सैनिक नयाँ भर्ना नियमहरू, २०१९
नेपाल राजपत्रमा प्रकाशित मिति २०१९।०८।४
संशोधन १. सैनिक नयाँ भर्ना (प्रथम संशोधन) नियमहरू, २०२२ २०२२।११।३ २. सैनिक नयाँ भर्ना (दोस्रो संशोधन) नियमहरू, २०५८ २०५८।०७।२० ३. सैनिक सम्बन्धी केही नियमहरूलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।०१।३०
नेपाली सेनाका अधिकृत जवानको नयाँ भर्ना लिने तरीका तथा नियमलाई नियमित तथा व्यवहारिक बनाउन वांछनीय भएकाले,
सैनिक ऐन, २०१६ को दफा १६५ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ११ र १३ को तत्पय पूरा गर्ने उद्देश्यले नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “सैनिक नयाँ भर्ना नियमहरू, २०१९” रहेको छ। (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा – (क) “अधिकृत जवान” भन्नाले सैनिक ऐन लागू हुने जुनसुकै व्यक्ति सम्झनु पर्छ। (ख) “ऐन” भन्नाले सैनिक ऐन सम्झनु पर्छ। (ग) “अनुसूची” भन्नाले यी नियमहरूको अनुसूची सम्झनु पर्छ।
३. प्रवर तथा भर्ना समिति: नेपाली सेनामा भर्ना हुन चाहने जवानहरूलाई छानबिन तथा नियुक्ति गर्न निम्न लेखिए बमोजिमको एक बोर्ड गठन हुनेछ र योग्य उम्मेदवारहरूलाई सोही बोर्डले नियुक्ति गर्नेछ।
(१) एडजुटेन्ट जनरलले खटाएको अधिकृत - अध्यक्ष (२) नयाँ भर्ना लिन नियुक्ति गरिएको अधिकृत - सदस्य (३) युनिट, सब-युनिट वा ट्रेनिङ्ग सेन्टरका अधिकृत कमाण्डिङ्ग - सदस्य (४) मेडिकल अधिकृत - सदस्य (५) जङ्गी किताबखानाका हाकिम वा प्रतिनिधि - सदस्य-सचिव
४. योग्यता: नेपाली सेनामा भर्ना हुन चाहने अधिकृत जवानहरू देहाय बमोजिम योग्यता पुगेको हुनुपर्छः—
(क) नेपाली नागरिक, (ख) दरखास्त दिने मितिको अन्तिम दिनमा १८ वर्ष पूर भई २२ वर्ष ननाघेको, तर विदेशी सेनामा नोकरी गरी बाट कसूर नलागी छोडी आएको भए सक्कल प्रमाणपत्रको आधारमा ३५ वर्ष ननाघेको नेपाली नागरिकलाई पनि लिन सकिनेछ। (ग) अस्पताल जाँचबाट योग्य ठहरिएको, र (घ) कुनै पनि राजनीतिमा नलागेको।
५. भर्ना झिकि नियुक्ति गर्ने अधिकृतहरूः "ऐनको ततप्यको लागि देहायका अधिकृतहरू भर्ना र नियुक्ति अधिकृतहरू हुनेछन्ः—
(क) युनिट, सब-युनिट वा ट्रेनिङ्ग सेन्टरका अधिकृत कमाण्डिङ्ग, (ख) सैन्य झिकि नियुक्ति भएका अधिकृत वा उपसहायक अधिकृत, र
$^{٧}$ दोस्रो संशोधनद्वारा संशोधित। $^{८}$ सैनिक सम्बन्धी केही नियमहरूलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा संशोधित।
(ग) एडजुटेन्ट जनरलले खटाएको अधिकृतहरू।
६. सैन्न्य झिक्ने तरीका: सैन्य झिक्दा सैन्य झिक्नेले देहायको तरीका अपनाउनु पर्दछः–
(क) नयाँ सैन्यहरू भर्ना गर्दा गैर खाली भएकोबाट लागी भर्ना हुन आएकोमा भर्ना नगर्ने त्यस्ता व्यक्तिले झुक्याई भर्ना भएमा भर्ना भएको मिति ऐन बमोजिम कैदको सजायको भागी हुनेछ।
(ख) भर्ना झिक्नका लागि सैन्यहरू अस्पताल जाँच गराउँदा सरकारी अस्पताल भएको ठाउँमा अस्पताल जाँचबाट ठीक ठहरेमा र सो नभई डाक्टर मात्र भएको ठाउँमा डाक्टर एक, मिलिटरी अधिकृत एक र $\text{v}$ जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि एक समेतको बोर्डाबाट ठीक ठहरेमा र डाक्टर पनि नभएको ठाउँमा मिलिटरी अधिकृत कम्तीमा २ जना र $\text{v}$ जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि एक समेत रही तन्दुरुस्तीका बुँदा तयार पारी जाँचो ठीक ठहरेमा मात्र भर्ना झिक्ने।
(ग) भर्ना हुन आउने जवानले नाम, थर, बतन र तीन पुस्ते नाम समेत खुलेको आफ्नो $\text{v}$ गाउँ विकास समिति वा नगरपालिकाबाट परिचय पत्र ल्याएमा वा जंगी तर्फ भए बहालवाला सुबेदार, जमदार वा अधिकृत, निजामतीमा भए बहालवाला राजपत्रित अधिकृत एकजना, सो नभए त्यसदेखि मुनी जंगीका र निजामतीका बहालवाला राजपत्र अनंकित तृतीय श्रेणीका दुई जना मानिसले सो जवानको नाम, थर, बतन ठीक छ भन्ने गरी दिएका कागजको जमानी लाई मात्र भर्ना गर्ने। साक्षी बस्ने व्यक्ति बहाल रहेको प्रमाणको निमित्त जंगी तर्फ अधिकृतको परिचयपत्र र सो देखि मुनिकालाई पे–बुक र निजामती तर्फ भए आफू बहाल रहेको अड्डाको निस्सन लाई साक्षीको सहिछाप गराउने,
$\text{v}$ दोस्रो संशोधनद्वारा संशोधित। $\bullet$ सैनिक नयाँ भर्ना संशोधन नियमहरु, २०२२ संशोधनद्वारा संशोधित।
• (घ) गाउँ विकास समिति वा नगरपालिकाबाट दिइएको परिचयपत्र वा भर्ना हुन आउने मानिसको साक्षी केही कारणले झुट्ठा ठहरिन आएमा सो भर्ना हुने जवान र साक्षी बस्ने मानिस ऐन सवाल बमोजिम सजायको भागी हुने।
• (ङ) भर्ना हुन आउने जवानले गाउँ विकास समिति वा नगरपालिकाबाट दिएको परिचयपत्र साथमा नलिई आएमा अस्पताल जाँचबाट पास भएपछि साक्षी ल्याउन ७ दिनको म्याद दिने र सो म्यादभित्रै साक्षी ल्याएमा अघिल्लो मितिको भर्ना सदर मिन्ने। सो म्यादभित्र साक्षी ल्याउन नसकीपछि मात्र साक्षी वा परिचयपत्र लिई आएमा जुन मितिमा लिई आउँछ सोही मितिमा भर्ना सदर गर्ने।
(च) नयाँ सैन्यहरु भर्ना छिक्दा १८ वर्षदेखि २२ वर्षसम्मका र नेपाली नागरिकहरू, विदेशी पल्टन जागिरे भई आएका जवान चाहिने प्रमाणपत्र हेरी खतबाट लिनगएको रहेछ भने ३५ वर्ष नलाघेको त्यस्तो व्यक्तिलाई पनि भर्ना लिने।
(छ) नयाँ सैन्यहरू छिक्दा देहाय बमोजिमको उचाई र छातीको घेराको चौडाई ३२ इञ्चीदेखि शख मुनिकोलाई नछिक्ने।
भएको नायक क्लर्कलाई इष्ट फुट नहल्ने।
(ज) उचाई र चौडाई भना छिक्ने अधिकारले नै नहल्ने।
७. भर्ना सदर गर्नेः नियम ७ को (क), (ख) र (ग) बमोजिम भर्ना छिक्न अधिकार पाएका अधिकारीहरूले रुल नियम बमोजिम भर्ना छिकी क. वक. बाट प्राप्त भएको सिटरोलमा र अनुसूचीमा दिइएको ढाँचा बमोजिमको शर्तको फाराममा सहीछाप गराई धर्म भकाई उक्त कागजपत्रहरू क. वक. खानामा दर्ता गराई पठाइनेछ र क. वक. खानले उक्त कागजपत्रहरू रुल नियम बमोजिम ठीक छ छैन जाँची दर्ता गर्नेछ। भर्ना हुने जवानको घर थर पत्तामा फरक परेमा एक पटक फेरि बुझी फरक परेमा बखतअस्ति गराउन निमित्त तहमा जनाउ दिनेछ। मामूली छुटपुट मात्र भई नामलेमा त्रुटि भएमा पठाई रुल नियम बमोजिम गराइ लाउनेछ। सिटरोल र शर्तको फाराम क. वक. खानमा पठाउँदा उपत्यकाले ७ दिनभित्र र उपत्यका बाहिरकाले बाटो म्याद बाहेक ७ दिनभित्र पठाउनु पर्छ र क. वक. खानले नियुक्ति भएको जनाउ दिनेछ।
८. भर्ना हुन नपाउने भर्ना भएमा गर्नेः नियम ६ को खण्ड (क) बमोजिम मानिसहरूले झुक्याई भर्ना भै युनिट, सब–युनिटमा गएका रहेछन् र त्यस्तै व्यक्तिलाई भर्ना भएको युनिट, सब–युनिटका कुनै व्यक्तिले थाहा पाएर पनि प्रतिवेदन नगरेमा त्यस्तै व्यक्ति ऐन बमोजिम सजायको भागी हुनेछन्।
९. भर्ना बदर हुनेः (क) नेपाली सेनामा भर्ना भइसकेपछि भर्ना भएको व्यक्ति नेपाली नागरिक नभएको र राजनीतिमा लागेको भनी पछि ठहरिए आएमा जुनसुकै बखत पनि निजको भर्ना बदर हुनेछ।
(ख) नेपाली सेनामा भर्ना गरिएका सैन्यहरूलाई १ एक वर्षसम्म सैन्य ट्रेनिङ्ग गराउँदा पनि नियमित स्तरमा पस्न सक्ने सैन्यहरूलाई खरिज गरिनेछ।
टिप्पणीः १. स्थानीय प्रशासन ऐन, २०२२ द्वारा “गोश्वारा” को सट्टा “अञ्चलाधीशको कार्यालय” राखी रूपान्तर गरिएको। २. सैनिक (दोस्रो संशोधन) ऐन, २०२३ द्वारा “एड्जुटेन्ट जनरल” को सट्टा “कार्यरी”, “ले.क.” को सट्टा “प्रमुखसेनानी”, “मेजर” को सट्टा “सेनानी” र “कप्टेन” को सट्टा “सह–सेनानी”, “सैन्य” को सट्टा “सैन्य” र “नायक” को सट्टा “अमल्दार”, “कम्पनी” को सट्टा “गुल्म” राखी रूपान्तर गरिएको। ३. केही नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा “अफिसर”, “गजेटेड”, “नन गजेटेड”, “रिपोर्ट” को सट्टा “अधिकृत”, “राजपत्रित”, “राजपत्र अपत्रित” र “प्रतिवेदन” राखी रूपान्तर भएको। ४. सैनिक (तेस्रो संशोधन) ऐन, २०४० द्वारा “शाही सेना” को सट्टा “शाही नेपाली सेना” राखी रूपान्तर गरिएको। ५. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” राखी रूपान्तर गरिएको। ६. सैनिक ऐन, २०६३ द्वारा “शाही नेपाली सेना” को सट्टा “नेपाली सेना” राखी रूपान्तर गरिएको। ७. सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा नियमहरुको ठाउँ ठाउँमा रहेको “शाही” भन्ने शब्द झिकिएको।
अनुसूची
पुन: संशोधित नोकरीको कबुलनामा (शर्त) नेपाली सेना
म, युनिट ................. नं . दर्जा नाम थर बतले देहायमन लेखिएको पुनः संशोधित कबुलनामा (शर्त) आफ्नो मनमोमानी खुसी रजीले सकार गर्दछुः–
१. $\times$............... पल्टनमा सैनिक ऐन बमोजिम दस्तूर कायदनसंग रही उदी कबायाद गरूँला।
२. मुलुक सम्बन्धी लडाईको काम र केही आन्दोलन परेआएमा आफ्नो जन्मभूमि सम्झी तन मन दिई $\times$.......... हाजिर रही ज्यान दिनमा कबूल छ। सो बमोजिम गरूँला।
३. $\times$.......... जुन बेला जहाँ खटियुँला खटिएका जगमा गई हुकूम बमोजिम दलिज्यान दिइ गरूँला।
४. $\times$..........
५. नोकरी $\times$.......... कबूल गरे पछि नोकरी पाएका मितिले १० वर्ष नपुगी नोकरी छाड्ने छैन। सो म्याद पुगी छाड्नेहरूले ठूलो सन्धिस्पाइ परे पनि जाहेर गरी छाडे पनि त्यस्ता जवानहरूले समेत पछि उदी भएमा नोकरीमा बस्ने उमेरको हदसम्मका जवानहरूले उदी भएका बखतमा हाजिर हुन आउनेछौं।
६. भर्ना भएको मितिले १२ महिना नपुगी घर बिदा पनि लिने छैन।
$\times$ सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा झिकिएको ।
मेरा उपस्थितिमा सहीछाप भयो भनी दस्तखत गर्नेः सहीछाप गर्ने सेनानी वा सह-सेनानी ओ. सी. गुल्म युनिट धर्म भाकी शपथ ग्रहणिसनः छुवाउने युनिट नं. नाम शपथग्रहण गर्ने सेरेमोनियल परेड गते सालामा भएको बेलामा सो धर्म भाकी सहीछाप गर्ने ओ. सी. प्रमुख सेनानी वा सेनानी युनिट कमाण्डर