होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) (अधिकारी तोक्ने) नियमहरू, २०२४
नेपाल राजपत्रमा प्रकाशित मिति २०२४।०९।०३
संशोधन होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) (अधिकारी तोक्ने) (पहिलो संशोधन) नियमहरु, २०७० २०७०।०१।३०
होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन, २०२३ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ:-
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) (अधिकारी तोक्ने) नियमहरू, २०२४” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. दण्ड सजाय गर्ने अधिकारी: होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन, २०२३ को दफा १० को प्रयोजनको लागि दण्ड सजाय गर्ने अधिकारीमा $\text{v}$ सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ।
$\text{v}$ पहिलो संशोधनद्वारा संशोधित।
द्रष्टव्यः केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्त्तर भएका शब्दहरुः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।