स्टाण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) नियमावली, २०७६
नेपाल राजपत्रमा प्रकाशित मिति २०७७।०२।०५
संशोधन
१. स्टाण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) (पहिलो संशोधन) नियमावली, २०७७ $\quad$ २०७७।०९।२७ २. स्टाण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) (दोस्रो संशोधन) नियमावली, २०८२ $\quad$ २०८२।०५।१६
स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “स्टाण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) नियमावली, २०७६” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा, - (क) “अधिकतम खुद्रा बिक्री मूल्य” भन्नाले वस्तुको उत्पादन लागत र त्यस्तो वस्तुमा प्रचलित कानून बमोजिम लाग्ने सम्पूर्ण कर समावेश गरी निर्धारण गरिएको मोहरबन्द प्याकेजमा उल्लेख गरिएको अधिकतम बिक्री मूल्य सम्झनु पर्छ। (ख) “ऐन” भन्नाले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ सम्झनु पर्छ। (ग) “कार्यालय” भन्नाले विभाग मातहतका गुणस्तर तथा नापतौल कार्यालय सम्झनु पर्छ। (घ) “कूल परिमाण” भन्नाले प्याकिङ गर्न प्रयोग भएको वस्तु र त्यस्तो प्याकेजभित्र रहेको वस्तुको जम्मा परिमाण सम्झनु पर्छ।
(ङ) “खुद परिमाण” भन्नाले प्याकेज बाहेक प्याकेजभित्र रहेको वस्तुको जम्मा परिमाण सम्झनु पर्छ।
(च) “खुद्रा बिक्री” भन्नाले खुद्रा बिक्रेताले कुनै मोहरबन्द प्याकेजमा रहेको वस्तु सिधै उपभोक्तालाई बिक्री वा वितरण गर्ने कार्य सम्झनु पर्छ।
(छ) “खुद्रा बिक्रेता” भन्नाले मोहरबन्द प्याकेजमा रहेको वस्तु सिधै उपभोक्तालाई बिक्री गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ।
(ज) “घटी वा बढीको हद” भन्नाले मोहरबन्द प्याकेजभित्र रहेको वस्तुको खुद परिमाणमा यस नियममावली अनुसार स्वीकार गरिएको घटी वा बढी परिमाणको हद सम्झनु पर्छ।
(झ) “टारे तौल” भन्नाले वस्तु बाहेक प्याकेजिङ्ग गर्न प्रयोग भएको प्लास्टिक, सिसा, पीपा, टिन, व्यारल, बाकस, भँडो, थैलो, बोरा वा यस्तै अन्य कुनै वस्तुको तौल सम्झनु पर्छ।
(ञ) “प्याकिङ्गकर्ता” भन्नाले वस्तु बिक्री गर्नु अघि मोहरबन्द प्याकेजमा प्याकिङ्ग गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ।
(ट) “लेवल” भन्नाले वस्तु वा वस्तु राखिएको मोहरबन्द प्याकेज वा भँडोमा लेखिएको, छपिएको, लिपिओ गरिएको, चिन्ह लगाइएको, इम्बोस गरिएको, समावेश गरिएको वा अन्य कुनै किसिमले देखाइएको ट्याग, चिन्ह, तस्वीर वा अन्य कुनै विवरणात्मक वस्तु सम्झनु पर्छ।
(ठ) “ब्याच” भन्नाले एक पटकमा उत्पादन गरी स्टोर गरी राखिएका मोहरबन्द प्याकेजमा रहेका वस्तुको परिमाण सम्झनु पर्छ।
(ड) “विभाग” भन्नाले नेपाल गुणस्तर तथा नापतौल विभाग सम्झनु पर्छ।
(ढ) “स्टाण्डर्ड प्याकेज” भन्नाले नियम ३ मा तोकिए बमोजिमको परिमाणमा वस्तु रहेको मोहरबन्द प्याकेज सम्झनु पर्छ।
परिच्छेद–२
मोहरबन्द प्याकेज सम्बन्धी मापदण्ड
३. स्टाण्डर्ड प्याकेज बनाउनु पर्नेः (१) कुनै वस्तुको उत्पादक वा वितरकले वस्तु बिक्री वितरणको लागि प्याकिङ्ग गर्दा अनुसूची-१ मा उल्लेख गरिएको परिमाण बमोजिम हुने गरी स्टाण्डर्ड प्याकेज बनाउनु पर्नेछ। (२) उपनियम (१) बमोजिम तोकिएको भन्दा फरक परिमाण हुने गरी बनाइएका मोहरबन्द प्याकेज बिक्री, वितरण गर्न पाइने छैन। तर यो नियमावली प्रारम्भ हुँदाका बखत अनुसूची-१ मा उल्लेख गरिएको परिमाण भन्दा फरक हुने गरी बनाइएका मोहरबन्द प्याकेज यो नियमावली प्रारम्भ भएको मितिले छ महिनासम्म बिक्री, वितरण गर्न बाधा पर्ने छैन। *(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एकाई बिक्री मूल्य उल्लेख गरिएको मोहरबन्द प्याकेज स्टाण्डर्ड प्याकेज बाहेकको परिमाणमा बनाउन र बिक्री वितरण गर्न बाधा पर्ने छैन।
४. लेबल नराखी मोहरबन्द प्याकेज तयार गर्न वा बिक्री गर्न नहुनेः कसैले पनि यस नियमावलीमा तोकिए बमोजिमको जानकारी वा घोषणा सहितको लेबल नराखी मोहरबन्द प्याकेज बनाउन, बनाउन लगाउन वा त्यस्तो मोहरबन्द प्याकेज आयात गर्न वा बिक्री, वितरण गर्न हुँदैन।
५. मोहरबन्द प्याकेजको लेबलमा खुलाउनु पर्ने विवरणः (१) प्रत्येक मोहरबन्द प्याकेजको लेबलमा देहाय बमोजिमका विवरण स्पष्ट रूपमा बुझिने गरी खुलाउनु पर्नेछः-
(क) उत्पादकले प्याकिङ्ग गरेको मोहरबन्द प्याकेजको हकमा उत्पादकको नाम र ठेगाना, (ख) वितरक वा प्याकिङ्गकर्ताले प्याकिङ्ग गरेको मोहरबन्द प्याकेजको हकमा वितरक वा प्याकिङ्गकर्ताको नाम र ठेगाना, (ग) आयात गरिएका प्याकेजको हकमा आयातकताको नाम र ठेगाना, (घ) नेपाल बाहिर उत्पादन भएको तर नेपालमा आयात गरी प्याकिङ्ग गरिएको भए आयातकता र प्याकिङ्गकर्ताको नाम र ठेगाना,
(ङ) उत्पादक, आयातक वा वितरकको सम्पर्क ठेगाना, टेलिफोन नम्बर, फ्याक्स वा ई-मेल,
(च) प्याकेजभित्र रहेका वस्तुको नाम र परिमाण तथा एक भन्दा बढी वस्तु रहेको भए प्रत्येक वस्तुको नाम र परिमाण,
(छ) प्याकेजभित्र रहेको वस्तुको खुद परिमाण, एकाइ वा सङ्ख्याको आधारमा बिक्री वितरण हुने वस्तुको हकमा प्याकेजभित्र रहेको वस्तुको जम्मा सङ्ख्या,
(ज) उत्पादन तथा प्याकिङ्ग गरिएको मिति र आयात गरिएको वस्तुको हकमा सम्भव भएसम्म आयात गरिएको वर्ष र महिना,
(झ) अधिकतम खुद्रा बिक्री मूल्य र स्ट्याण्डर्ड प्याकेज बाहेकको मोहरबन्द प्याकेजमा एकाइ बिक्री मूल्य,
(ञ) सम्भव भएसम्म प्याकेजभित्र रहेका वस्तुको आकार-प्रकार,
(ट) वस्तुको सम्बन्धमा दिनुपर्ने अन्य कुनै जानकारी भए सो समेत ।
(२) उपनियम (१) मा जुनसुकै कुरा ले लेखिएको भए तापनि एकै प्रकृतिको मोहरबन्द प्याकेजमा फरक फरक जानकारी वा घोषणा राख्न वा छुट्टै स्टिकर टाँस्न हुँदैन।
तर प्याकेजको खुद्रा बिक्री मूल्यमा परिवर्तन भई मूल्यमा घटबढ भएमा पहिलेको अधिकतम खुद्रा बिक्री मूल्य समेत देखिने गरी घटेको वा बढेको अधिकतम खुद्रा बिक्री मूल्यको छुट्टै स्टिकर टाँस्न सकिनेछ।
(३) कुनै वस्तुको प्याकेजमा त्यस्तो वस्तुको उपयोगसँग सम्बन्धित अन्य सहायक वस्तु पनि समावेश भएको रहेछ भने त्यस्ता सहायक वस्तुको जानकारी मुख्य प्याकेजमा उल्लेख गर्नु पर्नेछ।
तर मुख्य प्याकेजभित्र रहेका सहायक वस्तु स्पेयर पार्टसको रूपमा बिक्री गरिने हो भने त्यस्तो प्रत्येक सहायक वस्तुको विवरण समेत त्यस्ता वस्तुको मोहरबन्द प्याकेजमा उल्लेख गर्नु पर्नेछ।
(४) कुनै प्याकिङ्ग सामग्रीमा लगाइएको स्टिकर, छाप वा उल्लेख गरिएको विवरणमा यस नियमावली बमोजिम कुनै संशोधन गर्न वा सच्याउन परेमा यो नियमावली प्रारम्भ भएको मितिले छ महिनाभित्र सम्बन्धित उत्पादक वा प्याकिङ्गकर्ताले त्यस्तो स्टिकर, छाप वा विवरण संशोधन गर्नु वा सच्याउनु पर्नेछ।
(५) उपनियम (४) मा जुनसुकै कुराले उल्लेख गरिएको भएतापनि सम्बन्धित उत्पादक वा प्याकिङ्गकर्ताले मनासिब कारणसहित त्यस्तो स्टिकर, छाप वा विवरण सच्याउने अवधि थप गरिदिनको लागि निवेदन दिएमा विभागले औचित्यको आधारमा छ महिनासम्मको अवधि थप गरिदिन सक्नेछ।
(६) यस नियममा उल्लेख भएदेखि बाहेक प्रचलित कानून विपरीत नहुने गरी अन्य कुनै जानकारी उल्लेख भएका स्टिकर मोहरबन्द प्याकेजमा टाँस्न बाधा पर्ने छैन।
(७) यस नियममा अन्यत्र जुनसुकै कुराले उल्लेख गरेको भएतापनि कुनै मोहरबन्द प्याकेजको लेबलमा खुलाउनु पर्ने जानकारी सम्बन्धमा कुनै प्रचलित कानूनमा विशेष व्यवस्था गरिएकोमा सोही बमोजिम हुनेछ।
६. लेबलको आकार र क्षेत्रफल तथा अक्षर र अङ्कको आकार: (१) कुनै वस्तुको मोहरबन्द प्याकेजको लेबलमा उल्लेख गर्नुपर्ने अङ्कको न्यूनतम उचाई देहाय बमोजिम हुनु पर्नेछः–
(क) वस्तुको खुद परिमाणको मापन तौल वा आयतनमा भए अनुसूची-२ को तालिका (क) बमोजिम,
(ख) वस्तुको खुद परिमाणको मापन लम्बाइ, क्षेत्रफल वा सङ्ख्यामा भए अनुसूची-२ को तालिका (ख) बमोजिम ।
(२) वस्तुको मोहरबन्द प्याकेजको लेबलमा उल्लेख गरिने अक्षरको उचाई न्यूनतम एक मिलिमिटर र अक्षर फुलाएर, ढालेर, काँडेर वा छेडेर लेख्ने भए न्यूनतम दुई मिलिमिटर हुनु पर्नेछ। अङ्ग्रेजी अङ्क "1" र अक्षरहरू 'i' (आई), 'I' (क्यापिटल आई) र 'l' (एल्) बाहेक अन्य अङ्क र अक्षरको चौडाई त्यस्तो अङ्क वा अक्षरको उचाईको कम्तीमा एक तिहाई हुनुपर्नेछ।
(३) पाँच घन सेन्टिमिटर वा सोभन्दा कम आयतन भएको मोहरबन्द प्याकेजमा लेबल राख्नु परेमा कुनै कार्ड वा स्टिकरमा जानकारी उल्लेख गरी नफुस्किने वा नउप्किने गरी प्याकेजमा टाँस्न सकिनेछ।
७. छुट्टै घोषणा वा जानकारी उल्लेख गर्न सकिनेः (१) कुनै वस्तुको मोहरबन्द प्याकेजको लेबलमा नियम ५ मा उल्लेख गरिएभन्दा भिन्न वा छुट्टै घोषणा वा जानकारी उल्लेख गर्नुपर्ने भएमा अनुसूची–२ बमोजिम तोकिएको नापको दोब्बर दायाँ र बायाँ वा तल र माथि ठाउँ खाली राखी नियम ६ बमोजिमको आकारमा त्यस्तो घोषणा वा जानकारी उल्लेख गर्नु पर्नेछ।
(२) पेय पदार्थ प्याकिङ्ग गर्ने पुनः प्रयोग हुने प्रकृतिका बोतलको हकमा अधिकतम खुद्रा बिक्री मूल्य बिको वा बोतल वा दुवैमा लेखिएको हुनु पर्नेछ।
८. घोषणा वा जानकारी उल्लेख गर्ने तरिकाः (१) वस्तुको मोहरबन्द प्याकेजमा नियम ७ बमोजिम छुट्टै घोषणा वा जानकारी उल्लेख गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:–
(क) उल्लेख गरिने घोषणा वा जानकारी स्पष्ट रूपमा बुझिने गरी उल्लेख गर्ने,
(ख) खुद परिमाण र अधिकतम खुद्रा बिक्री मूल्यको अङ्क छाप्दा वा उल्लेख गर्दा लेबलको पृष्ठभूमि भन्दा फरक रङ्ग प्रयोग गर्ने,
तर अङ्क वा अक्षर सिसा वा प्लास्टिकको सतहमा फुलाएर, ढालेर, कुँदेर वा छेदेर लेखिएको भए फरक रङ्ग प्रयोग गर्नु अनिवार्य हुने छैन।
(२) मोहरबन्द प्याकेजमा रहेको तरल पदार्थको माध्यमबाट पढ्ने गरी कुनै घोषणा वा जानकारी प्याकेजमा उल्लेख गर्नु हुँदैन।
(३) कुनै मोहरबन्द प्याकेजलाई बाहिरबाट कुनै बट्टा वा अन्य वस्तुले बेरिएको वा छोपिएको भए त्यस्तो प्याकेजमा उल्लेख गरिएको घोषणा वा जानकारी त्यसरी बाहिरबाट बेरिएको वा छोपिएको प्याकेज वा खोलमा समेत उल्लेख गर्नु पर्नेछ।
तर त्यस्ता प्याकेज वा खोल पारदर्शी भई भित्र लेखिएको घोषणा वा जानकारी सजिलै पढ्न सकिने अवस्था भएमा बाहिरी प्याकेज वा खोलमा उक्त घोषणा वा जानकारी उल्लेख गर्नु अनिवार्य हुने छैन।
९. विवरण, घोषणा वा जानकारीको भाषा: नियम ५ बमोजिम कुनै मोहरबन्द प्याकेजको लेबलमा खुलाउनु पर्ने विवरण तथा नियम ७ बमोजिम उल्लेख गरिने घोषणा वा जानकारी नेपाली वा अङ्ग्रेजी भाषामा सर्वसाधारणले बुझ्ने गरी उल्लेख गर्नु पर्नेछ।
तर नेपाली वा अङ्ग्रेजी सहित अन्य कुनै भाषाको प्रयोग गर्न बाधा पर्नु छैन ।
१०. मोहरबन्द प्याकेजमा परिमाण उल्लेख गर्नुपर्नेः (१) मोहरबन्द प्याकेजको लेबलमा प्याकेजनित्र रहेको वस्तुको खुद परिमाण उल्लेख गर्दा टारे तौल बाहेकको परिमाण उल्लेख गर्नुपर्नेछ ।
(२) मोहरबन्द प्याकेजनित्र रहेको वस्तुको तौल वा नाप कुनै वातावरणीय कारणले समय अनुसार परिवर्तन नहुने वा नगण्य मात्रामा हुने प्रकृतिको भएमा त्यस्ता वस्तुको खुद परिमाण उल्लेख गर्दा "प्याकिङ गर्दा" वा यस्तै अन्य शब्दको प्रयोग गर्नु हुँदैन ।
तर अनुसूची-३ मा उल्लिखित वस्तुको तौल उल्लेख गर्दा "प्याकिङ गर्दा" भन्ने शब्द प्रयोग गर्न सकिनेछ ।
११. मोहरबन्द प्याकेजनित्र रहेको वस्तुको परिमाण उल्लेख गर्ने तरिकाः (१) मोहरबन्द प्याकेजनित्र रहेको वस्तुको परिमाण उल्लेख गर्दा नाप वा तौल, सङ्ख्या वा नाप, तौल वा सङ्ख्याको संयोजन गरी उपभोक्तालाई वस्तुको परिमाणको बारेमा पूर्ण र सही जानकारी प्राप्त हुनसक्ने गरी उपयुक्त एकाइमा उल्लेख गर्नुपर्नेछ ।
(२) अनुसूची-४ मा उल्लेख गरिएका वस्तुको सम्बन्धमा सोही बमोजिम र सो बाहेक अन्य वस्तुको परिमाण उल्लेख गर्दा देहाय बमोजिमको एकाइ प्रयोग गर्नुपर्नेछ:-
(क) ठोस, अर्ध ठोस वा बाक्लो तरल वा ठोस र तरलको मिश्रण भएका वस्तुको लागि तौलको एकाइ,
(ख) लम्बाईको आधारमा खरिद बिक्री हुने वस्तुको लागि लम्बाईको एकाइ,
(ग) क्षेत्रफलको आधारमा खरिद बिक्री हुने वस्तुको लागि क्षेत्रफलको एकाइ,
(घ) आयतनको आधारमा खरिद बिक्री हुने ठोस वा तरल वस्तुको लागि आयतनको एकाइ,
(ङ) सङ्ख्याको आधारमा खरिद बिक्री हुने वस्तुको लागि सङ्ख्याको एकाइ ।
(३) उपनियम (२) को खण्ड (क) अनुसारको एकाइको प्रयोग हुने वस्तुको हकमा सङ्ख्याको एकाइ समेत उल्लेख गर्न सकिनेछ।
(४) वस्तुको परिमाण उल्लेख गर्दा नाप, तौल वा सङ्ख्याको आधारमा मात्र प्याकेजमा रहेको वस्तुको आकार, प्रकार र सङ्ख्या सम्बन्धी पूर्ण जानकारी हुन नसक्ने अवस्था भएमा नाप, तौल वा सङ्ख्या बाहेक आकार, प्रकार र सङ्ख्या समेत उल्लेख गर्नु पर्नेछ।
(५) मोहरबन्द प्याकेजको वस्तुको परिमाण उल्लेख गर्दा कुनै शब्द वा वाक्य प्रयोग गरी परिमाण सम्बन्धी अपूर्ण वा भ्रमपूर्ण जानकारी उल्लेख गर्नु हुँदैन।
१२. नाप वा तौलको एकाइ उल्लेख गर्ने तरिकाः (१) मोहरबन्द प्याकेजको लेबलमा नाप, तौल वा सङ्ख्याको एकाइ देहाय बमोजिम उल्लेख गर्नु पर्नेछः-
(क) एक किलोग्रामभन्दा कम तौलको एकाइ भएमा ग्राममा,
(ख) एक मिटरभन्दा कम लम्बाइको एकाइ भएमा सेन्टिमिटरमा,
(ग) एक वर्ग मिटरभन्दा कम क्षेत्रफलको एकाइ भएमा वर्ग डेसिमिटरमा,
(घ) एक घन मिटरभन्दा कम आयतनको एकाइ भएमा घन सेन्टिमिटरमा,
(ङ) एक लिटरभन्दा कम आयतनको एकाइ भएमा मिलिलिटरमा,
(च) एक किलोग्राम वा सोभन्दा बढी तौलको एकाइ भएमा किलोग्राम र कुनै किलोग्रामको भिन्नलाई दशमलवमा वा ग्राममा,
(छ) एक मिटर वा सो भन्दा बढी लम्बाइको एकाइ भएमा मिटर र कुनै मिटरको भिन्नलाई दशमलवमा,
(ज) एक वर्गमिटर वा सोभन्दा बढी क्षेत्रफलको एकाइ भएमा वर्ग मिटर र कुनै वर्ग मिटरको भिन्नलाई दशमलवमा,
(झ) एक घनमिटर वा सोभन्दा बढी आयतनको एकाइ भएमा घन मिटर र कुनै घन मिटरको भिन्नलाई दशमलवमा,
(ञ) एक लिटर वा सोभन्दा बढी आयतनको एकाइ भएमा लिटर वा कुनै लिटरको भिन्नलाई दशमलवमा।
(२) कुनै वस्तुको परिमाण एक किलोग्राम, एक मिटर, एक वर्गमिटर, एक घन डेसिमिटर, एक लिटर भएमा सुविधा अनुसार क्रमशः ग्राम, सेन्टिमिटर, वर्ग डेसिमिटर, घन सेन्टिमिटर वा मिलिलिटरमा पनि उल्लेख गर्न सकिनेछ।
(३) कुनै मोहरबन्द प्याकेजमा वस्तुको परिमाण उल्लेख गर्दा दर्जन, स्कोर, ग्रस, गेट ग्रस वा त्यस्तै अन्य शब्दको प्रयोग गर्नु हुँदैन।
(४) एकाइको प्रतीक वा चिन्ह प्रयोग गर्दा प्याकेजको लेबलमा खुद परिमाण उल्लेख गर्दा एकाइको अन्तर्राष्ट्रिय प्रणाली (एस.आई.) को प्रयोग र सङ्ख्याको आधारमा बिक्री गरिने वस्तुको सङ्ख्याको लागि अङ्ग्रेजी अक्षर “N” वा “U” वा नेपालीमा “गोटा” भन्ने शब्द प्रयोग गर्नु पर्नेछ।
१२क. एकाइ बिक्री मूल्य उल्लेख गर्ने तरिका : मोहरबन्द प्याकेजको लेबलमा एकाइ बिक्री मूल्य (दशमलव पछि दुई स्थानमा राउण्ड अफ) लाई देहाय बमोजिम उल्लेख गर्नु पर्नेछः-
(क) खुद तौल एक किलोग्राम भन्दा कम भएमा प्रति ग्रामको मूल्य र खुद तौल एक किलोग्राम भन्दा बढी भएमा प्रति किलोग्रामको मूल्य, (ख) खुद लम्बाइ एक मिटर भन्दा कम भएमा प्रति सेन्टिमिटरको मूल्य र खुद लम्बाइ एक मिटर भन्दा बढी भएमा प्रति मिटरको मूल्य, (ग) खुद आयतन एक लिटर भन्दा कम भएमा प्रति मिलिलिटरको मूल्य र खुद आयतन एक लिटर भन्दा बढी भएमा प्रति लिटरको मूल्य, (घ) सङ्ख्यामा भएमा प्रति गोटाको मूल्य।
१३. वस्तुको नाप, तौल, आयाम वा सङ्ख्या घोषणा गर्नुपर्नेः (१) तन्ना, धोती, रूमाल, सिरानीको खोल, टेबलमा राख्ने कपडा वा अन्य त्यस्तै वस्तुको मोहरबन्द प्याकेजको लेबलमा वस्तुको आयाम र सङ्ख्या उल्लेख गर्नु पर्नेछ।
(२) कुनै मोहरबन्द प्याकेजमा एकभन्दा बढी फरक आयामका वस्तु भए प्रत्येकको आयाम र खुद्रा बिक्री मूल्य प्याकेज बाहिर र सम्भव भएसम्म प्रत्येक वस्तुमा समेत उल्लेख गर्नु पर्नेछ।
(३) कुनै वस्तु आयाम र तौल दुबैमा उल्लेख गर्न सकिनेमा त्यस्तो वस्तुको मोहरबन्द प्याकेजमा परिमाण घोषणा गर्दा आयाम र तौल दुबै उल्लेख गर्नु पर्नेछ। (४) कुनै मोहरबन्द प्याकेजमा एल्युमिनियमको पाता, टिस्यू पेपर, ट्वाइलेट पेपर, वाक्स पेपरका पाना वा यस्तै अन्य वस्तु रहेको भए त्यस्ता वस्तुको परिमाण उल्लेख गर्दा सङ्ख्या र आयाम समेत उल्लेख गर्नु पर्नेछ।
१४. कन्टेनरबन्द वस्तुको आयाम र परिमाण उल्लेख गर्नुपर्नेः कुनै वस्तु वा पदार्थ राख्न प्रयोग हुने झोला, बाकस, कप, कराई वा यस्तै अन्य खुद्रा बिक्री गर्ने प्रयोजनका लागि बनाइएका कन्टेनरमा आयाम र परिमाण उल्लेख गर्दा देहाय बमोजिम गर्नु पर्नेछः-
(क) झोला जस्ता वस्तुको मोहरबन्द प्याकेजमा जम्मा झोलाको सङ्ख्या र आयाम समेत उल्लेख गर्नुपर्ने,
(ख) वर्गाकार, आयताकार वा त्यस्तै आकारका कन्टेनरको मोहरबन्द प्याकेजको हकमा कन्टेनरको सङ्ख्याको साथै लम्बाइ, चौडाई र आवश्यकता अनुसार गहिराई समेत उल्लेख गर्नुपर्ने,
(ग) साधारणतया गोलाकार कन्टेनरको मोहरबन्द प्याकेजमा परिमाण उल्लेख गर्दा कन्टेनरको सङ्ख्या, व्यास र आवश्यकता अनुसार गहिराई समेत उल्लेख गर्नुपर्ने।
१५. घटी वा बढीको मात्राको अधिकतम हदः मोहरबन्द प्याकेजमा रहेको वस्तुको परिमाणको मात्रामा घटी वा बढीको अधिकतम हद अनुसूची-५ बमोजिम हुनेछ।
१६. मोहरबन्द प्याकेजको जाँच गर्न सकिनेः (१) निरीक्षकले उत्पादक, आयातकताँ वा प्याकिङ्गकर्ताको गोदाम वा परिसरमा रहेको मोहरबन्द प्याकेजको जुनसुकै बखत जाँच गर्न सक्नेछ। त्यसरी जाँच गर्दा निजले अनुसूची-६ बमोजिमको सङ्ख्यामा नमुना लिई जाँच गर्न, गराउन सक्नेछ। (२) मोहरबन्द प्याकेजमा रहेको वस्तुको जाँचको लागि उपनियम (१) बमोजिम नमुना लिँदा ब्याचको सबै भागको प्रतिनिधित्व हुने गरी तल, माथि, बीच, दायाँ, बायाँ, अगाडि र पछाडि गरी सबै स्थानबाट रेन्डम स्याम्पलिङ्गको आधारमा नमुना लिनु पर्नेछ। (३) उत्पादक, आयातकताँ वा प्याकिङ्गकर्ताले गोदाम वा अन्य कुनै पनि स्थानमा भण्डारण गरी राखेको मोहरबन्द प्याकेजमध्येबाट उपनियम (२) बमोजिम नमुना लिँदा स्टोर गरिएका सबै ब्याचबाट प्रतिनिधित्व हुने गरी नमुना लिनु पर्नेछ।
(४) निरीक्षकले वस्तु प्याकिङ्ग भइरहेको स्थानबाट नमुना लिँदा आवश्यकता अनुसार प्याकिङ्ग भइसकेको प्याकेजमध्येबाट नमुना लिन सक्नेछ।
(५) यस नियम बमोजिम नमुना जाँच गरी सकेपछि सोको विवरण अनुसूची-७ बमोजिमको ढाँचामा फारम भरी उत्पादक वा प्याकिङ्गकर्ता वा आयातककर्ता वा निजले तोकेको प्रतिनिधिको दस्तखत समेत गराउनु पर्नेछ र सोको प्रतिलिपि सम्बन्धित उत्पादक, प्याकिङ्गकर्ता, आयातककर्ता वा निजले तोकेको प्रतिनिधिलाई समेत उपलब्ध गराउनु पर्नेछ।
तर उल्लेखित व्यक्तिमध्ये कोही पनि उपलब्ध नभएमा वा उपलब्ध भए पनि दस्तखत गर्न इन्कार गरेमा सोही व्यहोरा जनाई त्यहाँ उपस्थित कम्तीमा एक जना सक्षम व्यक्तिलाई साक्षीको रूपमा दस्तखत गराई सोको प्रतिवेदन विभागमा दिनु पर्नेछ।
(६) देहायको अवस्थामा बाहेक साधारणतया उत्पादन वा थोक तथा खुद्रा बिक्रीस्थलमा गई प्याकेजभित्र रहेको वस्तुको परिमाणको जाँच गरिने छः-
(क) बिक्री गरिएको मोहरबन्द प्याकेजमा रहेको वस्तुको परिमाण प्याकेज वा लेबलमा उल्लेख गरिएको भन्दा कम रहेको भनी उजुरी परेमा,
(ख) कुनै मोहरबन्द प्याकेजमा कैफियत गरिएको वा मोहरबन्द प्याकेजमा प्वाल पर्न गई त्यसमा रहेको वस्तुको परिमाण कम भएको पर्याप्त आधार र प्रमाण भेटिएमा,
(ग) कुनै मोहरबन्द प्याकेजमा वा लेबलमा रहेको विवरण, घोषणा वा जानकारी यस नियमावली विपरीत भएको शङ्का लागेमा।
१७. वस्तुको खुद परिमाण पत्ता लगाउने विधिः (१) निरीक्षकले कुनै मोहरबन्द प्याकेजको खुद परिमाण जाँच गर्नुअघि सो कार्यमा प्रयोग हुने उपकरण दुरुस्त भएर रहेको यकिन गर्नु पर्नेछ।
(२) मोहरबन्द प्याकेजमा रहेको वस्तुको खुद परिमाणमा भएको घटी वा बढीको हद यकिन गर्दा नियमित रूपमा जाँच गरिएका कार्यकारी स्टाण्डर्ड प्रयोग गर्नु पर्नेछ।
(३) उत्पादक, आयातककर्ता, प्याकिङ्गकर्ता वा थोक बिक्रेताको स्वामित्वमा रहेको कुनै नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र प्रयोग गरी वस्तुको खुद परिमाण जाँच गर्नु पर्ने भएमा त्यस्ता नाप्ने वा तौलने यन्त्रको अधिकतम त्रुटिको हद मोहरबन्द प्याकेजको खुद परिमाणको घटी वा बढीको हदको बीस प्रतिशत वा सोभन्दा कम हुनु पर्नेछ।
(४) उत्पादक वा प्याकिङ्गकर्ताको परिसरमा वस्तुको परिमाण यकिन गर्दा वस्तुको खाली प्याकेज उपलब्ध भएकोमा त्यस्तो खाली प्याकेजको टारे तौल लिनु पर्नेछ। त्यस्तो टारे तौल वस्तुको मोहरबन्द प्याकेजमा रहेको परिमाणको घटी वा बढीको हदको तीस प्रतिशत वा सोभन्दा कम भएमा त्यस्तो प्याकेजको टारे तौल नमुनाको सबै प्याकेजको लागि मान्य हुनेछ। त्यस्तो खाली प्याकेजको तौललाई मोहरबन्द प्याकेजको तौलबाट घटाई वस्तुको खुद तौल पत्ता लगाउनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम टारे तौल गर्दा त्यस्तो तौल वस्तुको परिमाणको घटी वा बढीको हदको तीस प्रतिशतभन्दा बढी भएमा थप चार वटा खाली प्याकेजको टारे तौल गरी सबै प्याकेजको टारे तौल पत्ता लगाउनु पर्नेछ। त्यसरी पाँच वटा प्याकेजको टारे तौलमध्ये सबैभन्दा बढी र सबैभन्दा कम बीचको फरक सम्बन्धित मोहरबन्द प्याकेजनित्र भएको वस्तुको परिमाणको घटी वा बढीको हदको चालीस प्रतिशत वा सोभन्दा कम भएमा त्यस्ता प्याकेजको औसत तौलको आधारमा र वस्तुको परिमाणको घटी वा बढीको हदको चालीस प्रतिशतभन्दा बढी भएमा अनुसूची-६ बमोजिम नमुना लिई सबै नमुना प्याकेज खोली टारे तौल पत्ता लगाई त्यस्तो मोहरबन्द प्याकेजनित्र भएको वस्तुको खुद परिमाण पत्ता लगाउनु पर्नेछ।
(६) तरल पदार्थको परिमाण यकिन गर्ने कुनै ब्याचको सबै प्याकेजमा भरिएको तरल पदार्थको खास गुरुत्व (स्पेसिफिक ग्रेभिटी) पर्याप्त मात्रामा स्थिर रहने प्रकृतिको भएमा उपनियम (३), (४) वा (५) बमोजिम खुद परिमाण पत्ता लगाउनु पर्नेछ।
(७) उपनियम (६) बमोजिम खुद परिमाण पत्ता लगाउन नसकिने भएमा त्यस्तो वस्तु रहेको कन्टेनर खोली उपयुक्त आयतनको नाप प्रयोग गरी सो भित्रको तरल पदार्थको खुद परिमाण पत्ता लगाउनु पर्नेछ।
(८) वस्तुको लम्बाई जाँच गर्दा अनुसूची-६ बमोजिम नमुना लिई प्याकेज नखोली आयामको नाप लिन सकिने भएमा सोही बमोजिम र प्याकेज नखोली नाप लिन नमिल्ने भएमा प्याकेज खोलेर वस्तुको लम्बाई नाप्न तोकिएका यन्त्रको माध्यमबाट नाप लिनु पर्नेछ।
(९) वस्तुको लम्बाई धेरै ठूलो भएको कारणबाट निरीक्षकसँग भएको वास्तविक नाप मापन गर्ने यन्त्रबाट त्यस्तो वस्तुको नाप लिन नसकिने भएमा निरीक्षकले सम्बन्धित उत्पादक वा प्याकिङ्गकर्तासँग भएको वस्तुको वास्तविक नाप लिन सकिने यन्त्रबाट त्यस्तो वस्तुको नाप लिन सक्नेछ।
(१०) सङ्ख्याको आधारमा कारोबार हुने वस्तुको जाँच गर्दा अनुसूची-६ बमोजिम नमुना सङ्कलन गरी प्रत्येक प्याकेज खोली वस्तुको सङ्ख्या गन्ती गरेर खुद परिमाण यकिन गर्नु पर्नेछ।
(११) यस नियम बमोजिम वस्तुको नाप, तौल, परिमाण वा सङ्ख्या जाँच गरेपछि सोको विवरण अनुसूची-७ बमोजिमको फाराममा उल्लेख गर्नु पर्नेछ।
१८. नियमावली विपरीतको कार्य मानिनेः (१) कुनै उत्पादक, आयातकतर्फ वा प्याकिङ्गकर्ताले देहायको कुनै कार्य गरेमा त्यस्तो कार्यलाई यस नियमावली विपरीतको कार्य मानिनेछ :-
(क) नियम १६ बमोजिम नमुनाको रुपमा लिइएका सबै मोहरबन्द प्याकेजमा रहेको वस्तुको औसत परिमाण मोहरबन्द प्याकेज वा लेबलमा घोषणा गरेको खुद परिमाण भन्दा घटी भएमा, (ख) नमुनाको रुपमा लिइएको मोहरबन्द प्याकेजमध्ये कुनै मोहरबन्द प्याकेजमा रहेको वस्तुको परिमाणको त्रुटि अनुसूची-५ मा मान्यता दिएको घटी वा बढीको हदको दोब्बर भन्दा बढी भएमा, (ग) नमुनाको रुपमा लिइएको मोहरबन्द प्याकेजमा रहेको वस्तुको परिमाणको घटी वा बढीको हद मान्यता दिएको घटी वा बढीको हद भन्दा बढी भएका मोहरबन्द प्याकेजको सङ्ख्या अनुसूची-६ बमोजिम छुट दिइएको सङ्ख्या भन्दा बढी भएमा, (घ) अनुसूची-१ बमोजिमको स्टाण्डर्ड प्याकेज नभएमा वा स्टाण्डर्ड प्याकेज बाहेकको मोहरबन्द प्याकेजमा एकाइ बिक्री मूल्य उल्लेख नगरेमा, (ङ) मोहरबन्द प्याकेजको लेबलमा यस नियमावली बमोजिम उल्लेख गर्नु पर्ने विवरण, नाप, तौल र सङ्ख्या सम्बन्धी घोषणा वा जानकारी उल्लेख नगरेमा।
(२) कुनै थोक बिक्रेता वा खुद्रा बिक्रेताले देहायको कुनै कार्य गरेमा त्यस्तो कार्यलाई यस नियमावली विपरीतको कार्य मानिनेछः-
(क) प्याकेज भित्र रहेको वस्तु प्याकेज नखोली घटी वा बढी गरी बिक्री गरेमा, (ख) थोक बिक्रेता वा खुद्रा बिक्रेताको परिसरमा अनुसूची-५ बमोजिमको घटी बढीको हदभन्दा बढी भएको मोहरबन्द प्याकेज भेटिएमा।
१९. बिक्री वितरणमा रोक लगाउन वा कब्जा गर्न सक्ने: (१) नियम १८ विपरीत हुने गरी कसैले कुनै कार्य गरेको भेटिएमा निरीक्षकले त्यस्तो वस्तुसँग सम्बन्धित उत्पादक, आयातकर्ता, प्याकङ्गकर्ता, थोक बिक्रेता वा खुद्रा बिक्रेतालाई तत्काल त्यस्तो मोहरबन्द प्याकेज बिक्री वितरणमा रोक लगाउन आदेश दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिमको आदेश विपरीत कसैले मोहरबन्द प्याकेज बिक्री वितरण गरेमा निरीक्षकले त्यस्तो मोहरबन्द प्याकेज आफ्नो कब्जामा लिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम कब्जामा लिइएका मोहरबन्द प्याकेजको व्यवस्थापन नियन्त्रकले दिएको निर्देशन बमोजिम गरिनेछ।
२०. पुनः प्याकिङ्ग गर्न सकिने: (१) नियम १९ बमोजिम रोक लगाइएको वा कब्जा गरिएको मोहरबन्द प्याकेजको सम्बन्धमा ऐन तथा यस नियमावली बमोजिम कारबाहीको प्रक्रिया पूरा भएपछि वा प्रचलित कानून बमोजिम लिलाम बिक्री भएपछि त्यस्ता मोहरबन्द प्याकेजमा रहेको कुनै वस्तुलाई सोको गुण र प्रकृति अनुसार वस्तुको गुणस्तर, उपभोक्ताको स्वास्थ्य, सुरक्षा र वातावरणमा प्रतिकूल असर नपर्ने गरी पुनःप्याकिङ्ग गरी यस नियमावली बमोजिमको मापदण्ड कायम गर्न वा त्यस्ता मोहरबन्द प्याकेजमा रहेका कुनै वस्तुको गुण र प्रकृति अनुसार उपयोगको लागि अनुपयुक्त देखिएमा नियन्त्रकले त्यस्तो वस्तु नष्ट गर्न वा धुल्याउन निर्देशन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम नियन्त्रकले दिएको निर्देशन बमोजिम पुनःप्याकिङ्ग गरिएका मोहरबन्द प्याकेजलाई आवश्यक जाँचबुझ गर्दा यस नियमावली बमोजिमको मापदण्ड अनुसार भएको देखिएमा त्यस्तो वस्तु बिक्री वितरण गर्न निरीक्षकले स्वीकृति दिन सक्नेछ।
परिच्छेद–३ विविध
२१. तौलने यन्त्र राख्नु पर्नेः (१) खुद्रा बिक्रेताले दस किलोग्रामसम्मको मोहरबन्द प्याकेजको तौल जाँच गर्न बढीमा एक ग्राम स्केलइन्टरभल भएको तौलने यन्त्र र दस किलोग्राम भन्दा बढीको मोहरबन्द प्याकेजको तौल जाँच गर्न बढीमा दस ग्राम स्केलइन्टरभल भएको तौलने यन्त्र उपभोक्ताले देख्ने गरी राख्नु पर्नेछ।
(२) एल.पी.जी. ग्याँस उत्पादक र बिक्रेताले ग्यास सिलिण्डरको तौल जाँच गर्न बढीमा पचास ग्राम स्केलइन्टरभल भएको बढीमा पचास किलोग्राम तौलने क्षमता भएको यन्त्र उपभोक्ताले देख्ने गरी राख्नु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम कुनै उपभोक्ताले राखेको तौलने यन्त्रमा आफूले खरिद गरेको मोहरबन्द वस्तुको तौल जाँच गर्न चाहेमा खुद्रा बिक्रेताले उपभोक्तालाई त्यस्तो वस्तुको तौल जाँच गर्न दिनु पर्नेछ।
२२. उत्पादक, आयातकता वा प्याकिङ्गकर्ताले कार्यालयलाई जानकारी दिनुपर्नेः (१) उत्पादक, आयातकता वा प्याकिङ्गकर्ताले आफूले उत्पादन, प्याकिङ्ग वा वितरण गर्ने मोहरबन्द प्याकेजको स्टाण्डर्ड साइज र नाप वा तौलको सम्बन्धमा समय समयमा कार्यालयलाई जानकारी दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त जानकारी अनुसार कार्यालयले छुट्टै रजिष्टर खडा गरी अभिलेख जनाई सोको जानकारी विभागमा दिनु पर्नेछ।
२३. विज्ञापनमा उल्लेख गर्नु पर्नेः (१) कुनै पनि मोहरबन्द प्याकेजको खुद्रा बिक्री मूल्य सम्बन्धमा विज्ञापन गर्दा त्यस्तो प्याकेजमा घोषणा गरिएको खुद परिमाण वा प्याकेजमा रहेको वस्तुको जम्मा सङ्ख्या समेत उल्लेख गर्नु पर्नेछ।
(२) मोहरबन्द प्याकेज सम्बन्धी विज्ञापनमा खुद परिमाण र खुद्रा बिक्री मूल्य लेखिएको अङ्क र अक्षरको आकार बराबर हुनु पर्नेछ।
२४. नियमावलीको व्यवस्था लागू नहुनेः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका मोहरबन्द प्याकेजको सम्बन्धमा यस नियमावलीको व्यवस्था लागू हुने छैनः-
(क) कुनै उद्योग वा संस्थागत उपभोक्ताको लागि तयार गरिएको मोहरबन्द प्याकेज,
स्पष्टीकरण: “उद्योग वा संस्थागत उपभोक्ता” भन्नाले आफ्नो उद्योग वा संस्थाको आन्तरिक उपभोग वा प्रयोजनको लागि आवश्यक पर्ने वस्तु उत्पादक वा आयातकताबाट सिधै खरिद गर्ने उद्योग वा संस्था सम्झनु पर्छ।
(ख) पचास किलोग्राम वा पचास लिटरभन्दा बढी परिमाण भएको वस्तुको मोहरबन्द प्याकेज,
(ग) दश ग्राम वा सोभन्दा कम र दश मिलिलिटर वा सोभन्दा कम परिमाण भएको वस्तुको मोहरबन्द प्याकेज,
(घ) कुनै होटल वा रेष्टुरेन्टबाट प्याकिङ्ग गरिएका तयारी खानेकुरा (फाष्ट फुड) का प्याकेज।
२५. निर्देशन दिन सक्ने: (१) विभागले वस्तुको मोहरबन्द प्याकेज सम्बन्धमा सम्बन्धित उत्पादक, आयातकता, प्याकिङ्गकर्ता, वितरक, थोक तथा खुद्रा बिक्रेतालाई समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम विभागले दिएको निर्देशनको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ।
२६. यस नियमावली बमोजिम हुने: मोहरबन्द प्याकेजको सम्बन्धमा यस नियमावलीमा लेखिएको कुरामा यसै नियमावली बमोजिम र अन्य कुरामा प्रचलित कानून बमोजिम हुनेछ।
अनुसूची-१
(नियम ३ को उपनियम (१) र नियम १८ को $\ast$ उपनियम (१) को खण्ड (घ) सँग सम्बन्धित)
वस्तु प्याकिङ गर्दा देहाय बमोजिमको नाप, तौल वा सङ्ख्या (गोटा गन्ती) को परिमाण अनुसार हुनु पर्नेछ:–
$\ast$ दोस्रो संशोधनद्वारा थप।
खुद परिमाण आयतनमा घोषणा गरिएको भएः- ५० मिलिलिटर भन्दा
तलको लागि कुनै प्रतिबन्ध नरहेको, ५० मिलिलिटर, १०० मिलिलिटर, १५० मिलिलिटर, २०० मिलिलिटर, २५० मिलिलिटर, ३०० मिलिलिटर, ५०० मिलिलिटर, ७५० मिलिलिटर, १ लिटर, २ लिटर, ३ लिटर, ५ लिटर, ५ लिटर भन्दा माथिको हकमा ५ लिटर अपवर्त्य (मल्टिप्लस्) मा।
११ दूध पाउडर ५० ग्रामभन्दा तलको तौलको लागि कुनै प्रतिबन्ध नरहेको, ५० ग्राम, १०० ग्राम, १५० ग्राम, २०० ग्राम, २५० ग्राम, ५०० ग्राम, १ किलोग्राम, १ किलोग्रामभन्दा माथिको हकमा ५०० ग्रामको अपवर्त्य (मल्टिप्लस्) मा।
१२ डिटर्जेन्ट ५० ग्राम भन्दा तलको तौलको लागि कुनै प्रतिबन्ध नरहेको, ५० ग्राम, ७५ ग्राम, १०० ग्राम, १५० ग्राम, २०० ग्राम, २५० ग्राम, ५०० ग्राम, ७०० ग्राम, ७५० ग्राम, १ किलोग्राम, १.५ किलोग्राम, २ किलोग्राम, २.५ किलोग्राम, ३ किलोग्राम, ३ किलोग्रामभन्दा माथिको हकमा १ किलोग्रामको अपवर्त्य (मल्टिप्लस्) मा।
१३ पिठो (चामल, गहुँ, चना, जौँ, कोदो आदि) १०० ग्राम, २०० ग्राम, ५०० ग्राम, १ किलोग्राम, १.२५ किलोग्राम, १.५ किलोग्राम, १.७५ किलोग्राम, २ किलोग्राम, ५ किलोग्राम, ५ किलोग्रामभन्दा माथिको हकमा ५ किलोग्रामको अपवर्त्य (मल्टिप्लस्) मा।
१४ नुन ५० ग्राम भन्दा तलको तौलको लागि १० ग्रामको अपवर्त्य (मल्टिप्लस्) मा, ५० ग्राम, १०० ग्राम, २०० ग्राम, ५०० ग्राम, ७५० ग्राम, १ किलोग्राम, २ किलोग्राम, ५ किलोग्राम, ५ किलोग्रामभन्दा माथिको हकमा ५ किलोग्रामको अपवर्त्य (मल्टिप्लस्) मा।
१५ लुगाधुने साबुन २५ ग्राम, ५० ग्राम, ७५ ग्राम, १०० ग्राम, १२५ ग्राम, १५० ग्राम, १५० ग्राम भन्दा माथिको हकमा ५० ग्रामको अपवर्त्य (मल्टिप्लस्) मा।
नुहाउने साबुन १५ ग्राम, २५ ग्राम, ५० ग्राम, ६० ग्राम, ७५ ग्राम, १०० ग्राम, १२५ ग्राम, १५० ग्राम, १५० ग्राम भन्दा माथिको हकमा ५० ग्रामको
अनुसूची-२ (नियम ६ को उपनियम (१) र नियम ७ को उपनियम (१) सँग सम्बन्धित)
तालिका (क) वस्तुको खुद परिमाण, तौल वा आयतनमा भए लेबलमा उल्लेख गरिने अङ्कको न्यूनतम उचाई
तालिका (ख) वस्तुको खुद परिमाण लम्बाई, क्षेत्रफल वा सङ्ख्यामा भए प्याकेजको लेबलमा उल्लेख गरिने अङ्कको न्यूनतम उचाई
अनुसूची-३ (नियम १० को उपनियम (२) सँग सम्बन्धित)
मोहरबन्द प्याकेजको लेबलमा परिमाण उल्लेख गर्दा “प्याकिङ गर्दा” भन्ने शब्द प्रयोग गर्न सकिने वस्तु
अनुसूची-४
(नियम ११ को उपनियम (२) सँग सम्बन्धित)
मोहरबन्द प्याकेजमा उल्लेख गरिने परिमाण
अनुसूची-५
(नियम १५ र नियम १८ को उपनियम (१) को खण्ड (ख) र उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित)
मोहरबन्द प्याकेजमा रहेको वस्तुको परिमाणको मात्रामा घटी वा बढीको हद
(क) तौल वा आयतन उल्लेख गरिएको मोहरबन्द प्याकेजको खुद परिमाणको घटी वा बढीको हदः-
तालिका (क)
द्रष्टव्यः प्रतिशतको आधारमा तोकिएको घटी वा बढीको हद ग्राम वा मिलिलिटरमा बदल्दा १,००० ग्राम वा मिलिलिटरसम्मको परिमाणको हकमा दशमलव पछि एक अङ्कमा शून्यान्तर गर्ने र १,००० ग्राम वा १,००० मिलिलिटरभन्दा माथिको हकमा अघिल्लो पूर्ण अङ्कमा बदल्नु पर्नेछ।
(ख) लम्बाई, क्षेत्रफल वा सङ्ख्यामा गरिएको अवस्थामा मोहरबन्द प्याकेजको खुद परिमाणको घटी वा बढीको हदः-
तालिका (ख)
अनुसूची-६
(नियम १६ को उपनियम (१), नियम १७ को उपनियम (५), (८) र (१०) र नियम १८ को उपनियम (१) को खण्ड (ग) सँग सम्बन्धित)
निरीक्षणको लागि नमुना छनौट गर्ने तरिका
मोहरबन्द प्याकेजमा रहेको वस्तुको खुद परिमाण जाँच गर्नको लागि देहाय बमोजिमको सङ्ख्यामा नमुना लिनु पर्नेछः–
* दोस्रो संशोधनद्वारा संशोधित ।
अनुसूची-७ (नियम १६ को उपनियम (५) र नियम १७ को उपनियम (११) सँग सम्बन्धित)
फाराम (क) तौल जाँच
उत्पादक / आयातकर्ता / प्याकिङ्गकर्ता / थोक बिक्रेता (प्रतिनिधि / साक्षी)
....................................... दस्तखत
नामः ................................. (फर्म वा संस्थाको छाप)
उत्पादक /आयातकर्ता / नामः प्याकिङ्गकर्ता / बिक्रेताको ठेगानाः
जाँच गरेको स्थान ( ) प्याकिङ्ग लाईन ( ) स्टोर / गोदाम
प्याकेज सम्बन्धी विवरण उत्पादक / आयातकर्ता / प्याकिङ्गकर्ता / थोक बिक्रेताको नाम र ठेगानाः
उत्पादक / आयातकर्ता / प्याकिङ्गकर्ता / थोक बिक्रेता (प्रतिनिधि / साक्षी)
दस्तखत ....................................... नाम: .......................................
कार्यालयको छाप $\quad$ निरीक्षक/निरीक्षण गर्ने व्यक्तिको,- $\quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad$ दस्तखत: $\quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad$ नाम: $\quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad \quad$ पद:
फारम (ग)
खुद परिमाण जाँच फारम
उत्पादक / आयातकर्ता / प्याकिङ्गकर्ता / थोक बिक्रेता (प्रतिनिधि / साक्षी)
....................................... दस्तखत नाम:................................
कार्यालयको छाप $\quad$ निरीक्षक/निरीक्षण गर्ने व्यक्तिको,- $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ दस्तखत: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ नाम: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ पद:
फारम (घ)
सबै प्याकेजको टॅर तौल पत्ता लगाउनु पर्दा खुद परिमाण जाँच फारम
उत्पादक / आयातकर्ता / प्याकिङकर्ता / थोक बिक्रेता (प्रतिनिधि / साक्षी)
दस्तखत ....................................... नाम: ................................. (फर्म वा संस्थाको छाप)
कार्यालयको छाप
निरीक्षक/निरीक्षण गर्ने व्यक्तिको,- दस्तखत: नाम: पद:*
कार्यालयको छाप निरीक्षक/निरीक्षण गर्ने व्यक्तिको,- दस्तखतः नामः पदः फाराम (ख) आयतन / लम्बाई जाँचमितिः समयः स्थानः उपभोग्य वस्तुः प्याकेजको मूल्यः उत्पादन वा प्याकिङ्ग गरिएको ब्याच नं. महिना र वर्षः घोषित कूल परिमाणः अधिकतम घटी बढीको हदः ब्याच साइज (सङ्ख्या): नमुना साइज (सङ्ख्या):