त कार्यमा लगाइएका घर जग्गामा सो कार्य गर्ने व्यक्ति वा संस्थाको निजी सम्पत्ति नभई बहालमा बसेकाएको भए यस्ता घर जग्गाको लाग्ने सम्पत्ति कर माफी हुने छैन। बहाल लिने व्यक्तिले दिनु पर्छ।
(३) भत्की नगरी बस्न हुने भएको घरको हकमा त्यसको धनीले सो कुराको सूचना प्रत्येक साल सम्पत्ति कर अधिकृत छेउ दाखिल गर्नु पर्छ र सम्पत्ति कर अधिकृतले सरजमिन बुझी साँचो देखेमा २ वर्षसम्म लगातार सम्पत्ति कर माफी गर्न सक्नेछ। त्यस्ता सालदेखि नेपाल सरकार अर्थ मन्त्रालयमा प्रतिवेदन गरी निकासा भए बमोजिम गर्नुपर्छ।
११. सम्पत्ति कर डाइरेक्टरले गर्ने : नेपाल ⌧...... बसोबास गरेका कुनै करदाताले आफ्नो घर जग्गा भएको इलाका सम्पत्ति कर अधिकृतद्वारा घर जग्गा र विदेशी लगानीको मूल्याङ्कन कर निर्धारण गराउन चाहेमा सम्पत्ति कर डाइरेक्टर सो इलाकाको सम्पत्ति कर अधिकृतद्वारा कारबाही गराउन सक्नेछ।
१२. अन्य काम: (१) सम्पत्ति कर अधिकृतले आफ्नो अञ्चलको सदरमुकाममा काम सकिएपछि आफ्नो सालभरको रुटिन अनुसार अञ्चलका विभिन्न स्थानमा मुकाम गरी कर निर्धारण र दाखिलको आदेश दिनेछ।
(२) सम्पत्ति कर अधिकृत नभएका इलाकामा बस्ने करदाताले जिल्लाको *जिल्ला प्रशासन कार्यालय वा मालअड्डामा ऐन वा सो नियम बमोजिमको विवरण दाखिल गर्न सक्नेछ। त्यस्तो अड्डामा कर सम्बन्धी काम गर्ने एक वा एकभन्दा बढी कर्मचारी रहन सक्नेछन्। निजले कर निर्धारण र असूल गर्ने बाहेक कर सम्बन्धी अरु काम गर्नेछ। निज अञ्चल सम्पत्तिकर अधिकृतका मातहतमा रहनेछ।
(३) कर तिर्नु पर्ने भन्ने लागेका करदाताहरूको त्याङ्क सङ्कलन गर्नु सम्पत्ति कर अधिकृतको आदेश बमोजिम सरजमिन जाँचबुझ गर्नु र सम्पत्ति कर अधिकृतले लाए अह्राएको कर सम्बन्धी अरु काम गर्नु कर इन्स्पेकटरको कर्तव्य हुनेछ। निजसँग आफ्नो फोटो भएको सम्पत्ति कर डाइरेक्टर वा अञ्चल सम्पत्ति कर अधिकृतले दस्तखत गरी राखेको परिचयपत्र रहने छ।
⌧ पहिलो संशोधनद्वारा झिकिएको।
(४) कर कार्यालयमा रहनुपर्ने रजिष्टरको ढाँचा सम्पत्ति कर डाइरेक्टरले तोकिदिने छन् ।
१३. दण्ड जरिवानाको रकम असुल गर्ने : सम्पत्ति कर अधिकृतले ऐन अन्तर्गत कुन व्यक्तिलाई दण्ड जरिवाना तोकेकोमा सो दण्ड जरिवानाको रकम सो व्यक्तिबाट असुल गर्ने इलाका माल अड्डामा लेखी पठाउनु पर्छ इलाका माल अड्डाले पनि सरकारी बाँकी सरहको कारबाही गरी असुल उपर गर्नुपर्छ ।
द्रष्टव्यः– (१) नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरु:- “गजेट”, “रिपोर्ट”, “अफिसर”, र “अफिस” को सट्टा “राजपत्र”, “प्रतिवेदन”, “अधिकृत” र “कार्यालय”। (२) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।
अनुसूची (क) नियम ३ बमोजिम দাखिल गर्नु पर्ने विवरण सम्पत्ति कर सं.नं. ७(क)
श्री सम्पत्ति कर अधिकृत, ........ महाशय,
सम्पत्ति कर ऐनको दफा ४ र सम्पत्ति कर नियम ३ बमोजिम मैले/हामीले, तपसीलमा लेखिए बमोजिमको विवरण দাखिल गरेको छु, छौं। सो ऐन र नियम बमोजिम सम्पत्तिकर निर्धारण होस् मैले/हामीले कर निर्धारण आदेश पाएको मितिले ऐनको म्यादभित्र तोकिएको ठाउँमा बुझाउनु पर्ने कर बुझाउँला ।
तपसील
घर जग्गाको विवरण ... ... ... ...
(१) मेरो/हाम्रो यस संस्थाको घर जग्गाको सङ्ख्या: ... ... (२) हरेक घर जग्गाको विवरण: ... ... ... करको निमित्त विभाजन गरिएको अञ्चल नं. ... ... ...
टोलको नाउँ ... ... ... ... घर नम्बर ... ... ... साथै नत्थी गरिएको नक्सा बमोजिम
घरको लम्बाई ... ... फुट चौडाई ... ... फुट
जम्मा तलाको सङ्ख्या ... ...
जमीन तलाको उँचाई ... ...
पहिला तलाको उँचाई ... ...
दोस्रो तलाको उँचाई ... ...
तेस्रो तलाको उँचाई ... ...
चौथो तलाको उँचाई ... ...
माटोले जोडेको वा बज्रले जोडेको .. ...
कुन सालमा बनेको ... ...
सडकको दायाँ बायाँ परेको भए
सडकको नाउँ ... ... दायाँ वा बायाँ
घरको साथमा खाली जग्गा भए त्यसको
लम्बाई ... ... फुट, चौडाई, ... फुट, क्षेत्रफल ... वर्ग फुट
हालसाल खरिद भएकोमा
कुन सालमा खरिद भएको खरिद मोल... ...
रजिष्ट्रेशन पास भएको कागजको नक्कल नत्थी गर्ने घर जग्गाको कुनै भाग बिक्री भएको भए नक्साको कुन भाग हो चिह्न लगाउनु होला।
यस्तो भागको लम्बाई ... चौडाई ...
बिक्री मोल रु. ... ... ...
किन्नेको नाउँ, थर, बतन ... ... ....
रजिष्ट्रेशन पास भएको कागजको नक्कल नत्थी गर्ने ।
यो घर बहालमा दिएको भए, बहालमा लिनेको नाउँ, थर बहालमा दिएको मिति ...
(३) यस्तै अरु घर जग्गाको पनि विवरण पेस गर्ने (४) धेरै जना अंशियार भए अंशियारहरूको ... ... नाम ... ... उमेर ... ... मुख्य मानिससँगको सम्बन्ध ... ... सम्पत्तिको कति अङ्क ... ... नाम ... ... उमेर ... ...
मुख्य मानिसको सम्बन्ध ... ... सम्पत्तिको कति अङ्क ... ... अंश बण्डाको रजिष्ट्रेशन पास भएको कागजको नक्कल नत्थी गर्ने । माथि लेखिए बमोजिमको मेरा/हाम्रो यस संस्थाको/घर जग्गाको विवरण बिल्कुल साँँचो हो झुठ्ठा ठहरे सम्पत्ति कर ऐन नियम र प्रचलित कानुन बमोजिम दण्ड सजाय सहुँला बुझाउँला । विवरण पेस गरेको मिति ... ...
दस्तखत ... दस्तखत गर्नेको पूरा नाम, थर र दर्जा दस्तखत गर्नेको ठेगाना करदाताको नाम करदाताको ठेगाना
अनुसूची (ख)
नियम ३ बमोजिम दाखिल गर्नुपर्ने विवरण
सं. नं. (ख)
श्री सम्पत्ति कर अधिकृत, महाशय, सम्पत्ति कर ऐनको दफा ४ र सम्पत्ति कर नियम ३ बमोजिम मैले/हामीले तपसीलमा लेखिए बमोजिमको विवरण दाखिल गरेको छु, छौं । सो ऐन र नियम बमोजिम सम्पत्ति कर निर्धारण होस् मैले/हामीले कर निर्धारण आदेश पाएका मितिले ऐनको म्यादभित्र तोकिएको ठाउँमा बुझाउनु पर्ने कर बुझाउँला ।
तपसील
विदेशी लगानीको विवरण
(१) नगदी
द्रष्टव्य: विगत श्रावण १ गतेका बजार भाउको प्रमाण पेस हुनुपर्छ ।
(२) घर जग्गा
द्रष्टव्य:- घर जग्गाको नक्सा नत्थी हुनुपर्छ । रेन्टल भ्याल्यूको प्रमाण नत्थी गर्नुपर्छ । धेरै जना अंशियार भए अंशियारहरूको नाम नामेसी नाम ... ... ... उमेर ... ... ... मुख्य मानिससँगको सम्बन्ध सम्पत्तिको कति अंश नाम ... ... ... मुख्य मानिससँगको सम्बन्ध सम्पत्ति कति अंश
अंशबण्डाको रजिष्ट्रेशन पासको कागजको नक्कल नत्थी हुनुपर्छ।
(३) माथि लेखिए बमोजिमको मेरो/हाम्रो/यस संस्थाको सम्पत्तिको विवरण बिल्कुल साँचो छ झूठ्ठा ठहरे सम्पत्ति कर ऐन नियम र प्रचलित कानुन बमोजिम सहुँला बुझाउँला।
विवरण पेस गरेको मिति $\quad$ दस्तखत $\quad \quad \quad \quad \quad \quad \quad \quad$ दस्तखत गर्नेको नाम $\quad \quad \quad \quad \quad \quad \quad \quad$ दर्जा $\quad \quad \quad \quad \quad \quad \quad \quad$ करदाताको नाम $\quad \quad \quad \quad \quad \quad \quad \quad$ ठेगाना
अनुसूची (ग) नियम ५(१) (क) सँग सम्बन्धित
अनुसूची (घ) नियम ५ (१) (ख) सँग सम्बन्धित
अनुसूची (ङ)
नियम ५ (१) (ग) सँग सम्बन्धित
अनुसूची (च) नियम ५ (१) (घ) सँग सम्बन्धित
अनुसूची (छ) नियम (१) सँग सम्बन्धित
अञ्चल कर अधिकृतको नाम ... ... सम्पत्ति कर सूचक सङ्ख्या ... ... सं.नं. ६(क)
घर जग्गा कर निर्धारण फाराम
सि.नं. सम्पत्ति कर लाग्ने आर्थिक वर्ष ... ... सम्पत्ति कर निर्धारण गर्ने ऐनको दफा ... ... करदाताको सूचक सङ्ख्या ... ... करदाताको नाम र वतन ... ...
जम्मै घरको मोल
(क) रजिष्ट्रेशन पास भई अंश बण्डा नभएको भए यसको जम्मा कर ... दण्ड जम्मा ने. रु. अक्षरेपी
(ख) रजिष्ट्रेशन पास भई अंश बण्ड भएको भए
सम्पत्ति कर निर्धारण आदेशको मिति ... ... ...
दस्तखत सम्पत्तिका कर अधिकृत अञ्चल सम्पत्ति कर अधिकृतको नाम
अनुसूची (ज) नियम ६ (२) सँग सम्बन्धित
अञ्चल कर कार्यालयको नाम सम्पत्ति कर सूचक सङ्ख्या सं. नं. ६(ख)
विदेशी लगानी कर निर्धारण फाराम
सम्पत्ति कर लाग्ने आर्थिक वर्ष ... ... सम्पत्ति कर निर्धारण गर्ने ऐनको दफा ... ... करदाताको सूचक सङ्ख्या ... ... करदाताको नाम र वतन ... ...
अक्षररेपी
(ग) रजिष्ट्रेशन पास भई अंशबण्डा नभएको भए यसको जम्मा कर- दण्ड जम्मा ने.रु. अक्षरूपी
(२) रजिष्ट्रेशन पास भई अंशबण्डा भएको भए
सम्पत्ति कर निर्धारण आदेश मिति- दस्तखत- सम्पत्ति कर अधिकृत अञ्चल कर निर्धारण कार्यालयको नाम
टिप्पणी:- नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा "गजेट", "रिपोर्ट", "अफिसर" र "अफिस" को सट्टा "राजपत्र", "प्रतिवेदन", "अधिकृत" र "कार्यालय", नगर पञ्चायत ऐन, २०१९ द्वारा "म्युनिसिपल्टी" को सट्टा "नगर पञ्चायत" र स्थानीय प्रशासन ऐन, २०२२ द्वारा "बडाहाकिम वा मजिस्ट्रेट" को सट्टा "अञ्चलाधीश" र "गढी गौडा गोश्वारा" को सट्टा "अञ्चलाधीश कार्यालय" राखी रूपान्तर गरिएको छ।*