गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५
लालमोहर सदर मिति नेपाल राजपत्रमा प्रकाशित मिति २०१५।१२।३१ २०१६।०१।१०
संशोधन गर्ने ऐन लालमोहर र प्रकाशन मिति १. केही नेपाल कानून (संशोधन र पुनः व्यवस्थापन) ऐन, २०२० २०२०।११।१६ २. गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) (पहिलो संशोधन) ऐन, २०२३ २०२३।०५।२४ ३. गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) (दोस्रो संशोधन) ऐन, २०३० २०३०।०५।१५ ४. गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) (तेस्रो संशोधन) ऐन, २०३४ २०३४।०६।०६ ५. न्याय प्रशासन ऐन, २०४८ २०४८।०२।१६ ६. गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) (चौथो संशोधन) ऐन, २०५३ $\text{^}$ २०५३।०८।०५ प्रमाणीकरण र प्रकाशन मिति ७. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ २०६३।०६।२८ ८. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ $\text{^*}$ २०६६।१०।०७ ९. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३ १०. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेका ऐन, २०७५ २०७५।११।१९ ११. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ २०८२।०४।१४
$\text{^}$ यो ऐन संवत् २०५५ साल पौष १६ गतेदेखि लागू भएको। (नेपाल राजपत्र मिति २०५५।०८।१४) $\text{^*}$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको। $\text{^}$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।
सभिल एभिएसनलाई नियन्त्रित र व्यवस्थित गर्न बनेको ऐन
हवाई यातायातबाट राष्ट्रलाई अधिकतम फाइदा प्राप्त हुने गरी सभिल एभिएसनको विकासलाई प्रोत्साहन हुने परिस्थिति सिर्जना गर्न सभिल एभिएसनलाई नियन्त्रित र व्यवस्थित गरी शान्ति र व्यवस्था एवं सर्वसाधारण जनताको सुविधा कायम राख्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराजबाट मन्त्रिपरिषद्को सल्लाह अनुसार यो ऐन बनाई जारी गरी बक्सेको छ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “गैर सैनिक हवाई उडान (सभिल एभिएसन) ऐन, २०१५” रहेको छ। (२) यो ऐन नेपाल राज्यभर लागू हुनेछ र देहायका वायुयान र व्यक्तिहरू उपर पनि लागू हुनेछ :– (क) जहाँ सुकै रहेको भए तापनि नेपालको प्रत्येक नागरिक र (ख) जहाँ सुकै रहेको भए तापनि नेपाल $\times$.......... मा रजिष्टर गरिएको प्रत्येक वायुयान र त्यसमा रहेको प्रत्येक व्यक्ति। (३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका मितिदेखि प्रारम्भ हुनेछ।$\blacktriangle$
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा – (क) “वायुयान” भन्नाले हावाको प्रतिक्रियाद्वारा वायुमण्डलमा आधारित हुन सक्ने जुनसुकै यन्त्र सम्बन्धी पछन् र यो शब्दले गाँसिएका वा नगाँसिएका बेलून, हवाई जहाज, चंगा, ग्लाइडर र उड्ने यन्त्रलाई समेत जनाउँछ। (ख) “विमानस्थल” भन्नाले वायुयान प्रस्थान गर्ने ओराल्ने कामको निमित्त पूरा वा आंशिक रूपमा प्रयोग हुने कुनै निश्चित वा सीमित जल वा स्थल क्षेत्र सम्बन्धी पछन् र सो क्षेत्रमा रहेका वा सो क्षेत्रसँग सम्बन्धित सबै भवन, टहरा, जहाज डुङ्गा, घाट र अरू इमारतहरूलाई समेत जनाउँछ।
$\blacksquare$ केही नेपाल कानून (संशोधन र पुनः व्यवस्थापन) ऐन, २०२० द्वारा संशोधित। $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको। $\blacktriangle$ २०१७।४।१३ देखि प्रारम्भ (नेपाल राजपत्रमा सूचना प्रकाशित मिति २०१७।४।१७)।
(ग) “पैठारी” भन्नाले नेपाल राज्य भित्र ल्याउने काम सम्झनु पर्छ।
(घ) “निकासी” भन्नाले नेपाल राज्य बाहिर लैजाने काम सम्झनु पर्छ।
(ङ) “निर्धारित सीमा” भन्नाले नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा नेपाल सरकारले तोकिदिएको चार किल्लाभित्रको ठाउँ वा क्षेत्रलाई सम्झनु पर्छ।
(च) “विमानस्थल क्षेत्र” भन्नाले विमानस्थल वा हवाई उडानको सुरक्षित सञ्चालन तथा नियन्त्रण गर्ने वा तत्सम्बन्धी आवश्यक सूचना तथा जानकारी आदान प्रदान गर्ने कामको निमित्त प्रयोग हुने कुनै यन्त्र तथा सञ्चार वा उड्डयन सहाय (नेविगेशनल एड) उपकरणहरू जडान भएको वा नभएको जुनसुकै स्थान, भवन, टहरा, टावर, जहाज, डुङ्गा र घाट सम्झनु पर्छ।
(छ) “वायुसेवा सञ्चालन संस्था” भन्नाले वायुयान्द्रारा यात्री, डाँक तथा मालसामान ओसार पसार गर्ने जिम्मा लिई हवाई यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले स्थापित संस्था, कम्पनी, एजेण्ट, फर्म वा व्यक्ति सम्झनु पर्छ।
(ज) “हवाई उडान सम्बन्धी प्रशिक्षण संस्था (फ्लाइङ्ग स्कूल)” भन्नाले हवाई उडान सञ्चालनसँग सम्बन्धित प्राविधिकहरूलाई हवाई उडानसम्बन्धी विषयमा तालिम प्रशिक्षण तथा यस्तै अन्य प्रकारको प्राविधिक ज्ञान दिने दिलाउने संस्था सम्झनु पर्छ र सो शब्दले यस्तै उद्देश्यले स्थापना भएका फ्लाइङ्ग क्लबलाई समेत जनाउँछ।
३. नियम बनाउने अधिकार : (१) यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउने सक्नेछ।
(२) उपदफा (१) ले दिएको सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी खास गरी देहायका विषयमा नियमहरू बनाउन सकिनेछ :–
(क) नेपाल $\times$.... ... ...को कुनै स्थानमा विमानस्थल स्थापना गर्न पाउने अवस्था, सो को लागि अनुमति दिने र दस्तुर तोक्ने सम्बन्धमा।
(ख) नेपाल $\times$... ... ...को हवाई क्षेत्रको कुनै भागमा वायुयान उडान पूर्ण रूपमा मनाही गर्ने वा कुनै खास अवस्थामा र समयमा मात्र उडान गर्न पाउने सम्बन्धमा।
(ग) हवाई उडानको सन्दर्भमा सर्वसाधारणको जीउ ज्यानको रक्षाको लागि आवश्यक कुनै उपाय अवलम्बन गर्ने सम्बन्धमा।
(घ) विमानस्थल निर्माण तथा सञ्चालन गर्ने सन्दर्भमा कसै को घर, भवन, टहरा, टावर इत्यादि पूरै वा केही भत्काउने भएमा वा विमानस्थल तथा विमानस्थल क्षेत्रको जग्गामा हुने कुनै हकनिसमको निर्माण कार्यलाई नियमित, नियन्त्रण वा निषेध गर्दा जाने हानि नोक्सानी बापतको क्षतिपुर्णको रकम निर्धारण गर्ने तरिका तथा अधिकारी तोक्ने र क्षतिपुर्ण दिने सम्बन्धमा।
(ङ) वायुयान्द्वारा कुनै पदार्थ ओसार पसार गर्न मनाही, नियन्त्रण, निषेध र नियमित गर्ने सम्बन्धमा।
(च) वायुसेवा सञ्चालन संस्था, हवाई उडानसम्बन्धी प्रशिक्षण संस्था (फ्लाइङ्ग स्कूल) र वायुयान तथा वायुयानको पार्टपुर्जाको उत्पादन, मर्मत तथा परीक्षण सहितका विस्तृत मर्मत (ओभरहल) गर्ने संस्थालाई $\omega$इजाजत दिने र दस्तुर तोक्ने सम्बन्धमा।
(छ) वायुयानको खोजतलास तथा उद्धार कार्य सञ्चालन गर्ने सम्बन्धमा।
(ज) वायुयानको आवाज नियन्त्रण गर्ने र वायुयान सञ्चालनबाट वातावरणलाई दूषित हुनबाट रोक लगाउने सम्बन्धमा।
$\times$ गनतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको । $\omega$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ द्वारा संशोधित।
४. विशेष परिस्थितिमा आदेश जारी गर्ने नेपाल सरकारको अधिकार : (१) सार्वजनिक सुरक्षा एवं शान्ति सुव्यवस्थाको निमित्त आवश्यक देखेमा नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा देहायबमोजिम गर्न सक्छ :–
(क) यो ऐन वा प्रचलित कानुनबमोजिम प्रदान गरिएको सबै वा कुनै लाइसेन्स वा प्रमाणपत्रलाई सो आदेशमा नेपाल सरकारले आवश्यक ठानी कुनै शर्त तोकिदिएको भए सोही शर्त बमोजिम र कुनै शर्त तोकी नदिएको भए बिना कुनै शर्त रद्द वा स्थगित गर्न,
(ख) नेपाल राज्यघर वा त्यसको कुनै भाग माथि सबै वा कुनै श्रेणीको वायुयान उडाउने कामलाई सो आदेशमा नेपाल सरकारले आवश्यक ठानी कुनै शर्त तोकिदिएको भए सोही शर्तबमोजिम र कुनै शर्त तोकिदिएको भए बिना कुनै शर्त निषेध गर्न वा सोही आदेशमा तोकिएको अन्य तरिका बमोजिम व्यवस्थापन गर्न,
(ग) विमानस्थल, वायुयान कारखाना, हवाईस्कूल वा क्लब वा वायुयान बनाउने वा मर्मत हुने वा राख्ने अरू प्रकारको स्थान बनाउने हेरचाह एवं आवश्यक मर्मत गरी दुरुस्त राख्ने वा प्रयोग गर्ने कामलाई कुनै शर्त राखी वा शर्तराही निषेध गर्न वा व्यवस्थापन गर्न,
(घ) कुनै वायुयान वा कुनै श्रेणीका वायुयान वा कुनै विमानस्थल वायुयान कारखाना, हवाई स्कूल वा क्लबलाई वा वायुयान बनाउने, मर्मत गर्ने वा राख्ने अरू प्रकारको स्थानलाई वायुयानको सञ्चालन, उत्पादन, मर्मत वा हेरचाहको निमित्त प्रयोग हुने यन्त्र, प्लान्ट वा अरू पदार्थहरू सहित तुरुन्त वा सोही आदेशमा तोकिएको समयभित्र तोकिएको तरिका बमोजिम तोकिएको अधिकारीका जिम्मामा सुम्पिन निर्देशन दिने, त्यसरी सुम्पिएका कुराहरूलाई नेपाल सरकारले सार्वजनिक सेवामा प्रयोग गर्न सक्ने।
(२) उपदफा (१) को खण्ड (ग) वा (घ) अन्तर्गत निकालिएको कुनै आदेशबाट कुनै व्यक्तिलाई प्रत्यक्ष रूपबाट कुनै हानि वा नोक्सानी हुन गएमा
नेपाल सरकारद्वारा सो कामको निमित्त नियुक्त अधिकारीले निर्धारण गरेको क्षतिपूर्तिको रकम सो हानि वा नोक्सानी बापत निजलाई दिइने छ।
(३) उपदफा (१) अन्तर्गत निकालिएको कुनै आदेशको पालनाको लागि नेपाल सरकारले आफूले आवश्यक ठानेको कदम उठाउन वा उठाउन लगाउन सक्छ।
$\square$ (४) कुनै व्यक्तिले उपदफा (१) अन्तर्गत निकालिएको आदेशको पालन नगरेमा वा त्यस्तो आदेशको उल्लङ्घन हुने कुनै काम कारवाई गरेमा निजलाई तीन वर्षसम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ।
$\times$ ४क. विमानस्थल क्षेत्र घोषणा गर्ने अधिकार : (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल $\times$.... ... ...को कुनै क्षेत्र वा ठाउँलाई त्यसको चार किल्ला तोकी विमानस्थल क्षेत्र घोषणा गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम घोषणा गरिएको विमानस्थल क्षेत्रको सुरक्षाको लागि नेपाल सरकारले नियम बनाई आवश्यकतानुसार सुरक्षा प्रबन्धको व्यवस्था मिलाउन सक्नेछ।
५. दुर्घटनाको जाँचको सम्बन्धमा नियम बनाउने नेपाल सरकारको अधिकार : (१) $\bullet$ नेपालको इलाकामाथि वायुयान उडाउँदा भएको वा नेपाल $\times$.......... भित्र रजिष्ट्रेशन भएका वायुयान अन्यत्र उडाउँदा भएको दुर्घटनाको जाँचको सम्बन्धमा नेपाल सरकारले नियम बनाउन सक्छ। नियमहरू नेपाल राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछन्।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी यी नियममा देहायका कुराहरूको व्यवस्था गर्न सकिनेछ :–
(क) दुर्घटनाको सूचना दिने, त्यस्तो सूचनाको ढाँचा र त्यस्तो सूचना दिने व्यक्ति,
$\square$ दोस्रो संशोधनद्वारा संशोधित। $\times$ चौथो संशोधनद्वारा थप। $\times$ गनतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको। $\bullet$ गनतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित।
(ख) दुर्घटनाको जाँच गर्ने सम्बन्धमा तत्काल लागू रहेका नेपाल कानुनका कुराहरू केही हेरफेर भई वा नभई त्यस्तो दुर्घटनाको जाँच गर्ने सम्बन्धमा पनि लागू गर्ने,
(ग) जाँच भई नसकेसम्म त्यस्तो दुर्घटना भएको वायुयानमा प्रवेश गर्न वा हात हाल्न मनाई गर्ने र त्यस्तो जाँचको निमित्त सो वायुयानमा प्रवेश गर्न, त्यसको जाँच गर्न, त्यसलाई हटाउने, त्यसको हिफाजतको लागि चाहिने काम गर्न वा अरू प्रकारबाट त्यसको व्यवहार गर्न पाउने अधिकार कुनै व्यक्तिलाई दिने र
(घ) दुर्घटनाको जाँचमा आवश्यक देखिए $\rightarrow$ यो ऐन वा प्रचलित कानुन बमोजिम दिइएको वा मान्यता दिइएको लाइसेन्स प्रमाणपत्रलाई रद्दी वा स्थगित वा दरपीठ वा फिर्ता बुझाउन लगाउने, गराउने वा गराउन अधिकार दिने र त्यस्तो जाँचको प्रयोजनको निमित्त त्यस्तो कुनै लाइसेन्स पेश गर्न लगाउने।
६. वायुयान रोक्का गर्ने अधिकार : (१) नेपाल सरकारद्वारा सो कामको निमित्त अधिकार पाएका अधिकारीले देहायको अवस्थामा कुनै वायुयानलाई रोक्का गर्नसक्छ :–
(क) गर्न लागेको उडानको प्रकृतिको विचारले सो वायुयानको उडानबाट त्यसमा रहेका व्यक्ति वा अरू कुनै व्यक्तिको निमित्त वा कसैको जायजेथामा खतरा हुने शंका लागेमा, वा
(ख) यो ऐन वा सो वायुयानका सम्बन्धमा लागू हुने नियमका कुनै कुराको पालनाको लागि वा दफा ३ को उपदफा (२) को $\rightarrow$ खण्ड (ख) अन्तर्गत बनेको कुनै नियम उल्लङ्घित रोक्नको लागि आवश्यक लागेमा।
(२) उपदफा (१) बमोजिमको अधिकारको प्रयोगको लागि सहायक हुने वा आकस्मिक सबै काम कुराहरू व्यवस्थित गर्न नेपाल
$\rightarrow$ चौथो संशोधनद्वारा संशोधित।
सरकारले नियम बनाउन सक्छ। ती नियम नेपाल राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछन्।
७. सार्वजनिक स्वास्थ्यको रक्षाको लागि नियम बनाउने नेपाल सरकारको अधिकार : कुनै विमानस्थलमा भएका वा आई पुगेका वायुयानबाट कुनै सरुवा रोग फैली सार्वजनिक स्वास्थ्यमा हुने खतराबाट बचाउनको लागि र विमानस्थलबाट प्रस्थान गर्ने वायुयानिले त्यस्तो सरुवा रोग ओसारण नपाउने गर्नको लागि नेपाल सरकारले नियम बनाउन सक्छ। ती नियम नेपाल राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछन्।
८. सार्वजनिक स्वास्थ्यको रक्षाको लागि विशेषअधिकार : (१) नेपाल सरकारले नेपाल $\times$ ..... वा त्यसको कुनै भागमा कुनै खतरनाक महामारी रोग फैलेको वा फैलने सम्भावना छ र वायुयानबाट त्यस्तो रोग फैले वा प्रवेश गरेबाट सार्वजनिक स्वास्थ्यमा हुने खतरा रोक्नको लागि तत्काल लागू रहेको अरू नेपाल कानून पर्याप्त छैन र हुन्छ भने आफ्नो विचारमा लागेमा त्यस्तो खतरा रोक्नको लागि आफूलाई आवश्यक लागेको कदम उठाउन वा उठाउन लगाउन सक्छ।
(२) उपदफा (१) को उद्देश्य पूर्तिको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यक आदेश जारी गर्न सक्नेछ।
९. यो ऐन अन्तर्गत बनेका नियम उल्लंघन गर्नेलाई दण्ड सजाय : दफा ३, दफा ५, दफा ६, दफा ७ र दफा ८ अन्तर्गत बनेका कुनै नियम $\text{*} \text{वा}$ जारी रहेको आदेश उल्लंघन गर्ने व्यक्तिलाई $\rightarrow$ तीन महिनासम्म कैद वा $\text{**}$ दश हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ।
$^{\text{*}}$ ९क. अपराध र दण्ड सजाय : (१) देहाय बमोजिमका कुनै कार्यहरू गरेमा देहाय बमोजिमका अपराध गरेको मानिनेछ :–
(क) अनधिकृत प्रवेश सम्बन्धी अपराध: यो ऐन वा प्रचलित कानूनबमोजिम अनुमति प्राप्त नगरी कुनै वायुयान नेपाल
$\times$ गान्तन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको। $\bullet$ तेस्रो संशोधनद्वारा संशोधित। $\times$ चौथो संशोधनद्वारा थप। $\rightarrow$ चौथो संशोधनद्वारा संशोधित। $^{\text{*}}$ दोस्रो संशोधनद्वारा थप।
$\times$......... भित्र प्रवेश गरेमा अनधिकृत प्रवेशको अपराध गरेको मानिने छ ।
(ख) हवाई क्षेत्र अतिक्रमण सम्बन्धी अपराध: प्रचलित कानुनबमोजिम अनुमति प्राप्त नगरी कुनै वायुयान नेपाल $\times$....... को भू–भागमाथिबाट उडान (ओभरफ्लाई) गरेमा हवाई क्षेत्र अतिक्रमणसम्बन्धी अपराध गरेको मानिनेछ ।
(ग) वायुयानको गैर कानूनी कब्जा र अपहरणको अपराध: उडानमा रहेका वायुयानभित्र कसैले गैर कानूनी रूपले बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई वा अरू कुनै प्रकारको डर त्रास देखाई वायुयानलाई कब्जामा लिएमा वा त्यस उपर नियन्त्रण गरेमा वायुयानको गैर कानूनी कब्जा र अपहरणको अपराध गरेको मानिनेछ ।
(घ) हवाई उडानको सुरक्षा विरुद्धको अपराध: देहाय बमोजिमका कुनै कार्यहरू गरेमा हवाई उडानको सुरक्षा विरुद्धको अपराध गरेको मानिनेछ :–
(१) उडानमा रहेका वायुयानभित्र कुनै व्यक्ति विरुद्ध हिंसात्मक काम कारवाई गरेमा वा त्यस्तो काम कारवाईले वायुयानको सुरक्षामा खतरा हुने सम्भावना भएमा,
(२) सेवामा सञ्चालित वायुयानलाई नष्ट गरेमा वा त्यस्तो वायुयानलाई उडानको लागि असमर्थ बनाई वा उडानमा त्यसको सुरक्षामा खतरा हुने सम्भावना पारी जमिन पारेमा,
(३) भूमिस्थ वायुयान वा वायुयानमा जडित पार्टपुर्जा वा उपकरण वा हवाई परिवहन सम्बन्धी सुविधाहरू (फेसिलिटिज) वा सञ्चार उड्डयन सहाय उपकरण वा अग्नि निवारण वा जीवनोद्धार सेवा
तथा सुरक्षा उपकरण वा सो सम्बन्धी मालसामान वा वस्तु आदि नष्ट गरेमा वा क्षति पुर्याएमा वा त्यसको कुनै भाग वा पाटोपुर्जा अनधिकृत तरिकाबाट छिनाएमा वा तिनको सञ्चालनमा हस्तक्षेप गरेमा,
(४) असत्य हो भन्ने जानी जानी कुनै सूचनाको सञ्चार गरी उडानमा रहेको वायुयानको सुरक्षामा खतरा पैदा गरेमा।
(ङ) वायुयानको सुरक्षा विरुद्धको अपराध: सेवामा सञ्चालित वा भूमिस्थ वायुयानमा जुनसुकै उपायद्वारा कुनै साधन (डिभाइस) वा वस्तु राखी वा राख्न लगाएको कारणले त्यस्तो साधन वा वस्तुबाट खण्ड (घ) को उपखण्ड (२) बमोजिम सो वायुयान नष्ट वा उडानको लागि असमर्थ हुने वा उडानमा त्यसको सुरक्षामा खतरा पुग्ने सम्भावना भएमा वायुयानको सुरक्षा विरुद्धको अपराध गरेको मानिनेछ।
(च) विमानस्थल सुरक्षा विरुद्धको अपराध : विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र वा बाहिर रहेका सञ्चार तथा उड्डयन सहाय उपकरण, दृष्टिगत सहाय (भिजुअल एड्स), मौसम तथा जलवायु सम्बन्धी उपकरण, अग्नि निवारण तथा जीवनोद्धार सेवा सम्बन्धी यन्त्र तथा उपकरण, सुरक्षा सम्बन्धी अन्य उपकरण तथा यन्त्र तथा हवाई उडानसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित अन्य यन्त्र, उपकरण, भवन, धावनमार्ग, धावनमार्गतर्फ जाने बाटो (ट्याक्सी वे), विसान (एप्रोन), वायुयान राख्ने स्थान (ह्याङ्गर) आदि वा सो सम्बन्धी मालसामान कुनै पनि प्रकारले पूर्ण वा आंशिक रूपमा विगारे, भत्काए, क्षति पुर्याए वा नष्ट गरेमा विमानस्थल सुरक्षा विरुद्धको अपराध गरेको मानिनेछ।
(छ) हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षा विरुद्धको अपराधः हवाई उडान कार्यसँग सम्बन्धित कुनै पनि कर्मचारी, विमानस्थलमा कार्यरत सरकारी वा गैर सरकारी कर्मचारी, हवाई यात्री लगायत विमानस्थलमा आगन्तुक कुनै पनि व्यक्तिलाई हात हतियार लिई वा नलिई डर, धम्की, प्रलोभन वा अरू कुनै तरिका अपनाई अपहरण गरी वा कब्जामा लिई आफ्नो कर्तव्यबाट विचलित पारी वा अन्य कुनै किसिमबाट हवाई उडान सञ्चालन तथा सुरक्षामा खतरा वा बाधा उत्पन्न गराउने कार्य गरेमा हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षा विरुद्ध अपराध गरेको मानिनेछ।
(२) उपदफा (१) को खण्ड (ग), (घ), (ङ), (च) र (छ) बमोजिमको अपराधको उद्योग गर्नु, सो अपराध गर्नु वा अपराधको उद्योग गर्नुमा मतियर हुनु पनि यस दफा अन्तर्गतको अपराध मानिनेछ।
(३) उपदफा (१) मा उल्लिखित देहायको अपराध गर्नेलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) खण्ड (क) र (ख) बमोजिमको अपराध गर्नेलाई एक वर्षदेखि तीन वर्षसम्म कैद हुनेछ।
(ख) खण्ड (ग), (घ) र (ङ) बमोजिमको अपराध गर्नेलाई जन्म कैद र त्यस्तो अपराध गर्न उद्योग गर्ने वा मतियर हुनेलाई पन्ध्रदेखि बीस वर्षसम्म कैद हुनेछ।
(ग) खण्ड (च) बमोजिमको अपराध गर्नुबाट भएको नोक्सानी विगो भराई निजलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद हुनेछ।
(घ) खण्ड (छ) बमोजिमको अपराध गर्नेलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद हुनेछ।
(ङ) माथिका खण्डहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो कुनै अपराध गरेको फलस्वरूप वायुयानमा रहेका कुनै व्यक्तिको मृत्यु भएमा वा वायुयान नै ध्वस्त भएमा अपराध गर्नेलाई
जन्मकैद र मतियारलाई जन्मकैद वा पन्ध्र वर्षदेखि बीस वर्षसम्म कैद हुनेछ र अपराधी र मतियारको सम्पत्ति समेत जफत हुनेछ।
९ख. उडानमा रहेको वा सेवामा सञ्चालित वायुयान :
(क) सबै चेकिसकेर सबै बाह्यरी ढोकाहरू बन्द गरेको समयदेखि ओर्लनुको निमित्त त्यस्तो कुनै ढोका खोल्ने समयसम्म कुनै वायुयान उडानमा रहेको मानिनेछ।
तर सङ्कटकालीन अवतरणका हकमा अधिकार प्राप्त अधिकारीले वायुयान र त्यसमा रहेको यात्रु र मालसामानको उत्तरदायित्व नलिएसम्म सो वायुयान उडानको अवस्थामा नै रहेको मानिनेछ।
(ख) कुनै खास उडानको लागि भुमिस्थ कर्मचारी (ग्राउण्ड) परसोनेल वा चालक दलद्वारा वायुयानको उडान पूर्वको नै तयारी प्रारम्भ गरेदेखि अवतरण गरेको चौबीस घण्टासम्म कुनै वायुयान सेवामा सञ्चालित रहेको मानिनेछ। त्यस्तो सेवामा सञ्चालित अवधि जुनसुकै अवस्थामा पनि खण्ड (क) बमोजिमको उडान अवधिभर पनि कायम रहेको मानिनेछ।
९ग. दफा ९क. लागू हुने अवस्था : देहायको अवस्थामा दफा ९क. को व्यवस्था लागू हुनेछः–
(१) अन्तर्राष्ट्रिय वा आन्तरिक जुनसुकै उडानमा वायुयान उपयोग (एन्गेज) भएकोमा,
तर, नेपाल बाहेक अन्य राष्ट्रमा दर्ता भएको वायुयानका हकमा देहायको अवस्था हुनु पर्छ :–
(अ) उडान गर्ने वा अवतरण गर्ने वास्तविक वा इच्छित स्थान दर्ताको राष्ट्र बाहिर भए वा,
(आ) दर्ताको राष्ट्रभन्दा बाहिर अपराध भए।
(२) हवाई परिवहन सम्बन्धी सुविधा (फिसीलिटिज) विरुद्धको अपराध भएकोमा।
तर विदेशी राष्ट्र स्थित त्यस्तो सुविधा (फिसीलिटिज) भए त्यस्तो सुविधा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिएको हुनु पर्छ।
९घ. अधिकार क्षेत्र : (१) देहायको कुनै अवस्थामा दफा ९क. अन्तर्गतको अपराध उपर नेपाल $\times$... ... ... को अदालतको अधिकार क्षेत्र हुनेछ:–
(क) नेपाल $\times$... ... ... भित्र यस ऐन बमोजिमको अपराध भएकोमा,
(ख) नेपाल $\times$... ... ...मा दर्ता भएको वायुयानमा वा सो विरुद्ध अपराध भएकोमा,
(ग) वायुयानभित्र अपराध भएकोमा सो अपराधको अभियुक्त सहित वायुयान नेपाल $\times$... ... ...भित्र अवतरण गरेकोमा,
(घ) नेपाल $\times.........$ भित्र कारोबारको मुख्य स्थान भएको वा नेपाल $\times.........$ भित्र त्यस्तो मुख्य स्थान नभएकोमा पनि नेपाल $\times.........$ भित्र वासस्थान भएको व्यक्तिलाई चालक विहीनपट्टा (ड्राइलेज) मा दिएको वायुयानमा वा त्यसको विरुद्ध अपराध भएकोमा।
(२) उपदफा (१) मा लेखिएको अवस्था बाहेक दफा ९क. अन्तर्गतको अपराध अन्यत्र जहाँसुकै भएपनि यदि त्यस्तो अपराधको अभियुक्त नेपाल $\times$... ... ... भित्र छ भने र त्यस्तो अभियुक्तलाई यो ऐन वा नेपाल पट्टि भएको सुपुर्दगी सन्धि बमोजिम सुपुर्दगी गराइँदैन भने।
९ङ. गिरफ्तार गर्ने अधिकार : (१) दफा ९क. अन्तर्गतको अपराध भएमा वा हुन लागेमा अपराधी वा अभियुक्तलाई विमानस्थलको अधिकारीहरू, वायुयानका चालकहरू वा सम्बन्धित हवाई यातायात सेवाका अधिकारीहरूले अपराध भएको वा हुन लागेको देख्ने वा अपराधी वा अभियुक्त यो व्यक्ति हो भन्ने विश्वास लिने
कारण भई विश्वास लिने जुनसुकै व्यक्ति, प्रहरी वा नेपाली सेनाका जवान वा सुरक्षा अधिकारी वा जोसुकैले पक्राउ गर्न सक्नेछ र निजहरूले पक्राउ गरे पछि तुरुन्त प्रहरीलाई बुझाई दिनु पर्छ।
तर त्यस्तो अपराधी वा अभियुक्तलाई पक्राउ गर्दा यात्री वा अन्य व्यक्तिहरूको जीवनको खतरा हुने भएमा वा वायुयान वा हवाई परिवहन सुविधा (फेसिलिटिज) मा ठूलो क्षति पुग्ने आसन्न स्थिति भएमा प्रहरी र सुरक्षा अधिकारी बाहेक अरूले भए प्रहरी वा सुरक्षा अधिकारीको अनुमतिले मात्र पक्राउ गर्ने कारबाही गर्न पर्नेछ।
(२) उपदफा (१) बमोजिम हवाई अड्डाको अधिकारीहरू, प्रहरी, सुरक्षा अधिकारीहरूले पक्राउ गर्न सशस्त्र प्रहरी, सुरक्षा अधिकारी र नेपाली सेना वा अन्य सरकारी र गैर सरकारी व्यक्तिको मद्दत माग्न सक्नेछ र त्यस्तो मद्दत मागेमा मद्दत दिनु त्यस्ता सबैको कर्तव्य हुनेछ।
(३) यस दफा बमोजिम पक्राउ परेको अपराधी वा अभियुक्त यदि विदेशी राष्ट्रको नागरिक भए निजलाई आफ्नो मुलुकको निजको उपयुक्त प्रतिनिधिसँग सम्पर्कन स्थापित गर्न मौका र सहयोग दिनु पर्नेछ र साथै त्यस्तो पक्राउको खबर र अन्य प्रारम्भिक जाँचबुझ गरी सकेपछी त्यस्तो जाँचबुझको ठहर र यस ऐनको अधिकार क्षेत्र प्रयोग गर्ने वा नगर्ने बारे समेतको जानकारी सम्बन्धित राष्ट्रहरूलाई दिनु पर्छ।
९च. अपराधी वा अभियुक्तलाई सुपुर्दगी गर्न सक्ने : (१) दफा ९क. बमोजिमको अपराध गर्ने व्यक्ति गैर नेपाली नागरिक भए र त्यस्तो व्यक्तिको सुपुर्दगीको लागि आफ्नो क्षेत्रमा वा आफ्नो विमानको वायुयान विरुद्ध अपराध भएको राष्ट्रले माग गरेमा 'सुपुर्दगी ऐन, २०७०' मा जुनसुकै कुरा लेखिएको भएतापनि त्यस्तो व्यक्तिलाई नेपाल सरकारले सुपुर्दगी गर्न सक्नेछ। र त्यसरी सुपुर्दगी गरिएको अवस्थामा त्यस्तो व्यक्तिलाई सजाय गराउन नेपालको अदालतमा मुद्दा चलाइनेछ।
(२) سپुर्दगी गर्ने सम्बन्धमा दफा ९क. अन्तर्गतको कुनै अपराधलाई जुनसुकै स्थितिको व्यक्तिबाट जुनसुकै उद्देश्यले भए गरेको भए पनि राजनीतिक अपराध मानिनेछ।
९छ. वायुयानको कब्जा फिर्ता दिने र उडान गर्न दिने : $\rightarrow$ दफा ९क. को उपदफा (१) को दण्ड (ग) अन्तर्गत गैर कानूनी कब्जा वा अपहरण भई कुनै वायुयान नेपाल $\times$.......... को कुनै हवाई अड्डा वा स्थानमा अवतरण भएमा त्यस्तो वायुयान उपर कानूनी अधिकार भएका कमाण्डर वा हवाई यातायात सेवाका अधिकारीलाई पुनः कब्जामा दिलाइनेछ र यथासम्भव चाँडै त्यस्तो वायुयानलाई आफ्नो चालक, यात्री र मालसामान सहित जहाँबाट उडान गरी आएको हो त्यस ठाउँमा वा जहाँको लागि उडान गरिएको थियो त्यस ठाउँमा जान बिना कुनै अवरोध उडान गर्न दिइनेछ।
९ज. अन्य नेपाल कानून अन्तर्गतको अधिकार क्षेत्र : दफा ९क. अन्तर्गतका अपराधको सजाय र कारबाहीको हकमा यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो प्रचलित कानूनबाट प्राप्त फौजदारी अधिकार क्षेत्रको प्रयोगलाई बाहेक वा सीमित गरिएको मानिने छैन।
९झ. हवाई सेवामा अनधिकृत हस्तक्षेप रोकथाम गर्ने सम्बन्धी महासन्धिको मान्यता : (१) नेपाल सरकारले देहायको कुनै महासन्धि (कन्भेन्शन) को पक्ष भएमा त्यस्तो महासन्धि, सो महासन्धि नेपाल $\times$..........मा लागू हुने मिति र त्यस्तो महासन्धिलाई कार्यान्वयन गर्ने सिलसिलामा आवश्यक पर्ने अन्य कुराहरू समेत उल्लेख गरी नेपाल सरकारले आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेश नेपाल राजपत्रमा प्रकाशित गर्नेछ :–
(क) सन् १९६३ मा टोकियोमा सम्पन्न भएको वायुयानित्र गरेको कसूर र अन्य कार्य सम्बन्धी महासन्धि (कन्भेन्शन अन अफेन्सेज
* दोस्रो संशोधनद्वारा थप। $\rightarrow$ चौथो संशोधनद्वारा संशोधित। $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा शिफारिकएको। * दोस्रो संशोधनद्वारा थप। $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा शिफारिकएको।
एण्ड स्नटचन अण्ड एक्स् कनमिटेड अन बोर्ड एयरक्राफ्ट, टोकियो, १९६३),
(ख) सन् १९७० मा हेगमा सम्पन्न भएको वायुयानको गैर कानूनी कब्जाको दमन सम्बन्धी महासन्धि (कन्भेन्शन फर द सप्रेशि अफ अनलफुल सिजर अफ एयरक्राफ्ट हेग, १९७०),
(ग) सन् १९७१ मा मन्ट्रियलमा सम्पन्न भएको गैर सैनिक हवाई उडानको सुरक्षाको विरुद्ध गरिने गैर कानूनी कारबाहीको दमन सम्बन्धी महासन्धि (कन्भेन्शन फर द सप्रेशि अफ अनलफुल एक्स् अगेन्स्ट द सेफ्टी अफ सिभिल एभिएसन, मन्ट्रियल, १९७१)
※(घ) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका अन्य महासन्धि (कन्भेन्सन)।
(२) उपदफा (१) बमोजिम जारी गरिएको आदेश यसै ऐनमा परे सरह मानिनेछ।
$\rightarrow$ १०. खतरनाक तरिकाबाट वायुयान उडाउनेलाई दण्ड सजाय : (१) जल, स्थल वा हवाई क्षेत्रमा रहेको कुनै व्यक्तिको जीउ ज्यान वा सम्पत्तिमा हानि नोक्सानी हुने किसिमले वा उडानमा रहेको वा नरहेको अन्य कुनै वायुयानीलाई समेत बाधा पुग्ने वा हानि नोक्सानी पुग्न सक्ने किसिमबाट कसैले खतरनाक तरिकाबाट वायुयान उडाएमा निजलाई छ महिनासम्म कैद र पचास हजारदेखि एकलाख रूपैयाँसम्म जरिवाना हुनेछ।
(२) उपदफा (१) बमोजिम खतरनाक तरिकाबाट वायुयान उडाएको कारणबाट दफा ९क. को उपदफा (३) को खण्ड (ङ) बमोजिम कसैको मृत्यु भएमा वा वायुयान ध्वस्त भएमा सोही खण्डमा लेखिए बमोजिमको सजाय हुनेछ।
※ चौथो संशोधनद्वारा थप। $\rightarrow$ चौथो संशोधनद्वारा संशोधित।
१०क. निषिद्ध क्षेत्रमा इजाजत नलिई प्रवेश गर्नेलाई सजाय : (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा तोकिएको कुनै विमानस्थलको तोकिएको क्षेत्रलाई निषिद्ध क्षेत्र घोषित गर्न सक्नेछ र त्यसरी घोषित भएपछि सो निषिद्ध क्षेत्रको वरपर सर्वसाधारणको आवागमन हुने मुख्य मुख्य ठाउँमा त्यस्तो सूचना प्रदर्शन गरी राख्ने जिम्मेवारी सम्बन्धित विमानस्थलको प्रमुख अधिकारी हुनेछ।
(२) सम्बन्धित विमानस्थलको प्रमुख अधिकारीको इजाजत प्राप्त नगरी कुनै व्यक्तिले उपदफा (१) बमोजिमको निषिद्ध क्षेत्रनित्र प्रवेश गर्न हुँदैन।
तर सम्बन्धित विमानस्थलको प्रमुख अधिकारीले उचित ठहर्याई कुनै समयमा केही अवधिको लागि त्यस्तो क्षेत्रनित्र सर्वसाधारणलाई आवागमन गर्न दिने सूचना प्रदर्शन गरेको भए यस उपदफाको प्रयोजनको लागि सो समयमा त्यस्तो निषिद्ध क्षेत्रनित्र प्रवेश गर्न इजाजत प्राप्त भएको मानिनेछ।
(३) उपदफा (२) को विपरीत निषिद्ध क्षेत्रनित्र प्रवेश गर्ने व्यक्तिलाई सम्बन्धित विमानस्थलको प्रमुख अधिकारीको आदेशले दुईसय रूपैयाँसम्म जरिवाना हुन सक्नेछ।
१०ख. यात्री वा अरू कुनै व्यक्तिको शरीर वा मालसामानको खानतलासी लिने : (१) दफा ९क. अन्तर्गतका अपराध हुनबाट बचाउन गर्नको लागि कुनै विमानस्थलको प्रमुख अधिकारी वा सो कामको लागि अख्तियार प्राप्त कर्मचारी वा प्रहरी वा सुरक्षा अधिकारीले उडानको लागि तयार भएको कुनै वायुयानमा चढ्नु अगाडि वा चढी सकेपछि यात्रीहरूका शरीर र तिनका मालसामानको खानतलासी लिन सक्नेछ र त्यस्तो खानतलासी लिँदा कुनै वैज्ञानिक साधन र उपकरणको पनि प्रयोग गर्न सकिनेछ।
यस्तो खानतलासी सो वायुयानको चालकहरू र सो उडानको व्यवस्था गर्ने प्रयोजनको लागि वायुयानमा चढ्ने वा सो छेउ जाने सो हवाई यातायात सेवाका अधिकारीहरू लगायत सबै कामदारहरूको पनि गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिम खानतलासी गराउनबाट इन्कार गर्ने यात्री वा व्यक्तिलाई सो वायुयानमा चढ्न वा सो छेउ जान दिन सकिनेछ।
(३) उपदफा (१) बमोजिम यात्रुहरू र चालकहरूको खानतलासी गर्दा कुनै बन्दुक (सबै प्रकारको) सक्कली बन्दुक जस्तो देखिने वा भ्रम पर्ने नक्कली बन्दुक बाहेक अन्य घातक हतियार (तरवार, खुकुरी, छुरा लगायत) वा विस्फोटक पदार्थ (बम, ग्रिनेड, गोली, बारूद लगायत) बरामद भएमा देहाय बमोजिम गर्नुपर्छ:– (क) त्यस्तो बन्दुक वा विस्फोटक पदार्थ अवैध भए सो यात्रु वा व्यक्तिलाई रोकी कानूनी कारबाहीको लागि प्रहरी जिम्मा लगाई दिने। (ख) यस्तो बन्दुक नक्कली बन्दुक, अन्य घातक हतियार वा विस्फोटक पदार्थ अवैध नभए पनि सोधपुछ गर्दा पनि जानकारी नदिई लुकाई छिपाई राख्ने वा लैजाने प्रयत्न गरेकोमा विमानस्थलको प्रमुख अधिकारी वा सो कामको लागि अधिकार प्राप्त कर्मचारी वा प्रहरी वा सुरक्षा अधिकारीले उचित ठहराए बमोजिम सो सक्कली वा नक्कली बन्दुक, घातक हतियार वा विस्फोटक पदार्थलाई वायुयानको प्रमुख चालक (कमाण्डर) जिम्मा लगाई पठाउन वा त्यसलाई रोकी सो यात्रु वा चालकलाई मात्र जान दिन वा सो यात्रु वा चालकलाई समेत रोकी आवश्यक जाँचबुझ गरी कुनै अपराधिक मनसाय नदेखिएको कुरामा आफू सन्तुष्ट भएमा मात्र सो यात्रु वा चालकलाई जान वा सो बन्दुक हतियार विस्फोटक पदार्थ लैजान दिनेछ। (४) कुनै व्यक्तिले दफा ९क. अन्तर्गतको वा अन्य प्रचलित नेपाल कानून अन्तर्गतको फौजदारी अपराध गर्ने हेतुले कुनै प्रकारको बन्दुक, नक्कली बन्दुक, घातक हतियार वा विस्फोटक पदार्थ लिई विमानस्थल वा त्यसको कुनै निषिद्ध क्षेत्रभित्र प्रवेश गरेको छ वा गर्न लागेको छ भन्ने जानकारी प्राप्त भएमा वा शङ्का गर्नु पर्ने कारण भएमा विमानस्थलको प्रमुख अधिकारी वा निजबाट त्यस कामको लागि अधिकार प्राप्त कर्मचारी वा सुरक्षा अधिकारी वा विमानस्थलको सुरक्षाको लागि तैनाथ गरिएको प्रहरी वा सैनिक अधिकारीले बिना वारेन्ट त्यस्ता व्यक्तिको शरीर र निजको साथमा रहेको मालसामानको खानतलासी लिन सक्नेछ र त्यस्तो बन्दुक, अन्य हतियार वा विस्फोटक पदार्थ
बरामद भएमा आवश्यक जाँचबुझ गरी कारबाही गर्न प्रहरी जिम्मा लगाई दिनेछ।
(५) आफ्नो कर्तव्य पालनको सिलसिलामा कुनै कर्मचारीले असल नियतले कसैलाई यो दफा बमोजिम वायुयानमा चढ्न वा सो छोड्न वा विमानस्थलको कुनै निषिद्ध क्षेत्रमा कसैलाई जान नदिंदा वा रोक्दा वायुयानको उडान समयमा ढिलाई भएमा वा कुनै क्षति भएमा पनि त्यसको लागि सो कर्मचारीको कसैप्रति कुनै कानूनी दायित्व हुने छैन।
*स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “चालकहरू” भन्नाले फ्लाइट इन्जिनियर, रेडियो अफिसर, फ्लाइट नेभिगेटर, एयर होस्टेज, केबिन एटेण्डेण्ट र पर्शरलाई समेत जनाउनेछ।
११. अपराध गर्न दुत्साहन गने र प्रयत्न गनेलाई दण्ड सजाय : कुनै व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम अन्तर्गत * निधाररत हवाई सुरक्षा सम्बन्धी व्यवस्था तथा अन्य कुरा उल्लङ्घन गरी सजाय हुने अपराध गर्न अरूलाई दुत्साहन गरेमा वा त्यस्तो अपराध गर्न प्रयत्न गरी अपराध हुने किसिमको कुनै कार्य गरेमा निजलाई सो अपराध गरे वापत हुने सरह कै दण्ड सजाय हुनेछ।
१२. मुद्दा हेर्ने अधिकारी र मुद्दाको कारबाही : (१) यस ऐन अन्तर्गतको मुद्दाको शुरु कारबाही र किनारा गने अधिकार स्थानीय जिल्ला अदालतलाई हुनेछ।
(२) मुद्दाको किनारा लगाउँदा जिल्ला अदालतले दफा ३ को उपदफा (२) को -> खण्ड (ख) वा (ङ) को सम्बन्धमा बनेको नियम बमोजिमको कसूर र दफा ४ को उपदफा (१) को आदेश बखिलाप गरेको कसूरसित सम्बन्धित वायुयान वा पदार्थ वा दुवै जफत गरी नेपाल सरकार लाग्ने गरी आदेश दिन सक्नेछ।
(३) दफा ९क. अन्तर्गतको कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गरी जिल्ला अदालतले विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्य प्रणाली अपनाउनेछ।
+ तेस्रो संशोधनद्वारा थप। * चौथो संशोधनद्वारा थप। दोस्रो संशोधनद्वारा थप। -> चौथो संशोधनद्वारा संशोधित।
(४) उपदफा (१) वा (२) बमोजिम जिल्ला अदालतले गरेको निर्णय उपर पैंतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन लाग्नेछ।
१२क. °... ... ...
१३. भन्सार सम्बन्धी नेपाल कानुन लागू गर्ने अधिकार : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मालसामानको निकासी र पैठारी सम्बन्धी प्रचलित नेपाल कानुनका सबै वा केही कुरा सोही सूचनामा तोकिए बमोजिम संशोधित रूपमा हवाई मार्गद्वारा हुने मालसामानहरूको निकासी पैठारीका सम्बन्धमा पनि लागू गर्न सक्छ।
१४. केहीदाले उजुरीहरूको सम्बन्धमा प्रतिबन्ध : कुनै व्यक्तिले जमिनमाथि कुनै उचाईमा कसैको जायजेथा माथबाट कुनै वायुयानको उडान गरेकोमा बतास, मौसम र अरू परिस्थितिको विचारले त्यस्तो उडान गर्न मनासिब रहेछ भने त्यस्तो उडान गरेको कारणले वा त्यस्तो उडानबाट भएको साधारण दुर्घटनाको कारणले मात्र निजले अर्काको जायजेथामा अनाधिकार प्रवेश गर्यो वा कसैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट हानि नोक्सानी गर्यो भनी कुनै देवानी मुद्दा चल्न सक्दैन।
*१४क. नेपाल सरकार वादी हुने : दफा ९क. अन्तर्गतको मुद्दामा नेपाल सरकार वादी हुनेछ।
x१४ख. छुट दिन सक्ने : प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सैनिक हवाई उडान दलको सदस्यता प्राप्त गरेको वा गैर सैनिक हवाई उडानमा सरकारी मान्यता प्राप्त उडान सम्बन्धी अनुभव र प्राविधिक ज्ञान लिएको वा नेपाल सरकारले तोकेको कुनै विशेष परीक्षा उत्तीर्ण गरेको कुनै व्यक्तिको सम्बन्धमा नेपाल सरकारले निजको प्राविधिक ज्ञान र क्षमताको समेत विचार गरी हवाई सेवा सञ्चालन सम्बन्धी इजाजत पत्र, कार्य क्षमताको स्तरीकरण (रेटिङ) वा अन्य प्रमाणपत्रको लागि चाहिने योग्यताहरूमध्ये केही योग्यताहरूमा तोकिए बमोजिम छुट दिन सक्नेछ।
° गनतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज।
*१४ग. अधिकार सुम्पन्न सक्ने : (१) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमबमोजिम नेपाल सरकारलाई प्राप्त अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै निकाय वा अधिकारीले प्रयोग गर्न पाउने गरी सुम्पन सक्नेछ। (२) उपदफा (१) बमोजिम अधिकार सुम्पदा त्यस्तो अधिकार प्रयोग गर्दा पालन गर्नु पर्ने शर्त बन्देज समेत तोक्न सक्नेछ। १५. सद्भावनाले गरेकोमा बचाउ : यो ऐन अन्तर्गत गरेको भनी सम्झी सद्भावनाले गरेको कुनै कामको निमित्त कुनै व्यक्ति उपर नालेश उजुरी लाग्न वा अरु कुनै कानूनी कारबाही चल्न सक्दैन। ¤१६. ऐन लागू नहुने : *......................नेपाल सरकार वा नेपाली सेनाको वायुयानको सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा निकालिएको कुनै आदेशको कुनै कुरा लागू हुनेछैन।
¤ दोस्रो संशोधनद्वारा संशोधित।
२०१५ सालको ऐनं. २२