सैनिक प्राड सेवा नियमावली, २०७४
नेपाल राजपत्रमा प्रकाशित मिति २०७४।११।१४
संशोधन सैनिक प्राड सेवा (पहिलो संशोधन) नियमावली, २०७६ २०७६।१०।२०
सैनिक ऐन, २०६३ को दफा १४३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरुको नाम “सैनिक प्राड सेवा नियमावली, २०७४” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “अदालत” भन्नाले ऐनको दफा ६७ बमोजिम गठित सैनिक अदालत सम्झनु पर्छ र सो शब्दले दफा ११९ को उपदफा (७) बमोजिम गठित पुनरावेदन समितिलाई समेत जनाउँछ। (ख) “ऐन” भन्नाले सैनिक ऐन, २०६३ सम्झनु पर्छ। (ग) “पदपूर्ति समिति” भन्नाले नियम ७ बमोजिमको पदपूर्ति समिति सम्झनु पर्छ। (घ) “प्राड अधिकृत” भन्नाले सैनिक प्राड सेवामा नियुक्त भएको अधिकृत सम्झनु पर्छ। (ङ) “बढुवा समिति” भन्नाले नियम १७ बमोजिमको बढुवा समिति सम्झनु पर्छ। (च) “मन्त्रालय” भन्नाले नेपाल सरकारको रक्षा मन्त्रालय सम्झनु पर्छ। (छ) “सेना प्राड बिबाक” भन्नाले सैनिक प्राड सेवाको प्रमुख सम्झनु पर्छ।
(ज) “सैनिक प्राड सेवा” भन्नाले नेपाली सेनामा कानून तथा न्यायसँग सम्बन्धित कार्य सम्पादन गर्न नियुक्त प्राड अधिकृत तथा प्राड पदिकसँग सम्बन्धित सेवा सम्झनु पर्छ।
(झ) “सैनिक नियमावली” भन्नाले सैनिक सेवा नियमावली, २०६९ सम्झनु पर्छ।
परिच्छेद–२ सैनिक प्राड सेवाको पदपूर्ति तथा नियुक्ति सम्बन्धी
३. सैनिक प्राड सेवा: सैनिक नियमावली बमोजिम एक सैनिक प्राड सेवा रहनेछ।
४. सैनिक प्राड सेवामा रहने पद: सैनिक प्राड सेवामा देहाय बमोजिमका पद रहने छन्:–
(१) अधिकृततर्फ: (क) उपर्थी (ख) सहायक रथी (ग) महासेनानी (घ) प्रमुख सेनानी (ङ) सेनानी (च) सहसेनानी (छ) उप सेनानी
(२) पदिकतर्फ: (क) सुबेदार (ख) जमदार
५. सैनिक प्राड सेवाको पदपूर्ति: (१) सैनिक प्राड सेवाको देहायको पद देहाय बमोजिम पूर्ति गरिनेछ:
(ख) सुवेदार – १००% –
(ग) उपसेनानी ९०% – १०%
(घ) सहसेनानी – १००% –
(ङ) सेनानी – १००% –
(च) प्रमुख सेनानी – १००% –
(छ) महासेनानी – १००% –
(ज) सहायक रथी – १००% –
(झ) उपरथी – १००% –
(२) उपनियम (१) बमोजिम उपसेनानी पदको आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गरिने पदमा सो पदको लागि आवश्यक शैक्षिक योग्यता पुगेका प्राड सेवाको पदिक पदमा दश वर्ष सेवा अवधि पूरा गरेका सुवेदार उम्मेदवार हुन सक्नेछन्।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये पैंतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी देहाय बमोजिमका उम्मेदवार बीचमा मात्र छुट्याछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ :-
(क) महिला – बीस प्रतिशत
(ख) आदिवासी/जनजाति – बत्तीस प्रतिशत
(ग) मधेसी – अठ्ठाइस प्रतिशत
(घ) दलित – पन्ध्र प्रतिशत
(ङ) पिछडिएको क्षेत्र – पाँच प्रतिशत
स्पष्टीकरणः
(१) यस उपनियमको प्रयोजनको लागि “महिला, आदिवासी/जनजाति, मधेसी, दलित” भन्नाले आर्थिक र सामाजिक रुपमा पिछडि परेका महिला, आदिवासी/जनजाति, मधेसी र दलित सम्झनु पर्छ।
(२) खण्ड (ङ) को प्रयोजनको लागि “पिछडिएको क्षेत्र” भन्नाले मनाङ, मुस्ताङ, अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनु पर्छ।
(३) खण्ड (ख), (ग) वा (घ) बमोजिम उम्मेदवार हुने व्यक्तिले कुनै एक खण्डको समूहको उम्मेदवारको रुपमा मात्र प्रतिस्पर्धा गर्न सक्नेछ।
(४) यस उपनियम बमोजिम पदपूर्ति गर्ने प्रयोजनका लागि आर्थिक र सामाजिक रुपमा पिछडि परेका महिला, आदिवासी/जनजाति, मधेसी र दलितको विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ।
तर त्यसरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नतोकेसम्मको लागि सम्पूर्ण महिला, आदिवासी/जनजाति, मधेसी र दलितलाई आर्थिक तथा सामाजिक रुपमा पिछडि परेको मानिनेछ।
(५) यस उपनियम बमोजिम छुट्याइएका पदको लागि दरखास्त दिँदा देहायका कागजात संलग्न गरेको हुनु पर्नेछ :-
(क) आदिवासी/जनजातिका लागि नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट आदिवासी/जनजाति भनी प्रमाणित भएको,
तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ।
(ख) दलितको लागि राष्ट्रिय दलित आयोगबाट दलित भनी प्रमाणित भएको,
तर राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ।
(ग) मधेसीको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको,
तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ।
(घ) पिछडिएको क्षेत्रका लागि स्पष्टीकरणको खण्ड (२) मा उल्लेख भएका जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरिएको नागरिकताको प्रमाणपत्र र सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट हाल सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गरेको।
(४) उपनियम (३) बमोजिम प्रतिशत निर्धारण गर्दा एक प्रतिशत भन्दा कम घटाङ्क (फ्र्याक्सि) आएमा त्यस्तो घटाङ्क जुन समूहको हकमा घटाङ्क आएको हो सो भन्दा लगत्तै पछिल्लो समूहमा सदै जानेछ।
(५) उपनियम (३) बमोजिम छुट्याइएको पदमा जुन वर्षको लागि विज्ञापन भएको हो सो वर्ष हुने विज्ञापनमा उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा वा आवश्यक संख्यामा उम्मेदवार उत्तीर्ण हुन नसकी पदपूर्ति हुन नसकेमा त्यस्तो पद सो वर्षको सोही विज्ञापनमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमा समावेश गरी उम्मेदवार छनौट गर्नु पर्नेछ।
६. योग्यता : सैनिक प्राड सेवाको उपसेनानी र जमदार पदमा उम्मेदवार हुन आवश्यक पर्ने योग्यता अनुसूची–१ मा उल्लेख भए बमोजिम हुनेछ।
७. पदपूर्ति समिति : सैनिक प्राड सेवाको देहायको पदमा उम्मेदवार छनौट गरी नियुक्तिको लागि सिफारिस गर्न देहाय बमोजिमको पदपूर्ति समिति रहनेछ :-
(क) उपसेनानी पदको लागि,–
(१) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य - अध्यक्ष
(२) मन्त्रालयको सचिव - सदस्य
(३) कार्यरथी - सदस्य
(४) प्रधान सेनापतिले तोकेको प्रथम श्रेणीको प्राड अधिकृत - सदस्य
(५) निर्देशक, भर्ना छनौट निर्देशनालय - सदस्य-सचिव
(ख) जमदार पदको लागि,-
(१) निर्देशक, भर्ना छनौट निर्देशनालय - अध्यक्ष
(२) प्रतिनिधि (अधिकृत) लोक सेवा आयोग - सदस्य
(३) प्रतिनिधि (अधिकृत), मन्त्रालय - सदस्य
(४) प्रतिनिधि (अधिकृत), प्राड विभाग - सदस्य
(५) अधिकृत, भर्ना छनौट निर्देशनालय - सदस्य-सचिव
८. परीक्षाको किसिम : (१) सैनिक प्राड सेवामा रिक्त रहेको उपसेनानी र जमदार पदमा पदपूर्तिका लागि उम्मेदवारको छनौट गर्दा देहायको परीक्षा लिनु पर्नेछ :-
(क) विरिङ परीक्षा,
(ख) बि.एम.आई. र प्रारम्भिक स्वास्थ्य परीक्षण,
(ग) शारीरिक परीक्षा,
(घ) लिखित परीक्षा,
(ङ) प्रयोगात्मक परीक्षा,
(च) विस्तृत स्वास्थ्य परीक्षण,
(छ) अन्तर्वार्ता।
(२) उपसेनानी पदको उम्मेदवारको लागि उपनियम (१) मा उल्लेख गरेका परीक्षाका अतिरिक्त गुणमापक परीक्षा (आइ.ओ, टि.ओ., जि.टि.ओ र बोर्ड कन्फ्रेन्स) समेत लिनुपर्नेछ।
(३) सैनिक प्राड सेवामा रिक्त रहेका पदहरु स्थायी पूतिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ।
९. पाठ्यक्रम निर्माण समिति : (१) सैनिक प्राड सेवामा खुल्ला तथा आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि आवश्यक पर्ने पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्ने देहाय बमोजिमको पाठ्यक्रम निर्माण समिति रहनेछ :–
(क) निर्देशक, भर्ना छनौट निर्देशनालय - अध्यक्ष (ख) प्रमुख सेनानी वा सेनानी, सैनिक प्राड सेवा - सदस्य (ग) प्रतिनिधि (अधिकृत स्तर), लोक सेवा आयोग - सदस्य (घ) प्रतिनिधि (अधिकृत स्तर), मन्त्रालय - सदस्य (ङ) प्रतिनिधि (अधिकृत स्तर), भर्ना छनौट निर्देशनालय - सदस्य-सचिव
(२) उपनियम (१) बमोजिमको समितिले निर्माण तथा परिमार्जन गरेको पाठ्यक्रम पदपूर्ति समितिबाट स्वीकृत भएपछि लागू हुनेछ।
१०. नियुक्ति गर्ने अधिकारी : पदपूर्ति समितिको सिफारिसमा सैनिक प्राड सेवाको उपसेनानी पदमा मन्त्रालयले र जमदार पदमा कार्यथरीले नियुक्ति गर्नेछ।
११. उमेरको हद : सैनिक प्राड सेवाको पदमा कार्यरत अधिकृतको उमेरको हद ऐनको अनुसूची-३ को प्राविधिक तर्फको अधिकृत सरह र पददकको उमेरको हद देहाय बमोजिम हुनेछ :–
(क) सुवेदार - बाउन्न वर्ष (ख) जमदार - एकाउन्न वर्ष।
१२. पदावधि : प्रमुख सेनानी देखि उपर्मी सम्मका अधिकृतको पदावधि ऐनमा उल्लेख भएको प्राविधिकतर्फको अधिकृत सरह हुनेछ।
परिच्छेद–३ बढुवा सम्बन्धी व्यवस्था
१३. बढुवा हुन चाहिने योग्यता : (१) सैनिक प्राड सेवाको अधिकृत तथा पददक पदमा बढुवा हुन देहाय बमोजिमको योग्यता पूरा गरेको हुनु पर्नेछ :–
(क) अनुसूची-२ बमोजिमको तालिम पूरा गरेको, (ख) कार्यसम्पादन मूल्याङ्कनमा योग्य देखिएको, (ग) नियम १५ बमोजिमको न्यूनतम सेवा अवधि पूरा भएको,
(घ) नियम १६ बमोजिमको शैक्षिक योग्यता भएको,
(ङ) शारीरिक तन्दुरुस्ती परीक्षा (बेसिक फिटनेस टेस्ट) उत्तीर्ण गरेको,
तर कुनै सैनिक व्यक्ति कर्तव्य पालनाको सिलसिलामा घाइते भई यस खण्ड बमोजिमको परीक्षामा सहभागी हुन नसक्ने भए पनि सैनिक नियमावलीको नियम ३७ बमोजिम स्वास्थ्य वर्गीकरणमा योग्य ठहरिएमा निज सो प्रयोजनका लागि यस नियमावली बमोजिम बढुवाको लागि योग्य हुनेछ।
(च) बडी मास इन्डेक्स (बी.एम.आई) र स्वास्थ्य वर्गीकरण (मेडिकल क्याटगोरी) मा योग्य ठहरिएको।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ भएको मितिले दुई वर्षभित्र प्राड पददिक बेसिक तालीम, प्राड अधिकृत बेसिक तालीम, प्राड एडिभान्स तालीम वा मिड क्यारिर म्यानेजमेन्ट तालीम लिएको सैनिक व्यक्ति बढुवाको लागि उम्मेदवार हुन सक्नेछ।
१४. बढुवा गर्ने अधिकारीः बढुवा समितिको सिफारिसमा देहायको पदमा बढुवा गर्ने अधिकार देहायको अधिकारीलाई हुनेछः-
(क) महासेनानी देखि उच्च उपरीसम्म - नेपाल सरकार
(ख) उपसेनानी देखि प्रमुख सेनानीसम्म - प्रधान सेनापति
(ग) सुबेदार - सेना प्राड बिबाक।
१५. बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधिः (१) सैनिक प्राड सेवाका अधिकृत पदमा बढुवाको लागि उम्मेदवार हुन देहाय बमोजिमको न्यूनतम सेवा अवधि पुगेको र एक तमुनी कार्यरत रहेको हुनु पर्नेछः-
(ङ) सहायक रथी बीस वर्ष
(च) उपरथी एक्काइस वर्ष ।
(२) सैनिक प्राड सेवाको सुवेदार पदमा बढुवा हुन जमदार पदमा पाँच वर्ष सेवा अवधि पुगेको हुनु पर्नेछ।
१६. शैक्षिक योग्यताः (१) सैनिक प्राड सेवाको अधिकृत तथा पदिक पदको लागि आवश्यक पर्ने शैक्षिक योग्यता देहाय बमोजिम हुनेछः-
(क) खुल्ला प्रतियोगिताको लागि,-
(ख) आन्तरिक प्रतियोगिताको लागि,–
(ग) बढुवाको लागि-
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका बखत सैनिक प्राड सेवाको प्रमुख सेनानी वा सोभन्दा माथिको पदमा कार्यरत अधिकृतको हकमा कानुनमा स्नातकोत्तर नभए पनि यो नियमावली प्रारम्भ भएको मितिले चार वर्षभित्र त्यस्तो पदमा बढुवा हुन बाधा पर्ने छैन ।
१७. बढुवा समिति: (१) देहायको पदमा बढुवाको लागि सिफारिस गर्ने बढुवा बमोजिमको बढुवा समिति रहनेछः–
(क) उपरथी पदको लागि,– (१) प्रधान सेनापतिले तोकेको रथी - अध्यक्ष (२) प्रधान सेनापतिले तोकेको विभागीय प्रमुख उपरथी दुई जना - सदस्य (३) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको उपरथी - सदस्य (४) कार्यरथी - सदस्य-सचिव
(ख) महासेनानी र सहायक रथी पदको लागि,– (१) प्रधान सेनापतिले तोकेको रथी - अध्यक्ष (२) कार्यरथी - सदस्य (३) सेना प्राड विबाक - सदस्य (४) प्रधान सेनापतिले तोकेको उपरथी - सदस्य (५) सैनिक सचिव - सदस्य-सचिव
(ग) सहसेनानी, सेनानी तथा प्रमुख सेनानी पदको लागि,– (१) प्रधान सेनापतिले तोकेको रथी - अध्यक्ष (२) कार्यरथी - सदस्य (३) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको सहायक रथी - सदस्य (४) प्रधान सेनापतिले तोकेको सेनाप्राड
विबाकको सहायक रथी - सदस्य
(५) सैनिक सचिव - सदस्य-सचिव
(घ) सुवेदार पदको लागि,–
(१) सेना प्राड विबाकले तोकेको सहायक रथी वा महासेनानी - अध्यक्ष
(२) सेना प्राड विबाकले तोकेको अधिकृत - सदस्य
(३) सेना प्राड विबाकले तोकेको अधिकृत - सदस्य-सचिव
(२) अधिकृतको हकमा सैनिक सचिव विभाग र पदिकको हकमा सम्बन्धित कार्यालयबाट बढुवा हुन नियम १३ बमोजिमको योग्यता पूरा गरेको व्यहोरा लेखी आएपछि बढुवा समितिले यस नियमावलीको अधिनमा रही बढुवा सम्बन्धी कारबाही गर्नेछ।
(३) बढुवा समितिका अध्यक्ष, सदस्य तथा सदस्य सचिवले बढुवा समितिको सदस्यको रुपमा काम गर्नुअघि अनुसूची-३ बमोजिमको कबुलियतनामा गर्नु पर्नेछ।
१८. बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउनेः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि अधिकृत वा पदिक कर्मचारी देहायको अवधिभर बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैनः-
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(ग) तल्लो पदमा घटुवा भएकोमा सो भएको मितिले एक वर्षसम्म,
(घ) वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराममा (नेकिबदीको कलमी चित्र लेखिने मिलमा) बढुवाको लागि अयोग्य भनी लेखिएको र त्यस्तो रायलाई अख्तियारी प्राप्त सैनिक अधिकारीबाट समर्थन गरेकोमा सो आर्थिक वर्ष सम्म,
(ङ) निजी प्रयासमा अध्ययन वा तालिमको लागि बिदामा बसेकोमा सो अवधिभर,
(च) कुनै कसूरको सम्बन्धमा कोर्ट अफ इन्क्वाइरीमा विचारणधिन रहेकोमा सो अवधिभर,
(छ) कुनै कसूरको छानबिनको क्रममा रहेको अवस्थामा सो छानबिन समाप्त नभएसम्म,
(ज) कुनै कसूरको सम्बन्धमा अदालतमा मुद्दा दायर भएकोमा अदालतबाट सफाई नपाएसम्म,
(झ) कुनै कसूरमा अदालतबाट सजाय भएकोमा सो सजाय भुक्तान नगरेसम्म।
(२) देहायको अवस्थामा अधिकृत तथा पदिक कर्मचारी बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैनः-
(क) आर्थिक अनियमितता वा बहुविविधको कसूरमा अदालतबाट कसूरदार ठहर भएमा,
(ख) मानव अधिकार र मानवीय कानूनको उल्लङ्घित हुने कार्य गरेको भनी अदालतबाट ठहर भएमा,
(ग) स्वास्थ्य वर्गीकरण एमइडीआईसीएसओएस-जी दुई भन्दा बढी भएमा।
(३) उपनियम (२) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अधिकृत वा पदिक कर्मचारीलाई तालिम वा आफ्नो पदीय कर्तव्य पालना गर्दाको अवस्थामा कुनै शारीरिक चोटपटक लागेमा र निजको स्वास्थ्य परीक्षण गराउँदा चोटपटक लागेको अङ्ग बाहेक निज शारीरिक तथा मानसिक रूपमा स्वस्थ रही आफ्नो पद अनुरूपको कार्य तथा सम्बन्धित तालिम गर्न सक्षम देखी मेडिकल बोर्डले निजलाई स्वास्थ्य वर्गीकरण एमइडीआईसीएसओएस-जी एक प्रदान गरेमा त्यस्तो अधिकृत वा पदिक कर्मचारी बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्नेछ।
१९. स्थानीय, मानार्थ तथाविशेष बढुवाः स्थानीय, मानार्थ तथा विशेष बढुवा सम्बन्धी व्यवस्था सैनिक नियमावली बमोजिम हुनेछ।
२०. कार्यवाहक बढुवाः (१) बढुवाको लागि सम्भाव्य उम्मेदवार भएका र अधिकृत पदमा देहाय बमोजिमको सेवा अवधि पूरा गरेका सहसेनानी देखि सहायक रथीसम्मका अधिकृतलाई एक
तह माथिको पद रिक्त रहेको अवस्थामा बढुवा समितिको सिफारिसमा आवश्यकता अनुसारनियम १४ बमोजिमको अधिकारीले कार्यवाहक बढुवा गर्न सक्नेछन्:–
(२) उपनियम (१) बमोजिम बढुवा गर्दा ज्येष्ठतालाई प्राथमिकता दिइनेछ।
(३) उपनियम (१) बमोजिम कार्यवाहक बढुवा भएका अधिकृतले कार्यवाहक पाएको पदको तलब र दज्यनी चिन्ह लगाउन पाउनेछ। तर सो कार्यवाहक अवधि पदावधिमा गणना हुने छैन।
(४) कार्यवाहक बढुवा हुने अधिकृतले कार्यवाहक अवधिरको तलब वृद्धी (ग्रेड) पाउने छैन।
परिच्छेद–४ विविध
२१. सरुवा नगरिने: सैनिक प्राड सेवाको अधिकृतलाई अर्को सेवा वा समूहको कुनै पदमा सरुवा गरिने छैन।
२२. अधिकृतले प्रयोग गर्ने पोसाक: अदालतमा प्राड विबाकबाट बहस पैरवीको लागि उपस्थित हुने अधिकृत तथा इजलास अधिकृतको रुपमा खटिइने अधिकृतले नं.१ पोसाक प्रयोग गर्नु पर्नेछ।
२३. सैनिक नियमावली बमोजिम हुने: यस नियमावलीमा लेखिएको कुरामा यसै नियमावली बमोजिम र अन्य कुराको हकमा सैनिक सेवा नियमावली बमोजिम हुनेछ।
२४. खारेजी र बचाउ: (१) सेना प्राड विबाक (भर्ना, बढुवा र सेवा शर्त) नियमहरु, २०२९ खारेज गरिएको छ।
(२) सेना प्राड बिबाक (भर्ना, बढुवा र सेवा शर्त) नियमहरु, २०२९ बमोजिम भए गरेका काम कारबाहीहरु यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
अनुसूची–१ (नियम ६सँग सम्बन्धित)
उपसेनानी र जमदार पदको लागि आवश्यक पर्ने योग्यता
१. सैनिक प्राड सेवाको खुल्ला प्रतियोगिताद्वारा उपसेनानी र जमदार पदमा उम्मेदवार हुन देहाय बमोजिम योग्यता पुगेको हुनुपर्नेछः–
(क) नेपाली नागरिक,
(ख) उपसेनानी पदको लागि आवेदन दर्ता गर्ने अन्तिम मितिसम्म आधार वर्ष उमेर पूरा भई पुरुषको हकमा उन्तीस वर्ष र महिलाको हकमा तीस वर्ष ननाघेको र जमदार पदको लागि आधार वर्ष पूरा भई पच्चीस वर्ष ननाघेको, तर नेपाली सेनामा कार्यरत योग्यता पुगेका सैनिक व्यक्तिले पैंतीस वर्ष उमेर पूरा नभएसम्म बढीमा तीन पटक आवेदन दिन सक्नेछ।
(ग) पुरुषको हकमा उचाई कम्तीमा ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च र फुलाउँदा ३४ इन्च, वजन ५० के.जी. (११० पौण्ड) भएको र महिलाको हकमा उचाई कम्तीमा ५ फिट र वजन ४० के.जी. (८८ पौण्ड) भएको,
(घ) बी.एम.आई. र स्वास्थ्य परीक्षणबाट योग्य ठहरिएको,
(ङ) आँखा +२ भन्दा बढी कमजोर नभएको,
(च) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,
(छ) तत्काल कुनै राजनीतिक दलको सदस्य नभएको वा नरहेको,
(ज) कुनै आपराधिक गतिविधिमा संलग्न नभएको वा नरहेको,
(झ) कुनै विद्ध्वंसात्मक उद्देश्य भएको सङ्ग संस्थाको सदस्य नभएको वा नरहेको,
(ञ) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको,
(ट) मानव अधिकार र मानवीय कानून उल्लंघन वापत सजाय नपाएको,
(ठ) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको।
२. सैनिक प्राउड सेवाको आन्तरिक प्रतियोगिताद्वारा बढुवा हुने उप सेनानीपदमा उम्मेदवार हुन देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ:–
(क) वि.एम.आई. योग्य र स्वास्थ्य वर्गीकरण एमइम्डिडाइसीएसओएस–जी दुई वा सो भन्दा कम भएको,
(ख) शारीरिक तन्दुरुस्ती परीक्षा (वि.एफ.टि.) उत्तीर्ण गरेको,
(ग) युनिटपतिको सिफारिस भएको।
अनुसूची–२ (नियम १३को खण्ड (क) सँग सम्बन्धित)
सैनिक प्राड सेवाका अधिकृत तथा पदिकको बढुवाको लागि आवश्यक पर्ने तालिम
$\infty$ पहिलो संशोधनद्वारा झिकिएको।
अनुसूची–३ (नियम १७ को उपनियम (३) सँग सम्बन्धित)
कबुलियतनामा
............................. को सूचना वा पत्र बमोजिम ........................ पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार रहेका कुनै पनि उम्मेदवार मेरो नजिकको नातेदार पर्दैन। बढुवा समितिको काम कारवाही गर्दा मैले प्रचलित कानूनको अधीनमा रही गर्नेछु भनी यो कबुलियतनामा गर्दछु।
कबुलियत गर्नेको,— नामः दस्तखतः पदः मितिः*