सार्वजनिक सडक (मुआब्जा निर्धारण समिति) नियमावली, २०३३
नेपाल राजपत्रमा प्रकाशित मिति २०३३।०७।०९
संशोधन सार्वजनिक सडक (मुआब्जा निर्धारण समिति) (पहिलो संशोधन) नियमावली, २०३३ २०३३।११।२४
सार्वजनिक सडक ऐन, २०३१ को दफा १० र ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “सार्वजनिक सडक (मुआब्जा निर्धारण समिति) नियमावली, २०३३” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले सार्वजनिक सडक ऐन, २०३१ सम्झनु पर्छ । (ख) “समिति” भन्नाले ऐनको दफा १० को उपदफा (१) बमोजिम गठित मुआब्जा निर्धारण समिति सम्झनु पर्छ । (ग) “उपसमिति” भन्नाले ऐनको दफा १० को उपदफा (१) बमोजिम गठित मुआब्जा निर्धारण उपसमिति सम्झनु पर्छ ।
३. समितिको काम, कर्तव्य र अधिकारः (१) समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः—
$\diamond$ सार्वजनिक सडक (पहिलो संशोधन) ऐन, २०३५ द्वारा सोही ऐनको दफा १० खारेकिएको ।
(क) सार्वजनिक सडकको निमित्त नेपाल सरकारले प्राप्त गरेको जग्गाको मुआब्जा ऐन र यस नियमावलीको अधिनमा रही निर्धारण गरी नेपाल सरकार समक्ष सिफारिस पेश गर्ने,
(ख) कुनै जग्गाको मुआब्जा निर्धारण गर्नको निमित्त आवश्यक पर्ने विवरण त्यस्तो जग्गाको लगत रहेको कार्यालयबाट माग गर्ने,
(ग) जग्गाको मुआब्जा निर्धारण गर्ने प्रयोजनको लागि जग्गा प्राप्त गदावको निमित्त त्यस्तो जग्गाको प्रचलित मोल निर्धारण गर्न आवश्यक जाँच पडताल गर्ने,
(घ) मुआब्जा निर्धारण गर्न कुनै जग्गाको जाँच पडताल गर्न आवश्यक परेमा समितिको सदस्य वा अन्य कुनै व्यक्तिबाट जग्गाको जाँच पडताल गराउने,
(ङ) मुआब्जा निर्धारण गर्न आवश्यक पर्ने अन्य काम कारबाही गर्ने ।
४. उपसमितिको काम, कर्तव्य र अधिकारः (१) उपसमितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) समितिको नीति निर्देशनको अधिनमा रही जग्गाको मुआब्जा निर्धारण गर्ने,
(ख) नेपाल सरकारले प्राप्त गरेको जग्गाको मुआब्जा निर्धारण गरी समिति मार्फत नेपाल सरकार समक्ष सिफारिस पेश गर्ने,
(ग) जग्गाको मुआब्जा निर्धारण गर्ने प्रयोजनको लागि जग्गा प्राप्त गदावको निमित्त त्यस्तो जग्गाको प्रचलित मोल निर्धारण गर्न आवश्यक जाँच पडताल गर्ने,
(घ) जग्गाको मुआब्जा निर्धारण गर्ने सिलसिलामा आवश्यक पर्ने विवरण त्यस्ता जग्गाको लगत रहेको कार्यालयबाट प्राप्त गर्ने,
(ङ) समितिको निर्देशनको अधीनमा रही जग्गाको मुआब्जा निर्धारण गर्न आवश्यक पर्ने अन्य कार्यहरू गर्ने ।
५. घर, इमारत, आदिको मुआब्जा निर्धारण गर्दावः कुनै जग्गा प्राप्त गर्दाव घर, इमारत, पखाल आदि सहित प्राप्त गरेको भए यस नियमावली बमोजिम समिति वा उपसमितिले त्यस्तो घर, इमारत, पखाल आदिको मुआब्जा निर्धारण गर्दाव ऐनको दफा ११ र नेपाल सरकारले समय समयमा दिएको मार्गनिर्देशनको अधीनमा रही निर्धारण गर्नु पर्नेछ ।
६. समितिको बैठकः (१) समितिको बैठक समितिको अध्यक्षले तोकेबमोजिम बस्नेछ ।
(२) समितिको बैठकमा अपनाइने कार्यविधि समिति आफैले व्यवस्थापन गर्नेछ ।
(३) बहुमतको निर्णय समितिको निर्णय हुनेछ । मत बराबर भएमा समितिको अध्यक्षले निर्णयात्मक मत समेत दिन सक्नेछ ।
(४) समितिको निर्णय समितिको सदस्य-सचिवद्वारा प्रमाणित हुनेछ ।
७. उपसमितिको बैठक र निर्णयः (१) उपसमितिको बैठक उपसमितिको अध्यक्षले तोकेबमोजिम बस्नेछ ।
(२) उपसमितिमा अपनाइने कार्यविधि उपसमितिले समितिको निर्देशनको अधीनमा रही आफैले व्यवस्थापन गर्नेछ ।
(३) बहुमतको निर्णय उपसमितिको निर्णय हुनेछ । मत बराबर भएमा उपसमितिको अध्यक्षले निर्णयात्मक मत समेत दिन सक्नेछ ।
(४) उपसमितिको निर्णय उपसमितिको सदस्य-सचिवद्वारा प्रमाणित हुनेछ ।
८. $\times$
$\boxplus$ पहिलो संशोधनद्वारा संशोधित । $\diamond$ सार्वजनिक सडक (पहिलो संशोधन) ऐन, २०३५ द्वारा सोही ऐनको दफा ११ खारेज गरिएको । $\times$ पहिलो संशोधनद्वारा खारेज ।
अनुसूची–१..................
अनुसूची–२.................
$\times$ पहिलो संशोधनद्वारा खारेज । द्रष्टव्यः– (१) मिति २०३३।११।२४ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा मुआब्जा निर्धारण समिति र उपसमिति गठन गरिएको । (२) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरुः— “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।