संस्था दर्ता नियमावली, २०३४
नेपाल राजपत्रमा प्रकाशित मिति २०३४।११।०२
संशोधन १. संस्था दर्ता (पहिलो संशोधन) नियमावली, २०४२ २०४२।०७।२६ २. संस्था दर्ता (दोस्रो संशोधन) नियमावली, २०४६ २०४६।०५।२६ ३. संस्था दर्ता (तेस्रो संशोधन) नियमावली, २०४९ २०४९।०२।१२ ४. संस्था दर्ता (चौथो संशोधन) नियमावली, २०५० २०५०।०२।२५ ५. संस्था दर्ता (पाँचौँ संशोधन) नियमावली, २०५४ २०५४।०८।१६ ६. संस्था दर्ता (छैठौँ संशोधन) नियमावली, २०५८ २०५८।०७।०६ ७. संस्था दर्ता (सातौँ संशोधन) नियमावली, २०५९ २०५९।१०।२७ ८. संस्था दर्ता (आठौँ संशोधन) नियमावली, २०६० २०६०।०८।१५
संस्था दर्ता ऐन, २०३४ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छः–
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “संस्था दर्ता नियमावली, २०३४” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा ऐन भन्नाले संस्था दर्ता ऐन, २०३४ सम्झनुपर्छ ।
३. दर्ताको लागि निवेदन: ऐन बमोजिम संस्था दर्ता गर्न चाहने व्यक्तिहरूले एकहजार रुपैयाँ दस्तुर सहित स्थानीय अधिकारी समक्ष अनुसूची–१ मा तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ ।
४. संस्थाको दर्ता र प्रमाण–पत्र: नियम ३ बमोजिमको निवेदन प्राप्त भएपछि स्थानीय अधिकारीले आवश्यक जाँचबुझ गरी संस्था दर्ता गर्न उचित ठानेमा निजले अनुसूची–२ बमोजिमको दर्ता किताबमा संस्था दर्ता गर्नु पर्नेछ र त्यसरी संस्था दर्ता गरी सकेपछि अनुसूची–३ बमोजिमको दर्ताको प्रमाण–पत्र दिनेछ।
५. दर्ताको अवधि, नवीकरण र दस्तुर: (१) नियम ४ बमोजिम दिएको दर्ताको प्रमाण–पत्र एक आर्थिक वर्षसम्म बहाल रहनेछ ।
(२) उपनियम (१) बमोजिम संस्थाको दर्ता बहाल रहने अवधि समाप्त भएको मितिले तीन महिनाभित्र सम्बन्धित व्यक्तिले स्थानीय अधिकारीबाट पाँचसय रुपैयाँ दस्तुर तिरी दर्ताको प्रमाण–पत्र नवीकरण गराउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम म्याद नाघेपछि कुनै संस्थाले त्यस्तो म्याद नाघी नवीकरण हुन नसकेको मनासिब कारण देखाई दर्ताको प्रमाण–पत्र नवीकरणको लागि निवेदन दिन आएमा स्थानीय अधिकारीले उपनियम (२) बमोजिम लाग्ने दस्तुरमा देहाय बमोजिमको थप दस्तुर लिई नवीकरण गरी दिन सक्नेछ:–
(क) उपनियम (२) बमोजिमको म्याद नाघेपछि तीन महिनाको लागि रु. १००।–
(ख) खण्ड (क) को म्याद नाघेपछि आषाढ मसान्त सम्मको लागि रु. २५०।–
(ग) खण्ड (ख) को म्याद नाघेपछि अर्को एक आर्थिक वर्षको लागि रु. ५००।– को दरले दुई आर्थिक वर्षको लागि रु. १,०००।–
(४) उपनियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि म्यादभित्र नबिकरण नगराएका संस्थाहरुले दर्ताको प्रमाणपत्र नबिकरण हुन नसकेको मनासिब कारण देखाई $\times$ .................... नबिकरणको लागि निवेदन दिएमा प्रत्येक आर्थिक वर्षको लागि लाग्ने नबिकरण दस्तुरको अतिरिक्त प्रत्येक आर्थिक वर्षको लागि एकहजार रुपैयाँका दरले थप जरिवाना समेत लिई स्थानीय अधिकारीले त्यस्तो दर्ताको प्रमाण–पत्र नबिकरण गरिदिन सक्नेछ।
(५) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संस्थाले बढीमा पाँच वर्ष सम्मको लागि एकै पटक दर्ताको प्रमाण–पत्र नबिकरण गर्न निवेदन दिन आएमा स्थानीय अधिकारीले त्यस्तो संस्थाले गरी आएको कामको प्रकृति र अवस्था हेरी प्रत्येक वर्षको लागि एकसय रुपैयाँ दस्तुर लिई एकै पटक पाँच वर्षसम्मको लागि दर्ताको प्रमाण–पत्र नबिकरण गरिदिन सक्नेछ।
(६) दर्ताको प्रमाण–पत्र नबिकरण गर्ने संस्थाले निवेदन दिँदा कार्य समितिका पदाधिकारीहरुको नामावली संलग्न गर्नु पर्नेछ।
(७) उपनियम (३) र (५) बमोजिम दर्ताको प्रमाण–पत्र नबिकरण गरेको जानकारी स्थानीय अधिकारीले नेपाल सरकार, गृह मन्त्रालयलाई दिनु पर्नेछ।
$\lambda$ पाँचौँ संशोधनद्वारा संशोधित । $\times$ आठौँ संशोधनद्वारा खारेज गरिएको ।
अनुसूची — १ (नियम ३ सँग सम्बन्धित)
निवेदनपत्रको ढाँचा
श्री स्थानीय अधिकारी, .................. कार्यालय ।
महोदय,
हामीले .............................. सम्बन्धी संस्था खोल्न चाहेकोले संस्था दर्ता ऐन, २०३४ बमोजिम संस्था दर्ता गर्नको लागि देहायको विवरण खोली निवेदन गरेका छौं । प्रस्तावित संस्थाको विधानको एकप्रति पनि यसै साथ संलग्न गरिएको छ ।
विवरण १. संस्थाको नामः– २. संस्थाको उद्देश्यहरुः– (क) (ख) (ग) ३. प्रबन्ध समितिका सदस्यहरुको नाम ठेगाना पेशा (क) (ख) (ग) ४. आर्थिक स्रोतः– ५. कार्यालयको ठेगानाः–
मितिः– भवदीय, पदाधिकारीहरुको नामः
अनुसूची–२ (नियम ४ सँग सम्बन्धित) दर्ता किताबको ढाँचा संस्थाको दर्ता किताब
अनुसूची–३ (नियम ४ सँग सम्बन्धित)
प्रमाण–पत्रको ढाँचा संस्था दर्ताको प्रमाण–पत्र
श्री अध्यक्ष / सचिव ............................ ।
.................................................... (संस्थाको नाम) संस्था दर्ता ऐन, २०३४ को दफा ४ बमोजिम .......... साल .......... महिना .......... गतेमा दर्ता गरी यो प्रमाण–पत्र दिइएको छ ।
स्थानीय अधिकारीको सही:– पूरा नाम:– दर्जा:– कार्यालय:–
नवीकरण