जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१
प्रमाणीकरण र प्रकाशन मिति २०८१।०३।२४
जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,— (क) “इजाजतपत्र” भन्नाले पञ्जीकरण वा पुनः पञ्जीकरण गरिएका जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनःप्याकिङ्ग गर्न नियम ११ को उपनियम (३) बमोजिम दिएको इजाजतपत्र सम्झनु पर्छ।
(ख) “ऐन” भन्नाले जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ सम्झनु पर्छ।
(ग) “कन्टेनर” भन्नाले जीवनाशक विषादीको गुणस्तरमा ह्रास आउन नदिन र त्यस्तो विषादीलाई सुरक्षित रूपले राख्न, छोप्न, बन्द गर्न वा प्याक गर्न प्रयोग गरिने भाँडो, बट्टा, डिब्बा, बाकस, झोला वा पोका सम्झनु पर्छ।
(घ) “जीवनाशक विषादीको विसर्जन” भन्नाले म्याद नाघी वा अन्य कारणले प्रयोग गर्न नमिल्ने जीवनाशक विषादी र त्यस्तो जीवनाशक विषादीका कारणले विषाक्त पदार्थको व्यवस्थापन गर्ने कार्य सम्झनु पर्छ।
(ङ) “जैविक विषादी” भन्नाले बोटबिरुवा, पशुपन्छी र सूक्ष्मजीव लगायतका प्राकृतिक स्रोतबाट तयार गरिएको जीवनाशक विषादी सम्झनु पर्छ।
(च) “प्याकिङ्ग वा पुनः प्याकिङ्ग” भन्नाले जीवनाशक विषादीको गुणस्तर बिग्रन नदिई सुरक्षित तवरले स्वीकृत कन्टेनरमा राख्ने कार्य सम्झनु पर्छ र सो
शब्दले प्याकिङ्ग भई आएको जीवनाशक विषादी उपयुक्त मात्रामा स्वीकृत कन्टेनरमा गुणस्तर बिग्रन नदिई सुरक्षित तवरले पुनः राख्ने कार्य वा पुनः प्याकिङ्ग गर्ने कार्यलाई समेत जनाउँछ।
(छ) “सूचकपत्र” भन्नाले जीवनाशक विषादीको कन्टेनरको बाहिरी भागमा लेखिएको, छापिएको वा रेखाङ्कन गरिएको जीवनाशक विषादी सम्बन्धी जानकारी सम्झनु पर्छ।
३. पञ्जीकरणका लागि निवेदन दिनु पर्ने: (१) ऐनको दफा ३ को उपदफा (१) बमोजिम जीवनाशक विषादी तथा त्यस्तो जीवनाशक विषादीको सक्रिय तत्व समेतको पञ्जीकरण गराउन चाहने व्यक्ति, संस्था वा निकायले देहायका कागजात तथा विवरण संलग्न गरी सम्बन्धित प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालयमार्फत वा सिधै केन्द्रमा अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ:- (क) प्रचलित कानून बमोजिम व्यवसाय दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि वा निकाय भएमा त्यस्तो निकायको आधिकारिक पत्र, (ख) जीवनाशक विषादीको कारोबार खुलेको स्थायी लेखा नम्बर, (ग) जीवनाशक विषादी उत्पादन र संश्लेषण गर्ने भएमा उत्पादन वा संश्लेषण गरिने कच्चा पदार्थको स्रोत खुल्ने कागजात, (घ) जीवनाशक विषादी उत्पादन, संश्लेषण, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्ने भएमा सोको लागि चाहिने मेसिनरी तथा औजार, दक्ष जनशक्ति, उत्पादन क्षमता तथा वार्षिक उत्पादन योजना, उत्पादन गरिएको जीवनाशक विषादी भण्डारण गर्ने व्यवस्था तथा दुर्घटना हुन नदिन अवलम्बन गरिएका सुरक्षात्मक उपायहरू समेतका उद्योगको विस्तृत जानकारी दिने आवश्यक विवरण तथा कागजात, (ङ) जीवनाशक विषादी पैठारी गर्ने भएमा पैठारी गर्न चाहेको जीवनाशक विषादी उत्पादन भएको देशमा पञ्जीकरण गरिएको प्रमाणपत्रको प्रतिलिपि, (च) जीवनाशक विषादीको नेपालमै उत्पादन र संश्लेषण, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्ने भएमा सो सम्बन्धी सूचकपत्र र पैठारी गर्ने भएमा
सम्बन्धित देशको कानून बमोजिम अधिकार प्राप्त निकायबाट स्वीकृत सूचकपत्र, (छ) जीवनाशक विषादीको बिक्री वितरण गर्दा प्रयोग गरिने सूचकपत्र तीन प्रति र कन्टेनर एक थान, (ज) जीवनाशक विषादीको पैठारी गर्ने भएमा उत्पादकले बिक्री वितरण गर्न दिएको आधिकारिक वितरक पत्र, (झ) जीवनाशक विषादीको प्रयोग विधि खुलेको कागजात, (ञ) जीवनाशक विषादीको विषाक्तता सम्बन्धी विवरण, (ट) जीवनाशक विषादीको प्रभावकारिता सम्बन्धी विवरण, (ठ) जीवनाशक विषादीको अवशेष विश्लेषण गरिएको कागजात, (ड) प्रयोगकर्ताको लागि नेपाली भाषामा लेखिएको विवरण।
(२) उपनियम (१) बमोजिमको निवेदन प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालयमा प्राप्त भएमा सो मन्त्रालयले निवेदनसाथ संलग्न गर्नुपर्ने विवरण तथा कागजात संलग्न भए नभएको जाँच गरी संलग्न नभएमा त्यस्तो कागजात समेत निवेदकसँग माग गरी निवेदकले सम्पूर्ण कागजात तथा विवरण पेस गरेको वा निवेदन दिएको मितिले सात दिनभित्र निवेदन र कागजात तथा विवरण केन्द्रमा पठाउनु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको निवेदन नेपाल राष्ट्रिय एकद्वार प्रणालीको अनलाइनबाट समेत दिन सकिनेछ।
(४) उपनियम (३) बमोजिम निवेदन दिएकोमा जीवनाशक विषादीको सूचकपत्र, कन्टेनर र प्रयोग विधि खुलेको कागजात तथा विवरणको सक्कल प्रति केन्द्रमा पठाउनु पर्नेछ।
(५) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पञ्जीकृत जीवनाशक विषादी प्रभावकारी नभएमा तत्काल महामारीको रूपमा फैलिएको वा फैलिन सक्ने मनासिब आधार भएको हानिकारक जीव तथा वनस्पति नियन्त्रणको लागि आवश्यक पर्ने जीवनाशक विषादी तत्काल पैठारी गर्नुपर्ने अवस्थामा मन्त्रालयले तोकेको कुनै संस्था वा निकायले
समितिको सिफारिसमा जीवनाशक विषादी पञ्जीकरण गराउँदा उपनियम (१) बमोजिम पेस गर्नुपर्ने कुनै कागजात तथा विवरण पेस गर्नु नपर्ने गरी केन्द्रले छुट दिन सक्नेछ ।
४. सर्त पूरा गर्ने: जीवनाशक विषादीको पञ्जीकरण गराउन चाहने व्यक्ति, संस्था वा निकायले देहायका सर्त पूरा गर्नुपर्नेछः- (क) सम्बन्धित पैठारीकर्ताले जीवनाशक विषादी पैठारी गर्दा जीवनाशक विषादीको कुल प्रयोग अवधिीको कम्तीमा पचहत्तर प्रतिशत उपयोग अवधि बाँकी भएको जीवनाशक विषादी पैठारी गर्नुपर्ने, (ख) केन्द्रको पूर्वस्वीकृति बिना जीवनाशक विषादीको कन्टेनर, सूचकपत्र वा विवरण वा स्वरूप परिवर्तन, थपघट वा फेरबदल गर्न नहुने, (ग) ऐन तथा यस नियमावलीको अधिनमा रही जीवनाशक विषादीको उत्पादन, संश्लेषण, प्याकिङ्ग वा पुनः प्याकिङ्ग, भण्डारण, ओसारपसार, प्रयोग र बिक्री वितरण गर्नुपर्ने, (घ) प्रतिबन्धित तथा म्याद समाप्त भएका जीवनाशक विषादीको व्यवस्थापन समितिले तोकेको मापदण्ड अनुरूप गर्नुपर्ने, (ङ) जीवनाशक विषादी बिक्री वितरण गर्दा नेपाली भाषामा लेखिएको विवरण संलग्न हुनु पर्ने, (च) जीवनाशक विषादी उत्पादन र संश्लेषण, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्ने वा निकासी पैठारी गर्ने व्यक्ति, संस्था वा निकायले कम्तीमा कक्षा दशको अन्तिम परीक्षा (एस.ई.ई.) वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेको र यस नियमावली बमोजिम तालिम प्राप्त गरेको जनशक्तिलाईमात्र काममा लगाउने व्यवस्था गर्नुपर्ने, (छ) जीवनाशक विषादीको घातकताको अवस्था जनाउनको लागि सूचकपत्र राख्दा अत्यन्तै घातक भएमा रातो, ज्यादै घातक भएमा पहेँलो, मध्यम घातक भएमा नीलो र सामान्य घातक भएमा हरियो रङ्गको प्रयोग गर्नुपर्ने,
५. जीवनाशक विषादीको पञ्जीकरण: (१) नियम ३ बमोजिम प्राप्त निवेदन र सो साथ संलग्न कागजात तथा विवरणको सम्बन्धमा केन्द्रले ऐनको दफा ३ को उपदफा (३) बमोजिम आवश्यक छानबिन गर्दाथ निवेदनकले नियम ४ बमोजिमका सर्त पूरा गरेको र ऐन तथा यस
नियमावली बमोजिम जीवनाशक विषादी पञ्जीकरण गर्न उपयुक्त देखिएमा निवेदन प्राप्त भएको मितिले साठी दिनभित्र त्यस्तो जीवनाशक विषादीको पञ्जीकरण गरी अनुसूची-२ बमोजिमको ढाँचामा अभिलेख राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम केन्द्रले जीवनाशक विषादीको पञ्जीकरण गर्दा अनुसूची-३ बमोजिमको शुल्क लिई निवेदकलाई अनुसूची-४ बमोजिमको ढाँचामा पञ्जीकरण प्रमाणपत्र दिनु पर्नेछ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि केन्द्रले देहायको कुनै अवस्थामा जीवनाशक विषादीको पञ्जीकरण गर्न इन्कार गर्न सक्नेछ:-
(क) पञ्जीकरण गराउन चाहेको जीवनाशक विषादी समितिले निर्धारण गरेको गुणस्तर अनुरूप नपाइएमा, (ख) पञ्जीकरण गराउन चाहेको जीवनाशक विषादीको उपयोगिता र आवश्यकता प्रमाणित हुन नसकेमा, (ग) पञ्जीकरण गराउनको लागि झुट्ठा वा अपुष्ट कागजात तथा विवरण पेस गरिएको देखिएमा, (घ) पञ्जीकरण गराउन चाहेको जीवनाशक विषादीको उपयोगले मानिस, पशुपन्छी, जीवजन्तुको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर पर्नु देखिएमा, (ङ) नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुरूप त्यस्तो जीवनाशक विषादी पञ्जीकरण योग्य नभएमा, (च) नियम ४ बमोजिमका सर्त पूरा गरेको नपाइएमा।
(४) उपनियम (३) बमोजिमको अवस्थामा पञ्जीकरणको लागि निवेदन प्राप्त भएको मितिले साठी दिनभित्र निर्णय गरी पञ्जीकरण गराउन नसकिने कारण सहितको जानकारी निवेदकलाई दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिमको निर्णयमा चित्त नबुझ्ने निवेदकले निर्णयको जानकारी प्राप्त भएको मितिले तीस दिनभित्र समिति समक्ष पुनरावेदन दिन सक्नेछ।
(६) उपनियम (५) बमोजिम परेको पुनरावेदन उपर समितिले गरेको निर्णय अन्तिम हुनेछ।
६. पूर्वस्वीकृति दिन सकिने: (१) कसैले जीवनाशक विषादीको अनुसन्धान गर्न चाहेमा अनुसन्धान गर्ने निकायको सिफारिससहित अनुसन्धानको विषय, उद्देश्य र पैठारी गर्नु पर्ने जीवनाशक विषादीको परिमाण खुलाई पूर्वस्वीकृतिको लागि केन्द्रमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको निवेदन उपर आवश्यक जाँचबुझ गर्दा अनुसन्धानको लागि जीवनाशक विषादी पैठारी गर्न दिन उपयुक्त देखेमा केन्द्रले त्यस्तो जीवनाशक विषादीको मात्रा जोकी ऐनको दफा ४ को उपदफा (२) बमोजिम पैठारीका लागि पूर्वस्वीकृति दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम पूर्वस्वीकृति प्राप्त अनुसन्धानकर्ताले जीवनाशक विषादीको अनुसन्धान गरेको प्रतिवेदन केन्द्र समक्ष पठाउनु पर्नेछ।
(४) जीवनाशक विषादीको अनुसन्धानकर्ताको प्रतिवेदन, अनुसन्धानको नतिजा र विकसित प्रविधिको गोपनीयता कायम गर्न सम्बन्धित अनुसन्धानकर्ताको अनुरोधमा अनुसन्धानको परिणाम सम्बन्धी सूचना गोप्य राखिनेछ।
७. पञ्जीकरण निलम्बन गर्न सक्ने: (१) ऐनको दफा ५ को उपदफा (१) को खण्ड (ग), (ङ) वा (च) को अवस्था भएमा वा ऐनको दफा ३५ बमोजिम क्षतिपूर्ति दिनुपर्ने अवस्थामा क्षतिपूर्ति नदिएमा केन्द्रले जीवनाशक विषादीको पञ्जीकरण निलम्बन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जीवनाशक विषादीको पञ्जीकरण निलम्बन गर्नु अघि केन्द्रले जीवनाशक विषादीको पञ्जीकरण निलम्बन गर्नु पर्ने कारण खुलाई पञ्जीकरण निलम्बन गर्नु पर्ने कुनै आधार र प्रमाण भएमा सो समेत संलग्न गरी सफाइ पेस गर्नको लागि बढीमा पन्ध्र दिनको अवधि दिई त्यस्तो जीवनाशक विषादी पञ्जीकरण गराउने व्यक्ति, संस्था वा निकायलाई लिखित सूचना दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम दिइएको समयावधिभित्र सफाइ पेस नगरेमा वा पेस गरेको सफाइको व्यहोरा सन्तोषजनक नभएमा सम्बन्धित व्यक्ति, संस्था वा निकायले सुधार गर्नु पर्ने विषय, पालना गर्नु पर्ने सर्त वा मापदण्ड उल्लेख गरी त्यसको पालना गर्न निर्देशन
दिइँ केन्रले उपनियम (१) बमोजिम जीवनाशक विषादीको पञ्जीकरण निलम्बन गर्नेछ। यसरी निलम्बन गरेको निर्णय केन्द्रको वेबसाइटमा राख्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम जीवनाशक विषादीको पञ्जीकरण निलम्बन गरेको जानकारी सम्बन्धित व्यक्ति, संस्था वा निकाय र समितिलाई निर्णय भएको दिन वा सोको भोलिपल्टसम्म पठाउनु पर्नेछ।
(५) उपनियम (३) बमोजिम पञ्जीकरण निलम्बन भएकोमा सो अवधिभर जीवनाशक विषादीको कारोबार गर्न पाइने छैन।
(६) उपनियम (३) बमोजिम केन्द्रले सुधार गर्नु पर्ने भनी उल्लेख गरेको विषयमा निलम्बनको जानकारी पाएको समितिले तीन महिनाभित्र सुधार गरी वा पालना गर्नु पर्ने सर्त वा मापदण्ड पालना हुने व्यवस्था गरी सम्बन्धित व्यक्ति, संस्था वा निकायले पञ्जीकरण निलम्बन भएको जीवनाशक विषादीको निलम्बन फुकुवा गर्न केन्द्रमा निवेदन दिनु पर्नेछ।
(७) उपनियम (६) बमोजिम प्राप्त निवेदन उपर केन्द्रले छानबिन गर्दा निवेदकले ऐन तथा यस नियमावली बमोजिमको सर्त तथा मापदण्ड पूरा गरेको र केन्द्रबाट सुधार गर्न निर्देशन दिइएको विषयमा सुधार गरेको पाइएमा पञ्जीकरण निलम्बन फुकुवा गरिदिन सक्नेछ।
८. पञ्जीकरण खारेज गर्न सक्ने: (१) केन्द्रले देहायको अवस्थामा कुनै जीवनाशक विषादीको पञ्जीकरण खारेज गर्न सक्नेछः- (क) ऐनको दफा ५ को उपदफा (१) को खण्ड (क), (ख) वा (घ) को अवस्था भएमा, (ख) ऐनको दफा ५ को उपदफा (१) को खण्ड (ग), (ङ) र (च) विपरीतको काम समिति, केन्द्र वा विषादी निरीक्षकको लिखित चेतावनी पश्चात कार्य गरेको पाइएमा, (ग) नियम ७ को उपनियम (६) बमोजिमको अवधिभित्र निलम्बन फुकुवाको लागि केन्द्रमा निवेदन नदिएमा।
(२) उपनियम (१) बमोजिम जीवनाशक विषादीको पञ्जीकरण खारेज गर्नु अघि केन्द्रले त्यस्तो जीवनाशक विषादी पञ्जीकरण गराउने व्यक्ति, संस्था वा निकायलाई
जीवनाशक विषादीको पञ्जीकरण खारेज गर्नु पर्ने कारण खुलाई पञ्जीकरण खारेज गर्नु नपर्ने कुनै आधार र प्रमाण भएमा सो समेत संलग्न गरी सफाइ पेस गर्नको लागि बढीमा पन्ध्र दिनको अवधि दिई सूचना दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम दिइएको समयावधिभित्र सफाइ पेस नगरेमा वा पेस गरेको सफाइको व्यहोरा सन्तोषजनक नभएमा केन्द्रले ऐनको दफा ५ बमोजिम जीवनाशक विषादीको पञ्जीकरण खारेज गर्ने निर्णय गर्न सक्नेछ।
(४) उपनियम (३) बमोजिम कुनै जीवनाशक विषादीको पञ्जीकरण खारेज गरेकोमा सोको जानकारी सम्बन्धित व्यक्ति, संस्था वा निकाय र समितिलाई निर्णय भएको दिन वा त्यसको भोलिपल्टसम्म पठाउनु पर्नेछ र त्यस्तो निर्णय केन्द्रको वेबसाइटमा राख्नु पर्नेछ।
(५) उपनियम (३) बमोजिम पञ्जीकरण खारेज गरिएका जीवनाशक विषादीको नाम केन्द्रले नेपाल राजपत्रमा प्रकाशन गर्नको लागि मन्त्रालयमा पठाउनु पर्नेछ र मन्त्रालयले सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।
९. पुनः पञ्जीकरणको आधार: (१) ऐनको दफा ६ बमोजिम केन्द्र समक्ष पुनः पञ्जीकरणको लागि पेस हुन आएका निवेदन जाँचबुझ गर्दा देहायका आधार विद्यमान रहेमा केन्द्रले अनुसूची-३ बमोजिम लाग्ने शुल्क लिई जीवनाशक विषादीको पुनःपञ्जीकरण गर्न सक्नेछः- (क) नेपाल सरकार अन्तर्गतका अनुसन्धान गर्ने निकाय वा अध्ययन संस्थानबाट जीवनाशक विषादीको प्रभावकारिता अध्ययन प्रतिवेदनबाट जीवनाशक विषादीको पुनः पञ्जीकरण गर्न आवश्यक देखिएमा, वा (ख) बालीनालीमा नयाँ रोग किराको प्रकोप भई अत्यधिक क्षति पुर्याएको अवस्थामा कुनै जीवनाशक विषादी तुलनात्मक रूपमा बढी प्रभावकारी र प्रयोजनयुक्त देखिएमा ।
(२) उपनियम (१) बमोजिम पुनः पञ्जीकरण भएको जीवनाशक विषादीको नाम मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।
१०. पञ्जीकृत जीवनाशक विषादीको नवीकरण: (१) ऐनको दफा ७ को उपदफा (१) बमोजिम पञ्जीकृत जीवनाशक विषादीको नवीकरणका लागि सम्बन्धित व्यक्ति, संस्था वा निकायले
देहायका कागजात संलग्न गरी सम्बन्धित प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालयमार्फत वा सिधै केन्द्रमा अनुसूची-५ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ:- (क) केन्द्रबाट जारी गरिएको सक्कल पञ्जीकरण प्रमाणपत्र, (ख) जीवनाशक विषादीको पैठारी गर्ने भएमा उत्पादकले बिक्री वितरण गर्न दिएको आधिकारिक विवरण पत्र, (ग) उत्पादन भएको देशमा पञ्जीकरण गरिएको प्रमाणपत्रको प्रतिलिपि, (घ) सम्बन्धित उत्पादकले जीवनाशक विषादीको सम्बन्धमा तयार गरेको सूचकपत्र, (ङ) प्रयोगकर्ताको लागि नेपाली भाषामा प्रयोग विधि खुलेको कागजात, र (च) पञ्जीकृत जीवनाशक विषादीको व्यापारिक नाम, साधारण नाम, कन्टेनर र सूचकपत्रमा उल्लिखित विवरण पञ्जीकरण गर्दाका बखतभन्दा फरक भएमा सोको पुष्टी गर्ने प्रमाणित कागजात ।
(२) उपनियम (१) बमोजिम प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालयमा प्राप्त भएका निवेदन र संलग्न कागजात सो मन्त्रालयले त्यस्तो निवेदन प्राप्त भएको मनिले सात दिनभित्र केन्द्रमा पठाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको निवेदन नेपाल राष्ट्रिय एकद्वार प्रणालीको अनलाइनबाट समेत दिन सकिनेछ।
(४) उपनियम (३) बमोजिम निवेदन दिएकोमा जीवनाशक विषादीको सूचकपत्र, कन्टेनर र प्रयोग विधि खुलेको कागजात तथा विवरणको सक्कल प्रति केन्द्रमा पठाउनु पर्नेछ।
(५) उपनियम (१), (२) वा (३) बमोजिम प्राप्त निवेदन उपर केन्द्रले छानबिन गर्दा नवीकरण गर्न मनासिब देखिएमा अनुसूची-३ बमोजिमको शुल्क लिई ऐनको दफा ७ को उपदफा (२) बमोजिम पञ्जीकरण भएका जीवनाशक विषादीको नवीकरण गरिदिनु पर्नेछ।
११. इजाजतपत्र सम्बन्धी व्यवस्था: (१) देहायका व्यक्ति, संस्था वा निकायले पञ्जीकरण वा पुनः पञ्जीकरण गरिएका जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी,
ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्न ऐनको दफा ८ को उपदफा (१) बमोजिम इजाजतपत्र लिनु पर्नेछ:-
(क) जीवनाशक विषादीको उत्पादन वा संश्लेषणका लागि कृषि, माइक्रोबायोलोजी, प्लाण्ट प्याथोलोजी, इन्टोमोलोजी, ब्याक्टेरियोलोजी, भाइरोलोजी, नेमाटोडोलोजी, टक्सिकोलोजी वा केमेस्ट्री विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति र संस्था वा निकायको हकमा उल्लिखित योग्यता भएको कम्तीमा एकजना जनशक्ति रहेको,
(ख) जीवनाशक विषादीको निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्गको इजाजतपत्रका लागि कम्तीमा कक्षा दशको अन्तिम परीक्षा (एस.ई.ई.) वा सो सरह उत्तीर्ण गरेको व्यक्ति र संस्था वा निकायको हकमा उल्लिखित योग्यता भएको कम्तीमा एकजना जनशक्ति रहेको,
(ग) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्गमध्ये जुन प्रयोजनका लागि इजाजतपत्र लिन चाहेको हो सोको लागि केन्द्रले तोकेको अवधिको तालिम लिएको व्यक्ति र संस्था वा निकायको हकमा उल्लिखित तालिम लिएको कम्तीमा एक जना जनशक्ति रहेको।
(२) ऐनको दफा ८ को उपदफा (१) बमोजिम पञ्जीकरण वा पुनः पञ्जीकरण गरिएका जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्न इजाजतपत्र लिन चाहने उपनियम (१) बमोजिम योग्यता भएको व्यक्ति, संस्था वा निकायले देहायका विवरण तथा कागजात संलग्न गरी अनुसूची-६ बमोजिमको ढाँचामा केन्द्रमा निवेदन दिनु पर्नेछः-
(क) काम गर्न दक्ष जनशक्ति रहेको प्रमाण, (ख) व्यावसायिक फर्म वा कम्पनी दर्ता प्रमाणपत्र, (ग) जीवनाशक विषादीको कारोबार खुलेको स्थायी लेखा नम्बर, (घ) नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, (ङ) संस्था वा निकायको हकमा त्यस्तो निकायको आधिकारिक पत्र,
(च) अनुसूची-७ बमोजिमको स्वघोषणा, (छ) अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र।
(३) उपनियम (२) बमोजिम प्राप्त निवेदन उपर केन्द्रले जाँचबुझ गर्दा निवेदकलाई इजाजतपत्र दिन उपयुक्त देखिएमा अनुसूची-३ बमोजिमको दस्तुर लिई निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र आवश्यकता अनुसार सर्त तोकी अनुसूची-८ बमोजिमको ढाँचामा इजाजतपत्र दिनु पर्नेछ।
१२. अभिमुखीकरण कार्यक्रम वा तालिम: (१) नियम ११ को उपनियम (२) बमोजिम इजाजतपत्रका लागि निवेदन दिने व्यक्ति, संस्था वा निकायलाई इजाजतपत्र प्रदान गर्नुअघि केन्द्रले देहायका विषयमा अभिमुखीकरण कार्यक्रम वा तालिमको सञ्चालन गरी जीवनाशक विषादी सम्बन्धी प्राविधिक जानकारी दिनु पर्नेछ:- (क) जीवनाशक विषादीको सुरक्षित प्रयोग र सुरक्षात्मक उपाय, (ख) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग, भण्डारण र बिक्री वितरण गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षात्मक उपाय, (ग) ऐन तथा यस नियमावली र ऐन बमोजिम जारी भएका निर्देशिका, कार्यविधि तथा मापदण्डको व्यवस्था र तिनको पालनाको विषय, (घ) म्याद नाघेका, प्रतिबन्धित र प्रयोग गर्न अयोग्य जीवनाशक विषादीको व्यवस्थापन गर्ने तरिका र ध्यान दिनु पर्ने विषय, (ङ) जीवनाशक विषादीको प्रकार तथा त्यसको संकेतको विषय, (च) जीवनाशक विषादीका विकल्पहरू, घरेलु विषादी, वनस्पतियजन्य र जैविक विषादीको प्रयोगको महत्व तथा प्रोत्साहनका विषय, (छ) जीवनाशक विषादी दुरुपयोग हुने अवस्था, त्यसको रोकथाम तथा जीवनाशक विषादीको प्रयोग पश्चात् पर्खनु पर्ने न्यूनतम समय अवधि, (ज) जीवनाशक विषादीजन्य दुर्घटनाबाट बच्ने उपायहरू, जीवनाशक विषादीजन्य विष लागेको लक्षण र त्यसको प्राथमिक उपचार, (झ) जीवनाशक विषादीको कारोबार सम्बन्धी अभिलेख राख्ने तरिका ।
(२) उपनियम (१) बमोजिमको प्राविधिक जानकारीको अतिरिक्त केन्द्रले जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग, भण्डारण र बिक्री वितरणमा संलग्न व्यक्तिलाई आवश्यक तालिम प्रदान गर्न वा गराउन सक्नेछ।
(३) उपनियम (२) बमोजिमको तालिमको विषयवस्तु वा पाठ्यक्रम केन्द्रले निर्धारण गरे बमोजिम हुनेछ ।
१३. इजाजतपत्रको नवीकरण: (१) ऐनको दफा ८ को उपदफा (४) बमोजिम इजाजतपत्र नवीकरणको लागि देहायका कागजात संलग्न गरी अनुसूची-३ बमोजिमको नवीकरण दस्तुर सहित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले केन्द्र समक्ष अनुसूची-९ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ:- (क) इजाजतपत्रको सक्कल प्रति, (ख) कारोबारको वार्षिक परिमाण र मूल्य विवरण, (ग) जीवनाशक विषादी पञ्जीकरण प्रमाणपत्र भए सोको प्रमाण, (घ) अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्र, र (ङ) पुनर्ताजगी तालिम लिएको प्रमाणपत्र ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरी केन्द्रले ऐनको दफा ८ को उपदफा (६) बमोजिम तीन वर्षका लागि इजाजतपत्रको नवीकरण गरिदिन सक्नेछ।
१४. समितिको काम, कर्तव्य र अधिकार: ऐनको दफा १३ बमोजिमका काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) जीवनाशक विषादीसँग सम्बन्धित सरोकारवाला निकायबीच समन्वय र सहकार्य गर्ने, (ख) केन्द्रलाई आवश्यक सुझाव तथा निर्देशन दिने, (ग) क्षतिपूर्ति निर्धारण समितिलाई आवश्यक सहयोग गर्ने,
(घ) जीवनाशक विषादीको परीक्षण प्रयोगशाला निर्माणको लागि आवश्यक कार्ययोजना, बजेट तथा जनशक्ति व्यवस्थापनको लागि सहजीकरण गर्ने, (ङ) म्याद नाघेका, प्रतिबंधित, पञ्जीकरण नभएका र जफत गरिएका जीवनाशक विषादीको भण्डारण गृह निर्माण तथा विसर्जनको लागि नेपाल सरकारलाई आवश्यक सुझाव दिने, (च) नियम ३ को उपनियम (५) बमोजिमको अवस्थामा सम्बन्धित संस्था वा निकायको अनुरोध भएमा आवश्यक जीवनाशक विषादी पञ्जीकरणका लागि सिफारिस गर्ने ।
१५. केन्द्रको काम, कर्तव्य र अधिकारः (१) ऐनको दफा १५ बमोजिमका काम, कर्तव्य र अधिकारको अतिरिक्त केन्द्रको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) जीवनाशक विषादी सम्बन्धमा विवरण सङ्कलन गरी अभिलेख राख्ने र सरोकारवालाले माग गरेमा उपलब्ध गराउने, (ख) जीवनाशक विषादीको अवशेष विश्लेषणको नतिजा वार्षिक रुपमा सम्बन्धित प्रयोगशालाबाट माग गरी अभिलेख राख्ने, (ग) बालीनालीमा क्षति गर्ने रोग, कीरा, झारपात व्यवस्थापनमा प्रयोग हुने वातावरण मैत्री प्रविधि र पदार्थको उत्पादन र प्रयोगमा प्रोत्साहन तथा पैठारीका लागि सहजीकरण गर्ने, (घ) जीवनाशक विषादीको पञ्जीकरण, बिक्री वितरण, भण्डारण र विसर्जन गर्ने मापदण्ड पालना गरे वा नगरेको अनुगमन तथा सुपरीवेक्षण गर्ने, (ङ) जीवनाशक विषादीको गुणस्तर जाँच तथा अनुसन्धाननात्मक परीक्षण गर्ने प्रयोगशाला स्थापनाको लागि पूरा गर्नुपर्ने मापदण्ड तयार गरी मन्त्रालयमा सिफारिस गर्ने, (च) रासायनिक विषादी न्यूनीकरणका लागि जैविक विषादीको प्रयोग प्रवर्द्धन सम्बन्धी आवश्यक कार्य गर्ने, र (छ) जीवनाशक विषादीको व्यवस्थापनमा संलग्न जनशक्ति तथा इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायमा कार्यरत जनशक्तिको लागि तालिम दिने,
(ज) जीवनाशक विषादीको प्रयोगको लागि त्यस्ता विषादीको वर्गीकरणको आधारमा प्रयोग गर्नुपर्ने स्प्रेयर र डष्टर, जीवनाशक विषादी बिक्री गर्दा वा छर्किँदा लगाउनु पर्ने सुरक्षात्मक पहिरन तथा उपकरण निर्माण तथा विकास र भण्डारण कोठा वा स्थान जस्ता पूर्वाधार तयार गर्दा पालना गर्नुपर्ने सुरक्षात्मक उपायहरू सिफारिस गर्ने तथा तयार गर्न सहयोग र सहजीकरण गर्ने ।
१६. प्रमुखको काम, कर्तव्य र अधिकार: ऐनको दफा १७ बमोजिमका काम, कर्तव्य र अधिकारको अतिरिक्त प्रमुखको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) समिति, प्रदेश जीवनाशक विषादी व्यवस्थापन समिति, निरीक्षक र अन्य सरोकारवाला विभिन्न निकायसँग विषादी व्यवस्थापन सम्बन्धी कार्यमा समन्वय गर्ने, (ख) जीवनाशक विषादीको गुणस्तर निर्धारित मापदण्ड बमोजिम भए नभएको अनुगमन तथा परीक्षण गरी वा गर्न लगाई मापदण्ड विपरीत भएको पाइएमा कारबाही गर्ने, (ग) जीवनाशक विषादीले मानव, पशुपन्छी र वातावरणमा पार्ने असर न्यूनीकरण गर्नको लागि आवश्यक कार्य गर्ने, (घ) समितिले दिएको निर्देशन तथा निर्णय कार्यान्वयन गर्ने ।
१७. जीवनाशक विषादीको अवशेषको अधिकतम मात्रा: (१) जीवनाशक विषादीको जथाभावी प्रयोग गर्न नदिनको लागि प्रशोधन नगरिएको वा गरिएको वनस्पतियजन्य उत्पादन लगायतका तरकारी, फलफूल जस्ता खाद्य वस्तुमा जीवनाशक विषादीको अवशेषको अधिकतम मात्रा समितिसँग समन्वय गरी खाद्य सम्बन्धी प्रचलित कानून अन्तर्गतको खाद्य प्रवर्धन तथा गुण नियन्त्रण विभागले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम निर्धारण गरिएको जीवनाशक विषादीको अवशेषको अधिकतम मात्राको सूचना मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
१८. जीवनाशक विषादी प्रयोग तथा सुरक्षाको मापदण्डः (१) जीवनाशक विषादीको जथाभावी प्रयोग हुन नदिनको लागि त्यसको बिक्री गर्दाकै अवस्थामा बिकेताले जीवनाशक विषादीको खरिदकर्तालाई देहायको विषयमा जानकारी गराउनु पर्नेछ:-
(क) जीवनाशक विषादी प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, प्रयोग गर्ने तरिका र त्यसको मात्रा, (ख) जीवनाशक विषादीको जथाभावी प्रयोगबाट पर्न सक्ने असर र यसको दुरुपयोगबाट हुन सक्ने खतरा, (ग) सावधानीपूर्वक प्रयोग गर्दा पनि कुनै दुर्घटना भएमा अपनाउनु पर्ने उपायहरू, (घ) कुनै बाली वा उपजमा जीवनाशक विषादी प्रयोग गरेपछि त्यस्तो बाली वा उपज खान वा प्रयोग गर्नु नहुने अवधि, र (ङ) अपनाउनु पर्ने सुरक्षात्मक उपायहरू बारेका अन्य आवश्यक विषयहरू।
(२) जीवनाशक विषादीबाट हुन सक्ने सम्भावित जोखिम र असरलाई न्यूनीकरण गर्न जीवनाशक विषादीको उत्पादन, संश्लेषण, प्याकिङ्ग वा पुनः प्याकिङ्ग, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार वा विसर्जन गर्दा सम्बन्धमा रहने व्यक्ति वा व्यवसायीले देहाय बमोजिमका सुरक्षात्मक उपाय अपनाउनु पर्नेछ:-
(क) कार्यस्थलमा सबैले देख्ने स्थानमा प्राथमिक उपचार र उद्धार सामग्रीको व्यवस्था गर्ने, (ख) जीवनाशक विषादीको भण्डारण गर्ने स्थानको भुईँ तथा भित्ता जीवनाशक विषादी सोस्न नसक्ने गरी ढलान गरिएको, पानी नचुहिने, हावा आवागमन गर्ने, झ्याल भएको र अनुसूची-१० बमोजिम जीवनाशक विषादीको खतराको चिन्ह राखिएको हुनुपर्ने, (ग) जीवनाशक विषादी ढुवानी गर्ने साधनमा खाद्यान्न, पशु दाना, औषधि वा अन्य वस्तु राख्न नहुने, (घ) कुनै पनि जीवनाशक विषादीलाई अन्य भाँडोमा खन्याएर राख्न वा बिक्री गर्न नहुने, (ङ) जीवनाशक विषादी बिक्री कक्षमा बालबालिकाको प्रवेशलाई निषेध गर्ने तथा बालबालिका मार्फत वा बालबालिकालाई त्यस्तो जीवनाशक विषादी बिक्री वितरण नगर्ने,
(च) जीवनाशक विषादीको प्रयोग गर्दा सूचकपत्रमा निर्दिष्ट गरे बमोजिमको सावधानी तथा सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने, (छ) जीवनाशक विषादीको प्रयोग गर्दा वातावरणमैत्री हुनुपर्ने र मानिस, पशुपन्छी तथा मौरी लगायतका लाभदायक कीरालाई तुलनात्मक रूपमा कम हानी गर्ने पञ्जीकृत जीवनाशक विषादीमात्र प्रयोग गर्नुपर्ने, (ज) जीवनाशक विषादीको बिकेताले रातो र पहेंलो सङ्केत भएका घातक जीवनाशक विषादी बिक्री गर्दा अनिवार्य रूपमा खरिदकर्ताको अभिलेख राख्नु पर्ने, (झ) जीवनाशक विषादी छर्केको स्थानमा मौरीको आवागमन हुन नदिन मौरी पालकलाई अग्रिम सूचना दिनु पर्ने, (ञ) जीवनाशक विषादी पोखिएमा विषादी धुलो वा ठोस अवस्थामा भए पोखिएको मात्राको दुई गुणा बढी बालुवा, सुख्खा माटो वा काठको धुलोले छोप्ने तथा कुचोको मद्दले सम्पूर्ण पोखिएको वस्तु उठाएर पानीको मुहान नभएको र मानिस वा चौपाया नजाने सुरक्षित स्थलमा कम्तीमा पचास से.मी. गहिराइको खाडलमा पुर्नु पर्ने, (ट) सुरक्षात्मक सामग्री बिक्रीमा राख्दा अनिवार्य रूपमा जीवनाशक विषादीसँग सम्पर्क नहुने तवरले छुट्टै क्याबिनमा राख्नुपर्ने, (ठ) जीवनाशक विषादी छर्केको वा प्रयोग गरिएको जानकारी तथा अपनाउनु पर्ने सावधानीको सूचना जीवनाशक विषादी छर्केको वा प्रयोग गरिएको स्थानमा कम्तीमा पनि केन्द्रले निर्धारण गरेको अवधिसम्म राख्नु पर्ने, (ड) अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घ रोग लागेका व्यक्तिलाई जीवनाशक विषादीको सम्पर्कबाट टाढा राख्ने,
(ढ) उत्पादक वा पैठारीकर्ताले इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकाय बाहेक अन्य व्यक्ति, संस्था वा निकायलाई जीवनाशक विषादीको कारोबार गर्ने गरी जीवनाशक विषादीको बिक्री वितरण नगर्ने, (ण) विद्युतीय बजार तथा सामाजिक सञ्जालको प्रयोग गरी जीवनाशक विषादीको प्रचार प्रसार तथा बिक्री वितरण गर्न नपाइने।
(३) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, प्याकिङ्ग तथा पुनः प्याकिङ्ग गर्ने उद्योग वा व्यावसायिक फर्मले जीवनाशक विषादीको सम्पर्कमा रही काम गर्ने कामदारको लागि समितिले निर्धारण गरेको रकममा नघट्ने गरी दुर्घटना तथा जीवन बीमा गराउनु पर्नेछ ।
(४) जीवनाशक विषादीबाट सुरक्षित हुन अवलम्बन गरिने कार्य गर्नु त्यस्तो जीवनाशक विषादीको उत्पादन, संश्लेषण, प्याकिङ्ग वा पुनः प्याकिङ्ग, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण तथा ओसारपसार गराउने व्यक्ति र संस्था वा निकाय भए त्यस्तो संस्था वा निकायको प्रमुख भई काम गर्ने व्यक्तिको जिम्मेवारी हुनेछ।
१९. घरेलु विषादी पञ्जीकरणः (१) किसान आफैंले वा कृषक समूह वा कृषि सहकारीले विकास गरी उत्पादन गरेको स्वदेशी मातृ स्रोतमा आधारित घरेलु विषादीको व्यावसायिक रुपमा उत्पादन, भण्डारण र ओसारपसार गर्नका लागि त्यस्तो घरेलु विषादीको पञ्जीकरण गराउनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीयस्तरमा पाइने वनस्पति वा जीवजन्तुको सहउत्पादन वा अन्य सामग्री प्रयोग वा सम्मिश्रण गरी किसान वा समुदायले परम्परागत ज्ञान, सिप वा सिकाइबाट विकास गरिएको घरेलु विषादीको प्रयोग गर्नका लागि पञ्जीकरण गराइरहनु पर्ने छैन ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) बमोजिमका घरेलु विषादी पञ्जीकरणका लागि देहायको विवरण तथा कागजात संलग्न गरी सम्बन्धित प्रदेशको कृषि विषय हेर्ने जिल्लास्थित कार्यालयमार्फत केन्द्रसम्म निवेदन दिनु पर्नेछ:-
(क) पञ्जीकरण गराउन चाहेको घरेलु विषादीको व्यापारिक नाम, (ख) पञ्जीकरण गराउन चाहेको घरेलु विषादीको उत्पादकको नाम, ठेगाना र सम्पर्क फोन नम्बर, (ग) पञ्जीकरण गराउन चाहेको घरेलु विषादीको प्रयोग र प्रभावकारिता सम्बन्धमा बाली संरक्षण प्रयोगशालामा परीक्षण गरेको वा कृषि सम्बन्धी अनुसन्धान संस्था, अध्ययन संस्थान वा अन्य संस्थागत निकायले कम्तीमा दुई मौसमका बालीमा परीक्षण गरिएको प्रतिवेदन, र (घ) पञ्जीकरण गराउन चाहेको घरेलु विषादीको प्रयोग गर्ने विधि सम्बन्धी जानकारीपत्र।
(४) उपनियम (३) बमोजिम प्राप्त निवेदन र सो साथ संलग्न प्रतिवेदन जाँचबुझ गर्दा थप अनुसन्धान आवश्यक देखिएमा केन्द्रले सम्बन्धित पक्षलाई थप विवरण पेश गर्न लगाउन वा जीवनाशक विषादी विज्ञ, प्राविधिक वा अनुसन्धान निकायबाट थप अनुसन्धान गराउन सक्नेछ र त्यस्तो घरेलु विषादी पञ्जीकरण गर्न उपयुक्त देखिएमा केन्द्रले पञ्जीकरण गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउनेछ।
(५) घरेलु विषादीलाई घाम नलाग्ने, सुख्खा, पक्की ढलान भएको र हावा आवतजावत गर्ने कक्षमा भण्डारण गर्नु पर्नेछ।
(६) घरेलु विषादी ओसारपसार र भण्डारण गर्दा खाद्य तथा पशुआहारासँगै राख्न पाइने छैन।
२०. वनस्पतिय र जैविक विषादीको पञ्जीकरण: (१) स्वदेशी मात्रु स्रोतमा आधारित वनस्पतिय र जैविक विषादीको उत्पादन, संश्लेषण, भण्डारण, ओसारपसार र बिक्री वितरण गर्नका लागि त्यस्तो विषादी पञ्जीकरण गराउन चाहने व्यक्ति, संस्था वा निकायले देहायका कागजात तथा विवरण संलग्न गरी सम्बन्धित प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालय मार्फत वा सिधै केन्द्रमा निवेदन दिनु पर्नेछ:- (क) निश्चित किरा, रोगका जीवाणु वा अन्य जीवलाई व्यवस्थापन गर्न प्रभावकारी भएको र प्रयोग गरिने मात्रा सम्बन्धी विवरण,
(ख) जैविक विषादीको गुणस्तर सम्बन्धमा मान्यता प्राप्त प्रयोगशालाको परीक्षण प्रतिवेदन, (ग) बाली संरक्षण प्रयोगशालामा वा कृषि सम्बन्धी अनुसन्धान संस्था, अध्ययन संस्थान वा सरकारी फार्म, कृषि ज्ञान केन्द्र वा अन्य निकायबाट अनुसन्धान गरी राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरबाट प्रकाशन भएको लेख वा शोधपत्रको आधिकारिक प्रतिवेदन वा कम्तीमा दुई मौसमका बालीमा परीक्षण गरिएको प्रतिवेदन, (घ) प्याकिङ्ग वा पुनः प्याकिङ्गका लागि कन्टेनरको नमूना, (ङ) नेपाली भाषामा लेखिएको सूचकपत्र र पश्चात तीन प्रति ।
(२) उपनियम (१) बमोजिम पञ्जीकरणका लागि प्राप्त निवेदनउपर केन्द्रले आवश्यक जाँचबुझ गर्दा उपयुक्त देखिएमा निवेदन प्राप्त भएको मितिले साठी दिनभित्र त्यस्तो जैविक विषादी पञ्जीकरण गरी अभिलेख राख्न सक्नेछ ।
२१. जीवनाशक विषादीको उत्पादन तथा संश्लेषणः (१) जीवनाशक विषादीको उत्पादन तथा संश्लेषण गर्न चाहने व्यक्ति, संस्था वा निकायले प्रचलित कानून बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरणीय परीक्षण गराई सोको प्रतिवेदन केन्द्र समक्ष पेस गर्नु पर्नेछ।
(२) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, प्याकिङ्ग तथा पुनःप्याकिङ्गको कार्य गर्न चाहने व्यक्ति, संस्था वा निकायले जीवनाशक विषादीको उत्पादन तथा संश्लेषण कार्यमा संलग्न जनशक्तिलाई स्वास्थ्य तथा सुरक्षात्मक उपाय पालना गराई प्रत्येक छ महिनामा नियमित स्वास्थ्य परीक्षण गराउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम परीक्षण गराउँदा जीवनाशक विषादीको असर देखिएका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी यथाशीघ्र विशेषज्ञ चिकित्सकबाट उपचार हुने व्यवस्था गर्नु पर्नेछ।
२२. जीवनाशक विषादीको प्रयोगमा प्रतिबन्धः (१) ऐनको दफा २२ बमोजिमको अवस्थाको अतिरिक्त केन्द्रले देहायको अवस्थामा कुनै जीवनाशक विषादीलाई प्रतिबन्ध लगाउन समिति समक्ष सिफारिस गर्न सक्नेछः-
(क) नियम ८ बमोजिम पञ्जीकरण खारेज भएको जीवनाशक विषादी, (ख) प्रदेश जीवनाशक विषादी व्यवस्थापन समितिले प्रतिबन्ध लगाउन सिफारिस गरेको जीवनाशक विषादी, वा (ग) केन्द्रद्वारा अनुगमन तथा निरीक्षण गर्दाथ वा प्रयोगशालाबाट परीक्षण गर्दाथ मानव, जीवजन्तुको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव पर्ने देखिएको जीवनाशक विषादी ।
(२) उपनियम (१) बमोजिम केन्द्रले कुनै जीवनाशक विषादीलाई प्रतिबन्ध लगाउँदा कुनै बालीनाली वा रोगविकार वा क्षेत्र विशेषमा प्रयोग गर्न सकिने सर्त राखेर प्रतिबन्ध लगाउन सिफारिस गर्न सक्नेछ।
(३) उपनियम (१) बमोजिम केन्द्रबाट प्रतिबन्ध लगाउन सिफारिस गरिएका जीवनाशक विषादीलाई आवश्यकताको आधारमा सर्त रहित वा सर्त सहित समितिले ऐनको दफा २२ बमोजिम प्रतिबन्ध लगाउन सक्नेछ।
२३. म्याद नाघेका जीवनाशक विषादी व्यवस्थापनः (१) सम्बन्धित व्यक्ति, संस्था वा निकाय, व्यवसायी वा उद्यमीले म्याद नाघेका प्रतिबंधित र टुटेफुटेका वा चुहिएका वा अन्य कुनै कारणले प्रयोग गर्न नमिल्ने वा सूचकपत्र प्रष्ट नभएका जीवनाशक विषादी वा जीवनाशक विषादीजन्य फोहोर तथा सोको कन्टेनर लगायतका वस्तु राख्नको लागि आफ्नो पसल वा भण्डारण कक्षमा अलगै र सुरक्षित स्थानको व्यवस्था गरी भण्डारण गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम व्यवस्था गरिएको कक्ष, स्थान वा भागमा बिक्री गर्न अयोग्य जीवनाशक विषादी रहेको जनाउ चिन्ह सहित जीवनाशक विषादीको प्रकृति तथा रसायन समूहको आधारमा नचुहिने तथा नपोखिने गरी भण्डारण गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिमका जीवनाशक विषादीलाई भण्डारण गर्दाथ ढलान गरिएको, पक्की भित्ता भएको सिमेन्टेड तथा हावा नगुम्सने गरी हावा आवाजावत गर्ने भण्डारण कक्षको व्यवस्था गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिमका जीवनाशक विषादीको सम्बन्धित व्यक्ति, संस्था वा निकाय, व्यवसायी वा उद्यमीले जीवनाशक विषादीको प्रकृति तथा रसायन समूहको
आधारमा अनुसूची-११ बमोजिमको ढाँचामा अभिलेख तयार गरी अद्यावधिक रूपमा राख्नु पर्नेछ र सो अभिलेख केन्द्र र सम्बन्धित निरीक्षकलाई पठाउनु पर्नेछ।
(५) उपनियम (१) बमोजिमका जीवनाशक विषादीलाई कुनै पनि क्षेत्र वा बालीमा प्रयोग गर्न वा गराउन तथा वितरण गर्न पाइने छैन ।
(६) उपनियम (१) बमोजिमका जीवनाशक विषादीलाई भण्डारण गरिरखेको स्थानबाट केन्द्र वा निरीक्षकको लिखित स्वीकृति विना अन्यत्र लैजान वा हटाउन पाइने छैन ।
(७) उपनियम (१) बमोजिमका जीवनाशक विषादी सम्बन्धित देश वा उत्पादकलाई फिर्ता गर्ने वा सुरक्षित रूपमा भण्डारण वा विसर्जन गर्ने वा सङ्कलनको लागि ओसारपसार तथा भण्डारण गर्ने स्वीकृतिको लागि सम्बन्धित व्यक्ति, संस्था वा निकायले अनुसूची-१२ बमोजिमको ढाँचामा केन्द्र वा निरीक्षक समक्ष निवेदन दिनु पर्नेछ।
(८) उपनियम (७) बमोजिम निवेदन प्राप्त भएमा केन्द्र वा निरीक्षकले उपनियम (१) बमोजिमका जीवनाशक विषादीको सङ्कलन, भण्डारण र ओसारपसार गर्न अनुसूची-१३ बमोजिमको ढाँचामा स्वीकृतिपत्र प्रदान गर्नेछ।
(९) उपनियम (१) बमोजिमका जीवनाशक विषादी नियम २४ बमोजिम फिर्ता पठाउन समय लाग्ने भएमा फिर्ता नपठाउन्जेल वा सुरक्षित रूपमा विसर्जन नगरुञ्जेल ऐनको दफा ४२ बमोजिमको भण्डारण गृहमा राख्न सकिनेछ। त्यसरी जीवनाशक विषादी भण्डारण गृहमा राख्दा र विसर्जन गर्दाको खर्च सम्बन्धित जीवनाशक विषादीको पैठारीकर्ता, सम्बन्धित व्यक्ति, संस्था वा निकाय, व्यवसायी वा उद्यमीले व्यहोर्नु पर्नेछ ।
(१०) ऐन तथा यस नियमावली बमोजिम पैठारीकर्ता मार्फत नियम २४ बमोजिम सम्बन्धित जीवनाशक विषादी सम्बन्धित कम्पनी, उद्योग वा व्यक्तिलाई फिर्ता गरिएका बाहेक अन्य म्याद नाघेका जीवनाशक विषादी ऐनको दफा २३ को उपदफा (२) बमोजिम व्यवस्थापन गर्दा जीवनाशक विषादीको प्रकार र बोट बिरुवा, मानव, पशुपन्छी, जलचरको स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल असरलाई समेत विचार गरी ऐनको दफा २९ को उपदफा (३) बमोजिम समितिले तोके बमोजिमको तरिका र मापदण्ड अनुरूप नष्ट गर्नु पर्नेछ।
(११) उपनियम (१०) बमोजिम जीवनाशक विषादीको व्यवस्थापन गर्दा नष्ट वा विसर्जन गरिएको जीवनाशक विषादीको नाम, परिमाण तथा नष्ट वा विसर्जन गर्न अवलम्बन गरिएको विधि समेत खुलाई मुचुल्का तथा अभिलेख तयार गर्नु पर्नेछ।
(१२) उपनियम (११) बमोजिमको मुचुल्कामा निरीक्षक, सम्बन्धित कृषि कार्यालयको प्रतिनिधि र नष्ट वा विसर्जन गर्ने स्थानको स्थानीय तहको प्रतिनिधिलाई रोहबरमा राख्नु पर्नेछ ।
(१३) उपनियम (१०) बमोजिम नष्ट वा विसर्जन गरी व्यवस्थापन गरिएको जीवनाशक विषादीको विवरण जीवनाशक विषादीको कारोबार गर्ने व्यक्ति, संस्था वा निकाय, व्यवसायी वा उद्यमीले केन्द्रमा पठाउनु पर्नेछ ।
२४. फिर्ता पठाउनु पर्ने: (१) नियम २३ को उपनियम (१) बमोजिमका जीवनाशक विषादीमध्ये पैठारी गरिएका जीवनाशक विषादी भएमा त्यस्ता जीवनाशक विषादी नष्ट वा विसर्जन गर्न सम्बन्धित पैठारीकर्ता मार्फत जीवनाशक विषादी उत्पादन गर्ने सम्बन्धित कम्पनी, उद्योग वा व्यक्तिलाई फिर्ता पठाउनु पर्नेछ। तर त्यस्ता जीवनाशक विषादी नेपालमै उत्पादन भएकोमा सम्बन्धित उत्पादकले फिर्ता लिई ऐनको दफा २९ बमोजिम नष्ट तथा विसर्जन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जीवनाशक विषादी फिर्ता पठाउने प्रयोजनको लागि केन्द्रको सिफारिस आवश्यक परेमा त्यस्तो जीवनाशक विषादीको नाम र परिमाण समेतको विवरण र फिर्ता लैजाने भन्सार नाका खुलाई सम्बन्धित जीवनाशक विषादी कम्पनी, उद्योग वा व्यक्तिले केन्द्रमा निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम अनुरोध भई आएमा केन्द्रले फिर्ता पठाइने जीवनाशक विषादीको नाम र परिमाण खुलाई सम्बन्धित देशमा फिर्ता लैजानको लागि पैठारीकर्तालाई सिफारिसपत्र दिनेछ। सोको जानकारी सम्बन्धित भन्सार कार्यालयलाई समेत दिनु पर्नेछ।
(४) उपनियम (१) बमोजिम फिर्ता पठाउनु पर्ने जीवनाशक विषादीको सम्बन्धित पैठारीकर्ताले सङ्कलन गरी एकीकृत रुपमा जीवनाशक विषादीको नाम तथा परिमाण सहितको विवरण र नष्ट गर्ने वा विसर्जन गर्ने प्रयोजनको लागि फिर्ता गर्न लागिएको व्यहोरा खुलाई त्यस्तो जीवनाशक विषादी पैठारी गरेको भन्सार कार्यालयको प्रमुख समक्ष निवेदन
दिनु पर्नेछ। त्यस्तो निवेदनसाथ उपनियम (३) बमोजिम केन्द्रबाट सिफारिस गरिएको भएमा सो सिफारिसपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम प्राप्त निवेदन तथा सिफारिसपत्रका सम्बन्धमा भन्सार कार्यालयको प्रमुखले जाँचबुझ गरी सो जीवनाशक विषादी त्यस्तो विषादीको उत्पादन भएको देशका सम्बन्धित जीवनाशक विषादी कम्पनी, उद्योग वा व्यक्तिलाई फिर्ता पठाउने स्वीकृति दिनेछ।
(६) उपनियम (५) बमोजिम स्वीकृति प्राप्त जीवनाशक विषादी त्यस्तो विषादीको उत्पादन भएको देशका सम्बन्धित विषादी कम्पनी, उद्योग वा व्यक्तिलाई फिर्ता पठाई सोको जानकारी पैठारीकार्यालयले केन्द्रलाई दिनु पर्नेछ ।
२५. निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार: ऐनको दफा २५ बमोजिमका काम, कर्तव्य र अधिकारको अतिरिक्त निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार वा विसर्जन जस्ता कार्य गर्दा आवश्यक सम्पूर्ण सुरक्षाका उपाय, प्राथमिक उपचार र उद्धार सामग्रीको व्यवस्था भए नभएको अनुगमन गरी सो सम्बन्धी प्रतिवेदन केन्द्रमा पठाउने, (ख) कुनै व्यक्ति, संस्था वा निकायले ऐन, यस नियमावली तथा सो बमोजिम निर्धारण गरिएको मापदण्ड पूरा गरी जीवनाशक विषादी भण्डारण गरेको वा बिक्री वितरण गरेमा त्यस्तो क्षेत्रमा प्रवेश गरी सोको अनुगमन गरी आवश्यक प्रतिवेदन केन्द्रमा पठाउने, (ग) केन्द्रले पञ्जीकरण गर्दा निरीक्षकको सिफारिसमा बिक्री वितरण गर्ने भनी तोकेको जीवनाशक विषादीको सिफारिस गर्ने र तिनको अभिलेख राख्ने, (घ) केन्द्र र प्रदेश जीवनाशक विषादी व्यवस्थापन समितिको निर्देशन र समन्वयमा आवश्यक कार्य गर्ने ।
२६. जीवनाशक विषादीको कारोबारको अभिलेख राख्ने र विवरण केन्द्रमा पठाउने: (१) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्ने व्यक्ति, संस्था वा निकायले प्रत्येक आर्थिक वर्षमा आफूले कारोबार गरेको जीवनाशक विषादीको नाम, परिमाण, मूल्य र पैठारी गरिएको भए पैठारी गरिएको
देश, उत्पादकको नाम र ठेगाना, खरिद गर्ने व्यक्तिको परिचय खुल्ने विवरण तथा कारोबार भएको जीवनाशक विषादीको नाम, समूह र परिमाणको त्यहाँक समेत उल्लेख गरी अनुसूची-१४ बमोजिमको ढाँचामा प्रत्येक महिना अद्यावधिक गरी राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको विवरण प्रत्येक वर्षको भदौ मसान्तभित्र वा केन्द्रले माग गरेमा जुनसुकै बखत केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ।
२७. जीवनाशक विषादीको गुणस्तर परीक्षण गराउन सक्ने: (१) केन्द्रले नेपालभित्र पैठारी हुने जीवनाशक विषादीको गुणस्तर परीक्षण गर्न आवश्यक देखेमा त्यस्तो विषादीको गुणस्तर परीक्षण गर्न सम्बन्धित पैठारीकर्तालाई लेखी पठाउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम जीवनाशक विषादीको परीक्षण गर्न लेखी आएमा सम्बन्धित पैठारीकर्ताले जीवनाशक विषादीको गुणस्तर परीक्षण गरी सोको जानकारी केन्द्रलाई दिनु पर्नेछ र त्यस्तो परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पैठारीकर्ताले व्यहोर्नु पर्नेछ।
२८. जीवनाशक विषादीको अवशेष विश्लेषणका लागि नमूना सङ्कलन गर्न सक्ने: (१) ऐनको दफा २५ को उपदफा (१) को खण्ड (ङ) बमोजिम निरीक्षकले जीवनाशक विषादी प्रयोग भएको तरकारी, फलफूल लगायिका खाद्य वस्तुमा रहेको जीवनाशक विषादीको अवशेषका सम्बन्धमा जानकारी लिन तथा विश्लेषण गर्नका लागि अनुसूची-१५ बमोजिमको ढाँचामा विवरण सहित जीवनाशक विषादीको अवशेषको सम्बन्धमा नमूना सङ्कलन गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम सङ्कलन गरिएको नमूनामा जीवनाशक विषादीको अवशेष विश्लेषणका लागि मन्त्रालयले तोकेको जीवनाशक विषादी अवशेष विश्लेषण सम्बन्धी कार्य गर्ने प्रयोगशालामा पठाउनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम प्राप्त नमूना सम्बन्धित प्रयोगशालाले परीक्षण तथा विश्लेषण गरी सोको प्रतिवेदन केन्द्र र सम्बन्धित निरीक्षकलाई उपलब्ध गराउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्राप्त प्रतिवेदन केन्द्रले उपयुक्त माध्यम र विधिबाट सार्वजनिक गर्नु पर्नेछ ।
२९. जीवनाशक विषादीको नमूना सङ्कलन र विश्लेषण: (१) कुनै जीवनाशक विषादीको प्रभावकारिताका सम्बन्धमा कसैबाट गुनासो प्राप्त भएमा वा निरीक्षक, केन्द्र वा समितिले कुनै जीवनाशक विषादीको गुणस्तर परीक्षण गराउन आवश्यक देखेमा ऐनको दफा २६ बमोजिम नमूना सङ्कलन गर्न वा गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम जीवनाशक विषादीको नमूना सङ्कलन गर्दा अनुसूची-१६ बमोजिमको ढाँचामा परीक्षण फाराम तयार गरी प्रयोगशालामा परीक्षण गर्न आवश्यक मात्रामा बेग्ला बेग्लाै तीनवटा नमूना सङ्कलन गरी त्यसलाई खाम, थैली वा बट्टामा राखी सिलबन्दी गरी एउटा नमूना ऐनको दफा २७ बमोजिम मान्यता प्राप्त प्रयोगशालामा गुणस्तर परीक्षण वा विश्लेषणको लागि पठाई अर्को नमूना केन्द्र, समिति वा निरीक्षकको कार्यालयमा र तेस्रो नमूना सम्बन्धित व्यवसायीकोमा सुरक्षित राख्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम नमूना सङ्कलन गर्दा जीवनाशक विषादीको परिल मूल्य सम्बन्धित जीवनाशक विषादीको धनी वा बिक्रेतालाई दिनु पर्नेछ ।
(४) जीवनाशक विषादीको नमूना राखिएको खाम, थैली वा बट्टामा जीवनाशक विषादीको धनी वा बिक्रेताको र नमूना लिने विषादी निरीक्षकको समेत सहीछाप गराउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम जीवनाशक विषादीको नमूना राखिएको खाम, थैली वा बट्टामा जीवनाशक विषादीको धनी वा बिक्रेताले सहीछाप गर्न नमानेमा नमूना सङ्कलन गर्ने कर्मचारीले सोही व्यहोरा त्यस्तो खाम, थैली वा बट्टामा जनाई दस्तखत गर्नु पर्नेछ।
(६) उपनियम (२) बमोजिम प्राप्त नमूना प्रयोगशालाले परीक्षण तथा विश्लेषण गरी त्यस्तो नमूना प्राप्त भएको मिति नि दिनभित्र नमूना पठाउने केन्द्र, समिति वा निरीक्षकलाई प्रतिवेदन दिनु पर्नेछ।
(७) उपनियम (६) बमोजिम प्राप्त प्रतिवेदनबाट जीवनाशक विषादी पञ्जीकरण गर्दा उल्लेख गरिएको गुणस्तरभन्दा कम गुणस्तरको देखिएमा सो जीवनाशक विषादी नियन्त्रणमा लिई यस ऐन बमोजिम कारबाही गर्नु पर्नेछ।
३०. क्षतिपूर्ति सम्बन्धी व्यवस्थाः (१) जीवनाशक विषादी उत्पादन, निकासी, पैठारी, संश्लेषण, मिसावट, ढुवानी, बिक्री वितरण तथा भण्डारणको प्रयोग वा विसर्जन गर्ने क्रममा कुनै दुर्घटना भएमा त्यसको पीडितलाई दुर्घटनाबाट परेको असर, पीडितको आर्थिक तथा पारिवारिक अवस्था समेतलाई विचार गरी सम्बन्धित इजाजतपत्रप्राप्त व्यक्ति, संस्था वा निकायले ऐनको दफा ३५ बमोजिम मनासिब क्षतिपूर्ति दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले पीडितलाई दिनु पर्ने क्षतिपूर्ति नदिएमा क्षतिपूर्ति निर्धारण गरी पीडितलाई दिलाउन वा दिएको क्षतिपूर्तिमा पीडितलाई चित्त नबुझेको कारण उजुरी सुन्नको लागि प्रत्येक जिल्लामा देहाय बमोजिमको क्षतिपूर्ति निर्धारण समिति रहनेछः-
(क) जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी -संयोजक (ख) जिल्ला सरकारी वकील कार्यालयको अधिकृत -सदस्य (ग) सम्बन्धित प्रदेशको जिल्लास्थित कृषि विषय हेर्ने कार्यालयको कार्यालय प्रमुख वा निजले तोकेको अधिकृत -सदस्य (घ) कृषि अनुसन्धान वा खाद्य प्रविधि सम्बन्धी कार्यालयको अधिकृत -सदस्य (ङ) निरीक्षक -सदस्य-सचिव
(३) उपनियम (१) बमोजिमको अवस्थामा सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले पीडितलाई क्षतिपूर्ति नदिएमा वा दिएको क्षतिपूर्तिमा चित्त नबुझेमा पीडितले क्षतिपूर्तिको लागि देहायका विवरण खुलाई उपनियम (२) बमोजिमको समिति समक्ष उजुरी दिन सक्नेछ:-
(क) दुर्घटनासँग सम्बन्धित व्यक्ति, संस्था वा निकायको नाम र ठेगाना, (ख) पीडित पक्षलाई भएको वास्तविक हानीनोक्सानी वा क्षतिको विवरण, (ग) निवेदनमा उल्लिखित विवरण पुष्ट्याईं हुने प्रमाण,
(घ) सम्बन्धित इजाजतपत्रप्राप्त व्यक्ति, संस्था वा निकायले क्षतिपूर्ति दिएको भएमा त्यस्तो विवरण र त्यसमा चित्त नबुझेको कारण वा दाबी गरेको क्षतिपूर्तिको रकम ।
(४) उपनियम (३) बमोजिम उजुरी प्राप्त भएमा क्षतिपूर्ति निर्धारण समितिले सो उजुरीको नक्कल संलग्न गरी पन्ध्र दिनभित्र तत्सम्बन्धी आफ्नो जवाफ पेश गर्न सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायलाई सूचना दिनु पर्नेछ ।
(५) सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायको जवाफ प्राप्त भएपछि निवेदकले पेश गरेको क्षतिको विवरण यकीन गर्न आवश्यक देखेमा क्षतिपूर्ति निर्धारण समितिले प्रयोगशाला वा विशेषज्ञबाट परीक्षण वा विश्लेषण गर्न लेखी पठाउन सक्नेछ।
(६) क्षतिपूर्ति निर्धारण समितिले क्षतिपूर्ति रकम निर्धारण गर्नुअघि आवश्यकता अनुसार पीडित र सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायलाई आधार र प्रमाण पेश गर्न लगाउन सक्नेछ ।
(७) क्षतिपूर्ति निर्धारण समितिले जाँचबुझ गरी क्षतिपूर्ति भराउन आवश्यक देखेमा पीडितलाई शारीरिक र आर्थिक रूपले परेको क्षति, उपचार खर्च तथा उपचारका क्रममा लाग्न गएको अन्य रकम समेतको वास्तविक मूल्याङ्कन गरी क्षतिपूर्तिको रकम निर्धारण गर्नेछ।
(८) उपनियम (७) बमोजिम निर्धारित क्षतिपूर्ति रकम सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले क्षतिपूर्ति निर्धारण भएको मितिदेखि साठी दिनभित्र सम्बन्धित पीडितलाई दिई सोको जानकारी क्षतिपूर्ति निर्धारण समितिलाई दिनु पर्नेछ ।
३१. प्रतिलिपि दिन सक्नेः (१) सम्बन्धित व्यक्ति, संस्था वा निकायले पञ्जीकरण प्रमाणपत्र वा इजाजतपत्र हराएमा वा कुनै किसिमले नष्ट भएमा त्यसको प्रतिलिपि लिन चाहेमा आवश्यक व्यहोरा खुलाई केन्द्र समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा केन्द्रले नवीकरण भए नभएको यकीन गरी अनुसूची-३ बमोजिमको प्रतिलिपि बापतको शुल्क लिई निवेदकलाई पञ्जीकरण प्रमाणपत्र वा इजाजतपत्रको प्रतिलिपि दिन सक्नेछ।
३२. विवरण तथा फाइल हस्तान्तरण गर्ने : (१) यो नियमावली प्रारम्भ हुनु अघि केन्द्रबाट जीवनाशक विषादीको बिक्री विवरण, भण्डारण, व्यावसायिक प्रयोग र विषादी छर्कने व्यवसायीलाई दिइएको इजाजतपत्र सम्बन्धी कागजात, विवरण तथा फाइल केन्द्रले ऐनको दफा ३९ बमोजिमको सम्बन्धित प्रदेशको प्रदेश जीवनाशक विषादी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु पर्नेछ।
(२) ऐनको दफा ३९ बमोजिमको प्रदेश जीवनाशक विषादी व्यवस्थापन समिति गठन नभएसम्मको लागि सम्बन्धित प्रदेशको कृषि विषय हेर्ने मन्त्रालयको सिफारिसमा यो नियमावली प्रारम्भ हुनुभन्दा अघि जीवनाशक विषादीको बिक्री विवरण, भण्डारण, व्यावसायिक प्रयोग गर्ने र विषादी छर्कने व्यवसायीलाई दिइएको इजाजतपत्र केन्द्रबाट नवीकरण गर्न सकिनेछ।
३३. अनुसूचीमा संशोधनः मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा संशोधन गर्न सक्नेछ।
३४. खारेजी र बचाउः (१) जीवनाशक विषादी नियमावली, २०५० खारेज गरिएको छ।
(२) जीवनाशक विषादी नियमावली, २०५० बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
अनुसूची-१ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित) जीवनाशक विषादी पञ्जीकरणको लागि दिइने निवेदनको ढाँचा खण्ड-१ (नेपाली भाषामा)
श्रीमान् प्रमुख, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवन, ललितपुर ।
विषय: जीवनाशक विषादी पञ्जीकरण गरी प्रमाणपत्र दिनु हुन ।
जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा ३ तथा जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ को नियम ५ बमोजिम देहायका जीवनाशक विषादी पञ्जीकरण गरी दिनुहुन आवश्यक कागजात तथा विवरण संलग्न गरी यो निवेदन पेस गरेको छु/छौ:-
१. निवेदकको विवरण: (क) कम्पनीको नाम : …………… (ख) प्रोप्राइटरको नाम : …………………… (ग) प्रबन्धकको नाम : ………………… (घ) ………………….. प्रदेश, जिल्ला: …............ …….. .......................... गाउँपालिका/नगरपालिका वडा: ... …. गाउँ वा टोल …… (ङ) पत्राचार गर्ने ठेगानाः.......................... टेलिफोन:................... मोबाइल..................... इमेल: ..................
२. पञ्जीकरणको अवस्था : (क) पञ्जीकरण भएको (ख) पञ्जीकरण नभएको (ग) पञ्जीकरण हुँदै
३. पञ्जीकरणको प्रयोजन: (क) उत्पादन (ख) संश्लेषण (ग) निकासी (घ) पैठारी (ङ) प्याकिङ्ग वा पुन:प्याकिङ्ग
(च) व्यावसायिक प्रयोग (छ) बिक्री वितरण (ज) अन्य …………………
४. जीवनाशक विषादीको साधारण जानकारी: (क) साधारण नाम: …………………………… (ख) क्यास नं. : …………………… (ग) व्यापारिक नाम: ………………………… (घ) वैज्ञानिक नाम:……………… (ङ) आणविक सूत्र:…………………………… (च) आई.यू.पी.ए.सी. नाम:…………………… (छ) संरचना :
५. जीवनाशक विषादीको स्रोत: (क) तत्त्व (ख) अप्राङ्गरिक (ग) प्राङ्गरिक (घ) अर्गानोमेटालिक (ङ) पेट्रोलियम उत्पादन (च) खनिज पदार्थ (छ) बिरुवाजन्य (ज) सूक्ष्म जीवजन्य (झ) किराजन्य (ञ) नेमाटोडजन्य (ट) अन्य………………
६. जीवनाशक विषादीको समूह: (क) अर्गानोफस्फेट (ख) काबामाइट्स (ग) पाइरेथ्रोइड्स (घ) नियोनिकोटिनोइड्स (ङ) फिनायल एमाइड्स (च) फिनायल अल्कोनेट्स (छ) ट्राइजिन्स
(ज) बेन्ज्वाइक एसिड (झ) थलिमाइड्स (ञ) डिपाइरिड्स (ट) प्रीडेटर (ठ) परजीवी (ड) फेरोमोन (ढ) आकर्षक पासो (ण) विकर्षण गर्ने वस्तु (त) खान मन नलाग्ने वस्तु (थ) किराको वृद्धि बढाउने वस्तु (द) किराको वृद्धि रोक्ने वस्तु (ध) बिरुवाको वृद्धि रोक्ने पदार्थ (न) पात झाने वस्तु (प) सुकाउने वस्तु (फ) फलको सङ्ख्या पत्याउने वस्तु (ब) निसङ्क्रमणमा प्रयोग गर्ने वस्तु (भ) अन्य....................
७. प्रयोगको वर्गीकरण: (क) कीटनाशक (ख) ढुसीनाशक (ग) झारपातनाशक (घ) नेमाटोडनाशक (ङ) ब्याक्टेरियानाशक (च) मुसानाशक (छ) शङ्खेकिरानाशक (ज) सुलसुलेनाशक (झ) अन्य ....................
८. प्रयोग हुने क्षेत्र: (क) कृषि (ख) पशुपन्छी (ग) जनस्वास्थ्य
(घ) अन्य ……………… ९. जीवनाशक विषादीले व्यवस्थापन गर्ने जीव र बाली: ………………… १०. शुद्ध सक्रिय तत्त्वको चरित्र: (क) पग्लने बिन्दु: .................... (ख) उम्लने बिन्दुः ..................... (ग) घनत्व: ..................... (घ) घुलनशीलता: ..................... (ङ) सक्रिय तत्त्वको मात्राः (प्रतिशत,ग्राम/केजी वा ग्राम/लिटर वा सि.एफ.यु):: .............. (च) उत्पादकको नाम र ठेगानाः .......................... ११. पैठारी, प्याकिङ्ग, पुनःप्याकिङ्ग वा संश्लेषकको नाम र ठेगाना: ................................. १२. संश्लेषण भएको उत्पादन: १३. संश्लेषणको प्रकार: (क) धूलो (ख) तरल पदार्थ (ग) चक्की (घ) लेदो (ङ) अन्य भए उल्लेख गर्नुहोस् …………….. १४. सक्रिय तत्त्वको अंश (प्रतिशत,ग्राम/केजी वा ग्राम/लिटर वा सि.एफ.यु): १५. भौतिक तथा रासायनिक संश्लेषण: (क) रङ्ग........ (ख) गन्ध........ (ग) घनत्व ........ (घ) ज्वलनशीलता........ १६. जीवनाशक विषादीको घातक मात्रा ५०(LD₅₀): १७. जीवनाशक विषादी उत्पादन भएको देशको सरकारी अनुसन्धान केन्द्र वा प्रयोगशालाबाट परीक्षण गरिएको सम्बन्धित जीवनाशक विषादीको प्रभावकारिता सम्बन्धी तथ्याङ्क : १८. पखिन्ने अवधि: ........ १९. विष लागेको प्राथमिक उपचार : २०. विष राख्ने कन्टेनर…………..प्रकार:..................यी वस्तुहरूबाट बनेको .......... आकार: ........
२१. जीवनाशक विषादीको वर्गीकरण: (क) अत्यन्तै घातक (ख) ज्यादै घातक (ग) मध्यम रुपमा घातक (घ) सामान्य घातक (ङ) अपेक्षाकृत सुरक्षित (च) अन्य २२. जीवनाशक विषादीको भण्डारण : .................. २३. जीवनाशक विषादीको विसर्जन गर्ने तरिका: ......................... २४. निवेदनसाथ संलग्न कागजात तथा विवरण: (नियम ३ को उपनियम (१) मा उल्लेख भए बमोजिमका विवरण तथा कागजात संलग्न गर्नु पर्नेछ) (क) ............. (ख) ................ (ग) ............... (घ) ................. (ङ) .................
खण्ड-२ (अङ्ग्रेजी भाषामा)
Chief of the Office Plant Quarantine and Pesticide Management Centre Hariharbhawan, Lalitpur
Subject: Request for the Registration of Pesticide
Pursuant to Section 3 of Pesticides Management Act, 2019 and Rule 5 of the Pesticides Management Regulations, 2024, I/we hereby submit this application along with the attachments for the Registration of the pesticide as specified below: -
Details of an Applicant: (a) Company Name: …………………… (b) Name of Proprietor: …………………… (c) Name of Manager: ………………… (d) ……………….…Province, District: ………………………… Municipality/Sub Metropolitan city/Metropolitan city :…………., (Ward No): ... …. Village/Tole: ...... (e) Postal Address: ……………………Telephone: …………………… Mobile No: .......…………....… Email: ..................
Status of Registration: (a) Registered (b) Not registered yet (c) Process to register:
३. Purpose of registration: (a) Production (b) Formulation (c) Import (d) Export (e) Packing/Repacking (f) Use (g) Sale (h) Other Specify …………………
4.General information of Pesticide: (a) Common Name: …………………………… (b) CAS REGD No: ……………………………
(c) Trade Name: ........................................ (d) Scientific Name: ........................................ (e) Molecular formula: ........................................ (f) IUPAC Name: ........................................ (g) Composition:
Source of Origin: (a) Element (b) Inorganic (c) Organic (d) Organometallic (e) Petroleum Production (f) Minerals (g) Plant based (h) Microbials (i) Insect (j) Nematode (k) Specify ........................................
Pesticide group: (a) Organophosphate (b) Carbamates (c) Pyrethroids (d) Neonicotinoids (e) Phenyl amides (f) Phenoxy alkonoates (g) Trazines (h) Benzoic acid (i) Phthalimides (j) Dipyrids (k) Predator (l) Parasite (m) Pheromone (n) Attractant (o) Repellent (p) Deterrent (q) Insect Growth Regulator (r) Insect Growth Inhibitor (s) Plant Growth Inhibitor (t) Defoliant (u) Desiccant (v) Thinning Agent
(w) Disinfectant (x) Others (Specify) .................... 7. Use category, Tick whichever applies) (a) Insecticide (b) Fungicide (c) Herbicide (d) Nematicide (e) Bactericide (f) Rodenticide (g) Molluscicide (h) Miticide (i) Others (Specify) .................... 8. Intended use Sector: (a) Agriculture (b) Livestock (c) Public health (d) Others (Specify) .................... 9. Targeted Pests and crop: .................................... 10. Properties of Pure Active Ingredient: (a) Melting Point:........... (b) Boiling Point........ (c) Density: (d) Solubility:........... (e) Active ingredient contents (g/L or g/kg or cfu and percentage)............ (f) Name and address of Manufacture/Producer and Addresses where manufactured/produced: 11. Name and address of Importer/Packing Repacking/Formulator) .................... 12. Formulated Product): 13. Type of formulation): (a) Powder (b) Liquid (c) Tablet (d) Gel (e) Others................... 14. Concentration of technical active ingredient(s) (g/L or g/kg or cfu and percentage) 15. Physical/ Chemical properties of formulated products): (a) Color: ............ (b) Odour: .................... (c) Density:........... (d) Flammability:...........
Stamp of an organization or an entity: Applicant’s Date: Signature: Name, Surname: Designation:
अनुसूची-२ (नियम ५ को उपनियम (१) सँग सम्बन्धित) जीवनाशक विषादी पञ्जीकरण अभिलेखको ढाँचा
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन, ललितपुर
जीवनाशक विषादी पञ्जीकरणको अभिलेख
जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा ३ तथा जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ को नियम ५ को उपनियम (१) बमोजिम देहायका जीवनाशक विषादीको उत्पादन/संश्लेषण/निकासी/पैठारी/व्यावसायिक प्रयोग/भण्डारण/बिक्री वितरण/ओसारपसार/प्याकिङ्ग वा पुन: प्याकिङ्गको लागि पञ्जीकरण गरी देहाय बमोजिम अभिलेख राखिएको छ ।
जीवनाशक विषादीकोः १. पञ्जीकरण नं. : २. पञ्जीकरण मितिः ३. व्यापारिक नामः ४. साधारण नामः ५. रासायनिक नामः ६. आइ.यू.पी.ए.सी. नाम: ७. क्यास नं: ८. आणविक सूत्र: ९. बनेको स्रोत: (क) तत्त्व (ख) अप्राङ्गारिक (ग) प्राङ्गारिक (घ) अगाथनोमेटालिक (ङ) पेट्रोलियम पदार्थ (च) अन्य ………
१०. जीवनाशक विषादीको समूह: (क) अर्गानोफस्फेट (ख) कार्बामेट्स (ग) पाइराथ्रोइड्स (घ) नियोनिकोटिनोइड्स (ङ) फिनायल एमाइड्स (च) फिनायल अल्कोनेट्स (छ) ट्राजिन्स (ज) बेन्ज्वाइक एसिड (झ) थ्रिआमाइड्स (ञ) डिपाइरिडिड्स (ट) अन्य ....................
११. पञ्जीकरणको उद्देश्य: (क) उत्पादन: (ख) ओसारपसार: (ग) निकासी: (घ) पैठारी: (ङ) संश्लेषण: (च) भण्डारण: (छ) प्याकिङ्ग: (ज) पुनः प्याकिङ्ग: (झ) अन्य:..................
१२. सक्रिय तत्व (प्रतिशत,ग्राम/केजी वा ग्राम/लिटर वा सि.एफ.यु.):
१३. प्रयोग (क) कीटनाशक (ख) ढुसीनाशक (ग) झारपातनाशक (घ) नेमाटोडनाशक (ङ) ब्याक्टेरियानाशक (च) मुसानाशक (छ) शङ्खेकिरानाशक
(ज) अन्य खुलाउनुहोस्:................
१४. जीवनाशक विषादीको घातक मात्रा ५० ($\text{LD}_{50}$): १५. पर्खने अवधि: १६. विष लागेको प्राथमिक उपचार: १७. जीवनाशक विषादीको वर्गीकरण: १८. समिश्रण १९. कन्टेनरको किसिम र क्षमता (परिमाण): २०. लक्षित बाली तथा शत्रुजीवः २१. जीवनाशक विषादी र भाँडोको विसर्जन गर्ने तरिका: २२. विदेशमा उत्पादन भएको कम्पनीको नाम र ठेगानाः २३. नेपालमा उत्पादन भएको कम्पनीको नाम, ठेगाना, ईमेल र सम्पर्क टेलिफोन/ मोबाइल नम्बरः २४. संश्लेषण गर्ने कम्पनीको नाम, ठेगाना, ईमेल र सम्पर्क टेलिफोन/ मोबाइल नम्बरः २५. प्याकिङ्ग/पुनप्याकिङ्ग गर्नेको नाम, ठेगाना, ईमेल र सम्पर्क टेलिफोन/ मोबाइल नम्बरः २६. पैठारीकर्ताको नाम, ठेगाना, ईमेल र सम्पर्क टेलिफोन/मोबाइल नम्बरः
पञ्जीकरण गर्ने अधिकारीको,- स्वीकृत गर्ने अधिकारीको,- दस्तखत: दस्तखत: नाम: नाम: पदः पदः मितिः मितिः
अनुसूची-३ (नियम ५ को उपनियम (२), नियम ९ को उपनियम (१), नियम १० को उपनियम (५), नियम ११ को उपनियम (३), नियम १३ को उपनियम (१), नियम ३१ को उपनियम (२) सँग सम्बन्धित)
जीवनाशक विषादीको पञ्जीकरण, पुन:पञ्जीकरण, नवीकरण, इजाजतपत्र, इजाजतपत्र नवीकरण, तथा इजाजतपत्रको प्रतिलिपि बापत लाग्ने शुल्क तथा दस्तुर
(क) जीवनाशक विषादीको पञ्जीकरण, पुन: पञ्जीकरण र नवीकरण शुल्क:
(ख) जीवनाशक विषादी निकासी वा पैठारी इजाजतपत्र दस्तुर:
(ग) जीवनाशक विषादीको उत्पादन वा संश्लेषण इजाजतपत्र दस्तुर:
(घ) जीवनाशक विषादीको प्याकिङ्ग वा पुन:प्याकिङ्ग इजाजतपत्र दस्तुर:
(ङ) जीवनाशक विषादीको ओसारपसार इजाजतपत्र दस्तुर:
(च) जीवनाशक विषादीको पञ्जीकरण वा इजाजतपत्रको प्रतिलिपि शुल्क:
अनुसूची-४ (नियम ५ को उपनियम (२) सँग सम्बन्धित) जीवनाशक विषादी पञ्जीकरण प्रमाणपत्रको ढाँचा खण्ड-१ (नेपाली भाषामा) नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र (विषादी व्यवस्थापन तथा पञ्जीकरण शाखा) विषयः पञ्जीकरण प्रमाणपत्र
यो प्रमाणित गरिन्छ कि यस प्रमाणपत्रमा उल्लिखित जीवनाशक विषादीको व्यापारिक र साधारण नाम जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा ३ को उपदफा (१) अनुसार पञ्जीकरण गरिएको छ ।
विवरणहरु
संक्षेपकको नाम र ठेगाना : व्यापारीले घोषणा गरेका सर्त तथा अवस्थाः म/हामी यस कागजातमा तोकिए बमोजिमको उद्देश्यका लागि जीवनाशक विषादीको दर्ता/पुनःदर्ताको लागि यो निवेदन पेश गर्छौं। जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ तथा जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ को पालना गर्न सहमत छौँ।
अधिकृत अधिकारीको नाम .................................................. प्रमुख जारी स्थानः विषादी व्यवस्थापन तथा पञ्जीकरण शाखा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन, ललितपुर, नेपाल
नवीकरणको वर्णन:
खण्ड-२ (अङ्ग्रेजी भाषामा)
Ministry of Agriculture and Livestock Development Plant Quarantine and Pesticide management Center (Pesticide Management and Registration Section)
Subject: Certificate of Registration
This is to certify that the pesticide enlisted in this certificate of registration under the mentioned trade name is registered pursuant to subsection (1) of section 3 of the Pesticide Management Act, 2076.
Items
Terms and Conditions Declaration by the Trader
I/We hereby submit this application for the Registration/RE-registration of the pesticide for the objective as specified in this document and agree to abide by the rules and regulations framed
under the Pesticide Management Act, 2076.
Renew Description
अनुसूची– ५ (नियम १० को उपनियम (१) सँग सम्बन्धित) पञ्जीकृत जीवनाशक विषादीको नवीकरणको लागि दिइने निवेदनको ढाँचा
श्रीमान् प्रमुख, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवन, ललितपुर ।
विषय: पञ्जीकृत जीवनाशक विषादीको नवीकरण गरी दिनुहुन ।
मिति...........मा जीवनाशक विषादीको पञ्जीकरण प्रमाणपत्र लिई व्यवसाय गर्दै आइरहेकोमा हाल प्रमाणपत्रको म्याद समाप्त भएकाले पञ्जीकृत विषादीको नवीकरणको लागि आवश्यक कागजात संलग्न गरी जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ को नियम १० को उपनियम (१) बमोजिम यो निवेदन पेस गरेको छु/छौँ।
अनुसूची- ६ (नियम ११ को उपनियम (२) सँग सम्बन्धित) इजाजतपत्रको लागि दिने निवेदनको ढाँचा
श्रीमान् प्रमुख, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवन, ललितपुर । विषय: पञ्जीकृत जीवनाशक विषादीको उत्पादन/संश्लेषण/निकासी/पैठारी/ओसारपसार/भण्डारण/प्याकिङ्ग/पुन:प्याकिङ्ग गर्ने इजाजतपत्र पाउनको लागि दिएको निवेदन।
जीवनाशक विषादीको (उत्पादन/संश्लेषण/निकासी/पैठारी/ओसारपसार/भण्डारण/प्याकिङ्ग/पुन:प्याकिङ्ग) गर्ने इजाजतपत्रको लागि जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा ८ तथा जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ को नियम ११ बमोजिम इजाजतपत्र पाउन आवश्यक कागजातहरू संलग्न गरी यो निवेदन पेस गरेको छु/छौँ ।
निवेदकको दस्तखत: नाम: मिति:
अनुसूची-७ (नियम ११ को उपनियम (२) को खण्ड (च) सँग सम्बन्धित) कारोबार गर्ने स्थान र भण्डारणको मापदण्ड पूरा गरेको स्वघोषणापत्रको ढाँचा
जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ तथा जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ बमोजिम जीवनाशक विषादीको उत्पादन/संश्लेषण/निकासी/पैठारी/ओसारपसार/प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्नको लागि देहाय बमोजिमको व्यवस्था पूरा गरेको व्यहोरा जीवनाशक विषादीको पञ्जीकरण तथा व्यवस्थापन प्रमुख समक्ष घोषणा गर्दछु/गर्दछौँ। यो घोषणा गलत वा झुट्ठा ठहरेमा प्रचलित कानून बमोजिम हुने कारबाही र सजाय व्यहोर्न मन्जुर छु/छौँ।
१. इजाजतपत्र लिने व्यक्ति, संस्था वा निकायको नाम: जिल्ला: वडा नं र टोल: प्रदेश: इमेल: गाउँपालिका/नगरपालिका: सम्पर्क नं : आधिकारिक व्यक्तिको नाम:
२. इजाजतपत्र लिने व्यवसाय: (क) उत्पादन (ख) संश्लेषण (ग) पैठारी (घ) निकासी (ङ) ओसारपसार (च) भण्डारण (छ) प्याकिङ्ग (ज) पुनः प्याकिङ्ग
३. जीवनाशक विषादीको मात्र कारोबार हुन्छ कि अन्य पनि छ ? अन्य भए उल्लेख गर्नुहोस्:....................................................................
४. स्वघोषणा फारामको प्रयोजन: पसल ( ) अलग भण्डारण ( ) उद्योग ( )
५. पसलको संरचनाः (क) भुईँ: (१) सिमेन्ट प्लाष्टर गरेको (पक्की) ( ) (२) प्लाष्टर नगरेको (कच्ची वा माटोको भुईँ) ( ) (३) अन्य ( )
(ख) भित्ता: (१) पक्की ( ) (२) कच्ची ( ) (३) अन्य ( ) (ग) कुनै भाग मर्मत गर्नु पर्ने भए उल्लेख गर्ने : (घ) भेन्टिलेशन: (१) अति उत्तम भएको ( ) (२) ठिकै ( ) (३) नभएको ( ) (ङ) ढोका: (१) बन्द गर्ने सबैमा भएको ( ) (२) कुनैमा भएको ( ) (३) नभएको ( ) (च) खतराको सङ्केतका चिन्हहरु: (१) राखिएको ( ) (२) नराखिएको ( ) (३) राखिएको भए:.................... (छ) तरल पदार्थ यदि पोखिएमा वा बगेमा जाने (१) नाली ( ) (२) सडक ( ) (३) अन्य भए लेख्ने : ....................
६. भण्डारण गरिएका वस्तुको विवरण: (क) रासायनिक मल ( ) (ख) पशुपन्छीको औषधि ( ) (ग) बिउबिजन ( ) (घ) पशुपन्छीको दाना ( ) (ङ) मानिसले खाने कुनै वस्तु ( ) (च) जीवनाशक विषादीलाई अन्य वस्तुसँगै भण्डारण वा छुट्टै देखिने गरी राखिएको: छ ( ) छैन ( ) (छ) जीवनाशक विषादीको सूचकपत्रको रङ्ग उडेको, च्यातिएको, नबुझिने वा नभएको राखिएको: छ ( ) छैन ( )
(ज) कुनै टुटेफुटेका वा चुहिएका कन्टेनर त्यहाँ राखिएको: छ ( ) छैन ( ) (झ) पञ्जीकृत जीवनाशक विषादीको विवरणको सूची राखिएको: छ ( ) छैन ( ) (ञ) प्रतिबन्धित जीवनाशक विषादीको विवरणको सूची राखिएको: छ ( ) छैन ( ) (ट) जीवनाशक विषादी चुहँदा वा पोखिँदा व्यवस्थापन गर्ने तरिका ............... (ठ) सरसफाइ: अति उत्तम भएको ( ) ठीकै ( ) नभएको ( ) (ड) म्याद समाप्त भएको जीवनाशक विषादी छ ( ) छैन ( ) भएमा तिनको व्यवस्थापन: ............... (ढ) प्रतिबन्धित जीवनाशक विषादी: छ ( ) छैन ( ) भएमा तिनको व्यवस्थापन: ............... (ण) पञ्जीकरण नभएका विषादी: छ ( ) छैन ( ) भएमा तिनको व्यवस्थापन ............... (त) अन्य भए उल्लेख गर्ने:
७. सावधानी (क) आफू र कामदारहरूले व्यक्तिगत सुरक्षाका पहिरनहरू लगाउने गरेका: छन् ( ) छैनन् ( ) (ख) पसल र भण्डारणमा साबुन, पानी, बालुवा, कुचो, फोहर उठाउने भाँडो, बेल्चा, ग्लोभ, मास्क, बाल्टी आदि: छन् ( ) छैनन् ( )
संस्था वा निकायको,- स्वघोषणा गर्ने व्यक्तिको,-
छाप मिति ............... नाम: दस्तखत: ...............
अनुसूची- ८ (नियम ११ उपनियम (३) सँग सम्बन्धित) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्ने इजाजतपत्रको ढाँचा
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन, ललितपुर
इजाजतपत्र (फर्म धनीको फोटो)
श्री .................... (व्यक्ति, संस्था वा निकायको नाम र ठेगाना) .................... ले देहायका सर्तको पालना गर्ने गरी (उत्पादन/संश्लेषण/निकासी/पैठारी/ओसारपसार/प्याकिङ्ग/पुन:प्याकिङ्ग) गर्न जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ को नियम ११ को उपनियम (३) बमोजिम यो इजाजतपत्र दिइएको छ।
१. व्यक्ति/संस्था/निकायको नाम र ठेगाना: २. इजाजतपत्र नं.: ३. इजाजतपत्र जारी मिति: ४. म्याद सकिने मिति: ५. तालिम/योग्यता प्राप्त व्यक्तिको नाम, ठेगाना, नागरिकता नम्बर र जिल्ला: (क) (ख)
इजाजतपत्र जारी गर्नेको,- दस्तखत: नाम: पद: मिति: (कार्यालयको छाप)
सर्तहरू १. जीवनाशक विषादीको पञ्जीकरण, उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुन: प्याकिङ्ग, बिक्री वितरण, भण्डारण र विसर्जन गर्ने मापदण्ड पालना गर्नु पर्ने,
२. जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ को नियम ११ को उपनियम (१) बमोजिमको योग्य जनशक्ति राख्नु पर्ने,
३. जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग, बिक्री वितरण, भण्डारण र विसर्जन गर्दा सुरक्षात्मक उपाय अवलम्बन गर्नु पर्ने,
४. आफूले गरेको जीवनाशक विषादी कारोबारको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र पेस गर्नु पर्ने।
नवीकरण विवरण:
अनुसूची-९ (नियम १३ को उपनियम (१) सँग सम्बन्धित) इजाजतपत्र नवीकरणको निवेदनको ढाँचा
श्रीमान् प्रमुख, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवन, ललितपुर ।
विषय: इजाजतपत्र नवीकरण गरी दिनु हुन ।
.................................... जीवनाशक विषादी व्यवसाय गर्न इजाजतपत्र लिई व्यवसाय गरिरहेकोमा इजाजतपत्रको म्याद .................................. मा समाप्त हुने हुँदा नवीकरणका लागि जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ को नियम १३ को उपनियम (१) बमोजिमका आवश्यक कागजात संलग्न गरी यो निवेदन पेस गरेको छु/छौँ।
इजाजतपत्र नं. : .................... लिएको मिति: .................... म्याद समाप्त मिति: ....................
व्यक्ति/संस्था/निकायको नाम: नागरिकता नं. र जिल्ला: .................... ठेगाना : .................... आधिकारिक व्यक्तिको नाम र पद : सम्पर्क नं. : इमेल: जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ नियम ११ को उपनियम (१) बमोजिम योग्यता वा तालिमप्राप्त व्यक्तिको नाम : ठेगाना : .................... नागरिकता नं. र जिल्ला : .................... शाखा रहने/नरहने :
छाप: निवेदकको,- दस्तखत: नाम: मिति:
अनुसूची-१० (नियम १८ को उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित) जीवनाशक विषादीको खतरा जनाउने चिन्ह
[चित्र: DANGER खतरा Pesticide विषादी]
द्रष्टव्य: १. जीवनाशक विषादीको उत्पादन, आयात निर्यात, भण्डारण, ओसारपसार र बिक्री गर्ने क्षेत्रमा १x१ फिट साइजको सबै मानिसले देख्ने स्थानमा जीवनाशक विषादीको खतरा जनाउने चिन्ह राख्नु पर्नेछ। २. उक्त खतरा जनाउने चिन्हमा मानिसको खप्पर तथा हड्डी सहितको चित्रमा जीवनाशक विषादी भण्डारण कक्ष भए "खतरा जीवनाशक विषादी भण्डारण कक्ष" र बिक्री वितरण पसल भए "खतरा जीवनाशक विषादी बिक्री पसल" भनी जनाउनु पर्नेछ। ३. धुम्रपान, खानपान र पिउन निषेधित क्षेत्र भनी सूचना राख्नु पर्नेछ। ४. जीवनाशक विषादी बिक्री कक्षमा अठार वर्ष मुनिका बालबालिकाका लागि जीवनाशक विषादी बिक्री वितरण निषेध गरिएको सूचना ८० फन्ट साइजको नेपाली अक्षरमा लेखेर देखिने स्थानमा टाँस्नु पर्नेछ।
अनुसूची-११ (नियम २३ को उपनियम (४) सँग सम्बन्धित)
म्याद समाप्त भएका तथा विविध कारणले प्रयोग गर्न अयोग्य विषादीको विवरण राख्ने ढाँचा
व्यक्ति, संस्था/निकायको नाम र ठेगाना: ____________________ इजाजत पत्र नं : ____________________ सम्पर्क फोन न: ____________________ इमेल: ____________________ प्रतिवेदन पेस गरेको अवधि : ____________________
द्रष्टव्य: व्यवसायीले आवश्यकता अनुसार पेज थप गरी विवरण पेस गर्न सकिनेछ।
अनुसूची-१२ (नियम २३ को उपनियम (७) सँग सम्बन्धित) स्वीकृतिपत्र प्राप्त गर्न दिनु पर्ने निवेदनको ढाँचा
१. निवेदकको नामः २. स्वीकृति माग भएको विषयः सङ्कलन/भण्डारण/विसर्जन/ओसारपसार/ फिर्ता ३. प्रस्तावित कार्य गर्न तोकिएको स्थानको ठेगानाः ४. प्रस्तावित स्थानको वातावरणीय स्थितिः ५. जीवनाशक विषादीको परिचयः
६. जीवनाशक विषादीको भण्डारण गर्ने तरिकाः ७. जीवनाशक विषादीको प्याकेजिङ्ग गर्ने तरिकाः ८. जीवनाशक विषादीको विसर्जन गर्ने तरिकाः ९. जीवनाशक विषादीको विसर्जन गर्ने स्थानसम्म ओसारपसार गर्ने माध्यम र तरिकाः १०. जीवनाशक विषादीको फिर्ता पठाउने स्थानसम्म ओसारपसार गर्ने माध्यम र तरिकाः ११. क्रियाकलापको विस्तृत विवरणः १२. प्रयोग हुने उपकरणको (नाम, प्रकार, क्षमता, सङ्ख्या आदि) विस्तृत विवरण:
निवेदकको दस्तखतः नामः पदः मितिः
अनुसूची -१३ (नियम २३ को उपनियम (८) सँग सम्बन्धित) स्वीकृतिपत्रको ढाँचा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन, ललितपुर।
मिति: .................
श्री................लाई....................क्षेत्रमा म्याद नाघेका/प्रतिबन्धित/टुटेफुटेका जीवनाशक विषादीको सङ्कलन/भण्डारण/विसर्जन/ओसारपसार/फिर्ता गर्नको लागि मिति............सम्म कायम हुने गरी यो स्वीकृतिपत्र दिइएको छ।
सर्तहरुः १. पानीका प्राकृतिक स्रोतः म्याद समाप्त भएका, प्रतिबन्धित र प्रयोग गर्न अयोग्य जीवनाशक विषादीहरू पानीको मुहान, खोला, नदी, ताल, कुवा र नहर नजिक फाल्न, गाड्न, जलाउन तथा भण्डारण गर्न पाइने छैन। तसर्थ विषादीको व्यवस्थापन गर्दा जीवनाशक विषादी व्यवस्थापन समितिले तोकेको तरिका र मापदण्ड बमोजिम मात्र गर्नु पर्नेछ।
२. म्याद समाप्त भएका जीवनाशक विषादीहरू भण्डारण गर्दा गर्भवती महिला, बालबालिका वा मानसिक रुपमा अस्वस्थ व्यक्तिको पहुँच नपुग्ने गरी सुरक्षित रुपमा गर्नु पर्नेछ।
३. म्याद समाप्त भएका जीवनाशक विषादीहरूको भण्डारण गर्ने घर सिधा घाम नलाग्ने र ज्यादा ओसलो नहुने ठाउँमा गर्नु पर्नेछ साथै जीवनाशक विषादी भण्डारण कक्षको भुईँ ढलान गरेको, भित्ता पक्की, हावा आवागमन गर्ने र ढोका बन्द गर्न सकिने हुनु पर्नेछ।
४. भण्डारण कक्षको बाहिर खतराको सङ्केतक चिन्हहरू राखिएको हुनु पर्नेछ ।
५. भण्डारण कक्षमा जीवनाशक विषादी सरसफाइ तथा सुरक्षाको लागि कम्तिमा एक बाल्टी पानी, बेल्चा, कुचो, साबुन, एक बोरा बालुवा वा सुख्खा माटो हुनु पर्नेछ ।
६. भण्डारण कक्षमा प्रवेश गर्दा अनिवार्य रुपमा व्यक्तिगत सुरक्षाका पहिरनहरू लगाउनु पर्नेछ ।
७. जीवनाशक विषादीको भण्डारण गर्दा कन्टेनर तथा कार्टुनहरू एक आपसमा ठोकिई जीवनाशक विषादी चुहिने र पोखिने सम्भावना हुने हुनाले जीवनाशक विषादीको वर्गीकरण अनुसार मिलाएर राख्नु पर्नेछ।
८. जीवनाशक विषादीका प्याकेट तथा कन्टेनरहरू तख्तामा राम्ररी मिलाएर राख्ने साथै त्यसमा भएका सूचकपत्र देखिने गरी राख्नु पर्नेछ।
९. जीवनाशक विषादीका कन्टेनर चुहिने तथा कुच्चिएको भएमा उक्त कन्टेनरको जीवनाशक विषादीलाई उपयुक्त कन्टेनरमा पुनःप्याकिङ्ग तथा लेबेलिङ्ग गरी भण्डारण गर्ने साथै खाली भएका जीवनाशक विषादीका कन्टेनरलाई ट्रिप्ल रिन्जिङ्ग तरिकाबाट सफा गरेर मात्र भण्डारण गर्नु पर्नेछ।
१०. जीवनाशक विषादीको प्रकार र सूचक पत्रमा उल्लेख गरिएको विवरण अनुसार जीवनाशक विषादीलाई उपयुक्त तापक्रम तथा आरिामा भण्डारण गर्नु पर्नेछ।
११. तरल संश्लेषणका कतिपय जीवनाशक विषादीहरू पेट्रोलियम पदार्थमा आधारित हुने हुनाले आगलागीबाट बचाउन कम तापक्रममा भण्डारण गर्नु पर्नेछ।
स्वीकृति दिने अधिकारीको,-
दस्तखत: नाम: पद: मिति:
अनुसूची-१४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित) विवरण अद्यावधिक गर्ने ढाँचा
व्यक्ति/संस्था/निकायको नाम र ठेगाना: ____________________ इजाजतपत्र नं : ________________ प्रमाणपत्र नं: ________________ संस्था वा निकायको धनी वा सञ्चालकको नाम र ठेगाना: __________________________________________________________ सम्पर्क फोन न : ____________________ इमेल: ____________________ प्रतिवेदन पेस गरेको अवधि : ____________________
अनुसूची-१५ (नियम २८ को उपनियम (१) सँग सम्बन्धित) जीवनाशक विषादी अवशेष परीक्षणका लागि बालीको नमूना सङ्कलन फारामको ढाँचा
नमूना लिएको मिति: समयः १. व्यवसाय/पसलको नाम र ठेगाना : २. पसल सञ्चालकको नाम र ठेगाना : ३. सञ्चालकको नागरिकता नम्बरः ४. सम्पर्क नम्बरः ५. पसल नं . तथा पहिचान :
नेपालमा उत्पादित बालीको नमूनाका लागि नमूनाको विवरणः
नेपाल बाहिरबाट आयात गरिएको बाली:
अन्य थप विवरण भएः
पसल धनीको,- नमूना लिने आधिकारिक व्यक्तिको,- दस्तखत: नाम : छाप पद : दस्तखत: मिति:
१. नमूना लिँदा अन्य रोहबरमा रहेको व्यक्ति भएमा विवरण लेखी दस्तखत गराउनु पर्नेछ । २. नमूना लिँदा आवश्यकता अनुसार र कम्तीमा उत्पादित बालीको परीक्षणका लागि चाहिने नमूना ७५० ग्राम भन्दा नघटाई लिनु पर्नेछ । ३. नमूना सङ्कलन गर्दा वैज्ञानिक आधारमा र जीवनाशक विषादी प्रयोग हुने बालीहरूलाई प्राथमिकतामा राखी गर्नु पर्नेछ । ४. बालीको नमूना लिएको एक प्रति सम्बन्धित बिक्रेतालाई दिनु पर्नेछ । ५. नमूना प्रयोगशालामा बुझाउँदा प्रयोगशालाको मापदण्ड अनुसार विवरण उपलब्ध गराउनु पर्नेछ र बुझाएको भपाई लिनु पर्नेछ । ६. प्रयोगशालाको प्रतिवेदन तयार भएपछि सम्बन्धित नमूना सङ्कलकलाई प्रतिवेदन बुझाउनु पर्नेछ।
अनुसूची -१६ (नियम २९ को उपनियम (२) सँग सम्बन्धित) जीवनाशक विषादीको परीक्षण फाराम
१. जाँच गरिने जीवनाशक विषादीको व्यापारिक नाम : २. जीवनाशक विषादीको सामान्य नाम : ३. उत्पादक उद्योगको नाम ठेगाना : ४. इजाजतपत्रवाला व्यक्ति, संस्था वा निकायको नाम : ५. ठेगाना : ६. सम्पर्क नं. : ७. इमेल : ८. प्रमाणपत्र नं : $\quad$ प्रमाणपत्र जारी मिति : ९. इजाजतपत्र नं : $\quad$ इजाजतपत्र जारी मिति : १०. सूचकपत्रमा भएको जीवनाशक विषादीको रङ्ग: ११. जीवनाशक विषादीको फर्मुलेशनः धुलो ( ) गेडा ( ) झोल ( ) ट्याबलेट ( ) अन्य (.........) १२. कन्टेनरमा भएको जीवनाशक विषादीको तौल : (केजी वा लिटर) १३. जीवनाशक विषादीको कन्टेनरः प्लास्टिक प्याक ( ) बोतल ( ) ग्यालन ( ) अन्य (..........) १४. परीक्षणका लागि नमूना लिइएको परिमाण : १५. नमूना लिने व्यक्तिको नाम, पद : १६. कार्यालयको नाम : १७. नमूना लिएको मिति :
इजाजतपत्रवालाको,- $\quad$ नमूना लिने आधिकारिक व्यक्तिको,- दस्तखत: $\quad$ नाम: $\quad$ पद: छाप $\quad$ दस्तखत: $\quad$ मिति:__
संस्था वा निकायको छापः निवेदकको मिति : दस्तखत : नाम थर: पद: