सैनिक अदालत नियमावली, २०६४
नेपाल राजपत्रमा प्रकाशित मिति २०६४।१२।२०
सैनिक ऐन, २०६३ को दफा १४३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “सैनिक अदालत नियमावली, २०६४” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले सैनिक ऐन, २०६३ सम्झनु पर्छ। (ख) “कोर्ट अफ इन्क्वायरी” भन्नाले नियम ४ बमोजिम गठित कोर्ट अफ इन्क्वायरी सम्झनु पर्छ। (ग) “प्राड विवाकको कार्यालय” भन्नाले प्राड विवाकको प्रमुख रहने जङ्गी अड्डाको कार्यालय सम्झनु पर्छ र सो शब्दले पुतना प्राड विवाक शाखा तथा बाहिनी प्राड विवाक शाखा कार्यालय समेतलाई जनाउँछ। (घ) “समिति” भन्नाले ऐनको दफा ६२ को उपदफा (२) बमोजिमको समिति सम्झनु पर्छ। (ङ) “रजिष्ट्रार” भन्नाले नियम ३७ बमोजिम सैनिक विशेष अदालतमा काम गर्न तोकिएको प्राड अधिकृत सम्झनु पर्छ।
परिच्छेद–२ कोर्ट अफ इन्क्वायरीको गठन, अनुसन्धान तथा तहकीकात र मुद्दा दायरी
३. कसूरको सूचना दिनु पर्नेः (१) कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको छ भने कुरा थाहा पाउने व्यक्तिले तत्सम्बन्धी कसूरको बारेमा आफूसँग भएको वा आफूले देखे जानेसम्मको सबुद प्रमाण र सकेसम्म देहायका कुराहरु समेत खुलाई यथाशिघ्र सो कुराको लिखित दरखास्त वा मौखिक सूचना नेपाली सेनाको निजको युनिट वा सम्बन्धित युनिटलाई दिनु पर्नेछः–
(क) कसूर भएको वा भइरहेको वा हुने सम्भावना भएको मिति, समय र ठाउँ, (ख) कसूर गर्ने व्यक्तिको नाम, ठेगाना, युनिट, कम्प्युटर नं. र हुलिया, (ग) कसूरसँग सम्बन्धित सबुद प्रमाण, (घ) कसूरसँग सम्बन्धित अन्य विवरण।
(२) कसूरको सूचना मौखिक रुपमा दिइएकोमा सम्बन्धित युनिटले सूचना दिने व्यक्तिले भनेका सबै कुराहरु र उपनियम (१) बमोजिमका कुराहरु समेत लिखित रुपमा खुलाई निजलाई पढी बाँची सुनाइ निजको सहिछाप समेत गराई राख्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम प्राप्त लिखित दरखास्त वा उपनियम (२) बमोजिमको सूचना आफ्नो युनिटको दर्ताथ किताबमा दर्ता गरी जाहेरवाला वा सूचना दिने व्यक्तिलाई सोको भरपाई दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्राप्त कसूरको सूचना सम्बन्धित युनिटले निजको प्राड विभागको कार्यालयलाई दिनु पर्नेछ।
(५) कुनै कसूरको सम्बन्धमा कुनै युनिटमा प्राप्त हुन आएको सूचनाको व्यहोराबार् सो कसूर वा कसूरमा संलग्न व्यक्ति अन्य कुनै युनिटको क्षेत्रनित्र पर्न देखिए आएमा सूचना प्राप्त गर्ने युनिटले सो सूचना यथाशिघ्र सम्बन्धित युनिटमा पठाउनु पर्नेछ।
(६) यस नियम बमोजिम सूचना प्राप्त भएपछि सम्बन्धित युनिटपतिले त्यस्तो कसूरका सम्बन्धमा प्रारम्भिक रुपमा अनुसन्धान तथा तहकीकात गर्नु पर्नेछ। युनिटपतिको सम्बन्धमा अनुसन्धान तथा तहकीकात गर्नु पर्ने भए त्यस्तो अनुसन्धान तथा तहकीकात एक तह माथिल्लो तहबाट गर्नु पर्नेछ।
(६) उपनियम (५) र (६) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै युनिटमा प्राप्त हुन आएको सूचनाको व्यहोराबाट सो कसूर ऐनको दफा ६२ सँग सम्बन्धित देखि आएमा सूचना प्राप्त गर्ने युनिटले सो सूचना प्राड विभागको कार्यालयमा पठाउनु पर्नेछ।
४. कोर्ट अफ इन्क्वायरीको गठन: (१) नियम ३ बमोजिम कसूर सम्बन्धी सूचना प्राड विभागको कार्यालयमा प्राप्त भएमा वा अन्य कुनै माध्यमबाट ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिले कुनै कसूर गरेको छनी जानकारी हुन आएमा त्यस्तो कार्यालयले प्रधान सेनापति समक्ष कोर्ट अफ इन्क्वायरी गठनको लागि सिफारिस गर्नेछ।
(२) उपनियम (१) बमोजिम सिफारिस प्राप्त भएपछि प्रधान सेनापतिले आफैंले कोर्ट अफ इन्क्वायरी गठन गर्न गर्थ वा आवश्यकता अनुसार उपप्रधानपति, बाहिनीपति वा युनिटपतिलाई अधिकार प्रत्यायोजन गरी कोर्ट अफ इन्क्वायरी गठन गर्न लगाउन सक्नेछ।
(३) उपनियम (२) बमोजिम कोर्ट अफ इन्क्वायरी गठन गर्दाथ सोको अध्यक्ष वा सदस्य सामान्यतया आरोपीत व्यक्ति भन्दा तल्लो दर्जाको हुने गरी गठन गरिने छैन।
५. कोर्ट अफ इन्क्वायरीको कार्यविधि: (१) कोर्ट अफ इन्क्वायरी गठन भएपछि प्राड विभागको कार्यालयले नियम ३ को उपनियम (४) बमोजिम आफूलाई प्राप्त कसूरको सूचना तथा युनिट पतिले सोही नियमको उपनियम (६) बमोजिम गरेको अनुसन्धान तथा तहकीकातको प्रतिवेदन कोर्ट अफ इन्क्वायरीलाई उपलब्ध गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम कसूरको सूचना प्राप्त भएपछि कोर्ट अफ इन्क्वायरीले सो कसूर हुनबाट रोक्ने, कसूरसँग सम्बन्धित कुनै प्रमाण लोप वा नाश हुन नदिने र आरोपीत व्यक्ति भाग्ने, उम्कने नपाउने व्यवस्था गर्नु पर्नेछ।
(३) कोर्ट अफ इन्क्वायरीले कुनै कसूर भएको वा भइरहेको जानकारी पाई अनुसन्धान तथा तहकीकात गर्न गएका बखत वा आफ्नो उपस्थितिमा कुनै कसूर भएको देखेमा तुरुन्त आरोपीत व्यक्तिलाई पक्रिनु पर्नेछ। त्यसरी पक्रेको आरोपीत व्यक्तिलाई अनुसूची-१ बमोजिमको ढाँचामा पक्राउ पुर्जी दिनु पर्नेछ।
(४) कोर्ट अफ इन्क्वायरीले उपनियम (३) बमोजिम पक्राउ परेको आरोपीत व्यक्तिको बयान लिनु पर्नेछ। त्यसरी बयान गराउँदा इमान धर्म सम्झी साँचो बयान गर्ला भन्ने व्यहोराको छापपनि लगाई बयान गराउनु पर्नेछ।
(५) कोर्ट अफ इन्क्वायरीले कुनै कसूरको सम्बन्धमा शंकास्पद देखिएको तथा तत्सम्बन्धमा कुनै महत्त्वपूर्ण कुरा थाहा छ निन्धे विश्वास गर्नु पर्ने कुनै मनासिब कारण भएको व्यक्तिलाई सोधपुछ गरी आवश्यक देखिएमा निजको कुरा बयानको रुपमा लेखिबद्ध गरी राख्नु पर्नेछ।
(६) कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको जानकारी प्राप्त भएमा कोर्ट अफ इन्क्वायरीले यथाशीघ्र त्यसको अनुसन्धान तथा तहकीकात गरी सबूत प्रमाण संकलन गर्नु पर्नेछ। कोर्ट अफ इन्क्वायरीले अनुसन्धान तथा तहकीकातको सिलसिलामा कसूरसँग सम्बन्धित कागजात वा वस्तु फेला पारेमा त्यसलाई कब्जामा लिनु पर्नेछ।
(७) कुनै कसूरको सम्बन्धमा अनुसन्धान तथा तहकीकात गर्दाथ कोर्ट अफ इन्क्वायरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची–१ बमोजिमको मुद्दामा अनुसन्धान तथा तहकीकात गर्ने प्रहरी कर्मचारीलाई भए सरहको अधिकार हुनेछ।
(८) कोर्ट अफ इन्क्वायरीले यस नियम बमोजिम अनुसन्धान तथा तहकीकातको सिलसिलामा बुझेको साक्षीको बकपत्र, संकलन गरेको प्रमाण, चीजवस्तु र नमूनको दुरुस्त अभिलेख राख्नु पर्नेछ।
६. हिरासतमा राख्ने कार्यविधिः (१) कसूरको अनुसन्धान तथा तहकीकातको सिलसिलामा कुनै व्यक्तिलाई चौबीस घण्टाभन्दा बढी अवधि हिरासतमा राख्नु पर्ने भई ऐनको दफा ७५ को उपदफा (३) बमोजिम कमाण्डिङ अधिकृतले प्रतिवेदन पठाउँदा हिरासतमा रहेको व्यक्ति उपरको आरोप, त्यसको आधार, निजलाई हिरासतमै राखी अनुसन्धान तथा तहकीकात गर्नु पर्ने कारण र निजको बयान कागज भई सकेको भए बयानको व्यहोरा समेत स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्रतिवेदन पर्न आएमा प्रधान सेनापतिले सम्बन्धित कागजात हेरी अनुसन्धान तथा तहकीकात सन्तोषजनक रुपमा भए वा नभएको र हिरासतमा राखी अनुसन्धान तथा तहकीकात गर्नु पर्ने अवस्था विद्यमान रहे वा नरहेको सम्बन्धमा विचार गरी अनुसन्धान तथा तहकीकात सन्तोषजनक रुपमा भई रहेको र हिरासतमै राखी
अनुसन्धान तथा तहकीकात गर्नु पर्ने अवस्था विद्यमान रहेको देखेमा हिरासतमा राख्न अनुमति दिन सकिनेछ।
७. प्रतिवेदन पेश गर्नु पर्नेः (१) कोर्ट अफ इन्क्वायरीले अनुसन्धान तथा तहकीकात पूरा गरी सकेपछि देहायका कुराहरु खुलाई आफ्नो राय सहितको प्रतिवेदन प्राड विबाकको कार्यालयमा पेश गर्नु पर्नेछः–
(क) आरोपितको पूरा नाम, थर, वतन, कम्प्युटर नं., दर्जा, युनिट, (ख) कसूर सम्बन्धी विवरण, (ग) आरोपित व्यक्तिको बयानको व्यहोरा, (घ) जाहेरवाला वा पीडितको बयानको व्यहोरा, (ङ) आरोपित व्यक्ति उपर लगाइएको अभियोग र तत्सम्बन्धी प्रमाण, (च) सम्बन्धित कानून, (छ) हिरासतमा राखी कारबाही गर्नु पर्ने वा नपर्ने कारण, (ज) कसूरबाट क्षति पुगी क्षतिपूर्ति भराउनु पर्ने भए क्षतिपूर्तिको रकम, (झ) मुद्दा दायर गर्नु पर्ने भए सोको राय, (ञ) आरोपित व्यक्तिले पहिले पनि कुनै कसूरमा सजाय पाइसकेको कारणले बढी सजाय हुनु पर्ने अवस्था रहे छ भने निजले पहिले सजाय पाएको मनित र सजाय गर्ने निकायको नाम, (ट) मुद्दासँग सम्बन्धित अन्य आवश्यक कुराहरु।
(२) उपनियम (१) बमोजिम कोर्ट अफ इन्क्वायरीबाट राय सहितको प्रतिवेदन प्राप्त भएपछि प्राड विबाकको कार्यालयले सो राय सहितको प्रतिवेदन अध्ययन गरी आरोपित व्यक्ति उपर मुद्दा चलाउने वा नचलाउने सम्बन्धमा निर्णयको लागि आफ्नो राय सहित प्रधान सेनापति समक्ष मिसिल पठाउनु पर्नेछ। त्यसरी मिसिल प्राप्त भएपछि प्रधान सेनापतिले आरोपित व्यक्ति उपर मुद्दा चलाउने वा नचलाउने विषयमा अन्तिम निर्णय गर्नेछ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ६८ को खण्ड (ग) बमोजिम समरी सैनिक अदालतले पुर्पक्ष, सुनुवाई, कारबाही र किनारा गर्ने मुद्दा भए प्राड विवाकको कार्यालयले मुद्दा चल्ने वा नचल्ने सम्बन्धमा अन्तिम निर्णय गर्नेछ।
(४) प्राड विवाकले आवश्यकतानुसार उपनियम (३) बमोजिमको अधिकार कोर्ट अफ इन्क्वायरीलाई प्रत्यायोजन गर्न सक्नेछ।
८. थप प्रमाण बुझ्न निर्देशन दिन सक्ने: (१) मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने सिलसिलामा मिसिल अध्ययन गर्दा प्राड विवाकले थप सबुद प्रमाण संकलन गर्न वा कुनै व्यक्तिसँग सोधपुछ गर्न आवश्यक देखेमा त्यस्तो सबुद प्रमाण संकलन गरी पठाउन वा त्यस्तो व्यक्तिसँग सोधपुछ गरी पठाउन कोर्ट अफ इन्क्वायरीलाई निर्देशन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निर्देशन भएमा त्यस्तो निर्देशनको पालना गर्न कोर्ट अफ इन्क्वायरीको कर्तव्य हुनेछ।
९. जाहेरवालालाई सूचना दिनु पर्ने: कुनै कसूरको सम्बन्धमा मुद्दा चलाउने वा नचलाउने निर्णय भएपछि प्राड विवाकको कार्यालयले त्यसको सूचना जाहेरवालालाई दिनु पर्नेछ।
१०. सैनिक अदालत गठनका लागि सिफारिस गर्ने: (१) कुनै अभियुक्त उपर यस नियमावली बमोजिम मुद्दा चलाउने निर्णय भएमा त्यस्तो निर्णय भएको मितिले सात दिनभित्र प्राड विवाकको कार्यालयले सैनिक अदालत गठनको लागि प्रधान सेनापति समक्ष सिफारिस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सिफारिस गर्दा आरोपित व्यक्ति विरुद्ध दायर हुने अभियोगपत्र समेत संलग्न गर्नु पर्नेछ।
११. मुद्दा दायर गर्ने: कुनै अभियुक्त उपर नियम ७ को उपनियम (२) वा (३) बमोजिम मुद्दा चल्ने निर्णय भएमा अनुसन्धान तथा अभियोक्ता शाखा वा सो शाखाबाट तोकिएका प्राड अधिकृतले देहायका कुराहरू उल्लेख गरी अनुसूची–२ बमोजिमको ढाँचामा अभियोगपत्र तयार गरी दसी प्रमाण तथा कसूरसँग सम्बन्धित चीज वा वस्तु र थुनुवा भए थुनुवा सहित सम्बन्धित सैनिक अदालतमा मुद्दा दायर गर्नु पर्नेछः–
(क) अभियुक्तको पूरा नाम, थर, वतन, कम्युटर नं., दर्जा, युनिट,
(ख) कसूर सम्बन्धी विवरण,
(ग) अभियुक्तको बयानको व्यहोरा,
(घ) जाहेरवाला वा पीडितको बयानको व्यहोरा,
(ङ) अभियुक्त उपर लगाईएको अभियोग र तत्सम्बन्धी प्रमाण,
(च) सम्बन्धित कानून,
(छ) अभियुक्तलाई हुनु पर्ने सजाय,
(ज) कसूरबाट क्षति पुगी क्षतिपूर्ति भराउनु पर्ने भए सो क्षतिपूर्तिको रकम,
(झ) अभियुक्तले पहिले पनि कुनै कसूरमा सजाय पाइसकेको कारणले बढी सजाय हुनु पर्ने अवस्था रहेछ भने निजले पहिले सजाय पाएको मिति र सजाय गर्ने निकायको नाम,
(ञ) मुद्दासँग सम्बन्धित अन्य आवश्यक कुराहरु।
१२. फेला परेको सबुद प्रमाण पेश गर्ने: (१) सैनिक अदालतबाट कारबाही चलिरहेको मुद्दासँग सम्बन्धित कुनै माल वस्तु, लिखत वा अन्य कुनै प्रमाण सैनिक व्यक्ति वा अरु कसैले फेला पारेमा प्राड विवाकको कार्यालयमा दाखिल गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम दाखिला हुन आएको माल, वस्तु, लिखत वा अन्य कुनै प्रमाण प्राड विवाकको कार्यालयले तुरुन्त सम्बन्धित सैनिक अदालतमा पेश गर्नु पर्नेछ।
१३. थप अभियोगपत्र दायर गर्दा बाधक नपर्ने: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरका सम्बन्धमा कुनै अभियुक्त उपर यस नियमावली बमोजिम अभियोगपत्र दायर भई सैनिक अदालतबाट मुद्दा पुप थि भइरहेकोमा पछि थप सबुद प्रमाणहरु प्राप्त हुन आई त्यस्तो अभियुक्त उपर थप अभियोग माग दावी लिनु पर्ने भएमा वा अन्य व्यक्तिहरु उपर समेत मुद्दा दायर गर्नु पर्ने देखि आएमा सैनिक अदालतको अनुमति लिई अभियुक्त उपर थप अभियोग माग दावी लिन वा अन्य व्यक्ति उपर पूरक अभियोगपत्र दायर गरी मुद्दा चलाउन सकिनेछ।
(२) उपनियम (१) बमोजिम पुरक अभियोगपत्र दायर गरिएकोमा त्यस्तो पुरक अभियोगपत्र सुरुमा पेश गरेको अभियोगपत्रको अभिन्न अङ्ग मानिनेछ।
(३) उपनियम (१) बमोजिम कुनै अभियुक्त उपर थप अभियोगको माग दावी लिइएकोमा त्यसरी थप अभियोग लगाइएको विषयमा चित्त नबुझेमा अभियुक्तले सो अभियोग बदर गराउन पुनरावेदिक सुन्ने अदालतमा निवेदन दिन सक्नेछ।
(४) यस नियम बमोजिम थप अभियोग लगाउँदा हेलचेक्राईं वा बदनियत चित्ताई थप अभियोग लगाएको देखिएमा सैनिक अदालतले त्यसरी हेलचेक्राईं वा बदनियत चित्ताई थप अभियोग लगाउने व्यक्ति उपर विभागीय कारबाही गर्ने आदेश दिन सक्नेछ।
१४. अभियुक्त बुझाउनु पर्नेः सैनिक व्यक्तिले ऐनको दफा ६६ बमोजिम अन्य अदालतको अधिकार क्षेत्रभित्र पर्ने कसूर गरेमा त्यस्तो सैनिक व्यक्तिलाई कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेछ।
परिच्छेद–३ सैनिक अदालतको कार्यविधि
१५. सैनिक अदालतको अध्यक्ष, सदस्य र प्राड अधिकृत खटाउनेः (१) प्रधानसेनावपति वा निजबात अधिकार प्राप्त गरेका अधिकृतले सैनिक अदालतको अध्यक्ष वा सदस्यको रुपमा कार्य गर्न ऐनको दफा ६७ को उपदफा (१) बमोजिमका अधिकृत तथा दफा ८१ को उपदफा (१) बमोजिम प्राड विवाक वा प्राड अधिकृतलाई खटाई दिन सैनिक सचिव विभाग समक्ष अनुरोध गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अनुरोध भई आएमा सैनिक सचिव विभागले प्राड विवाक वा प्राड अधिकृतलाई निर्धारित मिति, समय र मुकाममा खटाई दिनु पर्नेछ।
(३) सैनिक अदालतका अध्यक्ष, सदस्य तथा प्राड विवाक वा प्राड अधिकृत उपस्थित भई शपथ ग्रहण गरेपछि सैनिक अदालत गठन भएको मानिनेछ।
१६. प्राड विवाक वा प्राड अधिकृतको काम, कर्तव्य र अधिकारः (१) नियम १५ बमोजिम खटिएको प्राड विवाक वा प्राड अधिकृतले कानून र न्यायको विषयमा सैनिक अदालतको अध्यक्ष एवं सदस्यहरुलाई जानकारी गराउनेछ।
(२) नियम १५ बमोजिम खटिएको प्राड विबाक वा प्राड अधिकृतले सैनिक अदालतको प्रशासकीय अधिकृतको रुपमा समेत काम गर्नेछ।
१७. विरोध भए वा नभएको सोध्नु पर्नेः (१) सैनिक अदालतको अध्यक्ष, सदस्य र प्राड विबाक वा प्राड अधिकृत सैनिक अदालतको मुकाममा उपस्थित भइसकेपछि प्राड विबाक वा प्राड अधिकृतले अध्यक्ष र सदस्यहरु उपर अभियुक्तको कुनै किसिमको विरोध छ वा छैन भनी सोध्नु पर्ने र निजको विरोध नभएमा अनुसूची-३ बमोजिमको ढाँचाको कागजमा अभियुक्तको दस्तखत गराई मिसिल सामेल राख्नु पर्नेछ।
(२) सैनिक अदालतको अध्यक्ष वा कुनै सदस्य उपर अभियुक्तको कुनै विरोध भएमा ऐनको दफा ८२ को प्रक्रिया अपनाई सैनिक अदालतको काम कारबाही अगाडि बढाउनु पर्नेछ।
१८. शपथ ग्रहणः (१) सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरुले अभियुक्तको रोहबरमा अनुसूची-४ बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ।
(२) सैनिक अदालतमा प्राड विबाक वा प्राड अधिकृतले अभियुक्तको रोहबरमा अनुसूची-५ मा तोकिएको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ।
(३) सैनिक अदालतमा साक्षीको रुपमा उपस्थित हुने प्रत्येक व्यक्तिलाई बकपत्र गराउनु अघि अनुसूची-६ बमोजिमको ढाँचामा शपथ गराउनु पर्नेछ।
१९. पोसाक सम्बन्धी व्यवस्थाः सैनिक अदालतका अध्यक्ष, सदस्यहरु र प्राड विबाक वा प्राड अधिकृतले ट्युनिक, फरेज क्याप, अफिसर बुट, कालोपेटी, अलङ्कार पदकहरु भएमा सो समेत लगाई खड्ग सहित सैनिक अदालतमा उपस्थित हुनु पर्नेछ।
२०. सैनिक अदालतको इजलासः सैनिक अदालतको इजलास सम्बन्धित सैनिक अदालतको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
२१. प्रतिरक्षा सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा ८१ को उपदफा (२) बमोजिम कुनै कसूरको अभियोगमा मुद्दा चलाइएको अभियुक्तले आफ्नो प्रतिरक्षाको लागि प्राड अधिकृत खटाई पाउनु भनी प्राड विबाकको प्रतिरक्षा शाखामा निवेदन दिन सक्नेछ। त्यस्तो निवेदन प्राप्त भएमा प्राड विबाकले अभियुक्तको प्रतिरक्षाको लागि प्राड अधिकृतको व्यवस्था गरि दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम खटिएको प्राड अधिकृतले सैनिक अदालतमा उपस्थित भई अभियुक्तको तर्फबाट बहस पैरवी लगायत निजको प्रतिरक्षा सम्बन्धी कार्य गर्नेछ।
(३) अभियुक्तको तर्फबाट प्रतिरक्षा गर्ने प्राड अधिकृतले अभियुक्तको विरुद्धमा वा निजको प्रतिकूल हुने गरी कुनै प्रमाण लगायतका कुराहरु सैनिक अदालत समक्ष पेश गर्न सक्ने छैन। अभियुक्त र निजको प्रतिरक्षा गर्ने प्राड अधिकृतबीच भएका कुराहरुको बारेमा सैनिक अदालतमा प्रश्न उठाउन र त्यस्ता कुराहरु सैनिक अदालत समक्ष प्रकट गर्न बाध्य पारिने छैन।
(४) सैनिक अदालतका अध्यक्ष एवं सदस्यहरुले अभियुक्तको प्रतिरक्षा गर्ने प्राड अधिकृत उपर कुनै पनि किनसमले नकारात्मक असर पर्न गरी प्रभाव पाउनु हुँदैन र निजले प्रतिरक्षाको सिलसिलामा उठाएका कुनै पनि कुरालाई लिएर निज उपर कुनै नकारात्मक टिप्पणी गर्नु हुँदैन।
२२. अभियुक्तको बयानः सैनिक अदालतले अभियुक्त तथा निजको तर्फबाट उपस्थित प्राड अधिकृतलाई मिसिल कागजात तथा अभियोगपत्र पढी बाँची सुनाएपछि इजलासमा अभियुक्तसँग लिखित बयान लिई अभियुक्तको दस्तखत गराई राख्नु पर्नेछ। अभियुक्तको बयान कागजको शिर पुछारमा सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरुले दस्तखत गर्नु पर्नेछ।
२३. प्रारम्भिक सुनुवाई सम्बन्धी व्यवस्थाः (१) अभियोगपत्र दायर भई अभियुक्तको बयान भई सकेपछि सैनिक अदालतले मुद्दाको प्रारम्भिक सुनुवाई गर्नेछ र प्रारम्भिक सुनुवाईको सिलसिलामा सैनिक अदालतले कसूरको मात्रा र कसूर गदाथको अवस्था समेत विचार गरी अनुसूची-७ बमोजिमको ढाँचामा देहायको मध्ये कुनै एक आदेश गर्न सक्नेछः-
(क) अभियुक्तलाई तारेखमा राखी पुपुर्छ गर्ने,
(ख) अभियुक्तलाई आवश्यक परेका बखत झिकाउने वा खास समयमा हाजिर हुन आउने गरी तारेखमा नराखी पुपुर्छ गर्ने,
(ग) अभियुक्तसँग धरौटी वा जमानत माग्ने,
(घ) अभियुक्त भागी जाने वा प्रमाण नष्ट गर्न सम्भावना भएमा वा पक्के कसूरदार भएमा थुनामा राखी पुपुर्छ गर्ने।
(२) सैनिक अदालतले उपनियम (१) बमोजिम गरेको आदेशको व्यहोरा अभियुक्तलाई पढी बाँची सुनाइ आदेश सुनी पाएको कागज गराई राख्नु पर्नेछ।
२४. पीडितको बयान: सैनिक अदालतले अभियुक्तको रोहबरमा पीडितको बयान गराई निजको दस्तखत गराई राख्नु पर्नेछ। पीडितले गरेको बयानको शीर पुछारमा सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरुले दस्तखत गर्नु पर्नेछ।
२५. अभिलेख राख्ने: प्राड विधिक कार्यालयले सैनिक अदालतबाट भएको फैसलाको अभिलेख बनाई सुरक्षित राख्नु पर्नेछ।
२६. बन्द इजलास सम्बन्धी व्यवस्था: (१) ऐनको दफा ७९ को उपदफा (२) बमोजिम राष्ट्रिय सुरक्षा, सार्वजनिक सुव्यवस्था र पीडितको अधिकारको संरक्षण गर्नु पर्ने अवस्थामा बन्द इजलासमा मुद्दाको सुनुवाई गर्दा अभियुक्तको प्रतिरक्षा गर्न उपस्थित भएको प्राड अधिकृत, अभियुक्त, पीडित व्यक्ति एवं निजको संरक्षक तथा सैनिक अदालतले अनुमति दिएका व्यक्तिहरु बाहेक अन्य व्यक्तिहरु उपस्थित हुन सक्ने छैनन्।
(२) उपनियम (१) बमोजिम बन्द इजलासमा सुनुवाई भएको विषयलाई फैसला हुनु भन्दा अगाडि कुनै किसिमले सार्वजनिक गर्नु हुँदैन।
परिच्छेद–४ भ्रष्टाचार, चोरी, यातना र बेपत्ताको कसूर सम्बन्धी मुद्दाको दायरी सम्बन्धी विशेष व्यवस्था
२७. सूचना दिनु पर्ने: (१) नियम ३ को उपनियम (६) बमोजिम कसूरको सूचना प्राप्त भएपछि प्राड विधिक कार्यालयले सो कसूरको अनुसन्धान तथा तहकीकातको लागि रक्षा मन्त्रालयमा लेखी पठाउनु पर्नेछ र सो कुराको जानकारी प्रधान सेनापतिलाई दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम कसूरको अनुसन्धान र तहकीकातको लागि रक्षा मन्त्रालयमा लेखी आएपछि रक्षा मन्त्रालयले सो कुरा समितिमा लेखी पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम लेखी आएपछि समितिले आवश्यक देखेको ठाउँमा मुकाम खडा गरी अनुसन्धान तथा तहकीकातको कार्य प्रारम्भ गर्नेछ।
२८. मुद्दा दायर गर्ने: (१) समितिले अनुसन्धान तथा तहकीकातको कार्य पूरा गरेपछि अभियुक्त उपर मुद्दा चलाउन प्रमाण पुग्ने देखिएमा अनुसूची-२ बमोजिमको ढाँचामा नियम ११ मा लेखिएका कुराहरु खुलाई अभियोगपत्र तयार गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम तयार भएको अभियोगपत्र, सक्कल मिसिल र अभियुक्त भए निजलाई समेत प्राड विभाग मार्फत सैनिक विशेष अदालतमा पेश गर्नु पर्नेछ।
परिच्छेद–५ सैनिक विशेष अदालतको कार्यविधि सम्बन्धी व्यवस्था
२९. सैनिक विशेष अदालतको गठन प्रक्रिया: (१) रक्षा मन्त्रालयले ऐनको दफा ११९ मा व्यवस्था भए बमोजिम सैनिक विशेष अदालतको अध्यक्ष तोक्नका लागि आवश्यक कारबाही गर्नु पर्नेछ।
(२) सैनिक विशेष अदालतको अध्यक्ष तोकिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।
३०. अधिकार क्षेत्रको प्रयोग सामूहिक रुपमा गर्ने: (१) सैनिक विशेष अदालतको अधिकार क्षेत्रको प्रयोग तीनै जना सदस्यले सामूहिक रुपमा गर्नेछन् र बहुमतको राय अदालतको निर्णय मानिने छ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि अध्यक्ष र अर्को एकजना सदस्यको उपस्थिति भएमा मुद्दाको कारबाही र किनारा गर्न सकिनेछ। अध्यक्ष बाहेक अन्य दुईजना सदस्यको उपस्थितिमा मुद्दाको फैसला गर्न वा अन्तिम आदेश दिन बाहेक अरु कारबाही गर्न सकिनेछ।
(३) उपनियम (२) बमोजिम दुईजना सदस्यको उपस्थितिमा मुद्दाको कारबाही वा किनारा गर्दा दुईजनाको मतै एक हुन नसकेमा कारबाहीको हकमा अध्यक्षको राय बमोजिम र फैसला र अन्तिम आदेशको हकमा पहिले अनुपस्थित रहेको सदस्य समक्ष पेश गरी निजले समर्थन गरेको राय सैनिक विशेष अदालतको निर्णय मानिनेछ।
(४) उपनियम (३) बमोजिम पहिला अनुपस्थित सदस्य समक्ष पेश गर्दा पनि बहुमत कायम हुन नसकेमा निर्णयको लागि सर्वोच्च अदालत समक्ष पेश गर्नु पर्नेछ ।
३१. मिसिल झिकाउन सक्नेः सैनिक विशेष अदालतले अन्य कुनै सैनिक अदालतमा विचाराधीन रहेको जुनसुकै मुद्दाको मिसिल वा कागज झिकाउन सक्नेछ।
३२. प्रतिरक्षाका लागि कानून व्यवसायी राख्न पाउनेः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सैनिक विशेष अदालतमा मुद्दाको सुनुवाई हुँदा प्रतिवादीले चाहेमा आफ्नो प्रतिरक्षाका लागि छुट्टै कानून व्यवसायी राख्न पाउनेछ।
३३. सैनिक विशेष अदालतको अधिकार र कार्यविधिः (१) सैनिक विशेष अदालतलाई देहाय बमोजिमको अधिकार हुनेछः–
(क) वादी प्रतिवादीका साक्षीका अतिरिक्त मुद्दासँग सम्बन्धित आवश्यक देखिएका अन्य व्यक्ति वा प्रमाण बुझ्ने,
(ख) म्यादमा हाजिर नहुने प्रतिवादीलाई वा साक्षीलाई पक्री बयान गराउने वा बकपत्र गराउने,
(ग) मुद्दाको कुनैपिलाई तारेखमा राखी पुपुर्थ गर्ने वा आवश्यक परेका बखत झिकाउने वा खास समयमा हाजिर हुन आउने गरी तारेखमा राखी पुपुर्थ गर्ने,
(घ) तत्काल प्राप्त प्रमाणबाट कुनै अभियुक्तलाई थुनामा राखी पुपुर्थ गर्नु पर्ने देखिएमा निजसँग निजले हानी नोक्सानी गरेको विगो वा गैरकानूनी रुपमा लिएको रकम र निजलाई हुन सक्ने कैद वा जरिवाना समेतलाई दृष्टिगत गरी धरौटी वा जमानत माग्ने,
(ङ) तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तलाई थुनामा राखी पुपुर्थ गर्नु पर्ने पर्याप्त र मनासिब कारण भएमा निजलाई थुनामा राखी पुपुर्थ गर्ने,
(च) कुनै अभियुक्त उपर लागेको आरोपको गाम्भीर्यता, अभियुक्तको स्थिति, कसूरको मात्रा तथा प्रकृतिका आधारमा त्यस्तो अभियुक्तको कुनै सम्पत्ति रोक्का राख्ने, त्यस्तो अभियुक्तलाई राहदानी जारी नगर्न वा जारी भइसकेको भए सो राहदानी रोक्का गर्न सम्बन्धित निकायलाई आदेश दिने।
(२) मुद्दाको शुरु कारबाही र किनारा गर्दा यस परिच्छेदमा लेखिए जतिमा यसै परिच्छेद बमोजिम र सो बाहेकका अन्य कुरामा सैनिक विशेष अदालतले प्रचलित कानून बमोजिम जिल्ला अदालतलाई झैं सरहको अधिकार र कार्यविधि प्रयोग गर्न सक्नेछ।
(३) ऐनको दफा ६८ को खण्ड (क) अन्तर्गत जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर परेको पुनरावेदिका कारबाही र किनारा गर्दा सैनिक विशेष अदालतले देहाय बमोजिमको अधिकार र कार्यविधि प्रयोग गर्नेछः–
(क) जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतको निर्णय सदर, बदर र केही बदर गर्न,
(ख) जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतले गर्न पाउने फैसला वा अन्तिम आदेश गर्न,
(ग) मुद्दामा इन्साफ गर्नु पर्ने प्रश्नहरुसँग सम्बन्धित प्रमाणहरु जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतले बुझ्न छुटाएको रहेछ भने आफैले बुझ्ने वा मुद्दाको लगत कायम राखी ती प्रमाणहरु बुझिको लागि नमिसिल सो अदालतमा पठाउने,
(घ) जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतले मुद्दामा निर्णय गर्नु पर्ने प्रश्नहरु मध्ये केहीमा निर्णय गरी र केहीमा निर्णय नगरी फैसला गरेको रहेछ भने मनासिब माफिको समय तोकी बाँकी प्रश्नहरुको समेत निर्णय गरी मुद्दा किनारा गर्नु भनी नमिसिल सो अदालतमा पठाउने,
(ङ) पक्ष र साक्षी झिकाउने, बयान वा बकपत्र गराउने, प्रमाण बुझ्ने, कागजपत्र दाखिला गराउने र दण्ड सजाय गर्न समेत प्रचलित कानून बमोजिम अदालतलाई झैं सरहको अधिकार प्रयोग गर्न।
(४) सैनिक विशेष अदालतले आफू समक्ष परेको उजुरी वा पुनरावेदि कारबाही र किनारा गर्दा ऐन वा यस नियमावलीमा लेखिएकोमा बाहेक अन्य कुरामा आफ्नो कार्यविधि आफै निर्धारण गर्न सक्नेछ।
३४. पुनरावेदन समितिले अपनाउने कार्यविधि: (१) ऐनको दफा ६८ को खण्ड (ख) र (ग) अन्तर्गतको क्षेत्राधिकार भित्रका कसूरहरुको सम्बन्धमा सैनिक अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर परेको पुनरावेदनको कारबाही र किनारा गर्दा ऐनको दफा ११९ को उपदफा (७) बमोजिमको पुनरावेदन समितिले समेत नियम ३३ को उपनियम (३) बमोजिमको अधिकार र कार्यविधि प्रयोग गर्नेछ।
(२) ऐनको दफा ११९ को उपदफा (७) बमोजिमको पुनरावेदन समितिले अन्य कार्यविधि आफै निर्धारण गर्न सक्नेछ।
३५. पुनरावेदन पत्रमा खुलाउनु पर्ने कुराहरु: (१) ऐनको दफा ११९ को उपदफा (२) वा उपदफा (६) बमोजिम पुनरावेदन गर्दा देहायका कुराहरु खुलाउनु पर्नेछ:–
(क) जुन फैसलामा आफ्नो चित्त बुझेको छैन सो फैसला गर्ने सैनिक अदालतको नाम,
(ख) सुरु मुद्दामा वादी वा प्रतिवादी भएको कुरा,
(ग) मुद्दाको नाम,
(घ) फैसला भएको मिति,
(ङ) सुरु मुद्दामा दावी गरेको दण्ड सजाय, विगो, जरिवाना र कायम भएको दण्ड सजाय तथा विगो, जरिवाना,
(च) फैसला गर्दा लिएका आधार,
(छ) फैसलामा चित्त नबुझेका कुराहरु, त्यसको कानूनी आधार र कारण तथा पुनरावेदन पत्रमा माग गरेको कुरा,
(ज) पुनरावेदक कैद वा थुनामा परेको भए कैद वा थुनामा परेको मिति,
(झ) दण्ड जरिवाना विगो बुझाएको भए कहिले, कहाँ बुझाएको हो सोको प्रमाण,
(ञ) म्याद सम्बन्धी कुरा।
(२) उपनियम (१) बमोजिम गरिएको पुनरावेदन पत्र देहाय बमोजिम भएको देखिएन आएमा दर्ता गरी सम्बन्धित व्यक्तिलाई सोको निस्सा दिनु पर्नेछ:-
(क) दण्ड जरिवाना वा धरौटी लाग्नेमा सो बुझाएको,
(ख) जमानी दिएकोमा सो कानून अनुरूप भएको,
(ग) म्याद नगुजीएको,
(घ) सुरु फैसलाको स्पष्ट बुझिने र रीतपूर्वकको नक्कल पेश भएको।
(३) जङ्गी अड्डा बाहिर गठित जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको सुरु फैसला उपरको पुनरावेदन पत्र सम्बन्धित पुतना प्राड विबाक शाखा वा बाहिनी प्राड विबाक शाखा मार्फत सैनिक विशेष अदालतमा पेश गर्न सकिनेछ।
(४) उपनियम (३) बमोजिम पुतना प्राड विबाक शाखा वा बाहिनी प्राड विबाक शाखामा पुनरावेदन पत्र पेश भएमा सो शाखाले त्यस्तो पुनरावेदन पत्र बुझी लिई सोको निस्सा सम्बन्धित व्यक्तिलाई दिई यथाशीघ्र उक्त पुनरावेदन पत्र सैनिक विशेष अदालतमा पठाउनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम पुतना प्राड विबाक शाखा वा बाहिनी प्राड विबाक शाखामा पुनरावेदन पत्र पेश भएकोमा सोही मितिलाई नै पुनरावेदन परेको मिति कायम गरिनेछ।
(६) पुनरावेदन पत्रको ढाँचा अनुसूची-८ बमोजिम हुनेछ।
३६. पुनरावेदन दस्तुरः नियम ३५ को उपनियम (१) बमोजिम पुनरावेदन पेश गर्दा पुनरावेदन वापत एकसय रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ।
३७. रजिष्ट्रार सम्बन्धी व्यवस्थाः प्रधान सेनापतिले सैनिक विशेष अदालतको रजिष्ट्रारको रुपमा काम गर्नको निमित्त प्रथम श्रेणीको प्राड अधिकृतलाई तोक्नेछ।
३८. रजिष्ट्रारको काम, कर्तव्य र अधिकारः रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) कानून बमोजिम दर्ता गर्नु पर्ने अभियोगपत्र, पुनरावेदन पत्र र मुद्दासँग सम्बन्धित निवेदनपत्र जाँची दर्ता गर्ने र दर्ता गर्न नमिल्ने भए कारण खुलाई दरपीत गर्ने,
(ख) मुद्दाको पेशी तोक्ने,
(ग) मुद्दामा पेश भएका प्रमाणका लिखतहरु जाँच्ने,
(घ) मुद्दाका पक्ष र साक्षीहरुलाई सममाह्वान, म्याद वा सूचना जारी गर्ने र तामेल भई आएको म्याद वा सूचना रीतपूर्वकको नभएको जाँची बेरीतको देखिए बदर गरी पुनः रीतपूर्वक तामेल गराउने,
(ङ) सैनिक विशेष अदालतको कार्यबोझको विचार गरी मुद्दाको तारेख तोक्न लगाउने,
(च) तारेख किताब खडा गरी त्यसमा जनाउनु पर्ने कुराहरु उल्लेख गर्न लगाउने,
(छ) सुरु सैनिक अदालतबाट प्रमाण लगाइएका मिसिल कागजातहरु मिसिलमा संलग्न छन् छैन हेरी संलग्न नभए सम्बन्धित सैनिक अदालतबाट झिकाई संलग्न गराउने,
(ज) कानून बमोजिम लिन पाउने धरौटी, जमानत वा अन्य दस्तूर लिने वा लिन लगाउने,
(झ) सर्वोच्च अदालतमा पुनरावेदन परेको मुद्दाको मिसिल र प्रमाण कागजातहरु सर्वोच्च अदालतमा पठाउने,
(ञ) शाखामा भएको कुनै मिसिल वा लिखतको निरीक्षण गर्ने,
(ट) लिखतको नक्कल दिने,
(ठ) सैनिक विशेष अदालतबाट भएको आदेशको चाँडो कार्यान्वयन गर्न र गर्न लगाउने,
(ड) आवश्यक परेमा इजलास अधिकृतको कार्य गर्न प्राड अधिकृत खटाउने,
(ढ) सैनिक विशेष अदालतका अभिलेखहरु दुरुस्त राख्न लगाउने,
(ण) सर्वोच्च अदालतमा पुनरावेदन नपर्नेमा वा पुनरावेदन दिन पाउने म्याद सकिएपछि सैनिक विशेष अदालतले गरेको फैसला कार्यान्वयन गर्न सम्बन्धित निकायमा लेखपढी गर्ने।
परिच्छेद–६ फैसला सम्बन्धी व्यवस्था
३९. फैसला गर्ने कार्यविधिः (१) मुद्दामा प्रमाण बुझि सकेपछि सैनिक अदालत वा सैनिक विशेष अदालतले मुद्दामान् छलफल गर्नको लागि तोकेको दिन हाजिर भएका पक्षलाई राखी छलफल गरी ठहर गर्नु पर्ने विषय उपर ठहर गरी सो ठहरको राय सोही दिन राय किताबमा लेखी अध्यक्ष र सदस्यले सहीछाप गर्नु पर्नेछ।
(२) यस नियम बमोजिमको फैसलामा देहायका कुराहरु उल्लेख गर्नु पर्नेछः–
(क) मुद्दाको संक्षिप्त व्यहोरा, (ख) मुद्दामा मुख नमिलेको कुरा र ठहर गर्न पर्ने कुरा, (ग) प्रतिवादीको जिकिर तथा प्रतिरक्षाको विवरण, (घ) पक्षले पेश गरेको प्रमाण, (ङ) अदालतको क्षेत्राधिकार सम्बन्धी प्रश्न, (च) निर्णयका आधार र कारण, (छ) दाबी पुष्टि हुने भएकोमा प्रतिवादीलाई हुने सजाय, (ज) पुनरावेदन लाग्ने वा नलाग्ने र पुनरावेदन लाग्ने भए पुनरावेदन गर्नु पर्ने अदालत, (झ) अन्य आवश्यक कुराहरु।
(३) फैसलाको ढाँचा अनुसूची-९ बमोजिम हुनेछ।
४०. फैसला सुनाउनु पर्नेः नियम ३९ बमोजिम फैसला भएपछि सो फैसला प्रतिवादीलाई सुनाई सुनी पाएको कागज गराई राख्नु पर्नेछ।
४१. फैसला पठाउनु पर्नेः सैनिक अदालत वा सैनिक विशेष अदालतको फैसला सहितको सक्कलै मिसिल आवश्यक कारबाहीको निमित्त प्राड विबागको कार्यालयमा पठाउनु पर्नेछ।
४२. फैसला कार्यान्वयन गर्नेः ऐनको परिच्छेद-१२ बमोजिम मुद्दा सदर भई सो मुद्दामा पुनरावेदन परे सोको टुङ्गो लागेपछि र पुनरावेदन नपरे पुनरावेदन गर्ने म्याद नाघेको पन्ध्र दिनभित्र प्राड विबागको कार्यालयले फैसला कार्यान्वयनको लागि आवश्यक कारबाही गर्नेछ।
परिच्छेद–७ विविध
४३. सुविधा सम्बन्धी व्यवस्थाः सैनिक विशेष अदालतका अध्यक्ष, सदस्य, समितिका अध्यक्ष, सदस्य र अन्य कर्मचारीहरुको सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ।
४४. नक्कल माग गर्न सक्नेः सैनिक अदालतमा दायर भएका मुद्दासँग सम्बन्धित कागजातहरु मध्ये बन्द इजलासबार् सुनुवाई भएका कागजको नक्कल प्रतिवादी वा निजको हकवालाले लिन पाउनेछ र सो बाहेकका अन्य कागजात सम्बन्धित प्रतिवादी वा मुद्दाको सरोकारवाला व्यक्तिले लिन पाउनेछ।
४५. नक्कलको लागि निवेदन दिनु पर्नेः (१) नियम ४४ को अधीनमा रही मिसिलमा रहेको कुनै कागजपत्रको नक्कल साथ चाहिे सरोकारवाला व्यक्तिले प्राड विबागको कार्यालयमा अनुसूची-१० बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ।
(२) प्राड विबागको कार्यालयले उपनियम (१) बमोजिम प्राप्त निवेदन रीतपूर्वकको छ छैन र नक्कल लिन चाहेको व्यक्ति सरोकारवाला हो होइन जाँच गरी नक्कल प्रमाणित गरी नक्कल दिनु पर्नेछ।
४६. नक्कल दस्तुरः नक्कलको प्रत्येक पृष्ठको पाँच रुपैयाँ दस्तुर लाग्नेछ।
अनुसूची-१ (नियम ५ को उपनियम (३) सँग सम्बन्धित) पक्राउ पूजीको ढाँचा
पक्राउ पुर्जी
श्री ...(युनिट)..........का कम्प्युटर नं. ...... दर्जा.... नाम थर .... .................................... कसूरको अनुसन्धानको सिलसिलामा तपाईलाई सैनिक हिरासतमा राखी अनुसन्धान तथा तहकिकात गर्नु पर्ने भएकोले यो पक्राउ पुर्जी दिइएको छ।
.......................... दस्तखत मिति:–
अनुसूची-२ (नियम ११ र नियम २८ को उपनियम (१) सँग सम्बन्धित) अभियोगपत्रको ढाँचा
अभियोगपत्र
मुद्दाः
१. अभियुक्तको नाम थर बतनः जिल्लाः ......., न.पा. / गा.वि.स. ..........., वडा नं.... .................बस्ने ...............को नाति, ............ .... को छोरा .......युनिट मा कार्यरत वर्षः ..... नं..... दर्जाः ..... हुलिया ........... को श्री .... .....
२. यसभन्दा अगाडि कही कतैबाट सरुवा भई आएको भए युनिटको नाम र समयावधिः (क) ..... (ख) ..... (ग) .....
३. नोकरी अवधिः
४. घटनाको संक्षिप्त विवरणः
५. अभियोगः
६. सबुद प्रमाणः दसी प्रमाण तथा कसूरसँग सम्बन्धित चीजवस्तुः गवाहः देख्ने: (क) (ख)
सुन्ने: (क) (ख)
दसीको सामान वा कसूरसँग प्रमाण लाग्ने अरु चीजवस्तु: (क) (ख)
प्रस्तुत कागज पत्रहरु: (क) (ख)
७. पहिले कुनै कसूर गरेको भए सो को विवरण:
यो अभियोगपत्रबाट कारबाही शुरु गर्न सैनिक अदालतसँग सादर अनुरोध गरिन्छ ।
कार्यालयको छाप: अभियोगपत्र दायर गर्ने अधिकृतको,– दस्तखत: दर्जा: नाम थर: युनिट: कम्प्युटर नं: मिति:
अनुसूची-३ (नियम १७ को उपनियम (१) सँग सम्बन्धित)
अभियुक्तले सैनिक अदालत समक्ष गर्ने कागजको ढाँचा
लिखितम ..................... आगे, म उपर लागेको अभियोगका सम्बन्धमा आफै बहस गर्छु हुन्छ वा प्रतिरक्षाको लागि प्राड अधिकृतको माग गर्छु हुन्छ भनी यस सैनिक अदालतबाट सोधनी लिएकोमा म उपर लागेको अभियोगको सम्बन्धमा मेरा तर्फबाट प्रतिरक्षाको लागि प्राड अधिकृत ............... (प्राड अधिकृतको नाम खुलाउनु पर्ने) ........... लाई मुकरर गर्दछु/म आफै बहस गर्दछु। साथै म उपर मुद्दा पुर्पक्ष गर्दा गर्दा यस सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरु कसै सँग मेरो रिसइबी, बाधा विरोध लिएको र नाता सम्बन्ध समेत पर्दैन भनी यो कागजमा दस्तखत गरी.........सैनिक अदालतमा चढाएँ।
इति संवत् २०....साल.........महिना.......गते रोज..........शुभम्
अनुसूची-४ (नियम १८ को उपनियम (१) सँग सम्बन्धित)
सैनिक अदालतका अध्यक्ष एवं सदस्यहरुले लिने शपथको ढाँचा
म. .... .... .... .... .... .... .... ले ईश्वरलाई साक्षी राखी/सत्य निष्ठा पूर्वक यो शपथ लिन्छु कि प्रस्तुत मुद्दाका सम्बन्धमा निष्पक्ष रुपमा सबूत प्रमाणहरु बुझी मुद्दा पुर्पक्ष गरी निर्णय गर्दछु। कसैप्रति पूर्वाग्रह नराखी कसूरको प्रकृति, अवस्था र परिवेश अनुसार प्रचलित कानून बमोजिम न्याय सम्पादन गर्दछु। यस मुद्दाको सबूत प्रमाण दिनु पर्ने अवस्थामा बाहेक अन्य अवस्थामा यस सैनिक अदालतको अध्यक्ष र कुनै पनि सदस्यले निर्णयका सम्बन्धमा व्यक्त गरेको राय वा मतदानको कुरा अन्यत्र प्रकट गर्ने छैन।
शपथ गर्नेको,– दस्तखतः दर्जाः नाम थरः मितिः
अनुसूची-५ (नियम १८ को उपनियम (२) सँग सम्बन्धित)
प्राड विबाक वा प्राड अधिकृतले लिने शपथको ढाँचा
म. .... .... .... .... .... .... ले ईश्वरलाई साक्षी राखी/सत्य निष्ठापूर्वक यो शपथ लिन्छु कि प्रस्तुत मुद्दाको सम्बन्धमा मैले निष्पक्ष रुपमा प्राड विबाकको काम कर्तव्यहरु सम्पादन गर्नेछु। प्रस्तुत मुद्दाको सबुद प्रमाण दिन पर्ने अवस्थामा बाहेक अन्य अवस्थामा यस सैनिक अदालतको अध्यक्ष र कुनै पनि सदस्यले निर्णयका सम्बन्धमा व्यक्त गरेको राय वा मतदानको कुरा अन्यत्र प्रकट गर्ने छैन।
शपथ गर्नेको,– दस्तखत: दर्जा: नाम थर: मिति:
अनुसूची-६ (नियम १८ को उपनियम (३) सँग सम्बन्धित)
साक्षीले लिने शपथको ढाँचा
म. .... .... .... .... .... .... ले ईश्वरलाई साक्षी राखी/सत्य निष्ठापूर्वक यो शपथ लिन्छु कि प्रस्तुत मुद्दाको सम्बन्धमा आफूलाई जानकारी भएको कुरा कसैप्रति आग्रह पूर्वाग्रह नराखी ठीक साँचो रुपमा बकपत्र गर्दछु। कुनै पूर्वाग्रह राखी झुट्टा बकपत्र गरेको ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
शपथ गर्नेको,– दस्तखत: दर्जा: नाम थर: मिति:
अनुसूची-७ (नियम २३ उपनियम (१) सँग सम्बन्धित)
आदेशको ढाँचा
....................सैनिक अदालत इजलास
अध्यक्ष: सदस्य: सदस्य:
आदेश–पत्र
संवत्........... सालको फौजदारी मुद्दा नंः .... .... .... .... .... .... .... – वादी/पुनरावेदक विरुद्ध .................................................... – प्रतिवादी/वादी
मुद्दाः.........................................................
अनुसूची-८ (नियम ३५ को उपनियम (६) सँग सम्बन्धित)
पुनरावेदन पत्रको ढाँचा
.............मा चढाएको पुनरावेदन पत्र
....सालको पुनरावेदन नं....
मुद्दाः... .... .... ..
.... .... .... .... ... ... .... ... .... ... .... वादी/प्रतिवादी पुनरावेदक
विरुद्ध
... .... .... .... .... .... ... ... .... ... .... वादी/प्रतिवादी प्रत्यर्थी
.... .... अदालतबाट सं वत् . .... ... को ..... ... मुद्दामा मिति .... .... मा म/हामीहरुलाई ... ..... .... गरी फैसला भएकोमा सो फैसला चित्त नबुझेको हुनाले मुद्दाको दण्ड जरिवाना बुझाएको निस्सा सामेल राखी / कैद वापत धुनमा रही पुनरावेदन गरेको छु /गरेका छौ। मेरो/हाम्रो जिकिर र प्रचलित कानून बमोजिम सबूत प्रमाणको मूल्याङ्कन गरी न्याय पाऊँ। यसमा म/हामी पुनरावेदकको निम्न लिखित पुनरावेदन जिकिर रहेको छः-
१. ....................... २. ......................
पुनरावेदक
इति सं वत् २०.....साल महिना गते रोज....... शुभम्......................................
अनुसूची-९ (नियम ३९ को उपनियम (३) सँग सम्बन्धित) फैसलाको ढाँचा
................................... अदालत इजलास
अध्यक्ष: सदस्य: सदस्य: सदस्य: सदस्य: प्राड विवाक:
फैसला
सं वत् २० .. सालको ... मुद्दा नं. ...................
मुद्दा: ...............
नेपाल सरकार (नेपाली सेना)................................. – बादी विरुद्ध बतन...............(युनिट)................................. का कम्प्युटर नं......दर्जा......नाम थर........................................ – प्रतिवादी
सैनिक ऐन, २०६३ को दफा.......तथा ........ बमोशजम यस सैनिक अदालतको िेत्रानिकार नित्र पिथ आएको प्रस्तुत मुद्दाको सं शिप्त तथ्य यस प्रकार रहे को छः-
...........................................................................................................................
...........................................................................................................................
...........................................................................................................................
...........................................................................................................................
...........................................................................................................................
...........................................................................................................................
१. ...........................................................................................
२. ...........................................................................................
............... ......... ......... ......... ......... ..........
प्राड प्रनतनिनि सदस्य सदस्य सदस्य सदस्य अध्यि
इनत सं वत् २०.... साल...... मवहिा...... गते रोज...... िुिम्..............................
अनुसूची-१० (नियम ४५ को उपनियम (१) सँग सम्बन्धित) नक्कलको निवेदनपत्रको ढाँचा
... ... ... अदालतमा चढाएको नक्कलको निवेदनपत्र ... ... सालको मुद्दा नं. ... मुद्दा: ... ... ... ...
... ... ... ... ... ... ... ... ... ... ... निवेदक वादी/प्रतिवादी विरुद्ध ... ... ... ... ... ... ... ... ... ... ... वादी/प्रतिवादी
म निवेदक निम्न बमोजिमको लिखत/लिखतहरुको नक्कल सैनिक अदालतको/आफ्नै तर्फबाट सारी लिन पाऊँ भनी नियम बमोजिमको दस्तूर साथै राखी निवेदन गर्दछु।
नक्कल माग गरेको लिखत/लिखतहरु: ... ... ... ... ... ... ... ... ... ... ... ... ... ... ... ...
यसमा लेखिएको व्यहोरा ठिक छ झूठ ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
दस्तखत ...... निवेदकः
इति संवत् २०.. ....साल..........महिना...........रोज............ शुभम्
निवेदन दर्ता नं. निवेदन दस्तूर (साधारण/जरुरी) रु. ... दर्ता मिति:– नक्कल दस्तूर प्रति पाना..........को रसिद नं. दरले पाना ..... को जम्मा रु...... जम्मा दस्तूर रु.....
.................. दस्तखत ................ फाँटवालाको दस्तखत प्रमाणित गर्ने अधिकृतको नाम:–
माग बमोजिमको नक्कल बुझिलिएः
अदालतको िहर तपनसल