सैनिक हवाई सेवा नियमावली, २०७४
नेपाल राजपत्रमा प्रकाशित मिति २०७४।११।१४
संशोधन सैनिक हवाई सेवा (पहिलो संशोधन) नियमावली, २०७६ २०७६।१०।२०
सैनिक ऐन, २०६३ को दफा १४३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “सैनिक हवाई सेवा नियमावली, २०७४” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले सैनिक ऐन, २०६३ सम्झनु पर्छ। (ख) “पदपूर्ति समिति” भन्नाले नियम ७ बमोजिमको पदपूर्ति समिति सम्झनु पर्छ। (ग) “बढुवा समिति” भन्नाले नियम १७ बमोजिमको बढुवा समिति सम्झनु पर्छ। (घ) “मन्त्रालय” भन्नाले नेपाल सरकारको रक्षा मन्त्रालय सम्झनु पर्छ। (ङ) “सैनिक नियमावली” भन्नाले सैनिक सेवा नियमावली, २०६९ सम्झनु पर्छ। (च) “सैनिक हवाई सेवा” भन्नाले नियम ३ बमोजिमको समूह वा उपसमूहमा आबद्ध सैनिक व्यक्तिहरु रहेको सेवा सम्झनु पर्छ।
परिच्छेद–२ सैनिक हवाई सेवाको पदपूर्ति तथा नियुक्ति
३. सैनिक हवाई सेवाः (१) सैनिक नियमावली बमोजिमको एक सैनिक हवाई सेवा रहनेछ।
(२) सैनिक हवाई सेवामा देहाय बमोजिमका समूह रहनेछन्:–
(क) पाइलट समूह, (ख) हवाई सम्भार समूह, (ग) अन्य हवाई समूह।
(३) उपनियम (२) को खण्ड (ग) बमोजिमको अन्य हवाई समूह अन्तर्गत देहायका उपसमूह रहनेछन्:–
(क) ग्राउण्ड ह्याण्डलिङ्ग उपसमूह, (ख) एएनएसी बन्दोबस्ती तथा प्राप्ति उपसमूह, (ग) डिस्प्याचर उपसमूह, (घ) एयर ट्राफिक कन्ट्रोलर उपसमूह।
४. सैनिक हवाई सेवामा रहने पद: सैनिक हवाई सेवाका देहायका समूहमा देहाय बमोजिमका पद रहनेछन्:–
११. उपरथी –
५. सैनिक हवाई सेवाको पदपूर्ति: (१) सैनिक हवाई सेवामा रहने देहायका पदहरु देहाय बमोजिम पूर्ति गरिनेछः–
(क) पाइलट समूहः
(ख) हवाई सम्भार समूहः
६. सहसेनानी – १००% – ७. सेनानी – १००% – ८. प्रमुख सेनानी – १००% – ९. महासेनानी – १००% – १०. सहायक रथी – १००% –
(ग) अन्य हवाई समूहः
(२) उपनियम (१) को खण्ड (क) बमोजिमको उपसेनानी पदको आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गरिने पदमा नेपाली सेनाको अधिकृत क्याडेट, सहायक सेनानी वा उपसेनानीमध्येबाट पाइलट तालिम प्राप्त गरेको सैनिक व्यक्ति उम्मेदवार हुन सक्नेछ।
(३) उपनियम (१) को खण्ड (ख) र (ग) बमोजिमको अमल्दार पदको आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गरिने पदमा सो पदको लागि आवश्यक शैक्षिक योग्यता पुगेका नेपाली सेनाको जुनसुकै सेवा, समूहमा कार्यरत पुठ, सिपाही वा फलोअस उम्मेदवार हुन सक्नेछन् ।
(४) उपनियम (१) को खण्ड (ख) र (ग) बमोजिमको उपसेनानी पदको आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गरिने पदमा सो पदको लागि आवश्यक शैक्षिक योग्यता पुगेका सम्बन्धित समूहको पदिक पदमा दुई वर्ष सेवा अवधि पूरा गरेका सुबेदार उम्मेदवार हुन सक्नेछन् ।
(५) उपनियम (४) बमोजिम आन्तरिक प्रतियोगिताद्वारा बढुवा नियुक्त भएका उपसेनानी भर्ना हुँदाको शैक्षिक योग्यताको आधारमा प्रमुख सेनानीसम्म बढुवा हुन सक्नेछन् ।
(६) सैनिक हवाई सेवाका कुनै समूह वा उपसमूहको सैनिकलाई अर्को समूह वा उपसमूहको पदमा बढुवाद्वारा पदपूर्ति गरिने छैन ।
(७) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये पैंतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी देहाय बमोजिमका उम्मेदवारका बीचमा मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछः–
(क) महिला – बीस प्रतिशत (ख) आदिवासी/जनजाती – बत्तीस प्रतिशत (ग) मधेसी – अठ्ठाईस प्रतिशत (घ) दलित – पन्ध्र प्रतिशत (ङ) पिछडिएको क्षेत्र – पाँच प्रतिशत
स्पष्टीकरणः (१) यस उपनियमको प्रयोजनको लागि “महिला, आदिवासी/जनजाति, मधेसी, दलित” भन्नाले आर्थिक र सामाजिक रुपमा पिछाडि परेका महिला, आदिवासी/जनजाति, मधेसी र दलित सम्झनु पर्छ ।
(२) खण्ड (ङ) को प्रयोजनको लागि “पिछडिएको क्षेत्र” भन्नाले मनाङ, मुस्ताङ, अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनु पर्छ।
(३) खण्ड (ख), (ग) वा (घ) बमोजिम उम्मेदवार हुने व्यक्तिले कुनै एक खण्डको समूहको उम्मेदवारको रुपमा मात्र प्रतिस्पर्धा गर्न सक्नेछ।
(४) यस उपनियम बमोजिम पदपूर्ति गर्ने प्रयोजनका लागि आर्थिक र सामाजिक रुपमा पिछड परेका महिला, आदिवासी/जनजाती, मधेसी र दलित समूहको विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ।
तर त्यसरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नतोकेसम्मको लागि सम्पूर्ण महिला, आदिवासी/जनजाती, मधेसी र दलितलाई आर्थिक तथा सामाजिक रुपमा पिछड परेको मानिनेछ।
(५) यस उपनियम बमोजिम छुट्याइएका पदको लागि दरखास्त दिँदा देहायका कागजात संलग्न गरेको हुनु पर्नेछः–
(क) आदिवासी/जनजातिको लागि नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट आदिवासी/जनजाति भनी प्रमाणित भएको,
तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ।
(ख) दलितको लागि राष्ट्रिय दलित आयोगबाट दलित भनी प्रमाणित भएको,
तर राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ।
(ग) मधेसीको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको,
तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नुपर्नेछ।
(घ) पिछडिएको क्षेत्रका लागि स्पष्टीकरणको खण्ड (२) मा उल्लेख भएका जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरिएको नागरिकताको प्रमाणपत्र र सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट हाल सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गरेको।
(८) उपनियम (७) बमोजिम प्रतिशत निर्धारण गर्दा एक प्रतिशत भन्दा कम घताङ्क (फ्र्याक्सि) आएमा त्यस्तो घताङ्क जुन समूहको हकमा आएको हो सो भन्दा लगत्तै पछिल्लो समूहमा सदै जानेछ।
(९) उपनियम (७) बमोजिम समावेशी तर्फ छुट्याइएको पदमा जुन वर्षको लागि विज्ञापन गरिएको हो सो वर्ष हुने विज्ञापनमा उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा वा आवश्यक संख्यामा उम्मेदवार उत्तीर्ण हुन नसकी पदपूर्ति हुन नसकेमा त्यस्तो पद सो वर्षको सोही विज्ञापनमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमा समावेश गरी उम्मेदवारको छनौट गर्नु पर्नेछ।
६. योग्यताः सैनिक हवाई सेवामा रहने पदको खुल्ला तथा आन्तरिक प्रतियोगितामा उम्मेदवार हुन आवश्यक पर्ने योग्यता अनुसूची-१ मा उल्लेख भए बमोजिम हुनेछ।
७. पदपूर्ति समितिः सैनिक हवाई सेवाका देहायका पदमा खुल्ला तथा आन्तरिक प्रतियोगिताबाट उम्मेदवार छनौट गरी नियुतिका लागि सिफारिस गर्न देहाय बमोजिमको पदपूर्ति समिति रहनेछः-
(क) उपसेनानी पदको लागिः-
(१) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको
सदस्य - अध्यक्ष (२) मन्त्रालयको सचिव - सदस्य (३) कार्यर्थी - सदस्य (४) प्रधान सेनापतिले तोकेको सहायक रथी वा महासेनानी - सदस्य (५) निर्देशक, भर्ना छनौट निर्देशनालय - सदस्य-सचिव
(ख) जमदार तथा अमिल्दारपदको लागि:- (१) निर्देशक, भर्ना छनौट निर्देशनालय - अध्यक्ष (२) प्रतिनिधि (अधिकृत) लोक सेवा आयोग - सदस्य (३) प्रतिनिधि (अधिकृत), मन्त्रालय - सदस्य (४) सम्बन्धित सेवा, समूह वा उपसमूहको अधिकृत प्रतिनिधि - सदस्य (५) अधिकृत, भर्ना छनौट निर्देशनालय - सदस्य-सचिव
८. परीक्षाको किसिमः (१) सैनिक हवाई सेवामा रिक्त रहेका पदमा पदपूर्तिका लागि उम्मेदवारको छनौट गर्न देहाय बमोजिमको परीक्षा लिनु पर्नेछः- (क) भयरिङ्ग परीक्षा, (ख) बि.एम.आई. र प्रारम्भिक स्वास्थ्य परीक्षण, (ग) शारीरिक परीक्षा, (घ) लिखित परीक्षा, (ङ) प्रयोगात्मक परीक्षा, (च) विस्तृत स्वास्थ्य परीक्षण, (छ) अन्तर्वार्ता।
(२) सैनिक हवाई सेवाको उपसेनानी पदको उम्मेदवारको लागि उपनियम (१) मा उल्लेख भएका परीक्षाका अतिरिक्त गुणमापक परीक्षा (आइ.ओ, टि.ओ., जि.टि.ओ र बोर्ड कन्फ्रेन्स) समेत लिनु पर्नेछ।
(३) सैनिक हवाई सेवाको रिक्त पदमा स्थायी पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ।
९. शैक्षिक योग्यता र अनुभवः (१) सैनिक हवाई सेवाका पदमा खुल्ला तथा आन्तरिक प्रतियोगिताको लागि उम्मेदवार हुन आवश्यक पर्ने शैक्षिक योग्यता तथा अनुभव देहाय बमोजिम हुनेछः-
(क) पाइलट समूहः-
| पद | न्यूनतम शैक्षिक योग्यता | | :--- | :--- | :--- | | | खुल्ला प्रतियोगिता | आन्तरिक प्रतियोगिता | | उपसेनानी | भौतिक विज्ञानमा दश जोड दुई वा सो सरह उत्तीर्ण गरी इन्टरनेशनल सिभिल एभिएशन अर्गनाइजेसन (आई.सी.ए.ओ.) ले मान्यता दिएको संस्थाबाट लाइसेन्स प्राप्त गरेको र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज वा हेलिकप्टरको कमर्सियल पाइलट लाइसेन्स परीक्षा उत्तीर्ण गरेको। | भौतिक विज्ञानमा दश जोड दुई वा सो सरह उत्तीर्ण गरी नेपाली सेनाबाट पाइलट तालिम प्राप्त भएको। |
(ख) हवाई सम्भार समूहः-
(ग) अन्य हवाई समूहः-
(१) अमल्दार र जमदार पदको लागि,-
(२) उपसेनानी पदको लागि,-
(२) उपनियम (१) को खण्ड (ग) बमोजिमको अमल्दार र जमदार पदका लागि सो खण्डमा उल्लिखित न्यूनतम शैक्षिक योग्यताको अतिरिक्त मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा तीन महिनाको कम्प्युटर आधार तालिम उत्तीर्ण गरेको हुनु पर्नेछ।
१०. नियुक्ति गर्ने अधिकारीः पदपूर्ति समितिको सिफारिसमा सैनिक हवाई सेवाको उपसेनानी पदमा मन्त्रालयले र जमदार तथा अमल्दारपदमा कार्यदर्शीले नियुक्ति गर्नेछ।
११. उमेरको हदः सैनिक हवाई सेवाका देहायको पदमा कार्यरत अधिकृतको उमेरको हद ऐनको अनुसूची–३ को प्राविधिक तर्फको समान तहको अधिकृत सरह र देहायको पदमा कार्यरत सैनिकको उमेरको हद देहाय बमोजिम हुनेछः-
(क) अमल्दार उन्नाइस वर्ष (ख) हुद्दा पचास वर्ष (ग) जमदार एकाउन्न वर्ष (घ) सुबेदार बाउन्न वर्ष
१२. पदावधिः सैनिक हवाई सेवाका प्रमुख सेनानी देखि उपरथी सम्मका अधिकृतको पदावधि ऐनको अनुसूची–४ मा उल्लेख भएको प्राविधिक तर्फको अधिकृत सरह हुनेछ।
परिच्छेद–३ बढुवा
१३. बढुवा हुन चाहिने न्यूनतम योग्यताः (१) सैनिक हवाई सेवाको पदमा बढुवा हुनुको लागि देहाय बमोजिमको योग्यता पूरा गरेको हुनु पर्नेछः–
(क) अनुसूची-२ बमोजिमको तालिम पूरा भएको, (ख) कार्यसम्पादन मूल्याङ्कनमा योग्य देखिएको, (ग) नियम ९ बमोजिमको शैक्षिक योग्यता भएको,
तर, यो नियम प्रारम्भ हुनु अघि सेवा प्रवेश गरी कार्यरत पाइलट समूहका अधिकृतहरूको हकमा भौतिक विज्ञान वा अन्य विषयमा दस जोड दुई वर्ष वा सो सरह उत्तीर्ण गरेको भए तापनि यस नियमावली बमोजिम बढुवा गर्दा बाधा पर्ने छैन। त्यसै गरी यो नियम प्रारम्भ हुनु अघि खुला प्रतियोगिताद्वारा सेवा प्रवेश गरी कार्यरत हवाई सम्भार समूहका अधिकृतहरूको हकमा आइ.एस.सी. वा आइ.इ. उत्तीर्ण गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट एयरक्राफ्ट मेन्टेनेन्स बेसिक लाइसेन्स प्राप्त गरेका अधिकृतहरूलाई आवश्यक शैक्षिक योग्यता नभए तापनि प्रमुख सेनानीसम्म भन्ना हुँदाको शैक्षिक योग्यताका आधारमा बढुवा गर्दा बाधा पर्ने छैन।
पहिलो संशोधनद्वारा रप।
(घ) नियम १५ बमोजिमको न्यूनतम सेवा अवधि पूरा भएको,
(ङ) शारीरिक तन्दुरुस्ती परीक्षा (बि.एफ.टी) उत्तीर्ण गरेको।
तर कुनै सैनिक कर्तव्य पालनाको सिलसिलामा घाइते भई यस खण्ड बमोजिमको परीक्षामा सहभागी हुन नसक्ने भए पनि सैनिक नियमावलीको नियम ३७ बमोजिम स्वास्थ्य वर्गीकरणमा योग्य ठहरिएमा निज यस नियमावली बमोजिम बढुवाको लागि योग्य हुनेछ।
(च) बडी मास ईन्डेक्स (बि.एम.आई.) र स्वास्थ्य वर्गीकरण एमइन्डिआइसिओएस-जी मा दुई वा सो भन्दा कम भएको।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ भएको मितिले दुई वर्षभित्र मिड क्यारिर म्यानेजमेन्ट तालिम वा हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम लिएको सैनिक बढुवाको लागि उम्मेदवार हुन सक्नेछ।
१४. बढुवा गर्ने अधिकारीः बढुवा समितिको सिफारिसमा देहायको पदमा बढुवा गर्ने अधिकार देहायको अधिकारीलाई हुनेछः–
(क) महासेनानी देखि उच्च उपरीसम्म - नेपाल सरकार
(ख) उपसेनानी देखि प्रमुख सेनानीसम्म - प्रधान सेनापति
(ग) सुवेदार - हवाई महानिर्देशनालयका महानिर्देशक
(घ) हुद्दा - सम्बन्धित कार्यालय प्रमुख
१५. बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधिः (१) सैनिक हवाई सेवाका देहायका पदमा बढुवा हुनको लागि देहाय बमोजिमको सेवा अवधि पुगेको र एकतह मुनिको पदमा कार्यरत रहेको हुनु पर्नेछः-
(ग) महासेनानी सत्र वर्ष (घ) प्रमुख सेनानी तेह्र वर्ष (ङ) सेनानी सात वर्ष (च) सहसेनानी दुई वर्ष
(२) सैनिक हवाई सेवाका देहायका पदमा बढुवाको लागि देहाय बमोजिमको सेवा अवधि पुगेको हुनु पर्नेछ:-
बढुवा हुने पद सेवा अवधि (क) सुबेदार नौ वर्ष (ख) हुद्दा दुई वर्ष
(३) उपनियम (२) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि खुल्ला प्रतियोगिताद्वारा जमदार पदमा नियुक्ति भई पाँच वर्ष सेवा अवधि पुगेको व्यक्ति सुबेदार पदमा बढुवाको लागि उम्मेदवार हुन सक्नेछ।
१६. बढुवाको लागि आवश्यक शैक्षिक योग्यताः (१) सैनिक हवाई सेवाका विभिन्न पदमा बढुवाको लागि आवश्यक पर्ने शैक्षिक योग्यता नियम १३ को उपनियम (१) को खण्ड (ग) मा उल्लेख भए बमोजिम हुनेछ।
(२) पाइलट समूहका महासेनानी र सोभन्दा माथिका पदमा बढुवा हुन मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोपाधि प्राप्त गरेको हुनु पर्नेछ।
(३) हवाई सम्भार समूहका महासेनानी र सोभन्दा माथिका पदमा बढुवा हुन मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनु पर्नेछ।
(४) उपनियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका बखत पाईलट समूह र हवाई सम्भार समूहका प्रमुख सेनानी र सोभन्दा माथिको पदमा कार्यरत अधिकृतको हकमा क्रमशः स्नातक र स्नातकोत्तर उपाधि प्राप्त गरेको नभए
तापनि यो नियमावली प्रारम्भ भएको मितिले चार वर्षभित्र माथिल्लो पदमा बढुवा हुन बाधा पर्ने छैन ।
१७. बढुवा समिति: (१) सैनिक हवाई सेवाको पदमा गरिने बढुवाको लागि सिफारिस गर्न देहाय बमोजिमको बढुवा समिति रहनेछः-
(क) उपरी पदका लागि,– (१) प्रधान सेनापतिले तोकेको रथी - अध्यक्ष (२) प्रधान सेनापतिले तोकेको विभागीय प्रमुख, उपरी - सदस्य (३) प्रधान सेनापतिले तोकेको उपरी - सदस्य (४) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको उपरी - सदस्य (५) कार्यकारी - सदस्य-सचिव
(ख) महासेनानी र सहायक रथी पदका लागि,– (१) प्रधान सेनापतिले तोकेको रथी - अध्यक्ष (२) कार्यकारी - सदस्य (३) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको उपरी - सदस्य (४) महानिदेशक, सैनिक हवाई महानिदेशनालय - सदस्य (५) सैनिक सचिव - सदस्य-सचिव
(ग) उपसेनानी देखि प्रमुख सेनानीसम्मको पदका लागि,– (१) प्रधान सेनापतिले तोकेको रथी - अध्यक्ष (२) कार्यकारी - सदस्य (३) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको सहायक रथी - सदस्य (४) प्रधान सेनापतिले तोकेको स्टाफमा रहेको सहायक रथी - सदस्य
(५) प्रधान सेनापतिले तोकेको सम्बन्धित सेवा समूह वा उपसमूहको सहायक रथी - सदस्य
(६) सैनिक सचिव - सदस्य-सचिव
(घ) सुवेदार पदका लागि,–
(१) सम्बन्धित कर्मचारी कार्यरत निकायको महानिर्देशक वा प्रमुखले तोकेको वरिष्ठ अधिकृत - अध्यक्ष
(२) महानिर्देशनालय, एयर वेस, तालिम केन्द्र, भि.मि.आई.एच.पी. उडान सेवा वा मर्मत तथा सम्भार सेवाको महानिर्देशक वा प्रमुखले तोकेको अधिकृत वा पदिक दुई जना - सदस्य
(३) बढुवा हुने पदभन्दा एक तह माथिल्लो पदको एक जना - सदस्य
(४) कार्य अधिकृत - सदस्य-सचिव
(ङ) हुद्दा पदका लागि,–
(१) महानिर्देशनालय वा एयर वेस वा तालिम केन्द्र वा भि.मि.आई.एच.पी. उडान सेवा वा मर्मत तथा सम्भार सेवाको महानिर्देशक वा प्रमुखले तोकेको वरिष्ठ अधिकृत - अध्यक्ष
(२) महानिर्देशनालय वा एयर वेस वा तालिम केन्द्र वा भि.मि.आई.एच.पी. उडान सेवा वा मर्मत तथा सम्भार सेवाको महानिर्देशक वा प्रमुखले तोकेको अधिकृत वा पदिक दुई जना - सदस्य
(३) बढुवा हुने पदभन्दा एक तह माथिल्लो पदको एक जना - सदस्य
(४) कार्य पदिक - सदस्य-सचिव
(२) अधिकृतको हकमा सैनिक सचिव विभाग र पदिकको हकमा सम्बन्धित कार्यालयबाट बढुवा हुन नियम १३ बमोजिमको योग्यता पूरा गरेको व्यहोरा लेखी आएपछि बढुवा समितिले यस नियमावलीको अधिनमा रही बढुवा सम्बन्धी कारबाही गर्नेछ।
(३) बढुवा समितिका अध्यक्ष, सदस्य तथा सदस्य-सचिवले बढुवा समितिको सदस्यको रूपमा काम गर्नुअघि अनुसूची-३ बमोजिमको कबुलियतनामा गर्नु पर्नेछ।
१८. बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउनेः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवधिभर कुनै सैनिक बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैनः-
(क) निलम्बित भएकोमा निलम्बित भएको अवधिभर,
(ख) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(ग) तल्लो पदमा घटुवा भएकोमा सो भएको मितिले एक वर्षसम्म,
(घ) वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराममा (नेकिबदीको कलम चित्र लेखिने महलमा) बढुवाको लागि अयोग्य भनी लेखिएको र त्यस्तो रायलाई अख्तियारी प्राप्त सैनिक अधिकारीबाट समर्थन गरिएको अवस्थामा सो आर्थिक वर्षसम्म,
(ङ) निजी प्रयासमा अध्ययन वा तालिमको लागि विदामा बसेकोमा सो अवधिभर,
(च) कुनै कसूरको सम्बन्धमा कोर्ट अफ इन्क्वाइरीमा विचारानधि रहेकोमा सो अवधिभर,
(छ) कुनै कसूरको छानबिनको क्रममा रहेको अवस्थामा सो छानबिन समाप्त नभएसम्म,
(ज) कुनै कसूरको सम्बन्धमा अदालतमा मुद्दा दायर भएकोमा अदालतबाट सफाई नपाएसम्म,
(झ) कुनै कसूरमा अदालतबाट सजाय भएकोमा सो सजाय भुक्तान नगरेसम्म।
(२) देहायको अवस्थामा अधिकृत, पदिक तथा बिल्लादार सैनिक बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैनः-
(क) आर्थिक अनियमितता, भ्रष्टाचार वा बहुविवाहको कसूरमा सजाय पाएमा, (ख) मानव अधिकार वा मानवीय कानूनको उल्लङ्घित हुने कार्य गरेको भनी अदालतबाट ठहर भएमा, (ग) स्वास्थ्य वर्गीकरण एमइडीइएसओएस-जी दुई भन्दा बढी भएमा।
(३) उपनियम (२) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सैनिकलाई तालिम वा आफ्नो पदीय कर्तव्य पालना गर्दाको अवस्थामा कुनै शारीरिक चोटपटक लागेमा र निजको स्वास्थ्य परीक्षण गराउँदा चोटपटक लागेको अङ्ग बाहेक निज शारीरिक तथा मानसिक रूपमा स्वस्थ रही आफ्नो पद अनुरूपको कार्य तथा सम्बन्धित तालिम गर्न सक्षम देखी मेडिकल बोर्डले निजलाई स्वास्थ्य वर्गीकरण एमइडीइएसओएस-जी एक प्रदान गरेमा त्यस्तो सैनिक बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्नेछ।
१९. स्थानीय, मानार्थ तथा विशेष बढुवाः स्थानीय, मानार्थ तथा विशेष बढुवा सम्बन्धी व्यवस्था सैनिक नियमावली बमोजिम हुनेछ।
२०. कार्यवाहक बढुवाः (१) सैनिक हवाई सेवाका बढुवाको लागि सम्भाव्य उम्मेदवार भएका र अधिकृत पदमा देहाय बमोजिमको सेवा अवधि पूरा गरेका सेनानी देखि सहायक रथीसम्मका अधिकृतलाई एक तह मानर्को पद रहिरहेको अवस्थामा बढुवा समितिको सिफारिसमा आवश्यकता अनुसार नियम १४ बमोजिमको अधिकारीले कार्यवाहक बढुवा गर्न सक्नेछः–
प्रमुख सेनानी बाह्र वर्ष
सेनानी छ वर्ष
(२) उपनियम (१) को आधारमा बढुवा गर्दा ज्येष्ठतालाई प्राथमिकता दिनुपर्नेछ ।
(३) उपनियम (१) बमोजिम कार्यवाहक बढुवा भएका अधिकृतले कार्यवाहक पाएको पदको तलब र दज्याथानी चिन्ह लगाउन पाउनेछ। तर सो कार्यवाहक अवधि पदावधिमा गणना हुने छैन।
(४) कार्यवाहक बढुवा हुने अधिकृतले कार्यवाहक अवधिभरको तलब वृद्धी (ग्रेड) पाउने छैन।
परिच्छेद–४ विविध
२१. सरुवा नगर्नेः सैनिक हवाई सेवाको कुनै समूह वा उपसमूहको सैनिकलाई अर्को समूह वा उपसमूहको पदमा सरुवा गरिने छैन।
२२. भत्ताः सैनिक हवाई सेवाको देहायको समूहको अधिकृतले नेपाल सरकारले तोके बमोजिम देहाय बमोजिमको भत्ता पाउन सक्नेछः–
(क) पाइलट समूहको लागिः–
(१) हवाई भत्ता,
(२) वाउन्टी भत्ता,
(३) स्टोल एयर फिल्ड वा हेलिकप्टर हाइ अल्टीच्युड भत्ता,
(४) वायुयान इन्स्ट्रक्टर भत्ता,
(५) जहाज टाइप भत्ता (बढीमा दुई जहाज),
(६) जहाजको कमाण्ड भत्ता,
(७) जलपान तथा खाजा भत्ता।
(ख) हवाई सम्भार समूह तथा अन्य हवाई समूहको लागिः–
(१) हवाई भत्ता, (२) टर्बाइन भत्ता, (३) जहाज टाइप भत्ता (बढीमा दुई वटा जहाज), (४) बायुयान इन्स्ट्रक्टर भत्ता, (५) जलपान तथा खाजा भत्ता, (६) फ्लाइट इन्जिनियरिङ्ग तथा फ्लाइट प्राविधिक भत्ता।
२३. सैनिक सेवा नियमावली बमोजिम हुने: यस नियमावलीमा लेखिएको कुरामा यसै नियमावली बमोजिम र नलेखिएको कुरामा सैनिक नियमावली बमोजिम हुनेछ।
२४. खारेजी तथा बचाउ: (१) देहायका नियमहरु खारेज गरिएका छन्– (क) सैनिक (हवाई परिवहन) नियमावली, २०३०, (ख) सैनिक विमान सम्भार समूह नियमावली, २०४२। (२) उपनियम (१) मा उल्लिखित नियमहरु बमोजिम भए गरेको काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
अनुसूची–१ (नियम ६ सँग सम्बन्धित)
सैनिक हवाई सेवाको विभिन्न पदको खुल्ला तथा आन्तरिक प्रतियोगितामा उम्मेदवार हुनको लागि आवश्यक पर्ने योग्यता
१. सैनिक हवाई सेवाको विभिन्न पदको खुल्ला तथा आन्तरिक प्रतियोगितामा उम्मेदवार हुनको लागि आवश्यक पर्ने योग्यता देहाय बमोजिम रहेको छः–
(क) नेपाली नागरिक,
(ख) उपसेनानी पदको लागि आवेदन दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष उमेर पूरा भई पुरुषको हकमा उन्नतीस वर्ष र महिलाको हकमा तीस वर्ष ननाघेको र जमदार तथा अमल्दार पदको लागि अठार वर्ष उमेर पूरा भई पुरुषको हकमा पच्चीस वर्ष ननाघेको,
तर, (१) नेपाली सेनामा कार्यरत योग्यता पुगेका सैनिकले पैंतीस वर्ष उमेर पूरा नभएसम्म बढीमा तीन पटक आवेदन दिन सक्नेछ। (२) अधिकृत क्याडेट, सहायक सेनानी र उपसेनानी मध्येबाट छनौट गरी पाइलट तालिममा पठाउनु पर्ने भएमा चौबीस वर्ष ननाघेको हुनु पर्नेछ।
(ग) पुरुषको हकमा कम्तीमा उचाई ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च र फुलाउँदा ३४ इन्च, वजन ५० के.जी. (११० पौण्ड) महिलाको हकमा कम्तीमा उचाई ५ फिट, वजन ४० के.जी. (८८ पौण्ड) हुनुपर्ने,
तर पाइलट समूहको महिलाको हकमा कम्तीमा ५ फिट ३ इन्च उचाई हुनु पर्नेछ।
(घ) बि.एम.आई. र स्वास्थ्य परीक्षणबाट योग्य ठहरिएको,
(ङ) आँखा $\pm$ २ भन्दा बढी कमजोर नभएको,
(च) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,
(छ) तत्काल कुनै पनि राजनीतिक दलको सदस्य नभएको वा नरहेको,
(ज) कुनै आपराधिक गतिविधिमा संलग्न नभएको वा नरहेको,
(झ) कुनै विद्ध्वंसात्मक उद्देश्य भएको संघ संस्थाको सदस्य नभएको वा नरहेको,
(ञ) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको,
(ट) मानव अधिकार र मानवीय कानूनको उल्लङ्घित बापत सजाय नपाएको,
(ठ) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको।
२. सैनिक हवाई सेवाको आन्तरिक प्रतियोगिताद्वारा बढुवा हुने पदमा देहाय बमोजिमको थप योग्यता समेत पूरा गरेको हुनु पर्नेछ:–
(क) बी.एम.आई. मा योग्य र स्वास्थ्य वर्गीकरण एमइडीआईसीएसओएस–जी दुई वा सो भन्दा कम भएको,
(ख) शारीरिक तन्दुरुस्ती परीक्षा (बी.एफ.टी.) उत्तीर्ण गरेको,
(ग) युनिटपतिको सिफारिस भएको।
अनुसूची–२ (नियम १३ को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित) बढुवाका लागि आवश्यक पर्ने तालिम
सैनिक हवाई सेवामा बढुवा हुन देहाय बमोजिमको तालिम पूरा गरेको हुनु पर्नेछः–
(१) पाइलट समूहको लागि,–
* पहिलो संशोधनद्वारा झिकिएको। • पहिलो संशोधनद्वारा थप।
६. उपरथी उडान लाइसेन्स नवीकरण गरेको।
(२) हवाई सम्भार समूहको लागि,–
* पहिलो संशोधनद्वारा झिकिएको। * पहिलो संशोधनद्वारा संशोधित।
(३) अन्य हवाई समूहको लागि,–
(क) ग्राउण्ड ह्याण्डलिङ्ग उपसमूहः
(ख) एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहः
आधारभूत स्टोर तालिम। ५. सेनानी एडिभान्स स्टोर तालिम वा एडिभान्स बन्दोबस्ती तालिम वा एडिभान्स मेटेरियल म्यानेजमेन्ट तालिम।
(ग) डिस्प्याचर उपसमूहः
(घ) एयर ट्राफिक कन्ट्रोलर उपसमूहः
अनुसूची–३ (नियम १७ को उपनियम (३) सँग सम्बन्धित)
कबुलीयतनामा
............................. को सूचना वा पत्र बमोजिम ........................ पदमा बढुवाको लागि संभाव्य उम्मेदवार रहेका कुनै पनि उम्मेदवार मेरो नजिकको नातेदार पर्दैन। बढुवा समितिको काम कारवाही गर्दा मैले प्रचलित कानूनको अधीनमा रही गर्नेछु भनी यो कबुलियतनामा गर्दछु।
कबुलीयत गर्नेको,— नामः दस्तखतः पदः मितिः*