सैनिक विविध सेवा नियमावली, २०७४
नेपाल राजपत्रमा प्रकाशित मिति २०७४।११।१४
सैनिक ऐन, २०६३ को दफा १४३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “सैनिक विविध सेवा नियमावली, २०७४” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले सैनिक ऐन, २०६३ सम्झनु पर्छ। (ख) “ग्यारिजन समूह” भन्नाले नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति, राष्ट्रिय महत्वका चीज वा वस्तु रहेको स्थान, महत्वपूर्ण संरचना वा त्यस्तै राष्ट्रिय महत्वका अन्य कुराको सुरक्षा गर्ने लगायतका काम गर्न नियुक्त भएका सैनिक व्यक्तिहरुसँग सम्बन्धित समूह सम्झनु पर्छ। (ग) “पदपुनर्स्थापना समिति” भन्नाले नियम ७ बमोजिमको पदपुनर्स्थापना समिति सम्झनु पर्छ। (घ) “बढुवा समिति” भन्नाले नियम १७ बमोजिमको बढुवा समिति सम्झनु पर्छ। (ङ) “मन्त्रालय” भन्नाले नेपाल सरकारको रक्षा मन्त्रालय सम्झनु पर्छ। (च) “सैनिक कर्मचारी समूह” भन्नाले नेपाली सेना अन्तर्गतका कार्यालयहरुमा प्रशासनिक कार्यमा सहयोग गर्ने सैनिक व्यक्तिहरुसँग सम्बन्धित समूह सम्झनु पर्छ। (छ) “सैनिक नियमावली” भन्नाले सैनिक सेवा नियमावली, २०६९ सम्झनु पर्छ।
परिच्छेद–२ सैनिक विविध सेवाको पदपूर्ति तथा नियुक्ति
३. सैनिक विविध सेवा: (१) सैनिक नियमावली बमोजिमको एक सैनिक विविध सेवा रहनेछ।
(२) उपनियम (१) बमोजिमको सैनिक विविध सेवामा देहाय बमोजिमका समूह रहनेछन् :–
(क) पुजारी समूह, (ख) सैनिक कर्मचारी समूह, (ग) लेखा समूह, (घ) बन्दोबस्ती कार्य समूह, (ङ) ग्यारिज समूह।
४. सैनिक विविध सेवाका समूहमा रहने पद: सैनिक विविध सेवाका देहायका समूहमा देहाय बमोजिमका पद रहनेछन् :–
५. सैनिक विविध सेवाको पदपूर्तिः (१) सैनिक विविध सेवाको देहायका पद देहाय बमोजिम पूर्ति गरिनेछः–
(क) पुजारी समूहः
(ख) सैनिक कर्मचारी समूहः
(ग) लेखा समूह:
(घ) बन्दोबस्ती कार्य समूह:
(२) उपनियम (१) को खण्ड (क) बमोजिमको हुड्डा, खण्ड (ख) बमोजिमको अमल्दार र खण्ड (ग) बमोजिमको जमदार पदको आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गरिने पदमा सो पदको लागि आवश्यक शैक्षिक योग्यता पुगेका र पदपूर्ति गरिने पदभन्दा तल्लो नेपाली सेनाको जुनसुकै पदमा कार्यरत सैनिक उम्मेदवार हुन सक्नेछन् ।
(३) उपनियम (१) को खण्ड (क), (ख) र (ग) बमोजिमको उपसेनानी पदको आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गरिने पदमा सो पदको लागि आवश्यक शैक्षिक योग्यता पुगेका सम्बन्धित समूहको पदिक पदमा कम्तीमा दश वर्ष सेवा अवधि पूरा गरेका सुबेदार उम्मेदवार हुन सक्नेछन् ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि खुल्ला प्रतियोगिताद्वारा पूर्त हुने पदमध्ये पैंतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी देहाय बमोजिमका उम्मेदवारका बीचमा मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछः–
स्पष्टीकरणः
(१) यस उपनियमको प्रयोजनको लागि “महिला, आदिवासी/जनजाति, मधेसी, दलित” भन्नाले आर्थिक र सामाजिक रुपमा पछाडि परेका महिला, आदिवासी/जनजाति, मधेसी र दलित सम्झनु पर्छ।
(२) खण्ड (ङ) को प्रयोजनको लागि “पछडिएको क्षेत्र” भन्नाले मनाङ, मुस्ताङ, अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनु पर्छ।
(३) खण्ड (ख), (ग) वा (घ) बमोजिम उम्मेदवार हुने व्यक्तिले कुनै एक खण्डको समूहको उम्मेदवारको रुपमा मात्र प्रतिस्पर्धा गर्न सक्नेछ।
(४) यस उपनियम बमोजिम पदपूर्ति गर्ने प्रयोजनका लागि आर्थिक र सामाजिक रुपमा पछाडि परेका महिला, आदिवासी/जनजाति, मधेसी र दलित समूहको विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ।
(५) यस उपनियम बमोजिम छुट्याइएका पदको लागि दरखास्त दिँदा देहायका कागजात संलग्न गरेको हुनु पर्नेछः–
(क) आदिवासी/जनजातिका लागि नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट आदिवासी/जनजाति भनी प्रमाणित भएको,
तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ।
(ख) दलितको लागि राष्ट्रिय दलित आयोगबाट दलित भनी प्रमाणित भएको,
तर राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ।
(ग) मधेसीको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको,
तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ।
(घ) पिछडिएको क्षेत्रका लागि स्पष्टीकरणको खण्ड (२) मा उल्लेख भएका जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरिएको नागरिकताको प्रमाणपत्र र सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट हाल सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गरेको आधारमा।
(५) उपनियम (४) बमोजिम प्रतिशत निर्धारण गर्दा एक प्रतिशत भन्दा कम घताङ्क (फ्रयाक्सन) आएमात्यस्तो घताङ्क जुन समूहको हकमा आएको हो सो भन्दा लगत्तै पछिल्लो समूहमा सदै जानेछ।
(६) उपनियम (४) बमोजिम समावेशी तर्फ छुट्याइएको पदमा जुन वर्षको लागि विज्ञापन गरिएको हो सो वर्ष हुने विज्ञापनमा उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा वा आवश्यक सङ्ख्यामा उम्मेदवार उत्तीर्ण हुन नसकी पदपूर्ति हुन नसकेमा त्यस्तो पद सो
वर्षको सोही विज्ञापनमा खुल्ला प्रतियोगिताद्वारा पूर्त हुने पदमा समावेश गरी उम्मेदवारको छनौट गर्नु पर्नेछ।
६. योग्यताः सैनिक विविध सेवामार्गिने पदको खुल्ला तथा आन्तरिक प्रतियोगितामा उम्मेदवार हुन आवश्यक पर्ने योग्यता अनुसूची-१ मा उल्लेख भए बमोजिम हुनेछ।
७. पदपूर्ति समितिः सैनिक विविध सेवाको देहायको पदमा उम्मेदवार छनौट गरी नियुकतिको लागि सिफारिस गर्न देहाय बमोजिमको पदपूर्ति समिति रहनेछः–
(क) उपसेनानी पदको लागि,–
(१) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य - अध्यक्ष
(२) मन्त्रालयको सचिव - सदस्य
(३) कार्यकारी - सदस्य
(४) प्रधान सेनापतिले तोकेको सम्बन्धित समूहको अधिकृत - सदस्य
(५) निर्देशक, भर्ना छनौट निदेशालय - सदस्य-सचिव
(ख) अमल्दार, हुद्दा र जमदार पदको लागि,–
(१) निर्देशक, भर्ना छनौट निदेशालय - अध्यक्ष
(२) प्रतिनिधि (अधिकृत) लोक सेवा आयोग - सदस्य
(३) प्रतिनिधि (अधिकृत), मन्त्रालय - सदस्य
(४) सम्बन्धित समूहको अधिकृतस्तरको प्रतिनिधि - सदस्य
(५) अधिकृत, भर्ना छनौट निदेशालय - सदस्य-सचिव
(ग) सिपाही पदको लागि,–
(१) सम्बन्धित समूहको सेनानी - अध्यक्ष
(२) प्रतिनिधि (अधिकृत) लोक सेवा आयोग - सदस्य
(३) प्रतिनिधि (अधिकृत), मन्त्रालय - सदस्य
(४) सम्बन्धित समूहको अधिकृतस्तरको प्रतिनिधि - सदस्य
(५) अधिकृत, भर्ना छनौट केन्द्र - सदस्य- सचिव
८. परीक्षाको किसिमः (१) सैनिक विविध सेवाको रिक्त रहेका पदमा पदपूर्तिका लागि उम्मेदवारको छनौट गर्न देहाय बमोजिमको परीक्षा लिनु पर्नेछः–
(क) वियरिङ्ग परीक्षा,
(ख) बडी मास ईन्डेक्स (बी.एम.आई) र प्रारम्भिक स्वास्थ्य परीक्षण,
(ग) शारीरिक परीक्षा,
(घ) लिखित परीक्षा,
(ङ) प्रयोगात्मक परीक्षा,
(च) विस्तृत स्वास्थ्य परीक्षण,
(छ) अन्तरवार्ता।
(२) सैनिक विविध सेवाको उपसेनानी पदका उम्मेदवारका लागि उपनियम (१) का अतिरिक्त गुणमापक परीक्षा (आई.ओ, टी.ओ., सि.टी.ओ र बोर्ड कन्फ्रेन्स) समेत लिनुपर्नेछ।
(३) सैनिक विविध सेवाको रिक्त पदमा स्थायी पूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ।
९. शैक्षिक योग्यता र अनुभवः सैनिक विविध सेवाका पदमा खुल्ला तथा आन्तरिक प्रतियोगिताको लागि उम्मेदवार हुन आवश्यक पर्ने शैक्षिक योग्यता र अनुभव देहाय बमोजिम हुनेछः–
(क) पुजारी समूहको लागि,–
(ख) सैनिक कर्मचारी समूहको लागि,–
(ग) लेखा समूहको लागि,–
(घ) बन्दोबस्ती कार्य समूहः बन्दोबस्ती कार्य समूहको सिपाही पदको खुल्ला प्रतियोगिताको लागि सामान्य लेखपढ गर्न जानेको हुनु पर्नेछ।
१०. नियुक्ति गर्ने अधिकारीः पदपूर्ति समितिको सिफारिसमा सैनिक विविध सेवाको उपसेनानी पदमा मन्त्रालय र अन्य पदमा कार्यथरीले नियुक्ति गर्नेछ।
११. उमेरको हदः सैनिक विविध सेवाका अधिकृतको उमेरको हद ऐनको अनुसूची–३ को प्राविधिक तर्फको समान तहको अधिकृत सरह र देहायको पदमा कार्यरत सैनिकको उमेरको हद देहाय बमोजिम हुनेछः–
| पद | उमेर हद | | :--- | :--- | :--- | :--- | :--- | | | पुजारी समूह | सैनिक कर्मचारी समूह | लेखा समूह | बन्दोबस्ती कार्य समूह | | फलोअर्स | | | | | | सिपाही | | | | पचपन्न वर्ष | | प्याउटा | | | | पचपन्न वर्ष | | अमल्दार | | उन्नचास वर्ष | | पचपन्न वर्ष | | हुद्दा | पचास वर्ष | पचास वर्ष | | पचपन्न वर्ष | | जमदार | एकाउन्न वर्ष | एकाउन्न वर्ष | एकाउन्न वर्ष | पचपन्न वर्ष | | सुवेदार | बाउन्न वर्ष | बाउन्न वर्ष | बाउन्न वर्ष | पचपन्न वर्ष | | प्रमुख सुवेदार | | | | पचपन्न वर्ष |
१२. पदावधि: (१) सैनिक विविध सेवाका प्रमुख सेनानी देखि उपरथी सम्मका अधिकृतको पदावधि ऐनको अनुसूची–४ मा उल्लेख भएको प्राविधिक तर्फको अधिकृत सरह हुनेछ।
(२) प्रमुख सुबेदारको पदावधि तीन वर्षको हुनेछ। निजको पदावधि र उमेरको हदमध्ये जुनसुकै अगाडि हुन्छ सोही आधारमा अवकाश दिइनेछ।
परिच्छेद–३ बढुवा
१३. बढुवा हुन चाहिने न्यूनतम योग्यता: (१) सैनिक विविध सेवाका जुनसुकै पदमा बढुवा हुनुको लागि देहाय बमोजिमको योग्यता पूरा गरेको हुनुपर्नेछ:–
(क) अनुसूची –२ बमोजिमको तालीम पूरा गरेको, (ख) कार्यसम्पादन मूल्याङ्कनमा योग्य देखिएको, (ग) नियम ९ बमोजिमको शैक्षिक योग्यता भएको, (घ) नियम १५ बमोजिमको न्यूनतम सेवा अवधि पूरा भएको, (ङ) शारीरिक तन्दुरुस्ती परीक्षा (बेसिक फिटनेस टेस्ट) उत्तीर्ण गरेको, तर कुनै सैनिक कर्तव्य पालनाको सिलसिलामा घाइते भई यस खण्ड बमोजिमको परीक्षामा सहभागी हुन नसक्ने भए पनि सैनिक नियमावलीको नियम ३७ बमोजिम स्वास्थ्य वर्गीकरणमा योग्य ठहरिएमा निज सो प्रयोजनका लागि यस नियमावली बमोजिम बढुवाको लागि योग्य हुनेछ। (च) बडी मास ईन्डेक्स (बी.एम.आई) र स्वास्थ्य वर्गीकरण (मेडिकलक्याटगोरी) मा योग्य ठहरिएको।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ भएको मितिले दुई वर्षसम्म मिड क्यारियर म्यानेजमेन्ट तथा हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम नलिएको सैनिक बढुवाको लागि उम्मेदवार हुन सक्नेछ।
१४. बढुवा गर्ने अधिकारी: बढुवा समितिको सिफारिसमा देहायको पदमा बढुवा गर्ने अधिकार देहायको अधिकारीलाई हुनेछ:–
(क) महासेनानी देखि उपरथीसम्म - नेपाल सरकार (ख) उपसेनानी देखि प्रमुख सेनानीसम्म - प्रधान सेनापति (ग) जमदार देखि प्रमुख सुबेदारसम्म - कार्यथरी (घ) सिपाही देखि हुद्दासम्म - सम्बन्धित कार्यालय प्रमुख
१५. बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधिः (१) सैनिक विविध सेवाका देहायको पदमा बढुवा हुनुको लागि देहाय बमोजिमको सेवा अवधि पुगेको र एकतह मुनिको पदमा कार्यरत रहेको हुनु पर्नेछः–
(२) सैनिक विविध सेवाका देहायको पदमा बढुवाको लागि उम्मेदवार हुन सिपाही पदमा देहाय बमोजिमको सेवा अवधि पुगेको हुनु पर्नेछः–
१६. बढुवाको लागि आवश्यक शैक्षिक योग्यता: (१) सैनिक विविध सेवाको पदमा बढुवाको लागि आवश्यक पर्ने शैक्षिक योग्यता नियम ९ मा उल्लेख भए बमोजिम हुनेछ।
(२) लेखा समूहको महासेनानी र सोभन्दा माथिका पदमा बढुवा हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा वाणिज्यशास्त्र, व्यवस्थापन, अर्थशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका बखत लेखा समूहका प्रमुख सेनानी वा सोभन्दा माथिको पदमा कार्यरत अधिकृतको हकमा स्नातकोत्तर तह उत्तीर्ण नगरेको भए तापनि यो नियमावली प्रारम्भ भएको मितिले चार वर्षसम्म माथिल्लो पदमा बढुवा हुन बाधा पर्ने छैन।
(४) बन्दोबस्ती कार्य समूहको उपसेनानी पदमा बढुवा हुनको लागि कम्तीमा एस.एल.सी वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ।
१७. बढुवा समिति: (१) सैनिक विविध सेवाको पदमा गरिने बढुवाको लागि सिफारिस गर्न देहाय बमोजिमको बढुवा समिति रहनेछः–
(क) उपरथी पदको लागि,– (१) प्रधान सेनापतिले तोकेकोरथी - अध्यक्ष (२) प्रधान सेनापतिले तोकेको विभागीय प्रमुख - सदस्य (३) प्रधान सेनापतिले तोकेको उपरथी - सदस्य (४) कमाण्डमा रहेका उपरथी - सदस्य (५) कार्यरी - सदस्य-सचिव
(ख) सहायक रथी र महासेनानी पदको लागि,– (१) प्रधान सेनापतिले तोकेको रथी - अध्यक्ष (२) कार्यरी - सदस्य
(३) प्रधान सेनापतिले तोकेको उपरथी - सदस्य
(४) कमाण्डमा रहेको उपरथी - सदस्य
(५) सैनिक सचिव - सदस्य-सचिव
(ग) उपसेनानी देखि प्रमुख सेनानी पदसम्मको लागि–
(१) प्रधान सेनापतिले तोकेको रथी - अध्यक्ष
(२) कार्यरथी - सदस्य
(३) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको सहायक रथी - सदस्य
(४) सम्बन्धित सेवा समूहको प्रमुख - सदस्य
(५) सैनिक सचिव - सदस्य-सचिव
(घ) सिपाहीदेखि प्रमुख सुबेदार पदसम्मको लागि–
(१) सम्बन्धित सेवा समूहको प्रमुखले तोकेको वरिष्ठ अधिकृत - अध्यक्ष
(२) सम्बन्धित सेवा समूहको प्रमुखले तोकेको अधिकृत वा पदिक - सदस्य
(३) सम्बन्धित सेवा समूहको कार्य अधिकृत/पदिक वा सो सरह - सदस्य-सचिव
(२) अधिकृतको हकमा सैनिक सचिव विभाग र पदिकको हकमा सम्बन्धित कार्यालयबाट बढुवा हुन नियम १३ बमोजिमको योग्यता पूरा गरेको व्यहोरा लेखी आएपछि बढुवा समितिले यस नियमावलीको अधिनमा रही बढुवा सम्बन्धी कारबाही गर्नेछ।
(३) बढुवा समितिका अध्यक्ष, सदस्य तथा सदस्य-सचिवले बढुवा समितिको सदस्यको रुपमा काम गर्दाथु अघि अनुसूची-३ बमोजिमको कबुलियतनामा गर्नुपर्नेछ।
१८. बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउनेः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवधिभर कुनै सैनिक बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैनः–
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(ग) तल्लो पदमा घटुवा भएकोमा सो भएको मितिदेखि एक वर्षसम्म,
(घ) वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराममा (नेकीबदीको कलमी चित्र लेखिने महलमा) बढुवाको लागि अयोग्य भनी लेखिएको र त्यस्तो रायलाई अख्तियारी प्राप्त सैनिक अधिकारीबाट समर्थित गरिएको अवस्थामा सो आर्थिक वर्षसम्म,
(ङ) निजी प्रयासमा अध्ययन वा तालिमको लागि विदामा बसेकोमा सो अवधिभर,
(च) कुनै कसूरको सम्बन्धमा कोर्ट अफ इन्क्वायरीमा विचारणधि रहेकोमा सो अवधिभर,
(छ) कुनै कसूरको छानबिनको क्रममा रहेको अवस्थामा सो छानबिन समाप्त नभएसम्म,
(ज) कुनै कसूरको सम्बन्धमा अदालतमा मुद्दा दायर भएकोमा अदालतबाट सफाई नपाएसम्म,
(झ) कुनै कसूरमा अदालतबाट सजाय भएकोमा सो सजाय भुक्तान नगरेसम्म।
(२) देहायको अवस्थामा कुनैसैनिक बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्दैनः–
(क) आर्थिक अनियमितता, भ्रष्टाचार वा बहुविवाहको कसूरमा अदालतबाट कसूरदार ठहर भएमा,
(ख) मानव अधिकार वा मानवीय कानूनको उल्लङ्घित हुने कार्य गरेको भनी अदालतबाट ठहर भएमा,
(ग) स्वास्थ्य वर्गीकरण एमडिडआईसीएसओएस–जी दुई भन्दा बढी भएमा।
(३) उपनियम (२) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सैनिकलाई तालिम वा आफ्नो पदीय कर्तव्य पालना गर्दागर्दैको अवस्थामा कुनै शारीरिक चोटपटक लागेमा र निजको स्वास्थ्य परीक्षण गराउँदा चोटपटक लागेको अङ्ग बाहेक निज शारीरिक तथा मानसिक रूपमा स्वस्थ रही आफ्नो पद अनुरूपको कार्य तथा सम्बन्धित तालिम गर्न सक्षम देखी मेडिकल बोर्डले निजलाई स्वास्थ्य वर्गीकरण एमडिडआईसीएसओएस-जी एक प्रदान गरेमा त्यस्तो सैनिक बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्नेछ।
१९. स्थानीय, मानार्थ तथा विशेष बढुवा: स्थानीय, मानार्थ तथा विशेष बढुवा सम्बन्धी व्यवस्था सैनिक नियमावली बमोजिम हुनेछ।
२०. कार्यवाहक बढुवा: (१) बढुवाको लागि सम्भाव्य उम्मेदवार भएका र अधिकृत पदमा देहाय बमोजिमको सेवा अवधि पूरा गरेका सेनानीदेखि सहायक रथीसम्मका अधिकृतलाई एक तह माथिको पद रिक्त रहेको अवस्थामा बढुवा समितिको सिफारिसमा आवश्यकता अनुसार नियम १४ बमोजिमको अधिकारीले कार्यवाहक बढुवा गर्न सक्नेछः–
(२) उपनियम (१) बमोजिम बढुवा गर्दा ज्येष्ठतालाई प्राथमिकता दिइनेछ।
(३) उपनियम (१) बमोजिम कार्यवाहक बढुवा भएका अधिकृतले कार्यवाहक पाएको पदको तलब र दजुयानी चिन्ह लगाउन पाउनेछ। तर सो कार्यवाहक अवधि पदावधिमा गणना हुने छैन।
(४) कार्यवाहक बढुवा हुने अधिकृतले कार्यवाहक अवधिको तलब वृद्धि (ग्रेड) पाउने छैन।
परिच्छेद–४ विविध
२१. ग्यारिटिज़ समूह सम्बन्धी: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ग्यारिटिज़ समूहको पदमा नेपाली सेनाको जुनसुकै सेवाको पदबाट निवृत्तभरण वा उपदान पाउने गरी अवकाश प्राप्त गरेका भूतपूर्व सैनिकलाई अवकाश प्राप्त गरेको समानस्तरको पदमा नियुक्त गरी पदपूर्ति गर्न सकिनेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतबाट कसूरदार ठहरी नेपाली सेनाको सेवाबाट हटाइएको वा बर्खास्त गरिएको व्यक्तिलाई ग्यार्रिजन समूहमा नियुक्ति गरिने छैन ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) बमोजिम ग्यार्रिजन समूहको रिक्त पदमा नियुक्तिको लागि योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्ने जङ्गी अड्डाले छनोट समिति गठन गर्नेछ ।
(४) उपनियम (३) बमोजिमको छनोट समितिले सिफारिस गरेको उम्मेदवारलाई अधिकृतको हकमा मन्त्रालय र अन्य पदको हकमा कार्यकारीले नियुक्ति गर्नेछ ।
(५) ग्यार्रिजन समूहमा नियुक्ति हुन देहायको पदमा देहायको उमेर ननाघेको हुनु पर्नेछः–
(क) महासेनानी - पचपन्न वर्ष (ख) प्रमुख सेनानी - चौवन्न वर्ष (ग) सेनानी - त्रिपन्न वर्ष (घ) सहसेनानी - बाउन्न वर्ष (ङ) उपसेनानी - एकाउन्न वर्ष (च) सहायक सेनानी - पचास वर्ष (छ) सुबेदार - पचास वर्ष (ज) जमदार - उनपचास वर्ष (झ) हुद्दा - अठ्चालीस वर्ष (ञ) अमल्दार - सतालीस वर्ष (ट) प्युठ - छयालीस वर्ष (ठ) सिपाही - पैतालीस वर्ष (ड) फलोअर्स - त्रिपन्न वर्ष
(६) जङ्गी अड्डाले आवश्यकता अनुसार अन्य सेवाका सैनिकलाई निश्चित समयका लागि ग्याररिजन समूहमा काजमा खटाउन सक्नेछ।
(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ग्याररिजन समूहको बढुवा, बढुवाको लागि उम्मेदवार हुन आवश्यक पर्ने न्यूनतम सेवा अवधि र तालिम नेपाली सेनाको साधारण सेवाको समान तहको सैनिक सरह र अधिकृतको उमेरको हद तथा पदावधि ऐनको अनुसूची-३ को प्रावधानिक तर्फको समान तहको अधिकृत सरह हुनेछ।
(८) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि पुठ, अमल्दार, हुद्दा, जमदार र सुबेदार पदमा बढुवाको लागि उम्मेदवार हुन आवश्यक पर्ने सेवा अवधि सिपाही पदमा क्रमशः: दुई, चार, सात, नौ र एघार वर्ष पुगेको र उमेरको हद अधिकृत बाहेक फलोअर्स र प्रमुख सुबेदारको हकमा पचपन्न वर्ष र अन्यको हकमा चौवन वर्ष हुनेछ।
(९) ग्याररिजन समूहको पदपूर्ति सम्बन्धी अन्य व्यवस्था नेपाली सेनाले तोके बमोजिम हुनेछ।
(१०) ग्याररिजन समूहमा नियुक्त भएको व्यक्तिले नियुक्ति हुनु पूर्व नेपाली सेनामा रही सेवा गरेको अवधि समेत निवृत्तभरण प्रयोजनको लागि निजको सेवा अवधिमा गणना गरिनेछ।
(११) ग्याररिजन समूहमा नियुक्त भई निवृत्तभरण पाउने सैनिक व्यक्तिले पहिले सेवाबाट अवकाश हुँदा औषधि उपचार बापतको रकम नलिएको भए औषधि उपचार बापतको पूरा रकम पाउनेछ। औषधि उपचार बापतको रकम लिएको भए पहिला लिएको रकम कट्टा गरी बाँकी हुन आउने रकम मात्र पाउनेछ।
(१२) नेपाली सेनाको कुनै पदमा उपदान लिएको व्यक्ति ग्याररिजन समूहमा नियुक्त भएमा निजले पहिला लिएको उपदान बापतको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको सेवा अवधि यस नियम बमोजिमको हालको पदमा गणना गरिनेछ।
(१३) ग्याररिजन समूहमा नियुक्त भएको सैनिकले पछि गरेको सेवा अवधिमा अघि गरेको सेवा अवधि जोड्दा निवृत्तभरण पाउने अवधि पुग्ने रहेछ भने निवृत्तभरण पाउनेछ।
(१४) निवृत्तभरण पाउने गरी सेवा निवृत्त सैनिक व्यक्ति ग्याररिजन समूहको कुनै पदमा नियुक्त भएमा सो पदमा रहे समय निवृत्तभरण पाउने छैन।
२२. सरुवा नगर्नेः सैनिक विविध सेवाको कुनै समूहको सैनिकलाई अर्को सेवा वा समूहको कुनै पदमा सरुवा गरिने छैन ।
२३. समूहीकृत हुनेः (१) यो नियमावली प्रारम्भ हुँदाका बखत जङ्गी असबाब खाजा, पालघर शाखा तथा नेपाली सेनाका अन्य निकायमा कार्यरत बन्दोबस्ती कार्य गर्ने सिपाही र हुद्दा बन्दोबस्ती कार्य समूहको समान पदमा स्वतः समूहीकृत हुनेछन् ।
(२) यो नियमावली प्रारम्भ हुनु अघि सैनिक साधारण सेवाबाट सरुवा वा बढुवा भई विकास निर्माण समूह अन्तर्गतको काम गर्ने नेपाली सेनाको विकास निर्माण महाशाखा र सो अन्तर्गत कार्यरत सैनिक व्यक्ति यो नियमावली लागू भएपछि स्वतः सैनिक साधारण सेवाको समान पदमा समूहीकृत हुनेछन् ।
२४. सैनिक नियमावली बमोजिम हुनेः यस नियमावलीमा लेखिएको कुरामा यसै नियमावली बमोजिम र अन्य कुराको हकमा सैनिक नियमावली बमोजिम हुनेछ ।
२५. खारेजी तथा बचाउः (१) देहायका नियमहरु खारेज गरिएका छन्ः–
(क) ग्यार्रिजन गर्ने खडा गर्ने नियमहरु, २०३१,
(ख) नेपाली सेना, लेखा समूह (गठन, नियुक्ति र बढुवा) नियमावली, २०५७ ।
(२) उपनियम (१) मा उल्लिखित नियमहरु बमोजिम भए गरेको काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
अनुसूची–१ (नियम ६ सँग सम्बन्धित)
सैनिक विविध सेवाको विभिन्न पदको खुल्ला तथा आन्तरिक प्रतियोगितामा उम्मेदवार हुनुको लागि आवश्यक पर्ने योग्यता
१. सैनिक विविध सेवाको विभिन्न पदको खुल्ला तथा आन्तरिक प्रतियोगितामा उम्मेदवार हुनुको लागि आवश्यक पर्ने योग्यता देहाय बमोजिम रहेको छः–
(क) नेपाली नागरिक,
(ख) उपसेनानी पदको लागि आवेदन दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष उमेर पूरा भई पुरुषको हकमा उन्तीस वर्ष र महिलाको हकमा तीस वर्ष ननाघेको र अन्य पदको लागि अठार वर्ष पूरा भई पच्चीस वर्ष ननाघेको,
तर, (१) नेपाली सेनामा कार्यरत योग्यता पुगेका सैनिक व्यक्तिले पैंतीस वर्ष उमेर पूरा नभएसम्म बढीमा तीन पटक आवेदन दिन सक्नेछ। (२) बन्दोबस्ती कार्य समूहको सिपाही पदको लागि आवेदन दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष उमेर पूरा भई छब्बीस वर्ष ननाघेको हुनु पर्नेछ।
(ग) पुरुषको हकमा उचाई कम्तीमा ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च र फुलाउँदा ३४ इन्च, वजन ५० के.जी. (११० पौण्ड) भएको र महिलाको हकमा उचाई कम्तीमा ५ फिट र वजन ४० के.जी. (८८ पौण्ड) भएको,
(घ) बडी मास ईन्डेक्स (बी.एम.आई) योग्य र स्वास्थ्य वर्गीकरण एमइन्डिआईन्सिओए-जी दुई वा सो भन्दा कम हुनु पर्ने,
(ङ) आँखा $\pm$ दुई भन्दा बढी कमजोर नभएको,
(च) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,
(छ) तत्काल कुनै राजनीतिक दलको सदस्य नरहेको,
(ज) कुनै आपराधिक गतिविधिमा संलग्न नभएको वा नरहेको,
(झ) कुनै विध्वंसनात्मक उद्देश्य भएको संस्थाको सदस्य नभएको वा नरहेको,
(ञ) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको,
(ट) मानव अधिकार र मानवीय कानूनको उल्लंघनमा सजाय नपाएको,
(ठ) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको।
२. सैनिक विविध सेवाको आन्तरिक प्रतियोगिताद्वारा बढुवा हुनुपर्दको लागि देहाय बमोजिमको थप योग्यता पूरा गरेको हुनु पर्नेछः–
(क) बडी मास ईन्डेक्स (बी.एम.आई) योग्य र स्वास्थ्य वर्गीकरण एमइडीआईसीएसओ–जी दुई वा सो भन्दा कम हुनु पर्ने,
(ख) शारीरिक तन्दुरुस्ती परीक्षा (बि.एफ.वट.) उत्तीर्ण गरेको,
(ग) युनिटपतिको सिफारिस भएको।
अनुसूची–२ (नियम १३ को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित)
बढुवाको लागि आवश्यक तालिम
सैनिक विविध सेवामा बढुवा हुन देहाय बमोजिमको तालिम पूरा गरेको हुनु पर्नेछः–
(१) पुजारी समूहः
(२) सैनिक कर्मचारी समूहः
(३) लेखा समूहः
(४) बन्दोबस्ती कार्य समूहः
अनुसूची–३ (नियम १७ को उपनियम (३) सँग सम्बन्धित)
कबुलियतनामा
............................. को सूचना वा पत्र बमोजिम ........................ पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार रहेका कुनै पनि उम्मेदवार मेरो नाताको नातेदार पर्दैन। बढुवा समितिको काम कारबाही गर्दा मैले प्रचलित कानूनको अधीनमा रही गर्नेछु भनी यो कबुलियतनामा गर्दछु।
कबुलियत गर्नेको,— नामः दस्तखतः पदः मितिः
(क) महिला – बीस प्रतिशत (ख) आदिवासी/जनजाती – बत्तीस प्रतिशत (ग) मधेसी – अठ्ठाईस प्रतिशत (घ) दलित – पञ्च प्रतिशत (ङ) पछडिएको क्षेत्र – पाँच प्रतिशत तर त्यसरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेसम्मको लागि सम्पूर्ण महिला, आदिवासी/जनजाति, मधेसी र दलितलाई आर्थिक तथा सामाजिक रुपमा पछाडि परेको मानिनेछ।