हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६
नेपाल राजपत्रमा प्रकाशित मिति २०३६।५।२५
संशोधन हिमाली राष्ट्रिय निकुञ्ज (पहिलो संशोधन) नियमावली, २०७१ २०७१।२।१९
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६” रहेको छ । (२) यो नियमावली, तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ । (ख) “निकुञ्ज” भन्नाले सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, * रारा राष्ट्रिय निकुञ्ज, शे–फेक्सुण्डो राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज वा नेपाल सरकारले ऐन अन्तर्गत घोषित गरेको अन्य हिमाली राष्ट्रिय निकुञ्ज सम्झनु पर्छ । (ग) “संरक्षक (वार्डन)” भन्नाले निकुञ्जको प्रशासनको अभिभारा भएको नेपाल सरकारको मुख्य अधिकृत सम्झनु पर्छ । (घ) “सहायक संरक्षक (असिस्टेन्ट वार्डन)” भन्नाले निकुञ्जको सहायक संरक्षक सम्झनु पर्छ ।
(ङ) "स्थानीय व्यक्ति" भन्नाले निकुञ्जको क्षेत्रले घेरिएको तर निकुञ्ज क्षेत्र भनी घोषित नभएको बीच बीचको गाउँमा स्थायी बसोबास गरेको व्यक्ति सम्झनु पर्छ ।
३. निकुञ्जको सीमाना: निकुञ्जको सीमाना ऐनको दफा ३ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी घोषित गरे बमोजिम हुनेछ ।
४. निकुञ्जभित्र प्रवेश: निकुञ्जभित्र प्रवेश गर्न चाहने व्यक्तिले संरक्षकबाट अनुसूची-१ बमोजिम प्रवेशपत्र लिनु पर्नेछ र प्रवेशपत्र लिँदा अनुसूची-२ बमोजिमको दस्तुर लाग्नेछ ।
५. प्रवेश निषेध गर्न सक्ने: निकुञ्जको हितको लागि संरक्षकले निकुञ्जभित्र कुनै पनि व्यक्तिको प्रवेश निषेध गर्न सक्नेछ ।
तर यसरी प्रवेश निषेध गर्दा स्थानीय व्यक्ति तथा निकुञ्ज भएर मात्र पुग्न सकिने गाउँको व्यक्तिलाई निकुञ्जको बाटो भएर आवत जावत गर्न रोक लगाएको वा नियम १८ बमोजिम तोकिएको बाटोबाट आवागमन गर्न रोक लगाएको मानिने छैन ।
६. निकुञ्जको प्रवेश आफ्नो दायित्वमा हुने: प्रवेशपत्र लिई वा नलिई निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिलाई निकुञ्जभित्र कुनै हकनसमको हानी नोक्सानी भएमा वा चोटपटक लागेमा वा निजको मृत्यु भएमा समेत त्यस्तो हानी नोक्सानी, चोटपटक वा मृत्यु भए बापत क्षतिपुनर्ताको निमित्त नेपाल सरकार जिम्मेवार हुनेछैन ।
७. निकुञ्जभित्र निषेद्ध कार्यहरू: संरक्षकको लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले निकुञ्जभित्र देहायका कार्यहरू गर्न पाउने छैन :-
(क) जुनसुकै प्रकारको घर, छाप्रो, आश्रय वा अरु बनौट बनाउन वा भोग गर्न, (ख) कुनै भूभाग कब्जा गर्न, वनस्पति सफा गर्न वा नोक्सानी पुर्याउन, आवाद गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न,
(ग) घरपालुवा जीवजन्तु वा पंक्षी चरी चराउन र तिनीहरूलाई खोला वा पोखरीमा पानी खुवाउन,
(घ) रुख, बिरुवा, झाडी वा अन्य कुनै वनस्पति काट्न, ढाल्न, हटाउन, छेक्न, छाँट्न वा त्यस्तो वनस्पति सुक्ने कुनै काम गर्न वा त्यस्तो वनस्पतिमा आगो लगाउन वा अरु कुनै प्रकारले हानी नोक्सानी पुर्याउन,
(ङ) कुनै स्थानमा रात बिताउन वा क्याम्प गर्न वा आगो बाल्न,
(च) ढुङ्गा, बालुवा वा खानी खन्न वा कुनै खनिज पदार्थ माटो वा अन्य यस्तै पदार्थ हटाउन वा कुनै हतियारले जग्गालाई क्षति पुर्याउन,
(छ) निकुञ्जनभित्र बग्ने नदी, खोला वा पानीको कुनै श्रोत थुन्न, फकाउन वा त्यसमा कुनै हानीकारक वा विष्फोटक पदार्थहरू प्रयोग गर्न,
(ज) बाहिरी वातावरणमा हुकेको (एक्जोहटक) बिरुवा, जीवजन्तु वा पंक्षी निकुञ्जनभित्र ल्याउन वा छाड्न ।
८. साथमा राख्न, लैजान वा प्रयोग गर्न नपाइने वस्तुहरू: संरक्षकको लिखित अनुमति नलिई कुनै व्यक्तिले निकुञ्जनभित्र प्रवेश गर्दा वा रहँदा वा नियम १८ बमोजिम तोकिएको बाटोबाट हिँड्दा देहायका चीज वस्तुहरू साथमा लैजान, राख्न वा प्रयोग गर्न पाउने छैन :-
(क) धनुषबाण, भाला, दज्जी, पासो, जाल, धराप, गुलेली वा चोट पुर्याउन सकिने वा गोली चलाउने जुनसुकै हातहतियार, खरखजाना, विष, विष्फोटक पदार्थ वा सो प्रयोग गर्ने साधनहरू,
(ख) आखेटोपहार वा कुनै वन्यजन्तुको सुकेको वा आलो मासु ।
तर स्थानीय व्यक्ति निकुञ्ज भएर मात्र पुग्न सकिने गाउँको व्यक्तिले आफ्नो घरायसी कामको लागि खुकुरी, बन्चरो र यस्तै हातहतियार मात्र निकुञ्ज भएर लैजान बाधा पर्नेछैन ।
९. वनस्पति वा अन्य चीज वस्तुलाई क्षति पुर्याउन नहुने: कसैले निकुञ्जकोभित्र वा बाहिर आगो बाली वा अन्य कुनै किसिमले निकुञ्जभित्रको वनस्पति, झारपात वा अन्य चीज वस्तुलाई क्षति पुर्याउन हुँदैन ।
१०. वन्यजन्तु वा पंक्षीको शिकार गर्न र पंक्षी वा कीट कीटाणुको फुल, गुँड वा गोला बिगार्न नहुने: ऐन अन्तर्गत इजाजत प्राप्त गरेकोमा बाहेक अन्य अवस्थामा संरक्षकको लिखित अनुमति प्राप्त नगरी कुनै पनि व्यक्तिले निकुञ्जभित्र कुनै पनि वन्यजन्तु वा पंक्षीलाई शिकार गर्न, लखेट्न वा तस्नाउन वा कुनै पनि वन्यजन्तु, पंक्षी वा कीट कीटाणुलाई मार्न, पक्रन वा चोट पुर्याउन वा कुनै पनि पंक्षी वा कीट कीटाणुको फुल, गुँड वा गोला हटाउन, बिगार्न वा खलबल्याउन वा कुनै कीट कीटाणु, माछा वा प्राकृतिक उपज संकलन गर्न हुँदैन ।
११. अनुमति नलिई माछा मार्न नपाइने: (१) कसैले अनुसूची-२ बमोजिम लाग्ने दस्तुर तिरी संरक्षकबाट अनुसूची-३ बमोजिमको ढाँचाको अनुमतिपत्र नलिई निकुञ्जभित्र रहेको खोला वा पोखरीको माछा मार्न हुँदैन । (२) यस नियम बमोजिम अनुमतिपत्र लिई माछा मार्न चाहने व्यक्तिले माछा मार्दा बल्छी बाहेक अन्य साधन प्रयोग गर्न हुँदैन । (३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि चैत्र १ गतेदेखि आशिण मसान्तसम्म माछा मार्न पाइँदैन ।
१२. नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्ने: (१) कसैले निकुञ्जभित्र अनुसन्धान सम्बन्धी कुनै काम गर्न चाहेमा नेपाल सरकारको पूर्व स्वीकृति प्राप्त गरी त्यस्तो काम गर्न सक्नेछ । त्यसरी स्वीकृति प्राप्त गरी गरेको अनुसन्धानको एकप्रति नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
१३. पोष्टर टाँस्न वा राख्न नपाइने: निकुञ्जको प्रयोजनको लागि निकुञ्जको कार्यालयको कर्मचारीले बाहेक निकुञ्जभित्र अरु कसैले कुनै किसिमको चिन्हपट, सूचनापट, विज्ञापन वा अन्य यस्तै किसिमका पोष्टरहरू टाँस्न वा राख्न पाउने छैन ।
१४. बाजाघरु बजाउन नपाउने: निकुञ्जभित्र धार्मिक स्थल वा निवासस्थान, होटल, लज वा रेष्टुराँमा बाहेक अन्यत्र कसैले रेडियो, टेप रेकर्डर वा बाजाघरु बजाउन पाउनेछैन ।
१५. फोहर मैला गर्ने वा फाल्न नपाइने: कसैले निकुञ्जभित्र फोहर मैला गर्ने वा फोहर फाल्न हुँदैन ।
१६. विषालु पदार्थ फ्याँक्न, हाल्न वा छर्न नपाइने: निकुञ्जभित्र वा निकुञ्जभित्र पुग्ने गरी बाहिरबाट कुनै पनि व्यक्तिले कुनै किसिमको कीटनाशक विष वा रासायनिक पदार्थ वा लागू वा विषालु पदार्थ फ्याँक्न वा निकुञ्ज भएर बग्ने नदी खोला वा पानीको अन्य कुनै श्रोतमा हाल्न वा छर्न वा निकुञ्जभित्र पुग्ने गरी अरु तरिकाबाट हाल्न समेत हुँदैन ।
१७. आवागमनमा प्रतिबन्ध: संरक्षकको लिखित अनुमति बिना साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म कसैले निकुञ्जभित्र पस्न वा हिँडडुल गर्न वा याक वा खच्चड लगायत कुनै सवारी हिँडाउन हुँदैन ।
तर स्थानीय व्यक्ति वा निकुञ्ज भएरै मात्र पुग्न सक्ने गाँउको व्यक्ति निकुञ्जको बाटो भएर आवात जावत गर्न वा सरकारी कर्मचारीले आफ्नो कामकाजको सिलसिलामा कुनै समयमा पनि निकुञ्जभित्र प्रवेश गर्न बाधा पाउने छैन ।
१८. बाटोको सुविधा: (१) संरक्षकले निकुञ्जभित्र अनुसूची-४ मा तोकिए बमोजिमको बाटोबाट पैदल यात्रा गर्न, घरपालुवा जीवजन्तु हिँडाउन वा याक वा खच्चड लगायत कुनै सवारी हिँडाउन सर्वसाधारण जनताको सुविधाको लागि चिन्हपट लगाई त्यस्तो बाटो तोकिदिन सक्नेछ र सर्वसाधारणले त्यसरी चिन्हपट लगाई तोकिदिएको बाटोमात्र उपयोग गर्नु पर्नेछ ।
(२) संरक्षकको लिखित अनुमति बिना कुनै पनि अवस्थामा कसैले उपनियम (१) बमोजिम चिन्हपट लगाई तोकिदिएको बाटो छोडी अन्य बाटोको प्रयोग गर्न पाउने छैन ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि प्रतिकूल मौसममा चिन्हपट लगाई तोकिदिएको कुनै बाटो बन्द गर्न उपयुक्त ठाउँमा मौसम अनुकूल नहुन्जेलसम्म संरक्षकले सो बाटो बन्द गर्न सक्नेछ ।
१९. सवारी साधन वा घरपालुवा जीवजन्तु पक्रि कारबाहीको लागि बुझाउने: यस नियमावली बमोजिम निकुञ्जभित्र सुविधा दिइएको बाटो बाहेक अन्य बाटोबाट घरपालुवा जीवजन्तु हिँडाएको भेटिएमा संरक्षक वा निजले खटाएको अन्य कर्मचारीले त्यस्तो घरपालुवा जीवजन्तु पक्रि सम्बन्धित अधिकारी समक्ष कारबाहीको लागि बुझाउनेछ ।
२०. गिरफ्तार गर्न सक्ने: (१) संरक्षकबाट वारेन्ट प्राप्त गरी सहायक संरक्षक, वन्यजन्तु गार्ड वा निकुञ्जका अन्य कर्मचारीले ऐनको विपरित काम गरेको अभियोगमा कुनै व्यक्तिलाई गिरफ्तार गर्न वा त्यस्तो व्यक्तिको घर, मालसामान वा सवारीको साधनको खानतलासी लिन सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै अभियुक्त भागी जाने अवस्था भएमा विना वारेन्ट पनि सहायक संरक्षक, रेञ्जर वा सुवेदार दर्जासम्मका वन्यजन्तु गार्डले अभियुक्तलाई पक्राउ गर्न वा निजको सरसामान वा सवारीको खानतलासी लिन सक्नेछ ।
२१. निकुञ्जभित्र प्रवेश गर्दा पालना गर्नु पर्ने कुराहरू: प्रवेशपत्र लिई वा नलिई निकुञ्जभित्र प्रवेश गर्ने प्रत्येक व्यक्तिले देहायका कुराहरूको पालना गर्नु पर्नेछ:-
(क) निकुञ्जभित्र प्रवेश गरेपछि आफ्नो वा आफ्ना साथमा जाने पथप्रदर्शक, भरिया, भान्छे वा अन्य व्यक्तिले प्रयोग गरेका खानेकुराहरूका बट्टाहरू, मादक पदार्थ वा अन्य वस्तुका शिशाहरू, फिलिमका रोलका बट्टाहरू,
प्याक गर्ने कागजपत्रहरू, प्लास्टिकका थैलाहरू, अक्सिजनका भाँडा वा सिलिण्डर, अन्य कुनै किसिमका भाँडाहरू वा अन्य फ्याँकिने सरसामग्रीहरू संरक्षक वा निकुञ्जका अन्य कुनै कर्मचारीले तोकेको ठाउँमा फाल्नु पर्नेछ ।
(ख) निकुञ्जभित्र आफ्नो र आफ्नो साथमा जाने पथप्रदर्शक, भरिया, भान्छे वा अन्य कुनै व्यक्तिको दैनिक उपयोगको लागि चाहिने काठ, दाउरा, स्याउला र पालको किला वा कुनै अन्य प्रयोजनको लागि चाहिने काठ निकुञ्जभित्रको झाडी, बुट्यान वा ढलेको रुख वा खडा रुख समेतबाट प्रयोग गर्न हुँदैन र त्यस्तो काठ दाउरा स्थानीय व्यक्तिबाट खरिद पनि गर्न हुँदैन ।
(ग) निकुञ्जभित्र प्रवेश गर्दा आफ्नो र आफ्नो साथमा जाने पथप्रदर्शक, भरिया भान्छे वा अन्य कुनै व्यक्तिको लागि पर्याप्त मात्रामा चाहिने मट्टितेल, ग्याँस, पेट्रोल वा अन्य यस्तै इन्धन निकुञ्जभित्र प्रवेश गर्ने बखतमा आफूसँग साथमा हुनु पर्नेछ ।
२२. प्रवेश दस्तुरमा छुट: सरकारी काम कारबाहीको सिलसिलामा कुनै कर्मचारी निकुञ्जभित्र प्रवेश गर्दा दस्तुर लाग्ने छैन ।
(२) कसैले निकुञ्जभित्र पर्ने कुनै धार्मिक स्थलमा आफ्नो परम्परा अनुसार पाठपूजा वा दर्शन गर्नको लागि निकुञ्जभित्र प्रवेश गर्दा दस्तुर लाग्ने छैन ।
(३) निकुञ्जभित्र वा निकुञ्ज भएर मात्रै पुग्न सक्ने गाउँमा स्थापित सार्वजनिक संस्थाको नेपाली तथा गैरनेपाली कर्मचारीलाई र त्यस्तो संस्थाको सेवा उपलब्ध गर्ने व्यक्तिलाई निकुञ्ज भएर जाँदा प्रवेश दस्तुर लाग्ने छैन ।
(४) नियम २८ बमोजिम नेपाल सरकारसँग करार गरी कुनै सेवा सञ्चालन गर्ने व्यक्ति वा संस्थाका कर्मचारीको प्रवेश दस्तुरको हकमा सोही करार बमोजिम हुनेछ ।
(५) निकुञ्जको अध्ययन भ्रमण गर्न चाहने कुनै शिक्षण संस्था वा अन्य कुनै संस्थाको व्यक्ति वा संस्थाका संरक्षकले नि:शुल्क प्रवेश गर्न दिन सक्नेछ ।
(६) पर्वतारोहणको सिलसिलामा कसैले निकुञ्जभित्र प्रवेश गर्दा दस्तुर लाग्ने छैन ।
तर निकुञ्जको कर्मचारीले पर्वतारोहणको अनुमतिपत्र हेर्न चाहेमा सम्बन्धित व्यक्तिले देखाउनु पर्नेछ ।
२३. दुर्घटना तथा मृत्यु भएमा सूचना गर्नु पर्ने: निकुञ्जभित्र प्रवेश गर्ने कुनै व्यक्तिको दुर्घटना वा मृत्यु भएमा त्यस्तो व्यक्तिसित साथमा गएका अन्य व्यक्तिले सो कुराको सूचना नजिको प्रहरी चौकी वा निकुञ्जको कार्यालयमा गर्नु पर्नेछ ।
२४. काठ दाउरा दिन सकिने: (१) घर बनाउन वा मर्मत गर्न निमित्त काठ दाउरा लिन चाहने स्थानीय व्यक्तिले वन पैदावार बिक्री वितरण सम्बन्धी प्रचलित नियम बमोजिमको दस्तुर बुझाएमा संरक्षकले त्यस्तो व्यक्तिलाई अनुसूची -५ बमोजिमको काठ दाउरा लिन पाउने पूजी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिएको पूजी बमोजिमको काठ दाउरा सोही पूजीमा तोकेको क्षेत्रबाट लिनु पर्नेछ ।
२४क. जडीबुटीको सङ्कलन तथा बिक्री वितरण: (१) राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको वनबाट प्रचलित कानून बमोजिम सङ्कलन गर्न पाउने जडीबुटीहरु सङ्कलन गर्न चाहने व्यक्ति वा संस्थाले जडीबुटीको किसिम, सङ्कलन क्षेत्र, परिमाण र सङ्कलन गर्ने उद्देश्य समेत खोली संरक्षक समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश आएको निवेदन उपर जाँचबुझ गर्दा माग बमोजिमको जडीबुटी सङ्कलन गर्न इजाजत दिन उपयुक्त देखिएमा अनुसूची–५क. मा उल्लिखित जडीबुटीको हकमा सो बमोजिमको दस्तुर समेत लिई तोकिएको क्षेत्र र
परिमाणमा वर्षमा एक सिजनमा बढीमा तीस दिनको लागि अनुसूची–५ख. बमोजिमको ढाँचामा संरक्षकले जडीबुटी सङ्कलन गर्ने इजाजतपत्र दिन सक्नेछ । (३) उपनियम (२) बमोजिम प्राप्त जडीबुटी सङ्कलन गर्ने इजाजतपत्र बमोजिम सङ्कलन गरिएको जडीबुटी त्यस्ता इजाजतपत्रसँग मिलाई तथा सङ्कलन गरेको परिमाण जाँची संरक्षकले प्रचलित कानून बमोजिमको दस्तुर लिई अनुसूची–५ग. बमोजिमको ढाँचामा छोडपूजी दिनु पर्नेछ । (४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले तोकेको जातको जडीबुटीको सङ्कलन तथा बिक्री वितरणको लागि संरक्षकले बोल कबोल प्रथाद्वारा सबैभन्दा बढी दस्तुर कबोल गर्ने व्यक्तिलाई इजाजत दिन सक्नेछ । (५) उपनियम (२), (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम सङ्कलन गर्न प्रतिबन्ध लगाइएका जडीबुटीको हकमा सङ्कलन इजाजत तथा छोडपूजी दिइने छैन । (६) कुनै व्यक्ति वा संस्थाले यस नियमावली बमोजिम सङ्कलन गरेको वा प्राप्त गरेको जडीबुटी मध्ये प्रचलित कानून बमोजिम विदेश निकासीमा प्रतिबन्ध लगाएको जडीबुटी बाहेक अन्य जडीबुटी विदेश निकासी गर्न निवेदन दिएमा संरक्षकले विदेश निकासी गर्ने अनुमतिका लागि सम्बन्धित भन्सार कार्यालयलाई सिफारिस गर्न सक्नेछ । (७) प्रचलित कानून बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भई सारतत्व निकालेर मात्र विदेश निकासी गर्न पाइने भनी उल्लेख भएका जडीबुटीको हकमा सोही सूचना बमोजिम हुनेछ ।
२५. लगत लिन सक्ने: संरक्षकले निकुञ्जको कार्यालयको अभिलेखको लागि स्थानीय व्यक्तिहरू तथा निजहरूको घर, खेतबारी र घरपालुवा जीवजन्तुहरूको लगत अनुसूची-६ बमोजिमको ढाँचामा लिन सक्नेछ ।
२६. निस्सा दिन र चिन्ह लगाउन सक्ने: संरक्षकले निकुञ्जको हितको लागि स्थानीय व्यक्तिलाई परिचयको निस्सा दिन र निजहरूको घरपालुवा जीवजन्तुलाई चिन्ह लगाउन सक्नेछ ।
२७. चरी चराउन सक्ने: स्थानीय व्यक्तिले निकुञ्जभित्र आफ्नो घरपालुवा जीवजन्तुलाई संरक्षकले तोकेको क्षेत्रमा मात्र चरी चराउन वा गोठ राख्न पाउनेछ ।
२८. नेपाल सरकारले निकुञ्जको हितका लागि सेवा सञ्चालन गर्न गराउन सक्ने: (१) निकुञ्जको हितको लागि नेपाल सरकारले निकुञ्जभित्र होटल, लज, छाप्रो, सार्वजनिक यातायात वा यस्तै हकनसमका अन्य सेवा वा सुविधाको व्यवस्था आफैं वा कुनै व्यक्तिसंनत करार गरी सञ्चालन गर्न गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अन्य व्यक्तिबाट सेवा सञ्चालन गराउँदा नेपाल सरकारले आवश्यकतानुसार त्यसको शर्त तोक्न सक्नेछ ।
(३) यो नियमावली लागू हुनुभन्दा अघिदेखि निकुञ्जभित्र सञ्चालन भएको होटल, लज, रेष्टुराँ वा चिया पसलका मालिकले यो नियमावली प्रारम्भ भएको मितिले छ महिनाभित्र यस नियमावली बमोजिम नेपाल सरकारसंनत करार गर्नु पर्नेछ ।
२९. मुद्दा हेर्ने अधिकारी: (१) यस नियमावली अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार संरक्षकलाई हुनेछ ।
(२) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकूल असर पर्नु नपर्ने गरी देहायका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सहायक संरक्षक रहेकोमा सहायक संरक्षकलाई र निज नभएकोमा रेञ्जरलाई हुनेछ:-
(क) नियम ४ को विखिलाप प्रवेशपत्र नलिई निकुञ्जभित्र प्रवेश गरेमा, (ख) नियम ७ को खण्ड (ग), (ङ) वा (च) को विखिलाप कुनै काम कारबाही गरेमा वा सोही नियमको खण्ड (घ) को विखिलाप पाँचसय रुपैयाँसम्म मोल पर्ने वन पैदावारमा कुनै किसिमले हानी नोक्सानी पुर्याएमा, (ग) नियम ११ बमोजिम अनुमति नलिई माछा मारेमा, (घ) नियम १३ को विखिलाप कुनै चिन्हपट्ट, सूचना, विज्ञापन वा पोष्टरहरु टाँसेमा वा राखेमा,
(ङ) नियम १४ को बर्खिलाप कुनै बाजा बजाएमा,
(च) नियम १५ को बर्खिलाप फोहर मैला गरेमा वा फ्याँकेमा,
(छ) नियम १७ को बर्खिलाप निकुञ्जभित्र पसेमा, हिँडडुल गरेमा वा सवारी चलाएमा,
(ज) नियम १८ को बर्खिलाप तोकिएको बाटो छोडी अन्यत्रबाट यात्रा गरेमा, घरपालुवा जीवजन्तु हिँडाएमा वा कुनै सवारी चलाएमा ।
३०. निर्माण कार्य गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्ने: निकुञ्जभित्र कुनै सरकारी वा गैरसरकारी निर्माण कार्य वा योजना सञ्चालन गर्दा गराउँदा नेपाल सरकार, वन मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
३१. प्रवेश शुल्क लगाउन सक्ने: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा तोकिएको निकुञ्जहरूमा अवधि तोकी वा नतोकी नेपाली नागरिकलाई निकुञ्जभित्र प्रवेश शुल्क लगाउन सक्नेछ ।
३२. सहायक संरक्षकको अधिकार: कुनै निकुञ्जमा संरक्षक नभएको अवस्थामा नियम २९ बमोजिम मुद्दा बाहेक यस नियमावली बमोजिमको संरक्षकको अधिकार सहायक संरक्षकले प्रयोग गर्न पाउनेछ ।
३३. अनुसूचीमा संशोधन गर्ने अधिकार: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नियमावलीको अनुसूचीहरूमा संशोधन गर्न सक्नेछ ।
३४. निर्देशिका तथा कार्यविधि बनाउन सक्ने: ऐन तथा यस नियमावलीको कार्यान्वयन गर्न वन तथा भू–संरक्षण मन्त्रालयले आवश्यक निर्देशिका तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
पहिलो संशोधनद्वारा थप ।
अनुसूची-१ (नियम ४ सँग सम्बन्धित)
नेपाल सरकार ------------ राष्ट्रिय निकुञ्ज प्रवेशपत्र
सि.नं. ................ प्रदान गरेको मिति: ......... प्रवेश गरेको मिति: ......... प्रवेशस्थान: ............
नाम र थर:- ठेगाना:- राष्ट्रियता:- उमेर:- प्रवेश दस्तुर:- रु. ............ (अक्षरुपी) .......................................
प्रवेशपत्र प्रदान गर्ने अधिकारी:- नाम:- सही:- दर्जा:- कार्यालयको छाप:-
द्रष्टव्य: १. पाँच वर्षदेखि बाह्र वर्ष उमेरसम्मको व्यक्तिले प्रवेश दस्तुरको आधा तिर्नु पर्दछ । २. यो प्रवेशपत्र एक पटक प्रवेशको निमित्त मात्र मान्य हुनेछ र अरु कसैलाई हस्तान्तरण गर्न सकिँदैन ।
३. यस प्रवेशपत्रको अको पृष्ठमा निकुञ्ज सम्बन्धी नियमहरू उल्लेख गरिएका छन् । ४. यस निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र सो अन्तर्गत बनेको नियमहरूको पालना गर्नु पर्नेछ । ५. यस प्रवेशपत्रलाई आफ्नै साथमा राख्नु पर्नेछ र निकुञ्जको सम्बन्धित कर्मचारीले हेर्न चाहेमा देखाउनु पर्नेछ ।
*अनुसूची-२ (नियम ४ र ११ सँग सम्बन्धित)
दस्तुर
३. चौंरीगाई, गोरू रू. २५।-
४. भैंसी, राङ्गा रू. ५०।-
(छ) सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कन दस्तूर: कायम गरिएको दस्तुर (रू.)
नेपाली नागरिकलाई रू. १०,०००।-
सार्क मुलुकभित्रका नागरिकलाई रू. ५०,०००।-
अन्य राष्ट्रका नागरिकलाई यू.एस. डलर १,५००।- बराबरको नेपाली रूपैयाँ
द्रष्टव्य: ड्रोनबाट सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कन गर्दा यसको अतिरिक्त थप २५ (पच्चीस) प्रतिशत शुल्क लाग्नेछ ।
(ज) डकुमेन्ट्री बाहेक अन्य प्रयोजनको लागि ड्रोनको प्रयोग गर्दा प्रचलित प्रक्रिया पुरा गरेपछि सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कनको लागि तोकिएको दस्तुर लाग्नेछ।
निकुञ्जको नदी नाला वा ताल पोखरीमा ढुङ्गा volley बापत लाग्ने दस्तुर:
१. ३० मिनेट सम्मको लागी (प्रति व्यक्ति प्रति ट्रिप)
नेपाली नागरिकलाई रू. १००।-
सार्क मुलुकभित्रका नागरिकलाई रू. ४००।-
अन्य राष्ट्रका नागरिकलाई रू. १,०००।-
२. १ घण्टा सम्मको लागी (प्रति व्यक्ति प्रति ट्रिप)
नेपाली नागरिकलाई रू. १५०।-
सार्क मुलुकभित्रका नागरिकलाई रू. ७००।-
अन्य राष्ट्रका नागरिकलाई रू. १,५००।-
३. यस भन्दा माथिको लागि दोब्बर दस्तुर लाग्नेछ ।
द्रष्टव्य:
(क) उल्लिखित दस्तुरमा मूल्य अभिवृद्धि कर समावेश भएको छ ।
(ख) रीतपूर्वकको प्रवेशपत्र बाहेकलाई मात्र निकुञ्जभित्र प्रवेश गर्ने दिइनेछ । (ग) घरपालुवा जीवजन्तुलाई राष्ट्रिय निकुञ्जको सुविधा प्राप्त बाटोबाट लैजाँदा दस्तुर लाग्ने छैन । (घ) गाइड शुल्क बुझाउने गाइडलाई निकुञ्ज प्रवेश दस्तुर लाग्ने छैन । (ङ) प्रवेशपत्र वा अनुमतिपत्र नलिई राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने वा उपरोक्त बमोजिम कुनै काम गर्ने व्यक्तिलाई तोकिएको दस्तुरमा शत प्रतिशत अतिरिक्त दस्तुर लिई प्रवेशको अनुमति दिइनेछ । (च) उद्धारको लागि खटिएको हेलिकप्टरलाई शुल्क लाग्ने छैन । (छ) चरीचरन वा गोठ राख्नको लागी दिइएको अनुमति पत्र तीन महिनासम्मको लागी मात्र मान्य हुनेछ ।
अनुसूची-३ (नियम ११ सँग सम्बन्धित) नेपाल सरकार ------------ राष्ट्रिय निकुञ्ज
यस निकुञ्जभित्र माछा मार्नको लागि ............ बस्ने ........... लाई निम्न दस्तुर लिई यो अनुमतिपत्र प्रदान गरिएको छ:-
१. सि.नं.:-
२. माछा मार्न बापत दस्तुर:-
३. माछा मार्न पाइने खोला/पोखरीको नाम:-
४. अनुमतिपत्र बहाल रहने अवधि:-
५. अनुमतिपत्र बुझिलिने व्यक्तिको सही:-
उमेर:- ................... नागरिकता:- ...................... ठेगाना:- ........................... स्थायी:- ....... अस्थायी:- ....
६. मिति:- ...................
अनुमतिपत्र दिन अधिकारीको:- नाम:- सही:- दर्जा:- मिति:- कार्यालयको छाप:-
अनुसूची-४ (नियम १८ को उपनियम (१) सँग सम्बन्धित)
बाटोहरू
(क) लामताङ राष्ट्रिय निकुञ्जको लागि: १. राम्चे-धुन्चे-स्याब्रु-रसुवागढी-मूलबाटो । २. धुन्चे-भासु-स्याब्रु-लामताङ-क्यान्जिङध्याङ-मूलबाटो । ३. धुन्चे-चन्दनबारी (सिहगुम्बा)-गोसाईकुण्ड-ठाडेमेलाम्चे-मूलबाटो । ४. स्याब्रुबेसी-वङगाल, खाङशजम-सेपाथ गाउँ लामताङ-मूलबाटो । ५. छ्वाङडु-गान्शिला पास-हेलम्बु-मूलबाटो । ६. धुन्चे-चन्दनबारी -गोसाईकुण्ड-ठाडै पाटी-गुल्फ-भन्ड्याङ-मूलबाटो ।
(ख) रारा राष्ट्रिय निकुञ्जको लागि: १. गुम-रारा-भुमाथ-मूलबाटो । २. भुमाथ-गोरुसंगा-मूलबाटो । ३. झ्यारी-नमलीचौर-भुमाथ-मूलबाटो ।
(ग) सगरमाथा राष्ट्रिय निकुञ्जको लागि: १. लुक्ला-जोरसल्ले-नाम्चे-मूलबाटो । २. नाम्चे-थामे-नाङपाला--मूलबाटो । ३. थामेगोम्पा-त्रांसलाप्चा पास-मूलबाटो । ४. नाम्चे-खुण्डे-खुमजुङ-लाफामाथ-गोहकियो-मूलबाटो । ५. नाम्चे-खुमजुङ-ट्याङबोचे -मूलबाटो । ६. नाम्चे-थ्याङबोचे- पाङ्कवोचे-फेररचे-लोबुचे-गोरकक्षप-काला पत्थर-सगरमाथा बेस क्याम्प-मूलबाटो । ७. पाङबोचे -नडङवोचे-छुकुङ्ग--मूलबाटो ।
८. पाङबोचे-फोत्से-कोनार ना (गङथा) गोहकियो--मूलबाटो ।
९. खुमजुङ-फात्से-मूलबाटो ।
१०. नाम्चे-स्याङबोचे होटल एभरेष्ट भ्यू--मूलबाटो ।
११. खुमजुङ-नाम्चे-स्याङबोचे--मूलबाटो ।
१२. नाम्चे-स्याङबोचे-खुण्डे--मूलबाटो ।
(घ) शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको लागि : १. दुने-रह-आखे खोला-ठेपका-रेजीमूल बाटो । २. रेजी-पुर्मा-कागमारा लेक-हुरीकोट मूल बाटो । ३. रेजी-पुनेखा-गनाहा मूल बाटो । ४. पुर्मा रिुके-मुगुवा-रिगुङ-शे गोम्बा मूल बाटो । ५. पुङ-पोलाप-रिगुङ मूल बाटो । ६. शे गोम्बा-टाट गाउँ-भिजेर फोता गाउँ-डोल्पा जाने मूल बाटो । ७. मुगुवा-वरिया भञ्ज्याङ-नाम्दो-साल्दाङ-निसाल-खुङ भञ्ज्याङ जाने मूल बाटो । ८. भिजेर गाउँ-कु गाउँ मूल बाटो । ९. दुने-खालरुपी-जलास-आखे खोला मूल बाटो । १०. शे गोम्बा-साल्दाङ मूल बाटो ।
पहिलो संशोधनद्वारा थप ।
अनुसूची-५ (नियम २४ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार ------------ राष्ट्रिय निकुञ्ज काठ दाउरा लिन पाउने पूजी
सि.नं.:-
१. निकुञ्जभित्र काठ दाउरा लिन पाइने क्षेत्र: -
२. काठ दाउराको किसिम र परिमाण:-
३. टाँचा लगाउनु परेमा लगाइने टाँचाको विवरण:-
४. पूजी बहाल रहने अवधि:-
५. काठ दाउरा लिन वापत लाग्ने दस्तुर:-
६. पूजी बुझी लिने व्यक्तिको:-
नाम, थर: .............. सही: ................... नागरिकता:....... ठेगाना: स्थायी ................... अस्थायी .............. मिति: ................
पूजी दिने अधिकारीको नाम: ............ सही:......... दर्जा:.............. मिति:............. कार्यालयको छाप:...
अनुसूची-५क (नियम २४क. को उपनियम (२) सँग सम्बन्धित)
निकुञ्जबाट जडीबुटी सङ्कलन गर्न लाग्ने दस्तुर
यार्सा गुम्बा प्रति व्यक्ति पुर्जी : १. निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाहरूका लागि रु. ५००।- २. मध्यवर्ती क्षेत्र बाहेक निकुञ्ज रहेको जिल्लाका बासिन्दाहरूका लागि रु. २,०००।- ३. निकुञ्ज रहेको जिल्ला बाहेकका अन्य जिल्लाका बासिन्दाहरूका लागि रु. ३,०००।-
पहिलो संशोधनद्वारा थप ।
अनुसूची-५ख (नियम २४क. को उपनियम (२) सँग सम्बन्धित) जडीबुटी सङ्कलन इजाजतपत्र
इजाजतपत्र प्राप्त गर्नेको, – नाम, थर, बतन :- नागरिकता नं. :- सङ्कलन गर्ने म्याद :- घाटगराई स्थान :- सङ्कलन दस्तुर :-
बोधार्थ :- १) ============================ कार्यालय ============================== ।
.................................................................. (संरक्षक)
अनुसूची-५ग. (नियम २४क. को उपनियम (३) सँग सम्बन्धित)
मिति ============================ को संलग्न इजाजतपत्र अनुसार तपसिल बमोजिमको जडीबुटी ================= दिनभित्र ======================== स्थानबाट ================================== स्थानसम्म उठाई लैजाने गरी यो छोडपुर्जी दिइएको छ । बाटोमा पर्ने वन/निकुञ्ज/आरक्ष चेक पोष्टहरुबाट अनिवार्य रूपमा दरपिट गरी लैजानु होला ।
तपसिल
बोधार्थ/कार्यार्थ : १) ======================= कार्यालय । २) ================== राष्ट्रिय निकुञ्ज कार्यालय, लेखा शाखा । ३) बाटोमा पर्ने सबै वन/निकुञ्ज/आरक्ष चेक पोष्टहरु ।
अनुसूची-६ (नियम २५ सँग सम्बन्धित) नेपाल सरकार ------------ राष्ट्रिय निकुञ्ज लगत लिने ढाँचा
सि. नं.
१. गाउँको नाम:-
२. ▸पञ्चायत र वडा:-
३. परिवारको मुख्यको नाम:-
४. परिवारको सदस्य संख्या:-
(क) बाह्र वर्ष माथिका (मर्दाना) ............... (जनाना) ....................
(ख) बाह्र वर्षसम्मको (मर्दाना) ............... (जनाना) ....................
५. घरपालुवा जीवजन्तु:-
▸ हाल "पञ्चायत" भन्ने निकायको सट्टा "गाउँपालिका वा नगरपालिका" भन्ने निकाय रहेको ।
कुकुर - - -
बिरालो - - -
अन्य जनावर - - -
६. घरको:-
तल्ला .............
गाह्रो (काठ, ढुङ्गा, ईटा वा अन्य) ...............
छाना (काठ, ढुङ्गा, जस्ता, टीन वा अन्य) .....
विम्वनी (भएको वा नभएको)......
अन्य विवरण (केही भए) ..........
७. खेतबारी:-
खेत, बारी,गोठ, खर्क आदि के हो त्यसको विवरण:
खेत, बारी, खर्क, अन्य (छुट्टा छुट्टै ) क्षेत्रफल:-
८. विविध:-
सालिन्दा चाहिइने दाउराको अनुमानित मानिस भारी ....................
घर मर्मतको लागि चाहिइने अनुमानित काठ (क्युबिक फूट) ...........
चरिचरनको लागि चाहिइने अनुमानित जग्गा क्षेत्रफल ...................
लगत लिने अधिकारीको,- नाम: ................ सही: ................. दर्जा: ................ मिति: .................*