नेपाल वायुसेवा निगम ऐन, २०१९
लालमोहर र प्रकाशन मिति २०१९।१२।३०
संशोधन गर्ने ऐन
१. शाही नेपाल वायुसेवा निगम (संशोधन) ऐन, २०२० २०२०।११।१६ २. शाही नेपाल वायुसेवा निगम (दोस्रो संशोधन) ऐन, २०२६ २०२६।५।१९ ३. शाही नेपाल वायुसेवा निगम (तेस्रो संशोधन) ऐन, २०३४ २०३४।९।१८ ४. न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६
प्रमाणीकरण र प्रकाशन मिति
५. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।०७ ६. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३
२०१९ सालको ऐन नं ४५
नेपाल वायुसेवा निगम ऐनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन
प्रस्तावना : सर्वसाधारण जनताको सुविधा कायम राख्न शाही नेपाल वायुसेवा निगम ऐन, २०१४ लाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेको छ ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “ ...........नेपाल वायुसेवा निगम ऐन, २०१९” रहेको छ ।
(२) यो ऐन नेपाल ...........भर र अन्त जहाँसुकै भए रहे पनि यस ऐन अन्तर्गतनि स्थापना भएको निगम र त्यसको शाखा तथा त्यसबाट हुने काम र त्यसमा काम गर्ने व्यक्ति समेतको सम्बन्धमा लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –
(क) “वायुयान” भन्नाले हावाको प्रतिक्रियाद्वारा वायुमण्डलमा आधारित हुन सक्ने जुनसुकै यन्त्र सम्झिनु पर्छ र यो शब्दले यन्त्रचालित गाँसिएका वा नगाँसिएका बैलुन, हवाईजहाज, चंगा, ग्लाइडर र यस्तै उड्ने अन्य यन्त्रलाई समेत जनाउँछ ।
(ख) “हवाई यातायात सेवा” भन्नाले एक वा बढी उडान गरी, व्यक्ति, डांक वा अरू कुनै जीव वस्तु वा चीजलाई हवाईमार्गद्वारा भाडा लिई ओसार पसार गर्ने सेवा सम्झिनु पर्छ ।
(ग) “निगमका सम्बन्धमा सहकारी” भन्नाले दफा १३ को उपदफा (२) को खण्ड (ज) अन्तर्गतनि निगमसँग सम्झौता भएको कुनै व्यक्ति वा निगमको कुनै सहायक अङ्ग सम्झिनु पर्छ ।
(घ) “निगम” भन्नाले यस ऐन अन्तर्गत स्थापना र गठन गरिएको $^m$ .............. नेपाल वायुसेवा निगम सम्झनु पर्छ ।
$^a$(घ१) “समिति” भन्नाले निगमको सञ्चालक समिति सम्झनु पर्छ ।
$^a$(घ२) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
$^b$(ङ) “सञ्चालक” भन्नाले समितिको सदस्य सम्झनु पर्छ ।
(च) “महाप्रबन्धक” भन्नाले यो ऐन अन्तर्गत नियुक्त भएको महाप्रबन्धक सम्झनु पर्छ ।
$^b$(छ) “निर्धारित (सेडुल्ड) हवाई यातायात सेवा” भन्नाले सर्वसाधारण जनताले उपभोग गर्न पाउने गरी निगमले कुनै निर्धारित स्थानहरूको बीच प्रकाशित समय तालिका (टाइम टेबुल) बमोजिम नियमित रूपमा चलाइएको हवाई यातायात सेवा सम्झनु पर्छ ।
(ज) $^c$... ... ...
परिच्छेद–२ संस्थापन, पुँजी र व्यवस्था
३. निगमको स्थापना : (१) “......... नेपाल वायुसेवा निगम नामको एक निगम स्थापित हुनेछ ।
$^m$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खिवकिएको । $^a$ तेस्रो संशोधनद्वारा थप । $^b$ तेस्रो संशोधनद्वारा संशोधित । $^c$ तेस्रो संशोधनद्वारा खिवकिएको ।
(२) निगम अविच्छिन्न उत्तराधिकारवाला एक संगठित र स्वाशासित संस्था हुनेछ । सो संस्थाको सबै कामको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ । सो संस्थाले यस ऐनको अधीनमा रही चल अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न राख्न र नामसारी गर्न सक्नेछ । सो संस्थाले आफ्नो नामबाट नालिश उजूर गर्न र यस उपर पनि सोही नामबाट नालिश उजूर लाग्न सक्छ ।
(३) निगमको प्रधान कार्यालय काठमाडौं वा नेपाल सरकारले तोकेको कुनै ठाउँमा रहनेछ र निगमले नेपाल " भित्र वा बाहिर आफ्ना शाखाहरू स्थापना गर्न सक्नेछ ।
४. समिति र सञ्चालकहरूको कार्यविधि : (१) निगमको कार्य सञ्चालकको निमित्त नेपाल सरकारले महाप्रबन्धक नियुक्त भएको अवस्थामा समेत निज लगायत बढीमा सात जना सदस्यहरूको भएको एक सञ्चालक समिति गठन गर्नेछ। नेपाल सरकारले आवश्यक देखेमा सञ्चालकमा वाणिज्य, अर्थ तथा लेखाशास्त्रमा ख्याति प्राप्त वा उड्डयन तथा पर्यटन प्रबर्द्धन सम्बन्धी क्षेत्रमा अनुभव प्राप्त गैरसरकारी व्यक्तिलाई पनि नियुक्त गर्न सक्नेछ ।
(२) महाप्रबन्धक बाहेक अन्य सञ्चालकको कार्यविधि चार वर्षको हुनेछ र कार्यविधि समाप्त भएको सञ्चालक पुनः नियुक्तिको लागि ग्राह्य हुनेछ । तर गैर सरकारी व्यक्तिलाई भने साधारणतया अर्को एक कार्यविधिको लागि मात्र पुनः नियुक्त गर्न सकिनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले चाहेमा कुनै सञ्चालकलाई निजको कार्यविधि समाप्त नहुँदै पनि हटाउन सक्नेछ ।
" गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेकिएको $\beta$ तेस्रो संशोधनद्वारा संशोधित ।
(४) सञ्चालकहरू मध्येबाट नेपाल सरकारले समितिको अध्यक्ष र उपाध्यक्ष नियुक्त गर्न सक्नेछ । अध्यक्ष र उपाध्यक्षको हैसियतमा निजहरूको कार्यविधि नेपाल सरकारको इच्छा अनुसार हुनेछ ।
(५) नेपाल सरकारले चाहेमा समितिको अध्यक्ष, उपाध्यक्ष वा कुनै सञ्चालकलाई यो ऐन बमोजिम महाप्रबन्धकको काम, कर्तव्य समेत सुम्पि कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्न सक्नेछ । यसरी नियुक्त भएको कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालकको तलब, भत्ता र सेवाका अन्य शर्तहरू नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(६) समितिको सचिवले समितिको निर्णय प्रमाणित गर्नेछ ।
(७) उपदफा (२) बमोजिम कार्यविधि समाप्त हुनु भन्दा ६ महिनाअघि सम्बन्धित मन्त्रालयले समितिमा राख्ने सञ्चालकहरूको नाम नेपाल सरकारमा प्रस्ताववि गर्नेछ ।
५५. निगमको अधिकृत मूल धन : निगमको अधिकृत मूल धन पाँच करोडको हुनेछ र समितिको सिफारिसमा नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बढाउन सक्नेछ ।
५६. महाप्रबन्धकको नियुक्ति : (१) निगमको कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालक नियुक्त नभएको अवस्थामा नेपाल सरकारले महाप्रबन्धक नियुक्त गर्नेछ । निजको तलब, भत्ता र सेवाको अन्य शर्तहरू नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(२) महाप्रबन्धकको काम, कर्तव्य र अधिकार समितिले तोकेबमोजिम हुनेछ ।
(३) महाप्रबन्धकको कार्यावधि चार वर्षको हुनेछ र नेपाल सरकारले चाहेमा निजको कार्यावधि दुई वर्षसम्म बढाउन वा अर्को कार्यावधिको निम्ति पुनः नियुक्त गर्न सक्नेछ ।
७. व्यवस्था : (१) नेपाल सरकारले निगमको राय लिई राष्ट्रहितलाई ख्यालमा राखी आवश्यक देखिएमा समय समयमा आफूले आवश्यक ठहराएको निर्देशन निगमलाई दिन सक्नेछ । त्यस्तो प्रत्येक निर्देशनको पालना गर्नु निगमको कर्तव्य हुनेछ ।
(२) निगमको सबै काम कारबाहीहरूको रेखदेख, निर्देशन र व्यवस्था समितिले गर्नेछ । नेपाल सरकारबाट स्वीकृति लिई गर्नुपर्ने गरी यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियमहरूमा स्पष्ट लेखिए बाहेक अरू कुराका सम्बन्धमा निगमलाई भएका सबै अधिकारहरूको प्रयोग र कर्तव्यहरूको पालन समितिले गर्नेछ ।
तर, समितिले यो ऐन वा ऐन अन्तर्गतका नियम वा विनियमहरूमा लेखिएका आफ्नो कर्तव्य र अधिकारहरूमध्ये आफूले आवश्यक एवं उचित देखेका कर्तव्य र अधिकारहरू केही शर्त तोकी वा नतोकी महाप्रबन्धक वा उपसमिति वा निगमका अरू पदाधिकारीले आफैले वा निजबाट आफू मुनिका पदाधिकारीलाई सुम्पि पालन तथा प्रयोग गर्ने गराउने गरी सुम्पिन सक्नेछ ।
(३) निगमले यस ऐन अन्तर्गत विनियम बनाई सञ्चालकहरूको काम, कर्तव्य र अधिकारको व्यवस्था गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम सञ्चालकहरूको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको अवस्थामा अध्यक्षले सञ्चालकहरूको काम, कारबाहीको मूल्याङ्कन गरी प्रत्येक वर्ष नेपाल सरकारमा प्रतिवेदन पेश गर्नुपर्नेछ । त्यस्तो मूल्याङ्कन प्रतिवेदनको आधारमा नेपाल सरकारले कुनै सञ्चालकको अवधि थपघट गर्न सक्नेछ ।
८. महाप्रबन्धक र सञ्चालकको अयोग्यता : देहायका कुनै व्यक्ति महाप्रबन्धक वा सञ्चालक हुन सक्ने छैन :–
(क) महाप्रबन्धक बाहेक निगमको कुनै कर्मचारी वा सल्लाहकार, वा $\beta$(ख) निगमबाट ठेक्का पट्टा लिएको व्यक्ति, वा (ग) ऋण तिर्न नसकी टाट उल्टेको व्यक्ति, वा (घ) बहुलाएको वा मानसिक सन्तुलन रहित व्यक्ति, वा (ङ) नैतिक पतन देखिने फौजदारी कसूरमा कैदको सजाय पाएको व्यक्ति ।
९. महाप्रबन्धक र सञ्चालकलाई पदबाट हटाउन सकिने अवस्था : नेपाल सरकारले देहायको अवस्थामा व्यवस्थापक वा कुनै सञ्चालकलाई पदबाट हटाउन सक्नेछ :–
(क) दफा ८ मा उल्लेखित कुनै अयोग्यताको अवस्था पर्न आएमा, वा (ख) समितिको अनुमति नलिई समितिको सभामा लगातार तीन पटक भन्दा बढी अनुपस्थित भएमा र यस्तो अनुपस्थितिको कारण नेपाल सरकारको विचारमा मनासिब नलागेमा, वा (ग) दफा २१ उल्लङ्घन गरेमा वा दफा २५ अन्तर्गत सजाय हुने कसूरमा सजाय पाएमा, वा $\beta$(घ) दफा २२ उल्लङ्घन गरेको प्रमाणित भएका ।
१०. महाप्रबन्धक वा सञ्चालकको पदत्याग र बीच बीचमा खाली हुने पदहरूको पूर्ति : (१) महाप्रबन्धक वा कुनै सञ्चालकले नेपाल सरकारलाई लिखित सूचना दिई आफ्नो पदबाट राजीनामा दिन सक्नेछ र राजीनामा स्वीकृत भएपछि निजले पदत्याग गरेको मानिनेछ ।
$\delta$ दोश्रो संशोधनद्वारा संशोधित । $\beta$ तेस्रो संशोधनद्वारा संशोधित ।
(२) महाप्रबन्धक वा कुनै सञ्चालकको पद अवधि समाप्त हुनु अगावै कुनै कारणले बीचमा खाली हुन आएमा मनोनयन वा अर्को नियुक्तिद्वारा सो स्थानको पूर्ति गरिनेछ । तर यसरी नियुक्त भएको व्यक्ति आफ्नो سابقवालाको बाँकी अवधिसम्म मात्र सो पदमा बहाल रहनेछ ।
(३) समितिमा कुनै सञ्चालकको स्थान रिक्त भई वा समितिको गठनमा कुनै त्रुटि भई काम कारबाही भएको रहेछ भने तापनि सोही कारणले मात्र त्यस्तो कारणलाई बदर हुन सक्दैन ।
११. समिति बैठक : (१) समितिको बैठक समितिको अध्यक्षले तोकेको स्थान र समयमा बस्नेछ ।
(२) तत्काल कायम रहेका सञ्चालकहरूको कूल संख्याको आधाभन्दा बढी सञ्चालकहरू उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ । निजको अनुपस्थितिमा बैठकको अध्यक्षता उपाध्यक्ष भए निजले र निज नभएको अवस्थामा उपस्थित सञ्चालकहरूले छानेको सञ्चालकले गर्नेछ ।
(४) समितिको बैठकमा बहुमतद्वारा निर्णय गरिनेछ । मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत समेत दिनेछ ।
(५) कम्तिमा तीनजना सञ्चालकहरूले समितिको बैठक बोलाउन अनुरोध गरेमा उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि अध्यक्षले जहिले सुकै पनि बैठक बोलाउनु पर्नेछ ।
१२. अस्थायी नियुक्ति : विरामी परी विदामा बसी वा अरू कारण परी केही समय महाप्रबन्धक वा सञ्चालकले निगमको काम गर्न नसक्ने भएमा निज उपस्थित हुन नसकेसम्म निजले
गर्नु पर्ने काम गर्नको लागि नेपाल सरकारले $^a$ कुनै व्यक्तिलाई सो स्थानमा अस्थायी नियुक्ति गर्न सक्नेछ ।
परिच्छेद–३ निगमको काम, कर्तव्य र अधिकार
१३. निगमको काम, कर्तव्य र अधिकार : (१) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूका अधीनमा रही नेपाल $^b$ ......... भित्र वा बाहिर सर्वत्र सुरक्षित कुशल, सुव्यवस्थित, किफायत र उचित रूपबाट सम्बन्धित हवाई यातायात सेवाको व्यवस्था गर्नु निगमको कर्तव्य हुनेछ । हवाई यातायात सेवालाई अधिक से अधिक फाइदा हुने गरी विकास गर्दै लैजाने र सकभर सुपथ भाडामा सो सेवा सुलभ हुने गरी निगमले आफ्नो अधिकारको प्रयोग गर्न सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी निगमले विशेष गरी देहायमा लेखिएका अधिकारहरू प्रयोग गर्न सक्नेछ :–
(क) व्यापारिक वा अन्य उद्देश्यले कुनै हवाई यातायात सेवा चलाउने वा वायुयानको उडान गर्ने र हवाई सेवा सम्बन्धी सबै प्रकारको काम गर्ने,
(ख) निगममा नियुक्ति हुन इच्छुक वा अरू कुनै व्यक्तिहरूलाई वायुयानको उडान र तत्सम्बन्धी सबै प्रकारका काम कुरामा शिक्षण तथा प्रशिक्षणको व्यवस्था गर्ने,
(ग) आवश्यक परेमा निगमको यस ऐन अन्तर्गत आफूले गर्न पाउने हवाई सेवा सम्बन्धी कुनै काम गर्न नेपाल सरकारको पूर्व
$^a$ तेस्रो संशोधनद्वारा थप । $^b$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा छिकिएको
स्वीकृति लिई नेपाल " ... बाहिरको हवाई संस्थाको सहयोग तथा सेवा प्राप्त गर्ने,
(घ) चल अचल सम्पत्ति प्राप्त गर्ने, भोग गर्ने, राख्ने, बेचबिखन गर्ने, नामसारी गर्ने र अरू कुनै हवाई यातायात सम्बन्धी काम गर्ने,
(ङ) आफ्नो वा अरू कुनै व्यक्तिको वायुयान, सवारी वा अन्य कलपुर्जाहरू बनाउने, मर्मत गर्ने र उत्पादन गर्ने,
(च) यस ऐन अन्तर्गत आफ्नो अधिकारको प्रयोग र कर्तव्यको पालनामा मद्दत गर्ने किसिमको सबै ठेक्का पट्टाहरू लिने दिने कार्यान्वयन गर्ने,
(छ) अन्य कुनै व्यक्तिद्वारा सञ्चालित हवाई यातायात सेवा सम्बन्धी कुराहरूमा एजेण्ट र ठेकेदारको काम गर्ने,
(ज) हवाई यातायातमा लागिरहेका कुनै व्यक्तिले निगमको तर्फबाट वा निगमसँग मिली हवाई यातायात सेवा चलाउन सक्ने गर्न निजसँग कबुलियत गर्ने,
(झ) नेपाल सरकारको पूर्व स्वीकृति लिई आफूले सञ्चालन गरेका हवाई यातायात सेवाद्वारा ओसार पसार गरेका यात्री सवारी भाडा र अरू निर्धारित दस्तुर असूल गर्ने,
(ञ) नेपाल सरकारको पूर्व स्वीकृति लिई आफूले सञ्चालन गरेका हवाई यातायात सेवाद्वारा ओसार पसार गरेका मालसामानहरूको भाडा निर्धारित गर्ने,
(ट) सहायक (फिडर) सेवाको विकास र हवाई यातायात सेवामा प्रयोग हुने विभिन्न वायुयानहरूको किसिमको सुधार ल्याउनुको साथै नेपाल ".................. भित्र वा बाहिर निगमद्वारा सञ्चालित हवाई यातायात सेवाको विकास गर्न आवश्यक कदम उठाउने,
$^{B}$(ठ) निगमको हित हुने कुनै काम गर्न वा निगमद्वारा सञ्चालित हवाई यातायात सेवासँग सम्बन्धित जल वा स्थल मार्गबाट कुनै यातायात सेवा तथा भोजन, विश्रामगृह, होटल, माल गोदाम जस्ता सेवा सुविधाको व्यवस्था तथा सुधार गर्न आवश्यक काम गर्ने, र
(ड) यस ऐनद्वारा प्रदत्त कर्तव्यको पालन र अधिकारको प्रयोग गर्न आवश्यक एवं सुविधाजनक भएका सबै कामहरू गर्ने ।
(३) यस दफा लेखिएका कुनै कुराले –
(क) निगमलाई तत्काल लागू रहेको कुनै नेपाल कानुनको उल्लंघन गर्न अधिकृत गरेको, वा
(ख) निगम वा त्यसको कर्मचारीहरूले अन्यथा पालन गर्नु नपर्ने कुनै कर्तव्य वा बोक्न नपर्ने कुनै दायित्वको सम्बन्धमा निजहरू उपर कुनै कारबाही उठाउन कुनै व्यक्तिलाई अधिकार दिएको मानिने छैन ।
१४. निगमले गर्न सक्ने काम कारबाही : (१) निगमले आफ्नो कामको उचित सम्पादनको निमित्त मनानसब एवं आवश्यक भएका सबै कामहरू गर्न सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी निगमले देहायका काम कारबाहीहरू गर्न सक्नेछ :–
(क) निगमको सम्पत्ति धितोबन्धक राखी अरूसँग सापटी लिने,
(ख) निगमको कुनै सम्पत्ति भाडामा दिने, बिक्री गर्ने वा अरू प्रकारको वरबन्दोबस्त गर्ने,
(ग) निगममा डिपोजिट गर्न ल्याएको सरकारी रकमको सम्बन्धमा नेपाल सरकारको आदेश बमोजिम नेपाल सरकारको तर्फबाट कारोबार गर्ने,
(घ) विदेशी मुलुकहरूबाट निगमलाई मान्यता प्रदान गराउने र निगमप्रति जनताको विश्वास बढाउने,
(ङ) यस ऐनमा उल्लिखित विभिन्न प्रकारका कार्यको सम्पादनको सिलसिलामा परिरआउने अरू सबै काम कुरा गर्ने ।
१५. निर्धारित (सेडुल्ड) हवाई यातायात सेवा सञ्चालन गर्ने एकधिकार : (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको नागरिक निगम वा त्यसको सहकारी बाहेक अरू कसैले नेपाल “............ भित्र आउने वा नेपाल “................ बाहिर जाने वा नेपाल “........ को एक स्थानबाट अर्को स्थानमा जाने गरी कुनै निर्धारित (सेडुल्ड) हवाई यातायात सेवाको सञ्चालन गर्न पाउने छैन । तर यस दफामा लेखिएको कुनै कुराले कुनै व्यक्तिको देहायको अधिकारलाई सीमित गर्न सक्ने छैनः–
(क) नेपाल सरकारले आवश्यक सम्झेको नेपाल “............ भित्र वा बाहिरका विभिन्न ठाउँहरूमा आवश्यकता अनुसार हवाई यातायातको सेवा
सञ्चालन गर्ने निगम समर्थ भई नसकेसम्म त्यस्तो आवश्यकताको पूर्तिका लागि नेपाल सरकारले अवधि तोकी इजाजत दिएमा त्यसरी इजाजत पाउने व्यक्ति वा कुनै विदेशी मुलुकको सरकार र नेपाल सरकार बीच भएका सम्झौताबमोजिम हवाई यातायातको सेवा सञ्चालन गर्न वा यो ऐन प्रारम्भ नहुँदै नेपाल सरकारसँग सम्झौता गरी त्यस्तो हवाई यातायातको सेवा सञ्चालन गरिरहेकोमा सो सम्झौताको अवधिसम्म सञ्चालन गर्न, वा
(ख) वायुयान चालकहरूको काम तथा कर्तव्यसम्बन्धी शिक्षा दिने वा वायुयान नियन्त्रकले वायुयान जाँच्ने मूल उद्देश्यले यात्रुहरूलाई राखी वायुयान उडाउने, वा
(ग) कुनै दैवी प्रकोप लागेको बेलामा सहायता पुर्याउनका लागि यात्री तथा मालसामान ओसार पसार गर्ने, वा
(घ) बीचमा कतै नउत्रिकन एक हवाई अड्डा वा स्थानबाट उडान गरी सोही हवाई अड्डा वा स्थानमा उत्रने गरी मनोरन्जनको लागि मात्र हवाई उडानगर्ने वा हवाई सर्भे गर्ने, आगो निभाउने र बालीमा रसायनादि छर्ने, सलह नियन्त्रण गर्ने उद्देश्यले वा सो सरहका अरू हवाई कार्यको निमित्त मात्र यात्री तथा सामान ओसार पसार गर्ने ।
(२) यस दफालाई उलङ्घन गरी कसैले निर्धारित हवाई यातायातको सञ्चालन गरेमा निजलाई प्रत्येक पटकको कसूरको लागि ने.रू. १,०००।– (एक हजार) सम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।
स्पष्टीकरण : यस दफाको तात्पर्यको लागि प्रत्येक उडानलाई छुट्टाछुट्टै कसूर मानिनेछ ।
(३) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको (क) मा उल्लिखित सम्झौताको अवधि भुक्तान भएपछि पुनः थप म्याद (अवधि) बढाउनु पर्ने भएमा वा यो ऐन लागू भएपछि अरू कुनै किसिमबाट कुनै व्यक्ति वा कम्पनी वा विदेशी मुलुकको सरकारलाई नयाँ हवाई यातायातको सञ्चालन गर्न दिनु पर्ने भएमा निगमको राय लिई नेपाल सरकारले इजाजत दिने कुराको निर्णय गर्नेछ ।
(४) निगमले नेपाल सरकारबाट स्वीकृत दिएकोभन्दा बढी क्षेत्रमा आफ्नो काम बढाउन वा गर्न नेपाल सरकारको पूर्व स्वीकृत लिनु पर्छ ।
परिच्छेद–४ कोष, हिसाब र लेखापरीक्षण
१६. निगमको कोष : (१) निगमको एक छुट्टै आफ्नो कोष रहनेछ । निगमको सबै आम्दानी सोही कोषमा जम्मा गरिनेछ र सबै खर्च सोही कोषबाट व्यहोरिने छ ।
$^६$(२) निगमले आफ्नो कोषमा जम्मा भएको रकम नेपाल राष्ट्र बैंक रहेको ठाउँमा भए सोही बैंकमा र नेपाल राष्ट्र बैंक नरहेको ठाउँमा भए समितिले तोकिदिएको बैंकमा राख्नेछ । निगमको काम कारबाहीलाई विदेशमा पनि कोष राख्नु परेमा नेपाल राष्ट्र बैंकले सिफारिस गरेको बैंकमा नेपाल सरकारको स्वीकृति लिई राख्नेछ ।
स्पष्टीकरण : बैंक भन्नाले बैंकको शाखा, प्रशाखा समेतलाई जनाउँछ ।
$^{७}$१६क. चार महिनाभित्र वासलात तयार पारी लेखापरीक्षण गराउनु पर्ने : निगमको आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र निगमले आफ्नो वासलात तथा नाफा नोक्सानीको विवरण तयार पारी लेखापरीक्षण समेत गराउनु पर्नेछ ।
$^६$ दोश्रो संशोधनद्वारा संशोधित । $^७$ तेस्रो संशोधनद्वारा थप ।
१७. लेखापरीक्षण : निगमको लेखापरीक्षण प्रचलित नेपाल कानुनबमोजिम हुनेछ ।
१८. लाभहानि : हरेक आर्थिक वर्षको अन्तिममा सो वर्षमा हुन आएको मुनाफाबाट रिजर्भ डिप्रिसिएसन र यस्तै आवश्यक अरू रकम निगमका तजवीजले पर सारिसकेपछि बाँकी रहन आएको रकम नेपाल सरकारमा दाखिल गरिनेछ । कथं कदाचित नोक्सानी हुन आएमा त्यसको पूर्ति नेपाल सरकारबाट गरिनेछ ।
१९. हानी नोक्सानी बारे निगमका अधिकारीहरूको जवाफदेही : निगमका सञ्चालक, महाप्रबन्धक र कर्मचारीले पाएको अख्तियारी बमोजिम कामकाज गर्दा बेइमानी चिताएको वा जानी जानी बेहिसाब गरेको रहेनछ भने पनि आएको हानी नोक्सानी बापत निजहरू व्यक्तिगत रूपले जवाफदेही हुने छैनन् । तर कसैले यो ऐन अन्तर्गत बनेका नियम प्रतिकूल काम गरेबाट भएको दण्ड सजाय व्यहोर्नमा यस दफाको कुनै कुराले बाधा दिएको मानिने छैन ।
परिच्छेद–५ विविध
२०. सञ्चालकलाई निलम्बन गर्ने नेपाल सरकारको अधिकार : यस ऐन अन्तर्गत कुनै सञ्चालकलाई लागेको आरोपको जाँचबुझ गर्नको लागि आवश्यक भए नेपाल सरकारले त्यस्तो सञ्चालकलाई निलम्बन गर्न सक्नेछ र त्यसरी निलम्बन भएको सञ्चालकको जाँचबुझको कारबाही समाप्त नहुन्जेल त्यस्तो सञ्चालकको सट्टा अरू कुनै व्यक्तिलाई सञ्चालक नियुक्त गर्न सक्नेछ ।
२१. प्रतिबन्ध: (१) निगमसँग हुने कुनै ठेका पट्टामा निगमको सञ्चालक वा महाप्रबन्धक वा कर्मचारीले भाग लिन पाउँदैन र निगमसँग हुने कुनै ठेका पट्टा लिने कसैले यिनीहरूलाई हिस्सेदारमा राख्नु हुँदैन ।
(२) उपदफा (१) ले मनाही गरेको काम कसैले गरेको ठहरन आएमा त्यस्तो ठेका पट्टा बदर हुनेछ र त्यस ठेका पट्टाको सम्बन्धमा कुनै किसिमको खर्च वा हानीको दावा त्यसरी ठेका पट्टा लिनेले वा लिनेको तर्फबाट कसैले गर्न पाउने छैन ।
स्पष्टीकरण : देहायको अवस्थामा निगमको व्यवस्थापक वा सञ्चालक वा कर्मचारी हिस्सेदार भएको मानिनेछ :–
(क) निगमसँग हुने ठेका पट्टामा निजको आफ्नै वा सगोलको परिवारको कुनै सदस्यको तर्फबाट वा आफू म्यानेजिङ्ग डाइरेक्टर वा एजेण्ट रहेको कम्पनीको तर्फबाट निजको नाम हिस्सेदारको रूपमा सम्मिलित भएकोमा, वा
(ख) निगमसँग हुने ठेका पट्टाको हिस्सेदार भएको कुनै फर्म वा प्राइभेट लिमिटेड कम्पनीका निज शेयरहोल्डर भै रहेकोमा ।
२२. गोप्य राख्ने र विश्वासघात नगर्ने कुराहरूको प्रतिज्ञा गर्नु पर्ने : पद सम्हाल्नु भन्दा अघि नै निगमका प्रत्येक सञ्चालक, महाप्रबन्धक $\chi$....... पदाधिकारी र अरू कर्मचारी $\beta$ अनुसूची बमोजिकमको शपथ लिनु पर्नेछ ।
२३. मध्यस्थद्वारा झगडाको निर्णय : (१) $\chi$..... समिति, महाप्रबन्धक वा निगमका अरू पदाधिकारीहरू वा कर्मचारी मध्ये कसैको आपसमा भै रहेको शर्तनामाका सम्बन्धमा कुनै
$\chi$ तेस्रो संशोधनद्वारा झिकिएको । $\beta$ तेस्रो संशोधनद्वारा संशोधित ।
झगडा भएमा सो झगडाको निर्णय अवสถานुसार नेपाल सरकारले तोकेको एकजना मध्यस्थले मात्र गर्नेछ ।
(२) निर्णयको लागि उपदफा (१) अन्तर्गत मध्यस्थ छेउ पठाएको झगडाका सम्बन्धमा साक्षी प्रमाण बुझ्ने, पक्ष विपक्षीलाई उपस्थित गराउने र लिखतहरू पेश गराउने कुरामा अदालतलाई भए सरहको अधिकार मध्यस्थलाई हुनेछ ।
(३) मध्यस्थको निर्णय अन्तिम हुनेछ र दुबै पक्षहरू उपर मान्य हुनेछ ।
२४. विघटन : निगम नेपाल सरकारको आदेश विना विघटन हुने छैन । विघटन हुनु परेमा नेपाल सरकारले यस विषयमा दिएको निर्णय बमोजिम हुनेछ ।
२५. दण्ड सजाय : (१) कुनै व्यक्तिले यस ऐन अन्तर्गत नियुक्त भएको लेखापरीक्षक वा निजबाट अधिकार पाएको एकाउण्टेण्ट वा अरू कर्मचारीलाई निजको काम काजमा बाधा पुर्याएमा निजले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधिकार बमोजिम मागेको कागजपत्र वा सूचना कुनै मनानसब कारण विना नदिएमा वा दिन लापरवाही गरेमा निजलाई बढीमा ने.रू. १,०००।– (एक हजार) सम्म जरिवाना हुनेछ ।
(२) यस ऐन अन्तर्गत निगमले दिएको सुविधाको निमित्त निगमसँग धरौटी राखिएको वा राख्न लागेको कुनै बिल अफ लेडिङ्ग, गोदामको रसिद वा अरू कुनै लिखतमा कुनै व्यक्तिले जानी जानी झुठ्ठा व्यहोरा पारेमा वा जानी जानी پانन लगाएमा सो व्यक्तिलाई दुई वर्षसम्म कैद वा ने.रू. २,०००।– (दुई हजार) सम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
(३) कुनै व्यक्तिले निगमको लिखित स्वीकृति नलिई कुनै विवरणपत्र वा विज्ञापनमा निगमको नाम प्रयोग गरेमा निजलाई एक वर्षसम्म कैद वा ने.रू. १,०००।– (एक हजार) सम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
(४) तत्काल निगम, महाप्रबन्धक, सञ्चालक वा कर्मचारी रहेको कुनै व्यक्तिले दफा २१ उल्लंघन गरी कुनै ठेक्का पट्टामा भाग लिएमा वा हिस्सेदार भएमा निजलाई एक वर्षसम्म कैद वा ने.रू. १,०००।– (एक हजार) सम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
(५) निगमबाट सोही कामको निमित्त अधिकृत अधिकृतको हस्ताक्षर भएको लिखित उजूरी पेश भएमा बाहेक यस ऐन अन्तर्गत सजाय हुने कुनै कसूरका सम्बन्धमा कुनै अदालतले मुद्दा हेर्न सक्ने छैन ।
तर, यस उपदफाको कुनै कुराले पनि नेपाल सरकारबाट कारबाही गर्न वा कारबाही गराई माग्ने अधिकारमा बाधा पुर्याउने छैन ।
(६) यो ऐन अन्तर्गतको मुद्दा मामिलाको शुरू कारबाही र किनारा गर्ने अधिकार क्षेत्र $\text{^c}$ उच्च अदालतलाई हुनेछ ।
२६. वार्षिक प्रतिवेदन : दफा १७ बमोजिम निगमको हिसाबको लेखा परीक्षण भई त्यसको प्रतिवेदन प्राप्त भएको दुई महिनाभित्र महाप्रबन्धकले निगमको वार्षिक प्रतिवेदन समितिमा पेश गर्नु पर्नेछ । त्यसरी पेश भएको प्रतिवेदनको सम्बन्धमा एक महिनाभित्र समितिले विचार गरी आफ्नो ठहर सहित नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
२७. नियम बनाउने अधिकारः यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।
२७क. विनियम बनाउने अधिकार : आफ्नो सबै काम कारबाही व्यवस्थित गर्न यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही निगमले विनियम बनाउन सक्नेछ ।
$\text{^c}$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित । $\text{^b}$ तेस्रो संशोधनद्वारा संशोधित । $\text{^\textasteriskcentered}$ दोश्रो संशोधनद्वारा थप ।
तर, देहायका विषयमा विनियम बनाउदा निगमले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ :–
(क) सञ्चालकको काम, कर्तव्य र अधिकार तोक्ने, (ख) निगमका कर्मचारीहरूको तलब, भत्ता, उपदान, निवृत्तिभरण र कल्याणकारी कोष व्यवस्थापन गर्ने ।
२८. बाँकी रहेमा गर्ने : यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरूमा लेखिएका कुराहरूमा सोही बमोजिम र अरूमा प्रचलित नेपाल कानुनबमोजिम हुनेछ ।
२९. खारेजी र मान्यता : (१) नेपाल वायुसेवा निगम ऐन, २०१४ खारेज गरिएको छ । (२) यो ऐन प्रारम्भ हुनु भन्दा पहिले गरिएको निगमसम्बन्धी सबै काम कारबाहीहरू यही ऐन अन्तर्गत भए गरे सरह मानिने छ ।
अनुसूची (दफा २२ सँग सम्बन्धित)
इमान्दारी र गोपनीयताको प्रतिज्ञा
म ................. प्रतिज्ञा गर्दछु कि निगमको सञ्चालक वा महाप्रबन्धक वा कर्मचारी वा लेखापरीक्षकको हैसियतबाट निगममा आफ्नो पद सम्बन्धी समुच्च काम कुरामा आफ्नो योग्यता औ क्षमताले भेटसम्म परी आएको कर्तव्यको पालन इमान्दारीपूर्वक र सत्य निष्ठाले गर्नेछु ।
म पुनः प्रतिज्ञा गर्दछु कि कुनै अनधिकृत व्यक्तिलाई निगम सम्बन्धी कुनै सूचना प्रकाश गर्न वा गर्न लगाउन वा निगमको अधीनमा रहेको र निगम सम्बन्धी कुनै किताब वा कागजपत्र निरीक्षण वा ग्रहण गर्न दिने छैन ।