हुलाक नियमावली, २०२०
नेपाल राजपत्रमा प्रकाशित मिति २०२०।१२।१८
संशोधन: १. हुलाक (पहिलो संशोधन) नियमावली, २०२६ २०२६।१०।१३ २. हुलाक (दोस्रो संशोधन) नियमावली, २०३२ २०३२।१०।२६ ३. हुलाक (तेस्रो संशोधन) नियमावली, २०४९ २०४९।०१।०८ ४. हुलाक (चौथो संशोधन) नियमावली, २०६९ २०६९।०९।२३
हुलाक ऐन, २०१९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमावली बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यो नियमावलीको नाम “हुलाक नियमावली, २०२०” रहेको छ। (२) यो नियमावलीको परिच्छेद-५ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि र अरू परिच्छेदहरू तुरुन्त प्रारम्भ हुनेछन्।◆
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ लाग्नेमा यस नियमहरूमाः- (क) “ऐन” भन्नाले हुलाक ऐन, २०१९ सम्झनु पर्छ। (ख) “विभाग” भन्नाले नेपाल सरकारको हुलाक सेवा विभाग सम्झनु पर्छ।
परिच्छेद-२ हुलाक वस्तुहरू हुलाकद्वारा पठाउँदा पालन गर्नु पर्ने मुख्य सर्तहरू
β३. चिठ्ठीको आकार प्रकार र तौल : (१) चिठ्ठीको लम्बाइ, चौडाई र मोटाई जम्मा गरेर ९०० मिलिलिटर भन्दा बढी हुनु हुँदैन र लम्बाइ, चौडाई र मोटाईमध्ये एक आयाम (डायमेन्सि) ६०० मिलिमिटर भन्दा बढी हुनु हुँदैन। बेरेर गोल पारेमा लम्बाइ र दुई गुणा
◆ मिति २०२३।१।१ देखि परिच्छेद-५ लागू हुने गरी मिति २०२२।१२।२६ मा तोकेको। β दोस्रो संशोधनद्वारा संशोधित।
व्यास (डायनमटर) जोड्दा बढीमा १०४० मिलिमिटरसम्म हुन सक्छ। तर एक आयाम ९०० मिलिमिटरभन्दा बढी हुनु हुँदैन।
(२) पातलो साइजको चिठ्ठीको हकमा लम्बाइ र चौडाई १४०×९० मिलिमिटर भन्दा कम हुनु हुँदैन र बेरेर गोल पारेमा लम्बाइ र दुई गुणा व्यास जोड्दा १७० मिलिमिटरसम्म हुनै पर्दछ। तर एक आयाम १०० मिलिमिटरभन्दा कम हुनु हुँदैन।
(३) चिठ्ठीको अधिकतम तौल दुई किलोभन्दा बढी हुनु हुँदैन। चिठ्ठीको अगाडि पट्टि ठेगाना, हुलाक टिकट, हुलाक अड्डाले टाँस्नु पर्ने लेबलको निमित्त पर्याप्त ठाउँ हुनु पर्छ।
४. चिठ्ठी भित्र रहेको वस्तु सावधानी तथा होसियारी साथ लैजानु परेमा बलियो : काठको वा कार्डबोर्डको बाकसमा राम्रोसँग बन्द गरी रातो अक्षरले “सावधानी” भन्ने लेखेर मात्र हुलाकमा दाखिला गर्नु पर्छ।
५. हुलाक पत्र : $\times$.........निजी व्यवसायीहरूले हुलाक सेवाबाट प्रचलनमा ल्याएको हुलाकपत्र अनुरूप आफ्नो हुलाकपत्र प्रयोग गरि देहायका कुराको पालन गर्नु पर्छ :-
$\beta$ (क) हुलाकपत्र दरो बलियो कागजको हुनु पर्छ जसको लम्बाइ र चौडाई बढीमा १४० X ११५ मिलिमिटर र घटीमा १४० X ९० मिलिमिटरसम्म हुनु पर्छ ।
(ख) हुलाक महसुलको निमित्त चाहिने टिकट ठेगाना लेखेपछिको मान्त दाहिने भागमा टाँस्नु पर्छ,
(ग) हुलाकपत्र कुनै किसिमको खोलमा खाप्ने, दोब्याउने, काट्ने वा कुनै अदल बदल गर्न हुँदैन,
(घ) हुलाकपत्रको अगाडि शिरको दाहिने भागमा ठेगानावालाको ठेगाना टिकट वा फ्रेशन्किङ्ग मेशिनको छाप राख्नुपर्छ र अगाडिको देब्रे भागमा र पछाडि तिर आवश्यक कुरा लेख्न सकिन्छ,
(ङ) हुलाकपत्रमा हुलाक महसुलको निमित्त लाग्ने टिकट ठेगानावालाको र प्रेषकको नाम र ठेगानाको अतिरिक्त कुनै लेबुल हुलाकपत्रको आकृति नबिग्रिनेगरी टाँस्न सकिन्छ तर ठेगानावालाको नाम र ठेगाना सम्बन्धी लेबुल
$\times$ दोस्रो संशोधनद्वारा खजिकिएकोमा पुनः तेस्रो संशोधनद्वारा पहिलो वाक्यको बाँकी शब्दहरू खजिकिएको। $\beta$ दोस्रो संशोधनद्वारा संशोधित।
हुलाकपत्रको अगाडिको भागको दायाँ पछि भन्दा बाहेक अन्य ठाउँमा टाँस्न हुँदैन,
(च) हुलाकपत्रमा व्यापारिक वस्तुको नमूना वा यस्तै किसिमको अन्य वस्तुहरू टाँस्न हुँदैन। तर तस्वीर, कुनै किसिमको टिकट र प्रेषकको नाम र ठेगाना लेखी टाँसिएको पातलो लेबुल हुलाकपत्रको आकृति नबिग्रने गरी हुलाकपत्रको पछाडि र बायाँ तिरको भागमा मात्र टाँस्न सकिनेछ,
(छ) लाग्नु परे हुलाक महसुलको टिकट नटाँसिएको हुलाकपत्र जनत सडाउन फिर्ता चिठ्ठी फोटामा पठाइनेछ,
(ज) टिकट नटाँसिएको बाहेक उपर्युक्त नियमहरूको रीत नपुगेको हुलाकपत्रलाई चिठ्ठी मानिनेछ।
६. $\text{x}$........ ७. हवाईपत्र :
(क) हवाईपत्र राम्रोसँग दोब्य्राई टाँसी बन्द गरिने कागज हो, जुन दोब्य्राउँदा हुलाकपत्रको आकारको भन्दा बढी हुनु हुँदैन। हवाईपत्र दोब्य्राउँदा अगाडिको भागको देब्रे पछि “नेपाल” र “हवाईपत्र” भन्ने लेखिएको हुनु पर्छ र “हवाईपत्र” भन्ने अक्षर मुनी धसो तानी कच गरेको हुनु पर्छ,
(ख) दायाँपट्टि टिकट टाँसिएको हुनु पर्छ र त्यस मुनि ठेगानावालाको नाम र पूरा ठेगाना लेखिएको हुनु पर्छ र हवाई पत्रको पछाडि पछि प्रेषकको नाम र ठेगाना लेख्न सकिनेछ,
$\beta$ (ग) हवाईपत्र भित्र कुनै चीज खाम्न हुँदैन। खाएमा सतह डाँकबाट जानेछ। टिकट बाहेक अन्य चीज टाँस्न पनि हुँदैन,
(घ) विभागले प्रचलनमा ल्याएको हवाईपत्र जस्तै तयार गरी निजी व्यवसायीहरूले हवाईपत्रको उपयोग गर्न सक्नेछन्,
(ङ) निजी व्यवसायीहरूले प्रचलनमा ल्याएको हवाईपत्रको रङ्ग “नीलो” हुनु पर्दछ,
$\text{x}$ दोस्रो संशोधनद्वारा खारेज। $\beta$ दोस्रो संशोधनद्वारा संशोधित।
(च) हवाईपत्रको लागि लाग्ने महसुल टिकटद्वारा अग्रिम भुक्तानी हुनु पर्नेछ,
(छ) उपर्युक्त बमोजिम नभएको हवाईपत्रलाई चिठ्ठीको मान्यता दिई आन्तरिक हुलाक वस्तु भएमा नपुग महसुलको दोब्बर रकम डेलिभरी गर्दा असूल गरिनेछ।
८. विशेष डाँक (एक्सप्रेस डेलिभरी) : रजिष्टरी भएका हुलाक वस्तुलाई कुनै हुलाकबाट बढीमा २ दुई मिलको जासला समयको क्षेत्रमा विशेष डाँकद्वारा चलान गरिने व्यवस्था गरिनेछ। विशेष डाँकको निमित्त विशेष दस्तुर र प्रत्येक हुलाक वस्तुको निमित्त नेपाल सरकारबाट तोके बमोजिम थप टिकट टाँसी चुक्ता गर्नु पर्नेछ। हुलाक वस्तुको अगाडिको भागको दाहिने कुनामा विशेष डाँक भन्ने लेखिएको हुनु पर्छ। विशेष डाँकद्वारा चलान गर्न सक्ने हुलाक वस्तुको किसिम र विशेष डाँक चलान र डेलिभरी गर्न सक्ने हुलाकको नाम र यस सम्बन्धी अन्य विषयहरू महानिदेशकले तोकी नेपाल राजपत्रमा प्रकाशित गरिए बमोजिम हुनेछ।
९. $\boxtimes$..........
१०. छापा कागजपत्रहरू :
(क) “छापा कागजपत्र” भन्नाले छपाईएको, इन्ग्रेभ गरिएको, लिथो गरिएको, मिमियोग्राफ गरिएको वा फोटो खिचिएको सबै प्रकारका समाचार पत्रपत्रिका, किताब पश्चात, संगीतको सीट, भेट्ने कार्ड, ठेगाना कार्ड, छपाईको प्रुफ, इन्ग्रेनिङ्ग फोटो र फोटो भएका अलबम र सूचनाहरूलाई र छपाई, इन्ग्रेनिङ्ग लिथो, मिमियोग्राफी, फोटोग्राफी र तुरुन्तै चिन्न सकिने अरू कुनै यान्त्रिक प्रक्रियाद्वारा सामान्यतया कागजपत्र वा कार्डबोर्ड वा यस्ता अरू कुनै वस्तुमा बनाइएको लिखत वा उतारिएको प्रतिलिपिहरू सम्झनु पर्छ। तर प्रेसङ्गद्वारा वा चल वा अचल टाइप भएको छापद्वारा वा टाइपराईटरद्वारा उतारिएको प्रतिलिपिलाई छापा कागजपत्र मानिने छैन,
(ख) कुनै हस्तलिखित वा टाइप गरिएको मूल प्रतिलिपिको धेरै गराउने यान्त्रिक प्रक्रियाबाट निकालिएका प्रतिहरू छापा कागजपत्रको रूपमा
हुलाकबाट चल्न हुन सक्छन् । तर यस्तो प्रति २० प्रति भन्दा बढी भए मात्र यस श्रेणीमा मान्यता हुन सक्नेछ।
(ग) व्यक्तिगत लेखापढी भएको चिठ्ठी, हुलाकपत्र, फिल्म, ग्रामोफोन, डिस्क र स्वचालित संगीत यन्त्रको निमित्त प्वाल पारिएको कागज टिकट सटहीको मूल्य भएको कुनै छापिएको कागज, खाली कागज, खाम र अरू सबै स्टेसनरी वस्तुहरू छापा कागजपत्रको दरमा चल्न सक्ने छैनन्,
$\beta$ (घ) छापा कागजपत्रको प्याकेटको लम्बाइ, चौडाई र मोटाई तथा अधिकतम तौल चिठ्ठी सरह नै हुनेछ।
तर एउटै किताब भए पाँच किलोग्राम चलाउन सकिनेछ।
(ङ) छापा कागजपत्रहरू हुलाक दाखिला गर्दा जाँच्न सजिलो हुने गरी बन्द गरेको हुनु पर्छ । पूरा बन्द नभएको खाममा वा खुला बट्टामा राखिएको, धागोले बाँधिएको वा गोल गरी बेरिएकोमा दुबै छेउ खुला गरिएको वा अरू त्यस्तै किसिमबाट प्याक गरिएको हुनु पर्छ,
(च) चित्रमय कार्डमा र छापिएको भेट्ने कार्ड, दुर्गा पूजा, दीपावली, नववर्षभिन सम्बन्धी कार्डहरू र शुभेच्छा, बधाई, धन्यवाद, समवेदना जनाउने शिष्टाचार सम्बन्धी कार्डहरूमा पठाउने तथा पाउनेको नाम र ठेगानामा लेख्ने भन्दा बाहेक ५ शब्द भन्दा बढी लेख्न हुन्न छ,
$\phi$ (छ) एउटै व्यक्तिले एउटै व्यक्तिको ठेगानामा डेलिभरी हुने गरी छापा कागजपत्र विशेष थैलामा बन्द गरी पठाउँदा प्रापक र प्रेषक दुबैको नाम र ठेगाना लेख्नु पर्छ। यसरी पठाउने थैलाको तौल पच्चीस किलोग्राम भन्दा बढी हुनु हुँदैन। थैलाको तौल र त्यसमा लाग्ने महसुल दरको कूल अङ्क थैलाको लेबुलमा लेख्नु पर्छ। त्यसरी पठाएका विशेष थैला डेलिभरी हुन नसकी फिर्ता आएमा सुरुकै हुलाकबाट पठाउँदा लाग्ने सरहको महसुल प्रेषकबाट पुनः बुझी लिएर मात्र फिर्ता गरिनेछ।
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित। $\phi$ दोस्रो संशोधनद्वारा थप।
(२) छापा कागजपत्रहरू उपर्युक्त नियम (१) मा निर्धारित आकार भन्दा ठूलो भएमा वा अनियमित तरिकाले बन्द गरिएको भएमा प्रेषकलाई नै हिताथ गरिन्छ। यस्ता छापा कागजपत्रमा कम महसुलको टिकट टाँसिएको भएमा, पुनलन्दा या छापा कागजपत्रको महसुलमा जुन घटी हुन्छ सोही बमोजिम बाँकी दस्तुर डेलिभरी गर्दा असुल गरिन्छ। पठाउनेले जो चाहिने कुराहरू पूरा गरी त्यस्तो वस्तु फेरि हुलाक दाखिला गर्न चाहेमा नयाँ वस्तुमा लाग्ने महसुल तिर्नुपर्छ।
११. नमूना प्याकेट (स्याम्पुल प्याकेट) :
(क) नमूना प्याकेटमा विश्वसनीय व्यापारिक नमूनाहरू हुनु पर्छ र त्यस्ता नमूनाको बिक्री मूल्य हुनु हुँदैन। पठाउनेको र पाउनेको नाम, ठेगाना, दर्जा, पेशा र चलाखीको निमित्त पठाउनेको सहीछाप टेलेफोन नम्बर, टेलेग्राफिक ठेगाना, सम्बन्धित वस्तुको ट्रेडमार्क छान, संख्या, मूल्य माप तौल उपलब्ध परिमाण र मूल्य बारेको मूल कुराहरू तथा चीजको प्रकृति र सो जनाउने अरू आवश्यक कुराहरू प्याकेटको भित्रपहि वा बाहिरपहि देखाउने बाहेक अन्य कुराहरू लेखिएको हुनु हुँदैन,
(ख) नमूनाहरू कुनै थैली, बिा, बाकस वा खाममा राख्न सकिन्छ तर तुरुन्त खोली वा उघारी भित्रको चीज जाँच्न सकिने गरी राखिएको हुनु पर्छ। एउटा मात्र सिङ्गो काठ वा धातुको टुक्रालाई प्याक बन्दी गर्न अनिवार्य छैन। तर त्यस्तो हुलाक वस्तुमा ठेगाना र टिकटको निमित्त एउटा टेबुल टाँसिएको हुनु पर्छ,
(ग) चर्कने वा फुट्न सक्ने नमूनाका वस्तुहरूलाई पनि बाटामा हुलाकको कर्मचारीलाई वा डाँकलाई नोक्सान नहुने गरी सुरक्षित ढङ्गबाट धातुको, काठको वा बलियो कार्डबोडको पट्टा वा बाकसमा सुरक्षित ढङ्गसँग प्याक गरी नमूना प्याकेटमा पठाउन सकिन्छ,
(घ) तरल पदार्थ, तेलहरू र सजिलै सँग बाल्ने चीजहरू राम्रोसँग बन्द गरिएको बट्टामा राख्नुपर्छ र यस्तो बट्टालाई धातुको वा बलियो काठको अथवा बलियो कार्डबोडको बाकसमा राखी कपास, काठको धूलो वा तरल पदार्थ सोस्न सक्ने वस्तु बाकसको वरपरि प्रशस्त मात्रामा राख्नु पर्छ,
(ङ) सजिलैसँग पग्लिने नरम र चिल्ला पदार्थहरू जस्तै मलहम, नरम साबुन, रेजिन र रेशमी कीरा इत्यादिलाई एउटा नित्री बाकस वा थैलामा हालेर मात्र बाहिरी काठ, धातु वा बलियो मोटो छालाको बाकसमा राख्नु पर्छ,
(च) रङ्गको धूलो बलियो टिनको बट्टामा काठको बाकस भित्र काठको धूलो सहित दोहोरा करभित्र राख्नु पर्छ। यस्तो धूलो टिनको बट्टा र धातु, काठ वा काडबोर्डको बाकसको बीचमा राख्नु पर्छ। यसरी बट्टाएको बाकस कपडाको थैलीमा राखी बन्द गर्नु पर्छ,
(छ) सजीव माहुरी सबै तरहराहरूको बचाउ हुनेगरी बनाइएको बाकसमा राख्नु पर्छ तर सो वस्तु जाँच्न सकिने गरी राख्नु पर्नेछ,
(ज) सामान्य तरिकाबाट प्याक गरेमा नष्ट हुने चीजहरूलाई बलियो र सुरक्षित तवरले बन्द गरिएमा मात्र स्वीकृत गरिनेछ। औद्योगिक तथा वनस्पति वस्तुको नमूनाहरू पनि सुरु देशको जाँच गर्ने अधिकारीद्वारा सिलबन्दी गरिएको वा कारखानाद्वारा बन्द गरिएको कर बन्द गरिएमा मात्र स्वीकृत गरिनेछ। यस्तो खण्डमा पठाउने वा पाउने प्याकेटको केही अंश खोलेर वा अरू कुनै सन्तुष्ट तरिकाले भित्रको चीज जाँच गर्ने काममा मद्दत गर्नु पर्नेछ,
(झ) ..........
$\beta$ (ञ) नमूना प्याकेटको लम्बाई, चौडाई र मोटाई चिठ्ठी सरहै हुनेछ र त्यसको $\alpha$ अधिकतम तौल एक किलोसम्म हुन सक्नेछ।
(ट) नमूना प्याकेटमा लाग्ने हुलाक महसुल टिकट टाँसी अग्रिम भुक्तानी गर्नु पर्नेछ। लाग्ने महसुल नतिरिएको व्यक्तिगत किनसमिका लेखापढी भएको कुनै चिठ्ठी टिप्पणी वा लिखित खामिएको यो नियम अनुसार प्याक नभएको वा हुलाक टिकट वा अरू रूपैयाँमा सटही हुने कागज खामिएको वा नाप तौलको हद नाघेको वा कुनै बिक्री गरिने योग्य वस्तु भएमा पठाउनेकहाँ नै
$\alpha$ तेस्रो संशोधनद्वारा खारेज गरिएको। $\beta$ दोस्रो संशोधनद्वारा संशोधित। $\alpha$ तेस्रो संशोधनद्वारा संशोधित।
फिर्ता गरिनेछ। पठाउनेले जो चाहिने कुराहरू पूरा गरी फेरी हुलाक दाखिला गरेमा नयाँ वस्तुमा लाग्ने महसुल तिर्नु पर्नेछ।
१२. $\boxtimes$....................
१३. अन्धा साहित्य प्याकेट :
(क) “ब्रेल” मा वा अन्धाहरूको प्रयोगको निमित्त खास किसिमबाट मुद्रित कुनै कागज, समाचार पत्रपत्रिका, पुस्तक र साउण्ड रकिर्ड, लेख वा अक्षर पठाउने प्लेट अन्धा साहित्यमा लिइन्छन्,
(ख) उक्त वस्तुहरू नेपाल सरकारद्वारा मान्यता प्राप्त कुनै शिक्षण संस्थाको नाममा पठाइको वा सो द्वारा पठाइएको हुनु पर्नेछ। यस्तो वस्तुको प्याकेटमा यसै नियमका खण्ड (क) मा उल्लिखित खास गरी अन्धाहरूको उपयोगको लागि नै मुद्रित भएका चीजहरू हुनु पर्छ र लिखितमा वा छपाईमा सो वस्तु सम्बन्धी नाम, सूची र यसको प्रयोग सम्बन्धी निर्देश बाहेक अरू खबरको आदान प्रदान रहेको हुनु हुँदैन।
(ग) सो वस्तुको बाहिर वा कभरको बाहिरपहि “अन्धा साहित्य” भन्ने लेखिएको र पठाउनेको नाम र ठेगाना हुनु अनिवार्य छ।
(घ) कभर भए दुबै छेउ खुला भएको र नभए पनि सजिलोसँग जाँच्न हुने गरी हुलाक दाखिल गरेको हुनु पर्छ।
$\beta$(ङ) अन्धा साहित्यको प्याकेटको लम्बाइ, चौडाई र मोटाई चिठ्ठी सरहै हुनेछ र त्यसको अधिकतम तौल सात किलोग्राम मात्र हुन सक्नेछ।
$\beta$(च) अन्धा साहित्यको प्याकेट उपरोक्त खण्डहरू अनुसार नभएमा चलान गरिने छैन र प्रेषक कहाँ फिर्ता पठाइनेछ।
१४. दर्ता भएका समाचार पत्रपत्रिका : (१) ऐनको दफा १४ मा समाचार पत्रपत्रिकाको परिभाषा गरिए बमोजिमको वस्तु निम्न व्यहोरा पूरा गरी ल्याइएमा सहुलियत दरमा हुलाकद्वारा चलान गर्न सकिनेछ :-
$\boxtimes$ तेस्रो संशोधनद्वारा खरिज। $\beta$ दोस्रो संशोधनद्वारा संशोधित।
(क) एउटा जिल्ला हुलाक प्रयोग गर्नको लागि दश रुपैयाँ तिरी गोश्वारा हुलाक वा सम्बन्धित जिल्ला हुलाक कार्यालयमा र एक भन्दा बढी जिल्ला हुलाक प्रयोग गर्नको लागि प्रत्येक थप जिल्ला हुलाकको लागि दुई रुपैयाँ तिरी हुलाक सेवा विभाग वा सम्बन्धित क्षेत्रीय हुलाक निर्देशनालयमा हुलाक सेवा विभागद्वारा निर्धारित गरिएको फारम भरी समाचार पत्रपत्रिका दर्ता गर्नु पर्नेछ। यसरी दर्ता गराई दिएको नम्बर समाचार पत्रपत्रिकाको पहिलो पेज वा अन्तिम पेजमा देखिने ठाउँमा अंकित भएको हुनु पर्छ।
(ख) खण्ड (क) बमोजिम समाचार पत्रपत्रिका दर्ताको लागि दरखास्त गरिँदा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट लिइएको दर्ताको प्रमाण-पत्र आफूले समाचार पत्रपत्रिका दाखिल गर्न चाहेको हुलाकको नाम, तीसजा वा वास्तविक ग्राहकको नाम र दुईप्रत समाचार पत्रपत्रिका समेत पेश गर्नु पर्नेछ।
तर नेपाल $\varnothing$ ................... भित्रका विदेशी राजदूतावासबाट नेपाल $\varnothing$ ................... भित्र प्रकाशित गरेका समाचार पत्रपत्रिकाको हकमा दर्ताको प्रमाण-पत्र पेश गर्नु पर्ने छैन।
(ग) समाचार पत्रपत्रिकाको प्रतिहरू वा बिटा (वण्डल) दुबै छेउ खुला रहने गरी रैपर सहित वा रहित हुलाक दाखिल गर्न सकिनेछ। दोब्याउँदा $\square$ हुलाक सेवा विभाग वा क्षेत्रीय हुलाक निर्देशनालय वा जिल्ला हुलाक कार्यालय वा गोश्वारा हुलाकबाट प्राप्त रजिष्टर्ड नम्बर बाहिरबाट प्रष्ट देखिने हुनु पर्छ।
(घ) समाचार पत्रपत्रिकाको दर्ता गर्दा हुलाक हाकिमले तोकेको दिन र समयमा तोकिदिएको हुलाकमा दाखिल गर्नु पर्नेछ। त्यसरी दाखिलाको लागि हुलाक तोक्दा हुलाक हाकिमले जुनसुकै हुलाक पनि तोक्न सक्नेछ।
$\square$ तेस्रो संशोधनद्वारा संशोधित। $\varnothing$ चौथो संशोधनद्वारा झिकिएको।
(ङ) समाचार पत्रपत्रिकामा लाग्ने महसुलको अग्रिम भुक्तानी टिकट टाँसी झ्वा फ्रेशिङ्ग गरी गर्नु पर्नेछ,
(च) समाचार पत्रपत्रिकाको खाममा ठेगानावालाको नाम तथा ठेगाना एक प्रतिभन्दा बढी पठाइने प्याकेटमा प्याकेटभित्र रहेको प्रतिको संख्या, समाचार पत्रपत्रिकाको नाम तथा ठेगाना, चन्दादाताको संख्या जनाउन लेखिए बाहेक अन्य कुनै किसिमको चिन्ह वा कुनै किसिमको कुरा पनि लेख्नु हुँदैन,
(छ) ऐनको दफा १४ मा उल्लेख भएको अतिरिक्तता बाहेक अन्य कुनै किसिमको कागज वा वस्तु समाचार पत्रपत्रिका भित्र खाम्नु हुँदैन,
[ज] समाचार पत्रपत्रिकाको दर्ता प्रत्येक आर्थिक वर्षको आषाढ मसान्तसम्म मात्र कायम रहनेछ। यसरी दर्ता भएका समाचार पत्रपत्रिकाका प्रकाशकले सम्बन्धित कार्यालयमा प्रत्येक आर्थिक वर्षको आषाढ मसान्तसम्ममा पाँच रूपैयाँ र प्रत्येक थप जिल्ला हुलाकको लागि एक रूपैयाँका दरले दस्तुर तिरी नवीकरण गराउनु पर्नेछ। सो म्यादभित्र नवीकरण नगराएमा सो म्याद समाप्त भएको तीन महिनाभित्र प्रत्येक जिल्ला हुलाकको लागि ६ रूपैयाँ दस्तुर तिरी नवीकरण गर्न सकिनेछ। सो म्यादभित्र पनि नवीकरण नगराएमा त्यस्तो दर्ता स्वतः खारिज हुनेछ।
(२) ऐनको दफा १४ मा लेखिएका शर्तहरू पालन गरिएमा वा यसै नियममा उल्लेख भएका शर्तहरू पालन नगर्ने समाचार पत्रपत्रिकालाई हुलाकद्वारा चलाउनु यस नियमले कुनै बाधा पुर्याएको मानिंदैन। छापा कागजमा लाग्ने महसुल बमोजिमको हुलाक महसुलको अग्रिम भुक्तानी गरी हुलाकद्वारा पठाउन सकिनेछ।
(३) दर्ता भएको कुनै समाचार पत्रपत्रिकाको सम्बन्धमा ऐनको दफा १४ को उपदफा (२) र (३) मा उल्लेख भए बमोजिम लेखिएको देखिन आएमा सम्बन्धित कार्यालयले त्यस्तो दर्ता तुरुन्त रद्द गर्न सक्नेछ।
(४) एक स्थानबाट सहुलियत दरमा चलाान भएका समाचार पत्रपत्रिका पुनः अर्को स्थानमा सहुलियत दरमा पठाउन सकिने छैन ।
(५) हुलाक दर्ताथ गरिएका समाचार पत्रपत्रिका थोकको रूपमा पठाउनु परेमा तौलको आधारमा महसुल लाग्नेछ ।
(६) समाचार पत्रपत्रिका बाहेक कानून बमोजिम दर्ताथ भई नियमित रूपले प्रकाशित भइरहेका पत्रपत्रिकामध्ये साहित्य, कला, संस्कृति, विज्ञान र वातावरण सम्बन्धी शिक्षाप्रद ज्ञानवर्धक र शोधमूलक सामग्री अधिकांश मात्रामा समावेश भएको आधारमा सञ्चार मन्त्रालयले उपयुक्त ठहर्याएको पत्रपत्रिकालाई सहुलियत दरमा हुलाकबाट चलाउनको लागि बुकपोस्ट वा छापा कागजमा लाग्ने महसुलमा पच्चीस प्रतिशत सहुलियत पाउने गरी हुलाक दर्ताथ गराउन सकिनेछ ।
तर कुनै उद्योग, व्यापार, व्यवसाय वा पेशाको उत्पादन वा सेवा प्रवद्र्धन गर्ने वा प्रचार- प्रसार गर्ने वा विज्ञापन प्रधान भएका पत्रिकालाई त्यस्तो सुविधा दिइने छैन ।
(७) सहुलियत प्राप्त गरिरहेका समाचार पत्रपत्रिका वा अन्य पत्रपत्रिकाले यस नियमावली बमोजिम तोकिएका शर्तहरू पालना नगरेमा वा प्रकाशित सामग्रीको आधारमा सुविधा प्राप्त गर्ने आधार पूरा नगरेका देखिएमा पाइरहेको हुलाक सुविधा दिइने छैन ।
१५. नियम : १४ पालना गरी दर्ताथ भएका समाचार पत्रपत्रिकाहरूको एक प्रतिभन्दा बढी भएको प्याकेट निम्न बमोजिम शर्त पालना गरेमा सहुलियत दरमा हुलाकद्वारा चलान हुन सक्नेछ :-
(क) प्रत्येक प्याकेटमा उही मितिको उही रजिस्ट्री नम्बर भएको समाचार पत्रपत्रिका मात्र हुनु पर्छ,
(ख) छुट्टा छुट्टै दर्ताथ भएका समाचार पत्रपत्रिकाहरूको प्याकेटको सम्बन्धमा पनि नियम १४ को उपनियम (१) को खण्ड (घ) अनुसार हुनु पर्नेछ,
(ग) प्याकेटमा स्थानीय एजेन्टको नाम तथा ठेगाना मात्र लेखिएको हुनु पर्छ । यस्ता एजेन्टको नाम सुरु हुलाकमा पहिले नै प्रेषकले सूचित गर्नु पर्छ ।
$\ddagger$ तेस्रो संशोधनद्वारा थप ।
(घ) यस्तो प्याकेट स्थानीय एजेन्टको घरमा गैं डेलिभरी गरिने छैन । यस्तो प्याकेट स्थानीय एजेन्ट वा निजबाट अधिकृत कुनै व्यक्तिलाई हुलाकमा नै डेलिभरी गरिनेछ,
(ङ) “हुलाक” मै डेलिभरी गर्ने भन्ने कुरा प्रेषकले प्याकेटमा जनाउनु पर्नेछ।
१६. पुलिन्दा : (१) पुलिन्दामा ठेगानावालालाई चिठ्ठीको अनुरूपको लिखित सन्देश वा व्यक्तिगत लेखापढी जस्तो एकहोरो लिखित कागज र सो पुलिन्दामा खामिने वस्तुहरूको सूचीहरू बाहेक अन्य कुनै किसिमको लेखापढी खामिएको हुनु हुँदैन।
(२)(क) उपर्युक्त उपनियम (१) मा लेखिएको भन्दा बाहेक कुनै लिखित सन्देश कुनै पुलिन्दामा छ भन्ने शंका लागेमा यस्तो पुलिन्दा हुलाक अड्डामा ठेगानावालाको सामुन्ने खोल्दा उक्त उपनियम (१) मा छुटै दिइएको भन्दा बाहेक बढी कुनै लिखित सन्देश प्राप्त भएमा प्रत्येक यस्ता लिखित सन्देशको चिठ्ठीमा लाग्ने महसुलको दोब्बर ठेगानावालाबाट असुल गरिनेछ। पुलिन्दामा टाँसिएको हुलाक महसुल जे जनतसुकै भए तापनि यसरी असुल गरिने अङ्कमा गनिने छैन। ठेगानावालाले यस्तो पूरा दस्तुर नतिर्न इन्कार गरेमा वा समयमा नतिरेमा यस्ता पुलिन्दा प्रेषककहाँ नै फिर्ता गरिनेछ र असुल गर्नु पर्ने दस्तुर प्रेषकबाट असुल गरिनेछ।
$\beta$(ख) पुलिन्दाको लम्बाइ एक मिटरसम्म हुन सक्छ। मोटाई र लम्बाइ मिलाउँदा १.८ मिटरभन्दा बढी हुनु हुँदैन। यसको तौल सतहबाट जाने भएमा बढीमा दि किलोग्रामसम्म र हवाई मार्गबाट जाने भएमा बढीमा पाँच किलोसम्म हुन सक्छ।
(ग) कुनै पुलिन्दा पनि थैलामा राखी बोकी लैजानेलाई कुनै असुविधा तथा कठिनाइ हुने किसिमको आकारको हुनु पर्छ,
(घ) प्रत्येक पुलिन्दा प्रशस्त बलियो बट्टा, स्प्रेयर वा खोलमा र पुलिन्दाभित्र रहेको कुनै चीज हराउने वा नोक्सान हुने वा बाटोमा सजिलोसँग झिक्न सकिने वा नष्ट गर्न सक्नेगरी बन्द गरिएको हुनु पर्दछ। यसरी बन्द गर्दा टिकट र
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित ।
लेबुल टाँस्न वा हुलाकबाट अन्य आवश्यक कुरा लेख्न सकिने पर्याप्त ठाउँ हुनु पर्छ,
(ङ) निम्न वस्तुहरू खामिएका पुलिन्दाहरू निम्न तरिकाले बन्द गरिनु पर्दछ :-
(१) मूल्यवान धातुहरू :- यस्ता धातुहरू खामिएको पुलिन्दा बलियो धातुको बाकसमा कमसेकम $\beta$ ८.४ मिलिमिटर मोटाई भएको काठको बाकस वा सिलाई जोडिएको दोबरी थैलामा राखिएको हुनु पर्छ। प्लाइउडको बाकस भएमा $\beta$ ६.३ मिलिमिटर बाक्लो र चारै तिर कुनामा धातुको कोण परेको टुकाले जोडिएको हुनु पर्छ।
(२) तरल वा छिट्टै तरल हुने पदार्थ :- यस्ता पदार्थ पुलिन्दामा पठाउँदा शीशी वा यस्तै किसिमको अन्य धातुको भाँडोमा वा बाकसमा चुहुने गरी बन्द गर्नु पर्छ। यसरी बन्द गरिएका वस्तु धातुको बाकस, कडा काठ वा विशेष बलियो कार्डबोर्ड (करूगेटेड कार्डबोर्ड) को बीचमा भुस वा काठको धूलो वा कुनै सोस्न सक्ने वस्तु राखी प्याकिङ्ग गरिएको हुनु पर्छ।
(३) सुक्खा रहने पाउडर :- यस्तो वस्तु एउटा बलियो खोल वा बाकसमा राखिएको हुनु पर्छ। यसरी बन्द गर्दा काठको बाकस वा असल जातको बलियो कार्डबोर्ड (करूगेटेड कार्डबोर्ड) को बीच काठको धुलो वा भुस राखी बन्द गर्नु पर्छ।
(४) छिट्टै बल्न सक्ने झिलम जस्ता चीजहरू :- यस्ता वस्तुहरू राम्रोसँग बलियो काठको वा सो भन्दा बलियो वस्तुको बाकसमा बन्द गरिनु पर्छ। ठेगाना लेखेपछि सेतो लेबुलमा कालो अक्षरले “सावधानी” “बल्न सक्ने वस्तु” भनेर लेखी टाँस्नु पर्दछ।
(५) बढ्दो वास्ना आउने वा गन्हाउने वस्तु :- यस्तो वस्तुलाई कतै बाट हावा छिर्न नसक्ने भाँडामा राखी काठको बलियो बाकसको बीच भुस वा काठको धूलो राखी बन्द गरिएको हुनु पर्छ।
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित।
(६) माउरी, रेशमी कीरा वा खराब कीटाणु वा गने कीटाणु पठाइँदा :- नियम ११ को उपनियम (६) बमोजिमका शर्त पूरा राखिएको पुलिन्दामा सेतो लेबुलमा “जीवित जन्तु” भनेर लेखी ठेगाना लेख्ने ठाउँ भन्दा माथिपट्टि देखिने गरी टाँस्नु पर्छ।
β१७. टिकटको मोल चुक्ता गर्नु पर्ने : (१) पुलिन्दामा लाग्ने महसुल अग्रिम चुक्ता गरी हुलाकमा दाखिल गर्नु पर्छ। यसरी दाखिल गरिएको प्रत्येक पुलिन्दाको रजिष्ट्रेसन गर्नुपर्छ।
(२) उपनियम (१) बमोजिम रीत पुर्याइएको पुलिन्दा प्रेषककहाँ फिर्ता पठाइनेछ। सो वस्तु पुनः दाखिल गर्न चाहेमा नयाँ हुलाक वस्तु सरह महसुल लाग्नेछ।
β१८. गोदाम भाडामा छूट दिन सकिने : कुनै व्यक्ति वा संस्थाबाट दान दातव्यको रूपमा कुनै सार्वजनिक संस्थालाई प्राप्त हुन आएको पुलिन्दाहरूको भन्सार महसुल छूट गर्ने कारबाहीको सिलसिलामा धरौटीमा रही गोदाम भाडा लाग्ने भएमा गोश्वरा हुलाकको मुख्य हुलाक हाकिम वा क्षेत्रीय हुलाक निर्देशकको सिफारिसमा महानिदेशकले आंशिक वा पूर्णतया गोदाम भाडा छूट दिन सक्नेछ।
१९. फाराम भर्न लगाउने : जुनसुकै हुलाकमा दाखिल गरिएको वा जुनसुकै ठाउँमा पठाउने प्रत्येक पुलिन्दाको विषयमा समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पुलिन्दामा खामिएको वस्तुको बयान र मूल्य विषयमा जानकारी राख्नको निमित्त महानिदेशकले निर्धारित गरे अनुसारको फाराम प्रेषकले भर्नु पर्नेछ।
२०. पुलिन्दा भित्र राखी हुलाकद्वारा पठाउन निषेध गरिएका वस्तुहरू : देहायका वस्तुहरू पुलिन्दा भित्र राखी हुलाकद्वारा पठाउन निषेध गरिएको छ :
(१) ऐन वा यो नियमावली अन्तर्गत निषेध गरिएको वा निषेध हुने वस्तु,
(२) नेपाल सरकारद्वारा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाल $\varnothing$............. भित्र बाहिर आयात निर्यात गर्ने वा एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन लैजान मनाही गरिएका वस्तुहरू,
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित। $\varnothing$ चौथो संशोधनद्वारा खारेज गरिएको।
(३) नेपाल सरकारद्वारा यस सम्बन्धमा अधिकार प्राप्त पदानुकारीद्वारा नेपाल $\varnothing$ ............ भित्र बाहिर आयात निर्यात गर्ने वा एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन लैजान मनाही भएका वस्तुहरू,
(४) वैज्ञानिक तथा डाक्टरी उपयोगमा आउने वस्तुहरू बाहेक अन्य मादक पदार्थहरू,
(५) माहुरी, रेशमी कीरा वा नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थाहरूका बीच आदान प्रदान भएका खराब कीटनाशक कीटाणु भन्दा बाहेक अन्य जीवित कीटाणुहरू, वा
(६) भन्सार महसुल लाग्ने चीजहरूलाई छल्ने किसिमबाट पठाइएका वस्तुहरू।
२१. निषेध गरिएका वस्तुहरू जानमिएमा गर्ने : नियम २० ले मनाही गरेको कुनै वस्तु जानमिएको हुलाक वस्तु परिवहन कालमा प्राप्त भएमा ऐनको दफा ५४ बमोजिम गर्ने वा प्रेषकलाई फिर्ता दिने विषयहरू महानिदेशकको निर्देशन बमोजिम हुनेछ।
२२. टिकट जस्तो अन्य चीज टाँस्न नहुने :
(क) टिकट जस्तो लेखिएको, छापिएको वा मुद्रित गरिएको कुनै चीज वा ठेगाना लेख्नेपनि छापिएको मुद्रित गरिएको वा लेखिएको कुनै चीजले ठीक ठेगानावाला पत्ता लगाउन वा टिकटको पूरा महसुलको हिसाब गर्न झुक्किन सक्ने गरी हुलाक दाखिल गरेको कुनै हुलाक वस्तुहरूलाई हुलाकद्वारा चलाउन गरिने छैन।
(ख) यस नियमको उपनियम (क) को उल्लंघन गरिएको कुनै हुलाकवस्तु परिवहन कालमा वा ठेगाना हुलाकद्वारा डेलिभरी गर्नुभन्दा अगाडि प्राप्त भएमा त्यस वस्तुमा लाग्ने हुलाक महसुलको दुगुना प्रेषकबाट असुल गरी प्रेषकलाई नै सो वस्तुको डेलिभरी गरिनेछ। सो वस्तुमा टाँसिएको टिकटको कुनै गन्ती हुने छैन।
२३. हुलाक वस्तु पुनः निर्देशन (रिडाइरेक्सन) : (१) नियम २५ मा लेखिएको भन्दा बाहेक कुनै हुलाक वस्तुको ठेगानावाला पत्ता नलागेमा र पुनः निर्देशन भए पछि सो वस्तु अन्य
$\varnothing$ चौथो संशोधनद्वारा संशोधित।
आन्तरिक हुलाकबाटै डेलिभरी हुने भएमा अरू बढी दस्तुर नलई ठेगानावालालाई डेलिभरी गरिन्छ। पुनः निर्देशन गर्ने काम ठेगाना हुलाकबाट मात्रै हुन सक्छ।
(२) आन्तरिक हुलाकबाट डेलिभरी हुने हुलाक वस्तु हुलाक कर्मचारी वा ठेगानावालाको प्रतिनिधिकले निम्न बमोजिम गरी पुनः निर्देशन गरेमा अगाडि चलान गर्न सकिन्छ :-
(क) रजिष्टर नभएको हुलाक वस्तुको विषयमा ठेगानावालाको प्रतिनिधिकले सो वस्तु नखोली हल्काराको साथै फिर्ता गरेमा वा डेलिभरी गर्ने हुलाक अड्डामा पुनः दाखिल गरेमा,
(ख) रजिष्टर भएको वस्तुको विषयमा ठेगानावालाको प्रतिनिधिकले सो वस्तु नखोली रसिदको सहीछाप नगरी डेलिभरी गर्ने हुलाकमा हल्कारालाई बुझाएमा।
२४. नियम २३ उल्लंघन गरेमा गर्ने : नियम २३ उल्लंघन गरी पुनः हुलाक दाशिल गरेको हुलाक वस्तुलाई नयाँ हुलाक दाशिल गरेको वस्तु सरह मान्यता दिई अगाडि चलान गरिन्छ।
२५. पुनः निर्देशन हुँदा थप महसुल लाग्ने व्यवस्था : साविक ठेगाना र नयाँ ठेगाना एउटै हुलाकको डेलिभरी क्षेत्रमा परेको वा कसैले दावी नगरेकोमा वा बुझ्न मञ्जुर नगरेको पुनलन्दा प्रेषकको ठेगाना सुरु हुलाकको डेलिभरी एरियाभित्र परेकोमा बाहेक अन्य कारणबाट पुनः निर्देशन हुने सबै पुनलन्दामा लाग्ने महसुलको थप आधा महसुल डेलिभरी गर्दा असुल गरिन्छ। आधा महसुल असुल गर्दा पूरा महसुलमा लागेको रजिष्टरी दस्तुर तथा बीमा दस्तुर बाहेकको आधा महसुल मात्र असुल गरिन्छ। तर ठेगानावाला वा ठेगानावालाको प्रतिनिधिकले लिखित रूपमा सूचना दिदिएभमे यसरी पुनः निर्देशन हुने छैन।
२६. हवाई डाँकद्वारा परिवहन हुने वस्तुहरू : महानिदेशकले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मनाही गरेको हुलाक अड्डाबाट बाहेक अन्य कुनै हुलाक अड्डाबाट हुलाक वस्तुहरू हवाई मार्गद्वारा रजिष्टरी भएको वा नभएको चिठ्ठी वा हुलाकपत्र वा
हवाईपत्र थप हवाई महसुल नतिरी पठाउन सकिनेछ। तर सो भन्दा बाहेक अन्य वस्तु पठाउन परेमा $\beta$ प्रचलित हवाई महसुल दर तिरेर मात्र पठाउन सकिनेछ।
परिच्छेद-३ रजिष्ट्रेशन (दर्ता गर्ने)
२७. रजिष्ट्रेशन (दर्ता) गर्दा पालन गर्नुपर्ने कुरा : (१) हुलाक वस्तु रजिष्ट्री गर्दा यस वस्तुमा लाग्ने महसुल रजिष्ट्री वापत लाग्ने थप दस्तुरको अग्रिम भुक्तानी टिकटद्वारा हुनु पर्दछ। कुनै हुलाक वस्तु महानिदेशकले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको हुलाक अड्डामा रजिष्ट्री गराई आन्तरिक हुलाक वा विश्वको जुनसुकै मुलुकमा डेलिभरी हुनेगरी पठाउन सकिनेछ।
(२) रजिष्ट्री गराउन नेपाल राजपत्रमा समय समयमा प्रकाशित गरिएको हुलाकको काउण्टरमा हुलाक वस्तु पेश गर्नु पर्छ। धेरै टिकटहरू टाँसी लाहा छापहरू लगाई वा अन्य कुराहरू लेखी हुलाक अड्डाबाट टाँसिने लेबुल वा अरू चिन्ह लगाउनको लागि पर्याप्त ठाउँ नभएको हुलाक वस्तुको रजिष्ट्री गरिने छैन। रजिष्ट्री वस्तुको अगाडिको भाग माथि रजिष्ट्री भनी लेखेको हुनु पर्छ।
(३) प्रेषक तथा ठेगानावालाको ठेगाना पूरा र प्रष्ट नलेखेको कुनै हुलाक वस्तु रजिष्ट्री हुन सक्ने छैन।
(४) क्षेत्रीय हुलाक निर्देशकले तोकिदिएको रजिष्ट्री गर्ने समय भित्र हुलाक अड्डाको काउण्टरमा रजिष्ट्री गर्न ल्याउने व्यक्तिलाई प्रत्येक वस्तुको अलग अलग भरपाई (रसिद) दिइनेछ।
(५) कुनै रजिष्ट्री वस्तु ठेगानावाला वा ठेगानावालाबाट अधिकृत व्यक्तिले भरपाई (रसिद) मा पूरा र प्रष्ट बुझिनेगरी सहीछाप नगरेसम्म डेलिभरी गरिने छैन।
२८. फिटी रसिद सम्बन्धमा : (१) प्रेषकले हुलाक महसुल र रजिष्ट्री दस्तुरमा थप $\beta$ फिटी रसिदको शुल्क समेतको टिकट टाँसी महानिदेशकले निर्धारित गरेको फाराममा ठेगानावाला तथा प्रेषकको नाम तथा ठेगाना लेखी दाखिला गर्नु पर्छ। हुलाक वस्तुहरू बुझिसकेपछि सो बुझेको भन्ने ठेगानावालाको सहीछाप गराई सो रसीद प्रेषकलाई फिर्ता गरिनेछ। सो फिटी
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित।
रसीद सम्बन्धित वस्तुबाट नखस्नेगरी नत्थी हुनु पर्छ र फिर्ती रसीद रहेको हुलाक वस्तुको अगाडिको भागको माथिल्लो भागमा रजिस्ट्री “फी. र.” भन्ने शब्दहरू लेखिएको हुनु पर्छ।
(२) रजिस्ट्री वस्तुको प्रेषकले रजिस्ट्री वस्तु पाएको नपाएको भन्ने बारेमा ठेगानावालाको सहीछाप गरेको रसीद प्राप्त नगरेमा हुलाक वस्तु रजिस्ट्री भएको महिनाले ६ महिनाभित्र संशोधित दस्तुरको टिकट टाँसी निवेदन गरेमा ठेगानावालाले सो वस्तु बुझेको मिति र सहीछाप समेत भएको भरपाई सम्बन्धित हुलाकले प्रेषकलाई उपलब्ध गराउनेछ।
(३) फिर्ती रसीद साथै रहनुपर्ने भनी यी नियमहरूमा तोकिदिएको हुलाकवस्तुमा फिर्ती रसीद सहित प्राप्त नभएमा सो वस्तु रजिस्ट्रेसन गरिने छैन।
२९. रजिस्ट्री अनिवार्य हुने वस्तुहरू :
(क) देहायको हुलाक वस्तुको रजिस्ट्री गर्नु अनिवार्य हुनेछ :-
(१) हुलाक वस्तुको अगाडिको भागमा रजिस्ट्री भन्ने लेखिएको वस्तुहरू, तर डेलिभरी भइसकेको र पुनः हुलाक दाखिल हुन आएको वस्तुहरूको हकमा ठेगानावालासँग प्रथम पटक रजिस्ट्री हुन आए सरह रजिस्ट्री दस्तुर लिई हुलाकवस्तु बुझाउनेछ।
(२) पुलिन्दाहरू,
(३) बीमा वस्तुहरू,
(४) भन्सार प्रज्ञापपत्र (कस्टम डिक्लेरेसन फाराम) चाहिने वस्तुहरू,
(५) चेक, हुण्डी र बिल आदि खामिएका वस्तुहरू।
(ख) माथि खण्ड (क) बमोजिम रजिस्ट्री गरिनु पर्ने वस्तुहरू रजिस्ट्री नगरिएको भएमा सो हुलाक वस्तुमा लाग्ने रजिस्ट्री वस्तुको दुगुना दस्तुर डेलिभरी लिने ठेगानावाला वा प्रेषकबाट असुल गरिनेछ।
३०. विदेश पठाइने रजिस्ट्री हुलाक वस्तुहरू : विदेशतर्फ पठाउने हुलाक वस्तुहरू रजिस्ट्री गर्दा पनि यस परिच्छेदका व्यवस्थाहरू लागू हुने छन्।
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित।
३०क. रजिष्ट्रीको सोधपुछ र क्षतिपुर्ति : (१) मनासिब माफिकको समयभित्र ठेगानावालालाई रजिष्ट्री प्राप्त हुन नसकेमा प्रेषकले रजिष्ट्री दर्ता गरेको हुलाक कार्यालय वा क्षेत्रीय हुलाक निर्देशनालयमा सोधनी दस्तुरको टिकट टाँसी नेपाल $\emptyset$............भित्र पठाएको रजिष्ट्रीको हकमा सो दर्ता भएको मितिले ६ महिना भित्र र विदेशमा पठाएको रजिष्ट्रीको हकमा एक वर्षभित्र खोज तलासको लागि आवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिमको म्याद भित्र आवेदन परेमा सम्बन्धित हुलाक कार्यालयले उक्त रजिष्ट्री आन्तरिक रजिष्ट्री भए जुन बाटोबाट गएको छ सोही बाटोबाट सोधनी गर्नेछ। वैदेशिक रजिष्ट्री भए विश्व हुलाक संघको कन्भेन्सन मुताविक इन्क्वायरी फाराम सी ९ (C9) हरी सोधनी गर्नेछ।
(३) रजिष्ट्री हराएको ठहरेमा हराए वापत प्रत्येक रजिष्ट्रीको आन्तरिक रजिष्ट्री भए $\text{}$ तीन सय रूपैयाँसम्म र वैदेशिक रजिष्ट्री भए विश्व हुलाक संघको कन्भेन्सनले तोके अनुसारको रकम प्रेषकलाई क्षतिपुर्ति दिइनेछ। तर त्यस्तो क्षतिपुर्तिको अङ्क प्रेषकले ठेगानावालालाई दिन चाहेमा ठेगानावालालाई नै दिइनेछ।
(४) क्षतिपुर्ति पाइसकेपनि कुनै किसिमले हराएको रजिष्ट्री प्राप्त हुन आएमा जुन अवस्थामा प्राप्त हुन आएकोछ सो अवस्थाको रजिष्ट्री लिई ठेगानावाला र प्रेषकलाई सूचना गर्नेछ। ठेगानावाला वा प्रेषकले रजिष्ट्री फिर्ता लिई आएमा पहिले क्षतिपुर्ति वापत लिइसकेको रकम फिर्ता बुझाउनु पर्नेछ ।
३१. हुलाक सेवा विभागले दायत्व स्वीकार नगर्ने : निम्नलिखित व्यवस्थामा कुनै कारबाही गरिने छैन :-
(१) आन्तरिक रजिष्ट्री हुलाक वस्तुको सम्बन्धमा छ महिनाभित्र र विदेशतथ पठाइएको रजिष्ट्री हुलाक वस्तु भएमा एक वर्ष भित्र कुनै सोधपुछ (इन्क्वायरी) नगरेमा, वा
(२) प्रेषकको लापरवाहीले अथवा दोषले क्षती हुन गएमा वा हराएमा वा हुलाकद्वारा चलाउन गर्त मनाई गरिएको वस्तुहरू रजिष्ट्री गरी पठाएमा, वा
$\phi$ दोस्रो संशोधनद्वारा थप। $\text{}$ तेस्रो संशोधनद्वारा संशोधित। $\emptyset$ चौथो संशोधनद्वारा झिकिएको।
(३) रजिस्ट्री वस्तुमा राखिएको चीज झोलिलो, छिट्टै नाश हुन सक्ने वा विशेष छिट्टै फुट्न सक्ने वस्तुहरू भएमा, वा
(४) विदेशतर्फ पठाइएको रजिस्ट्री वस्तुको सम्बन्धमा निम्न अवस्थामा कुनै दायित्व वहन गरिने छैन :-
(अ) ठेगाना हुलाकको देशमा रहेको कानूनद्वारा डेलिभरी गर्न मनाही भएको वस्तुहरू, वा
(आ) ठेगाना हुलाकको देशको हुलाक सम्बन्धी नियम बमोजिम सोधपुछ गर्ने अवधि भित्र डेलिभरी गरेको भएमा, वा
(इ) काबू बाहिरको परिस्थितिबाट हराएमा वा नोक्सान भएमा वा डेलिभरी हुन नसकेमा।
परिच्छेद-४ बीमा
३२. बीमा गरिने वस्तुहरू र बीमा गर्न सकिने हद : (१) आन्तरिक हुलाक सेवामा पाँच हजार रूपैयाँसम्म र वैदेशिक हुलाक सेवामा दुई देश बीचको सम्झौता अनुसारको मूल्य भएको बेचबिखन गर्न सकिने वस्तुहरू र पाँच हजार रूपैयाँसम्मको करेन्सी नोट वा सिक्का भएको चिठ्ठी वा पुन्डलगा हुलाक बीमा गरी पठाउन सकिनेछ र यसरी बीमा गर्न सकिने, बीमा डेलिभरी गर्न सकिने र बीमाको जनाउपत्र बाड्न सकिने हुलाकहरू महानिदेशकले तोकिदिए बमोजिम हुनेछ।
तर नेपाल र भारत बाहेक अन्य देशमा करेन्सी नोट वा सिक्का पठाउन सकिने छैन।
(२) उपदफा (१) को अधीनमा रही बेचबिखन गर्न सकिने जुनसुकै वस्तुहरू वा करेन्सी नोट वा सिक्का हुलाकद्वारा पठाउँदा बीमा गर्न अनिवार्य हुनेछ ।
३३. बीमा महसुल दर : हुलाक वस्तु बीमा गरे वापत हुलाक महसुल र रजिस्ट्री दस्तुरमा नेपाल सरकारले तोके बमोजिम थप बीमा महसुल लाग्नेछ।
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित। $\text{}$ तेस्रो संशोधनद्वारा संशोधित।
३४. बीमा गर्ने तरीका : हुलाक वस्तुहरू बीमा गर्दा देहाय बमोजिम गर्नु पर्छ :-
(१) बीमा गर्दा लाग्ने हुलाक तथा अन्य दस्तुरको अनुरुप चुक्ती हुलाक टिकट टाँसी वा फ्रेमिङ्ग गरी गर्नु पर्छ।
(२) प्रत्येक बीमा वस्तु छाप फुटाइकि वा बेसाबुत वा अस्पष्ट चिन्ह रहने किसिमसँग खोल्न सकिने गरी सफा र स्पष्ट बुझिने गरी एक रङ्गको सफा लाहाद्वारा एकै ढाँचाको कुनै व्यक्तिगत छाप लगाई बलियो खाममा खोलमा वा बट्टामा वा बाकसमा राम्ररी बन्द गरिएको हुनु पर्दछ । रुपैयाँ पैसाको वा सोझा बाङ्गा काटिएको रेखा भएको छाप हुनु हुँदैन।
(३) खाम, खोल, बाकस वा बट्टा कालो वा अरु कुनै किसिमको रङ्गीन किनारा भएको वा भित्रको कुनै अंश कतैबाट देखिने र चिन्ह सकिने गरी बन्द भएको हुनु पर्छ।
(४) खाम, खोल, बाकस वा बट्टा बन्द गरी टाँस्ने, प्रत्येक जोड्नीमा लाहाछाप लगाएको हुनु पर्छ। कुनै वस्तु खाममा पठाइने भएमा धागाको टाँका मारी वा फिता बाँधी जहाँ गाँठो पर्छ त्यहाँ लाहाछाप लगाएको हुनु पर्छ।
(५) खोल बाकस वा बट्टामा राखी पठाइने वस्तुका विषयमा सिएको ठाउँ धेरै भएमा प्रत्येक इन्चमा लाहा वा सिसाको छाप लगाउँदा बीमा वस्तु छाप खोल्न वा अन्य प्रष्ट चिन्ह देखिने गरीकि खोल्न सकिने हुनु पर्छ।
(६) खोल बट्टा वा बाकस सरल बलियो चीजको बनेको र बलियो कागज वा कपडाले मोरिएको हुनु पर्दछ। त्यस्तो खाम, खोल, बट्टा वा बाकसमा हुलाक अड्डाको लेबुल टाँस्ने तथा चिन्ह लगाउने पर्याप्त स्थान हुनु पर्छ।
(७) यसरी बीमा गरिने वस्तुमा कुनै केरमेट तथा थपघट नगरी बीमा गरिने मूल्य, अङ्क र अक्षर दुबैमा स्पष्टसँग बुझिने गरी लेखिएको हुनु पर्छ।
(८) प्रेषकको नाम र ठेगाना बीमा गरिने वस्तुको अगाडिको भागको देब्रेतर्फ र ठेगानावालाको नाम र ठेगाना दाहिनेतर्फ केरमेट नगरी तथा नसच्याइकि पूरा र प्रष्ट लेखिएको हुनु पर्छ।
३५. रसीद : बिमा वस्तु बिमा गर्ने निर्धारित समय भित्र हुलाकमा दाखिल हुन आई हुलाकद्वारा बिमाको निमित्त स्वीकृति भएमा सो वस्तुको प्रेषकलाई प्रत्येक वस्तुको निमित्त छुट्टा छुट्टै रसीद दिइनेछ।
३६. फिर्ता रसीद : प्रत्येक बिमा वस्तुको निमित्त ठेगानावालाले वा निजको अख्तियार पाएको वारिसले रीतपूर्वक सहीछाप गरेको फिर्ता रसीद प्रेषकलाई निःशुल्क सम्बन्धित हुलाक अड्डाले दिनेछ।
३७. बिमा वस्तु फिर्ता हुने : सम्बन्धित हुलाकले देहायको अवस्थामा बिमा वस्तु प्रेषकलाई फिर्ता पठाउनु पर्दछ :-
(क) बिमा वस्तुको आगमन सूचना दिइएको मितिले १० दिनभित्र ठेगानावालाले डेलिभरी नलिएमा, वा
(ख) ठेगानावालाले बिमा वस्तु लिन इन्कार गरेमा वा डेलिभरी लिन ठेगानावाला नै नभेटिएमा वा ठेगानावालाको मृत्यु भई डेलिभरी हुन नसकेमा, वा
(ग) ठेगानावाला अघि बसेको ठाउँ छाडी अन्यत्र गएमा वा बिमा वस्तु डेलिभरी गर्ने अख्तियार नभएको हुलाकको अधिकार क्षेत्रमा सरेकोमा सो सरेको १० दिनभित्र ठेगानावाला वा निजको अख्तियार पाएको वारिसलाई डेलिभरी दिन हुलाकको तर्फबाट प्रयास गर्दा पनि ठेगानावाला पत्ता नलागी बिमा वस्तु डेलिभरी गर्न नसकेमा।
तर, बिमा वस्तु हुलाकमा आइपुगेको समयमा बिमा वस्तुको ठेगानावाला सो हुलाकको डेलिभरी क्षेत्रबाट बाहिर गएको भए र सो हुलाकमा निजले आफ्नो नाममा बिमा वस्तु आएको सूचना हुलाकबाट वा अरु कुनै तवरबाट थाहा पाई त्यसको डेलिभरी लिने इच्छाको लिखित सूचना सम्बन्धित हुलाकलाई खण्ड (ग) मा उल्लिखित १० दिनभित्र दिएमा सो बिमा वस्तु अरु १५ दिनसम्म सो हुलाकमा राखिनेछ। सो अवधिभित्र पनि ठेगानावाला वा निजको अख्तियार पाएको वारिसले डेलिभरी नलिएमा सो १५ दिन भुक्तान भएपछि सो बिमा वस्तु प्रेषकलाई नै फिर्ता पठाइनेछ।
३८. क्षतिपूर्ति पाउने शर्त र बन्देजहरू : बीमा गरिएको हुलाक वस्तु वा त्यसको कुनै अंश हुलाकद्वारा चलाइ गरिएको अवस्थामा हराएमा वा नोक्सान भएमा ऐन बमोजिम पाउने क्षतिपूर्तिको रकम देहायको अवस्थामा पाउने छैन :-
(क) प्रेषकले लेखेको ठेगाना अधुरो वा अशुद्ध है गलत डेलिभरी हुन गएमा, वा
(ख) प्रेषकले वा ठेगानावालाले कुनै किसिमको जालसाजी गरेको प्रमाणित भएमा, वा
(ग) ठेगानावालाले फिर्ती रसीद समेतमा सहीछाप गरी बीमा वस्तुको डेलिभरी नलिइसकेको भएमा, वा
(घ) बीमा वस्तु हुलाक दाखिल भएको मिति देखि $\beta$ ६ महिनाभित्रमा हराएको वा नोक्सानी भएको वा गुम भएको कुनै उजुरी नदिएमा, वा
(ङ) अनुचित वा असुरक्षित प्याकबन्दीको कारणले हराएमा वा नोक्सान भएमा, वा
(च) हुलाक वस्तुको बाहिरी भाग वा लाहाछापमा कुनै देखिने नोक्सानी नभएमा, वा
(छ) बीमा वस्तुनित्र करेन्सी नोट वा सटही मूल्यको अरु वस्तु वा दुबैसाथ खामिएको है त्यस्तो वस्तुहरूको वास्तविक मूल्यको बीमा नगरिएको भएमा, वा
(ज) बीमा गरिएको वस्तुको स्वभावबाट हानि नोक्सानी भएमा, वा
(झ) हुलाकद्वारा चलाइ गर्न मनाही गरिएको वस्तु बीमा गरिएमा, वा
(ञ) काबू बाहिरको परिस्थितिबाट हराएमा वा नोक्सान भएमा।
३९. क्षतिपूर्ति दिने तरिका : क्षतिपूर्तिको भुक्तानी दिँदा देहाय बमोजिम हुनेछ :-
(क) बीमा गरिएको मूल्यको रकमभन्दा कुनै हालतमा पनि बढी नहुने गरी गुम, चोरी वा नोक्सान भएको जनतको ठीक मूल्य बराबरको क्षतिपूर्ति पाउने हकदार प्रेषक हुनेछ।
(ख) अप्रत्यक्ष नोक्सानी वा नाफा हानिको विचार गरिने छैन।
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित।
(ग) क्षतिपूर्तिको हिसाब गर्दा बीमा वस्तुहरू चलाउन स्वीकार गरेको स्थान र समयमा उही प्रकारको चीजको प्रचलित भाउ अनुसार गरिनेछ। प्रचलित भाउ नभएमा, चीजको सामान्य मूल्य अनुसार मूल्य निर्धारण गरिनेछ।
(घ) महानिदेशक वा क्षेत्रीय हुलाक निर्देशकद्वारा परिस्थितिबिशे जाँचबुझ गर्ने आदेश भएमा बाहेक क्षतिपूर्तिको भुक्तानी यथाशक्य छिटो र ढिलोमा सोधपुछ भएको मितिदेखि ६ महिनाभित्र दिइनेछ।
परिच्छेद-५ हुलाक आदेश
४०. (१) हुलाकद्वारा केही रूपैयाँ आदान प्रदान गर्ने सुविधाको लागि अधिकृत सहितको आदेश प्रचलनमा ल्याइनेछ । हुलाक आदेश निम्न दरको हुनेछः-
-।५० पचास पैसा ५।- पाँच रूपैयाँ १।- एक रूपैयाँ १०।- दश रूपैयाँ २।- दुई रूपैयाँ २०।- बीस रूपैयाँ
(२) .............
४१. हुलाक आदेशको बिक्री तथा भुक्तानी दिन : हुलाकमा हुलाक आदेशको मौज्दात राख्ने, सर्वसाधारणलाई बिक्री गर्ने र, भुक्तानी दिने पद्धति र हुलाक आदेश बिक्री गर्ने वा भुक्तानी दिन सक्ने हुलाकहरू महानिदेशकले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ।
४२. कुनै हुलाक आदेश हुलाकबाट बिक्री भएपछि सो बिक्री भएको महिनाको आखिरी दिनले ६ महिनाभित्र सो हुलाक आदेश भुक्तानी निमित्त हुलाकमा ल्याएमा नियम ४० को उपनियम (२) मा निर्धारित गरिएको दर बमोजिम दोस्रो कमिसन लाग्नेछ र यो कमिसन हुलाक आदेशको पछाडिपट्टि हुलाक टिकट टाँसी चुक्ता गर्नु पर्नेछ। बिक्री भएको महिनाको आखिरी दिनले १२ महिनापछि भुक्तानीको निमित्त ल्याएकोमा हुलाक आदेशको भुक्तानी दिइने छैन ।
तेस्रो संशोधनद्वारा झिकिएको। मिति २०३०।६।१५ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा फारमहरू प्रयोगमा ल्याउने बारे तोकेको।
४३. हुलाक आदेश बिक्री भएको महिनाको आखिरी दिनले ६ महिनाभित्र हुलाक आदेश र त्यससाथ रहेको अधिकृत समेत हुलाक आदेश किनेको अड्डामा पेश गरी त्यस हुलाक आदेशको मूल्य फिर्ता लिन चाहेमा कमिसन बाहेक मूल्य फिर्ता पाउनेछ। हुलाक आदेश बिक्री भएको महिनाको आखिरी दिनले ६ महिना नाघेको तर दोस्रो कमिसन चुक्ता गरेको भएमा १२ महिनाभित्र कमिसन बाहेक मूल्य फिर्ता पाउन सकिनेछ।
४४. हुलाक आदेशको मुल्य बैंकद्वारा भुक्तानी पाउने निमित्त हुलाक आदेशलाई कस गरिएको हुनु पर्छ। त्यसको भुक्तानी हुलाकबाट लिन चाहेमा कसलाई काटी कृपया नगद भुक्तानी दिनुहोस् भन्दै हुलाक आदेशको अगाडि लेखेर आफ्नो सही गर्नु पर्छ।
४५. हुलाक आदेशको भुक्तानी एक पटक जोसुकैलाई दिइसकेपछि सोही हुलाक आदेशको विषयमा कसले अरू कुनै बढी दाबा गरि आएमा हुलाक अड्डाको कुनै जवाफ देही हुने छैन।
४६. नियम ४४ मा उल्लेख गरिए बाहेक हुलाक आदेशमा कुनै केरमेट वा कुनै अदली बदली गरेमा वा हुलाक आदेशमा हुलाक आदेश बिक्री गरे हुलाक हाकिमको सहीछाप नभएमा वा हुलाकका छाप नलगाएमा वा हुलाक आदेश काटिएको भएमा वा रद्दी गरिएको भएमा वा कुरूप गराइएको भएमा यस्तो हुलाक आदेशको भुक्तानी दिइने छैन।
परिच्छेद-६ फिर्ती चिठ्ठी फाँट
४७. फिर्ती चिठ्ठी फाँट रहने ठाउँ महानिदेशकले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ।
४८. फिर्ती चिठ्ठी फाँटमा पठाइएको हुलाक वस्तुहरू राख्ने अवधि : (क) ऐनको दफा ३५ अनुसार फिर्ती चिठ्ठी फाँटमा प्राप्त भएको हुलाक वस्तुलाई टुङ्ग्याउन नसकिएमा दफा ३६ को प्रतिबन्धात्मक वाक्यांश (ख) को अधीनमा रही निम्न बमोजिम गर्नु पर्नेछ :-
(१) डेलिभरी नभएका साधारण चिठ्ठी, हुलाकपत्र वा हवाईपत्र प्राप्त भएको मितिले ३१ दिनसम्म राखेपछि जलाइनेछ।
(२) डेलिभरी नभएका रजिस्ट्री चिठ्ठी प्राप्त भएको मितिले ९१ दिनसम्म राखेपछि जलाइनेछ।
(३) मूल्य नभएका व्यापारिक परिपत्र मूल्य सूची विज्ञापन जस्तो छापा कागजपत्रको प्याकेटहरूको शीघ्र रद्दी कागज सरह बिक्री गरिनेछ।
(४) अरु प्याकेट र दैनिक समाचार पत्रपत्रिकाहरू रजिष्ट्री नभएको भए ३१ दिनभित्रसम्म र रजिष्ट्री भएको भए ९१ दिनसम्म राखेपछि बेचेर, जलाइए वा महानिदेशकले तोकिदिए बमोजिम टुङ्गो लगाइनेछ।
(५) दैनिक बाहेक अरु समाचार पत्रपत्रिकाको हकमा महानिदेशकले निर्देशन दिए बमोजिम हुनेछ।
(६) राख्नु पर्ने अवधि तोकिएको हुलाक वस्तु सम्बन्धी सूची सूचना पाटीमा टाँसिनेछ।
(ख) ऐनको दफा ३५ अनुसार टुङ्गायाउन सकिएको पुनलन्दालाई दफा ३६ को प्रतिबन्धात्मक वाक्यांश (ख) को अधीनमा रही ९१ दिन रोकेपछि महानिदेशकको निर्देशन बमोजिम गर्न सकिनेछ।
४९. विदेशी डाँकबाट प्राप्त हुलाक वस्तु ऐनको दफा ३५ बमोजिम टुङ्गायाउन सकिएमा एक महिनाभित्र डेलिभरी नहुनुको कारण प्रष्ट खोली छाप लगाई सुरु देशमा फिर्ता पठाइनेछ ।
५०. ठेगानावालाको वा प्रेषकको ठेगाना प्रष्ट नलेखिएको वा ठेगानावाला तथा प्रेषकको कुनै कारणबाट पत्ता लगाउन सकिएको हुलाक वस्तु फिर्ती चिठ्ठी फाँटमा पठाउनु पर्छ । कसैले आफूले प्राप्त गर्नु पर्ने हुलाक वस्तु ठेगाना अधुरो नै प्राप्त गर्न सकिएको शंका लागेमा फिर्ती चिठ्ठी फाँटमा लेखापढी गरी सोधपुछ गर्न सक्नेछ ।
परिच्छेद-७
विविध नियमहरू
५१. नपुग महसुल असुल गर्ने : यस नियमावली बमोजिम टिकट टाँस्नु पर्ने हुलाक वस्तुमा कम महसुलको टिकट टाँसेमा वा टिकट नटाँसिएको भएमा त्यस्तो हुलाक वस्तुका सम्बन्धमा बैरङ्ग हुलाक नियमावली बमोजिम हुनेछ।
५२. हुलाक महसुल अग्रिम चुक्ता गर्ने : यी नियमहरूमा जुन हुलाक वस्तुमा हुलाक महसुल वा दस्तुरको अग्रिम चुक्ता हुनु पर्ने गरी लेखिएकोछ सो हुलाकवस्तुमा चाहिने टिकट वा
स्टाएम्पिङ मेशिनको छाप लगाउने वा नगद भुक्तानी हुने महानिर्देशकले समय समयमा तोकिएको शर्त तथा बन्देज बमोजिम गर्नु पर्नेछ।
५३. स्टाएम्पिङ मेशिन (फ्र्याङ्किङ मेशिन) : नियम ५२ को प्रयोजनको निमित्त स्टाएम्पिङ मेशिनको छाप ऐनको दफा १३ को उपदफा (१) अनुसार प्रचलनमा ल्याइनेछ। त्यस्तो छाप देहायको शर्त र बन्देजको पालना गरेमा सर्वसाधारणद्वारा प्रयोग गर्न सकिनेछः-
(१) यस्तो मेशिनबाट निस्कने छाप उज्यालो रातो रङ्गको हुनु पर्छ।
(२) यस्तो छाप हुलाक वस्तुको अगाडिको भागको दाहिने कुनामा लगाइएको हुनु पर्दछ।
(३) यस्तो मेशिन प्रयोग गर्ने लाइसेन्सको निमित्त लाग्ने दस्तुर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ।♣
(४) अन्य शर्त बन्देजहरू महानिर्देशकले समय समयमा तोकिदिए बमोजिम हुनेछ।
(५) स्टाएम्पिङ मेशिनको प्रयोग गर्नको लागि लाइसेन्स दिने नदिने सर्वाधिकार महानिर्देशकमा रहनेछ।
५४. हुलाक महसुल चुक्ता गर्न मान्यता नदिएको टिकट : निम्न बमोजिमको टिकट टाँसिएको टिकटलाई हुलाक महसुल चुक्ता भएको मानिने छैनः-
(१) नेपाल सरकारबाट प्रचलनमा ल्याइएको टिकट,
(२) कुरूप गरिएको, च्यातिएको, प्वाल परेको, काटिएको, रद्दी गरिएको वा अधुरो तुल्याउन चिन्ह लगाइएको टिकट,
(३) टिकटमा छापिएको भन्दा बाहेक अन्य कुनै अक्षर, शब्द, मूर्ति वा कुनै आकार छापको मुद्रण गरेको वा लेखेको टिकट,
(४) इभ्रिस खाम, र्यापर वा हुलाकबाट काटी झिकेको टिकट,
(५) इभ्रिसिएको, रजिस्ट्री खाम रजिस्ट्री नगरी साधारण रूपमा पठाइएको खाममा टाँसिएको टिकट।
♣ मिति २०२१।४।१९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा तोकिएको।
५५. टिकट बेच्न नहुने : (१) नेपाल सरकारद्वारा दिइएको अनुमतिपत्र (लाइसेन्स) वा तोकिएको शर्तहरूको अधीनमा रही कसैले टिकट बिक्री वितरण गर्न वा त्यस्तो व्यवसाय गर्न पाइने छैन ।
(२) कसैले उपनियम (१) को उल्लंघन गरेमा त्यस्ता व्यक्तिलाई पचास रूपैयाँसम्म जरिवाना हुन्छ ।
तर,
(१) यस नियमले निम्न बमोजिम भएको टिकट बिक्रीलाई बाधा पुर्याउने छैनः-
(क) हुलाकद्वारा भएको टिकट बिक्री,
(ख) ड्यूटीमा रहेको हुलाक कर्मचारीद्वारा बिक्री भएको टिकट बिक्री,
(ग) विभागले नियुक्ति गरेको फिलाटेलिक व्यूरो वा एजेन्सीद्वारा भएको टिकट बिक्री,
(घ) महानिदेशकद्वारा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी टिकट बिक्री गर्न तोकिएको व्यक्ति वा संस्था ।
(२) टिकट बिक्री गर्ने वा टिकट सम्बन्धी व्यवसाय गर्नेले पालन गर्नु पर्ने शर्त तथा बन्देज नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिए बमोजिम हुनेछ।
$\phi$ (३) अन्तर्राष्ट्रिय जवाबीपत्र (इन्टरनेशनल रिप्लाई कूपन) प्रचलनमा ल्याउँदा त्यसको सटही दर महानिदेशकले विश्व हुलाक संघको कन्भेन्सनको आधारमा तोक्न सक्नेछ।
$\phi$ (४) संयुक्त राष्ट्र संघबाट बिक्रीको लागि प्राप्त भएका टिकटहरू हुलाक तथा फिलाटेलिक व्यूरोद्वारा बिक्री गराउन महानिदेशकले तोकि दिन सक्नेछ।
$\phi$ दोस्रो संशोधनद्वारा थप।
५६. परिचयपत्र : (१) हुलाक वस्तुहरूको डेलिभरी उचित प्रबन्धको लागि हुलाकद्वारा नेपाल सरकारले तोकिदिए बमोजिम दस्तुर लिई परिचयपत्र जारी गर्न सकिनेछ । यस्तो परिचयपत्रको उपयोग सर्वसाधारणले गर्न सक्ने छन् ।
(२) परिचय पत्र जारी गर्न सक्ने हुलाकको नाम, परिचयपत्र विषयमा पालन गर्नु पर्ने शर्त बन्देज तथा तरीका महानिदेशकले तोकिदिए बमोजिम हुनेछ ।
५७. हुलाक दाखिलाको प्रमाणपत्र : (१) हुलाकद्वारा रसिद दिइने हुलाक वस्तुमा निम्न बमोजिमको शर्त पालन गरेमा हुलाक दाखिल गरेको प्रमाणपत्र हुलाकद्वारा दिइनेछ :-
(क) यस्तो प्रमाणपत्र दिने तोकिएको समयनित्र तत्सम्बन्धी काममा खटिएको हुलाक कर्मचारी छेउ हुलाक दाखिला गर्ने हुलाक वस्तु सहित हुलाक दाखिलाको प्रमाणपत्र मसीले लेखेर बुझाउनु पर्छ ।
(ख) हुलाक दाखिलाको प्रमाणपत्रमा हुलाक वस्तुमा लेखिएको ठेगानावालाको नाम तथा ठेगानाको पूरा नक्कल लेखिएको हुनु पर्छ । प्रत्येक तीन वस्तुमा सो भन्दा कमको निमित्त एक प्रमाणपत्र दिन सकिनेछ । यस्तो प्रमाणपत्रमा नेपाल सरकारले तोकिदिए बमोजिमको टिकट टाँसिएको हुनु पर्छ । स्टाम्पिङ्ग मेसिनको छापद्वारा पनि प्रमाणपत्रमा लाग्ने हुलाक महसुल चुक्ता गर्न सकिनेछ ।
(ग) हुलाक वस्तुको थापागन्ती प्रमाणपत्रको तल्लो भागमा अक्षरमा लेखिनु पर्छ ।
(२) सम्बन्धित हुलाकका कर्मचारीले यसरी प्राप्त प्रमाणपत्रको संख्या र ठेगाना राम्रोसँग निडाई गल्ती भएमा सच्याईकन टिकट माथि तारिख छाप लगाई प्रमाणपत्र लिई आउनेलाई फिर्ता दिनु पर्छ ।
$\text{\textsection}$ (३) उपनियम (१) र (२) बमोजिमको हुलाक दाखिलाको प्रमाणपत्र हुलाक वस्तु नष्ट हुन गएको वा हराएको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने प्रयोजनको लागि प्रमाण मानिने छैन ।
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित । $\text{\textsection}$ तेस्रो संशोधनद्वारा थप ।
५८. हुलाक वस्तु फिर्ता लिन सकिने : आन्तरिक चिठ्ठी, हुलाकपत्र, हवाईपत्र, दर्ता भएका समाचार पत्रपत्रिका, व्यापारिक नमूना प्याकेट, व्यापारिक कागजपत्र विशेष गरी जाने रजिष्ट्री भएको हुलाक वस्तुको ठेगानावालालाई डेलिभरी भइसकेको र डाँकद्वारा चलाइ हुँदाको अवस्थामा रहेको भए ठेगानावालाको मन्जुरी नलिई प्रेषकलाई नै फिर्ता दिन सकिनेछ। फिर्ता लिन निम्नि व्यहोरा पालन गरेको हुनु पर्छः-
(क) कुनै हुलाक वस्तु महानिदेशक, क्षेत्रीय हुलाक निर्देशक वा ग्याजेटेड दर्जाका हुलाक हाकिमको आदेश बिना फिर्ता डेलिभरी गरिने छैन।
(ख) प्रत्येक हुलाक वस्तु फिर्ता लिन प्रत्येक हुलाक वस्तुको निमित्त निन्दा निन्दै दरखास्त लेखी प्रत्येक दरखास्तमा एक रूपैयाँको टिकट टाँसी रजिष्ट्री भएकोमा भरपाई समेत सम्बन्धित हुलाकमा बुझाउनु पर्छ। दरखास्तमा टाँसिएको टिकट सम्बन्धित हुलाकमा बुझाईसकेपनि सो टिकट कुनै हालतमा फिर्ता गरिने छैन।
(ग) कुनै हुलाक वस्तु फिर्ता लिनको निमित्त हुलाक वस्तुको प्रेषक वा निजबाट लिखित अधिकार प्राप्त व्यक्तिले मात्र लिखित रूपमा आवेदन गर्न सक्नेछ,
(घ) हरेक दरखास्तमा फिर्ता डेलिभरी लिनाको कारण खोलिएको हुनु पर्छ। यस्तो दरखास्त महानिदेशक वा क्षेत्रीय हुलाक निर्देशक मार्फत कारबाही गराउने भएमा नसलबन्दी खाममा पठाउनु पर्छ।
(ङ) खण्ड (क) मा लेखिएको अधिकृत छेउ दरखास्त प्राप्त भएपछि निज अधिकृतलाई दरखास्तवाला ठीक व्यक्ति हो र दरखास्तमा फिर्ता लिने कारण मनासब छ निन्दि लागेमा प्रेषकलाई फिर्ता डेलिभरी गर्न आदेश दिनेछ अन्यथा सम्बन्धित हुलाक वस्तु ठेगानावाला कहाँ नै पठाइनेछ।
(च) सम्बन्धित हुलाकमा प्राप्त दरखास्त विषयमा, यदि हुलाक हाकिम राजपत्राहित अधिकृत स्तरको भएमा र प्रेषकले दिएको दरखास्तमा खुलाइएको कारण उचित ठहराएमा र प्रेषक ठीक व्यक्ति हो निन्दि लागेमा राजपत्राहित अधिकृत हाकिमले तुरुन्त सो वस्तु प्रेषकलाई फिर्ता डेलिभरी गर्न सक्छन्। हुलाक हाकिम राजपत्राहित अधिकृत भन्दा कम स्तरको
भएमा, सम्बन्धित नियन्त्रण कार्यालयमा फिर्ता डेलिभरी दिन हुने नहुने विषयमा आफ्नो राय साथ पेश गरी सम्बन्धित हुलाक वस्तु रोक्का गरी राख्नु पर्छ र क्षेत्रीय हुलाक निर्देशनालयबाट लेखी आए बमोजिम गर्नु पर्नेछ। फिर्ता डेलिभरी दिँदा सम्बन्धित हुलाक वस्तुका प्रेषक वा निजद्वारा लिखित अधिकार प्राप्त व्यक्तिलाई मात्र दिनु पर्नेछ।
(छ) सम्बन्धित हुलाकमा सो वस्तु नरहेमा हुलाक हाकिम, महानिदेशक वा क्षेत्रीय हुलाक निदेशकले ठेगाना हुलाकमा आकाशवाणीद्वारा पनि सो कुरा सूचित गर्नेछन्। तर आकाशवाणी आदिको निमित्त लाग्ने खर्च प्रेषकले नै व्यहोर्नु पर्नेछ।
(ज) विदेशतर्फ जाने रजिस्ट्री चिठ्ठी विषयमा दरखास्त दिँदा रु. १।- को टिकट टाँसी सम्बन्धित देशमा चिठ्ठी पठाउन लाग्ने दस्तुर नगद बुझाउनु पर्नेछ।
५९. हुलाकमा राख्न सकिने अवधि : सम्बन्धित हुलाकमा दाखिल भएपछि देहायका वस्तुहरू देहाय बमोजिम चलाउनगिथ वा डेलिभरी गर्न सकिने छन्ः-
(क) चिठ्ठी, हुलाकपत्र, हवाईपत्र, समाचार पत्रपत्रिका र तत्सम्बन्धी रजिस्ट्री वस्तुहरू उही दिन,
(ख) पुलिन्दा तीन दिनभित्र,
(ग) छापा कागजपत्र व्यापारिक नमूना व्यापारिक कागजपत्र दुई दिन भित्र ।
६०. नियम ५९ मा जेसुकै लेखिए तापनि पुलिन्दाको डेलिभरी महानिदेशकले तोकेको समय भित्र र तोकेको तरीका बमोजिम हुनेछ।
६१. ठेगाना हुलाकमा डेलिभरी हुन नसकेका वस्तुहरूमा धरौटी राख्न सक्ने अवधि : (१) ठेगानावाला थाहा नभएको वा हुलाक अड्डामा कुनै सूचना नदिई ठेगाना बदली अन्य ठाउँमा बसोवास गरेकोमा सबै किसिमको सोधपुछ गर्दा समेत कुनै पत्ता नलागी डेलिभरी हुन नसकेका साधारण तथा रजिस्ट्री भएका हुलाक वस्तु सात दिनसम्म ठेगाना हुलाकमा धरौटी राख्न सकिनेछ।
(२) डेलिभरी हुन नसकेका हुलाक वस्तुहरूमा माग नगरेसम्म रोक्ने मार्फत हुलाक हाकिम वा नाई पुगेसम्म रोक्ने वा यस्तै किसिमको सूचना लेखिएको भएमा यस्तो हुलाक वस्तु प्राप्त भएको मिति ३१ दिनसम्म मात्र धरौटीमा राख्न सकिनेछ।
(३) पुनः निर्देशन (रिडाइरेक्सन) भई आएको हुलाक वस्तु ठेगानावालालाई डेलिभरी गर्न कोसिस गर्दा पनि डेलिभरी हुन नसकेमा एक दिन पनि बढी धरौटीमा राख्न हुने छैन।
(४) डेलिभरी हुन नसकेमा टेलिग्राम वा आकाशवाणी ठेगानावाला प्राप्त हुन नसकेमा ठेगाना हुलाकमा प्राप्त भएको मितिले तीन दिनभन्दा बढी धरौटीमा राख्न सकिने छैन।
६२. धरौटीमा राख्न नसकिने अवस्था : ठेगानावालाले,
(क) सूचना प्राप्त गरेर पनि डेलिभरी नलिएको वा इन्कार गरेकोले डेलिभरी हुन नसकेका हुलाक वस्तुहरू,
(ख) स्थायी ठेगानाको सूचना हुलाकमा नदिई नेपाल छाडी अन्यत्र ठाउँमा गएबाट डेलिभरी हुन नसकेका हुलाक वस्तुहरू,
(ग) ठेगानावालाको मृत्यु भएको र निजका नामको हुलाकवस्तु डेलिभरी गर्ने अन्य कुनै व्यक्ति नभएबाट डेलिभरी हुन नसकेको हुलाक वस्तुलाई ठेगाना हुलाकमा धरौटीमा राख्न हुने छैन।
६३. डेलिभरी सुविधाको निमित्त (पोष्टबक्स) हुलाक मन्जुषा : रजिष्ट्री नभएका र महसुल नतिरेका हुलाक वस्तुहरूको डेलिभरी ठेगानावालाको सुविधाको लागि सम्बन्धित ठेगानावालाको नाममा कुनै नम्बरको हुलाक मन्जुषा (पोष्टबक्स) उपयोग गर्ने ठेगानावालालाई नेपाल सरकारले तोकिदिए बमोजिमको दस्तुर लाग्नेछ। जुन सम्बन्धित हुलाकको हुलाक हाकिमलाई नगद चुक्ता गर्नु पर्नेछ। पोष्टबक्स राख्न सकिने हुलाक र यस सम्बन्धित शर्त बन्देज तथा तरिका महानिदेशकले तोकिदिए बमोजिम हुनेछ।
६३क. हुलाक थैलीको سہुलियत : रजिष्ट्री नभएका हुलाक वस्तुहरू हुलाक थैलीको माध्यमबाट हुलाकहरूमा डेलिभरी लिन सकिनेछ र हुलाक थैला सम्बन्धी शर्त, बन्देज तथा तरीका महानिदेशकले तोकिदिए बमोजिम हुनेछ।
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित। $\phi$ दोस्रो संशोधनद्वारा थप।
६४. भन्सारबाट हुलाक वस्तु छुटाउँदा लाग्ने महसुल : विदेशी मुलुकबाट प्राप्त हुलाक वस्तुको भन्सार महसुल लाग्ने भएमा सो वस्तु भन्सारबाट छुटाउँदा सम्बन्धित हुलाक अड्डाले प्रत्येक यस्तो हुलाक वस्तुको नेपाल सरकारले तोकिदिए बमोजिमको दस्तुर ठेगानावालाबाट नगद असुल गर्नेछ।
६५. ढिला दस्तुर लागेको चिठ्ठी : महानिदेशक वा निजद्वारा अधिकार प्राप्त अधिकारीले ढिला चिठ्ठी हुलाकपत्र तथा हवाईपत्र निर्धारित समय भित्र दाखिल हुन आएमा उही डाँकद्वारा चलान गरिनेछ। प्रत्येक चिठ्ठी हुलाकपत्र तथा हवाईपत्रको निमित्त ढिला दस्तुर सम्बन्धित दस्तुरमा थप नेपाल सरकारले तोकिदिए बमोजिमको टिकट टाँसी चुक्ता गर्नु पर्नेछ । ढिला दस्तुर लगाई उपयुक्त वस्तुहरू हुलाकद्वारा चलान गर्न सक्ने हुलाक अड्डाहरू र दाखिल गर्ने तरिका महानिदेशकले तोकिदिए बमोजिम हुनेछ।
६६. ऐनको दफा १६ को उपदफा (क) र (ख) मा लेखिएका कुराहरू हुलाकबाट चलान गर्दाको अवस्थामा प्राप्त भएका हुलाक वस्तुहरू महानिदेशकको कार्यालयमा पठाउनु पर्दछ। यस्ता वस्तुहरू महानिदेशकले निर्देशन दिए बमोजिम हुनेछ।
६७. अधिकारी तोकिएको : ऐनको दफा १९ को प्रयोजनको निमित्त हुलाकबाट चलन गर्दाको अवस्थामा सबै हुलाक वस्तुहरू तलासी लिन वा लिन लगाउन पाउने अधिकार देहायका हुलाक कर्मचारीहरूलाई हुनेछ :- (क) गोश्वारा हुलाक कार्यालयका मुख्य हुलाक हाकिम, (ख) जिल्ला हुलाक कार्यालयका हुलाक हाकिम, (ग) विनिमय हुलाक कार्यालयका हुलाक हाकिम, (घ) इलाका हुलाक कार्यालयका हुलाक हाकिम र (ङ) क्षेत्रीय निर्देशक वा क्षेत्रीय निर्देशकले अधिकार सुम्पेको कर्मचारी।
६८. फारामको प्रयोग गर्ने : हुलाक तथा हुलाक वस्तु सम्बन्धमा सर्वसाधारणले तथा हुलाक कर्मचारीले प्रयोग गर्नु पर्ने आवश्यक फारामहरूको नमूना तथा किसिम र सो फाराम भर्दै पालन गर्नु पर्ने सर्त तथा तरिका महानिदेशकले तोकिदिए बमोजिम हुनेछ।
परिच्छेद-८
Φ........................................
Φ दोस्रो संशोधनद्वारा खारेज । दृष्टव्य:- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरू:- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।