स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९
नेपाल राजपत्रमा प्रकाशन मिति २०६९।६।८
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा “ऐन” भन्नाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ सम्झनु पर्छ ।
३. सुरक्षा माग गर्ने कार्यविधिः (१) ऐनको दफा ४ बमोजिम स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले सुरक्षाको माग गर्नु परेमा सुरक्षा माग गर्नु पर्नाको कारण सहित तत्काल छिटो तथा प्रभावकारी माध्यमबाट स्थानीय प्रशासनसँग सुरक्षा माग गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले सुरक्षा माग गरेमा स्थानीय प्रशासनले तात्कालिक अवस्थाको मूल्याङ्कन गरी मनासिब अवधिको लागि त्यस्तो स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको निमित्त आवश्यकता अनुसार सुरक्षाकर्मी समेत खटाई सुरक्षाको व्यवस्था गरिदिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको सुरक्षाको लागि सुरक्षाकर्मी खटाउनु परेमा वा ऐनको दफा ४ को उपदफा (३) बमोजिम कुनै स्वास्थ्य संस्थामा स्थायी सुरक्षाको व्यवस्था गर्नु परेमा सो प्रयोजनको लागि खटिने सुरक्षाकर्मीको लागि खाने तथा बस्ने व्यवस्था सम्बन्धित स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले गर्नु पर्नेछ ।
४. सञ्चार साधन राख्न र प्रयोग गर्न स्वीकृति दिन सकिनेः प्रचलित कानून बमोजिम स्थापित कम्तीमा पचास शैया भएका स्वास्थ्य संस्थाले त्यस्तो संस्था तथा सो संस्थामा कार्यरत
स्वास्थ्यकर्मीको सुरक्षाको लागि स्थानीय प्रशासनको सिफारिस सहित आवश्यक सञ्चार साधन राख्न र प्रयोग गर्न मन्त्रालयसंग स्वीकृति माग गरेमा मन्त्रालयले सूचना तथा सञ्चार मन्त्रालयको सहमतिमा त्यस्तो स्वास्थ्य संस्थालाई निजले माग गरे बमोजिमको सञ्चार साधन राख्न र प्रयोग गर्न स्वीकृति दिन सक्नेछ ।
५. समितिको बैठक र निर्णय: (१) समितिको बैठक दुई महिनामा कम्तीमा एकपटक बस्नेछ ।
६. समितिको अन्य काम, कर्तव्य र अधिकार: ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(ख) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको बदियत वा गम्भीर लापरबाही भएको मानिने अवस्था निर्धारणको लागि आवश्यक आधार तथा मापदण्ड बनाउने,
(ग) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपर क्षतिपूर्ति माग गरी अदालतमा दायर भएको मुद्दाको प्रतिरक्षा गर्दा समितिले व्यहोर्ने खर्च सम्बन्धी मापदण्ड र रकमको सीमा निर्धारण गर्ने,
(घ) स्वास्थ्य उपचारको क्रममा उत्पन्न हुन सक्ने आकस्मिक घटना घट्न नदिनको लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले अवलम्बन गर्नु पर्ने पूर्व सावधानीका सम्बन्धमा र लापरबाही हुन नदिने विषयमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई जानकारी गराउने,
(ङ) समितिले सम्पादन गरेको कार्य कारबाहीको सम्बन्धमा वार्षिक प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्ने,
(च) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा अन्य आवश्यक कार्य गर्ने ।
७. नाम दर्ता गराउने सम्बन्धी कार्यविधिः (१) आफ्नो सुरक्षाको लागि समितिमा नाम दर्ता गराउन चाहने स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले ऐनको दफा ७ को उपदफा (२) बमोजिमको कागजात र निवेदन दस्तुर वापत पाँच सय रुपैयाँ संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा समिति समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात जाँचबुझ गर्दा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको नाम दर्ता गराउन मनासिब देखिएमा समितिले त्यस्तो स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको नाम क्रमशः अनुसूची-२ र अनुसूची-३ बमोजिमको दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दर्ता भएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको नामावली समितिले अद्यावधिक गरी राख्नु पर्नेछ ।
८. दताको प्रमाणपत्र दिनेः नियम ७ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको नाम दर्ता गरिसकेपछि समितिले अनुसूची-४ बमोजिमको ढाँचामा सम्बन्धित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
९. दस्तुर बुझाउनु पर्नेः (१) नियम ७ बमोजिम समितिमा नाम दर्ता गराउने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले क्रमशः अनुसूची-५ र अनुसूची-६ बमोजिमको वार्षिक दस्तुर अग्रिम रुपमा असार मसान्तभित्र समितिमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिलो पटक नाम दर्ता गराउने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले नाम दर्ता गराउँदाको अवस्थामा नै सो उपनियम बमोजिम लाग्ने दस्तुर समितिमा बुझाउनु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै गैरसरकारी स्वास्थ्य संस्थाले स्थायी रुपमा सुरक्षा माग गरेमा सो उपनियममा लेखिएको दस्तुरको दोब्बर दस्तुर अग्रिम रुपमा समितिमा बुझाउनु पर्नेछ ।
(४) समितिले यस नियम बमोजिम दस्तुर प्राप्त गरेपछि सम्बन्धित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सोको भरपाई दिनु पर्नेछ ।
१०. क्षतिपुर्ता तथा प्रतिरक्षा गर्दा लागेको खर्च माग गर्ने कार्यविधिः (१) स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्था उपर क्षतिपुर्ता माग गरी अदालतमा दायर भएको मुद्दामा अदालतबाट निर्धारण भएको क्षतिपुर्तिको रकम वा त्यस्तो मुद्दाको प्रतिरक्षा गर्दा लागेको मनासिब खर्च समितिसंग माग गर्ने सम्बन्धित स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले अनुसूची-७ बमोजिमको ढाँचामा समिति समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम क्षतिपुर्तिको रकम वा मुद्दाको प्रतिरक्षा गर्दा भएको खर्च माग गर्दा अदालतबाट मुद्दा फैसला भएको मिति तीन महिनाभित्र निवेदन दिनुसिक्नु पर्नेछ ।
११. कार्य सञ्चालन खर्चको हदः (१) समितिको कोषमा जम्मा भएको रकमको पाँच प्रतिशतमा नबढाई समितिको कार्य सञ्चालनको लागि खर्च गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिमको रकम खर्च गर्न समितिले वार्षिक कार्ययोजना बनाई स्वीकृत गराउनु पर्नेछ ।
१२. कोषको सञ्चालन: कोषको सञ्चालन समितिको अध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट हुनेछ।
१३. कोषको लेखा र लेखापरीक्षण: (१) कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ ।
(२) कोषको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
१४. सम्पर्क कार्यालय वा कर्मचारी तोक्न सक्ने: (१) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको सम्बन्धमा काठमाडौँ उपत्यका बाहिरका जिल्लाहरूमा समितिसँग समन्वय गरी काम गर्न मन्त्रालयले सो मन्त्रालय अन्तर्गतको कुनै कार्यालय वा सो कार्यालयको कुनै अधिकृतस्तरको कर्मचारीलाई सम्पर्क कार्यालय वा व्यक्तिको रूपमा तोक्न सक्नेछ ।
(२) मन्त्रालयले समितिको काममा तोकिएको वा खटिएको कर्मचारीलाई समितिको कार्य सञ्चालनको निमित्त नियम ११ बमोजिम छुट्याइएको रकमबाट प्रोत्साहन भत्ता उपलब्ध गराउन सक्नेछ ।
१५. बैठक भत्ता: समिति तथा ऐनको दफा १८ बमोजिम गठित भएका उपसमितिका अध्यक्ष र सदस्यहरूले समिति तथा उपसमितिको बैठकमा भाग लिए बापत नेपाल सरकारबाट स्वीकृत भए बमोजिम बैठक भत्ता पाउन सक्नेछन् ।
१६. आचार संहिता बनाई लागू गर्न सक्ने: (१) स्वास्थ्यकर्मीले पालना गर्नुपर्ने व्यावसायिक आचरणका सम्बन्धमा समितिको सिफारिसमा मन्त्रालयले आचार संहिता बनाई लागू गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम बनाइएको आचार संहिताको पालना गर्नु सम्पूर्ण स्वास्थ्यकर्मीको कर्तव्य हुनेछ ।
१७. अनुसूचीमा हेरफेर गर्न सक्ने: मन्त्रालयले समितिको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेछ ।
अनुसूची-१ (नियम ७ को उपनियम (१) सँग सम्बन्धित) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले समितिमा नाम दर्ता गराउन दिइने निवेदनको ढाँचा खण्ड (क) स्वास्थ्यकर्मीको प्रयोजनको लागि
श्री अध्यक्षज्यू, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।
मैले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ मा भएको व्यवस्था बमोजिम सुरक्षा प्राप्त गर्न चाहेकोले देहायको विवरण खुलाई यो निवेदन गरेको छु ।
१. निवेदकको,- (क) नाम, थरः (ख) स्थायी ठेगानाः (ग) स्वास्थ्य व्यवसायको विवरणः (विशेषज्ञताको क्षेत्र तथा सेवाको क्षेत्र खुलाउने)
२. दर्ता भएको स्वास्थ्य सम्बन्धी व्यावसायिक परिषद्को,- (क) नामः (ख) दर्ता नम्बरः (ग) दर्ता मितिः
३. स्वास्थ्य व्यवसायसँग सम्बन्धित,- (क) स्वास्थ्य संस्थाः (ख) क्लिनिकको नामः (ग) ठेगानाः
निवेदकको,- सहीः.................... नाम :...................... मिति :......................
संलग्न कागजातः १. स्वास्थ्य सम्बन्धी व्यावसायिक परिषद्बाट प्राप्त प्रमाणपत्रको प्रतिलिपि, २. कुनै स्वास्थ्य संस्थामा कार्यरत रहेको भए सोको प्रमाण, ३. आफ्नो सेवाको विशेषज्ञता DSAउने प्रमाण, ४. हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो ।
खण्ड (ख) स्वास्थ्य संस्थाको प्रयोजनको लागि
श्री अध्यक्षज्यू, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।
यस स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ मा भएको व्यवस्था बमोजिम सुरक्षा प्राप्त गर्न चाहेकोले देहायको विवरण खुलाई यो निवेदन गरेको छु ।
१. स्वास्थ्य संस्थाको नाम र ठेगानाः २. स्वास्थ्य संस्थाको स्थापनाको किसिमः(सामुदायिक, निजी वा सरकारी) ३. स्वास्थ्य संस्थामा उपलब्ध बेड संख्याः ४. स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने मुख्य विशेषज्ञ सेवाः ५. स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको संख्या र प्रकारः
स्वास्थ्य संस्थाको तर्फबाट निवेदन दिनेको,- सहीः नामः पदः कार्यालयः मितिः स्वास्थ्य संस्थाको छाप
संलग्न कागजातः सरकारी बाहेक अन्य स्वास्थ्य संस्थाको हकमा संस्थापनाको प्रमाणपत्रको प्रतिलिपि ।
अनुसूची-२ (नियम ७ को उपनियम (२) सँग सम्बन्धित) स्वास्थ्यकर्मीको दर्ता किताब
कार्यालयको छाप $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ दर्ता गर्ने अधिकारीको,-
$\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ सही:
$\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ नाम:
$\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ पद:
$\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ कार्यालय:
$\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ मिति:
अनुसूची -३ (नियम ७ को उपनियम (२) सँग सम्बन्धित) स्वास्थ्य संस्थाको दर्ता किताब
कार्यालयको छाप $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ दर्ता गर्ने अधिकारीको,-
$\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ सही:
$\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ नाम:
$\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ पद:
$\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ कार्यालय:
$\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ मिति:
अनुसूची-४ (नियम ८ सँग सम्बन्धित) स्वास्थ्यकर्मी/स्वास्थ्य संस्था दर्ताको प्रमाणपत्र
श्री ............(स्वास्थ्यकर्मी/स्वास्थ्य संस्थाको नाम)
............................... ।
......... (स्वास्थ्यकर्मीको हकमा सम्बन्धित व्यावसायिक परिषद्को नाम र दर्ता नम्बर)
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ७ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६८ को नियम ८ बमोजिम तपाईलाई त्यस स्वास्थ्य संस्थाको नाम दर्ता गरी यो प्रमाणपत्र प्रदान गरिएकोछ।
प्रमाणपत्र प्रदान गर्नेको,-
सही:
नाम :
पद :
कार्यालय:
मिति:
कार्यालयको छाप:
अनुसूची-५ (नियम ९ को उपनियम (१) सँग सम्बन्धित) स्वास्थ्यकर्मीले वार्षिक रुपमा बुझाउनु पर्ने दस्तुर
मिति २०८०।०९।२३ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।
अनुसूची-६ (नियम ९ को उपनियम (१) सँग सम्बन्धित) स्वास्थ्य संस्थाले वार्षिक रुपमा बुझाउनु पर्ने दस्तुर
³ मिति २०८०।०९।२३ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित।
अनुसूची-७ (नियम १० को उपनियम (१) सँग सम्बन्धित) क्षतिपूर्ति तथा प्रतिरक्षा गर्दा लागेको खर्च माग गर्नको लागि दिइने निवेदनको ढाँचा
श्री अध्यक्षज्यू, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।
विषयः क्षतिपूर्ति वापतको रकम /प्रतिरक्षा गर्दा लागेका खर्च पाऊँ ।
....... जिल्ला ......... न.पा./ गाउँ विकास समिति, बडा नम्बर ..... बस्ने श्री ............... ले क्षतिपूर्ति माग गरी मेरो/यस स्वास्थ्य संस्थाको विरुद्धमा .................... अदालतमा दायर गरेको मुद्दामा मैले/यस स्वास्थ्य संस्थाले ........ रकम क्षतिपूर्ति बुझाउन पर्ने गरी अदालतबाट फैसला भएको/सो मुद्दामा प्रतिरक्षा गर्दा देहाय बमोजिम खर्च भएकोले सो रकम त्यस समितिबाट उपलब्ध गराई पाउन देहायको विवरण खुलाई यो निवेदन गरेको छु ।
(क) क्षतिपूर्ति माग गरी मुद्दा दायर गर्ने व्यक्तिको नाम, थर, बतन, (ख) मुद्दा दायर गरेको अदालत, (ग) अदालतबाट निर्धारण भएको क्षतिपूर्ति रकम, (घ) स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले मुद्दामा प्रतिरक्षा गर्नको लागि कानून व्यवसायी नियुक्त गरेको भए निजको नाम, थर बतन, (ङ) कानून व्यवसायीलाई पारिश्रमिक वापत भुक्तानी गरेको रकम,
(च) अदालतमा कानून बमोजिम बुझाएको दस्तुर सम्बन्धी विवरण,
(छ) कानून बमोजिम लाग्ने अन्य दस्तुर तथा खर्च,
(ज) समितिबाट सोधभर्ना माग गरेको जम्मा रकम ।
निवेदकको,- सहीः- नामः- मिति:-
स्वास्थ्य संस्थाले निवेदन दिने भए त्यस्तो संस्थाको छाप (स्वास्थ्य संस्था भए त्यस्तो संस्थाको नाम उल्लेख गर्ने )
संलग्न कागजातः १. समितिमा दर्ता भएको प्रमाण, २. समितिमा दस्तुर बुझाएको प्रमाण, ३. कानून व्यवसायीलाई पारिश्रमिक वापत भुक्तानी गरेको प्रमाण, ४. अदालतमा दस्तुर बुझाएको रसिद, ५. क्षतिपूर्ति निर्धारण सम्बन्धी अदालतबाट भएको फैसलाको प्रतिलिपि ।
(२) समितिको बैठक समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । (३) समितिको सचिवले समितिको बैठक बस्ने सूचना सहित बैठकमा छलफल हुने विषयको सूची कम्तीमा दुई दिन अगावै समितिका सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ । (४) समितिको कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ । (५) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरूले आपूmहरूमध्येबाट छानेको सदस्यले गर्नेछ । (६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ । (७) समितिले आवश्यकता अनुसार सम्बन्धित क्षेत्रका विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ । (८) समितिको बैठकको निर्णय समितिको अध्यक्ष र सचिवद्वारा प्रमाणित गरिनेछ । (९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैmले निर्धारण गरे बमोजिम हुनेछ । (क) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सम्बन्धी अभिलेख राख्न सो अभिलेखमा खुलाउनु पर्ने विवरणहरू निर्धारण गर्ने,