सैनिक मनोरञ्जन अनुदान (प्रदान गर्ने) नियमहरू, २०२१
नेपाल राजपत्रमा प्रकाशित मिति २०२१।१२।३०
संशोधन १. सैनिक मनोरञ्जन अनुदान (प्रदान गर्ने) (पहिलो संशोधन) नियमहरू, २०२६ २०२६।०२।२७ २. सैनिक मनोरञ्जन अनुदान (प्रदान गर्ने) (दोस्रो संशोधन) नियमहरू, २०३४ २०३५।०१।०४ ३. सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।०१।३०
सैनिक ऐन, २०१६ को दफा १६५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यी नियमहरूको नाम “सैनिक मनोरञ्जन अनुदान (प्रदान गर्ने) नियमहरू, २०२१,” रहेको छ।
(२) यी नियमहरू नेपाली सेनाका सुवेदार, जमदार अरू दर्जा (कम्ब्याटेन्ट) र एन. सी. (नन कम्ब्याटेन्ट) लाई लागू हुनेछ।
(३) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा– (क) $\times$................
$^*$ पहिलो संशोधनद्वारा संशोधित। $\times$ सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा झिकिएको।
(ख) “मनोरञ्जन अनुदान” भन्नाले नेपाली सेनाका जवानहरूको मनोरञ्जनको निमित्त चाहिने सामानहरू जस्तै खेलकुद, बाजा, रेडियो, रेकर्ड प्लेयर, समाचार पत्र र किताब आदिमा खर्च गर्न पनि प्रदान गरेको सुविधालाई सम्झनु पर्छ।
३. मनोरञ्जन सुविधा पाउने र माग गर्ने सम्बन्धमाः मनोरञ्जन सुविधा सेनाको व्याटल अर्डर (Battle order) मा तोकिएको फर्मेसन, युनिट, सबयुनिटको नर्बीबमोजिम दिइनेछ।
४. मनोरञ्जन अनुदान पाउनेः (१) इन्स्टालिस्मेण्ट बमोजिम फर्मेसन, युनिट सबयुनिटको नर्बीलाई मात्र मनोरञ्जन सुविधाको अधिकार प्राप्त हुनेछ।
(२) प्रत्येक व्यक्तिलाई वर्षको तीन रुपैयाँको दरले मनोरञ्जन सुविधा प्रदान गर्न सकिनेछ।
(३) कुनै युनिटको तफी एक सय जवानभन्दा घटी भएमा उक्त सबयुनिटले पाउने रकममा रु. ५०।– पचास रुपैयाँसम्म थप र तीन सय सम्म नर्बी भएका सबयुनिटलाई रु. २५। पच्चीस रुपैयाँसम्म थपको दरले सुविधा रकम प्रदान गर्न सकिने छ।
(४) सैनिक अस्पतालको इन्स्टालिस्मेण्टले पाउने मनोरञ्जन सुविधाको अतिरिक्त वार्षिक मनोरञ्जन रकम रु. २००।– दुईसय रुपैयाँ रोगीहरूको निमित्त छुट्टै थप गर्न सकिनेछ।
(५) दुर्गमस्थान वा अनकण्टार वा एकलासे ठाउँमा साना साना टुक्रामा रहेको नेपाली सेनाका अड्डाहरूको निमित्त आफ्नो युनिट वा सबयुनिटबाट पाउने मनोरञ्जन सुविधाको थपमा वार्षिक खर्च रु. ५०।– पचास रुपैयाँसम्म छुट्टै थप दिन सकिनेछ।
(६) जङ्गी अड्डा वा कुनै फर्मेसनद्वारा प्रतियोगितात्मक खेलकुद वा कुनै किसिमको मनोरञ्जन कार्य गर्न गराउनु परेमा रु. २०००।– दुई हजार रुपैयाँसम्म विशेष मनोरञ्जन सुविधाको निमित्त जङ्गी अड्डालाई जिम्मा दिन सकिनेछ।
* दोस्रो संशोधनद्वारा संशोधित। ** सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा संशोधित।
५. अन्य व्यवस्था मिलाउने अधिकारः यी नियमहरू बमोजिम व्यहोर्ने रकमको बाँडफाँड र अन्य व्यवस्था मिलाउने अधिकार प्रधान सेनापतिमा निहित रहनेछ।
तर आवश्यक परेमा निजले यस कामको निमित्त तोकेको कुनै अधिकृत वा विभागलाई सुम्पिन सक्नेछ।
६. स्वीकृत बजेटको रुपैयाँको व्यवस्थाः (१) सेना सप्लाई डिपोले स्वीकृत बजेट बमोजिमको रकम कौसीतोषाखाना मार्फत जिम्मेवारी लिनेछ र सो रकम प्रधान सेनापतिको नाउँमा हस्तेवारी खर्च लेखिने छ।
७. मिन्हा गर्ने अधिकारः यी नियमहरूको अधिनमा रही प्रधान सेनापतिले स्वीकृत बजेटको अङ्कमा नघटाउने गरी सो मनोरञ्जन अनुदानको रकम बाँडफाँड गर्न सक्नेछ र सो रकम खर्च भएको मनासिब बेमनासिब जाँची वा जाँचाई ठीक ठहराएमा मिन्हा गर्न सक्नेछ।
टिप्पणीः– १. केही नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा “अफिसर” को सट्टा “अधिकृत”, सैनिक (दोस्रो संशोधन) ऐन, २०४० द्वारा “आर्मी” को सट्टा “सेना” तथा सैनिक (तेस्रो संशोधन) ऐन, २०४० द्वारा “शाही सेना” को सट्टा “शाही नेपाली सेना” राखी रूपान्तर गरिएको। २. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” राखी रूपान्तर गरिएको। ३. सैनिक ऐन, २०६३ द्वारा “शाही नेपाली सेना” को सट्टा “नेपाली सेना” राखी रूपान्तर गरिएको। ४. सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा नियमहरुको ठाउँ ठाउँमा रहेको “शाही” भन्ने शब्द खसिएको।